• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाण्डु, १८ वैशाख–एमाओेवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाण्डुको कीर्तिपुरस्थित भूकम्प प्रभावित क्षेत्रको अवलोकन भ्रमण गरेका छन् ।

वरिष्ठ नेता बाबुराम भट्टराई र नेता जनार्दन शर्मासहित केही कार्यकर्ताका साथ प्रचण्ड शुक्रबार बिहानै कीर्तिपुर पुगेका थिए ।

उनले भूकम्पबाट अतिप्रभावित कीर्तिपुर १४ र १५ नम्बर वडाका सर्वसाधारणसँग साक्षात्कारसमेत गरेको स्वकीय सचिव चुडामणि खड्काले जाकनारी दिए । खड्काका अनुसार भूकम्प प्रभावितले सरकारी राहत नपाएको भन्दै पहल गरिदिन प्रचण्डलाई आग्रह गरेका थिए ।

जवाफमा उनले प्रमुख विपक्षीको हैसियतमा पटकपटक ध्यानाकर्षण गराउँदासमेत सरकार गम्भीर नभएको बताए । अझैसम्म सरकारसँगको समन्यवमा राहतको काम गर्न चाहेको भन्दै उनले सरकार गम्भीर नभए आफूहरु नयाँ ढंगले अघि बढ्ने उल्लेख गरे ।

‘साधन श्रोत, जनशक्ति र राज्यको ढुकुटी सरकारसँग छ’, प्रचण्डको भनाइ उद्धृत गर्दै खड्काले भने, ‘यस्तो बेलामा सरकारले आफ्नो उपस्थिति देखाउनुपर्नेमा हामीले पटकपटक ध्याकनाकर्षण गराउँदासमेत गम्भीरता देखिएको छैन ।’ उनले राहत तथा उद्धारमा आफ्ना कार्यकर्तासमेत परिचालित भएको जानकारी गराए ।

सिंगो मुलुक शोकमा रहेको भन्दै धैर्यधारण गर्न उनको आग्रह थियो । प्रचण्ड दोश्रो संविधानसभा निर्वाचनमा काठमाण्डु १० मा पर्ने कीर्तिपुर क्षेत्रबाटै पराजित भएका थिए ।
kathmandutoday.com
काठमाडौं, वैशाख १८– अभिनेत्री श्वेता खड्काले अमेरिकामा रिलिज हुन गइरहेको कोहिनुर चलचित्रबाट उठेको जतिपनि रकम भूकम्पपीडितलाई सहयोग गर्ने बताएकी छन् । हाल उपचारका लागि अमेरिकामा रहेकी खड्काले फेसबुकमार्फत यस्तो जानकारी दिएकी हुन् ।
पति श्रीकृष्ण श्रेष्ठको निधनपछिको पीडाबाट बल्ल–बल्ल आफूलाई सम्हाल्न सकेको थिएँ, तर फेरि आज एक्कासी सबै नेपालीमा आएको विपत्तिले टालिएको मन च्यातिदिएको श्वेताले फेसबुकमार्फत बताएकी छन् । म साह्रै मर्माहत बनेकी छु । अमेरिकामै उपचार गरिरहेकी श्वेताले फेसबुकमार्फत भनेकी छन्, ‘भूकम्प पीडित नेपालीका लागि केही नहोस् भनेर प्रार्थना गरिरहेकी छु ।’ सबै जनतालाई तेरो मेरो परिवार नभनि सबै हाम्रो
रगत हुन्, हाम्रो आमा एउटै हुन्, धर्तीलाई सम्झेर आ–आफ्नो ठाउँबाट सहयोग गर्न अनुरोध गरेकी छन् । मैले मेरो ठाउँबाट सक्ने सहयोग गर्छु भन्दै श्वताले भनिन्, ‘मलाई तपाईंहरुले सम्झाउनुहुन्थ्यो, नानाी जे भयो सबै बिर्सेर अगाडि बढ भनेर । आज म तपाईंहरुलाई त्यही भन्न चाहन्छु । मैले तपाईंहरको पीडालाई महसुस गरेको छु । कृपया हात जोड्छु कत्तिपनि नआत्तिनुस् सब ठीक हुन्छ ।’ उपचारपछि म नेपाल फर्केर हजुरहरुसँग दुख साट्न र सेवा गर्न गाउँ–गाउँ आउँछु । उनले यो विपत्तिमा सबैलाई सहयोग जुटाउन हृदयदेखि नै आग्रह गरेकी छन् । www.ratopati.com
के तपाई सानोसानो कुरा भुल्नुहुन्छ ? कहिल्यै यस्तो भएको छ कि कुनै जरुरी काम नै भुलिएको होस । जसको बिर्सने बानी हुन्छ र पछि कुनै कुरा याद आएमा ओ हो यस्तो जरुरी कुरा भुलेछु भन्ने लाग्छ ? यहाँ यस्तै दिमागको लागि छाहिने महत्वपूर्ण खानाको बारेमा चर्चा हुदैछ जुन खानाले तपाई अल्जाइमरबाट टाढा रहनुहुन्छ साथै दिमागको तागत पनि बढाउछ ।


