• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
राशि अनुसार प्रेमका लागि विभिन्न बार अनुकुल हुने ज्योतिषशास्त्रीहरु बताउँछन् । यहाँ विभिन्न राशिलाई आइतबार प्रेम प्रसंग कस्तो हुन्छ भनेर चर्चा गरिएको छ ।

मेष राशि
आइतबार मेष राशिका ब्यक्तिलाई प्रेमको दृष्टिकोणबाट राम्रो मानिँदैन । आइतबार मेश राशिका ब्यक्तिको प्रेममा झगडाको योग छ । आइतबार प्रेम प्रसंग अघि बढाउँदा सम्बन्ध जोडिने भन्दा टुट्ने सम्भावना बढी हुन्छ ।
वृष राशि
वृष राशिका ब्यक्तिका लागि आइतबार सामान्य मानिन्छ । प्रेम प्रसंगमा पनि मध्यम नै हुन्छ । तपाइँको कुरा प्रेमि वा प्रेमिकालाई बुझाउन कठिन हुन्छ । मनलाई शान्त राखेको राम्रो ।





मिथुन राशि
आइतबार मिथुन राशि भएकाहरुलाई प्रेमको दृष्टिले राम्रो मानिँदैन । प्रेम प्रसंग आइतबार भन्दा अन्यबार नै गर्नुस् । आइतबारको दिन प्रेमी प्रेमिकाबीच उल्टो मनमुटावको योग देखिन्छ ।

कर्कट राशि
प्रेमको दृष्टिले कर्कट राशिका लागि राम्रो छ आइतबार । तपाइँका प्रेमि वा प्रमिका भाग्यशाली सावित हुन सक्छन् । प्रेमी प्रेमिकाले आइतबारलाई मधुर बनाउन सक्छन् । सके सम्म प्रेम ब्यक्त गर्नुस् ।



सिंह राशि
सिंह राशिलाई प्रेमको दृष्टिले आइतबार सबै भन्दा उत्तम हुन्छ । यो राशिका ब्यक्तिले प्रेम नै प्रेमको अनुभव गर्न सक्छन् । आफ्नो तरिकाले प्रेम ब्यक्त गर्नुस् महौल तपाइँको पक्षमा छ । प्रेम जीवनको आनन्द लिनुस् ।

कन्या राशि
कन्या राशिका लागि प्रेमको दृष्टिले आइतबार राम्रो छैन । आइतबार प्रेम प्रसंग गर्नु भो भने तपाइँको विछोड हुन पनि सक्छ । खासगरी आइतबार प्रेम भन्दा पनि विवाहेत्तरको सम्बन्ध भएकाहरु समस्यामा पर्न सक्छन् ।

तुला राशि
आइतबार तुला राशिका लागि प्रेमको दृष्टिले मध्यम छ । तपाइँहरुको बीचमा मतभेद आउन सक्छ । आइतबारको दिन प्रेम ब्यक्त गर्नका लागि सही छैन । विचार पुर्‍याएर मात्र गर्नुस् ।

वृश्चिक राशि
प्रेम देखाउने बस्तु होइन भन्ने कुरा विचार गर्नुस् । दिलको कुरा बुझ्ने कोशिस गर्नुस् । यदि तपाइँलाई प्रेम देखाउने चिज हो भन्ने लाग्छ भने मात्र ब्यक्त गर्नुस् । अन्यथा अघि नबढ्नुस् । प्रेमलाई भोग गर्ने बस्तु पनि नठान्नुस् ।

धनु राशि
धनु राशिका लागि पनि प्रेमको दृष्टिमा आइतबार प्रतिकुल छ । तपाइँले समयलाई आफ्नो पक्षमा राम्रो बनाउन नसक्ने पनि हुन सक्छ । तपाइँको जिद्धी स्वभाव घातक हुन सक्छ । अरुका कुरा सुन्नुस् ।

मकर राशि
प्रेम जीवनमा पारदर्शी बन्नुस् । साथीत्वलाई बढी जोड दिनुस् । आफ्नो कुरा भन्नुस् आइतबार तपाइँका लागि शुभ हुन सक्छ । विग्रिएका सम्बन्ध पनि बन्न सक्छन् ।

कुम्भ राशि
आइतबार कुम्भ राशिलाई खासै उत्साहजनक मानिँदैन । प्रेम ब्यक्त गर्नका लागि तपाइँको बोली कठोर बन्न सक्छ । तसर्थ सके सम्म कम बोल्नु राम्रो ।
बोल्नै परे अलि संयमित भएर बोल्नुस् ।

मीन राशि
मीन राशिका लागि प्रेम ब्यक्त गर्न आइतबार नराम्रो मानिँदैन । यद्यपी प्रेममा एक्कासी अघी बढ्न खोज्नु भो भने आँधी पनि आउन सक्छ । केही समय लिएर प्रेममा अघि बढ्नुस् ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
यो साता संचित धनको नोक्सानी हुन सक्छ, आफन्त संगको सम्बधमा कमजोरी आउन सक्छ, तपाइको सल्लाह सुझाब लाई गलत अर्थ लगाई बदनाम गर्ने तत्व सक्रिय रहनेछन, आफन्त भन्दा पनि पर भनिने व्यक्तिहरुको सहयोग फलदायी रहनेछ, दाजुभाइको सम्बन्धमा कमजोरी आउनेछ, बेरोजगारलाई जागिर मिल्ने तथा नोकरी गर्नेहरुको लागि पदोन्नती हुन सक्ने समय छ,सामुहिक प्रतिनिधित्व गर्दै सभा समारोहमा सरिक हुने अवसर मिल्नेछ,साताको अन्ततिर अप्रिय समाचार सुन्नपर्नेहुन सक्छ,आर्थिक पाटो कमजोर रहनेछ,पारिवारिक खर्चमा वृद्धि हुनेछ।



वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
मानसम्मान पाइनेछ,रमाइलो यात्राको सम्भावना देखिन्छ,प्रशस्त धनार्जन हुनेछ  भने धन संचय गर्ने अवसर पनि मिल्नेछ,नोकरी तथा व्यवसायमा सकारात्मक समय छ,बैदेशिक क्षेत्रमा रहने हरुको लागि समय सुखद रहनेछ,शुभ समाचार सुन्न पाइनेछ, पढाइ लेखाइमा खासै मन लाग्ने देखिन्न,खानपान तथा भेटघाटमा धन र समय दुवै खर्च हुनेछ,बिरोधि हरु सक्रिय रहनाले काममा गोपनियता पूर्बक लाग्नु भए मात्र प्रगतिको सम्भाबना देखिन्छ,कृषि तथा पशुजन्य व्यवसायबाट लाभ उठाउन सकिनेछ,समग्रमा साता फलदायी रहने देखिन्छ।



मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
साताको सुरुवातमा अनाबस्यक खर्च बिबाद र अनेक किसिमका झैँ-झमेलाहरु आइलाग्न सक्छन,लेनदेनमा आउन सक्ने बिबादले तनाब दिन सक्छ,आफन्तहरुबाट आरोपित भइन सक्ने हुनाले निर्णय प्रक्रियामा अगाडी नसर्नु उचित हुनेछ, मंगलबार देखि आत्मबल दरिलो हुनेछ धैर्यताका साथ लागियो भने काममा सफलता मिल्नेछ,धन संचय हुनेछ,धर्म कर्ममा रुची बढ्ने र सजिलै अरुको बिस्वास जित्न सकिएला, साथीभाई र बिपरित लिंगी संगको सम्बन्धमा कमजोरी आउनाले मानसम्मानमा आंच आउन सक्ने देखिन्छ,होसियारी रहनु होला।



कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :  
साताको आदि र अन्त्य सफल देखिएता पनि मध्य समय भने केहि कमजोर रहन सक्ने देखिन्छ,भोज भतेरमा सरिक हुनेअबसर  मिल्नेछ भने मनोरन्जनात्मक भेटघाट हुनेछन,मान पदक तथा पुरस्कार प्राप्तिको अवसर मिल्नेछ,तपाइको योग्यताको उचित मुल्यांकन हुनेछ, साहित्यिक लेखन र कलाकारितामा सफल भइनेछ, छिटो बिस्वास गर्दा पश्चाताप गर्नु पर्ने हुन सक्छ,मंगलबार र बुधबार आर्थिक रुपमा केहि कमजोर रहने तथा आफन्त संगको सम्बन्धमा कमजोरी आउन सक्छ साथै आर्थिक  नोक्सानी,बिबाद र व्यर्थ यात्रा जस्ता फल हरुप्रदान आउन सक्ने देखिन्छ।





सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
साता फलदायी रहनेछ,नंया काम पाइने तथा दिर्घकालिन सोचका साथ अगाडी बढ्नको साझेदारी हुनेछ,सरकारी क्षेत्रबाट शुभ फलको प्राप्ति हुनेछ,सामाजिक प्रतिष्ठामा बृध्धि हुनेछ भने सामाजिक उत्तरदायित्व निर्बाह गर्नु पर्नेछ, सामुहिक प्रतिनिधित्व गर्दै ठुला सभा सम्मेलनमा सरिक हुने अवसर आइपर्नेछ,काममा सफलता पाउनको लागि पिता वा मान्यजनको सहायता उत्कृष्ट देखिएको छ,अचल सम्पत्तिको जोरजाम गर्ने अवसर मिल्ला,सेवक  वर्गबाट अपजसको सामना गर्नु परेता पनि ब्यापार व्यवसायमा सन्तोष जनक सुधारको समय रहनेछ,बिहिबार देखि भने  समय केहि कमजोरी देखिन्छ।





कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
सामान्य झन्झट आइलागे पनि काममा गति बढ्नेछ,साताको पुर्बार्धमा मनमा छटपटी,अधैर्यता,बिबेक शुन्य जस्ता अबस्था आउन सक्छ,शारीरिक अस्वस्थता आइलाग्नुका साथै मनोबलमा कमजोरी आउनेछ,आफ्नै कमजोरिले गर्दा मान्यजन संगको सम्बन्ध बिग्रन सक्छ ,पुराना साथि संगी संग भेटघाट गर्ने अवसर मिल्नाले मन प्रफुल्लित रहनेछ,फसेका धनमाल उठ्ने सम्भाबना पनि देखिन्छ,यान्त्रिक सामग्रीबाट उच्चतम लाभ मिल्नेछ,साताको अन्त्य तिर रमाइलो भेटघाट तथा धार्मिक यात्राको अवसर पनि देखिन्छ।




तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :  
आकस्मिक रुपमा दुर्घटना हुन सक्ने देखिएकोले चनाखो रहनु पर्ला अंग भंग समेत हुन सक्छ, हतियारको भय देखिन्छ,स्वास्थ्यमा आएको प्रतिकुलाता बिस्तारै कम हुदै जानेछ, आफन्त संगको सम्बन्धमा सुधारको संकेत देखिनेछ, बढी महत्वकांक्षी बनिदा काममा पूर्ण सफलता पाउन निकै कठिन हुनेछ,धार्मिक कार्यमा सहभागी भइनेछ, निर्णय क्षमतामा ह्रास आउनाले निर्णयहरु बिबादित बन्न सक्छन,नंया कामको थालनी गर्नको लागि उत्तम समय छ,पढाइ लेखाइमा सामान्य गति लाग्नेछ,नोकरीमा भने उल्टो फल मिल्न सक्छ सतर्क रहनु होला।





वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
पूर्बार्ध रोमान्चक रहनेछ, प्रियजन संगको भेटघाटले मन प्रफुल्लित रहनेछ, ब्यापार व्यवसायमा भने नोक्सानी व्यहोर्नु पर्ला,उत्तम बस्त्र तथा मिष्ठान्न भोजन प्राप्तिको समय देखिन्छ, शारीरिक अक्ष्यमताले गर्दा काममा अबरोध आउन सक्छ भने मनमा खराब बिचारले  डेरा जमाउनेछ, बिपरित लिंगीबाट अपजस आइलाग्ला,यात्रामा बिशेष चनाखो रहनुहोला, दुर्घटनाको भयलाई नकार्न सकिने अबस्था छैन कुरा अनुरुप काममा उतार्न निकै गार्हो हुनेछ,गुरु जन तथा माता पिता संगको सम्बन्धमा सुमधुरता छाउनेछ, दैनिक इष्टदेवको दर्शन पूजा गर्नाले शुभफल मिल्नेछ ।


धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
शरीरमा अस्वस्थता आउनेछ,दीर्घकालीन रोगले सताउनेछ,घाउ खटिरा र चोटपटकको भय पनि देखिन्छ,शत्रु पक्ष सबल रहनाले काममा बाधा उत्पन्न गराउन सक्छन, गोपनियता अपनाउन अत्यन्त आबस्यक रहनेछ, निर्णयमा आउने सुस्तताले हात परेका उपलब्धि गुम्न सक्छन, साझेदारीमा गरिएका व्यवसायबाट उन्नति मिल्नेछ,यात्रामा निकै चनाखो रहनु पर्ला, पारिवारिक सम्बंध सुमधुर रहनेछ, काम भन्दा पनि कुरा गर्ने तर्फ मन बढ्नाले काममा तदारुक्ता नआउन सक्छ, साताको अन्त्य तिर दुर्घटना हुन सक्ने सम्भाबना देखिन्छ ।



मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
तपाइको बौध्धिकताको उचित मुल्यांकन हुनेछ,कुरा काट्नेहरु प्रशंशा गर्न थाल्नेछन्, शत्रु पक्ष कमजोर हुनेछन भने सजिलै बिरोधीहरुलाई परास्त गर्न सकिनेछ, स्वास्थ्यमा क्रमिक सुधार आउनेछ, व्यापारिक प्रयोजनमा  निकै साबधानी पूर्बक लगानी गर्नुहोला, सन्तान पक्षबाट अधिक खर्च हुनेछ, पढाइ लेखाईको पाटो यो साता निकै फष्टाउनेछ, नंया सवारी साधन प्राप्ति हुने तथा विलासिताका सामग्रीहरुको लाभ हुने समय छ, रिसलाई बसमा राखेर अगाडी बढे निकै सफलता हात लाग्नेछ, बिहिबार देखि दाम्पत्य सम्बन्धमा सुमधुरता आउनेछ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
आफन्त संगको सम्बन्धमा कमजोरी आएता पनि अन्तत: तपाइको निर्णयले सबैलाई गोलबध्ध हुन अभिप्रेरित गर्नेछ, स्वास्थ्यमा आउने प्रतिकूलताको बाबजुत सामाजिक र राजनीतिक क्षेत्रमा ठुलो प्रगति गर्न सकिनेछ, पेट सम्बन्धि समस्या देखिन सक्छ खानपानमा चनाखो रहनु होला, अचल सम्पत्ति जोडनको लागि उपयुक्त समय रहेको छ, नंया कामको थालनी गरिनेछ, रमाइलो र ज्ञान बर्धक यात्रा गर्ने अवसर मिल्नेछ, धैर्यताका साथ काममा लाग्नुहोला निकै सफल समय छ, नंया साथीको आगमनले मनमा सकारात्मक उर्जाको बिकास गराउनेछ, विदेश यात्राको सम्भाव्यता देखिन्छ।



मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
पराक्रम बढ्ने तथा काममा गति बढ्नेछ, मित्रजन र आफन्तको सहायताका काममा निकै सफलता हात लाग्न सक्नेछ, आक्रोश बढ्नाले दाजु भाइ दिदि बहिनि संगको सम्बन्धमा कमजोरी आउन सक्ने देखिन्छ, स्वास्थ्यको लागि संचित धनको नोक्सानी हुनसक्ने देखिन्छ, मांगलिक कार्यमा सहभागिता हुने अवसर मिल्नेछ,पशु पंक्षी तथा तरल पदार्थ संग सम्बधित ब्यबसायमा उल्लेख्य उन्नति हुनेछ, नंया बस्तुको प्राप्तिले मन प्रफुल्लित रहनेछ,आफ्नो कला प्रस्तुत गर्ने सु-अवसर मिल्नेछ र उचित सम्मान पाइनेछ, खेलकुदमा सन्तोषजनक सफलता मिल्नेछ भने दुर्घटनाको सम्भाव्यता पनि देखिन्छ।
काठमाडौं,असार २७ । बलीउड नायिका राखी सावंत जहिले पनि चर्चामा रहन्छिन । उनका अभिव्यक्तिहरु प््रायजसो विवादीत भइरहने कारणले पनि उनि चर्चामा रहने गरेकी हुन । हालै उनले बलीउडमा बजुद नामको भिडीयो जारी गरेकी छिन जसमा भिन्न अन्दाजमा अभिव्यत्तिः दिएकी छिन । जसका कारण पून एक पटक उनी चर्चामा आएकी छिन ।

उनले ललीत मोदी, विराट कोहली, अनुश्का शर्मा लगायत चर्चित कलाकारका बारेमा यस भिडीयोमा भिन्न अभिव्यक्ती दिएकी छिन । उक्त भिडीयोमा उनले सन्नी लियोनको कडा आलोचना गरेकी छिन ।

 एकजना ट्वीट प्रयोगकर्ताले राखि सावन्तको जन्म क्लेभेज देखाउनको लागि भएको हो कि क्या हो भनेर सोधेको प्रश्नको प्रत्युतरमा उनले भनिन ‘मैले आफ्नो क्लेभेजको लागि यति धेरै खर्च गरेको छु त देखाइहाल्छु नि यार ।’


  राखी यस अघि पनि आफ्ना बिभिन्न अभिव्यक्तिका कारण पटक पटक बिवादमा परिसकेकी छिन । यसपटक पनि उनको यो अभिव्यक्तिको भिडीयो भाइरल बनिरहेको छ ।भिडियो हेर्न तल क्लिक गर्नुहोस :
तपाइँको लभ लाइफ अर्थात् प्रेमजिवन कस्तो छ ? अरुलाई भनेपनि न थाहा हुने हो । तर सबै कुरा भनिरहन आवश्यक हुँदैन । तपाइँको गतिविधि तथा उठबस गर्ने तरिकाबाटै तपाइँको प्रेमसम्बन्ध कस्तो छ ? भन्ने थाहा हुन्छ ।
मानिसले कुन प्रकारले आफ्नो बसाइको मुद्रालाई सन्तुलित गर्दछ भन्ने कुराले उसको लभ लाइफको पूरै विवरण थाहा हुन्छ ।
एक अध्ययनले यस्तो कुरा पुष्टि गरेको हो । क्यानडाको युनिभर्सिटी अफ पिट्सबर्ग तथा युनिभर्सिटी अफ वाटरलूका शोधकर्ताहरुले मानिस बस्ने शैली अर्थात् सरीरको मुद्रा र उसको प्रेम तथा रोमान्टिक जिवनको बीच गहिरो सम्बन्ध हुने तथ्य पत्ता लगाएका हुन् ।
न्युयोर्क टाइम्सका अनुसार शोधका लागि शोधकर्ताहरुले कलेजका ती छात्राछात्राहरु छनोट गरे जो प्रतिबद्ध अर्थात् गहिरो प्रेम सम्बन्धमा थिए । ती मध्ये आधा विद्यार्थीलाई सामान्य कुर्सीमा र आधालाई कार्यस्थलमा बस्न लगाइयो ।
त्यस समयमा सहभागीले आफ्नो प्रेम सम्बन्धका बारेमा एक अर्कासँग छलफल गरे र आफ्नो पार्टनरको आनीबानी, युगल सम्बन्धका साथै कति लामो समयदेखि सम्बन्ध चलिरहेको भन्ने विषयमा मन खोले ।
शोधकर्ताहरुका अनुसार कुर्सीमा स्थिर रुपमा बस्ने मानिसहरुको तुलनामा कार्यस्थलमा निकै अस्थीर मुद्रामा बस्ने मानिसहरुको प्रेम सम्बन्ध उथलपुथलपूर्ण रहेकेा पाइयो ।
तत् पश्चात शोधकर्ताहरुले एक अनलाइन पोर्टलको सहायतामा केही अन्य सहभागी पनि छनोट गरे जसमध्ये अधिकांस केही वर्ष पहिलेदेखि वैवाहिक सम्बन्धमा थिए । उनीहरुलाई एक कम्प्युटर स्त्रिmनका अगाडि उभिन लगाइयो ।
उनीहरु सबैलाई आफ्नो सम्बन्धको अवस्थाका विषयमा प्रश्नावली भर्न लगाइयो र आधा जसोलाई एक खुट्टाले टेकेर उभिन लगाइयो र अरु आधालाई दुबै खुट्टाले उभिन लगाइयो । त्यसक्रममा उभिनेहरुमध्ये जो निकै अस्थिर ढंगले उभिएका थिए उनीहरुको प्रेम तथा रोमान्स निकै अस्थिर रहेको पाइयो ।
शोधकर्ताहरुका अनुसार मानिसको अस्थीर सरीरले प्रेमजिवनलाई पनि अस्थीर बनाउँदछ ।
www.onlinekhabar.com
२०७२ असार २५ गते


