• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौं, जेठ १५ । वैशाख १२ गते भूकम्प जाँदा म पेरिसमा थिएँ । कार्यक्रममा सँगै गएका गायक हिमाल सागरले फोन गरेर ‘नेपालमा भूकम्प गयो, धरहरा ढल्यो रे’ भनेपछि लाग्यो, काठमाडौं तहसनहस भयो । तत्काल नेपालमा फोन गरेँ। कसैसँग सम्पर्क नभएपछि म झनै आत्तिएँ ।

कतारमा कार्यक्रम सकेर म फ्रान्स गएको थिएँ। भूकम्प गएको थाहा पाएको एक घन्टापछि कतारका साथीहरूले मधुसँग प्रेस कन्फ्रेन्स गराइदिए । त्यो बीचको अवधि मेरो लागि निकै पीडादायी रह्यो । सीएनएन, बीबीसीदेखि फ्रान्सका स्थानीय पत्रिकासम्मले नेपालका बारेमा समाचार दिए । ती दृश्य हेर्दा मन डराइरहेको थियो । नेपाल फर्किंदा पहिलेजस्तो छ कि छैन भन्ने कुराले सताइरह्यो ।

त्यो त्राससँगै भूकम्पले निम्त्याएको विपत्तिपछि नेपालमा विकासको आधार र नयाँ परिवेश पनि सुरु हुन्छ भन्ने ममा आशा थियो । भूकम्पपछि नेपालले विश्वभरका मिडियामा प्राथमिकता पायो । पहिले नेपाल भन्यो भने ‘कहाँ पर्छ ?’ भनेर सोध्थे । तर, यो भूकम्पपछि विश्वभरका मान्छेलाई नेपालका बारेमा थाहा भएको छ ।

 अहिले नेपाल भन्यो भने ‘ओ हो, आई एम सरी, कस्तो छ अहिले ?’ भनेर जिज्ञासा राख्छन् । यो परिचय पनि देशका लागि शक्ति र पहिचान हो ।तर, भूकम्पपछि विदेशमा नेपालको जसरी चर्चा भयो, त्यो स्तरको विपत्ति आएको होइन । शक्तिशाली भूकम्प गए पनि जनजीवन चलेको छ, बिजुली बलेकै छ ।

९ रेक्टर स्केलको भूकम्पको अनुभव भारतमा भएकाले २०४५ सालको भूकम्प मैले अनुभव गर्न पाइनँ । २०६८ सालको भूकम्प अनुभव गरेँ तर त्यति त्रसित भइनँ किनकि त्योभन्दा केही महिनाअघि मैले जापानमा ९ रेक्टर स्केलको भूकम्प अनुभव गरेको थिएँ ।

जापानमा त्यत्रो भूकम्प जाँदा पनि संरचनाहरू खासै केही भएनन् । भूकम्पपछि आएको सुनामीले विनाश गरेको हो । भूकम्पले जमिन फाटे पनि घर सकुशल हुन्छ । तर, नेपालमा भूकम्प होइन, आफैंले बनाएको घरसँग डराउनुपर्ने अवस्था छ ।

(साभार – अन्नपूर्ण पोस्टको शैलीका लागि अशोकप्यासी राईको प्रस्तुति)
सज्जनकुमार सिंह
सोल । इपिएस प्रणाली मार्फत दक्षिण कोरिया आएका एक नेपालीको रहस्यमय ढंगबाट मृत्यु भएको छ ।
राति राम्रै सुतेका ताप्लेजुङका ३३ वर्षीय मोतीलाल आङदेङ्वे बिहना मृत अवस्थामा फेला परेका हुन् ।
साढे २ वर्ष पहिले कोरिया आएका आङदेङ्वे नाम्येङ सागरी स्थित आल्मुनियम कम्पनीमा कार्यरत थिए । आफ्नै कोठमा सुतेका उनलाई साथीहरुले विहान उनकै कोठामा पुगी उठाउन खोज्दा मृत अवस्थामा फेला परेका थिए ।
घटना बारे सामान्य जानकारी आए पनि पुर्ण विवरण आइ नसकेको दुतावासका श्रम सहचारी अनिल गुरुङले बताए । हृदयघातको कारण आङदेङ्वेको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
गत हप्ता बागलुङका तेजराज कँडेल पनि झुण्डिएको अबस्थामा फेला परेका थिए । कँडेलको शव भने नेपाल पठाइसकेको दुतावासले जनाएको छ ।
dainiknepal.com
कहिलेकाँही कडा र तिखो खाना पनि स्वस्थकर हुने गर्दछ । औषधी धेरैजसो कडा नै हुने गर्दछ तर त्यसको फाइदा निकै मिठो हुने गर्दछ । हामीमध्ये धेरैजनाले खाना खाने बेलामा पिरो खानेकुरालाई पाखा लगाउने गर्दछौँ । तर के तपाईंलाई थाहा छ ? खानामा कम्तीमा दुईवटा हरियो खुर्सानी खाने गर्नाले क्यान्सर जस्तो भयानक रोगबाट बचाउन सक्छ । हरियो खुर्सानीले प्राकृतिक रुपमा नै रोग प्रतिरोधात्मक क्षमतालाई बढाउने गर्दछ जसले क्यान्सर जस्तो रोगबाट बचाउने गर्दछ ।


मोटोपन कम गर्छः

यदि तपाईं खानेकुरामा निकै सोच्ने गर्नुहुन्छ र सधैँ कम क्यालरीको खाना खानुहुन्छ भने तपाईंको लागि हरियो खुर्सानी राम्रो विकल्प हुनसक्छ । हरियो खुर्सानीमा क्यालरी हुँदैन त्यसकारण यदि तपाईं डाइटिङ गरिरहनुभएको छ भने हरियो खुर्सानी तपाईंको लागि निकै लाभदायक हुन्छ ।

क्यान्सरः

पुरुषहरुमा प्रोस्टेट क्यान्सरको सम्भावना धेरै हुने गर्दछ । एक शोधका अनुसार खानामा हरियो खुर्सानी खाँदा प्रोस्टेट क्यान्सरबाट बचाउने गर्दछ । हरियो खुर्सानीमा यस्तो तत्व पाइन्छ जसले क्यान्सरको जोखिमलाई क मगर्ने गर्दछ ।

जवान राख्छः

हरियो खुर्सानीमा भिटामिन इ को मात्रा निकै धेरै हुने भएका कारण यसमा प्राकृतिक तेल हुने गर्दछ जसले छालालाई नरम बनाइराख्न मद्दत गर्दछ । यसले तपाईंको छालालाई सधैँ जवान र चम्किलो बनाइराख्न मद्दत गर्दछ ।

छालाको संक्रमणः

यदि तपाईंको छाला निकै नै संवेदनशील छ र तपाईंलाई संक्रमणको समस्या भइरहन्छ भने हरियो खुर्सानीले तपाईंलाई राहत प्रदान गर्नेछ । हरियोृ खुर्सानीको एन्टिब्याटरियल तत्वले तपाईंको छालालाई संक्रमणबाट बचाउनेछ ।

मधुमेहः

हरियो खुर्सानीले रगतमा सुगर लेभललाई पनि कन्ट्रोल गर्ने गर्दछ जसले मधुमेहको खतरा लगभग शून्य हुने गर्दछ । हरियो खुर्सानीमा पाइने फाइबरले खानालाई छिट्टै पचाउन मद्दत पनि गर्दछ ।

बलियो हड्डीः

महिलाहरुका लागि हरियो खुर्सानी उनीहरुको हतियार हुन सक्छ । यसमा भरपूर मात्रामा आइरन पाइने गर्दछ जसले हड्डीलाई बलियो बनाउने गर्दछ र रगतलाई पनि बढाउने गर्दछ ।

