• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौं, २८ जेठ । सन् १९६२ सम्म नेपाली भूमि लिपुलेकबाट बग्ने खोलालाई कालीनदी भनिरहेको थियो । तर, पछि त्यहाँबाट पनि अघि बढेर भारतीयले अझै पूर्व नेपालपट्टी काली मन्दिर बनाएर त्यसको छेउबाट बग्ने सानो खोलालाई काली भन्न थाले ।
१९६२ मा चीनसँगको लडाइँपछि भारतले कालीनदीपूर्वको भूभाग मिचेर नेपाली भूमि कालापानीमा बंकरसहितको सैनिक संरचना बनायो । कालापानीमा भारतको इन्डो तिबेतियन बोर्डर पुलिस (आइटिबिपी) फौज तैनाथ छ ।

भारत–चीन युद्दअघि भारतले लिम्पियाधुरदेखि लिपुलेकसम्म ३१० वर्गकिलोमिटर क्षेत्रफल मिचेको थियो भने त्यसपछि थप ६२ वर्गकिलोमिटर दक्षिण्पूर्वी नेपाली जमिन मिचेको छ ।
यसरी भारतले ३७२ वर्गकिलोमिटर दक्षिणपूर्वी नेपाली जमिन मिचेको छ । यसरी भारतले ३७२ किलोमिटर जमिन मिचेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
dainiknepal.com
सिन्धुपाल्कलाई केन्द्र बिन्दु बनाएर बिहीबार बिहान ४.६ रेक्टर स्केलको भूकम्पको धक्का महशूस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार १० बजेर २ मिनेटमा सिन्धुपाल्चोक केन्द्र बनाएर भूकम्पको धक्का महशूस भएको हो। काठमाडौं उपत्यकासहित काभ्रे, सिन्धुपाल्चोक, रसुवालगायतमा धक्का महशूस भएको थियो।
यसअघि मध्याराति दोलखा केन्द्रबिन्दु बनाएर १२ बजेर २६ मिनेटमा ४ रेक्टर स्केलको धक्का महशूस भएको हो।
टेक्सास, २८ जेठ । अमेरिकाको टेक्सास राज्यमा नेपाली महिलाको गोली हानी हत्या भएको छ ।
टेक्सासको डेन्टनमा घर भई घर नजिकैको अर्को शहर कोलोनीमा व्यापार गर्ने समीरा शिवाकोटीको बुधबार आफैले संचालन गर्दै आएको स्टोरमा गोली हानी हत्या गरिएको हो । दिउँसो ११ बजेतिर एक लुटेराले उनीमाथि गोली हानेको थियो । प्रहरीका अनुसार, उनको अनुहारमा एक चोटी गोली प्रहार गरिएको थियो ।
बिगत ४ बर्ष देखि समीरा र उनका श्रीमान नवराज शिवाकोटीले यस स्टोर आफैले संचालन गर्दै आइरहेका थिए। ३१ बर्षीय समीराका ३ बर्ष भन्दा कम उमेरका दुर्इ छोरीहरु बताइएको छ । समीराको शब परीक्षणका लागी फोर्टवर्थ पोष्टमार्टम सेन्टरमा राखिएको बताइएको छ । टेक्सासमा नेपाली व्यापारीको हत्या भएपछि अमेरिकाको नेपाली समुदाय स्तब्ध बनेको टेक्सासबाट संचालन हुने हिमालय खबरले जनाएको छ ।
dainiknepal.com
१२ हजार वाटको पेल्ट्रेसेट पुरै क्षति
संखुवासभा: बुधबार रातीदेखि परेको अविरल वर्षाका कारण जलजला र चैनपुर नगरपालिका हुदै बग्ने हेवाखोलाको दर्जन बढी झोलुङगे पुल बगाएको छ। यस बर्षकै ठुलो पानी परेका कारण जलजला-१ चौरीखर्कमा निर्माण गरिएको १२ हजार वाटको पेल्ट्रेसेट पुरै बगाएको छ।

हेवाखोलाको मुहान क्षेत्रको बाँदरमुखे भीरमा ठुलो पहिरो गए पछि जलजला-१ र चैनपुर नपा १ बिमिरे पुल, जलजला-१ कै डाँडेबाट चैनपुरनपा-१ मच्छेवुङ तर्ने पुल, जलजला-४ कोकले आसपासका चार वटा पुलमा क्षति पुर्‍याएको जलजला-१ का स्थानीय भरत कार्कीले बताए।

पुल बगाए पछि जलजलाबासी इलाका स्तरीय काम लिएर चैनपुर जान र अत्यावस्यक सामाग्री खरिद गर्न जान समस्या भएको सिंहेश्वरी माध्यमिक विद्यालयका प्रधानध्यापक थीरबहादुर राईले बताए।

 बाढीकाकारण जलजला-४ दोभानेका बस्ती पुरै बिस्थापित भएको छ। बस्ती हाल नजिकैको सुरक्षित स्थानमा सरिएको राईले बताए।

बाढीले थप क्षति पुर्‍याएको हुन सक्ने भन्दै यसको बिवरण संकलनमा जुटिरहेको जलजला-१ का पुर्व अध्यक्ष गंगाबहादुर तामाङले जानकारी दिए।

हेवाखोलाबाट उत्पादन गरिएको विद्युतको मेसिन र कुलो बगाए पछि दुई सय परिवार अन्धाकारमा बस्न बाध्य भएका छन्।

