• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
जनकपुरधाम : प्रहरीसँगको झडपमा बुधबार तीनजना प्रर्दशनकारीको मृत्यु भएपछि महोत्तरी सदरमुकाम जलेश्वरमा बिहीबारबाट सेना परिचालन गरिएको छ । नगरक्षेत्रमा कफ्र्यू लगाएर सेना परिचालन गरिएपछि जलेश्वरका सडकहरु सुनसान भएका छन् ।

प्रहरीको गोली लागी प्रर्दशकारीको तीनजानको मृत्यु र दर्जनौं घाइते भएपछि स्थानीय प्रशासनले बुधबार राति आठ बजेदेखि सदरमुकाममा लगाएको कफ्र्यू विहीबार पनि जारी छ ।

जिल्लाको अवस्था बिग्रदैं गएकाले शान्ति सुरक्षा कायम गर्न सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले संचारमाध्यमलाई जानकारी गराएका छन् ।

विहीबार विहान जिल्ला प्रशासन कार्यालय महोत्तरीमा बसेको सुरक्षा समितिको बैठकले नेपाली सेना परिचालन गर्ने निर्णय गरेको हो ।

मृतकहरुको शव अस्पतालमा
प्रहरीको गोली लागी मृत्यु भएका रोहन चौधरी, रामविवेक यादव र अमित कापरको शव जिल्ला अस्पताल महोत्तरीको शव गृहमा राखिएको छ ।

गोली लागेका वीरेन्द्र गम्भीर
यता, प्रहरीको गोली टाउकोमा लागेर गम्भीर घाइते भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका वीरेन्द्र विच्छाको अवस्था अत्यन्त गम्भीर रहेको उनको हेरचाह गरिराखेका तराई मधेश युवा फ्रन्टका केन्द्रिय अध्यक्ष कृष्णा सिंहले बताएका छन् ।

विच्छाको टाउकोमा अपरेशन गरी गोली निकालिए पनि उनी होसमा आउन सकेका छैनन् । अवस्था गम्भीर भएपछि उनलाई आईसियुमा राखिएको छ । www.annapurnapost.com
गोरखा : नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले ‘किरण’ ले संविधानसभाबाट संविधान नआए मुलुकमा संकट  आउने बताएका छन् ।

बिहीबार गोरखाका पत्रकारहरुसँग कुराकानी गर्दै उनले संविधान आए पनि संकट र नआए पनि संकट आउने बताएका हुन् ।

‘संविधान सभाबाट संविधान नआए मुलुकमा संकट आउँछ’ उनले भने, ‘तीन दलले पनि गर्न नसके के हुन्छ ? संकट आउँछ । ल, हेर्नु है अब मुलुकमा संकट आयो । तीन दलले पनि नसक्ने कुरा आयो ।’

अहिलेको अवस्थामा संविधान आउनु र नआउनुमा कुनै फरक नभएको बताउँदै अध्यक्ष वैद्यले मुलुकको संकट टार्न तीन दलले पनि नसक्ने जिकिर गरे ।

‘बनाए पनि सुख छैन, नबनाए पनि सुख छैन’ उनले भने ‘संविधान बनाए हामी अस्वीकार गर्छौं, च्यात्छौ र जलाउँछौं । नबनाए तीन दल असफल हुन्छन्’, अध्यक्ष वैद्यले भने,
‘संविधान नै नभए के हुन्छ ? संकट भनेको यही त हो । संकटमा फसे यिनीहरु । तीन दलले नसकेपछि संकट आयो अब ।’

संकटको हल क्रान्तिबाट आउनसक्ने उनले बताए । ‘संकट आएपछि दुई तरिकाले हल हुनसक्छ । एउटा हल फाँसीवादी, तानाशाही ढंगले हुन सक्छ’, उनले भने ‘अर्को हल नयाँ क्रान्तिबाट हुन सक्छ । यस्तो अवस्था नआओस् भन्ने चाहन्छु ।’

पत्रकारसँग बोल्दै उनले अहिले अलोकतान्त्रिक र फाँसीवादी तरिकाले संविधान जारी गर्ने अभ्यास भइरहेको आरोप लगाए ।www.annapurnapost.com
सरकारले भन्सार ऐन २०६४ को दफा ९ को उपदफा ३ बमोजिम नेपालमा स्थानीय बसोबास गर्ने नागरिकले विदेशमा गई नेपाल फर्कदाँ व्यक्तिगत प्रयोजनका लागि  सामान ल्याउँदा पूर्ण भन्सार छुट दिने गरेको छ। जसमा लुगाफाटा, बरबिछ्यौनादेखि गृहस्थीका पुराना सामान र औषधी उपचार गराई नेपाल फर्केका विरामीले ल्याउने औषधीमा कुनै भन्सार कर नलाग्ने भन्सार कार्यालय गैरीगाउँको सहजकर्ता परमेश्वर यादवले जानकारी दिए।
त्यस्तै शारीरिक रुपमा अशक्तले सहाराको रुपमा प्रयोग गर्ने सामान, बच्चा राख्ने पेराम्बुलेटर  र ट्राइसाइकल एक-एक थान र घडी, स्टिल क्यामरा, भिडियो क्यामरा, सेलुलर मोवाइल फोन, पेन ड्राइभ, ट्याबलेट वा ल्यापटप वा कम्प्युटर पनि एक-एक थान ल्याउन पाइने यादवले जानकारी दिए।

साथै सुन तथा सुनको गहना पचास ग्रामसम्म, चाँदी तथा चाँदीको गहना पाँचसय ग्रामसम्म र तीस हजार रुपैयाँ मूल्यसम्मको जवाहरात जडितसाथमा ल्याएको गहना गुरिया र पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामानहरु एक-एक थानमा पूर्ण भन्सार छुट रहेको प्रमुख भन्सार अधिकुत केशव उप्रेतीले जानकारी दिए।

त्यस्तै शरीरमा लगाउने लुगाफाटा, जुत्ता, कस्मेटिक लगायतका सामान पन्ध्र थान, घरायसी प्रयोगका सामान्य किसिममा उपकरण जस्तै मिक्सर, जुसर, सिलाई मिसिन, ग्यास टेबुल, इस्त्री (आइरन), राइसकुकर लगायतका दुई थान सामानमा पूर्ण भन्सार छुट हुनेछ।

त्यस्तै डाक्टरका लागि ब्लड प्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथेस्कोप, खेलाडीको खेलकुद सम्बन्धी सामान जस्तै फुटबल, भलिबल, ब्याटमिन्टन सेट, गवैयाको सामान्य बाजा जस्तै– गितार हार्मोनियम, तबला, जस्ता सामानहरु पनि पूर्ण भन्सार छुटमा ल्याउन सक्ने यादवले जानकारी दिए।

यस बाहेक सात किलोग्रामसम्म खाद्य परिकार, १.१५ लिटरसम्म मदिरा ल्याउन पाउने छन्। नेपाल सरकाको दिएको सुविधाभन्दा बढी मदिरा ल्याएमा सीज समेत हुने यादवले बताए। यस्ता मालसामान नेपाल आउनु अघि वा पछि नेपाल प्रवेश गरेको मितिले तीन महिना भित्र भन्सार गोदाममा दाखिला हुनुपर्ने कार्यलयले जानकारी दिएको छ।

त्यस्ता यात्रुको अवस्था, परिवार संख्या, बसेको मुलुक र समयावधि समेतलाई ध्यानमा राखेर भन्सार कार्यालयका प्रमुखले औचित्य हेरी स्वीकृति दिनसक्ने भन्सारकार्यलय गैरीगाउँले जानकारी दिएको छ।
यसको साथै विदेशमा ६ महिनाभन्दा बढी बसेर फर्किने यात्रुलाई पाँचसय ग्रामसम्म सुन तथा सुनका गहना र एक किलो ग्रामसम्म चाँदी तथा चाँदीका गहना महसुल तिर्ने गरी ल्याउन पाउने भन्सार कार्यलयले जानकारी दिएको छ। उक्त परिमाणमध्ये सुन तथा सुनको गहना पचास ग्राम र चाँदी तथा चादीँको गहनामा पाँचसय ग्रामसम्ममा छुट दिई बाँकी परिमाणमा मात्र महसुल लाग्ने भन्सार कार्यलयले जानकारी दिएको छ।

