• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
भनिन्छ एउटा बुवाको लागि आफ्नी छोरी राजकुमारी समान हुन्छे । जतिसुकै माया गरेपनि उमेर भएपछि छोरीको विवाह गर्न जो पनि आमा–बुवा आतुर हुने गर्दछन् ।
यस्तै हङकङका एक धनाढ्यले आफ्नी छोरीलाई विवाह गर्ने पुरुषलाई अर्बपती बनाइदिने घोषणा गरेका छन् । हङकङका शीर्ष स्थानमा रहेका व्यापारी सेसिल चाउले आफ्नी छोरी गिगी चाउलाई विवाह गर्ने पुरुषलाई ८ करोड पाउन्ड दिने बताएका छन् । नेपाली रुपैया“ करिब १३ अर्ब २० करोड रुपैयाँ घोषणा गरेका चाउले सुरुमा चार करोड दिने बताएको र छोरीलाई मनाएर लानसके दोब्बर रकम दिने बताएका छन् । समाचारमा जनाइएअनुसार सेसिलकी छोरी गिगी लेस्बियन हुन् । गिगी चाउले दुईवर्षअघि एक महिलास“ग समलिंगी विवाह गरेकी थिइन् । स्मरण रहोस्, हङकङमा समलिंगी विवाहमाथि रोक छ । सेसिलले यसअघि छोरीको बिहेका लागि ३९ मिलियन पाउन्ड घोषणा गरेका थिए । यसमा २० हजार युवाले आवेदन दिएका थिए । तर कोही आवेदनकर्ता नआएको बताइन्छ । (एजेन्सी)www.ratopati.com
आज वि.सं. २०७२ श्रावण ०९ गते शनिबार तदनुसार ई. सं. २०१५ जुलाई २५ तारिख
आषाढ शुक्ल नवमी, स्वाती नक्षत्र, तुला राशिको चन्द्रमा, शुभ योग, तैतिल करण
आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), वास्तुमुहूर्त,
भोलिको व्रत/पर्व : मन्वादि,
भोलिको मूहुर्त : अग्निवास(होमादि),

तपाईं ज्योतिष तथा वास्तुसम्बद्ध कुनै पनि जिज्ञासा शान्त पार्न वा दैनिक, साप्ताहिक, मासिक वा वार्षिक राशिफलको जानकारी लिन अथवा कुनै रेडियो, पत्रपत्रिका वा मिडियामा भोलिको राशिफल प्रकाशन वा प्रसारण गर्न चाहनुहुन्छ भने एक पटक तलको लिंकमा अवलोकन गर्नुहुन अनुरोध छ :—

