• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
साउन १३गते
एजेन्सी । आफूमा भएको यौन क्षमताअनुसार प्रत्येक पुरुषले आफ्नो महिला साथीको इच्छा पूरा गर्ने प्रयास गर्छन् । तर पनि महिलाले चाँहेअनुसार सन्तुष्टि दिन सक्दैनन् । अर्थात महिलाले आफूले चाँहेको सन्तुष्टि पमउन सक्दैनन् । जसमा पुरुषको यौन क्षमता कमजोर रहेको पुष्टि हुन्छ ।

किन पूरा गर्न सक्दैन् पुरुषले ? यस्ता छन् कारण :
जो पुरुष सम्भोगका दौरान सही तरिकाले यौन क्रिया गर्न सक्दैंनन् या शिघ्रपतन हुन्छ, यो नपुसंकताको लक्षण हुन सक्छ ।
नपुसंकता भएका पुरुषको लिंगमा कठोरता आउँदैंन, आएपनि लिंग चाँडै लुलो हुन्छ । सम्भोगका दौरान अचानक लिंगका कठोरतामा कमी आउनु पनि यसको लक्षण हो ।
नपुसंकताको सिधा संबन्ध ज्ञानेन्द्रियसंग हुन्छ । मानिसले संकोचबश या जागरुकताको अभावमा यसबारेमा केही थाहा पाएका हुदैंनन ।
नपुसंकता धेरै उमेर भएका व्यक्तिमा पाइन्छ, जसबाट महिलानजिक जान पनि उनीहरुलाई डर लाग्न सक्छ । बढ्दो उमेरसंगै यौन इच्छा पनि कम हुँदैं जान्छ ।
जो पुरुष यौन क्रियामा रुची राख्दैन र जसमा उत्तेजना हुँदैंन, उ पूर्ण रुपमा नपुंसक हुन सक्छ ।
नपुंसकताका कारण पुरुषको लिंग सामान्यभन्दा छोटो हुन्छ, जसबाट पुरुष सही तरिकाले सम्भोग गर्न असमर्थ हुन्छ ।
नपुंसकता पीडित व्यक्तिमा आत्मविश्वासको कमी हुन्छ यस्ता मानिस अक्सर भीडमा हड्बडाउछन्, महिलासंग कुरा गर्न पनि मन पराउदैंनन् ।
नपुसंक व्यक्तिमा रोगप्रतिरोधी क्षमता कम हुन्छ, जसका कारण मानिस पटकपटक बिरामी परिररहन्छ ।
बाँझोपनाका कारण प्रजनन अंग कमजोर हुन्छ ।
फास्टफुडको बढी प्रयोग र खानपानमा पोषक तत्वको कमी पनि यसको प्रमुख कारण हो ।
नवलपरासी, १३ साउन - हिन्दु राज्यको माग गर्दै आन्दोलनमा उत्रिएका हिन्दु धर्मावलम्वीहरुले आज बुधबार बन्द आव्हान गरेका छन्
बन्दकर्ताहरु कावासोतीको फलफूल चोकमा सडकमा ओमकार लेखेर प्रदर्शनमा उत्रिएका हुन्। बन्दका कारण विहानैदेखि त्यहाँका बजार सुनसान देखिएका छन्। त्यस्तै बन्दको प्रभाव चितवन र रुपन्देहीमा पनि परेको छ। आन्दोलनकारीले आज रुपन्देही, नवलपरासी र चितवन बन्द आव्हान गरेको हुन्।

बन्दका कारण चितवन र रुपन्देहीमा पनि सवारी साधन चल्न सकेका छैनन्। त्यस्तै नवलपरासीमा केही फाट्टफुट्ट ट्रकहरु सञ्चालनमा आएपनि प्रहरीले कावासोतीमा रिफ्रेस सेन्टरमा लगेर राखिदिएको छ।

सौजन्य: अनलाइन खबर

१३ साउन, इथियोपिया ।

अमेरिकी राष्ट्रपतिले आफ्नो अफ्रिकी युनियनलाई मङ्गलबार गरेको सम्बोधनमा अफ्रिकी नेताहरुलाई प्रजातान्त्रिक शासन प्रणालीमाथि विश्वास राख्न आग्रह गरेका छन ।

राष्ट्रपति ओबामाले सम्बोधनका क्रममा भने, “सत्तालिप्सा त्याग्नुस र अफ्रिकाबाट भ्रष्टाचार अन्त्य गरी शान्ति अनि अमन चयन कायम गर्ने अठोट गर्नुस ।”

सम्बोधनमा उनले विश्वको अफ्रिकालाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्नेसमेत उक्त अवसरमा बताए । अफ्रिकी राष्ट्रहरुमा उद्योग, कलकारखाना तथा व्यापारिक गतिविधिलाई समेत बढाउन आग्रह गर्नु हुँदै वैदेशिक सहायतामा मात्रै निर्भर नरहन अनुरोध गरे ।

