• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौं, वैशाख २६ । महाभूकम्प र त्यसपछिका पराकम्पन नरोकिएपछि धेरैलाई धेरै जिज्ञासा छन् । अनेकखाले हल्ला र अड्कलबाजी त्यत्तिकै छन् । आखिर के भएर आयो महाभूकम्प ? अब के होला ? ‘युरेसियन (तिब्बतियन) र इन्डियन प्लेटको कडा घर्षणको परिणाम हो यो,’ भुगर्भशास्त्रका सहप्राध्यापक डा. तारानिधि भट्टराईले भने,‘अहिले इन्डियन प्लेट तिब्बतियन प्लेटमुनि छिरेको छ ।

तर अघि जान सकेन । दुवै प्लेट आपसमा रगडिए । त्यसले चट्टानमा चाप पर्यो । त्यही कारण भूकम्प गयो ।’ पराकम्पन (पटक पटक आउने सानो झड्का) कै कारण अनात्तिन पनि विज्ञहरुले सुझाएका छन् । ‘ठूलो भूकम्पपछिको कम्पन्न राम्रो हो’, भूगर्भविद् डा. कृष्ण देवकोटाले भने,‘यसले अर्को ठूलो भूकम्प जाने खतरा कम गर्छ ।’


 इन्डियन र तिब्बतियन प्लेट मिलेर हिमालयन शृंखला बनेको छ । भूगर्भशास्त्रीका अनुसार यो पूर्वको म्यानमारदेखि पश्चिमको अफगानिस्नतासम्म २४ सय किलोमिटर तल छ । तैपनि यो सबै इलाकामा भूकम्प जाँदैन । आउने ठाउँमा पनि ठूलो भूकम्प सय वर्षको हाराहारीमा मात्र आउने विगतले पुष्टि गर्दै आएको छ । भूगर्भविद्हरुका अनुसार इन्डियन प्लेट र युरेसियन प्लेट चलायमान छन् ।

हाल एसियामुनिको भागमा सक्रिय छन् । जापानमा छुट्टै प्लेट छ । त्यसले भूकम्प गइरहन्छ । एन्डोएसिया र चिलीका प्लेट पनि फरक हुन् । कुनै एउटा प्लेटमा अर्को प्लेट छिरेपछि तलको भाग भित्र जान्छ, माथिल्लो भाग माथि उठ्छ । त्यही कारण भूकम्प जान्छ । भूगर्भशास्त्रका प्राध्यापक विशालनाथ उप्रेतीका अनुसार इन्डियन प्लेट मुनि गएपछि शक्ति सञ्चय भई थाम्न नसकेपछि विस्पोट भएको हो । भूकम्प मापन केन्द्रका प्रमुख भूगर्भविद् लोकविजय अधिकारीका अनुसार संसारको भूखण्डको दुई तिहाइ भागमा भूकम्पीय खतरा छ ।

 एक तिहाइ मात्र सुरक्षित छ । ‘कुन ठाउँमा भूकम्प जान्छ भनेर अनुमान गर्न त सकिन्छ’ उनले भने,‘तर, कहाँ कत्रो र कतिखेर जान्छ भनेर भन्न सकिन्न ।’ विज्ञहरुका अनुसार प्लेटको सक्रियता जारी रहे पनि एउटा ठूलो भूकम्प गएपछि अर्को आउन लामो समय लाग्न सक्छ ।

 ‘कुनै पनि भूकम्प गएपछि पराकम्पन एक डेढ महिनासम्म हुन सक्छ । यो घट्दै जान्छ’, उप्रेतीले भने,‘अब ७.६ रेक्टरको वा ठूलोचाहिँ नआउन सक्छ ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।
काठमाडौं , वैशाख २६ । मित्र राष्ट्र चीनले महाभुकम्पबाट ध्वस्त भौतिक संरचना पूर्ननिर्माणमा नेपालले चाहेजति सहयोग गर्ने वचन दिएको छ । उत्तरी छिमेकीले त्यसका लागि आवश्यकता खुलाई प्रस्ताव गर्नसमेत आग्रह गरेको छ ।

