• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौं, असोज २५ । नवनिर्वाचित प्रधानमन्त्री केपी ओलीलाई दुबै छिमेकी मुलुकले भ्रमणका लागि निमन्त्रणा गरेका छन् । तर निर्वाचित प्रधानमन्त्रीका हैसियतमा पहिला भारत जाने कि चीन भन्ने अन्योल ओलीका सामू कायमै छ ।
प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गर्दै बधाइ दिएका थिए । ओलीलाई भारतीय प्रधानमन्त्री मोदीले भारत भ्रमणको निम्तोसमेत गरेको भारतीय प्रधानमन्त्री कार्यालयले पुष्टि गरेको छ ।
आइतबार नै ओलीलाई भेटेर चिनियाँ राजदुतले चिनियाँ राष्ट्रपतिका तर्फबाट बधाई तथा शुभकामना दिदैं चीन भ्रमणको निम्तोसमेत गरेका छन् ।
सोमबार बिहानै बालकोटस्थित ओली निवासमै पुगेर भारतीय राजदूत रन्जित रायले ओलीसँग भेटवार्ता गरेका छन् । उनले भारत भ्रमणको मिति तय गर्ने विषयमा समेत चासो राखेको स्रोत बताउँछ । स्रोतका अनुसार ओलीले उपयुक्त समयमा भ्रमण गर्ने आश्वासन दिने बताएका छन् ।
नेपालका सबैजसो प्रधानमन्त्रीले आफ्नो पहिलो विदेश भ्रमण भारतलाई नै बनाउँदै आएको परम्परालाई ओलीले तोड्न सक्लान् कि नसक्लान् ? सर्वत्र चासोको विषय बनेको छ ।
भारतले अघोषित रुपमा नाकाबन्दी गर्दै आएको परिस्थितीलाई मध्यनजर गर्दै भारतसँगको सम्बन्ध सुधार्न पनि ओलीले पहिलो विदेश भ्रमण भारतलाई नै बनाउने विश्लेषकहरुको भनाई छ । यद्यपी ओलीले दशैं अघि विदेश भ्रमणलाई महत्व नदिने एमाले निकट स्रोत बताउँछ ।
imagekhabar.com
काठमाडौँ २५ असोज । बिहार विधानसभाको चुनावमा एकातिर लालु यादव, नीतीश कुमार र कंग्रेस छन्, अर्कातिर भारतीय जनता पार्टी, रामविलाश पासवान र जितनराम माझी छन् । भारतकै पिछडिएको राज्यमध्ये पर्ने बिहारमा चरम गरिबीका कारण जातीयताको राजनीतिको बोलवाला छ । बिहारमा पिछडिएका जातिको बहुमत छ, तर राज्यको संसाधन, राजनीति र अर्थव्यवस्थामा माथिल्लो जातिको एकाधिकार रहेको छ ।

बिहारको सामन्ती व्यवस्थालाई पहिलोपटक लालुप्रसाद यादवले राजनीतिकस्तरमा चुनौती दिएका थिए । उनले मुख्यमन्त्रीका रुपमा सामाजिक परिवर्तनको एउटा नयाँ राजनीतिको सुरुवात गरे र आवाजविहिनलाई आवाज दिए । आन्दोलनबाट उदाएका नीतीश कुमारले अत्यन्त गरिबलाई माथि मात्र ल्याएनन् उनीहलाई विभिन्न संस्थामा स्थापित पनि गरे । लालु र नीतीशकुमार यो समय एकै मञ्चमा छन् । अर्कातिर प्रधानमन्त्री नरेन्द्र मोदीले बिहार चुनावमा जित्न पूरै बल प्रयोग गरेका छन् ।

भारतीय इतिहासमा प्रान्तीय चुनावको प्रचारमा प्रधानमन्त्रीले ४० पटकभन्दा बढी सम्बोधन गरेको यो पहिलो अवसर हो । मोदीले बिहार चुनावलाई आफ्नै प्रतिस्पर्धा बनाइदिएका छन् । आखिर बिहार चुनाव मोदीका लागि यति धेरै महत्वपूर्ण किन भयो ? बिहार चुनाव खासमा मोदीको होइन, लालु र नीतीशका लागि अस्तित्वको लडाइ बनेको छ ।