इम्युनिटी पावरः

हरियो खुर्सानीमा भिटामिन सि हुने गर्दछ जसले शरिरमा भिटामिन सिको पूर्तिका साथै रोग प्रतिरोधात्मक क्षमतालाई बढाउने गर्दछ ।www.canadanepal.net

१५ जेठ, काठमाडौं ।

गणतन्त्र दिवसको दिनमा बिहानै ३ पटक भूकम्पका धक्का गएका छन । ८ बजेर ३० मिनेट जाँदा गोरखा केन्द्र भएर ४ रेक्टर स्केलको आजको तेस्रो भूकम्प गएको छ ।



बिहान ५ बजेर २० मिनेटमा धादिङ केन्द्र भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको छ ।

त्यस्तै १२ बजेर ३७ मिनेटमा ४.२ रेक्टर स्केलकै अर्को भूकम्प दोलखा केन्द्रविन्दु भएर गएको भुकम्प मापन केन्द्रले जनाएको छ ।www.nepaliheadlines.com
हामी सबै मानिसहरुले आफ्नो–आफ्नो भाग्य बोकेर आएका हुन्छौँ । मानिसहरुले पाउने सुख, दुख, सम्पत्ति, विपत्ति सबै भाग्यले नै निर्धारण गर्ने गर्दछ । भनिन्छ, दुख पछि सुख अवश्य आउँछ ।


त्यसकारण सबै मानिसहरुको भाग्यमा सुख, दुख पक्कै छ । फरक यत्ति हो, मानिसहरुले के लाई सुख सम्झिन्छन् र के लाई दुःख सम्झन्छन् । हामी सबै हाम्रो राम्रो दिन कहिले आउँछ भन्ने कुरा थाहा पाउन आतुर हुन्छौँ । हाम्रो राम्रो समय कहिले आउँछ वा हामीसँग कहिले निकै धेरै पैसा हुन्छ आदि इत्यादि ।

 यी यावत् प्रश्नहरुको उत्तर भृगु संहितामा बताईएको हुन्छ । भृगु संहिता एउटा यस्तो ग्रन्थ हो जसमा ज्योतिष सम्बन्धी सम्पूर्ण जानकारीहरु पाइने गर्दछ । यो ग्रन्थमा मानिसहरुको राशी अनुसार भाग्योदयको कहिले हुन्छ भन्ने बारेमा जानकारी दिइएको छ । राशीअनुसार मानिसहरुको भाग्योदय हुने उमेरहरु यस प्रकारका छन्ः-

१. मेष राशीः मेष राशी भएका मानिसहरुको भाग्योदय उनीहरु १६, २२, २८, ३२ वा ३६ वर्षमा हुने गर्दछ ।
 २. वृष राशीः जो मानिसहरु वृष राशीका छन् उनीहरुको भाग्योदय २५, २८, ३६ वा ४२ वर्षमा हुने गर्दछ ।
३. मिथुन राशीः २२, ३२, २५, २६ वा ४२ वर्षमा मिथुन राशी भएका मानिसहरुको भाग्योदय हुने गर्दछ ।
४. कर्कट राशीः जो व्यक्तिको राशी कर्कट छ, उनीहरुको भाग्योदय १६, २२, २४, २५, २८ वा ३२ वर्षमा हुने गर्दछ ।
५. सिंह राशीः सिंह राशी भएका मानिसहरुको भाग्योदय १६, २२, २४, २६, २८ र ३२ वर्षमा हुने गर्दछ ।
 ६. कन्या राशीः कन्या राशीका मानिसहरुको भाग्योदय १६, २२, २५, ३२, ३३, ३५, ३६ वर्षमा हुने गर्दछ ।
 ७. तुला राशीः २४, २५, ३२, ३३, ३५ वर्षमा तुला राशी भएका मानिसहरुको भाग्योदय हुने गर्दछ ।
 ८. वृश्चिक राशीः वृश्चिक राशीका मानिसहरुको २२, २४, २८, ३२ मा भाग्योदय हुने गर्दछ ।
 ९. धनु राशीः जुन मानिसहरुको धनु राशी छ उनीहरुको भाग्योदय १६, २२, ३२ वर्षमा हुने गर्दछ ।
 १०. मकर राशीः २५, ३३, ३५, ३६ वर्षको उमेरमा मकर राशी भएका मानिसहरुको भाग्योदय हुने गर्दछ ।
 ११. कुम्भ राशीः जो मानिसहरुको राशी कुम्भ हो उनीहरुको २५, २८, ३६ वा ४२ वर्षमा भाग्योदय हुने गर्दछ । १२. मीन राशीः मीन राशी भएका मानिसहरुको भाग्योदय १६, २२, २८, ३३ वर्षको उमेरमा हुने गर्दछ ।
 भकम्‍पमा परि ज्‍यान गुमाएका नेपालीहरुप्रति श्रद्धाञ्जली
काठमाडौं: सर्वाधिक सर्च इन्जिन गुगलले नेपालले मनाउने 'गणतन्त्र दिवस २०१५' को अवसरमा नेपाल र नेपालीहरुमा शुभकामना व्‍यक्त गरेको छ। उसले मानिसहरुले सर्वाधिक रुपमा खोज्‍ने सर्च इन्जिन गुगलको 'अंग्रेजी र नेपाली' दुवै मार्फत शुभकामना व्‍यक्त गरेको हो।

 गुगलले आज आफ्नो सर्च इन्जिनमा भूकम्‍पबाट ध्‍वस्त भएको स्वयम्भू र मन्दिरको तस्बिरमा मैनबत्ती प्रज्वलित गरेर राखेको छ।  यसका साथै उसले आफ्नो आधारिक धारणा यू-ट्‍युबमार्फत समेत दिएको छ।

उसले भनेको छ, 'नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको १० वर्षमा भइसकोमा हाम्रो तर्फबाट सुख, शान्ति र दीर्घायूको  कामना छ।साथै नेपालमा गत वैशाख १२, १३ र २९ गते नेपालमा गएको विनाशकारी भूकम्‍पमा परी ज्‍यान गुमाउने नेपालीहरुप्रति श्रद्धाञ्जली समेत व्‍यक्त गर्दछौ। हाम्रो मन र मुटु सधै नेपाल र नेपालीसँग रहनेछ। यसका लागि हामीले भूकम्‍पपीडितहरुको लागि राहतका हातहरु  सधै उठाउने छौ।'

उसले भूकम्‍पमा परि हराइरहेका आफन्त खोज्‍न नेपालीहरुलाई सहयोग गर्ने प्रतिवद्धता व्‍यक्त गरेको छ।
  प्रस्तुति : सहदेव चौधरी
annapurnapost.com
यो कुनै दन्त्यकथा होइन । एक अलौकिक बालकको सत्यकथा  हो,जसले आफ्नै आँखाले नदेख्दासम्म पत्याउन मुस्किल पर्छ । चार वर्ष आठ महिनाको अबोध बालकसित संसारका अनेक जटिल प्रश्नहरुको उत्तर छ । बोल्न र हिँड्डुल गर्न नसक्ने ,कहिल्यै विद्यालय नगएको यो शिशु बसी–बसी तपाईंका हरेक प्रश्नको जवाफ कलमले  लेखेर दिन्छ ।