बाढीले लाखौको खेतियोग्य जमिन बगाएको अध्यक्ष तामाङले बताए।
annapurnapost.com
ताप्लेजुङ: बुधबार मध्‍यरातिदेखि भीषण वर्षापछि गएको पहिरोले १२ जनाको मृत्‍यु भएको छ। बाढी र पहिरोले दर्जनौ बेपत्ता भएका छन भने ठूलो धनजनको क्षति भएको छ।

पहिरोग्रस्त क्षेत्रबाट स्थानीयले १२ जनाको शव निकालेका छन्। पहिरोपछि तमोर र मेवा खोलामा बाढी आएकोले नदी आसपासमा रहेका बासिन्दाहरुमा त्रास फैलिएको छ। उनीहरु घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छन्।

जिल्लाका खोक्लिङ, थिङलाबु, लिवाङ, लिङतेप र खाम्लुङ गाविसमा पहिरोले दर्जनौ घरहरु बगाएको र कैयौ मानिसहरु बेपत्ता र घाइते भएको ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी सुरेन्द्र भट्टराईले  जानकारी दिएका छन्।

यसैबीच गृह मन्त्रालयले उद्धारका लागि सेनाको हेलिकोप्टर पठाएको छ। बिहान ९ बजे  ताप्लेजुङका निर्वाचित सभासद् डम्वरध्वज तुम्वाहाम्फेसहितको टोली उद्धारका लागि हेलिकोप्टर लिएर ताप्लेजुङ आइपुगेको छ।
annapurnapost.com
२८ जेठ, दोहा (कतार) ।

तापक्रम अत्यधिक बढेपछि कतार सरकारले मध्याह्न बाहिरी क्षेत्रमा काम गर्न रोक लगाएको छ । बिहान ११:३० देखि दिउँसो ३ बजेसम्म काम गर्न रोक लगाइएको हो ।

श्रम तथा सामाजिक मन्त्रालयका अनुसार आउँदो जुन १५ (जेठ ३२) देखि अगस्ट ३१ सम्म यो नियम लागू हुनेछ । मन्त्रालयले नियम उल्लंघन भएमा सम्बन्धित रोजगारदातामाथि कारबाही गर्ने जनाएको छ ।

यो व्यवस्थाबाट निर्माण क्षेत्रमा कार्यरत नेपालीसहित विदेशी कामदारलाई ठूलो राहत मिलेको छ । ‘बिहान ८ बजेबाटै एकदमै घामले पोल्न थाल्छ,’ दोहाको मुसरिफ प्रोजेक्टमा काम गर्ने तनहुँका सुमन मल्लले भने, ‘११ बजेसम्म थेग्न पनि निकै गार्‍हो हुन्छ ।’



ठूला प्रोजेक्टमा कम्पनीहरूले उक्त नियम मान्दै कार्यतालिका परिवर्तन गरिसकेका छन् । रातिको ड्युटी दिउँसो ३ देखि बिहान १ बजेसम्म र बिहानको ड्युटी बिहान १ देखि ११ बजेसम्म तय गरिएको छ । ‘हामीलाई यही रूपमा काम गर्न कम्पनीले सूचना दिएको छ,’ महोत्तरीका बलराम रायले भने, ‘यसले तातोबाट जोगिन मद्दत पुगेको छ ।’

उच्च गर्मीमा काम गर्दा धेरै कामदार कार्यस्थलमै ढल्ने गर्छन् । ‘धेरै साथी ढलेको देख्छु,’ स्याङ्जाका रतन सापकोटाले भने, ‘शरीरमा रहेको नुन पसिना भएर बग्छ । त्यसपछि कामदार ढल्न थाल्छन् ।’

कतारमा रहेका नेपाली डाक्टर नरेन्द्र शाक्य यस्तो बेला कामदारले विशेष ध्यान दिनुपर्ने बताउँछन् । ‘यो समय सबभन्दा होसियारी पुर्‍याउनुपर्छ । घाममा काम गर्न सुरक्षाका सबै उपाय कामदारले आफ्ना लागि अपनाउनुपर्छ,’ उनले भने, ‘बारम्बार पानी पिउने, शीतलमा आराम गर्ने, तुरुन्तै चिसोमा नबस्ने गर्नुपर्छ ।’आजको कान्तिपुरमा खबर छ ।

कतारमा झन्डै ४ लाख नेपाली कार्यरत छन् । ६० प्रतिशत नेपाली बाहिरी क्षेत्रमा काम गर्छन् । गर्मीमा उच्च रक्तचाप र मुटु रोगी कामदार बढी जोखिममा पर्ने डा. शाक्यले बताए ।
काठमाडौँ । गत चैतमा सम्पन्न ०७१ सालको एलएलसी परीक्षामा झण्डै १७ हजार अयोग्य परीक्षार्थी सहभागी भएको पाइएको छ। परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेका अनुसार पौने ६ लाख परीक्षार्थी मध्ये करिब १७ हजार परीक्षार्थी अयोग्य पाइएका हुन्।

 ७५ प्रतिशत हाजिरी नपुगेका र परीक्षा फारम भरेर परीक्षामा अनुपपस्थित भएकालाई परीक्षा नियन्त्रण कार्यालयले अयोग्यको सूचीमा राखेको छ। कार्यालयले हाजिरी नपुग्ने र अनुपस्थितको संख्यासमेत यकिन गर्न लागेको छ। त्यसैगरी एक हजार पाँच सय परीक्षार्थी निस्काशितमा परेका छन्।

२०७१ सालको एसएलसी परीक्षामा सहभागी हुन नियमित र एक्जाम्टेड गरी पाँच लाख ७४ हजार ६ सय ८५ विद्यार्थीले आवेदन फारम भरेका छ। तीमध्ये १७ हजार अयोग्य पाइएका हुन्। एसएलसीमा नियमिततर्फ चार लाख २६ हजार दुई सय १४ र एक्जाम्टेडतर्फ एक लाख ४५ हजार एक सउय ८३ परीक्षार्थी थिए।