गोलभेडा
गोलभेडामा प्रोटिन, भिटामिन पाइन्छ । यसमा कार्ब्रोहाईड्रेडको मात्रा कम हुन्छ । गोलभेडामा लाइकोपीन हुन्छ जसले शरीरको फ्रि रेडिकल्सको रक्षा गर्छ र साथमा दिमागको सेल्सलाई बिग्रनबाट बचाउछ र दिमाग स्वस्थ बनाउछ ।

जैतुन
जैतु केबल तपाईको शरीरको लागि नभइ अनुहारको लागि पनि लाभदायक हुन्छ । जैतुनमा धेरैमा मात्रामा फ्याट पाइन्छ । जसले कुनै पनि कुरा सम्झिन सहयोग गर्छ । अर्थात सम्झने शक्ति बढाउछ ।



दही
दहीमा क्याल्सियम, प्रोटिन, कार्बोहाइड्रेड, खनिज, लबण र फोस्फोरस पर्याप्त मात्रामा पाइन्छ । दहीको नियमित सेवनले सम्झने शक्ति बढाउछ । यसमा अमिनो एसिड पाइन्छ जसले दिमागी तनावलाई भगाउन मद्दत गर्छ ।

जाईफल
जाईफल विशेष स्वादको लागि हामी बढी प्रयोग गर्छौं । तर यसमा यस्तो तत्व हुन्छ जसले दिमागलाई स्वस्थ राख्न मद्दत गर्दछ । जसले सम्झिने शक्तिलाई बढाउछ ।



तुलसी
हिन्दु धर्ममा तुलसीलाई देवीको रुप मानिन्छ । यसको उपयोग मसलाको रुपमा पनि हुने गर्छ । यसलाई कयौं रोगको औषधी को रुपमा प्रयोग गरिन्छ । दिनहुँ २-४ पत्ताको सेवनले बिर्सने रोगबाट पनि छुट्कारा पाउन सकिन्छ ।


बेसार
बेसार दिमागको लागि महत्वपूर्ण औषधी हो । यसले खानामा स्वाद ल्याउनुहो साथसाथै दिमागलाई पनि स्वस्थ राख्न सहयोग गर्दछ । यसको नियमित सेवनले अल्जाइमर रोग लाग्न सक्दैन ।

मरिच
कालो मरिचमा पेपरिन नामको रसायन पाइन्छ । यो रसायनले दिमागको कोशिकालाई आराम राख्न मद्दत गर्दछ । डिप्रेशनलाई यसले जादुको काम गर्ने बताइन्छ ।



