• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौं– महिलाहरुले विशेष मनाउने हरितालिका तीज नजिकिँदै छ। हरियो चुरा र मेहन्दीसँगै सुनका गहनामा झपक्कै सजिएर महिलाहरु सोमबारे व्रतमा रमाउने महिना (साउन) पनि यही हो।

संयोग नै मान्नुपर्छ, महिलाहरुको यही पर्वको मुखमा अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य ओरालो लागिरहेको छ। सरकारले साउन शुरुदेखि नै प्रति १० ग्राम सुनमा रु.१ हजार भन्सार शुल्क घटाइदिएको छ। यी दुवै कारण नेपाली बजारमा सुनको मूल्य घटेर तोलाको ४७ हजार २ सय सम्म ओर्लिएर शुक्रबारबाट पुनः ४८ हजारमा स्थिर भएको छ। साविकको तुलनामा सुनको मूल्य तोलामा ७ हजार रुपैयाँसम्म कम भएको हो।

यही मौकामा गहना किन्ने महिलाहरुको भीड यतिबेला काठमाडौंको न्यूरोडलगायतका गहना हबहरुमा बढेको छ। बिशाल बजार र आसपास क्षेत्रमा सुन किन्नेहरुको भिड नै लागेको छ।
आफ्नै, प्रयोगका लागि, आउँदो लगनमा विवाहका लागि र लगानीकै रुपमा सुन किन्न चाहनेहरु पनि बजारमा प्रशस्त देखिएका छन्।
'सुन सस्तो भएको यही मौकामा एउटा सानो हार बनाउँकी भनेको पसलमा सुन किन्नै पाइएको छैन,' चावहिल चोकस्थित एक सुनचाँदी पसलबाट बाहिरिँदै गरेकी चावहिलकी कोपिला दाहालले भनिन्, 'किन्नै नपाएपछि मूल्य घटेको के अर्थ भयो र?'
मूल्य घटेका बेला ग्राहकले गहना खरिद गर्न नपाउने समस्या यो नौलो भने होइन। २०७० सालमा पनि सुनको मूल्य घटेर प्रतितोला ४९ हजार हाराहारीमा आइपुग्दा राजधानीका पसलहरुबाट ग्राहकले अर्डरअनुसारको गहना नै पाएनन्। 'एउटा सिक्री अर्डर गर्न आएकी किन्नेको भीडले अर्डर गर्नै सकिएन,' न्यूरोडका सुनचाँदी पसल चहार्दै गरेकी रामेछाप घर बताउने सुनिता थापाले नागरिकन्युजसँग भनिन्।

हुन त गहना व्यवसायीले पनि चाहेजति गहना पाउन सकेका छैनन्। ढिका(कच्चा) सुन बेच्ने सुनका थोक विक्रेताहरुले नै आफूकहाँ खुद्रा सुन किन्ने गहना व्यवसायीलाई अहिले चाहिए जति सुन दिइरहेका छैनन्। 'भाउ घटेको बेला थोक व्यवसायी पनि स्टक गर्ने धुनमा लाग्छन्,' चक्रपथस्थित एक गहना पसलका सञ्चालकले भने, 'अहिले त ८–१० तोला सुन लिन पनि ३–४ जना थोक बिक्रेताकहाँ धाउनु पर्छ। तै पनि पाइँदैन।' उनकाअनुसार कतिपय गहना व्यवसायीले पनि ग्राहकलाई फिर्ता पठाएरै भए पनि सस्तो मूल्यको सुन स्टक गर्ने गर्छन्।
यो तथ्यलाई स्वीकार्न तयार छैनन् सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्य। 'मूल्य उच्च विन्दुमा पुग्दा सुन किन्ने ग्राहककै कमी हुने र मूल्य न्यून विन्दुमा पुग्दा सुन किन्ने ग्राहक ह्वात्तै बढ्ने यो समस्या पहिलेदेखि कै हो,' उनी दाबी गर्छन् 'सुन स्टक गरेर राख्ने प्रवृत्ति अपवादमा केही व्यवसायीको होला नत्र आजभोली स्टक गरेर राख्ने चलन छैन।'
सुन आयात गर्ने अनुमति पाएका नेपालका वाणिज्य बैंकहरुले अहिले कोटाअनुसारको सुन आयात नगरेको र उनीहरुसँग रहेको भनिएको स्टक(करिब ५ सय किलो) सुन विक्री नगर्दा पनि समस्या आएको उनी बताउँछन्। 'महँगोमा किनेको सुन सस्तोमा बेच्दैनौं बरु स्टकै गरेर राख्छौं भन्छन् बैंकहरु,' अध्यक्ष शाक्यले भने, 'बैंकहरुले ल्याएको सुन नयाँ मूल्यमै बेचेर फेरि ल्याउने सुन स्टक गरे पनि त हुथ्यो।'

भूकम्पछि राजधानी बाहिरिएका सुनका गहना बनाउने ७० प्रतिशत कालिगढ अझै फर्केका छैनन्। भाउ सस्तो भएका बेला ग्राहकले लगानीका रुपमा सुन खरिद गर्न चाहने जस्ता कारणले पनि गहनापसलमा ग्राहकको भीड देखिएको र सबैलाई सुन दिन नसकिएको अध्यक्ष शाक्यको भनाई छ।