पहिलो पटकको प्राविधिक एसएलसीतर्फ तीन हजार दुई सय ८८ जना परीक्षार्थी छन्। कुल पाँच लाख ७४ हजार ६ सय ८५ विद्यार्थी परीक्षामा सहभागी भएका थिए। समाचार अाजकाे नयाँ पत्रिकामा छ ।
बैज्ञानिकहरु भन्छन् सपना हाम्रो दवाइका इच्छाका झलक हुन् । तर शास्त्रले भने यो कुरा मान्दैन । शास्त्रका अनुसरा सपनाको सम्बन्ध सिधा आत्मासँग हुन्छ ।

सपनाले देश काल र परिस्थिति एवं भविष्यको संकेत गर्ने शास्त्रमा उल्लेख छ ।


कुन बेला देखिएको सपनाको अर्थ के ?

सूर्योदय भन्दा ७२ मिनेट अघि देखिएको सपनाले १० दिन पछि हुने घटनाको संकेत गर्छ । त्यस्तै रात्रिको सुत्ने वित्तकैको समय अर्थात प्रथम प्रहरमा देखिएको सपनाले एक वर्षमा र दुईतीय प्रहरमा देखिएको सपनाले ६ महिना भित्र हुने घटनाको संकेत गर्छ । तृतीय प्रहरमा देखिने सपनाले तीन महिना भित्र हुने घटना र चौथो प्रहरमा देखिने सपनाले एक महिनामै हुने घटनाको संकेत गर्ने शास्त्रमा उल्लेख छ ।



सपना देख्ने वित्तिकै जाग्नु
कुनै पनि सपना देख्ने वित्तिकै निद्रा टुट्छ र त्यसपछि निद्रा नै लागेन भने त्यस्तो सपना सत्य हुन धेरै समय लाग्दैन । तर निद्रा लाग्यो भने सपना निष्फल हुन्छ । कुनै पनि सपना अरुलाई सुनाएपछि त्यसको प्रभाव कम हुने शास्त्रमा उल्लेख छ ।

सपनामा कुनै विपत्तिमा परेर भाग्न नसकेको देख्नु भो भने बुझ्नुस् जीवनमा पनि कुनै आपत् आइलाग्दै छ ।

उडेको सपना
यदि सपनामा हावामा उडेको देख्नु भो भने तपाइँको योजना सफल हुने संकेत दिन्छ भने जागिरमा पनि पदोन्नति हुन्छ । तर उड्दा उड्दै कुनै बस्तुसँग ठोक्कियो भने चाँहि सफलतामा बाधा आइलाग्छ ।

मरेको देख्नु
सपनामा मृत्यु भएको वा लाश देख्नु शुभ मानिन्छ । सर्पले टोक्नु वा सिंह तथा हात्तिले लखेट्नु पनि राम्रै मानिन्छ ।

तर कुकुरले टोकेको वा नाङ्गो शरिर भएको ब्यक्ति देखिनु एवं भीरबाट खसेको वा भैंसीको हुल देख्नु नराम्रो संकेत हो ।
nepaliheadlines.com
डण्डीफोर आम समस्या हो । यसले अनुहारको सुन्दरता बिग्रन्छ कि भनेर मानिसहरू चिन्तित हुन्छन् । डण्डीफोर निको भए पनि दागको रुपमा यो लामो समयसम्म रहिरहन्छ ।


डण्डीफोरलाई चाँडो निको बनाउने धुनमा त्यसलाई निचोर्नु नै समस्या निम्त्याउनु हो । फेरि त्यसको दागलाई हटाउने नाममा प्रयोग गरिने क्रिमले छालामा साइडइफेक्ट गर्न सक्छ । यहाँ डण्डीफोर हटाउने घरेलु उपायको चर्चा गरिएको छ ।


ओलिभ आयल : ओलिभ आयलको केही थोपा डण्डीफोरको दागमा लगाउनुस् । यसले अनुहारको रगतमा निखार ल्याउँछ र दाग फिका हुन थाल्छ । नियमित लगाउन थालेपछि बिस्तारै दाग हट्दै जान्छ ।

आलु : आलुको टुक्रा काट्नुस् र अनुहारमा बिस्तारै रगडेर लगाउनुस् । एउटा टुक्रा सुक्यो भने अर्को लगाउनुस् । यो क्रमलाई १५ मिनेटसम्म निरन्तरता दिएपछि अनहारलाई सुक्न दिनुस् । त्यसपछि धोएर मोस्चराइजर लगाउनुस् । यो प्रयोग हप्तामा ३–४ पटक गर्नुहोस् ।

कागतीको रस ः डण्डीफोरको दागमा कागतीको रस लगाउनुस् र सुक्न दिनुहोस् । त्यसपछि पानीले धुनुस् । यो प्रयोग साँझमात्र गर्न सक्नुहुन्छ । दिउँसो कागतीको रस लगाउने हो भने सनस्क्रीन लोसन अवश्य लगाउनुस् ।

खाने सोडा : फेसवासमा एक चिम्टी खाने सोडा मिसाएर लगाउनुस् र चिसो पानीले अनुहार धुनुस् । यसबाट छालामा थोरै झनझनाहट हुन्छ । छालाका क्लिनिकमा छालामा चमक ल्याउन यो उपाय अपनाइन्छ । तर यसलाई अनुहारमा २० सेकेण्डभन्दा बढी नराख्नुस् ।

