• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौं । आइतबार पनि दुई वटा भूकम्पको पराकम्पन गएको छ । आइतबार बिहान सात बजेर ६ मिनेटमा दोलखा केन्द्र भएर ४ दशमलव २ म्याग्नेच्युडको पराकम्पन गएको साढे तीन घण्टापछि विहान १० बजेर ३८ मिनेटमा फेरि दोलखा नै केन्द्र भएर ४ दशमलव ४ म्याग्नेच्युडको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि शनिबार ४ म्याग्नेच्युडमाथिका दुई वटामात्रै पराकम्पन गएको थियो । शनिबार दिउँसो १ बजेर १४ मिनेटमा दोलखा केन्द्र भएर ४ दशमलव २ म्याग्नेच्युडको पराकम्पन गएको थियो भने अर्काे शनिबार राति १० बजेर २६ मिनेटमा सिन्धुपाल्चोक केन्द्र भएर ४ दशमलव ४ म्याग्नेच्युडको पराकम्पन गएको थियो ।यस्तै शनिबार हुम्लालाई केन्द्र बनाएर ४ दशमलव ८ म्याग्नेच्युडको भूकम्प गएको थियो ।
गएको बैशाख १२ गते गोरखाको केन्द्र भएर ७ दशमलव ६ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएपछि त्यस यता ठूला तथा साना पराकम्पन आइरहेको भएपनि केही दिनयता भने साना मात्रै आइरहेको छ । यस्तै कम मात्रामा मात्रै पराकम्पन आएको छ । शक्तिशाली भूकम्प गएपछि पराकम्पन आइरहने भएकाले नआत्तिन तर सचेत रहन भूकम्पविद्हरुले सुझाव दिएका छन् ।
medianp.com
स्याङ्जा: म्याग्दीमा थुनिएको कालीगण्डकी नदीबाट हुन सक्ने क्षतिको पूर्वानुमान गरि स्थानीय स्याङ्जा जिल्ला प्रशासनले सेतीवेणीका ४२ घरपरिवार र आधीमुहानका २५ घरपरिवारलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ ।

शनिवार राती म्याग्दीमा थुनिएको कालीगण्डकी एकैचौटी खुल्दा हुनसक्ने जोखिम न्यूनिकरण गर्न स्थानीय प्रशासनले सेतीवेणी र आधीमुहानका बासिन्दालाई घरका सामान दोश्रो तलामाराखी अग्लो ठाउमा सुरक्षित भएर बस्न सूचना प्रवाह गरेको हो ।

कालीगण्डकी 'ए' जलबिद्युत परियोजनाका ३ वटै टर्वाइन संचालनगरी पानी खपत गराउन पूर्ण क्षमताको १ सय ४४ मेगावाट बिद्युत उत्पादन गरिएको छ । यतिवेला कालीगण्डकी नदीमा पानीको प्रवाह घटेको प्रमुख जिल्ला अधिकारी इन्दु घिमिरेले जानकारी दिईन ।

म्याग्दीको काफलडाडा खस्दा बैसरीमा थुनिएको कालीगण्डकी एकैचोटी खुल्यो भने पनि स्याङ्जाको मिर्मि, आधीमुहान र सेतीवेणी आइपुग्न ३ देखि ४ घण्टा समय लाग्ने बताइएको छ ।

