• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
ताजा खबर, भारत । छोटो स्कर्टलगायत भड्किला पहिरनमा तस्बिर र भिडियो सार्वजनिक भएपछि विवादमा तानिएकी भारतकी धार्मिक महिला राधे माँबारे बलिउडमा फिल्म बन्ने भएको छ ।
फिल्ममा अभिनेत्री मल्लिका सेरावतलाई राधे माँको भूमिकामा उतार्नेसमेत तय भएको छ निर्माता रञ्जीत शर्माले फिल्म निर्माण गर्न लागेका हुन् । राधे माँबारे फिल्म बन्न लागेको औपचारिक रुपमा पुष्टि गर्दै उनले भने, ‘बन्न लागेको यो फिल्ममा मल्लिकालाई प्रमुख भूमिका दिनेसमेत तय भइसकेको छ । मल्लिकाले हाम्रो प्रस्ताब स्विकारिसकेकी छिन् ।’www.etajakhabar.com
रौतहट, ८ भदौ । मठिया गाविसमा रहेको प्रहरी चौकीमा केही आपराधिक समूहले आज साँझ आगो लगाई क्षति पु¥याएको छ ।

प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीका अनुसार जिल्ला सदरमुकाम गौरमा उत्पन्न असहज परिस्थितिपछि प्रहरीको गोली लागी मठिया गाविस–६ बस्ने राजकिशोर ठाकुरको मृत्यु भएपछि साँझ ५ः०० वजेतिर असामाजिक तत्वसहितको आपराधिक समूहले प्रहरी चौकीको भान्सा घरमा आगो लगाएका थिए ।

प्रहरीको गोली लागी ठाकुरको मृत्यु भएपछि मठिया गाविसका आक्रोशित आपराधिक समूहले आगो लगाई क्षति पु¥याएको उहाँले बताउनुभयो । आगलागी हुँदा उक्त प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मी सदरमुकाम गौरमा रहेको जिल्ला प्रहरी कार्यालयमा आइपुगेका थिए । सो समूहले उक्त प्रहरी चौकीको भवनमा समेत क्षति पु¥याएका छन् ।

गौर–चन्द्रनिगाहपुर सडक खण्डको दायाँबायाँ एक किमी सडक तथा गौर नगरपालिकाका सबै वडालाई अनिश्चितकालीन दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएपछि अहिले साँझदेखि आन्दोलनकारी घर फर्किएको र जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

