• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौं : भारतले नेपालको संविधानमा चाहेका सात बुँदा सार्वजनिक भएको छ। नेपालका राजदूतसँगको व्रिफिङपछि भारतीय विदेश मन्त्रालयले तयार गरेको गोप्य रिपोर्टमा यी सातबुँदा उल्लेख छन।

सात बुँदामा जनसंख्याको आधारमा निर्वाचन क्षेत्र तोकिनुपर्ने, न्यायको हकअन्तर्गत समानुपातिक शब्द राखिनुपर्ने राष्ट्रका विशिष्ट पदमा अंगिकृत नागरिकता पाउनेले पनि अवसर पाउनुपर्ने, राज्यसभामा प्रान्तीय जनसंख्याका आधारमा प्रतिनिधित्व हुनुपर्ने, कञ्चनपुर कैलाली सुनसरी झापा मोरङ मधेस प्रदेशमा आउनुपर्ने, हरेक बीस वर्षमा निर्वाचन क्षेत्र पुनरावलोकन गरिने भन्ने व्यवस्था हटाउनुपर्ने, नेपालीसँग बिवाह गरेकी विदेश महिलाले नागरिकता पाउनुपर्ने उल्लेख छन्।


तराई मधेसमा आन्दोलन गरिरहेका दलहरुले राखेका माग र यी सातबुँदामा धेरै भिन्नता छैन। यी बुँदा समावेश भएमा मधेस आन्दोलन सकिने संकेत दिइएको छ।
annapurnapost.com
६ असोज, काठमाडौं ।

पछिल्लो समयमा सामान्य उतारचढाव देखिंदै आएको सुनको भाउ मंगलबार प्रतितोला एकसय रुपैंयाँ घटेको छ । यसअनुसार प्रतितोला छापावाल सुन ५० हजार २ सय तथा तेजावी सुन ४९ हजार ९ सय ५० रुपैंयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार चाँदी प्रतितोला ७ सय रुपैंयाँमा कारोबार भएको छ । अघिल्लो दिन प्रतितोला छापावाल सुन ५० हजार ३ सय, तेजावी सुन ५० हजार ५० र चाँदी ७ सय रुपैंयाँमा कारोबार भएको थियो ।


चिनियाँ शेयरबजारमा आएको भारी गिरावटका साथै चिनियाँ मुद्रा युआनको अवमूल्यनका कारण उकालो लागेको सुनचाँदीको भाउ पुनः अमेरिकी डलर मजबूत बनेपछि ओरालो लागेको हो ।

अमेरिकी संघीय बैंकले व्याजदर नबढाउने निर्णय गरेकाले अर्कोसातादेखि भने सुनको भाउ पनि उकालो लाग्ने अनुमान छ ।
काठमाडौं, असोज । आफ्नो मान्यता अनुसार संविधान नबनाएको भन्दै रिसाएको भारतले नेपालमा नाकाबन्दी गर्न थप छलफल सुरु गरेको छ ।
नेपालमा नाकाबन्दी गर्ने की नगर्ने भन्ने विषयमा भारतीय विदेश मन्त्रालय नयाँ दिल्लीमा अहिले बैठक बसिरहेको छ । नेपालका लागि भारतीय राजदूत रञ्जीत रे र भारतका लागि नेपाली राजदूत दीप कुमार उपाध्यायको पनि बैठकमा सहभागिता रहेको छ ।
नेपाली दूतावास स्रोतका अनुसार बैठकमा अधिकांश भारतीय कुटनीतिज्ञ नेपालमा नाकाबन्दी लगाउनैपर्ने पक्षमा उभिएका छन् । केहीले अहिले नै यस्तो कदम चाल्न नहुने पनि बताएका छन् । यद्यपी कुनै निर्णय भएको छैन् । अहिले बैठक जारी छ ।
बैठकमा नेपालका लागि भारतीय राजदूत रन्जित राय, विदेश मन्त्रालयमा नेपाल डेस्क हेर्ने सहसचिव अभय ठाकुरसहितका अधिकारी उपस्थित छन् । बैठकमा नेपाली पक्षको सरोकार राख्न राजदूत दीपकुमार उपाध्याय सहभागी छन् ।
स्रोतका अनुसार, भारतका उत्तरप्रदेश/बिहार राज्य सिमावर्ती नेपाली भूभागमा देखिएको अशान्तिको माहोल र बढ्दो असुरक्षाका कारण भारतले आवतजावतका सीमावर्ती नाका बन्द गर्ने विषयमा छलफल गर्न भारतीय विदेश मन्त्रालयमा आकस्मिक बैठक राखिएको हो ।
dainiknepal.com
काठमाडौं, ६ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (भाजपा) का प्रभावशाली नेता भगतसिंह कोशियारीले तराईमा जारी हिंसात्मक आन्दोलन समाधान नभए नेपाल सिरिया बन्न सक्ने खतरा रहेको रहेको अभिव्यक्ति दिएका छन् । नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग बुधबार बिहान कुरा गर्दै कोशियारीले नेपालको अशान्तिबाट नेपालका मान्छे शरणार्थीका रुपमा भारतमा आउने हुन् कि भन्ने चिन्ता भारत सरकारलाई रहेको बताए । ‘नेपालको अशान्तिले भारतमा शरणार्थीको समस्या आउन सक्छ’, उनले भने, ‘हामी यस विषयमा सतर्क छौँ । तयारी गर्नुपर्छ । सिरियाका मान्छे पनि शरणार्थी बनिरहेका छन् । जर्मनीमा गएका छन् ।

