• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
१६ वैशाख, काठमाडौं । शनिबार आएको भूकम्पले नेपालीहरुलाई ठूलो पीडा दिएको छ । आफूसँगै साथमा रहेका परिवार एकैछिनमा सदाका लागि टाढा हुँदा धेरैका साथहरु एकाएक ढलेका छन् । कतीको बस्ने घर छैन, कसैको अबको साहारा छैन ।
नेपाली चलचित्रकी नायिका नीता ढुंगाना पनि अहिले यस्तै पीडामा छिन् । आफ्नी जेठी दिदीको एक मात्र छोरा कृष्णलाई भूकम्पले चुडेपछि उनी ४ दिनदेखि दिदीलाई सम्हाल्दैछिन्, कलंकीमा ।
कलंकीको रवि भवनमा कृष्णले हाँसेको, खेलेको नीतालाई झलझली याद आउँछ । नीताले भावूक मुद्रामा संझदै भनिन्-‘स्कुल बिदा भयो या थोरै छुट्टी भयो भने म भएकोमा आउथ्यो । उसले एकाएक छाडेर जाँदा आफूलाई सम्हाल्न सकेको छैन, दिदीलाई झन् कसरी सम्हाल्नु ?’

१० बर्षका कृष्णले २ बहिनी र आफ्नी आमालाई बचाउँदै गर्दा आफू भने सदाका लागि भगवानको प्यारो भए । भूकम्प आएपछि १० बर्षका कृष्णले सबैभन्दा पहिला आफूसँग खेल्दै गरेका २ बहिनीलाई बचाएर खुल्ला चौरमा पुर्‍याएका थिए । ठूलो परिवार भएकाले पनि सबैले आ-आफ्नो ज्यान बचाउँन तर्फ लागे । साना बहिनीहरुलाई बचाएपनि उनले आफ्नी आमालाई भने देखेनन् । यसपछि, उनी आमालाई बचाउँन घर भित्र जान खोज्दै थिए, उनलाई घरको झ्यालले लाग्यो । यसपछि कृष्ण भूइमा ढले । मानिसहरुको भागदौड मच्चियो, कृष्णलाई कसैले देखेन ।
नीताले भनिन्-‘ उ हाम्रो दिदी बहिनीहरुकै एक मात्र छोरा थियो । तर, अरुलाई बचाउँदा बचाउँदै उ आफै सदाका लागि टाढा भयो ।’ कृष्णको घटनास्थलमै निधन भयो । झ्यालले किचेका कारण पनि भागदौड गर्दा उनलाई कसैले देखेनन् ।
यतिबेला नीता आफ्नी दिदीहरुसँग कलंकीको खुल्ला स्थानमा टेन्ट मुनि बसेकी छिन् । खुल्ला आकाशमुनी जसोतसो जिवन चलेपनि कृष्णको निधनले पनि उनीसँगै उनकी जेठी दिदी बिक्षिप्त छिन् ।
नीताले फेसबुकमा स्टाटस लेखेकी छन् ‘मेरो बाबुलाई यो भूकम्पले लिएर गयो कसरी बााच्नु तिमी बिना, मिस यू सो मच छोरा ।’
नीताले आफू बस्दै आएको बालकुमारीको अपार्टमेन्ट पनि थोरै चर्किएको बताइन् ।
www.onlinekhabar.com
धरान : तीव्र गतिमा गुडिरहेको यात्रु बस दुर्घटना हँुदा धनकुटाको भेडेटारमा २४ यात्रु गम्भीर घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ।

बुधबार बिहान धरानबाट भोजपुर यात्रु लिएर हिडेको को १ ख २१५७ नम्बरको सप्तकोसी यातायातको बस दुर्घटना हुँंदा बसमा सवार २४ यात्रु घाइते भएका हुन्। पहाडी रुटमा चल्ने चालक नयाँ भएको र अनियन्त्रित गति भएका कारण दुर्घटना भएको घाइतेहरुले बताएका छन् घाइतेहरु सबैलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

घाइते हुनेहरुमा धरानका अरुण लिम्बु,, भोजपुरकी कुमारी विष्ट, बसका सहचालक धनराज मगर, मोरङ सुन्दरदुलारीका सुर्य चौहान, धरानकी लक्ष्मी विष्ट, खोटाङ निर्मलीडाडाँका सुजन चौहान, भोजपुर कोटका बुद्ध राई, भोजपुरकै महेश प्रधान, धनकुटा लेगुवाका विनोद ढुङ्गाना, इलामका श्याम राई, भोजपुर तिवारीभञ्ज्याङका मणिकुमार राई, धरानका टेकबहादुर कट्वाल, इटहरीका सिंहराज तामाङ र  प्रितम अधिकारी, धरानका भोजराज मगर  सहितका २४ यात्रु घाइते भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।

