• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
सामान्यतया पुरुषहरु खानाप्रति सचेत हुँदैनन् । महिलाहरुलाई जहिले पनि स्वास्थ्य र खानाको ख्याल रहेपनि अधिकाँश पुरुष वेपर्वाह हुन्छन् । विशेषज्ञहरु पनि पुरुष र महिलाको खाना फरक फरक हुनु पर्ने बताउँछन् ।
 यहाँ पुरुषले स्वास्थ्यका लागि खानै पर्ने ८ खानाको चर्चा गरिएको छ :




गोलभेडा:गोलभेडालाई सुपर फुड अर्थात महाखाना पनि भनिन्छ । गोलभेडामा लाइकोपेन भन्ने तत्व हुन्छ । यसले क्यान्सरबाट बचाउँछ । त्यसैगरी प्रोष्टेट क्यान्सर हुन बाट पनि जोगाउँछ । गोलभेडाको नियमित सेवनले कोलस्टोरल घटाउँछ भने सामान्य रोगसँग लड्ने क्षमतामा पनि वृद्धी गर्छ !

गहुँ र जौ:गहुँ र जौ जस्ता खाद्यान्नमा भिटामिन र खनिजको मात्रा उच्च हुन्छ । साथै फाइवर पनि हुने हुँदा पाचन प्रणालीमा सहयोग गर्छ । निराशा र दिक्कपन हटाउन पनि यी खाद्दान्न उपयोगी मानिन्छ । त्यसैगरी यी खानाले विर्य स्वस्थ राख्न र कपाल झर्नबाट पनि बचाउने विज्ञहरु बताउँछन् ।

 लसुन:लसुन मुटुको लागि राम्रो मानिन्छ । लसुनको नियमित सेवन गर्ने मान्छेको कोलस्टोरल कम हुन्छ र मुटु स्वस्थ हुन्छ ।



 साल्मोन माछा:साल्मोन माछा प्रोटिनको भरपर्दो श्रोत हो । यसमा फ्याट्टी एसिडको मात्रा उच्च हुन्छ जसले नकारात्मक कोलस्टोरलबाट बचाउँछ । यसले मुटुको रोग, कोलेक्ट्रोल क्यान्सर र प्रोस्टेट क्यान्सर तथा निराशाबाट समेत बचाउँछ ।

 जामुन:जामुनले प्रोष्टेट क्यान्सरबाट बचाउँछ । यसले मुटुको रोगबाट पनि बच्न मद्दत गर्छ । त्यसैगरी मधु मेह र उमेरसँगै हुने विस्मरणलाई पनि यसले कम गर्ने विज्ञहरु बताउँछन् ।
 ब्रोकाउली:ब्रोकाउली बन्दा र काउलीमा सल्फोराफेन नामक कडा रसायन पाहिन्छ जुन क्यान्सरसँग लड्नका लागि महत्वपूर्ण मानिएको छ । यसले पुरुषहरुमा हुने ब्लाडर क्यान्सरबाट पनि जोगाउने विज्ञहरु बताउँछन् । काउली बन्दाको नियमित सेवनले कोलेस्टरल क्यान्सर र प्रोष्टेट क्यान्सरबाट पनि बच्न सकिन्छ ।

 अण्डा:कपाल झरेर हैरान हुनुहुन्छ ? यदि हो भने खानामा अण्डा नछुटाउनुस् । अण्डामा प्रोटिनको उच्च मात्रा
 हुन्छ भने कपाल बढाउन सहयोग गर्छ । त्यसैगरी अण्डामा पाहिने पहेलो भाग आइरनको राम्रो श्रोत हो ।
 अनारको जुस:अनारको जुस निक्कै उच्च पोषक तत्व भएको खाना हो । यसले कोलस्टोरल नियन्त्रण गर्छ भने तनाव घटाउन पनि सहयोग गर्छ । यसमा भिटामिनको मात्रा उच्च हुन्छ । नियमित अनारको जुश सेवन गर्दा प्रोष्टेट क्यान्सरबाट बच्न सकिने विज्ञहरु बताउँछन् भिडियो हेर्न तलको बाकस थिच्नुहोस
 ज्योतिष विज्ञान भन्छ, खुट्टाका आकार र बनोटका आधारमा मानिसहरुका स्वभाव र आचरण र भविष्य बताउन सकिन्छ। शरिरका अंग लक्षण हेरेर मानिसको भविष्य बताउने विधीको वर्णन ज्योतिष विज्ञानमा गरिएको छ।ज्योतिषको एक महत्वपुर्ण आधार सामुद्रिक शास्त्रमा मानिसको टाउको देखि खुट्टा सम्मका अंगका विशेष लक्षणहरु उल्लेख छ।

अंगहरुको बनावट, आकार, रंगबाट मानिसको रहस्य पत्ता लाग्ने र भविष्यको बारेमा जानकारी हासिल गर्न सकिने तरिका सामुद्रिक शास्त्रमा उल्लेख छ।जोसुकै मानिसहरुको खुट्टाको औलाहरुको बनोट हेरेर सहजै व्यवहार, विचार र कार्यक्षेत्रका बारेमा बताउने सकिन्छ।