मह : एउटा माटोको भाँडोमा मह र घिउकुमारी मिसाउनुस् । त्यसमा केही निमको पात क्रस गरेर राख्नुस् र त्यसलाई एक दिनभरका लागि चिसो स्थानमा राख्नुस् । अर्को दिन त्यसमा गुलाब जल मिसाएर डण्डीफोरमा लगाउनुस् र सुकेपछि धुनुस् । यो प्रक्रिया दिनहुँ गरेपछि डण्डीफोरको दाग मेटिनेछ ।

भिटामिन : खानामा भिटामिनको मात्रा बढाउनुस् । त्यसका लागि बिहानको सूर्यको किरण आफ्नो अनुहारमा पर्न दिनुस् ।

गोलभेंडा : गोलभेंडा काटेर डण्डीफोरमा लगाउनुस् र त्यसलाई १५–२० मिनेटसम्म रहन दिएर धुनुस् । यस प्रक्रियालाई हप्तामा एक वा दुइपटक गर्नुस् । चन्दन पाउडर : एक चम्चा चन्दन पाउडर लिएर त्यसमा केही थोपा रोज वाटर हाल्नुस् । यो पेस्टलाई डण्डीफोरको दागमा लगाउनुस् र १५–२० मिनेटपछि धुनुस् । केही दिनमै दाग हट्न थाल्छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
हामीले शास्त्रमा उल्लेखित दैनिक ब्यवहारहरु पालना गर्दैनौं । तर यस्ता ब्यबहारमा ख्याल गर्दा जीवनमा सुखी हुन सकिने शास्त्रविदहरु बताउँछन् । शास्त्रमा उल्लेख भए अनुसार कतिपय यस्ता कुरा छन् जुन कुरामा ध्यान नदिँदा हामी दुःखी, विरामी र दरिद्र हुन्छौं ।
कुन काम गर्नु हुँदैनः


वारि खलु काय्याणि सन्ध्याकाले विवर्जयेत्।
आहारं मैथुनं निद्रां स्वाध्यायञ्च चतुर्थकम्॥
यो श्लोकको अर्थ हो विशेष रूपमा पति-पत्नीले साँझको समयमा मर्यादा पालना गर्नु पर्छ । सूर्य अस्ताउने समयमा पति पत्नीले संसर्ग गर्नु हुँदैन ।



पहिलो कामः

पति र पत्निले साँझको समयमा अत्याधिक सावधानी अपनाउनु पर्छ । यो समयमा प्रेम क्रिडा र प्रेमालाप राम्रो मानिँदैन । साँझको समयमा लक्ष्मी पृथ्वीको भ्रमणमा आउने विश्वास गरिन्छ तसर्थ साँझको समयमा यौन क्रियालाप गर्नु राम्रो मानिँदैन । यो समयमा पुजा पाठ वा धुप दीप गर्नु सबैभन्दा उत्तम रहेको शास्त्रमा उल्लेख छ ।

दोश्रो कामः
हामीले साँझको समयमा भोजन ग्रहण गर्नु हुँदैन । खाना खानका लागि खराव मानिन्छ यो समय । यो समयमा भोजन गर्दा पेट सम्बन्धी विरीमी हुने र कब्जियत हुने बताइन्छ । यदि कुनै पनि ब्यक्तिलाई साँझको समयमा अत्याधिक भोक लागेमा पनि जुस खानु राम्रो हुन्छ ।

तेश्रो कामः
साँझको समयमा कहिले पनि सुत्नु हुँदैन । सूर्यास्तको समय सुत्नै नहुने शास्त्रमा उल्लेख छ । यो समयमा सुत्दा अनिद्रा हुने र तनाव बढ्ने बताइन्छ । यो समयमा सुत्दा शरीरमा उर्जा असन्तुलनको समस्या हुने शास्त्रमा उल्लेख छ । यस कारण चक्कर लाग्ने वा टाउको दुख्ने हुन सक्छ ।