बसका चालक ज्ञानेन्द्र राई भने दुर्घटनापछि फरार रहेको प्रहरीले बताएको छ। चालक राईले तिर्ब गतिमा वस हाकेका कारण दुर्घटना भएको घाइते बुद्ध राईले बताए बस धेरै कुदाएपछि हामीले चालकलाई विस्तारै हाँक्न भनेका थियौं, उनले भने तर चालकले यात्रुको आग्रहलाई वेवास्ता गरी बस तीव्र गतिमा हाकेका कारण दुर्घटना भएको हो।
annapurnapost.com
काभ्रे, वैशाख १६– भूकम्पको त्रासमा बसेका काभ्रे रविवासीहरुको पीडा राहत सामाग्री नपुग्दा झनै बढेको छ । काभ्रेको रवि गाँउमा ९० प्रतिशत घर भत्किएका छन् । अधिकांशको घर नै भत्किएपछि उनीहरु सुचनाबाट टाढा छन् । पटक–पटकको धक्कापछि अझै अर्को धक्का आउनेसक्ने त्रासमा स्थानियवासी छन् । आफ्ना स्वर्गीय पतिसँगै मिलेर वर्षौअघि बनाएको घर भत्किएपछि ६२ वर्षकी माइली तामाङ निकै निराश छिन् । निकै कमजोर अवस्थाकी माइली कठिनाई, त्रास र निराशबीच रुखो जीवन बाँचिरहेकी छिन् । उनको खुट्टामा चोट लागेको छ र ब्यान्डेज गरिएको छ ।
‘केवल रुनमात्रै मन लाग्छ । मैलेँ ठूलो चोट व्यहोरेको छु । के गर्ने कता जाने केही थाहा छैन् ।’– गहभरी आँशु बोक्दै उनले आफ्नो पीडा सुनाईन् । उनको घर गाँउकै एक ठूलो घर थियो । गाँउलेहरु उनको घरको प्रसंशा गर्थे । श्रीमान्को मृत्युपछि उनी बुहारीसँग त्यही घरमा बस्दै आएकी थिइन् । तर, शनिबार घर भत्किएपछि उनको सपना टुटेको छ । घर बनाएको दिन सपना साकार भएको ठान्ने माइलीसँग अब सपना बाँकी छैन् । सपनामात्रै होइन उनीसँग जीउने आशा समेत बाँकी थिएन । तर, भाग्यवस् घरभित्रै रहेकी माइली भूकम्प आएपछि दर्गुर्दै बार्दलीसम्म आइपुगिन् । घर ढल्दा बार्दली पनि सँगै ढल्यो । उनी ज्यान जोगाउन सफल रहिन् । घर भत्कियो, परिवारका सदस्य रहेनन् र अहिले एक्ली छिन् । यस क्षेत्रमा अधिकांशको दैनिकी अस्तव्यस्त छ । ३१ वर्षीय महेश कोइरालाले आफ्नी एकमात्रै छोरी प्रितिलाई भूकम्पका कारण गुमाएका छन् । उनको घर पनि ढलेको छ । तर, घर ढलेर छोरी गुमाएका महेश यतिबेला उद्धारमा सक्रिय छन् । भन्छन्, ‘छोरीको मुखबाट रगत बगिरेहको थियो । २ वर्षकी गुडियाजस्ती आफ्नै छोरीलाई भने जोगाउन सकिएन ।’ पुरै गाँउ पीडाका कारण अस्तव्यस्त भएपछि स्तब्ध बनेका स्थानियवासीले राहतका नाममा केही पाएका छैनन् । सरकारको उपस्थिति उनीहरुले देखेका छैनन् । एक स्थानीय महिला अस्मिता कोइरालालाई उद्धृत गर्दै सिनएनएनले लेखेको छ, ‘खोइ सरकार, हामीले केही सहयोग पाएका छैनौँ । हामी कसरी बसेका छौँ भनेर हेर्न आउने कोही छैनन् ।’
काठमाडौं : भूकम्पको त्रासका कारण काठमाडौंबाट घर फर्किन चाहनेहरुका लागि निशुल्क बसको व्यवस्था गरिएको छ । सरकारी निकाय, यातयात व्यवसायी, विभिन्न सामाजिक संस्थाहरुले बसको व्यवस्था गरेका छन्।

