• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौँ, ९ कात्तिक । यही असोज २६ गतेदेखि सुरु भएको २०७२ सालको दसैँ आज घरघरमा जमरा सेलाएर समापन गरिँदैछ ।
प्रत्येक वर्षको आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) का दिनदेखि सुरु भई आश्विन शुक्ल पूर्णिमा (कोजाग्रत पूर्णिमा) सम्म चल्ने दसैँका दिनमध्ये प्रतिपदाका दिन घटस्थापना गरी जमरा राख्ने, सप्तमीमा फुलपाती भित्र्याउने, अष्टमी र नवमीबीचको रातमा कालरात्रि गर्ने, बलि दिने, दशमीका दिन देवीको प्रसादका रुपमा टीका तथा जमरा लगाउने गरिन्छ ।
विजयादशमीका दिनमा दसैँको टीका तथा जमरा लगाउन सुरु गरी त्यसपछि पूर्णिमा (कोजाग्रत पूर्णिमा)का दिनसम्म टीका तथा जमरा लगाउने प्रचलन रहेको नेपाल पञ्चाङ्ग निणायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी गराउनुभयो ।
उहाँका अनुसार आज बेलुकासम्म दसैँको टीका लगाएर सकिन्छ । कोजाग्रत पूर्णिमाका अवसरमा आज ब्रत बसी रातमा महालक्ष्मीको पूजा गरिने उहाँले जानकारी गराउनुभयो । तिथिका घडी, पलाअनुसार पूर्णिमाका अवसरमा हुने कात्तिक स्नान तथा आकाश दीप दान भने भोलि मात्र गरिने गौतमले बताउनुभयो ।
टीका लगाउने प्रचलन पनि ठाउँअनुसार फरक रहेको पाइन्छ । काठमाडौँलगायतका केही जिल्लामा कोजाग्रत पूर्णिमाका दिनसम्म दसैँको टीका तथा जमारा लगाउने गरिन्छ भने लमजुङ, स्याङ्जा, कास्कीलगायत जिल्लामा विजयादशमीका दिन मात्र टीका तथा जमरा लगाउने गरिन्छ ।
कोजाग्रत पूर्णिमाका दिनमा सम्पन्नताकी देवी महालक्ष्मीले रातमा पृथ्वीको भ्रमण गरी को जागेको छ ? भनी हेर्ने र जो जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरिरहेको छ, उसैलाई आर्शिवाद दिई धनधान्यले सम्पन्न गरिदिने धार्मिक विश्वास रहिआएको छ । यही विश्वासका कारण आज रातमा गृहिणीहरू जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गर्दछन्
 dainiknepal.com
 राजधानीको कोटेश्वरमा यात्रुको प्रतीक्षामा रहेका ट्याक्सी
। कार्तिक ९, २०७२- रामकृष्ण सुनुवार आइतबार दसैं मनाएर काठमाडौं फर्किए। बिरामी आमासहित चारजनाको समूहमा आएका उनले बौद्धस्थित कोठामा पुग्न ट्याक्सी खोजे। घरबाट ल्याएको पोका पन्तेरा पनि भएकाले ट्याक्सीमा चढन जरुरी नै थियो। मन्थली–खुर्कोट हुँदै कोटेश्वरसम्मको भाडा उनले ४ सय ७५ रुपैयाँ तिरे। बौद्ध जान दुई हजार मागेपछि उनले पाँचवटा भन्दा बढी ट्याक्सीसँग बार्गेनिङ गरे।  कुनै पनि ट्याक्सीले त्यसभन्दा कममा लैजान मानेनन्। यसअघि मिटर नचलाई यात्रा गर्दा पनि कोटेश्वरबाट बौद्ध जान चार सयमा जाने गरेको सुनुवार परिवार घरबाट आएको बस भाडाभन्दा पाँच गुना बढी मागेपछि बसमै कोच्चिएर गए।   त्यस्तै सिन्धुली रातामाटेबाट आएकी अनीता राजवंशीले इमाडोलसम्म जान ट्याक्सी चालकले एक हजार रुपैयाँ मागेको बताइन्। रामेछाप रामपुरबाट आएका रमेश तामाङले कोटेश्वरबाट ग्वार्कोसम्म जान आठ सय रुपैयाँ मागेको बताए। ‘दुई सयमा जाने गरेको थिएँ, आज आठ सय माग्यो,’ उनले भने। ट्याक्सी चालकहरू भने पाँच सय रुपैयाँ लिटरमा तेल किनेर चलाउनुपरेकाले महँगो भएको बताउँछन्। ‘पूर्वबाट आउने गाडीसँग पाँच सय रुपैयाँ लिटरमा किन्नुपर्छ,’ यात्रुको खोजीमा कोटेश्वरमा रहेका एक ट्याक्सी चालकले भने, ‘विगतको भन्दा महँगो नलिएर के गर्नु?’   पेट्रोलियम पदार्थको अभावसँगै ट्याक्सीले आफूखुसी पाँच गुनाभन्दा बढी भाडा लिने गरेको पाइएको छ। यस्ता ठगी बसपार्क र बस स्टपमा हुने गरेको छ। थानकोट नाकाबाट आउने कलंकीमा र अरनिको राजमार्गबाट फर्कने यात्रु धेरैजसो कोटेश्वरमा झर्छन्। कलंकी र कोटेश्वरमा यात्रु ठगिंदा पनि ट्राफिक प्रहरी र नापतौल तथा गुणस्तर विभागले कारबाही गर्न सकेको छैन। त्रिभुवन विमानस्थलमा अन्यत्रको भन्दा बढी ठगी हुने गरेको सर्वसाधारणको गुनासो छ। विमानस्थलबाट कलंकी गएको तीन हजारसम्म भाडा लिने गरेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी पोषराज पोखरेलले बढी भाडा लिएको प्रमाण पाइएका सवारीलाई कारबाहीका लागि यातायात व्यवस्था कार्यालयमा पठाउने गरेको बताए। ‘बढी भाडा लियो भनेर गुनासो गर्ने खासै आउँदैनन्,’ उनले भने, ‘गुनासो नआए पनि ट्राफिक प्रहरीले चोक–चोकमा निगरानी गरेको छ।’ कतिपय सवारीलाई ट्राफिक प्रहरीले एक हजार रुपैयाँसम्म जरिवाना गर्ने गरी रसिद काट्ने गरेको उनले बताए। ट्याक्सी, बसले बढी भाडा लिएमा ट्राफिक प्रहरीको नजिकको युनिट र १०३ मा फोन गर्न उनले आग्रह गरे। दसैंअघिदेखि शनिबारसम्म बढी भाडा लिने १ सय ९३ सवारीलाई कारबाही गरेको उनले बताए। उनका अनुसार ३ हजार १ सय सवारी चालकलाई सम्झाएर छाडेको उनले बताए। प्रकाशित:

kantipur.ekantipur.com
भक्तपुर, ९ कात्तिक । तलेजु भवानीको वाहन सेतो घोडाको मृत्यु भएपछि जात्रा प्रभावित हुने भएको छ ।
चालीस वर्ष उमेरको उक्त घोडा विगत ३६ वर्षदेखि भक्तपुरको तलेजुमा तलेजुको वाहनका रुपमा रहँदै आएको घोडा आइतबार मरेको थियो ।
नवदुर्गामध्येको प्रमुख देवी मानिने तलेजु भवानीको वाहन सेतो घोडालाई विजयादशमीको राति वर्षमा एक दिन चन्द्रमासको गतिअनुसार तलेजु र नवदुर्गा भवानीसहित खड्ग जात्रा (पायो जात्रा) गरेर नगर परिक्रमा गराउने प्रचलन छ । यसलाई भक्तपुरको घोडेजात्रा पनि भन्ने गरिन्छ ।
तलेजुका पुजारी नाइके प्रा डा सिद्धिवीर कर्माचार्यले महिषासुर दानवमाथि विजय हासिल गरेपछि तलेजुले आफ्नो वाहन सेतो घोडामा सिङ्गारिएर तलेजु भवानी खुसियाली मनाउन नगर परिक्रमा गरेको भन्ने जनविश्वासअनुसार यो जात्रा मनाउने गरिन्छ ।
गत विजयादशमीको दिन खड्ग जात्रा मनाएर फर्कने क्रममा तलेजुको तबेलाको ढोकामा ठोक्किएर घाइते भएको घोडा आइतबार मरेपछि भक्तपुरको घोडेजात्रा र अन्य जात्रा प्रभावित हुने उहाँले बताउनुभयो ।
धार्मिक र सांस्कृतिक मान्यताअनुसार तलेजुको वाहन घोडाको मृत्यु हुनुलाई अशुभ मानिने कर्माचार्यले बताउनुभयो । घोडा र तलेजुको सुरक्षाका लागि ज्वालादल गणका १७ जना नेपाली सेना परिचालित हुँदै आएका छन् । मरेको घोडालाई वैदिक विधिअनुसार तलेजु मन्दिर परिसरभित्रै आज अत्येष्टि गरिएको छ । रासस
dainiknepal.com
काठमाडौं, ९ कात्तिक । सत्तारुढ दल नेकपा एमालेले उपाध्यक्ष विद्यादेवी भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार विहान बसेको एमाले स्थायी समिति बैठकले उपाध्यक्ष भण्डारीलाई राष्ट्रपति पदमा अघि सारेको सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।
एमाले बैठक अहिले जारी छ ।
dainiknepal.com
काठमाडौं, ९ कात्तिक । चीनले तिब्बतकै सबैभन्दा ठूलो जलविद्युत् आयोजनाबाट बिजुली निकाल्न सुरु गरेको छ। ब्रम्हपुत्र नदीमा विभिन्न युनिटमार्फत १० दिनअघि बिजुली निकाल्न सुरु गरिएको हो। ब्रम्हपुत्र नदीमा ड्याम बनाएर ज्याग्मु जलविद्युत् आयोजनाले विद्युत् उत्पादन सुरु गरेको हो ।
नदीको बहावमा आधारित (रन अफ रिभर) मोडलमा बनेको उक्त आयोजनाको क्षमता ५ सय १० मेगावाट छ। नेपालबाट करिब साढे ८ सय किलोमिटर दूरीमा बनेको उक्त आयोजनाले बढी भएको बिजुली बेच्ने चिनियाँ सञ्चारमाध्यममा उल्लेख छ। विज्ञहरूका अनुसार तिब्बत अब जलविद्युत्को स्रोतसमेत बन्न सक्ने देखिएको छ ।
बिजुलीसहित सबै इन्धनमा भारत निर्भर मुलुकका लागि चीनबाट बिजुली आयातको सम्भावनासमेत बढेको विज्ञहरूको भनाइ छ। भारतले लगाएको नाकाबन्दीका कारण पेट्रोलियम पदार्थका हाहाकार भएको छ। यही बीचमा चीनले अनुदान स्वरूप हजार टन इन्धन उपलब्ध गराउने आश्वासन दिएको छ। यसैगरी ग्यास पनि चीनबाट ल्याउने सम्भावना खोज्न व्यवसायी र सरकारी टोली चीन गएको थियो। भारतले इन्धन र सामान कटौती गरे पनि बिजुली दिन भने बन्द गरेको छैन। भारतबाट करिब २ सय ५० मेगावाट बिजुली आयात भइरहेको छ। हिउँदमा नेपालको विद्युत्को माग करिब १३ सय मेगावाट पुग्ने गरेको छ ।
जब कि स्वदेशको उत्पादन २ सय ५० मेगावाटको हाराहारी मात्रै हुने गरेको छ। भारतले दिँदै आएको बिजुली कटौती गर्ने हो भने यसको विकल्प थिएन। ब्रम्हपुत्रमा बनेको विद्युत् वैकल्पिक स्रोत बन्ने विश्लेषण गरिएको हो। ब्रम्हपुत्र नदीबाट बिजुली निकाल्न चीनले करिब डेढ अर्ब डलर (करिब डेढ खर्ब रुपैयाँ) खर्चेको छ। यो ड्याम विश्वकै सबैभन्दा उचाइ बनेको छ। ब्रम्हपुत्र नदीमा चीनले बनाएको ड्याम भारतका लागि ठूलो चासोको विषय हो। भारतको बारम्बारको खबरदारीपछि पनि चीनले उक्त आयोजना बनाएको हो। बदलामा पानीको बहावबारे मेदेखि अक्टोबरसम्म पानीको बहावको जानकारी भारतलाई दिने आश्वासन चीनले दिएको छ । ब्रम्हपुत्रलाई चिनियाँ भाषामा ज्याम्बो नदी भन्ने गरिन्छ।
यही नदी भारतमा पुग्दा ब्रम्हपुत्र र त्यसपछि मेघनाको नामबाट बंगलादेश हुँदै बंगालको खाडीमा मिसिन्छ। चीनले सन् १९७२ मा गरेको अध्ययनअनुसार ब्रम्हपुत्र नदी बेसिनमा १ लाख १४ हजार मेगावाट बिजुली उत्पादन हुन सक्ने क्षमता छ। मुख्य नदीमा मात्रै करिब ८० हजार मेगावाट क्षमता भएको अध्ययनले देखाएको छ। चीनले करिब २८ ठाउँमा ड्याम बनाएर बिजुली निकाल्न सकिने सम्भावना देखाएको छ। यो नदी चीनले तीव्र रूपमा विकास गर्न खोजिरहेको तिब्बतको ऊर्जाको माग पूरा गर्ने मुख्य स्रोत हो।
सन् २०१३ मा चीनले अन्य ३ ठाउँमा ड्याम बनाएर बिजुली निकाल्ने योजना केन्द्रीय योजनामा समावेश गरिसकेको छ। यसले आगामी दिनमा चीन ब्रम्हपुत्रबाट बढीभन्दा बढी बिजुली निकाल्न जुटने देखिन्छ। जसले भारत र चीनबीचको सम्बन्धमा चिसोपन आउने सम्भावना छ। भारतको पकड भएको भुटानका प्राय: सबै नदी ब्रम्हपुत्रमा गएर मिसिन्छन्। त्यसैल ब्रम्हपुत्र नदी बेसिनमा भारत आफ्नो बढी आधिपत्य खोजिरहेको छ। तर ऊर्जाको ठूलो मागका कारण चीनले बिजुली निकाल्न बन्द गर्ने सम्भावना भने कम छ। चीनको बिजुली उत्पादन सुरु भएपछि भारतीय मिडियाले त्यसलाई नजिकबाट नियाल्नुपर्ने भन्दै त्यहाको सरकारको ध्यानाकर्षण गराउन खोजेको छ ।
dainiknepal.com


काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा लामो समय सेवा गरेका २ जनाको उपचारका लागि कांग्रेसले आर्थिक सहयोग गरेको छ ।

कांग्रेसको स्थापनादेखि ४ दशकभन्दा बढी समय कांग्रेस कार्यालयमा काम गरेका ८३ वर्षीय मोहन केसी र ७० वर्षीय सुरेश श्रेष्ठ (कान्छा दाई) लाई उपचारका लागि ५०–५० हजार रुपैयाँ सहयोग गरिएको हो ।


केसीको रातोपुल र श्रेष्ठको बानेश्वरस्थित निवासमै पुगेर कांग्रेस केन्द्रीय सदस्य एवं सांसद धनराज गुरुङले ५०–५० हजार रुपैयाँ नगद हस्तान्तरण गरे ।

नेपाली जनसम्पर्क समिति अमेरिकाले उनीहरुको उपचारका लागि जुटाएको रकम आफू हस्तान्तरण गरेको केन्द्रीय सदस्य धनराज गुरुङले बताए ।

‘नेपाली कांग्रेसका लागि दशकौं खटिएका व्यक्तिको उपचारमा रकम अभाव हुनु दुखद हो । यद्यपि हामीले सबैलाई आग्रह गरेर जुटेको रकम उपलब्ध गराउँदै आएका छौं’,गुरुङले भने । उनले उपचारका लागि थप रकम संकलन गर्ने अभियान जारी राखेको जनाए ।

दुबैजनालाई दमको समस्या रहेको छ । केसी विगत ३ वर्षदेखि अक्सिजनको भरमा बाँचिरहेका छन् । श्रेष्ठलाई पनि दम र कुपोषणको समस्या रहेको छ ।

उपचार सहयोग बुझ्दै दुबैजनाले कांग्रेसका दुखीहरुलाई सहयोग गर्न पार्टीले नै संस्थागत पहल गरोस भन्ने चाहना रहेको बताए ।
annapurnapost.com
पाकिस्तानी शिया मुसलमानहरू पूर्वी पाकिस्तानको लाहौरमा असुराको पवित्र दिनका अवसरमा अाफ्नै शरीर चोट लगाउँदै ।

पेरिस, फ्रान्स । विश्वका विभिन्न कम्पनीहरुलाई गुणस्तर नियन्त्रणका आधारमा दिइने यसवर्षको ‘गोल्ड अवार्ड’ नेपालको ग्लोबल क्यापिटल इन्भेष्टमेण्टले जितेको छ ।
तीनदशकदेखि विश्वका विभिन्न कम्पनीहरुलाई गुणस्तर नियन्त्रणका आधारमा प्रत्येक वर्ष दिइने ‘गोल्ड अवार्ड’ यसपटक नेपालको ग्लोबल क्यापिटल इन्भेष्टमेण्टलाई फ्रान्सको पेरिसमा आयोजित एक कार्यक्रममा प्रदान गरिएको हो ।
स्पेनको विजनेश इनिसियटिभ डाइरेक्सनले अन्र्तराष्ट्रियस्तरमा प्रदान गर्दै आएको यस अवार्ड यस पटक नेपालको कम्पनीलाई प्रदान गरेको हो । विगतमा भारतको रिलायन्स, टाटा कम्पनी, टर्किज एयरलाइन्स, युनाइटेड अरब इमिरेट्स, सेन्ट्रल स्टेट बैंक अफ रसिया र रसियन स्पेस एजेन्सीलगायतलाई सो अवार्ड प्रदान गरिसकेको छ ।
सो कार्यक्रममा नेपालबाट गैर आवासीय नेपाली संघका पूर्वअध्यक्ष तथा ग्लोबल क्यापिटल इन्भेष्टमेन्टका अध्यक्ष देवमान हिराचन, कम्पनीका निर्देशक किरण केसी र कम्पनी प्रबन्धक बिष्णु दवाडी पौडेलले भाग लिएका थिए । कम्पनीका अध्यक्ष हिराचनले आगामी पाँच वर्षभित्र नेपाललाई अर्गानिक देश बनाउने अभियानमा कम्पनी लागेको जानकारी दिदैं खाद्य क्षेत्रमा एउटा सक्षम राष्ट्र बनाउने अभियानमा कम्पनी लागेको बताउनु भएको थियो ।
कार्यक्रमको उद्घाटन बिजनेश इनिसियटिभ डाइरेक्सनका अध्यक्ष जोसे ई प्रेटले गरेका थिए । उक्त संस्थाले प्रदान गर्ने सो अवार्डलाई अन्र्तराष्ट्रियस्तरमा प्रतिष्ठित रुपमा हेरिन्छ ।
dainiknepal.com
धुन्चे (रसुवा), ९ कात्तिक । नेपालका लागि चीनले दिने अनुदानको पेट्रोलियम पदार्थ बुधबारसम्म रसुवागढी आइपुग्ने भएको छ ।
दैनिक २५ वटा नेपाली ट्याङ्करले रसुवागढीबाट अनुदानको इन्धन बोकी काठमाडौँस्थित केन्द्रीय भण्डारणमा पुर्याउने वाणिज्य विभागमार्फत जानकारी पाएको रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताउनुभयो ।
रसुवागढीसम्म नै चिनियाँ पक्षले इन्धन ल्याई पेट्रोलियम पदार्थ नेपाली ट्याङ्करमा भरिने बताइएको छ । भूकम्पपछि चिनियाँ भू–भागमा बिग्रिएका सडक मर्मतसम्भार र पुनःनिर्माण गरी केही दिनदेखि सञ्चालनमा ल्याइएको छ ।
रसुवागढी नाका पूर्णरुपले सञ्चालनमा आउने भएपछि सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्मले आफ्नो सुरक्षाफौज टिमुरेमा तैनाथ गरी यथेष्ट सुरक्षा व्यवस्था मिलाइसकिएको सशस्त्र प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दर्शन गिरीले बताउनुभयो ।
राजस्व सङ्कलनमा पूर्ण रुपले सहयोग गर्दै सीमाको सुरक्षा र सीमा क्षेत्रमा हुने अवैध गतिविधि रोक्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।
यसैबीच, चीनबाट अन्य उपभोग्य सामान आयातका लागि १३ जना व्यापारी र स्थानीयबासिन्दा हिजो अपराह्न अध्यागमनको अनुमतिबाट केरुङतर्फ प्रस्थान गरिसकेका छन् । रासस
dainiknepal.com



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार बिहान भेटवार्ता भएको छ ।

ओलीसँगको भेटवार्ताका लागि अध्यक्ष प्रचण्ड बिहान बालुवाटार पुगेका थिए। भेटमा राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवारीलगायतका विषयमा छलफल भएको थियो। प्रचण्डसँगको भेटपछि एमाले स्थायी समितिको बैठक सुरु भएको थियो ।


सरकार संचालनसम्बन्धी उच्चस्तरीय राजनीतिक समितिका संयोजक समेत रहेका प्रचण्डले बहुमतीय प्रक्रिया सुरु भए पनि सहमतिकै आधारमा राष्ट्रपति र उपराष्ट्रपति गर्नुपर्नेमा जोड दिएको प्रचण्ड निकट स्रोतले बतायो । बालुवाटारबाट फर्केपछि प्रचण्डले पार्टीभित्र आन्तरिक छलफल गर्दैछन् ।
annapurnapost.com

काठमाडौँ : राष्ट्रपति तथा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन बुधबार हुँदैछ। तर सोमबार बिहानसम्म पनि दलहरुले उम्मेदवारी सार्वजनिक गरेका छैनन्। खासगरी राष्ट्रपतिमा कांग्रेस र एमाले दुवैले दाबी गरेका छन्।