सुनको मूल्य घटेर अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १ हजार डलरसम्ममा ओर्लिने विश्लेषण भइरहेको छ। सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १ हजार १ सय डलरको हाराहारीमा छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस १ हजार डलरमा ओर्लिए सुनको भाउ घटेर नेपालमा प्रतितोला ४५ हजार रुपैयाँसम्म आउन सक्छ। शुक्रबार एकै दिन प्रतितोला ८ सय बढेर पहेँलो धातु ४८ हजार पुगी स्थिर देखिएको छ।
किन घट्यो सुनको मूल्य?
अमेरिकाको युएस फेडरल रिजर्ब बैंकले डलर निक्षेपमा ब्याजदर बढाउने संकेत गरेको, अन्तर्राष्ट्रिय बजारमा घटेको कच्चा तेलको मूल्य, सुनबाट शेयरमा मोडिएका अन्तराष्ट्रिय लगानीकर्ता, नेपालमा सुन आयातमा प्रति दश ग्राम रु.१ हजारका दरले घटेको भन्सार महशुल लगायतका कारणले सुनको मूल्य सस्तिएको हो। यही सन्दर्भमा सुनको मूल्य ४ वर्षयताकै न्यून विन्दूमा आइपुगेको हो।source taja khabar
आज वि.सं. २०७२ श्रावण १८ गते सोमबार तदनुसार ई. सं. २०१५ अगस्ट ०३ तारिख
श्रावण कृष्ण तृतीया, शतभिषा नक्षत्र, कुम्भ राशिको चन्द्रमा, शोभन योग, बालब करण
आजको मूहुर्त : अन्नप्राशन(पास्नी),
भोलिको व्रत/पर्व : मङ्गल चतुर्थी व्रत

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
शत्रुमाथि विजय प्राप्त हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । धार्मिक, सामाजिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
अचलसम्पत्ति वा पैतृक धनको कारोबारबाट सामान्य लाभ लिन सकिने छ, तर श्रमको मूल्याङ्कन हुन नसक्दा निराशा हुनेछ । आम्दानीका मार्गहरू देखिने छन्, तर खट्ने अनुकूलता नहुनाले दिक्क लाग्नेछ । थोरबहुत आय भए पनि खर्चको मात्रा बढ्न सक्छ । शत्रुबाट सजग भई आलोचनाबाट बच्ने प्रयास गर्नुहोला । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
दान पुण्यका कार्यतर्फ मन आकर्षित हुनेछ, तर त्यसलाई कार्यान्वयन गर्न विलम्ब गरेमा भाग्यबलमा कमी आउन सक्छ । दूरदराजमा रहेको कुनै पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । घरमा पारिवारिक समस्या र अस्वस्थता देखा पर्न सक्छन् । बौद्धिक र प्राज्ञिक क्षमताको उपयोग हुन सक्दैन । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । घरायसी वातावरण, दाम्पत्य र प्रणयसम्बन्धमा आज असहजता आउनसक्छ । कसैसँग व्यर्थमा वादविवाद हुनसक्छ । गर्नु नपर्ने कामबाट जोगिनु राम्रो हुन्छ, कुनै महत्वपूर्ण काम गर्न बाँकी भए आजलाई स्थगित गर्नु होला । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले कार्य सम्पन्न हुनेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । घरायसी काममा समय र धन खर्च हुनेछ । पारिवारिक जीवनमा रमाइलोपना आउने छ । आम्दानीमा कमी हुने छैन । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि राम्रो दिन छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज गरिएका उद्यममा सफलता प्राप्त हुनेछैन । व्यवसायिक स्थितिमा सुधारको सङ्केत छैन । स्वास्थ्यको कमजोरी र मानसिक विचलनबाट जोगिने प्रयास गर्नु राम्रो हुन्छ । हडबड र शीघ्रताले काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नुस् । पछाडि बसेर खिसीट्युरी गर्नेले तपाईंको छवि बिगार्ने प्रयास गर्नेछन् । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
एकाबिहानै विगतमा गरेको परिश्रमको प्रतिफल नपाउनाले मन खिन्न हुनसक्छ । रोकिएका कामप्रति लगनशीलता देखाएमा सफलता प्राप्त हुनेछ । पठनपाठन र बौद्धिक चिन्तनप्रति मन आकर्षित हुनेछ, आजको चिन्तन र उपाय फलदायी हुनेछ । बढी व्यस्त हुनाले आवश्यक काम रोकिन सक्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
परिवारभित्रकै सदस्य वा आफन्तको स्वास्थ्यमा समस्या देखिनाले समय र धन खर्च हुने सम्भावना छ । शरीरमा आलस्य र थकानको अनुभूति हुनेछ । खानपिनमा नियन्त्रण गर्नु बेस हुनेछ, पाचनप्रणालीमा बिग्रन सक्छ । जीवनसाथीसित ठाकठुक पर्नसक्छ । बौद्धिकता र ज्ञानगुनको क्षेत्रमा समेत राम्रो छैन । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
विद्वान् र प्राज्ञिक व्यक्तिहरूबाट सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । विदेश वा दूरदराजमा बसेका व्यक्तिहरूसँग सुमधुर सम्बन्ध कायम हुनेछ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । सामाजिक र सांस्कृतिक क्रियाकलापमा संलग्न हुन मन लाग्नेछ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिने छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आर्थिक रूपमा राम्रै रहे पनि सामाजिक र व्यक्तिगत प्रतिष्ठा प्राप्त गर्न खट्नु पर्ने दिन छ । पढाइलेखाइको क्षेत्रमा समय दिन सकिने छैन । पारिवारिक तनाव र किचलोका कारण दिक्क लाग्नेछ । नातागोताका व्यक्तिहरू टाढिने छन् । वस्त्र, अलङ्कार आदि खरिद गर्दा महँगोमा पर्ने योग छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनु पर्नेछ । धार्मिक र सामाजिक काममा मन जान सक्छ । दानपुण्यका क्षेत्रमा लगानी हुन सक्छ । घरपरिवारबाट साथसहयोग प्राप्त हुनेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
बाह्रौं चन्द्रमा रहेकाले मनमा उदासीनता आउने छ । आम्दानीको बाटो असहज बन्नसक्छ, विश्वास गरेका व्यक्तिबाट नै धोका हुने सम्भावना छ । बन्दव्यापार तथा पेसाव्यवसायमा ध्यानकेन्द्रित हुन सक्दैन र पारिवारिक समस्याले पनि मन खिन्न हुनेछ । दीर्घकालीन लगानी गर्नु उपयुक्त देखिंदैन । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । (ज्योतिष कृष्णप्रसाद कोइराला बाट )