पोखरा जान चाहनेका लागि पृथ्वी राजमार्ग बस संचालक संघले बुधबार पचासवटा बस संचालन गरेको छ । झापा समाजले पूर्व जानका लागि असीवटा बस काठमाडौं पठाएको छ भने दमक नगपालिकाले पनि थप बीसवटा बसको व्यवस्था गरेको छ।

पूर्वमा इटहरी र पश्चिममा बुटवलसम्म जानका लागि तीनकुनेदेखि माइतीघरसम्मको खण्डबाट निशुल्क बसको व्यवस्था गरिएको मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यलयले जानकारी दिएको छ।

मोरङ जानका लागि पनि मोरङ समाजले बीसवटा बसको व्यवस्था गरेको छ। त्यसैगरी धौलागिरी अञ्चल बस व्यवसायी समिति बागलुङले बुधबार र बिहीबारका लागि निशुल्क बस चलाउँदैछ। त्यसका लागि नयाँबसपार्कको काउन्टर सम्पर्क गर्न भनिएको छ। उच्च माध्यमिक विद्यालयल संघ प्याब्सन र एन प्याब्सनले पनि घर फर्किन चाहेनका लागि निशुल्क यातयात सेवा दिने भएका छन् ।

काठमाडौँ : शनिबार आएको विनाशकारी भूकम्पबारे नागरिकमा त्रास र आतङ्क फैलाउने समाचार सम्प्रेषण गरेको भन्दै ‘नेपालीहेडलाइन्स डटकम’ का तीन पत्रकारलाई आज प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं बुद्धनगरमा रहेको सो अनलाइनको कार्यलयबाट कार्यकारी सम्पादक सरोज गौतम, डेस्क सम्पादक सचित देवकोटा र कार्यकारी निर्देशक गीता भट्टराईलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको छ ।

आइतबार वैज्ञानिकसमेतलाई उद्धृत गर्दै 'वैज्ञानिक भन्छन् : अझै ठूलो भूकम्प आउन बाँकी नै छ' समाचारबाट सर्वसाधारणमा आतङ्क फैल्याएको भन्दै तिनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रासस
१५ वैशाख, काठमाडौं । काठमाडौंको गोंगबुमा भत्किएको घरबाट एक युवकको ८४ घण्टापछि जीवितै उद्धार गरिएको छ । साततले घर भत्कीएर पुरिएका युवकलार्इ ढलान काटेर सुरक्षाकर्मीहरुले जीवितै उद्दार गरेका हुन् ।
त्यहाँ मानिसहरु पुरिएको सूचना स्थानीयले दिएपछि उद्धार टोली खटिएका थिए । सबैभन्दा पहिले फ्रान्सको टोली भग्नावशेषमा पुगेर विशेष प्रविधिमार्फत् मानिस जीवित रहेको पत्ता लगाएको थियो ।
ती युवकलाई अक्सिजनको आवश्यकता भएको निष्कर्ष निकालियो । त्यसपछि विनायक अस्पतालका चिकित्सकहरुको टोली बोलाइएको थियो । ढलान काटेपछि चिकित्सकको टोली भित्र छिर्यो र भग्नावशेषमा पुरिएका युवकसम्म अक्सिजन पठाउन सफल भयो ।
त्यतिबेला ती युवकले भन्दै थिए, ँदाइ मलाई गाह्रो भयो, बचाउनुस् ।’ ती युवक करिब २८ वर्षका छन् । उनका बारेमा थप केही खुलेको छैन ।
शनिबारदेखि त्यहाँ थिचिएका ती युवकलाई सशस्त्र प्रहरीको टोलीले उद्दार गरेको हो ।

