• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
बुधबार, २ मंसिर
एजेन्सी । पेरिसको उत्तरी क्षेत्रमा फेरी गोली चलेको छ । फान्सको टोलिभिजन च्यानल बीएफएमटीवीले दिएको समाचार अनुसार गोली चल्दा प्रहरी समेत घाइते भएको बताएको छ ।
समाचार अनुसार आकंतवमदी समुहको अप्रेसनका लागि गरेको टोलीमाथि आएएसका समुहले गोली प्रहार गरेको बताइएको छ ।
प्रहरीका अनुसार अहिले दुबै तर्फबाट गोली चलेको जनाएको छ ।
सुरक्षालाई मध्यनजर गर्दै पेसरसको सेन्ट डेनिस वरपरका क्षेत्रमा सडक बन्द गरिएको छ।
गत शुक्रबार राति आतङ्ककारीले हमला गरेका कैयौँ क्षेत्रहरुमध्येको एक हो ।
सो क्षेत्रमा अहिले पनि आतङ्ककारी हमलामा सम्लग्न व्यक्ति तथा प्रमाणहरु रहेको अनुमानको आधारमा प्रहरीले सो क्षेत्रलाई नै निगरानीमा राखेको छ ।
प्रहरीले ती हमलाकारीहरुलाई खोजी गर्ने क्रममा नयाँ नयाँ तथ्यहरु फेलापारेको जनाएको छ ।
फान्सले आकंतककारीको खोजी र अनुसन्धानको लागि करिब १५०० सय सुरक्षाकर्मी परिचालन गरेको बिबिसीले जनाएको छ ।
यस अघि शुक्रबार चरमपन्थी समुह आइएसले पेसिसको बिभिन्न स्थानमा श्रृखलाबद्ध आक्रमण गर्दा १२९ जनाको ज्यान गएको थियो ।
nepalsandesh
२ मंसिर, काठमाडौं। अमेरिकी राष्ट्रपति बाराक ओबामाले प्रतिदन्द्धी मुलुक रसियाको प्रशंसा गरेका छन्। फ्रान्समा भएको आत्मघाती हमला यता विकास भएको घट्नाक्रपछि राष्ट्रपति ओबामाबाट यसअघि ‘दुर्लभ’ मानिएको टिप्पणी सार्वजनिक भएको हो ।

ओबामाले सिरियाको समस्या समाधान गर्ने रचनात्मक भुमिका खेलेको भन्दै रसियाको यस्तो प्रसंशा गरेका हुन। उनले रसियाले सिरियामा जारी सैन्य आक्रमणलाई इस्लामिक स्टेटमाथि केन्द्रित गरे अमेरिका र रसियाबीच राम्रो सन्वन्ध बन्ने समेत बताए।

ओबामाले अष्ट्रियाको भियानामा भएको अन्तराष्ट्रिय बैठकमा राजनैतिक रुपान्तरणका लागि रचनात्मक सहयोगीको भुमिका खेलेको प्रसंग उल्लेख गर्दै रसियाको प्रशंसा गरेका हुन्।

ओबामले भने- तर हामीबीच सिरियन शासक बशर अल असदको भविष्य र रसियाले असदलाई जोगाउन खेलेको सैन्य भुमिकालाई लिएर अझै मतभिन्नता छन्। रसिया अझै पनि असदलाई सत्तामा राखिराख्न किन उत्सुक छ ठुलो खोजीको विषय छ।’
तर यी मतभिन्नताले पनि हामीलाई अगाडी बढ्न रोकेको छैन् भन्दै ओबामाले रसियाले सिरियामा जारी सैन्य आक्रमणलाई असदलाई जोगाउन जोडेर इस्लामिक स्टेट विरुद्द केन्द्रित गर्ने आसा रहेको बताए ।

ओबामाले राष्ट्रपति भ्लादिमिर पुटिन र रसियन सेनाले आफ्नो आक्रमण परिवर्तन गरेर मुख्य खतरा इस्लामिक स्टेटमाथि केन्द्रित गरेको हेर्न चाहेको बताए ।यसो भएमा अमेरिकाले रसियाको स्वागत गर्ने समेत उनले बताए । ओबामाले मनिलामा फिलिपिनी राष्ट्रपति बेनिंङनो एक्विनोसंगको भेटवार्ता पछि यस्ता टिप्पणी गरेका हुन्।

केहि समय यता निकै बिग्रिसकेको अमेरिका रसिया सम्वन्ध सिरियामा बढ्दै गएको समस्या र फ्रान्समा भएको आत्मघाती हमालपछि सुधार तर्फ उन्नुख हुनसक्ने संकेत देखिएका छन्।nepaliheadlines
काठमाडौं, २ मंसिर । फ्रान्सको राजधानी पेरिसमा हमला भएको एकसाता नबित्दै मंगलबार राति उत्तर-पूर्वी नाइजेरियाको योला शहरमा आतंकवादी हमला भएको छ ।
विभिन्न ठाउँमा भएको बम हमलामा परी ३२ जनाको मृत्यु भएको छ । फल बजारमा भएको विस्फोटमा ८० भन्दा बढी मानिस घाइते भएका छन् । त्यहाँको रेडक्रस र नेशनल इमरजेन्सी म्यानेजम्यान्ट एजेन्सी (नेमा)ले यो खबरको पुष्टि गरेको छ ।
प्राप्त समाचारअनुसार बम धमाका राति ८ बजे भएको थियो । अहिलेसम्म यो आतंकवादी हमलाको कुनै संगठनले जिम्मा लिएको छैन् । तर, तो हमलाको पछाडि खतरनाक आतंकवादी संगठन बोको हरामको हात रहेको आशंका गरिएको छ ।
घटनापछि नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारीले दुःख व्यक्त गरेका छन् । यसअघि फ्रान्सको राजधानी पेरिसमा राति ९ बजे भएको आतंकवादी हमलामा १३२ जना मारिएका थिए । घटनाको जिम्मा अतिवादी संगठन आइएसले लिएको थियो । (एजेन्सीको सहयोगमा)
dainiknepal
काठमाडौं, २ मंसिर । भारत-पाकिस्तान सीमा क्षेत्रमा दोहोरो भीडन्त भएको छ । जहाँ एक भारतीय सेनाका कर्नेल मारिएका छन् ।
भारत र पाकिस्तानको विवादास्पद क्षेत्र जम्मू-कश्मीरको कुपवाड़ामा पाकिस्तानी लश्करका सदस्यहरुको मुठभेडमा कर्नेल सन्तोष महादिक मारिएका हुन् ।
उनी ४१ राष्ट्रिय राइफल्सका कमांडिंग अफिसर थिए । भारतीय समाधार संस्था आजतकका अनुसार सर्च अपरेशनका क्रममा उनको टीममाथि भारत–पाकिस्तान सीमा नाका हाजीको घना जंगलमा आक्रमण भएको थियो । सोमवार राति भएको मुडभेडमा छातिमा गोली लागेर उनी गम्भीर घाइते भएका थिए ।
मंगलबार विहानै उनको मृत्यु भएको हो । घटनापछि भारतीय प्रहरी र सेनाको संयुक्त टीमले पाकिस्तानी लश्करबीच कयौं घण्टा दोहोरो भीडन्त भएको थियो । जसमा प्रहरी अधिकारीसहित भारतीय सेनाका चार कर्मचारी घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।
पाकिस्तानी लश्करले जम्बू–कश्मीर स्वतन्त्रताको माग गर्दै आएको छ । हाल जबमू कश्मीर भारतको नियन्त्रणमा छ ।
dainiknepal
काठमाडौं – चीन भ्रमणको जाने टाली छनौट संस्थागत नभएको भन्दै सत्तारुढ दुई दल एमाले र एकीकृत

माओवादीभित्र असन्तुष्टि देखिएको छ । एमाले र एमाओवादीका २०–२० जनाको टोली एक महिने अध्ययन भ्रमणका लागि मंगलवार चीन भ्रमण गएका थिए । एमालेभित्र महासचिव ईश्वर पोखरेलले र एमाओवादीभित्र पार्टी उपाध्यक्ष तथा विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठले आ–आफ्नो अनुकुलताम टोली छनौट गरेर पठाएको भन्दै दुवै पार्टीमा असन्तुष्टि देखिएको हो ।
ratopati भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं । यस क्षेत्रका सातवटा (अहिले आठ) देशबीच सार्वभौमिक समानता, राजनीतिक स्वाधिनता, आन्तरिक मामिलामा अहस्तक्षे र पारस्परिक हितको निम्ति गठित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को अध्यक्ष केपी ओली र सदस्य नरेन्द्र मोदीबीच तिक्तता यही रुपमा जारी रहने हो भने यस्तो संगठनको औचित्य के रहला ? यसअघि सन् २००२ को जनवरीमा त्यही भारतले आफ्नो आकास प्रयोग गर्न नदिँदा पाकिस्तानी राष्ट्रपति परवेज मुसर्रफ चीनको बाटो भएर सार्क सम्मेलनमा भाग लिन नेपाल आएका थिए ।
ठ्याक्कै एक वर्षपछि भारतसँग तिक्ततापूर्ण सम्बन्ध रहेको पाकिस्तानमा अर्को सार्क सम्मेलन आयोजना हुँदैछ । बंगलादेश, श्रीलंका, माल्दिभ्स कसैसँग पनि भारतको सम्बन्ध सुमधुर छैन । यस्तोमा फेरि प्रश्न उठ्छ, जब छिमेकीबीच सम्बन्ध सौहार्दपूर्ण बन्न सक्दैन भने दुःखमा रुन र सुखमा हाँस्न बनाइएको गुठीको के महत्त्व ? पाँच वर्षको तयारीपछि सन् १९८५ को डिसेम्बर ८ तारिखका दिन बडापत्र जारी गर्दै ढाकामा यो संगठनको स्थापना भएको हो । जनआस्था साप्ताहिकमा खबर छ ।
dainiknepal
२ मंसिर, काठमाडौं ।