भूत,भविष्य वा वर्तमान,सबै कुरा उसको कलिलो मस्तिष्कमा अटेको छ । सुरुमा उनको ज्ञान परीक्षण गर्न धेरैले सामान्य ज्ञानका प्रश्नहरु सोध्थे । नेपालका पहिलो प्रधानमन्त्री को हुन् भन्नेदेखि फाउन्टेन पेनको आविष्कार कसले गरे भन्नेसम्मका प्रश्नको सही जवाफ उनले दिँदै गए ।

इतिहासदेखि भुगोलसम्म,गणितदेखि विज्ञानसम्म,धार्मिक ग्रन्थदेखि चलचित्रसम्म जे विषयमा सोधिए पनि आदित्यले जे सोधे पनि आदित्यले चामत्कारिक रुपमा उत्तर दिँदै गए । वेद र उपनिषद्का श्लोकहरु पनि लेख्न भ्याए । नेपाली र अंग्रेजी मात्रै होइन,चाइनिज कोरियन,रसियनलगायत लिपीमा लेखेर उनले प्रमाणित गरिदिए कि दुनियाँमा कुनै पनि चिज उनको कलिलो मस्तिस्कभन्दा बाहिर छैनन् ।

 आफूलाई भेट्न आउनेहरु को हुन्,उनलाई पहिल्यै थाहा हुन्छ । एमालेका अध्यक्ष भेट्न जाँदा उनकी आमाको नाम लेख्न लगाइयो । आदित्यले मधुमाता लेखिदिएपछि खनाल चरम आश्चर्यभावसहित मुस्कुराए । मुख्यसचिव लीलामणि पौडेल भेट्न जाँदा आदित्यले लेखे,बागमतीमा सफाइ होइन,फोहोर फाल्न बन्द गरौं ।

’पूर्वमुख्यसचिव पुग्नासाथ आदित्यले कागज मागेर लेखे,‘माधव सर नमस्कार ।’ तिनै घिमिरेले आदित्यसित लिखित प्रश्न सोधे,‘अब मैले के गर्दा राम्रो हुन्छ ?’ आदित्यको जवाफ यस्तो थियो,ध्यान गर्नुहोस्,बाटो आफैं भेट्नुहुनेछ ।’ कहिलेकाहीँ आदित्यले दिने जवाफ कूटनीतिक र घुमाउरा पनि हुन्छन् ।

 नेपाल हिन्दू राष्ट्र हुन्छ कि हुँदैन ? भनेर सोधिएको प्रश्नमा उनले जवाफ दिएका छन्,‘जनमत संग्रह गरौं ।’ नेपालमा लोडसेडिङ कहिले अन्त्य हुन्छ भन्ने प्रश्नमा उनको जवाफ थियो,‘नेताहरु बोल्छन मात्र काम गर्दैनन् ।
’ उनले तिमी यो संसारमा आउनुको कारण के हो भनेर प्रश्न गर्दा उनले लेखे,‘नट नाउ पछि कुरा गरौंला ल ?’ नेपालमा नयाँ संविधान कहिले बन्छ भन्ने प्रश्नमा उनको जवाफ छ,‘नेताहरुको झगडा मिलेपछि २०७२ भित्र ।

’सुशील कोइरालापछि नेपालको प्रधानमन्त्री को होला भन्ने प्रश्नमा उनले केपी ओलीको नाम लेखिदिएका थिए । उनको ज्ञान परीक्षण गर्ने आशयले कसैले डा. बाबुराम भट्टराई र हिसिला यमीको बिहे कहिले भएको हो भनेर सोध्दा उनले जवाफ दिए,भो,आज लेख्दिनँ ।’ आफ्नो बारे पनि आदित्यले लेख्ने गरेका छन् ।

 एक प्रश्नमा उनले आफू १२ वर्षको भएपछि विश्वले चिन्ने उद्घोष गरेका थिए । उनका सन्देशहरु कहिलेकाहीँ निकै साहित्यिक पनि हुने गर्छन् । गत शुक्रबार सत्संगपछि उनले लेखेको सन्देश यस्तो थियो
प्रेम यस्तो अमृत हो,जसले मृत्युको आवरणभित्र अनावरण भएको जीवन फर्काउन सक्छ ।
- नयाँ पत्रिका दैनिकको मुख्य पृष्ठमा चिरञ्जिबी पौडेलको विशेष सामग्री प्रकाशित छ ।
काठमाडौ । नेपाली युवा श्री सुब्बाले भूकम्प आएको पूर्वसूचना दिने यन्त्र निर्माण गरेको दाबी गरेका छन् । भूकम्पले धेरै त्रास फैलिरहेकाले यसलाई कम गर्न आफूले यस्तो यन्त्रको विकास गरेको उनले आजको नयाँ पत्रिका दैनिकसँगको कुराकानीमा बताएका छन् ।

सुब्बा घरेलु प्रविधिको प्रयोग गरेर आफूले गरिब राष्ट्रका जनताका लागि खरिद गर्न सहज होस् भनेर एनालग यन्त्र विकास गरेको बताउँछन् । ‘आफ्नो मौलिकता प्रयोग गरेर सस्तो यन्त्र बनाउनुपर्ने बाध्यता छ । मैले बनाएको यन्त्र प्रोटोटाइप (प्रारुप) मात्रै हो ।

यसलाई स्तरोन्नती गरेर विकसित रुप दिन सकिन्छ’, उनले आफूले विकास गरेको यन्त्रको वर्णन गर्दै भने । उनले निर्माण गरेको यो यन्त्रको नाम काउन्टर डिभाइस अफ सैतानिक भर्सिस राखेका छन् । संसारमा गरेका सम्पूर्ण नराम्रा काम सैतानले गरेका हुन् भन्ने मान्यता भएकाले आफूले यस्तो नाम दिएको उनी बताउँछन् । यन्त्रमा रहेको सेन्सरले न्यूनतम ३ रेक्टरको झट्का महसुस गर्न सक्ने दाबी उनले गरे ।

यद्यपि यसलाई प्रमाणित गर्ने आधार उनीसित छैन । सुब्बाले आफूले यस्ता थुप्रै डिभाइस बनाएको दाबी गर्दै देश र जनताका लागि यस्तो काम गरेको बताए । उनले आफूले तीन घन्टामै यो उपकरण बनाएको दाबी गर्न समेत भ्याए । ‘वास्तवमा यो मैले तीन घन्टामा बनाएको हुँ, आविस्कार भनेको सिर्जना हो, कविता रचेजस्तै ।

 दिमागको बत्ति कतिबेला बल्छ थाहा हुँदैन । भुइँचालोबाट कसरी बच्ने भन्ने चिन्ताका बीच मेरो दिमागमा आइडिया फुर्यो । तत्कालै सामग्रीहरु जुटाएर फिट गरेँ,’ सुब्बाले निर्माणको पृष्ठभूमिबारे बताउँदै भने ।

 उनले रिसर्च बाहेक जम्माजम्मी चार हजार आठ सयमा यो यन्त्र निर्माण गरेको बताए । आजको नयाँ पत्रिका दैनिकको सप्तरंगी पृष्ठमा यो सामग्री विशेष महत्वका साथ प्रकाशित गरिएको छ ।npnewsline.blogspot.com
काठमाडौं । एक दिनअघिसम्म आफ्नो विवरणमा ५ हजार मेट्रिक टन (५० लाख केजी) कम चामल देखाइरहेको गृह मन्त्रालयले बिहीबार रातारात तथ्यांक सच्याएको छ ।

दुई साताअघि बंगलादेशबाट भित्रिएको १० हजार मेट्रिक टन (एक करोड केजी) चामलमध्ये आधा मात्र देखाउनुलाई गृहले मिस कम्युनिकेसन भनेको छ ।