 काठमाडौं, २५ असार । हाम्रो समाजमा यौन व्यपारलाई मान्यता दिइएको छैन् । तरपनि कतिपय ठाउँमा लुकछिपी यौनधन्दा सञ्चालन हुँदै आएको छ । नेपालको राजधानीलाई केही वर्षसम्म ‘रेड एरिया’ भनिन्थ्यो ।
तर अहिले छाप विस्तारै पूर्वाञ्चल तिर सरेको छ । पूर्वाञ्चलको मोरङ जिल्लामा पछिल्लो समय यौन व्यापार फस्टाएको हो । यौनधन्दामा संलग्न केही जोडिलाई प्रहरीले केही दिन अगाडि मात्रै होटलबाटै रंगेहात पक्राउ गरेको थियो ।
नेपालमा होटलमा मात्रै यौनधन्दा लुकुछिपी हुनेभएपनि छिमेकी देश भारतमा नेताका घरमा समेत यौन व्यापार हुँदै आएको खुलासा भएको छ । भारतको कानपुर पुलिसले उत्तरप्रदेश उद्योग व्यापार संगठन (उपा)का नेताको घरबाट ९ जना यौनकर्मीलाई गिरफ्तार गरेको छ ।

युवतीहरुले नेताले घर भाडामा लिएर आफुहरु धन्दामा लगाएो बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पुलिसले थाना कल्याणपुर क्षेत्रको आवास विकास कलोनी स्थित एक घरमा छापा हान्दा ९ जना युवती र संचालकसहित ६ जना पुरुषलाई पनि गिरफ्तार गरेको छ ।

थाना कल्याणपुरको आवास विकास कलोनीमा रहेको उपाका नेताको घरमा विहानै सयौको संख्यामा पुलिसले छापा हान्दा यस्तो खुलासा भएको हो ।
भाडामा घर लिएर यौनधन्दा गरिरहेका उपाका व्यापारी नेता दीपक गुप्ता आफ्नो साथी धर्मेन्द्र चौरसियासँग कोलकाताबाट ६ युवतीलाई सम्पर्क गरेर कानपुर ल्याएका थिए । एजेन्सी
स्रोत - दैनिक नेपाल भिडियो हेर्न तलको बाकस थिच्नुहोस
४ दिने छोरोलाई बागमती नदीमा फाल्ने २२ वर्षीय कान्छीमाया तामाङलाई प्रहरीले पक्राउ गरिसकेको छ  । उनको घर काभ्रे गोकुले–५ मा पर्छ । उनका श्रीमान वैदेशिक रोजगारका सिलसिलामा खाडी मुलुकमा छन् । गत वर्ष उनी काठमाडौं आउने क्रममा एक बस ड्राइभरसँग चिनजान भयो । श्रीमान विदेश गएकाले यौन प्यास मेटाउन नपाएकी उनले ड्राइभरसँग आफ्नो सम्बन्ध बढाइन । जसअनुसार उनीहरु शारीरिक सम्पर्क पनि हुन थाल्यो । त्यो शारीरिक सम्पर्कबाट उनी गर्भवती भईन् ।श्रोतले जनाए अनुसार शारीरिक सम्पर्क राख्दा ख्याल नगरेकाले उनको गर्भपतन गराउने अवस्था थिएन् ।

त्यसै कारणले उनले अवैध सम्बन्धबाट बच्चा जन्माईन् । बच्चा अन्त फाल्दा पोल खुल्ने डरले उनले ४ दिने छोरोलाई जिउँदै बच्चालाई पशुपतीस्थित बाग्मतीमा फालिन । अचम्मको कुरा के भने, ४ दिनको नाबालाक बच्चाको सकुशल उद्धार गरिएको छ । गाउलेको सहयोगमा उनि पक्राउ परेपछि उनीमाथि प्रहरी कारवाही आगि बाढाइयो ।महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी राकेश सिंहका अनुसार उनले प्रहरी वयानमा अवैध सम्बन्धबारे खुलस्त पारेकी हुन् ।
बिहीबार बिहान बाग्मतीमा युवतीले फोहोर फालेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेपछि घटनाको रहस्य खुलेको हो । अहिले बागमतीमा फोहोर फाल्न पाइदैन् । खोलामा फालिएको झोला निकालेर हेर्दा सानो बच्चा जिउदै भेटिएको थियो । झोलामा भेटियको उनको छोरोलाई अस्पताल पुर्याई उनलाई प्रहरीले हिरासतमा राखेको छ ।पक्राउ परेकी तामाङलाई ज्यानसम्बन्धि मुद्दामा ३ वर्षसम्म कैद सजाय हुनसक्ने बताइएको छ ।
२७ असार, काठमाडौं ।

सरकारले विदेशमा प्रत्यक्ष दर्ता प्रणालीमार्फत मेसिन रिडेबल पासपोर्ट (एमआरपी) वितरण गर्ने भएको छ । धेरै चाप हुने आठ देशमा करिब तीन महिनामा यो प्रणाली लागू हुँदै छ ।

अमेरिका बेलायत, मलेसिया, युएई, कतार, कुबेत, साउदी अरब र हङकङमा प्रत्यक्ष दर्ता प्रणाली लागू हुन लागेको छ ।

एमआरपी छाप्ने सम्झौता भएको ओबरर्थर कम्पनीलाई थप २५ लाख राहदानसहित सो प्रणाली स्थापनाको जिम्मा पनि दिइएको छ ।


यो प्रणाली लागू भएपछि फोटो खिच्ने, फारम भर्ने झन्झटबाट सेवाग्राही मुक्त हुने र फारम फर्दाको त्रुटि पनि हट्ने विश्वास छ ।

मन्त्रिपरिषद्ले गत साता थप २५ लाख एमआरपी छाप्न ओबर्थर कम्पनीलाई निरन्तरता दिन स्वीकृति दिएसँगै प्रत्यक्ष दर्ता प्रणालीमार्फत एमआरपी वितरण प्रक्रिया सुरु भएको हो ।

नयाँ अन्तर्राष्ट्रिय टेन्डरमा जाँदा दुई वर्ष लाग्ने भएकाले हाललाई सेवा सुचारु गर्न ओबर्थरलाई नै जिम्मा दिने निर्णय परराष्ट्र मन्त्रालयले लिएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।
२७ असार, काभ्रे ।

दिदीलाई फकाएर बलात्कार गर्न खोज्दा नमानेपछि ७० वर्षीय एक वृद्धले ९ वर्षीया बालिकालाई बलात्कार गरेका छन् ।

बलात्कारपछि स्थानीयले मिलापत्र गरेपनि बालिकाको मानसिक सन्तुलन गुमेपछि मात्रै बलात्कार भएको रहस्य खुलेको हो ।
सिन्धुली जिल्ला मझुवा गाविस ५ का ९ वर्षीय बालिकालाई सोही स्थानमा ७० वर्षे वृद्ध सोमबहादुर राईले असार १ गते दिउँसो जंगलमा लगेर बलात्कार गरेका थिए ।



ती बालिकाकी दिदीलाई १ सय रुपैयाँ दिन्छु सुत्न आउ भनेपछि उनले नमानेपछि ती बृद्धले बहिनी बलात्कार गरेका हुन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।
२७ असार, सोल ।

कोरियामा एक नेपाली कामदारको मृत्यु भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) बाट रोजगारीमा आएका कास्की लेखनाथ-१२ का भूमेश्वर गुरुङको आज बिहान ५ बजे मृत्यु भएको हो ।

आनसानमा रहेको छजाङछङइल नामक गाडीको पार्टपुर्जा बनाउने कम्पनीमा कार्यरत उनी शनिबार साँझ घुम्न गएर राति कोठामा फर्किएका थिए । राति सुतेको केही घण्टापछि श्वासप्रश्वासमा समस्या भएपछी उनीसँगै कार्यरत साथीहरुले अस्पताल पुर्‍याएका थिए । अस्पताल पुर्‍याइएको ३० मिनेटपछि चिकित्सकहरुले गुरुङलाई मृत घोषणा गरेको थिए ।
सन् २००९ को अक्टोबरमा कोरिया आएका ३५ वर्षीय गुरुङले उक्त कम्पनीमा हप्तादिन अघिदेखि मात्र काम गर्न सुरु गरेका थिए । भिसा अवधि सकिएकाले उनी अवैधानिक हुन् ।