एजेन्सी । बेला बेला विवादास्पद अभिव्यक्ति दिएर चर्चामा आइरहने बलिउड अभिनेत्री राखी सावंत एक पटक फेरि चर्चामा छिन् । भर्खरै बलिउडकी हट अभिनेत्री एंव पूर्व पोर्नस्टार सन्नी लियोनीलाई टक्कर दिएकी राखीले एक भिडियो जारी गर्दै आफ्नो बारेमा भएको आलोचनाको खुलेरै विरोध गरेकी छिन् ।
‘सन्नी लियोनीले शरीरमा कपडा नलगाउँदा बलिउडमा कुनै फरक पर्दैन्, तर मैले यहाँ ठूलो स्तन देखाउँदैमा यति आचोलना,’ उनले प्रश्नसहितको उत्तर दिँदै भनिन्-‘आचोलना त पुरै देखाउनेको गर्नपर्छ । मेरो हेरेर त तपाईहरुले मनोरञ्जन लिनुपर्दछ ।’
ट्विटरमा आएको एक आलोचना (मलाई लाग्छ कि राखी सावंतको जन्म मात्र स्तन देखाउनका लागि भएको हो) मा जवाफ दिँदै उनले भनेकी छिन्–‘मैले आफ्नो गुप्तागंमा धेरै पैसा खर्च गरेकी छु, त्यसैले त देखाउँदै छु साथी ।’ त्यती मात्रै होइन् उनले अर्काे जवाफ दिँदै सन्नी लियोनी जस्ता जहाँतही नाङ्गिनेको आचोलना गर्न सुझाव दिइन् । भनिन्-‘म त चोखी, समाजले मागेअनुसार देखाउने महिला हुँ ।
dainiknepal.com
बोनिस कोईराला

के तपाईँले प्रेममा धोका पाउनुभएको छ? छ भने यो दुखःको पिडा कति हुन्छ भनेर तपाईँलाई राम्ररी थाहा होला। यस्तो बेलामा मुटु दुख्या जस्तो हुनु र पागल जस्तो व्यवहार गर्नु सामान्य हो।

यो दुखःले तपाईँलाई केहि क्षणमा नै आफ्नो धोकेबाज प्रियलाई सयवटा मेसेज पठाउने जाँगर दिन्छ।  कसैलाई रक्सीको लत लाग्छ भने कसैले आफ्नो दैनिक क्रियाकलापमा राम्ररी ध्यान दिन सक्दैनन्। किनभने यस्तो क्षणमा आफ्नो सबैभन्दा प्रिय मानिस नहुँदा कसैको अथवा केहि कुराको वास्ता हुँदैन।

यस्तो व्यवहार मानिसमा उत्पन्न हुनु कुनै असामान्य कुरा हैन। विज्ञानको हिसाबले पनि यस्तो क्षणमा मानिसमा  हुने  व्यवहारको कारण छ। यस्तो व्यवहारसँग मानिसको शरिरमा हुने हर्मोनहरुको पनि मुख्य भुमिका छ। आश्चर्यको कुरा के हो भन्दा यिी हर्मोनहरु तिनै हुन् जस्ले प्रेम परेको बेला मानिसलाई खुसि  महसुस गराउछ।