साथै विदेशमा बसेका व्यक्तिले नेपालस्थित आफन्त वा परिवारका सदस्यलाई सामान मध्ये ३ सय ५० अमेरिकी डलरसम्मको सामान पठाएमा प्रमाण हेरी समदर भन्सार शुल्क मात्र लाग्ने कार्यलयले जनाएको छ।

त्यस्तै सौगातको रुपमा समेत नेपाली नागरिकले विदेश जादाँ नेपालमा नै उत्पादन गरिएका पचास हजार मूल्यसम्मका मालसामानमा नेपाल सरकारले प्रतिबन्ध लगाएका बाहेक सामान लैजाँदा महसुल नलाग्ने कार्यलयले जानकारी दिएको छ।

कुनै नेपाली नागरिकको विदेशमा बसोबास गरिरहेको समयमा मृत्यु भएको हो भनी प्रमाणित भएमा पनि निज र निजको परिवारले निजी प्रयोग गरेको पुराना सामानहरु (सवारी साधन बाहेक) स्वदेशमा फिर्ता ल्याउँदा पनि सम्पूर्ण महसुल छुट हुने भन्सार कार्यालयले जानकारी दिएको छ।

उल्लेखित सामान बाहेक नितान्त घर व्यवहारमा आवश्यक पर्ने सामान बढीमा दुई÷दुई थान सम्ममा महसुल पूर्ण छुट हुनेछ। नेपाल सरकारले दिएको सुविधाभन्दा बढी सामान ल्याउँदा भने तोके बमोजिमको महसुल तिर्नुपर्ने यादव जानकारी दिए।

तर कुनै यात्रुले भन्सारमा घोषणा नगरी कुनै सामान लुकाई छिपाई ल्याउने वा लैजाने प्रयत्न गरेमा त्यस्तो सामान जफत गरी प्रचलित कानुन बमोजिम कारबाही हुने कार्यालयले जानकारी दिएको छ।
त्यस्तै मलेसिया तथा खाडी मुलुकको हकमा एक वर्ष भन्दा बढी काम गरी नेपाल फर्केका कामदारलाई भने ३२ इन्च भन्दा कम इन्चको एलइडीमा भन्सार महसुल नलाग्ने यादवले बताए।

त्यस्तै ६ महिनासम्म विदेश बसी नेपाल फर्केकाहरुको लागि क्रमश २२, २३ देखि २९, ३० देखि ३२, ३३ देखि ३९, ४० देखि ४९ र ५० इन्च भन्दा माथिमा क्रमशः  प्रति इन्च २ सय, ३ सय, ४ सय ५०, ५ सय ५०, ६ सय र १२ सय ५० रुपैयाँ कर लाग्ने छ।

साथै ६ महिनाभन्दा बढी  विदेश बसी नेपाल फर्केकाहरुको लागि क्रमश २२, २३ देखि २९, ३० देखि ३२, ३३ देखि ३९, ४० देखि ४९ र ५० इन्च भन्दा माथिमा क्रमशः  प्रति इन्च १ सय ५०, २ सय ५०, ४ सय, ५ सय, ५ सय ५० र १२ सय ५० रुपैयाँ कर लाग्ने छ।

त्यस्तै ल्यापटप, फ्रिज र अन्य सामानको भने मूल्याङ्कन हेरी महसुल लिइने कार्यलयले जानकारी दिएको छ। साथै नेपाली कामदारले मलेसिया तथा खाडी मुलुकबाट फर्कदाँ तीनवटा ब्ल्याङ्केट ल्याएमा दुईवटासम्मको सम्पूर्ण भन्सार महसुुल छुट दिइने र अर्को एउटामा भने १ सय ५० रुपैयाँ लिइने पनि यादवले जानकारी दिए।

त्यस्तै नेपाली कामदारले आफु फर्कदाँ र पठाउदाँ भन्सार कार्यलयमा यी शुल्क तिर्नुपर्ने यादवले जानकारी दिए। गोदाम शुल्क १ देखि ७ दिनसम्म सम्पूर्ण कर सहित प्रतिपिस ५१ रुपैयाँ र ७ दिन पछि यो शुल्क सहित प्रतिकिलो प्रति दिन ६० पैसा तिर्नुपर्ने यादवले जानकारी दिए।

त्यस्तै लेवर चार्ज प्रतिकिलो २ रुपैयाँ ५० पैसा र ऐजेन्ट शुल्क १ रुपैयाँ देखि ५ सय रुपैयाँ सम्म महसुल तिर्नुपर्ने उनले जानकारी दिए। साथै यी बाहेक नेपाल सरकारले तोकेको सम्पूर्ण महसुल लाग्ने यादवले जानकारी दिए।
नेपाल सरकारले सुविधा दिएको भल्दा बढी सामान ल्याएमा सामानको मूल्याङ्कन हरी महसुल लिईने यादवले जानकारी दिए।
kinmel.setopati.com
२४ भदौ, महोत्तरी ।

बन्दकर्ता र प्रहरीबीच बुधबार दिउँसो जलेश्वरको महेन्द्र चौकमा झडप हुँदा प्रहरीले चलाएको गोली लागि तीन जना प्रर्दशनकारीको मृत्यु भएको छ। जलेश्वर नगरपालिका ७ बजराहीका रोहन चौधरी, महोत्तरी गाविस ५ का रामविवेक यादव र जलेश्वर नगपालिका १४ बखरी घर भएका मुसवा भनिने अमित कापर सहित तीन जनाको जलेश्वर अस्पतालमा मृत्यु भएको जलेश्वर अस्पतालका डाक्टर सतिस साहले पुष्टि गरेका छन्।

प्रहरीको गोली लागेर घाइते भएका जलेश्वरका विरेन्द्र बिच्छाको टाउँकोमा गोलि लागेको र उनको अवस्था गम्भीर रहेको अञ्चल अस्पतालले जनकपुरले बताएको छ।

पिगौनाका धिरेन्द्र महतोलाई ढाडमा गोली लागेर घाइते भएका छन्। जलेश्वरका सतोष साह, भटौलियाका अभिनास यादव र जलेश्वरनगरपालिका घर भएका रामविकास साह गोलीको छर्रा लागेर घाइते भएपछि अहिले उनीहरुको जनकपुर अञ्चल अस्पताल उपचार भइरहेको छ। त्यसैगरी एकडाराका शंकर पासवान र पिगौनाका विकास मिश्राको जलेश्वर स्थित शान्ति कम्पयुनिट हस्पिटलमा उपचार भइरहेको छ।

यता प्रहरीको लाठि प्रहार र अश्रु ग्यासको धुँवाले पचास भन्दा बढी प्रर्दशनकारी घाइते हुन पुगेका छन्। दिउँसो दुई बजे तिर गाउँ गाउँबाट बन्दमा समर्थन जनाउन जलेश्वर आएका प्रर्दशनकारी र प्रहरीबीच झडप शुरु भएर जलेश्वरमा तनाव शुरु भएको थियो।

मोटरसाइकल, साइकल र ट्रयाक्टरमा आएका प्रदर्शनकारीहरुले सदरमुकाम जलेश्वरका विभिन्न भागमा लाठी जुलुस प्रर्दशन गर्दै महेन्द्र चोक पुगेको थियो। प्रर्दशनकारीहरुले महेन्द्र चोकमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गर्न खोज्दा प्रहरी पछाडि हटेको थियो। महेन्द्र चोकमा ड्युटीमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई फिर्ता बोलाइएपछि प्रर्दशनकारी झन् उग्र भएका थिए। उनीहरुले पछि हट्दै गएका सुरक्षाकर्मीलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको गेट अगाडिसम्म लखेटेर आक्रमण गर्न थालेपछि प्रहरीले जवाफी कारवाही सुरु गरेको थियो।