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले कार्य सम्पन्न हुनेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । घरायसी काममा समय र धन खर्च हुनेछ । पारिवारिक जीवनमा रमाइलोपना आउने छ । आम्दानीमा कमी हुने छैन । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि राम्रो दिन छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आफन्त वा मित्रले आज अप्रत्याशित रूपमा सहयोग गर्नेछन् । जीवनसाथी र बालबच्चासितको सम्बन्धमा देखिएको समस्या समेत निदान हुनेछ ।बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । आफ्नै सवारी साधनमा रमाइलो र टाढाको यात्राको सम्भावना समेत देखिन्छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
एकाबिहानै विगतमा गरेको परिश्रमको प्रतिफल नपाउनाले मन खिन्न हुनसक्छ । रोकिएका कामप्रति लगनशीलता देखाएमा सफलता प्राप्त हुनेछ । पठनपाठन र बौद्धिक चिन्तनप्रति मन आकर्षित हुनेछ, आजको चिन्तन र उपाय फलदायी हुनेछ । बढी व्यस्त हुनाले आवश्यक काम रोकिन सक्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
परिवारभित्रकै सदस्य वा आफन्तको स्वास्थ्यमा समस्या देखिनाले समय र धन खर्च हुने सम्भावना छ । शरीरमा आलस्य र थकानको अनुभूति हुनेछ । खानपिनमा नियन्त्रण गर्नु बेस हुनेछ, पाचनप्रणालीमा बिग्रन सक्छ । जीवनसाथीसित ठाकठुक पर्नसक्छ । बौद्धिकता र ज्ञानगुनको क्षेत्रमा समेत राम्रो छैन । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
विद्वान् र प्राज्ञिक व्यक्तिहरूबाट सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । विदेश वा दूरदराजमा बसेका व्यक्तिहरूसँग सुमधुर सम्बन्ध कायम हुनेछ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । सामाजिक र सांस्कृतिक क्रियाकलापमा संलग्न हुन मन लाग्नेछ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिने छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सामाजिक र व्यक्तिगत प्रतिष्ठा स्थापना गर्ने राम्रो मौका छ । पढाइलेखाइको क्षेत्रमा प्रगति हुनेछ । आत्मविश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । वस्त्र, अलङ्कार आदि खरिद गर्ने योग छ । कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनु पर्नेछ । धार्मिक र सामाजिक काममा मन जान सक्छ । दानपुण्यका क्षेत्रमा लगानी हुन सक्छ । घरपरिवारबाट साथसहयोग प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
बाह्रौं चन्द्रमा रहेकाले मनमा उदासीनता आउने छ । आम्दानीको बाटो असहज बन्नसक्छ, विश्वास गरेका व्यक्तिबाट नै धोका हुने सम्भावना छ । बन्दव्यापार तथा पेसाव्यवसायमा ध्यानकेन्द्रित हुन सक्दैन र पारिवारिक समस्याले पनि मन खिन्न हुनेछ । दीर्घकालीन लगानी गर्नु उपयुक्त देखिंदैन । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
शत्रुमाथि विजय प्राप्त हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । धार्मिक, सामाजिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । साथीभाइसित भेटघाट हुने योग छ । समाजको नेतृत्व बहन गर्नुपर्ने बेला छ । खाद्यान्नका परिकार तथा मेवामिष्ठान्न मिल्ने समय छ । जग्गाजमिनको कारोबारबाट फाइदा लिन सकिने छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । स्वास्थ्य सबल रहनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
दान पुण्यका कार्यतर्फ मन आकर्षित हुनेछ, तर त्यसलाई कार्यान्वयन गर्न विलम्ब गरेमा भाग्यबलमा कमी आउन सक्छ । दूरदराजमा रहेको कुनै पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । घरमा पारिवारिक समस्या र अस्वस्थता देखा पर्न सक्छन् । बौद्धिक र प्राज्ञिक क्षमताको उपयोग हुन सक्दैन । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । घरायसी वातावरण, दाम्पत्य र प्रणयसम्बन्धमा आज असहजता आउनसक्छ । कसैसँग व्यर्थमा वादविवाद हुनसक्छ । गर्नु नपर्ने कामबाट जोगिनु राम्रो हुन्छ, कुनै महत्वपूर्ण काम गर्न बाँकी भए आजलाई स्थगित गर्नु होला । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
हामी सानै हुँदा अनि देखि त्यस्ता धेरै धेरै भनाइ वा उखान सुन्दै आएका हुन्छौं। कतिले हामीलाई बिस्वासमा पार्छन् भने कति बेकारका लाग्छन्।
 तर कतिपय यस्ता पुराना भनाइहरु बिज्ञानले पनि सत्य हुन्छ भनेर साबित गरेको छ। हामीले सुन्दै आएका कुराहरु जस्तै:खुर्सानि ओसिएमा पानी पर्छ,भ्यागुति चलाए छाला चिलाउंछ, गर्भवति हुंदा टन्न केरा खए छोरा हुन्छ,दुध धेरै खाएमा बच्चा गोरो जन्मिन्छ आदि र अन्य धेरै। यस्ता भनाइहरु केहिमा सत्यता नभए पनि केहि भने सत्य हुने बिज्ञानले पनि मानेको छ।

के गर्भवति हुँदा टन्न केरा खाए छोरा नै हुन्छ त? अक्स्फोर्ड बिस्वबिध्यालयका बिद्वानहरुले बर्षौंदेखि मानिदै आएको अन्धबिस्वासलाई तोड्ने नियतले एक समुह बनाई अध्ययन गरेका थिए र नतिजामा उनिहरुले के पाए भने अधिकांस अब्सथामा धेरै केरा खाँदा छोरा नै हुन्छ।