कसरी प्रेम बिछोडले मानिसको शरिरको हर्मोन सन्तुलनमा फरक ल्याउछ त? भर्खरै बिछोड भएकाहरुको दिमागी भागमा हुने गतिविधी समान्य हुदैनन् भन्ने कुरा एमआरआई स्क्यानहरुबाट थाहा पाउन सकिन्छ।

यसले गर्दा मानिसले शारिरिक दुखाई पनि महसुस हुन्छ। यस्तो बेलामा शरिरले स्ट्रेश र अड्रनलिन हर्मोनहरु सक्रिय गर्छ जसले साँस फेर्न गाह्रो हुने, वाकवाकी लाग्ने र मुटुको क्षेत्रको मांसपेशीहरु कमजोर हुने गर्छ। यसतो अवस्थालाई चिकित्सकहरुले ताकोत्सुबो कार्डियोमायोप्याथि नाम दिएका छन् र यो अवस्था कहिलेकाहि खतराजनक पनि हुन सक्छ।

यो बेलामा यि हर्मोनहरु मात्र सक्रिय हुदैनन्। २०१०मा गरिएको एक अनुसन्धानमा भर्खरै बिछोड भएका १० महिला र ५ परुषहरुको एमआरआई स्क्यान गरिएको थियो। यि मानिसहरु भर्खरै बछोड भएपनि आफ्नो प्रेमि वा प्रेमिकासँग अझै माया गरिरहेका थिए। यो अनुसन्धानको निश्कर्ष आश्चर्यजनक थियो। यि मानिसहरुको दिमागी गतिविधि कुनै लागूपदार्थको सेवन गर्ने मानिससँग धेरै मिल्दोजुल्दो थियो। यसैकारण भनिएको होला कसैको प्रेममा फस्नु लागूपदार्थको नसामा धुत हुनु जस्तो हुन्छ।

कसैलाई प्रेम गरेको बेला दिमागको ‘रिवार्ड न्युरोन’हरु सक्रिय हुन्छन् जस्ले शरिरमा डोपामाइन हर्मोनहरु सक्रिय गर्छ। डोपामाइनले दिमागलाई चाहिएको भन्दा बढि खोज्ने उत्सुकता दिन्छ जसले गर्दा तपाईँ पुरै दिन आफ्नो प्रेमिसँग समय बिताएपनि छुट्ने बेलामा साथ छोड्न मान्नुहुन्न। प्रेम सम्बन्धमा रहेको बेला दिमागको ढाँचा अझ स्थिर हुन्छ र आफ्नो प्रेमि सँगै भएको बेला डोपामाइन निरन्तर सक्रिय भइरहेको हुन्छ।

यसकारण अचानक प्रेमिले धोका दिएपछि डोपामाइनको मात्रा अत्याधिक हुन जान्छ जसले दिमागी सन्तुलन खलबलाउछ। ‘रिवार्ड न्युरोन’को यो प्रणाली दिमागको मुख्य भागहरुमध्ये रहेकोले यसले हाम्रो शरिरमा भोक, प्यास जसतो चेतनहरु पनि जगाँउछ। यसकारण धोका पाएका व्यक्तिहरुमा असामान्य व्यवहार उत्पन्न हुन्छ।

तर चिन्ता नगर्नुहोस, यसतो व्यवहार केहि पलको लागि मात्र रहन्छ। समयसँग दिमागले आफ्नो गतिविधिहरु आफै मिलाउछ। एक अनुसन्धान अनुसार मानिसको दिमागी सन्तुलन सामान्य हुन अथवा बिछोडको पिडा हटाएर अगाडि हेर्न मानिसलाई औसत ३ महिना जति लाग्छ।

 मानिसको दिमाग स्वाभाविक रुपले अगाडिको सोच्ने प्रवृत्तिको हुन्छ। बिछोडले परेको शारिरिक दर्दबाट छुट्कारा पाउन प्यारासिटामोल लिँदा हुन्छ। तर सबै दुखः भुलाउन आफ्नो मनको कुराहरु मिल्ने साथीहरुलाई भन्नु सबैभन्दा उपयुक्त हुन्छ।
पोखरा । पोखरामा महिलाहरुले यौन सन्तुष्टि पूरा गर्न नयाँ तरिका अपनाएका छन् ।
आफ्ना श्रीमान विदेश गएको र गाउँका अविवाहित युवा समेत विदेश पलायन भएकाले यौनसन्तुष्टि प्राप्त गर्न यहाँका महिला तथा युवतीहरुले यस्तो तरिका अपनाएका हुन् । त्यो हो सेक्स टोयको प्रयोग ।
कतिपयले आफू बिदेश जानुअघि आफ्नी श्रीमतीलाई पनि किनेर लगेको तथा कतिपय आफ्नै आमाले छोरीको लागि तथा केटा साथीले केटीको लागि र केटी साथीले केटाको लागि पनि यो खरिद गर्न आउने गरेका छन् ।