 गुरुङको मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको छ भने शव स्थानीय अस्पतालमा राखिएको छ । उनका श्रीमती १ छोरा र १ छोरी रहेकोसँगै काम गर्ने साथीहरुले बताएका छन् । आजको कान्तिपुरमा खबर छ ।
काठमाडौं । नायिका करिष्मा मानन्धरले नेपाली सिने नगरीमा सदाबहार नायिकाको उपमा पाएकी छन् ।

हुन पनि आफूजस्तै छोरी भइसक्दा पनि करिष्मा मानन्धरमा जुन प्रकारको निखारता छ त्यो अरु नायिकामा देखिदैन । करिष्मा मानन्धरमा अहिले पनि उही पुरानै जोस जाँगर र जवानी देखिन्छ ।

नेपाली फिल्ममा अभिनय र सुन्दरताकै कारण आफूलाई फिल्मी क्षेत्रमा व्यस्त बताउँन सफल करिष्माको वास्तविक नाम भने अर्कै छ ।

उनको फिल्मी क्षेत्रमा आउनुभन्दा पहिला उनलाई सबैले बुनु केसीको नामले चिन्थे ।

तिनै बुनु केसी आज नेपाली फिल्मी क्षेत्रमा करिष्मा मानन्धरको नामले चर्चित भएकी छन् ।

ww.newsabhiyan.com
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
धन आर्जनको अवसर मिलेता पनि संचय गर्न नसकिएला,आफन्त तथा साथिभाइको सहयोगले मनोबल बढ्न जानेछ भने काम गर्ने हौशला मिल्नेछ,सर-सापटिको काम भने आज नगर्नुनै उचित देखिन्छ,चोटपटकको भय देखिन्छ।



वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
सुधारोन्मुख समय रहनेछ,रोकिएका काम बन्नेछन् भने छरिएर रहेका सम्पतिहरु संकलन
हुनेछन,नंया कामको अवसर जुट्नेछ,भोज भतेर र सभा समारोहमा सरिक भई मिष्ठान्न्न भोजन
गर्ने अवसर जुट्नेछ,टाढिएका व्यक्ति नजिकिने छन्।





मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
खर्च तथा बिबाद बढ्नेछ,दाम्पत्य सम्बन्धमा कमजोरी आउनेछ,बैदेशिक यात्राको अवसर जुट्नेछ,आम्दानि भन्दा खर्चको मात्रा बढ्नाले असहज महसुस हुन सक्छ,सरकारी काममा दुख पाइएला,आफन्त बाटामा टाढिनु पर्ने हुन सक्छ।





कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
ब्यबासायिक पाटो दरिलो बन्नेछ,प्रेम  प्रसंगमा मिठास आउनेछ,बिना परिश्रम सफलता हातलाग्न सक्छ, दिर्घकालिन असर पर्ने योजना हरु बन्नेछन,उपहार तथा पुरस्कार हात लाग्नेछन,दिन निकै रोमान्चक रहनेछ।






सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
नाम दाम र इनाम कमाउने समय छ,सामाजिक मान प्रतिष्ठा बढ्नेछ,माता पिताको सहयोगमा गरेका काममा धेरै सफलता हात लाग्नेछ,नोकरीमा रहनु हुनेहरुको लागि दिन निकै रमाइलो र उन्नातिप्रद रहनेछ।






कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
दिन चुनौती पूर्ण रहनेछ,काममा ब्यबधान गर्ने व्यक्तिहरु सक्रिय रहनेछन,स-साना काममा महत्व पूर्ण समय खर्च गर्नुपर्ने हुन सक्छ,धार्मिक कार्यमा रुची बढ्नेछ भने सहयोगी भावनाको बढावा हुनाले सामाजिक कार्यमा समय बित्ने देखिन्छ।



तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :  
अरुको सल्लाह सुझाब अप्रिय लाग्न सक्छ,सामान्य असाबधानिले स्वास्थ्यमा प्रतिकुलता देखिन सक्छ, मान्यजनसागको सम्बन्धमा कमजोरी आउनेछ,पारिवारिक किचलो बढ्नेछ,कृषि तथा पशु व्यवसायमा भने केहि लाभ मिल्नेछ।





वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :

साथि संगीसंगको सम्बन्ध र प्रेम सम्बन्धमा सुमधुरता छाउनेछ,आर्थिक कारोबार सन्तोष जनक रहनेछ,ब्यापार व्यवसायमा नंया साझेदारी हुन सक्ने देखिन्छ,लामो र सफल यात्राको सम्भाबना देखिन्छ,सजिलै अरुको बिस्वास जित्न सकिनेछ।





धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
रोकिएका कामहरु क्रमश फत्ते हुदै जानेछन,काम बिगार्ने तत्वहरु बाट साबधान रहनु पर्ने अवस्था छ,गोपनियता कायम गर्नुहोला,शत्रु परास्त गर्न सकिनेछ,आफन्त संगको भेटघाटमा समय व्यतित हुनेछ भने प्रेममय दिन रहनेछ।



मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
पढाइ लेखाइमा मन लाग्नेछैन,साहित्यिक पाटो संतोषजनक नरहला,खानपानमा आउने असाबधानिले पेट संग सम्बन्धि समस्या देखिन सक्छ,सन्तान तथा शिश्यहरुबाट यथेष्ट सहयोग मिल्नेछ,प्रगतिकोलागि धैर्यता आबस्यक देखिन्छ।



कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
पारिवारिक असमझदारी बढ्नेछन,छरछिमेकको सम्बन्धमा असन्तुलन आउनेछ,खर्च तथा विवाद बढ्नाले मनमा बेचैनी बढ्नसक्ने देखिन्छ,सोचन शक्तिमा कमि आउनाले निर्णय गर्ने काममा अगाडी नबढ्नु बुध्दिमानी हुनेछ।





मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
पराक्रम बढ्नेछ,साहसिक काम गर्ने रुची बढ्नेछ,बाद्बिबाद्मा अल्झिन परेता पनि जित तपाइकै हुने देखिन्छ,नंया साथीहरु संग भेटघाट र रमाइलो गर्ने अवसर मिल्नेछ,सामाजिक तथा राजनीतिक रुपमा दिन सफल रहनेछ।

ज्योतिष शास्त्रका अनुसार मिथुन राशीका ब्यक्तिहरुका धेरै प्रेमी प्रेमीका हुन्छन् । जसको नामको पहिलो अक्षर का, की, कु, घ, ड, छ, के, को, हा हुन्छ उनीहरु मिथुन राशिका हुन्छन् ।


ज्योतिष शास्त्रका अनुसार मिथुन राशिका ब्यक्तिहरुको जीवनमा एक मात्र नभएर धेरै जनासँग प्रेम प्रसंग हुने सम्भावना हुन्छ ।



यो राशिको स्वामी बुध हो । यो राशि पश्चिम दिशाको प्रतिक मानिन्छ ।



यो राशिका ब्यक्ति एक ठाउँमा स्थिर भएर रहन सक्दैनन् । यिनीहरुको मन अस्थिर हुन्छ । यिनीहरुको सम्बन्ध पनि त्यस्तै अस्थिर हुन्छ । यसै कारण यिनीहरुले जीवनमा अधिकाँश समय मानसिक तनावबाट पनि गुज्रिन्छन् ।



यिनीहरुका लागि तुला, धनु, कुम्भ, सिंह व मेष राशिका ब्यक्ति जीवनसाथी राम्रो मानिन्छ ।

मिथुन राशि युवा दम्पतिको पनि प्रतिक हो । यिनीहरुको स्वभाव पनि यस्तै हुनेछ । यिनीहरु शौखिन हुन्छन तर बैबाहिक जीवन भने त्यति राम्रो हुँदैन ।

यिनीहरुलाई सवारी साधनबारे चासो हुन्छ र जानकारी पनि ।
१. सोसल नेटवर्किङमा पिछाः भेटेको केहि समयपछि नै महिला फेसबुकमा गएर उनको निकै अघिदेखि राखिएको सबै फोटोहरुमा लाइक नगर्नुहोस् । संवेदनशील महिलाहरुलाई कसैले पनि छोटो समयमा यति बिधि प्राथमिकता दिएको पटक्कै मनपर्दैन । यसो गर्नुभयो भने उनी तपाईंबाट प्रभावित नभई तपाईंबाट टाढा जान खोज्नुहुन्छ ।

२. विवाहको बारेमा संकेत नदिनुहोस्ः पुरुषहरु कुनै पनि कमिट्मेन्ट गर्न डराउँछन् भन्ने कुरा पुराना भइसकेको छ । वास्तविकता के हो भने महिलाहरु कम परिचित पुरुषहरुसँग कमिटेड हुन डराउँछन् । हुनसक्छ तपाईं आफ्नो सम्बन्धप्रति निकै सिरियस हुनुहुन्छ होला र उनीसँगै आफ्नो बाँकी जीवन व्यतित गर्न चाहनुहुन्छ होला तर उनले तपाईंले जे सोच्नु भएको त्यस्तो नसोचेको हुनसक्छ । पहिले आफूले मनपराएको महिलाको तपाईंप्रति राख्ने भावनाको बारेमा बुझ्नुहोस् ।

 ३. पैसाको सो–अफ नगर्नुहोस्ः महँगो उपहार दिएर महिलाको मन जित्ने सोच्दै हुनुहुन्छ भने त्यो सोचाई तुरुन्त त्यागिदिनुहोस् किनभने महिलाहरुलाई आफ्नै कमाईले आफ्नो शोक र आवश्यकता पूरा गर्न मनपर्छ । त्यसकारण आफू धेरै धनी छु भनेर देखाउन नखोज्नुहोस् ।