यो घटनामा उसले आफैं यसबारे केही नभनी आपूर्ति मन्त्रालयलाई पत्रकार सम्मेलन गर्न दबाब दिएको थियो । ‘मिस कम्युनिकेसन भएको हो । मैले बिहीबार अखबार पढेर मात्र थाहा पाएँ । यो दुविधा कसरी सिर्जना भयो थाहा छैन ।

बंगलादेशबाट १० हजार मेट्रिक टन चामल नै आएको हो,’ गृहमन्त्रालयका सचिव सूर्यप्रसाद सिलवालले भने,‘कहाँबाट के आयो सबै हेर्ने काम गृहको मात्र होइन, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पनि हो ।’
 आजको नागरिक दैनिकमा खबर छ ।
काठमाडौं: शुक्रबार बिहानै भूकम्पको फेरि दुई वटा धक्का महसुस भएको छ। बैशाखमा दुई ठूला भूकम्पपछि परकम्प जाने क्रममा शुक्रबार पनि जारी छ।

आज बिहान मात्रै १२ बजेर ३७ मिनेटमा दोलखा केन्द्रबिन्दु भएको ४.२ म्याग्निच्यूड र  बिहान ५ बजेर २० मिनेटमा ४.२ म्याग्निच्यूडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।

बिहिबार बिहानदेखि मध्यरातिसम्ममा चार म्याग्निच्यूटमाथिका सात वटा परकम्प गएको थियो। तीमध्ये तीनवटा दोलखा, दुर्इवटा गोरखा र धादिङ, एउटा काठमाडौ‍ र अर्को सिन्धुपाल्चोक केन्द्रबिन्दु भएको परकम्प गएका थिए।

प्रकृतिले प्राणीहरूलाई प्रशस्त मात्रामा अनमोल खाद्यान्‍न तथा फलफूलहरू उत्पादन गरिदिएको छ। तर, सबै अन्न तथा फलफूलका आआफ्ना विशेषता छन्। कुनै प्रोटिनप्रधान छन् त कुनै भिटामन, कार्बोहाइडे्रट वा बोसोप्रधान छन्। त्यस्तै कुनै सात्विक छन् त कुनै राजसिक वा तामसिक छन्। चामल, गहुँ, मुँग, मकै आदि अन्न; लौका, फर्सी, करेला, लसुन, टमाटर, काँक्रो, आलु, मूला आदि तरकारी; सिमी, बोडी, भटमास, केराउ आदि गेडागुडी तथा हरियो सागपात र फलफूल सात्विक भोजनका साथै सन्तुलित भोजन पनि हुन्। यिनमा प्रोटिन, कार्बोहाइडे्रट, फ्याट, भिटामिन तथा मिनरल्स उपलब्ध हुन्छन्।


बालबालिकादेखि वृद्धसम्मलाई चाहिने भोजन पनि यिनै हुन्। तर, यी भोजनमध्ये केही यस्ता अन्न तथा फलफूलहरू छन् जसले मानिसको शरीर तथा मस्तिष्कलाई ताकत दिन्छन्, स्मरणशक्ति बढाउँछन्। यस्ता मस्तिष्कमैत्री अन्न तथा फलफूल गाउँघरका बगैंचा, करेसाबारी तथा वरपरका जंगलमै उपलब्ध हुन्छन्। त्यसैले यहाँ यस्ता खाद्यपदार्थका बारेमा उल्लेख गरिएको छ।

जमुना




जमुना त सबैले देखेको तथा खाएको फल हो। तर, जमुना मस्तिष्कवर्द्धक फल हो भन्ने कुरा धेरै कम मानिसलाई थाहा छ। वास्तवमा वर्षा ऋतुमा नेपालमा पनि प्रशस्त पाइने जमुना मानिसका लागि ज्यादै उत्तम फल हो। जमुनाले रक्तशोधन गरी चेहरालाई चमकदार बनाउँछ, चिडचिडापन हटाउँछ। यसले पेटको विकार हटाउँछ, मेमोरी बढाउँछ, बुद्धिलाई तीव्र बनाउँछ।

बिहान र साँझ खाजाका रूपमा जमुना खानु ज्यादै उत्तम हुन्छ।

पालुंगो

बुद्धि तीव्र पार्ने तथा दिमागलाई दुरुस्त राख्ने खाद्यान्नका रूपमा पालुंगो त प्रकृतिको वरदान नै हो। मस्तिष्कका लागि योभन्दा उपयुक्त अर्को हरियो सागतपात छैन। पालुंगोमा भिटामिन ए, बी, सी, क्लोरोफिल, बिटा कैटोरिन, राइवोफ्लेबिन तथा सोडियम आदि हुन्छन्। माछामासुमा झैं प्रोटिन हुन्छ।



कतिपय बालबालिकालाई पालुंगो त्यत्ति स्वादिलो लाग्दैन तर यसको सेवनले मनलाई ताजा बनाउँछ, मस्तिष्कलाई ताकत दिन्छ। यो एउटा महत्त्वपूर्ण ब्रेन टनिक हो भन्‍ने कुरा पोषणविद्हरूले हालसालै प्रमाणित गरिदिएका छन्। त्यसैले हिजोआज विदेशमा पालुंगोको सेवन ह्वात्तै बढेको छ।

पालुंगोलाई विभिन्न तरिकाले सेवन गर्न सकिन्छ। सलादका रूपमा, तरकारी र सुप बनाएर पनि यसलाई खान सकिन्छ। बेलाबेलामा पालुंगोको तरकारी वा सुप बनाएर खानु निकै उत्तम हुन्छ। तर, अक्जेलिक एसिड हुने भएकाले किड्नीका रोगी तथा किड्नीमा पत्थरी जम्ने समस्या भएकाहरूले पालुंगो खान हुँदैन।

अमला

फलहरूमा अमला एक सर्वोत्तम फल हो। यो भिटामिन सीको भण्डार हो। यसले हाड, दाँत र गिजा बलियो बनाउँछ। अनुहारको कान्ति बढाई कपाल फुल्न दिँदैन। नेत्रज्योति बढाउँछ, मस्तिष्कलाई ऊर्जा दिन्छ। मस्तिष्कशक्ति तथा स्मरणशक्ति बढाउँछ। बुद्धि तीव्र बनाई शरीरमा बल-वीर्य वृद्धि गराउँछ। यसले हाई ब्लड प्रेसर, हृदयरोग, क्यान्सर, नपुंसकता, मन्दाग्नि, स्नायु रोग, चर्म रोग, कलेजो तथा मिर्गौलाको रोग, रक्त रोग, जन्डिस, टीबी, पिसाब तथा हड्डीका रोगहरू ठीक पार्न सहयोग गर्छ।



अमला त्रिदोषनाशक फल हो, अर्को बे्रन टनिक। अमलामा पाइने एन्टी अक्सिडेन्ट इन्जाइमले बूढोपन रोक्छ। अमलामा जति रोगप्रतिरोधक, रक्तशोधक तथा बल-वीर्यवद्र्धक तत्त्वहरू पाइन्छ, त्यति तत्त्व संसारका कुनै पदार्थ तथा औषधिमा पाइँदैन।

प्रतिदिन कुनै न कुनै रूपमा दुईचारवटा अमला खानु निकै राम्रो हुन्छ। अमलालाई अनेकौं तरिकाले प्रयोग गर्न सकिन्छ। जस्तै: काटेर सलादका रूपमा, अचार तथा मुरब्बाको रूपमा वा त्यसै पनि खान सकिन्छ। तर, बिहानको खाजामा दुईचारवटा अमलाको मुरब्बा (जाम) सेवन गर्नु सर्वोत्तम हुन्छ।