 यसको लागि उनिहरुले ७४० गर्भवति महिलाहरुलाई सहव्हागि गराएका थिए। सहभाइहरु मध्ये जसले धेरै क्यालोरि युक्त खाना वा केरा खाएका थिए उनिहरुको छोरा भएको थियो भने थोरै क्यालोरियुक्त खाना खने र थोरै केरा खानेको छोरि भएको थियो। अनुसन्धानकर्ताहरु के बिस्वास गर्छन् भने केरामा पोटासियमको मात्र धेरै हुन्छ ।

 जसले लिङ्गको लम्बाइ बढाउन मदत गर्छ। तर उनिहरु यो पनि बिस्वास गर्छन् कि केरा खाअँदा छोरा हुने सम्भावना केबल ५५ प्रतिशत मात्रै हुन्छ। सम्भावना बढि हुने बहेकोले नै गर्दा हुन सक्छ अनतदेखि यो भनाइ भनिदै आएको छ।

 त्यस्तै यदि महिला गर्भवति हुँदा छतिमा बढि पोल्छ भने रौं धेरै भएको बच्चा जन्मने कुरा पनि बैज्ञानिक रुपमा सिद्ध भैसकेको छ।  khabar-time.blogspot.co.il
काठमाडौं, ८ साउन । ऐन-कानुनमा बकाइदा व्यवस्था छ जेठी हुँदाहुँदै कान्छी ल्याउनेलाई एकदेखि तीन वर्षसम्म कैद हुन्छ । त्यस्ता स्त्री पीडकमाथि कारबाहीका लागि श्रीमतीले जाहेरी दिनुपर्ने अनिवार्यता पनि छैन । देशको जुनसुकै निकाय या व्यक्तिले त्यस्ता व्यक्तिविरुद्ध उजुरी गर्न या पक्राउ गरेर बुझाउन सक्छ । तर, यो नियम साधारण नागरिकका लागि मात्रै हो ।
यसै पनि नेपालको कानुनी व्यवस्थाबारे सर्वसाधारणमा सकरात्मक धारणा छैन । ठूलालाई चैन सानालाई ऐन भन्ने त उखानै बनिसक्यो । सबै उखान व्यवहारमा अनुवाद नहुन पनि सक्छन् । तर, प्रचण्डपुत्र प्रकाश दाहालको हकमा यो उखान हुबहु लागू हुन्छ ।जेठी पत्नी प्रभा बोगटीसँग कानुनी छोडपत्र गरेकाले उनीबाट प्रकाशले उन्मुक्ति पाए ।

छँदाखाँदाकी श्रीमती सिर्जना त्रिपाठीलाई छाडेर प्रकाशले गत वर्ष हालसम्मका निम्ति तेस्रो बिहे गरे । पत्नीको मृत्यु भएको पनि होइन । छोडपत्रको कानुनी पक्रिया पूरा हुनु त परै जाओस् सुरु गरेको पनि होइन । काखमा भएको कलिलो छोरा खेलाउँदै जीवनको रंगीन सपना सँगालिरहेकी र साढे दुई दशक उमेर पनि नभएकी युवतीमाथि जब प्रकाशले सौता हाले धेरैलाई लागेको थियो उनलेे त्यसको कानुनी मूल्य चुकाउनेछन् ।

तर, त्यस्तो भएन । प्रकाशले सिर्जनालाई हेपेर कसले के गर्न सक्छ भन्ने शैलीमा बीना मगरलाई तेस्री पत्नीका रूपमा लिएर अहिले ललितपुरमा बसिरहेका छन् । साथीभाइले बोलाएको भोजभतेरमा पति/पत्नीका रूपमा सँगसँगै सरिक भइरहेका छन् । तर, देशको नियम, कानुन कार्यान्वयन गर्ने निकाय मौन छ । नेपालको कानुन दैवले जानुन् भनेजस्तो भएको देखिन्छ ।