राष्ट्रपति ओबामाले अमेरिका अफ्रिकासँग आतङ्कवाद र द्वन्द्व हटाउने अभियानमा सधैँसँगै रहने विश्वास दिलाए।
अफ्रिकाको प्रजातान्त्रिक विकासका लागि सम्बन्धित राष्ट्रका नेताहरुले प्रजातान्त्रिक अभ्यासमा विश्वास गर्नुसमेत जरुरी भएको बताउनुहुँदै उनले भने, “कोही पनि जीवनभर राष्ट्रपति रहन सक्दैन ।”

“आज म तपाईहरुसँग इमान्दारका साथ भन्नु चाहन्छु, म मेरो दोस्रो कार्यकालमा छु र मेरो काम मन पराउँछु । तर हाम्रो संविधानअनुसार अर्को कार्यकालका लागि निर्वाचनमा जान पाउँदिन । साँच्चै, मलाई लाग्छ, म एउटा असल अमेरिकी राष्ट्रपति हुँ । यदी म चुनावमा उठेँ भने मेरो जीत पक्का छ तर, म चुनावमा उठ्न सक्दिन,” राष्ट्रपति ओबामाले अमेरिकी प्रजातान्त्रिक अभ्यासलाई व्याख्या गर्दै भने ।

अफ्रिकाको आर्थिक विकासलाई केही कुराले पनि छेक्न सक्दैन भन्दै अर्थतन्त्रको विकास भ्रष्टाचारको रोग नियन्त्रणभन्दा पनि आवश्यक छ । यहाँ ब्याप्त असमानता र महिला तथा बालबालिकामाथि हुने लैङ्गिक हिंसा अन्त्य हुनु पनि जरुरी छ, उनले भने ।

बुरुन्डीका राष्ट्रपति पिएरो कुरुन्जिजाको सत्तालिप्साका कारण भएको हप्तौँ लामो आन्दोलनलाई सङ्केत गर्दै ओबामाले भने, पिएरोको सत्तामा रहिरहने इच्छाका कारण सानो अफ्रिकी राष्ट्रमा अशान्ति तथा अस्थिरता उत्पन्न भएको छ ।

अफ्रिकी युनियनलाई सम्बोधन गर्दै उनले आफ्नो राष्ट्र अफ्रिकामा ब्याप्त आतङ्कवाद र द्वन्द्वलाई नामेट पार्दै उक्त महादेशमा शान्ति तथा सुरक्षाको प्रत्याभूति गराउन अमेरिका सधैँ अफ्रिकासँग रहने प्रतिबद्धतासमेत उक्त अवसरमा जनाए ।

सोमालियाको सेबाब, नाइजेरियाको बोको हराम, माली र ट्युनिसियाको विद्रोह, युगान्डाको सैन्य विद्रोह दक्षिण अफ्रिकाका लागि चुनौती रहेको बताए ।

अमेरिका सधैँ अफ्रिकी युनियनको सैन्य प्रयासलाई सहयोग गर्नेछ भन्दै भने, ‘बहादुर अफ्रिकी शान्ति सेना’ लाई अमेरिका सम्मान गर्छ ।

धेरै मुसलमान समूहले धर्मको झण्डा बोकिरहेको बताउँदै भने सयौँ लाख अफ्रिकी मुसलमानलाई इस्लाम भनेको शान्ति हो भन्ने थाहा छ ।

उनले अलकायदा, इस्लामिक स्टेट, अल सेबाब, बोको हरामलाई ‘हत्यारा’ भन्नु पर्छ भन्दै शान्ति यात्रामा सामेल नहुञ्जेल यी समूहविरुद्ध सधैँ लड्ने प्रतिबद्धता व्यक्त गरे । रासस÷एएफपीnepaliheadlines.com
आज वि.सं. २०७२ श्रावण १३ गते बुधबार तदनुसार ई. सं. २०१५ जुलाई २९ तारिख
आषाढ शुक्ल त्रयोदशी, मूल नक्षत्र, धनु राशिको चन्द्रमा, वैधृति योग, गर करण
आजको व्रत/पर्व : प्रदोष व्रत,
आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), पुराणश्रवण,
भोलिको व्रत/पर्व : पूर्णिमा व्रत,
भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि),