प्रशासनले स्थानीय जनतालाई पाल्पा र स्याङ्जाका स्थानीय रेडियोबाट नदी थुनिएको जानकारी दिइएको छ । स्थानीय प्रहरी प्रशासनलाई पनि सजग गराइएको छ । कालीगण्डकी 'ए' जलबिद्युत परियोजना सुरक्षित रहने दावी परियोजनाले गरेको छ ।
annapurnapost.com
सन्देश श्रेष्ठ
१० जेठ, पोखरा । म्याग्दीको ७ किलोमिटर उत्तर क्षेत्रमा पर्ने बैसेरीमा भीषण पहिरो खस्दा कालिगण्डकी नदी थुनिएको छ । शनिबार अपरान्हदेखि परेको भीषण वर्षापछि झरेको पहिरोले आइतबार विहान २ बजेदेखि कालिगण्डकी नदी थुनिएको हो ।
राम्चे-९ काफलडाँडा नजिकैको चट्टानी पहाड खस्दा भगवती-२ स्थित बैसेरीमा नदी थुनिएको प्रहरी नायब महानिरिक्षक (डिआईजी) पंकज श्रेष्ठले जानकारी दिए । पहिरो १ किलोमिटर लम्बाई, १ सय मिटर चौडाई र १५० मिटर गहिराई भएर थुनिएको उनले बताए ।
उनका अनुसार नदी थुनिएपछि राती नै उक्त क्षेत्रमा बसोबास गर्दै आएका कालिगण्डकी नदी किनारस्थित राम्चे गाविस ९ र भगवती-२ का २६ परिवारका १२३ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।
जिल्ला कारागार म्याग्दीका कैदी बन्दीलाई जिल्ला विकास समितिको हलमा सारिएको डिआईजी श्रेष्ठले जानकारी दिए । बेनीबजारका स्थानीय अहिले अग्लो स्थान खोज्दै अर्थुङ्गे पुगेर बसेको बुझिएको छ
त्यस्तै गलेश्वर, बेनी बजार, तातोपानी र दाना गाविसका तल्लो क्षेत्रका बासिन्दालाई उच्च सर्तकता अपनाउन आग्रह गरिएपछि उनीहरु पनि सुरक्षित स्थानतर्फ गएको उनले बताए । थुनिएको कालिगण्डकीको बाँध फुटेर बाढी आउने खतरा बढेको भन्दै प्रहरीले माईकिङ गरेर बेनीबजार बासिलाई सतर्क र सचेत रहन आह्वान गरेको थियो ।
डिआइजी श्रेष्ठले थुनिएको पहिरो खुलाउन त्यत्ति सजिलो नभएको बताए । खुलाउनको लागि बिस्तारै पानी खोल्नु पर्ने भएकाले केन्द्रबाट उपकरणसहित सेनासहितको सुरक्षाकर्मी ल्याउने प्रयास भइरहेको उनले जानकारी दिए । पहिरो आफै एक्कासी फुट्यो वा ह्वात्तै खुलाइएमा तल्लो क्षेत्र डुबानमा पर्ने खतरा रहेको उनले बताए ।
www.onlinekhabar.com
धरान : हावाहुरीले ढलेको रुखले किचेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्रै एक डाक्टरको ज्यान गएको छ ।

ड्यूटी सकेर निवासतर्फ फर्कने क्रममा ढलेको रुखले गयराती किच्दा गोरखा घर भएकी २७ वर्षीया डा. रञ्जना देवकोटाको ज्यान गएको प्रतिष्ठानका सूचना अधिकृत सुरेन्द्र तामाङले बताए ।

एनाटोनी विभागमा कार्यरत उनी प्रतिष्ठानमै एमडी प्रथम वर्षमा अध्ययनरत थिइन् ।
www.annapurnapost.com
काठमाडौं : शनिबार मध्यराती सिन्धुपाल्चोक केन्द्रबिन्दु भएको भूकम्पको धक्का महसुस भएको छ ।

शनिबार राती १० बजेर २६ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएको ४.४ म्याग्निचूयटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

भूकम्पको धक्का काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवासहितका जिल्लामा महसुस भएको थियो ।

शनिबार मात्रै दिउँसो १ बजेर १४ मिनेटमा दोलखा केन्द्रबिन्दु भएको ४.२ म्याग्निच्यूटको भूकम्पको धक्का महुसस भएको थियो ।

बैशाख १२ र २९ मा गएका शक्तिशाली भूकम्पपछि परकम्पन हुने क्रम निरन्तर जारी छ । धेरैजसो परकम्पन सिन्धुपाल्चोक, दोलखा र गोरखा केन्द्रबिन्दु भएका गएका छन् ।

६ म्याग्निच्यूटसम्मका भूकम्पले क्षति नगर्ने भएकाले नआत्तिन राष्ट्रिय भूकम्प मापन केन्द्रले सर्वसाधरणलाई आग्रह गरेको छ ।
annapurnapost.com
धादिङ, जेठ ९ - धादिङमा एक महिलाले दुई छोरीलाई बिष खुवाएर आफुले पनि आत्महत्या गरेकी छन् ।

धादिङको बैरेनी गाउँ विकास समिति ७ बेलटारकी २२ वर्षीया चन्द्रिका विकले आफ्ना दुई छोरीलाई बिष खुवाएर आत्महत्या गरेकी हुन् ।