चौथो कामः
साँझको समयमा बेद वा अन्य शास्त्र पाठ गर्नु पनि अशुभ मानिन्छ । यतिबेला ध्यान वा पुजा गर्नु राम्रो भएपनि बेद पाठ साँझमा गर्नु हुँदैन । बेदपाठ विहानको समयमा गर्नु उत्तम मानिन्छ ।
यसर्थः साँझको समयमा भोजन, यौन क्रिडा, निद्रा र बेद पाठ गर्नु हुँदैन । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
चितवन । चितवन प्रहरीले सवारी–साधानको नक्कली लाइसेन्स बनाउने १० जना गिरोह लाई पक्राउ गरेको छ ।
नारायणगढस्थित सहिदचोकमा नमस्ते स्टेसनरी सेन्टरlका सन्चालक गरेर बस्ने स्थानिय दिलिप श्रेष्ठ र टु जेड प्रिन्टिङ एन्ड ग्राफिक सेन्टरका सन्चालक धर्मपाल विक सहित ८ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका दिलिप श्रेष्ठ र धर्मपाल विक लाई लाइसेन्सको स्टिकर र नक्कली लाइसेन्सका साथमा प्रक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुलाई थप अनुसन्धान भइरहेको र नक्कली कागजपत्र कीर्ते गरेको अभियोगमा कारवाही गरिने जनाएको छ ।
www.nepalsandesh.com
काठमाडौं, मोटोपनको सामना गर्नका लागी कुन चाहीँ खानपान सबै भन्दा राम्रो छ ? डक्टरहरूले जनाए अनुसार भूमध्यसागर को आसपासका देशहरूका मानिसहरू जुन प्रकारको खाना खाने गर्दछन, ती खानाहरूले मोटोपन कम गर्नमा निकै उपयोगी हुने गर्दछ ।
अब तपाइँ सोच्नुहोला कि त्यहाँका मानिहरू के खान्छन होला ? डक्टरहरूका अनुसार यी देशहरूमा (टर्की, ग्रीस, इटलीका केही भाग) भोजनमा फल, सब्जिहरू तथा जैतूनको बहुल्यता धेरै हुने गर्दछ ।
पोस्टग्रेजुएट मेडिकल जर्नलमा डक्टरहरूले लेखेका छन कि भूमध्यसागरीय भोजनमा हृदयघात हुने खतरा कम हुने गर्दछ ।
यति मात्र हैन डक्टरहरू भन्छन कि यी भोजन खानपानका ति तरिकाहरूभन्दा अझ बढि राम्रो छ, जसमा बोसो कम हुने भोजनको सिफारिश गरिन्छ ।
पोषक भोजनको फाइदाः
उक्त जर्नलमा भनिए अनुसार कस्तो खाना खाने हो, यो कुरा धेरै महत्वपूर्ण छ, न कि क्र्याश डाइटिङ अचानक पूरा खानपाननै बदल्ने भने हैन ।
यस लेखका प्रमुख अनुसन्धानकर्ता डा. असीम मल्होत्रा हुन, उनले बताए अनुसार भूमध्यसागरीय भोजन राम्रो हुनुमा वैज्ञानिक सबूत रहेको छ । उनी भन्छन कि हामीले मानिसहरूलाइ यो कुरामा जोड दिनु पर्दछ कि उनीहरू पोषक तत्वहरू भएको भोजन खाउँन ।
उक्त लेखमा यो पनि भनिएको छ कि हृदयघात पछि यदि कोही मानिस भूमध्यसागरीय भोजन खान थाल्दछन भने यो खानाले कोलेस्ट्रोललाइ कम गर्नमा तीन गुणा धेरै प्रभावशाली हुने गर्दछ ।
medianp.com
एजेन्सी । पछिल्लो केहि समय एता सेल्फी क्रेजले विश्वभर नै बिषय बस्तु बनि फैलिरहेको छ । आजको २१ औ सताब्धिमा हरेक सँग सुविधायुक्त र राम्रो क्यामेरा भएका मोबाइल फोनबाट सेल्फी लिन अहिले युवायुवती मरिहत्ते गर्छन् ।

तेस्तै घटना सार्बजनिक भएको छ, सेल्फी लिनका लागि हत्ते गर्दा रुसमा दुर्इ युवतीले भने जीवन मरणको दोसाँधमा अस्पताल पुग्नुपरेको छ । रूसको दक्षिणी शहर ट्यागनरोगमा एक १५ वर्षीया दुर्इ युवतीले सेल्फी लिन खोज्दा अस्पताल पुग्नु परेको हो । ती युवतीहरुले मालगाडीको छतमा चढेर सेल्फी लिन खोज्दा कालको मुखमै पुग्नुपर्यो ।

गाडीको छतमाथि चढेर दायाँ बायाँ बिचारै नगरी उनीहरु सेल्फी लिनमै मग्न भए । गुडिरहेको गाडीमाथि सेल्फी लिन मग्न भइरहेका बेला उनीहरुले विजुलीको नाङ्गो तारमा छुन पुगेपछि करेन्ट लाग्दा उनको अवस्था चिन्ताजनक भएको हो ।

 घटनापछि अनुसन्धानका लागि घटनास्थलमा पुगेको प्रहरीले युवतीको लापरबाहीले उनलार्इ करेन्ट लागेको जानकारी दिएका छन् । तास समाचार एजेन्सीका अनुसार सेल्फीमा मग्न दुबै युवतीलार्इ करेन्ट लागेको छ । उच्च भोल्टेजको तारबाट करेन्ट लाग्द दुबैजनाको अवस्था चिन्ताजनक रहेको अन्तराष्ट्रिय समाचार माध्यमले जनाएको छ ।

 बेलायतको पत्रिका डेली मिररका अनुसार गत मेमा पनि सेल्फी लिने क्रममै १८ वर्षीया एक युवतीको ज्यान गएको थियो । उनी पनि रेलमा चढेर सेल्फी लिइरहेकी थिइन् । त्यो बेला उनलार्इ २७ हजार भोल्टको तारबाट करेन्ट लागेपछि ज्यान गएको थियो ।
विवाह भनेको के हो ?

बिबाह त्यस्तो प्रक्रिया हो, जसले अलग परिवारका दुई विपरीत लिङ्गी व्यक्तिलाई एक सूत्रमा बाँध्छ र यो सामाजिक, धार्मिक तथा कानूनी रुपले मान्य हुन्छ । महिला तथा पुरुष विभिन्न आर्थिक वा सामाजिक कार्यमा सहभागी बन्नु, यौन सम्बन्धमा संलग्न हुनु तथा यौन इच्छाको परिपूर्ति र यौन सन्तुष्टि प्राप्त गर्नु, सन्तान उत्पत्ति गर्नुकासाथै तिनको लालनपालन एवं सामाजिकीकरण गर्नु विवाहको प्रमुख कार्य हो । विवाह स्त्री र पुरुषबीच बलियो सम्बन्धको गाँठो स्थापित गराइ पारिवारिक जीवनमा प्रवेश गराउने एक सामाजिक प्रक्रिया हो ।



