• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
पाइलट बाबाले दिए १ करोड २ लाख
काठमाडौं: प्रधानमन्त्री सुशील कोइरालाले आफू धर्म निरपेक्षताको पक्ष नभइ धार्मिक स्वतन्त्रताको पक्षमा रहेको बताएका छन्। चर्चित योगी पाइलट बाबासँग बुधबार बिहान बालुवाटारमा भएको प्रधानमन्त्री कोइरालाले ८५ प्रतिशत हिन्‍दू जनसंख्‍या भएको मुलुकमा धार्मिक स्वतन्त्रतासहित हिन्‍दू धर्मको रक्षा गरिने बताए।

भेटमा पाइलटबाबाले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाएर तत्‍कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गल्ती गरेको टिप्‍पणी गरेका थिए। उनले यसलाई सुधार्न सके प्रधानमन्त्री कोइराला अमर हुने बताएको बालुवाटार स्रोतले जानकारी दिएको छ।

पाइलट बाबाले नेपालका भूकम्‍पपीडित र वीर अस्पतालको आइसियू कक्ष मर्मतका लागि भन्द‌ै प्रधानमन्त्री राहत कोषमा १ करोड २ लाख रुपैँया आफ्‍नो तर्फबाट हस्तान्तरण गरेका छन्।
www.annapurnapost.com
२ असार, काठमाडौं । वैदिक कुरा मान्ने हो भने नवविवाहित जोडीहरुले अब कम्तिमा एक महिना सँगै बस्न र सुत्न हुँदैन । असार १ गतेबाट शुरु भएको मलमास अर्थात अधिकमास ठीक एक महिनासम्म अर्थात असार ३१ गते रातिसम्म रहनेछ ।

मलमासको समयमा नवविवाहित जोडीहरु अलग बस्नुपर्ने र गर्भधारण गर्न नहुने परम्परागत मान्यता छ । यसको अर्थ मलमासको अवधिमा सहवास नगर्ने हो ? विज्ञहरु भन्छन्-अधिकमासको अवधिमा गर्भधारण भएको बच्चा राम्रो हुँदैन भन्ने मान्यता छ ।
मलमासमा यौनकार्य नगर्न सुझाब दिँदै ज्योतिष पण्डितहरुले यस्तोबेला गर्भ बसे परिवारलाई कष्ट हुन सक्ने बताएका छन् ।
ज्योतिष आत्माराम भण्डारीका अनुसार मलमासको बेलामा गर्भ रह्यो भने बच्चा त जन्मिन्छ तर, त्यो बच्चाको भविष्य रेखा ज्योतिषलाई पनि थाहा हुँदैन ।
‘कतिपयको चिना मिलेन भनिन्छ, चिना नमिल्नु भनेकै उनको भविष्य थाहा नहुनु हो ।’ अनलाइनखबरसँग कुरा गर्दै भण्डारीले भने ।
तर, गर्भधारण बाहेकको सहवासका बारेमा शास्त्र र विज्ञहरुले केही बोलेका छैनन् । तर नवविवाहित जोडीहरु चाहिँ अलग बस्नु भन्छन् । यस्तो बेला नवविवाहित युवती माइती बस्ने प्रचलन रहेको ज्योतिषशास्त्री डा. सूर्य ढुंगेल बताउँछन् ।
यो एक महिनाको मलमास अवधिमा कुनै पनि शुभ कार्य र पितृकार्य गर्न हुँदैन भन्ने हिन्दु धार्मिक मान्यता छ । यसबीचमा पर्ने तिथि श्राद्ध पनि मलमास सकिएपछि मात्रै गरिन्छ । मलमासकै कारण यस वर्षका सबै चाडपर्व एक महिना पछि सरेका छन् ।
अधिकमासकै कारण असारमा सधैं हुने विहेका लगन यस वर्ष छैनन् । विवाह, ब्रतबन्ध, गृह प्रवेश, नयाँ ठाउँको यात्रा कुनै पनि शुभकार्य यस अवधिमा नगर्नु राम्रो हुने ज्योतिष कृष्णप्रसाद कोइरालाले बताए ।
मलमासको सम्बन्ध खगोल विज्ञानसँग पनि रहेको ज्योतिषशास्त्री बताउँछन् । हरेक ३२ महिना १६ दिन वितेपछि मलमास सुरु हुन्छ । १९ वर्षपछि त्यही महिना, त्यही दिनमा आउँछ ।
के हो मलमास ?
अधिकमासलाई पुरुषोत्तम मास वा मलमास पनि भनिन्छ । वैदिक परम्परा अनुसार नेपालको इतिहासमा छैटौ शताब्दीदेखि सोह्रौं शताब्दीसम्मका अभिलेख हेर्दा असार र पुस महिनामा अधिकमास हुने गरेको अध्येताहरु बताउँछन् ।
कुल ३६५ दिनको एक वर्षमा १२ महिना हुन्छ । सूर्यको गतिअनुसार गणना गरिने मासलाई  सौरमास भनिन्छ भने, चन्द्रमासको गतिको आधारमा गणना गरिने मासलाई चन्द्रमास भनिन्छ । सामान्यतया सैरमासमा सक्रान्तिदेखि मसान्तसम्ममा २९ दिनदेखि ३२ दिनसम्मको एक महिना हुन्छ ।
चन्द्रमासमा एक पूणिर्मादेखि अर्को पूणिर्मासम्म २९ दिन १२ घण्टा ४४ मिनेट र २४ सेकेन्डको एक चन्द्रमास हुन्छ । त्यस्तै सौरमासको गणना अनुसार एक वर्षमा जम्मा ३६५ दिन हुन्छन् । चन्द्रमास अनुसार ३५४ दिनमात्र हुन्छ ।
यसरी गणना गर्दा ३२ महिना, १६ दिन, १ घण्टा र ३६ मिनेट पुगेपछि एक अधिकमासबाट अर्को अधिकमास पर्दछ । हरेक वर्षमा ११ दिनको फरकलाई जोड्दै जाँदा तीन वर्षमा एक महिना सौरमास भन्दा चन्द्रमास बढी हुन जान्छ ।
मलमास वा अधिकमास त्यस्तो कुनै अशुभ समय भने नभएको ज्योतिश शास्त्रीहरु बताउँछन् । वर्ष दिनलाई ठीकसँग मिलाउन मलमास र क्षयमास आउने गर्छन् ।
व्यवहारिक हिसाबले मलमास प्रायः असार महिनामा पर्ने भएकाले गाउँ घरका बुहारीहरुले मलमासका बेला माइत जाने अवसर प्राप्त गर्छन्, जसले गर्दा उनीहरुमा खुशी ल्याउँछ ।
यो रुढीवाद हो : निर्मला शर्मा
मलमासलाई महिला अधिकारकर्मीले कसरी हेरेका छन् ? यसबारे प्रश्न गर्दा सञ्चारिका समूहकी अध्यक्ष एवं पत्रकार निर्मला शर्मा भन्छिन्- ‘यसको प्राविधिक पक्षबारे मलाई जानकारी नभए पनि यो रुढीवादी प्रचलन हो जस्तो लाग्छ ।’
पृथ्वीको चक्रले समयमा आउने परिवर्तन विश्वभरि हुने बताउँदै उनले अनलाइनखबरसँग भनिन्- ‘हिन्दुले मात्रै मलमास बार्छन्, विश्वका अरु मानिसलाई यसले पिरेको देखिँदैन ।  त्यसैले मलमास बार्नु व्यवहारिक छैन ।’
पति र पत्नीहरु छुटि्टँदा वालवालिकालाई विद्यालय पठाउन समस्या पर्ने भन्दै शर्माले आफूले कहिल्यै मलमास नबारेको बताइन् ।’
www.onlinekhabar.com
काठमाडौं, असार २ । बुधबार बिहानै भूकम्पको चारवटा पराकम्पन गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका बिहान २ घण्टाभित्र भूकम्पको चार वटा पराकम्पन गएको हो । बिहान ८ बजे सिन्धुपाल्चोक र तिब्बत केन्द्रबिन्दु भएर ५ दशलमव १ रेक्टर स्केलको पराकम्पन गएको केन्द्रले जनाएको छ ।