सागसब्जीमा प्रयोग हुने विष सेवनबाट चाँदनी र उनकी एक छोरीको मृत्यु भएको तथा गम्भीर रहेकी अर्कीलाई उपचारका निम्ति काठमाडौँ पठाइएको गजुरीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धानका लागी चन्द्रीकाका श्रीमान्लाई हिरासतमा लिएको छ ।


झापामा बलात्कारको अभियोगमा धर्मगुरु पक्राउ

यस्तै झापामा बलात्कारको अभियोगमा श्रीकृष्ण प्रणामी धर्मका गुरु मोहनानन्द भारद्वाज सुवेदीे कनकाई नगरपालिका – ४ बाट पक्राउ परेका छन् ।

माईधामस्थित श्री कृष्णप्रणामी मन्दिरमा आश्रित १४ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा आज उनी पक्राउ परेका हुन् ।

धर्मगुरुबाट आफू पटक–पटक बलात्कृत भएको उजुरी किशोरीले गरेपछि अभियुक्तलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।dcnepal.com
झापाः बालिका बलात्कारको आरोपमा श्रीकृष्ण प्रणामी धर्मका गुरु मोहनानन्द सुवेदी शनिवार साँझ झापाको कनकाई नगरपालिका – ४ स्थित कोटीहोमबाट प्रहरीले पक्राउ गरेको छ।

कोटीहोमस्थित माईधाममा सञ्चालित श्री कृष्णप्रणामी मन्दिर आश्रममा रहेका बालिकालाई धर्मगुरु सुवेदीले लामो समयदेखि आश्रममै बलात्कार गर्ने गरेको जनाउदै आश्रमकी १४ वर्षीया एक बालिकाले प्रहरी समक्ष उजुरी गरेपछि उनी आश्रमबाटै परिषद्को जिल्लास्तरीय बैठक भइरहेको समयमा वैठक स्थलबाटै पक्राउ परेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनलाई प्रहरीले कैलालीको टीकापुर घर भई हाल आश्रममा बस्तै आएकी १४ वर्षीया एक बालिकालाई विगत एक बर्षदेखि  बलात्कार  गर्ने गरेको उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक रविन्द्रनाथ रेग्मीले जानकारी दिए।

मोरङ घर भई २० वर्षदेखि आश्रममा बस्तै आएका ६० वर्षीय सुवेदीले यस अघि पनि आश्रममा रहेका ६ जना  बालिकालाई गुरु सेवाको नाममा यौन शोषण गर्ने गरेको पीडित वालिकाको आरोप छ ।

कनकाई उच्च मावि सुरुङ्गामा कक्षा– ९ मा अध्ययनरत बालिकाले आफूमाथि लगातार भएको यौन शोषण अरु कसैले पनि भोग्नु नपरोस् भन्दै प्रहरीलाई खबर गरेसँगै घटना सार्वजनिक भएको हो । धर्मगुरुको यौन शोषणमा परेकी पीडित वालिकाको शनिबार मेची अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको बताइएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
annapurnapost.com
 जेठ, काठमाडौं ।
भूकम्पपीडितले बैंक तथा वित्तीय संस्थाबाट २ प्रतिशत ब्याजदरमा बढीमा १० वर्षका लागि आवास कर्जा पाउने भएका छन् । ऋणीले निर्धारित समयअघि नै कर्जा भुक्तान गर्न चाहे बैंक तथा वित्तीय संस्थाले अग्रिम भुक्तानी शुल्क भने लिन पाउने छैनन् ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको भूकम्प प्रभावित परिवारलाई आवासीय घर पुननिर्माणका लागि प्रदान गरिने पुनकर्जा कार्यविधि मस्यौदा ०७२मा यस्तो व्यवस्था गरिएको छ ।Nepal-Rastra-Bank

उक्त कार्यविधिमा बैंक तथा वित्तीय संस्थाको सुझाव समावेश गरिए पनि सर्वसाधारणको सुझावका लागि सार्वजनिक गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार सर्वसाधारणबाट प्राप्त सुझाव अद्यावधिक गरी कार्यान्वयनका लागि छिटै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइनेछ ।

