• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
नायिका एवं मोडल जिया खानको मृत्युको विषयमा कलाकार आदित्य पञ्चोली र उनको छोरा सुरज पञ्चोलीको घरमा सिआईबीले छापा मारेको छ । सन् २०१३ को जुन ३ मा जिया आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेकी थिईन् ।
पञ्चोलीको घरमा छापा मारेपनि सिआईबीले कुनै जानकारी दिएको छैन । २५ बर्षकी खानको मृत्युपछि उनको परिवारका सदस्यले जियाको मृत्युमा सुरजको हात रहेको आरोप लगाएको थियो ।
जिया र सुरजविच प्रेमसम्बन्ध रहेको भन्दै जियाको परिवारका सदस्यले जियाको मृत्युमा सुरजको हात रहेको आरोप लगाएका थिए । उनको हत्या हो वा आत्महत्या अहिलेसम्म पुष्टि हुन सकेको छैन ।
www.onlinekhabar.com
३१ वैशाख, काठमाडौं । विज्ञहरुले काठमाडौं उपत्यकाका केही ठाउँहरु मानव बस्तीका लागि जोखिमपूर्ण ठहर गरेका छन् । बिभिन्न अध्ययन र पछिल्लो भूकम्पको क्षतिपछि उनीहरुले केही त्यस्ता ठाउँहरु ‘लोकेट’ गरेका हुन् ।
विपत व्यवस्थापन सम्बन्धी सभासदहरुको अनौपचारिक फोरमले बिहीबार काठमाडौंमा आयोजना गरेकेा कार्यक्रममा भूगर्भविद तथा भूकम्प इन्जिनियरिङका अध्ययताहरुले काठमाडौं पहिले ताल भएकाले यहाँको माटो कमजोर रहेको बताए ।
भूगर्भविद डा.रन्जन दाहालले भने-केही हजार वर्षअघि काठमाडौं ताल थियो । ताल कटाएर बनाएको शहर भएकाले यहाँको माटो कमलो र कतिपय ठाउँमा बाक्लो छ । त्यसैले ठाउँ अनुसार यहाँ क्षति कम र बढि हुन्छ ।’
उनले काठमाडौंको नैकाप, रामकोट लगायतका क्षेत्रमा बढि क्षति हुनु त्यहाँको माटोमै समस्या रहेको बताए । त्यस्तै जग्गा प्लटिङका नाममा काटेर पुरिएको घँडेरीमा बनाइएका घर उच्च जोखिममा हुने बताए । भूकम्प इन्जिनियरिङक विज्ञ प्राध्यापक डा. प्रेमनाथ मास्केले काठमाडौंको धापासी, गोंगबु, रामकोट, सितापाइला,ललितपूरका इमाडोल, धापाखेल तथा भक्तपूरका कौशलटार, सिपाडोलजस्ता ठाउँमा भूकम्पको बढि जोखिम रहने अध्ययनले देखाएको बताए ।
तुलनात्मक रुपमा जोखिमपूर्ण मानिएका असन क्षेत्रका घरहरुमा कम क्षति हुनुको कारण त्यहाँको माटोनै भएको उनीहरुले बताए । ‘धेरै माटो भएका ठाउँमा अग्ला घरहरू धैरै भत्किए, साना घर भत्किएनन्, त्यसकारण असन जोगियो’ दाहालले भने ।
काठमाडौं उपत्यकामा घर बनाउन प्रयोग भइरहेका इटा कुनै पनि गुणस्तरीय नभएको भन्दै मास्कले अब निर्माण सामाग्रीको गुणस्तरमा सरकारले कडाई गर्नुपर्ने बताए । अष्ट्रेलियामा बाँसका २९ तले भवनसम्म बनेका उदाहरण दिँदै उनले भने-‘अब हाम्रा बाँसहरुको उपयोगमा राज्यले नीति बनाएरै प्रोत्साहन दिनुपर्छ । बाँसको घर जति सुरक्षित कुनै पनि हुँदैनन् ।’
कार्यक्रममा विज्ञहरुले सभासदहरुको यो फोरममार्फत अब भवन निर्माण सम्बन्धी कडा संहिता ल्याउन संसदले काम गर्नुपर्ने बताएका थिए ।
विपत व्यवस्थापनमै विद्याबारिधी गरिरहेका एमाले सभासद गंगालाल तुलाधरको संयोजकत्वमा बनेको फोरममा सबै दलका सभासदहरु छन् । यो फोरम भूकम्प आउनुभन्दा एक साताअघिनै गठन भएको यसका सदस्य तथा सभासद यज्ञराज सुनुवारले बताए ।
www.onlinekhabar.com
बलिउड नायिका सन्नी लियोनीले बुधवार आफ्नो ३५ औं जन्मदिन मनाएकी छिन् । पछिल्लो समय हिन्दी चलचित्रमा उनको गतिलो उपस्थिती भएपनि अपेक्षित सफलता भने पाउन सकेकी छैनन् ।