हावी हुने मानिस: जो मानिसको खुट्टाका औंलाहरु घट्दो क्रममा हुन्छन् यी मानिसहरु अन्य माथि हावी हुन चाहन्छन् । यस्ता मानिसहरु आफ्ना अधिकारका बारेमा सजक हुन्छन्। यी मानिसहरु चाहन्छन कि उनीहरुलाइ मान सम्मान प्राप्त होस र सवैले उनीहरुको कुरा अक्षरस पालन गरुन । यदी घर परिवारमा वा समाजका कोही मानिसहरु उनीहरुको इच्छा अनुसार नचले रिसाउने गर्दछन्। यस्ता किसिमका खुट्टाका औला भएका मानिसहरु आफ्ना जीवनसाथीमाथि आवश्यक्ता भन्दा बढि हावी रहन्छन्।

कडा परिश्रम गर्छन: जो मानिसको खुट्टका औलामा बुढी औला सहित अन्य दुइ औला बराबार र बाँकी औला साना हुन्छन, ती मानिसहरु कठिन परिश्रम गर्ने खालका हुन्छन्। यस्ता मानिसहरु आफ्नो श्रमको बलमा सफलता हासिल गर्दछन्। श्रमकै बलमा उनीहरुलाई मान सम्मान प्राप्त हुन्छ यस्ता खुट्टाका औला भएकाहरु अरु मानिसले गरेका कामको समेत प्रशंसा गर्ने गर्दछन। उनीहरुलाई कर्मशील मानिस विशेष मन पर्दछ यस्ता औला भएकाहरु घरपरिवारमा पनि आफ्नो जिम्मेवारी राम्रो तरिकाले निर्वाह गर्दछन।

अदभुत ढंगबाट गर्छन काम: जो मानिसको खुट्टाको औलामा दोस्रो औला लामो र अन्य छोटा हुन्छन्, ती मानिसहरु फरक र अदभुत तरिकाबाट काम गर्दछ । यी मानिसका योजनाहरु र कार्यशैली अलग र श्रेष्ठ हुन्छन्। योजानाकै बलमा उनीहरुलाई विशे्ष स्थान प्राप्त हुन्छ। घरपरिवारमा यस्ता मानिसलाई विशेष सुख सुविधा प्राप्त हुन्छ।

शान्तिप्रिय हुन्छन यस्ता मानिस: जो मानिसहरुको बुढि औला लामो र अन्य औला समान लम्बाईका हुन्छन, त्यस्ता मानिस शान्तिप्रिय हुन्छन। यस्तो प्रकृतीको खुट्टा भएका मानिसहरु तनावमा नआईकन काम गर्न रुचाउँछन्। यी मानिसहर कहिल्यै पनि आवेशमा आउँदैनन् । विरोधीहरुसंग पनि उनीहरु शान्तिबाटे बिजय प्राप्त गर्दछन्। शान्तिप्रियसगै केही मानिसहरु अल्छी पनि हुन्छन र ढिलासुस्ती गर्ने किसिमका हुन्छन्।

उर्जावान हुन्छन यस्ता मानिस: जो मानिसको खुट्टाको औला मध्य दोस्रो औला ठुलो र अरु सानो हुँदै जान्छन् र अन्त्यका दुइ औला करिब बराबार हुन्छन, ती मानिस उर्जावान हुन्छन्। सामान्यतया यस्ता मानिसहरु जोशिला हुन्छन , जुनसुकै पनि जोश र उर्जाका साथ गर्दछन् । यिनीहरु खुलेर रमाइलो गर्न चाहन्छन्। यी मानिसहरु पुर्णरुपमा जीवनको आनन्द लिन्छन् सधै खुसी रहन्छन् र अरुलाई खुसी राख्न प्रयत्न गर्दछन्।
काठमाडौं, बैशाख २ । युरोपमा साँस्कृतिक कार्यक्रम देखाउने भन्दै नेपालका केही कलाकार मिलेर फेरि मानव तस्करी गरेका छन् । चलचित्र निर्माता निर्देशक भनिएका राजु अधिकारी,बेल्जियम निवासी बेनी ढुंगाना, वन हर्न रायनो इन्टरटेनमेन्ट नामक आयोजक संस्थाका सञ्चालक बेल्जियम निवासी दीपक पौडेलले चाँजो मिलाएका हुन् । त्यसमा नायिका केकी अधिकारी, सिने पत्रकार राजन घिमिरे र चलचित्र वितरक हरि बरालको समेत संलग्नता छ ।

८ मार्च २०१५ मा बेल्जियममा थकाली सेवा समितिले तोरन्ल नाइट आयोजना गर्ने भन्दै पोस्टर सार्वजनिक गरेको थियो । ०१५ को होली नामक कार्यक्रम गर्ने बहानामा कार्यक्रममै भाग लिन आउने लोकगायक भनिएका जेबी ओली र एक जना नाम नखुलेकी पोर्तुगाल निवासी नेपालीको श्रीमतीसँग नेपाली रुपैयाँ जनही १०-१० लाख लिएर उनीहरूले युरोप भित्राएका हुन् । त्यो काम सकेर निर्देशक राजु अधिकारी, हरि बराल, राजन घिमिरे र नायिका केकी अधिकारी हाल काठमाडौं फर्केका छन् ।


