• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौँ, ८ भदौ ।
कैलाली घटनाका घाइते प्रहरी हवल्दार मकेन्द्र अधिकारीका अनुसार टीकापुर घटनामा एसएसपी लक्ष्मण न्यौपानेलाई आक्रमणकारीले ढलाई सकेपछि मात्रै उनले गोली हान्ने आदेश दिए ।
“तर, हामीसँग हतियारको नाममा ग्यास र प्लाष्टिकका गोलीबाहेक केही थिएन,” उनले भने, “ठूलो समूहमा तयारीसाथ आक्रमण गरेका आन्दोलकारीलाई लखेट्न हाम्रो हतियारले काम गरेन ।” टीकापुर अशान्त हुँदै गएपछि धनगढीबाट १० दिनअघि नै उनीहरुलाई टिकापुरमा खटाइएको थियो ।
घाइते हवल्दार अधिकारी भन्छन, “हिंजो (७ गते) दिउँसो ढुंगामुढा हुन शुरु भएपछि हामीलाई घटनास्थलमा पठाइयो, आक्रमण गरेर लडिसकेपछि एसएसपीले गोली हान्ने आदेश दिनुभयो तर, हामीसँग गोली नै थिएन ।”
घटनास्थलमै भएको सशस्त्र प्रहरीसँग गोलीसहितको हतियार भए पनि उनीहरुले आदेश नभएको भन्दै गोली नचलाएको उनी बताउँछन् । उनले भने, “सशस्त्र प्रहरीलाई समयमै गोली चलाउने आदेश दिएको भए सायद यति ठूलो हताहती हुने थिएन होला । ” आन्दोलनकारीले चारैतिरबाट घेरेर आक्रमण गरेपछि खेतखेतै भागेर बाँचेको बताउने उनले अगाडि भने, “कति प्रहरीहरु खेतको हिलोमा भाग्न नसकेपछि आन्दोलनकारीले कुटीकुटी त्यहीं मारे ।”

आन्दोलनकारीहरु बन्चरो, भाला, खुकुरी, तरवार जस्ता हतियार लिएर आएको पनि उनले बताए । ‘हामीलाई आदेश थिएन’ शिक्षण अस्पताल कोहलपुरमा उपचार गराइरहेका सशस्त्र प्रहरीका सहायक हवल्दार सुरेन्द्र हमालले आफूहरुलाई गोली हान्न आदेश नआएकै कारणले यति ठूलो घटना भएको बताए ।
उनले आन्दोलनकारीले आफूहरुमाथि आक्रमण गरिरहँदा पनि गोली चलाउने आदेश नआएपछि आत्मरक्षा गर्न नसकिएको बताए । “ठूलो समूहमा रहेका उनीहरु तरवार र भालाले आक्रमण गर्दै थिए, गोली चलाउन नपाएपछि हामी भाग्नु बाहेक उपाय थिएन,” उनले भने, “हामी भाग्यौं, त्यसपछि आदेश आयो÷आएन थाहा भएन ।”
१४ घाइते कोहलपुरमा बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा राति साढे १२ बजेसम्म कैलाली घटनाका १४ जना घाइतेलाई ल्याइएको छ । घाइतेमध्ये प्रहरी नायव निरीक्षक रविन्द्र धनुषे, सशस्त्र प्रहरी सहायक हवल्दार सम्शेरसिंह टमाटा र सशस्त्र प्रहरी हवल्दार रबिन्द विकको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ ।
स्रोत : हिमालखवर भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, ८ भदौ । टीकापुरको क्रृर अमानवीय घटनाबाट बालबाल ज्यान जोगाएका सशस्त्र प्रहरीका एसपी लक्ष्मनबहादुर सिंहले थरुहटको आन्दोलनमा पूर्वमाओवादी लडाकुको संलग्नता रहेको बताएका छन् । ‘यति ठुलो अमानवीय घटना थरुहट आन्दोलनकारीबाट मात्र भएको होइन’ एसपी सिंहले भने ‘मेरो सुचनामा पूर्व माओवादीका लडाकुहरुको घुसपैठ थियो ।’

अघिल्लो दिनमात्र आन्दोलन शान्तिपूर्ण गर्ने थरुहट नेता र स्थानीय प्रशासनबीच सम्झौता भएको थियो । सम्झौता भएको दोस्रो दिन नेपाल प्रहरीका एसएसपीसहित ७ सुरक्षाकर्मी र एक नावालक मारिएका छन् । हजारौको संख्यामा आएका आन्दोलनकारीकाबीच प्रवेश गरेका पूर्वमाओवादी लडाकुले पहिले सुरक्षाकर्मीका कमाण्डरमाथी आक्रमण गरेका थिए । आन्दोलनकारीलाई सम्झाउन खोजिरहेका बेला पूर्वमाओवादी लडाकुले  एसएसपी लक्ष्मण न्यौपानेको हत्या गरेको उनले बताए । ‘एसएसपी सावले भाइहरु नगर भन्दै सम्झाउँदै हुनुहुन्थ्यो’ एसपी सिंहले भने ‘त्यहीबेला एक्कासी चारैतिरबाट घेराहाली एसएसपी सावको हत्या गरियो ।’
‘उनीहरुको आक्रमण कुनै सिधासादा जनताले गरेको जस्तो थिएन’ एसएसपी सिंहले भने ‘पुरै तालिम प्राप्त सेनाबाट गरिएको जस्तो थियो ।’ आक्रमणमा सहभागि भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले घटना तालिम प्राप्त ब्यक्तिहरुको समुहबाटै भएको निस्कर्ष निकालेका छन् । घटनामा घरेलु हतियार भाला मात्र नभई भरुवा बन्दुक पनि प्रयोग गरिएको थियो ।
‘हामी दुई ठाउँबाट निस्कन खोज्यौ तर निस्किने ठाउँ नै थिएन, एसपी सिंहले भने ‘जनताले गरेको आन्दोलन र भिडन्तमा यस्तो हुँदैन ।’ उनले पूर्वमाओवादी लडाकुहरु दुई दिनअघि बाँके, बर्दिया, र दाङबाट आएको एसपी सिंहले बताए । ‘उनीहरु २ दिनअघि कैलाली प्रवेश गरेको हामीलाई जानकारी थियो, तर शान्तिपूर्ण आन्दोलन भएकाले हामीले कुनै गोली बर्साएनौ’ उनले भने ‘हामीले गोली हानेको भए धरैको ज्यान जान सक्थ्यो ।’ भिडियो हेर्न तलको बाकस थिच्नुहोस
मंगलबार, ८ भदौ
काठमाडाैं । ‘त्यो घैंटेको नम्बर पत्ता लगाउ त यार त्यसलाई हान्नुप¥यो ।’ घैंटेलाई मात्र होइन दाई, चक्रेलाई एकैचोटी हानौं ।’
करिब दुई महिनाअघि लाजिम्पाटको एक रेष्टुरेन्टमा महानगरीय अपराध महाशाखाका दुई डिएसपीबीचको संवाद हो यो । त्यतिबेलादेखि नै काठमाडौंमा डनको इन्काउन्टरबारे तयारी प्रहरीले सुरु गरिसकेको थियो ।
तर दुई डिएसपीको सल्लाहअनुसार २ जना नभई घैंटेको गत बिहीबार बिहान ‘इन्काउन्टर’ मा मृत्यु भयो । त्यसो त घैंटेको इन्काउन्टरबारे पहिलेदेखि नै हल्ला भइसकेको थियो ।

त्यो कुरा घैंटेले पनि थाहा पाइसकेका थिए । ‘इन्काउन्टर गर्नुपर्ने कारण त हुनुप¥यो नि’ भन्दै उनले एक महिनाअघि एक अनलाईनलाई अन्तरवार्तासमेत दिएका थिए । आफ्नो पछाडि प्रहरी लागेको थाहा पाएपछि उनी अमेरिका जाने तयारीमा लागेका थिए ।
तर, नेताहरुले केही गर्न नसक्ने भन्दै ढुक्क भएर हिंड्नु भन्दै संरक्षण दिएका थिए । एसएसपी सर्वेन्द्र खनालले आफूले जे भने त्यही मान्ने भन्दै नेताहरुले उनलाई सघाउँदै आए थिए ।
तीनै नेताको भर गर्दा घैंटे गत बिहीबार मारिएका हुन् । घैंटेका एक सहयोगी भन्छन्, ‘यदि नेताहरुले उनलाई भरोसा नदिएको भए उनी विदेश गइसक्थे, त्यस्तोघटना नै हुने थिएन, घैंटेको पैसामा मस्ती गर्ने नेताहरुको कारण उनी मारिएका हुन् ।’
उनको इन्काउन्टरको अर्को कारण भनेको प्रहरीसँगको उनको दुश्मनी हो । प्रहरीले तारेखमा बोलाउँदा उनी नेतालाई सँगै लिएर गई आफ्नो रवाफ देखाउँथे ।
नेताहरुकै संरक्षणमा प्रहरीलाई समेत धम्क्याउने गरेका थिए । अर्जुननरसिंह केसी, जगदिशनरसिंह केसी, गगन थापा, भिमसेनदास प्रधान, धनराज गुरुङजस्ता सभासदहरुसँग राम्रो दोस्ती भएपछि उनी आफूलाई प्रहरीले केही गर्न नसक्नेमा ढुक्क थिए । आजको दृष्टि साप्ताहिकमा समाचार छ ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
प्रहरीद्वारा चार राउन्ड हवाइ फायर 
कैलाली: कैलालीको टीकापुरमा प्रदर्शनकारीले कर्फ्युको अवज्ञा गरेको छ। मृतकका आफन्तहरु अस्पतालमा रुवाबासी गरिरहेको समयमा थरुहटका कार्यकर्ताविरुद्ध आक्रोस पोख्दै युवाहरुले कर्फ्यूको तोडेको हो।


उनीहरुले कर्फ्यु तोड्दा प्रहरीले टीकापुरमा चार राउण्ड हवाइ फायर गरेको छ। यसका साथै प्रदर्शनकारी युवाहरुलाई संयमता अपनाउन प्रहरीले आग्रह गरेको छ।


प्रदर्शनकारी युवाहरु विशेषगरी थारु सभासद्‌ रामजनम चौधरी र थहरुहटका कार्यकर्ता विरुद्ध नाराबाजी गरिहरेका छन्। उनीहरुले थारु नेता तथा कार्यकर्ताको घर तोडफोड गर्ने भन्दै प्रदशर्न गरिहरेका छन्।

यस्तै धनगढीमा बिहान ११ बजेदेखि साँझ ७ बजेसम्‍म कर्फ्‍यु लागइएको छ। धनगढीका ६ वटा गाविस  मनुवा, जोखिमपुर, नारायणपुर, धनसिंहपुर, पथरैया, दुर्गौली र टीकापुर नगरपालिकामा कर्फ्‍यु आदेश जारी गरेको प्रमुख जिल्‍ला अधिकारी राजकुमर श्रेष्ठले जानकारी  जानकार दिएका छन्।

उनका अनुसार सम्भावित क्षेत्रमा झडप र प्रदर्शन हुन सक्‍ने भन्‍दै दंगाग्रसत क्षेत्र घोषणा गरिएको हो।  यता, सोमबार मृत्‍यु भएकाहरुको शव काठमाडौं ल्‍याउने तयारी गरेको छ।
annapurnapost.com
८ भदौ, काठमाडौं । सोमबार टीकापुरमा भएको हिंसात्मक झडपमा अञ्चल प्रहरी प्रमुख लक्ष्मण न्यौपानेसहित ७ सुरक्षाकर्मीले ज्यान गुमाए ।
शान्तिपूर्ण भनिएको आन्दोलनमा उच्च पदस्थ प्रहरी अधिकारी मारिएको सम्भवत यो नै पहिलो घटना हो । आखिर त्यहाँ के भएको थियो जसले गर्दा प्रहरीका उच्च अधिकारी नै मारिए ?