जिल्ला प्रहरी कार्यालयलाई नै निसाना बनाएपछि प्रहरीले भित्रबाट अश्रु ग्यास प्रहार गर्न सुरु गरेको थियो। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ६० राउन्डभन्दा बढी अश्रुग्यास प्रहार गरेको थियो। प्रदर्शनकारी अश्रुग्यास हान्दा समेत पछि नहेटेपछि प्रहरीले गोली चलाएको थियो।

प्रर्दशनकारीहरुलाई तितरवितर गर्न कार्यालय भित्रैबाट प्रहार गरेको अश्रुग्यास सर्वसाधारणका घरमा पुगेको थियो। त्यसबाट सर्वसाधारण पीडित बन्न पुगे।

प्रहरीले फालेको अश्रुग्यासबाट घरमा बसिरहेका महिला तथा बालबालिकाले समेत सास्ती भोग्नु पर्‍यो। प्रर्दशनकारीको संख्या बढी भएकोले प्रहरीलाई स्थिति नियन्त्रणमा लिन हम्मेहम्मे परेको भयो। आजको नागरिकमा खबर छ ।nepaliheadlines.com
काठमाण्डु,२४ भदौ– प्रहरी इन्काउन्टरमा मारिएका गुण्डागर्दीका नाइके कुमार घैँटेका सहयोगीले प्रतिशोध लिने योजना बनाएको प्रहरीले दावी गरेको छ । आक्रमण गर्ने योजनाबारे फोन रेकर्ड र एसएमसमेत फेला पारेको प्रहरीको भनाई छ ।
आक्रमणको योजनामा संलग्न रहेको आरोपमा साजन गुरुङ र उनका सहयोगी कारजोन गुरुङलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ । उनीहरु  प्रहरी इनकाउन्टरमा मारिएका घैँटेको समूहका हुन् ।
प्रहरी स्रोतका अनुसार घैँटे मारिएकै दिन बस्नेत उपत्यकाबाट भागेका थिए । उनले घैँटेको प्रमुख सहयोगीका रुपमा काम गर्दै आएका थिए । भारतीयलाई सो समूहले केही दिन कीर्तिपुरमा ल्याएर राखेको सूचना चुहिएपछि उनीहरु भागेका थिए । यसका लागि १० लाख रुपैँयाको डिल भएकोसमेत अनुसन्धानमा खुलेको छ ।
नयाँ पत्रिका दैनिकबाट
athmandutoday.com
राजविराज : मधेसी मोर्चा सप्तरीको आह्वानमा आन्दोलनमा उत्रिएका प्रदर्शनकारीहरुले कञ्चनरुप नपा–५ स्थित अस्थायी ट्राफिक प्रहरी पोस्टमा बुधबार अपरान्ह आगजनी गरी नष्ट गरेका छन् ।

पोर्ताहा गाविस–१ स्थित सडक खण्डमा प्रहरीको गोली लागेर बुधबार विहान सोही ठाउँका ६० वर्र्षीय रामकिसुन राउतको मृत्यु भएपछि उत्तेजित भींडले आगजनी गरेको स्थानीयले बताए ।

भींडलाई तितरवितर पार्न एक सेल अश्रु ग्यास प्रहार गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जानकारी दिएको छ ।

मधेसी मोर्चा सम्बद्ध प्रदर्शनकारीहरुले राजमार्ग केन्द्रित भई विभिन्न स्थानमा तेस्र्याएको ढुङ्गा र रुखहरु हटाउन खोज्दा प्हरी र प्रदर्शनकारीहरुबीच बिहान नौबजे पोर्ताहा र भारदहमा झडप भएको थियो ।

सडक अवरुद्ध भएपछि पूर्वबाट प्रहरी स्कर्टिङमा आएका तीनसय सय भन्दा बढी मालबाहक ट्रक तथा यात्रुबाहक बस सुनसरीको झुम्कामा र पश्चिमबाट आएको एक सय बढी सवारीसाधन सिरहाको मिर्चैयामा अलपत्र परेका छन् ।www.annapurnapost.com
हेल्लो  शुभप्रभात आज वि.सं. २०७२ भाद्र २४ गते बिहीबार तदनुसार ई. सं. २०१५ सेप्टेम्बर १० तारिख भाद्रपद कृष्ण द्वादशी, पुष्य (तिष्य) नक्षत्र, कर्कट राशिको चन्द्रमा, परिघ योग, वणिज करण आजको व्रत/पर्व : प्रदोष व्रत, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), शिलान्यास(जग राख्ने), दैलो राख्ने, पुराणश्रवण, भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि),

आजको राशिफल

Aries Rashifal मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । छरछिमेकमा कसैसँग व्यर्थमा वादविवाद गर्नुपर्ला । प्रेमसम्बन्ध र रतिरागका कारण निराशा भोग्नु पर्ने छ । सन्तानपक्षको मायामा कमी आउने छ । वैवाहिक जीवन र प्रणय तथा प्रेमसम्बन्धमा धमिलोपन आउन सक्छ । मनोरञ्जन र खेलवाडले बेफाइदा हुनसक्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Taurus Rashifal बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना छ । धार्मिक र सामाजिक काममा समय बित्नेछ । दिनदुःखीलाई दिएको सानो सहयोगले रोकिएको काम बन्न सक्छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Gemini Rashifal मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

कामको दायित्व क्रमशः बढ्दै जानेछ । छरछिमेकी वा इष्टमित्रको जिम्मेबारी वहन गर्नु पर्नेछ । नयाँ काममा हात हाल्नु उति राम्रो छैन, तर गरिआएका काममा फाइदा नै हुनेछ । बोलीमा प्रभाव रहने छैन, त्यसैले विवाद र झगडामा पछि हट्नु राम्रो हुनेछ । पछिसम्म काम लाग्ने वस्तुको खरिदमा फाइदा हुँदैन । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Cancer Rashifal कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

आत्मनिर्णयको क्षमतामा बृद्धि हुनेछ । नयाँ जोस र जाँगर पलाउने छ । अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने योग छ । नोकरी र बन्दव्यापारबाट सन्तोष लिन सकिनेछ । उपहार पुरस्कार आदि मिल्नेछ । नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने अनुकूल समय आएको छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Leo Rashifal सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना भएकाले गोपनीयता अपनाएमा कुनै काम सम्पादन गर्न सहज हुनेछ । छरछिमेकमा परेको अप्ठ्यारो र असजिलो फुकाउन समय र धन लगानी गर्नु पर्ने हुनसक्छ । परोपकार र दानपुण्यका कार्यबाट लाभ लिन सकिने छ । बन्दव्यापारमा नराम्रो छैन । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Virgo Rashifal कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । परोपकारी काममा रुचि बढ्ने योग छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । पठनपाठनमा प्रगति हुनेछ । अरुबाट तपार्इंका कामको उच्च मूल्याङ्कन हुने सङ्केत छ । बोलीको कदर हुनेछ । प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । स्वास्थ्य सबल छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Libra Rashifal तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

पितृधनबाट फाइदा उठाउन सकिनेछ । प्रशस्त आम्दानी हुने सङ्केत छ, तर आम्दानी गरिएको धन मनोरञ्जनात्मक क्षेत्रमा खर्च हुनसक्छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । विगतमा गरिएको श्रमको समुचित मूल्याङ्कन हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर जुर्नेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Scorpio Rashifal बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

शीघ्र निर्णय गर्ने क्षमतामा ह्रास भएको महसुस हुनेछ, तर नवम भावमा रहेको चन्द्रमाले सरल ढंगले दैनिकी सञ्चालनमा सघाउ पुर्याउने छ । सामाजिक कामबाट धेरथोर फाइदा नै हुनेछ । अभिभावकको स्वास्थ्य र मानसिकतामा सामान्य प्रभाव पर्न सक्छ । कताकता र्वराग्यका भावना मँडारिन सक्छन् । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Sagittarius Rashifal धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

आठौं चन्द्रमाका बाबजुद शुभग्रहको दृष्टि रहेकाले आज शरीर स्वस्थ रहने छ । चोटपटकको सम्भावना छ, तर डराउनु पर्दैन । गोप्य योजना सफल हुन्छन् र लामो समयदेखिको उल्झन सुल्झाउने अवसर मिल्नेछ । बोलीको कदर हुनेछ । प्रतिकूल एवं विपरीत परिस्थिति भए पनि ेसचेतता अपनाउनु राम्रो हुन्छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Capricorn Rashifal मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