गायक ओली र ती युवती पोर्तुगलको वैधानिक कागज लिन उपाय रच्दै लुकेर बसिरहेका छन् । त्यहाँको कागज लिने जटिल प्रक्रिया बुझिसकेपछि ओली निराश बनेका छन् । उनले आफू ठगिएको बुझेर पुर्पुरोमा हात लगाउँदै पेपर बनाइदिन विभिन्न संघसंस्थासँग हारगुहार गर्दै हिँडेको नेपाली बताउँछन् । रमाइलो पक्ष के छ भने ८ मार्चको थकाली सेवा समितिको प्रचारित कार्यक्रममा कलाकार नै पुगेनन् । त्यसपछि आयोजक जिल्लिएका थिए ।

नेपालबाट आउने भनिएका कलाकार नआएपछि हतारमा थकाली समाजले स्थानीय कलाकार बोलाएर कार्यक्रम गरेको थियो । नायिका अधिकारीको टोली ९ मार्चमा बेल्जियम पुगेको हो । पछि नायिका केकी अधिकारीलाई विना कार्यक्रम फर्काउन लाग्दा उनले विरोध गरेका थिए । त्यसपछि वन हर्न रायनो इन्टरटेनमेन्ट नामक फर्जी संस्था खोलियो बेल्जियममा । बेल्जियममा कतै दर्ता भएको नदेखिएको यसैले मार्च १४ मा अचानक कार्यक्रम आयोजना गर्ने पोस्टर छाप्यो । त्यसैको नाममा अधिकारीलाई कार्यक्रममै गएको भन्ने प्रमाण जुटाउन सहयोग गरेको थियो ।

सो कुरा एक दिनअघि कार्यक्रमको प्रचार गरिएको दीपक पौडेलको फेसबुकबाट पुष्टि हुन्छ । वन हर्न राइनो इन्टरटेन्मेन्ट सन्ध्या भनेर प्रचार गरिएको अर्को पोस्टरमा कुन दिन हो कार्यक्रम हुने उल्लेख छैन । यसबाट उनीहरूले झुक्याउन मात्रै पोस्टर बनाएको प्रस्ट हुन्छ । राजुले बेनी ढुंगानालाई निर्माता घोषणा गरी डिसेम्बरमा बेल्जियममा सिनेमा छायांकन गर्ने प्रचार गरेका थिए ।

उनले युरोपमा सुटिङ गर्ने भनिएको चलचित्र ‘उल्झन’ मार्फत पनि नेपालीलाई युरोप पुराउन खोजेको चर्चा छ । यसअघि पनि चलचित्र सुटिङको नाममा बेल्जियम र जर्मनीमा नेपाली भित्रिसकेका छन् ।

नेपाली चलचित्रको बजार खस्के पनि मानव तस्करी र विदेश बसेर राम्रो कमाइ गरेका नेपालीलाई निर्माता र कलाकार बनाउने लड्डु बाँडी विदेशतिर मुर्गा फसाउन केही चलचित्रकर्मी सक्रिय देखिएको समाचार जनआस्था साप्ताहिकले छापेको छ ।
सुहागरात भन्नासाथै सबैलाई एकप्रकारको रोमाञ्च, डर अनि बेग्लै प्रकारको अनूभति हुन्छ। चाहे केटा वा केटी, विवाहित वा अविवाहित। विवाहितलाई सम्झना हुन्छ, अविवाहितलाई त्यो अविष्मरणीय रात्रीको कल्पना हुन्छ जुन रात आफ्नो मनको राजकुमार या राजकुमारीसँग पहिलोपल्ट बित्नेछ। यसै रातबाट तपाईको जीवन नयाँ किसिमले अगाडि बढ्दछ। त्यो रात कति व्यक्तिका लागि सुखद रहन्छ भने कतिका लागि दु:खद। पुरुष मित्रहरुलाई लक्षित गरेर लेख्दै छु, महिला मित्रहरुले पनि पढ्न सक्नुहुन्छ।