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आज धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नु पर्ने दिन हो, जसबाट शुभ कुराको सङ्केत प्राप्त हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । मनोरञ्जनमा भुलिने समय छ । सामाजिक यश, सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । चोटपटकको भय पनि छ, बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दा सचेत हुनुपर्छ । बेकारको विवादमा फँस्न सकिन्छ, बोलीमा अङ्कुश लगाएकै बेस हुनेछ । तपार्इंको व्यक्तिगत दृष्टिकोण उल्टो हुने देखिन्छ, आज कुनै पनि नयाँ काम नथाल्नु होला । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
प्रणयसम्बन्ध र रतिराग बढाउने समय हो, तर जीवनसाथी वा प्रेमी/प्रेमिकाले समय नदिनाले दिक्क लाग्न सक्छ । बन्दव्यापारमा राम्रै छ, कृषिक्षेत्रमा भने असन्तुष्टि नै रहने छ । घरपरिवारका झिनामसिना काममा गरिएको मिहिनेत काम लाग्दैन, परिश्रम निरर्थक हुनसक्छ । बेलुका रमाइलोतिर झुकाव बढ्न सक्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
प्रतिस्पर्धी र शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती र अपठ्याराको सामना गर्नुपर्छ । काममा अधिकार प्राप्तिका लागि तर्क, बहस र छलफलमा दिन बिताउनु पर्नेछ, प्रयत्न गर्दा समेत परिस्थिति आफ्नो पक्षमा आउने छैन । बन्दव्यापारका क्षेत्रमा समेत खासै उपलब्धी हुनसक्दैन । मन अधैर्य रहने छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सन्ततिपक्षबाट खुसीको समाचार प्राप्त हुने छ । आफन्तले तपाईंको प्रशंसा गर्नेछन् । मन प्रफुल्ल र उत्साही बन्ने छ । घरपरिवारमा रमाइलो जमघट हुने छ । तपाईंले गर्न लागेको काममा सबैले साथ दिनेछन् र साँझमा दिनभरिका क्रियाकलापको लेखाजोखा गर्न मन लाग्नेछ । बुद्धिपक्ष र प्राज्ञिक क्षेत्रमा राम्रो छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
परिवारजनमा असमझदारी बढ्नेछ, मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन् । घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुन्छ । महत्वाकाङ्क्षी योजनामा हात हाल्नु राम्रो हुँदैन । कृषि–चौपायाबाट हानि पुग्नसक्छ, बन्दव्यापारमा घाटा देखिन्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
मानप्रतिष्ठा र सामाजिक मर्यादा स्थापनाका लागि सङ्घर्ष गरिने छ । विगतमा भएका नराम्रा घटनाको स्मरण हुनाले मन खिन्न बन्नेछ, दार्शनिक र आध्यात्मिक विषयवस्तुप्रति मन आकर्षित बन्न सक्छ । हाँसखेल र आनन्दमा कमी आउनेछ । बन्दव्यापारमा सोचेजस्तै भए पनि आम्दानीको मार्गमा बाधा छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आम्दानीमा कमी आउने छैन तर निरर्थक र प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानीको सम्भावना छ, त्यसैले सचेत रहनु होला । कृषि, पशुपालन र झिनामसिना घरायसी काममा समय खर्च हुनेछ । गरेका कामबाट ठूलो उपलब्धी लिन सकिंदैन र श्रमको समुचित मूल्याङ्कन नहुनाले दिक्क लाग्नेछ । पढाइलेखाइमा समय दिन सकिंदैन । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
मन उत्ताउलो, भावुक र चञ्चल बन्नसक्छ । आजको प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ । नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
प्रतिकूल समय चल्दैछ । नचाहेको क्षेत्रमा खर्चको मात्रा ह्वात्तै बढ्नसक्छ । प्रशासनिक झैझमेला वा आरोप व्यहोर्नु पर्ने हुनसक्छ । प्रेम सम्बन्धमा तिक्तता आउने योग छ । तपार्इंले भने जस्तो काम सम्पन्न हुन कठिन छ । आफूले ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । यात्राबाट फाइदा छैन । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । आर्थिक रूपमा सबल हुनुहुनेछ, कारोबारमा गतिशीलता आउने छ र व्यवसायबाट पनि राम्रै लाभ हुनेछ । मायाप्रेमका लागि समय जुट्ने छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
भूमि, वाहन र पैत्रिक सम्पत्तिको कारोबार गर्दा ढिलो गरी लाभ मिल्ने सम्भावना छ । बन्दव्यापारमा समय नदिनाले हानि हुनसक्छ, सचेत हुनुहोला । मातापिता र अभिभावकवर्गका समस्यामा रुमल्लिने दिन छ । प्रतिष्ठा गुम्ने काममा आकर्षण बढ्ने सम्भावना देखिन्छ । शत्रुको चलखेल बढ्नसक्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ


मुहारको खैरो दाग मेटाउन प्राकृतिक घरेलु उपचार बिधि

मुहारको खैरो दाग, कालो दाग, गर्भावस्था तथा सुत्केरी महिलाहरुमा देखिने दाग निदानका लागि घरेलु प्राक्रितिक उपचार अपानाउनुहोस् । यो घरेलु लेप तथा ओखती तयार पार्न दुई प्रकारका सरदामहरु भए पुग्छ । अनि यो घरेलु लेप तयार पार्न पनि सजिलो छ ।