परिवारमा रमाइलो वातावरण सिर्जना हुनेछ, साथीभाइ र आत्मीयजनसँग भेटघाट हुनेछ । मनोरञ्जनमा रमाउन पाउनु हुनेछ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । साथीभाइबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । पेसाव्यवसाय वा बन्दव्यापारबाट लाभ मिल्नेछ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Aquarius Rashifal कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

आज गरिएका जुनसुकै काममा सफलता प्राप्त हुनेछ । शत्रुले तपाईंको छवि बिगार्ने प्रयास गरे पनि तिनको क्रियाकलापले उल्टै उनीहरूकै हानि हुनेछ । व्यवसायिक स्थितिमा सुधार आउने छ । स्वास्थ्य सबल रहने छ । हडबड र शीघ्रताले काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नु राम्रो हुन्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Pisces Rashifal मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

शैक्षिक, प्राज्ञिक र बौद्धिक क्षेत्रका लागि समय निकाल्न सकेमा प्रगति हुनसक्छ, तर अवरोधको सम्भावना छ । गुरुजन, अभिभावक र साथीभाइले दिएको सल्लाहाबमोजिम मानप्रतिष्ठा र सामाजिक मर्यादाका लागि गरेको प्रयास सफल हुनेछ । सन्ततिको पठनपाठन र व्यक्तित्वविकासको चिन्ताले सताउन सक्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । (द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।

बौद्धगुरु पद्मसम्भवन (गुरु रेमपोछे) ले काभ्रे तिमालको पोखरी नारायणस्थान-९ तोङसाम कुण्ड, याङमेल घाङमा तपस्या सकेर आफ्नो गाउँ फर्किने बेला स्थानीयलाई दिएको उपहार अहिले बरदान सावित भएको छ ।
पद्मसम्भवनले आठौं शताब्दीमा आर्शिवादस्वरुप रोप्न दिएको एउटा वनस्पतीको माला बेचेर अहिले तिमालवासी लखपति भएका छन् ।

कृषकहरुले एउटै बोटबाट २ देखि २५-३० लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् । लामो समयसम्म कुहिएर खेर गइरहेको बुद्धचित्त मालाको ब्यवसायिक कारोबार हुन थालेको भने ३-४ वर्ष मात्रै भएको छ ।

बुद्धचित्तकालागि तिमाल हावापानी विश्वमै अब्बल मानिन्छ । तिमालका बोल्देफेदिचे, सस्र्यूखर्क, कानपुर, मेच्छे, ठूलोपर्सेल,पोखरी नारायणस्थान, कुरुवास, चापाखोरी र समरथलीमा यसको ब्यवसायिक खेती नै शुरु भएको छ ।

बुद्धचित्तको माला बुद्धका अनुयायी तथा बौद्ध धर्मावलम्बीले अध्यात्मिक चिन्तनमा उपयोग गर्छन् ।

यो खबर कारोबार दैनिकको हो |

www.nepaljapan.com
काठमाडौं, २१ भदौ । भनिन्छ मानिस जन्मिदा खेरी नै एउटा सपना बोकेर संसारमा पाइला टेक्छ । र त्यो सपना पूरा गर्न हजारौं संघर्ष जीवनमा उसले गर्छ ।

संसारमा जन्म लिएका हरेक मान्छेको आ–आफ्नै सपना छ । कसैले डाक्टर बन्ने सपना बुनेका छन्, भने कसैले इन्जिनियर । तर, यहाँ सबैको सपना पुरा हुन सकेका छैनन् । डाक्टर बन्ने सपना बुनेका युवाले विविध कारणले खेतमा हलो जोत्नुपरेको उदाहरण कति छन् कति । यस्तै सपना बोकेका एक युवा हुन् पुष्पकमल दाहाल । जो अहिले नेपालको राष्ट्रिय राजनीतिका हिस्सेदारका रुपमा चिनिन्छन् । अर्थात देश चलाउने नेता बनेका छन् । अहिले उनी पुष्पकमल भन्दा पनि ‘प्रचण्ड’को नामले बढी चिनिन्छन् ।
चितवन घर भएका पुष्पकमल हातहतियार सम्बन्धी ज्ञान लिनमा एकदमै अगाडि थिए । उनी सानैदेखि हातहतियार चलाउनमा गहिरो रुची राख्थे । त्यही रुचीले उनको मन मस्तिस्कमा एउटा सपना थियो नेपाली सेनाको कर्णेल बन्ने ।
‘२०२८ सालमा पुष्पलाल समूहका नेता रुपलाल विश्वकर्माबाट कम्युनिष्ट पार्टीको सदस्यता लिइसकेर पनि पुष्पकमल दाहाल दोधारमै थिए– शाही नेपाली सेनामा गएर सेकेन्ड लेफ्टिनेन्ट बन्ने कि कम्युनिष्ट आन्दोलनमा होमिने ? सुरुमा सोचे–सैनिक अधिकृत नै बन्ने । र, भर्ना भए सेनाको नेशनल क्याडेट फोर (एनसीसी) मा ।
चितवनमा हुर्के–बढेका उनी त्यसयताका पाटन संयुक्त क्याम्पसमा आईएससी पढ्दै थिए । ‘आईएससी पढेकालाई सेकेन्ड लेफ्टिनेन्टमा लिने चलन थियो । अझ एनसीसी ग¥यो भने विशेष ग्राह्यता पाईन्थयो ।’ प्रचण्डले खुलासा गरे, ‘सुरुमा मेरो ध्यान त सेनामै जाने थियो ।’
त्यस बेला कलेज पढिरहेका विद्यार्थीलाई सामान्य फौजी कौशल सिकाउने ‘एनसीसी’ तालिम दिईन्थ्यो । एक वर्षभरि काठमाडौ.को सैनिक मुख्यालयसामुन्ने टुँडिखेलमा छाती तन्काउँदै परेड पनि खेले उनले । ‘सेनामा जाने इन्ट्रेस्ट खोई कताबाट आयो ! आर्मी अफिसर बन्न असाध्यै मन लाग्थ्यो ।’ पारिवारिक प्रेरणाले हो कि भन्ने अडकल काट्दै उनले थपे, ‘हुन त मेरा काकाहरु पनि सेनामा थिए । एक जना काका त सुवेदार मेजर पनि हुनुहुन्थ्यो । सायद त्यसैको इम्प्रेस प¥यो कि !’
तर पछि सोचाइ एकाएक फेरियो । उनले सरकारी सैनिक होइन, क्रान्तिकारी कम्युनिष्ट बन्ने निश्चय गरे । त्यतिञ्जेल एनसीसीको एकवर्षे तालिम लिइसकेका थिए । तर सेकेण्ड लेफ्टिनेन्ट बन्ने परीक्षाचाहिँ दिएनन् । किन ? एनसीसी र आईएससी कम्प्लिट भइसकेपछि मलाई राजनीतिको नशा यति लाग्यो कि सेनामा जानु हुन्न भन्नेतिर गएँ म ।’
सेनामा गएको भए उनी पनि कतै माओवादीसँगै युद्ध भिड्थे होलान् । अथवा देशले जनयुद्ध देख्दैन थियो कि
! ‘सेनामा जानुभएको भए कर्णेलभन्दा माथि पुग्नुहुन्थ्यो होला ?’ जवाफमा ‘त्यो त खोइ, के भइन्थ्यो कुन्नी !’ भन्दै उनी कुम हल्लाउँदै हाँसे । सेनामा भर्ती नभए पनि उनको सैन्य मोहचाहिँ हराएको थिएन् । कालान्तरमा उनले एक दशक लामो सशस्त्र संघर्षको अगुवाई गरे र सरकारी सेनाको ‘कर्णेल’ होइन, आफैंले खडा गरेको जनमुक्ती सेनाको कमाण्डर बने । जसले बन्दुक चलाउन सिकायो, त्यो उसैतिर सोझियो । त्यतिबेला पुष्पकमल आर्मी अफिसर नभई प्रख्यात प्रचण्ड बनिसकेका थिए ।’’ प्रचण्डको यो भनाई सुधीर शर्माद्धारा लेखिएको पुस्तक प्रयोगशालामा उल्लेख गरिएको छ ।
माथि भनेजस्तै, प्रचण्डको चाहना नेपाली सेनाको कर्णेलसम्म पुग्ने नै थियो । तर कारणवंश उनी माओवादी लडाकूका कमाण्डर बने । जसमा मुख्य कारण हो कम्युनिष्ट आन्दोलन, जसले प्रचण्डलाई यसरी छोयो कि उनले सेनाको कर्णेल बन्ने सपना बिर्सिए । कम्युनिष्ट आन्दोलनको नेतृत्व हातमा लिँदै प्रचण्डले हतियार चलाउने चाहना त पूरा गरे तर, माओवादी बनेर । सेनामा भने उनी कर्णेल भन्दा पनि दुश्मन बने ।
(सुधीर शर्माद्धारा प्रकाशित पुस्तक ‘प्रयोगशाला’को सम्पादित एक अंश ।)
dainiknepal.com
२३ भदौ, काठमाडौं ।