दुवै पार्टीले कुनै नाम सार्वजनिक गर्ने भन्दा पनि अन्य दलहरुसँग छलफल गरेर उम्मेदवारी चयन गर्ने रणनीति बनाएका छन्। उम्मेदवारीबारे टुंगो लगाउन एमाले स्थायी समितिको बैठक सोमबार बिहान बोलाइएको छ। कांग्रेसको शनिबार बैठक बसे पनि निर्णय केही भएन।

कांग्रेसले समर्थन जुटाउनका लागि एमाओवादी र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)लगायतका अन्य दलहरुसँग अनौपचारिक रुपमा वार्ता गरिरहेको छ। सरकारमा सहभागी भएका एमाओवादी र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)ले एमालेले उम्मेदवारी दिए समर्थन गर्नुपर्ने नैतिक बन्धन भए पनि प्रधानमन्त्री र राष्ट्रपति पद एकै दलले लिन नहुनेमा उनीहरु सचेत देखिएका छन्। त्यसैले राष्ट्रपति दिएर पनि कांग्रेसलाई समेट्नुपर्ने पक्षमा एमाओवादी र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) केही सकारात्मक देखिएका छन्।


राष्ट्रपतिका लागि केही नाम अहिले चर्चामा छन्। एमालेबाट राष्ट्रपति पदका लागि पार्टी उपाध्यक्ष विद्या भण्डारी र सभामुखबाट राजीनामा दिएका सुवास नेम्वाङको नाम अगाडि सारेको छ ।त्यसैगरी झलनाथ खनाल र माधव नेपालको नाम पनि चर्चामा आए पनि नेपालले आफू इच्छुक नरहेको बताइसकेका छन्।

एमालेका संस्थापक नेता स्व.मदन भण्डारीकी पत्नी विद्यालाई पहिलो महिला राष्ट्रपति बनाउनुपर्ने पक्षमा प्रधानमन्त्री ओलीसहितका नेताहरु छन् भने एउटा पक्षले संविधानसभा र संसद्को सफल नेतृत्व गरिसकेका र समन्वयकारी भूमिका कारण विवादमा नआएका नेम्वाङलाई नै बनाउनुपर्ने माग अघि सारेको छ ।

त्यसैगरी कांग्रेसबाट पुराना नेता केबी गुरुङ र दलित समुदायका मानबहादुर विश्वकर्माको नाम चर्चामा छ। तर पछिल्लोपटक खिलराज रेग्मीको नाम पनि कांग्रेस बृत्तबाटै चर्चामा ल्याइएको छ। कांग्रेसभित्रबाटै चर्चामा ल्याइएका रेग्मीको हकमा एमाओवादी सकारात्मक हुनसक्ने बताइएको छ। दक्षिण छिमेकीले समेत रुचाएका रेग्मीको नाम अचानक चर्चामा ल्याउनुलाई अर्थपूर्ण मानिएको छ।

एमालेभित्र पनि दुवै पद आफै लिनुभन्दा राष्ट्रपति पद दिएर कांग्रेसलाई सरकारमा सहभागी बनाउनुपर्ने र त्यसले नयाँ संविधानको कार्यान्वयन यात्रा सहज हुने, तीन दलको एकता पनि कायम हुने तर्क अघि सारिएको छ। यसबारेमा कांग्रेस र एमालेका युवा नेताहरुबीच अनौचारिक तहमा वार्ता भइरहेको छ।

त्यसैगरी मधेसी मोर्चाका महन्थ ठाकुरलाई राष्ट्रपति बनाए तराई मधेसलाई समेटिने र आन्दोलनको पनि सम्बोधन हुने तर्क पनि एउटा कोणबाट उठाइएको छ। त्यसैगरी अहिलेका राष्ट्रपति रामवरण यादवलाई नै निरन्तरता दिनुपर्ने पक्षमा पनि एउटा पक्षबाट लबिङ भइरहेको छ ।

सहमतिका आधारमा राष्ट्रपति र उपराष्ट्रपति चयन गर्ने दलहरुको प्रयास सफल हुन सकेन। सहमतिका आधारमा आइतबार दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समयसिमा तोकिएको थियो। तर सत्तारुढ दल र प्रमुख प्रतिपक्षी कांग्रेसका नेताहरुबीच विभिन्न चरणमा भएका औपचारिक तथा अनौपचारिक वार्ताबाट सहमति हुन नसकेपछि अब दुवै पदमा कात्तिक ११ गते मतदान हुनेछ ।

राष्ट्रपति र उपराष्ट्रपति दुवै पदमा बहुमतीय प्रक्रिया प्रारम्भ भएको छ। संसद् सचिवालयले दुवै पदमा उम्मेदवारी दर्ता र मतदानलगायत निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ।नेपालको संविधानको धारा २९७ को उपधारा ९२० बमोजिम राजनीतिक सहमतिका आधारमा ती पदमा उम्मेदवारीको प्रस्ताव दर्ता नभएपछि बहुमतीय प्रक्रिया प्रारम्भ हुने भएको हो ।

संविधानको धारा २९७ को उपधारा ९३० बमोजिम अब राष्ट्रपति र उपराष्ट्रपति पदमा उम्मेदवारी प्रस्ताव दर्ता गर्नुपर्नेछ।उक्त प्रयोजनका लागि यही कात्तिक १० गते बिहान १० बजेदेखि अपराह्न १ बजेसम्म उम्मेदवारको प्रस्ताव दर्ता गर्नुपर्नेछ ।

सहमतिमा उम्मेदवारी दिने म्याद सकिए पनि दलहरुबीच सहमति खोज्ने प्रयास भने जारी छ ।राष्ट्रपति तथा उपराष्ट्रपति पदमा सहमतिका आधारमा उम्मेदवारी दिने पहल स्वरुप प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बोलाएको सर्वदलीय बैठकमा कुनै सहमति हुन सकेन। गम्भीर छलफल नै नभइकन बैठक सकिएको छ ।
annapurnapost.com


काठमाडौं : इङ्लिस प्रिमियर लिगको बहुप्रतिक्षित म्यानचेस्टर डर्बी गोलरहित बराबरीमा सकिएको छ ।

गएराति म्यानचेस्टर युनाइटेडको घरेलु मैदान वल्र्ड ट्राफोडमा भएको भिडन्तमा युनाइटेडले सिटीलाई दबाब राखेपनि गोल गर्न सकेन ।


लिगको शीर्ष स्थानमा रहेको सहरी प्रतिद्वन्द्वी सिटीविरुद्ध युनाइटेडले आक्रमण गरेपनि गोल गर्न असफल रह्यो । सिटीका पनि केही प्रयास असफल रहे ।

प्रमुख स्ट्राईकर सर्जियो अग्वेरो र प्ले मेकर डेभिड सिल्भाबिना मैदानमा उत्रेको सिटीले भने रक्षात्मक खेल खेलेको थियो ।

युनाइटेडका कप्तान वाइने रुनी टाउकोमा चोट लागेर घाइते भएको १७१ औं डर्बी भिडन्त बराबरीमा सकिएपनि २२ अंकसहित लिगको शीर्ष स्थानमा सिटी नै रहेको छ ।

समान १० खेल खेलेको आर्सनल पनि सिटीसँगै २२ अंक जोड्दै लिगको दोस्रो स्थानमा छ । समान २० अंकसहित वेस्ट ह्याम र युनाइटेड तेस्रो र चौथो स्थानमा छन्
www.annapurnapost.com
काठमाडौं, ९ कात्तिक । परराष्ट्र मन्त्रालयले अनुमति नदिएपछि खाना पकाउने एलपी ग्यासको सम्झौता गर्न चीन जाने भनिएको निजी व्यवसायीहरूको टोलीको कार्यक्रम प्रभावित भएको छ ।

वाणिज्य तथा आपूर्ति मन्त्रालय र परराष्ट्र मन्त्रालयको पहलमा चीनसँग कुटनीतिक पहलमार्फत एलपी ग्यास व्यावसायिक रुपमा आयातका लागि निजी व्यवसायीहरूको टोली आज (सोमबार) चीन जाने कर्याक्रम थियो । तर परराष्ट्र मन्त्रालयले आइतबार पत्र नदिएपछि ग्यास व्यवसायीहरूको योजना विफल भएको हो ।

एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेसहितको टोली आज (सोमबार) चीन जाने तयारी गरेको थियो ।

परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले पनि एलपी ग्यास व्यवसायीहरूलाई चीनबाट खाना पकाउने ग्यास व्यावसायिक रुपमा आयात गर्न प्रशासनिक र कुटनीतिक सहयोग गर्ने पनि जनाएका थिए ।

तर आइतबार व्यवसायीहरूलाई चीन जाने पत्र नदिइ बेपत्ता भएपछि अध्यक्ष घिमिरेसहितको टोली परराष्ट्र मन्त्रालयबाट पत्र नपाइ खाली फिर्ता भएको छ ।

संघका अध्यक्ष घिमिरेले मुलुकमा देखिएको एलपी ग्याको अभाव हटाउनका लागि आज (सोमबार) चीन गइ सम्झौता गरेर आपूर्ति सहज बनाउने आफूहरूको योजना परराष्ट्र मन्त्रालयका कारण असफल भएको बताए ।

‘चीनबाट ग्यास ल्याउने हाम्रो तयारी विफल भएको छ’, उनले भने, ‘परराष्ट्र मन्त्रालयले चीन जानका लागि आवश्यक पत्रहरू दिने तयारी भएको थियो । पत्र दिइएन । अब तत्कालका लागि चीनबाट खाना पकाउने ग्याउ आउने कुरा सक्किएको छ ।’

स्रोतका अनुसार भारतीय पक्षले चीनबाट खाना पकाउने ग्यास नल्याउन चेतावनी दिएपछि परराष्ट्र मन्त्रालयले निजी व्यवसायीहरूलाई चीन जानबाट रोकेको हो ।

मधेसी मोर्चाको आन्दोलनलाई साथ दिँदै भारतले झण्डै एक महिनदेखि नेपालमा अघोषित नाकाबन्दी लगाएको छ । नाकाबन्दीका रकाण नेपालमा पेट्रोलियम पदार्थको हाहाकार भएको छ ।

खाना पकाउने ग्यास चीनबाट आयात गर्ने हो भने भारतमा भन्दा कम्तीमा चार सय रुपियाँसम्म सस्तो पर्ने हुन्छ ।