सरकार र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज निर्णायक वार्ता हुने भएको छ । वार्ता दिउँसो ४ बजे सिंहदरवारमा हुने वार्ता गर्ने प्रमुख जिम्मेवारी पाएको एकीकृत माओवादीका अध्यक्ष प्रचण्डका स्वकिय सचिव चुडामणी खड्काले जानकारी दिए ।

प्रचण्डले हिजो र अस्ती मोर्चा र कांग्रेस एमालेका नेताहरुसँग अनौपचारिक छलफल गरेपछि आज औपचारिक वार्ता हुन लागेको हो । आजको वार्तामा मोर्चाले राखेको प्रमुख अडान प्रदेशको सिमांकनमा केन्द्रीत हुने नेताहरुले बताएका छन्

सीमाङ्कन, जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्रको निर्धारण, समानुपातिक तथा समावेशी प्रतिनिधित्वलगायत विषयमा ठोस प्रस्ताव आए आफूहरू सहमतिका लागि तयार भएको सन्देश मोर्चाको तर्फबाट आएपछि औपचारिक वार्ता हुन लागेको हो ।

सरकारमा सहभागी दलका तर्फबाट वार्ताको वातावरण बनाउने र सहमतिको आधार तयार गर्ने जिम्मा पाए पछि प्रचण्ड सकृय भएका हुन । मोरङ र सुनसरी टुक्राएर प्रदेश नम्बर २ मा राख्ने, कैलाली टुक्राएर थरुहटको माग सम्बोधन गर्न सकिने प्रचण्डको प्रस्ताव छ ।

यो प्रस्तावमा मोर्चामा रहेका सबै दल सहमत भए पनि राजेन्द्र महतोले सहमती जनाउन नसक्ने बताइएको छ । श्रोतका अनुसार आजको बैठकमा यही प्रस्तावमा सहमती हुन सक्ने सम्भावना भएपछि महतोको सदभावनाले आजको बैठक वहिस्कार गर्ने बताएको छ ।

सदभावना पार्टीका अध्यक्ष महतो र सहअध्यक्ष लक्ष्मणलाल कर्ण वार्तामा सहभागि हुने गरेका थिए । तर आफूहरु विरगञ्जमा रहेको र अहिलेसम्म वार्ताको जानकारी आफूले नपाएको र जानकारी आए पनि वार्तामा सहभागि नहुने कर्णले बताए ।

nepaliheadlines
नवलपरासि, मंसिर २ । नाकाबन्दी खुल्ने संकेत नदेखेको भन्दै नवलपरासीको महेशपुरस्थित सीमावर्ती ठूठीबारी बजारमा किनमेलका लागी सर्वसाधारण नेपालीहरुको भिडभाड बढेको छ ।
नाकाबन्दीसँगै आन्दोलनरत मधेसी मोर्चाले फेरी बन्द हड्ताललाई निरन्तरा दिने जनाएपछि सर्वसाधरणहरुको दैनिक उपभोग्य सामाग्री खरिदका लागी भिडभाड बढेको हो ।
नाकाबन्दी सँगै फेरी हुने बन्दले दैनिक उपभोग्य सामाग्री अभाव हुने भन्दै सर्वसाधरणले लामो समय सम्मका लागी जोहो गर्न सामान खरिद गर्न थालेका छन् ।
जसले गर्दा ठूठीबारी बजारका पसलहरुमा नेपाली सर्वसाधारणहरुको भिडभाड बढेको छ । सीमावर्ती ठूठीबारी बजारमा अहिले रुपन्देहीको खैरहनीदेखि चितवनसम्मका सर्वसाधारणहरु किनमेलका लागी पुग्ने गरेका छन् ।
तीन महिनादेखि बन्द हुँदै आएको परासी क्षेत्रलाई तिहारदेखि छठपर्वसम्मका लागी भन्दै मोर्चाले खुला गरेपछि किनमेलका लागी ठूठीबारी बजारमा चहलपहल बढेको हो । साउन २५ देखि परासी क्षेत्रसहित दक्षिण भेग मोर्चाको बन्दका कारण ठप्प बन्दै आएको थियो ।
imagekhabar.com
बुधबार, २ मंसिर
काठमाडौ । खाना पकाउने एलपी ग्याँसको अभावमा नेपालीका घरमा चुलो नबलेको खबरसँगै अनेकौँ मिठा–नमिठा घटना जन्मिन थालेका छन् ।
‘जाबो सिलिण्डर’ खोज्न नसक्ने पतिका रिस फेर्न पत्नी खाली सिलन्डर र तीन महिनाको गर्भसहित अर्कोसँग हिडेकी छन् ।
इन्धन वितरणमा धक्काधक्की नचलोस् भनेर सुरक्षामा तैनाथ प्रहरीलाई रुनु न हाँस्नु बनाउँदै बालाजुकी सोममायाँ तामाङ ग्याँसको लाइनबाटै कात्तिक १८ गते अर्को झिल्केसँग हिडिन् ।
‘बज्याले स्वास्नी त लग्यो–लग्यो, ग्याँसको खाली सिलिण्डर चाँहि किन लानुपरेको ? त्यो सिलिन्डर लगुन्जेल प्रहरी किन हेरेर बसेको ?’ बालाजु प्रहरी बृतमा सोममायाँकी पति दाबी गर्ने एकजना तन्नेरी होहल्ला गर्न पुगे ।
बिचरा प्रहरीसँग के उपाय होस् र, सिलिन्डर सहित हिँडेकी अर्काकी पत्नि उभ्याइदिने ।होटल चलाएर गुजारा गर्ने दम्पति ग्यास अभाव हुनु अघिसम्म एकदमै मिल्थे ।
प्रहरीकोमा उजुरी गर्न पुग्दा सोममायाँकी श्रीमान भन्दै थिए, ‘एक दिन एउटा ट्याक्सी ड्राइभरले हाफ् सिलिन्डर ग्याँस ल्याइदिएपछि त्यसैलाई पुजा गरौँलाझैं गर्थी, अन्तिममा त त्यहिसँगको पो हिँडिछ ।’ पति भन्छन ‘पत्नि चाहिएन, सिलिण्डर फर्का्दिए हुन्थ्यो ।’
उनी पत्नि लैजाने झिल्केलाई सराप्छन ‘तीन महिनाको गर्भवति पनि नभन्ने कस्तो पापी रै’छ बज्या ।’ प्रहरीले न उनको पत्नि खोजिदिन सक्यो न सिलिण्डर नै । आजको जनआस्थामा खबर छ ।
nepalsandesh
नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्का र निगमको थानकोट इन्धन डिपो प्रमुख रविन कुमार शर्माको मिलेमतोमा पेट्रोलियम पदार्थको व्यापक कालोबजारी भएको रहस्य सार्वजनिक भएको छ । नेपाल आयल निगमसम्बद्ध स्रोतका अनुसार डिपो प्रमुख शर्मा निगमका आधिकारिक बिक्रेताहरुलार्ई बाइपास गर्दै कमिसनको भरमा नियमविपरीत पेट्रोलियम पदार्थको सिधै बिक्रीवितरण गरेर करोडौँ रकम असुल्न सफल भएका छन् ।

डिपो प्रमुख शर्माले आर्थिक प्रलोभनमा डिपोबाटै तीन हजार लिटरदेखि १२ हजार लिटरसम्म पेट्रोलियम पदार्थ लोड गरेर विभिन्न व्यापारिक आवरणमा तस्करी एवं कालोबजारीमा संलग्न व्यक्तिहरुको घर एवं व्यापारिक प्रतिष्ठानहरुमा ट्यांकर पठाउने गरेको र उक्त धन्दाबाट आएको कमिसनमध्येको ५० प्रतिशत रकम निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्कालाई बुझाउने गरेको निगमको केन्द्रीय कार्यालयमा कार्यरत एक कर्मचारीले नाम नछाप्ने शर्तमा जानकारी दिए । उनका अनुसार डिपो प्रमुख शर्माले विभिन्न अत्यावश्यकीय प्रयोगको लागि भन्दै विभिन्न होटल, क्रसर उद्योग र केही कलकारखानाहरुसँग मोटो रकम असुलेर ट्यांकरमार्फत सिधै पेट्रोलियम पदार्थ उपलब्ध गराएर कालोबजारीलाई टेवा पु¥याएका छन् ।