यो चुनावमा लालु र नीतीशको महागठबन्धनले हार्‍यो भने उनीहरुको सामाजिक परिवर्तन आन्दोलनलाई ठूलो झड्का लाग्नेछ । यदि बिहारमा भाजपाले हार बेहोर्‍यो भने पार्टीभित्र मोदीविरुद्ध विद्रोह सुरु हुन सक्छ । उनीहरु निजीकरण प्रक्रियाबाट पार्टीका धेरै नेता दुःखी छन् । बिहार चुनावको परिणामले लालु र नीतीशको राजनीतिक भाग्यको मात्र फैसला गर्दैन, यसले भारतको भावी राजनीतिको दिशा पनि तय गर्नेछ ।आजको नयाँ पत्रिकामा खबर छ ।

www.etajakhabar.comf
काठमाडौं, २५ असोज । सत्तारुढ एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो चीन भ्रमण रद्द गर्नुभएको छ ।

मुलुकको परिवर्तित राजनीतिक परिस्थितिका कारण दाहालले चीन भ्रमण रद्द गरेको एमाओवादीले जनाएको छ ।
दाहालको साटो उपाध्यक्ष नारायणकाजी श्रेष्ठ चीन जाने स्रोतको भनाइ छ । एशियाली राजनीतिक पार्टीहरूको सम्मेलनमा दाहाल चीन जाने कार्यक्रम थियो ।
एमाओवादीले चीन कसलाई पठाउने भन्ने विषयमा अन्तिम निर्णय गरिसकेको छैन । अध्यक्ष दाहाल असोज २८ गते चीन जाने कार्यक्रम तय भएको थियो ।
dainiknepal.com
पटकसोमबार, २५ असोज
काठमाडौं । नेकपा-माओवादीले सच्चा क्रान्तिकारी कम्युनिष्टहरुसँग एकता गर्नुपर्ने निर्णय गरेको छ ।
केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्दै ऐतिहासिक आवहृयकता तथा पार्टी दायित्वका बारेमा छलफल गर्दै पार्टी एकताका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
विभिन्न समूहमा विभाजित सञ्चा क्रान्तिकारी कम्युनिष्टहरुसहित सिंगा माओवादी पंक्तिलाई माक्र्सवाद-लेनिनवाद-माओवाद, नयाँ जनवादलगायत पहिलेदेखि प्रस्तुत गरिँदै आएको ६ बुँदे मान्यताका आधारमा एकताबद्ध तुल्याउनका लागि आवश्यक पहल तथा सम्बन्धित सबैलाई विशेष आह्वान गर्ने निर्णय गरेको बैद्यले जनाएका छन् । आजको नेपाल समाचारपत्रमा समाचार छ
www.nepalsandesh.com
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन नेपालका लागि भारतीय राजदुत रणजित राय ओली निवास बालकोट पुगेका छन् ।
भारत सरकारको बधाई र शुभकामना सन्देश लिएर प्रधानमन्त्री ओलीलाई भेट्न राजदुत राय बिहानै बालकोट पुगेका छन् ।
भेटवार्तामा  प्रधानमन्त्री ओलीलाई राजदुत रायले जारी पेट्रोलिलम पदार्थको असहनलाई आश्वासन पनि दिएका छन् ।
यस अघि हिजो संसदबाट प्रधानमन्त्री निर्वाचित भएका  ओलीलाई मोदीले टेलिफोन गरी बधाई दिएका थिए ।
त्यस क्रममा उनले ओलीलाई भारत भ्रमणको निम्ता दिएका थिए ।
www.nepalsandesh.com
काठमाडौं : इण्डियन आयल कर्पोरेसन (आईओसी) ले इन्धन लिन आउन दो श्रो पटक नेपाल आयल निगमलाई बोलाएको छ । आईओसीका उच्च अधिकारीले शनिबार राति टेलिफोन गरेर निगमका अधिकारीलाई चाहिएको परिमाणमा इन्धन दिन तयार छौं भन्दै लोड गर्न ट्यांकर पठाइदिन आग्रह गरेका हुन् ।