विवाहको परिणामस्वरुप महिला पुरुषमा धेरै दायित्वबो सृजना हुन्छ । यस्तो गहन दायित्व बहन गर्न महिला तथा पुरुष आर्थिक, मानसिक तथा भावनात्मक रुपमा पूर्ण विकसित भएको अवस्थामा मात्र सक्षम हुन्छन् । मानव जीवनको विकासक्रमलाई हेर्दा शारीरिक, मानसिक तथा सामाजिक विकास पूर्ण हुन पूर्ण किशोरावस्था वा १९ बर्ष पार भएको हुनुपर्दछ । किशोरावस्थामै हुँदासम्म चाहिँ शारीरिक तथा मानसिक विकासको क्रम जारी नै रहने र शैक्षिक तथा जीवनपयोगी सीप सिक्ने कुरा पनि पूर्ण विकास भइसकेको हुन्न ।




विवाह गर्ने उपयुक्त उमेर र कानुनी प्रावधान
उमेरले मात्र विवाह गर्न योग्य वा सक्षम भयो भनेर मान्न सकिन्न । व्यक्ति आफुले जिम्मेवारी लिन सक्ने, शारीरिक तथा मानसिक स्थिति सन्तुलन भएको र घर परिवार धान्न सक्ने व्यक्तिले विवाह गर्न उपयुक्त हुन्छ भनेर मानिन्छ ।




युवतीको विवाह गर्ने उपयुक्त समय
शारीरिक र मानसिक विकास पूर्ण तबरले भईसकेपछि ;
सुखी परिवार बनाउनको लागि लोग्नेसँग सरसल्लाह र समझदारी कायम गर्न सक्ने भएपछि ;
शिक्षा हासिल गरी सकेपछि ;
आत्मनिर्भर, परिपक्व र आत्मविश्वासी भई सकेपछि ;
आयआर्जन गर्नका लागि सीप तथा दक्षता हासिल गरी सकेपछि ;
बच्चाको स्याहार–सुसार राम्ररी गर्न सक्ने भएपछि ;
आफ्नो र बच्चाको स्वास्थ्य हेरबिचार गर्ने राम्रो जानकारी राख्न सक्ने भएपछि ;
यी सबै कुरा हुन युवतीको उमेर कम्तिमा पनि २० बर्ष पुगिसकेको हुनुपर्दछ ।




युवाको विवाह गर्ने उपयुक्त समय
शारीरिक र मानसिक तवरले पूर्ण परिपक्व भएपछि ;
शिक्षा हासिल गरी सकेपछि ;
आयआर्जन गर्न सक्ने भएपछि ;
आफ्नो र परिवारको जिम्मेवारी लिन सक्ने भएपछि ;
सुखी परिवारको लागि श्रीमतीसँग सरसल्लाह र समझदारी कायम गर्न सक्ने भएपछि ;
सुखी परिवार बनाउनमा महिला र पुरुषको उत्तिकै सहभागिता हुनु जरुरी छ ।


स्रोत : युवा तथा किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी निर्देशिका पुस्तक
२७ जेठ, काठमाडौं ।
नेपाल टेलिकमले भूकम्पका कारण ४ महत्वपूर्ण सेवा बन्द गरेको छ । भूकम्पका कारण कार्यालयका संरचना भत्किएपछि टेलिकमको चर्चित १९७ को सोधपुछ सेवा सहित १९८ र१४९८ को मर्मत तथा आकश्मिक सूचना दिनर् १२३४ सेवा बन्द भएको हो ।


टेलिकमको कार्यालय रहेको चाइना टाउनस्थित भवन असुरक्षित भएको भन्दै कर्मचारीले काम गर्न अस्वीकार गरेपछि यी सेवा बन्द भएका हुन् ।

भूकम्पको समयमा सबैलाई निशुल्क सेवा दिएको र ठूलो सहयोग गरेको टेलिकमका महत्वपूर्ण सेवा भने भुकम्पकै कारण बन्द भएका छन् । यी सेवा पुनः सूचारु कहिले हुने भन्ने टेलिकमले प्रष्ट पारेको छैन ।
काठमाडौं । भन्छन महिलाको पेटमा कुनै गोप्य कुरा धेरै समय टिक्न सक्दैन । महिलाले जानेरै वा नजाने रै त्यो कुरालाई कसैलाई न कसैलाई बताएका हुन्छन् । यो तथ्यसँग जोडिएको प्रसङ्ग महर्षि वेदव्यासद्धारा लेखिएको महाभारतमा पनि पाइन्छ ।