विवादास्पद पृष्ठभूमिका डिपो प्रमुख शर्मा विगत दुई वर्षदेखि थानकोट डिपोमा मस्ती गर्दै आइरहेका छन् । नेपाल आयल निगमको प्राविधिक ओभरसियर रहेका शर्मालार्ई निगमको तत्कालीन व्यवस्थापनले कर्मचारी प्रशासन विनियमावलीको परिच्छेद ५ को दफा ५(४)मा निगमको अधिकृतका लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक उपाधि प्राप्त हुनुपर्ने व्यवस्थालार्ई लत्याउँदै २०५२ सालभन्दा अगाडि सेवा प्रवेश गरेका कर्मचारीहरुको हकमा शैक्षिक योग्यतासम्बन्धी प्रावधानमा संशोधन गर्दै एक तहमुनिको शैक्षिक योग्यता हुनुपर्नेमा सो नहुने व्यवस्था कायम गरी २०६४ सालमा सिधै आठौँ तहमा बढुवा गर्ने निर्णय गरेको थियो । स्नातक तह उत्तीर्ण नगरेका उनलार्ई आठौँ तह अधिकृत पदमा बढुवा गर्ने निगम व्यवस्थापनको उक्त निर्णयविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । उक्त उजुरी सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मालार्ई नियमविपरीत बढुवा गरिएकाले घटुवा गर्न निर्देशन दिँदै पत्र काटे पनि उनको व्यक्तिगत फाइल नै गायब पारेर उनलार्ई थानकोट डिपो प्रमुख बनाइएको स्रोतको दाबी छ ।

यता, निगमअन्तर्गतका कार्यालय प्रमुख, अधिकृतस्तरका कर्मचारी एउटै कार्यालयमा दुई वर्ष र सहायकस्तरका पाँच वर्षभन्दा बढी समय काम गर्न नपाउने स्पष्ट व्यवस्था निगमको कर्मचारी प्रशासन विनियमावलीको परिच्छेद ७ को १ (क)मा हुँदाहुँदै हालको निगम व्यवस्थापनले उनको सरुवा गर्न आवश्यक ठानेको छैन । दशौं तहको डिपो प्रमुख दरबन्दीमा नियम कानुन मिचेर आठ तहका शर्मालार्ई जिम्मेवारी दिइएको छ । यसअघि निगमको अत्यन्तै आकर्षक मानिने अमलेखगञ्ज डिपोमा एक वर्ष प्रमुख भएका उनलार्ई अख्तियारले अकूत सम्पत्ति आर्जन गर्नेहरुको सूचीमा निगमका अन्य केही कर्मचारीसहित उनको नाम समेत सार्वजनिक गरेको थियो । आजको आर्थिक दैनिकमा मदन भण्डारीले खबर लेखेका छन् ।

www.ratopati
एजेन्सी – अमेरिकाका संस्थापक पिता थोमस जेफर्सनले एकपटक भनेका थिए,‘बारम्बारको हल्का बिद्रोह राम्रो विषय हो र राजनीतिमा काम पनि लाग्छ तर ठूलो बिद्रोहले राजनीतिक उथलपुथल ल्याउँछ ।’

जेफर्सनको भनाइ मोदीको सन्दर्भमा समय सान्दर्भिक हुन सक्छ । अहिले मोदीविरुद्द पार्टीभित्रै ठूलै विद्रोहको संकेत देखिएको छ ।

दिल्ली र बिहार विधानसभा निर्वाचनमा लज्जास्पद हार भएपछि भारतको सत्तासीन भारतीय जनता पार्टी (भाजपा)मा देखिएको असन्तोष वा परितोष हटाउन सानो बिद्रोहको आवश्यकता देखिन्छ ।

मंगलबार साँझ मात्र भारतको पूर्वउपप्रधानमन्त्री एलके आणबाणीले नेतृत्व गरेको चार वरिष्ठ नेताहरुको समूहले प्रधानमन्त्री मोदी र अध्यक्ष अमित साहको चर्को आलोचना गरे । ‘पछिल्लो समय पार्टी पंक्तिभित्र देखिएको जोसहीनता नै पार्टी पराजयको मुख्य कारक तत्व हो,’ नेताहरुले संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन् ।
अहिले मोदीमाथि चौतर्फी आलोचना भइरहेको छ, स्वदेश अनि विदेश दुवै ठाउँमा । त्यसो त मोदीको प्रचार गरिएको तीनदिने बेलायत भ्रमणको पूर्वसन्ध्यामा उनी उनीमाथि नयाँ दिल्लीमा कठोर आलोचना गरिएको थियो, आजको राजधानी दैनिकमा खबर छ ।

ww.ratopati
बुधबार, २ मंसिर
अमेरिका। भारतको अघोषित नाकाबन्दीको विरोधमा एनआरएन अमेरिका लगायत संस्थाले संयुक्त राष्ट्र सङ्घ मुख्यालय भवनअगाडि विरोध प्रदर्शनपछि ज्ञापनपत्र बुझाएका छन् ।
मध्याह्न १२ बजे सुरु भएको कार्यक्रममा ठूलो सङ्ख्यामा उपस्थित नेपालीलाई अमेरिकी मूलका नागरिक र भारतीय मूलका शिखले समेत ऐक्यबद्धता जनाएका थिए ।
दुई महिनाभन्दा लामो नाकाबन्दीको कारणले नेपालमा अत्यावश्यक सामग्रीको समेत अभाव भइसकेको अवस्थामा समेत भारतीय पक्षबाट नाकाबन्दी खोल्ने कुनै चासो र सङ्केत नदेखाएको कारणले स राष्ट्र सङ्घको ध्यानाकर्षण गर्दै चाँडो नाकाबन्दी खोल्ने वातावरण बनाउन विरोध प्रदर्शन गरिएको एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलले बताए ।
विनाशकारी भूकम्पमा उद्धार गर्नुभएका र नाकाबन्दीका बेला केही समय नेपालमा नै रहनुभएका एनआरएन अमेरिकाका उपाध्यक्ष राम सी पोखरेल एउटा छिमेकीले यस्तो अवस्थामा पनि यसरी दुःख दिन्छ भनेर आफूले कल्पना समेत गर्न नसक्ने बताउँदै आफू टेक्सास राज्यबाट विरोध प्रदर्शनमा भाग लिन आएको बताए ।
nepalsandesh
बुधबार, २ मंसिर
काठमाडौं । भारतका एक प्रमुख सांसदले भारतले नेपालमाथि लगाएको ‘अनौपचारिक’ नाकाबन्दीका कारण अन्य वस्तुसँगै पेट्रोलियम पदार्थ, औषधि र खाद्यान्न आपूर्ति बन्द हुँदा आधारभूत मानवअधिकारको स्पष्ट रूपमा उल्लंघन भएको बताएका छन्।
केही दिनअघि परिवारसहित बिदा मनाउने क्रममा नेपाल आएका भारतीय बिजु जनता दलका सांसद तथागत सत्पथीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक पत्र पठाउँदै नेपालमा आमजनतामा फैलिएको भारतप्रतिको नकारात्मक धारणाबारे सचेत गराएका छन्।
‘भूकम्पबाट थिल्थिलिएको नेपालले भारतबाट महत्वपूर्ण सहयोगको अधिकार राख्छ। तर भारतले अहिले जे गरिरहेको छ त्यो स्पष्ट रूपमा आधारभूत मानवअधिकारको उल्लंघन हो,’ सत्पथीले उल्लेख गरेका छन् ।
‘हामीले नेपालीलाई थिल्थिलो पारेका छौं र नेपाली आमजनता भारतविरोधी बनेका छन् । सरदर नेपाली नागरिकको अवस्था हेर्दा उनीहरूलाई पेट्रोलको लामो लाइन, अवरुद्ध सार्वजनिक यातायात, औषधि र चिकित्सासम्बन्धी आधाभूत पूर्वाधार बन्द हुँदा उत्पन्न परिणामले स्वाभाविक रूपमा आक्रोशित गराएको छ,’ सांसद सत्पथीले प्रधानमन्त्री मोदीलाई लेखेको पत्रमा भनेका छन्।
पत्रमा उनले ‘नेपाल एउटा भूपरिवेष्टित मुलुक भएकै आधारमा भारतले ठूल्दाइको रबैया देखाउँदै अत्यावश्यक वस्तुहरूको आपूर्ति बन्द गर्नुपर्ने हो र ?’ भनी प्रश्न गरेका छन् । ‘मोदीजीबाट मैले पत्रको जबाफ पाएको छैन। तर नेपालभित्रको यथार्थ स्थितिबारे मोदीजीलाई जानकारी गराउन पाएकोमा म खुसी छु’, आजको अन्नपूर्णमा समाचार छ ।
nepalsandesh
वि.सं. २०७२ साल मंसिर २ गते। बुधबार। इश्वी सन् २०१५ नोभेम्बर १८ तारिख। नेपाल संवत् ११३६ कछला थ्व। कार्तिक शुक्लपक्ष। तिथि– सप्तमी, २१:३८ बजेउप्रान्त अष्टमी।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
प्रतिष्ठित काम गर्ने मौका छ। मातापिताको सहयोग प्राप्त होला। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम सम्पादन हुने समय छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
विशेष योजनाहरू बन्नेछन्। सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन्। व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ। भाग्योन्नतिको समय छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
केही चुनौतीहरू देखापर्न सक्छन्। बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। लगानी र श्रमको उचित मूल्य नपाइने समय छ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
अलि बाध्यताका काममा जुट्नुपर्ला। केही विवादमा समेत परिने योग छ, सचेत रहनुहोस्। तापनि, दिन मनोरञ्जनपूर्ण रहनेछ। व्यावसायिक यात्रा सम्भावना छ। आम्दानी प्रशस्तै बढ्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिने बेला छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ने समय छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। तपाईंको ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
दिन उत्साहपूर्ण रहला। सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। व्यापारमा भने कम मात्र फाइदा होला। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
ढिलासुस्तीले काम बिग्रन सक्छ। हातमा आएको मौका गुम्ने देखिन्छ, सचेत रहनुहोला। स्थायी सम्पत्तिमा केही विवाद आउला। परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउला। तापनि, बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई बिस्तारै सुधार गर्न सकिनेछ। महत्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछन्। पशु, भूमि र मातृधनबाट सामान्य लाभ मिल्नेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
अनुकूल समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषि–चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ। बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
सजिलै काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सहयोगीहरूले काममा साथ दिनेछन्। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
खर्च बढ्नुका साथै आर्थिक संकटले सताउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। दण्ड वा जरिवानामा परिने सम्भावना छ। छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ। तापनि, प्रतिस्पर्धाबाट सामान्य फाइदा उठ्नेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला। कृषि, पशुपालनमा आदिमा पनि सामान्य फाइदाकै समय छ। श्रमको मूल्यांकन भए पनि प्रतिफल तत्कालै नपाइएला। भएको आम्दानी र सञ्चित रकम समेत खर्चनुपर्ला। धेरै लगानीपछि कम प्रतिफल पाइने र अरूको भरण–पोषणमा खर्च हुने समय छ।