बुधबार साँझ ६:२३ बजे दोलखा केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको छ ।

साँझ गएको भूकम्प गत वैशाख १२ को ‘गोरखा भूकम्प’को परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

विनाशकारी ‘गोरखा भूकम्प’पछि चार रेक्टर स्केल र त्यसमाथिको ३९३ परकम्प गइसकेका छन् ।
वार्ताका लागि प्रक्रिया नरोक्ने
काठमाडौं : कांग्रेस, एमाले र एमाओवादीले मधेस तथा अन्य क्षेत्रमा आन्दोलनरत सबै पक्षहरुलाई वार्तामा सहभागी हुन पुनः अपिल गरेका छन् ।

सम्बादबाटै समाधान खोज्न तयार रहेको प्रतिवद्धतासहित तीन दलका शीर्ष नेताहरुले बुधबार पुनः अपिल गरेका हुन् । बुधबार बेलुका सिंहदरबारमा बसेको तीन दलको शीर्ष बैठकले आन्दोलनरत दल तथा पक्षलाई वार्ताका लागि आव्हान गर्ने निर्णय गरेको हो ।

बैठकपछि कांग्रेसका नेता रामचन्द्र पौडेलले वार्ताका लागि सरकारले अन्तिम पटक अपिल गरेको बताउँदै भने, यो वार्तामा सहभागी हुने अन्तिम अवसर हो । तर वार्तामा कोही आएन भने पनि प्रक्रिया रोकिदैन ।

पौडले अहिले आन्दोलनकारीले उठाइरहेका माग र मुद्दालाई वार्ताबाट समाधान र सम्बोधन गर्न सकिने बताए । उनले भने, हामीलाई विश्वास छ आन्दोलनकारी वार्तामा आएर छिटै समझदारी हुन्छ ।

यसअघि पनि मुख्य दलहरुले र प्रधानमन्त्रीले पनि अलगअलग रुपमा वार्तामा आउन आन्दोलनकारीसँग औपचारिक रुपमा आग्रह गरेका थिए। मधेसमा आन्दोलन गरिरहेका मधेसी दलहरुले संविधान निर्माणको प्रक्रिया स्थगित गर्नुपर्ने र सेना ब्यारेकमा फिर्ता गर्नु सर्त राख्दै आएका छन् । तर तीन दलले भने वार्ताका लागि प्रक्रिया एक मिनेट पनि नरोक्ने निर्णय गरेका छन् ।

annapurnapost.com
साले मान्छे मार्ने  तँ, अझ यहाँ आएर डुक्रन्छस्…. !’ यसरी सभामुखको च्याम्बरबाट चर्को स्वर निस्किएपछि वरिपरि तैनाथ  सुरक्षाकर्मीले हत्तपत्त पोजिसन लिइहाले सिंहदरवार र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रभित्रै हतियारधारीको घुपैठको खतराका कारण  सरकारले देशमा भएभरको कमाण्डो प्रहरी त्यता खटाएको थियो ।
स्वभाविक रूपमा  कधतैबाट अलिक ठूलो स्वर निस्किएपछि उनीहरू हाई अलर्टका साथ पोजिसन लिने नै भए । एकजना अधिकृत स्तरका मर्यादापालक भित्रै छिरे । तर, त्यस भित्रको वातावरण अघि बाहिर निस्किएको चर्को स्वरको भन्दा  विपरित थियो । केही सभासद् घोसेमुन्टो लगाएर उभिएका थिए, सभामुखचाहिँ चिउँडोमा हात राखी गम्भीर मुद्रामा सोमग्न थिए । राप्रपा नेपालले डा. गोविन्द केसीको अनसनमा केन्द्रित भएर ११ बजे बोलाइएको सदनको पूरै समय त्यसमा दिनुपर्ने माग राख्दै थियो । पूर्व निर्धारित कार्यसूचीबमोजिम सदन सञ्चालन गर्नमा केही समस्या आएपछि सभामुख सुवास नेम्वाङ के गरौँ र कसो गरौँ को दोधारमै थिए । १६ भदौको कुरा हो यो । अघिल्लो दिन वीरगञ्जमा प्रहरीको गोली लागी केही प्रदर्शनकारी हताहत भएका थिए । गृहमन्त्रीले सदनलाई दिने जवाफ तयार भएको थिएन । सदनलाई बैकल्पिक कार्यसूचीका साथ अघि बढाउनुपर्ने विभिन्न प्रस्ताव आइसकेपछि सभामुख रनभुल्लमा परे । निर्धारित ११ बजेको समय घर्किसकेको थियो । यत्तिकैमा होहल्ला गर्दै अमरेशकुमार सिंह  सभामुखको कार्यकक्षमा छिरे । घरको नोकरलाई हप्काएजस्तो बोल्न थाले, ‘यो के तरिका हो?’ वीरगञ्जमा त्यत्रा मान्छे मारेका छन् । हामीले बोल्न नपाउने? यतिबेला सम्म किन हाउस नचलाएको ? के हामीले बोल्छौँ भनेर लाग्यो तपाईंलाई ? उता मान्छे मरेको छ, तपाईं चूप लागेर बस्नुहुन्छ?’ सामान्यतया धैर्यवान् स्वभावका सभामुख अमरेशको तमिजविनाको चिच्याहट सुनेर रातोपिरो हुन पुगे । उनी पनि ठूलै श्वरमा कराए, ‘मान्छे कसले मार्यो? मैले मारेँ? मान्छे मैले मारेँ कि तैँले मारिस्, हँ ?’ अमरेशले जवाफ दिए, ‘मैले कसरी मारेँ ?’ म सत्तापक्षको सांसद्ले कसरी मान्छे मारेँ?’ सभामुख अझै थामिएनन्, जवाफ दिए, ‘गोली चलेको छ । तपाईंहरू भाषण गर्दै हिँड्नुभएको छ । खुँडा, खुकुरी, भाला बोकी सुरक्षाकर्मीलाई मार भन्दै डुक्रिएर हिँड्ने को हो? अझ, यहाँ आएर ठूलो कुरा गर्ने?’ यसपछि त्यहाँ उभिएका केही व्यक्तिहरू सभामुखको  पक्षमा बोल्न थाले, ‘सदन कसरी चलाउने? कार्यसूची के पेश  गर्ने? यो सभामुखको चिन्ताको विषय हो । हामीले दबाब दिएर हुँदैन ।’ अर्काले भने, ‘ सभामुख तिम्रा अरौटे हुन् र, यसो गर त्यसो भन्छौ ?’ जनआस्थामा यो समाचार छ । – See more at: http://nepalpati.com/news/14919/suvash-chandra-nemwang#sthash.Iel9u1tL.dpuf - See more at: http://dainiknepal.com/2015/88584.html#sthash.QCZBWKHd.kQr8KM90.dpuf
२३ भदौ, काठमाडौं । दुई वर्ष अघि धादिङमा बाईसीएल कार्यकर्ताको हत्या गरेको अभियोगमा साजन गुरुङ पक्राउ परेका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले धादिङ सेमजोङ ८ का नचोक उर्फ साजनल र कारजोन गुरुङलाई पक्राउ परेको हो । साजनमाथि २४ माघ २०७० मा बाईसीएल कार्यकर्ता पवन भन्ने पहलमान तामाङको हत्या गरेको अभियोग लागेको छ ।
२८ वर्षका साजनलाई काठमाडौंको न्यूरोडमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए । उनले भने-‘बाहिरबाट ताला लगाएर बस्ने र अपराध गर्ने बेलामा मात्र बाहिर निस्केन गरेका रहेछन् ।’
उनका साथबाट हेमन्त गुरुङको नाममा जारी भएको भारतको मतदाता परिचय पत्र र एक थान चुप्पी समेत बरामद भएको छ ।
प्रहरीका अनुसार साजनले उद्योगी व्यवसायीलाई धम्क्याउने र रकम असुल्ने गरेको पाइएको छ । उनले नुवाकोट धादिङ सडक खण्डका ठेकेदारसँग समेत २० लाख रुपैयाँ मागेको पाइएको छ ।
www.onlinekhabar.com
जिल्ला प्रहरीमा आक्रमण गरेपछि प्रहरीले गोली चलायो
महोत्तरी : महोत्तरीको जलेश्वरमा भएको झडपमा प्रहरीको गोली लागेर चार प्रदर्शनकारीको मृत्यु भएको छ ।