कर्जा समयावधि न्यूनतम पाँच वर्ष र बढीमा १० वर्ष हुनेछ । यस्तो कर्जा प्रवाह गरेबापत बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट शून्य ब्याजदरमा पुनर्कर्जा सुविधा पाउनेछन् । यस्तो सुविधा पटकपटकका लागि बढीमा एक वर्षका लागि (नेपाल सरकारको सहमतिमा) लागि मात्र प्रदान गरिने र विद्यमान कानुनी व्यवस्थाको अधिनमा रही निरन्तरता हुने व्यवस्था मिलाइने राष्ट्र बैंकले जनाएको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।
तिबेला देश भूकम्पको पीडामा छ । न गास, न बासको अवस्थामा छन् धेरै नेपाली । अस्पतालहरु भरिभराउ छन् । तर, सिनामंगलस्थित केएमसी अस्पतालमा एउटी बिरामी छिन् जसले यो भूकम्पभन्दा ठूलो घाउ लिएर बसिरहेकी छिन् । उनी हुन् संगीता मगर ।
जीवन विक नामक अपराधीले उनको मुहारमा एसिड छ्यापेको थियो । अपराधी यतिबेला जेलमा छ । तर, ऊ हाँसीरहेको छ । पीडित भने आफ्नो अनुहार हेरिहेरि अझ बढी सजाय पाइरहेकी छिन् । नेपालमा एसिड छ्याप्नेविरद्ध कुनै कडा कानून छैन । जतिबेला दोषीको पहिचान भएको थिएन त्यतिबेला मानिसहरु कानूनमै नभएको कडा सजाय अर्थात् फाँसीको माग गरिरहेका थिए । तर, जब अपराधीको जातको खुलासा भयो त्यसपछि भने मत विभाजित बनेको छ । संगीतालाई र उनको परिवारलाई दोषी देखाउनेहरु पनि छन् यहाँ । तर, यो तस्वीरले धेरै कुरा बयान गरेको छ । नेपालमा यसरी महिला भएकै कारण उनीहरुमाथि गरिने एसिड प्रहारका घटनाका अपराधीलाई कडा कारवाही गर्ने कानून निर्माण गर्नुपर्ने आवश्यकता देखिएको विश्लेष्ण गर्न थालिएको छpyaronepal1.blogspot.co.il
मुम्बाई । पोर्न स्टारबाट बलिवुडको नायिका बनेकी सन्नी लियोन पछिल्लो समय एकपछि अर्को समस्यामा पर्दै गएकी छिन् । अश्लिलता फैलाएको आरोपमा देश निकालाको मागसहित मुद्दा परेको केही दिनपछि मात्र सन्नीले अहिले आएर आफू बसिरहेको फ्ल्याट छाड्नुपरेको छ ।


फ्ल्याट नभएपछि अहिले घरवारविहिन जस्तै बनेकी छिन् । भारतीय मिडियाका अनुसार आफ्नो पोर्न स्टार छविका कारणले उनले मुम्बाईमा कुनै पनि फ्ल्याट वा घर पाइरहेकी थिइनन् । उनको समस्या बुझ्दै बलिवुडकी अर्की नायिका सेलिना जेट्लीले आफ्नो फ्ल्याट सन्नीलाई भाँडामा दिएकी थिइन् ।

स्रोतका अनुसार सन्नीले उनको फ्ल्याटको राम्रोसँगले ध्यान नदिएपछि सेलिनाले नै उनलाई फ्ल्याट खाली गर्न भनेकी हुन् । केही समयअघि मात्र सन्नीको फ्ल्याटमा अकास्मात पुगेकी सेलिनाले त्यहाँको हालत देखेर निकै क्रुद्ध बनेकी थिइन् ।

 फ्ल्याट खाली गर्नुपरेपछि अहिले सन्नी होटलमा बसिरहेको बुझिएको छ । सन् २००११ मा बिग बस सिजन ५ मा भाग लिन मुम्बाई आएकी सन्नीले महेश भट्टको ‘जिस्म–२’ बाट बलिवुडमा ब्रेक पाइन् । चलचित्र फ्लप रहे पनि सन्नी भने हिट भइन् ।