‘रागिनी एमएमएस-२, जिम्म-२, एक पहेली लीला’ लगायतका चलचित्रवाट भने उनले राम्रै जस पाएकी थिईन् । तर, पछिल्लो पटक रिलिज भएको ‘कुछ कुछ लोचा हे’ लाई दर्शकले अस्वीकार गरिदिए ।
‘कुछ कुछ लोचा हे’ असफल भएपछि आफु दुखी भएको बताएकी छिन् सन्नीले । एक अन्तर्वाताको क्रममा उनले भनिन्-‘मलाई बलिउडमा त्यस्तो सुझाब दिने मान्छे अरु कोही छैन । जे निर्णय गर्छौं म र मेरो श्रीमान् डेनियलले गर्छौं ।’ उनले यो पनि भनिन्-‘हामी कहिले सही निर्णय गर्छौ त कहिले गलत पनि ।’
आफ्नो इमेज पनि तनाबको विषय भएको उनको भनाई छ । किनकी ए ग्रेडका धेरै कलाकार उनीसँग काम गर्न चाहदैनन् । उनी ए ग्रेडका कलाकारसँग काम गर्न चाहन्छिन् तर, कुनै पनि कलाकारलाई आफुसँग काम गर्ने दबाब दिन सक्दिनन् ।
बलिउडका साहरुख खान, सलमान खान, आमिर खान, अक्षय कुमार, अजय देवगण, रणवीर कपुर लगायतका चल्तीका कलाकारले सन्नीसँग काम गर्न मान्दैनन् । जसका कारण पनि सन्नीलाई बलिउडमा टिक्न अप्ठ्यारो भैरहेको छ ।
www.onlinekhabar.com
आफ्नी ९८ बर्षकी आमालाई बचाउँन खोज्दा घरले किचिएर गम्भिर घाइते भएका प्राविधीक धन बहादुर श्रेष्ठको निधन भएको छ । उनको आज काठमाण्डौको निधान अस्पतालमा निधन भएको हो ।
वैशाख १२ गते आएको भूकम्पबाट ५८ बर्षका श्रेष्ठ काभ्रेको आफ्नै घर भत्किदा किचिएका थिए । उनको मोडल अस्पतालमा उपचार भैरहेको थियो । मोडलबाट उनलाई निधान अस्पताल सारिएको थियो । चलचित्र ‘श्री स्वस्थानी’देखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय धन बहादुरले सुटिङ स्थलमा खाना पकाउने काम गर्थे । उनलाई क्रिया खर्च भन्दै ‘हामी सबैका लागि’ नारा लिएर चलचित्रकर्मीले स्थापना गरेको कोषबाट १५ हजार सहयोग गरिएको छ ।
उनलाई नेपाल चलचित्र प्राविधीक संघले पनि राहत दिने भएको छ । उनका २ छोरा, २ छोरी, श्रीमती छन् । अहिलेसम्म करिब ३१० जना प्राविधीकको घर पनि ध्वस्त भएको प्राविधीक संघले बताएको छ ।
www.onlinekhabar.com
काठमाण्डु, ३१ वैशाख– नेपाल सरकारले तीन बेलायती सैनिक हेलिकोप्टरहरूलाई राहत तथा उद्धारका लागि नेपाल आउन अनुमति नदिएपछि दूतावास तथा उसका दातृ निकायहरूले सरकारमाथि प्रत्यक्ष तथा अप्रत्यक्ष दबाब दिन थालेका छन् ।
दूतावासका उच्चपदस्थ कूटनीतिज्ञहरूले आफूले आर्थिक तथा अन्य सहयोग प्रदान गर्दै आएका गैरसरकारी संस्था र नागरिक समाजलाई सरकारमाथि दबाब दिन आग्रह गरे पनि त्यस्तो दबाब अहिलेसम्म निस्फल भएको छ ।
एक उच्चस्तरीय सरकारी स्रोतका अनुसार कर्णेल कुमार लामाको बेलायतमा गिरफ्तारी र मुद्दा चलाएको तथा बेलायती सेनाका एक उच्च पदाधिकारी (हाल सेवा निवृत्त) द्वारा सशस्त्र विद्रोहताका नै माओवादीसँग साँठगाँठ राखेको तथ्यका आधारमा बेलायती सैनिक जहाजलाई नेपाल आउन नदिने अनौपचारिक निर्णय नेपाल सरकारले गरेको हो ।
त्यस्तै बेलायती सहयोग नियोग (डिफिड) का उच्च अधिकारीहरूले पनि आफ्ना विश्वासपात्र केही नेपाली पत्रकार र गैरसरकारी संस्थाका प्रतिनिधिहरूलाई आ–आफ्ना ठाउँबाट दबाब दिएर पनि जहाज भित्र्याउन सहयोग याचना गरेका छन् ।
ती हेलिकोप्टर नेपाल सरकारको अनुमतिको प्रतीक्षामा केही दिनदेखि दिल्लीमा छन् । पटकपटकको बेलायती अनुरोधपछि पनि नेपाल सरकारले प्रवेशाज्ञा दिएको छैन ।
बेलायती दाबीअनुसार ती जहाजको भारवहन क्षमता अत्याधिक छ र बढी उचाइ भएका पहाडी क्षेत्रमा दक्षताका साथ उड्न सक्छन् ।
अन्नपूर्ण पोष्टबाट
kathmandutoday.com
३० बैशाख, काठमाडौं ।