हाल गौरको अवस्था सामान्य रहेको र स्थितिलाई सुरक्षा निकायले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले बताउनुभयो । उहाँका अनुसार दङ्गाग्रस्त क्षेत्रमा कुनै प्रकारको भेला, जुलुस, सभा बैठक, प्रदर्शन, पोस्टर, पर्चा लेख्न वा टाँस्न निषेध गरिएको अवस्थामा स्थानीय कविर चोकमा प्रदर्शनकारी भेला भएको र सुरक्षाकर्मीलाई लक्ष्य गरी ढुङ्गामुढा प्रहार भएपछि बाध्य भएर गोली चलाउँदा एक जनाको मृत्यु भएको हो । शव परीक्षणका लागि अहिले गौर अस्पतालमा राखिएको छ ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा गरिएको विरोध प्रदर्शनका क्रममा एकको मृत्यु भएपछि सम्भावित ध्वंसात्मक कार्यप्रति संवेदनशील भई थप सतर्कता बढाइएको प्रजिअ मदन भुजेलले बताउनुभयो । उहाँले जातीय सद्भाव भड्काउने र साम्प्रदायिक सद्भाव खलल पु¥याउने कुनै पनि कार्य नगर्न तथा संयमता अपनाउन सवै पक्षलाई आग्रह गर्नुभयो ।
तस्विर : फाइल
source  www.etajakhabar.com
काठमाडौं, ८ भदौ । कैलालीको टीकापुरमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपानेसहितका प्रहरीहरु मारिने गरी भएको घटनामा थारु आन्दोलनकारीलाई सहयोग गरेको आरोप लागेका सशस्त्र प्रहरीका डीआइजी खडानन्द चौधरी कारवाहीमा परेका छन् ।सरकारले डीआइजी चौधरीसहित नेपाल प्रहरीका डीआइजी रामकुमार खनाल र कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठलाई पनि कारवाही गरेको छ ।घटनामा शान्तिसुरक्षा दिन नसकेको, पूर्वतयारी नगरेको, सशस्त्र प्रहरी मुकदर्शक बनेर व्यारेक फर्किएको, स्थानीय प्रशासनले गलत सूचना सम्प्रेण गरेको लगाएका आरोपमा गृह मन्त्रालयले तीनै जनालाई २४ घण्टे कारवाही गरी हेडक्वाटर तानेको हो     डीआईजी चौधरी र खनाललाई हेडक्वाटरमा तानिएको छ भने, सिडियो श्रेष्ठलाई गृहमन्त्रालयमा तानिएको हो । यसअघि सशस्त्रका डीआईजी चौधरीमाथि थारु आन्दोलनकारीलाई सहयोग गरेको आरोप लागेको थियो ।
टीकापुर घटना लगत्तै कैलालीको धनगढीमा अखण्ड सुदूरपश्चिम पक्षधर प्रदर्शनकारीले डीआइजी चौधरीले थारु आन्दोलनहरुलाई सहयोग गरेकै कारण अप्रिय घटना भएको भन्दै उनको राजीनामा मागेका थिए । कैलालीमा हिंसा नियन्त्रण गर्न प्रभावकारी भूमिका नखेलेको आरोप लगाउँदै प्रदर्शनकारीहरुले डीआइजी चौधरीको तत्कालै राजीनामा दिनुपर्ने बताएका थिए   सशस्त्रका डीआइजी चौधरी चनाखो भएको भए कैलालीको टीकापुर क्षेत्रमा हिंसा नहुनउनीहरुको भनाई रहेको थियो ।घटनामा नेपाल प्रहरीले नसकेपछि बल प्रयोग गर्ने दायित्व सशस्त्रको प्रहरीको भएपनि सशस्त्र प्रहरी मुकदर्शक बनेको थियो । क्षेत्रीय डिआइजी चौधरीले समेत निषेधित क्षेत्रमा थारुहरुले हान्न आउँदा समेत बल प्रयोग गर्न निर्देशन दिएनन् । जसका कारण टिकापुरको झडपमा नेपाल प्रहरीका एसएसपी न्यौपानेसहित नेपाल प्रहरी र सशस्त्रकै झण्डै एक दर्जन सिपाहीको ज्यान गएको एक उच्च अधिकारीले बताए । उनका अनुसार, चर्चरोड र मनुवा चोकमा हजारौँ आन्दोलनकारी घरेलु हतियारसहित ओइरिंदै गर्दा सशस्त्र प्ररी भने बल प्रयोग नगरी आफ्नो ब्यारेकभित्र छिरेर बसेको थियो ।source taja khabar

धनगढी:  ज्यान गुमाएका प्रहरीहरुको शव उठाउने बेला सेती अञ्चल प्रहरी कार्यालयको परिसरमा रुवाबासी नै चल्यो। प्रहरीका परिवार शव वुझ्न आउँदा अचेत जस्तै देखिए भने सहकर्मीको शव देखेर प्रहरीहरु भक्कानिएका थिए। अस्पताल परिसरमा म‌ंगलबार दिनभर अाँशु रोकिएन।
टीकापुरमा भएको घटनामा परी ज्यान गुमाएका प्रहरीका शवहरु आज आफन्तलाई बुझाइएको छ । नेपाली सेनाको हेलिकप्टर मार्फत टीकापुरदेखि धनगढी ल्याएर शव आफन्तलाई वुझाइएको हो ।

एसएसपी लक्ष्मण न्यौपानेको शव हेलिकप्टरवाट काठमाण्डौ लगियो भने प्रहरी निरिक्षक केशव बोहराको उनको घर बेलौरी पठाएको छ । प्रहरी निरिक्षक बलराम विष्टको शव कञ्चनपुरको झलारी स्थित उनको घर पठाएको छ ।