मधेसी मोर्चाले सदरमुकाम जलेश्वरमा निकालेको जुलुसका क्रममा प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालयमा ढुंगामुढा गरी धावा बोलेपछि प्रहरीले स्थितिलार्इ नियन्त्रणमा लिन गोली चलाएको हो ।

प्रहरीले चलाएको गोली लागेर जलेश्वर–७ बज्राही निवासी रोहन चौधरी, जलेश्वर-१४ का मुसो कापर र रामविवेक यादवको ज्यान गएको हो ।  अर्का एकजनाको नाम खुल्न सकेको छैन ।

प्रहरीको गोली लागेर थप ७ जना गम्भीर घाइते भएका छन् । मोर्चाका कार्यकर्ताले मंगलबार राति जिल्ला शिक्षा कार्यालयमा अागजनी गरेका थिए ।

जलेश्वर नगरपालिकामा निकालिएको जुलुसका क्रममा उग्र प्रदर्शन गरिरहेका मोर्चाका कार्यकर्ताहरु जिल्ला प्रहरी कार्यालयमा जाइ लागेपछि प्रहरीले गोली चलाएको हो । मारिएका सबैजनाको घुँडाभन्दा माथि गोली लागेको छ।

झडपका कारण अहिले जलेश्वर तनावग्रस्त छ ।
www.annapurnapost.com
काठमाडौं:  टेकुमा बुधबार अपरान्ह डरलाग्दो दुर्घटना भएको छ।

टेकुबाट त्रिपुरेश्वरतर्फ आइरहेको बा ४९ प ३८०६ नम्बरको मोटसाइकल र त्रिपुरेश्वरबाट टेकुतर्फ गइरहेको बा ६० प ९५१४ नम्बरको मोटरसाइकल बीच सडकमा ठोक्किँदा तीनजना सडकमै पछारिएका थिए।

भानु लामिछानेको टाउको सडकमा बजारिएर रगत बगेको थियो। गम्भीर घाइते भएका उनलाई अस्पताल लगिएको छ। त्यसैगरी चालक प्रशान्त सापकोटा पवन लामा पनि घाइते भएका छन्।
annapurnapost.com
काठमाडौ :  नेपाली काग्रेसका नेता एवम सनातन हिन्दु राष्ट्र महाअभियानका संयोजक खुमबहादुर खड्काले ठूला दलका ठूला नेताहरुले विदेशीको डलर खाएर हिन्दु धर्म बेचेको आरोप लगाएका छन्।

रिपोर्टस् क्लबमा बुधबार बोल्दै खड्काले धर्म निरपेक्षता कुनै पनि हालतमा मान्य नहुने र हिन्दु राज्य हुनैपर्ने बताए। उनले आफ्नै पार्टीका सभापति सुशील कोइराला, बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेललाई नाम बदल्न चुनौती दिदै भने, अब किन कोइराला,देउवा र पौडेल राख्‍नुपर्‍यो। तपाईहरुले नाम फेरेर अब पिटर, मिटर र टोनी राखे हुन्छ।


उनले भने, 'तिहारमा दिदी बहिनीसँग टिका लगाउने कोइराला र पौडेल, त्यस्तै देउडा नाच्ने देउवाले त्यो काम छाड्नु पर्यो । कम्यूनिष्टहरुले त धर्म मान्दैनन। कांग्रेस पनि त्यही बाटोमा हिड्नु दुर्भाग्य हो। हिन्दु बाबु आमाको कोखबाट जन्मिएर त्यस्तो गर्दा सम्पूर्ण हिन्दुको अपमान हुन्छ ।


खड्काले नेपाल बचाउने सूत्र हिन्दु धर्ममात्रै भएको दाबी गर्दै हिन्दुवादीहरुको  जित निश्चित रहेको बताए। खड्काले ९० प्रतिसत नेपाली जनताले हिन्दु राष्ट्र र प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा सुझाव दिए पनि नेताहरुले त्यसलाई वास्ता नगरेको र आफ्नो निर्णय जबरजस्ती लादेको बताए।

उनले अहिले संविधान गौण र  महत्वपूर्ण कुरा राष्ट्र भएको उल्लेख गर्दै भने, भोलीको दिन अझै भयावह हुन्छ । स्वतन्त्र मधेसको आवाज प्रवल भयो भने देश विखण्डन हुन सक्छ । जवरजस्ती संविधान जारी गरेर हुँदैन ।'


खड्काले नेपाललाई एकीकृत गर्न एक महिनासम्म संविधानसभा स्थगित गरेर सबैसँग सल्लाह गरेर संविधान बनाउन सके नेपालकै संविधान हुने स्पष्ट पार्दै सभासदहरुले धमाधम संविधानसभा छाडिरहेको अवस्थामा आफ्नो दुनो सोझ्याउन मात्रै संविधान जारी गरे मुलुकमा द्धन्दमा जाने बताए।