नेपालमा त्यो समस्या नआउला भन्न सकिँदैन ।’ नेपालमा हिंसा मच्चिएपछि नेपालीहरु पनि भारतमा शरणार्थी हुन सक्ने भएकाले नाका बन्द गर्नुको विकल्प नरहने उनले बताए । तर, नेपाललाई नाकाबन्दी लगाउने विषयमा आफूलाई कुनै जानकारी नरहने कोशियारीको भनाइ थियो । ‘नाकाबन्दी लगाउने नलगाउने भन्ने विषयमा भारत सरकारले भन्छ’, उनले भने, ‘मलाई यस विषयमा जानकारी छैन ।’
मधेसमा आन्दोलनरत समूह र दलका मागलाई सम्बोधन गरेर आन्तरिक राजनीतिक विषय मिलाउनुपर्ने उनको भनाइ छ । संविधान जारी भएको विषय राम्रो भए पनि असन्तुष्ट पक्षको मागलाई सम्बोधन नगर्दा त्यसले तराईका जिल्लाहरूमा प्रदर्शन र हिंसा भएको उनको भनाइ छ । ‘नेपालमा अशान्ति हुँदा त्यसको प्रभाव भारतमा पर्छ’, भाजपाका नेता कोशियारीले भने, ‘नेपालमा माओवादीले बन्दुक उठाउँदा र भूकम्प आउँदा भारत दुखित भएको छ ।’ उनले विद्रोह र अशान्तिले भारत सधैँ चिन्तित रहने उल्लेख गरे । नेपालमा संविधान आइसकेको अवस्थामा असन्तुष्टका मागलाई फेरि पनि सम्बोधन गर्न सकिने नेता कोशियारीको भनाइ थियो । नेपालको संविधानमा आफूहरूको कुनै विमति नरहेको बताउँदै उनले थपे, ‘अरु विदेशीले संविधानमा समर्थन गर्दा तपाईहरू खुसी हुने तर भारतले केही असन्तुष्ट पक्षका मागलाई पनि ध्यानमा राख्नभन्दा असन्तुष्टि जनाउने यो त भएन नी ? छिमेकीको सुझाव पनि मान्नु पर्छ ।’
नेता कोशियारीले आन्दोलनरत मधेसी दलका नेताहरूलाई वार्ता र सम्वादमा बसेर निकास खोल्न सुझाव पनि दिए । ‘आफ्नो आन्तरिक विषयमा आफै निकास खोज्नुस्’, उनले भने, ‘मधेसी दल र तिनका नेताहरूले वार्ता गर्नुपर्छ । सम्वाद गर्नुपर्छ । आन्दोलन र खुनखराब गर्नु हुँदैन ।’ नेपालको राजनीतिक उथलपुथल हुँदा काठमाडौं आउने गरेका भाजपाका नेता कोशियारी नेपालका राजनीतिक दलका शीर्ष नेताहरूसँग सम्पर्कमा रहँदै आएका छन् । आफू छिट्टै नेपाल आउन चाहेको पनि उनले बताए । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

काठमाडौं । नेपालको आन्तरिक मामलामा छिमेकी राष्ट्र भारतले अनावश्यक हस्तक्षेप गरेको भन्दै सामाजिक संजालमार्फत बिहिवार काठमाडौंको भृकूटीमण्डपमा युवाहरुले स्वतस्फूर्त प्रदर्शन गरेका छन् ।

बुधबार नेपालका नाकाहरुमा भारतले नाकाबन्दी लगाएको भन्दै सामाजिक संजालहरुमा चर्को विरोध भएको थियो । सोही संजाल मार्फत केही स्वतन्त्र युवा तथा विभिन्न राजनीतिक पार्टीसम्बद्ध युवाहरुले बिहिवार विहान विरोध स्वरुप प्रदर्शन कार्यक्रमको आयोजना गरेका थिए । ‘व्याकअप इण्डिया’ लेखेको प्लेकार्ड छातिमा टाँसेर ‘आन्तरिक मामला हल गरौं, भारतीय हस्तक्षेपको विरोध गरौं’ भन्ने नारा समेत लगायका थिए ।
कार्यक्रममा बैद्य नेतृत्वको माओवादीका युवा नेता लेखनाथ न्यौपाने, एमालेसम्बद्ध विद्यार्थी नेता राजकूमार राई, एमाओवादी सम्बद्ध विद्यार्थी नेता रंजित तामाङ, बैद्य माओवादीसम्बद्ध विद्यार्थी नेता विरेन्द्र वस्नेत लगायतले भारतीय हस्तक्षेप स्विकार्य नहुने बताएका थिए ।
ती युवाहरुले आन्तरिक मामला आफै हल गर्ने तर भारतीय हस्तक्षेप अस्विकार्य हुने बताएका थिए । कार्यक्रम सामाजिक संजालमा आव्हान गरिएको थियो । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं : प्रधानमन्त्री सुशील कोइराला संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्यूयोर्क नजाने भएका छन् ।

राष्ट्र संघको ७० औं महासभामा भाग लिन जाने कार्यक्रमलाई प्रम कोइरालाले अन्तिम समयमा अाएर स्थगति गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रम भ्रमणमा नजाने भएपछि मधेसी दलसँगको संवाद अघि बढाउन  बुधबार मध्यान्ह तीन दलको बैठक बस्दैछ ।