प्रधानमन्त्री सुशील कोइराला र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधबार अपराह्न टेलिफोन वार्ता भएको छ ।

वार्तामा दुई प्रधानमन्त्रीबीच नेपालमा हालैको भूकम्प, त्यसले पु-याएको धनजनको क्षति, खोजी, उद्धार र राहत प्रयासका साथै दुई देशका बीचको आपसी सम्बन्ध बारे छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री कोइरालाले यही वैशाख १२ गतेको भूकम्पबाट नेपालको जनजीवन सामान्य अवस्थामा फर्कन लागेका बेला वैशाख २९ गतेको अर्को शक्तिशाली भूकम्प र त्यसपछिका पराकम्पनले जनमानसलाई भयभीत बनाएको बताए ।



उनले पछिल्लो भूकम्पको कम्पन दिल्लीसम्म अनुभव गरिएको र विहारमा जनधनको क्षति भएको खबरले आफू दुःखित भएको पनि बताए ।

प्रधानमन्त्रीले भूकम्पपछि नेपाल सरकारको अनुरोधमा भारतबाट आएका खोजी, उद्धार र राहत टोलीले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललगायत सुरक्षाकर्मी, निजामती कर्मचारी र स्वास्थ्यकर्मीसँग समन्वय गरी पीडितको जीवन रक्षा र राहतमा पु-याएको सहयोगको सराहना गरे ।

विपत्तिको समयमा भारतबाट प्राप्त आर्थिक र भौतिक सहयोगले अन्तर्राष्ट्रिय समुदायलाई उत्प्रेरित गरेको बताउँदै प्रधानमन्त्रीले यो नेपाल र भारतका बीचको राष्ट्रियस्तरको र जनस्तरको अनुपम सम्बन्धका कारण सम्भव भएको उल्लेख गरे ।

प्रधानमन्त्री कोइरालाले भारतको सबै समुदायमा नेपाललाई परेको यस विपत्मा सघाउन जागृत स्वःस्र्फूत भावनालाई अनुपम बताउँदै यस विपतको समयमा सबै नेपालीको हृदय स्पर्श गरेको उल्लेख गरे । उनले यसका लागि भारत सरकार र भारतीय जनतालाई हार्दिक धन्यवाद दिए ।

प्रधानमन्त्री कोइरालाले भूकम्पको विनास पछि अहिले पुनःस्थापना र पुनर्निर्माणको ठूलो चुनौती उपस्थित भएको बताउँदै अहिले क्षतिको मूल्याङ्कन भइरहेको प्रष्ट पारे ।

साथै उनले यस दुःखद् घडीमा प्रधानमन्त्री मोदीले राष्ट्रिय सुरक्षा सल्लाहकार र विदेश सचिवमार्फत पठाएको सन्देशको सराहना गरेका थिए ।

प्रधानमन्त्री कोइरालाले मित्रराष्ट्र चीनसहित तीनवटा मित्रराष्ट्रको औपचारिक भ्रमणमा निस्कन लाग्नुभएका भारतीय प्रधानमन्त्री मोदीलाई सफलताको लागि शुभकामना व्यक्त गर्दै बितेको एक वर्षमा प्रधानमन्त्री मोदीले लिएको, ‘पहिले छिमेक’ नीतिले उल्लेख्य परिवर्तन ल्याएको पनि बताए ।

उनले भारत र चीनबीचको सुसम्बन्धले विश्वशान्ति, स्थायित्व, सुरक्षा र विकासमा ठूलो अर्थ राख्ने समेत बताए ।

भारतीय प्रधानमन्त्री मोदीले नेपालले ठूलो प्राकृतिक विपत्को सामना गर्नु परेको उल्लेख गर्दै नेपाल र नेपालीको आत्मसम्मान र सार्वभौमिकताको सम्मान गर्दै मानवीय सहयोग र विकास प्रक्रियामा सघाउन भारत सदा तत्पर रहेको बताएका थिए । रासस
एजेन्सी । बेलायतको म्यानचेष्टरमा रहँदै आएकी पूर्व टपलेस मोडल सोफी डैलजेलले आफ्नो बक्षस्थलको तुलना कानुनसँग गरेकी छिन् ।

सोफीलाई एक बिषयमा अदालतमा उपस्थित हुनुपर्ने थियो । तर उनी भने बेल्जियममा आफ्नो बक्षस्थलको सर्जरी गराउँनमै व्यस्त थिइन् ।


सोफीले २ प्रहरीलाई आक्रमण गरेको आरोपमा अदालतको चक्कर लगाइरहेकी थिइन् । एक टेलिभिजनमा सोफीले भनेकी छिन्-’मेरो बक्षस्थललाई आकर्षक बनाउनु कानुन भन्दा महत्वपूर्ण कुरा हो ।

यसैले म अदालतले बोलाएको समयमा गइन् ।’ सोफी टेलिभिजनमा एडल्ट कार्यक्रम संचालन गर्छिन् । उनले यसअघि पनि बक्षस्थलको आकार बढाउन सर्जरी गरिसकेकी छिन् । एजेन्सीको सहयोगमा !npnewsline.blogspot.com
नयाँ दिल्ली, वैशाख ३० - दिल्लीस्थित नेपाली दुतावासले खरिदेर पठाएको ५ लाख रुपैंयाँ बराबरको ४७३ प्याकेट त्रिपाल जोरपाटीस्थित एक व्यक्तिको गोदाममा भेटिएपछि सुरु भएको अनुसन्धानले बिभिन्न तहमा आशंका जन्माएको छ ।