मानव मुहार तथा शरीरको अन्य भागको छाला विभिन्न कारणले कुरुप हुने गर्छ, जस्तै :

हाइपरपिगमेन्टेशन :

- हाइपरपिगमेन्टेशन भनेको छालाको स्वभाविक रङ्गमा परिवर्तन आएर यो गाढा रङ्गको हुन पुग्छ र यस्तो हुनाको कारण मेलानिन भन्ने तत्वको मात्रा बढी भएर हो । मेलानिनले तपाईको कपाल, छाला र आँखामा रङ्ग उत्पादन गर्छ । मेलानिनको मात्रा घाउखटिरा, बढ्दो उमेर, रोग, महिला गर्भावस्था भएको बेला र सूर्यको प्रकाशमा धेरै समयसम्म हिड्डुल गर्ने गर्नाले हुने गर्छ र यसका कारण छालामा खैरो दाग तथा टाट देखा पर्न थाल्छ ।

- मेलानिन आन्तरीक तथा बाहिय कुनै पनि कारणले हुनसक्छ । आन्तरीक चांही जन्मजात हुन्छ र यो विशेषगरि गाढा रङ्गको छाला भएको मानिसहरुमा साधारणतया हुने गर्छ । अनि बाहिय कारण चांहि प्रोगेसटेरोन, इस्ट्रोजेन, माइनोसाइक्लिन, बेटाजोलोल  जस्ता केमिकल तथा सूर्यको प्रकाशको सिधा संसर्गमा आउनेहरुमा हुन्छ ।

- पराबैजनी किरणका कारण दाग, चिन्ह र खैरो दाग छालामा हुन सक्छ जसका कारण छाला स्थाई तथा अस्थाई रुपमा खुइलिन सक्छ । अनि यस्ता दागहरु जसको मुहार तथा हातहरु सूर्यको किरणमा सिधै पर्छ त्यसताहरुमा हुनु स्वभाविक हो ।

- अप्रेशन तथा घाउका कारण पनि यस्ता हाइपरपिगमेन्टेशन हुनसक्छ तर समस्या समाधान भैसक्दा समेत पनि यस्ता दाग भने रहिरहन्छ ।

- मेलाज्मा भनेको महिलाहरु भारीजिउको भएको अवस्थामा छाला खुइलिनु भन्ने बुझिन्छ तर कहिलेकांही पुरुषहरुमा पनि यस्तो समस्या आउन सक्छ । गाला तथा नाकको वरिपरी दागहरु देखा पर्छ र यस्ता दागहरुलाई सुत्केरी दाग पनि भन्ने गरिन्छ । तर यस्ता दागहरु सुत्केरी पश्चात हराएर जाने प्रबल संभावना हुन्छ ।

हाइपरपिगमेन्टेशन तथा छालामा देखापर्ने दाग, चिनो, टाट लगायतका समस्याहरुको निदानका लागि प्राक्रितिक उपचार पद्धतीस्

- एउटा कचौरामा एक चम्चा कागतीको रसमा एक चम्चा बेसारको धुलो मिसाउनुहोस् ।

- संक्रमित ठाउँमा यो लेप दल्नुहोस् ।

- यसलाई १५ मिनेट सम्म त्यसै छाडिदिनुहोस् ।

- अव लेप दलेको अंगलाई सफा पानीले पखाल्नुहोस् ।

आफ्नो छालालाई सूर्यको किरणको संसर्गबाट परै राख्नुहोस् । नुहाउनु भन्दा पहिल्यै लेप दल्नुहोस् र यो प्रबिधि दिनको एक वा दुई पटक सम्म छालाको अवस्थामा सुधार नआए सम्म अपनाउनुहोस् ।

यो घरेलु प्रबिधि आयुर्वेद उपचार सिद्धान्तमा आधारित छ । यो बिधि भारतमा प्राचिन भारतीय विज्ञान उपचार प्रबिधिका नामले पनि प्रख्यात छ ।

बेसार तथा कागतीका विशेषताहरु

१. बेसार

बेसारमा शरीरको अंग सुनिने बिरुद्ध लड्न सक्ने क्षमता अत्यधिक मात्रामा आबद्ध हुन्छ र यसले छालालाई मुलायम तथा चम्किलो बनाउछ ।

२.मुहारको खैरो दाग मेटाउन प्राकृतिक घरेलु उपचार बिधि

कागतीले छालालाई जबान, उज्यालो तथा आकर्षक बनाउछ ।

छाला संवेदनशिल छ भने कागतीको रससँगै थोरै दुध तथा पानी प्रयोग गरे पनि हुन्छ ।
काठमाडौं : दोलखा केन्द्रविन्दु भएर आज बेलुका भूकम्पको धक्का गएको छ ।

राती ९:२३ बजे ४.१ म्याग्निच्यूड क्षमताको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रको बेवसाइले जनाएको छ ।