नेपाली व्यवसायीहरूले चीनको सिगात्सेबाट ग्यास आपूर्ति गर्नका लागि अन्तिम तयारी गरेका थिए । अध्यक्ष घिमिरेले उच्च तहबाट चीनबाट ग्यास ल्याउन योजनालाई तुहाइ दिएको प्रतिक्रिया दिनुभएको छ ।

dainiknepal.com
पाल्पा, ९ कात्तिक । पाल्पाको झिरुवास गाविसमा जिप दुर्घटना हुदाँ दुईजनाको घटनास्थलमा मृत्यु भएको छ ।
भिरुवास– ७ लाँकुरीभञ्याङमा गएराति जिप दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने छजना घाइते भएका छन् । घाइतेको अहिले रामपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरुमा झिरुवास– ७ ढाक्रेसिंह बस्ने १९ वर्षीय गुणराजसिंह ठकुरी र १९ वर्षीय धनबहादुर पाटा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले उल्लेख गरेको छ ।
भिरुवासबाट विरामी बोकेर रामपुर अस्पताल आउँदा लु १ ज २६४७ नम्वरको जिप दुर्घटना भएको हो । जिप सडकबाट पाँच सय मिटर तल खसेको थियो ।
राति १२ बजे दुर्घटना भएपनि प्रहरीलाई राति २ बजे मात्र जानकारी प्राप्त गरेको प्रहरी स्रोतले बताएको छ ।
dainiknepal.com

चितवन, ९ कात्तिक । चितवनको कुमरोज क्षेत्रमा अहिले एलपी ग्यासको अभाव महसुस भएको छैन ।
दुई वर्षअघि साविक कुमरोज गाविसलाई नै नेपालमै पहिलो बायोग्यास भिलेज घोषणा गरेपछि अहिले एलपी ग्यासको अभाव गाउँलेले महसुस गरेका छैनन् । “बिहान बेलुका बायोग्यासले नै खाना पाक्छ, स्थानीयवासी ईश्वरी पाठकले भन्नुभयो, किन खोज्नुप-यो र एलपी ग्यास ।”
तत्कालीन समयमा यहाँ एक हजार ३०० बढी घरधुरीमा बायोग्यास जोडेपछि नमुना गोबरग्यास गाउँ (बायोग्याँस भिलेज) घोषणा गरिएको थियो । करिब ८० प्रतिशत घरमा गोबरग्यास जोडेपछि यस्तो घोषणा गरिएको थियो ।
यहाँ अहिले एक हजार ५०० बढी घरमा गोबरग्यास जडान भएको छ । एक हजार ७०० घरधुरी सो गाउँमा छ । हालको खैरहनी नगरपालिकामा गाभिएको कुमरोजमा यो वर्ष ३० भन्दा बढी घरमा जोड्ने कार्यक्रम रहेको पाठक बताउनुहुन्छ ।
स्थानीय क्षेत्रमा संरक्षणमा क्रियाशील पाठकले अघिल्लो वर्ष पनि एक सयभन्दा बढी बायोग्यास जडान भएको बताउनुभयो ।
बायोग्यासले जङ्गलमा दाउरा काट्ने क्रम रोकिएको छ भने एलपी ग्यासको अभाव खेप्नु नपरेको स्थानीयवासी अजित चौधरीले बताउनुभयो ।
उहाँको घरमा बायोग्यास जोडेको पाँच वर्ष भयो । अहिलेसम्म सिलिन्डर ग्यास जोड्नुपरेको छैन । “साह्रै सुविधा छ, कुनै चिन्ता छैन”, उहाँले भन्नुभयो ।
प्रकृति संरक्षण कोष, स्थानीय बूढीराप्ती उपभोक्ता समिति र ताल कार्यक्रमको सहयोगमा सामान्य स्थानीयवासीको लागतमा यहाँका गाउँलेलाई बायोग्यास जडान गराइएको थियो ।
वन र वन्यजन्तु संरक्षणका लागि सुरु भएको यो अभियान संरक्षणमा प्रभावकारी भएसँगै अहिले ग्यास अभावमा समेत सहयोगी भएको स्थानीयवासी भगवती उप्रेती बताउनुहुन्छ ।
हरेक घरमा गाईबस्तु भएकाले अब जङ्गलको संरक्षण र गोबरग्यास टिकाइ राख्न निश्चित क्षेत्रलाई चरिचरन क्षेत्र बनाउनुपर्नेमा स्थानीयवासीले माग गरेका छन् ।
सबै जङ्गल चरिचरन बन्द गर्दा बस्तुभाउका लागि असर पर्ने अजित महतो बताउनुहुन्छ । सहरबजारका सेफ्टी ट्याँङ्कीबाट बायोग्यास निकाल्ने हो भने प्रभावकारी हुने स्थानीयवासी बताउँछन्
dainiknepal.com
कार्तिक ९, २०७२- झन्डै ५० को उमेरमा पनि कोही एलिजेबल ब्याचलर रहिरहन सक्छ भने ती बलिउड नायक सलमान खान नै होलान्। अझै पनि उनका लागि मरिहत्ते गर्ने युवती फ्यानको लर्को लामो छ। ऐश्वर्या राय, कट्रिना कैफजस्ता सुन्दर नायिकासँगको रिलेसनसिप र त्यसपछिको ब्रेकअपले सलमानलाई सधैं चर्चामा राख्यो। असफल प्रेमका कारण ब्याड ब्वाईको छवि बनाएका सलमान यति बेला भने एक विदेशी युवतीको प्रेममा रहेको गुपचुपमा हल्ला भइरहेको छ। पछिल्लो समय त सलमान उनै गर्लफ्रेन्ड लुलिया भन्तुरसँग गोप्य रूपमा इन्गेजमेन्ट नै भएको सनसनी फैलिएको छ। सलमानकै फार्म हाउसमा छुट्टी मनाइरहेकी भनिएकी लुलियाको औंलामा सुनौलो औंठी देखिएपछि इन्गेजमेन्टको लख काट्नेका लागि यति बेला सजिलो भएको छ। त्यसो त यी दुई कैंयनपटक सार्वजनिक स्थानमा प्रेमभावमा साथै हिँडिरहेको पनि पापाराजीले भेट्दै आएका छन्। फिल्म बजरंगी भाइजानको सुटिङताका त दुईबीचको डेटिङ निकै बाक्लो हुने गरेको युनिटकै अन्य सदस्यहरूले बताएका छन्। लुलिया खुल्लमखुल्ला सलमानलाई भेट्न सुटिङ स्पटमै पनि कैंयनपटक पुगेकी थिइन्। इन्गेजमेन्टको सनसनी फैलिइरहेका बेला सलमान भने मौनता साँधेर बसिरहेका छन्। बरु उनी बिग बोसको नयाँ सिजनको लागि व्यस्त भइरहेका छन् भने नयाँ फिल्म सुल्तानको सुटिङका लागि पनि व्यस्त देखिएका छन्। रोमानियाली टीभी प्रिजेन्टर लुलिया भने पाँच सातादेखि स्वदेश फिरेकी छन् भने उनी निकट स्रोतले सलमानसँग इन्गेजमेन्ट भएको दाबी दिँदै आगामी वर्ष विवाह हुने जिकिर गरेको समाचारमा उल्लेख छ।

kantipur.ekantipur.com




दाङ: यहाँको मासु बधशालालाई व्यवस्थित गर्न बायोग्यास प्लान्ट निर्माण गरिएको छ ।

दाङको तुलसीपुरस्थित मासु बधशालामा हुने फोहर व्यवस्थापनलाई सहज गरिनुका साथै बायोग्यास प्लान्टबाट उर्जा उत्पादन गरिएको तुलसीपुर नगरपालिकाले जनाएको छ ।


फोहरमैला व्यवस्थापन तथा प्राविधिक सहयोग केन्द्र काठमाडौँको १० लाख र जिल्ला पशु कार्यालय दाङको रु एक लाख सहयोगमा बायोग्यास प्लान्ट निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।

बायोग्यास प्लान्ट निर्माणसँगै बधशालामा पशुबधबाट उत्पादन हुने फोहरको व्यवस्थापनका साथै त्यसबाट उत्पादन भएको ग्यासले करिब २० घरपरिवारलाई बाल्न पुग्ने उर्जा प्राप्त भएको नगरपालिकाले जनाएको छ ।

‘पैँतीस घनमिटरको बायोग्यास निर्माण भएको र अब केही दिनमा नै पाइपलाइन विस्तार गरी बायोग्यास सञ्चालनमा ल्याउने तयारी भएको नगरपालिकाका सहरीशासन विज्ञ गोविन्द बस्नेतले जानकारी दिए । हाल भने सामूहिक रुपमा मासुमार्केटमा पाँचवटा चुला निर्माण हुने बताइएको छ ।

बायोग्यास प्लान्ट निर्माणसँगै पसुहरु बध गरी खोलामा मल फाल्ने कार्य रोकिनुका साथै नगरपालिकालाई बायो प्लान्ट बिक्रीबाट आर्थिक लाभ पनि हुने छ ।
annapurnapost.com

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
सर-सामान हराउन सक्नेछ भने बहुमुल्य बस्तुको क्षति हुन सक्छ,आफन्त संगको सम्बन्धमा कमजोरी आउन सक्नेछ,हात लागेको सफलता आफ्नै हेल-चेक्र्याईले फुत्कन सक्ने देखिन्छ,जरुरि काम बाहेक यात्रामा ननिस्कनु उचित हुनेछ,आजको लागि शुभ रंग रातो,शुभ अंक २ हो भने कामको सुरुवात गर्नु पुर्ब ॐ बृं बृहस्पतये नमःयो मन्त्र उच्चारण गरेर अगाडी बढे सफलता मिल्नेछ ।







वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
प्रशस्त धनार्जन गर्ने अवसर मिल्नेछ,साथि संगी संगको महत्वपूर्ण भेटघाटमा समय बित्नेछ,सहयोगीहरुको संख्या बढ्नेछ भने सामाजिक र राजनैतिक रुपमा बिशेष ख्याती कमाइनेछ,पढाइ लेखाइमा सुधार आउनेछ,आजको लागि शुभ अंक ३,शुभ रंग खैरो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ कें केतवे नमः : यो मन्त्र २७ जप गरेर अगाडी बढे सफलता हात लाग्नेछ।







मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
विशिष्ट व्यक्ति संगको भेटघाट र सामिप्यताले दिर्घकालिन योजनाको थालनी गर्न बिशेष सहायता प्रादान गर्नेछ,माता पिताको लागि समय खर्चिनु पर्ने देखिन्छ,ब्यबसायिक क्षेत्रमा सुधारको संकेत देखिनेछ,आजको लागि शुभ अंक ९,शुभ रंग कलेजी हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ सों सोमाय नमः यो मन्त्र १६ पटक स्मरण गरेर अगाडी बढे सफलता हात लाग्नेछ।






कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
मनमा चंचलता बढ्नेछ भने बिभिन्न किसिमका खराब सोचाइहरु बढ्न सक्ने अवस्था छ,पारिवारिक स्वास्थ्यमा खराबी आउनेछ, आफन्त संग झैँ-झगडा हुन सक्ने देखिएकाले बिबादबाट टाढा रहनु होला,आजको लागि शुभ अंक १ शुभ रंग हल्का रातो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब देबी भगवतीको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ।







सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
धार्मिक कार्यमा समय बित्नेछ,समाजको लागि बिशेष महत्वपूर्ण भूमिका निर्बाह गर्नु पर्ने समय आएकोछ,इज्जत प्रतिष्ठाको वृद्धि हुनेछ भने तपाइको कामको सबैले प्रशंशा गर्नेछन,हतारो पनले काममा बिध्न ल्याउन सक्छ,आजको लागि शुभ अंक ७,शुभ रंग हरियो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ कुलदेबताभ्यो नमः यो मन्त्र सम्झेर अगाडी बढे सफलता हात लाग्नेछ।









कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
शरीरमा चोटपटक लाग्न सक्छ,सहकर्मी मित्रहरुबाट असहयोगका साथै बिस्वासघात हुनसक्छ,रिस बढ्नाले काममा अबरोध ल्याउन सक्छ,संयमित भएर चलाखी पूर्ण रुपमा अगी बढ्नुपर्ने समय छ,आजको लागि शुभ अंक ५,शुभ रंग हल्का रातो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ रां राहबे नम: १८ पटक यो मन्त्र जपेर अगाडी बढे सफलता हात लाग्नेछ।








तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
बहुमुल्य रत्न तथा उपहार हात लाग्न सक्ने समय छ,प्रेम सम्बन्धमा सकारात्मक उर्जा प्राप्ति हुने देखिन्छ,लामो र फाइदा जनक यात्राको सम्भाबना देखिन्छ,पशु जन्य व्यवसायमा निकै सफलता हात लाग्नेछ आजको लागि शुभ अंक ४,शुभ रंग घ्यु रंग हो भने,कुनै काम सुरुवात गर्नु पहिले ॐ नमो भगवते बासुदेबाय यो मन्त्र १२ पटक जप गरेर अगाडी बढे उत्तम फल हात लाग्नेछ।






वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
शत्रु परास्त गर्न सकिनेछ,विरोधीहरु तपाइको सहयोगी बनेर आउनेछन्,बिग्रेको स्वास्थ्यमा क्रमिक सुधारको लक्षण देखिनेछ, बिपरित लिंगीसंग साबधानी पुर्बक गरिएको सहकार्यले ब्यापार व्यवसायमा फाइदा पुर्याउने देखिन्छ,आजको लागि शुभ अंक ७ शुभ रङ्ग निलो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ शं शनिश्चराय नमः यो मन्त्र २३ पटक जपेर अगाडी बढे शुभ हुनेछ।






धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
पढाइ लेखाइमा बिशेष अवसर मिल्नेछ,साहित्यिक लेखनमा रुची बढ्नुको साथै त्यस्ता कार्यक्रमहरुमा सहभागी भइएला,सन्तानको उन्नतिमा मन रमाउनेछ, खानपान र यात्रामा कमजोरी आउनाले स्वास्थ्य केहि बिग्रन सक्ने देखिन्छ आजको लागि शुभ अंक २,शुभ रंग पहेलो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब कुमार कार्तिकेय भगवानको स्मरण दर्शन पूजा गरेर अगाडी बढे राम्रो हुनेछ।







मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
मनोरंजानात्मक कार्यमा समय व्यतित हुनेछ,मिष्ठान्न भोजन संगै रमाइलो यात्राको अवसर जुट्नेछ,पराक्रमी काम गर्ने प्रेरणा मिल्नेछ,पढाई लेखाइमा सकारात्मक सुधार हुने समय छ,सहोदरमा खटपट आउन सक्छ आजको लागि शुभ अंक १,शुभ रंग छिर्केमिर्के हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ नम शिवाय योमन्त्र जप गरेर अगाडी बढे सफलता हात लाग्नेछ।






कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
संचित धनको नोक्सानि हुन सक्छ,बोलीको शक्ति भने यथावत रहनेछ,छोटा र महत्वपूर्ण यात्राको अवसर मिल्नेछ,कृषिजन्य ब्यबसायमा मनग्य लाभ उठाउन सक्ने अबस्था आउनेछ,नहड्बडाइ काममा लागे सफलता मिल्नेछ,आजको लागि शुभ अंक ५,शुभ रंग पहेलो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब लक्ष्मी नारायणको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ।





मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
निकै उत्साहदायक दिन रहनेछ,पुराना साथी संगको भेटघाटले नंया उर्जाको प्रबाह हुनेछ,आर्थिक कारोबारमा उल्लेख्य सुधार आउनेछ, प्रितिकारक समय रहनेछ भने मनोरन्जनात्मक रुपमा समय व्यतित हुनेछ,आजको लागि शुभ अंक ६,शुभ रंग हरियो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब इष्टदेबको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
काठमाडौं, ८ कात्तिक । मधेसीका राजनीतिक मागलाई आयोग बनाएर समाधान गर्न सरकारी वार्ता टोलीले राखेको प्रस्ताव संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अस्वीकार गरेपछि वार्ता ठोस निर्णय विना सक्किएको छ ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आज (आइतबार) भएको वार्तामा सरकारी टोलीले मधेसीका राजनीतिक मागलाई आयोग बनाएर संविधान संशोधन गरी समाधान गर्ने प्रस्ताव मधेसी मोर्चा समक्ष राखेको थियो ।
तर मधेसी मोर्चाले संविधान संशोधन गरेर सिमाङ्कनलगायतका माग टुङ्गो नलगाउँदासम्म नाकाबन्दीको कार्यक्रम फिर्ता नगर्ने जनाएको थियो ।
मधेसी मोर्चाले सिमाङ्कनसहितका आफ्ना मागका विषयमा लचकता नदेखाएको स्रोतको भनाइ छ । मधेसी मोर्चाले जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण र नागरिकताको विषय पनि जोडदार रुपमा उठाउँदै आएको छ ।
सरकारी वार्ता टोलीले नेपाली जनतालाई दैनिक जनजीवन प्रभावित बनाउने गरी भएको नाकाबन्दीले सबैलाई प्रभावित बनाएको भन्दै आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह गरिएको सरकारी वार्ता टोली सदस्य एवम् सामान्य प्रशासनमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
‘जनतालाई असर पर्ने खालका आन्दोलनका कार्यक्रममा पुनःविचार गर्न प्रस्ताव गरेका थियौँ’, शर्माले भन्नुभयो, ‘तर उहाहरूले सिमाङ्कनलगायतका विषयमा अडान राखेर मान्नु भएन ।’
स्रोतका अनुसार सरकारी वार्ता टोली मधेसी मोर्चाले अगाडि सारेका मागलाई आयोग बनाइ क्रमशः पूरा गर्दै जाने प्रस्तावसहित आजको वार्तामा प्रस्तुत भएको थियो । तर मधेसी मोर्चाका तर्फबाट वार्तामा सहभागी नेताहरूले त्यस विषयमा ठोस निर्णय दिन नसक्दा वार्ता निष्कर्ष बिहीन बनेको हो ।
यद्यपि, आजको वार्ताबाट कानुनमन्त्री अग्नि खरेल र मधेसी मोर्चाका लालबाबु राउत रहेको एउटा समिति गठन गरेको छ ।
समितिले मधेस आन्दोलनका बेला घाइते भएकाको उपचार, क्षतिपूर्ति, सहिद घोषणा, झठ्ठा मुद्दा फिर्तालगायतका विषयलाई कार्यान्वयन भए नभएका विषयमा सुझाव दिनेछ ।
पत्रकारसँग कुरागर्दै कानुनमन्त्री अग्नि खरेलले वार्ताको वातावरण बनाउने दायित्व मधेसी मोर्चाको पनि रहेको भन्दै मोर्चाका नेताहरूलाई नाकाबन्दीको कार्यक्रममा पुनःविचार गर्न आग्रह गरिएको बताउनुभयो । उहाँले जनतालाई असर पर्ने खालका आन्दोलनको स्वरुप परिवर्तन गरेर वार्ता र सम्वादमार्फत माग पूरा गराउन सकिने उल्लेख गर्नुभयो ।
तराई मधेस लोकतान्त्रिक पाटीका सहअध्यक्ष हृदयश त्रिपाठीले आजको वार्ताबाट आफूहरू आशावादी रहेको प्रतिक्रिया दिनुभयो ।
‘हामी वार्ताका लागि सधैँ तयार छौँ’, त्रिपाठीले भन्नुभयो, ‘प्रदेशको सिमाङ्कनमा उहाँहरू स्पष्ट हुनुहुन्न । हाम्रो पहिलो माग नै त्यही हो । सायद राष्ट्रपतिको निर्वाचनपछि उहाँहरू गम्भीर वार्तामा आउनु हुन्छ होला ।’
त्रिपाठीले सरकारी र मोर्चाका तर्फबाट एक–एक जना रहेको दुई सदस्यीय समिति गठन भएको भन्दै त्यसले वार्ताको वातावरण बनाउने बताउनुभयो ।
आजको वार्तामा सरकारी वार्ता टोलीको नेतृत्व उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापा र मधेसी मोर्चाबाट तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले नेतृत्व गर्नुभएको थियो । अर्को वार्ता कात्तिक १२ गते दिउँसो १ बजे सिंहदरबारमा हुनेछ ।
यसैबीच, सरकारी वार्ता टोलीले नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झा नेतृत्वको मोर्चासँग पनि वार्ता गरेको छ । आज भएको अनौपचारिक वार्ता सकारात्मक रहेको अध्यक्ष झाले बताउनुभयो । झासँग सोमबार औपचारिक वार्ता हुनेछ ।
dainiknepal.com


टोरेन्टो, क्यानडा, कात्तिक । क्यानडा सरकारले भूकम्प पीडित नेपालीका लागि सहज रुपमा भिसा दिन थालेको छ ।
महाभूकम्पबाट प्रभावित भएको सम्पूर्ण विवरण दिने आवेदकलाई सहज रुपमा तत्कालै भिसा उपलब्ध गराइएको क्यानडा सरकारले जनाएको छ । क्यानडाका सिटीजनसिप र इमिग्रेसन मन्त्री क्रिस अलेक्जेन्डरका अनुसार, भूकम्पबाट प्रभावित आवेदकको सम्पूर्ण आवेदन पक्रिया अन्यको तुलनामा निकै सहज र छिटो रुपमा गरिएको छ । उनका अनुसार, क्यानडा भित्रै रहेका र छोटो समयको भ्रमण भिसामा क्यानडा पुगेकाले पनि भूकम्पबाट प्रभावित भएको विवरण पेश गरे आफ्नो बसाई लम्ब्याउन पाउने छन्। तर, उनले यो अवधिमा कति नेपालीले भिसा पाए भन्ने बारे एकिन तथ्यांक भने दिएनन् ।
कसरी लिने भिसा ?
क्यानडाको सिटीजनसिप र इमिग्रेसन मन्त्रालयका अनुसार, भिसा पाउनका लागि सबैभन्दा पहिले क्यानडा इमिग्रेसनमा निवेदन दिनुपर्ने हुन्छ। भूकम्प प्रभावितका लागि मन्त्रालयले विशेष इमेल र फोन नम्बरको समेत व्यवस्था गरेको छ । नेपालमा रहेका आवेदकले आफ्नो ठेगाना र कसरी भूकम्पबाट प्रभावित भएको जानकारीसहित दिल्लीस्थित क्यानडेली दूतावासको इमेल Delhi-immigration@international.gc.ca मा निवेदन पठाएपछि दूतावासले भिसा प्रक्रिया तत्कालै सुरु गर्छ ।
भ्रमण, अध्ययन वा कामका निम्ति क्यानडा आउन चाहने नयाँ आवेदकले पनि क्यानडाको सिटीजनसिप र इमिग्रेसनको वेबसाइटमा अनलाइन आवेदन दिएलगतै भूकम्पबाट प्रभावित भएको सम्पूर्ण जानकारी दिल्ली दूतावासको इमेलमा छुट्टै पठाउनु पर्नेछ। यसका साथै, सिटीजनसिप र इमिग्रेसनको कल सेन्टरको नम्बर १-८८८-२४२-२१०० मा फोन गरी आफू प्रभावित भएको जानकारी दिन सकिनेछ ।
नेपालको विनाशकारी महाभूकम्पप्रति अति नै सम्वेदनशिल देखिएको क्यानडाले तत्कालै ५ मिलियन क्यानडेली डलर सहायता घोषणा सहित एक उद्दार टोली नेपाल पठाएको थियो ।
dainiknepal.com