खरिद प्रकृया पूरा गरेर गत बैशाख २२ मा दिल्ली दुतावासले पठाएको ४७३ प्याकेट(५१५६ वटा) त्रिपाल रुपन्देही जिल्ला प्रशासन कार्यालयमा बुझाउनुपर्नेमा एकैचोटी बैशाख २४ गते साँझ काठमाडौं, जोरपाटीमा भेटिएपछि यसमा प्रहरी छानविन सुरु भएको हो ।

‘हामीले पाएको सूचनामा जोरपाटी बस्ने आङकाजी शेर्पाको घरमा त्रिपालको भण्डार पाइयो,’बौद्ध प्रहरीका प्रमुख डीएसपी नरहरी रेग्मीले कान्तिपुरसँग फोनमा भने, ‘त्यहाँ भने ३७१ प्याकेट मात्रै त्रिपाल भेटियो, बाँकी १०२ प्याकेट हराइरहेको पायौं ।’ त्यसपछि तत्कालै अनुसन्धान क्रममा पक्राउ गरेर सिन्धुपाल्चोक, थकनी–८ मुलघर भएका शेर्पालाई पक्राउ गरेर बौद्ध प्रहरीमा राखिएकोमा उनी पनि मंगलबार आएको दोस्रो ठूलो भुकम्पको हताहत स्थितीमा थुनाबाट भागेका छन् ।

दिल्लीस्थित नेपाली दुतावासले दिएको जानकारीमा ४७३ प्याकेट त्रिपालसहितको सामग्री रुपन्देही जिल्ला प्रशासनलाई हस्तान्तरण गर्नुपर्ने गरी जिम्मेवारी दिइएको थियो ।

‘हामीले त्रिपाल रहेको ट्रकका ड्राइभरलाई दुतावासको आधिकारिकता पत्र दिएर पठाएका हौं,’नेपाली दुतावासका काउन्सेलर एसएसपी राजेन्द्रमान श्रेष्ठले भने, ‘भैरवहा पुगेर स्थानीय सीडीओलाई यो सामग्री बुझाउनुपर्नेमा काठमाडौं पुगेर मात्रै सामग्री बोकेको ट्रकका चालकले सिन्धुपाल्चोक जान चाहेको थाहा पायौं । त्यसपछि मैंले त्यो सामान तत्काल रोक्का गर्न भनेको हुँ ।’

दुतावासले खरिद गरेर पठाएको त्रिपालबाहेक अन्य ट्रकमा दुतावासमा संकलित राहत सामग्री थियो । ‘तर त्रिपाल राखिएको ट्रकको क्षमता पनि ४७३ प्याकेट लोड गर्न सक्ने बराबरको छैन,’डीएसपी रेग्मीले भने, ‘यो पनि हाम्रा निम्ति अनुसन्धानको बिषय बनेको छ ।’ अहिले यी सबै सामग्री केन्द्रिय राहत कोषमा बुझाइएको छ ।

बौद्ध प्रहरीमा देखाइएको कागजातमा दुतावासको कागजातको सट्टा नेपाली कांग्रेस भातृसंगठन ‘नेपाल जनसम्पर्क समिति, भारतले ल्याएका राहत सामग्री’ भनेर देखाइएको र सिधै सिन्धुपाल्चोक लैजान खोजिएकोमा थप ‘आशंका’ उब्जिएको हो । यो अनुसन्धानमा समिति सम्बद्ध केही अधिकारी र सम्पर्क अधिकृत बनेर आएका गुल्मी घर भएका बिष्णु केसीसँग थप सोधपुछ भैरहेको डीएसपी रेग्मीले बताए ।

दिल्लीस्थित दुतावासमा भुकम्पपीडित राहत सामग्रीको संयोजन गरिरहेका काउन्सेलर श्रेष्ठका अनुसार औसतमा ६ सय रुपैंया पर्ने त्रिपाल खरिदेर तत्कालको खाँचो टार्न नेपाल सरकारका नाममा उक्त सामग्री पठाइएको हो । यो घटनामा हाल भैरवहामा रहेका जनसम्पर्क समिति, भारतका अध्यक्ष बालकृष्ण पाण्डेसँग थप सोधपुछ भैरहेको डीएसपी रेग्मीले जानकारी दिए । एकैसाथ, भैरवहास्थित भन्सार कार्यालयले रुपन्देही जिल्ला प्रशासनमा बुझाउनुपर्ने सामग्रीलाई के, कुन आधारमा यो काठमाडौं लैजाने अनुमती दिएको हो— यसबारे पनि अनुसन्धान भैरहेको छ ।www.ekantipur.com
काठमाडौं
   