त्यसअघि सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर दुईवटा पराकम्पन गएको थियो । बिहान ६ बजेर १४ मिनेटमा ५ दशलमव २ रेक्टर स्केल र ६ बजेर २६ मिनेटमा ४ रेक्टर स्केलको पराकम्पन गएको केन्द्रले जनाएको छ ।

बिहान ५ बजेर ५८ मिनेटमा काठमाडौं केन्द्रबिन्दु भएर ४ दशलमव ४ रेक्टर स्केलको पराकम्प गएको थियो । योसँगै बैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा ७ दशमलव ८ रेक्टर स्केलको ठूलो भूकम्पपछि अहिलेसम्म ४ रेक्टर स्केल माथिका ३ सय २० भन्दा धेरै पराकम्पन गैसकेको छ ।

यसअघि मंगलबार बेलुकी ९ बजेर ५६ मिनेटमा दोलखा केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको थियो ।

ठूलो भूकम्पपछि साना पराकम्पन आउनु स्वभाविक भएकाले नआत्तिन तर सतर्क भने हुन केन्द्रका प्रमुख लोकविजय अधिकारीले आग्रह गर्नुभयो ।

काठमाडौं : बुधबार बिहान काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ ।

बिहान ५ बजेर ५९ मिनेटमा काठमाडौंको कीर्तिपुर केन्द्रबिन्दु भएको ४.४ म्याग्निच्यूडको कम्पनले करिब ३ सेकेन्डसम्म हल्लाएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

त्यसैगरी बिहानै ६ बजेर १६ मिनेटमा पनि अर्को भूकम्पको धक्का महसुस भएको छ।

यसअघि मंगलबार राति दोलखा केन्द्रबिन्दु भएको भुकम्पको धक्का महसुस भएको थियो । मंगलबार राति ९ बजेर ५६ मिनेटमा दोलखा केन्द्रबिन्दु भएको ४.१ म्याग्निच्यूटको भूकम्प गएको थियो ।

त्यसअघि सोमबार दिउँसो ३ बजेर ५२ मिनेटमा सिन्धुपाल्चोक केन्द्र भएको भूकम्प गएको थियो ।

वैशाख १२ को शक्तिशाली भूकम्पयता हालसम्म ३ सय ५० वटा बढी ४ म्याग्निच्यूडका भूकम्पका धक्का महसुस भइसकेका छन् ।

१. पाचन सुधार्छ पाचनलाई सुधार्नका लागि बिहान तातो पानीमा मह र कागती मिसाएर खानुपर्छ । यसले पेट सफा राख्न मद्दत गर्नुका साथै कलेजोमा रसको उत्पादनलाई बढाउँछ, जसबाट पाचन प्रक्रियामा मद्दत मिल्छ । कागतीमा रहेको एसिडले पाचनप्रणालीलाई मजबूत पार्न मद्दत गर्छ र अवान्छित विषाक्त पदार्थलाई बाहिर निकाल्छ । यसका अलावा महले एक एन्टीब्याक्टेरियलको रुपमा काम गर्छ र शरीरमा रहेको कुनै पनि प्रकारको संक्रमण हटाउँन मद्दत गर्छ ।
२. कब्जियत हटाउँछ तातोपानीमा मह र कागती मिसाएर खानाले कब्जियतलाई समेत निको पार्ट । यसले आँतलाई प्रोत्साहित गरेर दिसा खलास गर्नमा सहयोग गर्छ । यसका अलावा यसले आन्त्र म्युकसलाई बढावा दिन्छ । सुख्खा भएको दिसालाई भिजाउँछ । यसले दिसा गर्न सहयोग गर्छ ।


 ३. लिम्फेटिक सिस्टमको सफाईमा सहयोगी लिम्फेटिक सिस्टममा पानी र आवश्यक तरल पदार्थको कमी भएमा थकान महसुस हुन्छ । कब्जियत, सुत्न समस्या, उच्च या न्युन रक्तचाप, तनाव र मानसिक स्वास्थ्यमा असर पर्छ । बिहान–बिहान यो मिश्रण पिउनाले लिम्फेटिक सिस्टम सुख्खा हुन मद्दत गर्छ, जसबाट प्रतिरक्षा प्रणालीमा पनि सुधार हुन्छ ।

 ४. मुख स्वास्थ्यमा सुधार एसिडिक प्रकृतिको कागती, मह र तातो पानी पिउनाले मुख गन्हाउने समस्या समाधान हुन्छ । कागतीले आक्रामक ब्याक्टेरियालाई मारेर मुख शुद्ध गर्न मद्दत गर्छ ।

मुख गन्हाउने मुख्य कारण जिब्रोमा जमेको सेतो भाग (खाद्य तथा ब्याक्टेरियाका कारण यस्तो हुन्छ) पनि हो । कागतीसहितको यो मिश्रणले यस्तो सेतो भागलाई हटाएर मुख गन्हाउने समस्या प्राकृतिक रुपमा हटाउँछ ।
 ५. मूत्रबद्र्धक रुपमा कार्य गर्छ महमा शक्तिशाली एन्टीब्याक्टेरियल गुण हुन्छ ।

यसमा कैयौ प्रकारको संक्रमण हटाउने क्षमता हुन्छ । कागती, तातो पानी र महको मिश्रणले एक उत्कृष्ट मूत्रल (शरीरबाट पानी बाहिरनिकाल्ने तत्व) को रुपमा काम गर्छ । मूत्रमार्गलाई सफा गर्ने यो सबैभन्दा राम्रो तरिका हो । युटिआई या मूत्रमार्ग संक्रमणबाट पीडित महिलाका लागि यो मिश्रण वरदान साबित हुन्छ ।

६. इनर्जी लेबल बढाउँछ मह र तातो पानीको मिश्रणले शरीरमा इनर्जी वृद्धि गर्छ । शरीरमा बढी इनर्जी उत्पन्न हुँदा शरीरको मेटाबोलिज्म र कार्यप्रणालीमा वृद्धि हुन्छ । महले शरीरका अंगलाई ठीक ढंगबाट काम गर्न प्रेरित गर्छ । बिहान तातो पानी तथा कागतीका साथ मह लिनाले शरीर दिनभर उर्जावान बन्छ ।

७. तौल घटाउन उपयोगी मह, कागती र तातोपानीको मिश्रण सेवन गर्नाले भोक पनि कम लाग्छ । यसमा फाइबर पाइन्छ,जसले भोक र सुगर लेबललाई कम गरी पर्याप्त इनर्जी प्रदान गर्छ । यसैले नियमित रुपमा बिहान यसको सेवन गर्नाले दिनभर खाने खानामा पनि कमी हुन्छ । जसबाट तौल घटाउन पनि मद्दत मिल्छ ।
 ८. पोषक तत्व र भिटामिनले भरपूर मह र कागतीका साथ तातो पानी सेवन गर्दा शरीरका लागि एन्टीअक्सिडेन्ट, भिटामिन र अन्य पोषकतत्व पाइन्छ । यसका अलावा यसमा एन्टिइन्फ्लामेटोरी गुण पनि पाइन्छ । यसैले यसको सेवनले शरीरको रोगप्रतिरोधी प्रणाली मजबूत हुन्छ ।