काठमाण्डु ८ कात्तिक– नेकपा एमाले संसदीय दलले मुलुकको वर्तमान असहज परिस्थितिको अन्त्यका साथै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन राष्ट्रिय सहमतिमा हुनुपर्ने निष्कर्षमा पुगेको छ ।

पार्टी संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवासमा भएको संसदीय दलको बैठकमा नेता ओलीले अहिलेको सङ्कटका बेला सम्पूर्ण राजनीतिक दलबीच एकता र सहकार्य अपरिहार्य भएकामा जोड दिए ।
‘नेकपा एमाले राष्ट्रिय सहमतिको बाटोमा हिँड्न चाहन्छ, राष्ट्रको माग पनि त्यही हो,’ दलका नेताको भनाइ उद्धृत गर्दै एमाले नेता माधवकुमार नेपालले बैठकपछि सञ्चारकर्मीलाई बताए।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन राष्ट्रिय सहमतिका आधारमा हुनुपर्ने बैठकको निष्कर्ष रहेको जानकारी दिँदै नेता नेपालले त्यसबारेमा स्थायी कमिटी बैठकले निर्णय गरिनसकेको बताए । बैठकमा राजधानीमा उपलब्ध एमालेका अधिकांश सदस्यको सहभागिता थियो ।
यसअघि एमालेले पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारी दिने बताएको थियो । शनिबार राति सम्पन्न पार्टीको स्थायी समितिको बैठकले सहमतिको प्रक्रियाबाट राष्ट्रपति निर्वाचनको निम्ति आफ्नो उम्मेदवार अघि सार्ने निर्णय गरेको पार्टीका सचिव योगेश भट्टराईले जानकारी दिएका थिए ।
kathmandutoday.com
काठमाडौँ, ८ कात्तिक । दसैँ बिदामा बन्द रहेका सरकारी कार्यालय आजदेखि खुलेका छन् ।
आश्विनशुक्ल सप्तमीका दिनदेखि द्वादशीसम्म बन्द रहेका कार्यालय आजदेखि खुलेका हुन् । सरकारी कार्यालय खुलेसँगै काठमाडौँ उपत्यकामा अहिले विस्तारै चहलपहल बढन् थालेको छ ।
दसैँमा लाखौँको सङ्ख्यामा राजधानीबाट बाहिरिएपछि प्रायः सुनसानजस्तै बनेको काठमाडौँमा भिडभाड बढ्न लागेको छ ।
काठमाडौँ उपत्यका बाहिर स्थायी बसोबास भएका तथा मान्यजनको हातबाट दसैँमा टीका तथा आशीर्वाद ग्रहण गर्न गएका कर्मचारी, विद्यार्थी, शिक्षक, व्यापारीलगायत फर्केपछि उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ ।
यद्यपि उपत्यका बाहिर रहेका कतिपय सर्वसाधरणको आउने क्रम भने तिहार तथा छठ पर्वपछिसम्म कायम रहनेछ ।
यसैबीच उपत्यकाका विभिन्न पेट्रोल पम्पमा बिहानैदेखि तेल पाउने आसमा सर्वसाधरण लामबद्ध भएका छन् । भद्रकालीस्थित नेपाली सेनाको पम्पमा हजारौँको सङ्ख्यामा दुई पाङ्ग्रे, चार पाङ्ग्रेलगायत सवारी साधनको लाम लागेको छ ।
भद्रकालीदेखि थापाथलीसम्म मोटरसाइकलको लाइन पुगेको छ । त्यस्तै नक्सालस्थित प्रहरी पम्प, साझा पम्पलगायत केही निजी पम्पमा पनि सवारी साधनको लामो लाइन देखिएको छ । रासस
dainiknepal.com

काठमाण्डु, ८ कात्तिक– एकीृकत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलाई राष्ट्रपति बनाउन चाहेको भन्ने हल्ला निराधार भएको बताएका छन् ।

केही सञ्चार माध्यममा काँग्रेस सभापति सुशील कोइरालाले खिलराजको नाम अघि सारेको र प्रचण्डले समेत त्यसमा समर्थन जनाएको समाचार आएको थियो ।
दक्षिण छिमेकी भारतले समेत राष्ट्रिय सहमतिका आधारमा खिलराजलाई राष्ट्रपति बनाउन लविङ गरिरहेको चर्चा चलेको छ ।
‘मैले खिलराजलाई राष्ट्रपति बनाउन समर्थन जनाएको भन्ने हल्ला निराधार हो’, प्रचण्डको भनाइ उद्धृत गर्दै स्वकीय सचिव एवं एमाओवादी केन्द्रीय सदस्य चुडामणि खड्काले काठमाण्डु टुडेसँग भने, ‘यो वाहियात हल्ला हो, यसमा कुनै सत्यता छैन ।’
राष्ट्रपतिमा खिलराजको नाम चर्चामा ल्याइएपछि प्रचण्डलाई पार्टीभित्र समेत हल्लीखल्ली भएको छ ।
सरकार नेतृत्वकर्ता एमालेसहित सत्ता गठबन्धनका नेताले त्यसबारे स्पष्ट हुन प्रचण्डलाई टेलिफोन गरेको बुझिएको छ । जवाफमा उनले सबैलाई समाचारमा आएको विषय सत्य नभएको जवाफ दिएका छन् ।
केही दिनअघि सिंहदरबारमा प्रधानमन्त्री केपी ओलीसमक्ष प्रचण्डले राष्ट्रपतिमा एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीलाई राष्ट्रपति प्रस्ताव गरेका थिए ।
एमाओवादीका एक नेताले पनि खिलराज कुनै हालतमा राष्ट्रपति हुनै नसक्ने बताए ।
तत्कालिन मन्त्रिपरिषद् अध्यक्ष रेग्मीसमेत दोश्रो संविधानसभा निर्वाचनमा एमाओवादी हराउन षड्यन्त्रमा सामेल भएकाले उनलाई राष्ट्रपति स्वीकार गर्न नसकिने उनको भनाइ छ ।
एमाओवादीले निर्वाचन परिणामपछि तत्कालिन प्रधानन्यायाधीश रेग्मीलाई चुनावी मन्त्रिपरिषदको अध्यक्ष बनाउनु राजनीतिक भुल भएको निष्कर्ष निकालेको थियो ।
kathmandutoday.com

सप्तरी, ८ कात्तिक– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले पूर्वपश्चिम राजमार्गअन्र्तगत भारदहस्थित सडक खण्डमा गुडिरहेको एम्बुलेन्स र मोटरसाइकलबाट एक सय लिटरभन्दा बढी पेट्रोलियम पदार्थ झिकेर सडकमै आगो लगाएका छन् ।
मोर्चाका कार्यकर्ताले विराटनगरबाट काठमाण्डुतर्फ बिरामी लिएर जाँदै गरेको नं खुल्न नसकेको एम्बुलेन्समा राखिएको पेट्रोल र डिजल झिकेर सडकमै पोखी आगो लगाएको स्थानीयवासी अशोक माझीले बताए ।
यस्तै मोर्चाका कार्यकर्ताले सप्तरीकै पोर्ताहा र कोसी ब्यारेजमा पनि भारतको भीमनगरबाट मोटरसाइकलमा ल्याइँदै गरेको डिजल र पेट्रोल झिकेर सडकमा पोखेको बताइएको छ । राजविराजलगायत अधिकांश ठाउँमा कार्यकर्ताले बजार, पसल शिक्षण संस्था, उद्योग, कलकारखाना, यातायात ठप्प पारेका छन् । रासस
kathmandutoday.com
काठमाडौं, कार्तिक ८ । प्रमुख राजनीतिक दलहरुबीच राष्ट्रपति–उपराष्ट्रपति पदका लागि हुने निर्वाचनमा सहमति जुटाउन आइतबार बसेको सर्वदलीय बैठक निष्कर्षविहीन भएको छ ।
बैठकमा व्यवस्थापिका–संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र सरकारको नेतृत्व गरिरहेको दोस्रो ठूलो दलबीच राष्ट्रपति–उपराष्ट्रपति पदमा आ–आफ्नै दाबी भएपछि सहमति जुट्न नसकेको हो ।
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपति पदमा कांग्रेसले एमालेलाई सघाउनुपर्ने तर्क गरे ।
तर कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले संसदको ठूलो दलको हैसियतले सो पदमा कांग्रेसको दाबी स्वाभाविक भएको जिकिर गरेका थिए । उनले राष्ट्रपति पदका लागि आफ्नो पार्टीले उम्मेदवारी दिने उल्लेख गर्दै सहमतिका लागि प्रयास जारी राख्ने बताए ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीय निर्वाचनमा कांग्रेसले उम्मेदवारी दिएर सहमतीय राजनीतिबाट आफूलाई अलग्याएको तर्क गर्दै राष्ट्रपतिका लागि हुने निर्वाचनमा उसले एमालेको साथ खोज्नु निरर्थक रहने बताए ।
www.imagekhabar.com

बग्दाद : इराकको अन्बर प्रान्तमा भएको आइएस विरुद्धको कारबाहीका क्रममा इस्लामिक स्टेट, आइएसका कम्तीमा पनि ३० जना लडाकू मारिएका छन् ।

आइएसको खोजीका क्रममा इरानी सुरक्षाकर्मीहरुले उनीहरुका विरुद्धमा हवाई तथा स्थलगत कारबाही गरेका समाचारमा जनाइएको छ ।


स्थलगत कारबाहीका क्रममा आइएसका लडाकूसँग कैयौँ स्थानमा भिडन्त पनि भएको सो समाचारमा जनाइएको छ ।

इराकको पश्चिमी प्रान्त अन्बरको प्रान्तीय राजधानी सहर रमादीमा सो हमला भएको थियो । सो नगरमा विगतदेखि नै आइएसका लडाकूहरु लुकेर बस्ने गरेका छन् ।

रमादी नजिकैको अलक्वाम नगरमा आइएसका लडाकूहरु लुकेर बस्ने गरेका थिए । सो नगरमा इरानी सेनाले हवाई कारबाहीका क्रममा बमबारी गरेको थियो ।