प्रहरी जवान लोकेन्द्र विष्टको शव पनि हेलिकप्टरबाट उनको गृह जिल्ला बैतडी पठाईएको छ । बिहारी चौधरी बर्दियाका हुन भने शसस्त्र प्रहरीका हवल्दार टीकापुरकै हुन् । दुबैको शव पनि आफन्तलाई बुझाइएको छ ।प्रहरीका आफन्त र वृद्ध अवस्थाका आमा वुवाहरु पनि सन्तानको वियोगको पिडामा छटपटिरहेका थिए । उनीहरुलाई सम्झाउने वुझाउने धेरै प्रयासहरु गरिए पनि उनीहरुको रुवावासी रोकिएको थिएन ।

नेपाली सेनाको हेलिकप्टरमा ४ जना प्रहरीको शवलाई सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा झार्ने वेलादेखि नै चलेको रुवावासीले आफन्तका आँखाभरी आसु त थिए नै उनीहरुलाई सम्झाइरहेका छिमेकी अनि चिनेका र नचिनेका प्रहरीहरुका आँखा पनि रसाएका देखिन्थे । सहकर्मीको वियोगमा प्रहरीहरु पनि आँसु रोक्न नसकेर भक्कानिदै रोएका देखिन्थे ।

सहकर्मी वियोगान्तको पिडासँगै शान्ति सुरक्षा कायम गर्न धौ धौ भईरहेको अवस्थामा प्रहरीहरुलाई थप समस्या सिर्जना भईरहेको प्रष्ट देखिन्थ्यो । तर पनि घटना सुनियोजित हो भनिरहेको अवस्थामा मन्त्रालय झिकाउनु अघि यसक्षेत्रका डिआईजी रामकुमार खनालले केही व्यक्तीहरुलाई पक्राउ गरी घटनाको अनुसन्धान भईरहेको वताएका छन् ।
www.annapurnapost.com

भाद्र ८, २०७२- कैलालीको टीकापुरमा आन्दोलनकारीको आक्रमणमा परेर ज्यान गुमाएका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेको पशुपति आर्यघाटमा दाहसंस्कार गरिँदैछ ।

कैलालीबाट हेलिकप्टरमा राखेर न्यौपानेको शव मंगलबार दिउँसो राजधानी ल्याइएको हो । विमानस्थलबाट उनको शव सोझै महानगरीय प्रहरी वृत्त गौशालामा लगेर राखिएको थियो । त्यहाँ सुरक्षाकर्मी, आफन्त र सिनामंगल आसपासका सर्वसाधरणको भीड लागेको थियो । गौशाला वृत्ततमा राखिएको उनको शवमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल सहितका सबै अत्तिरिक्त महानिरीक्षकहरुले नेपाल प्रहरीको झण्डा ओढाएका थिए ।
न्यौपानेको शवको अन्तिम संस्कारका लागि गौशालाबाट प्रहरीले शोक धुन बजाउँदै घाटमा लगेका थिए ।