९ . रोग प्रतिरोधी क्षमता मजबूत हुन्छ यसको नियमित सेवनले शरीरको प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ । मह र कागतीमा भएको एन्टिअक्सिडेन्ट र अन्य पोषक तत्वले मौसम परिवर्तनसंगै हुने संक्रमणबाट पनि बचाउँछ ।
वैवाहिक जीवनमा निरासा तथा बेमेलको कुरा नौलो होइन, विश्वव्यापी सनातन सत्य हो । तर लोग्नेस्वास्नीको झगडा परालको आगो भनेझैँ धेरै दम्पतिको हकमा यस्तो झगडा छिटै सामसुम भैहाल्छ अनि हठात् अँगालोमा बाँधिन्छन् लोग्नेस्वास्नी ।


लोग्ने स्वास्नी भएपछि सम्भोग भन्ने कुरा सामान्य हो र वैवाहिक जीवनको लागि एक अनिवार्य शर्त जस्तै हो । तर जापानमा भने आधाजसो दम्पतिले सहबास नगर्ने गरेको अनौठो तथ्यको खुलासा भएको छ ।

कण्डम निर्माता कम्पनी सागमी गोमुले गरेको सर्भेका अनुसार जापानमा आधाजसो वैवाहिक सम्बन्ध सम्भोग रहित हुन्छन् । आखिर किन भयो होला यस्तो ? कारण पनि निकै डरलाग्दो छ । जागिर गर्ने श्रीमतीहरुले बाहिरै परपुरुषसँग सम्बन्ध राख्ने गरेकै कारण लोग्नेस्वास्नीबीच सेक्स नहुने गरेको तथ्य सर्भेले खुलासा गरेको छ ।

जापानका धेरै कामकाजी महिलाहरुले आफ्नो लोग्नेसँग सम्भोग नगर्ने र कार्यालयको कामका सिलसिलामा भेट हुने पुरुषसँग यौन सम्बन्ध कायम गर्ने गरेकै कारण उनीहरुले आफ्नो लोग्नेसँग सम्भोगका लागि तयार नहुने गरेका हुन् ।

सर्भेक्षणमा सहभागि ५ सय जना ४० वर्षको उमेरका महिलाहरु मध्ये ११ प्रतिशतले परपुरुषसँग सम्भोग गर्ने गरेको स्विकारे । त्यस्तै १२ प्रतिशतले आफ्नो लोग्ने भन्दा बाहिरको पुरुषसँग सम्भोग गर्न मन पर्ने जवाफ दिए । केही महिलाले नैतिक रुपमा परपुरुषसँगको सम्बन्धका बारेमा आफुले सोँच्न पनि नसक्ने बताए । १० प्रतिशतले त आफुले परपुरुषसँग राखेको सम्बन्धका बारेमा लोग्नेले थाहा पाउँछ की भनेर निकै डराउने गरेको जवाफ दिए ।
परपुरुषसँग के को माध्यमबाट भेटेर संसर्ग गर्नुहुन्छ ? भन्ने प्रश्नमा ३१.५ प्रतिशतले अफिसमै भेटेर रतिक्रिडा गर्ने गरेको बताए । २४ प्रतिशतले इन्टरनेट मार्फत सम्बन्ध कायम गर्ने गरेका रहेछन् । अर्को रोचक कुरा त के भने साढे १८ प्रतिशत त आफ्नो भु पु ब्वायफ्रेण्डसँग सम्भोगमा मग्न हुँदा रहेछन् ।

परपुरुषसँग सम्बन्ध राखेकै कारण आफ्नो श्रीमान सँग सम्भोग नगरेको कति वर्ष भयो भन्ने प्रश्नमा ६३ प्रतिशतले ११ वर्ष भयो भन्ने जवाफ दिए ।त्यसरी परपुरुषसँग सम्बन्ध राख्ने मध्ये ६८.५ प्रतिशतले यस्तो सम्बन्धका कारण आफुलाई कुनै पश्चाताप नरहेको बताए भने १८.५ प्रतिशतले कुनै पश्चाताप नरहेको बताए । बाँकीले यसबारेमा आफुले केहीपनि नभन्ने बताए
हवाई यात्रासंग धेरै रहस्यहरु जोडिएका छन् जो कुरा हामीलाई थाहा छैन । त्यसो त हवाई यात्रा ९९ प्रतिशत सुरक्षित यात्रा मानिन्छ अनि दुर्घटना भैहाले ९९ प्रतिशत खतरनाक यात्रा मानिन्छ । संसारमा बिमान दुर्घटनाको सबै खबरहरु महत्वपूर्ण मानिन्छ कारण हवाई दुर्घटनाबाट सयौंको मृत्यु हुन्छ अनि देश/बिदेशका यात्रूहरुको मृत्यु हुन्छ । त्यसो त अन्तराष्ट्रिय बिमानहरु कतिपय आतंककारीहरुको सिकारमा समेत पर्ने गरेका छन् ।
यसै अवस्थामा हाल आएर हवाई यात्रा सुरक्षाको बिषयमा एक बहस सुरु भएको छ, की कुनै पनि तरिकाले हवाई यात्रालाई सक्दो सुरक्षित बनाउन सकियोस । हवाई यात्राको सुरक्षाको लागि पहिले देखि नै धेरै कुरामा सचेतता अपनाइन्छ जसको लागि एयरलाइंसको जरूरी दिशा-निर्देश पनि दिने गरिन्छ । तर यसको अलावा तमाम यस्तो कुरा पनि छ, जुन कुरा प्राय कसैलाई पनि थाहा हुन्न वा फेरी जहाजको पाइलट वा कुनै पनि सदस्यले यो कुरा अरुलाई बताउन चाहदैनन् । आउनुहोस: आज हामी तपाईलाई हवाई यात्रा संग जोडिएका बिभिन्न १० रहश्यको बारेमा बताउनेछौं ।



एक इन्जनको सहायताले पनि गर्न सकिन्छ हवाई यात्रा:

प्राय कमर्शियल विमानहरु एक इन्जिन खराब भए पनि सुरक्षित उड्न सक्छन् । कति पय अवस्थामा बिमानको एक इन्जिनले काम गर्न छोडे पनि विमानमा सवार यात्रिहरुलाई त्यति मात्र बताइन्छ, जति उनीहरुको लागि जान्न जरुरी हुन्छ । त्यसैले यात्रीहरुलाई कसैले पनि बताउदैनन् की विमानको एक इंजीनले काम गरिरहेको छैन ।



विमानमा फोन प्रयोग गर्न किन पाइदैन ?

विमानमा फोन वा त्यस्तो इलेक्ट्रोनिक सामानहरु प्रयोग गर्न पाइंदैन । किनकि उड़ान गरिएको अवस्थामा फोनको प्रयोगले पाइलटको हवाई उपकरणको लागि मिल्ने जानकारीहरुमा गडबडी हुन सक्छ, जसमा दुर्घटनाको डर हुन्छ ।

अक्सिजन मास्क:

अक्सिजन मास्कमा १५ मिनेट सम्मको लागि अक्सिजन हुन्छ उक्त समय बिमान निकै उचाईमा उडेको छ भने पाईलटले तल लैजान सक्छ ।


विमानमा इन्धनको मात्रा:

पायलटहरु प्राय सधै कम इन्धन खपत गर्ने दबावमा हुन्छन् । एयरलाइन्सको नजर सधै सक्दो इन्धन बचाई फाइदा लिने हुन्छ तर यदी विमान ज्यादा इन्धन लिएर यात्रा गर्दैछ भने र कुनै पनि कारण आंधी-तूफान वा कुनै अरु कुराको सिकार बनेको खण्डमा तुरून्त कुनै पनि अर्को एयरपोर्टमा सरण लिन सक्छ ।

प्लेनमा सांस लिनको लागि सफा हावा

बिमान उडिरहेको अवस्थामा विमानमा जुन फिल्टरेशन सिस्टम प्रयोग हुन्छ, उक्त कुरा कुनै पनि अस्पतालमा भन्दा पनि बढी शुद्ध हावा दिने खालको हुन्छ । यसै कारण विमानमा सफा हावा लिन पाइन्न भन्ने कुरा बास्तबिक हुन्न ।

प्लेनमा कहाँ बस्ने ?