उनले अहिलेसम्म १० वटा चलचित्रमा अभिनय गरिसकेकी छिन् । सन् २०१४ मा रिलिज भएको रागिनी एमएमएस २ उनको एक मात्र सफल चलचित्र हो ।
काठमाडौं : काठमाडौंमा चलेको ठूलो हावाहुरीका कारण काठमाडौं एयरपोर्ट एक घन्टा बन्द गरिएको छ।

हावाहुरीका कारण विमानस्थल बन्द भएपछि उडान र अवतरण दुवै प्रभावित भएको त्रिभुवन विमानस्थल कार्यलयका विमानस्थलका महाप्रवबन्धक वीरेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार अपरान्ह सबा पाँचबजेदेखि सबा ६ बजेसम्म विमानस्थल बन्द गरिएको थियो।

विमानस्थल बन्द भएका कारण फ्लाइ दुबईले ४५ मिनेट आकाशमै होल्ड गरेर अवतरण गरेको थियो। अर्को एउटा चार्टर उडानको जहाजलाई दिल्लीतर्फ डाइभर्ट गरिएको छ। अवतरणको तयारीमा रहेका दुईवटा आन्तरिक उडानका हेलिकोप्टरले काठमाडौंबाट डाइभर्ट भएर रामेछापमा  अवतरण गराइएको थियो।

सबा छ बजेदेखि विमानस्थल सुचारु भएकोले हावाहुरीका कारण डाइर्भट गरिएको सबै उडान बेलुकासम्म काठमाडौं विमानस्थलमा आउने श्रेष्ठलेब बताए ।
हावाहुरीले एयरपोर्ट बन्द हुँदा डाइभर्ट गरेर काठमाडौं आकाशमा होल्ड गरिएका जहाज
annapurnapost.com
जिवनमा सफल हुनुको मतलब केवल कडा परिश्रम गर्नु मात्र होइन उत्कृष्टताका साथ काम गर्नु पनि हो । हामी सबै जिवनमा सफल हुन चाहन्छौँ ।
 तर सफल हुने ध्याउन्नमा हामीले गर्ने कडा परिश्रम सही ठाउँमा पर्दैन । जिवनमा सफलताको दर बढाउनका लागि महत्वपूर्ण सूत्र हो, ‘सिम्पल ह्याबिट, स्मार्टर थिंकिङ ।’ बिहान छिटै उठ्ने बिहानी भनेको दिनको सबैभन्दा बढि उत्पादक समय हो । प्रभावतमा तन र मन दुबै प|mेस हुन्छ । बिहान ढिलो गरी उठेर अफिसबाटै आफ्नो दिनको सुरुवात गर्ने भुल नगर्नुहोस् ।


काममा जानुभन्दा कम्तीमा पनि २ घण्टा अघि उठ्ने बानी बसाल्नुपर्छ । बिहानको समयमा आफ्नेा दिउसोको योजना तय गर्नुहोस्, दिउसो आफुले गर्ने कामको सूचिकरण गर्नुहोस् र सोही मुताविक गर्नुहोस् । अभ्यास जिवनमा सफल हुनका लागि जिउ पनि स्वस्थ हुनुपर्छ ।

यसका लागि आफुले गर्ने काममा प्रसस्त अभ्यास गर्नुका साथै मज्जाले नियमित व्यायाम गरेर सरीरलाई स्वस्थ राख्नु पर्छ । शानदार व्यक्तित्व बनाउनुहोस् यदि तपाइँको आत्मविश्वासको तह उच्च छ भने जिन्दगीको आधा लडाइँ जितिसक्नुभयो भन्ने सम्झनुस् ।

जब तपाइँको व्यक्तित्व सानदार बनाउनुहुन्छ तब आत्मविश्वास बढ्छ । यसका लागि बोलीचाली, पहिरन जस्ता विषयमा ध्यान दिनु पर्छ । खानपान जिवनमा सफल हुनका लागि स्वस्थ हुनु आवश्यक छ र स्वस्थ बन्नका लागि भोजनको सबैभन्दा ठूलो हात हुन्छ । त्यसैले स्वस्थकर तथा सन्तुलित
काठमाडौं : शनिबार नेपालमा पुनः भूकम्पको धक्का महसुस भएको छ । शनिबार दिउँसो १.१४ बजे दोलखालाई केन्द्र बिन्दु बनाएर ४.२ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएको हो। गोरखा केन्द्र बिन्दु भएर आएको वैशाख १२ को विनाशकारी भूकम्पको परकम्पको रुपमा यो धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