उनका अनुसार महाराज युधिष्टिरले नारी जातीको यो श्राप दिएका थिए कि संसारका समस्त स्त्रीले कुनैपनि बात गोप्य राख्न सक्दैनन् । यो श्राप सँग जोडिएको प्रसङ्ग यस प्रकार छ ।
१ युधिष्ठिरको श्राप कुन्तीलाई
महाभारतको शान्ति पर्वको अनुसार युद्ध समाप्त भइ सकेपछि जब कुन्तीले युधिष्ठिरलाई बताईन कर्ण तिमिहरुको ठूलो भाई थिए । तब त पाण्डवहरूलाई अत्यन्तै दुःख लाग्यो । त्यसपछि युधिष्ठिरले विधि–पूर्वक कर्णको अन्तिम संस्कार गरे । आमा कुन्तीले जब पाण्डवलाई कर्णको जन्मको रहस्य बताईन् त्यो शोकमा आएर युुधिष्ठिरले सम्पूर्ण स्त्रीजाती श्राप दिए आजदेखि कोही पनि स्त्रीले कुनै पनि कुरा लुकाएर राख्न नसकोस् ।
२ पाण्डुलाई ऋषि किदमको श्राप
महाभारतको अनुसार एक पटक राजा पाण्डु शिकार खेल्न वनमा गए ।उन्ले त्यहाँ हरिणको जोडीको मैथुन संलग्न भएको देखे र त्यैबेलामा बाण चलाइ दिए । वास्तवमा हरिण र हरिणीऋषि किंदम र उनकी पत्नी थिए । त्यै बेलामा किंदमले राजा पाण्डुलाई श्राप दिए जब तिमी कुनै स्त्रीको साथ मिलन गर्नेछौ त्यही समय तिम्रो मृत्यु हुनेछ । यही श्रापको कारण जब उनले रानी माद्री सँग सम्भोग गरी रहेका थिए त्यही बेलामा उनको मृत्यु भयो ।
३ नारद मुनीको श्राप भगवान विष्णुलाई
शिव पुराणको अनुसार एक पटक देवऋषि नारद एक युवती प्रति मोहित भए । त्यो कन्याको स्वयम्बरमा उनी भगवान विष्णुको रुपमा वहाँ पुगे तर भगवानको माया ले उनको मुख बाँदरको जस्तो भयो । भगवान विष्णु पनि स्वयंवरको बेलामा पुगे । उनलाई देखेर युवतीले भगवानलाई वरण गरिन् । यो देखेर नारद मुनी बहुतै क्रोधित भए र उनले भगवान विष्णुलाई श्राप दिए कि जसरी तैले मेरो स्त्रीलाई व्याकुल बनाई दिईस त्यसै प्रकारले तँ पनि स्त्री विरहका दुःख भोग्ने छस् । भगवान विष्णुले राम अवतारमा नारद मुनीको यस श्रापको पुरा गरे ।
४ माण्डब्य ऋषिको श्राप यमराजलाई
महाभारतको अनुसार माण्डव्य नामको एक ऋषि थिए । राजाले भूलबश उन्हे चोरीको दोषी मानकर सुलिपर चढाउने सजाया दिए । सुलीमाथि केही दिन सम्म चढी रहे पछि जब उनको प्राण निस्केन तब राजाको आÏनो गल्तीको महसुस भयो रउन्ले ऋषि माण्डव्यले क्षमा मागेर उनलाई छोडि दिए । ऋषि यमराज भएको ठाउँमा पुगे र उनले भने मैले आÏनो जीवनमा यस्तो कुन अपराध गरें कि मलाई यस प्रकारको झुठो आरोपका सजायाँ मिल्यो । त्यसपछि यमराजले बताए कि जब तिमी १२ वर्षका थियौ तब तिमिले (एक फतींगे की पूंछ में सींक चुभाई थी,) त्यसैको फलस्वरुप तिमिलाईं यो कष्ट सहन प¥यो । तब ऋषि माण्डव्यले यमराजसँग भने कि १२ वर्षको उमेरमा कसैको पनि धर्म र अधर्मको ज्ञान हुँदैन । तिमीले सानो अपराधको ठूलो दण्ड दियौ । त्यसैले म तिमिलाई यो श्राप दिन्छु कि शुद्र योनीमा एक दासी पुत्रका रुपमा जन्म लिन परोस् । ऋषि माण्डव्यको यही श्रापको कारण यमराजले महात्मा विदुरको रुपमा जन्म लिए ।
५ नन्दीको श्राप रावणलाई
वाल्मीकि रामायणका अनुसार एक पटक रावण भगवानशंकर सँग मिल्न कैलाश गए । वहाँ उसले नन्दीको देखेर उनको स्वरुपको हाँसेर उडाए र उनले बाँदरको जस्तै मुख भएको भनिदिए । तब नन्दीले रावणको श्राप दिँदै भने कि बाँदरकै कारण तेरो सर्वनाश हुनेछ ।
६ कदु्रको श्राप आÏनो छोरालाई
महाभारतका अनुसार ऋषि कश्यपको कद्रु र विनता नाम की दुई पत्नी थिए । कद्रु सर्पको आमा थिइ र विनता गरुढ कि । एकपटक कद्रु र विनता ले एक सेतो रंगको घोडा देखे र शर्त लगाए । विनताले भनि कि यो घोडा पुरा सेतै हो र कद्रुले भनी सेतै हो तर पुच्छर कालो हो । कद्रुले आÏनो कुराको सहि सावित गर्नको लागि आÏनो पुत्र सर्पसँग भने कि तिमी सबै सुक्ष्म रुपमा गएर घोडाको पुच्छरमा टाँसिएर बस जसको कारण उनको पुच्छर कालो देखिनेछ र म शर्त जित्ने छु । कनै सर्पले कद्रुको कुरालाई मानेनन् । तब कुद्रले आÏना ति पुत्रलाई श्राप दिए र भने तिमीहरू सबै जन्मेजयको सर्प यज्ञमा भस्म हुनेछौ ।
७ उर्वशीको श्राप अर्जुनलाई