निगमका प्रवक्ता दीपक बरालका अनुसार आईओसीले दो श्रो पटक इन्धन लिन बोलाएको हो । यसअघि गत असोज १६ गते राति पनि आईओसीले पटकपटक टेलिफोनमार्फत इन्धन लग्न आग्रह गरेको थियो । इन्धन लिन बोलाए पनि आईओसीले आवश्यक परिमाणमा भने इन्धन उपलब्ध गराउन सकेको थिएन ।


आईओसीले मागको १० प्रतिशतको हाराहारीमा मात्र इन्धन उपलब्ध गराउँदै आएको छ । ‘अहिले फेरि आवश्यक परिमाणमा इन्धन दिन्छु भनेर शनिबार बोलायो’ ,बरालले भने, ‘आईओसीको कुरामा विश्वस्त हुने भरपर्दो आधार छैन् । हामीलाई चाहिएको परिमाणमा दिएमा मात्र विश्वास गर्न सक्ने आधार हुन्छ ।’

गत १६ गते आईओसीको भनाइअनुसार निगमले रक्सौलबाहेक सिलगुडी, भैरहवा, विराटनगर, नेपालगञ्ज, बेतालपुर, कञ्चनपुरलगायतका नाकामा रातारात ठूलो परिमाणमा ट्यांकर पठाएको थियो । तर, आईओसीले कुल क्षमताको १० प्रतिशतमात्रै इन्धन उपलब्ध गराउँदै आएको छ । बरालका अनुसार जहाज वा स्थलमार्गबाट तेल आयात गर्न ग्लोबल टेन्डर आह्वान गरेको अवस्थामा आईओसीले तेल दिन्छौं भन्दै एनओसीलाई बोलाएको हो ।

निगमका अनुसार आइतबार भारतमा सार्वजनिक बिदा भएकाले सोमबार रक्सौल बाहेकका अन्य नाकामा इन्धन लिन पर्याप्त परिमाणमा गोण्डा, बरौनी, बेतालपुर र सिलीगुडीस्थित डिपोमा ट्यांकर पठाइनेछ । ‘भारतका विभिन्न डिपोमा पहिलेदेखि रहेका ट्यांकरमा आईओसीले लोड गर्ने परिमाण हेरेर सोमबारदेखि ट्यांकर पठाउने हाम्रो तयारी छ’, बरालले भने, ‘हामीले सयभन्दा बढी ट्यांकर पठाउने तयारी गरेका छौं ।’

निगमका अनुसार अन्य दिनभन्दा आइतबार बढी परिमाणमा इन्धन उपलब्ध गराएको छ । यसअघि १० प्रतिशतको हाराहारीमा मात्रै इन्धन उपलब्ध गराउँदै आएको थियो । आईओसीले भारतको गोण्डा डिपोबाट आइतबार २६ ट्यांकर र सिलीगुडी डिपोबाट १७ ट्यांकरमा इन्धन लोड गरेको निगमले जनाएको छ । ‘गोण्डामा जति ट्यांकर पठाएका थियौं, ती सबैमा इन्धन लोड गरेको छ’ , उनले भने, ‘सोमबार हुने लोडका आधारमा मात्र विश्वस्त हुन सकिन्छ ।’

यसैबीच निगमले अन्य दिनभन्दा आइतबार सबैभन्दा बढी परिमाणमा इन्धन वितरण गरेको छ । निगमले दसैंका लागि लामो दूरीका सवारी साधनलाई भनेर थानकोट डिपोले तीन लाख ६३ हजार लिटर डिजेल वितरण गरेको हो । अघोषित नाकाबन्दी पश्चात यो परिमाणमा पहिलो पटक इन्धन वितरण गरिएको हो । निगमले आगामी मंगलबार निजी क्षेत्रका मोटरसाइकललाई पाँच लिटर र कार जीपलाई १० लिटर इन्धन दिने जानकारी दिएको छ ।