बैशाख १२ को महाभुकम्प र बैशाख २९ को शक्तिशाली भुकम्पपछि पोखरादेखि पूर्व केन्द्रबिन्दु बनाएर ठूला भुकम्प जाने सम्भावना कम भएपनि पोखरादेखि पश्चिम केन्द्र बिन्दु बनाएर भुकम्प जाने सम्भावनाप्रति भुगर्वविदहरुले चासो व्यक्त गरेका छन् ।
बेलायती भुगर्वविद् डाक्टर जोन एलियटले बीबीसीसँग कुराकानी गर्दै नेपालको पश्चिमी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर १५ औं शताब्दीदेखि भुकम्प नगएकाले पोखरादेखि पश्चिमलाई केन्द्र बिन्दु बनाएर ८ रेक्टर स्केल भन्दा माथिको भुकम्प जानसक्ने चिन्ता व्यक्त गरेका छन् । यसैबीच बीबीसीसँग कुरा गर्दै अमेरिकी भुगर्विय सर्वेक्षणका डाक्टर सुसान हगले नेपालमा गएका दुईवटा ठूला भुकम्पपपछि मध्य नेपालको जमिन डेढ मिटर माथि उठेको जानकारी दिएकी छन् । स्रोत - खसोखास डट कम भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाण्डु, ३० वैशाख– जनावरको आनीबानीका आधारमा भूकम्पको भविष्यवाणी गर्ने बारे जापान, चीनलगायत मुलुकहरुमा अध्ययन भइरहेको छ ।
यदि कुकुरहरु एकनासले कराउँन थाले भने, चराहरु एकै पटक कराउँदै उडे भने, माछाहरु खोला, ताल किनारमामा जम्मा भए भने बुझ्नु पर्छ चाँडै नै भूकम्प आउँदैछ । त्यति मात्रै होइन इनारको पानीको सतह ह्वात्तै तल झर्यो भने पनि भूकम्प आउने सम्भावना हुन्छ ।स्ता लक्षणबारे केही मुलुकहरुमा अध्ययन भइरहेको छ । तर विज्ञानले यसलाई मान्दैन । जियोटेक्निकल इन्जिनियरिङमा विद्यावारिधि गरेका डा। दीपकराज भाट भन्छन्,‘ जनावरहरुमा ‘वेभ’ थाह पाउने कुनै किशिमको ‘सेन्स’ हुन सक्छ । तर जनावरहरुको आनीबानीबाट भूकम्पको भविष्यवाणी गर्न सकिन्छ भन्ने कुरालाई विज्ञानले चाहिँ मान्दैन ।’ डा. भाट भन्छन्, ‘जनावरहरुले फरक व्यवहार देखाउँनु एक संयोग मात्रै हो, अहिलेसम्मको विज्ञानले यति मात्रै भन्छ ।’
एजेन्सी । कतिपय पुरुषलाई महिलासँग कसरी कुराकानी गर्ने र व्यवहार गर्ने भन्ने कुराले सताउने गरेको हुन्छ । त्यसैले कतिपय बेला उनीहरुको व्यवहारले बुझाईमा समस्या पनि ल्याउँछ । केही मनोवैज्ञानिक तथ्यमा ध्यान दिने हो भने यो गाह्रो कुरा भने होइन ।

–भावनाका विषयमा कुरा गर्नुहोस् । जस्तै बाल्यकालका सम्झनाहरु, भविष्यका रुचिहरु, इच्छाहरु आदिबारेमा कुरा गर्नुभयो भने उनीहरु खुलेर कुरा गर्न रुचाउँछन् ।

–उनीहरुले तपाईप्रति गरेको व्यवहारको ख्याल गर्नुहोस् । यदि तपाई उनीहरुको नजिकै उभिनु भएको छ भने अप्ठ्यारो महशुस गरेका हुन सक्छन् ।

–कहिलेकाँहि ठट्टा गर्नुहोस् । तर वरिपरिको वातावरण, परिस्थिति र मुड विचार गर्नुहोस् । यसले वातावरण रमाइलो त बन्छ नै, उनीहरुको ज्यादै नजिक पुराउँछ । कुरा गर्न सजिलो हुन्छ ।

–उनीहरुसँग नजिकको व्यवहार गर्नुहोस् । बोल्न नडराउने, नजिकको सम्बन्ध राख्ने महिलाहरु बढी आकर्षित हुने गर्दछन् ।

–उनीहरुका बारेमा कुरा गर्नुहोस् । महिलाहरु आफ्नोबारे धारणा सुन्न रुचाउँछन् । उनीहरुका बारेमा तपाईले केही थाहा पाउनुभयो, त्यसबारे कुरा गर्नुहोस् ।

–महिलाहरुलाई झर्को वा दिक्क लाग्ने कुरा नगर्नुहोस् । बरु आफ्नो विचार व्यक्त गर्नुहोस् ।

–प्रश्न गर्दा ठाडो तरिकाले होइन, नम्र र केही घुमाउरो तरिकाले सोध्नुहोस् ।

–आफ्नो परिचय नलुकाउनुहोस । काम, इच्छा र विचारबारे खुलेर कुरा गर्नुहोस् । उनीहरुको शारीरिक बनावट वा आँखाको हेराइ आदिबारे मात्रै कुरा नगर्नुहोस् ।

–सम्पूर्ण रुपमा नियन्त्रित हुँदा कहिलेकाँहि साथीभन्दा माथीको सम्बन्धमा तपाई आफै बाधक बन्नु भएको हुन सक्छ । त्यसैले त्यसबारेमा उनीहरुको धारणा बुझ्नुहोस र आफ्नो धारणा राख्नुहोस । एजेन्सीको सहयोगमा
काठमाडौँ: प्रवेशिका परीक्षा दिएर बसेकी होली गार्डेन स्कूल, बालाजुकी निकिता लामा यसअघि काठमाडौँ उपत्यका छाडेकी थिइनन् । परीक्षाफल कुरेर भावी उच्च शिक्षाको सुन्दर कल्पनामा रहेकी लामाले यसपटकको जस्तो विनासकारी भूकम्प पनि यसअघि भोगेको र देखेकी थिइनन् ।