काठमाडौँ, वैशाख १५ – गोंगबु बसपार्क अगाडिको एउटा साततले भवन भत्किएर पुरिएका २० वर्षीय युवकको आज बिहान जीवितै उद्धार गरिएको छ । भूकम्पबाट भत्किएको उक्त घरको दोस्रो तलामा ती व्यक्ति रहेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी, चिनियाँ र टर्केली टोली समेत सहभागी भएका थिए ।
सशस्त्र प्रहरी बलको ‘सर्च एन्ड रेस्क्यु’ टोली उक्त भवनको छतमा चढेर छतको ढलान काटी अर्को तलामा पुगेर त्यसको पनि ढलान काट्दै ती व्यक्ति भएको ठाउँसम्म पुगेको थियो । सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले समेत सोमबार त्यस ठाउँमा पुगी ती व्यक्तिसँग ढलान काटी बनाइएको प्वालबाट छिरेर कुराकानी गर्नुभएको थियो । ढलानले कम्मरमुनि चेपिएर रहेका उनलाई बिम काटेर उद्धार गर्न खोज्दा अरु क्षति हुन सक्ने भएकाले ज्यादै सजगताका साथ उद्धार गरिएको थियो । घाइतेलाई उद्धारलगत्तै उपचारका लागि अस्पताल पठाइएको छ । राहत ढिला भएकामा नाराबाजी राहत ढिला भएकामा नयाँ बस क्षेत्रमा भूकम्पपीडितले सरकारविरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले समयमै उद्धार नगरेको र राहत उपलब्ध नगराएको भन्दै आक्रोश व्यक्त गरेका थिए । रासस
१५ वैशाख , काठमाडौं ।
व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिले उपप्रधान तथा गृह मन्त्री वामदेव गौतमलाई महा भुकम्पबाट उपत्पन्न परिस्थितिप्रति लक्षित गर्दै १२ वटा निर्देशन दिएको छ । १२ काम तत्काल सम्पन्न गरी सोको जानकारी निरन्तर रुपमा समितिलाई उपलव्ध गराउन समिति निर्देशन दिएको हो ।
१. भुकम्पमा परेका पिडित र घाइतेहरुको सरल र सहजरुपमा निःशुल्क उपचार गराउने व्यवस्था तत्काल मिलाउने
२. मृतकहरुको व्यवस्थापन गर्ने,
३. भूकम्प पिडितहरुको व्यवस्थापन र राहतका सम्बन्धमा नेपाल सरकार र सो सम्बद्ध निकायबाट गरिएका र भएका सबै निर्णयहरुको प्रतिलिपि २ दिनभित्र समिति सचिवालयलाई अनिवार्य र निरन्तर रुपमा उपलव्ध गर्ने, गराउने व्यवस्था मिलाउने,

४. पीडितलाई अनुभुत हुने गरी तत्काल राहत र उद्धार कार्यलाई तिव्रता दिई भुकम्पका कारण चर्केका र बस्न नसक्ने देखिएका घर परिवारका लागि आवश्यक टेन्ट÷पाल लगायतका खानेपानी र खाद्य सामानहरुको व्यवस्थापन गर्ने,
५. सवारी आवागमन सहज र सुचारु रुपमा सञ्चालन गराउदै यस क्रममा काठमाण्डौ वाहिर जान चाहने सवारी भाडाको व्यवस्थापन गर्न नसक्ने यात्रुहरुका लागि नेपाल सरकारले आवश्यक प्रवन्ध गरी सम्बन्धित स्थानमा पु¥याउने लगायतका व्यवस्थापन तत्काल मिलाउने,
६. यस विषम परिस्थितिको फाइदा उठाउदै विभिन्न आपराधिक कृयाकलापमा संलग्न हुने प्रवृत्ति देखा परिसकेको यस अवस्थामा त्यस्ता कार्यलाई निरुत्साहित गर्न आवश्यक मात्रामा सुरक्षा निकायहरुको पेट्रोलिङ निरन्तर रुपमा सबै क्षेत्रमा गर्ने गराउने व्यवस्था मिलाउने,
७. कृत्रिम अभाव र कालोबजार नियन्त्रण गरी अत्यावश्यक सेवा सुविधा २४ सै घण्टा उपलब्ध गराउने, यसक्रममा खाद्यान्न, औषधि र अन्य अत्यावश्यक सामग्रीहरुको अभाव कतै कुनै पनि अवस्थामा हुन नदिने व्यवस्था मिलाउने,
८. आम नेपालीहरुले सुरक्षाको प्रत्याभूति हुने गरी बसोबास गरेका सेल्टरको रुपमा प्रयोग भएका स्थानहरुमा अत्यावश्यक सुरक्षाको प्रत्याभूति, खानेपानीको व्यवस्थापन र शौचालयको समेत उचित प्रवन्धका लागि उच्च प्राथमिकताका साथ कार्य गर्ने, गराउने,
९. यस विषम परिस्थितिमा विभिन्न प्रकारका रोग व्याधीहरुको प्रकोप वढ्न सक्ने संभावनातर्फ उच्च प्राथमिकता सहित त्यसको रोकथामको लागि उचित प्रवन्ध तत्काल मिलाउने,
१०. निकट भविष्यमा नै सञ्चालन हुने विभिन्न परीक्षाहरुको सम्बन्धमा औचित्यतपूर्ण निर्णयको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने, गराउने,
११. उद्धार र राहत कार्यको निरन्तर रुपमा अनुगमन र जनपरिचालनमा राजनैतिक दल र तिनका भातृ संगठनहरुले शुरक्षा निकाय सहितका त्यस्ता कार्यमा संलग्न निकायलाई आवश्यक सहयोग सहित समन्वयात्मक कार्य गर्ने, गराउने,