स्ट्रबरी


अमलाजस्तै स्ट्रबरी अर्को महत्त्वपर्ण फल हो। रातो तथा मीठो यो फलले मस्तिष्कलाई चुस्तदुरुस्त राख्छ। सम्भव भएसम्म बेलाबेलामा स्ट्रबरी खानु राम्रो हुन्छ।


बदाम


बदाम (आलमन्ड) ब्रेन फुडको राजा हो। यसमा शरीरलाई आवश्यक सबै पोषक तत्त्व हुन्छन्। यो मस्तिष्कका लागि निकै लाभदायक छ। बदाम दुई प्रकारका हुन्छन्, मीठो र अलि तीतो। मीठो कागजी बदाम नै स्वास्थ्यवद्र्धक हुन्छ। बदाम बालक, जवान तथा वृद्ध सबैका लागि उत्तिकै उपयोगी हुन्छ। बदामलाई पानीमा भिजाएर, बोक्रा हटाई पिसेर लेप बनाई दूधसँग खानु उत्तम हुन्छ। बदामको दूध तथा बदामको तेलले स्मरणशक्ति तथा नेत्रज्योति बढाउँछ। बदाम आई टनिक पनि हो।


ओखर

बदामजस्तै ओखर पनि बे्रन टनिक हो। ओखरको त रूपरंग नै ब्रेनजस्तै हुन्छ। तर, बदाम र ओखर नेपालमा उत्पादन हुँदैन। सम्भव भएसम्म नास्ताका रूपमा बदाम तथा ओखर खाने गर्नुपर्छ।

अंकुरित गेडागुडी

अंकुरित गेडागुडी त अमृत भोजन नै हो। शरीरशास्त्री भन्छन्, जबसम्म शरीरका कोषहरूको निर्माण तथा पुनर्निर्माण ठीकठीक रूपमा भइरहन्छ तबसम्म बुढ्यौली आउँदैन, शरीर स्वस्थ र बलियो बनिरहन्छ। तर, जब कोषहरूको निर्माण तथा पुनर्निर्माणको प्रक्रियामा विघ्नबाधा पर्छ तब कोषहरूको निर्माण र पुनर्निर्माणको गति मन्द हुन्छ। यसो भएपछि शरीर बूढो तथा कमजोर हुन थाल्छ।


 तर, भिटामिन ई, भिटामिन सी र कोलिनको पर्याप्त मात्रा प्रत्येक दिनको भोजनमा समावेश गरियो भने शरीरमा कोषहरूको निर्माण तथा पुनर्निर्माण प्रक्रिया ठीक ढंगबाट हुन्छ। जबसम्म यो प्रक्रिया ठीकसँग चल्छ, तबसम्म बुढ्यौली आउँदैन। प्रकृतिको नियमअनुसार बुढ्यौली आउँछ तर यी भिटामिन सेवन गर्ने हो भने ढिलो आउँछ। जस्तो कि ६० वर्षको बूढो पनि ४० वर्षको जवानजस्तो देखिन्छ। यस्ता भिटामिन अंकुरित गेडागुडीमा पाइन्छ। त्यसैले बिहानको खाजामा अंकुरित गेडागडी खानु सुनमा सुगन्ध नै हुन्छ।




अन्य 
स्याउ, लसुन, कालो अंगुर, कुरिलो, किसमिस, गाजर तथा बन्दागोभी आदिले पनि मस्तिष्कलाई पोषण तथा ताकत प्रदान गर्छ। पीपलको फल पनि मस्तिष्कका लागि निकै उपयोगी हुन्छ। पीपलको मौसममा पीपलको फल खानु निकै राम्रो हुन्छ। यसका साथै काँक्रो, लौका, फर्सी तथा खरभुजाको बीउ पनि ' ब्रेन फुड मानिन्छ। आयुर्वेदका अनुसार लसुन तामसिक पदार्थ हो तर यसको औषधीय गुण धेरै छ। लसुन खाँदा ब्लड प्रेसर घटाउँछ। रगत सफा गरी कोलोस्ट्रोल घटाउँछ। कग्निटिभ क्रिया प्रभावकारी बनाउन सहयोग गर्छ।
ब्रेन फुड्स




कांक्रोका आश्चर्यजनक ११ फाइदाहरु????

कांक्रो स्वादिलो तथा रिफ्रेशिङ तरकारी हो । यसको प्रयोग सलादमा धेरैनै गरिन्छ । र धेरै मानिसहरुलाई कांक्रो खान मन पर्छ किनकि यसले रिफ्रेशिङ प्रदान गर्नुका साथै यसम अत्यधिक मात्रामा पोषण तत्व लुकेको हुन्छ ।

यसको खेतीगर्न पनि अति सजिलो छ । तर धेरै मानिसहरुलाई के थाहा छैन भने कांक्रोको प्रयोग धेरै तरिकाले गर्न सकिन्छ । आज डिसीनेपाल तपाईहरुलाई कांक्रोको अनेक प्रयोगका बरामा जानकारी गराउँदै छ ।

१. ताजा नताछेको कांक्रोमा पोटासियम, भिटामिन के र सी प्रसस्त मात्रामा पाइन्छ र यो फासफोरश, मानगानिज, म्यग्नेसियम, र भिटामिन ए ले भरपुर हुन्छ । कांक्रोमा सोडियम, कोलोस्ट्रोल र चिल्लोको मात्रा थोरै मात्र हुन्छ ।

२. थाकेको बेलामा कांक्रो खाँदा यसले थकान तुरुन्त मेटाएर जान्छ किनकि यसलाई भिटामिन बि को श्रोत मानिन्छ ।

३. बारीमा मुसा, साङ्लो जस्ता सानासाना जिवहरुले दुख दिने गरेको छ भने कांक्रोको प्रयोग गर्नुहोस् । कांक्रोको चिरालाई बारीमा राखेको खण्डमा यस्ता सानासाना किराहरु आपसेआप हराएर जान्छ ।

४. छाला चाउरी तथा खुम्चिएको अर्थात ट्रेश परेको ठाउँमा कांक्रोको चिरा दलेर मालिस गरेको खण्डमा यस्ता चाउरीपना हराएर जान्छ । कांक्रोमा भएको कोलाजेन र एक प्रकारको केमिकल बिच रियाकशन हुन्छ जसले छालालाई कसिलो बनाउन मद्धत पुर्याउँछ ।

५. यसको प्रयोग टाउको दुखेको बेला र ह्याङओभर भएको बखत पनि गर्न सकिन्छ । राती सुत्नु भन्दा अगाडी कांक्रो खाएर सुत्नुहोस् । यसले तपाईलाई बिहान एक प्रकारको ताजगी प्रदान गर्नेछ । कांक्रोमा इलेक्ट्रोलाइट, भिटामिन बी जस्ता पोषण हुन्छ जसले मानव शरीरलाई व्यालेन्समा राख्न मद्धत पुर्याउँछ ।

६. कांक्रो खानाले भोक पनि मेटाएर जान्छ । यसमा क्यालोरिको मात्रा शुन्य प्रतिशत हुन्छ र यसले तपाईलाई लामो समय सम्म ढुक्क बनाइ राख्छ ।

७. तपाई कांक्रोको प्रयोग आफ्नो जुत्ता पालिस गर्न पनि गर्न सक्नुहुन्छ । एक टुक्रा कांक्रो लिनुस र यसलाई जुत्तामा दल्नुस् । कांक्रोमा भएको केमिकलले तपाईको जुत्तालाई टल्काइ दिन्छ ।