काठमाडौं: नेकपा माओवादीका महासचिव विप्लवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनद्वारा नोभेम्बर १२ मा जारी संयुक्त विज्ञप्तिमा नेपालविरुद्ध दिएको अभिव्यक्ति खेदजनक भन्दै त्यसका विरुद्ध राष्ट्रिय स्वाधीनताको संघर्षमा उत्रिन आह्वान गरेका छन्।

विप्लवले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मोदी सरकारले नेपालप्रति लिएको गलत नीतिमा डेभिड क्यामरुनले सहमति जनाउँदै संयुक्त हस्ताक्षर गर्नु विगतको बेलायती साम्राज्यवादको धङ्धङीमात्र हो वा नेपालप्रति उसले लिएको नीतिमा परिवर्तन आएको हो? हाम्रो पार्टी उक्त वक्तव्यमा व्यक्त अभिव्यक्तिले एउटा स्वतन्त्र राष्ट्रको राष्ट्रियता स्वाधीनतामाथिको ठाडो हस्तक्षेप भएकाले भत्र्सना गर्दछ।'

 नेपालमा जारी संविधान र वर्तमान राज्यव्यवस्थाले नेपाली जनताले विगतमा गरेका सबैखाले संघर्षबाट प्राप्त अधिकारलाई कटौती र कुण्ठित गरेकाले त्यसका विरुद्ध संघर्ष जारी रहेको पनि वक्तव्यमा उल्लेख छ। विप्लवले भनेका छन्, 'अधिकार प्राप्तिका लागि राज्यका विरुद्ध गरिने संघर्ष नेपालको आन्तरिक मामिला हो।

नेपालको आन्तरिक पक्षमा भएका संघर्षको अनुचित फाइदा उठाई केही समयदेखि भारतीय शासक वर्गको नेपालमा अनावश्यक र अस्वाभाविक क्रियाशीलता बढ्दै गएको छ।

मूल रूपमा नेपालको तराई र मधेसमा भएका आन्दोलनमा भारतीय शासक वर्ग त्यसमा पनि मोदी सरकारको रबैयाले नेपालको राष्ट्रियता, राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि ठाडो हस्तक्षेप गरेको छ। संविधान र सरकार निर्माणसँगै भारतीय शासक वर्गको यो हस्तक्षेपका विरुद्ध हामीले लगातार संघर्ष गर्दै आएका छौं।'
annapurnapost
काठमाडौं, २ मंसिर । सत्तारूढ दलहरूले सीमांकनमा विवादित भनिएका केही जिल्लाबारे मधेसकेन्द्रित नेतासमेत सम्मिलित उच्चस्तरीय राजनीतिक समितिले टुंग्याउने र हाल संसद्मा दर्ता भएको संशोधन प्रस्ताव पारित गर्ने दुई प्रस्तावसहित मधेसकेन्द्रित दलसँग वार्ता गर्ने भएका छन् ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रले प्रमुख प्रतिपक्षी दल कांग्रेससँग समेत परामर्श गरी यी दुई प्रस्ताव तयार गरेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
यी प्रस्तावसहित बुधबार मधेसी दलहरूसँग वार्ता हुँदैछ। तराई मधेसमा दुई प्रदेश बनाउने गरी गृहकार्य भइरहेको स्रोतले जनाएको छ।
मधेसकेन्द्रित दलका नेताहरूले सीमांकनसहितको प्याकेजमा सहमति खोज्ने गरी वार्ता गर्नुपर्ने अडान लिएपछि सत्ता पक्षका नेताहरू पनि सीमांकनलाई सम्बोधन गर्ने गरी संवाद गर्न तयार भएका हुन्।
बनमन्त्रीसमेत रहेका एमाओवादी स्थायी समिति सदस्य अग्नि सापकोटाका अनुसार कैलालीलगायतलाई विवादित जिल्लाका रूपमा राखेर विवाद समाधान गर्ने जिम्मेवारी राजनीतिक समितिलाई दिने र कांग्रेस नेतृत्वको सरकारको कार्यकालमा व्यवस्थापिका संसद्मा दर्ता भएको संविधान संशोधन विधेयकलाई आन्दोलनरत मधेसकेन्द्रित दलहरूको समेत सहमतिमा अगाडि बढाउने गरी सहमति खोजिँदैछ ।
dainiknepal
मोदीलाई भारतीय सांसदको आग्रह
काठमाडौं: भारतका एक प्रमुख सांसदले भारतले नेपालमाथि लगाएको 'अनौपचारिक' नाकाबन्दीका कारण अन्य वस्तुसँगै पेट्रोलियम पदार्थ, औषधि र खाद्यान्न आपूर्ति बन्द हुँदा आधारभूत मानवअधिकारको स्पष्ट रूपमा उल्लंघन भएको बताएका छन्।


केही दिनअघि परिवारसहित बिदा मनाउने क्रममा नेपाल आएका भारतीय बिजु जनता दलका सांसद तथागत सत्पथीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक पत्र पठाउँदै नेपालमा आमजनतामा फैलिएको भारतप्रतिको नकारात्मक धारणाबारे सचेत गराएका छन्। 'भूकम्पबाट थिल्थिलिएको नेपालले भारतबाट महत्वपूर्ण सहयोगको अधिकार राख्छ। तर भारतले अहिले जे गरिरहेको छ त्यो स्पष्ट रूपमा आधारभूत मानवअधिकारको उल्लंघन हो,' सत्पथीले उल्लेख गरेका छन्।

'हामीले नेपालीलाई थिल्थिलो पारेका छौं र नेपाली आमजनता भारतविरोधी बनेका छन्। सरदर नेपाली नागरिकको अवस्था हेर्दा उनीहरूलाई पेट्रोलको लामो लाइन, अवरुद्ध सार्वजनिक यातायात, औषधि र चिकित्सासम्बन्धी आधाभूत पूर्वाधार बन्द हुँदा उत्पन्न परिणामले स्वाभाविक रूपमा आक्रोशित गराएको छ,' सांसद सत्पथीले प्रधानमन्त्री मोदीलाई लेखेको पत्रमा भनेका छन्।

पत्रमा उनले 'नेपाल एउटा भूपरिवेष्टित मुलुक भएकै आधारमा भारतले ठूल्दाइको रबैया देखाउँदै अत्यावश्यक वस्तुहरूको आपूर्ति बन्द गर्नुपर्ने हो र?' भनी प्रश्न गरेका छन्।नयाँदिल्लीबाट अन्नपूर्णसँग टेलिफोनमा कुराकानी गर्दै सत्पथीले प्रधानमन्त्री मोदीलाई आफूले लेखेको पत्रको जबाफ पाइनसकेको बताए।