गृहमन्त्री बामदेब गौतम, सिँचाई मन्त्री एनपी साउद, कांग्रेस नेता कृष्ण सिटौला, लागतयका नेता वृत्तबाट पशुपति आर्यघाट गएका थिए । यस्तै पूर्व प्रहरी महानिरीक्षक, अत्तिरिक्त महानिरीक्षकहरुको भीड लागेको थियो ।  वरिष्ठ उपरिक्षक न्यौपाने एक वर्षअघि असोजमा सेती अञ्चल प्रहरी प्रमुख भएर त्यहाँ पुगेका थिए । २०४४ साल चैत २९ गते प्रहरी निरीक्षकमा भर्ना भएका उनी २०६८ असारमा एसएसपीमा बढुवा भएका हुन् । उनको स्थायी घर झापा चन्द्रगढी हो । हाल श्रीमती र दुई छोरा छोरी सहित काठमाण्डौं सिनामंगल बस्दै आएका थिए । Source : eKantipur
राजकिशोर ठाकुर
काठमाडौं, ८ भदौ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले रौतहटको गौरमा गरेको प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ ।
दङ्गाग्रस्त क्षेत्र घोषणाका बाबजुद मधेशी मोर्चाका कार्यकर्ताले प्रदर्शन गरेपछि शान्ति सुरक्षा कायम गर्ने क्रममा गोली लागेर गम्भीर घाइते राजकिशोर ठाकुरको उपचारका क्रममा मृत्यु भएको हो ।
आन्दोलनकारी र प्रहरीबीच झडपपछि रौतहटको गौरको स्थिति तनावग्रस्त छ । मधेशी मोर्चाका कार्यकर्ताहरूले तोडफोड र आगजनीमा उत्रिएपछि स्थिति नियन्त्रणका लागि प्रहरीले गोली चलाएको थियो ।
सोमबार बेलुकी अबेरतिर गौर–चन्द्रनिगाहपुर सडकखण्डको दायाँबायाँ एक किलोमिटर सडक तथा गौर नगरपालिकाका सबै वडालाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएको थियो ।
दङ्गाक्षेत्र घोषणापछि गौरमा ठूलो संख्यामा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई परिचालन गरिएको छ ।
dainiknepal.com
फोटो सौजन्य : दिलबहादुर छत्याल
धनगढी, ८ भदौ । कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित मारिनेगरी भएको घटनामा संलग्न कैलाली मुनुवाका राजकुमार कठरिया, हरिनारायण चौधरी, दिलबहादुर चौधरी, राम कुमार कठरिया र सुन्दरलाल कठरियालाई पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ ।
पक्राउ परेका पाँचै जनामाथि अनुसन्धान भइरहेको छ । सोमबार टीकापुरमा भएको दोहोरो भीडन्तमा परी सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ७ प्रहरी कर्मचारी एक बालकको मृत्यु भएको थियो । झडपमा ५० भन्दा बढी घाइते भएका छन् ।
/dainiknepal.com
काठमाडौं, ८ भदौ । नेपालमा प्रहरीका चर्चित एसएसपी रमेश खरेलले कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनाबारे सक्षिप्त प्रतिक्रिया दिएका छन् ।
दैनिक नेपालसँग टेलिफोनमा कुरा गर्दै एसएसपी खरेलले कैलालीमा भएको घटना निन्दनीय भएको भन्दै घटनामा संलग्न अपराधीलाई कर्तव्य ज्यान मुद्दामा जेल हाल्नुपर्ने बताए । ‘मैले आइजीपी सापसँग पनि कुरो गरिसकेको छु, यस्तो क्रुर अपराध गर्नेलाई कर्तव्य ज्यान मुद्दामा आजीवन जेल हाल्नुपर्छ ।’ उनले भने ।
उनले घटनामा भारतीय अपराधिक समूहको समेत घुसपैठ भएको सुनिन आएकाले भारतीय प्रहरीको समन्वयमा छानविन गरी नेपाल प्रहरीले अपराधीलाई कानुनी दायरामा ल्याएरै छाड्ने बताए ।
‘इण्डियन पुलिससँग संगठनको राम्रो समन्वय रहि आएको छ, यदि भारतबाट घुसपैठ भएको भने अपराधीहरुलाई पक्रेर इण्डियन पुलिसले नेपालको जिम्मा लगाउनुपर्छ । नेपाल ल्याएर उनीहरुलाई कडा भन्दा कडा सजायँ दिएर कारवाही गनृुपर्छ ।’
उनले घटनाको अनुसन्धानमा सबै पक्षले सुरक्षा निकायलाई सहयोग गर्नुपर्ने धारणा राखे ।
dainiknepal.com
काठमाडौँ:  उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले तराईका जिल्लामा भइरहेको आन्दोलनमा भारतीय सीमा क्षेत्रबाट घुसपैठ नहोस् भन्नेबारेमा नेपालका लागि भारतीय राजदूत रणजीत रायलाई ध्यानाकर्षण गराएका छन् ।

आज गृहमन्त्रालयमा पुगेका राजदूत रायलाई गृहमन्त्री गौतमले नेपाल र भारतबीच खुला सीमाको फाइदा उठाउँदै तराईमा अवाञ्छित तत्वले खेल्न नपाओस् भन्नेमा दुवै मुलुक सचेत हुनुपर्ने बताएका थिए । गृहका अधिकारीहरुसहित भएको भेटमा पछिल्लो सुरक्षा अवस्थाबारे छलफल भएको गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिए ।