प्रभाका बाबु पोष्टबहादुर बोगटी माओवादीकै प्रभावशाली नेता थिए, त्यसैले प्रभालाई छाडेर अर्की भित्र्याउनुअघि छोडपत्र भएको थियो । तर, सिर्जना विचरी ! उनका लागि बोलिदिने बाबुआमा कुनै पार्टीका ठूलाबडा नेता या ठूला सरकारी हाकिम परेनन् । कास्की हेम्जाका सामान्य किसान त्रिपाठी परिवारलाई दाहाल परिवारले हेपेरै सिर्जनामाथि प्रकाशले हालेको सौता प्रकरणलाई सामान्यीकरण गरेको हेम्जावासीको बुझाइ छ ।माओवादीले लोकाचारकै लागि भए पनि प्रकाशलाई निलम्बन गर्‍यो ।

त्यो पार्टीको आन्तरिक प्रक्रिया थियो । हरेक पार्टीको कार्यकर्तासम्बन्धी आ-आफ्नै नीति-नियम हुन सक्ला । राज्यले हरेक नागरिकलाई गर्ने व्यवहार एउटै होस् भनेर प्रहरी, प्रशासन, अदालत, जेल सबै व्यवस्था गरेको हुन्छ । तर, प्रकाश दाहालको हकमा राज्यको पाखण्डी व्यवहार उदांगो भएको छ । मुलुककै ठूलो राजनीतिक दलको अध्यक्षका छोराबारे सार्वजनिक रूपमा थाहा भएको घटनामा त राज्यले दोहोरो मापदण्ड अपनाउँछ भने योभन्दा ठूलो दण्डहीनताको नमूना अरू के हुन सक्छ ?

यो एक वर्षबीच प्रकाशमाथि कारबाही हुनु त परै जाओस् प्रकाश उल्टै लाजिम्पाटमा तैनाथ डिएसपीको बर्दी लाएर फेसबुकमा फोटो हाल्दै सभ्य समाजलाई मलाई कसले के गर्न सक्छ भन्ने शैलीमा चुनौती दिँदै बसेका छन् । बीनालाई सँगै लिएर भोजभतेर र साथीहरूसँग रमाइलो गरिरहेछन् । तर राज्य ! देखेको नदेख्यै गरेर आँखामा पट्टी बाँधेर बसेको छ । -जनआस्थाबाट
काठमाडौँ, ८ साउन ।
‘डाक्टर सा’ब नमस्कार, ‘प्राइभेट पार्ट’मा समस्या देखियो,’ किशोरी खुलेर भन्छिन् । अहिलेका किशोरीहरुले निर्धक्क समस्या भन्न सकेकोमा गाइनोक्लोजिष्ट डा. लता बज्रचार्य खुशी हुन्छिन् । किनभने आफ्ना समस्या निर्धक्क भन्नसक्नु समाजमा आएको सकरात्मक परिवर्तनको एउटा नतिजा हो भन्ने लाग्छ उनलाई ।
उनी त्यो उमेरकी हुँदा यस्ता विषय सहकर्मीसँगै गर्न हिचकिचाउने अवस्था थियो । प्रजनन वा यौन समस्याले गाँजेर ज्यानै जान अवस्था नआइ मुख खोल्न सकिने अवस्था थिएन । समस्या भन्यो, उल्टै चरित्रमाथि औंला उठाउने डर हुन्थ्यो त्यो समयमा ।