पोखरामा यौनसन्तुष्टि प्राप्त गर्न प्रयोग गरिने कृत्रिम यौनसामग्री सेक्सटोयको प्रयोग ह्वात्तै बढेको ब्यापारीहरुले बताएका छन् । पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाईडमा रहेका पसलमा सेक्सटोय खरिद गर्ने र यसको बारेमा जानकारी लिन आउनेहरुको भीड लाग्ने गरेको छ ।

कतिपयले फोनबाट यसको बारेमा जानकारी लिन्छन् र खरिद गर्छन् भने कतिपय पसलमै आएर लैजाने गरेका छन् । सेक्सटोय खरिद गर्नेमा महिलाको संख्या बढी छ । कुल ग्राहकको ६० प्रतिशत महिलाहरु रहेको पसल सञ्चालक सुवास भट्टराईले बताए । दुई बर्षअघि पोखरामा सुरु भएको सेक्सटोयको ब्यापार सोचेभन्दा बढी फष्टाएको उनले बताए ।

पुरुषको तुलनामा महिलाहरु यसको बारेमा जिज्ञासु देखिएको उनको अनुभब छ । यसको ३० प्रतिशत ग्राहक बिदेशी पनि छन् । अधिकांश बिदेशी पर्यटक आफैले लिएर आउने भएकाले नेपाली ग्राहकको संख्या अत्याधिक भएको सञ्चालकले बताएका छन् । नेपाली कुल ग्राहक मध्य पनि ४५ प्रतिशत पोखराकै स्थानीय छन् । नेपालका बिभिन्न स्थानबाट पोखरा घुम्न आएकाहरुले पनि खरिद गरेर लैजाने गरेका छन् । काठमाडौंको सुन्धरा र पोखराको लेकसाईडमा मात्रै पसल भएपनि अर्डर अनुसार निःशुल्क होम डेलिभरिको सुबिधा पनि रहेको भट्टराईले जानकारी दिए ।

सुरक्षित यौन क्रियाकलापको लागि सेक्सटोय अतिनै उपयोगी हुने दाबी गरिएको छ । ‘एउटा प्रेमिकाबाट पाउने प्रेम सहितको सेक्स त हुदैन तर एउटा यौनकर्मीबाट पाउने आनन्द यसबाट प्राप्त हुन्छ ।’ पसल संचालकको भनाई । कतिपयले आफू बिदेश जानुअघि आफ्नी श्रीमतीलाई पनि किनेर लगेको तथा कतिपय आफ्नै आमाले छोरीको लागि तथा केटा साथीले केटीको लागि र केटी साथीले केटाको लागि पनि यो खरिद गर्न आउने गरेको उनले सुनाए । यौन चाहना भएर पनि बाहिर खुल्न नसकेकाको लागि यो उपयुक्त साधन मानिन्छ ।
dainiknepal.com
धरान : बराहक्षेत्र दर्शन गर्न हिँडेका तीर्थयात्री बोकेको ल्यान्ड रोभर जिप आइतबार अपरान्ह सप्तकोशी नदीमा खसेको छ ।

बराहक्षेत्र मन्दिरको दर्शनका लागि चतराबाट कोचाकोच यात्री लिएर जाँदै गरेको जि बराहक्षेत्र गाविस–१ को १७ नम्बर भीरबाट १५० मिटर तल सप्तकोशी नदीमा खसेको हो ।

नदीमा जिप खसेपछि सुरक्षाकर्मीले तत्कालै घटनास्थलमा पुगेर १७ जना यात्रुको जीवितै उद्धार गरेका छन् । उद्धार गरिएका यात्रुको उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी श्यामसिंह चौधरीका अनुसार जिपमा कति यात्रु थिए भन्ने अझै एकिन हुन सकेको छैन ।

अहिले घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीले उद्धार जारी राखेका छन् । सप्तकोशीमा खसेको जिप र  हराइरहेका अन्य यात्रुको खोजी भइरहेको डिएसपी चौधरीले जानकारी दिए । -annapurnapost.com
१७ साउन, काठमाडौं ।

के तपाइँलाई थाहा छ ? नेपाल टेलिकमले आफ्नो वार्षिकोत्सवको अवसरमा गत माघदेखि दिन शुरु गरेको सिडिएमए प्रि पेड नाइट प्याकेजलाई निरन्तरता दिएको छ ।

सिडिएमए नाइट प्याकेजमा सिडिएमए प्रिपेडबाट नेपाल टेलिकमको नेटवर्क भित्र कल गर्दा जम्मा १ महिना सम्म २० रुपैयाँमा लिइने गरेको छ ।

यसका लागि सिडिएम प्रि पेड फोनमा night लेखेर एसएमएस गर्ने र सुविधा प्राप्त गर्ने सुविधा नेपाल टेलिकमले दिएको छ ।