दालचिनी
अल्जाइमरको लागि दालचिनी एक महत्वपुर्ण औषधी हो । यसको नियमित सेवनले सम्झिने शक्ति बढ्छ र दिमाग स्वस्थ रहन्छ ।
भारी मन बोकेर म यो लेख्दैछु, हाम्रो देशको रक्षा गर्ने र मेरो जीवनसँग प्रत्यक्ष जोडिएका त्यस देशका जनता अहिले शोकमा छन् । दुई सय वर्षदेखि बेलायतमा गोर्खालीहरुले योगदान गर्दै आएका छन् । मेरो आफ्नै बाबुले १८ वर्षसम्म गोर्खा राईफल्समा सेवा गरे ।
नेपाली सैनिकसँग काँधमा काँध मिलाएर उनी लामो समय लडे । गोर्खा सैनिकहरुले बेलायतलाई दोस्रो विश्वयुद्धमा सहयोग गरे र अहिले पनि सहयोग गरिरहेका छन् । अहिले त्यही गोर्खाहरुको देश मृत्युको शोकमा पर्दा मलाई निकै पीडा महसुस भएको छ । बाँचिरहेका व्यक्तिहरु चरम गरिबिमा छन् भन्ने सुन्दा अझै पीडा भइरहेको छ । दैनिक जीवन सञ्चालनका लागि उनीहरु संघर्ष गरिरहेका छन् । यो भूकम्प पछिल्लो ८० वर्षपछिको ठूलो महाभूकम्प हो । यस भूकम्पले उनीहरुसँग भएको थोरै कुरा पनि खोसेर लगेको छ । आमाहरुले छोराछोरी गुमाएका छन्, श्रीमान्हरुले श्रीमती र मृतकहरुको संख्या यसरी नै बढिरहेको छ । तपाईहरुले यो पढ्दै गर्दा शनिबार गएको भूकम्पबाट पीडित भएकाहरु राहतको खोजीमा छट्पटाइरहेका छन् । उपत्यका बाहिर रहेका धेरै गाँउहरुमा धेरै च्यापिएका छन्, किचिएका र थिचिएका छन् । पहिरोले पुरिएका छन् र घाइतेहरु जीवन जोगाउन उपचारको आशामा प्रतिक्षारत छन् । भूकम्प केवल ६० सेकेन्ड मात्रै गयो । तर, त्यसको प्रभाव लामो समयसम्म रहनेछ । नेपालीहरुलाई अहिले हाम्रो सहयोग आवश्यक छ । म नेपालको भूकम्प पीडितहरुको समर्थनमा सहयोग जुटाइरहेको छु किनकि हामीले संकलन गरेको सहयोग रकम नेपाली दाजुभाईलाई उद्धार गर्न खटिरहेका बेलायती नियोगहरुले प्राप्त गर्नेछन् । उनीहरुलाई तत्कालै प्रभावकारी ढंगबाट उद्धार गर्न यो सहयोगले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । चन्दा रकम सोझै घाइतेको उपचार, घरबारविहिनलाई बसोबास र पानी, खाद्यान्न र अन्य आवश्यक सामाग्री उपलब्ध गराउनका लागि जानेछ । उनीहरुले सबै गुमाएका छन्, धेरै पीडामा परेकाहरुको जीवन रक्षार्थ सहयोग दिइनेछ, यसमा बालबच्चा, जेष्ठ नागरिक र अपाङगहरु समेत पर्नेछन् । नेपालका बहादूर जनतालाई तत्कालै हाम्रो साथ चाहिएको छ र यसलाई उनीहरु हार्दिकतापूर्वक स्विकार्नेछन् । ५ पाउन्डले एक परिवारलाई एक दिनसम्म पाल्न सक्नेछ, १० पाउन्डबाट दुईसातासम्म दुई परिवारलाई शुद्ध पानी उपलब्ध गराउन सकिनेछ, २० पाउन्डले ५ परिवारलाई तत्कालै बस्नका लागि टेन्टको व्यवस्था गर्न सकिनेछ । त्यसैले यस अपिललाई गम्भिरतापूर्वक लिनुभयो भने हाम्रो सहयोगको आशामा प्रतिक्षारत थुप्रैसामू राहत पुग्नेछ । तपाईहरु सबैलाई हृदयदेखि नै धन्यवाद् छ । मलाई नेपाली समूदायप्रति सहयोग गर्नका लागि अग्रसर हुनँ पाउँदा निकै गर्व लागेको छ । (अभिनेत्री लुम्लेले सञ्चालन गरेको अभियानबाट सुरुवाती २४ घण्टाभित्र झन्डै ३ अर्ब नेपाली रुपैँया संकलन भएको थियो ।
काठमाण्डु, १७ वैशाख  भूगर्भविद्हरुले गत शनिबार अपराह्नको भूकम्पपछि त्यत्ति नै शक्तिशाली भूकम्प अब जान नसक्ने अनुमान गरेका छन् ।
सानातिना भूकम्प आउन सक्ने तर यसले खासै असर नगर्ने उहाँहरुको मत छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०द्वारा आज यहाँ आयोजित कार्यक्रममा ज्वालामुखी फुट्ने सम्भावना नरहेको विज्ञहरुले जानकारी दिए ।