योसँगै आज मात्रै ३ पटक भूकम्पको धक्का गइसकेको छ ।

 सिन्धुपाल्चोक केन्द्रविन्दु भएर बिहान ९: २१ बजे ४.१ र दोलखा केन्द्रविन्दु भएर साँझ ६:३८ बजे ४ म्याग्निच्यूड  क्षमताको भूकम्पको धक्का गएको थियो ।

हिन्दु धर्मशास्त्रमा त सम्भोगको बेला नारी अछुत हुने र त्यस्तो बेला स्त्रीसँग समागम गर्ने पुरुष नर्कमा जाने उल्लेख छ ।
सांस्कृतिक , धार्मिक वा सामाजिक कारणले पनि धेरै महिला र पुरुष महिनावारीको बेला सम्भोग गर्न उतिसारो रहर गर्दैनन् ।
त्यसैले पनि रजश्वला भएकी स्त्री आफैपनि सम्भोगका लागि तयार हुँन्नन् । मानिसमा रजश्वलाका बेला सम्भोग गर्दा स्वास्थ्यलाई असर गर्ने समेत धारणा छ ।

तर चिकित्सा शास्त्रले महिनावारीका बेलाको सम्भोगलाई सामान्य मान्दछ ।


महिनावारीको बेलामा हुने सम्भोगका केही रोचक तथ्य यस्ता छन् :
१. महिनावारीको बेला हुने सम्भोगबाट गर्भ रहने सम्भावना निकै कम हुन्छ । तरपनि महिलाको योनीभित्र छिरेको विर्यमा भएका शुक्रकिट केही दिन बाँच्ने भएकाले र अनियमित महिनावारी हुने महिलामा गर्भ रहन पनि सक्छ ।

३.यदि महिला वा पुरुषमध्ये एकजना एचआईभी संक्रमित भएमा मात्रै सम्भोगका बेला एड्स सर्छ । तर रजश्वला भएकी स्वस्थ महिलासँग यौन सम्पर्क गर्दा एड्स लाग्छ भन्ने मान्यता पूर्णत गलत हो ।

२.महिनावारी हुँदा बग्ने रगत खराब हुन्छ भन्ने धारणा गलत छ । यस्तो रगत अरु सामान्य रगत जस्तै हुन्छ । महिनावारीको बेला बगेको रगतको सम्पर्कमा आउँदा कुनै हानी हुँदैन । तर यदि महिलामा यौन रोग भएको भए महिनावारीको बेला बग्ने रगतबाट यौनरोग सर्ने सम्भावना अत्यधिक हुन्छ । त्यसैले यौन सम्पर्कको बेला सावधानी अपनाउनु आवश्यक हुन्छ ।

४.महिनावारीका बेला बगेको रगत लिंगमा लागेपनि त्यसले कुनै असर गर्दैन यदि यौन सम्पर्कपछि राम्ररी सफा गरियो भने ।
५. महिनावारीको बेला सम्भोग गर्दा पाठेघरमा असर पर्छ भन्ने मान्यता पनि गलत हो । महिनावारीका बेला पाठेघरको मुख खुल्ला हुने र लिंग पाठेघरभित्रै छिरेर हानी पूराउँछ भन्ने आम धारणा छ तर त्यस्तो हुँदैन । लिंग पाठेघरको मुखसम्म पुग्ने र निकै साँघुरो मुखबाट छिर्ने सम्भावना हुँदैन ।

६. महिनावारीका बेला गरिने सम्भोग पाप होइन , यो सामान्य प्राकृतिक प्रक्रिया हो । त्यसैले यस्तो बेला सम्भोग गर्दा निरास हुनु आवश्यक छैन ।

७. महिनावारीको बेला यौन सम्पर्क राख्ने महिलामा रगत बग्ने क्रम छिटै रोकिन्छ । यसो हुनुको कारण लिंगले बाहिर निस्केको रगतलाई पाठेघरभित्रै कोचेर हो भन्ने धारणा छ । तर त्यसो होइन , सम्भोगका बेला पाठेघर खुम्चिन्छ , जसका कारण एकैचोटीमा धेरै रगत बाहिर निस्कन्छ र लामो समयसम्म रगत बग्दैन ।

८. रजस्वलाका बेला यौन सम्पर्क गर्ने महिलामा दुखाइ कम हुन्छ । यसका धेरै कारण हुनसक्छन् , पहिलो चरमोत्कर्षका बेला शरीरले छाड्ने हर्मोनले दुखाइ कम गर्ने औषधिको काम गर्छ र दोश्रो दुखाइ महसुस गराउने रसायन सम्भोगका बेला उपयोग हुने भएकाले तल्लो पेट दुख्न कम हुन्छ ।

९. रजस्वला भएका बेला मुखमैथुन गर्दा पनि कुनै फरक पर्दैन तर त्यसको लागि दाँत जोगाउने साधन (डेन्टल डाम) लगाउनुपर्छ । किनभने यतिबेला महिलाको शरीर अरु बेला भन्दा कोमल भएको हुन्छ ।