सकेसम्म प्लेनमा यात्रा गर्दा अगाडीको सिटमा बस्दा राम्रो हुन्छ, कारण अगाडी बस्दा यात्रा भर स्वच्छ हावा लिन सकिन्छ ।

भिजिबिलिटी जीरो छ :

उडानको क्रममा कतिपय समय बाहिरको कुरा देखिदैन तर पनि पाइलटले कहिलै पनि आफुले केहि नदेखेको कुरा भन्दैनन् । पृथ्वीको केहि भागमामा प्लेनबाट बाहिर केहि पनि नदेखिने ठाउँ पनि छ तर पाईलटहरु यस्तो अवस्थामा पनि आत्तिदैनन् ।

हामी तूफानमा छौं :

चाहे प्लेन खतरामा परोस वा ठुलो आँधी तूफान आओस् तर पनि पाइलट सिर्फ खराब मौसमको मात्र कुरा गर्छन् । जतिसुकै कठिन परिस्थितिमा पनि पाईलटले जहाज खतरामा छ भनेर भन्न चाहदैनन् ।

नाइस ल्याडिंग भनेको सुन्न मन पराउछन् पाईलटहरु :

चाहे जति सुकै खराव यात्रा होस् पाईलटहरु यात्रुहरुले आफ्नो प्रशम्शा गरेको रुचाउछन् भन्ने गरिन्छ- प्राय पाइलटहरु विमानको सफल उडान पछी यात्रहरुले आफुलाई धन्यवाद भन्दै 'नाइस ल्याडिंग' भनेको सुन्न रुचाउछन् ।

पाइलटले हेडफोन निकाल्नुको मतलव :

फ्लाइटको दौरान पाइलटले आफ्नो हेडफोन निकाल्नुको मतलव सिर्फ यति छ की उनीहरु यात्रुलाई सामप्यतामा राख्न चाहन्छन् अनि यात्रुहरुले दिएको निर्देशन सुन्न सकुन । भिडियो हेर्न तल क्लिक गर्नुहोस :
करेला प्राय हामी सबैले सुनेको, देखेको तथा खाएको खाद्य वस्तु हो । करेलालाई प्राय अचारको रूपमा प्रयोग गरिन्छ । तितो हुने भएकाले सबैको राजोईमा नपर्ने यो करेलाको औषधीय गुण भने निकै राम्रा छन् । करेलाको उचित प्रयोगले विभिन्न रोगमा निकै फाइदा पुर्याउँछ । करेलालाई प्रयोग गर्ने विधी थाहा हुनसके यसबाट धेरै पाइदा लिन सकिन्छ । करेलालाई यसरी प्रयोग गर्न सकिन्छ औषधीका रूपमा
… १. कमलपित्तमा: द्रोणपुष्पी र करेलाको रस मिसाई दिनको एक तोला खाने गरे कमलपित्त ठीक हुन्छ । २. जुकामा: ३ ग्राम वायुविडङ्गको धुलो र दश ग्राम करेलाको रस मिलाई खाएको ३ घण्टापछी साधारण जुलाव दियो भने जुकानष्ट हुन्छ । ३. भिरूङ्गी(सुजाकम ­ा): दश करेलाको पातको रस मिश्री वा चीनी मिलाएर केहि दिन लगातार सेवन गरेसुजाक निको हुन्छ । ४. घाँटी सुनिएमा: कागतीको रसमा हरियो वा सुकेको करेला पिसेर घाँटीमा लेप गरेर पातलो लुगाले पट्टी बाँधिदिए तीन-चारदिनमा आराम हुन्छ। ५. आँखाको रोगमा: करेलाको जरो पानीमा घोटेर अलिकति मह र फिटकिरी मिसाई सुर्मा लगाए झै आँखामा लगाए आँखाका सबै रोग नष्ट हुन्छन् । यस्तै, राती आँखा नदेख्ने रोगमा करेलाको पातको रस र मरिच बेस्सरी पिसेर आँजन(सुर्मा) जस्तै आँखामा लगाए ठीक हुन्छ । ६. हैजामा: करेलाको दश ग्राम रसमा दश ग्राम तिलको तेल मिसाएर पिउनाले हैजामा आराम हुन्छ । ७. अम्ल-पित्तमा: काँचो करेला र करेलाको तरकारी खाने गरे अम्लपित्त (अमिलो पानी आउने) ठिक हुन्छ । ८. पत्थरीमा: तीन दिनसम्म तीन तोला करेलाको पातको रस, दुई तोला दहीसित मिसाएर पाँच-सात तोला मही बनाएरपिउन दिनू, लगातार तीन दिन औषधी दिएर तीन थाम्ने अनिचार दिन दिएर चर दिन थाम्ने । यसै क्रमले सात पुर्याए जति पुराो पत्थरी भएपनि आराम हुन्छ । भारी खाने कुरा खान दिनु हुँदैन । जाउलो मात्र दिनु राम्रो हुन्छ । ९. घाउ-फोडामा: करेलाको पातको रस पकाएर फोडा वा घाउमालेप लगाए घाउ पाक्छ वा थाक्छ । दाह कम हुन्छ । १०. सर्पको विषमा: रोगीलाई करेलाको रस जति पिउन सक्छदिनु ।वमन हुन्छ, फेरी पिउन दिनु । यसै गरी वमन नथामिएसम्म पिलाउनु, सर्पको विषनष्ट हुन्छ । टोकेकोघाउमा पनि करेलाको रस नै अलि बाक्लो पारेर लगाइदिनू
विराटनगर : सुत्केरी व्यथाले च्यापेर विराटनगरको कोसी अञ्चल अस्पतालमा भर्ना भएका महिला दुव्र्यवहारमा परेका छन्।

कोसी अञ्चल अस्पतालको प्रसूति वार्डमा छिरेका एक व्यक्तिले बिरामी महिला र उनीहरूका कुरुवामा बसेका १० जनामाथि एकसाथ दुव्र्यवहार गरेका हुन्।

अस्पतालको शय्यामा सुतेका महिलालाई सोमबार राति ९ बजेतिर अस्पताल प्रवेश गरेर चितवनको खैरेनी- ३ का ४० वर्षीय नवराज पाण्डेले एक्कासि दुव्र्यवहार गर्न थालेका थिए।

आफूलाई डाक्टर बताउँदै अस्पताल प्रवेश गरेका उनले बिरामी हेर्न राउन्डमा आएको भन्दै बत्ती निभाउन लगाएर दुव्र्यवहार गर्न थालेपछि बिरामी र कुरुवाको भागदौड मच्चिएको थियो।

'डाक्टर हुँ भन्दै अस्पताल प्रवेश गरेपछि सुरुमा हामीले विश्वास गर्‍यौं', एक पीडितले भनिन्, 'बिरामी जाँच्ने भन्दै बत्ती निभाउन लगाएर संवेदनशील अंग चलाउन थालेपछि आत्तिएर भाग्नुपर्ने अवस्था आयो।'