टेलिकमले राति १० बजेदेखि बिहान ६ बजेसम्म नाइट प्याकेज दिँदै आएको छ ।nepaliheadlines.com
काठमाडौं, साउन १७ । नेपाली सिनेमा क्षेत्रका महानायक राजेश हमालले आफुलाई पहिलो पटक नेपाली हुनुमा लज्जास्पद महसुस भएको बताएका छन्।
नायक हमालले फेसबुकमा स्टाटस लेख्दै यस्तो महशुश पहिलो पटक भएको जनाएका हुन् । सिराहा जिल्लाको धनगढी गाविसको वडा नम्बर ३ स्थित नयनपुरमा डोमलाई उच्च जातका मानिसहरुले इनार छुन नदिएपछि त्यहि ठाउँमा रहेका नायक हमालले आफूलाई नेपाली हुनुमा पहिलो पटक लज्जास्पद महसुस भएको स्टाटस मार्फत जनाएका हुन् । साउन १६ गते शनिबार विविसी साझा सवालको कार्यक्रमका लागि नायक राजेश हमाल त्यस ठाउमा पुगेका थिए । नायक राजेश हमालको साथमा हिड्दै दीपक मलिक(डोम) जब इनारतर्फ खानेपानी भर्नलागे, गाउँभरीका महिलाहरुले पानी भर्न नदिने भन्दै इनार घेरेका थिए । यस्तो देखे पछि हमालले नेपालभित्र नै यस्तो अवस्था देख्दा आफूलाई नेपाली हुनुमा ‘लज्जास्पद’ महशुश भएको फेसबुकमार्फत बताएका हुन् । फाइल फोटो www.etajakhabar.com
कोमल वली पुरानो पुस्तादेखि नयाँ पुस्तासम्मका नेपालीको मन जित्ने गायिका हुन् । उनले बाँझो खेतमादेखि, कालो कोट, मलमलकिरी, झ्वाक तन्नेरी, पोइलाजान पाम, तिम्रो मेरो पिरतीको घरघरमा हल्ला छ लगायत दर्जनौ हिट गीत दिएकी छिन् । कहिलेकाहीँ गीतकै कारण पनि विवादमा तानिन्छिन् । उनी गीत, विवाह र सौन्दर्यले सधै चर्चामा हुन्छिन् । रेडियो नेपालकी समाचारबाचिका समेत रहेकी कोमल वलीले दैनिक नेपालका विश्वास खड्काथोकीसँग फरक विषयमा खुलेकी छिन्ः

– तीज अयो, अब त चकाचक होला नी ?
यस पटक तीजको गीत लिएकी छैन ।
– गीत संगीतमा अलि सुस्त हुन लागेको हो की कसो ?
होइन, सुस्त त हुने कुरै भएन । यसपटक चाँही भावनात्मक रुपले न गाएकी हुँ । भूकम्प प्रभावितसँग १२ गतेदेखि नै लगातार कुरा गरिरँहे । रसुवा, दोलखा, सिन्धुपाल्चोक, गोरखा धादिङ, भक्तपुर, काठमाडौं, ललितपुर लगायतका ठाउँमा पुगेर उहाँहरुको पीडा देखे । त्यसैले यसपाली नाच्न मन लागेन् । अहिलेको गीत पनि अर्को साल ल्याउँछु ।
– तपाईको गीत तीज बाहेक अरुबेला सुनिदैनन् नि ?
यो महिनामामात्रै ११ वटा गीत रेकर्ड गरिसके । आइतबार पनि मनकृष्ण दाईसँग दोयत गीत रेकर्ड छ । महिनामा ७÷८ वटा गीत रेकर्ड भैराख्छन् । तर, मबाट मान्छेहले हिट गर्ने खालको बुम गीतको आशा गर्छन् । त्यसैले नगनिएका होलान् ।
– ‘डिस्कोमा तीज’ गीत गाउँनुभएको थियो, डिस्को खुब जानुहुन्छकी क्या हो ?

काठमाडौंमा अहिलेसम्म एक पटक मात्र गएकी छु । त्यो पनि मलाई उहाँले नै डिस्कोमा तीज बजेको छ, हेर्न आउँनुस भनेर । बिदेशमा साथीहरुसँग एकदुई पटक गएकी छु, होला । मेरो जिन्दगी भनेको डिस्कोबाट धेरै टाढा छ । बेलुकी पाँच बजेदेखि ११ बजेसम्म रेडियोमा नै हुन्छु ।
– तपाईको जीवन रेडियोको लागि की संगीतको लागि ?

दुबै हो । रेडियोमा पहिला आउनुको कारण पनि गीत रेकर्ड गर्न पाइन्छ भनेर हो । मैले ०४४ सालमा पहिलो गीत रेकर्ड गराएकी थिएँ । त्यसपछि ०५२ सालसम्म कुनै गीत गाइँन । रेडियोले मेरो समय खाइदियो । समाचार कसरी बनाउन सकिन्छ ? समाचार केहो ? रिपोर्टिङ के हो ? भन्ने तर्फ लागे ।

 ०५३ सालको वैशाखमा मात्र मलमलकिरी भन्ने एल्बम निकाले । एल्बम के निकालेकी थिएँ, जापान जाने मौका पाइहाले । त्यहाँको कार्यक्रम पनि बुम भयो । सन् १९९७ मा महजोडिसँग युकेमा टुर जाने अवसर मिल्यो । अरु कार्यक्रममा त बाहिर गएकी थिएँ । तर त्यो मेरो पहिलो म्युजिकल इन्टरनेशनल टुर थियो ।
– आनन्द चाँही रेडियोमै लाग्छ कि क्या हो ?
हो । रेडियो नेपालको काम गर्दा गाह्रो छ, चुनौती छ । हरेक स्टेपमा चुनौती आइराख्छन् । नयाँ नयाँ प्रविधि, नयाँ टेक्नीक विकास भइरहेका छन् । हामी दिनकै सिकीरहनुपर्ने भएको छ ।
– तपाइलाई खुब स्टाइलिष्ट देखिन मनपर्छ हैन ?