अहिले डा. बज्राचार्यकोमा जिज्ञासा र समस्या लिएर आउनेमा धेरै युवतीहरु छन् । ती युवतीहरु आफ्ना समस्या निर्धक्क भन्दै जान्छन्, ‘प्राइभेट पार्ट’मा चिलायो । दाग देखियो । ब्वाइफ्रेन्डसँग सेक्स भा’थ्यो । पिल्स त खाएँ तर शंका लाइरा’छ । आदि इत्यादि ।
डा. बज्रचार्य चकित पर्छिन्, ‘समाज त निकै अघि बढिसकेछ । मकहाँ समस्या लिएर आउने ५० प्रतिशत युवती त ब्वाइफ्रेन्ड भएको र उसँग सहवास हुने गरेको निर्धक्क बताउँछन् ।’ ‘ब्वाइफ्रेन्डसँग रमाइलो गर्दा गर्दै यौनसम्बन्ध भइहाल्यो । पछि इर्मेजेन्सी पिल्स त लिएकी थिएँ तर पनि शंका लाइरा’छ,’ उनलाई निर्धक्क भन्छन् केटीहरु ।
उनीकहाँ आउनेमा आफ्ना ‘मल्टिपल’ सेक्स पार्टनर भएकाले भविष्यमा यौन तथा प्रजनन समस्या आउँछ कि भनेर सोध्ने पनि छन् ।
सहरी एरियामा बढ्दो प्रजनन तथा यौन स्वास्थ्य शिक्षाले मात्रै डा. लता बज्राचार्यलाई गुहारेका होइनन् । उमेर त्यति धेरै नहुँदै यौन तथा प्रजनन समस्यामा पर्नेको सँख्या पनि बढेको देखिन्छ । डा. बज्राचार्यलाई सही लाग्छ, ‘सानो समस्या हुने बित्तिकै उपचारका लागि आउँछन् ।’ पीर लाग्छ, ‘विकृतिले हामीलाई नराम्ररी गाँज्दै त छैन ।’ अझ ठूलो संख्यामा त जोशमा होस् गुमाएर कण्डम जस्ता सुरक्षित साधन प्रयोग नगर्ने बढेका छन् । ‘आधुनिकतासँगै आफूलाई ढाल्ने क्रममा असुरक्षित सम्बन्ध स्थापित गर्नुचाहिँ विकृति हो,’ डा. बज्राचार्य भन्छिन् ।
जतिपल्ट सेक्स, त्यत्तिपल्ट पिल्स
‘ब्वाइफ्रेन्डसँग रमाइलो गर्दा गर्दै यौनसम्बन्ध भइहाल्यो । पछि इर्मेजेन्सी पिल्स त लिएकी थिएँ तर पनि शंका लाइरा’छ,’ उनलाई निर्धक्क भन्छन् केटीहरु । यो आकस्मिक गर्भ निरोधक पिल्स हो तर हप्तैपिच्छे ब्वाइफ्रेन्डसँग असुरक्षित यौन सम्बन्ध राखेर हप्तैपिच्छे पिल्स सेवन गर्ने बढेका छन् ‘यो उपक्रम महिनौंदेखि दोहोरिएको हुन्छ,’ डा. लता भन्छिन्, ‘यो आकस्मिक गर्भ निरोधक पिल्स हो तर हप्तैपिच्छे ब्वाइफ्रेन्डसँग असुरक्षित यौन सम्बन्ध राखेर हप्तैपिच्छे पिल्स सेवन गर्ने बढेका छन् ।
यसले साइड इफेक्ट गरेपछि हामीकहाँ आइपुग्छन् ।’ अपुरो जानकारीका कारण यो चक्कीलाई परिवारको नियोजनको साधनको रुपमा प्रयोग गर्ने गरिएको पाइएको उनी बताउँछिन् । उनका अनुसार यसको प्रयोगले गर्भ रहँदैन भन्ने मात्रै बुझाई धेरै किशोरीमा रहेको छ । अहिलेको पुस्ताले ज्ञान पाए र स्वतन्त्रता पाए । उनको बुझाईमा यो दुईटै अपुरो भयो, ‘ज्ञान यति मात्रै पाए कि कुन साधनको प्रयोग गर्दा गर्भ रहँदैन र स्वतन्त्रता त्यसलाई मात्रै ठाने कि ब्वाइफ्रेन्डसँग यौन सम्बन्ध राख्नुपर्छ ।’ अहिलेको पुस्ताले फाइदा मात्रै बुझ्ने र त्यसले ल्याउने समस्यालाई वेवास्ता गर्ने गरेको उनी बताउँछिन् छिन् ।
मेडिकल गर्भपतन बढ्दो