धर्म निरपेक्षताको घोषणा काग्रेस पार्टीभित्र कुनै पनि तहमा छलफल नगरी भएको दावी गर्दै भने, 'अहिलेको केन्द्रीय समितिको बैठकमा बोल्ने सबै सदस्यहरुले हिन्दु राष्ट्रको पक्षमा छन्। अभियानका प्रवक्ता कुमार रेग्मीले नेपालका हिन्दु र बौद्ध तिर्थ स्थलको प्रवर्दन मात्र गर्न सके नेपालको विकास हुने भन्दै नेपालले अरुसँग भिख मागिरहनुको आवश्यकता नरहेको बताए ।
annapurnapost.com
काठमाण्डु, २३ भदौ– भारतमा साउदी अरबका एक कुटनीतिज्ञले दुई नेपालीलाई बनधक बनाएर त्यहाँको एक घरमा राखि पटक–पटक बलात्कार गरेको समाचारले यतिबेला सबैलाई स्तब्ध बनाएको छ । घटना बाहिर आएसँगै कुटनीतिज्ञमाथि बलात्कारको मुद्धा दर्ता गराइएको छ । समाचार अनुसार भारतका लागि साउदी अरब दूतावासका प्रथम सचिवले दुई नेपाली महिलालाई भारतमा महिनौँसम्म बन्धक बनाएर बलात्कार गर्दै आएको थियो । त्यहाँ उनीहरुलाई निकै दर्दनाक तरिकाले बलातकार गरिएको थियो । प्हरीले सोमबार स्थानीय र एनजिओको सहयोगमा उनीहरुलाई त्यहाँबाछ छुटाएको हो ।
घटना बाहिर आएपछि बलात्कारित ४४ वर्षीया महिला र उनकी २० वर्षीय छोरीले आफूमाथि भएको पीडाको दर्दनाक कथा सुनाएका छन् । युवतिले भनिन्, ‘पछिल्लो चार महिना हाम्रा लागि निकै भयावह रह्यो । हामीलाई लाग्थ्यो कि हामी छिट्टै मर्ने वाला छौँ र हाम्रो घरपरिवारलाई हाम्रो लाशुमेत मिल्नेवाला छैन ।’
४४ वर्षीया नेपाली महिलाले कहिलेकाँही आफूहरुलाई सात आठ जनाले सामूहिक बलात्कार गर्ने गरेकोसमेत बताइन् । पहिले दुबै आमाछोरीलाई घरको कामका लागि राखिएको थियो तर, पछि उनीहरुलाई यौन प्यास बुझानका लागि प्रयोग गर्न थालियो । महिलाले भनिन्, ‘केबल कुटनीतिज्ञमात्र होइन उसको घरमा आउने सबैजनाले बलात्कार गर्थे, कहिलेकाँही त दिनमै सातदेखि आठ जनासम्मले पनि सामूहिक बलात्कार गरे । उनीहरु पनि साउदी अरबका मानिस हुने गर्थे ।’
आफूहरुले बिरोध गर्न खोज्दा मारेर लाश कतै फालिदिने धमकी आउने गरेकोसमेत महिलाले खुलासा गरिन् । नेपाली महिलाको आरोप छ कि एकदिन जब उनले बलात्कारको बिरोध गर्न खोजिन् तब उनको हातमा चाकु हानियो । महिलाका अनुसार कुटनीतिज्ञले उनीहरुलाई कतिपटक दिल्ली भन्दा बाहिर आगरा र नैनीताल लगेर गयो । त्यहाँ केही मानिसहरु भेटिन्थे र उनीहरु पनि बलात्कार गर्थे ।
घटनापछि साहायक प्रहरी आयुक्त राजेशले पहिले उनीहरुलाई साउदी अरबको जेद्धान लगिएको जहाँ उनीहरुलाई घरेलु काम लगाइयो र बलात्कार पनि गरियो । केही समयपछि उनीहरुलाई भारतको दिल्लीस्थित गुडगाउँ लगियो । त्यहाँ एक फ्ल्याटमा राखियो जुन साउदी अरबको दूतावासले भाडामा लिएको थियो । राजेशले पीडतको बयानका आधारमा अघि भने एक घरेलु सहायक पनि त्यहाँ गएकी थिइन् । उनले यी दुबै महिलाको दुर्दसा देखिन् र त्यहाँबाट गइन् ।
सोही महिलाले एक एनजिओलाई सूचना दिइन् र प्रहरी त्यहाँ गएर छापा हान्यो र महिललाई मुक्त गर्यो । घटनाका समबनधमा अहिलेसम्म कोही गिरफ्तार भएका छैनन् । प्रहरीले यस घटनामा नेपाली दूतावासको सहयोग मागेको छ । युवतिहरुको घर बाग्लुङ भएको समाचारमा बताइएको छ । भारतीय संचार माध्यमले यस घटनालाई प्राथमिकताका साथ स्थान दिइरहेका छन् ।
 source kathmandutoday.com
केटीहरुको विषयलाई लिएर केटाहरुमा सधै उत्सुकता रहिरहनु सामान्य कुरा हो । अझ जो महिला भित्रै देखि मन परेको छ र आफ्नो बनाउन पाए हुन्थ्यो भन्ने लागेको छ भने त उनको बारेमा धेरै कुरा खोजिनीति गर्छन् केटाहरु । केटाहरुको यस्तो उत्सुकता तपाइँ आफैले पनि देख्नु तथा भोग्नु भएकै होला ।
अझ कलेज तथा अफिसमा जब कुनै नयाँ केटी आउँछन् तब केटाहरु यो जानकारी जुटाउनमा तल्लीन हुन्छन् की उक्त केटीको वैवाहिक स्थिति वा रिलेसनसीप स्टाटस के हो ? केटीहरुको बारेमा केही विशेष कुरा जानिहाल्न केटाहरुलाई निकै हतार हुन्छन् । जुन यस्ता छन् :
१. कुनैपनि युवतीसँग मित्रता तथा प्रेमको सम्बन्ध गाँस्नुभन्दा पहिला युवकहरुले यो कुरा पक्का गर्न चाहन्छन् की ती महिला अरु कसैसँग सम्बन्धमा त छैनिन् ? वा उनको पहिले अरु कसैसँग सम्बन्ध पो थियो की ?
२. केटाहरुलाई यो कुरा जान्न पनि निकै मन हुन्छ की आफुले मन पराउन थालेकी केटी आफ्ना साथीसँगीहरुको बीचमा कस्तो व्यवहारकी छिन् । उनको व्यवहार तथा कुराकानी जान्नका लागि केटाहरु निकै सक्रिय बन्दछन् ।
३. आफुले मन पराएकी कुनै केटीको बारेमा केटाहरुले जान्न चाहने अर्को कुरा हो, ती केटीका कति पुरुष मित्र छन् ? पुरुष मित्रसँगको हेलमेल तथा संख्याको आधारमा धेरै केटाहरुले कुनैपनि केटीको चरित्रको अड्कल समेत काट्ने गरेको पाइन्छ । कतिपय अवस्थामा भने शंका निवारणका लागि पनि केटीका पुरुष साथीको संख्या खोजीनिति गरिएको हुन्छ ।
४. हरेक केटा यो जान्न चाहन्छ की जुन केटीलाई उसले मन पराएकेा छ, त्यो केटी ऊप्रति कत्तिको वफादार छे र कति माया गर्छे । आफ्नो प्रेमिकाको आँखामा उसले आफ्नो मूल्य देख्न चाहन्छ ।
५. केटाहरुलाई यो कुरा जान्न पनि निकै हतार हुन्छ की जुन केटीलाई उसले मन पराएको हुन्छ त्यो केटीलाई यौन सम्बन्धको बारेमा के जानकारी छ अनि शारीरिक सम्पर्क राख्ने इच्छा उसमा छ की छैन ?
www.onlinekhabar.com
काठमाडौं : राप्रपा नेपालले संविधान जारी प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ। राप्रपा नेपालका अध्यक्ष कमल थापाकाे अध्यक्षतामा बुधबार बिहान बसेको बसेको केन्द्रीय कार्यसम्पादन समितिको  बैठकले प्रक्रियाबाट बाहिरिने निर्णय गरेको हो ।

राप्रपा नेपालले राखको माग तथा मुद्दालाई सम्बोधन गर्ने र संविधानमा समेट्नेतर्फ तीन ठूला दलबाट कुनै पनि सकारात्मक पहल नभएको निश्कर्ष निकाल्दै यस्तो अवस्थामा प्रक्रियामा सहभागी भइरहनुको कुनै अर्थ नरहेको निर्णय बैठकले गरेको छ।


राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले बिहान बसेको बैठकले प्रक्रियामा सहभागी नहुने निर्णय गरेको जानकारी दिए । अध्यक्ष थापाले तीन दलले संविधानसभा कब्जा गरेको आरोप लगाउँदै तीन दलको सिन्डीकेटले संविधानसभाको भूमिकालाई पंगु बनाएको बताएका छन्।
annapurnapost.com
काठमाडौं : एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टरार्इ नेपाली सेनालार्इ फिर्ता गरेर तत्काल मधेसी दलसँग वार्ता थाल्न माग गरेका छन् ।

बुधबार एमाओवादी निकट मधेसी नेताहरुसँगको भेटपछि नेता भट्टरार्इले मधेसको स्थिति अत्यन्त गम्भीर दिशातर्फ उन्मुख भइरहेको दाबी गर्दै नेपाली सेनालार्इ व्यारेक फर्काउन माग गरेका हुन् ।

'हाम्रो पार्टी एमाओवादीका मधेसका नेता/सभासद्हरू समेतबाट पछिल्लो चरणको तराई-मधेसको स्थिति बुझ्दा अत्यन्त गम्भीर दिशातिर उन्मुख भैरहेकोछ', उनले सामाजिक सञ्जालमा भनेका छन्, 'त्यसैले सरकारमा रहेका दलहरुले आवश्यक लचकता र जिम्मेवारी प्रदर्शन गर्दै तुरुन्तै सेना फिर्ता गर्न अग्रसर हुनुपर्यो ।'