बाइसधारामा बस्दै आएकी लामाले यही वैशाख १२ गतेको भूकम्पपछि काठमाडौँभित्रका केही विध्वंश दृश्य देखे पनि उपत्यकाका ग्रामीण भेगका जनताका दुःखलाई नजिकबाट हेरेकी थिइनन् ।

निकितासहित ५० भन्दा बढी विद्यार्थीले शनिबार काठमाडौँ र सिन्धुपाल्चोक जिल्लाको सीमाना छापभञ्याङ्का भूकम्पपीडितलाई आफैँले सङ्कलनको राहत वितरणमा सहभागी भएर पीडितको वास्तविकतालाई नजिकबाट नियाँले । “सहरबाट नजिक रहेर पनि यो गाउँमा यस्तो समस्या रहेछ, हामीले त सोचैकै थिएनौं । थोरै भए पनि सहयोग गर्न पाइएकामा खुशी लागेको छ ।”

निकिताजस्तै परीक्षाफलको प्रतिक्षामा रहेकी विजेश्वरी ज्ञान मन्दिर, सैनिक महाविद्यालयकी प्रमिला श्रेष्ठलाई भूकम्पीडितको वास्तविक अनुहार देखेपछि भूकम्पको थप त्रासदी महसुस भयो ।

संयोग पनि त्यस्तै, सो क्षेत्रका ५० घरलाई राहत वितरण भइरहँदा ६ दशमलब ८ रिक्टर स्केलको अर्को भूकम्प गयो । राहत लिने लाइनमा बसेका र वितरणका लागि आफ्नो पालो लिएर बसेका विद्यार्थीको भागाभाग भयो । अघिल्लो भूकम्पमा भत्किएका केही घर थप भत्किएका घर आँखै अगाडि ढल्यो, धूलो र छारो उड्यो । पीडितहरु थप त्रसित भए ।

यस्तो स्थितिमा अवरुद्ध राहत वितरण पुनः गरेर फर्किनुअघि प्रमिलाले भनिन्, “मुलुक विपत्तिमा परेको अवस्थामा हामीले पनि केही सहयोग गर्न पायौं, अर्को भूकम्प आए पनि धन्न बचियो, एकछिन काठमाडौँ सम्पर्क भएन तर पीडितका बीचमा रहेकाले उनीहरुलाई हेरेर चित्त बुझाइयो ।”

सिजन मिडियाद्वारा आयोजित ‘एसएलसी प्रिन्सेस’ प्रतियोगितामा सहभागी ती ६४ विद्यार्थीको चन्दा र सो संस्थाको सहयोगमा यहाँका ५० घरलाई राहत वितरण गरिएको यिथो । प्रति घर १५ किलो चामल, दुई किलो नुन, एक किलो दाल र एक लिटर तेल तथा लत्ताकपडासहितको सामग्री प्रदान गरिएको थियो ।

प्रवेशिका प्रतियोगिताको नतिजा आगामी असार पहिलो साता सार्वजनिक हुँदैछ । वारि शङ्करापुर नगरपालिका नाङ्गलेभारे र पारि मेलम्ची नगरपालिका रहेको छापभञ्ज्याङका बासिन्दा अहिलेसम्म सरकारी राहत नपाएको गुनानो गरिरहेका बेला उक्त राहतले सान्त्वना दिएको बताइरहेका थिए ।

स्थानीय हर्कबहादुर घिसिङ भन्छन्  “मकै रोप्ने र धानको बीउ राख्ने बेलामा राहतको प्रतीक्षा र टहरा निर्माणमा लाग्नुपरेको छ ।

अर्का स्थानीय कृष्णबहादुर सुनार र राजेन्द्र घोरासैनीको पीडा पनि उस्तै छ । “त्रिपालको बास छ, राहत छैन, घर कहिले बनाउने ? खेती कहिले ? सबै अन्योल भयो ?” उनिहरुको एउटै आवाज थियो ।”
annapurnapost.com
वैशाख १२ मा देशमा विनाशकारी भूकम्प आउँदा विदेशमा रहेका अभिनेता राजेश हमाल गत शुक्रबार मात्रै स्वदेश फिरे। तर उनले विदेशमा रहँदा पनि नेपालका भूकम्प पीडितका लागि राहत जुटाउन सक्रिय रहे। नेदरल्यान्डमा भूकम्पपीडितका लागि राहत जुटाउन खोलिएको गिरो ५५५ नामक संस्थाको अभियानमा उनले सहभागिता मात्रै जनाएनन्, खातामा एक अर्ब पैयाँ जुटाउन अह्म भूमिका खेले। स्वदेश फर्केपछि पनि उनी भूकम्प पीडितकै लागि खटिएको बताउँछन्। गत आइतबार र सोमबार पनि उनी अमेरिकाकाको डाइरेक्ट रिलिफ नामक ह्युमानिटरियन मेडिकल एडले नेपालका लागि उपलब्ध गराएको झन्डै एक अर्ब ६३ करोड पैयाँ बराबरको औषधि र उपचार सामग्री नेपालका तर्फबाट ग्रहण गर्न पुगेका थिए। जुन सामग्री स्वास्थ्य मन्त्रालयमार्फत वितरण हुनेछ भने केही डाइरेक्ट रिलिफकै प्रतिनिधिले वितरण गर्नेछन्। हमाल पनि उक्त टोलीसँगै सिन्धुपाल्चोकलगायत स्थानमा जाने तयारीमा रहेका छन्। उनै हमालसँग गरिएको कुराकानी :
भूकम्पपीडितका लागि तपार्इंको सन्देश के छ?