‘मोदीजीबाट मैले पत्रको जबाफ पाएको छैन। तर नेपालभित्रको यथार्थ स्थितिबारे मोदीजीलाई जानकारी गराउन पाएकोमा म खुसी छु', उनले भने ।
मोदीलाई लेखेको पत्रमा सांसद सत्पथीले भनेका छन्, 'तपाईं स्वयंले पनि केहीअघि नेपाल भ्रमण गर्नुभएको हो र हाम्रो दुई देशबीचको साझा इतिहासबारे तपाईंलाई जानकारी नै छ। तर अहिले त्यो मुलुकसँग हाम्रो निकै पुरानो सम्बन्ध समाप्त हुने चरणमा पुगेको छ।'

सत्पथीले भारतीय प्रधानमन्त्रीलाई विदेश मन्त्रालयका कर्मचारीबाट नेपालमा शान्ति तथा सुखको वातावरण छ भनेर रिपोर्ट पाइरहेको भएदेखि त्यसमा कुनै सत्यता नरहेको भन्दै कर्मचारीसँग विश्वास नगर्न पनि सुझाएका छन्।'मेरो आशंका छ नेपालप्रति हाम्रा कर्मचारीहरूका आफ्नै पूर्वाग्रह र स्वार्थहरू छन्,' पत्रमा छ।

पोखरास्थित आफू बसेको होटलका 'वेटर'लाई उद्धत गर्दै सत्पथीले भारतीयहरूले अक्सर रूपमा नेपालीमाथि दुव्र्यवहार गर्ने गरेको उल्लेख गरेका छन् । ती वेटरले भारतीयहरूको सेवा कहिल्यै गर्नु नपरोस् भन्ने महसुस गरेको आफूसँग बताएको समेत उनले पत्रमा लेखेका छन्।
 मेरो आशंका छ नेपालप्रति हाम्रा कर्मचारीहरुका आफ्‍नै पूर्वाग्रह र स्वार्थहरु छन्।-तथागत सत्पथी,भारतीय सांसद्
सत्पथीका अनुसार ती वेटरले भारतीयहरूले नेपालीलाई दासको व्यवहार गर्दै आदेश दिने गरेकोमा असन्तुष्टि जनाएका थिए। भारतसँगको सम्बन्ध सम्पूर्ण रूपमा अन्त्य गरेर चीनसँग सम्बन्ध बलियो गरेको खण्डमा आफू खुसी हुने ती वेटरले सत्पथीसँग बताएको उनले लेखेका छन्।

‘यस्तो खालको बुझाइ मैले नेपालका आमव्यक्तिसँगको साक्षात्कारबाट पाएको हुँ। यसले गर्दा नै भारतसँग सबै सम्बन्ध समाप्त गरी चीनसँगको सम्बन्ध सुदृढ गर्ने चाहनासमेत उनीहरूमा देखापरेको छ,' पत्रमा भनिएको छ।

सत्पथीले अगाडि लेखेका छन्, ‘सामान्य व्यक्तिका धरातलीय बुझाइलाई म कहिल्यै पनि अवमूल्यन गर्न चाहन्नँ। ती सामान्य व्यक्तिहरू सम्भवतः हाम्रा प्रशासकभन्दा विदेशनीतिबारे बढी जानकारी राख्छन्।' भारत सरकारका वरिष्ठ र जिम्मेवार अधिकृतहरूसँग नेपालको अहिलेको अवस्थाबारे आफूले सोधेको तर प्रतिक्रिया नमिठो पाएको उनले लेखेका छन्।

‘संविधानका मौलिक विषयबारे हामीसँग नसोधी नेपालीले कसरी परिवर्तन गर्ने आँट गरे?' भन्दै खिन्न र अप्रसन्न खालको प्रश्न उल्टै भारत सरकारका वरिष्ठ र जिम्मेवार अधिकृतहरूबाट पाएको सत्पथीले लेखेका छन्।

मोदीलाई प्रतिप्रश्न गर्दै सांसद सत्पथीले भारतीय वरिष्ठ र जिम्मेवार अधिकृतहरूले के नेपालकै शैलीमा बंगलादेश र बर्माबारेमा पनि सोध्न सक्छन् भनेका छन् । ‘अझै पाकिस्तान र श्रीलंकाको त टाढाको कुरा भयो,' पत्रमा छ। 'हिजोसम्म भारतलाई मित्रराष्ट्र मान्ने सार्वभौम मुलुक नेपालले हामीलाई हस्तक्षेपकारी (बुली) भनेको कसरी राम्रो लाग्ला?' पत्रमा छ।

नेपालीहरूको यसपालिको दसैं कष्टपूर्ण हुनुमा भारत मुख्यतः जिम्मेवार रहेकोसमेत उनले लेखेका छन्। 'वास्तवमै हामीले एउटा कालो र पीडादायी दीपावली नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई भोग्न बाध्य पार्‍यौं। केही अहंवादी हाम्रा विदेश मन्त्रालयका कर्मचारी र सल्लाहकारका कारण नेपालसँगको सम्बन्ध तितो बन्न पुगेको छ कुनै तुकबिना,' सत्पथीको पत्रमा छ।

मधेस केन्द्रित दलहरूको केही विरोधलाई समग्र बहाना बनाएर स्वतन्त्र मुलुक नेपालको आन्तरिक मामिलालाई निर्देशित गर्ने दृष्टिकोणले दीर्घकालीन रूपमा भारतलाई नै क्षति पुर्‍याउने भन्दै उनले मोदीलाई सचेतसमेत गराएका छन्।सत्पथी उडिसाको प्रतिष्ठित राजनीतिक परिवारका सदस्य र त्यहाँकी पूर्व मुख्यमन्त्री नन्दिनी सत्पथीका छोरा हुन्।

सत्पथी उडिसाको ढेक्कानल निर्वाचन क्षेत्रबाट लोकसभामा लगातार चौथोपटक प्रतिनिधि बनेका छन्।'हामीले बुझ्नुपर्छ कि संसारका सबै संविधान जनताको चाहनाअनुसार अनुकूल समयमा संशोधन हुने गर्छन्। नेपालका मधेसीको अहिले प्रशासनमा उपस्थिति छ र उनीहरू आफ्ना अधिकारबारे माग उठाउनुपर्छ र भारत त्यसबाट टाढा रहनुपर्छ र रहेको आफूलाई देखाउनुपर्छ,' सत्पथीको पत्रमा छ।

भारतले स्वतन्त्र मुलुक नेपालको आन्तरिक मामिला र प्रजातान्त्रिक मान्यतालाई सम्मान गर्नुपर्ने उनले पत्रमा उल्लेख गरेका छन् । चीनले नेपालसँग अल्पकालीन रूपमा इन्धन उपलब्ध गराइदिने समझदारी गरिसकेको भन्दै त्यसबारे पनि उनले मोदीलाई अवगत गराएका छन्।

नेपालको विदेशी मुलुकसँगको कुल व्यापारमध्ये ६० प्रतिशत भारत र १३ प्रतिशत चीनसँग रहेको उल्लेख गर्दै उनले यतिबेला नेपालसँगको व्यापार आफूतिर बढी अनुपातमा चीनले बनाउन खोजिरहेको लेखेका छन्।

'नेपाल-भारतबीचको अहिलेको चिसिएको सम्बन्धले गर्दा नेपालसँग व्यापार बढाउने चीनको प्रयासलाई सघाउ पुगेको छ,' पत्रमा छ।सत्पथीले मोदीलाई हिमालयले चीन र नेपालबीच व्यापार गर्न अवरोध गर्छ भन्ने लागेको भए त्यो सोचाइ गलत रहेको लेखेका छन्।

चीन केही महिनामा अत्यन्तै विकट पहाडी इलाकाहरूमा बहुलेनयुक्त राजमार्ग बनाउन सफल भएको देखिएको उनले पत्रमा उल्लेख गरेका छन् । ‘चीनको दृढता र विकसित प्रविधिको उदाहरण सिक्किमसँग जोडिएको सीमामै देख्न सकिन्छ।

जहाँ उनीहरूले रेलवे सञ्जाल विस्तार गरिरहेका छन् जब कि हामी भारतीयहरू आफ्ना उच्च पहाडी क्षेत्रका एकल—लेन सडक व्यवस्थित गर्नमै लागिरहेका छौं,' उनले लेखेका छन्।

सांसद सत्पथीले प्रधानमन्त्री मोदीलाई नेपालको परिस्थितिलाई आफैंले आंकलन गर्न पनि सुझाएका छन्। उनले विदेश मन्त्रालयका कर्मचारीलाई धैर्यका साथ नेपालको अहिलेको धरातलीय अवस्थाबारे अध्ययन गर्न लगाउन मोदीलाई सुझाव दिएका छन्।

'हामीले आफ्नो छिमेकीलाई परिपक्व हुन र आफ्ना समस्या प्रजातान्त्रिक तरिकाले हल गर्न समय दिनुपर्छ। इतिहासमै असंलग्न र गैरहस्तक्षेपकारी शक्तिका रूपमा स्थापित मानिएको भारतले त्यस्तो केही गर्न हुँदैन जसका कारण विश्वले भारतलाई अर्कै रूपमा हेरोस्', पत्रमा छ।