८. तनाव बाट छुटकारा पाउन पनि यसको प्रयोग गर्न सकिन्छ । एउटा कांक्रोलाई काट्नुहोस् र यसलाई उम्लिएको पानीमा खन्याउनुहोस् । यसमा भएको न्यूट्रियन्टस र केमिकलले काम गर्न थाल्छ र यसबाट एक प्रकारको मीठो बास्ना आउन थाल्छ ।

९. स्वास गन्हाउने समस्या छ भने एक टुक्रा कांक्रोलाई जिब्रोको सहायताले आफ्नो तालुमा टास्नुस् । कांक्रोमा भएको फोटोकेमिकलले स्वास गन्हाउने समस्या आपसेआप हराएर जान्छ ।

१०. स्टिलका भाँडाकुडा, सिंक, फ्लोरलाई चम्किलो पार्न कांक्रोको प्रयोग गर्न सकिन्छ । यसले भाँडाकुडामा भएको चम्किलो पनालाई समेत जोगाइ राख्छ ।

११. पेनले लेखेको, क्रेयोन र ड्रयिङ लगायतको अक्षरलाई मेट्नु छ भने कांक्रोको बाहीरी भागले बिस्तारै दल्नुस् । यसले लेखेको मेटी दिन्छ ।
१४ जेठ, काठमाडौं ।

बिहिबार राति १० बजेर १६ मिनेटमा फेरि भूकम्पको अर्को झट्का महसुस भएको छ ।

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।



यसअघि आजै ६ पटक भूकम्पका झट्का गईसकेका छन ।
फोटो :विमान अपहरणकारीलार्इ नियन्त्रणमा लिँदै पाकिस्तानी प्रहरी । तस्बिर : एजेन्सी
इस्लामाबाद : सन् १९९८ को मे मा पाकिस्तानको यात्रुबाहक विमान अपहरण गर्ने तीन व्यक्तिलाई बिहीबार फाँसी दिइएको छ ।

ती तीन व्यक्तिले पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पिएलए) आन्तरिक विमान अपहरण गरेका थिए । सो विमान बलुचिस्तान प्रान्तबाट कराचीतर्फ गइरहेको अवस्था अपहरणमा परेको थियो ।

आतङ्ककारी विरुद्धको अदालतका न्यायाधीश अब्दुल घाफोर मेमोन गतहप्ता ती तीनलाई फाँसीको सजाय सुनाएका हुन् । सो विमान अपहरणमा परेको त्यस अवस्थामा चालकदलका सदस्यसहित ३५ व्यक्ति सवार रहेका थिए ।

ती अपहरणकारीले सो विमानलाई भारत लिएर जानका लागि दबाब दिएका थिए । तर विमान चालकले सो विमानलाई सिन्ध प्रान्तको हैदराबाद विमानस्थलमा तेल भर्ने निहुँमा रोकेका थिए ।

अपहरणमा परेको यात्रु विमान

सो विमान चालकले केही समयमा सो विमानलाई भारतको गुजरात राज्य अवतरण गर्छु भनी अपहरणकारीलाई भनेका थिए । केही समयपछि हैदराबाद विमानस्थलमै पाकिस्तानी कमाण्डोहरु आई ती अपहरणकारीहरुलाई पक्राउ गरेका थिए ।

अधिकारीहरुका अनुसार ती अपहरणकारीहरु बलुच लडाकू समूहसँग आबद्ध थिए ।

साहसावार बलुच र सबीर बलुचलाई सिन्ध प्रान्तको सेन्टर जेल हैदरबादमा र साब्बीर बलुचलाई सेन्टर जेल कराचीमा फाँसी दिइएको समाचारमा जनाइएको छ । एजेन्सी
www.annapurnapost.com
ज्योतिष विज्ञान भन्छ, खुट्टाका आकार र बनोटका आधारमा मानिसहरुका स्वभाव र आचरण र भविष्य बताउन सकिन्छ। शरिरका अंग लक्षण हेरेर मानिसको भविष्य बताउने विधीको वर्णन ज्योतिष विज्ञानमा गरिएको छ।ज्योतिषको एक महत्वपुर्ण आधार सामुद्रिक शास्त्रमा मानिसको टाउको देखि खुट्टा सम्मका अंगका विशेष लक्षणहरु उल्लेख छ।



अंगहरुको बनावट, आकार, रंगबाट मानिसको रहस्य पत्ता लाग्ने र भविष्यको बारेमा जानकारी हासिल गर्न सकिने तरिका सामुद्रिक शास्त्रमा उल्लेख छ।जोसुकै मानिसहरुको खुट्टाको औलाहरुको बनोट हेरेर सहजै व्यवहार, विचार र कार्यक्षेत्रका बारेमा बताउने सकिन्छ।

हावी हुने मानिस: जो मानिसको खुट्टाका औंलाहरु घट्दो क्रममा हुन्छन् यी मानिसहरु अन्य माथि हावी हुन चाहन्छन् । यस्ता मानिसहरु आफ्ना अधिकारका बारेमा सजक हुन्छन्। यी मानिसहरु चाहन्छन कि उनीहरुलाइ मान सम्मान प्राप्त होस र सवैले उनीहरुको कुरा अक्षरस पालन गरुन । यदी घर परिवारमा वा समाजका कोही मानिसहरु उनीहरुको इच्छा अनुसार नचले रिसाउने गर्दछन्। यस्ता किसिमका खुट्टाका औला भएका मानिसहरु आफ्ना जीवनसाथीमाथि आवश्यक्ता भन्दा बढि हावी रहन्छन्।

कडा परिश्रम गर्छन: जो मानिसको खुट्टका औलामा बुढी औला सहित अन्य दुइ औला बराबार र बाँकी औला साना हुन्छन, ती मानिसहरु कठिन परिश्रम गर्ने खालका हुन्छन्। यस्ता मानिसहरु आफ्नो श्रमको बलमा सफलता हासिल गर्दछन्। श्रमकै बलमा उनीहरुलाई मान सम्मान प्राप्त हुन्छ यस्ता खुट्टाका औला भएकाहरु अरु मानिसले गरेका कामको समेत प्रशंसा गर्ने गर्दछन। उनीहरुलाई कर्मशील मानिस विशेष मन पर्दछ यस्ता औला भएकाहरु घरपरिवारमा पनि आफ्नो जिम्मेवारी राम्रो तरिकाले निर्वाह गर्दछन।

अदभुत ढंगबाट गर्छन काम: जो मानिसको खुट्टाको औलामा दोस्रो औला लामो र अन्य छोटा हुन्छन्, ती मानिसहरु फरक र अदभुत तरिकाबाट काम गर्दछ । यी मानिसका योजनाहरु र कार्यशैली अलग र श्रेष्ठ हुन्छन्। योजानाकै बलमा उनीहरुलाई विशे्ष स्थान प्राप्त हुन्छ। घरपरिवारमा यस्ता मानिसलाई विशेष सुख सुविधा प्राप्त हुन्छ।

शान्तिप्रिय हुन्छन यस्ता मानिस: जो मानिसहरुको बुढि औला लामो र अन्य औला समान लम्बाईका हुन्छन, त्यस्ता मानिस शान्तिप्रिय हुन्छन। यस्तो प्रकृतीको खुट्टा भएका मानिसहरु तनावमा नआईकन काम गर्न रुचाउँछन्। यी मानिसहर कहिल्यै पनि आवेशमा आउँदैनन् । विरोधीहरुसंग पनि उनीहरु शान्तिबाटे बिजय प्राप्त गर्दछन्। शान्तिप्रियसगै केही मानिसहरु अल्छी पनि हुन्छन र ढिलासुस्ती गर्ने किसिमका हुन्छन्।