जहिले पनि यस्तो विपत्ति आउन सक्छ। विपत्तिको पनि विभिन्न चरण हुन्छ। पहिलो चरणमा मान्छेमा विश्वास नलाग्ने, सक्ड हुने र क्षतिका कारण थप पीडामा पुग्ने हुन्छ। त्यसपछि मान्छे यथार्थमा आउँछ, जे हुनु भइहाल्यो। भूकम्प आयो, घरहरू ढले। मान्छेहरू पनि मरे। जति क्षति हुनु भयो। अब दोश्रो चरण भनेको अझ जटिल छ। यो पुन: निर्माणको चरण हो। यसले धेरै समय लगाउन सक्छ। यसका लागि सबै संयन्त्र अत्यन्तै मिल्नुपर्छ। अहिले मैले देखेको समस्या भनेको सरकारप्रति मान्छेको विश्वास खासै छैन। हुन त सरकारका पनि आफ्नै जटिलता होलान्। अब हामी पीर मान्ने, निराश हुने बिन्दुको पनि उच्च रूपमा पुगिसक्यौं। त्यसैले कति पीर मान्ने? कति निराश हुने? यदि देश निर्माणमा जुट्ने हो भने दु:ख, पीडा र वेदनालाई भुलेर सकारात्मक हिसाबले सोच्नुपर्छ। हाँसो ल्याउन पहल गनुपर्छ।

सरकारका आफ्नै योजना होलान्। तर तपार्इंहरूको फिल्ममा देखाउने जस्तो नायकत्व समाजका लागि हुन सक्छ कि सक्दैन?

नायकत्व नै भन्दा पनि एउटा आम नागरिकको हिसाबले सबैले आफ्नो ठाउँबाट जे जस्तो गर्न सकिन्छ, गर्ने हो। म आएको तेस्रो दिन (सोमबार) भइसक्यो। कुनै न कुनै रूपले भूकम्पसम्बन्धी कार्यक्रममै छु। प्रत्यक्ष अप्रत्यक्ष रूपमा यसैमा मेरो दिनचर्या वितेको छ। योजना आयोगमा पनि गएको थिएँ जहाँ सरकारप्रति विश्वास जगाउने खालका कामका लागि आग्रह पनि भएको छ।

नेपालका भूकम्प पीडितका लागि नेदरल्यान्डमा उठाइएको राहत अभियान गिरो ५५५ मा तपार्इंको सहभागिता कस्तो हो?

गिरो भनेको खाता हो। नेदरल्यान्डमा त्यो खाता नम्बर ५५५ मार्फत राहत संकलन गर्ने अभियान चलाइएको हो। उहाँहरूको यो अभियान साताभन्दा लामो थियो। तर जुन दिन उक्त अभियानले वृहत् कार्यक्रम गरेको थियो। संयोगवश त्यसमा म पनि हाम्रो नेपाली समुदायसहित सहभागी थिएँ। त्यहाँ उनीहरूका विभिन्न संचारमाध्यमको उपस्थिति थियो। मैले पनि रेडियो अन्तर्वार्ता दिने क्रममा अभियान संस्थालाई धन्यवाद दिएको थिएँ। ‘राजेश हमाल इन डच टिभी’ भन्ने प्रोगाम नै बनाइएको थियो। धेरै मान्छे राखेर चलाइने उक्त टक शो कार्यक्रमको एक भाग नेपालकै भूकम्पमा केन्द्रित थियो। संयोगवश त्यहाँ मैले खेलेको फिल्म ‘किसान’ को एक गीत पनि प्रसारण गरिएको थियो।

उक्त टक शोमा तपार्इंले भनेको मुख्य कुरा के थियो?

त्यसमा मैले गिरो ५५५ लाई राहत संकलनका लागि धन्यवाद दिंदै यस्तो अभियान आवश्यक छ भनेको थिएँ। सहयोग जुटेको खण्डमा नेपाल पनि आफ्नै खुट्टामा उभिन सक्छ। हामीलाई सबैको सहयोगको खाँचो छ। तपार्इंहरूले हामीलाई सहयोग गर्नुस् भनेको थिएँ। संयोग कस्तो भयो भने त्यो दिनको विहानसम्म पाँच मिलियन युरो उठेकोमा साँझसम्म साँढे नौ मिलियन युरो पुगेको थियो।

यो भूकम्पपछिको परिस्थितिमा तपार्इंलाई के कुराले बढी छोयो?

सबैभन्दा बढी मलाई छोएको जहिले पनि भयंकर घटना घट्दा सबैभन्दा मारमा पर्ने भनेको निम्न वर्ग नै हुने। त्यो चाहिँ सबैभन्दा चित्त दुख्ने कुरा हो। जो त्यसैपनि गरिबीको मारमा पर्नु भएको छ, त्यसैपनि विभिन्न किसिमको सामाजिक समस्यामा पर्नु भएको हुन्छ। त्यही वर्ग त्यही समुदायलाई नै बढ्दा आपतविपत आइपरेको छ।

अब पुनर्निर्माणमा तपाईंको सहभागिता र भूमिका कस्तो रहन्छ?