चिनिया राष्ट्रपति सि जिनपिङले महाभुकम्पबाट नेपाललाई पुगेको भीषण क्षतिप्रति चासो देखाउदै सहयोग गर्ने सन्देश नेपाल सरकारलाई पठाएका हुन् । चिनियाँ राजदूत उ छुन्थाईले हालै प्रधानमन्त्री सुशील कोइरालालगायतसँगको भेटमा राष्ट्रपति सिको सन्देश सुनाएका हुन् ।


छिमेकलाई आपत पर्दा धक फुकाएर सहयोग गर्ने सिले बताएका छन । ‘चीन नेपालको प्रस्तावमा सहयोग गर्न चाहन्छ । हामी अहिले उद्धार कार्य सकेर बन्द बाटो खुलाउने, भत्किन लागेका घरहरु सुरक्षित रुपमा भत्काएर जोखिम न्यूनिकरण गर्नेजस्ता कामहरु नेपाल सरकारसगको संयोजनमा गरिरहेका छौ,’ चिनिया दूतावासका सूचना अधिकारी जियाङ विले भने ।

नेपाल भरपर्दो र पुरानो मित्र भएकाले विपतमा सहयोग गर्न कुनै कन्जुस्याई नगर्ने चीन सरकारको सन्देश उद्धृत गर्दै जियाङले बताए । उनका अनुसार चीन नेपालको पुननिर्माणनिम्ति तत्कालिक र दीर्घकालीन योजनाका कामहरु गर्न चाहन्छ ।