 ४. पटक–पटक अपडेट लिइरहन आवश्यक छैनः कसैलाई बुझ्न चाँहदै हुनुहुन्छ भने उनको हरेक मिनेटको खबर लिइरहन आवश्यक छैन । यो सोच्नुहोस्, तपाईंलाई भेट्नुभन्दा अघि पनि उनी खाना खान्थिन्, तपाईंको गुडनाइट मेसेज बिना नै सुत्ने गर्थिन । पटक–पटक अपडेट लिने तपाईंको बानीले तपाईं पागलजस्तै उनको पिछा गरिरहनुभएको छ त्यसकारण महिला तपाईंसँग नजिक हुनुको साटो टाढा हुनेछिन् ।

 ५. पटक–पटक फोन नगर्नुहोस्ः यदि तपाईंले प्रभावित पार्न चाहनुभएको महिलाले कुनै कारणवश अथवा व्यस्त हुँदा तपाईंको फोन उठाउन चाहनुभएको छैन र तपाईंको मेसेज फर्काउँदिनन् भने तपार्ईंको बारम्बारको फोन र मेसेजले उनलाई प्रभावित पार्नुभन्दा बढि तनाव दिने गर्दछ ।

 ६. बिल सधैँ आफैँले नै नतिर्नुहोस्ः यदि तपाईं बाहिर कतै खानको लागि निस्कनु भएको छ भने उनले बिल तिर्दा केहि पनि फरक पर्दैन । यदि तपाईं सधैँ बिल आफैँले तिर्न हठ गर्नुहुन्छ भने तपाईंले उनलाई कृपा गरिरहेको सम्झनु हुनेछ । खर्च बाँड्दा त्यसले उनको आत्मसम्मानलाई कायम राख्ने गर्दछ ।

७. सेक्सको कुरा नगर्नुहोस्ः केहि दिन पहिले मात्र सुरु भएको तपाईंको सम्बन्धमा सेक्सको बारेमा कुरा नगर्नुहोस् । यसले तपाईंको छविलाई बिगार्ने गर्दछ । तपाईंले सेक्सको बारेमा कुरा गर्दा ती महिलाले तपाईंले पहिले पनि अरु थुप्रै महिलालाई प्रयास गरिसकेको उनले बुझ्नेछिन् । आफ्नो सम्बन्धलाई अगाडि बढाउनका लागि थोरै समय दिनुहोस् ।

८. पुरानो सम्बन्धमा घमण्ड नगर्नुहोस्ः तपाईंले थुप्रै महिलासँग सम्बन्ध गाँसिसकेको भन्दै घमण्ड गर्न छोड्नुहोस् । यसो गर्नाले तपाईंको पहिलोको सम्बन्ध बिग्रनुमा तपाईंकै हात भएको उनले बुझ्नुहुन।
९. नचाहिने कुरामा उपहार बर्साउनु ठिक होइनः नचाहिने कुरामा उपहार दिइरहँदा उनलाई दिक्क लाग्न सक्छ ।

 पैसाले तपाईं उनको माया किन्न सक्नुहुन्न । तपाईंको यस्तो बानी छ भने तुरुन्त हटाउनुहोस् ।
 १०. पर्सनल लाइफमा बाधा नपुराउनुः महिलालाई तारिफ गरेको मन त पर्छ तर पटक–पटकको तारिफ पनि उनीहरुलाई झर्को लाग्ने गर्दछ । सम्बन्धको सुरुवाती अवस्थामा तपाईं उनको लवाई–खुवाईमा टिप्पणी गरेर उनलाई सल्लाह दिनुहुन्छ भने उनलाई त्यो राम्रो लाग्दैन । महिलालाई उनको पर्सनल लाइफ र उनीहरुको साथीको बारेमा थाहा पाउने कोसिस नगर्नुहोस् । www.ratopati.com
मीन राशि भएका मानिसहरु पृथ्वीमा सिधै भगवानको प्रतिनिधि हुने गर्दछन् । वृहस्पतीको प्रभावले यिनीहरु धार्मिक र आध्यात्मिक प्रवृत्तिका हुने गर्दछन् । मीन राशि भएका मानिसहरु स्वस्थ एवं वृद्धिमान हुने गर्दछन् र उनीहरुमा कोमलताको छाप सधैँ विद्यमान हुने गर्दछ ।

यस्ता व्यक्तिहरु नविन विचार सृजना गर्नमा सक्षम हुनुका साथै मानिसहरुलाई आफ्नो बिचारले सधैँ प्रभावित र आकर्षित गराउन सफल हुने गर्दछन् । सुख–साधनको उपभोग गर्न उनीहरुको सधैँ प्रबल इच्छा हुने गर्दछ । यसका साथसाथै धन–ऐश्वर्यबाट युक्त हुने हुँदा विभिन्न स्रोतमार्फत धन आर्जन गरेर आर्थिक रुपमा सुदृढ रहने गर्दछन् । यसका साथै उनीहरुमा चिन्तन–मननको भाव पनि रहेको हुन्छ ।

 प्राकृतिक दृश्यहरुको अवलोकन गरेर उनीहरुले शान्ती र सन्तुष्ट प्राप्त गर्ने गर्दछन् । प्रेमको क्षेत्रमा यी व्यक्तिहरु सरल एवं भावुक हुने गर्दछन् यद्यपी उनीहरुको व्यवहार भने सधैँ कुशल हुने गर्दछ । उनीहरुको स्वरुप निकै राम्रो र व्यक्तित्व आकर्षित हुने गर्दछ ।   निकै राम्रो स्रोता हुन्ः मीन राशि भएका मानिसहरुको हरेक कुराको निकै गहिरो किसिमले सोच्ने गर्दछन् ।

 यहि कारणले नै उनीहरु अरुको भावनालाई सुन्ने गर्दछन् र अरुको समस्यालाई कम गर्न सधैँ तयार रहने गर्दछन् । यी व्यक्तिहरु निकै मेहनती हुने हुँदा आफ्नो कार्यस्थलमा मानिसहरुका बिच निकै लोकप्रिय हुने गर्दछन् ।

यस्ता व्यक्तिहरु भरोसा योग्य हुने भएकाले आफ्नो समस्याबाट पार पाउनका लागि तपाईंलाई मद्दत गर्नसक्छन् । यस्ता व्यक्तिहरु आर्थिक लाभका विरुद्ध हुने गर्दछन्ः मीन राशिका व्यक्तिहरुले पैसा त निकै कमाउने गर्दछन् तर उनीहरु आफ्नो आर्थिक लाभका लागि भने खर्च गर्दैनन् । उनीहरु त्यहि पैसा अरुको मद्दतको लागि खर्च गर्ने गर्दछन् । यस्ता व्यक्तिहरुले अरुको दुख हेर्नै सक्दैनन् ।

 यी व्यक्तिहरुले आफूलाई ठूलो समस्या परेको बेलामा पनि आफूलाई शान्त राख्न जान्दछन् । बाहिरबाट कठोर भित्रबाट नरमः मीन राशीका मानिसहरु निकै अलग किसिमका हुने गर्दछन् । उनीहरु जब केहि गर्ने सोच्छन्, त्यसलाई कहिले पनि हल्का रुपमा लिँदैनन् । यी व्यक्तिहरु आफ्नो दुश्मनलाई निकै डटेर सामना गर्ने गर्दछन् ।

 उनीहरुसँग तपाईं निकै सजलै कुरा गर्न सक्नुहुन्छ । यी व्यक्तिहरुले तपाईंलाई त्यतिबेला मात्र सम्मान गर्नेछन् जब तपाईंले यी व्यक्तिको काम र सोचलाई बुझ्नुहुनेछ । यी व्यक्तिहरु आफ्नो बचनको पक्का छन् । उनीहरु निकै तीक्ष्ण बुद्धिका हुने गर्दछन् । यी व्यक्तिहरुले तपाईंले भन्नुभएको शब्द र कामलाई सम्झिरहने गर्दछन् ।


 स्वभावले प्रेमी हुने गर्दछन्ः यी व्यक्तिहरु प्रेमको सम्बन्धमा निकै संवेदनशील र रोमान्टिक हुने गर्दछन् । सबैले आफूलाई सधैँ प्रेम गरोस् भन्ने मीन राशि भएका व्यक्तिहरु चाहन्छन् । प्रेमसँग जोडिएका प्रत्येक कुरालाई उनीहरुले मनमा राख्ने गर्दछन् । केहि कुरालाई एकपटक आफ्नो मनमा राखिसकेपछि यी व्यक्तिहरु हत्तपत्त त्यसलाई बिर्सन सक्दैनन् ।

यी व्यक्तिकी प्रेमीका पनि उनीसँगको प्रत्येक पललाई निकै राम्रो तरिकाले मनमा सजाउने गर्दछिन् । मीन राशिका पुरुषहरु श्रृङ्गार रसको कविजस्तै आदर्श प्रेमी हुने गर्दछन् । यिनीहरु कल्पनाशील प्रेमी हुने गर्दछन् । एकतर्फी प्रेमको उतार–चढाव प्रति यी व्यक्तिहरु निकै संवेदनशील हुने गर्दछन् ।