र
१२. यस प्राकृतिक प्रकोपको उद्धार र राहतका सम्बन्धमा नेपाल सरकारबाट समन्वयात्मक रुपमा दैनिक रुपमा भए गरेका काम कारवाहीको विस्तृत विवरण साताको अन्तिम दिन अर्थात् प्रत्येक शुक्रबार अनिवार्य रुपमा यस समितिलाई उपलव्ध गराउने ।
शनिबार काठमाण्डौ लगायत देशभर शक्तिशाली भूकम्प आएपछि यसले जनजिवन नै तहसनहस बनाएको छ । मंगलबारसम्म ४ हजार भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । भूकम्पको क्षतीले देशका पुरातात्विक सम्पदादेखि ठूला भवन भत्किएका छन् ।
भूकम्पको क्षतीले अहिले विश्वको ध्यान नेपालतर्फ देखिएको छ । बलिउडका कलाकार पनि भूकम्पको क्षतीबाट दुखीत छन् । सामाजिक संजालमा उनीहरुले नेपालमा आएको भूकम्पले निम्त्याएको विनाशले आफूहरुलाई दुखीत बनाएको लेखेका छन् ।
बलिउडका चर्चित नायक अमिताभ बच्चनले भूकम्पबाट प्रभावित भएकाहरुको लागि प्रार्थना गर्न आग्रह गरेका छन् । बलिउड नायक साहरुख खानले भूकम्प आएको केही क्षणमै ट्विटरमा ट्विट गर्दै नेपालका महत्वपूर्ण नम्बरहरु राखेका थिए । उनले आफूहरुको प्रार्थना नेपालसँग सधै भएको बताएका थिए ।
साहरुखले भूकम्प आएपछि सबैभन्दा पहिला ट्विट गरेर नेपालका आकस्मिक अवस्थामा आवश्यक नम्बरहरु दिएका थिए ।
यस्तै, नायक अक्षय कुमारले भूकम्पबाट क्षती भएको एक तस्बिर ट्विट गर्दै नेपालका लागि आफ्नो  साथ सधै भएको बताएका थिए । उनले नेपालका लागि उनको आगामी चलचित्र ‘गब्बर इज ब्याक’को पहिलो दिनको कमाई दिने घोषणा गरेको समाचार पनि आइरहेको छ । तर, यसको पुष्टी भने भएको छैन ।
बलिउड नायिका नर्गिस फकरीले नेपालका भूकम्प प्रभावितहरुका लागि रकम जम्मा गर्नका लागि सहयोगको अपिल गरेकी छिन् । उनले नेपालका दृश्यहरु देखेर आफू डराएको र मुटु कापिरहेको ट्विटरमा लेखेकी थिइन् ।
बलिउडका कलाकारहरुले नेपालमा आएको भूकम्पबाट आफूहरु अत्यन्त मर्माहत भएको बताएका छन् ।

१५ वैशाख,काठमाडौं ।एमाओवादीले सरकारले गरेको उद्दार तथा राहत वितरण विभेदकारी,अपारदर्शी, प्रभावहीन तथा दुरुपयोग भएको आरोप लगाएको छ। पेरिस डाँडमा आज बसेको एमाओवादी स्थायी समितिको बैठकले यस्तो आरोप लगाउँदै सरकारलाई गम्भिर रुपपमा सचेत गराएको छ। यसै गरि बैठकले राहत वितरण प्रभावकारी बनाउन नेताहरुको कार्यविभाजन समेत गरेको छ ।
यसका साथी राहतका लागि रकम संकलन गर्न प्रचण्डको अध्यक्ष रहेको उद्धार तथा राहत सहयोग समितिको नाममा बैङक खाता खोल्ने निर्णय पनि गरेको छ। राहत संकलनका लागि खोल्न लागिएको खाता पार्टी अध्यक्ष प्रचण्ड र पार्टीका कोषाध्यक्ष कमरेड हरिबोल गजुरेल ‘शितलकुमार’का नाममा खोलिने छ।