सोही घटनामा मुस्किलले बाँचेका शसस्त्र प्रहरीका एसपी लक्ष्मण सिंहले घटनाबारे यसरी सुनाए-
एसएसपी लक्ष्मण न्यौपाने र म एउटै गाडीमा घटनास्थल गएका थियौं । उहाँको गाडी अगाडि नै गइसकेकाले ‘आज भाइकै गाडीमा जाउँ’ भन्नु भयो । हामी चोकमा पुग्दा झडप सुरु भइसकेको थियो ।
झडपलाई रोक्न सुरक्षाकर्मीले पहिले अश्रुग्यास हानेको थियो । तर, आन्दोलनकारीले एकैचोटी चारैतिरबाट घेरे र हामी बिचमा पर्‍यौं । आन्दोलनकारीको भिड ठूलो थियो । त्यो भिडमा हामी आधाआधा भयौं । एसएसपी साबले भाइहरु केही नगर भनेर सम्झाउँदै हुनुहुन्थ्यो । तर, भिडले सुनेन् र दुःख घटना हुनपुग्यो ।
आन्दोलनकारी छापामार शैलीमा आएका थिए । झडपका क्रममा उनीहरुले ढुंगा धेरै हाने । बढी सुरक्षाकर्मी ढुंगा लागेर घाइते भएका छन् । म आफैं पनि दुई पटक ढुंगाले लागेर ढलेँ । सञ्चार सेटमा कुरा गरिरहँदा ढलेपछि अंगरक्षकले तानेर बचाए । तर, मेरो अंगरक्षक हवल्दार रामबिहारी थारुले ज्यान गुमाए । उनलाई आगो लगाएर मारेका रहेछन् ।
चारैतिरबाट ढुंगा हानेपछि घाइते भएका सुरक्षाकर्मीको उद्धार गर्न खोज्यौं । तर, उनीहरुले चारैतिरबाट घेेरेकाले हामी निस्कन सकेनौं । दुई ठाउँबाट निस्कने प्रयास गरेका थियौं । हामीले त्यसका लागि अश्रुग्यास र हवाइ फायर गरेका थियौं । अश्रुग्यास हान्दा हावाले हामीतिर ल्याइदियो, त्यसले झन् गाह्रो भयो ।
आन्दोलनकारीले केही दिनअघिदेखि नै गुलेली प्रयोग गर्दै आएका थिए । हिजो भने केहीसँग घरेलु हतियार भाला लगायत पनि थिए । एक दुई ठाउँमा भरुवा बन्दुक प्रयोग भएको भन्ने खबर आएको छ ।
तर, यो सबै थरुहट पक्षले नै गरेको हुन भन्न सक्ने अवस्था छैन् । यसमा घुसपेठ भएको देखिन्छ । माओवादी पूर्व लडाकूहरु आन्दोलनमा प्रयोग भएका छन् । उनीहरुलाई ल्याइएको भन्ने हामीलाई रिपोर्ट आएको छ । बर्दियादेखिका मानिसहरु आएको पाइएको छ ।
अघिल्लो दिन मात्र शान्तिपूर्ण आन्दोलन गर्ने भनेर सर्वपक्षीय सहमति भएको थियो । हामी त्यही अनुसार अघि बढेका थियौं, यस्तो हिंसात्मक घटना हुन्छ भनेेर सोचेका थिएनौ । सरक्षाकर्मीहरुले किन गोली नचलाएको भन्ने पनि प्रश्न गरेको सुनियो । तर, भिडमा संयमता अपनाएर ‘ट्याक्टिकल्ली’ हृयाण्डल नगरेको भए ठूलो मानवीय क्षति हुन सक्थ्यो । हाम्रा सहकर्मीहरुले ज्यान गुमाए तर हामीले हामीले भिडमाथि गोली बर्साएनौं ।
घटनामा दुई वर्षको बालक टेकेन्द्र साउदको मृत्यु भएको छ । उनी सशस्त्र प्रहरीका सहायक हवल्दार नेत्र साउदका छोरा भएको खुलेको छ । अहिलेसम्म नेपाल प्रहरीका एसएसपीसहित पाँच र सशस्त्र प्रहरीका दुई सुरक्षाकर्मीको मृत्यु भएको छ ।
(अनलाइनखबरसँगको कुराकानीमा आधारित)
www.onlinekhabar.com
नवलपरासी, भदौ ८ । बालकलाई बलि दिएको आरोपमा पक्राउ परेका १० जनालाई जिल्ला अदालतले पूर्वपक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। उनीहरूमाथि नवलपरासी कुडियाका १० वर्षीय बालक सोनु भन्ने जीवन कोहारको बलि दिएको आरोप छ।

जिल्ला न्यायाधीश स्वीकृति पराजुलीकले इजलासमा भएको थुनछेक बहसपछि सो थुनामा राख्ने आदेश दिएको छ। दोषि मध्ये ११ वर्षीय बालक लक्ष्मी हरिजनलाई भने सुधार गृहमा राख्ने आदेश दिएको छ। आजको राजधानीमा खबर छापिएको छ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
कापुर, ८ भदौ । कैलालीको टीकापुर घटनाबारे स्थानीय प्रत्यक्षदर्शी चित्रबहादुर चौधरीले आन्दोलनकारीहरूले प्रहरीलाई मकैबारीमा पुर्‍याएको मारेको बताएका छन् ।
म घरमै बसेर बंगुरलाई चारो हाल्न जाँदै थिएँ। घर नजिकको खेतमा लाठी बोकेका आन्दोलनकारीले प्रहरीलाई लखेटेको देखेँ ।

प्रहरी भाग्दै थिए,आन्दोनकारी खेदाउँदै थिए। मेरो घरबाट १५–२० मिनेट टाढा झडप भएको ठाउँ हो। पर गोली चलेको आवाज पनि सुनिन्थ्यो। अश्रुग्यासको धुँवा पनि देखिन्थ्यो।
केही प्रहरी मकैबारीमा लुकिरहेको समाचार कान्तिपुर दैनिकले छापेको छ । आन्दोलनकारीले प्रहरीलाई लखेटेको देखेपछि बच्चा लिएर घरभित्र पसेँ।
अनि खाटमुनी लुकेर बस्यौ। प्रहरीले आफूलाई केही नगर्न आग्रह गरिरहेका थिए। केही समयपछि दुई जना प्रहरीको मकैबारीमा हत्या भएको रहेछ ।
प्रहरी आएर उनीहरूको लास लिएर गए। खेतमा प्रहरी ड्रेस फालिएको थियो। आन्दोलनकारी ‘गाउँ पसे प्रहरीको खुट्टा भाँच्छौ’ भन्दै थिए।
प्रहरीले मृत्यु भएका साथी र खेतमा फालिएका युनिफर्म लिएर फर्किए। आन्दोलनकारी आफ्नो बाटो लागे।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाण्डु, ८ भदौ – प्रदर्शनकारीको आक्रमणमा परी टिकापुरमा निधन भएका एसएसपी लक्ष्मण न्यौपानेको सिनामंगलस्थित घरमा सोमबार दिउँसो अकल्पनीय सन्नाटा थियो ।
पतिको निधनको खबरले अर्धचेत भएकी न्यौपाने पत्नी अरुणा केएमसीमा उपचार गराएर भर्खर घर फर्किएकी थिइन् । अनुहारमा गहिरा पीडा थियो । कम्पाउन्ड शुभेच्छुकहरुको भीडले भरिएको थियो । तर कोही बोलिरहेका थिएनन् । मुखामुखमात्रै गरिरहेका थिए । शोकको त्यो घडीमा कसैसँग बोल्न शब्द थिएन । ८४ वर्षीया आमा रमादेवीको पीडा अनुहारमै देखिन्थ्यो । घरमा भीड बढ्दै गएको थियो तर न्यौपाने पत्नीलाई सान्त्वना दिने शब्द कसैसँग थिएन । पूर्खोयौली घर भोजपुर गोगने भएका न्यौपाने परिवार २०२६ सालतिर झापाको चन्द्रगढी झरेको थियो । – अन्नपूर्ण पोस्टबाट
काठमाण्डु, ८ भदौ– गुगल ब्वायका रुपमा चिनिएका बालक आदित्य दाहाल उपचारका लागि अमेरिका जाने बेला उनले नेपालमा अनिष्ट हुने भविष्यवाणी गरेका थिए । उनी साउन ७ मा अमेरिका गएका थिए । भदौ ७ मा कैलाली घटनाले मुलुकलाई स्तब्ध बनाएको छ ।
शारीरिक रुपमा असक्त आदित्यको नेपालका विभिन्न अस्पतालमा उपचार गराइए पनि सम्भव नभएपछि उनलाई अमेरिका लगिएको थियो । उनकै इच्छामा परिवारले अमेरिका लगेको हो ।
सरकारले आदित्यको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरेको छ ।  आदित्यका बाबु शेषराज दाहालले क्यालिफोर्नियास्थित स्ट्याण्डफोर्ड अस्पतालमा उपचार भइरहेको छ । आदित्यले अमेरिका उड्नुअघि आफू पूर्ण रुपमा स्वस्थ हुने वा नहुनेबारे केही बताएका थिएनन् । पाँच वर्षीय आदित्य बोल्न सक्दैनन् ।
यद्यपि उनी नेपालीसहित अंग्रेजी, हिन्दी, कोरियान, जापानीज भाषामा लेख्न सक्छन् । ‘एक महिनापछि फर्कंदा नेपालमा आमुल परिवर्तन वा अनिष्ट हुन्छ भनेर लेखेको छ’, शेषराजले बताएका थिए ।
source: imgur.com
kathmandutoday.com
काठमाडौं: टीकापुरमा भएको नृंशस घटनालगत्तै सोमबार अपराह्न बसेको सुरक्षा समितिको बैठकले कैलाली, बर्दिया, रौतहट र सर्लाहीलाई दंगाग्रस्त क्षेत्र घोषणा गरी ती जिल्लामा सेना परिचालनको निर्णय गरेको छ।