 अस्पतालका नायब सुब्बा नवराज लुइँटेलले प्रसूति वार्डमा छिरेर पाण्डेले शय्यामा भर्ना भएका महिलामाथि अभद्र व्यवहार गरेको बताए। लुइँटेलका अनुसार महिलामाथि अभद्र व्यवहार हुन थालेपछि केहीले प्रतिकार गरेको र केही त्यहाँबाट भागेर बाहिर आएर घटना सार्वजनिक गरेका थिए।

मंगलबार अस्पताल प्रशासनमा पीडित भएका १० जना बिरामी महिला र उनीहरूका कुरुवा सम्पर्कमा आएको उनले बताए। लुइँटेलले महिलामाथि अभद्र व्यवहार गर्ने पाण्डेलाई कारबाही प्रक्रियाअघि बढाउन अस्पतालले पनि पत्र लेखेर प्रहरीलाई दिइसकेको जानकारी दिए।

रातको समयमा अस्पतालमा आएका व्यक्ति बिरामीको कोही आफन्त होलान् भन्ने बुझेर वास्ता नगर्दा यो समस्या आएको अस्पताल स्रोतले बताएको छ। लुइँटेलले मंगलबारदेखि अस्पताल प्रवेश गर्ने र त्यहाँबाट बाहिरिनेमाथि निगरानी बढाउन थालिएको पनि बताए।

प्रहरीले पाण्डेलाई सोमबार राति नै अस्पतालबाट पक्राउ गरेको छ। घटनाको अनुसन्धानमा मोरङ प्रहरीका डीएसपी जगन्नाथ गौतम आफैं खटिएका छन्।

डीएसपी गौतमका अनुसार पाण्डे स्न्याक्स फुड एन्ड स्न्याक्स प्रालिको पूर्वाञ्चल व्यवस्थापक रहेको खुलेको छ। अभद्र व्यवहार गर्नेमध्ये तीनजना महिलाले पाण्डेविरुद्ध मंगलबार उजुरी दिएपछि प्रहरीले उनलाई मंगलबारनै सार्वजनिक अपराध ऐन अन्तगर्तको मुद्दा चलाउनका लागि म्याद थप गरेर अनुसन्धान थालेको छ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी प्रभुप्रसाद ढकालका अनुसार पीडितहरू उदयपुर र मोरङका छन्। 'पीडित धेरै छन् भन्ने जानकारी आएको छ।

यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ', प्रवक्ता ढकालले भने, 'तर तीनजनाको मात्र उजुरी परेकाले त्यही उजुरीलाई आधार बनाएर मुद्दा चलाउन म्याद थप गरिएको हो।' ढकालले पाण्डेले आफूले गल्ती गरेको स्वीकार गरेको बताए।

'प्रहरीसँग पाण्डेले कसरी अस्पताल पुगेँ र त्यहाँ के के गरें भन्न नै थाहा छैन भनेर बयान दिएका छन्', डीएसपी ढकालले भने, 'पाण्डेले होसै गुम्ने गरी मदिरा सेवन गरेका थिए।' अत्यधिक मदिरा सेवन गरेका उनी प्रहरीले पक्राउ गर्दा पनि कुनै कुरा भन्न सक्ने अवस्थामा थिएनन्।
www.annapurnapost.com
घरेलु बिधि अपनाएर एक महिलाले क्यान्सर निको पारेपछि डाक्टरहरु चकित परे ।

आफुलाई लागेको क्यान्सर रोग एक महिलाले फलफुल खाएरै निको पारेपछि डाक्टरहरु चकित परे ।

क्यानडिस मेर फोक्स नाम गरेकि महिला जम्मा ३१ वर्षको हुँदा उनले आफु थाइराइड क्यान्सरको चौथो स्टेजमा रहेको थाहा पाइन । डाक्टरहरुले उनको आयु पाँच वर्षमा सकिने ठोकुवा गरिदिए । डाक्टरले आफ्नो आयु पाँच वर्षभित्र सकिने किटाण गरिदिएता पनि फोक्स भने त्यस्तो खवरबाट दुखित भइनन् । उनले डाक्टरको अनुमानलाई चुनौति दिदै आफ्नोे आयुको किटाण गर्ने डाक्टरहरुलाई नै आश्चर्यमा पार्ने काम गरिन् ।

सन २०११ मा फोक्सले आफ्नो कोरल बोनको माथि एउटा मासुको थुप्रो अनावश्यक रुपमा झुण्डिएको पत्तो पाइन जसलाई डाक्टरहरुले थाइराइड क्यान्सर नामाकरण गरिदिए । उपचार प्रकिया सुरु गरेता पनि क्यान्सर रोग अरु अँगहरु तिर समेत फैलिन थाल्यो ।

आफ्ना दुईजना साथीहरु क्यान्सरका कारण मरेको अनुभव गरिसकेकि फोक्सले के अनुमान लागाइन भने उनका साथीहरु क्यान्सर रोगका कारण नभई उपचरका कारण मरेको ठम्याइन् ।

अन्तमा उनले आफूले केमियो थेरापी उपचार बिधि नअपनाउने निधो गरिन् । उनका डाक्टरहरुले केमियो थेरापी उपचार बिधि अपनाउन धेरै कर गरे तर फोक्स आफैले एउटा अध्ययन गरिन र केमियो थेरापी गरेर आफ्नो शरीरलाई दुख नदिने अडान देहोर्याइन् ।


केमियो थेरापीको सट्टामा बरु दिनको तीन वटा भूइकटहर खाने बिचार गरिन् । उनले जस्तै अंगुर, कागती, मेवा, स्याउ, केरा र किवि लगायतका अन्य फलफुलहरु पनि नियमित खान थालिन् । यी फलफुलहरु खानुका साथै उनले जनावरहरुबाट प्राप्त हुने प्रोटिन जन्य खाने कुराहरु खान पूर्णरुपले बन्द गरिन् । ६ महिना पछि, स्टेज ४ क्यान्सर पूर्णरुपले निको भयो । यो देखेर फोक्सका डाक्टरहरु चकित परे र उनीहरुले फोक्सलाई क्यान्सर मुक्त प्रमाणित गरिदिए ।

फोक्सले क्यान्सरलाई सहजै जितेको विषयमा विज्ञहरुले के पत्तोलाए भने फोक्सले दैनिक रुपमा खाएको फलफलुलहरुमा एक प्रकारको पोषण तत्व आबद्ध हुन्छ जसले क्यान्सरका तन्तुहरुलाई सहजै पराजित गर्न सक्छ । यसका साथै फोक्सले केमिकललाई आफ्नो जिवनबाट परै राख्नका निम्ति सौन्दर्यका सरदाम, घरसफागर्न प्रयोग गरिने उत्पादनहरु, धुम्रपान त्याग्नुको साथै आफूलाई तनाव दिन सक्ने विषयहरुबाट परै रहने बिचार गरिन् ।


उनको अनुभव अनुसार, तनाव, केमिकल र जनावर जन्य खाद्य पदार्थले क्यान्सरलाई मलजल तथा उर्जा दिन्छ । तसर्थ उनले त्यस्ता खाद्य पदार्थबाट आफू टाढैरहेको बताउछिन् ।