कैलाली, सर्लाहीलगायतका जिल्लामा सुरक्षाकर्मी र आन्दोलनकारीबीच लगातार झडप भइरहेको स्थितिबारे सोमबार संसद्मा जानकारी दिँदै गृहमन्त्री गौतमले सीमाक्षेत्रबाट आन्दोलनकारीको घुसपैठ भएको सङ्केत गरेका थिए ।


आजको भेटमा राजदूत रायले पछिल्लो समयमा तराईमा भएको मुठभेडका घटनाबाट भारत दुःखी रहेको जानकारी दिँदै आफ्नो सीमा क्षेत्रलाई दुरुपयोग हुन नदिने बताए। रासस
annapurnapost.com
सुनसरी: थरुहट संर्घष समितिको आन्दोलनका कारण सुनसरीको दुहबी भलुवा नगरपालीका तनाव ग्रस्त बनेको छ। हप्तादिनदेखि थरुहटका कार्यकर्ताहरुले तराईका २२ जिल्लालाई थरुहट राज्यको माग गर्दै पर्दशन गरीरहेका छन्।
थरुहटका कार्यकर्ताहरुले मंगलवारबाट दुहवी बजारमा लाठि जुलुस पर्दशन गरेका छन्। सुनसरीको दहबी नगरपालीका, औरावनी, सिमरिया लगायतका गाविसबाट आएका थरुहटका कार्यकर्ताहरुले दिनभर दुहवीमा पदृशन गरीरहेका छन्।

गृहमन्त्री बामदेश गौतमको राजिनामा माग्दै पर्दशनकारीहरुले लाठि जुलुस निकाले पछी दुहबी भलुवा नगरपालीकामा व्यापक रुपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीबाट डिएसपी श्यमसिंह चौधरीको नेतृत्वमा दुहबी बजारमा थप प्रहरी परिचालन गरिएको छ।

थरुहटका कार्यकर्ताहरुले दुहबी बजार बन्द गराउदै सवारी साधन संचालन गर्न नदिएपछी विराटनगर-इटहरीको यातायात सेवा ठप्प भएको छ। पर्दशनकारीहरुले दुहबीमा गर्भवती महिला बोकेर विराटनगर जादै गरेको एउता एम्बुलेन्स तोडफोड समेत गरेका छन्।

थरुहटका कार्यकर्ता र मधेसवादी दलको बन्दका कारण सुनसरी सदरमुकाम इनरुवा बजार पनि पूर्ण रुपमा ठप्प भएको छ। इनरुवाबाट  पूर्व पश्चिम जाने यातायातका साधन समेत संचालनमा आउन सकेका छैनन्।


सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जिल्लामा कुनै पनि अप्रिय घटना हुन नदिन व्यपापक रुपमा प्रहरी परिचालन गरिएको बताएका छन्।
annapurnapost.com
'शान्ति प्रकिया र संविधान लेखनमा ऐतिहासिक प्रगति'
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार कैलालीमा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री सुशील कोइरालालाई फोन गरेका छन् ।

मोदीले मंगलबार अपरान्ह प्रधानमन्त्री कोइरालालाई फोन गर्दै सोमबार भएको हिंसात्मक घटना र त्यसमा ज्यान गुमाउनेहरुप्रति समावेदना व्यक्त गरेका हुन्। मोदीले हिंसालाई निरुत्साहन गर्न र सामाजिक एकता कायम गर्न नेपाल सरकार, यहाँका राजनीतिक दल तथा नागरिकसँग आग्रह गरेको भारतीय विदेश मन्त्रालयका प्रवक्ताले जनाएका छन्।


मोदीले कोइरालासँग गरेको टेलिफोन सम्वादबारे भारतीय विदेश मन्त्रालयले आफ्नो वेबसाइट विस्तृत समाचार राखेको छ। मोदीले कोइरालासँगको वार्तामा हिंसाविरुद्धको लडाइ तथा नयाँ संविधान लेखनको यात्रामा भारतको सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले सबै पक्ष र समुदायको माग एव‌ं भावनालाई समेटेर नेपालमा छिटै समावेशी संविधान जारी हुने विश्वास पनि व्यक्त गरेका छन् ।