नास्टका सहप्राज्ञ डा रञ्जनकुमार दाहालले नास्टले अन्तर्राष्ट्रिय भूगर्भविद्को समन्वयमा भूकम्पबारे अध्ययन गरिरहेको जानकारी दिनुभयो । राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय भूगर्भविद्का अध्ययनमा शनिबार अपराह्न गएको भूकम्पजतिको रेक्टर स्केलको भूकम्प जान नसक्ने अनुमान भएको उनले जानकारी दिए ।
सहप्राज्ञ दाहालले ढुक्कसित घरभित्र नबस्न र सचेत रहन पनि आग्रह गर्नुभयो । भूकम्पले घिचिक घिचिक पार्नसक्छ यस्तो अवस्थामा नआत्तिई बस्न उहाँले सुझाव दिए ।
चर्केको घरमा नबस्न, सकेसम्म घरको तल्लो तलामा बस्न, राति सुत्दा निर्धक्क रुपमा ननिदाउन सहप्रध्यापक दाहालले सुझाव दिए।
भूकम्पपछि सानातिना पहिरा जानसक्ने हुँदा चर्किएका ठाउँमा नजान सुझाव दिँदै उहाँले भूकम्पपछि ज्वालामुखी फड्किने सम्भावना नरहेको स्पष्ट पारे।
अर्का विज्ञ प्राडा विशालनाथ उप्रेतीले साना भूकम्पको सम्भावना जारी रहे पनि ठूला भूकम्पको सम्भावना नरहेको बताए । उनका अनुसार भूकम्पपछि ज्वालामुखी आउने कुरा हल्ला मात्र हो ।
चिकित्सक वासुदेव पाण्डेले भूकम्पपछि महामारी आउनसक्ने सम्भावना रहेको हुँदा खाना र पानीमा ध्यान दिन सुझाव दिनुभयो । उहाँले पानीका कारण पखाला, टाइफाइड, छालाका रोग आउनसक्ने हुँदा पानी उमालेर पिउन र खाना खानुअघि हात धुन सुझाव दिए।
चिकित्सक पाण्डेले चौपायालाई गहिरो खाडल बनाई पुर्न र पुरिसेकपछि स्प्रे छर्न सुझाव दिए ।
सूक्ष्म जीवविज्ञान विज्ञ अञ्जना सिंहले सकेसम्म दिसापिसाब चर्पीभित्र गर्न यस्तो सम्भावना नरहे दिसापिसाब गरेपछि माटोले पुर्न सुझाव दिए । उनले पानी र खानाका कारण रोग आउने हुँदा ती दुई वस्तुमा विशेष ध्यान दिनुपर्छ भने। रासस
kathmandutoday.com
१७ वैशाख, काठमाडौं । ‘पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ, आँधी आओस् तराईमा पहाडले छेक्नुपर्छ’ भन्ने सत्यराज आचार्यको स्वरमा सुसज्जित गीतजस्तै यतिबेला पहाडका भूकम्प पीडितलाई सहयोग गर्न तराई मधेसले हात बढाएको छ ।
बिहीबार मात्रै मोरङका उद्योगी-व्यवसायीको टोली करिब २५ सय मेट्रिक टन खाद्य सामाग्री बोकेर काभ्रेपलान्चोकतर्फ लागेको मोरङ उद्योग संगठनका अध्यक्ष शिवशंकर अग्रवालले अनलाइनखबरलार्इ  जानकारी दिए ।
‘काभ्रेपलाञ्चोकका एक हजार परिवारलार्इ पुग्ने सम्पूर्ण खाद्य सामाग्री पठाएका छाैं” अग्रवालले भने । संगठनले काठमाडाैंबाट ३० वटा बसमा भूकम्प पिडितलार्इ निशुल्क बिराटनगरसम्म लगेको थियो ।
खाद्यान्न उत्पादनका दृष्टिले पहाड भन्दा तराई मधेस सम्वृद्ध छ । नेपालका अधिकांश खाद्य उद्योगहरु तराईमा छन् । पहाडमा जाने चाहमल लगायतका खाद्य सामाग्रीको स्रोत पनि तराई नै हो ।
बिराटनगरमा चामल, चिउरा, बिष्कुट, चाउचाउ, पीठोलगायत उत्पादन गर्ने डेढ सय बढी उद्योगहरु सञ्चालनमा छन् । महाविपत्तिमा खाद्यान्नको संकट नहोस् भनेरै आफूहरुले खाद्यान्न उद्योग बन्द नगरी सञ्चालन गरिरहेको गोल्छा अर्गनाइजेसनका उपाध्यक्ष दिवाकर गोल्छाले अनलाइनखबरलाई बताए ।
काठमाडौंका केही व्यवसायीहरु गोदाम बन्द गरेर बेपत्ता भएपछि काठमाडौंका धेरै पसलहरु बन्द छन् । यसले गर्दा भूकम्पपीडित क्षेत्रमा खाद्य संकट हुन सक्ने त्रास फैलिएको छ । तर, मुलुकभर खाद्यान्न संकट हुन नदिन आफूहरु प्रतिवद्ध रहेको गोल्छाले बताए ।