क्यान्सरलाई पराजित गर्न सक्नुको पछाडी आफुले अपनाएको पोषण जन्य खानपीनका कारण संभव भएको जिकिर फक्सको रहेको छ । उनको अनुसार डायटले नै क्यान्सरका तन्तुहरुलाई सखाप पारेको हो । उनले के पनि उल्लेख गरेकि छिन भने पोषण तत्व, दैनिक शारीरिक अभ्यास, सकारात्मक भावना र आध्यात्मिकताका कारण आफूले क्यान्सलाई पराजित गर्न सफल भएको बताउँछिन् । उनले अझै के पनि उल्लेख गरेकि छिन भने, भूईकटहर जस्ता फलफुलमा आवद्ध गुणले क्यान्सरलाई सहजै पराजित गर्न सक्छ ।
पाल्पा, असार १ विदेशमा रोजगारीका लागि जाँदा सकेसम्म संस्था मार्फत जानुपर्छ । कुनै मेनपावरले भिसा मिलाएको हो तर व्यक्तिगत रूपमा पठाइँदै छ भनी त्यो ठगी हो ।
यदी व्यक्तिगत सम्र्पकबाट जाने हो भने नजिकको र विश्वासिलो नातेदारबाट आएको राहदानी प्रयोग गरेर मात्र विदेश जानुपर्छ भन्ने पाल्पा तेल्घा गाविस–४ का १८ वर्षीय मनोज दर्जीलाई परामर्शपछि मात्र थाहा भयो । पहिलो पटक विदेश जान थालेका दर्जी अव विदेश जाँदा आफू र आफ्ना साथी दलालबाट नठगिने बताउँछन् ।
नेपाल सरकारबाट मान्यत प्राप्त स्वास्थ्य संस्थाबाट मात्र स्वास्थ्य परीक्षण गराउनुपर्छ । यदी गलत स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराई विदेश गएमा स्वास्थ्य सम्बन्धी समस्या आएर फर्कनुपर्ने भएमा वैदेशिक रोजगार प्रर्वद्धन बोर्डबाट प्राप्त कुनै किसिमको क्षतिपूर्ति पाइदँैन । यो विषयमा दर्जीलाई प्रवासी नेपाली समन्वय समिति पाल्पाद्वारा सञ्चालित वैदेशिक रोजगारमा जाने युवाका लागि परामर्श सेवाबाट धेरै कुराको जानकारी भएपछि उनी निकै खुसी छन् ।
तानसेन नगरपालिका–४ का सुरज नेपाली विदेश जाने सुरसारमा छन् । नेपाली यो भन्दाअघि विदेश गएका छैनन् । १८ वर्षीय नेपालीलाई विदेश जाने विषयमा व्यक्ति वा संस्थालाई तिर्ने रकमको भरपाई वा बील अनियवार्य रूपमा लिनुपर्छ भन्ने थाहा छैन ।

“पैसा तिरेको जति रकमको बील वा भरपाई दिएन भने ठगीमा परिदँैछ भन्ने कुरा परामर्श केन्द्रबाट थाहा भयो” उनले भने । यसका अलावा करारनामा, बिमा, श्रम स्वीकृति पत्र आफूसँगै एकप्रति हुनुपर्छ । सो कागजपत्र आफ्ना परिवारजनसँग दिनुपर्छ । नेपालको विमानस्थल प्रयोग गर्नुपर्नेमा सो नगरी विदेशका विमानस्थल प्रयोग गरेर विदेश पठाउन थालेमा ठगिने सम्भावना बढी हुन्छ ।

जिल्लामा परामर्श लिएर मात्र विदेश जाने विस्तारै बढ्न थालेका छन् । यहाँ पछिल्लो तीन वर्षको अवधिमा १३ हजार ८४७ जना परामर्श लिएर मात्र विदेश गएका छन् ।

विदेशमा जानुअघि नेपालमा कुन कुन काम गर्नुपर्ने र विदेशमासमेत कुन कुन काम गर्न हुने र कुन कुन काम गर्न नहुने भन्नेबारेमा युवाहरू सचेत बनेका छन् ।
प्रवासी नेपाली समन्वय समिति पाल्पाद्वारा सञ्चालित सुरक्षित वैदेशिक रोजगारका लागि ‘परामर्श सेवा’ कार्यक्रम सञ्चालन भएपछि यहाँका पाल्पाका युवा विदेश जानुभन्दा अघि सचेत हुने गरेको नेपाल पत्रकार महासङ्घ पाल्पाका कोषाध्यक्ष मिलन विश्वकर्माको भनाइ छ ।

नेपाल सरकार र ओपन सोसाइटीको सहयोगमा जिल्ला प्रशासन कार्यालयस्थित प्रवासी नेपाली समन्वय समितिको डेस्कमार्फत राहदानी बुझेपछि त्यहाँबाट परामर्श लिने वातावरण मिलाएको प्रवासी नेपाली समन्वय समिति पाल्पाकी संयोजक ज्योति कार्कीले बताए ।
www.ratopati.com
१ असार, खोटाङ ।

भूकम्पका कारण जमिन भास्सिन थालेपछि यस जिल्लाको उत्तरी गाविस खार्पा–२ सिमखर्कका स्थानीयवासी त्रसित बनेका छन् । करिब पाँच सय रोपनी क्षेत्रफल रहेको जमिन भास्सिन थालेपछि त्यस क्षेत्रमा बसोबास गर्ने १० घरपरिवार त्रसित बनेका हुन् ।

बस्तीदेखि सात÷आठ सय मिटर तलबाट जमिन भास्सिन थालेपछि उक्त बस्तीका स्थानीयवासी त्रसित बनेको शारदा उच्चमावि खार्पाका शिक्षक वसन्तराज पोखरेलले बताउनुभयो ।

उहाँले भन्नुभयो – “वैशाख १२ गतेको भूकम्पपछि धाँजा फाटेको उक्त जमिन कुन बेला बग्ने हो टुङ्गो छैन, अहिले दुई मिटरभन्दा बढी फाटिसकेको छ ।”

नेवार बस्ती रहेको उक्त जमिन भास्सिन थालेपछि अध्ययनका लागि प्राविधिक टोली खटाइएको जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताउनुभयो ।

उहाँले भन्नुभयो – “यो सङ्कटपूर्ण अवस्था हो, कहाँ कुन बेला के हुन्छ थाहा हुँदैन, त्यसैले सबैले सजगता अपनाउनुपर्ने अवस्था आएको छ ।”

जमिन भास्सिन थालेपछि स्थानीयवासीले अध्ययनका लागि टोली पठाउन जिल्ला प्रशासन कार्यालयलाई पत्र समेत पठाएको छ । उक्त पत्रका आधारमा भू–संरक्षण कार्यालयका प्रमुखको नेतृत्वमा प्राविधिक टोली खटाइएको प्रजिअ सापकोटाको भनाइ छ ।

जमिन भास्सिएपछि जुकेखोला गाउँमा खानेपानी आयोजनाको संरचनामा क्षति पुगेको एकीकृत नेकपा (माओवादी) खार्पाका सचिव राजन मगरले जानकारी दिनुभयो ।

मगरका अनुसार वडा नं ८ र ९ का करिब ८० घरपरिवारले उपभोग गर्ने खानेपानीको मुहानमा क्षति पुगेपछि पानी आउन छाडेको छ ।

जमिन चिराचिरा परेर भास्सिन थालेपछि त्यस क्षेत्रमा गाडिएका तीनवटा बिजुलीको खम्बासमेत भास्सिएको जनाइएको छ । बिजुलीको खम्बा भास्सिएपछि विद्युत् सेवासमेत अवरुद्ध भएको छ ।

वर्षा सुरु नहुँदै जमिन भास्सिएपछि अर्खौले, खार्पा हुँदै ऐंसेलुखर्कसम्मको कच्ची सडकमार्गसमेत अवरुद्ध बनेको स्थानीयवासीले जनाएका छन् । सडक अवरुद्ध भएपछि स्थानीयवासी पैदलयात्रा गर्न बाध्य भएका छन् । रासस