बैठकले उपद्रव र अशान्ति रोक्न आवश्यक भएका अन्य ठाउँमा समेत सेना परिचालन गर्ने निर्णय गरेको छ। सबै जिल्लाका प्रजिअलाई परिस्थिति असामान्य बने सेना परिचालन गर्नसक्ने अधिकार बैठकले दिएको हो।



कैलाली, बर्दिया, रौतहट र सर्लाहीमा भएका घटनामा दक्षिणतिरबाट भाला र डन्डा लिएर ठूलो संख्यामा मानिसहरू आएको उल्लेख गर्दै यसबारे गम्भीर भएको समितिले उल्लेख गरेको छ। व्यवस्थापिका संसद्मा बैठकमा घटनालगत्तै विशेष समय लिएर उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले भने, 'सुरक्षा समितिको निर्णयमा स्थानीय प्रशासन ऐनको दफा ख (६) अनुसार सेना परिचालनको आदेश दिएको छु।'


कतिपय सभासद्ले तराईमा अकल्पनीय घटना गराउने चेतावनी दिएको केही दिनमै कैलालीमा प्रहरीका उच्च अधिकारीलगायत सुरक्षाकर्मीहरूलाई भाला रोपेर मार्नुले योजनाबद्ध रूपमै यस्तो घटना भएको पुष्टि भएको गृहमन्त्री गौतमले दाबी गरे।

कैलालीमा बिहानदेखि नै उत्तर, दक्षिण, पूर्व, पश्चिम चारैतिरबाट भाला, खुकुरी, बन्चरो, हँसियाजस्ता घरेलु हतियार लिएर आएका व्यक्तिले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई घेराबन्दी गरी निर्ममतापूर्वक हत्या गरेको जानकारी गृहमन्त्रीले संसद्मा दिए। एसएसपी लक्ष्मण न्यौपानेलाई भाला रोपेर आगो लगाउँदै मारेको र अन्य सुरक्षाकर्मीलाई पनि त्यसरी नै निर्मतापूर्वक हत्या गरिएको उनले बताए।


विधानसभाको आइतबार बसेको बैठकमा संघीय थरुहटका सभासद् रुक्मणी चौधरीले अब जनता भालासहितका हतियार लिएर उत्रने चेतावनी दिनुका साथै दुई साताअघि कांग्रेस सभासद् अमरेशकुमार सिंह, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महताले पहाडीलाई खुँडा र भाला रोप्दै लखट्ने घोषणा टीकापुरमै गरेका थिए। सुरक्षाकर्मीमाथि आक्रमण गर्नेहरूले सर्वसाधारणको घरमा लुकेर आ श्रय लिएको दाबीसमेत गौतमले संसद्मा गरे।

रौतहटको गौरमा पनि दक्षिणसहित चारैतिरबाट भाला, डन्डालगायतका हतियार लिएर सरकारी कार्यालयमा आक्रमण भएको उनले बताए। सर्लाहीलगायत अन्य तराईका जिल्लामा पनि त्यस्तै आक्रमण गर्ने योजना रहेको जानकारी गृहमन्त्री गौतमले दिए। आक्रमणमा बिभत्ससँग मारिएका कतिपय सुरक्षाकर्मी चिन्नसमेत नसकिने अवस्थामा रहेको गौतमले बताए।

निन्दनीय र असामान्य: प्रधानमन्त्री
प्रधानमन्त्री सुशील कोइरालाले कैलालीलगायतका जिल्लामा सोमबार भएका घटना संविधान, लोकतन्त्र र विकासको बाधक रहेको बताएका छन्।

उनले संसद्मा भने, ‘आज कैलालीलगायतका ठाउँमा भएका घटनाले आमनेपालीलाई चिन्तित र संवेदनशील बनाएको छ। संविधानमा सबैको भावना समेटिएको छ र अझै पनि यो कार्य जारी छ।'

 आफूले राष्ट्रका नाममा सन्देश दिएको भोलिपल्टै यस्तो निन्दनीय घटना हुनुलाई सामान्य रूपमा लिन नसक्ने उनले बताए। गृहमन्त्रीले घटनाबारे आवश्यक जानकारी दिइसकेको हुँदा सामाजिक सद्भाव खल्बलिने कार्य सबै क्षेत्रबाट रोक्न प्रधानमन्त्रीले अपिल गरे।

‘म विनम्रताका साथ अनुरोध गर्छु, कैलालीको टीकापुरमा जस्तो घटना रोकौं, यसका लागि हरप्रयास गरौं,' उनले भने । संविधान नआओस् भन्दै बिथोल्ने कार्य ठिक भएन भन्दै उनले थपे, ‘७० वर्षदेखि जनताले चाहेअनुसार संविधान निर्माण कार्य अहिले अन्तिम अवस्थामा पुगेको छ।

उत्तेजना होइन, सामाजिक सद्भाव र धार्मिक सद्भावले नै संविधान निर्माण पूरा हुन्छ ।’ उनले संविधान पत्थरको लकिर नभएको उल्लेख गर्दै आवश्यकताअनुसार संशोधन हुनसक्ने बताए।

तत्‍काल आदेश

चूडामणि भट्टराई
काठमाडौं: कैलालीको स्थिति काबुबाहिर हुँदै गएको समाचार प्राप्त भएपछि सोमबार दिउँसैदेखि सेना परिचालन गर्न प्रधानमन्त्री इच्छुक देखिए पनि प्रक्रियामा छलफल गर्न केही समय लागेको थियो।


प्रधानमन्त्री तथा रक्षामन्त्री सुशील कोइरालाले नेपाली सेनाका कायममुकायम प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई कैलालीमा तत्काल सेना परिचालनको आदेश टेलिफोनबाट दिएको भए पनि फेरि आफ्नै कार्यकक्षमा उपप्रधान तथा गृहमन्त्रीसहित केही मन्त्रीहरू र कामु सेनापतिसहित सुरक्षा प्रमुखहरूको बैठक बोलाएका थिए।

बैठकमा सहभागी कानुनमन्त्री नरहरि आचार्यले दिएको जानकारीअनुसार प्रधानमन्त्री कोइरालाले सशस्त्र प्रहरी र नेपाल प्रहरीले नियन्त्रण गर्न नसकेका ठाउँमा सेनालाई स्थिति नियन्त्रणमा लिन आदेश दिएका हुन्। आचार्यले भने, ‘यो देशव्यापी सेना परिचालनको आदेश होइन, स्थानीय प्रशासन ऐनअनुसार प्रमुख जिल्ला अधिकारीको समन्वयमा परिचालन गरिएको हो।'


सैनिक प्रवक्ता सहायक रथी जगदीशचन्द्र पोखरेलका अनुसार स्थानीय प्रशासन ऐनको दफा ६ (ख) अनुसार सेनालाई कैलालीमा र कर्फ्यु आदेश जारी गरेका कारण रौतहटको गौरमा पेट्रोलिङमा सेना खटाइएको हो। उनले भने, ‘कैलालीमा जिल्ला सुरक्षा समितिले टीकापुरको निश्चित क्षेत्रलाई दंगाग्रस्त क्षेत्र तोकेपछि स्थानीय प्रशासनको सहयोगीका रूपमा सेना खटाइएको हो।'

प्रधानमन्त्रीको आदेशपछि सैनिक मुख्यालयले कैलालीका प्रमुख जिल्ला अधिकारीको लिखित अनुरोधमा कैलालीमा रहेको शिवदल गणलाई टीकापुरको स्थिति नियन्त्रणमा लिन निर्देशन दिएको थियो। यसलगत्तै उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक सिंहदरबारमा बसेको थियो । बैठकमा प्रहरीलाई बिनाहतियार खटाउनुपरेकोबारे छलफल भएको थियो।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू, गृह र रक्षा मन्त्रालयका सचिवहरू तथा नेपाली सेनाका रथीसहितका अधिकृतहरू सहभागी बैठकमा प्रहरीका अधिकृतले मात्रै हतियार बोक्ने अरूले लाठीमात्रै बोक्ने भन्ने निर्देशन गएकाले प्रहरीतर्फ क्षति भएको तर्क प्रस्तुत भएको थियो।

स्रोतका अनुसार गृह मन्त्रालयकै आदेशमा प्रहरीलाई कममात्र बल प्रयोग गर्न भनिएको र सोही आदेशअनुसार प्रहरीको कार्य विभागले लिखित रूपमै अधिकृतले मात्र हतियार बोक्ने, साना दर्जाकाले लाठी र ३० को संख्यामा खटिँदा दुईवटा अ श्रुग्यास गन बोक्ने मापदण्ड तयार गरी निर्देशन जारी गरेको थियो।

कैलाली, रौतहटलगायतका क्षेत्रमा घटना भएपछि राति अबेरसम्म पनि सुरक्षाका विभिन्न बैठकहरू भएका थिए। ती बैठकमा कैलालीमा एउटा एसएलआर, एक पेस्तोल र दुईवटा सर्टगन लुटिएको विवरण पेस गरिएको स्रोतले बतायो।

नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अन्नपूर्णसँग भने, 'केही हतियार गएको जस्तो छ, पूर्ण विवरण आइसकेको छैन।' उनले घाइते र लास व्यवस्थापनमा लाग्नुपरेकाले अरू विवरण नआएको बताए।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाण्डु, ८ भदौ– कैलाली घटनामा धेरेजसो प्रहरीलाई भाला रोपेर मारेको पाइएको छ । मृतक र घाइतेमध्ये अधिकांश भाला, बन्चरो र गुलेलीको शिकार भएका छन् ।

टिकापुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नगेन्द्र खनालका अनुसार अस्पतालमा ल्याइएका मृतकमध्ये एक जनालाई जलाइएको छ । बाँकीलाई भाला र बन्चरो रोपिएका छ । उनका अनुसार अस्पतालमा तीन सर्वसाधारण र ४२ सुरक्षाकर्मी घाइते आएकामा गम्भीर अवस्थाका सात जनालाई सोमबार साँझ अन्यत्र रिफर गरिएको छ । ‘केही घाइते र मृतकको शरीरमा गोली र गुलेलीको जस्तो घाउ देखिन्छ ’उनले भने, ‘अधिकांशलाई भाला रोपिएको छ । ’

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
गौशाला, ८ भदौ । प्रादेशिक सीमाङ्कनको विरोधमा विगत ११ दिनदेखि आन्दोलनमा उत्रेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज बिहान महोत्तरीको सदरमुकाम जलेश्वरमा दुई वटा प्रहरी बिट जलाएका छन् ।