प्रेस विज्ञप्ती एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को स्थायी समितिको विस्तारित बैठक मिति २०७२ वैशाख १५ गते अध्यक्ष कमरेड प्रचण्डको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडा, कोटेश्वरमा बसी लिइएका निर्णयहरु सार्वजनिक गरिएको छ । १. सरकारको उद्धार तथा राहत वितरण कार्यमा विभेदकारी एवं अपारदर्शी, प्रभावहीन तथा दुरुपयोग भएको भन्ने व्यापक जनगुनासो आएकोले यस प्रति हाम्रो पार्टी सरकारलाई गम्भीर रुपमा सचेत गराउन चाहन्छ ।

२. यस महाविपत्को घडीमा केन्द्रमा पार्टी अध्यक्ष क. प्रचण्डको नेतृत्मा गठन भएको केन्द्रीय उद्धार तथा राहत सहयोग समितिलाई प्रभावकारी कार्यान्वयन गराउन निम्न लिखित कार्यविभाजन गरियो–
(क) केन्द्रीय अनुगमन, सरकार एवं अन्र्तराष्ट्रिय समन्वयन र पहलको लागि क.प्रचण्ड, क.बावुराम भट्टराई र क.नारायणकाजी श्रेष्ठ ।

(ख) प्रत्येक जिल्लामा उद्धार तथा राहत सहयोग समितिको आवश्यक संयन्त्र बनाई सरकारी संयन्त्रसँग समन्वय गरी सक्रिय रुपमा परिचालन गर्न गराउने । यस काममा राज्य अनुगमन इन्र्चाज र राज्य इन्र्चाजले विशेष ध्यान दिने ।