तीन दलको बैठकअघि प्रमले भारतीय राजदुत रञ्जीत रेसँग भेटवार्ता गर्दैछन् । राजदूत रे प्रमलार्इ भेट्न दिल्लीबाट काठमाडाैं अाेर्लेर बालुवाटार जाने भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रकाश अधिकारीले बुधबार बिहानै विज्ञप्ती निकालेर प्रमको भ्रमण अन्तिम समयमा स्थगित भएको जानकारी दिएका छन् ।

संविधान जारी भएपछि भारतको आक्रोशपूर्ण व्यबहार र मधेसमा आन्दोलन नरोकिएपछि प्रम कोइराला राष्ट्र संघको महासभामा नजाने भएका हुन् ।

मधेसी दलहरुको माग सम्बोधनका लागि वार्तामार्फत समाधान खोज्न चौतर्फी दबाब बढेपछि प्रम कोइरालाको न्यूयोर्क भ्रमण रद्द भएको हो ।

मंगलबारदेखि तीन दलका शीर्ष नेताहरुले मधेसी दलसँगको संवादलाई तीब्र पारेको अवस्थामा त्यसलाई बीचैमा छाडेर विदेश नजान दबाब बढेपछि प्रम कोइराला रोकिएका हुन् ।

मंगलबार बालुवाटारमा बसेको तीन दलको बैठकमा पनि शीर्ष नेताहरुले मधेसीसँगको वार्तालाई बीचैमा छाडेर न्यूयोर्क नजान प्रम कोइरलालाई सुझाएका थिए ।

‘नेपालमा जारी घटनाक्रम र मधेसी दलसँगको संवादलार्इ निष्कर्षमा पुर्याउन भ्रमण स्थगित भएको हो ’, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार दिनेश भट्टराईले भने, ‘देशमा जारी राजनीतिक घटनाक्रमले भ्रमणमा नजाने निष्कर्श निकाल्नु भएको हुनसक्छ ।’

प्रम कोइराला आजै बेलुका ४ बजे १७ सदस्यीय टोलीसहित न्यूयोर्क जाने कार्यक्रम थियो ।

महासभामा प्रम कोइरालाले नेपाली नयाँ संविधान जारी भएको बारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने कार्यक्रम थियो ।

एक वर्षअघि न्यूयोर्क क्यान्सरको उपचार गराएका प्रम कोइरालाले त्यहीँ स्वास्थ्य परीक्षण गर्ने योजना बनाएका थिए ।

न्यूयोर्क नजाने भएपछि मंगलबारबाट मधेसी मोर्चासँग शुरु वार्तालाई तीन दलले निचोडमा पुर्याउने भएका छन् । संविधान संशोधन गरेर भएपनि मधेसी दलको माग सम्बोधन गर्ने तयारी तीन दलको छ । annapurnapost.com
काठमाडौँ, असोज ६ । गायिका आशा पुनले विष शेवन गरेर आत्महत्या गरेकी छिन् ।



राजधानकिो फेवा दोहोरी साँझमा कार्यरत गायिकाले मंगलबार विष शेवन गरेर आत्महतया गरेको   जानकारी छ  ।

गोरखाकी २५ वर्षीय गायिका नेपाली सांगीतिक क्षेत्रमा संघषरत थिइन् । गायिका पुनको रामचन्द्र काफ्लेसँग गाएको तिम्रो दिलको पोष्टमा गोल गर्न चाहान्छु बोलको गीत बजारमा आउने तयारीमा छ ।

श्रीमान श्रीमतीको झगडाका कारण उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाका बारेमा प्रहरीले छानबिन सुरु गरेको छ ।

www.etajakhabar.com
आज वि.सं. २०७२ साल असोज ६ गते। बुधबार। इश्वी सन् २०१५ सेप्टेम्बर २३ तारिख। नेपाल संवत् ११३५ ञला थ्व। भाद्र शुक्लपक्ष। तिथि– दशमी, १९:०४ बजेउप्रान्त एकादशी। नक्षत्र– उत्तराषाढा, २६:५४ बजेउप्रान्त श्रवण।