उर्जावान हुन्छन यस्ता मानिस: जो मानिसको खुट्टाको औला मध्य दोस्रो औला ठुलो र अरु सानो हुँदै जान्छन् र अन्त्यका दुइ औला करिब बराबार हुन्छन, ती मानिस उर्जावान हुन्छन्। सामान्यतया यस्ता मानिसहरु जोशिला हुन्छन , जुनसुकै पनि जोश र उर्जाका साथ गर्दछन् । यिनीहरु खुलेर रमाइलो गर्न चाहन्छन्। यी मानिसहरु पुर्णरुपमा जीवनको आनन्द लिन्छन् सधै खुसी रहन्छन् र अरुलाई खुसी राख्न प्रयत्न गर्दछन्।
आजकाल श्रीमान् श्रीमतीको व्यस्त जीवनका कारण उनीहरुको प्रेम बिस्तारै कम हुने गर्दछ र उनीहरु बिचको सम्बन्ध कतै अन्धकारतिर
धकेलिएको हुन्छ । सम्बन्धमा नैराश्यता र प्रेमको कमीले बिस्तारै श्रीमान् श्रीमतीबिच थुप्रै झगडा हुने गर्दछ जुन वैवाहिक सम्बन्धको लागि सहि होइन । सम्बन्धमा हुने खटपटले उनीहरुको सेक्स लाइफमा पनि असर गरिरहेको हुन्छ ।
 केहि गरेपनि यदि श्रीमान श्रीमती बिचको सम्बन्धमा सुधार नआएको खण्डमा उनीहरुले वास्तु शास्त्रको साहरा लिनसक्नुहुन्छ र आफ्नो सेक्स लाइफ र वैवाहिक जीवनलाई रम्रो बनाउन सक्छन् ।
यसका लागि तपाईंहरुले निम्नलिखित वास्तु टिप्स अपनाउनुपर्ने हुन्छ ।
  लभ बर्डस्ः यदि तपाईंहरुको वैवाहिक जीवनमा खटपट आइरहेको छ भने तपाईं आफ्नो बेडरुममा लभ बर्डस् राख्न सक्नुहुन्छ किनभने यी दुबै प्रेमको प्रतिक हो जसले तपाईंहरुको बिचमा निकटता ल्याइदिनेछ । निलो अथवा गुलाबी रङको पर्दा र बेडसिटः 
यी दुबै रङले मायाको सफ्ट लुकलाई देखाउनेछ जसले सेक्स लाइफलाई उत्साहित गर्नमा मद्दत गर्दछ ।
 ह्याङ्गिङ ल्याम्पः यदि तपाईंको बेडरुममा ह्याङ्गिङ ल्याम्प साउथ–वेस्ट दिशामा भएमा थाहा पाउनुहोस् तपाईंहरुको बिच प्रेममा कहिले पनि कमी आउँदैन ।
तपाईंको बेडरुममा यदि झुमर छैन भने आज नै किन्नुहोस् । सेरामिक बाउलः सेरामिक बाउलले पनि सकिन लागेको प्रेममा नयाँ उर्जा भर्ने काम गर्दछ । सफा–सुग्घरः यदि तपाईंको बेडरुम निकै सफा–सुग्घर र चमकदार छ भने यसको नतिजा तपाईंले आफैँ देख्नुहुन्छ । www.ratopati.com
सर्वप्रथम पुरुषको नजर महिलाको कुन अंगमा जाला ? पहिलो नजरमा पुरुषहरुले महिलाको के कुरा नियाल्छन् ? जिज्ञासाको विषय हो ।
पुरूषको कुनै महिलासँग नजर जुध्यो भने केही सेकेण्डमै धेरै कुरा हेर्न भ्याइसकेका हुन्छन् । पुरूषहरूले करिब पाँच सेकेण्डमा नै महिलाका आधा दर्जन कुरा नियाल्न भ्याइसकेका हुन्छन्, केहीले त पाँच सेकेण्ड पनि लगाउँदैनन् ।
 पहिलो नजरमा नियाल्छन् यी ६ कुरा: कपाल: कुनै पनि महिलाको कपाल खुल्ला छ कि बाँधिएको छ, पुरूषहरूले यो कुरा पहिलो नजरमा नै याद राख्छन् । लामो कपाल उनीहरूलार्ई चाहिँदैन तर, जस्तो भएपनि उनीहरूलाई खुल्ला कपाल नै मनपर्छ ।
आफूलाई मनपरेको महिलाको कपाल खेलाउन पुरूषहरू चाहन्छन् । वास्तविक मुस्कानः के तपाईंको मुस्कान आँखामा झल्किन्छ ? यदि यसको उत्तर सकारात्मक छ भने तपाईं झन् खुसी हुनुहोस्, किनभने पुरुषहरु तपाईंको वास्तविक मुस्कानको निर्णय गर्न माहिर हुन्छन् ।
 स्वर: एक अध्ययनका अनुसार पुरूषहरू महिलाहरूको स्वरलाई बढि ध्यान दिन्छन् किनभने यो जवानी र प्रजनन स्वास्थ्यलाई थाहा पाउने विश्वसनीय आधार हो ।
 क्लिभेज: महिलाहरुको क्लिभेजमा पनि सुरुमै पुरुषहरुको नजर जान्छ । आकर्षक स्तनहरुसँग पुरुषहरु बढि नै लोभिने गर्छन् । हिपको बनावटः यदि तपाईंको पेट हिपभन्दा सानो छ भने यसले प्रजनन अवस्थालाई इंगित गर्छ र पुरूषहरुले यसको निकै ख्याल राख्दछन् । आँखाः मानिसहरुले शरीरको अरू भागहरूभन्दा आँखामा बढि ध्यान दिन्छन् ।www.ratopati.com
May 28, 2015


क्यालिफोर्निया । के क्यालिफोर्नियामा स्थानीय समयअनुसार ४ बजे ठूलो भूकम्प आउँला ? हामी यसै भन्न सक्दैनौ, किनकी भूकम्पबारे अहिलेसम्म कुनै भविष्यावाणी सत्य सावित भएका हामी पाउँदैनौ ।
यति भन्न सक्छौ कि भूकम्प पृथ्वीमा आउँछ तर यसको कुनै पूर्व निर्धारित मिति, समय र स्थान हुँदैन । हालै डच रिसर्चर फ्राङ्क होगेरबीट्सले भने मिति र समय नै तोकेर भूकम्पको भविष्यवाणी गरेका छन् ।
जसले अहिले संसारभरी हलचल मच्चाएको छ । उनले शुक्रबार पृथ्वी र चन्द्रमाको अवस्था बदलिने दावी गरेका छन् । उनले एक भिडियो नै जारी गरेका छन् । जसलाई अहिलेसम्म करोडौं मानिसहरुले हेरिसकेका छन् ।
अन्य विशेषज्ञहरुले भने फ्रैंकले भनेजस्तो पृथ्वी र चन्द्रमाको स्थिति बदलिन सम्भव नै नरहेको दावी गरेका छन् । फ्रैंकले आफ्नो युट्युब भिडियोमा क्यालिफोर्नियाको समुद्री भागमा सन् २०११ मा जापामा आएको भन्दा ठूलो भूकम्प आउने दावी गरेका छन् ।
हालै नेपालमा आएको ७.८ रेक्टरस्केलको भन्दा ठूलो भूकम्प आउने उनको दावी छ । उनले ९.८ सम्मको भूकम्प आउने दावी गरेका छन् ।
उनले आफ्नो दावीलाईं सही सावित गर्नका लागि सोलार सिस्टम स्कोप नामक एक कम्प्युटर प्रोग्रामको सहायता लिएका छन् ।
उनका अनुसार ग्रहको स्थितिमा ५ वटा परिवर्तन हुँदैछन् र यसको सबैभन्दा धेरै असर पृथ्वी र चन्द्रमामा पर्नेछ । चुम्बकीय बदलाबका कारण पृथ्वीमा भूकम्पजस्ता प्राकृतिक प्रकोप आउने सम्भावना छ ।
उनले ट्वित गर्दै २८ मे र यसको आसपासमा सतर्क भएर बस्न आग्रह गरेका छन् । यद्धपी धेरैजस्तो भूगोलविद्हरुले यसलाई गलत दावी गरेका छन् । उनीहरुले ग्रहको स्थिति बदलिदैमा भूकम्प जाने कुरा तर्कसंगत नभएको बताएका छन् ।
स्रोत - नेपाल संदेश
शास्त्र तथा पुराणमा राति र दिनमा गर्ने फरक फरक कामको बारेमा चर्चा गरिएको छ । कतिपय काम दिनमा गरेपनि रातिको समयमा गर्न नहुने शास्त्रमा उल्लेख छ । यस्ता काम रातिमा गर्दा अशुभ हुने र घातक बन्न सक्ने समेत शास्त्रमा उल्लेख छ ।