सत्पथीले नेपालमा उत्पन्न सामाजिक संकटका कारण द्विपक्षीय सम्बन्ध बिगार्न नहुने उल्लेख गर्दै भारतले अत्यावश्यक वस्तुको निरन्तर आपूर्ति र नेपालको अर्थतन्त्रलाई ठाउँमा ल्याउन सहयोग गर्नुपर्ने बताएका छन्।'हामीले तदारुकताका साथ नेपाललाई अहिले सहयोग गरेनौं भने भारतका लागि धेरै अवसर गुम्नेछन्,' उनले लेखेका छन्।

पत्रको अन्त्यमा सांसद सत्पथीले मोदीलाई सुझाव दिएका छन्, 'मेरो आशा छ, भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगरे मात्रै तपाईंले इतिहास निर्माण गर्नुहुनेछ।'
annapurnapost
मंगलबार, १ मंसिर

काठमाडौं । संघीयताको सीमांकन हेरफेर गर्ने एकीकृत नेकपा माओवादीका अध्यक्ष तथा उच्चस्तरीय राजनीतिक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गरेको प्रस्तावलाई लिएर मधेसी मोर्चामा दुई मत देखिएको छ ।
मधेसी मोर्चामा आवद्ध तराई मधेस लोकतान्त्रिक पार्टी र तराई मधेस सद्भावना पार्टी प्रचण्डको प्रस्तावमा सकारात्मक देखिएपनि राजेन्द्र महतोको सद्भावना र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव भने पुरानै अडानमा कायम छन् ।
बुधबार ४ बजे हुने भनिएको वार्तालाई परिणाममुखी बनाउँनका लागि मुख्य तीन दलले सीमांकन हेरफेरका सम्बन्धमा संयुक्त प्रस्ताव ल्याउनुपर्ने माग मोर्चाले गरेको छ ।
तीन दलले संयुक्त रुपमा प्रस्ताव ल्याए वार्ता परिणाममुखी हुने मोर्चाको विश्वास रहेको छ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको सीमांकन सम्बन्धी प्रस्ताव प्रस्ताव सकारात्मक भएपनि अन्य दलसँग छलफल गरी संयुक्त प्रस्ताव आउनुपर्ने उनीहरुको माग छ ।
एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले तमलोपाका अध्यक्ष महन्थ ठाकुरसँग भएको भेटमा हालको प्रदेश नम्बर २ अन्तर्गत सप्तरीदेखि पर्सालाई कायम राख्ने, नवलपरासीदेखि बर्दियासम्मका थारु बाहुल्यता भएको क्षेत्रलाई अलग्याएर, बाँकीलाई पहाडसँग मिलाउने प्रस्ताव पेश गरेका थिए ।
यस्तै झापा र कञ्चनपुरलाई विवादित जिल्ला घोषणा गरी राजनीतिक समितिमार्फत छिनोफानो गर्ने, मोरङ र सुनसरीको सीमा परीवर्तन गरी पहाडी बाहुल्यता भएको क्षेत्रलाई पहाडतर्फ र मधेशी बाहुल्यता भएको क्षत्रलाई मधेशमै मिलाउने प्रस्ताव गरेका छन् ।
nepalsandesh
काठमाडौं – राजधानीमा मंगलबार साँझ भूकम्पको धक्का महसुस भएको छ । ६ बजेर ५५ मिनेट जाँदा रसुवा केन्द्रविन्दु भएर गएको परकम्पको धक्का राजधानीसम्म महसुस भएको हो ।
राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार ४.३ रेक्टर स्केलको पराकम्प गएको हो । वैशाख १२ को भूकम्पपछि ४ रेक्टर माथिका ४ सय ५ भन्दा बढी परकम्प गइसकेको छ । ratopati
१ मंसिर, काठमाडौं ।

तराई मधेसमा आन्दोलनरत मधेसवादी दलसँग बुधबार निर्णायक वार्ता गर्ने तयारी गरिएको छ ।

उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक एवम् एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले प्रमुख तीन राजनीतिक दल र आन्दोलनरत मधेसवादी दलसँग अनौपचारिक छलफलपछि आएका विचार र भावनालाई समेटेर भोलि निर्णायक वार्ता गर्ने तयारी गरिएको हो ।

सीमाङ्कन, जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्रको निर्धारण, समानुपातिक तथा समावेशी प्रतिनिधित्वलगायत विषयमा ठोस प्रस्ताव आए आफूहरु सहमतिको लागि तयार भएको सन्देश मधेसवादी दलका तर्फबाट आएपछि संयोजक दाहालले आज पनि अनौपचारिक परामर्श गरेका छन ।



अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव एवम् एमाओवादी केन्द्रीय सदस्य चुडामणि खड्काले मधेसवादी दलले उठाउँदै आएका विषयहरुमा समाधान खोज्ने र मुलुकले भोग्नुपरेको इन्धन सङ्कटलगायत विषयलाई समाधान गर्ने गरी छलफल केन्द्रित रहेकोले बुधबारको वार्तालाई निर्णायक बनाउने तयारी गरिएको बताए ।

अध्यक्ष दाहालले आज पनि अनौपचारिक रुपमा सत्तारूढ दल तथा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेताहरुसँग तराई मधेसको समस्या समाधान गर्ने गरी अगाडि बढ्नुपर्ने आग्रह गर्दै छलफल गरेको बताइएको छ ।

‘‘अनौपचारिक रुपमा भएका छलफल सकारात्मक छन्, समस्या समाधान गर्नुपर्छ भन्नेमा सबै पक्ष सहमत देखिएको छ’’, अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै स्वकीय सचिव खड्काले भने ।

सरकारमा सहभागी दलका तर्फबाट वार्ताको वातावरण बनाउने र सहमतिको आधार बनाउने जिम्मा अध्यक्ष दाहाललाई दिएपछि उहाँले सक्रियता बढाएका हुन ।
ललितपुर, १ मंसिर । ललितपुरमा प्रहरीमाथि आक्रमण भएको छ ।
ललितपुर पुल्चोकस्थित साझा पेट्रोल पम्प अगाडि प्रहरीलाई ढुङगा प्रहार गर्ने बाडिखेल–८ का ३५ वर्षीय सजन महतलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
पम्पमा पेट्रोल नदिएको भनि बाटो बन्द गर्न खोज्ने व्यक्तिहरुलाई सम्झाई बुझाई गर्दा उनले प्रहरीलाई ढुंगा प्रहार गरेका थिए । प्रहरीले भीडलाई तितरबितर बनाएको छ ।
dainiknepal
मंगलबार, १ मंसिर
काठमाडौं । नेपालमा भइरहेको उर्जा संकट समाधानमा लागि चीनले दिएको अनुदानको पेट्रोलको अन्तिम हिस्सा बुधबार सम्ममा नेपाल आइपुग्ने भएको छ ।
सोमबार तेल लिनका लागि २६ वटा ट्यांकर गएकोमा मंगलबार थप १३ वटा ट्यांकर रसुवाको केरुङ नाकातर्फ गएका नेपाल आयल निगमले जनाएको छ ।
केरुङमा ३९ वटा ट्यांकर अन्तिम खेपको चिनियाँ पेट्रोल लिन पुगेका छन् ।
त्यसमध्ये ५ वटा ट्यांकर तेल भरेर फर्किसकेका छन् । चीनले नेपाललाई करिब १३ लाख लिटर तेल अनुदानमा दिएको थियो ।
त्यसमध्ये अब झण्डै ३ लाख ७४ हजार लिटर पेट्रोल काठमाडौं ल्याउन बाँकी छ । व्यापारिक रुपमा नै चीनबाट इन्धन ल्याउने विषयमा छलफल अन्तिम चरणमा पुगेको छ ।  चीनबाट ल्याएकाे अनुदानकाे तेल अायल निगमले भारतबाट ल्याएकाे तेलमा नै मिसाएर बिक्री गरिरहेकाे छ ।
nepalsandesh
काठमाडौं, १ मंसिर । नेपालको नाकाबन्दी र भारतमा बढेको असहिष्णूताले चौतर्फी आलोचना खेपिरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पदबाट हटाउन आवाज उठ्न थालेका छन् ।
नाकाबन्दी गरेर नेपाली जनताको मन तोडेका मोदीले आफ्ना सेनालाई दिनदिनै आक्रमण गर्न लगाएर पाकिस्तानको मनसँगै धन र तन पनि ताडेका छन् । यति मात्रै होइन् भारतमा असहिष्णूता बढाएर आफ्नै जनताको मन समेत तोडेका छन् ।
आफ्नै प्रधानमन्त्रीले मन तोडेपछि भारतका नेता तथा जनताले मोदीलाई पदबाट हटाउनुपर्ने माग राख्न थालेका छन् । यसको सुरुवात कांग्रेस आईका नेता एवं पूर्व मन्त्री मणशिंकर अय्यरले गरेका छन् । प्रधानमन्त्री मोदीमाथि हमला गर्दै उनले भारत-पाकिस्तान र भारत-नेपालबीच सम्बन्ध सुधार गर्ने हो भने सबैभन्दा पहिला नरेन्द्र मोदीलाई पदबाट हटाउनुपर्ने बताए ।
पाकिस्तानको न्यूज च्यानल ‘दुनिया टेलिभिजन’लाई इन्टरव्यू दिँदै कांग्रेस नेता अय्यरले भने– ‘भारत–पाकिस्तान सम्बन्ध सुदृढ पार्न सबैभन्दा पहिला मोदीलाई हटाउनपर्छ । अन्यथा सम्बन्ध अगाडि बढ्न सक्दैन् ।’ मोदीलाई कसले हटाउने प्रश्न उनले समय आएपछि जनताले आफै हटाउने बताए ।
नेपालसँगको सम्बन्ध पनि प्रधानमन्त्रीकै कारण विग्रिएको भन्दै मोदीलाई नहटाई नेपालसँग पनि सम्बन्ध सुमधुर हुन नसक्ने उनको भनाई थियो ।
dainiknepal
काठमाण्डु, १ मंसिर– वैशाख १२ गते नेपालमा भूकम्प शत्तिशाली भूकम्प गएपछि विश्वका अन्य कुनामा पनि भूकम्प जाने क्रम रोकिएको छैन ।