भनिन्छ पहिलो प्रभाव नै अन्तिम प्रभाव हो (First Impression Is Last Impression) । सुहागरात त्यही पहिलो प्रभाव (Impression) छाड्ने रात हो जसको प्रभाव, स्मरण तपाईको जीवन साथीलाई जीवनभर रहन्छ। दाम्पत्य जीवनको सफलता र विफलतामा पनि यस रात्रिको महत्वपूर्ण योगदान रहेको हुन्छ। अधिकांश पुरुष मित्रहरुलाई यो लाग्ने गर्दछ की यस रात यौन सम्पर्क गर्नका लागि लाल मोहर लगाइएको समय हो। यसैले पनि प्राय यस रात्रिमा कुराकानी भन्दा पनि पहिला श्रीमतीको कपडा खोली लाठी चार्ज शुरु भै हाल्छ बलत्कारिक स्वरुपमा। अनि जब जोश, जाँगर बीर्यसँगै बाहिरिन्छ अनि लल्याकलुलुक भएर एकापल्टी पल्टेर केही बेरमै घुर्दछन्। कतिले त बर्सौको प्रतिक्षा पछि पाएको माल भनी त्यही रातमा ३-४ पटक पनि भ्याउँछन्। अनि कुमारीत्व परिक्षण गर्ने सुरमा कति श्रीमानहरु श्रीमतीको यौनांगमा घोचेर रगत चुहाउने प्रयास, परीक्षण पनि गर्दछन्। न श्रीमतीको इच्छा बुझिन्छ, न भावना, न पीडा, दु:ख नै बुझिन्छ। श्रीमतीको सम्मान त निकै परको कुरा हो।
सुहागरातको समयमा नव दुलहीको मानसिकता कस्तो हुन्छ ? घर, परिवार, मानिस सबै नै उनको लागि नौलो भइरहेको एकातर्फ हुन्छ भने अर्को आफ्नो बाबु, आमा, इष्टजनसँगको विछोडको पीडा। दीनभरको थकान त छदैँछ साथमा डर, संकोच अनि त्रास। उनको भावना यो हुन्छ कि आफ्नो जीवनमा पति बनेर आएको यस व्यक्तिले यो नयाँ परिवारमा उनलाई संरक्षण दियोस्, माया दियोस्, आत्मीयता दियोस्, अपनत्व दियोस्, उनको दु:ख बुझ्ने प्रयास गरोस्। उनको त्यहाँ आफ्नो भन्नु नै त त्यही नवदुलहा त हुन्छ नि जसको नातामा, आडमा नयाँ परिवारमा प्रवेश भएकी हुन्छिन्। जसको भरोसा गरेको हुन्छ उसैले आफूलाई लुट्दछ, बलात्कार गर्दछ भने कस्तो मानसिकता निर्माण होला जब पतिले उनलाई होइन उनको शरीरलाई प्रेम गर्दछ, उपभोग गर्दछ, अर्धांगिनी होइन केवल वासना मेटाउने मेशिन ठान्दछ।
अर्को कुरा पहिलो रात्रिमा नै दुलहीको दुलहासँग राम्रो हेलमेल, चीनापर्ची, कुराकानी भइसकेको हुँदैन, राम्ररी खुली सकेकी हुदिनन्। यस्तो अवस्थामा यौन सम्पर्कमा बराबरको सहभागीता जनाउन सक्तिनन् । हुन त अहिलेका युवतीलाई यौनका बारेमा थाहा नहुने त होइन, अश्लील सिनेमा हेरेर, भिडियो हेरेर, वेभ साइटबाट, पत्रपत्रिका पढेर, साथी संगीको अनुभव सुनेर धेरै यौनज्ञान पाइसकेका हुन्छन्। तर ती पाएको ज्ञानलाई पहिलो रात्रिमा प्रयोग गर्न सक्तैनन् किनकी पतिले उनलाई चालू केटी नठानोस्, अनुभवी नठानोस् भनेर। जब यस्तो मानसिकतामा दुलहालाई पूरा सहयोग गरिदैन तब केही समयको पेलाइ पछि पुरुष त झर्दछ अनि एकतर्फ पल्टन्छ। तर उनको अवस्था भने नाजूक हुन्छ। पतिले यौन भावना जागृत गराइदिन्छ, वासनाको आगो सल्काइदिन्छ तर निभाउन सक्दैन। न यो कुरा भन्न नै सक्दछिन् न त शान्त हुन सक्दछिन्। अनि यौन तड्पाइमा रात बिताउनु बाहेक विकल्प रहन्न जुन निकै पीडादायक हुन्छ।
कुमारीत्व परीक्षण गर्नु पत्नीको अविश्वास गर्नु नै हो। फेरी प्रथम सहवासमा योनीबाट रगत बग्नु र नबग्नु बाट कुमारीत्व प्रमाणित हुन सक्तैन भनेर त प्रमाणित नै भइसकेको छ। यसको आधारमा उनीमाथि लांछना लाउनु, अपमान गर्नु राम्रो होइन। यदि विगतमा कसैसँग त्यस्तो सम्बन्ध रहेको नै रहेछ भनेपनि त्यसलाई अन्जानमा, अपरिपक्व भएर, नबुझेर गरेको सम्झी क्षमा गर्नसक्नुपर्दछ। बरु यसकुरामा अझ शंका गर्ने, अपहेलना गर्ने भन्दा झन् बढी माया दिने प्रयास गर्नुपर्छ ताकि उनले विगतलाई बिर्सन सकुन्।
सुहागरातमा के गर्ने त ?
माथि नै भनिसकेको छु कि पहिलो रात नौलो ठाउँ, नयाँ घर, नौलो परिवार, नौलो व्यक्तिसँग बिताउनु अनि आफन्तहरुसँग विछोड हुँदाको समयमा नव दुलहीको मानसिकता कस्तो हुन्छ भनेर। कता कता डर, कता कता लाज, कता कता संकोच, भइरहेको हुन्छ। आफ्नो मान्छेको साथ खोजीरहेको हुन्छ एक अवला आत्माले। त्यहाँ आफन्त भन्नु नै त दुलहा हुन्छ। सुहाग रातमा प्रेम, अपनत्व, आत्मीयता प्रदर्शन गर्दै पतिपत्नी दुवैले एक अर्काको मन जीत्ने प्रयास गर्नु पर्दछ। नवदुलहीलाई कसरी आत्मीयता दिने भन्ने कुरा मेरा मित्रहरुलाई राम्ररी नै थाहा होला। मेरो विचार चाही यस्तो छ।
जब सुहागरातको रात्रिमा कोठामा प्रवेश गर्नुहुन्छ, त्यस समयमा सम्भव हुन्छ भने गुलाफको अथवा अन्य कुनै सुन्दर फूल पनि साथै लानुहोस्। कोठामा नवदुलही तपाइँकै प्रतीक्षामा हुन्छिन्। कोठामा प्रवेश गरेको संकेत दिनुहोस्। अनि भित्रबाट ढोकाको चुक्कुल लगाएर बिस्तारै उनीसामु जानुहोस्। प्राय नवदुलहीहरु घुम्टो ओढी लाजले आँखा झुकाइरहेका हुन्छन्। घुम्टो विस्तारै हटाएर उनको चिउँडोमा एक हातले समाइ उनको झुकेको शीरलाई विस्तारै माथि उठाउनुहोस् जसबाट आँखा आँखा जुध्न सकोस्। अनि आफूले ल्याएको फूल उनको हातमा दिँदै नयाँ घरमा, नयाँ परिवारमा, आफ्नो जीवनमा उनलाई हार्दिक स्वागत छ भनी दाम्पत्य जीवनको सफलताको लागि शुभकामना दिनुहोस्। अनि भन्नुहोस् कि -’समयले आज हामीलाई एकै ठाउँमा ल्याएको छ। तिमी र म एउटै भयौँ। मेरो सम्पूर्ण तिम्रो अनि तिम्रो मेरो भयो। मेरो जीवन तिम्रो अनि तिम्रो जीवन मेरो, मेरो परिवार तिम्रो अनि तिम्रो परिवार मेरो भएको छ। आफन्तसँग विछोडको जुन दु:ख अनुभव गरीरहेकी छौ त्यो मलाई पनि अनुभव भइरहेछ, आखिर तिम्रो बुबा, आमा, आफन्त मेरो पनि त आफ्नै हुनुहुन्छ। फेरी हामी चाढैँ नै उहाँहरुलाई भेट्न जानेछौँ। अब त झन् हाम्रो परिवार ठूलो भएको छ, आफन्तहरुको संख्या बढेको छ, यो परिवार पनि तिम्रो आफ्नै परिवार मान्नू, बुबा आमालाई आफ्नै बुबा अमा सम्झनू। तिमीलाई घरबाट प्राप्त हुने माया यहाँ पनि प्राप्त हुनेछ। म तिमीलाई आफ्नै आधाअंग मानी धेरै भन्दा धेरै माया दिने प्रयास गर्नेछु। मलाई नजीकको साथी सम्झनू। हरेक सुख, दु:खहरु हामी एक अर्कालाई बाढ्नेछौँ। पारस्परिक सहयोगबाट एक अर्काको न्यूनता पूरा गर्दै दाम्पत्य जीवनलाई सफल बनाउनु छ। केही समस्या आई परेमा बिना संकोच मसँग भन्नू, हामी दुवै मिलेर त्यसको समाधान तर्फ लाग्नेछौँ। ‘ आदि जस्ता कुराहरु गरेर उनलाई आत्मीयता, अपनत्व तथा प्रेम प्रर्दशन गर्नुहोस्। उनीसँग कुरा गर्दा भावनमा ठेस पुर्याउने शब्दहरु ननिकाल्नुहोस्। श्रीमतिलाई घरको देवी सझेर सम्मानको भावना राख्नुहोस्।
दुलहीको संकेत पाएमा पहिलो रातमा नै सम्भोग गर्न नसकिने होइन। तर सम्भोग पूर्व भविष्यका योजनाहरु बनाउनु पर्ने हुन्छ। सन्तान कहिले जन्माउने? केही बर्ष पछि हो भने अहिले कुन प्रकारको अस्थाइ परिवार नियोजनको साधन प्रयोग गर्ने? आदिबारे दुवैको सल्लाहपछीमात्र निर्णय गर्नु राम्रो हो। पहिलो रातमा नै यी कुराहरु खुलस्त हुन गार्‌हो हुनसक्छ, यसैले केही दिन पछि मात्र सम्भोग गर्नु राम्रो होला जस्तो मलाइ लाग्दछ। नवदम्पतिहरु एक अर्कामा हेलमेल हुन सकून् भनेर नै हाम्रो समाजमा विवाहको २-३ दिन पछि नै दुरान फर्काउने, हनिमुन मनाउने चलन चलेको होला, यात्राको क्रममा परिवारजनबाट टाढा रहँदा सहज होस् भनेर। समभोग भनेको नै बराबर भोग गर्नु हो। जब दम्पतिहरु एक अर्कामा खुलस्त हुन्छन् तब मात्र सम्भोग हुनसक्छ।
हुन त विवाहको उद्धेश्य वासना पूर्ति गर्नुमात्र होइन, यसभन्दा महत्वपूर्ण अरु धेरै छन्। निश्चय नै विवाहले समाजमा यौनजन्य अपराधहरुमा कमी ल्याउँछ, यौनवासना भड्कीनमा नियन्त्रण गर्दछ, वासनालाई निकास प्रदान गर्दछ। तर वासनामा नै लिप्त हुनु विवाहको उद्धेश्य होइन, बरु यौन सुख भोग्दै बिस्तारै बिस्तारै कालान्तरमा यस प्रति वैराग्यता उत्पन्न गर्नु हो
आमाले भनिन्–‘बाँच्न पैसा चाहिन्छ, पैसा भए न तेरो शरीरले खाना पाउँछ’
वैशाख २ गते काठमाडौं ।