शुक्रबार मात्रै नेपालमा ६ पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति ७.१९ बजे हुम्ला केन्द्र भएर ४.८ रेक्टर स्केलको भूकम्प गएको थियो। शुक्रबार राति पौने नौ बजे दोलखालाई केन्द्र बनाएर ४.२ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएको थियो। यसअघि बेलुका ६.४९ बजे सिन्धुपाल्चोकलार्इ केन्द्र बनाएर ४.० म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएको हो।

यो साताकै दुई ठूला भूकम्पको धक्का शुक्रबार महसुस भएको छ।  धादिङ र नुवाकोटलार्इ केन्द्र बनाएर ४.४४ बजे ४.८ म्याग्निच्यूटको भूकम्प गएको थियो। त्यही स्केलको भूकम्पपछि हुम्ला केन्द्र भएर पनि गयो ।

शुक्रबार बेलुका ५.१७ बजे दोलखालार्इ केन्द्र बनाएर ४.१ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएको थियो। यसअघि अपरान्ह २ बजेर ४५ बजे धादिङ र नुवाकोटलाई केन्द्र बनाएर ४.२ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएका थियो।

बिहीबार पनि ४ म्याग्निच्यूटमाथिका तीनवटा भूकम्पको धक्का महसुस भएको थियो। साना परकम्प जाने क्रम जारी रहेका त्यसबाट नआत्तिन भूकम्प मापन केन्द्रले जनाएको छ।

वैशाख १२ को ७.६ रेक्टरको विनाशकारी भूकम्पपछि हरेक दिनजसो नेपालमा भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार अहिलेसम्म ४।० म्याग्निच्यूडभन्दा माथिका २५.८ परकम्प गएका छन् ।

४.० म्याग्निच्यूडभन्दा मुनिका परकम्पलाई केन्द्रले आफ्नो रेकर्डमा राख्‍ने गरेको छैन। त्यस्ता साना परकम्प त हजारौंपटक गएको केन्‍द्रले जनाएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नेपालमा आएका भूकम्पका पछिल्ला धक्काहरु
annapurnapost.com
९ जेठ, काठमाडौं । त्रिभुवन विमानस्थलको गेटमा सुरक्षा जाँच गर्ने व्यवस्था भएता पनि कमजोर सुरक्षाको फाइदा उठाउँदै विमानस्थलको आगमनकक्ष नजिकै एक युवकमाथि खुकुरी प्रहार भएको छ ।

सुरक्षाका लागि प्रहरी डीआइजीको पोष्टिङ रहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अन्तरराष्ट्रिय आगमनद्वार अगाडि शुक्रबार साँझ यस्तो घटना भएको हो ।
विदेशबाट आएका आफन्त लिन विमानस्थल पुगेका काठमाण्डौं गौरीधारा निवासी ३३ वर्षीय मधुसुधन पौडेल खुकुरीको चोटले घाइते भएका छन् । उनलाई उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।
खुकुरी प्रहारबाट पौडेलको दाहिने हातको तीन ठाउँमा गहिरो चोट लागेको छ ।
खुकुरी प्रहार गर्नेमा विमानस्थलमा पर्यटकहरुलाई सेवा दिने हरियो नम्बर प्लेटको ट्याक्सी बा १ य १०५७ का चालक राजकुमार गुरुङ्ग रहेको पीडितले बताएका छन् ।
गुरुङ्ग विमानस्थलमा यातायात सेवाका लागि आधिकारिक सस्था हवाइ यातायात सेवा यात्रु लिमिटेडका शेयर सदस्यसमेत रहेको बताइएको छ ।
आफन्त लिनका लागि पौडेल निजी नम्बर प्लेटको सवारी साधनमा विमानस्थल पुगेका थिए । हरियो नम्बर प्लेटको कमाइमा घाटा लगाउन खोजेको भन्दै हरियो प्लेटका गाडी चलाउने व्यवसायीले उनीमाथि आक्रमण गरेको यातायात स्वतन्त्र यातायात मजदुर संगठनका महासचिव भीमज्वाला राईले अनलाइनखबरलाई बताए ।
उनले भने- ‘एयरपोर्टमा पहिलेदेखि नै उनीहरुको यस्तो दादागिरी चल्दै आएको छ ।’
पीडितका अनुसार आगमनद्वार अघि हवाइ यातायात सेवा यात्रु लिमिटेडद्वारा सञ्चालित काउण्टरमा आफन्त पर्खिएर बसेका पौडेललाई यो क्षेत्रमा आएर यात्रु बोलाउन पाइँदैन भन्दै गुरुङले सुरुमा हप्कीदप्की गरेका थिए ।
विवाद भएको केही समयपछि केही अन्य व्यक्तिसहित खुकुरीसमेत लिएर आई एकाएक आक्रमण गरेको पीडित पौडेलले बताए ।
खुकुरी प्रहार गरेको आरोपमा गुरुङलाई पक्राउ गरिएको गौशाला प्रहरी स्रोतले बतायो ।
www.onlinekhabar.com
भारतीय मिडिया बदनाम भयो । हेलिकोप्टर समेत विवादमा तानियो तर ममता भने सीमा सम्म मात्र आइन तर ३५ ट्रक राहत सामग्री लिएर.... भारतको पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जीले नेपाललाई ठूलो परिमाणमा राहत सामग्री हस्तानतरण गरेकी छिन् ।