असुरक्षित सम्बन्ध बनाएर पछि समस्यामा पर्नेको कहानी यहीँनेर टुंगिदैन । ‘अहिले सहरी क्षेत्रमा अर्काे समस्या बढिरहेको त्यो हो मेडिकल गर्भपतन,’ डा. बज्रचार्यले भनिन् । विशेषज्ञको निगारानी र सल्लाहबिनै मेडिकलमा गर्भपतनका औषधि किनेर खाँदा भएका समस्या लिएर पनि धेरै महिलाहरु आफूसम्म आइपुगेको उनी बताउँछिन् ।
सहरी महिलामा अहिले केही सकरात्मक परिवर्तन पनि देखिएका छन् । ‘केही समयअघि आफ्नो दुध बच्चालाई खुवाउँदा ज्यान बिग्रिने पीरले गाइभैंसीको खुवाउने गरेको सुनिन्थ्यो । अहिले भने आफ्नै दुध खुवाउनेहरु धेरै छन्,’ उनले भनिन् । उनका अनुसार पेटको केही अंश देखाएर सारी लगाउने चलन आएकाले पेटको सुन्दरताको चिन्ता गर्ने बढेका हुन्
पेटको सौन्दर्यको पीर
गर्भवती अवस्थामा र त्यसपछि आफ्नो सौन्दर्यमा कमी आउने पीरले भने महिलालाई छाडेको छैन । अनुहारको चायाँपोतासँगै पेटको सौन्दर्य बिग्रेकोमा पीर गर्ने धेरै छन् । उनका अनुसार पेटको केही अंश देखाएर सारी लगाउने चलन आएकाले पेटको सुन्दरताको चिन्ता गर्ने बढेका हुन् । ‘विशेष गरी गर्भावस्थामा पेटको छाला तन्किँदा सेता धर्साहरु देखिने भएकाले ती कसरी मेट्ने भनेर आउने धेरै हुन्छन्,’ डा. बज्रचार्य भन्छिन् ।
स्वास्थ्य खवर पत्रिका
श्रीनगर, ८ साउन । भारतको हिमाञ्चल प्रदेशमा एक बस नदीमा खस्दा त्यसमा रहेका नौ जना यात्रुको निधन भएको समाचार छ ।
साथै सो बसका अरु ३२ जना यात्रु नदीमा बेपत्ता भएका छन् । ती यात्रुहरु उक्त दुर्घटनास्थलबाट बगेको अनुमान गरिएको छ ।
प्राप्त समाचारअनुसार बिहीबार साँझ सो बस नदीमा खसेको थियो । त्यस दुर्घटनामा परी २३ जना यात्रु पनि घाइते भएका छन् ।
उक्त दुर्घटना उत्तरी भारतको हिमाञ्चल प्रदेशको कुल्लु जिल्लामा भएको हो । बिहीबार साँझ सो दुर्घटना भएको भएपनि अहिलेसम्म ती यात्रु भेटिएका छैनन् ।
कुल्लु जिल्लाका प्रहरी अधिकारी राकेश कनवारले सो दुर्घटनामा परी मृत्यु भएका नौ जनाको शव भेटाइएको जानकारी दिए ।
उनकाअनुसार त्यसमा परी घाइते भएकाको स्थानीय अस्पतालमा उपचार जारी रहेको छ । घाइतेमध्ये धेरैजनाको अवस्था गम्भीर रहेको छ ।
उक्त दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको भएपनि सो क्षेत्रको बाटो नै बिकट रहेकोले पहाडी इलाकामा यसरी दुर्घटना हुने गरेको पाइएको छ ।
नासाले पृथ्वीजस्तै अर्को एक ग्रह भेटाएको खबरले खगोलशास्त्री र मानिसमा छुट्टै उन्माद देखिएको छ। ‘केप्लर-४५२बि’ नाम राखिएको यो ग्रह पनि आफ्नो सुर्यदेखि जिवन सम्भव हुने गरि ठिक दूरीमा रहेको छ। हालसम्म उक्त ग्रहको भित्री भुगोल थाहा नभएपनि नासाले भेटिएका ग्रहहरु मध्ये यो ग्रह अहिलेसम्म पृथ्वीसँग सबैभन्दा मिल्ने ग्रह हो भनेको छ।