चीनले हिमाली क्षेत्रमा रहेका पदयात्रीलाई समेत उद्धार गरी आफ्नो मुलुकमै राखेर उपचारपछि फर्काएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
काठमाण्डु, २५ वैशाख–सर्वसाधारणले पस्न पनि नपाउने सैनिक मञ्च टुँडिखेल अहिले भूकम्प पीडितहरुको आश्रयस्थल बनेको छ । जताततै गाडिएका त्रिपालमुनि थरिथरीका दृष्यहरु देख्न पाइन्छ । कतै निशुल्क टेलिफोन सेवा उपयोग गर्ने भीड त कतै अनेक परोपकारी संघ–संस्थाले वितरण गरेका खानेकुरा हात पार्न लागेको लस्कर र केटाकेटीको कोलाहलले टुँडिखेलको मूलद्धार छिर्नासाथबाट देख्न र सुन्न पाइन्छ ।
यीनै विभिन्न थरी दृष्यहरुकाबीच मूलद्धारबाट पस्नासाथ देखिने एउटा पृथक दृष्यमा धेरैको हेर्ने भीड लाग्ने गर्छ । शुक्रबार मध्यान्ह काठमाण्डु टुडेडटकम त्यहाँ पुग्दा त्यहाँको दृष्य आफ्नो क्यामेरामा कैद गर्न तछाड–मछाड चलिरहेको थियो ।
हामी त्यहाँ पुग्दा भर्खरै एक बीस उमेरमा टेक्दै गरेकि एक युवती हातमा माइक लिएर चिच्चाईरहेकि थिईन् । उनका अघिल्तिर झण्डै ५० जना केटाकेटी लस्कर लागेर उभिएका थिए । उनी घरी ती केटाकेटीलाई हात माथि–तल, दायाँ–बाँया गर्न लगाउथिन त कहिले ए बी सी, डी, र वान, टु, थ्री भन्न लगाउथिन् । कहिले आफै कम्मर मर्काएर नाच्थिन् र केटाकेटीलाई पनि नचाउँथिन् ।
मुख सुक्दा पनि निरन्तर केटाकेटीलाई पढाउन, शारिक अभ्यास सिकाउन सँगसँगै शारिरिक स्वास्थका कुराहरु सिकाउन तल्लीन ती युवती थिईन्–कलंकी ढुंगेअड्डा कि आयामी सापकोटा ।
उनी कानुन कि विद्यार्थी हुन् । ललितपुरस्थित एउटा ल क्याम्पसमा स्नातक पहिलो वर्षमा अध्ययनरत् आयामी बुधबारबाट टुँडिखेल आउन थालेकि हुन् । उनी बिहान १० बजे आउँछिन्, ४ बजेसम्म केटाकेटीलाई रिफ्रेस बनाउन तल्लीन हुन्छिन् र साँझ घर फर्किन्छिन् ।
भूकम्प पछि बाल मनोविज्ञानमा पर्नसक्ने असरको डरले उनलाई टुँढिखेलको चौरसम्म डोर्याएको रहेछ । उनले भनिन्, ‘अभिभावकले त आफूलाई नियन्त्रण गर्न सक्छन् तर कयौं बच्चाले आफ्नो अभिभावक गुमाएका छन्, कतिले आँखै अगाडी आफू बस्दै आएको घर ढलेको देखेका छन् , कति बच्चा आफै घाईते छन्, तीनले कसरी आफूलाई कन्ट्रोल गर्न सक्लान् ? त्यहि भएर सानो प्रयासले पनि उनीहरुको बालखुसी फिर्ता दिलाउन सक्छु कि भनेर आएकि हुँ ।’
आयामी पढ्ने कलेज पनि अहिले बन्द छ । त्यहि भएर पनि उनलाई सजिलो भएको छ । आफ्नो कलेज नखुलुन्जेलसम्म नियमित आएर बच्चाहरुलाई मनोरज्जन गराउने उनले बताईन । उनले भनिन्, ‘कलेज खुले पछि पनि हप्ताको एक दिन शनिबार आएर बच्चाहरुसँग रमाउँछु ।’ बुबा–आमाले पनि उनको यो परोपकारी काममा साथ दिएकाले पनि उनी मख्ख छिन् । भन्छिन्, ‘उहााहरुले जे गर्छौ, आफू सुरक्षित रहेर गर्नुभन्नु भएको छ ।’
आयामी जस्तै अरु १९ जना भोलिन्टियर्स छन््, त्यहाँ । तर अरु भन्दा आयामी नै फरवार्ड देखिन्थिन् । उनले त्यहाँ काम गर्ने मौका भने ‘बृहतायन’ नामक एउटा भारतीय संस्थाले जुराइदिएको हो ।
४० वर्ष अघि स्थापित यो संस्थाले खासगरि भूकम्प र शिक्षाको क्षेत्रमा काम गर्दै आएको बताईन्छ । यसले गुजरातका भूकम्प जाँदा होस् वा दक्षिण अफ्रिकामा, त्यहाँ पुगेर काम गरेको छ । भूकम्प पिडित बालबच्चालाई पढाउन अफ्रिकामा स्थायीरुपमा विद्यालय संचालन गरिसकेको र नेपालमा पनि स्थायी रुपमा विद्यालय सञ्चालन गर्नका लागि गोकर्णमा जग्गा किनिसकेको सो संस्थालाई नेपालबाट समन्वय गरिरहेकि वेलह््याम्स स्कूल कि प्रिन्सिपल तिलोत्तमा देसाइले बताईन ।
 अहिले टुँडिखेलको पाल मुनि उनीहरुले ९३ जना बच्चा भर्ना गरिसकेका छन् । अहिले नै उनीहरुलाई औपचारिक शिक्षा दिने भन्दा पनि भूकम्पको त्रास हटाउने खालको गतिविधी गरिरहेको र केहि दिन पछि बाट पढाउन शुरु गरिने उनले बताइन् ।
ती बच्चालाई स्टेशनरी देखि लन्जसम्मको व्यवस्था गरिएको छ । उमेर छुट्याएर तीन वटा कक्षामा राखेर अहिले शारिरिक अभ्यास सिकाईरहेको पनि उनले बताइन् ।
बच्चाहरुलाई बिहीबार चित्र कार्न सिकाइएको थियो भने शुक्रबार नङ काट्न सिकाइएको थियो । शनिबार हात धुने तरिकाबारे सिकाइने देसाईले बताईन ।
चाँडै गोकर्णमा खोलिने विद्यालयमा शुरुमा यस्ता तीन सय बच्चा पढाउने र त्यसका लागि माईती नेपालले एक सय बच्चा दिने प्रतिवद्धता जनाएको पनि उनले बताईन् ।
kathmandutoday.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home