(ग) अत्यन्त प्रभावित निम्न जिल्लाहरुमा निम्न कमरेडहरुले प्रत्यक्ष अनुगमन र नेतत्व गर्ने सिन्धुपाल्चोक– क. अग्नीप्रसाद सापकोटा गोरखा– क. हितराज पाण्डे काठमाडौं– क. हिसिला यमि भक्तपुर– क. झक्कुप्रसाद सुवेदी ललितपुर– क. वर्षमान पुन नुवाकोट– क. हितबहादुर तामाङ काभ्रे– क. विश्वभक्त दुलाल रामेछाप– क. धावा लामा रसुवा– क. नवराज सुवेदी दोलखा– क. गंगानारायण श्रेष्ठ मकवानपुर– क. नारायण दाहाल सिन्धुली– क. हरिवोल गजुरेल धादिङ– क. देवेन्द्र पौडेल –केन्द्रीय राहत संकलन तथा वितरण डेस्क– क. टोपवहादुर रायमाझी, क.रामचन्द्र झा र क. लिलामणि पोख्रेल –केन्द्रीय स्वास्थ्य डेस्क– गिरीराजमणि पोख्रेल, क.शक्ति बस्नेत, क.शशि श्रेष्ठ –केन्द्रीय सूचना डेस्क– क.कृष्णवहादुर महरा, क. दिनानाथ शर्मा, क.जोख वहादुर महरा, क. गोविन्द आचार्य, क.ओम शर्मा ३.भूकम्प पिडीतहरुको सहयोगार्थ रकम संकलन गर्न अध्यक्ष क. प्रचण्डको अध्यक्षतामा गठित उद्धार तथा राहत सहयोग समितिको नाममा बैङक खाता खोल्ने निर्णय गरियो । उक्त खाता पार्टी अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टीका कोषाध्यक्ष कमरेड हरिबोल गजुरेल ‘शितलकुमार’ को नाममा एभरेष्ट बैंक लिमिटेड र ग्लोबल आइ एम ई बैंकमा खोल्ने निर्णय गरियो । ४. भूकम्प पिडीतहरुको सहयोगार्थ तराई÷मधेस राहत संकलन तथा रक्तदान अभियान संचालन गर्ने । १५ बैशाख, २०७२ ………. ……… (प्रचण्ड) अध्यक्ष एकीकृत ने.क. पा. (माओवादी
१५ वैशाख, क्वालालम्पुर । ‘बाबा तपाईँ छिटो आउनुस्, हाम्रो घर भर्खर खोस्रन शुरु भएको छ । हजुरवुवाको खुट्टा देखिएको छ । आमा र भाईको पत्तो छैन’ वैदेशिक रोजगारीका लागि मलेसिया आएका सिन्धुपाल्चोकका सोसमान स्याङ्वोलाई सिन्धुपाल्चोकबाट छोराले फोन गरेर भने ।
तीनवर्ष अगाडि मलेसिया आएका सिन्धुपाल्चोक वरुवा ८ का ४० वर्षीय स्याङवोलाई घरबाट दुखद घटना सुनेपछि भक्कानिए । घरबाट फोनआउँदा उनी अनलाइनखबरकर्मीसँगै थिए ।
परिवारको मिठो सपना वोकेर तीनवर्ष अगाडि मलेसिया आएका उनको सपना विदेशमै तुहिएको छ । भूकम्पका कारण घर भत्किएर पुरिँदा ६४ वर्षीय वुवा ढकवहादुर स्याङवो, ३८ वषर्ीय श्रीमती सुकुमायाँ तामाङ र १५ वर्षको छोराको छोरा दिनेश तामाङ एकै चिहान भए ।
घर र्फकनका लागि दुतावासमा आवश्यक कागजपत्र मिलाउदै गर्दा उनी त्यहीँ भक्कानिएर रोए । उनले सोधे ‘हजुरआमालाई अहिले कस्तो छ त ? छोराको उत्तर आयो बुवा राम्ररी वोल्न सक्नुहुन्न । केहि पनि खानुहुन्न । तपाई छिटो आउनुस् न’ दुवैतिरको फोन रुवावासी मै काटियो ।
भुकम्प आउनु भन्दा केहीवेर अघिमात्रै सोसमानले मोबाइलमा आफ्नी पत्नीसँग कुराकानी गरेका थिए । पैसा पठाईदिन्छु भन्दा श्रीमती सुकुमायाले भनेकी थिईन्,-‘पैसा मसँंगै छ, अहिले नपठाउनु, वरु पैसा जम्मा गर्नु, पछि सुन किनौंला ।’ उनको पत्नीको चाहना त पूरा भएन ।
पढदै गरेको जेठो छोरा १७ वर्षीय रमेश तामाङ मेलम्ची किताव किन्न गएको सकुशल रहेका छन् । यतिवेला उनी नै घरको अभिभावक वन्न पुगेका छन् । गाउँमा थुप्रैको मृत्यु भएको भए पनि कोही पनि उद्धार टोली गाउँमा नपुगेको र वाँचेका छिमेकीहरुले पालैपालो उद्धार गरिरहेको उनले जानकारी दिए । गाउँमा खानेकुराको अभाव भएको समेत उनले सुनाए ।
‘भाई घरको विपत्ति हेर्न तिमि नआउ’
घरमाखाने केहि छैन, त घर आउन पर्दैन, हत्ते हेर्न किन आउँछस ? टेलिफोनमा गरेको यस्तो कुराकानी वाहिरै सुनिन्थ्यो । सिन्धुपाल्चोक वासखर्कवाट काका पर्नेले मलेसियामा रहेका भाई दावा थिङलाई यस्तो भनि रहँदा दावाका आँखावाट तपतप आँसु चुहिएको थियो । उनी दाईलाई भन्दै थिए, ‘दाई जे भयो भयो म आज राती ८ वजे क्वालालम्पुरवाट उडदै छु काठमाण्डौ झरेपछि हिडरै भए पनि घरमा आउँछु ।’
पाँचमहिना अगाडि रोजगारीका लागि मलेसिया आएका वासखर्क ८ का २४ वर्षीय दावाको परिवारमा भुकम्पमा परी ५३ वर्षीय  वुवा दोर्जे थिङ, ४० वर्षीया आमा चेङ थिङ र १८ वर्षकी वहिनी अन्जु थिङको ज्यान गएको छ । काकाकी छोरी १२ वर्षीया  वुद्धिमायाँ थिङ, अर्का छोरी १९ वर्षीया निङमा थिङको पनि ज्यान गएको छ ।
मेलम्चीमा रहेकी श्रीमतिले गाउँमा भुकम्प गयो । सवैलाई घरले पुरेको छ रे । देवर वावुमात्रै सकुशल हुनुन्छ रे म अहिल्यै गाउँ हिडे भनेर फोन काटिएपछि मलेसियामा रहेका दावाको होस् हवास नै हरायो । साथीभाईले सान्तवा दिएपछि मात्रै उनी अलिअलि वोल्न सक्ने भएका छन् ।
काठमाण्डौवाट मामाहरु गएर सोमवारका दिन शव निकाल्नु भयो रे । सानो भाई रातदिन रोइरहेको छ अववुवाभने पनि आमा भने पनि म नै हँु चिन्तानगर भनेर भनिरहेको छु । माईलो भाई भारतमा छ, उ पनि घर आउन सकेको छैन ।
भगवान पनि निर्दयी रै’छन्
आठ वर्षदेखि मलेसियामा रहेका त्रिपुरेश्वर ३ धादिङका नमराज विश्वकर्माले पनि परिवारलाई देख्न पाएनन् । घर जाने तयारी गरिरहेको अवस्थामा भूकम्पमा परी उनको परिवारमा ६ जनाको ज्यान गएको छ ।
खाना खान लागेको वेलामा ५९ वर्षीय वुवा भद्रवहादुर विक, ५० वर्षीया आमा रिता विक, ११ वर्षीया छोरा राजु विक, २९ वर्षीया सुस्मिता विक, २० वर्षका भाई रामवहादुर विक र १८ वर्षकी वहिनी सीता विकको एकै चिहान वन्न पुगेको छ ।
‘शव उठाउन मानिस समेत छैनन्, लौन म कसरी नेपाल जाऊँ ?’ भगवानलाई धिक्कार्दै उनले भने, ‘भगवान पनि यति निर्दय किन भएका हुन् ?’ अवैधानिक अवस्थामा रहेको नमराज वुधवार नेपाल र्फकदै छन् ।
स्थानीय समाजसेवी हरि भटटराईले उनलाई नेपाल फर्कनको लागि सवै खर्च ब्यहोरेका छन् भने नेपाली दूतावासले यात्रा अनुमतिपत्र निःशुल्क वनाईदिएको छ । अर्काको देशमा यत्रो वर्ष वसेर परिवारका लागि हसाँएको थिए तर आज कसैको मुखसमेत हेर्न पाईन उनले भने ।