मान्छेको लाइफ नै कलरफुल हो । स्टाइलिष्ट हुनु एकदमै राम्रो कुरा हो । मलाई दुई तीन वटा कुरामा स्टाइल गर्न मन लाग्छ । सुरुमा कपाल । हेयरस्टायल बेलाबेलामा चेन्ज गरिरहन्छु । जुत्ता पनि चेन्ज गर्न मन लाग्छ । स्टाइलले मानिसलाई फ्रेस, तन्दुरुस्त बनाउँछ । फिलिङ राम्रो आउँछ । सबै स्टाइलिष्ट हुनुपर्छ भन्ठान्छु ।
– तपाई कार्यक्रममा पनि उही खालको गेटअप, उस्तै शैलीमा प्रस्तुत हुनुहुन्छ, अब चाही उमेर ढल्कीसक्यो, अर्ड हुन्छ की जस्तो लाग्दैन ?
(लामो हाँसो) अहँ । उमेर ? उमेर त मनले नै ढल्काउने हो । समय त गैरहन्छ । तर, लौ समय गयो भन्ने चिन्ता ले त चितामा पु¥याँउछ । जहिले पनि तिमी आफूलाई जे सोँच्छौ, त्यो हौँ । मलाई जहिले पनि यौंग इनर्जेटिक छु भन्ने लाग्छ ।
– जीवनमा तपाइले लिन बाँकी अनुभव के छ ?
धेरै कुराहरु छन् । जीवन र चाहना कहिल्यै पूर्ण हुँदैन । जहिले पनि डिजायर भैरहन्छ । नेपाली संगीतमा अझै हिट गर्न मन छ ।
– अमेरिकाले तपाइलाई किन भिसा नदिएको होला ?
किन, किन । म आफैलाई थाहा छैन । मेरो भिसा किन रिजेक्ट गर्नुहुन्छ भनेर सोधिरहन्छु । कारण पनि खुलाउनुहुन्न । म कारण थाहा पाउन चाहन्छु ।
– दुःख लाग्छ ?
दुःख त लाग्दैन तर, रिस उठ्छ । नाम चलेका सबै देशहरु घुमिसके । सन् २००५ मा तीन महिनाको भिसा पाएकी थिएँ । म गएर बस्ने भए त त्यतिबेलै लुक्थे । त्यतिबेला म आफ्नो पैसा खर्च गरेर जाँन चाहिन । मलाई अरु केही होइन, प्रोफेसनल कार्यक्रममा जान्छु भन्ने मात्र हो । म एक दिन त जान्छु नै । तर, त्यहाँ बस्ने होइन म यही बस्ने हुँ । यही देशमै गाउँने, मर्ने, बाँच्ने हुँ ।
– तपाईका केही सेक्रेट छन्, जुन खुल्न बाँकी छ ?

त्यस्तो केही छ जस्तो लाग्दैन । किनकी, म खुल्ला किताब हुँ ।
– तपाईको दमालीले देख्दा अश्चर्यचकीत हुन्छन् होला हगी, कसरी मेन्टेन गरेको भनेर ?