Aries Rashifal मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। व्यापारमा पनि फाइदै हुनेछ। मातापिताको सहयोग प्राप्त होला। अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ। मेहनत गर्दा कीर्तिमानी काम सम्पादन हुन सक्छ। विभिन्न अवसर पाइनेछ। अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला। यसले आफ्नो स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ।
Taurus Rashifalबृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन्। व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ। भाग्योन्नतिको समय छ।
Gemini Rashifalमिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ। प्राप्त न्यून उपलब्धिमै चित्त बुझाउनुपर्नेछ। नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, गोपनीयतामा ध्यान दिँदै सचेत रहनुपर्ने समय छ।
Cancer Rashifalकर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
दबाबमा परिनाले अधैर्यपना बढ्न सक्छ। सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। पढाइमा प्रगति हुनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। प्रगाढ दाम्पत्यले आनन्द मिल्नेछ। आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला।
Leo Rashifal सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। हठ गर्ने बानीले दुःख पाइएला। सद्विचार लिनेहरूका लागि समय उत्साहजनक रहनेछ।
Virgo Rashifalकन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। प्रतिभा देखाएर अवसर हातपार्न सकिनेछ। प्रयत्न गरेका काम बिस्तारै भए पनि सम्पादन हुनेछन्। पढाइलेखाइमा प्रगति हुनेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। बौद्धिक तथा रचनात्मक कार्यमा पनि प्रशस्तै फाइदा हुनेछ। गुरुजनको विशेष सहयोग जुट्नेछ। उत्साहजनक समाचारले हर्ष बढ्नेछ।
Libra Rashifalतुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
चिन्तन–मनन, ध्यान वा रचनामा रुचि बढ्नेछ। पारिवारिक भेटघाटको समय छ। टाढिएका आफन्तहरू नजिकिनेछन्। घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ। आत्मीयजनसँग भेटघाट होला। सरसफाइ, वागबगैंचा र जलसम्बन्धी काममा आकर्षित भइनेछ। कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ। प्राकृतिक पर्यावरण वा एकान्तमा मन रमाउनेछ।
Scorpio Rashifalबृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ। शुभचिन्तकहरूले पनि पूर्ण समर्थन नदिन सक्छन्। पुरानो समस्याले केही झमेला आइलाग्ला। दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। तापनि, नयाँ काममा हात हाल्न सकिनेछ। प्रतिस्पर्धाबाट लाभ मिल्नेछ। मेहनत गर्दा प्रशस्त धन आर्जन हुने देखिन्छ।
Sagittarius Rashifalधनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
विभिन्न अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्नेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। दीर्घकालसम्म लाभ हुने काम सुरु हुन सक्छ। तार्किक क्षमता बढ्नेछ। विशेष सभा–समारोहमा भाग लिने मौका छ। मानसम्मान पाइनेछ। मनग्य धन लाभ हुनेछ।
Capricorn Rashifalमकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जानेछ।
Aquarius Rashifalकुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा थप लगानी बढाउन सकिनेछ। वैदेशिक कामकाजमा फाइदा होला। मनको डर उत्साहमा रूपान्तरित हुने योग छ। टाढाको यात्रा गर्ने मौका छ। दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ। पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ। अनुकूल स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ।
Pisces Rashifalमीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। पढाइमा प्रगति हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ। पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ।



काठमाडौं । प्रमुख तीन राजनीतिक दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले जारी छ । तराई/मधेसमा हिंसात्मक बन्दै गएको आन्दोलनको निकास, र छिमेकी भारतको पछिल्लो गतिविधिका बारेमा छलफल केन्द्रित रहेको बताइएको छ ।

बैठकमा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइराला, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी छन् ।


यस्तै नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह एमालेका उपाध्यक्षद्वय वामदेव गौतम र विद्या भण्डारी, महासचिव ईश्वर पोखरेल, नेता भीम रावल तथा एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायत नेता पनि बैठकमा सहभागी छन् ।

www.etajakhabar.com
काठमाडौं । भारत सरकारले नेपालमा आपुर्ति व्यवस्था थप्प पार्नेगरि नाकाबन्दी लगाउन खोजेकोमा विश्वभारबाट विरोध भैरहेको छ । नेपाल भुपरिवेष्ठीत मुलुक भएकाले अन्तर्राष्ट्रिज्ञय रुपमा नेपालले विशेष अधिकार प्राप्त गरेको छ ।
तर, भारतले नेपालको अधिकारलाई नै चुनौति दिँदै नाकाबन्दी लगाउन खोजेकोमा पाकिस्तानले असन्तुष्टि जनाएको छ । पाकिस्तानले नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएकै दिन स्वागत गरेको थियो ।
पाकिस्तानले नेपालमा अमन चयन हुँनु र आर्थिक विकास तर्फ लम्कन खोज्नुले दक्षिर्ण सियालाई नै फाइदा हुने बताएको छ । पाकिस्तानले नेपालको संविधान बनाउने अधिकार नेपाली जनतालाई मात्र भएको र नेपालीको स्वाभिमानमाथि कसैले पनि आँच आउने काम गर्न नहुने बताउँदै आएको छ ।
हिजो मात्र पाकिस्तानको नेपालस्थित दुतावासले विज्ञप्ती जारी गर्दै नेपालको पछिल्लो घटनाक्रम र संविधानसभाबाट संविधान जारी भएकोमा खुसी व्यक्त गर्दै संविधानको स्वागत गरेको छ ।
पाकिस्तानी दुतावास स्रोतले भारतको नाकाबन्दी लगाउने तयारीको विरोधमा विज्ञप्ती निकाल्ने तयारी भएको बताएको छ ।
पाकिस्तानी दुतावास स्रोतले नेपाल सन्देशलाई दिएको जानकारी अनुसार भारतीय सरकारले नेपालमाथि नाकाबन्दी लगाउने विषयलाई पाकिस्तानले अस्विकार गर्ने बताइएको छ ।
www.nepalsandesh.com
इलामः बिरामी बोकेको भ्यानमा सोमबार आक्रमण गरेपछि आक्रोशित बनेका इलामबासी बन्दको प्रतिकारमा उत्रेका छन् ।

बन्द गर्दै हिडेका लिम्बुवान कार्यकर्तालाई सदरमुकाम इलाम बजारकाका स्थानीयले लखेटेर दैनिकजसो भइरहेको बन्दको प्रतिकार गर्ने घोषणा गरेका हुन् ।

सदरमुकाममा बन्दको प्रतिकार गर्दै स्थानीयले बन्दकर्तालाई लखेटेपछि लिम्बुवानको कार्यालय अगाडी भएको कोणसभामा तरुण दलका अध्यक्ष नरेश श्रेष्ठले लिम्बुवानवादी दलहरुलाई जनताको अभिमतको कदर गर्न आग्रह गरे ।