पश्चिम बंगला राज्य सरकारको तर्फबाट ममताले मेची पुल सम्म आफै आएर राहत सामग्री हस्तान्तरण गरेकी हुन् ।   ममता नेतृत्वको पश्चिम बंगाल सरकारले नेपालका भूकम्प पीडितका लागि सहयोगस्वरुप ठूलो परिमाणमा राहत सामग्री प्रदान गरेपछि उनको प्रसंसा भएको छ । मुख्यमन्त्री ममता बनर्जीले नेपाल सरकारका भवन निर्माण तथा सहरी विकासमन्त्री डा नारायण खड्कालाई सोमबार काँकडभिट्टामा ती राहत सामग्री हस्तान्तरण गरेका हुन् ।
 ३५ वटा ट्रकमा रहेको राहत सामग्रीमा एक लाख त्रिपाल, त्रिपालसँगै कम्बल र खाद्य सामग्री छन् । राहत सामग्री ३५ ट्रकमार्फत नेपाल प्रवेश गराई प्रभावित क्षेत्रमा पठाइएको थियो । हस्तान्तरणपछि मुख्यमन्त्री बनर्जीले नेपालमा आएको विनाशकारी भूकम्पले आफूलाई दुःखी बनाएको र विपद्मा पीडितलाई भावनात्मक रुपमा सहयोग गरेको बताइन् ।  उनी मेची पुल सम्म आउँदा उनलाई सञ्चार कर्मीले घेरेका थिए ।
नेपालमा राहत वितरणका क्रममा भारतीय मिडिया र भारतीय सेनाको ब्यवहारको आलोचना भैरहेको समयमा छिमेकी राज्यकी मुख्यमन्त्री ममताको ब्यवहार भने उदाहरणीय भएको टिप्पणी कतिपयले गरेका छन् ।
ज्योतिषका अनुसार जुन बार जन्मियो त्यो बारको ग्रहको प्रभाव जीवनका सबै पाटामा पर्छ । मान्छेको स्वभाव र भाग्य समेत जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रीको दावी छ । कस्तो हुन्छ कुन बार जन्मिनको मान्छेको स्वभाव र भाग्य थाहा पाउनुस् ।

आइतबारः
पुरुष
आइतबार जन्मिने मानिस भाग्यशाली हुन्छन् । उनीहरुको आयु पनि लामो हुन्छ । यस्ता ब्यक्ति कम बोल्ने र कला र शिक्षामा अगाडी हुन्छन् । यो बार जन्मिने ब्यक्तिमा धार्मिक आस्था पनि हुन्छ र घर परिवारका सदस्यलाई खुसी राख्न अधिक प्रयास गर्छन् । तर यिनीहरुलाई २० देखि २२ वर्ष सम्म दुःख हुन्छ ।
स्त्री
आइतबार जन्मिने स्त्री दान-पुण्य गर्ने र बलशाली एवं चतुर हुन्छन् ।