दर्जनाँैको सङ्ख्यामा रहेका मोर्चाका कार्यकर्ताले जलेश्वरको मटिहानी चोक र बखरी चोकमा रहेको प्रहरीका बिट जलाएका हुन् ।

आज बिहान ५ बजेको समयमा गरिएको सो आगजनीबाट दुवै बिट पूर्णरुपमा जलेर नष्ट भएको छ ।

आन्दोलनकारीले जलेश्वरको दुई वटा प्रहरी बिटमा आगजनी गरेपछि जलेश्वरको अन्य चोकमा स्थानीय प्रशासनले बाक्लो प्रहरी परिचालन गरेको छ ।

त्यस्तै आज बिहानैदेखि जलेश्वरमा गाउँगाउँबाट आन्दोलनकारीको समूह आउने क्रम बढ्दै गएको छ ।

काठमाडौं । एसएसपी लक्ष्मण न्यौपानेका छोरा सन्देश स्नातकको परिक्षा दिएर बुवालाई भेट्न डेढ महिनाअअघि धनगढी पुगेका थिए । तर, उनी काठमाडौं फर्कनेछन् बुवाको निर्जिव शरीर लिएर ।

कैलालीमा भएको झडपमा परी एसएसपी लक्ष्मण न्यौपानेको मृत्यू भएपछि उनको परिवार शोकमा डुबेको छ । खबर सुनेलगत्तै मुर्छित बनेकी उनकी पत्नी अरुणा अहिलेसम्म होशमा आउन सकेकी छैनन् ।

 एसएसपी न्यौपानेका आमा, श्रीमती तथा एक छोरा र एक छोरी छन् । छोरा सन्देश र छोरी संयुक्ता दुवैले स्नातकको पढाई सकेका छन् । घुम्न आएका छोरालाई धनगढीमा छोडेर लक्ष्मण टिकापुरमा उत्पन्न तनाव नियन्त्रण गर्न पुगेका थिए ।

सोमबार दिउासो करिब ३ बजे अरुणाको मोबाइलमा छोराको फोन आएको थियो । ‘आमा, बुवा रहनुभएन,’ सन्देशले रुादै भने । छोराको मुखबाट पतिवियोगको खबर सुनेकी आमा तत्कालै भुईंमा ढलिन् । धेरैबेरसम्म होशमा नआएपछि उनलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज लगिएको थियो ।
करिब ३ घन्टा अस्पतालमा राखेर बेलुकी साढे ६ बजे उनलाई घर फर्काइएको छ । तर, उनी अझै होसमा आउन सकेकी छैनन् । आमासागै रहेकी छोरी संयुक्ता पनि बोल्न सक्ने अवस्थामा छैनन् ।

सञ्चारमाध्यममा एसएसपी न्यौपानेको मृत्यूको खबर सुनेपछि सिनामंगलस्थित उनको घरमा छरछिमेकी तथा आफन्तहरु ओइरिएका थिए । राति अबेरसम्म पनि घर परिसरमा मानिसहरु टनाटन छन् । अस्पतालबाट प्रहरीको गाडीमा ल्याइएकी अरुणा र छोरी संयुक्तालाई लक्ष्मणका जेठा दाजु जनार्दनको घरमा राखिएको छ ।

सिनामंगलमा लक्ष्मण र जनार्दनको घर आसपासमै छ । लक्ष्मणका ६ दाजुभाईमध्ये ५ जनाको घर काठमाडौंमा छ भने एक जना चन्द्रगढीमा बस्छन् । बुवा बितिसकेका छन् भने आमा जेठो छोरासागै बस्छिन् ।
दाजु नयनविनोद न्यौपानेका अनुसार एसएसपि न्यौपाने करिब ३ महिनाअघि अन्तिमपटक काठमाडौं आएका थिए । ‘त्यहि भेला भेट भएदेखि मेरो उसित सम्पर्क थिएन,’ उनले अनलाइनखबरसित भने । सन्देशले बुवाको शव लिएर मंगलबार काठमाडौं आउने खबर पठाएको उनले जानकारी दिए ।

को हुन् एसएसपी न्यौपाने ?
२०१९ सालमा झापा, चन्द्रगढीमा जन्मेका लक्ष्मण इन्सपेक्टर पदबाट २०४४ सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए । उनी २०६८ सालमा एसएसपिमा बढुवा भएका हुन् । यसअघि प्रहरी प्रधानकार्यालय नक्सालमा कार्यरत न्यौपाने एक वर्षअघि सेति अञ्चलको प्रहरी प्रमुख भएर गएका थिए । उनले त्रिचन्द्र क्याम्पसबाट एमएस्सीसम्मको अध्ययन गरेका थिए ।
काठमाडौंः कैलालीको टिकापुरमा सोमबार दिउँसो थरुहट र मधेसी दलका हतियारधारी कार्यकर्ताको आक्रमणबाट एसएसपी लक्षमण न्यौपानेको मृत्यु भएपछि परिवार शोकमा डुबेको छ ।

मृतक एसएसपी न्यौपानेका एक छोरा, एक छोरी, श्रीमती र आमा छन् । श्रीमानको मृत्युको खबर सुनेपछि श्रीमती अरुणा अचेत छिन् । काठमाडौं मेडिकल कलेजमा उनलाई लगिएको भएपनि अझै होस् खुल्न सकेको छैन । आमा र छोरीको अवस्था पनि उस्तै छ ।

न्यौपानेको मृत्युको खबरले छरछिमेकीलाई पनि शोकमग्न बनाएको छ । साँझ काठमाडौंको सिनामगंल स्थित निवासमा प्रहरी अधिकृतको एक टोली पुग्दा छरछिमेकी लगायतको समुह चिन्तित मुद्रामा  थियो । प्रहरी अधिकृतहरुले परिवारका सदस्यमाझ कार्यक्षेत्रमा ज्यान गुमाएका एसएसपी न्यौपानेप्रती समवेदना प्रकट गरेका थिए ।

भोली (मगंलबार) एसएसपी न्यौपानेको शव काठमाडौं ल्याइने तयारी भएको बाबुको कार्यक्षेत्र घुम्न गएका छोरा शन्देशले धनगढीबाट फोनमा बताएको परिवारका सदस्यले बताएका छन् ।

सोमबारको टिकापुर आक्रमणमा एसएसपी न्यौपाने सहित ७ प्रहरीले ज्यान गुमाएका छन् भने दुई बर्षिय एक बालकको मृत्यु भएको कैलालीका प्रजिअ राकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
annapurnapost.com
काठमाडौं, ७ भदौ– आज दिउँसो कैलालीमा भएको ह्दयविदारक झडपमा मारिएका दुई वर्षिय बालक सुरक्षाकर्मीकै छोरा भएको पुष्टि भएको छ ।

बालकको सनाखत हुन नसकेपनि अस्पतालले दिएको जानकारी अनुशार यो कुरा सार्वजनिक भएको हो ।
कैलालीका जनस्वास्थ निरीक्षक वासुदेव बजगाईंले आज दिउँसो कैलालीको टिकापुरमा मृत्यु भएकमा दुई वर्षिय बालक सुरक्षाकर्मी पुत्र भएको जानकारी दिए । बालक सहित ७ जनाको शव अस्पतालमा छ ।
photo:ekantipur.com

श्रीमती शारदा बोहोराले हिजो बिहान नौ बजेर १० मिनेट जाँदा आफ्नो श्रीमानको फेसबुक वालमा एउटा हाँसो लाग्ने एप्सको तस्वीर शेयर गरिन । तर शारदालाई के थाहा, श्रीमानलाई हँसाउन पोष्ट गरेको उक्त तस्वीर नै उनको जीवनको पीडा बन्ने छ भन्ने कुरा ।
फेसबुकमा हिजोआज प्रचलित एप्स “कब और क्यूँ तुम मर जाओगे, पता लगाए (थाहा पाउनुस्, तपार्ई कहिले र किन मर्नुहुनेछ ?)” को तस्वीर उनले श्रीमानको टाइमलाइनमा शेयर गरेकी थिइन् । मानौं भन्न खोजेकी हुन– यो हेर्नु त, कस्ता फन्नी छ ।

तर एप्सका शब्दहरुले उनलाई आफ्नो प्रिय मान्छे २४ घण्टा नबित्दै छोडेर गइरहेको छ भन्ने बताएन् । एप्सको काम क्षणभरका लागि हँसाउने थियो । यदि एप्सले इन्सपेक्टर केशव बोहोरोका आजको भविष्य बताइदिएको भए ।

शेयर गरेको २४ घण्टापछि शारदाले मुटु चुँडाउने समाचार सुनिन्– टीकापुरको भीडन्तमा उनका श्रीमान इन्सपेक्टर केशव बोहोरा मारिए ।

हिजो मात्रै मृत्युको शब्दमुखी साक्षात्कार यथार्थमा परिणत भएको थियो । शारदाको मनोदशा यो खबर सुन्दा के भयो होला, कल्पना पनि गर्न सकिन्न ।
टीकापुर भीडन्तमा प्रदर्शनकारीहरुको आक्रमणमा परी मृत्यु भएका इन्सपेक्टर केशब बोहोराको फेस बुक वालमा अहिले पनि त्यो तस्वीर उस्तै छ । मानौं, गिज्याइरुहेछ मृत्युलाई नै ।

इन्सपेक्टर केशब बोहोरा शिक्षक तथा बुद्धिजीवि पिता प्रेमसिंह बोहराका छोरा थिए । केशवको मृत्युले परिवार अहिले शोकमा डुबेको छ ।
भदौ ०७,  धनगढी ।

टीकापुर-६, शंकरपुरस्थित पशुहाट नजिकै रहेको भीडनजिकै एसएसपी लक्ष्मण न्यौपानेको टोली पुग्यो । एसएसपीले न्यौपानेले गाडीबाट ओर्लेर भीडलाई सम्झाउनमात्रै के लागेका थिए, त्यहीबेला एक हुल अगाडि बढ्यो र प्रहरी जवान लक्ष्मण खड्कामाथि आक्रमण शुरु भयो ।

तस्विर समाचार सँग सम्बन्धित नरहेको जानकारी गराइन्छ ।

लगत्तै एसएसपी न्यौपाने र केही प्रहरीलाई भीडले नियन्त्रणमा लियो र केही पर पुर्‍याएर कुटपिट गर्दै पेट्रोल छर्केर आगो लगाई हत्या गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