काठमाडौं, १ असार । प्रचलित ज्योतिष परम्परा अनुसार बुधबारदेखि एक महिनासम्म अधिकमास पर्दछ। ज्योतिषशास्त्रका अनुसार अधिमास भन्नाले ‘जुन चन्द्रमासभित्र सूर्य संक्रान्ति पर्दैन’ त्यसलाई भनिन्छ । त्यस्तै, जुन चन्द्रमासभित्र २ वटा सूर्य संक्रान्ति पर्दछ, त्यसलाई क्षयमास भनिन्छ । अधिकमास हरेक ३२ महिना, १६ दिन १ घण्टा, ३६ मिनेटपछि आउँछ भने क्षयमास घटीमा १९ वर्ष र बढीमा ४१ वर्षमा एक पटक पर्दछ ।
सनातन हिन्दु धर्म, संस्कृति परम्परा सम्बन्धी विभिन्न धार्मिक ग्रन्थहरू एवं ज्योतिषशास्त्रका अनुसार हाम्रो समाजमा सौरमास र चन्द्रमासका गरी र थरी पञ्चाङ्गहरू प्रचलनमा आएका छन् । सूर्यको गतिअनुसार गणना गरिने मासलाई (महिना) सौरमास भनिन्छ भने चन्द्रमाको गतिको आधारमा गणना गरिने मासलाई चन्द्रमास भनिन्छ ।
सामान्यतया सौरमासमा संक्रान्तिदेखि मसान्तसम्ममा २९ दिनदेखि ३२ दिनसम्मको एक महिना हुन्छ भने चन्द्रमासमा एक पूर्णिमादेखि अर्को पूर्णिमासम्म २९ दिन १२ घण्टा ४४ मिनेट र २४ सेकेन्डको एक चन्द्रमास हुन्छ । त्यस्तै सौरमासको गणनाअनुसार एक वर्षमा जममा ३६५ दिन हुन्छन् भने, चन्द्रमासअनुसारको दिन गणना गर्दछ ३५४ दिन मात्र हुन्छ ।
सौरमासको र चन्द्रमासको दिन गणनाअनुसार ११ दिन बढी सौरमास अनुसारको वर्षमा हुने गर्दछ । यसरी गणना गर्दा ३२ महिना, १६ दिन, १ घण्टा र ३६ मिनेर पुगेपछि एक अधिकमासबाट अर्को अधिकमास पर्दछ वा आउँछ । यस क्रमले हरेक वर्षमा ११ दिनको फरकलाई जोड्दै जाँदा आउने ३० दिनलाई १ महिना मानी सौरमास र चन्द्रमासको समय समायोजन गरिएको पाइन्छ । त्यस महिनालाई अधिमास अथवा मलमास वा पुरुषोत्तममास भन्ने गरिएको पाइन्छ ।
के गर्ने, के नगर्ने ?
हाम्रा धर्मशास्त्र, पुराण, ज्योतिषशास्त्र, संस्कृति, परम्पराअनुसार अधिकमासको महिनामा कतिपय कार्यहरू गर्न हुने र कतिपय कार्यहरू गर्न नहुने भनी उल्लेख भएको पाइन्छ । यस सम्बन्धमा कतिपय अन्योलहरू हटाउनको लागि शास्त्रसम्मत आधारमा निम्नलिखित कुराहरू यहाँ उल्लेख गरिएको छ । अधिकमासमा गर्न हुने कार्यहरू निम्नअनुसार रहेका छन्
धर्मशास्त्रमा उल्लेख भएका केही तथ्यहरूका आधारमा अधिकमासमा दैनिकरूपमा गरिने नित्यकर्म, सन्ध्याकर्म, सन्ध्या बन्छन, नित्य हवन, नित्य अग्निहोत्र, नित्य श्राद्ध, मुमुषुका लागि गरिने ग्रहशान्ति, आतुरदान जस्तै मानिसको मृत्युको अन्तिम अवस्थामा गरिने दस दान आदिकर्म, अशौच (जूठोबार्ने) कर्मम्बन्धी सबै कार्यहरू (जूठो परेपछि चोख्याउन गरिने कार्यहरू) शान्ति गर्ने, जप, हवन, पूजा, नयाँ वस्त्र धारण, मासिक कर्म, उनमासिक कर्म, शान्ति पाठ गरुड पुराण वाचन, श्रवण, आदि पर्दछन् ।

यस्तो अधिकमास, मलमासभित्र बिग्रेका अथवा भत्केका जीर्ण घर, मन्दिर पुल, निर्माण संरचनाहरू, मूर्तिहरू, नष्ट, बिग्रेका मूर्तिहरूको प्राणप्रतिष्ठा तत्कालै मर्मत वा जीर्णोद्धार वा पुनः निर्माण गठर्नुपर्ने अवस्था परेमा कुनै बाधा, अवरोध, निषेधको नियम लाग्दैन, कार्य गरे हुन्छ ।

तत्कालै निर्माण, जीर्णोद्धार, मर्मत, प्राणप्रतिष्ठा गर्नुपर्दछ रोक्नु हुँदैन । त्यस्तै गर्भाधान, न्वारान, अन्नप्रासन (पास्नी) आदि नियमित संस्कारका कार्यहरू पनि गर्नुहुन्छ । त्यसैगरी, नियमितरूपमा गर्दै आएका औँसी, पूर्णमा, एकादशी प्रदोषव्रत, पञ्चम, अष्टमी, तिथि, बारका व्रत, उपासना, जूठो, सुतक, स्नान बार्ने कार्य र चोख्याउने कार्यहरू आदि गर्न हुने कार्यमा पर्दछन् ।

 यस अर्थमा नियमितरूपमा गरिने, गर्दै आएका कार्यहरू र आकस्मिक एवं आपत्कालीन रूपमा गरिने र परिआउने कार्यहरू पनि गर्न हुने कार्यहरू अन्तर्गत पर्ने आउँछन् ।

हाम्रो सनातन हिन्दूधर्म, पम्परा, संस्कृतिका अनुसार कुनै मानिसको जन्म अथवा मृत्यु अधिक मासमा भएको अवस्थामा अधिकमासको जुनपक्ष र जुन तिथिमा परेको छ शुद्ध महिनाको त्यहीपक्ष र सोही तिथिमा गरिनुपर्ने प्रमाण पाइन्छ । क्षयमासको लागि भने शुल्क पक्षको भए पहिलो महिनामा कृष्ण पक्षको भएपछिको महिनामा सोहीतिथिमा गरिने प्रचलन रही आएको छ ।

अधिकमासको जुन पक्षमा जन्म वा मृत्यु भएमा (अगाडिको पूर्वाद्धमा) सोही तिथिमा जन्म मृत्यु अगाडिको शुद्ध महिनामा मनाउने र त्यस्तै अधिकमासको उत्तराद्र्धमा जन्म वा मृत्यु भएमा पछिल्लो शुद्ध महिनाको सोही पक्ष र तिथिमा हुने, मनाउने कुरा शास्त्रीय प्रमाणहरू रहेका पाइन्छन् ।
अधिकमासमा गर्न हुने कार्यहरू जस्तै गर्न नहुने कार्यहरू पनि धेरै नै रहेका छन् अर्थात् शास्त्रले गर्न निषेध गरेका कार्यहरू पनि धेरै नैछन् । यस अन्तर्गत विशेष, पूजा पाठ, जप, हवन, शुभकार्यहरू, गरिँदैनन् र शुभ मूहूर्तहरू पनि अधिक मासमा पर्दैनन् । त्यस्तै नयाँ घरको शिलान्यास, निर्माण, गृह प्रवेश उद्घाटन घर, मन्दिर, संरचना निर्माण कार्यहरू, शिलान्यासशका कार्यहरू, उद्घाटनका कार्यहरू, नयाँ व्रत, अनुमान, आरम्भ र समापन गर्दैनन् ।
त्यस्तै उपाकम, वार्षिक श्राद्ध, (एकोदिष्ट श्राद्ध) व्रतबन्ध उपनयन, चुडाकर्म, विवाह आदि शुभकार्यहरू तथा माङ्गलिककार्यहरू, शुभसंस्कार, आतुर सन्यासबाहेक सन्यास स्वीकार (मानिसहरू मृत्युको अन्तिम अवस्थामा सन्यास लिने स्वीकार्ने, सन्यास दिने मन्त्र दिएर सन्यास बनाउने वा स्वेच्छाले सन्यास ग्रहण, लिने कार्य आदि) गरिँदैन । त्यसैगरी वृषोत्सर्ग र विवाह भएको पहिलो वर्षका पटकका पति, पत्नी (श्रीमान, श्रीमती)हरू पनि अधिकमासमा एकै घरमा सँगै बस्ने कार्य आदि पनि शास्त्रले निषेध गरिएको छ ।