१०. रजस्वला भएकेा बेला यौन सम्पर्क गर्दा ट्याम्पन निकाल्न नबिर्सनुहोस् । नत्र त्यो योनीभित्रै छिरेर हानी पुर्याउने खतरा रहन्छ
आयुर्वेद विज्ञानका अनुसार नियमित दिनचर्या र खान-पानले हाम्रो स्वास्थ्य अवस्थालाई असर गर्छ । आफ्नो स्वास्थ्यलाई स्वस्थ राख्नका लागि हामीले दैनिक जीवनमा खानाका विषयमा ध्यान दिनु जरूरी हुन्छ । यस्तै, खाना खाएपछी हामीले गर्ने कामका विषयमा पनि सचेत हुनु पर्छ । कुनै काम गर्दा हाम्रो पाचन प्रक्रिया चाँडो हुन्छ भने कुनै काम गर्दा पाचन प्रक्रिया ढिलो हुने गर्छ । पाचन प्रक्रियामा ढिलाइ हुँदा हाम्रो स्वास्थ्यलाई बेफाईदा गर्ने गर्छ ।
खाना खाने बित्तिकै गरिने कामले पनि हाम्रो स्वास्थ्यलाई बेफाइदा गर्ने हुनाले त्यस्ता कामहरू खाना खाएपछी नगर्नु नै राम्रो हुन्छ ।
ती के-के काम हुन् जुन खाना खाने बित्तिकै गर्नु हुँदैन थाहा पाऔ…

– सुत्नेः धेरै मानिसलाइ खाना खाएपछी अल्छि लाग्छ र सकेसम्म सुत्ने चाहना राख्छन् । तर, खाना खानेबित्तिकै सुत्नु स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । खाने बित्तिकै सुत्ने गर्दा तपाईले खाएको खाना पाचन हुन सक्दैन र यसले शरिरमा बिकार पैदा गर्छ । साथै मोटोपन पनि बढ्ने गर्छ ।

– नहुाउनेः सही समयमा खानु र नुहाउनुले शरिरलाई निकै फाइदा ग्रछ तर, खाना खानेबित्तिकै नुहाउनु भने फाइदाजनक हुँदैन । खाना खानेबित्तिकै नुहाउँदा पेटमा रक्तसञ्चार तिव्र हुन्छ, र पाचन प्रक्रिया ढिलो हन्छ, जसले शरिरलाई बेफाइदा गर्छ ।

– पेटी खुकुलो बनाउनेः केही मानिसहरू धेरै खाना खान्छन् र पेटी खुकुलो बनाउने गर्छन् । यसरी पेटी खुकुलो बनाउँदा पनि पाचन प्रक्रिया ढिलो हुने गर्छ ।

– फलफूल खानेः खाना खानेबित्तिकै फलफुल खानु राम्रो मानिदैन । खाना खानेबित्तिकै फलफुल खाँदा ग्याष्टिकको समस्या देखिने गर्छ ।

– हिड्नेः धेरै मानिसलाई लाग्न सक्छ खाना खाने बित्तिकै कम्तिमा एक सय कदम हिड्नु पर्छ । यसले खाएको खाना पचाउन मद्धत गर्छ तर, यो कार्य गलत हो । खाना खानेबित्तिकै हिड्ने गर्दा खानाको सम्पूर्ण पोषण शरिरले पाउँदैन भने पाचन प्रक्रिया पनि कमजोर हुन्छ ।

– चिया पिउनेः केही मानिसलाई खाना खाएपछी चिया पिउने बानी हुन्छ । तर, यो बानी हटाएको राम्रो हुन्छ। खाना खानेबित्तिकै चिया पिउनु फाइदाजनक मानिदैन । खाना खानेबित्तिकै चिया पिउँदा पाचन प्रणालीमा असर गर्छ । यसले एसिडिटीको समस्या पनि ल्याउँछ ।

– धुम्रपान गर्नेः खाना खाने बित्तिकै मानिसहरूको धुम्रपान गर्ने गर्छन् । तर, खाना खाएपछी धुम्रपान गर्दा स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ । यसले क्यान्सरको सम्भावना समेत बढाउने गर्छ।
एजेन्सी । सुनको भाउमा निरन्तर ओरालो लागिरहेको छ । ३० हजारबाट घटेर सुनको भाउ करिब २४ हजार नजिक पुगेको छ । तर अझै पनि दाबी गरिएको छ कि यो भाउ २० हजारसम्म पुग्ने छ । तर यो २० हजार भारतीय रुपैयाँ हो ।
जसअनुसार नेपालमा सुनको तोलामा ३२ हजार रुपैयाँसम्म पुग्ने छ । अहिले नेपालमा तोलाको ४८ हजारमा कारोवार भइरहेको छ ।इन्‍वेस्‍टमेन्ट बैंकर मार्गन स्टेनलीले आफ्नो रिपोर्टमा भनेका छन्- अन्तराष्ट्रिय बजारमा सुनको भाउ घटेर ८०० डलर प्रति तोलासम्म आउन सक्छ । जसका कारण घरेलु बजारमा पनि सुनको मूल्य तोलाको २० हजार रुपैयाँ तोकिने छ । भने नेपालको घरेलु बजारमा ३२ हजार तोकिने छ ।