जानकारी अनुसार वैज्ञानिकहरुले जिवन धान्न सक्ने अरु ११ ग्रहहरु पनि भेटेका छन्। अरु ग्रह भेटिएपनि यहि ग्रहमा नाशा किन लागिपरेको छ? के छ त ‘केप्लर-४५२बि’मा त्यस्तो विशेषता?

(3)यस ग्रहको सबैभन्दा रोचक तथ्य यो रहेको छ कि यस ग्रहलाई पृथ्वी २.० पनि  भनिएको छ किनकी यो ग्रहमा एलियन जीवन हुनसक्ने संभावना निकै बढि छ।

-यो ग्रह ‘केप्लर-४५२’ नामको तारालाई घुम्ने गर्छ, पृृथ्वीले सुर्यलाई घुमेझै। ‘केप्लर-४५२’ तारा पृृथ्वीबाट ६२० प्रकाश वर्ष टाढा छ। यो आकाशगंगा तारापुञ्ज भित्रै  सिग्नस तारामण्डलमा रहेको छ।
-यो ग्रह पृथ्वी भन्दा १.६ गुणा ठुलो छ।
-नाशाले यो ग्रहमा वायुमण्डल, बादल र ज्वालामुखिहरु पनि भएको हुने धेरै संभावना बढेको बताउँछ।
-अनुसन्धान अनुसार यो ग्रह पनि पृथ्वीजस्तै ढुङ्गा र माटोले बनेको छ।

)ताराहरुको तापक्रमको अनुसार तारालाई वर्गिकरण गरिन्छ। जसमा  ओ, बि, ए, एफ, जि, के र एम प्रकारमा वर्गिकरण हुन्छ। हाम्रो सुर्य ‘जि२भी'(वर्गमा पर्छ भने भेटिएको ‘केप्लर-४५२’ पनि ‘जि२’ वर्गमा पर्छ।
यो ग्रह आफ्नो सुर्यदेखि यस्तो दुरिमा छ जसले उक्त ग्रहको पानी बरफ वा वाफको रुपमा नभइ तरल रुपमै रहन रहन सक्छ। पानी तरल रुपमै हुनुले जीवनको सम्भावना बढाउँछ।

पृथ्विले सुर्यको एक घुम्ति ३६५ दिन र ४ घण्टामा लगाउँछ भने यो ग्रहले आफ्नो सुर्य को एक घुम्ति ३८५ दिनमा लगाउँछ।
-सुर्यको आयु ४.५ बिलियन वर्ष रहेको छ भने ‘केप्लर-४५२’तारा को आयु ६ बिलियन वर्ष भएको बताईएको छ।
-‘केप्लर-४५२’को हाम्रो सुर्यभन्दा २० प्रतिशतले बढि उज्यालो र १० प्रतिशतले ठुलो भएपनि यसको तापक्रम भने सुर्यको जति नै छ।
-‘केप्लर-४५२बि’ ग्रहले  सुर्यभन्दा अलि ठुलो तारलाई घुम्ने भएकाले यो ग्रहको तापक्रम पनि पृथ्वीभन्दा अलि बढि भएको हुनसक्ने अनुमान गरिएको छ।
 (5)प्राप्त भएको यी जानकारीहरुले धेरै परिकल्पनाहरु उत्पन्न गर्न सक्छ। पहिलो कुरा त यो ग्रहको सुर्य हाम्रो सुर्यभन्दा १.५ बिलियन वर्षले जेठो छ। यसको मत्लब यो हुन सक्छ कि पृथ्वी जस्तै यस ग्रहले पनि कुनै बेला जीवन धानेको हुन सक्छ।

तर अहिले यो ग्रहमा जिवनको आश भएको वा नभएको कुरा खुलासा भइसकेको छैन। यस ग्रहको भित्री भुगोल थाहा पाउनको लागि हाल प्रयोग गरिएको भन्दा अझै शक्तिशाली टेलिस्कोपको प्रयोग गर्नुपर्ने हुन्छ।