माता अर्थात आमा भनेको छोराछोरीको भगवान हो । किनकि ९ महिनाको गर्भमा बोकेर पालन पोषण, स्यहारसुसार गर्ने सबै जिम्मेवारी पूर्ण मायामा साथ आमाले पूरा गर्छिन् ।
तर यहाँ एक आमाले आफ्नै छोरीको इज्जत लुटाएकी छिन् । कलियुगको समाजमा आमाले पैसाको लोभमा आफ्नै छोरी इज्जत लुटाएकी हुन् । भारतको महाराष्ट्रस्थित एक स्कुलमा भएको घटना हो यो ।
प्रहरीका अनुसार महाराष्ट्र स्थित १२ वर्षीय बालिकाको शौचालयमा आमाकै अगाडी बलात्कार भएको हो । पढ्न विद्यालय गएकी छोरीलाई भेटन् भन्दै विद्यालय पुगेकी आमाले शौचालयमा बोलाई १८ वर्षीय युवकको जिम्मा लगाएकी थिईन् ।
आफु पनि शौचालयमा बसिन् । युवकलाई सुम्पिएपछि छोरीले आमा आफुसँगै भएपछि प्रतिकार गरिनन् । आमाको आदेश अनुसार आफ्नो इज्जत लुटाईन् । उनले आमालाई यस्तो किन गरेको भनी सोध्दा ‘पैसा भए शरीर बाच्छ, पैसाका लागि शरीर बेच्नुपर्छ’ भनेकी थिईन् ।
यस्तो हर्कत गरेपछि उनकै आमाले उनलाई कसैलाई भने मारिदिने धम्की समेत दिईन् । तर ति बालिकाले हिम्मत जुटाएर प्रहरीमा उजुरी हालेकी छिन् । प्रहरीले ति बालिकाका दुबै दोषीलाई खोजी गरिरहेको छ । यो घटना प्रहरीमा पुगेपछि उनको इज्जत लुट्ने युवक र आमा फरार छन् । एजेन्सी
२०७२ बैशाख २ गते