नेता भट्टरार्इ मधेसको तनावलार्इ शिथिल पार्नका लागि सेनालार्इ व्यारेक फर्काइनुपर्ने बताउँदै त्यसपछि आन्दोलनकारीसँग वार्ता गरी राजनीतिक समाधान खोज्नेतर्फ प्रयत्न गर्न सरकारसँग आग्रह गरेका हुन् ।

'शुभकार्य गर्न कहिल्यै ढिलो हुन्न भने झैं सार्वभौम संविधानसभाले पनि अहिलेको प्रक्रिया भित्रैबाट यससम्बन्धमा कुनै बाटो निकाल्न सक्छ । सबै गम्भीर बनौं', बाबुरामले भनेका छन् । '/www.annapurnapost.com

केही दिनअघि सोसल नेटवर्किंग साइट फेसबुकले ठूलो कोशेढुंगा पार गर्यो, दैनिक प्रयोगकर्ताको संख्या १ अर्ब नघाएर । विश्वका डेढ अर्ब मानिसले फेसबुक चलाउँछन्, कम्तिमा महिनामा एक पटक । यति धेरै प्रयोगकर्ता रहेको फेसबुक वास्तवमै प्रयोगका लागि सजिलो तथा निकै अन्तरक्रियात्मक छ, त्यसैले त सामान्य मानिसहरु पनि यसमा जोडिएका छन्, अझ विकाशोन्मुख देशहरुमा पनि ।
आफ्ना फेसबुके साथीहरुको चित्तबुझ्दो फेसबुक पोष्टमा लाइक ठोक्नु निकै चल्तीको चलन हो र फेसबुकेहरुको लागि सबैभन्दा सजिलो काम पनि हो ।
तर विश्वभरका करोडौँ मानिसहरु जब कुनै तस्वीर वा घटनाका विषयका पोष्टहरुमा आफ्नो लाइक ठोक्छन् तब यसले खास अर्थ बोक्दछ । यदि बेलायतको युनिभर्सिटी अफ क्याम्ब्रिजका शोधकर्ताहरुको कुरा पत्याउने हो भने मानिसले फेसबुकमा गरेको लाइकको आधारमा उसको बारेमा धेरै कुरा थाहा पाउन सकिन्छ ।
युनिभर्सिटी अफ क्याम्ब्रिजको  म्यासिक सस टूल एप्लाइ म्याजिकले यो जानकारी दिन सक्छ की फेसबुक प्रयोगकर्ता पुरुष हो वा महिला ? उसको धर्म के हो ? राजनीतिक विचारधारा के हो ? आदि आदि ।
उक्त टुलमा गएर तपाइँले   अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि Try it Now  नामक अप्सन छान्नुहोस् । आफ्नो फेसबुकको लाइकको बारेमा जानकारी लिने इजाजत दिएपछि यो एपले काम गर्न सुरु गर्छ । त्यसपछि केही सेकेण्डमा पर्खिनुस् र अन्ततः आफ्नो बारेमा सबै जान्नुहोस् ।
यद्यपि हरेक फेसबुकेहको बारेमा यो एपले गर्ने विश्लेषण सबै ठ्याक्कै नमिल्न सक्छ, तथापि यसले बताउने धेरै कुराहरु भने सही ठहरिने बताइएको छ ।
www.onlinekhabar.com
२३ भदौ, काठमाडौ । अभिनेत्री मनिषा कोइरालाले नेपालमा राजसंस्थालाई उचित स्थान दिनु पर्ने भन्दै हिन्दुअधिराज्य कायम हुनुपर्ने माग गरेकी छिन् ।

‘नयाँ संविधानका लागि हाम्रो सुझाब’ भन्दै उनले आफ्नो फेसबुक वालमा लेखेकी छिन् ‘राजसंस्थालाई पाखा लगाएर संविधान निर्माण गरिँदा राष्ट्रिय एकता खल्बलिनुका साथै नेपालको सार्वभौमसत्ता नै गुम्ने सम्भावना भएकाले राजसंस्थालाई उचित स्थान दिनु वाञ्छनीय छ ।’
मनिषा कोइरालाको फेसबुक वालमा सुझाब लेख्नेमा भने मनिषासँगै साहित्यकार नरेन्द्रराज प्रसाईको पनि नाम छ । उनीहरु दुबैले सुझाब दिँदै नेपाली राजसंस्थाले अढाइ सय वर्षसम्म राष्ट्रमा संरक्षकको भूमिका निर्वाह गरेको उल्लेख गरेका छन् ।
प्रसाईले राजसंस्थाका बारेमा बोल्न लगाएर मनिषालाई विवादमा तानेका हुन् । मनिषाको स्टाटसमा उनको भन्दा माथि प्रसाइको नाम उल्लेख छ ।
राजावादी मानिने साहित्यकार प्रसाईले एक समय मनिषा कोइरालाको बायोग्राफी लेख्ने योजनासमेत बनाएका थिए । अहिले उनले राजसंस्था चाहिन्छ भन्ने अभिव्यक्तिका लागि मनिषालाई सघाएका हुन् ।
नेपाल राष्ट्रले सनातन हिन्दुधर्मको संरक्षण र वैदिक संस्कृतिले नेपालको संरक्षण गर्दै आएको भन्दै मनिषाले भनेकी छिन् ‘नेपाली हिन्दुत्वले विश्वमा आफ्नै विशिष्ट पहिचान स्थापित गरिसकेको सन्दर्भलाई बिथोल्नु हुन्न ।’
नेपाली सेनालाई आगामी दिनमा शक्तिशाली बनाउनुपर्ने सुझाब दिएकी मनिषाले सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता संवैधानिक आयोगलाई बलियो बनाउनुपर्ने बताएकी छिन् ।
बीपी कोईरालाकी नातिनी मनिषा पूर्वमन्त्री प्रकाश कोइरालाकी छोरी हुन् । कुनै समय नेपाली कांग्रेसमा आवद्ध प्रकाश कोईराला पछिल्लो समय राजावादी भएका थिए । राजा ज्ञानेन्द्रको शासनकालमा मन्त्री समेत भएका कोइराला अहिले राजनीतिमा सक्रिय छैनन् ।
आफ्ना पिता शाही सरकारको मन्त्री बनेसँगै मनिाषाले त्यसबेलै पूर्वराजा ज्ञानेन्द्रको कदमलाई समर्थन गरेकी थिइन् ।
www.onlinekhabar.com
२३ भदौ, राजविराज । सप्तरीको भारदहमा प्रहरीको गोली लागेर बुधबार एकजनाको मृत्यु भएको छ । सवारी साधनहरु स्कोटिङ गरेर गन्तव्यतर्फ लैजान लाग्दा प्रदर्शनकारीले अवरोध गरेपछि झडप भएको थियो ।
झडपमा प्रहरीले चलाएको गोली लागेर पोर्ताहा २ का ६० वर्षीय रामकिसन राउतको मृत्यु भएको हो ।
प्रहरीले स्कोटिङ गरेर गाडी पठाउने भनेपछि आन्दोलनकारीहरुले रुख ढालेर सडक अबरुद्ध पारेका थिए ।
सो स्थानमा अहिले पनि तनाव जारी छ । प्रहरी र प्रदर्शनकारीबीच अहिले पनि झडप भैरहेको छ । प्रहरीले दर्जनौं सेल अश्रुग्यास र रबरका गोली प्रहार गरेको छ ।
www.onlinekhabar.com
भारदह: सप्तरीमा प्रहरीको गोली लागेर एकजना प्रदर्शनकारीको मृत्‍यु भएको छ।

प्रहरी र प्रदर्शनकारीको झडपमा गोली लागेर मृत्‍यु हुनेमा पोर्ताहा-२ का ६० वर्षीय रामकृष्ण राउत रहेका छन्। झडपमा सशस्त्र प्रहरीका डिएसपीसहित २० जना घाइते भएका छन्।  nnapurnapost.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home