ग्लोबल टेन्डरमा २० प्रस्ताव

नेपाल आयल निगमले इन्धन आपूर्ति गर्न आह्वान गरेको ग्लोबल टेन्डरका लागि तेस्रो दिन आइतबारसम्म भारतसहित एक दर्जनभन्दा बढी मुलुकका २० वटा कम्पनीले प्रस्ताव गरेका छन् । निगमले गत बिहीबार तीनदिने टेन्डर आह्वान गरेको थियो । शनिबार अन्तिम म्याद भएपनि बिदाका कारण आइतबारसम्म समयसीमा बढाइएको थियो ।

निगमका प्रवक्ता बरालका अनुसार आइतबारसम्म भारत, चीन, सिंगापुर, मलेसिया, खाडी मुलुकसहित एक दर्जन स्वदेशी र विदेशी कम्पनीले २० वटा प्रस्ताव बुझाएका छन् । यस्ता कम्पनीले हवाईमार्ग र स्थलमार्गबाट इन्धन आयात गरी काठमाडौंमै उपलब्ध गराउने भन्दै प्रस्ताव गरेका हुन् । गत शुक्रबारसम्म पाँचवटा कम्पनीले प्रस्ताव गरेको थियो ।

‘आइतबारसम्म २० वटा कम्पनीले प्रस्ताव दर्ता गराएका छन्’ , बरालले भने, ‘रितपूर्वक परेको प्रस्ताव उपर छलफल गरेर चार दिन पछि एउटा कम्पनीलाई इन्धन आयात गर्न जिम्मेवारी दिन्छौं ।’ निगमले अल्पकालीन नीतिअन्तर्गत हवाईमार्ग वा स्थलमार्गबाट काठमाडौंमा तत्कालै इन्धन उपलब्ध गराउन टेन्डर आह्वान गरेको थियो ।

यसअनुसार डिजेल प्रतिदिन दुई सय किलोलिटर, पेट्रोल सय किलोलिटर, हवाई इन्धन र मट्टीतेल दुई ÷दुई सय किलोलिटर र एलपी ग्यास सय मेट्रिक टन आपूर्ति गर्नुपर्ने शर्त राखिएको थियो ।
annapurnapost.com
आज वि.सं. २०७२ साल असोज २५ गते। सोमबार। इश्वी सन् २०१५ अक्टोबर १२ तारिख। नेपाल संवत् ११३५ ञला गा। आश्विन कृष्णपक्ष। तिथि– औंसी, २८:२५ बजेउप्रान्त प्रतिपदा।हेर्नुहोस आजको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesरोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। तपाईंको ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusअस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। अप्रिय समाचारले दुःखी बनाउला। पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। निराश नहुनुहोस्, केही समय पर्खंदा स्थितिमा सुधार आई अवश्यै उन्नति हुनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiअरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहने देखिन्छ। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। नजिकका साथीभाइ टाढिन सक्छन्। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerनयाँ काम सुरु गर्ने समय छ। मनग्य धनलाभ हुनेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। विशेषगरी नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। रोकिएका काम पुनः सुरु हुन सक्छन्। कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला। प्रियजनबाट पनि अलि टाढिनुपर्ने समय छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoबोलीको गलत अर्थ लाग्ने र मान–सम्मानमा पनि आघात पुग्ने सम्भावना छ, सचेत रहनुहोस्। विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ। तापनि, सहयोगीहरूले काममा साथ दिनेछन्। बिस्तारै फाइदा उठ्ने योग छ। विगतमा सम्पादित कामबाट धन लाभ हुनेछ। पठन–पाठनमा बिस्तारै प्रगति हुनेछ। अनावश्यक वादविवादमा परिने समय छ, सचेत रहनुहोला।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoविगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। तपाईंलाई अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन होला। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। नयाँ रचनात्मक काम सुरु गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraखर्च बढ्नुका साथै आर्थिक संकटले सताउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। दण्ड वा जरिवानामा परिने सम्भावना छ। छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ। तापनि, प्रतिस्पर्धाबाट सामान्य फाइदा उठ्नेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioसमय उत्साहवर्द्धक रहला। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पितृधन समेत लाभ होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। कृषि तथा पशुपालनमा भने सोचेको लाभ नहोला। तापनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ। दाम, नाम, इनाम हात पर्ने बेला छ। श्रमको उचित मूल्य प्राप्त हुनेछ। पढाइलेखाइमा पनि राम्रै प्रगति हुने समय छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusकाममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। परिवारजनको भरण–पोषणमा खर्च बढ्नेछ। उत्साहमा कमी आउला। अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोस्।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornश्रमपूर्वक समर्पित हु“दा पनि कामको मूल्य नपाइने परिस्थिति देखिन्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोगीहरू पछि हट्न सक्छन्। विविध चुनौती सामना गर्नुपर्दा चिन्ता बढ्न सक्छ। बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ। धैर्यसाथ कर्तव्यपरायण बन्ने प्रयत्न गर्नुहोला, श्रमको उपलब्धि हात पार्न सकिनेछ। गोपनीयतामा ध्यान पुर्याउनुहोला।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusआजको प्रयत्न निष्फल जस्तै होला। काम बिग्रने भयले सताउला। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesसुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। कामबाट पनि फुर्सद पाइनेछ।उपप्रा.