योगी योगेन्द्र

संखुवासभा २ वैशाख।


खाँदबारीस्थित ढोलबाजेमा बुधबार दिउँसो जीप दुर्घटना हुदाँ वाना–८ की ५० वर्षीया कल्पना दर्नालको घटनस्थलमै मृत्यू भएको छ ।

 दुर्घटनामा १३ जना यात्रु घाइते भएका छन् ।

१४ जना यात्रु लिएर सदरमुकाम खाँदबारीबाट वानाका लागि छुटेको बोलेरो जीप तीव्र गतिका कारण दुर्घटनामा परेको संखुवासभा प्रहरीले जनाएको छ । घाइतेको खाँदबारी अस्पतालमा उपचार भईरहेको छ ।
२०७२ वैशाख २ गते

नयाँदिल्ली, २ वैशाख । विश्वकै चर्चित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चढेको विमान दुर्घटनामा परेको खबरहरु सार्वजनिक भएका छन् ।




हाल युरोप–उत्तर अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री मोदी चढेको विमानको इन्जिन विग्रिएर दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पेरिस यात्राका समयमा मोदी चढेको विमान विग्रिएपछि आकस्मिक अवतरण गरिएको थियो । खबर अनुसार विमान विग्रिएपनि प्रधानमन्त्री मोदी सकुशल छन् ।

विमान विग्रिएपछि बोइङ ७४७–४०० बाट मोदीको क्यानडा भ्रमण रद्द गरिएको छ । बोइङ ७४७–४०० को अहिले मर्मत गरिदैछ ।

विमान विग्रिएपछि प्रधानमन्त्री मोदीका लागि लागि एयर इन्डियाले अर्को विमान नयाँ दिल्लीबाट पठाएको छ ।

तयारी अवस्थामा राखिएको सो विमानका चालक दलका सदस्यहरुलाई पनि बर्लिन पठाइएको हो । अर्को विमान बर्लिन पुगे लगत्तै मोदी क्यानडाका लागि प्रस्थान गरेका छन् ।
२ बैसाख, काठमाडौं ।
४ वर्षमा स्वदेश फर्किएर पनि आफ्नै बाबु आमा तथा पत्निको भेट नपाएका एवं घरमा प्रवेश नपाएका पूर्वयुवराज पारस साहलाई स्वास्थ्य समस्या देखिएको छ । एक पटक हृदयघातका कारण मृत्युको मुखमा पुगेर फर्किएका पारस साहलाई पुनः स्वास्थ्यमा समस्या आएपछि उनका सहयोगीहरुले नर्भिक अस्पतालमा जाँच गराइरहेका छन् ।



४ वर्षमा घर फर्किँदा पनि आफ्नै घरमा पस्न नपाएका पारसलाई निराशा र तनावका कारण पुनः स्वास्थ्य समस्या देखिएको दरवार निकट श्रोतले नेपाली हेडलाइन्सालाई जानकारी दिएको छ । दरवारका एक पूर्व सुरक्षा अधिकारीले पारसले निरन्तर नर्भिकका चिकित्सकको निगरानीमा औषधी सेवन गरिरहेका छन् । निर्मल निवासमा प्रवेश नपाएका पारसलाई नभेटी पूर्व राजा ज्ञानेन्द्र पत्नि कोमलसहित भारत गएका छन् । पारस पत्नि हिमानी पनि पतिसँग एक पटक पनि नभेटी भारत गएकी छिन् । छोराको उद्दण्ड विगतका कारण तनावमा रहेका ज्ञानेन्द्रले स्वेदश फर्किएपनि दरवार प्रवेशको अनुमति नदिएपछि पारस धुम्बाराइस्थित कुण्डलिनी भवनमा बसिरहेका छन् । पारसका छोरा छोरी भने उनलाई भेट्न कुण्डलिनी पुग्ने गरेको र बाबुलाई मायाँ देखाउने गरेको ती अधिकारीले पुष्टी गरे ।