सो बमबारीमा परी कम्तीमा पनि १८ जना लडाकू मारिएका थिए । सो क्रममा उनीहरुका छ वटा सवारी साधन पनि ध्वस्त भएका बताइएको छ ।

त्यसैगरी रमादीबाट पश्चिमतर्फको अल्बुरिसा पुलमा सो हमला भएको थियो । उक्त हमलामा परी पाँच जना लडाकू मारिएका थिए ।

सो क्षेत्रमा पनि इराकी सेनाको युद्धक विमानले हमला गरेको थियो । पुलमा लुकेर बसेको अवस्थामा सो कारबाही गरिएको इराकी सेनाले जनाएको छ ।

त्यसैगरी अन्बरकै अरु केही क्षेत्रमा पनि कारबाही जारी रहेको छ । इराकी सेनाले पछिल्लो समयमा आइएसका विरुद्धमा स्थलगत रुपमा पनि व्यापक मात्रामा कारबाही गर्ने गरेको छ । एजेन्सी
annapurnapost.com
चीनकाे पुर्वी प्रान्त जियाङ्सुको राजधानी नानजिङमा अायोजित कृषि प्रदर्शनीमा परालबाट बनाइएको घोडाको मूर्तिमा चढ्दै बालिका


भद्रपुर : इन्धनको सहज आपूर्ति हुन नसक्दा झापाको सीमावर्ती क्षेत्रमा पेट्रोलको कालोबजारी बढ्दै गएको छ ।

सीमावर्ती क्षेत्र बनियानी, पथरिया, काँकरभिट्टालगायतका क्षेत्रमा भारतीय नम्बरको मोटरसाइकलको ट्याकीमा ल्याएको पेट्रोल ग्यालेन वा पानीको बोतलमा खन्याएर बिक्री गर्ने गरिएको छ ।


यसरी ल्याइएको पेट्रोल प्रतिलिटर १५० देखि १८० सम्ममा बिक्री गर्ने गरिएको छ । तेलको कालोबजारी भारतीयले मात्र नभई सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपालीले पनि गर्ने गरेका छन् ।

कतिपयले भारतीय नम्बरको मारुती भ्यान तथा बोलेरोमा ग्यालेनमा पेट्रोल राखेर ल्याई अनधिकृत व्यापार गर्ने गरेका छन् । काँकरभिट्टाका एक व्यापारीले पेट्रोल राजधानी र पोखरासम्म पुर्याउने गरेको स्वीकार्दै प्रतिलिटर ५०० सम्ममा पेट्रोल बिक्री गरेको बताए । रासस
www.annapurnapost.com

काठमाडौं, ८ कात्तिक । नेपालको प्रमुख भन्सार नाका वीरगञ्जको दशगजामा टेन्ट टाँगेर बसी नेपालमा नाकाबन्दी लगाएका सद्भावना पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री राजेन्द्र महतोको नेपाली नागरिकतालाई लिएर चार वर्ष अगाडिदेखि नै छानविन सुरु भइसकेको तथ्य सार्वजनिक भएको छ ।
पटक पटक मन्त्री भइ उच्च ओहदको सुविधा लिँदै आएका महतोले लिएको नागरिकताको आधिकारिकतालाई लिएर गृह मन्त्रालयले २०६८ साल फागुनदेखि औपचारिक रुपमा छानविन थालेको तथ्याङ्कले देखाएको छ ।
तर त्यस बेला महतो स्वास्थ्य मन्त्री रहेकाले उनलाई कारबाही प्रक्रिया अगाडि बढाउन नसकिएको जानकारी सर्लाही जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलाई लेखी पठाएको देखिएको छ ।
सद्भावना पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री महतोले नेपाली नागरिकता कानुन विपरित लिएको भन्दै उजुरी परेपछि गृह मन्त्रालयले छानविन अगाडि बढाएको थियो । स्रोतका अनुसार महतोको जन्म भारतमा भएको हो । उनले नेपाल प्रवेश गरेर सर्लाहीबाट अंगिकृत नागरिकता लिएको आरोप छ ।
उनी उच्च पदमा रहेकाले स्थानीय प्रशासन र गृह मन्त्रालयले पनि महतोको नागरिकताको विषयमा धेरै खोजविन गरेको थिएन । तर अब उनलाई छानविन र कारबाहीको दायरामा राख्नुपर्ने जोडदार रुपमा माग उठ्न थालेको छ ।
सर्लाही जिल्ला प्रशासनले लेखेको पत्रमा भनिएको छ, ‘पत्रमा उल्लेखित नागरिकताको बारेमा छानविन गर्नको लागि हाल कुनै अभिलेख फेला नपरेको । यस बारेमा बुझ्दा माओवादी सशस्त्र जनयुद्धको समयमा मिति २०६२/१२/२३ गते मलंगवा आक्रमण हुँदा यस कार्यालयमा पनि आगो लगाइएको थियो । यसै क्रममा उक्त मितिभन्दा अघिको नागरिकता सम्बन्धी अनुसूचीलगायत सम्पूर्ण लगत तथा कागजपत्रहरू जलेर नष्ट भइसकेको हुँदा उक्त उजरी उपर छानविन एवम् कारबाही प्रक्रिया अघि बढाउन कठिनाइ भएको छ । साथै हालको मन्त्रिपरिषदको सदस्यलाई यस कार्यालयमा बोलाइ छानविन गर्न वाधा परेकोले सो सम्वबन्धमा आवश्यक निर्देशन पाउन समेत अनुरोध छ ।’
अहिले मधेसीलाई नागरिकता, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र र तराईमा दुई प्रदेश चहियो भनेर नाकाबन्दी गरेर आन्दोलन गरिरहेका सद्भावना पार्टीका अध्यक्ष महतोलाई कारबाही गर्नुपर्ने माग पनि उठ्न थालेका छन् ।
dainiknepal.com



वीरगन्ज : वीरगन्जको पिपरामा शनिवार राति स्थानीयवासी र प्रहरीबीच झडप हुँदा  प्रहरीले १५ राउण्ड अश्रु ग्याँस र २४ राउण्ड हवाइ फायर गरेको छ ।

प्रहरीले सानो पिपरा र ठूलो पिपपरा दुबै टोलको घर घरमा पसेर स्थानीयलाई कुटपिट गरेको स्थानीयबासीले बताएका छन् ।

झडपका क्रममा प्रहरीले ठुलो पिपरा टोलबाट तीनजना स्थानीय युवकहरुलाई नियन्त्रणमा लिएको छ । वीरगन्जबाट पेट्रोल र डिजेल ओसार्ने सवारी साधनलाई रोक्न सानो पिपरा चोकमा बसेका स्थानीय युवकहरु र प्रहरीबीच झडप भएको हो ।


वीरगन्जबाट ग्यालेनमा पेट्राल लिएर जाँदै गरेको  ना १२ प ४९७४ नम्बरको मोटरसाइकललाई स्थानीय युवकहरुले रोक्ने क्रममा उक्त मोटरसाइकलकै ठक्क्रबाट सानो पिपराका अवधेश पटेलको खुटटा भाँच्चिएपछि आक्रोशीत स्थानीयवासीले चालकलाई कुटपिट गर्दै मोटरसाइकलमा तोडफोड गरेका थिए ।

चालक कुट्नेहरुलाई खोज्ने क्रममा गाँउमा पसेको प्रहरीले घरघरमा पसेर कुट्न थालेपछि  स्थानीयबासीले  पनि प्रहरीमाथि ढुगामुढा गर्दा प्रहरीले अश्रु ग्याँस र हवाइ फायर गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

तर पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले भने स्थानीय केही युवकहरुले मोटरसाइकलमा तोडफोड र आगजनी गर्ने क्रममा प्रहरीले रोक्न खोज्दा प्रहरी माथि नै ढुंगामुढा प्रहार भएपछि स्थिती नियन्त्रणमा लिनका लागि १०-१२ राउण्ड हवाइ फायर र केही राउण्ड अश्रुग्यास प्रहार गर्नु परेको बताए ।

आन्दोलनकारीको ढुंगामुढा प्रहारबाट प्रहरी नायव निरीक्षकसहित पाँच जना सुरक्षाकर्मी घाइते पनि भएको प्रहरी उपरिक्षक श्रेष्ठले बताए ।

मोटरसाइकलको ठक्करबाट घाइते भएका पटेलको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । यसैबीच वीरगन्जको पिपरामा आइतवार बिहान स्थानीयवासीको समुहले एउटा मोटरसाइकलमा आगजनी गरेको छ ।

वीरगन्ज चिनी मीलस्थित पिपरा चोकमा बिहान आठ बजे स्थानीयवासीले ना १३ प १०१ नम्बरको मोटरसाइकलमा आगजनी गरेका हुन् ।

आगजनीबाट मोटरसाइकल जलेर पुर्ण रुपमा ध्वस्त भएको छ । आगजनी गरिएको मोटरसाइकल  वीरगंज १ छपकैया निवासी सागिर अन्सारीको रहेको बताइएको छ ।

मोटरसाइकलमा आगजनी गर्ने क्रममा मोटरसाइकल चालक अन्सारीको खुटटा आगोले पालेको छ ।  पिपरामा शनिवार राति प्रहरीले घर घरमा पसेर कुटपिट गर्नुका साथै गोली चलाएको आक्रोशमा पिपरामा आइतवार बिहान स्थानीयवासीले मोटरसाइकलमा आगजनी गरेका हुन् ।
annapurnapost.com
काठमाडौं, ८ कात्तिक । झण्डै एक महिनादेखिको भारतको अघोषित नाकाबनदीले नेपालीहरूको दैनिक जीवनमा प्रभाव परिरहेका बेला भारतीय सञ्चारमाध्यमहरूले भने भारतले नेपालमा कुनै प्रकारको नाकाबन्दी नलगाएको दाबी गरेका छन् ।
भारतीयका अधिकांश न्यूज पोर्टलहरूले नेपालमा नाकाबन्दी नरहेको बताएका हुन् । उनीहरूले यतिसम्म भनेका छन् की नेपालमा पेट्रोल दुई सय पचास रुपियाँमा बिक्री भइरहेको भन्दै समाचार प्रकाशित गरेका छन् । भारतको अमरउजाला भन्ने दैनिक पत्रिकाले पनि नेपालमा नाकाबन्दी नरहेको जनाएको छ ।
सो पत्रिकाले नेपालमा भारतबाट पेट्रोल र डिजेल तस्करी हुन थालेको भन्दै भारतीय सुरक्षाकर्मी एसएसबी र प्रहरीले तस्करी रोक्न कडा निगरानी सुरु गरेको समाचारमा उल्लेख गरेको छ । पत्रिकाले विशेष गरेर महाकाली क्षेत्रमा तेलको तस्किरी हुने गरेको भन्दै भारतीय सुरक्षाकर्मीले उच्च सतर्कता अपनाएको जनाएको छ ।
पत्रिकाको समचारमा भनिएको छ, ‘नेपालमा नाकाबन्दी छैन । तर पहाडी इलाकाहरूमा पेट्रोलियम पदार्थको तस्करी बढ्न लागेको छ ।’
नेपालमा मधेसी मोर्चाको आन्दोलनलाई देखाएर भारतले एक महिनादेखि अघोषित रुपमा लगएको नाकाबन्दीका विषयमा गलत समाचार सम्प्रेषण गर्ने उनीहरूलाई नेपाल–भारतको खुला सिमानाका विषयमा जानकारी नरहेको स्पष्ट हुन्छ ।
dainiknepal.com