मोरङ : मधेसी मोर्चाका कार्यकर्ताहरूले मोरङको नेमुवामा भारतीय नम्बर प्लेटको एउटा मालवाहक गाडी जलाएका छन् ।

मोर्चाका कार्यकर्ताहरूले आइतबार राति ९ बजे डब्लुबीसी ६३९० नम्बरको भारतीय गाडीमा पेट्रोल बम हानेर जलाएका हुन् ।

मोर्चाका कार्यकर्ताले हानेको पेट्रोल बमले सो भारतीय गाडी जलेर पूर्णरूपमा नष्ट भएको छ । www.annapurnapost.com
ठूलो मन्त्री हुन खोज्ने ओली प्रधानमन्त्री बने
भक्तपुर : नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीका ८५ वर्षका पिता मोहनप्रसाद ओलीलाई १५ दिनअघि नै छोरा प्रधानमन्त्री हुन्छ भन्ने लागेको थियो ।

आइतबार दिउँसो मात्रै झापा पृथ्वीनगरबाट भक्तपुरको बालकोटस्थित ओली निवासमा आइपुगेका उनको ध्यान संसद् भवनमा भएको प्रधानमन्त्रीको चुनावमै केन्द्रित थियो ।

'१५ दिनअघि छोरा खड्गको कुण्डली हेर्दा ग्रह पनि राम्रो आयो, चन्द्रमा गएर ठ्याक्कै लग्नमा पुग्यो, जे चितायो त्यही पुग्छ भन्ने लाग्यो', उनले भने, 'अब छोराले चिताएको पुग्छ र देशमा गरिब जनताले न्याय पाउँछन् ।'

नभन्दै संसद् भवनमा भएको निर्वाचनमा ओली प्रधानमन्त्रीमा विजयी भएपछि संसद् भवनमा प्रधानमन्त्रीका उम्मेदवार बनेका ओलीका पिता झापास्थित घरबाट बालकोट आइपुगेलगत्तै टिभी हेर्न थाले । संसद्मा चुनाव भइरहँदा पनि उनलाई छोरा प्रधानमन्त्रीमा जित्ने पूर्ण विश्वास थियो ।