मार्गन स्टेनलीको रिपोर्टमा सुनका लागि वातावरण खराब हुँदैछ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति तोला १०८६.१८ मा झरेको थियो, जबकि यो मुल्य २०१० पछि कै सस्तो थियो । २००८ मा सुनको मूल्य तोलाको ८०० डलर थियो । मार्गन स्टेनलीले २०१५ का लागि औसत मूल्य ११९० डलर रहने अनुमान गरेका छन् ।
गोल्डमैन सैक्‍सका अनुसार अमेरिका ब्याजदर बढ़ाउने तैयारी गरिरहेको छ, जसका कारण डलर बोलियो हुँदैछ । त्यहीकारण लगानीकर्ता सुनमा पैसा लगाउन छाड्नेछ । गोल्डमैनका अनुसार त्यसपछि सुनको मूल्य १००० डलर प्रति तोला सम्म घट्न सक्छ ।
यी कारणबाट सुनको मूल्य २० हजार भारु अर्थात ३२ हजार नेपाली पुग्न सक्छ :
१) अमेरिकामा ब्‍याजदर बढ्ने सम्भावना ।
२) डलर इण्डेक्‍स लगातार बोलियो हुनु (डलर बोलियो हुने वित्तिकै सुनको भाउ घट्छ) ।
३) चीनमा माग घटेपछि भण्डार गरिएको सुन सस्तोमा आयात हुनु ।
dainiknepal.com
महिलाहरु पुरुषको कपडा र हेयरस्टाइलमा मात्र ध्यान दिँदैनन् । महिलाहरु पुरुषको यस्ता थुप्रै कुराहरु याद गर्छन् जसबारे पुरुषहरुलाई पनि थाहा हुँदैन ।
१. पुरुषको यी कुरा महिलाहरुबाट लुक्न सक्दैनन्ः महिलाहरुले पुरुषको थुप्रै कुरा याद गरिरहेकी हुन्छिन् । ती महिला तपाईंको पार्टनर, आमा, साथी जो पनि हुनसक्छन् जसले तपाईंमाथि निगरानी राखिरहेकी हुनिछन् । आउनुहोस्, यस्ता ८ कुराबारे थाहा पाऔं ।
२. नाकको रौंः तपाईंलाई लाग्न सक्छ शरिरको जताततै साना साना रौंहरु पलाउने समस्या तपाईंको बुवा अथवा हजुरबुवामा मात्र छ । तर, यस्तो होइन । धेरै पुरुषहरुको कम उमेरदेखि निकै नाकभित्र साना साना रौं उम्रिन थालेका हुन्छन् । पछि त्यो रौं नाक बाहिर पनि देख्न थाल्छ । महिला पुरुषको नाकको यी रौंलाई तुरुन्त या दगर्ने गर्दछन् । त्यसकारण पुरुषले यसबारे बिचार पुर्याउन आवश्यक छ ।
३. ब्ल्याकहेड्सः यद्यपी ब्ल्याकहेड्स सधैं फोहोरका कारण आउँछ भन्ने छैन तर यसले तपाईंको सुन्दरतालाई पक्कै पनि बिगार्ने गर्दछ । यी ब्ल्याकहेड तपाईंको गाला र नाकमा मात्र आउने नभइ चिउँडो र कानमा पनि हुने गर्दछ । महिलाहरुसँग तपाईंको ब्ल्याकहेड्स लुक्न सक्दैन । त्यसकारण आफ्नो व्यक्तित्व र प्रभावलाई खराब हुनबाट बचाउनुहोस् । यी ब्ल्याकहेड्सका लागि केही गर्नुहोस् तर यसलाई हातले निचोर्ने काम भने कहिले नगर्नुहोस् ।
 ४. सासको दुर्गन्धः जब तपाईं आफ्नो पार्टनर नजिक हुनुहुन्छ तब तपाईंको सास उनीसम्म पुगिहाल्छ । यस्तोमा यदि तपाईंको सासबाट दुर्गन्ध आउँछ भने तपाईंकी महिलाले यो कुरा अवश्य पनि ख्याल गर्नेछिन् । त्यसकारण आफूलाई सासको दुर्गन्धबाट टाढा राख्नुहोस् । आफ्नो दाँत र मुखको सफाईमा ध्यान दिनुहोस् र हरेक ६ महिनामा डेन्टिस्टलाई भेट्न जानुहोस् ।
५. ब्लेडले काटिएको घाउः तपाईंले गलत तरिकाले दाह्री काटेको तपाईंको अनुहारले पुष्टि गर्छ । महिलाहरु पुरुषको अनुहारमा दाह्री काट्दा लाग्ने चोटलाई याद गर्छिन् । त्यसकारण दाह्री यसरी काट्नुहोस् कि तपाईंको अनावश्यक कपाल फालियोस् तपाईंको छाला होइन ।
६. शरिरको दुर्गन्धः व्यायाम गर्दा पसिना बगाउनु ठिकहो तर यसले तपाईंको शरिरमा दुर्गन्ध निम्त्याउँछ भने तपाईंको अगाडि कोही पनि महिला बस्न नै चाहदिँनन् । त्यसकारण आफ्नो सफाइको निकै ध्यान दिनुहोस् । नियमित रुपमा नुहाउनुहोस् र नुहाउँदा साबुन अथवा स्याम्पुको प्रयोग गर्नुहोस् । यसका साथै आफ्नो बेडसिट र रुमाल पनि सफा राख्नुहोस् ।
७. निकै धेरै परफ्युमः कोही पुरुषको आवश्यकता भन्दा बढि परफ्युम लगाउने बानी नै हुन्छ । उनीहरुलाई लाग्नसक्छ कि यस्तो गदो धेरै महिलाहरुले उनलाई मन पराउँछन् तर यस्तो होइन । महिलाहरु उनीहरुलाई यसकारण याद त गर्छन् तर उनीहरुलाई यो मनपर्दैन । त्यसकारण जतिबेला परफ्युम लगाउनुहुन्छ, सात इन्च पर राखेर लगाउनुहोस् ।