इजरायल, वैशाख १५– शनिबार नेपालमा गएको विनाशकारी भूकम्पका कारण देशमाा बसोबास गर्ने नागरिक मात्र होइन विदेशका काम गरिरहेका नेपालीहरु समेत पीडामा छट्पटाइरहेका छन् । विदेशमा काम गरिरहेका धेरै नेपालीहरुका आफन्तहरु कतिपयको मृत्यु भएको छ भने कतिपय अझैसम्म पनि फेला पर्न सकेका छैनन् । भूकम्प पीडितहरुलाई राहत उपलब्ध गराउन शनिबारै नेपाल सरकारको मन्त्रीपरिषद्को बैठकले विदेशी राष्टहरुसँग सहयोगका अपेक्षा गरे लगतै छिमेकी राष्ट्र भारत, चीन मात्र होइन अन्य राष्ट्रहरुले पनि सहयोग गर्ने प्रतिबद्धता जनाईसकेका छन् ।
विदेशी राष्ट्रहरुले मात्र होइन विनाशकारी भूकम्पले राष्ट्रमा ठूलो क्षति पुर्याएपछि विदेशमा रहेर काम गर्ने कामदारहरुले पनि सहयोग संकलन गर्न थालिसकेका छन् । यसै क्रममा इजरायलमा बसोबास गर्ने नेपाली कामदारहरुले पनि सामूहिक रुपमा आर्थिक सहयोग संकलन गर्नका लागि अभियान नै शुरु गरिसकेका छन् । नेपालको भूकम्पका कारण सोमबार बेलुका ७ बजेसम्म करिब ३ हजार ९ सय ४ जनाको मृत्युको खवरले यहाँ बसोबास गर्ने नेपाली कामदारहरुले सोमबार राती भूकम्पबाट ज्यान गुमाउने नागरिकहरुलाई श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै शान्ति दिप प्रज्वलन गरेका छन् । सो दिप प्रज्वलन कार्यक्रममा तेलअभिवमा बस्ने नेपालीसँग सो क्षेत्रको प्रहरीहरुले समेत शान्तिका लागि दिप प्रज्वलित गरेका थिए । सो क्षेत्रमा बसोबास गर्ने दजनौंको संख्यामा उपस्थित रहेका नेपालीहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै पीडितहरुका लागि राहतस्वरुप करिब ७ लाख संकलन गरिसकेका छन् । शान्ति दिप प्रज्वलनका कार्यक्रममा सो क्षेत्रमा बसोबास गर्ने नागरिककातर्फबाट कृष्ण ज्ञवालीले विनासकारी भूकम्पले पुर्याएको क्षतिबाट इजरायलमा बसोबास गर्ने सम्पूर्ण नेपाली नागरिकहरु समेत विक्षिप्त बनिरहेकोले यस शोकको घडिमा आफूहरुका तर्फबाट सक्दो सहयोग गर्नका लागि अगाडि बढिरहेको बताए ।
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home