'म वैशाखमा यहाँ आउँदा पनि मैले भनेको थिएँ, अब चिताएको पुग्छ', उनी भन्छन्, 'आज ऊ प्रधानमन्त्री भएको छ, अब देशलाई राम्रो हुन्छ, देशका गरिब जनतालाई राम्रो हुन्छ ।'

गाउँमा सानैदेखि प्रधानमन्त्री ओली ठूलाले सानालाई हप्काए गाली गर्ने, धनीले गरिबलाई निचोरे धनीमाथि नै जाइलाग्ने गरेकाले धनी मान्छेले धेरै नै रिस गरेको उनी बताउँछन्

'उसको सानैदेखि नराम्रो बानी थिएन, ऊ चार वर्षको उमेरमा आमाले हजुरआमाको काखमा छाडेर गएदेखि नै हजुरआमाको प्यारो भएको थियो', प्रधानमन्त्रीका पिता मदनप्रसादले भने, 'कतै गएर आउँदा हजुरआमाको खुट्टामा टाउको राखेपछि ठूलो भएस् भन्दा टाउको नझिक्ने तर ठूलो मन्त्री भएस् भनेपछि मात्रै टाउको झिक्ने बानी थियो ।'

सुरुमा ओलीले राजनीति गरेको उनलाई पटक्कै मन पर्दैनथ्यो । 'सुरुमा राजनीति नगर् भनियो, ठूला धनी मान्छेलाई हेपेपछि समस्या पर्छ भन्थे, त्यसपछि यिनैले त खाए, धनीले गरिबलाई मार्छन् भन्थ्यो',  उनले सुनाए, 'तर देश विदेशमा समेत चिनिने भएर निस्किएपछि अब राजनीतिमै अगाडि बढ्नुपर्छ, अब राजनीति चाहिँ छाड्ने होइन भन्ने मलाई लागेर छोराको राजनीतिमा कुनै दख्खल दिइनँ ।'

प्रधानमन्त्री ओलीको बानी सानैदेखि कसैसँग नझुक्ने, अन्यायको विरुद्ध आवाज उठाइहाल्ने, गरिबमाथि हुने थिचोमिचोका विरुद्धमा कराइहाल्ने गरेकाले धेरै धनी मानिसले उनलाई मन पराउँदैनथे ।

'उसमा सानैदेखि अजिर, कसैसँग नडराउने, कसैसँग नझुक्ने, अन्यायको विरुद्ध कराइहाल्ने बानी थियो', प्रधानमन्त्री ओलीका पिता मदनप्रसादले भने, 'आजसम्म पनि उस्तै छ बानी ।'

छोरा प्रधानमन्त्री भएपछि अब देशको विकास हुने तथा धनी र गरिबबीचको खाडल पुरिनेमा विश्वस्त छन् । उनलाई पनि गरिब धनी हुन्छ र देशले पनि सङ्कटबाट निकास पाउँछ भन्ने लागेको छ । रासस
annapurnapost.com
काठमाडौं, २४ असोज । नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पद तथा गोपनियताको सपथ ग्रहण गर्नुहुने भएको छ ।
राष्ट्रपति निवास शीतल निवासमा सोमबार दिउँसो १ बजे विशेष समारोहकाबीच प्रधानमन्त्री ओलीले सपथ ग्रहण गर्नुहुने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
प्रधानमन्त्रीसँगै केही मन्त्रीहरुले पनि सपथग्रहण गर्ने बताइएको छ । सत्ता साझेदार दलहरुमध्ये एमाओवादीबाट टोप बहादुर रायमाझीलाई उपप्रधानमन्त्री बनाउन छलफल भइरहेको एमाओवादी स्रोतले जनाएको छ । यसैगरी राप्रपा नेपाल अध्यक्ष कमल थापाको नेतृत्वमा सरकारमा जाने बताइएको छ । प्रधानमन्त्री निर्वाचित भएपछि प्रधानमन्त्री ओलीले आफ्नो टिम बनाउने तयारी थाल्नुभएको हो ।
उहाँले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा नेकपा एमालेका केन्द्रीय सचिव प्रदीप ज्ञवाली वा स्थायी समिति सदस्य शंकर पोखरेलमध्ये एक जनालाई बनाउने सम्भावना छ ।
यसैगरी प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा वरिष्ठ पत्रकार समेत रहनुभएका एमाले काभ्रेका पूर्व अध्यक्ष गोकुल बाँस्कोटा, प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष सम्भु श्रेष्ठ र प्रेस चौतारी नेपालका केन्द्रीय सल्लाहकार प्रमोद दाहाल चर्चामा हुनुहुन्छ । दाहालको सम्भावना बलियो छ । यस्तै, विदेश सल्लाहकार र अन्य सल्लाहकारहरुको भने भोली छलफल हुने बताइएको छ ।
यस्तै, प्रधानमन्त्रीको सचिवालयमा इन्द्र भण्डारी, राजेश महर्जन र रमेश आचार्य रहने बताइएको छ । आफूसँगै प्रधानमन्त्री ओलीले सोमबार सत्ता साझेदार दलका तर्फबाट केही मन्त्रीलाई सपथ गराउनुहुने तयारी भइरहेको छ ।
dainiknepal.com
पथलैया : पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको पथलैया–निजगढ सडकखण्डमा आइतबार साँझ मोटरसाइकल दुर्घटना हुँदा दुई प्रहरीको मृत्यु भएको छ ।