यहाँ त्यस्ता ५ कामको बारेमा चर्चा गरिएको छ जुन रातिको समयमा गर्न अनुपयुक्त मानिन्छ । शास्त्रमा यी ५ काम रातिको समयमा भुलेर पनि नगर्न भनिएको छ ।

१ कपाल खुला राख्नु हुँदैन

रातिको समयमा कुनै पनि स्त्रीले आफ्नो कपाल खुला राख्नु प्रतिकुल हुने बताइएको छ । खुला कपालका कारण नकारात्मक उर्जा उत्पन्न हुने र यसले परिवार र ब्यक्तिगत जीवनमा नकारात्मक असर गर्ने हुन्छ । सुत्नु अघि कपाल बाँध्नु र ढाक्नु राम्रो मानिएको छ ।


२ चौराहामा जानु हुँदैन

रातिको समयमा चार वटा बाटोको संगम चौबाटोमा जानु नराम्रो मानिएको छ । यस्तो ठाउँमा रातिको समयमा नकारात्मक उर्जा उत्पन्न हुने भएका कारण त्याहाँ जानु खतरनाक पनि हुन सक्छ । चौवाटोमा रातिको समयमा नजानु नै राम्रो ।



३ पर स्त्री र परस्त्री गमन

रातिको समयमा परस्त्री वा परपुरुष गमन नगर्नु भनिएको छ शास्त्रमा । पराइ स्त्री वा पराइ पुरुषसँग भेट्नु परे दिनको समयमा जानु राम्रो हुने र रातिको समयमा अशुभ काम हुने खतरा बढ्ने उल्लेख छ ।



४ मसान घाटमा नजानुस्

बिष्णु पुराणमा रातिको समयमा भुलेर पनि मसान घाटमा जान नहुने उल्लेख छ । रातिको समयमा मसान घाटको छेउँ छाउँ समेत जानु हुँदैन । मसानघाटको वरपर नकारत्मक उर्जा जम्मा हुने भएका कारण यस्तो भनिएको हो । यसले ब्यक्तिगत जीवनमा नोकसानी पुर्‍याउन सक्छ ।



५ पर्फ्युम वा बडी स्प्रे

राति सुत्नु अघि पर्फ्युम वा बडी स्प्रे लगाउनु अशुभ मानिन्छ । यसले नकारात्मक शक्ति पैदा गर्ने भएकाले राति सुत्नु अघि हात खुट्टा सफा सँग धोएर प्रार्थना गरेर सुत्नु राम्रो भनिएको छ ।

१४ जेठ
काठमाडौं, बिहिबार भूकम्पका ६ धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहिबार बिहान गोरखा/धादिङ केन्द्रबिन्दु बनाएर ३ बजेर ७ मिनेट र ३ बजे ४० मिनेटमा ४ म्याग्निच्युड भूकम्प मापन गरिएको छ भने त्यसको करिब दुई घण्टा पछि ५ बजेर १२ मिनेटमा काठमाडौं केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्युडको धक्का महसुस गरिएको थियो भने त्यसको १७ मिनेट पछि नै ५ बजेर २९ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको पराकम्प मापन गरेको छ ।

यसका साथै ११ बजेर ३६ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु बनाएर ४.२ म्याग्नेच्युडको भूकम्प मापन गरेको छ भने १२ बजेर १४ मिनेट जाँदा दोलखा नै केन्द्रबिन्दु पारेर ४.१ म्याग्नेच्युडको धक्का महसुस गरेको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
सबै ब्यक्तिमा फरक फरक गुण दोष हुन्छन् । गुणले मानिसलाई समृद्ध बनाउँछ भने दोषले मानिसलाई दुख र झन्झट दिन्छ । हिन्दु धर्मग्रन्थ श्रीरामचरित मानसमा तीन कामको उल्लेख गरिएको छ जुन गर्दा पुरुषको जीवन बरवाद हुन्छ ।

के हुन् पुरुषको जीवन बरवाद गर्ने ३ काम ?

तात तीनि अति प्रबल खल काम क्रोध अरु लोभ।
मुनि बिग्यान धाम मन करहिं निमिष महुँ छोभ।।
यो श्लोकमा भनिएको छ कि काम, क्रोध र लोभ- यी तीन कुरा कुनै पनि पुरुषका प्रमुख शत्रु हुन् । कुनै पनि पुरुष स्त्रीलाई देखेर मन चन्चल पार्न सक्छ किन भने कामदेवले यस्तो शक्ति महिलालाई दिएका छन् । काम बासनाले प्रसिद्ध र ठूला ठूला विद्वान समेत भ्रष्ट भएका छन् । स्त्रीको सुन्दरताकै कारण ठूला ठूला तपस्वीले समेत तपस्या छोडेका छन् । काम बासनामै नियन्त्रण गर्न नसक्दा धेरै मानिसले जीवनमा दुःख पाएका छन् ।

लोभ कें इच्छा दंभ बल काम कें केवल नारि।
क्रोध कें परुष बचन बल मुनिबर कहहिं बिचारि।।

अर्थात लोभ यानी लालच, इच्छा तथा घमण्डको कारण बन्न पुग्छ । हरेक पुरुषमा असिमित इच्छा हुन्छन् । मनमा यस्ता इच्छा हजारौं हुने हुँदा कहिले पनि सन्तुष्टी मिल्दैन । जव धन सम्पति जम्मा हुन्छ तव यसले मानिसलाई घमण्ड र अहंकार पनि दिन थाल्छ । अनि थप सम्पति जोड्ने लालसा बढ्न थाल्छ । लोभले कुनै पनि पुरुषलाई बरवाद पार्न सक्छ ।
क्रोध मनोज लोभ मद माया। छूटहिं सकल राम की दाया।।
सो नर इंद्रजाल नहिं भूला। जा पर होइ सो नट अनुकूला।।

अर्थात रिस वा क्रोध मानिसको जीवनमा सबै भन्दा ठूलो शत्रु हो । कुनै पनि मानिसले क्रोधमा नियन्त्रण गर्न नसक्दा अनेक समस्यामा पर्छन् । रिसाएको मानिसले अपशब्द प्रयोग गर्छ भने यस्ता अपशब्दले अरुको मन दुख्छ । रिसाहा ब्यक्तिका सम्बन्धहरु पनि विग्रन्छन् ।
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home