शंकरपुरका साथै मुनुवा-१ को कञ्चनपुर भन्ने ठाउँमा पनि प्रहरी र प्रदर्शनकारीवीच झडप भएको थियो । घटनास्थलमा खटिएका रेडक्रसमा कर्मचारीले दिएको जानकारी अनुसार प्रदर्शकारीले हातमा भाला, लाठी र गुलेली लगायतका घरेलु हतियारहरु बोकेका थिए । भीडमा बालबालिका र महिलाहरुसमेत थिए । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौँ:  गृह मन्त्रालयले कैलालीको टीकापुरमा थरुहट प्रदेशको माग गर्ने अनियन्त्रित र अराजक भिडले घरेलु हातहतियारबाट आक्रमण गरी राष्ट्रसेवक प्रहरीको हत्या गरेको जनाएको छ ।

आज साँझ विज्ञप्ति जारी गरी मन्त्रालयले हातमा लाठी, भाला, हँसिया, बन्दुकसमेत हतियार लिई निषेधित क्षेत्र तोड्दै सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी गर्ने ध्ंवसात्मक गतिविधि गर्न लागेकाले प्रहरीले रोक्न खोज्दा प्रहरीमाथि लाठी, भालासमेतका हतियार प्रयोग गरी नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षकसहित चार जना र सशस्त्र प्रहरी बलका दुई जनाको हत्या गरेको जनाएको छ ।


सोही क्रममा आन्दोलनकारीतर्फमेत तीन जनाको मृत्यु भएको भन्ने बुझिन आएको र सो सम्बन्धमा विस्तृत विवरण आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ । झडपका क्रममा केही व्यक्ति घाइते भएको जानकारीसमेत प्राप्त भएको र घाइतेको उद्धारका लागि तत्काल नेपाली सेनाको हेलिकप्टर काठमाडौँबाट टीकापुर पठाइएको मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


टीकापुर क्षेत्रमा थप हिंसात्मक तथा ध्वंसात्मक कार्य हुन नदिन स्थानीय प्रशासनले आज अपराह्न ४ बजेदेखि पूर्वमा कर्णाली नदी, पश्चिममा नुवा, उत्तरमा पथरैया र दक्षिणमा नारायणपुर गाविसलाई चार किल्ला तोकी दङ्गाग्रस्त क्षेत्र घोषणा गरेको छ ।

नेता नेपालका घरमा ढुङ्गामुढा 

रौतहट जिल्लामा आन्दोलनकारीले अदालत, नापी कार्यालयमा ढुङ्गामुढा गरी केही झ्यालका सिसा फुटाएका, भन्सार कार्यालयमा पुगी भन्सारको बेरियरमा ताला लगाएको र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको घरमासमेत ढुङ्गामुढा प्रहार गरी क्षति पुर्‍याएको हुँदा स्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले सदरमुकामस्थित गौर नगरपालिकाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको छ ।


महोत्तरी जिल्लामा संयुक्त मधेसी मोर्चाका आन्दोलनकारीले साना तथा घरेलु कार्यालयमा सेवाग्राहीका रुपमा प्रवेश गरी कार्यालयमा तोडफोड गरेका छन् भने रुकुम जिल्ला सदरमुकाममा आन्दोलनकारीले निषेधित क्षेत्रतर्फ जाने क्रममा बाटामा रहेका अस्थायी प्रहरी चौकीमा आगजनी गरेपछि प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा तीन जना आन्दोलनकारी घाइते भएको र तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मन्त्रालयले आफ्नो कर्तव्यपालनका सिलसिलामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कैलाली टीकापुरमा कार्यरत सुरक्षाकर्मीले देखाएको साहसको उच्च मूल्याङ्कन गर्दै दिवङ्गतका शोकसन्तप्त परिवारजनमा समवेदना गरेको छ ।
annapurnapost.com
धनगढी, ७ भदौ । कैलालीको टीकापुरमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपानेसहितका प्रहरीहरु मारिने गरी भएको दंगाको दोष सशस्त्र प्रहरीका डीआइजी खडानन्द चौधरीमाथि लगाइएको छ ।
टिकापुर घटना लगत्तै कैलालीको धनगढीमा अखण्ड सुदूरपश्चिम पक्षधर प्रदर्शनकारीले सशस्त्र प्रहरीका डीआइजी खडानन्द चौधरीले थारु आन्दोलनहरुलाई सहयोग गरेकै कारण अप्रिय घटना भएको भन्दै उनको राजीनामा मागेका हुन् । कैलालीमा हिंसा नियन्त्रण गर्न प्रभावकारी भूमिका नखेलेको आरोप लगाउँदै प्रदर्शनकारीहरुले डीआइजी चौधरीको तत्कालै राजीनामा मागिनुपर्ने बताए । .
सशस्त्रका डीआइजी चौधरी चनाखो भएको भए कैलालीको टीकापुर क्षेत्रमा हिंसा नहुने उनीहरुको भनाई रहेको छ ।
नेपाल प्रहरीले नसकेपछि बल प्रयोग गर्ने दायित्व सशस्त्रको प्रहरीको भएपनि सशस्त्र प्रहरी मुकदर्शक बनेको थियो । क्षेत्रीय डिआइजी चौधरीले समेत निषेधित क्षेत्रमा थारुहरुले हान्न आउँदा समेत बल प्रयोग गर्न निर्देशन दिएनन् । जसका कारण टिकापुरको झडपमा नेपाल प्रहरीका एसएसपी न्यौपानेसहित नेपाल प्रहरी र सशस्त्रकै झण्डै एक दर्जन सिपाहीको ज्यान गएको एक उच्च अधिकारीले बताए । उनका अनुसार, चर्चरोड र मनुवा चोकमा हजारौँ आन्दोलनकारी घरेलु हतियारसहित ओइरिंदै गर्दा सशस्त्र प्ररी भने बल प्रयोग नगरी आफ्नो ब्यारेकभित्र छिरेर बसेको थियो । घटनामा आन्दोलनकारी तर्फबाट एसएलआरको गोली हानिएको आशंका गरिएको छ ।
ainiknepal.com
काठमाडौं ७ भदौ  : झापाको चन्द्रगढी स्थायी घर भएका एसएसपी लक्ष्मण न्यौपाने २०७१ भदौमा सेती अञ्चल प्रहरी प्रमुख भएर धनगढी पुगेका थिए । पछिल्लो सयम काठमाडौंको सिनामंगल बस्दै आएका  न्यौपाने दुइ वर्ष अघि एसएसपीमा बढुवा भएका थिए । प्रहरी स्रोतका अनुसार न्यौपानेको सरूवा हुने लगभग निश्चित भएको थियो ।
एसएसपी न्यौपानेको सोमबार कैलालीको टिकापुरमा भएको थरूहट तथा प्रहरीबीच भएको झडपका क्रममा मृत्यु भएको छ । आन्दोलनकारीलाई सम्झाउन प्रदर्शनकारी तर्फ अघिबढ्ने क्रममा हातहतियार सहित आएको आन्दोलनकारीले न्यौपानेको हत्या गरेको प्रहरीले जनाएको छ ।
न्यौपाने २०४४ चैत २९ गते प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।  न्यौपानेको परिवार भोजपुरको गोगनेबाट बसाइँ सरेर झापाको चन्द्रगढी पुगेको थियो । २०६८ मा न्यौपाने एसएसपीमा बढुवा भएपछि उनको परिवार काठमाडौंको सिनामंगलमा बसोबास गर्दै आएको छ ।
यसअघि न्यौपाने धौलागिरी अञ्चल प्रहरी प्रमुख थिए । त्यहाँबाट सेती अञ्चल प्रहरी प्रमुखमा सरुवा भएका थिए । उनका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।
तस्विर ; किशोर श्रेष्ठको फेसबुकबाट । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
रौतहट, भदौ ७ । रौतहट सदरमुकाम गौरमा पनि प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।

प्रदर्शनकारीहरुले तरबार जुलुस प्रदर्शन गर्दै मालपोत, नापी, जिल्ला अदालतमा तोडफोड गरेपछि सुरक्षाकर्मीले दर्जनौं सेल अश्रुग्यास प्रहार गर्नुका साथै हवाईफायरसमेत गरेको थियो ।

प्रदर्शनकारीले बीपी चोकमा रहेको बीपी कोइरालाको शालिक पनि तोडफोड गरेका छन् । झडपका क्रममा प्रहरीको गोलीको छर्रा लागेर गौरका भुषण मिश्र घाइते भएको छन् झडपमा १० जनाभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् ।

सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार रामप्रवेश यादवसहित ५ जना सुरक्षाकर्मी पनि घाइते भएको सशस्त्र प्रहरी उपरीक्षक विदुर खड्काले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी मदन भुजेलले शान्तिपूर्ण आन्दोलन एकाएक अराजक बन्दै गएपछि बाध्य भएर प्रहरीले बल प्रयोग गर्नुपरेको र सोमबार अपरान्ह साढे बजेदेखि मंगलबार बिहान ५ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको बताए । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
भदौ ७ । सुरक्षा समितिको आकस्मिक बैठकले कैलाली, सर्लाही र रौतहटमा सेना परिचालन गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ ।
टीकापुर घटनापछि बसेको बैठकले यस्तो निर्देशन दिएको हो । बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागका प्रमुखको उपस्थिति थियो ।टीकापुरमा आन्दोलनकारी थरुहट पक्षधर र प्रहरीबीच झडप हुँदा वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित १६ जना सुरक्षाकर्मी तथा तीन प्रदर्शनकारीको मृत्यु भएको छ ।
कैलालीको मुनुवा गाविस ६ सिलम चौराहमा हिंसात्मक झडप भएको हो। हजारौँको  संख्यामा रहेका आन्दोलनकारी छुरा, भाला, बन्चरोसहितका हतियार लिएर सडकमा उत्रिएपछि हिंसात्मक झडप भएको हो। केही प्रहरी हराइरहेका छन्। प्रदर्शनकारी तर्फको हताहतीबारे जानकारी आएको छैन। www.etajakhabar.com
धनगढी, ७ भदौ । कैलालीको टिकापुरमा प्रहरी र आन्दोलनकारीबीच भएको दोहोरो भिडन्तमा परी नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपानेलाई जिउँदै जलाएर हत्या गरिएको खुलासा भएको छ ।

घरेलु हतियारसहित आएका प्रदर्शनकारीले एसएसपी न्यौपानेलाई घेरा हाली हतियारले आक्रमण गरेका हुन् । आक्रमणपछि गम्भीर घाइते भएका न्यौपानेको शरीरमा पेट्रोल खन्याएर आगो लगाएको प्रारम्भिक जानकारी प्राप्त भएको कैलालीका प्रहरी प्रवक्ता डीएसपी विश्व खड्काले बताए ।
प्रदर्शनकारीले सँगै रहेका एसएसपी न्यौपानेका अंगरक्षक माथि भाला प्रहार गरी हत्या गरेका थिए । पछिल्लो विवरण अनुसार कैलालीमा १७ प्रहरीसहित २० जनाको मृत्यु भएको डीएसपी खड्काले बताए ।
प्रशासनले लगातार चार दिनदेखि लगाउँदै आएको कर्फयू र निषेधाज्ञा तोड्न खोज्दा कैलालीको टीकापुरमा भीडन्त भएको हो । जिल्ला प्रशासन कार्यालय टीकापुरले बिहान ११ बजेदेखि बिहान ५ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो । थारुहट पक्षधरले टीकापुरको चारैतिरबाट निषेधाज्ञा तोड्ने प्रयास गर्दा यस्तो भीडन्त भएको हो । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
केपी ओलीले भने- प्रहरीमाथि आक्रमण गर्ने अपराधी हुन्
'यो राजनीतिका नाममा भएको अपराध हो'

७ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले कैलालीको टीकापुरमा भएको प्रहरीमाथिको आक्रमण थारुहरुले गरेको नभई घुसपैठिया अपराधीहरुले गरेको बताएका छन् ।

कैलालीको टीकापुरमा भएकबो हिंसात्मक झडपमा सम्बन्धमा प्रतिक्रिया दिँदै एमाले अध्यक्ष ओलीले भने-‘यो थारुले गरेकै होइन, थारुहरु यसरी हिंसात्मक कार्यमा लाग्दैनन्, एसएलआर हतियार बोकेर घुसेका अपराधीहरुले प्रहरीको हत्या गरेका हुन्, तीनहरुमाथि सरकारले कडा कारवाही गर्नुपर्छ ।’

शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरेर प्रहरीमाथि गरिएको आक्रमणलाई सामान्यरुपमा लिन नसकिने एमाले अध्यक्ष ओलीले बताए । उनले भने- ‘यो षड्यन्त्र हो, आतंक हो । राजनीतिका नाममा कसैले अपराध गर्छ भने त्यो क्षम्य हुँदैन ।’ भिडियो हेर्न तलको बाकस थिच्नुहोस
७ भदौ, टीकापुर । कैलालीको टीकापुरमा सोमबार दिउँसो सरकारी कार्यालयहरुमा ‘थरुहट स्वायत्त प्रदेश’ को बोर्ड राख्ने कार्यक्रम थियो । कार्यक्रमको आयोजक थियो ‘थारुवान् संयुक्त संघर्ष समिति, जसमा सत्तारुढ कांग्रेस र एमालेका थारु नेताहरुसमेत सहभागी छन् ।
बोर्ड राख्ने कार्यक्रमका लागि टीकापुर नगरपालिका र आसपासका थारु बाहुल्य गाविसबाट मानिसहरु टीकापुर बजारतर्फ आएका थिए । पूर्वी भागको बर्दिया जिल्ला बाहेकका विभिन्न ठाउँबाट मानिसहरु टीकापुर आएका थिए । जोशीपुर लगायतका क्षेत्रबाट मानिसहरुको हुल टीकापुरतिर आएको थियो ।
सरकारका तर्फबाट पनि सरकारी कार्यालयमा सुरक्षा दिने हेतुले प्रहरी र सशस्त्र प्रहरीहरु परिचालन गरिएको थियो ।
यसै क्रममा टीकापुर-६, शंकरपुरस्थित पशुहाट नजिकै रहेको भीडनजिकै एसएसपी लक्ष्मण न्यौपानेको टोली पुग्यो । एसएसपीले न्यौपानेले गाडीबाट ओर्लेर भीडलाई सम्झाउनमात्रै के लागेका थिए, त्यहीबेला एक हुल अगाडि बढ्यो र प्रहरी जवान लक्ष्मण खड्कामाथि आक्रमण शुरु भयो ।
लगत्तै एसएसपी न्यौपाने र केही प्रहरीलाई भीडले नियन्त्रणमा लियो र केही पर पुर्‍याएर कुटपिट गर्दै पेट्रोल छर्केर आगो लगाई हत्या गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
शंकरपुरका साथै मुनुवा-१ को कञ्चनपुर भन्ने ठाउँमा पनि प्रहरी र प्रदर्शनकारीवीच झडप भएको थियो । घटनास्थलमा खटिएका रेडक्रसमा कर्मचारीले दिएको जानकारी अनुसार प्रदर्शकारीले हातमा भाला, लाठी र गुलेली लगायतका घरेलु हतियारहरु बोकेका थिए । भीडमा बालबालिका र महिलाहरुसमेत थिए ।
अस्पतालमा बेहाल
झडपपछि टीकापुर अस्पतालको स्थिति बेहाल बन्यो । अस्पतालमा प्रहरीका ७ वटा शवहरु संकलन गरिएका थिए । करीब ५६ जना घाइते प्रहरीलाई उपचार गर्ने स्थान नरहेर बाहिरै राखिएको थियो । थारु समुदायका आधा दर्जनजति घाइतेहरु अस्पतालमा देखिन्थे ।
घटनामा मृत्यु हुने जनपथ प्रहशरीका ५ र सशस्त्रका दुई प्रहरीको शव पोष्ट मार्टमका लागि अस्पतालमा राखिएको छ । झडपमा परी निधन हुनेमा एसएसपी लक्ष्मण न्यौपाने, इन्स्पेक्टरद्वय बलराम बिष्ट, केशव दाहाल र प्रहरी जवान लक्षमण खड्का एवं लोकेन्द्र चन्दसमेत छन् । त्यस्तै सशस्त्र प्रहरी हवल्दारद्वय ललित साउद र रामबिहारी चौधरीको शव पनि अस्पतालमा राखिएको छ ।
हिंसात्मक झडपपछि प्रहरीले फायर खोलेको थियो । गोली चल्न थालेपछि प्रदर्शनकारीहरु पछि हटेका थिए । दिउँसो २ बजेदेखि कर्फ्यु जारी गरिएपछि अपरान्ह झडप साम्य भए पनि टीकापुरको स्थिति तनावपूर्ण नै रहेको छ ।
काठमाडौंमा केपी ओलीले झडपमा प्रदर्शनकारीका तर्फबाट एसएलआर राईफलकाट गोली चलाइएको बताए पनि प्रदर्शनकारीतर्फबाट गोली चलेको अहिलेसम्म पुष्टि भएको छैन । मृतक एवं घाइते प्रहरीहरुमाथि लाठी, भाला, एवं घरेलु हतियारबाट आक्रमण एवं कुटपिट भएको पाइएको छ ।
घटनाको प्रकृति हेर्दा भड्किएको भीडले प्रहरीमाथि आक्रमण गरेको देखिन्छ ।
www.onlinekhabar.com
कैलाली, ७ भदौ । प्रदर्शनकारीको घरेलु हतियार प्रहारबाट कैलालीमा एसएसपी सहित १८ जना सुरक्षाकर्मी र ३ जना थरुहटका कार्यकर्ताको ज्यान गएको बताइएको छ । ज्यान गुमाउनेमा सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकहरु बलराम विष्ट र केशव बोहोरा, प्रहरी हवल्दार ललित राउत र लक्षण खड्का र प्रहरी जवान लोकेन्द्र चन्द र रामबिहारी चौधरीको मात्रै नाम सार्वजनिक भएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले २१ जनाको मृत्युको विवरण गृहमन्त्रालय पठाउने तयारी गरिरहेको बताइएको छ । ५० जना भन्दा बढी घाइते प्रहरीहरुको टिकापुर अस्पतालमा उपचार भइरहेको छ । अस्पतालको भुइँमा राखेर सुरक्षाकर्मीहरुको उपचार भइरहेको छ ।
कैलालीको टिकापुरमा आन्दोलनरत थरुहटका कार्यकर्ताले सुरक्षाकर्मीहरु माथि खुँडा, भाला, छुरा लगायतका घरेलु हतियार प्रहार गरेका थिए ।
खुँडा र भालासहित आएका थरुहटका कार्यकताले निषेधाज्ञा तोडेर प्रदर्शन गर्न खोजेको र त्यसलाई रोक्ने क्रममा झडप भएको प्रहरीले जनाएको छ । केहीदिनदेखि टीकापुरमा राती कर्फ्यु र दिउँसो निषेधाज्ञा जारी हुने गरेको थियो । सोमबार पनि दुई बजे देखि कर्फ्यु जारी गरिएको थियो । थारु बाहुल्य क्षेत्रलाई थरुहट राज्यको घोषणा गर्न माग गर्दैै थरुहटले आन्दोलन गरिरहेको छ ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
७ भदौ, काठमाडौं । कैलालीको टीकापुरमा थरुटह पक्षधर आन्दोलनकारी र प्रहरीबीच हिंसात्मक झडप भएको छ । झडपमा परी केही सुरक्षाकर्मी र केही आन्दोलनकारीको मृत्यु भएको आशंका गरिएको छ ।

कैलालीको मुनुवा गाविस ६ सिलम चौराहमा हिंसात्मक झडप भएको हो । ८/१० हजारको संख्यामा रहेका आन्दोलनकारी छुरा, भाला, बन्चरोसहितका हतियार लिएर सडकमा उत्रिएपछि हिंसात्मक झडप भएको हो ।
आन्दोलनकारीले केही सुरक्षाकर्मीलाई आगो लगाएर हत्या गरेको बताए पनि पुष्टि भएको छैन । डीएसपी विश्वराज खड्काले धनगढीबाट अनलाइनखबर भने-‘दुई इन्स्पेक्टर वेपत्ता भएका छन् । तीन जना प्रहरी हताहती भन्ने आएको छ । तर, पुष्टि भएको छैन ।’ एसएसपी लक्ष्मण न्यौपानेमाथि समेत आक्रमण भएको छ ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
महिलाले २ श्रीमान् राख्न पाउनुपर्ने पक्षमा रेखा थापा
सन्नी लियोनीले चकलेट माग्दा कण्डम उपहार कसले दियो ?
२०७२ भदौ ७ गते १५:३६