काठमाडौं : एक महिनादेखि दक्षिणको नाकाबन्दी झेलिरहेको नेपाललार्इ चीनले इन्धन दिने भएपछि भारतीय सञ्चारमाध्यममा हल्लीखल्ली भएको छ ।

नेपालले पहल गर्दा पनि भारतले नाकाबन्दी नखोल्ने जनाएपछि चीनबाट इन्धन ल्याउने प्रक्रिया अघि बढेसँगै भारतीय सञ्चारमाध्यमले त्यसलार्इ प्रमुख समाचार बनाएका हुन् ।


चीनले नेपाललार्इ १० लाख लिटर पेट्रोलियम दिने समाचार शनिबार सार्वजनिक भएपछि भारतीय मूलधारका सञ्चारमाध्यममा त्यो समाचारले ठाउँ पाएको हो ।

नेपालले चीनबाट इन्धन ल्याउनका लागि प्रक्रिया अघि बढाएको अवस्थामा भारतीय सञ्चारमाध्यममा चर्चा शुरू भएको हो । भारतीय सञ्चारमाध्यमले विशेषगरी चीनले नेपाललार्इ १० लाख लिटर इन्धन दिन लागेको समाचारलार्इ प्रमुखताका साथ छापेका हुन् ।

सरकारी टोली चीनबाट इन्धन ल्याउनका लागि आइतबार चीनको बेइजिङ जाँदैछ । वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ र परराष्ट्रको टोली चीन जान लागेको हो ।

तेल ल्याउनका लागि परराष्ट्रले शनिबारै चीनलाई औपचारिक पत्र पठाइसकेको छ ।

भारतले नाकाबन्दी गरेपछि चीन र नेपालको संयुक्त प्रयासमा वैशाखको भूकम्पपछि झरेको पहिरोले अवरूद्ध रसुवाढी-केरुङ नाका असोज २८ मा खोलिएको थियो ।

तर फेरि पहिरो झरेर अवरूद्ध सो नाका खुलाउने प्रयासमा दुबै देशका अधिकारीहरू सक्रिय भएका छन् । चीनले दिने भनिएको इन्धन सोही नाकाबाट नेपाल भित्रनेछ ।

भारतको चर्चित पत्रिका टाइम्स अफ इन्डियाको अनलाइन संस्करणमा चीनले नेपालमा एक हजार मेट्रिक टन इन्धन दिन लागेको समाचार छापेको छ ।

टाइम्स अफ इन्डियाले चाडबाडको समयमा चीनले नेपाललार्इ सो परिमाणको इन्धन अनुदानस्वरूप दिन लागेको उल्लेख गरेको छ ।

'चीनबाट इन्धन ल्याएसँगै नेपालमा इन्धन निर्यातको भारतीय एकाधिकार अन्त्य हुनेछ', टाइम्स अफ इन्डियाले लेखेको छ, 'मधेस आन्दोलनका कारण भारतले इन्धन पठाउन नसकेको हो । चीनबाट इन्धन ल्याउन नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डले पहल गरिरहेका छन् ।'

गल्फ टाइम्समा समेत चीनबाट नेपालमा इन्धन भित्र लागेको समाचारले प्राथमिकता पाएको छ ।

नेपालले चाहेजति सहयोग गर्ने प्रतिबद्धता चीनले जनाएको समाचारसहित गल्फ न्यूजले भारतसँगमात्रै निर्भर पर्दा नेपाल चरम संकटमा परेको दाबी गरेको छ ।

गल्फ टाइम्सले भारतको सहयोगमा मधेसमा आन्दोलन गरिरहेका मधेसी मोर्चाका कार्यकर्ताहरूले भारतबाट भित्रेका गाडी जलाएको समाचार पनि छापेको छ ।

भारतको अर्को चर्चित पत्रिका इण्डियन एक्सप्रेसले केपी ओली नेतृत्वको सरकारले चीनसँगको सीमाक्षेत्रको अवरोध खेल्नुका साथै भारतीय नाकाबन्दीविरुद्ध संयुक्त राष्ट्रसंघमा नेपालले हालेको समाचारलार्इ प्राथमिकताका साथ छापेको छ ।

भारतको चर्चित एनडीटिभीको अनलाइन संस्करणमा मधेस आन्दोलन रहिरहेको जनाउँदै भारतको नाकाबन्दी जारी रहेका बेला चीनले नेपाललाई इन्धन दिन लागेको समाचार छापेको छ ।
annapurnapost.com

नेपाली नेतालाई भारतले नोकरको व्यवहार गर्यो
भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे  (रोहित) ले पेस्तोल तेर्स्याएर कांग्रेसका सभापति सुशील कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवार बन्न बाध्य पारिएको खुलासा गरेका छन् ।


भक्तपुरमा वर्षेनी हुने नेपालभाषा साहित्य सम्मेलनलाई शनिबार सम्बोधन गर्दै बिजुक्छेले राष्ट्रपति डा.रामवरण यादवलाई नै साक्षी राखेर दक्षिणी शक्तिले कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवार बन्न दबाब दिएको बताएका हुन् ।

‘राष्ट्रपति डा. रामवरण यादवकै निवास शीतल निवासमा सुशील कोइरालालाई दक्षिणी शक्तिले प्रधानमन्त्रीको उम्मेदवार बन्न दबाब दिइयो’, उनले भने, ‘कांग्रेसका एक नेताले मलाई दिएको जानकारीअनुसार प्रधानमन्त्रीको उम्मेदवारी दिन कोइरालामाथि पेस्तोलसमेत तेर्स्याइएको  थियो ।’

दक्षिणले सुशील कोइरालाले उम्मेदवारी दिए आन्दोलनमा रहेका मधेसवादी दलको समर्थन जुटाउने बताएअनुसार मधेसवादीहरु प्रधानमन्त्री निर्वाचनमा सहभागी भई कोइरालालाई नै मतदान गरेको बिजुक्छेको भनाइ थियो ।

उनले नेपाल र नेपाली नेताहरुलाई भारतले नोकर र मालिकको जस्तो व्यवहार गर्दै आएकोसमेत टिप्पणी गरे ।

‘नेपाल र नेपाली नेताहरुलाई भारतले नोकर र मालिकको जस्तो व्यवहार गर्दै आएको छ’, बिजुक्छेले भने, ‘भारत नेपाललाई स्वतन्त्र र सार्वभौम मुलुक मान्न पनि तयार छैन । यस्तो भारतको थिचोमिचोविरुद्ध युवा पुस्ता जाग्नुपर्छ ।’

उनले भारतले लगाएको नाकाबन्दीबाट सिर्जित पेट्रोलियम पदार्थको अभाव टार्न विद्युतीय सवारीसाधन भित्र्याउन सरकारको ध्यानाकर्षण गरे ।

त्यस्तै ग्यासको सट्टा विद्युतबाट खाना पकाउन जनतालाई बिजुलीको शुल्क सस्तो गर्नसमेत बिजुक्छेले सरकारसँग माग गरेका छन् ।

उनले भारतीय उत्पादन तथा वस्तु बहिस्कार गरेर उसको नाकाबन्दीको जवाफ दिन जनतालाई पनि आह्वान गरेका छन् ।

‘भारतीय नाकाबन्दीविरुद्ध जनतालो पनि भारतीय उत्पादन र वस्तु बहिस्कार गर्नुपर्छ’, उनले भने, ‘भारतीयभन्दा चिनियाँ उत्पादन तथा वस्तु सस्तो र राम्रो छ । त्यसैले चिनियाँ उत्पादन र वस्तु नै प्रयोग गर्नेतर्फ अघि बढ्नुपर्छ ।’

उनले पेट्रोलियम पदार्थमा भारतको मात्रै भरपर्दा अहिले समस्या भएकोले दीर्घकालीन रुपमै चीनबाट पेट्रोलियम पदार्थ ल्याउने बन्दोबस्त गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बिजुक्छेले संस्कृतिविद् सत्यमोहन जोशीलाई नगद २५ हजार रुपैयाँकासाथ विशेष सम्मान गरेका थिए ।

प्रत्येक वर्ष विजया दशमीको दुई दिनपछि द्वादशी र त्रयोदशीका दिन दुई दिन भक्तपुरमा बृहत नेपालभाषा साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रम हुँदै आएको छ ।
www.annapurnapost.com
काठमाडौं, ८ कात्तिक । झण्डै एक महिनादेखिको भारतको अघोषित नाकाबनदीले नेपालीहरूको दैनिक जीवनमा प्रभाव परिरहेका बेला भारतीय सञ्चारमाध्यमहरूले भने भारतले नेपालमा कुनै प्रकारको नाकाबन्दी नलगाएको दाबी गरेका छन् ।
भारतीयका अधिकांश न्यूज पोर्टलहरूले नेपालमा नाकाबन्दी नरहेको बताएका हुन् । उनीहरूले यतिसम्म भनेका छन् की नेपालमा पेट्रोल दुई सय पचास रुपियाँमा बिक्री भइरहेको भन्दै समाचार प्रकाशित गरेका छन् । भारतको अमरउजाला भन्ने दैनिक पत्रिकाले पनि नेपालमा नाकाबन्दी नरहेको जनाएको छ ।
सो पत्रिकाले नेपालमा भारतबाट पेट्रोल र डिजेल तस्करी हुन थालेको भन्दै भारतीय सुरक्षाकर्मी एसएसबी र प्रहरीले तस्करी रोक्न कडा निगरानी सुरु गरेको समाचारमा उल्लेख गरेको छ । पत्रिकाले विशेष गरेर महाकाली क्षेत्रमा तेलको तस्किरी हुने गरेको भन्दै भारतीय सुरक्षाकर्मीले उच्च सतर्कता अपनाएको जनाएको छ ।
पत्रिकाको समचारमा भनिएको छ, ‘नेपालमा नाकाबन्दी छैन । तर पहाडी इलाकाहरूमा पेट्रोलियम पदार्थको तस्करी बढ्न लागेको छ ।’
नेपालमा मधेसी मोर्चाको आन्दोलनलाई देखाएर भारतले एक महिनादेखि अघोषित रुपमा लगएको नाकाबन्दीका विषयमा गलत समाचार सम्प्रेषण गर्ने उनीहरूलाई नेपाल–भारतको खुला सिमानाका विषयमा जानकारी नरहेको स्पष्ट हुन्छ ।
अन्तर्राष्ट्रिय सन्धीअनुसार भारतीय भूमि हुँदै नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति हुने गरेको पनि जानकारी नरहेको समाचारबाट देखिन्छ ।
dainiknepal.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home