1)खुसीको कुरा, यस्तो टेलिस्कोपको निर्माण कार्य सुरु भईसकेको छ। जुन २४ अप्रिल १९९०मा प्रक्षेपण गरिएको ‘हबल स्पेस टेलिस्कोप’को उत्तराधिकारी हुनेछ। यो टेलिस्कोपको नाम  ‘जेम्स वेब टेलिस्कोप’ रहेको छ।

यो टेलिस्कोपको प्रक्षेपण अक्टोबर २०१८मा हुने घोषणा गरिएको छ। यो टेलिस्कोप यति शक्तिशाली हुनेछ कि यसद्वारा ब्रह्माणमा १३.५ बिलियन वर्ष अगाडिको घटनाहरु प्रत्यक्ष देखिने छ। नासाले ‘केप्लर-४५२बि’को वायुमण्डलको विश्लेषण यस टेलिस्कोपबाटै गर्ने छ।

यो नयाँ ग्रहमा जीवनको सम्भाव्यता बढेपनि त्यहाँ कुनै जीवको अस्तित्व छ कि छैन भन्ने जानकारी थाह पाउन भने अझै समय लाग्ने छ। प्रविधिमा निकै ठुलो फड्को मार्न नसके उक्त ग्रहमा जानसक्ने यान अहिले सम्म तयार भएको छैन। प्रकाशको गतिमा पनि त्यहाँ पुग्न ६०० वर्ष लाग्छ जबकी प्रकाश २,९९,७९२ किलोमिटर टाढा पुग्नसक्छ। पृृथ्वीमा प्रकाशको गतिमा यात्रा गर्नसक्ने प्रविधि छिट्टै आउनसक्ने अवस्था छैन।

तर यो संगै ब्रह्माणमा हामी एक्लो छैनौ भन्ने कुरा भने सत्य सावित हुनेछ। के थाहा, यो नयाँ ग्रहमा पनि मानिस जस्तै विकसित प्राणीको अस्तित्व पो छ की? त्यहाँ प्राणी भएको खण्डमा यदि मानिस भन्दा बढी प्रविधिमा विकसित भएको खण्डमा उतैबाट पो कोही आइपुग्छ कि त? यो बहसको मात्र विषय हुन जान्छ।
तीज अघि नै नयाँ संविधानको मिठाइ खान पाइन्छ

काठमाडौं : एमाले अध्यक्ष केपी ओलीले नयाँ संविधानमा 'धर्म निरपेक्षता' राख्‍न आवश्यक नरहेको बताएका छन्।


शुक्रबार बिहान ओली निवास बालकोटमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, नयाँ संविधानमा 'धर्म निरपेक्षता' राख्‍न आवश्यक छैन। यसलाई हटाए हुन्छ। यो हट्छ पनि।'

उनले धर्म निरपेक्षताविरुद्ध व्यापक जनमत आएको स्वीकार्दै ओलीले भने, त्यतिबेला हतारमा यो शब्द पर्‍यो। उपयुक्त होइन। ओलीले अब तीज अगाडि नै संविधान आउने बताउँदै भने, 'तीज अगाडि नै संविधानको मिठाइ खान पाइनेछ।' भदौं ३० गते हरितालिका तीज परेको छ।

सुझाव संकलनमा विरोध, गुनासा र असन्तुष्टी आउनु स्वभाविक भएको बताउँदै उनले भने, नयाँ संविधान बनाउँदा अलिअलि विरोध, गुनासा र असन्तुष्टी आउँछन्। यसमा अचम्म मान्नु पर्दैन। जयजयकार होस् भनेर जनतामा मस्यौदा पठाएको होइन।' उनले सकेसम्म सबैलाई समेटेर संविधान बनाउने कोसिस भइरहेको बताए।

निर्वाचित प्रधानमन्त्री एमालेको अजेन्डा भएको उल्लेख गर्दै उनले भने, तर सहमतिमा संविधान बनाउनु पर्दा त्यसमा सम्झौता भएको हो।हामीले अजेन्डा  छोडेका छैनौं।
annapurnapost.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home