पछिल्लो समय पाकिस्तान र अफगानिस्तानलाई केन्द्र बनाएर ७.५ रेक्टर स्केलको भूकम्प गएको थियो ।
त्यसको एक महिना नबित्दै ग्रिसको पश्चिमी तटीय क्षेत्रमा ६.७ रेक्टर स्केलको भूकम्प भएको छ । अमेरिकी भौगर्भिक विभागका अनुसार भूकम्पको गहिराइ पृथ्वीको सहतह देखि १० किलोमिटर रहेको छ ।
अहिलेसम्म भूकम्पमा परि एक जना महिलाको मृत्यु भएको समाचार छ । अन्य क्षति बिबरण भने अझै आउन बाँकी छ ।
kathmandutoday
चीनले भनिसक्यो नेपालमा केहि गर्न सक्दैनौं, भारतसँग सम्वन्ध बनाउनुस: भट्टराई

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भारतीय सञ्चार माध्यमलाई अन्तर्वार्ता दिँदै चीनले नेपालमा केही गर्न नसक्ने र यसकालागि नेपालले भारतसँग सम्वन्ध सुधार गर्नुपर्ने सुझाव चीनका पूर्वप्रधानमन्त्री वेन जियाबाओले नेपाललाई दिएको बताएका छन्।
भारतीय समाचार संस्था सीएनएन-आइबिएनमा काम गर्ने पत्रकार आँचल भोरासँग कुरा गर्दै भट्टराईले उक्त कुरा बताएका हुन्। उनी उक्त समाचार संस्थामा बैदेशिक मामला सम्पादकका रूपमा काम कार्यरत छन्।
‘भट्टराई भन्छन्,‘प्रधानमन्त्री वेन जियाबाओले मलाई भने: चीनले खासै केही गर्न सक्दैन, भारतसँग सम्वन्ध सुधार गर,’ उनले टुइट गरेकी छिन्। वेन जियाबाओले २०१२ को जनवरीमा नेपालको छोटो भ्रमण गरेका थिए। त्यस समयमा बाबुराम भट्टराई नेपालका प्रधानमन्त्री थिए।

उक्त अन्तर्वार्ता आज नै प्रशारण हुने बताइएको छ। अहिलेको संवेदनशिल स्थितिमा आफू प्रधानमन्त्री हुँदा चिनियाँ समकक्षीसँग राज्यस्तरमा भएको कुराकानीका कुन कुन अंश उनले भारतीय मिडियालाई भने त्यसबारे थाहा पाउन अन्तर्वार्ता नै पर्खनुपर्नेछ। उनले कुन सन्दर्भमा उक्त कुरा भने भन्ने जान्न पनि पूर्ण अन्तर्वार्ता हेर्नुपर्नेछ।
भोराका अनुसार, नेपालको आन्दोलनमा भारतको कुनै हात नरहेको पनि भट्टराईले अन्तर्वार्ताका क्रममा बताएका छन्। नेपाल सरकारले आफ्नो समस्याबाट भाग्न मात्र भारतीय भूत जगाएको भट्टराईको भनाइ छ।      
नाकाबन्दीको सेरोफेरोमा सीएनएन-आइबिएनको नेपाल सम्वन्धि समाचार मुख्यतः भारतीय संस्थापनको नेपाल नीति प्रचारप्रसार गर्नमा सिमित छ। उक्त समाचार संस्थाले नेपालमा संविधान जारी हुनुका पछाडि चिनियाँहरूको हात रहेको समाचार पनि दिँदै आएको छ।setopati
काठमाडौं , १ मङ्सिर । ६ गतेबाट नाकामा झन कडाई
काठमाडौं संविधान जारी हुने सुनिश्चित भएको तर, आफुहरुको मुद्दा संविधानमा नसमेटिने पक्का भएपछि आन्दोलन सुरु गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मुख्य माग प्रदेशको सिमाङ्कन पुनरावलोकन र ‘हिन्दुराष्ट्र’ रहेको तथ्य फेला परेको छ । सरकारी टोलीसंगको बार्ताका क्रममा मोर्चाका नेताहरुले स्पष्टरुपमा आफुहरुको सो एजेण्डा रहेको नवताएपनि घुमाउरो पारामा त्यो विषयलाई पनि उल्लेख गरेको स्रोतहरु बताउँछ ।
बार्तामा सहभागिहरुका अनुसार तत्काल मोर्चाले गरेको मागबमोजिम प्रदेशको सिमाङ्कनमा कुरा मिल्ने संकेत देखा परेका छैनन् । मिल्ने अवस्था पनि छैन् । खासमा सिमाङ्कनमा कुरा नमिल्नाको कारण ‘हिन्दुराष्ट’को मुद्दा पनि रहेको स्रोतहरुले उल्लेख गरेका छन् । दक्षिणी छिमेकी मुलुक भारतको मनसाय पनि त्यही रहेको देखिन्छ । मङ्सिर ६ गतेबाट नाकामा झन कडाई गर्ने तयारीमा भारत रहेको बिशेष समाचार स्रोतले बताएको छ । भारतीय एक उच्च अधिकारीले दिएको जानकारी अनुसार संविधान जारी गर्ने मिति घोषणा भैसकेपछि भारतीय प्रधानमन्त्रीको विशेष दुतका रुपमा नेपाल आएका परराष्ट्र सचिवले पनि संविधानमा हिन्दुराष्ट्र कुनैपनि हालतमा उल्लेख गर्न दवाव दिएका थिए ।

तर, नेपालका दलहरुले त्यो सुझावलाई कुनै ख्याल नगरी संविधान जारी गरे । त्यसैको प्रभाव अहिलेको नाकावन्दी भारतीय पक्षले गरेको भारत निकट स्रोत बताउछ । संविधानको प्रारम्भीक मस्यौदामा रहेको बाक्याम्समा भारत केहि लचिलो रहेको भएपनि पछि परिवर्तन गरिएपछि आक्रोषित भएको हो । मोर्चा ‘हिन्दुराष्ट्र’ कन्भिन्स विशेषतः प्रदेशको सिमाङ्कनलाई मुख्य मुद्दा बनाएर तराईमा तीन महिनादेखि आन्दोलन गरिरहेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा पनि हिन्दु राष्ट्रका पक्षमा कन्भीन्स छ ।
उसले अवको बार्तामा सिमाङ्कनसंगै हिन्दु राष्ट्रको मुद्दापनि शसक्त रुपमा उठाउने तयारी गरिरहेको मोर्चाका एक नेताले बताए । उनीहरुको आन्दोलनलाई प्रत्यक्ष-अप्रत्यक्ष रुपमा सहयोग गरिरहेको भारतले पनि उनीहरुलाई सो मुद्दा उठाउन दवाव दिइरहेको बताइन्छ । छटपछि आन्दोलन झनै कडा मधेशी मोर्चाले आफ्ना मागमा सरकार उदाशीन भएको भन्दै छट पछि आफुहरुको आन्दोलन झनै कडा बनाउने बताएको छ । मधेशी समुदायको पर्व छट भोली मनाइदै छ । मोर्चाका एक नेताले पर्सीबाट आन्दोलन झन चर्काइने बताए । भारतले पनि ६ गतेबाट नेपाल छिर्ने सबै नाकामा कडाई गर्ने तयारी गरेको स्रोतहरुले बताएका छन् ।