उनले इलामलाई बन्द मुक्त नगरेसम्म प्रतिकार कायम राख्ने बताए । ‘लिम्बुवानको एजेण्डा संविधानसभाको निर्वाचनमै पराजित भएकाले ढिपी नगर’, उनले भने, ‘जोडजवरजस्ती गरे परिणाम थप खतरनाक हुनेछ ।’

एमालेका नवराज शंकरले सास्ती दिनेविरुद्ध जनता उत्रेकोले बन्दकर्तालाई बन्द फिर्ता लिन आग्रह गरे । जनताको कुरा नसुने परिणाम उल्टो घातक हुने उनको चेतावनी थियो ।

युवाहरुको जमातले बन्दकर्तालाई लखेटेपछि स्थानीयले बजार खोल्न आव्हान गर्दै नगर परिक्रमा गरेका थिए ।

आक्रोशित स्थानीयले संघीय समाजवादीको जिल्ला कार्यालयमा रहेको झण्डा सडकमा ल्याएर जलाएका थिए । उनीहरुले लिम्बुवानवादी विरुद्ध चर्का नारा लगाएका थिए । उनीहरुले बुधपार पनि बजार खुलाउन प्रर्दशन गर्ने बताएका छन् ।

संघीय लिम्बुवान पार्टी नेपालका इलाम अध्यक्ष डम्बवर लोरिङ्देनले आन्दोलनका कहिलेकाहीँ यस्तो प्रतिक्रिया आउने बताए । annapurnapost.com
काठमाडौं -भारत एउटा विशाल देश हो । र, हाम्रो छिमेकी हो । हामी भारतसँग राम्रो सम्बन्ध चाहन्छौँ । नेपालको नैसर्गिक अधिकार, सार्वभौम अधिकार हामीले संविधानसभामार्फत प्रयोग गर्यौँ र आज नेपालले संविधान पाएको छ । मलाई विश्वास छ– भारत सरकारले, भारतीय जनताले, श्रमजीवीले, न्याय र स्वतन्त्राका पक्षपातीले पक्कै यसलाई सम्मान गर्नेछन् । हामी आत्तिनुपर्ने कारण छैन ।
हामीले कसैको विरोधमा संविधान बनाएको होइन । हामीले संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गरेको विश्वको कुनै देशको विरोधमा होइन ।

हामीले नेपाली जनताको पक्षमा, नेपाल राष्ट्रको पक्षमा, नेपाली जनताको सार्वभौम अधिकारलाई प्रयोग गरेर, संविधान घोषणा गरेका हौँ । हाम्रो यो नैसर्गिक अधिकारलाई चुनौती दिने विश्वमा कुनै पनि दर्शन, कुनै पनि मूल्य–मान्यता, कुनै पनि नियम–कानुन छैन ।

त्यसकारण यसबेला नेपाली जनता दह्रोसँग एकताबद्ध हुने बेला छ ।
नकारात्मक परिघटनाको अगाडि साँच्चै शिर ठाडो गरेर, आपसमा गहिरोसँग हातेमालो गरेर उभियौँ भने दुनियाँको कुनै तागतले हामीलाई झुकाउन सक्दैन ।
हिजो जनयुद्धको बेला गाउँगाउँमा, जंगलमा, कहिले भोकै कहिले खाएर, कहिले मृत्युसँग लुकामारी गरेर हिँडेको दश वर्षको अनुभव छ । त्यसमा लाखौँ लाख युवायुवती हत्केलामा प्राण राखेर हिँडेको अनुभव छ ।
हामीलाई कसैले साँच्चै दबाब दिने उद्देश्यले केही गर्छ भने हामी गाडी छाडेर साइकलमा चढ्न तयार हुन्छौँ कि हुन्नौ ? जरुरी पर्छ भने, हामी केही समय दुःखकष्ट उठाएर भए पनि कसैको अगाडि नझुक्ने प्रतिज्ञा गर्न सक्छौँ कि सक्दौनौँ ? मलाई लाग्छ, नेपालको इतिहासमा नेपाली जनताको अगाडि यो यक्ष प्रश्न खडा भएको छ ।
हामी भारतसँग छिटोभन्दा छिटो समmभदारी बनोस् भन्ने चाहन्छौँ । हामी कसैसँग लडाइँ गर्न पनि चाहन्नौँ, झगडा गर्न पनि चाहन्नौँ । यो मुद्दा हाम्रो भारतसँगको मात्र होइन । यदि हामीलाई झुकाउने नै उद्देश्यले हाम्रो आत्मसम्मान, स्वाभिमान गिराउन खोजिको हो भने, त्यसको प्रतिवादमा जेसुकै गर्न तयार छौँ भन्ने प्रतिज्ञा गर्न सक्छौ कि सक्दैनौँ ? यो ऐेतिहासिक प्रश्न सबै नेपाली जनताको मनमा उठेको छ, चाहे त्यो मधेसका जनता होऊन, चाहे हिमालका, चाहे पहाडका ।
सबै जातजाति, वर्ग–समुदाय, क्षेत्रको रगत–पसिनाबाट नेपाल बनेको हो । हाम्रो घर, परिवारभित्रको झगडा मिलाउने काम हाम्रै हो । छिमेकी त बोलाएर मात्र आउने हो । हाम्रो निर्णय हामीले नै गर्ने हो । हामीले एउटा संकल्प गर्नुपर्ने भएको छ, अब भावी पुस्ताका लागि पनि हाम्रो शिर निहुरिनु हुँदैन ।
सुगौलीसन्धिबाट हाम्रो नेपालको हाम्रो शिर झुकेकै हो । अहिले पनि त्यसको पीडा भोगिरहेका छौँ । हामी नेपालीले अलिकति टाउको उठाएर आफ्नोबारे फैसला के गरेका थियौँ, अवस्था अर्कै देखापर्दै छ । अब हामीले भीष्मप्रतिज्ञा गर्ने र नेपालको शिर नेपालीको शिर झुक्न नदिने प्रतिज्ञा गर्न सक्छौँ कि सक्दैनौ ?