नेपालमा शान्ति प्रकिया र संविधान लेखनमा भएको ऐतिहासिक प्रगतिको प्रश‌ंसा गर्दै मोदीले नेपालको राजनीतिक नेतृत्वले महत्वपूर्ण मुद्दाहरुलाई सबै राजनीतिक पार्टीहरुबीचको सम्वाद र संभव भएसम्मको व्यापक नागरिक परामर्श मार्फत टुंगो लगाउन सुझाव दिएका छन्।

नेपालको विविधतापूर्ण समाजमा रहेका सबै नागरिको आकांक्षालाई समेटेर एकीकृत, स्थिर, शान्तिपूर्ण र समृद्ध नेपालका लागि प्रजातान्त्रिक र समावेशी संविधान बनाउनुपर्नेमा उनले जोड दिएका छन्।


मोदीले सामाजिक र राजनीतिक अस्थिरताले भर्खरैको विनाशकारी भूकम्पको पीडालाई थप बल्झाउनसक्ने चिन्ता व्यक्त गरेका छन्। उनले शान्ति, संयम र एकताका लागि अपिल गरेका छन्।
annapurnapost.com
सिरहा, भदौ ८ । चलचित्रमा कुनै खलनायककी दिदी बहीनिले प्रेम गरे वा प्रेम विबाहका प्रस्ताब ल्याए ज्यानै जानेसम्मका दृश्यहरु देखिन्थे । त्यस्तै भएको छ सिरहामा पनि । लहान नगरपालिका एक युवकले आफ्नी बहिनीले प्रेम विबाह गरेको भन्दै उनी माथि गोली चलाएका छन् । गोली लागेर स्थानीय २३ वर्षीया रेणुकुमारी महतो गम्भीर घाइते भएकी छन् ।

घाइते रेणुलाई उपचारका लागि विराटनगर लगिएको छ । रेणुको बिहे गत वर्ष भएको थियो । उनी बिहे भएको स्थानबाट भागेर सिंग्राहीस्थित दाजुकै घर अगाडि आएपछि त्यही झोकमा भाइले नै गोली चलाएर मार्ने प्रयास गरेको स्थानीयको भनाइ छ ।

युवकले हानेको गोलीले उनलाई ठुलो असर नपरेपनि पछि धारिलो हतियारले रेणुको हात र टाउकोमा प्रहार गरेर अवस्था गम्भीर भएको स्थानीयले जनाएका छन् ।  गोली चलाउने दाजु उमेश साह भने फरार भएका छन् । रेणुको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ ।

www.etajakhabar.com
काठमाडौँ, ८ भदौ । प्रमुख चार राजनीतिक दलले सोमबार कैलालीको टीकापुरलगायत देशका विभिन्न स्थानमा भएका घटनाको समीक्षा गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा ती दलले शान्ति स्थापनाका लागि सरकारका तर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्नुपर्र्नेमा जोड दिएका थिए ।

बैठकपछि एनेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कैलाली घटनाको समीक्षा गर्दै दलहरुले पूर्ववत् प्रतिबद्धताबमोजिम नै संविधान निर्माण प्रक्रिया अघि बढाउने निर्णय गरेको जानकारी दिनुभयो ।

केही दिनअघि चार दलका शीर्ष नेताहरुबीच भएको बैठकमा सात प्रदेशको सङघीयता अङ्गिकार गर्ने निर्णयमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले फरक मत राख्नुभएको थियो ।

आजको बैठकमा गृहमन्त्रीले कैलालीलगायतका स्थानमा भएका घटनाक्रमबारे बैठकमा जानकारी गराउनुभएको थियो । आपराधिक मानसिकताका साथ भएको टिकापुर घटना अक्षम्य भएको गृहमन्त्रीले बैठकमा बताउनुभएको जानकारी नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले उहाँले दिनुभयो ।

संविधान निर्माणको प्रक्रिया पूर्ववत् कार्यक्रमअनुसार नै अघि बढ्ने उहाँको पनि भनाइ थियो ।
फोटो : फाइल