 यिनीहरु आफ्नो प्रेमको प्रदर्शनमा निकै रोमान्टिक, कल्पनाशील र स्वप्नशील हुने गर्दछन् । यिनीहरु सधैँ साँचो प्रेमको खोजीमा हुने गर्दछन् । मीन राशि त्यागको प्रतिक हुने भएका कारण आफ्नी प्रेमिकाको लागि सबै कुरा त्याग्नका लागि तयार हुने गर्दछन् ।www.ratopati.com
काठमाडौं । समानुपातिक सांसदहरुले एक करोड रकम नदिएसम्म बजेट पास हुनै नदिने अडान लिएका छन् ।
शनिबार सभामुख सुवासचन्द्र नेम्वाङलाई ज्ञापन पत्र बुझाउँदै संसद विकास कोषमार्फत् खर्च गर्न पाउनेगरि आफुहरुलाई पनि एक करोड उपलब्ध गराइनुपर्ने बताएका छन् ।
हस्ताक्षर अभियानको नेतृत्व गरेका एमाओवादी सभासद अमरलाल मोदीले नेपाल सन्देशसँग कुराकानी गर्दै प्रत्यक्ष निर्वाचित सभासद सहर रकम नदिए समानुपातिक सभासदखहरुले बजेट पास हुन नदिने बताए ।
उनले सरकारले कानुन विपरित आफुहरुलाई विभेद गरेकाले अदालत जान पनि आफुहरु तयार रहेको बताए । उनको अभिण्यानमा २७० सभासदले हस्ताक्षर गरेका छन् भने एमालेका ११८ समानुपातिक सभासदहरुले पनि हस्ताक्षर गरेका छन् ।
उनको अभियानलाई एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराभ भट्टराइले पनि समर्थन गर्दै हस्ताक्षर गरेका छन् भने कांग्रेसका प्रत्यक्ष निर्वाचित सभासद बलबहादुर बलायरले पनि समर्थन गरेका छन् ।
www.nepalsandesh.com
२०७२ असार २५ गते


झापा, २५ असार । फ्रि भिषा, फ्रि टिकटको विरोध गर्दै सडकमा उत्रिएका म्यानपावर व्यवसायी समस्या एकातिर भएपनि अर्कातिर आन्दोलन थालेका छन् । राज्यमन्त्रीले ७ वटा देशमा फ्रि भिषा फ्रि टिकटको अवधारणा ल्याएपछि म्यानपावर व्यवसायी विरोधमा उत्रिएका हुन् ।
असार २१ गतेदेखि लागू हुने भनिएपछि आन्दोलनमा उत्रिएका म्यानपावर व्यवसायीले समस्या बनाएका पीडितहरुले आफ्नो पीडा सार्वजनिक गर्न थालेका छन् । शिवसताक्षी–३ का होमबहादुर खड्का १ लाख ६० हजार तिरेर मलेसिया पुगे । दलालमार्फत् काठमाडौंको एक म्यानपावरबाट मलेसिया पुगेका खड्का ६ महिना बसेपनि एक महिना मात्र काम गरे । धरमपुरका शुक्र राईले खड्का परिवारबाट १ लाख ६० हजार लिएको बुझिएको छ । म्यानपावरले १२०० रिंगिट दिने सहमति गरेर उनलाई मलेसिया पुर्याए पनि सहमतिको आधा मात्र उनले पाए । ६०० रिंगिटमा एक महिना काम गरेका खड्काले बाँकी समय बिताउन सकेनन् । काम गर्दागर्दै बेहोस भएपछि उनलाई नेपाल फर्कनुपर्ने अवस्था आइपर्यो । गाउँमा खेती किसान गर्ने परिवारले ऋण खोजेर छोरालाई विदेश पठाएको ६ महिनापछि छोराको ज्यान जोगाउन नै समस्या भएको बुबा प्रेमबहादुर खड्का बताउँछन् । ऋण खोजेर छोरालाई फर्काउनुपर्यो ।
फर्निचरको काममा लगिए पनि मार्बल फ्याक्ट्रीमा लगाइएको रहेछ । ब्याजमा ऋण खोजेर पठाएको पैसा तिर्न त कता हो कता, छोरा फर्काउन पनि गाउँमा सरसापट खोजेर ९० हजार पठाउनु पर्यो, उनका बुबा भन्छन् । ६ महिना बस्दा ५ महिना बिरामी भएरै बित्यो । कम्पनीले कसैलाई खबर पनि नगरेको पीडित परिवारको भनाइ छ । ३ वर्षको उल्टै ९० हजार लेबी तिरेर मात्र खड्का परिवारले छोरा फिर्ता बोलाउन पाए ।

यता गरामनी–६ का डिकबहादुर खड्काले पैसा बुझाएको ७ महिना बित्दा पनि उड्न पाएका छैनन् ।
बिर्तामोडस्थित हमिदा म्यानपावर प्रालिका प्रविन राउतले १ लाख २५ हजार रुपैयाँ बुझेपछि अहिले सम्पर्कमा नभएको बताइएको छ । साउदी अरब लैजाने भन्दै उनीबाट २५ हजार नगद र १ लाख रुपैयाँको चेक हमिदाका बिर्तामोड शाखा प्रमुख राउतले लिएका थिए । ‘म्यानपावर धाएको ७ महिना बित्यो,’ डिकबहादुर भन्छन्–‘पैसा लिने मान्छेलाई म्यानपावरमा भेटिँदैन ।’ म्यानपावरमा बस्ने कर्मचारीले राउत सर बाहिर गएको मात्र प्रतिक्रिया दिने गरेको खड्काको भनाइ छ । उनको पासपोर्ट समेत म्यानपावरले नै राखेको छ ।

बिर्तामोड–५ का एक पीडित ८ महिनादेखि ऋण लिएको ब्याज मात्र बुझाइरहेका छन् । उनले जानकी ओभरसिजका प्रविण राउतलाई १ लाख ५० हजार बुझाएको बताएका छन् । राउतले पीडितलाई दुई पटक कागज गराइसकेका छन् । ८ महिनाअघि पैसा बुझे पनि पीडितसँग राउतको भेटघाट छैन ।

यसैगरी पपुवा न्यूगिनी पुर्याउने भन्दै बिर्तामोडका पंकज लामिछानेले १६ लाख लिएको वर्षौं बितिसक्यो । बिर्तामोडस्थित विकास श्रेष्ठ, सन्तोष श्रेष्ठ र मिन राजवंशीको १६ लाखको अत्तोपत्तो छैन । पपुवा न्यूगिनीको थ्रीस्टार होटलमा काम लगाइदिने, मासिक १ लाख ५० हजार तलबको व्यवस्था गर्ने कबुल गरे पनि लामिछानेले उनीहरुलाई अहिलेसम्म पठाउन सकेका छैनन् । कहिले काठमाडौंबाट त कहिले मुम्बईबाट उडाउने भन्दै ३ वर्ष बितिसकेको छ । मुम्बईबाट फर्कने क्रममा पीडितहरुको आँखा छलेर टे«नबाटै लामिछाने भागेका थिए ।
यसरी म्यानपावरबाट ठगिनेको संख्या वैदेशिक रोजगारमा जाने नेपालीको संख्या बराबर छ ।

नेपालबाट दैनिक १५ सय नेपाली वैदेशिक रोजगारीमा जाने गरेका छन् । चारपानेका भुकलाल राजवंशी २ वर्षअघि कतारबाट करार समय सकिनुभन्दा अगाडि नै फर्किए । फिनिसिङ कार्पेन्टरमा भनेर लगे पनि सटरिङ कार्पेन्टरमा खटाएपछि उनले काम गर्न नसक्ने भन्दै फर्किए । १२०० तलब तोकिए पनि १०० घटाएरै उनले पाए । काठमाडौंको डीजे म्यानपावरबाट वैदेशिक रोजगारमा गएका राजवंशी म्यानपावरहरुले सर्वसाधारणलाई हदैसम्म ठगी गर्ने गरेको बताउँछन् ।
गरामनी–९ का चण्डी राईको दुःख पनि यस्तै छ । २०१० मा दुबई गएका राई प्लम्बरमा गए पनि गार्डेनको हेरचाह गर्नुपर्ने काममा खट्नुपर्यो । उनले वैदेशिक रोजगारीको दर्दनाक पीडालाई सम्झँदै भने–‘बिरामी हुँदा हेरचाह भएन । बसाई अत्यन्तै फोहोर ठाउँमा, खाना पनि सडेगलेको मात्रै ।’ वैदेशिक रोजगारीमा पुगेकाहरु पनि विभिन्न समस्या सहँदै बस्नुपरेको अवस्था छ । रोजगारका लागि जाँदा लिएको ऋण तिर्नलाई जस्तोसुकै समस्यालाई पनि सामना गर्नुपर्ने बाध्यता रहेको दुबई पुगेका एक झापाली बताउँछन् । म्यानपावरबाट ठगिएका पीडितहरु यतिबेला एकाएक आफ्नो समस्याबारे सार्वजनिक हुँदैछन्
उनीहरुले म्यानपावर व्यवसायीको आन्दोलनको कुनै अर्थ नरहेको बताउँछन् । उनीहरु भन्छन्–राज्यले जनतालाई सुविधा दिन ल्याएको नयाँ अवधारणा म्यानपावर व्यवसायीलाई किन टाउको दुखाई भो ?
यता म्यानपावर व्यवसायीहरु भने श्रम राज्यमन्त्रीले एक्लौटी ढंगबाट गरेको निर्णय मान्य नहुने भन्दै आन्दोलनमा उत्रिएका छन् ।
राज्यको नीति मान्नुपर्छ
प्रवासी नेपाली झापाका संयोजक मदन आचार्यले सरकारले गरेको निर्णय म्यानपावर व्यवसायीले मान्नुपर्ने बताएका छन् । उनले राज्यको नीति विपरित म्यानपावर व्यवसायीले काम गर्न नहुने बताए । नीतिको विरोध गर्नु व्यक्तिवादी चिन्तन भएकाले फ्रि भिषा, फ्रि टिकट श्रमिकको हितमा भएको भन्दै लागू गर्नुपर्ने उनको भनाइ छ । ‘देशभरका सर्वसाधारणका लागि गरेको निर्णय हो, म्यानपावर व्यवसायीले नमानेर हुँदैन’, आचार्य भन्छन् ।
वैदेशिक रोजगारमा जानु भन्दा अगाडि श्रमिकलाई सहजीकरण गर्दै आएको प्रवासी नेपाली समन्वय समिति समस्यामा परेका व्यक्तिको न्यायका लागि राज्यका विभिन्न निकायसँग सहकार्य गर्दै आइरहेको छ ।
निर्णय स्वागतयोग्य
वैदेशिक रोजगार व्यवसायी संघ झापाका अध्यक्ष भानु शिवाकोटीले वैदेशिक रोजगारीको सन्दर्भमा सरकारले गरेको निर्णय स्वागतयोग्य भएको बताउँछन् । स्वागतयोग्य भएपनि कार्यान्वयन गर्न नसक्ने उनको भनाइ छ । ‘एकपक्षीय निर्णय भएकाले कार्यान्वयन गर्ने अवस्था छैन’, शिवाकोटी भन्छन्–‘सिस्टमेटिक भएन, व्यवसायीको लाखौं डुबेको छ ।’