पथलैयादेखि तीन किलोमिटर पूर्वतर्फ रहेको रहेको दुधौरा पुल नजिक बा२८प ३०३८ नम्बरको मोटरसाइकल बदेलसँग ठोक्किएर दुर्घटना हुँदा प्रहरी हवल्दार गोविन्द राणा र प्रहरी जवान सागर गुरुङको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु भएका दुबै प्रहरीको ठेगाना खुल्न सकेको छैन ।

हेटौडाबाट चन्द्रनिगाहपुर जाँदै गरेका बेला मोटरसाईकल बँदेलसँग ठोक्किएर दुर्घटना भएको ईलाका प्रहरी कार्यलय सिमराका प्रहरी निरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए ।

मोटरसाइकलसँग ठोक्किएको बँदेल पनि मरेको छ । बँदेलले सडक पार गर्ने क्रममा मोटरसाइकलसँग ठोक्किएको हुनसक्ने प्रहरी निरीक्षक खड्काले बताए । annapurnapost.com
आइतबार, २४ असोज
काठमाडौ । निवर्तमान प्रधानमन्त्री एवं प्रधानमन्त्रीका हरुवा उम्मेदवार सुशील कोइरालाले राम्रो कामकालागि नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुर्ण समर्थन गर्ने बताएका छन् ।
निकै निरास मुद्रामा बिहीरीएको कोइरालाले १६ बुँदे सहमतिमा नाम नतोकीएकाले आफु उम्मेदवार भएको बताए ।
उनले लोकतान्त्रिक प्रकृयालाई बलियो बनाउनकालागि पनि आफुले उम्मेदवारी दिएको बताए । प्रधानमन्त्री रहँदारहँदै निर्वाचन लडेर हार्न पुगेको कोइराला निकै थकीत देखिन्थे ।
कोइरालाले आफु कमजोर नभएको र अब आउने सरकारले आफुले थालेका काम पुरा गर्ने बताए ।
www.nepalsandesh.com
विराटनगर । दसगजामा धर्ना बसेका मधेशी मोर्चाका कार्यकर्तालाई हटाउन खोज्ने नेपाल प्रहरीका असइमाथि आक्रमण गरेको छ । भारतीय एसएसबीले दादागिरी देखाउँदै नेपाली सुरक्षाकर्मीमाथि हमला गरेको हो ।
विराटनगरको रानी नाकास्थित दसगजा क्षेत्रमा आएर नेपाल प्रहरीका असईलाई नियन्त्रणमा लिएर भारतीय भूमिमा लगि कुटपीट गर्नुका साथै उनको साथमा रहेको हतीयर समेत लेटेका छन् ।
एसएसबीले असई प्रदीप गिरीलाई नियन्त्रणमा लिएर कुटपीट गर्दे हतियार समेत खोसेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी प्रमोद खरेलले पुष्टि गरेका छन् ।
आज दिउँसो मधेसी मोर्चाका कार्यकर्ताले नाकामा धर्ना दिने कार्यक्रम अन्तर्गत विराटनगर–जोगवनी नाकाको दसगजा क्षेत्रमा मधेशी मोर्चाका कार्यकर्ता धर्ना बसेपछि हटाउने प्रयासमा रहेका नेपाल प्रहरीमाथि भारतीय एसएसबीले आक्रमण प्रयास गरेको थियो ।
एसएसबी आक्रमणले असई गिरीको निधारमा गम्भिर चोट लागेको छ । नियन्त्रणमा लिइएको केही बेरपछि नेपाली सुरक्षाकर्मीको दबाबमा उनलाई मुक्त गरिएको थियो ।
गिरीको अहिले विराटनगर स्थित कोसी अञ्चल अस्पतालमा उपचार भईरहेको छ । उनको पेस्तोल लुटेको एसएसबीले अझै दादागिरी देखाइरहेको छ । भारतीय सुरक्षाकर्मीले देखाएको यस्तो व्यावहार अन्तर्राष्ट्रिय सीमा नयम विपरीत रहेको छ ।
www.nepalsandesh.com
आश्विन २४, २०७२- आज संसदबाट निर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोन गरेर बधाई दिएका छन् ।