सोमबारः
पुरुष
सोमबार जन्मिने ब्यक्तिको बोली मिठो हुन्छ । यस्ता ब्यक्तिको जीवनमा सुख दुख बराबर जस्तै हुन्छ किन भने उनीहरुलाई दुःख सुख उस्तै उस्तै लाग्छ । सोमबार जन्मिने ब्यकेति विद्वान, कला कुशल र बहादुर पनि हुन्छन् । सोमबार जन्मिने ब्यक्तिलाई श्वास प्रश्वासको रोग हुन सक्छ यस्ता ब्यक्तिलाई ९, १२, २७ वर्षमा कष्ट हुन्छ ।
स्त्री
सोमबार जन्म भएका महिला सुन्दर हुन्छन् । यस्ता महिलामा मिठो बोली र शान्ति प्रिय र पुत्रवति हुन्छन् ।



मंगलबारः
पुरुष
मंगलबार जन्म हुने ब्यक्ति सामान्यतया धनी हुन्छन् । यस्ता ब्यक्तिको स्वभाव उग्र हुन्छ । यसै कारण उनीहरुसँग मानिसहरु वेखुसी हुन्छन् । यिनीहरुलाई छाला सम्बन्धी रोग हुन सक्छ । दुख र सुख आउने जाने भैरहन्छ ।
स्त्री
ज्योतिषका अनुसार मंगलवार जन्म भएका स्त्री कठोर हृदयका हुन्छन् यस्ता स्त्रीमा दया माया कम हुन्छ । यस्ता स्त्री दुब्ला पातला र झगडालु समेत हुन्छन् ।

बुधबारः
पुरुष
बुधबार जन्मिने ब्यक्ति धर्मकर्ममा मन भएका हुन्छन् । यिनीहरुको बोलीमा मिठास हुन्छन् । यिनीहरुको ८ र २२ वर्षको उमेरमा कष्ट पाउने योग हुन्छ ।
week days birth meaning 2
स्त्री
बुधाबार जन्मिने स्त्री कुनै विशेष क्षेत्रमा रुचि राख्ने र विशेषज्ञता हासिल गर्ने हुन्छतन् । सरस्वतीको विशेष कृपा हुने हुँदा यिनीहरु सुन्दर र शुसील पनि हुन्छन् ।

विहीबारः
पुरुष विहीबार जन्मिने पुरुष विद्वान र पराक्रमी हुन्छन् । यिनीहरुले जीवनमा धेरै उतार चढाव र समस्या झेल्नु पर्ने हुन्छ । तर पनि साहसी हुन्छन् । यिनीहरुसँग संगत हुनेहरु खुसी हुन्छन् । विहीबार जन्मिनेहरुलाई ७, १२, १३, १६ र ३० वर्षमा संकट पर्छ ।

स्त्री
जुन स्त्रीको विहीबार जन्म हुन्छ त्यस्ता महिला उच्च शिक्षा हासिल गर्ने र सर्वगुणी हुन्छन् ।

शुक्रबारः
पुरुष
शुक्रबार जन्मिने ब्यक्ति हँसिलो स्वभावका हुन्छन् । बुद्दीमान र मृदुभाषी यिनीहरुको स्वभाव हो । यिनीहरु सहनशिल पनि हुन्छन् । यिनीहरु शौखिन हुन्छन् र २० र २४ वर्षको उमेरमा कष्ट हुन्छ ।
स्त्री
कुनै पनि स्त्री शुक्रबार जन्मेकी छे भने उसको श्वभाव चंचल हुन्छ । यस्ता स्त्री मस्ती मजाक गर्छन् । परिवार र समाजमा विशेष इज्जत हुन्छ । केही काला रंगका भएपनि सुन्दर हुन्छन् ।
शनिबारः
पुरुष
जुन ब्यक्तिको जन्म शनिबार हुन्छ उनीहरु कृषि ब्यावार वा प्रविधीको क्षेत्रमा रुची राख्छन् । यिनीहरुका लागि बाल्यकाल कष्टपूर्ण हुन सक्छ । भाइ बहिनी वा दाइ दिदीबठ्ठ सन्तुष्टी मिल्दैन । यिनीहरुलाई २० र २५ वा ४५ वर्षमा कष्ट हुन्छ ।

स्त्री


शनिबार जन्मिने स्त्री दुबली पातली हुन्छन् तर अग्ला । सामान्यतया यस्ता स्त्री कालो वर्णका हुन्छन । यस्ता महिला अरुका कुरा काट्ने पनि हुन् सक्छन् ।
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home