सुधार गृहमा राख्ने तयारी पर सर्‍यो

पारस साहलाई दरवार प्रवेशका लागि कठोर शर्त राखेका पूर्व राजा ज्ञानेन्द्रले पारसलाई केही समय सुधार गृहमा राख्न चाहेका छन् । तर पारस साह भने सुधारगृहममा बस्न तयार छैनन् । बाबुका शर्त मान्न तयार नभएका पारसलाई दरवास पस्नका लागि समेत समस्या भैरहेको छ । उनलाई स्वास्थ्य समस्या देखिएपछि झनै तनाव बढेको छ । तनाव र स्वास्थ्य कमजोरीका कारण पारसमा उदासिनता समेत बढेको ती अधिकारीले बताए । राजतन्त्र गुमेपछि पारसको पारिवारिक सम्बन्ध विग्रेको मात्र होइन पत्नि हिमानीसँग समेत समस्या भएको थियो । बाबुसँग खुलेर झगडा गर्न पनि नसक्ने तर भनेको मान्न पनि नसक्ने पारस त्यसपछि सिंगापुर हुँदै थाइल्याण्ड गए र त्यहाँ दुर्ब्यसनीको स्तरमै पुगे । उनी त्यहाँ गाँजा सहित पक्राउ परे र जेल समेत गए ।


ज्योतिषको सल्लाह

काठमाडौं आएर पनि घरमा छिर्न नपाएका पारस साह मन्दिरहरुमा पुजा गरे । श्रोतका अनुसार दरवारका ज्योतिष र पुरोहितले पारसलाई घरमा प्रवेश गराउन अहिले उपयुक्त समय नभएको बताएपछि खराव ग्रह कटाउनका लागि पारस मन्दिरमा स्वस्ति शान्ति गराउँदै हिँडेका हुन् । पूर्वराजाले आफ्नो विग्रिएको छोरोलाई छवि सुधार गर्न कम्तिमा १ महिनाको अवधि दिएका छन् । उनले पारसलाई मुख्यगरी ४ शर्त राखेको दरवारनिकट ती पूर्व सुरक्षा अधिकारीको भनाइ छ
२ वैशाख, काठमाडौं । आफुलाई अलकायदाको सदस्य भन्दै अमेरिकाकी राष्ट्रपतिको निवास ह्वाइट हाउसमा बम पड्काउने चेतावनी दिने दुई नेपाली अमेरिकामा पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरु २८ वर्षीय गुरु धिमाल र ६७ वर्षीय भगिरथ कोइराला रहेको प्रहरीलाई उदृत गर्दै स्थानीय न्यूज नेट फाइभले जनाएको छ ।
घटनाअनुसार गत शुक्रबार गुरु धिमालले अमेरिकाको इर्मेजेन्सी नम्बर ९११ मा फोन गरी आफू अलकायदाको सदस्य भएको बताएका थिए ।
‘गुरु धिमाल अलकायदाको सदस्य हुँ’ प्रहरीले सार्वजनिक गरेको फोन सम्बादमा उनले भनेका छन्, ‘हामीले ह्वाइट हाउसमा बम बिष्फोट गराउने तयारी गरिरहेका छौं ।’
बम तिमीहरुसँगै छ भनेर सोध्दा उनले आफुसँग बम नरहेपनि न्यूयोर्कमा रहेका आफ्ना साथीहरुसँग बम रहेको उनले बताएका छन् । उनले मे १ तारिखमा वासिङ्टनमा बम पड्काउने तयारी भइरहेको बताए । आफू ओहायो क्लिभल्याण्ड नजिकै बसमा यात्रा गरिरहेका जानकारी दिँदै उनले फोन अपरेटरलाई बस नम्बरसमेत टिपाए ।
त्यसपछि सुरक्षा निकायले उनी चढेको बस ट्रयाक गर्दै सवैतिर सर्तकताका लागि सूचना प्रवाह गरे । प्रहरीले धिमाल सवार बसमा खानतलासी गर्‍यो, तर त्यहाँ कुनै बम फेला परेन ।
आतंक फैलाएको अभियोगमा प्रहरीले धिमाल र उनका काका पर्ने भगिरथ कोइरालालाई पक्राउ गरेको छ । गत सोमबार अदालतमा पेश गरिएका उनीहरुलाई रिहाईका लागि २५ हजार डलर धरौटी माग गरिएको छ । अन्तिम सुनुवाई भने अप्रिल २१ तारिखमा हुँदैछ ।
धिमाल र कोइरालाका आफन्तहरुले भने उनीहरु यसअघि कहिले पनि त्यस्तो गतिबिधिमा लागेको आफूलाई थाहा नभएको बताएका छन् । धिमालको मानसिक अबस्थाबारे परिक्षण हुने बताइएको छ ।
www.onlinekhabar.com
२ बैसाख, बागलुङ ।
विजयको उत्साहबीच चम्पादेवी खड्काको पीडा केही मत्थर त बनेको छ, तर पूरै हटेको छैन । पति वियोगको कठिन घडीमा साहसका साथ निर्वाचनमा होमिएर विजय प्राप्त गर्नु सजिलो थिएन । खड्काको आँट र धैर्यताले उहाँलाई सफल सिद्ध गरिदिएको छ । स्व सभासद् हरिबहादुर खड्कालाई झैँ उनलाई पनि लोकप्रिय मत प्राप्त भएको छ ।