उनले सर्वसाधारणलाई इजाजत प्राप्त पूर्वाधार सम्पन्न म्यानपावरबाट मात्र वैदेशिक रोजगारमा जान सुझाव दिएका छन् । ‘डुप्लिकेट म्यानपावरबाट नठगिए कहाँबाट ठगिनु’, उनले आक्रोशित हुँदै भने–‘राम्रो ठाउँमा जान, सहमति भएको काम र तलब पाउन त राम्रै म्यानपावरबाट जानु पर्छ ।’ उनले समस्यामा परेका पीडितहरुलाई सरकारका विभिन्न निकायसम्म जान सुझाए ।
‘प्रमाण लिएर आउनुस्, कारबाही गर्छौं’

प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले वैदेशिक रोजगारका क्रममा ठगिएका पीडितहरुलाई प्रमाणसहित सम्बन्धित निकायमा पुग्न सुझाव दिएका छन् । उनले वैदेशिक रोजगारको क्रममा ठग्नेलाई वैदेशिक रोजगार विभागमार्फत् तुरुन्तै कारबाही गर्ने जानकारी दिए । उनले पीडितलाई प्रमाणसहित श्रम कार्यालय, जिल्ला प्रशासनसहित वैदेशिक रोजगार विभागमा पुग्न भनेका छन् । ‘हदैसम्मको कारबाही गर्छौं, तर प्रमाण लिएर आउनुपर्छ’,प्रजिअ पौडेलले भने ।
स्रोत - दैनिक नेपाल
थुप्रै मानिसहरुको विश्वास छ कि जन्मेको महिना, गते, समय अथवा पलले मानिसको जीवनमा प्रभाव पार्ने गर्दछ । यसका साथसाथै दिनको असर पनि जीवन र व्यक्तित्वमाथि हुने गर्दछ त्यसकारण त आजकालका मानिसहरु आफ्ना बच्चाको जन्म यो दिनमा होइन, यो दिनमा गराउनुस् भनेर डाक्टरहरुलाई आग्रह गर्ने गर्दछन् । भारतीय अंक ज्योतिष श्रीमती ज्योतिमा शर्माले शनिबार जन्मेका व्यक्तिहरुको निम्नलिखित गुणहरु बताएकी छिन्ः १.

 शनिबार जन्मेका व्यक्ति निकै गम्भीर र जिम्मेवार हुने गर्दछन् । २.
 तपाईं निकै मेधावी, बुद्धिमान र बिजनेस माइन्डका हुनुहुन्छ । अर्को शब्दमा भन्ने हो भने तपाईं हरेक कुरामा परफेक्ट हुनुहुन्छ । ३. तपाईं हाइ क्लास वस्तुहरु मनपराउनुहुन्छ । तपाईंले लगाउने लुगादेखि जुत्तासम्मले तपाईंको हाई क्लास पर्सनालिटी झल्काउँछ । ४.
तपाईं हुन त सफा मनको हुनुहुन्छ तर कहिलेकाँही स्पष्ट वक्ताको रुपमा तपाईंको आलोचना पनि हुने गर्दछ । ५. तपाईंको लागि कुनै पनि सम्बन्ध निकै महत्वपूर्ण हुने गर्दछ र साथीहरुको लागि जे पनि गर्न तयार हुनुहुन्छ । ६.तपाईं पैसावाला हुनुहुन्छ तर तपाईं छिट्टै पैसा खर्च गर्नुहुन्न । ७

. तपाईंलाई संगीत र खेलमा रुची हुन्छ । ८. तपाईंलाई रिस उठेपछि नराम्रो सँग उठ्छ भने गलत कुराहरुलाई सहन सक्नुहुन्न । ९.
तपाईं जिद्दि हुनुहुन्छ र आफूले भनेको जस्तै हुनुपर्छ भन्ने बिचार राख्नुहुन्छ । १०. तपाईं कसैलाई पनि ठेस पुर्याउन चाहनुहुन्छ । ११. तपाईंको वैवाहिक जीवन सुखमय हुन्छ किनभने तपाईं आफ्नो पार्टनरलाई निकै केयर गर्नुहुन्छ । (एजेन्सी) www.ratopati.co
काठमाडौं : पूर्वसहायक मन्त्री मुकुन्दबहादुर वस्नेतका छोरा मनिष बस्नेतले निधार गोली हानी आत्महत्या गरेका छन् ।

काठमाडौंको रातोपुलस्थित घरमै शुक्रबार साँझ १२ बोरको बन्दुकले आफैंलाई गोली हानी आत्महत्या गरेका हुन् ।

बिनाशकारी भूकम्पपछि मानसिक अवस्था कमजोर बन्दै गएपछि परिवारले वस्नेतको हेरचाह गर्दै आएका थिए ।

भूकम्पपछि मानसिक समस्यामा रहेका २६ वर्षीय वस्नेत 'आयो आयो' भन्दै बर्बराउने गरेका उनको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

बस्नेतले यसअघि पनि आत्महत्या प्रयास गरेको प्रहरीले जनाएको छ । हातको नसा काटेर आत्महत्या प्रयास गरेका बस्नेतलाई परिवारले १० दिन अस्पतालमा उपचार गरी गत सोमबारमात्रै घर ल्याएका थिए ।

घर ल्याएपछि 'मलाई डर लाग्यो, बन्दुक राख्नु पर्छ कि क्या हो' भन्दै बाबु मुकुन्दसँग बन्दुकसँगै राख्न भनेका थिए ।

महानगरीय प्रहरी वृत्त कमलपोखरीका प्रमुख डिएसपी विनोद सिलवालका अनुसार मुकुन्दको घरमा पहिले देखि नै लाईसेन्सयुक्त १० बोरको हतियार राखेको पाइएको छ ।

बसन्तले आत्महत्या गर्दा उनका बाबु मुकुन्द बाहिर थिए । पत्नी कल्पनासहित परिवारका अन्य सदस्य बरन्डामा बसिरहेका बेला वस्नेतले कोठा बन्द गरी गोली हानेर आत्महत्या गरेको प्रहरीको प्रारम्भीक अनुसन्धाबाट खुलेको छ ।

प्रहरी र स्थानीयबासीले उपचारका लागि ओम अस्पताल पुर्‍याएपछि उनको मृत्यु भएको थियो ।www.annapurnapost.com
काठमाडौँ, २६ असार । इजरायलले नेपाली श्रमिकलाई उच्च प्राथमिकतामा राखेको स्पष्ट गर्दै कृषि कामदार, परिचारक र प्रशिक्षार्थीलाई पर्याप्त अवसर दिने बताएको छ ।
साथै उक्त मुलुकले नेपाल सरकारसँग सरकारीस्तरमा नै सम्झौता गरेर नेपालीलाई पुनः काम दिने जनाउँदै चाँडै नेपाली कामदार लिने प्रक्रिया टुङ्ग्याउने बताएको छ । करिब नौ वर्षदेखि इजरायलले नेपाली कामदार लिन छाडेको थियो ।
नेपाल–इजरायल कूटनीतिक सम्बन्ध स्थापनाको ५५ औँ वर्ष प्रवेशको अवसर पारेर नेपालका लागि इजरायलका राजदूत यारोन मेयरले राससका प्रमुख समाचारदाता सूर्यचन्द्र बस्नेतसँग सङ्क्षिप्त कुरा गर्दै लगनशील, कामप्रति निष्ठावान नेपाली कामदारलाई पर्याप्त अवसर दिइने बताउनुभयो ।
“नेपाली कामदार लिने प्रक्रिया टुङ्ग्याउन इजराय र नेपाल सरकारका सम्बद्ध निकायबीच निकट सम्पर्कमा रहेर सहकार्य भइरहेको छ, त्यो चाँडै पूरा हुनेमा म आशावादी छु,”– श्रमिक निर्यातका विगतका कटु अनुभव दोहोरिन नदिन दुवै देशका सरकारले आपसी सम्झौता गरेर अघि बढ्ने निर्णय भएको सुनाउँदै उहाँले भन्नुभयो ।
घरेलु कामदार, परिचा/सुसारेलाई चयन गरी व्यावसायिक एवम् प्राविधिक तालिम दिएर परीक्षणका रुपमा इजरायल पठाउने योजनामा दुवै देशका सरकार रहेका जानकारी दिँदै उहाँले कामदार चयन पारदर्शी ढङ्गले गरिने स्पष्ट गर्नुभयो ।
साना किसान बैंकसँगको सहकार्यमा मासिक एक लाख २५ हजार तलब पाउने गरी १० महिने कृषि तालिमअन्तर्गत गत वर्ष दुई सय, यो वर्ष पाँच सय जना विद्यार्थी इजरायल गइसकेका जानकारी दिँदै राजदूत मेयरले आगामी वर्ष छ सय जना प्रशिक्षार्थीलाई अवसर दिइने घोषणा पनि गर्नुभयो । तलब पहिलेको भन्दा वृद्धि गरिने बताइएको छ ।
इजरायलको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (मसाभ)ले नेपालको मानव संसाधन विकास, चिकित्साशास्त्र,कृषि, स्वास्थ्य, नवीकरणीय ऊर्जा, वातावरण संरक्षण, सरसफाइलगायत पारस्परिक चासोका धेरै क्षेत्रमा ज्ञान, सीप र प्रविधि आदान प्रदानमा केन्द्रित रहेर आफ्नो देशले नेपाललाई सघाइरहेको बताउँदै उहाँले भूकम्पपछिका यावत चुनौती समाधान गर्न नेपाललाई थप सहायताको आवश्यकता परेकाले सक्दो सहयोग गर्न इजरायल पछि नपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“भूकम्पले सिर्जना गरेका चुनौतीलाई शक्ति, सामथ्र्य र अवसरमा रुपान्तरण गर्न सकिन्छ, मित्र मुलुकका नाताले समस्यामा परेको नेपाललाई हरसंभव सहयोग गरिरहन्छौ,”– उहाँले भन्नुभयो ।