(मंगलबार राजधानीमा आयोजित कार्यक्रममा व्यक्त विचारको सम्पादित अंश)

www.ratopati.com
सभासद्को घरमा पनि बम हानियो
वीरगन्ज : वीरगन्जमा मंगलबार आन्दोलनकारीहरुले प्रहरीको गाडीमा पेट्रोल बम प्रहार गरेका छन् ।

गस्तीका क्रममा मंगलबार दिउँसो माइस्थान चोकमा पुगेको प्रहरी सवार ना१ग९४१० नम्बरको गाडीभित्रै आन्दोलनकारीहरुले तीनवटा पेट्रोल बम प्रहार गरेका हुन् ।

बम प्रहारबाट गाडीमा रहेका तीनजना प्रहरी घाइते भएका छन् ।  घाइते हुनेहरुमा प्युठानको खलंगा घर भएका  प्रहरी जवान कृष्णबहादुर नेपाली, महोत्तरीको बदिर्वास घर भएका राजु परियार र रौतहटको सोनरनिया घर भएका राज किशोर यादव छन् ।

पेट्रोल बमको आगोले प्रहरी जवानद्वय नेपाली र परियारको दुवै हात जलेको छ । यस्तै अर्का प्रहरी जवान यादवको अनुहारमा आगोले पोलेको छ । घाइते तीनै जना प्रहरीको वीरगन्जको गण्डक हस्पिटलमा उपचार भइरहेको छ ।

गस्तीका क्रममा माइस्थान चोकमा पुगेका बेला आन्दोलनकारीहरुले एक्कासी प्रहरीमाथि पेट्रोल बम प्रहार गरेको घाइते प्रहरी जवान नेपालीले बताए ।

आगोको लप्का बर्दीमा सल्किएलगत्तै सहकर्मीहरुले बर्दी फुकालेर फालिदिएकाले थप क्षति हुन नपाएको घाइते प्रहरी जवान परियारले बताए ।

मंगलबार नै प्रदर्शनकारीहरुले वीरगन्जको ड्राईपोर्ट अलौमा रहेको प्रहरी चौकीमा पनि तोडफोड र आगजनी गरेका छन् ।

२०÷२५ जनको संख्यामा रहेका आन्दोलनकारीहरुले प्रहरी चौकीमा तोडफोड गरेका हुन् । उनीहरुले प्रहरी चौकी सुरक्षाका लागि घेरा हालेको तारबार पनि सडकमा ल्याएर जलाइदिएका छन् ।

आन्दोलनकारीहरुले पर्सा क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका सांसद राजेन्द्र बहादुर अमात्यको घरमा पनि पेट्रोल बम प्रहार गर्दै तोडफोड गरेका छन् ।

वीरगन्जको माइस्थानमा अवस्थित सांसद अमात्यको घरमा मंगलवार आन्दोलनकारीहरुले पेट्रोल बम प्रहार गर्दै तोडफोड गरेका हुन् ।

आन्दोलनकारीको ढुंगामुढाबाट अमात्यको घरको अगाडीको भागमा सामान्य क्षति पुगेको छ । आन्दोलनकारीहरुले मंगलवार वीरगन्ज उद्योग वाणिज्य संघको भवनमा तोडफोड गरेका छन् ।
www.annapurnapost.com
सोमालीयाको राजधानी मोगादिसुमा अवस्थित यहाँका राष्ट्रपतिको कार्यालय भवनको प्रवेशद्धारमा सोमबार साँझ बम विस्फोट गराइएको छ ।



उक्त कार्यालयको प्रवेशद्वारमा एउटा कारबम ल्याएर ठोक्काइएको थियो । विस्फोटमा परी कम्तीमा नौ व्यक्तिको मृत्यु भएको समाचार छ । उक्त जानकारी प्रहरी स्रोतले दिएको छ ।

मोगादिसुका प्रहरी अधिकारी अहमद सिरेले सिन्ह्वा समाचार समितिलाई राष्ट्रपतिको प्रवेशद्वारमा भएको भीषण विस्फोटनबाट दुई सोमालीयाली सैनिक, चार सर्वसाधारण र तीन विदेशी नागरिकको मृत्यु भएको बताएका छन् । राष्ट्रपति भवनको प्रवेशद्वारमा भएको यो विस्फोटन शक्तिशाली थियो । विस्फोटमा परी नजिकैको होटेलबाट निक्लिएका तीन विदेशी नागरिकको समेत मृत्यु भएको सिरेले बताएक छन् ।