/www.etajakhabar.com
बाँके, ८ भदौ । बाँकेमा ड्युटीमा खटिएका प्रहरीमाथि पेट्रोल बम प्रहार भएको छ ।
ड्युटीमा खटिएको प्रहरी माथि पेट्रोल बम प्रहार गरेको अभियोगमा नेपालगञ्ज उपमहानगरपालिका–६ बस्ने १८ बर्षीय समीर अन्सारीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।
अन्सारीले त्रिभुवन चोकमा ड्युटीमा खटिएको प्रहरी माथि पेट्रोल बम प्रहार गरेका थिए ।
घटनामा परी केही प्रहरी जवान घाइते भएका थिए । उनीहरुको अहिले नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको केन्द्रीय समाचार कक्षले जनाएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
dainiknepal.com
नेपाल प्रहरीका एसएसपी रमेश खरेलले आफ्नो नाममा दर्जनौ फेसबुक अकाउन्ट खोली आपत्ती जनक, आवेश प्रेरीत, उच्छृंखल तथा नेपाल प्रहरी संगठनको मर्यादा विपरितका अभिव्यक्तिहरु पोष्ट गरेकोमा आपत्ति जनाएका छन्।
मंगलबार आफ्नो आधिकारिक फेसबुक पेजबाट सार्वजनिक अपिल गर्दै यस्ता फेक फेसबुक पेजहरू कसैले गलत रुपमा प्रयोग गरिरहे कानुन बमोजिम कारबाही हुने बताएका छन्।
हेर्नुहोस् उनले गरेको अपिल जस्ताको तस्तै
मिति २०७२ भाद्र ७ गते मनुवा गा.वि.स. ६ सिमलचौर कैलालीमा अत्यन्त होनहार, बहादुर प्रहरी कर्मचारीहरुले कर्तव्य पालनाको सिलशिलामा सहादत प्राप्त गरेको घटनाले मलाई अत्यन्त दु:खी बनाएको छ।
कर्तव्य पालनामा रत्तिभर विचलित नभई प्राणको आहुती दिने वीर प्रहरीहरू प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दछु र भगवान पशुपतिनाथले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्ने कामना गर्दछु।
नेपाल प्रहरीले यस्तो दुःख बेहोरीरहेको अवस्थामा केही फेसवुक प्रयोगकर्ताहरुले मेरो आधिकारीक फेसवुकमा मेरो फोटो समेत ट्याग गरि आपत्ती जनक, आवेश प्रेरीत, उच्छृंखल तथा नेपाल प्रहरी संगठनको मर्यादा विपरितका अभिव्यक्तिहरु पोष्ट गरेकोमा मेरो आपत्ति रहेको छ। कानूनी राज्यको अवधारणालाई सहस्त्र शिरोधार्य गरि जनताको जिउ धनको सुरक्षामा अहोरात्र लागि रहने हामी कर्तव्य परायण राष्ट्र सेवकहरुलाई सामाजिक सञ्जालको प्रयोग गरि संगठनमा द्धेष फैलाउने तथा हाम्रो मनोवल गिराउने कार्य कही कसैबाट नहोस भन्ने अनुरोध गर्न चाहन्छु।

यसका अतिरिक्त मेरो नामसँग जोडेर करिब एक दर्जन फेसवुक पेजहरु पनि कसैले गलत रुपमा प्रयोग गरिरहेकोले त्यस्तो कार्य नगर्न समेत म विनम्र आग्रह गर्दछु र अवउप्रान्त यस प्रकारको गैह्र जिम्मेवारीपन प्रदर्शन गरिएको पाईएमा कानुन बमोजिम कारबाही हुने जानकारि गराउँदै समस्त फेसवुक प्रयोगकर्ताहरुलाई त्यस्ता पेजहरुमा विश्वास नगर्न हुन समेत अनुरोध गर्दछु।  setopati.com
कैलाली, भदौ ८ । टिकापुरमा थरुहटका कार्यकर्ताले प्रर्दशन जारी राखेकाले त्यसको प्रभाव अस्पताल लगायतका अत्यावशक क्षेत्रमा समेत परेको छ । जसका कारण अस्पतालमा रहेका मृतकका शव निकाल्न समेत असहज भएको छ । अस्पताल परिसर बाहिर कयौ संख्यामा रहेका स्थानीय प्रदर्शनकारीले नारा जुलुस गरिरहेकाले अवरोध सिर्जना भएको स्थानीय संचारकर्मी प्रयागराज ऐरीले जनाएका छन् ।