भारतीय प्रधानमन्त्री कार्यालयले ट्वीट गर्दै ओलीलाई मोदीले फोन गरेर बधाई दिएको जानकारी दिएको हो ।

एमाओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिकसहित १६ दलको समर्थनमा ओली आइतबार प्रधानमन्त्री निर्वाचित भएका हुन् ।

संविधान जारी भएपछि मधेसमा जारी आन्दोलनको कारण देखाउदै भारतीय पक्षले भन्सार नाकामा नेपाल आउने सामानको ढुवानीमा अवरोध गर्दै आएको छ ।

यसैगरी, नेपालका लागि चिनियाँ राजदूत उ छुन्थाईले प्रधानमन्त्रीमा निर्वाचित ओलीलाई भेटेर बधाई दिएका छन् । एमाले पार्टी कार्यालय पुगेर राजदूत छुन्थाईले ओलीलाई बधाई दिएका हुन् । सांसद

भवनबाट निस्किएर ओली एमाले मुख्यालय पुगेका छन् ।kantipur.ekantipur.com
काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा शान्ति, अमनचयन कायम गर्ने आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् ।
प्रधानमन्त्रीमा निर्वाचित भएपश्चात् संवाददाताहरुसँग प्रतित्रिलया दिँदै ओलीले भूकम्प पछिको पुनः निर्माण आफ्नो प्रथमिकतामा रहने बताए ।
उनले तराई मधेसमा जारी आन्दोलन अन्त्यकालागि आफुले विशेष पहल गर्ने बताए । नवनिर्वाचित प्रधानमन्त्री ओलीले आन्दोलनको उचित समाधान खोज्न आजबाटै पहल थालीने बताए ।
ओलीले बिकास निर्माणलाई तिब्रताका लागि सबै एकताबद्ध भएर लाग्नुपर्ने बताउँदै जनताले आफुमाथि देखाएको विश्वासलाई उत्साहमा परिणत गर्ने वचनबद्धता व्यक्त गरे ।
उनले राष्ट्रियताको सवालमा मिडियाहरुले खेलेको भुमिकालाई धन्यवाद समेत दिए । उनले कसैले पनि दुःख कष्ट भोग्न नपर्नेगरि अबको सरकारले काम गर्ने उल्लेख गर्दै त्यसकालागि सबैको सहयोग चाहिने बताए ।
www.nepalsandesh.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home