अहिले तराईका उद्योगहरुले पहाडमा सहजै खाद्यान्न आपूर्ति गर्नुपर्ने राष्ट्रिय आवश्यकता बनेको छ । नेपालका ९५ प्रतिशत उद्योगहरु तराईमै छन् । अन्य पहाडी जिल्लामा महाभूकम्पले केही असर गरे पनि अधिकांश तराईको अवस्था यतिबेला सामान्य नै छ ।
दुगड ग्रुप पनि सक्रिय
भूकम्पले प्रभावित पहाडी जिल्लाहरुमा खाद्यान्नको संकट हुन थालेपछि तराईबाट सहयोग जुट्ने क्रम सुरु भएको छ । दुगड समूहले धादिङ, दोलखा र ललितपुरको लेलेलगायतका ठाउँहरुमा त्रिपाल, विष्कुट, औषधि, चाउचाउ, दाल, चामल लगायतका खाद्यान्न सामाग्री वितरण गरिरहेको छ ।
केएल दुगड समुहका प्रवन्ध निर्देशक कुमुद दुगडले कालोबजार रोक्न सरकार र उद्योगी व्यवसायी दुबै पक्ष चनाखो हुनुपर्ने बताएका छन् । दुगडले वीरगञ्ज र नेपालगञ्जमा खाद्य उद्योग सञ्चालन गरिरहेका छन् ।
‘खाद्य संकट हुन नदिने सरकारी कमिटीमा म पनि सदस्य छु, कालोबजारी हुन नदिन सरकार र व्यवसायी सक्रिय हुनुपर्ने मैले सुझाव दिएको छु’ उनले भने- ‘मैले आफ्ना उद्योगहरु सञ्चालन गरिरहेको छु ।’
खाद्य संकट र कालोबजारी हुन नदिन आफ्नो गोदाम खोलिएको उनले बताए । ‘खाद्य सामाग्रीको अभाव छैन, हामीसँग पर्याप्त स्टक छ, हामी खाद्य संकट हुन दिँदैनौं ।’ दुगडले भने ।
रुपन्देही र नवलपरासीका उद्योग सुचारु
अनलाइनखबर सहकर्मी सलमान खानका अनुसार खाद्य वस्तुको अभाव हुन नदिन रुपन्देहीका उद्योगीहरुलाई आ-आफ्नो उद्योगहरु सञ्चालन गर्न उद्योग वाणिज्य संघले आग्रह गरेको छ ।
संघका अध्यक्ष रामकुमार शर्माले रुपन्देहीमा चामल उत्पादन गर्ने उद्योगीहरुले भारतबाट समेत चामल आयत गर्ने भएकाले मुलुकमा चामलको अभाव नहुने बताए ।
भूकम्पले उद्योगमा क्षति नपुगेका कारण आफूले उद्योग सञ्चालन गरिरहेको रुपन्देहीे करैहिया ३ सिद्धार्थ राइस मिल प्रालिका सञ्चालक चन्द्रमान श्रेष्ठले जानकारी दिए ।
त्यस्तै टिकुलीगढ ५ मा रहेको चौधरी फुड प्रोडक्टका सञ्चालक शन्तकुमार चौधरीले आफ्नो उद्योगको वस्तु (दालमोठ) उत्पादन गर्ने क्षमता दैनिक १५ क्विन्टल रहे पनि खराब मौसमका कारण दैनिक करिब ७ क्विन्टल मात्र उत्पादन भइरहेको बताए । तर, भूकम्पले पहाड क्षेत्रका उद्योगहरुको उत्पादन बन्द रहे पनि आफूहरुले सोको आपूर्ति गर्न सक्ने चौधरीले बताए ।
रुपन्देहीमा मात्रै खाद्य वस्तुमा आधारित (चाउचाउ, विस्कुटलगायत उत्पादन गर्ने) ४ सय ११ उद्योग छन् । त्यस्तै, चामल, चिउरालगायत उत्पादन गर्ने ९ सय ७७ उद्योग छन् ।
त्यसैगरी, नवलपरासीमा रहेको विनोद चौधरीको उद्योग पनि सञ्चालनमै छ । चौधरी समूहले भूकम्प पीडितलाई पाँच लाख प्याकेट चाउचाउ राहत दिएको छ ।
निजी क्षेत्रका दुई ठूला छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सले मंगलबार नै सबै उद्योगी व्यवसायीलाई आ-आफ्ना उद्योग सञ्चालन गर्न संयुक्तरुपमा आग्रह गरेका थिए । महासंघले भूकम्प पीडितलाई १० करोड रुपैयाँ राहतको घोषणा नै गरिसकेको छ ।
तर, यस्तो विपत्तिको घडीमा उपभोक्तालाई सहज आपूर्ति गर्नुको साटो कतिपय व्यापारीहरुले कृत्रिम अभाव सिर्जना गरी महंगोमा बिक्री गरिरहेका छन् । त्यस्ता व्यवसायीहरुलाई प्रहरीले पक्राउ गरिरहेको छ ।