महाभारतको युद्धभन्दा पहिले जब अर्जुन दिव्यास्त्र प्राप्त गर्न स्वर्ग गए त्यहाँ उर्वशी नाम गरेकी अप्सरा उनलाई देखेर मोहित भईन । यो देखेर अर्जुनले उनलाई माता समान भएको बताए । यो सुनेर क्रोधित उर्वशीले अर्जुनलाई श्राप दिइन कि तिमी मर्द भएर पनि कस्तो नपुंसक को जस्तो कुरा गरेको त्यसैले तिमी नपुंसक भएर रहन परोस् । तिमी स्त्रीहरुपनि नर्तक बनेर बस्नु परोस् । यो कुरा अर्जुनले देवराज इन्द्रलाई बताए र उनीहरुले भने कि अज्ञातबासको क्रममा यही श्राप तिमीलाई मद्दत गर्नेछ र तिमीलाई कसैले चिन्ने छैनन् ।
८ तुलसीको श्राप भगवान विष्णुलाई
शिव पुराणका अनुसार शंखचूड नामका एक राक्षस को पत्निको नाम तुलसी थियो । तुलसी पतिब्रता नारी थिई जसको कारण देवता पनि शंखचूडलाई बध(मार्न) गर्न असमर्थ थिए । देवताको उद्धारको लागि भगवान विष्णुले शंखचूढको रुप लिएर तुलसीको सतीत्व भङ्ग गरिदिए । तब भगवान शंकरले शंखचूढको बध गरे (मारी दिए)। यो कुरा जब तुलसीलाई थाहा भयो तब उनले भगवान विष्णुलाई पत्थर हुने श्राप दिइन् । त्यै श्रापको कारण भगवान विष्णुको पुजा शालिग्राम शिलाको रुपमा गरिन्छ ।
९ श्रृङ्गी ऋषिको परीक्षितलाई श्राप
पाण्डवको स्वर्गारोहण पछि अभिमन्यू को पूत्र परीक्षित ले शासन गरे । उसको राज्यमा सबै सुखि र सम्पन्न थिए । एक पटक राजा परीक्षित शिकार खेल्दै खेल्दै धेरै टाढा पुगे । जब उनले वहाँ शमिक नामका ऋषि देखे जो मौन अवस्थामा थिए । राजा परीक्षितले उनसँग गफ गर्न खोजे तर ध्यानमा भएको कारण ऋषिले कुनै जबाफ दिएनन् । यो देखेर परीक्षित बहुत रिसले क्रोधित भए र उन्ले एक मरेको श्राप उठाएर ऋषिको घाँटीमा राखि दिए । यही कुरा जब शमीक ऋषिलाई थाहा भयो उनले पनि श्राप दिइ हाले आजको सात दिन पछि तक्षक नागले राजा परीक्षितलाई टोक्ने छ र त्यही कारण उनको मृत्यु हुनेछ ।
१० राजा अनरण्यको श्राप रावणलाई
वाल्मीकि रामायणका अनुसार रघुवंशमा एक परम प्रतापी राजा थिए । उनको नाम अनरण्य थियो ।जब रावण विश्वविजय गर्न निक्ले तब राजा अनरण्य ले उसको भयंकर युद्ध भयो । त्यो युद्धमा राजा अनरण्य को मृत्यु भयो ।मर्नु भन्दा पहिले उनले रावणलाई श्राप दिए कि मेरै वंश मा उत्पन्न एक युवक तेरो मृत्युका कारण बने । यही वंशमा अगाडी गएर भगवान रामले जन्म लिए र रावणको बध गरे ।
११ कर्णलाई पर्शुरामको श्राप
महाभारतका अनुसार पर्शुराम भगवान विष्णुको अवतार थिए । सूर्यपूत्र कर्ण उन्का शिष्य थिए । कर्ण ले पर्शुरामको आÏनो परिचय एक सूत पुत्रको रुपमा दिए ।एक पटक जब पर्शुराम कर्णको काखमा शिर राखेर सुती रहेका थिए । त्यसै समयमा कर्णको एक भयंकर किराले टोकी दियो । गुरुको निद्रामा विघ्न नआओस भन्ने सोचेर कर्णले पीडा भोगी रहे तर उन्ले पर्शुरामको निद्राबाट उठाएनन् । निद्राबाट उठे पछि जब पर्शुरामले यो देखे त उनले सम्झे कर्ण सूतपुत्र होइन पक्कै क्षत्रि नै हुनुपर्छ । तब क्रोधित भएर पर्शुरामले कर्णलाई श्राप दिए कि मैले सिकाएको शस्त्र विद्या तिमीलाई सबैभन्दा बढी आवश्यक परेको बेलामा काम लाग्ने छैन । किनकी तिमीले त्यस विद्यालाई भूल्ने छौ ।
१२ रावणलाई तपस्विनीको श्राप
वाल्मीकि रामायण का अनुसार एक पटक रावण आÏनो पुष्पक विमान बाट कहिँ जाँदै थिए । तब त्यस समय एउटा सुन्दर आइमाई देखिई । जो भगवान विष्णुको पतिको रुपमा पाउनको लागि तपस्या गरी रहेकी थिई । रावणले उनको कपाल समातेर हिँड्न भने तर त्यो तपस्विनीले त्यही क्षण आÏनो देह त्याग गरी र रावणलाई श्राप दिई तेरो मृत्यु आइमाइकै कारण हुनेछ ।
२७ जेठ, काठमाडौं ।

विनाशकारी भूकम्प भएको २ महिना हुन लागिसक्यो । पराकम्पनको क्रम भने रोकिएको छैन । आज पनि दिउसो पराकम्प भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पछिल्लो पराकम्पन १ बजेर ३६ मिनेटमा सिन्धुपाल्चोक केन्द्र भएर ४ दशमलव ३ रेक्टर स्केलको मापन गरिएको छ । यस अघि हिँजो राति २ बजेर ५० मिनेटमा सिन्धुपाल्चोक केन्द्र भएर ४ दशमलव २ रेक्टर स्केलको पराकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

टेबल हे्नुस्


बैशाख १२ को विनाशकारी भूकम्पछि नेपालीहरु भूकम्पका पराकम्पसँग अभ्यस्त भैसकेका छन् । बैशाख १२ गतेको मुख्य भूकम्पपछि नेपालमा हजारौंको संख्यामा भूकम्प अर्थात पराकम्पनका धक्का महसुस भएका छन् । यस्ता धक्का ठूलो भूकम्पपछि महिनौं सम्म गैरहन सक्ने उनीहरुको भनाइ छ ।
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home