यस विस्फोटनको आवाज भीषण रुपमा सुनिएको स्थानीयहरुले जनाएका छन् । तर यस घटनाको विस्तृत विवरण भने आइसकेको छैन । मोगादिसुका एक बासिन्दाले सिन्ह्वा समाचार समितिलाई सो विस्फोटबारे बताएका छन् । यस आक्रमणमा मारिएका व्यक्तिको सङ्ख्या बढ्न सक्ने प्रहरीले अनुमान गरेको पनि अर्काे एक समाचारमा जनाइएको छ ।

www.nepaljapan.com
काठमाडौं : एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले भारतले नाकाबन्दी गरे पनि आत्तिन नहुने बताएका छन्।

प्रचण्डपथको विजय पुस्तकको विमोचनमा मंगलबार बोल्दै प्रचण्डले भने, 'नेपाली जनताका प्रतिनिधिले संविधान बनाउँदा कसैले नाकाबन्दी गर्छ भनेर हामी आत्तिनु हुँदैन। नाकाबन्दी भए हाम्रो स्वाभिमान झुक्दैन ।हामी बीच दरो एकता आवश्यक छ। हामी सबै नेपाली एकजुट भएर परिस्थितिको सामना गर्नुपर्छ।'


भारतीय शासकहरुलाई चित्त नबुझे पनि भारतीय जनता नेपाल र नेपालीको साथमा रहेको बताउँदै भने, 'नेपालको सार्वभौमिकतामाथि चुनौती दिने कुनै गतिविधि हामीलाई स्वीकार्य हुँदैन ।'


उनले भारतसँग द्वन्द्व, असमझदारी तथा लडाइ झगडा गर्ने पक्षमा आफूहरु नरहेको बताउँदै भने, 'हाम्रो चाहना न्द्व, असमझदारी तथा लडाइ झगडा होइन। तर हाम्रो स्वाभिमान र आत्मसम्मानमाथि प्रहार हुन्छ भने त्यसको प्रतिवाद गर्न हामी तयार छौं।'

उनले नेपालीको शीर झुक्न नदिने भीष्म प्रतिज्ञा गर्ने बेला आएको बताउँदै भने, 'यो निकै महत्वपूर्ण घडी हो । यतिबेला हामी सबै संयमपूर्वक परिस्थितिको सामना गर्नुपर्छ।'
/annapurnapost.com
काठमाडौँ : राष्ट्रपति डा रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालाबीच आज समसामयिक राजनीतिक विषयमा वार्ता भएको छ।


राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटवार्तामा तराई–मधेसमा भइरहेको आन्दोलनलाई तत्काल सम्बोधन गर्ने सम्बन्धमा छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिए।


प्रधानमन्त्री कोइराला संयुक्त राष्ट्र सङ्घको ७० औँ महासभामा भाग लिन संयुक्त राज्य अमेरिका जानु एक दिनअघि भएको उक्त भेटमा राष्ट्रपति यादवले तराई–मधेसमा आन्दोलनरत पक्षसँग तत्काल संवाद थाल्न आग्रह गरेका थिए।

राष्ट्रपति यादवले तत्काल राजनीतिक र प्रशासनिक पक्षबाट पहल गरी आन्दोलनरत पक्षसँग वार्ता गर्न र समस्या समाधान गर्न आग्रह गर्नुभएको सल्लाहकार दाहालले बताए।