दोलखा, १७ वैशाख- प्रहरी सहायक निरीक्षकसहित ११ जनाको टोली पाँच दिनदेखि सम्पर्कविहीन भएपछि जिल्ला प्रहरी कार्यालय दोलखाले दैवी उद्धार समितिसँग खोजी गरिदिन आग्रह गरेको छ ।
चिलङ्खा र खोपाचागु गाविसका बीचमा रहेको साँवा बजारमा रहेको अस्थायी प्रहरीमा कार्यरत तिनको अवस्था अज्ञात रहेको हो । शनिबार बिहान ११ बजेसम्म नियमित सम्पर्क भएको त्यसपछि हालसम्म प्रहरी नै सम्पर्कमा नआएपछि सो क्षेत्रका अवस्थासमेत स्थानीय प्रशासनले बुझ्न नसकेको जनाइएको छ ।
kathmandutoday.com
काठमाडौं : लम्जुङलाई केन्द्रबिन्दु बनाएर बिहीबार बिहान फेरि भूकम्प गएको छ । बिहान ६ बजेको समयमा गएको ४.२ म्याग्निच्यूटको भूकम्पको धक्का लम्जुङ र गोरखासहितका जिल्लामा महसुस भएको हो ।

लम्जुङबाट ३५ किलोमिटर दक्षिण पूर्वीक्षेत्रमा सो भूकम्प गएको अमेरिकन भूगर्भ मापन केन्द्रले पुष्टि गरेको छ ।

भूकम्प कम शक्तिशाली भएकाले मानवीय तथा भौतिक क्षति भएको छैन । भूकम्पको धक्का महसुस भएपछि गोरखाका भूकम्प पीडितहरु घरबाहिर निस्केका छन् ।

भूकम्पको धक्का महसुस भएपछि घर बाहिर निस्केका सर्वसाधरणको पानीले बिचल्ली भएको छ । बुधबार रातिबाट परेको पानीले घर गुमाएर त्रिपाल र खुला आकाशमुनि बसेका भूकम्प पीडितको झनै बिजोग भएको छ ।
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home