अनलाइनखबरले हरेक दिन प्रस्तुत गर्दै आएको ‘मनोरञ्जन भिडियो समाचार’मा आज हामी केही रोचक बिषय समावेश गर्दैछौ । नयाँ बन्ने संविधानमा महिलाले पनि २ वटा श्रीमान् राख्न पाउनुपर्ने व्यवस्थाको सुझाव आइरहेको समयमा नायिका रेखा थापाले पनि यसलाई घुमाउरो शैलीमा समर्थन गरेकी छिन् ।
यती मात्र होइन रेखाले अब आफूले महिला र पुरुष बराबर भन्ने कुरा सुन्न नपरोस् भन्दै मुख खुम्च्याइन् । कलाकार दीपाश्री निरौलाको जन्मदिनको चर्चा पनि समावेश छ । बलिउडकी हट नायिका सन्नी लियोनीलाई चकलेट माग्दा यही फ्लेवरको कण्डम कसले दियो ? भिडियो हेर्न तलको बाकस थिच्नुहोस
७ भदौ
काठमाडौं । थरुहट आन्दोनलका क्रममा कैलालीको तोरयिापुरमा थरुहटका कार्यकर्ताले राष्ट्रसेवक प्रहरीलाई जीउँदै जलाएर हत्या गरिउको छ ।
उग्र रुपमा अघि बढेको थरुहटका कार्यकर्ताहरुको आन्दोलन पुर्व नियोजित जस्तो देखिएको छ । आन्दोलनकारीले भाला, चक्कु, बन्चरो सहितका हतीयारको प्रयोग गर्दै प्रहरकिो हत्या गरेका थिए । कम्तीमा दश हजार प्रदर्शनकारीले एकै पटक प्रहरीमाथि जाइलागेका थिए ।
प्रहरलिे संयमता अपनाउन आग्रह गर्दा पनि आन्दोलनकारीले प्रहरहिरुलाई समात्दै भाला र बन्चरो प्रहार गरेका थिए । निर्मम रुपमा प्रस्तुत भएका थरुहटका कार्यकर्ताले प्रहरीलाई जीउँदै जलाउने प्रयास समेत गरेका थिए ।
झडपमा परी एसएसपी लक्ष्मण न्यौपाने, इन्सपेक्टर बलराम विष्ट, केशव बोहोरा र एसएसपीका सुरक्षा गार्डको समे मृत्यु भएको छ। घटना लगत्तै स्थानीय प्रशासनले लगातार चार दिनदेखि लगाउदै आएको कर्फयु र निषेधाज्ञा तोड्न खोज्दा भिडन्त भएको हो। क्षेत्रीय प्रशासन कार्यालय टीकापुरले पुन कफ्र्यु लगाइसकेको छ ।
तोरीयापुर, दुर्गोली लगायतका स्थानमा अझै पदर्शनकारीहरुले प्रहरीमाथी लुकेर आक्रमण प्रयास गरिरहेका छन् । टीकापुरका स्थानीय संयमीत भएपनि केही व्यक्तिको उक्साहटमा राष्ट्रसेवकमाथी आक्रमण भएको बताइएको छ ।
घटनाको कैलालीका स्थानीयले नै निन्दा र भत्सर्ना गरेका छन् । कम्तिमा ३५ जना प्रहरी घाइते भएका छन् । आन्दोलनकारी तर्फको अवस्था भने पत्ता लाग्न सकेको छैन । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
डन घैंटे मारिएको अहिलेसम्म थाहा छैन छोरी सिम्रिकालाई
किन भएको थियो घैंटेको श्रीमतीसँग सम्बन्धविच्छेद ?

काठमाडौं, भदौ ७– बिहिबार बिहान सदाझैं छोरी सिम्रिकालाई विद्यालय पुर्याउँन विद्यालय गएगएका थिए  कुमार घैंटे । छोरीलाई विद्यालयमा छाडेर आफ्नो ठेक्कापट्टाको कार्यालयमा केही समय बसी घर फकिँदै गरेका उनको प्रहरी ‘इन्काउन्टर’मा बाटैमा ज्यान गयो ।


पहिले छोरीलाई विद्यालय पुर्याएर कार्यालय पुगेका उनी त्यहाँ केहि समय बसेर सिधै कपुरधारास्थित घर हिँडेका थिए । तर, घर पुग्न नभ्याउँदै प्रहरीसँगको मुठभेटमा गोली लागि त्रिवि शिक्षण अस्पताल पुगेका उनी कहिल्यै घर नफर्किने गरि बिदा भए ।
सिम्रिकालाई असाध्यै माया गर्ने घैंटे छोरीको लागि खाना बनाएर खुवाउने देखि लिएर विद्यालयसम्म पुर्याउने काम गर्थे नियमित ।
असामान्य अवस्थाबाहेक अन्य व्यस्तताको समयमा पनि उनी फुर्सद मिलाएर छोरीको लागि समय दिन्थे उनी । अहिले १० वर्ष पुगेकी सिम्रिकालाई आमा प्रमिला गुरुङले ३ वर्षको उमेरै छाडेर गएपछि आमाको पनि जिम्मेवारी पुरा गर्नु थियो र त छोरीको हेरचाहमा विषेश ध्यान दिन्थे घैंटे ।
घैंलेलाई नजिकबाट चिन्ने सामाखुसीकै स्थानीय शान्त श्रेष्ठका अनुसार प्रमिला र घैंटेबीच सात वर्षअघि नै सम्बन्धि विच्छेद भएको थियो । बिहे गरेको केहि समयमा नै मनमुटाब हुने गरेकोमा जेनतेन केहि वर्षसँगै घैंटे र प्रमिलाले बिताएपनि अन्नत ७ वर्षअघि उनीहरु कानुनी रुपमै छुट्टिएको श्रेष्ठको भनाई छ ।
दुईबीचको उमेरमा अन्तर हुँदा ‘मिस अन्डरस्ट्याण्डिङ’ हुन पुगि काठमाडौं जिल्ला अदालतमा उनीहरुबीच सम्बन्धबिच्छेद भएको भएको आफूले थाहा पाएको श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । अहिले प्रमिला बेलायतमा रहेको र उनको घैंटेको परिवारसँग कुनै सम्बन्ध नभएको बताइएको छ ।
बाबु (घैंटे) मरेको थाहा छैन सिम्रिकालाई
घटना घट्ने दिनसम्म बाबु (घैंटे) सँगै बस्थित सिम्रिका । जुन दिन घैंटेले नै विद्यालयको लागि तयार गरि छोरीलाई विद्यालय पुर्याएर फर्किएका थिए । तर, छोरी पुर्याएर कार्यालयमा एकै छिन बसेर घर फर्किँदै गर्दा घैंटेको ज्या भएको थियो ।
श्रेष्ठका अनुसार राजधानीको एक विद्यालयमा कक्षा ५ मा अध्ययनरत सिम्रिकालाई हालसम्म पनि बाबु मारिएको जानकारी दिइएको छैन । ‘घटना घटेको समयमा (बिहिबार) विद्यालयमा रहेकी सिम्रिकालाई विद्यालयबाट कपुरधारास्थित घरमा नलगेर ठूलोबुबाको घरमा लगिएको थियो । उनी अहिले पनि ठूलोबुबाकै घरमा रहेकी छन् ’, श्रेष्ठले रातोपाटीसँग भने ।
सिम्रिकाले बाबुबारे चासो राख्दा जरुरी कामले मलेसिया भएको र उनी चाँडै फर्किने भनि जानकारी नदिएको उनको भनाई छ ।
परिवारको जवाफपछि उनी अहिले पनि बाबु ज्यूदै रहेकोमा विस्वस्त हुँदै सामान्य अवस्थामा रहेको बुझिएको छ । यद्यपी घटनाबारे न्यायिक छानबिन आयोग बन्ने हुने ग्यारेन्टी भएपछि अन्तेष्टि गर्ने समयमा उनलाई सबै जानकराी दिने परिवारको तयारी रहेको उनको भनाई छ ।
कांग्रेसका केहि सभासदको सहयोगमा न्यायिक छानबिन आयोगको माग गर्दै परिवारले अहिलेसम्म शब बुझन मानेका छैनन् । कांग्रेस सभासद जगदीश्वर नरसिंह केसीले प्रहरीले नागरिकलाई षड्यन्त्रपूर्वक हत्या गरेको आरोप लगाउँदै घटनाको न्यायिक छानबिन नभएसम्म परिवारले शब नउठाउने जानकारी दिए । संसदमा समेत छानबिन समितिको गठन हुनुपर्ने माग राख्ने सोहि पक्ष हिजोमात्रै सोहि विषयलाई लिएर राष्ट्रिय मानवअधिकार आयोगमा समेत पुगेको थियो । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
नेपालगन्ज : गुण्डा नाइके 'डन' कुमार श्रेष्ठ घैंटे मारिएपछि नेपालगन्जका रिगल 'डन' भनिने योग ढकाल सोमबार बाँके जिल्ला अदालतमा आफैं हाजिर भएका छन्।

नेपालगन्ज–८ का चेतन मानन्धरको हत्या गरी फरार रहेकाका उनी सोमबार अदालतमा हाजिर भएका हुन् । गत असार २८ गते नेपालगन्ज–१६ सुर्खेत रोडमा  २९ वर्षीय मानन्धरलाई रिगलसहितको समुहले खुँडा प्रहार गरी हत्या गरेको थियो  । प्रहरीले रिगलविरुद्ध मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेको र अन्य अभियोगमा जिल्ला अदालत बाँकेमा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको छ।


प्रहरीले लामो समयदेखि खोजे पनि फेला पार्न नसकेका बेला रिगल सोमबार आफैँ उपस्थित भएको बाँके जिल्ला अदालतले जनाएको छ । जिल्ला अदालतका श्रेस्तेदार दण्डपाणि लामिछानेका अनुसार मुख्य अभियुक्त ढकाल आफैं अदालतमा पुगेर बयान दिएका हुन् ।


अहिले रिगलसँग बयान लिने काम भइरहेको छ ।  अदालतका मुख्य न्यायाधीश विष्णुप्रसाद कोइरालाको इजालसमा बयान लिने क्रम चलिरहेको लामिछानेले बताए ।

अहिले अदालत परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक  भीम किरण बोगटीले अदालतको सुरक्षा व्यवस्था कडा पारिएको बताए ।

नायब उपरीक्षक बोगटीले अदालत बाहिर प्रहरीले निगरानी गरिरहेको बताए । यस अघि नै हत्यामा संलग्न प्रितम थापा, माधव नेपाली, हरि वली, विवाद पाठक, याम बहादुर बुढामगर, मनिष चौलागाई, प्रशान्त भन्ने प्रेमध्वज गौतम, विशाल भन्ने छविलाल बस्नेत, नवराज खत्री, मोहनलाल खड्का र केशव बहादुर रोकाय पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् । अझै सोहनसिंह ढकाल र दिपेन्द्र सिंह फरार रहेका छन् ।
 
कांग्रेसनिकट तरुण दल क्षेत्र नम्बर ३ का अध्यक्षसमेत रहेका रिगल लामो समयदेखि गुण्डागर्दीमा संलग्न  रहँदै आएका छन ।

नेपालगन्जको सुर्खेतरोडस्थित धम्बोझी नजिकै चेतनविरुद्ध दिनदहाडै खुडा प्रहार भएको थियो । चेतनको नेपालगन्जमा उपचार असम्भव भएपछि थप उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।
annapurnapost.com
काठमाडौं, ७ भदौ । वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट थप तीन जनाको मृत्यु भएको छ ।
बिनाशकारी भूकम्पले भत्किएको टोखा नगरपालिका-१३ गोंगबुस्थित पाल्पा बुटवल गेष्ट हाउसको भग्नावशेष हटाउने आइतबार क्रममा ३ जनाको मानव कंकाल फेला परेको हो ।