सूर्य भगवानको आराधना पूजा, पाठ, जप आदि गर्नाले व्यक्तिगत एवं सामूहिक कल्याण हुनेछ भनेर अधिकमासको अवधि प्राय मानिसहरू विष्णु, सूर्यको दर्शन पूजा पाठ गर्ने गर्दछन् । यसरी पूजा पाठ, आराधना गर्नाले सबैको कल्याण हुनेछ भनी पुरुषोत्तम महात्म्यमा उल्लेख भएको पाइन्छ । (ज्योतिश्म्यागेजिन)
dainiknepal.com
दैनिक खाइने यी खानाले क्यान्सर निम्त्याउने
प्रत्येक वर्ष विश्व भरमा करिब १०० लाख भन्दा बढी मानिसहरुमा क्यान्सर देखिने गरेको छ। तर केही मानिसहरु आफुले खाने खानामा कतै क्यान्सरको कारण बन्ने कार्सिनोजिन त छैन भनि सचेत पनि हुने गरेका छन्। कार्सिनोजिन यस्तो पदार्थ हो जस्ले क्यान्सर देखिनुमा प्रत्यक्ष भुमिका खेल्छ। यसले जिनोमलाइ क्षति गर्छ साथै कोषको मेटाबोलिजम प्रकृयामा पनि उथलपुथल ल्याउँछ।



के हामीले खाने खानाले नै विस्तारै मृत्युको मुखमा पुर्याउदै त छैन?

अत्याधिक प्रशोधन गरिएको सेतो पिठो
अत्याधिक प्रशोधन गर्दा सेतो पिठोमा भएको पौष्टीक पदार्थमात्र नष्ट हुदैन, यसमा क्लोरिन ग्यासपनि मिसिन जान्छ। क्लोरिन ग्यास खतरनाक मानिन्छ मानव शरिरको लागि। घातक मानिने यो ग्यास रगतमा हुने सुगरको लागि पनि राम्रो मानिदैन। यस्तो पिठोले शरिर मोटो बनाउने मात्र हैन क्यान्सन बढाउन पनि भुमिका खेल्छ।

माइक्रोओभन प्रयोग गरि भुटिएको पपकर्न
खानलाइ मिठो अनि बनाउन सजिलो, पपकर्न अधिकांशले मनपराउँछन्। अझ फिल्म हेर्दै खानुको मज्जा नै बेग्लै। तर माइक्रोओभन बाट तयार पारिएको पपकर्नमा भने ‘पर्फ्लुरोअक्टानो एसिड’ भन्ने केमिकल पाइने बताइन्छ। यो केमिकल टफ्नोलमा पनि पाइन्छ। यसले महिलामा बाँझोपन देखि किड्नी, ब्लाडर, कलेजो, प्यानक्रियाज, तथा अण्डकोष क्यान्सरको सम्भावना बढाउँछ।

रक्सी
रक्सीको अत्याधिक सेवनले धेरै स्वास्थ्य समस्या ल्याउछ; मधुमेह, कलेजोको खराबी अनि विभिन्न प्रकारका क्यान्सर। नयाँ रिसर्च अनुसार हरेक दिन थोरै मात्र रक्सी नियमित पिउने महिलाको स्तन क्यान्सरहुने सम्भावना ३०% हुन्छ कहिल्यै नपिउने महिलाको भन्दा। रक्सी सुर्तीजन्य पदार्थ पछिको दोस्रो ठुलो कारंण हो क्यान्सरको। विश्व स्वास्थ्य संगठनको विभिन्न रिसर्च अनुसार रक्सी; मुख, कलेको, पेट, आन्द्रा तथा मलाशयको क्यान्सरको प्रमुख कारण हो।

चिनीबाट बनेका प्रशोधित खानेकुरा अनि सोडा पप
उच्च फ्रुक्टोज कर्न सिरप क्यान्सर कोषका लागि भुमिका खेल्ने तत्व मानिन्छ। यसको अर्थ, अधिकांश, केक, सोडा, जुस आदी ‘भो नखाम’ भन्ने सूचीमा पर्न जान्छ।

प्रशोधित मासु
ससेज, बकेन लगाएतका प्रशोधित मासु स्वास्थ्यको दृश्टीकोण बाट राम्रो मानिदैन। यी खानेकुरामा अत्याधिक नुन र रसायनहरु हुन्छन्। नयाँ अनुसन्धानहरुले यस्तो मासुहरु नियमित खानाले ४३% छिटै मृत्यु हुने सम्भावना बढाउछ। सोडियम नाइट्रोजन र धुवाँमा पकाइएका मासुमा पाइने कार्सिनोजिन राम्रो मानिदैन स्वास्थ्यको लागि।

आलु चिप्स
एकैछिनको जिब्रोको स्वादको लागि खाइने आलु चिप्समा हुने चिल्लो अनि उच्च क्यालोरीको कारण शरिरको तौल बढ्ने गर्छ। सोडियम सहितको पदार्थको मिसावटले यसले क्यान्सर अनि मुटुको समस्या पनि निम्त्याउने गर्छ।

क्यान्सनबाट बच्ने नै सर्वोत्तम उपाय हो। जीवनयापनको शैली, खाएको खाना, अनि तानेको हावामानै क्यान्सरका कारणहरु हुन्छन। ‘घरको भन्दा बाहिरको खाना’ खाइने यो समयमा खानु अनि पिउनु अघि ध्यानदिन जरुरी छ।नेपाली हेडलाइन्स

यो पनि पढ्नुहोस् हेर्नुस Video:
काठमाडौं, आषाढ १ । इण्डोनेशियाको सिनाबुङ पहाडमा ज्वालामुखी फुट्दा हजारौं मानिसको भागाभाग भएको छ ।

तीब्र गतिमा आगोको लप्का, चट्टानका टुक्रा र खरानी उड्न थालेपछि पहाड नजिकका वस्तीमा रहेका हजारौं मानिस ज्यान जोगाउन सुरक्षित स्थानतर्फ लागेका हुन् ।
सुमात्रा द्वीपमा रहेको उक्त पहाडमा पाँच वर्ष अगाडि सन् २०१० मा पनि ज्वालामुखी फुटेको थियो ।
तर जुन २ यता भने निकै तीब्र रुपमा ज्वालामुखी बाहिर आएको बताइएको छ । त्यसअघि त्यहाँ चार सय वर्षअगाडी पनि ज्वालामखी फुटेको थियो ।
तीन हजारभन्दा बढी मानिस आफ्नो थातथलो छाडेर अन्यत्र लागेका छन् । आउँदा सातामा ज्वालामुखीले अझै डरलाग्दो रुप लिनसक्नेमा वैज्ञानिकहरु चिन्तित देखिएका छन् । –एजेन्सी भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home