अहिले पहिलो प्राथमिकता भनेको घरविहीन बनेका गाउँलेको टाउकोको माथि छाना कसरी निर्माण गर्ने? ताकि यो बर्खा पनि झेल्न सकुन्। खानेकुरा भनेको जसरी नि जोगाड होला। अहिले नै यसरी लाग्छु भनेर मैले सोच बनाइसकेको त छैन। योजना आयोगले पनि केही प्लानिङ ल्याउन खोजिरहेको रहेछ। कहिलेकाहीं विनाशले नै विकास ल्याउँछ। यदि हामी पनि साँच्चिकै योजनाबद्ध ढंगले जान सक्यौं भने भोलि फेरि यस्तै प्रकोप आउँदा थेग्न सक्नेछौं। आफ्नो प्रकृति, रहनसहनलाई सुहाउँदो किसिमको एउटा नमुना गाउँ बनाउन सकिन्छ की? पहिले बनाइने घरहरू खासै इन्जिनियरिङ हिसाबले बनाउदैनथ्यौं।

तपार्इं देशविदेश घुम्दाको अनुभवले पनि हाम्रोजस्तो मुलुकमा कस्ता भवन बन्नुपर्छ होला?

मलाई हामीकहाँ बनाइएका अग्ला भवन, अपार्टमेन्ट कहिल्यै मन परेन। म पहिले पनि भन्ने गर्थें, यस्ता गगनचुम्बी अपार्टमेन्टमा मान्छेहरू कसरी बस्छन् होला। नेपालजस्तो ठाउँमा आठ, दस तलामाथि सुत्दा त मलाई निद्रा पर्दैन होला। आज भुइँचालो आयो, भोलि ११ औं तलामा आगो लाग्ला। कसरी निभाउने? हामीकहाँ त्यो खालको दमकल नै छैन। यस्ता कमजोरी धेरै छन्। हामीकहाँ ‘जब पर्‍यो राति तब बुढी ताती’ भनेझैं हुन्छ। अब बल्ल यसबारेमा मान्छेहरूलाई तातो लाग्न थालेको छ। सुन्न थालेको छु, तीन तला भन्दा बढी नबनाउने भन्न थालेका छन्।

धरहरासँगको तपार्इंको अनुभव के छ?

धरहरा म धेरै पहिला ४/५ वर्षको बच्चा छँदा चढेको थिएँ बुबाआमाको साथमा। बीचमा चढ्न दिइएन। अहिले पछि फेरि खुला गरेको हो। पछि चढेको थिइनँ। दु:ख लाग्दो कुरा, अहिले नेपालका परिचय दिने यस्ता ऐतिहासिक धरोहर, सम्पदा ध्वस्त भएका छन्। धेरै पर्यटक बसन्तपुर, पाटन दरबार स्क्वायर, भक्तपुर हेर्न आउँथे। ती पुराना कुरा नै नरहँदा धेरै दु:ख लागेको छ। म आशा गर्छु, पहिलेकै जस्तो गरी यिनको पुन:निर्माण गरिनेछ। किनकि त्यो भनेको हाम्रो इतिहास हो, सम्पत्ति, पहिचान हो। र, हामी त्यति हतोत्साही पनि हुनु हुँदैन। पहिले पनि भूकम्पमै भत्केपछि बनाइएको थियो भने अहिले नसक्ने कुरै भएन।

फिल्ममा राजेश हमाल गाउँबाट काठमाडौं छिर्‍यो है भन्दा त्यही धरहरा देखाइन्थ्यो। अब धरहरा नै भएन भने के दृश्य देखाउने? आएकै दिन (शुक्रबार) हेर्न गएको थिएँ। त्यो ठाउँ धरहराविहीन देख्दा नराम्रो लाग्यो। मैले एउटा फिल्मको सुटिङ पनि धरहरामाथि नै गरेको थिएँ, करिश्मा मानन्धरसँग।www.ekantipur.com
३० बैशाख, एजेन्सी ।

उत्तर कोरियाका रक्षामन्त्री ह्यान याङलाई सार्वजनिकस्थलमा तोपले हानेर हत्या गरिएको छ । सयौं मानिसको अगाडी उनलाई तोपको गोला प्रहार गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

बीबीसीले दक्षिण कोरियाको समाचार एजेन्सी योनहपले त्यहाँको संसदलाई यो जानकारी दिएको छ ।



रक्षामन्त्री ह्यान याङ त्यहाँका शासक किम जोङ उनको कार्यक्रममा सुतेका थिए । यसै कारणले उनलाई फाँसी दिइएको हो वा के हो भन्ने प्रष्ट छैन ।

सन् २०१० मा जनरल पदमा रहेको जानकारी भएपनि उनको भूमिकाबारे प्रष्ट पारिएको छैन ।

सन् २०१२ मा तत्कालीन रक्षामन्त्री तथा शासकका अंकल चाङ साङलाई पनि विभत्स तरिकाले मारिएको थियो ।www.nepaliheadlines.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home