भूकम्पको समयमा बेपत्ता भएका होटल संचालिका पाल्पा हेलाङ–९ घर भएकी २८ वर्षीया भुमिकला रेग्मी सिंजाली, उनकी छोरी अनुष्का सिंजाली र कामदार नुवाकोट मदानपुर–१ घर भएका १८ वर्षीय मुकेश बर्देवाको कंकाल आइतबार भग्नावेष हटाउने क्रममा फेला परेको हो ।
कंकालको शिक्षण अस्पताल महाराजगंजमा पोष्टमार्टम भइरहेको छ ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
बग्दाद, ७ भदौ । इराकभरी भएको अमेरिकासँग आवद्ध हवाई आक्रमण र इराकको पश्चिमी प्रान्त अन्बारलयागत अन्य इलाकामा इस्लामिक स्टेट आतङ्ककारी र सैनिकबीच भएको भडपमा परी आइतबार ७३ व्यक्तिको मृत्यु भएको प्रान्तीय सुरक्षा स्रोतले जानकारी दिएको छ ।
अन्तर्राष्ट्रिय संयुक्त गठबन्धनले इराकको विभिन्न इलाकालाई लक्ष्यगरी गरिएको १६ वटा हवाई आक्रमणमा ४२ जनाको मृत्यु भएको जनाइएको छ । साथै यस आक्रमणबाट आइएस कब्जा गरेको ४३ वटा स्थान ध्वस्त गरिएको बताइएको छ । यस हवाई आक्रमणमा आइएस आतङ्ककारी समूहको चार वटा सवारी साधन समेत ध्वस्त भएको पनि जनाइएको छ । यद्यपी इराकी युद्धक विमान र सेनाको हेलिकोप्टरद्धारा गरिएको ३७ वटा हवाई आक्रमणबाट इराकको विभिन्न इलाकामा रहेको आइएसले कब्जा गरेको स्थानहरु ध्वस्त भएको बताइएको छ । तर सेनाद्धारा जारी यस विज्ञप्तिमा आइएस लडाकूको थप हताहत भने प्रष्ट पारेको छैन । यसैबीच अन्बार प्रान्तमा इराकी सुरक्षा बल र आइएस आतङ्ककाराबीच झडप जारी रहेको बताइएको छ । सो सहरमा सैनिकले दर्जनौ सडककिनारको बम निष्क्रिय बनाएको जनाइएको छ । यसैगरी रमादी सहरदेखि उत्तरपश्चिमीमा पर्ने तवाइ र अल्बु जलेइबमा आइएस आतङ्ककारी र सैनिकबीच भएको झडपमा १८ सुरक्षाबलको मृत्यु हुनुको साथै अन्य ३० घाइते भएका छन । आतङ्ककारीतर्फ पनि १३ आइइस लडाकू मारिनुको साथै अन्य आठ घाइते भएका जनाइएको छ । तस्विर : फाइल ww.etajakhabar.com
काठमाडौँ , भदौ ७ । केही महिनापछि भारतमा यस्ता ११ फिल्म रिलिज हुदैछन् जुन प्रेम, रोमान्स र लगायत कहानीमा सम्बन्धित छन् । यि फिल्मको कुल बजेट करिब ७५० करोड भारु हुने बताइन्छ ।

जसबाट करिब २००० करोड नेपाली रुपैया कमाइ हुने आकंलन गरिएको छ। जसमध्ये शाहरुख सलमानकै चलचित्रको दबदबा बढी छ ।

यी दुइ खानका फिल्मले भारतमा मात्र करिब ६०० करोड भारु कमाउने आङ्कलको साथ प्रचार भइरहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । एजेन्सीको सहयोगमा

काठमाडौं : संविधानसभाको सम्वाद समितिका सभापति रहेका एमाओवादीका वरिष्ठ नेता डा.बाबुराम भट्टराईले छिटो संविधान राम्रो संविधान बनाउन सबै अग्रगामी शक्ति एक हुनुपर्नेमा जोड दिएका छन् । भट्टराईले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन्।

संसमा प्रस्तुत परिमार्जित विधेयकलाई दलहरुको सहमतिमा संशोधन हालेर थप परिमार्जन/परिवर्तन गर्ने अझै ठाउँ र समय बाँकी रहेको बताउँदै उनले भने, हिजोका हामी सबै आन्दोलनकारी सहकर्मीहरुले आपसमा फुटेर हैन जुटेर संवाद/सहमतिद्वारा देशलाई छिटो निकास दिऊँ।


अंधेरो कुनामा बसेर संविधान बन्न नदिने र देशलाई अस्थीरताको भुमरीमा फसाइराख्ने षड्यन्त्र गर्नेहरुलाई परास्त गर्न सबै एकजुट हुनुपर्ने बेला आएको उनले बताएका छन्।


उनले अहिले बाहिर देखिएका असन्तुष्टी र विरोधको समाधानका लागि केही सूत्र पनि पेस गरेका छन्। बाबुरामले पेस गरेका समाधानका सूत्र यस्ता छन्:

- सीमांकन: ७ प्रदेशको मोडेल भित्रै प्रदेश-१ को मधेसी/थारु बाहुल्य क्षेत्र प्रदेश-२ मा राख्‍ने। प्रदेश-५ को मगर वाहुल्य क्षेत्र प्रदेश-४ मा राख्ने; प्रदेश-७ को थारु वाहुल्य क्षेत्र प्रदेश-५ मा राख्‍ने।

- नागरिकता: पुरुषको विदेशी दम्पत्तिलाई झैं महिलाको विदेशी दम्पत्तिलाई पनि ( आवश्यक परे थप शर्त सहित ) अंगीकृत नागरिकता र एकल महिलाका सन्तानलाई सहज नागरिकता दिने व्यवस्था गर्ने।

- महिला र दलितलाई निश्चित प्रतिसत प्रत्यक्ष निर्वाचन क्षेत्र छुट्याउने।

- देशमा परिवर्तनको वास्तविक अनुभुति गराउन र राजनीतिक स्थीरता कायम गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्ने।

- नेपाली समाजको वहुधार्मिक चरित्र र लामो धार्मिक सहिष्णुताको परम्परा कायम गर्दै राज्यलाई धर्मनिरपेक्ष राख्ने।

- न्याय प्रणाली, संवैधानिक आयोग लगायत अन्य विषयमा सहमतिले आवश्यक परिमार्जन गर्ने।
annapurnapost.com
गगन थापा ज्यू,
मलाई तापार्इ नेताहरु मध्ये एकदमै मन मर्ने नेता हुनुहुन्छ । तपार्यको राजनीतिक लोकप्रियता र पछिल्लो समयमा तपाईले देखाउनु भएको जनभावनाले हामी सबैको तपाईप्रति आस्था हुनु स्वभाविक हो । हामी सम्पुर्ण नेपालिको आशाको केन्द्र र प्रभावशाली नेताको रुपमा हामीले तपाईलाई लिएका थियौँ । तर तपाई समाजमा अराजकता फैलाउने डन, गुण्डागर्दी गरि नेपाली जनतालाई दुःख दिदै हिड्नेको बिरोध गर्नुको साटो समर्थन गर्दै हुनुहुन्छ । तपाईप्रतिको हाम्रो विवास र आस्थालार्य तपाई किन पानीमा मिसाउँदै हुनुहुन्छ ?

यदी तपाई गुण्डाको पक्ष लिएर हिड्दै हुनुहुन्छ र यो साचो हो भने नेता ज्यू कुनै नेपालीले पनि तपाईलाई माफ गर्ने छैनन् । घैंटे भन्ने डनको नेपाली समाजमा कुन स्थान थियो त्यो हामी सबैलाई थाहा भएकै कुरा हो । तर, तपाईले उसको समर्थन गर्दै गुण्डावादलाई बढावा दिने काम गर्नुहुन्छ भन्ने मलाई लागेको थिएन । यो खबर सुन्दा मेरो मन निकै दुखेर आयो ।

नेता ज्यू, यस्ता समाजमा अराजकता फैलाउने डनको पछि लाग्न छोड्दिनुस । नेपाल र नेपालीको हित हुने काम तिर लाग्नुस् । सम्पुर्ण नेताहरुलार्इ जनताले बिश्वास गर्न छाडी सके तर तपाईबाट हामीले धेरै आशा गरेका थियौँ । यदी जनाताको नेता तपाई हो भने यी डनको पछि न लाग्नुस नेता ज्यू मेरो तपाईलाई आग्रह छ ।

हुन त म न नेता न कोही । न मेरो उच्च तहसम्म पहुँच तपाईलाई यसरी खुलापत्र लेखेको मन पर्ला या नपर्ला तर म एउटा आम नेपाली हुँ । मलाई यो देशको चिन्ता छ । यो विदेशको भूमिमा आएर तपाई जस्तो होनहार नेताले गुण्डाको साथ दिदैछ भनेको सुन्दा निकै चित्त दुख्यो । संसार भरीबाट नेपाल प्रहरीलाई समर्थन आइरहेको बेला तपाई किन बीचमा आउदै हुनुहुन्छ ? बिरोध गर्दैहुनुहुन्छ । तपाई जस्तो नेताले त झनै जनताका लागि, जनतााके शान्ति, सुरक्षा आदीका लागि गुण्डावादको अन्त्यका लागि पहल गर्नूपर्ने होइन र ? गुण्डागर्दी, अराजकता, हत्या, हिंसाकै कारण हामी नेपाली यसरी विदेशीनु परेको छ । जबसम्म यो सबैको अन्त्य हुँदैन तबसम्म देशको विकास सम्भव छैन ।

के तपाई राष्ट्र सेवाको बाहानामा राष्ट्रलाई लुट्न सभासद हुनु भएको हो र ? सम्पुर्ण नेपालीको प्रश्न तपाईलाई ? हामी जनताको अविश्वासको पात्र न बनी दिनु होला प्लिज ।
गोपाल पहाडी, हाल मलेसिया भिडियो हेर्न तलको बाकस थिच्नुहोस
भदौ ७, काठमाडौँ । पछिल्लो समयमा सुनको भाउ लागाता बढ्न थालेको छ । आइतवार स्थिर रहेको सुनको भाउ सोमवार फेरी बृद्धि भएको छ। सोमवार सुन प्रतितोला ३ सय रुपैयाँले महँगिएर तोलाको ५१ हजार ९ सय रुपैयाँमा कारोवार भएको छ ।
सुनको भाउ बढी रहदा चाँदी भाउ भने आज सस्तिएको छ । हिजो ७ सय १५ मा कारोबार भएको चाँदी आज ५ रुपैयाँले सस्तिएर तोलाको ७ सय १० रुपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढ्दै गएकोले नेपालमा पनि त्यसको प्रभाव परेको हो ।
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home