सबै साथीहरुले गर्ने प्रश्न नै त्यही हो । मेरो स्पेशल भन्ने केही छैन । म जहिल्यै खुशी रहने कोशीस गर्छु । खानेकुरामा पनि स्पेशल केही छैन । मैले गर्ने भनेको, हरेक दिन मर्निङ वाक जान्छु । आएर पानी पिउछु । त्यसपछि मज्जाले एक घण्टा एक्सरसाइज गर्छु । अनि, नुहाएर पुजापाठमा लाग्छु ।
– तपाईले ‘पोइला जान पाम’ भनेर गीत त गाउँनुभयो, तर कहिल्यै पोइला जान पाउनुभएन हगी ?
मलाई विहे गर्न मन नलागेर नगरेकी हुँ ।
– बिहे नगर्ने संकल्प फेरि कहाँबाट आयो ?
म विहेप्रति सकारत्मक छु । विहे गर्ने योजना पनि बनाएकी थिएँ । त्यस्तै ३४ वर्षकी थिएँ होला । दुई वर्षसम्म विवाह गर्छु भनेरै बसें । जोसँग विहे गर्छु भनेकी थिएँ, नजिक भएपछि उसको एटिच्युड राम्रो लागेन । उसले मलाई हेर्ने दृष्टिकोण के रहेछ भन्ने बुँझे । संगीतको कुरा गर्दा, कसैसँग बोल्दा पनि नाँच खुम्च्याउँने । अनि योसँग विवाह गरेर जिन्दगी चल्दैन भन्ने लाग्यो ।
– कहिल्यै एक्लो महशुस हुँदैन ?
अहिलेसम्म छैन । मेरो काम र वातावरणले पनि होला । संयुक्त परिवारमा बस्छु । मेरो बाबा, आमा, दाई, भाउजु, भाई, बुहारी, बच्चाबच्ची एकै ठाउँमा बस्छौँ । बिहानदेखि बेलुकीसम्म फुर्सद छैन । दिनकै दुईतीन जना मान्छेसँग भेटिरहेकी हुन्छु ।
– एउटा अन्तरवार्तामा भन्नुभएछ, ‘म प्रेम गर्छु तर, विवाह गर्दिन ।’
प्रेमबिना मान्छे बाँच्न सक्दैन । मान्छेहरुले कोमलले ब्वाई फ्रेण्ड फेर्दै हिड्यो भन्लान । मान्छे, सधै साधु सन्त जस्तो भैरहन त सक्दैन नी । फेरि कसैसँग प्रेम गरेर विवाह गर्नुपर्छ भन्ने पनि छैन् ।
– उसो भए केको लागि प्रेम गर्नुहुन्छ त ?
प्रेमले त मान्छेलाई उर्जा प्रदान गर्छ नि ! प्रेमले त मान्छेलाई कहाँदेखि कहाँ पो पु¥याइदिन्छ त । सकरात्मक रुपले लियो भने । कतिले जिन्दगीकै आहुति गर्छन् । नो, प्रेम भनेको सेक्रिफाइस हो । उसको खुशीमा तिमी बाँच्न सिक न अति तिमलाई कति रमाइलो लाग्छ । मैले नि कसैलाई यस्तो मन पराएकी हुन्छ नी, तर व्यक्त गर्न सक्दिन । उसको आफ्नै काम, जीवन छ । उसको परिवार हेरेर आइलभ यु भन्न सक्दिन ।
– एकताका राजसंस्थाको खुब ओकालत गरिरहनुभएको थियो, राजपरिवारप्रति तपाईको सम्बन्ध के हो ?

राजसंस्थाप्रति आस्था राख्ने मान्छे हुँ । हिजो राख्थे, आज राख्छु र भोलि पनि राख्नेछु । यो मेरो नैतिकता हो । म मौसमअनुसार पालुवा फेर्ने मान्छे होइन ।
ग्रायजुयसनसम्म राजा विरेन्द्रको सहयोगले पढेकी हुँ । पञ्चायत हुँदा जन्मे, राजपरिवारको बारेमा पढे । पछि राजा विरेन्द्रबाट लोगगीतमा लागेको कदरस्वरुप गोर्ख दक्षिणवाहु पनि पाए । तर, कहिल्यै राजपारिवारसँग बस्न पाइन । राजारानीलाई टाढाबाट बाहेक देख्न, भेट्न पाईन । राज परिवारप्रति मेरो कुनै सामिप्यता थिएन र छैन पनि ।
– राजसंस्था फर्कीयोस भन्ने लाग्छ ?
कालान्तारमा जनताले महशुस गर्छन की जस्तो लाग्छ । हाम्रो जस्तो बहुँसंस्कृति, बुहभाषी, बहुजाती भएको ठाउँमा, राजा भइदिएको भए यति दुःख पाउँदैन थियौँ की भन्छन् होला । दुइ तीन पस्तापछिको कुरा गर्दैछु ।
– तपाईलाई पैसाको त कहिल्यै समस्या झेल्नुपरेन होला, पैसालाई कसरी लिनुहुन्छ ?
म सानो हुँदा धेरै अभाव झेल्न प¥यो । मेरो बाआमाले नखाइ नखाई पढाउनुभयो । मेरो बुबा राम्रो ठाउँको घर, जग्गा सबै बेचेर स्कुल पढाउनका लागि केही नभएको ठाउँमा बस्न आउँनुभएको हो । सानो घर थियो । हामी सँधै मकैको भात खान्थ्यौँ । कहीलेकाँही चामलको भात खान पाउँदा पनि खुशी लाग्थ्यो । ६ कक्षापढ्दासम्म मेरा सबै साथीहरु पोइला गैसकेका थिए । ६ कक्षापछि म एक्लै स्कुल जान्थे ।

हाम्राजस्तो देशमा पैसाको निकै आवश्यकता छ । सरकार जनताप्रति उत्तरतदायीविहीन छ । हामी निःशुल्क रुपमा उपचार पाउँदैनौं, सरकारी विद्यालयमा पढ्न पाउँदैनौ । यो नेपालीको लागि कालो रात हो । तर, पैसा कसरी कमाउने भन्ने विषयमा भने ख्याल गर्नुपर्दछ । एकैचोटी होइन निरन्तर पैसा आउने बाटो खोज्नुपर्छ । म यसरी भन्छु, पैसा सबथोक हो पनि, होइन पनि ।
dainiknepal.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home