कृषि क्षेत्रमा भएको क्षतिबाट उठ्न नेपाललाई प्रविधि र सीपको खाँचो छ भन्दै उहाँले कृषि प्रविधि केन्द्र स्थापना, पुनः निर्माणमा इजरायली प्रविधि र विज्ञको सहयोग, मत्स्यपालनजस्ता जलप्रविधिमा आधारित कृषिको विकास, ऐतिहासिक एवम् पुरातात्विक महत्वका सम्पदाको संरक्षणमा इजरायलले सहयोग गर्ने तयारी गरेको जानकारी पनि उहाँले दिनुभयो ।
एक प्रश्नको जवाफमा राजदूत मेयरले नेपाल र नेपालीलाई धेरे क्षेत्रमा ठूलो सहयोगको आवश्यकता रहेको, हजारौँ गाउँ भूकम्पबाट नराम्ररी प्रभावित भएकाले अति प्रभावित ग्रामीण क्षेत्रमा गएर इजरायले नेपाल सरकारसँग मिलेर कृषि, सिँचाइ, पानी प्रविधिको क्षेत्रमा भूकम्पपीडितलाई सघाउने बताउनुभयो । इजरायलमा कृषि तालिम लिएर फर्केकालाई उक्त काममा समावेग गर्ने सोचाइ पनि रहेको उहाँले बताउनुभयो । “ग्रामीण क्षेत्रलाई लक्ष्यित गरेर सञ्चालन गरिने काममा इजरायलका तालिमेलाई समावेश गर्दा सहायता परियोजनाको प्रभावकारिता बढ्नेछ,”– उहाँले भन्नुभयो ।
यसैबीच, नेपाल र इजरायलका राजदूतले दौत्य सम्बन्ध स्थापनाको ५५ औँ वर्ष प्रवेशका अवसरमा संयुक्त वक्तव्य जारी गरी पारस्परिक सम्बन्ध विस्तारमा निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दै दुवै मुलुकका सरकार र जनताबीचको सौहाद्र्रपूर्ण मैत्री भविष्यमा अझ घनीभूत हुने विश्वास व्यक्त गर्नुभएको छ ।
वक्तव्यमा इजरायली राजदूतले विगतमा नेपालले मध्यपूर्व शान्तिप्रक्रियामा शाािन्तसेना परिचालन गरेर ठूलो गुन लगाएको स्मरण गर्दै संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय मञ्चमा नेपालले इजरायललाई साथ र सहयोग गरेको बताउनुभएको छ ।
नेपालका जननिर्वाचित प्रथम प्रधानमन्त्री बिपी कोइराला र इजरायलका प्रथम प्रधानमन्त्री डेभिड बेनगुरियन साहसपूर्ण निर्णयको फलस्वरुप १ जुन १९६० मा इजरायल र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो । इजरायलसँग दौत्य सम्बन्ध कायम गर्ने नेपाल पहिलो दक्षिण एसियाली मुलुक हो । रासस
dainiknepal.com
टुँडिखेलका भूकम्पपीडित महिलालाई भेट्दै अभिनेत्री मनिषा कोइराला ।
काठमाडौँ, २६ असार । भूकम्पका कारण सबैभन्दा बढी महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति प्रभावित भएका छन् ।
विश्व जनसङ्ख्या दिवसका अवसरमा नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका प्रतिनिधि जुलियाभलिसीद्वारा आज जारी विज्ञप्तिमा भूकम्पबाट ज्यादा असर परेका १४ जिल्लाका मात्रै ८० लाख मानिस प्रभावित छन्, जसमध्ये १५ लाख महिला प्रजनन उमेरका छन् ।

“प्रजनन स्वास्थ्यसँग सम्बन्धित जटिलता साधारण अवस्थामै पनि बच्चा पाउने उमेरका महिला बिरामी पर्ने र मर्ने प्रमुख कारणका रूपमा रहिआएका छन्, त्यसैले मानवीय सङ्कटको यस्तो परिस्थितिमा यस्ता घटना अझ विकराल रूपमा बढ्न सक्नेछन्” – विज्ञप्तिमा भनिएको छ ।

कोषका अनुसार स्वास्थ्य संस्थामा क्षति र स्वास्थ्य सेवामा अवरोधका साथै सुरक्षित सुत्केरी, आकस्मिक प्रसूतिसम्बन्धी रेखदेखजस्ता प्रजनन स्वास्थ्य सेवामा पैदा भएको व्यवधानका कारण धेरै महिला खास गरी गर्भवती र स्तनपान गराइरहेका आमा तथा वयस्क किशोरी भूकम्प प्रभावित जिल्लामा बढ्दो स्वास्थ्यसम्बन्धी जोखिम सामना गरिरहेका छन् ।

यस्तो आपत्कालीन समयमा लैङ्गिक हिंसा, यौन शोषण, एचआइभी सङ्क्रमण, मानव बेचबिखन, बालविवाह अनिच्छित गर्भधारणलगायत विषम परिस्थितिका परिणामबाट गुज्रनुपर्न सक्ने हालै सार्वजनिक भएको भूकम्पपछिको आवश्यकता मूल्याङ्कन प्रतिवेदनमा उल्लेख छ । विश्वव्यापी रूपमा मानवीय सङ्कटका परिस्थितिमा प्रत्येक पाँचमध्ये एक महिला र वयस्क युवती गर्भवती हुन सक्ने अनुमान छ ।

यस वर्षको विश्व जनसङ्ख्या दिवसले आपत्कालीन अवस्थाका कमजोर जनसङ्ख्यालाई मुख्य जोड दिएको छ, जसमा नेपालका भूकम्प प्रभावित महिला र वयस्क किशोरीका खास आवश्यकतालाई उजागर गरिने छ ।
नेपालमा यस वर्ष विश्व जनसङ्ख्या दिवसको नारा “जोखिमका जनसङ्ख्यालाई सहयोग गरौँ, विपत् मानव निर्माणको
dainiknepal.com
साउदीअरब, रोजगारीको सिलसिलामा साउदीअरब पुगेका एक नेपालीको टाउको काटेर २४ घण्टा झुन्डाउने अदालती आदेश आएको चार वर्ष भइसकेको छ । जुनसुकै बेला कार्यान्वयन हुनसक्छ। पाकिस्तानी नागरिकको हत्या अभियोगमा मृत्युदण्ड पाएका धनुषाका उमेश यादवलाई जोगाउन नेपाली र पाकिस्तानी दूतावासले पीडित परिवारसँग सहमति प्रयास गरिरहेका छन्।त्यही कारण फैसला कार्यान्वयन अहिलेसम्म रोकिएको खबर कान्तिपुर दैनिकले लेखेको छ ।
जसले गर्दा  उनलाई बाँच्ने आश पनि जगाएको छ । ‘सजाय कार्यान्वयन भइहाल्छ कि भन्ने डर छ,’ राजदूत उदयराज पाण्डे भन्छन् ,‘पीडित परिवार सहमतिमा आउन मानेका छैनन् । हत्या अभियोगमा मृत्युदण्डको सजाय पाएका नेपालीहरु थुप्रै छन् ।  केङु–९, पर्वतका शान्तबहादुर पुन हत्या अभियोगमा १४ वर्षदेखि जेलजीवन बिताइरहेका छन्। उनी साउदीको जोर्डनसँग सीमा जोडिएको गुरियता जेलमा छन्। बाख्रा गोठको रखबारी गर्ने उनले चोर्न भनेर आएका साउदी नागरिक उदा आएद होमद अल सरारीको हत्या गरेका थिए।अदालतले उनलाई त्यतिखेरै मृत्युदण्डको सजाय सुनाएको थियो। तर, सरारीका कान्छा छोरा १८ वर्ष पुगेपछि उनको राय लिएर मात्रै सजाय कार्यान्वयन गर्ने आदेश थियो। कान्छा छोरा १८ वर्ष पुगिसकेका छन्। दूतावासले माफीको प्रयास गर्न तत्कालीन उपनियोग प्रमुख हरिश्चन्द्र घिमिरेलाई पीडित परिवार तथा अदालतमा पठाएको थियो। पीडित पक्षबीच कुरा नमिलेपछि सजाय कार्यान्वयन हुन सकेको छैन। ‘जेठो छोरा माफी दिने पक्षमा छन्। कान्छा छोरा र काका भने मृत्युदण्ड दिनुपर्ने पक्षमा छन्,’ राजदूत पाण्डेले भने, ‘यो मुद्दा हेर्न स्थानीय नेपालीलाई जिम्मा दिएका छौं। सम्भवत: आममाफीमा जान्छ होला।’ जेलमै काम गरेर परिवार धान्दै आएका पुन भने केही भए पनि निर्णय गर्नुपर्ने अडानमा छन्। ‘कि मलाई मृत्युदण्ड दिनुपर्‍यो। मर्न तयार छु,’ पुन भन्छन्, ‘होइन भने आममाफी दिनुपर्‍यो। अब थप लामो समय पर्खन सक्दिनँ।’
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home