सो भेटमा प्रधानमन्त्री कोइरालाले आन्दोलनरत पक्षसँग संवादको थालनी भइसकेको र आज मात्रै तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेट भएको राष्ट्रपतिलाई जानकारी गराएका थिए। प्रधानमन्त्रीका अनुसार सरकारले मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारसँग पनि वार्ता गर्दैछ । रासस
annapurnapost.com
फाइल तस्बिर
विराटनगर, ५ असोज । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले वार्ताका लागि मार्गचित्रसहित सरकार अग्रसर हुनुपर्ने बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सीमाङ्कन, समानुपातिक, समावेशीता जस्ता मधेसी मोर्चाले उठाएका मुद्दामा सरकार मार्गचित्रसहित वार्ताका लागि अग्रसर हुनुपर्ने स्पष्ट पार्नुभयो ।
एक महिनाभन्दा बढी समयदेखि विद्यालय, यातायात, उद्योग बन्दका कारण जनजीवन अस्तव्यस्त भएकाले आन्दोलनको स्वरुप परिवर्तन हुने हो कि भन्ने पत्रकारको जिज्ञासामा अध्यक्ष ठाकुरले भन्नुभयो – ‘आज राजविराजमा हुन गइरहेको मोर्चाको बैठकमा आन्दोलनको समीक्षाका साथै आन्दोलनको स्वरुप परिवर्तनको सन्दर्भमा छलफल हुनेछ ।’
उहाँले बैठकमा राज्यको दमनविरुद्ध कडा कदम चाल्ने विषयमा पनि निर्णय हुने बताउनुभयो । भारतको पछिल्लो विज्ञप्तिको सन्दर्भमा पत्रकारहरुले राखेको जिज्ञासामा उहाँले भारतीय पक्षको विज्ञप्तिबारे आपूmलाई कुनै जानकारी नभएको बताउनुभयो । रासस
ainiknepal.com
काठमाडौँ, ५ असोज । प्रधानमन्त्री सुशील कोइराला र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच आज मुलुकको पछिल्लो राजनीतिक अवस्थालाई लिएर छलफल भएको छ ।
बिजुली बजारस्थित तमलोपाको केन्द्रीय कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री कोइरालाले वार्ता र छलफलको माध्यमबाटै सबै समस्या समाधान गर्न सकिने भएकाले वार्तामा आउन अध्यक्ष ठाकुरलाई आग्रह गर्नुभयो ।
जवाफमा अध्यक्ष ठाकुर र उक्त पार्टीका अन्य नेताहरुले सरकार र प्रमुख राजनीतिक दलहरुले नै वार्ताको वातावरण बिगारेकाले आन्दोलन छाडेर वार्तामा बस्न आफूहरुलाई अप्ठेरो भएको बताउनुभएको थियो ।
छलफलमा सहभागी वन तथा भू–संरक्षणमन्त्री महेश आचार्यका अनुसार मधेसवादी दलहरुले उठाएका अधिकांश माग संविधानमा सम्बोधन भएको तथा सम्बोधन हुन केही त्यस्ता बुँदाहरु बाँकी रहेका भए वार्ता र छलफलका माध्यमबाट समाधान गर्न सकिने तथ्य प्रधानमन्त्रीले अवगत गराउनुभएको थियो ।
सो पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठीले तराईमा भएको आन्दोलन राजनीतिक भएको र त्यसलाई सम्बोधन गर्नुको साटो प्रमुख राजनीतिक दलहरुले नै वार्ताको वातावरण बिथोलेको बताउनुभएको थियो ।
आन्दोलन छोडेर अहिले त्यत्तिकै वार्ताको टेबलमा बस्न आफूहरुलाई अप्ठेरो पर्न जाने उहाँको भनाइ थियो । वार्ताका लागि छलफललाई भने निरन्तरता दिँदै जाने सहमति प्रधानमन्त्री कोइरालासँग भएको उहाँले जानकारी दिनुभयो ।
तमलोपाका नेताहरुले प्रधानमन्त्रीलाई आन्दोलनबाट तराईमा उत्पन्न परिस्थितिबारे जानकारी गराउँदै समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभएको थियो । रासस
dainiknepal.com
काठमाडौं, ५ साउन । आफूले भनेको नेपालका शीर्ष नेताले नमानेको भन्दै सीमा नाकाबन्दीको धम्की दिएको भारतले अर्काे कदम उठाएको छ ।
सोमबार राति नाकाबन्दी गर्ने चेतावनी दिएको भारतले मंगलबार नेपालको सीमामा कडाइ गरेको छ । सीमा नाकाबाट आवतजावत गर्ने नेपालीलाई समेत चेकजाँचमा कडाइ गरेको हो । भारतसँग जोडिएका सीमा नाकामा माथिको आदेश भन्दै नेपाली नागरिकमाथि विशेष निगरानीसहित चेकजाँच समेत सुरु गरेको छ ।
तराईमा आन्दोलनरत मधेसी दललाई संविधान जारी गर्ने प्रक्रियामा सामेल गराउन भारतले दबाब दिएको भएपनि नेपालका दलले त्यसलाई अस्वीकार गरी सार्वभौम संविधानसभाबाट संविधान जारी गरेका कारण भारतले नेपालमाथि नाकाबन्दी लगाएको हो ।
यस्तै, रक्सौलबाट पट्रोलियम पदार्थ बोकेर भन्सार आइपुगेका नेपाली तेल ट्यांकरहरुलाई भारतले मंगलबार नेपाल प्रवेश गर्न समेत दिएको छैन् । भन्सार जाँचपास नगरी नेपाली ट्यांकरहरुलाई भारततर्फ नै रोकिएको छ ।
यसअघि नेपालमा नयाँ संविधान जारी भएकोमा स्वागतसमेत नगरी निकै बेखुस देखिएको भारतले संविधान जारी भएपछि दोस्रोपटक सोमबार वक्तव्य निकालेर नेपालमाथि कूटनीतिक दबाब दिएको थियो । र नाकाबन्दी गर्ने धम्कीपूर्ण भाषा प्रयोग गरेको थियो ।
dainiknepal.com
झापा : झापाका विभिन्न चार सहरका चर्चमा बम राखेको अभियोगमा प्रहरीले तीनजालाई पक्राउ गरेको छ ।

झापाको खजुरगाछी, दमक गौरादह र सुरुङ्गाका चर्चमा बम राखेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा कटहरी–१ मोरङ निवासी हिन्दु मोर्चानेपाल सैन्य प्रमुख राम भण्डारी, रािष्ट्रय हिन्दु जागरण अभियानका कोषाध्यक्ष विर्तामोड–७ निवासी कृष्ण चुँडाल र बिर्तामोड–८ निवासी राष्ट्रिय संयुक्त धार्मिक मञ्चको सक्रिय सदस्य रामचन्द्र बानियाँ रहेका छन् ।

पक्राउ परेका तीनैजनालाई जिल्ला प्रहरी कार्यालय झापामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

चर्चमा बम राख्ने मूख्य योजनाकार हटिया–५ मकवानपुर निवासी माधव भण्डारीसहित चारजना फरार रहेका जिल्ला प्रहरी कार्यालय झापाका एसपी ठाकुरप्रसाद ज्ञवालीले जानकारी दिए । उनी हिन्द मोर्चा नेपालका , केन्द्रीय सम्योजक पनि रहेको खुलेको छ ।

सुरुङ्गास्थित चर्चमा राखेको बम प्रहरी चौकीमा लगेर डिस्पोजन गर्न खोज्द असईसहित तीनजना घाइते भएका थिए । annapurnapost.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home