यसैबिच रौतहटमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले गौर नगरपालिकामा गएराति एउटा एम्बुलेन्स जलाएका छन् । केही दिनदेखि असहज परिस्थितिका कारण प्रभावित बन्न पुगेको सदरमुकाम गौरमा निषेधाज्ञा लगाइएको केही घन्टा पछि आन्दोलनकारीले ना३च ८६३ नम्बरको एम्बुलेन्समा आगो लगाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
www.etajakhabar.com
यी हुन् कैलालीमा एसएसपी न्यौपाने जिउँदै आगो लगाउने थारु आन्दोलनकारी
मैले एसएसपी लाई यो कारणले गर्दा आगो लगायो पुरा पढ्नुहोस

धनगढी, ७ भदौ - मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव एवं सभासद रामजनम चौधरीले प्रहरीले गोली चलाएपछि कैलालीमा दोहोरो भीडन्त भएको बताएका छन् । कैलालीको टीकापुरमा सुरक्षाकर्मी र थरुहट आन्दोलनकारीबीच सोमबार दिउँसो भएको हिंसात्मक झडपमा घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएका आन्दोलनकारीको आक्रमणमा परी एसएसपी सहितका सुरक्षाकर्मी मारिएपछि प्रतिक्रिया दिँदै सभासद चौधरीले प्रहरीले गोली चलाएपछि थारु आन्दोलनकारीहरुले प्रतिकार गरेको बताए ।
‘प्रहरीले गोली चलाएपछि हामीले परिस्थितिलाई थेग्न सकेनौँ, थारु आन्दोलनकारीहरु रिसाए, त्यसपछि कसैले सम्हाल्न सक्ने अवस्था रहेन’ । घटनाबारे जानकारी दिँदै उनले अगाडी भने–‘थरुहट संघर्ष समितिले सरकारी कार्यालयमा थरुहट स्वायक्त प्रदेश लेख्न थारु समुदायका झण्डै ८÷१० हजारको संख्यामा रहेका आन्दोलनकारी टीकापुरतर्फ अघि बढ्दा प्रहरीले रोक्यो, सुरक्षाकर्मीलाई धकेल्दै अघि बढेका आन्दोलनकारीमाथि पशु हाटमा पुगेपछि प्रहरीले गोली चलाए, त्यसपछि आन्दोलनकारी रिसाएर प्रहरीमाथि जाइलागेका हुन् ।’
को हुन चौधरी ?
चौधरी अघिल्लो संविधानसभा निर्वाचन अघि काँग्रेसबाट मधेशी जनअधिकार फोरममा प्रवेश गरेका हुन् । विजयकुमार गच्छदारले फोरम टुक्राएपछि उनी फोरम लोकतान्त्रिकको महासचिव बने । पार्टी अध्यक्ष गच्छदार चार दलीय मोर्चासँग वार्ता र घुर्की लगाइरहँदा उनी भने थारु सभासद्को नेतृत्व गर्दै सडकमा उत्रिसकेका थिए । संविधानको पछिल्लो मस्यौदा र प्रदेशको सिमांकनका विषयमा गच्छदार र चौधरीबीच विवाद समेत भएको थियो ।

चौधरीकै नेतृत्वमा सोमबार कैलालीमा निषेषाज्ञा तोडिएको हो । सुरक्षाकर्मीका कारण अप्रिय घटना भएको भन्दै उनले कैलाली हत्याकाण्डको दोष प्रहरीतर्फ तेर्साएका आएका छन् । ‘भाडाका गुण्डा र हतियारको प्रयोग भयो’ स्थानीय बासिन्दाले थरुहटको शान्तिपूर्ण भारतबाट भाडामा हतियार सहितका गुण्डाहरुको घुसपैठ भएको दाबी गरेका छन् । कैलालीको आन्दोलनमा भाला, बन्चरो, हतियार बोकेका पचासौँ जना सिमा पारिका युवाहरु देखेको नेपाल भारत सिमा क्षेत्र खकरउलाका बासिन्दा रामबहादुर साउद लगायतले बताएका छन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home