संविधानसभामा विजयी बनेर गएका पतिको निधनले खड्काको जीवनमा अभिभारामात्रै थपेको छैन, एउटा दुर्लभ अवसरकासामु उभ्याएको छ । स्व पतिको राजनीतिक यात्रा र अनुभवकी साक्षी चम्पादेवीलाई युगले नचाहेर पनि राजनीतिक मैदानमा उतारेको छ ।

संविधानसभामा वर्ष दिनको कार्यकाल बिताएर सभासद् हरिबहादुर खड्का अस्ताएपछि नेपाली काँग्रेसलाई मात्र सङ्कट आइलागेन । गाउँमा बस्ने मतदातालाई त्यति नै अभाव खट्कियो, हरिबहादुरको जसका लागि खड्काले विकास कार्यक्रम र योजना ल्याउन खोजेका थिए ।



आज, उनका योजना, सपना पूरा गर्ने जिम्मेवारी चम्पादेवी खड्काको काँधमा आएको छ । बागलुङ क्षेत्र नं १ का मतदाताको विश्वास र भरोसा कायमै राख्नुपर्ने चुनौती खड्कासामु छ । “मैले मत माग्दा कुनै आश्वासन पनि दिएकी छैन, मतदाताले पनि केही माग्नुभएको छैन, मेरो पतिले सुरु गर्नुभएका अधुरा काम पूरा गर्नुछ, सपना पूरा गर्नुछ”, खड्काले भनिन् ।

खड्काले पतिले डायरीमा सङ्कलन गरेका माग, योजना र कार्यक्रम हेरेर अघि बढ्ने बताइन् । “उहाँ जताइन्हाँजहाँ जानुहुन्थ्यो, त्यहाँका जनताको माग र आवश्यकता के छ, त्यो डायरीमा टिपेर आउनुहुन्थ्यो, त्यस्ता डायरी धेरै छन्, सबै मैले हेरेकी छु”, खड्काले भन्नुभयो, “त्यसैअनुसार म अघि बढ्नेछु, विकास निर्माणको काम भइदिए हुन्थ्यो भन्ने धेरैको माग छ ।”

बिजुली, सडक, विद्यालय भवन, महिला भवन, पुल, स्वास्थ्यचौकी, खानेपानीजस्ता क्षेत्रमा मतदाताको माग बढिरहेको उहाँको भनाइ छ । महिना दिनसम्मको चुनावी अभियानका क्रममा प्रायः सबै मतदाताले विकास निर्माणका योजना ल्याउन माग गरेका थिए । विकास निर्माणका कामसँगै संविधान निर्माणमा प्रभावकारी भूमिका खेल्ने खड्काले भनिन् ।

“संविधानसभाबाट संविधान लेख्ने प्रक्रियामा सहभागी हुन पाउँदा खुसी लागेको छ, आफूले सक्दो भूमिका संविधान निर्माणमा खेल्नेछु”, खड्काले भनिन्, “म एकल महिला पनि भएकाले एकल महिला र समग्र महिलाको पक्षमा काम गर्नेछु, हकअधिकार रक्षाका लागि लड्नेछु ।” उहाँले महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित, पछाडि पारिएका वर्ग र समुदायका पक्षमा काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिन् ।

खड्काले आफ्नो विजय सबै नेपाली महिलाको विजय भएकोसमेत उल्लेख गरिन् । विसं २०२१ असोजमा जिल्लाको पैँयुपाटा गाविसमा जन्मनु भएकी खड्काले २०३८ सालमा स्व हरिबहादुर खड्कासँग विवाह गरेकी थिइन् ।

विसं २०३७ को प्रवेशिका परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण खड्काका दुई छोरा एक बुहारी अहिले साथमा छन् । बुबा पदमबहादुर रोका र आमा मीनकुमारी रोकाकी जेठी छोरीका रुपमा जन्मनुभएकी खड्का १७ हजार १५४ मत लिएर संविधानसभा सदस्यमा निर्वाचित भएकी हुन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की मनकुमारी केसीले १५ हजार ६८ मत प्राप्त गरिन् ।

बागलुङ क्षेत्र नं १ का सभासद् हरिबहादुर खड्काको गत मङ्सीरमा सडक दुर्घटनामा परी निधन भएपछि गएको शनिबार यहाँ उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा नेपाली काँग्रेसले स्व खड्काकी पत्नी चम्पादेवीलाई उम्मेदवार बनाएको थियो । रासस
२ बैसाख, एजेन्सी ।
जापानको हिरोसिमामा एक जहाज दुर्घटनाबाट बँचेको छ । नेपालको त्रिभुवन विमानस्थलमा टर्किस विमान सेवाको विमान चिप्लिएकै शैलीमा चिप्लिएपनि ठूलो दुर्घटना हुन नपाएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।



दक्षिण कोरियाको एसियाना एयरको विमान हिरोसिमा विमानस्थलको धावनमार्गमा चिप्लिएको समाचारमा जनाइएको छ ।

दक्षिण कोरियाको इन्चोनबाट हिरोसिमा आएको उक्त जहाजमा ७४ जना यात्रु सवार थिए । विमान अवतरण गर्न खोज्दा चिप्लिएको बताइएको छ ।

घटनामा २० यात्रु घाइते भएका छन् भने विमानस्थल बन्द गरिएको छ ।
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home