तराईबाट दाउरा पनि ल्याउन नदिइने मधेशी मोर्चाले भारतको नाकावन्दी र आफुहरुको आन्दोलनका कारण राजधानी उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव भएपछि तराईको चुरे पहाडबाट ल्याएर राजधानीलाई वितरण गर्न लागिएको दाउरा पनि ल्याउन नदिने रणनीति बनाएको छ । छटपछि चुरेबाट दाउरा ल्याउन रोक लगाइने मोर्चाका एक नेताले जनाए । प्रधानमन्त्री सत्ता टिकाउने खेलमा आम जनता अभाव र भोकमरीबाट पिल्सीने अवस्था आइसक्दा पनि प्रधानमन्त्री केपी शर्मा ओली भने आफ्नो सत्ता कसरी टिकाउने भन्ने रणनीतिमा लागिरहेका छन् ।
उनले सत्ता टिकाउनका लागि अझै मन्त्रीमण्डलमा सदस्यहरु थप्ने तयारीमा रहेको उनी निकट स्रोतले बतायो । स्रोतका अनुसार उनले आफ्नो पार्टी एमालेबाट एक जना र सत्ता साझेदार दल राप्रपाबाट एक मन्त्री थप्न लागेका हुन । राप्रपाबाट संसदीय दलका नेता दिपक बोहोरालाई उपप्रधानसहित मन्त्री बनाउने तयारीमा उनी रहेको बताइन्छ । यता, सरकार एक बर्षपनि टिक्न नसक्ने अवस्थामा पुग्न लागेको विश्लेषण गर्न लागिएको छ । कांग्रेस ‘हिन्दुराष्ट्र’ पक्षमा सफ्ट संसदको सबैभन्दा ठुलो तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा संविधानमा हिन्दुराष्ट्र उल्लेख गर्ने गरी संशोधन गर्नुपर्ने पक्षमा ठुलो मत छ । साथै मधेसले उठाएका मुद्दामा पनि कांग्रेस लचिलो रहेको सस्थागत निर्णय गरिसकेको छ ।
त्यसैले हिन्दुराष्ट्र उल्लेख गर्न संशोधन प्रस्ताव पेश गर्नुपर्नेमा कांग्रेसले नै पहल गर्ने तयारी थालेको समेत बताइन्छ । नेपालमा ९४ प्रतिशत ओमकार परिवार बस्छन् । यस्तो छ ओली र मोदीको जुहारी नेपालको सरकारको नेतृत्व गरिरहेका केपी ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीबाट प्रधानमन्त्री भएकै दिन बधाई त पाए तर नाका खुलेर सहज परिस्थितको आशा गरेका ओली आशा मै सिमित भए । ओली पक्षका एजेन्टहरु भारतलाई रिझाउन विभिन्न विङ्स मार्फत लागि परेका छन् तर त्यो भने सार्थक हुन सकेको छैन् । हिन्दुराष्ट्र राख्न तयार भए भारतले नाका खोल्ने संविधान संशोधन गरी हिन्दुराष्ट्र राख्न तयार भएमा भारत नाकाबन्दी खोल्न तयार रहेको भारतीय अधिकारीहरुले सरकारलाई जानकारी गराइसकेको बताइन्छ । तर, सरकारी पक्षबाट भने त्यस विषयमा कुनै प्रतिक्रिया प्राप्त नभएको भारतीय पक्षको भनाई छ । राजाका विषयमा चर्चा नै छैन् एकथरीले भारतले राजा फर्काउन चाहेको बताइरहेका छन् ।
तर, राजा पुनः फर्कने सम्भावना नरहेको बताइन्छ । अहिलेसम्म भारतमा राजाका विषयमा कुनै छलफल समेत नभएको एक भारतीय अघिकारीले बताए । ६ महिनामा हिन्दुराष्ट्र हुने ठोकुवा नेपाल र भारतको सम्वन्धका बारेमा लामो समयदेखि अध्ययन गर्दै आएका एक विश्लेषकले नेपालमा अवको ६ महिनाभित्र संविधानमा हिन्दु राष्ट्र उल्लेख हुने दावी गर्छन । हिन्दुराष्ट्रको विषयमा रहेका शक्तिहरुले कांग्रेस र कम्युनिष्टका विषयमा फाटो ल्याएको उनको भनाई छ । अव कांग्रेसको नेतृत्वमा सरकार नबन्दासम्म नेपालमा देखिएको समस्या समाधान नहुने पनि उनी बताउँछन् ।hamrosandesh बाट
काठमाडौँ, १ मंसिर । तपाइको मोवाइल भित्र अरुले देख्न नहुने गोप्य कुराहरु पनि हुन सक्छन् । ति कुराहरुलाई कसरी अरुको नजरबाट बचाउने भन्ने चिन्ता लिनुभएको छ । यदी मोवाइल हरायो भने अरुले आफ्नो गोपनियता देख्न सक्छन् भन्ने लागेको छ । यदि त्यसो हो भने यसो गर्नुहोस् । त्यसको लागी तपाईले मोवाइलमा नै एउटा गोप्य फोल्डर बनाएर त्यस्ता गोप्य कुराहरुलाई लुकाउन सक्नु हुनेछ ।

त्यसको लागी तपाइको मोवाइलको फाइल एक्सप्लोररमा जानुहोस् । नयाँ फोल्डर बनाउनुहोस् । त्यसमा एउटा अप्सन आउँछ जसमा स्क्रेट कि वा फ़ोल्डर लेखिएको हुन्छ । तपाइले सेक्र्रेट फ़ोल्डर बनाएपछि त्यसको नाम अगाडी अंग्रेज़ी अक्षरको ुएु पनि जोड्नुहोस् । किनकी यसबाट तपाईलाई चिन्न सजिलो हुनेछ ।

अब स्क्र्रेट फोल्डर बनिसकेपछि सबै आफ्नो गोप्य सामाग्रीलाई यसभित्र राखेपछि यसलाई एंड्रायडको अपरेटिंग सिस्टमले पढ्न सक्ने छैन र फलत तपाइको हर गोप्य कुरा कसैले देख्ने छैन । उक्त फोल्डरलाई तपाई फाइल मेनेजरमा गएर हेर्न सक्नुहुनेछ । तर यसलाई त्यहाँबाट पनि भित्र लुकाउन सक्नुहुनेछ ।

जसका लागी माथि बाईं अथवा टेप गर्नुहोस् र सेटिंगमा जानुहोस् । त्यसपछि डिसप्ले सेटिंग्समा जानुहोस् र त्यहाँ तपाइले ुशो हिडन फाइल्सु भन्ने अप्सन देख्नुहुनेछ त्यहाँको बाकसमा देखिएको टिक मार्कलाई हटाइदिनुहोस् । अब लुकेको फाइललाई कसैले देख्न सक्ने छैन । यदी तपाईले अगिको जस्तै बनाउन चाहे टिक मार्क लगाउन सक्नुहुनेछ । एजेन्सीको सहयोगमा

etajakhabar
सप्तरी: इलाका प्रहरी कार्यालय भारदहका प्रमुख एवम् प्रहरी नायब निरीक्षक सुरेन्द्र खैरवार यादवले स्थानीय बासिन्दा तथा सर्वसाधारण र पत्रकारमाथि अभद्र व्यवहार तथा प्रहरी आचारण विपरीत काम गर्ने गरेको गुनासो पाइएको छ।

विभिन्न कामले सो कार्यालयमा जाने सेवाग्राही तथा पीडितमाथि जथाभाबी बोल्ने र कार्य सम्पादन समयमा नगर्ने गरेको तथा आफूहरुलाई मधेसवादी आन्दोलनकारी भन्दै धम्काउने गरेको स्थानीयवासी रामकुमार शाहले बताएका छन्।

प्रमुख यादवले सर्वसाधारणमाथि मात्र होइन पत्रकारलाई समेत धम्काउने तथा टेलिफोनमा गाली गर्ने गरेको राजविराजका पत्रकार अरुण यादवले गुनासो रहेको छ।

पत्रकार यादवले आफूले पनि सप्तरीका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालको आदेश अनुसार प्रमुख यादवमार्फत काठमाडौँका लागि आवश्यक कागजात पठाउन जाँदा जथाभाबी गाली गरेको गुनासो गरेका छन् ।प्रहरी निरीक्षक यादवले आफू तनाबमा परेको बताउँदै कसैलाई दुर्व्यवहार भने नगरेको जिकिर गरे।

प्रहरी उपरीक्षक ढकाल समक्ष नेपाल पत्रकार महासङ्घका सप्तरीका कावा अध्यक्ष श्रवणकुमारदेव सहितको टोलीले यादवमाथि कारबाहीका लागि माग गरेका छन्। प्रहरी उपरीक्षक ढकालले पनि यादवलाई कारबाही गरी अनुशासनमा ल्याइने आश्वासन दिए। रासस
annapurnapost
काठमाडौं– कात्तिक महिनायता निरन्तर ओरालो लाग्दै गएको सुनको भाउ आज पनि घटेको छ ।
स्थानीय बजारमा आज सुन ४८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मंसिर महिना सुरु भएको र अब बिहेको मौसम पनि भएकाले सुनको भाउ घट्टा उपभोक्ता खुसी भएका छन् ।
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home