८. चायाँः महिला पुरुषको काँधमा खसेको चायाँलाई सजिलै नोटिस गर्दछन् । एउटा कुरा त पक्का हो, महिलालाई चायाँ मनपर्दैन त्यसकारण उनीहरु यस्ता समस्या भएको पुरुषबाट टाढा रहन चाहन्छन् । त्यसकारण आफ्नो चायाँको समस्याको विशेष ध्यान दिनुहोस् ।
काठमाडौं : विमानस्थलको रन वे मर्मतका लागि एक घन्टा जति विमानस्थल बन्द गरिएको छ।

रन वेको कालोपत्रे भत्किएपछि अचानक मर्मत गर्नुपरेको विमानस्थल अधिकारीले बताएका छन्। दुई बजेदेखि  सबा तीन बजेसम्म उडान तथा अवतरण रोकेर मर्मत कार्य गरिएको थियो ।


मर्मतको काम सकिएपछि सबा तीन बजेदेखि विमानस्थल सुचारु भएको छ। अवतरणको क्रममा रहेका अन्तराष्ट्रिय उडानका जहाजलाई एक घन्टासम्म आकाशमै होल्ड गरिएको थियो। जेट एयरलाइन्स, एयर अरबिया, कतार एयर, एयर इन्डिया र चाइना इस्टर्नलगायतका जहाजहरु दुई बजेदेखि  आकाशमै घुमिरहेका थिए।

उडानका लागि १२ बजे नै चेकअप सकेर बसेका यात्रुहरु पनि तीन बजेसम्म उड्न पाएका थिएनन्।  पूर्व जानकारी नदिएको भनदै यात्रुहरुले विमानस्थलमै आक्रोश पोखेका थिए।
annapurnapost.com
साउने संक्रान्ति पर्व शुरु भएसँगै महिलाहरुमा मेहेन्दी र हरियो चुरा लगाउने चलन साउन भरि परम्पराको रुपमा चलि आएको छ । प्राकृतिक रुपमा पनि हरियो महिना हो, साउन । वनजंगल, खेतवारी मात्र नभई साउन महिना शुरु भएपछि युवतीका हातमा हरियो चुरा र मेहेन्दी देखिन्छ । विवाहित महिला सौभाग्यको प्रतिकको रुपमा हरियो चुरा लगाउँछन् । अविवाहित युवती पनि राम्रो वर प्राप्त होस् भन्ने भनी हरियो चुरा र मेहन्दी लगाउँछन । तर, यो चलन कहिले बाट आयो र किन साउन मै हरियो चुरा र मेंहन्दी लगाइन्छ भन्ने बारे सबैलाई थाहा नहुन पनि सक्छ ।

हिन्दू धर्मग्रन्थका अनुसार ‘ साउनमा माता पार्वतीले पति महादेवलाई खुसी बनाई सौभाग्य प्राप्त गर्न हरिया चुरा, पोते र हातमा मेहेन्दी लगाएकी थिइन् । र साउनमा जताततै हरियाली हुने हुनाले त्यही हरियालीमा रमाएर महादेवबाट सौभाग्य प्राप्तिको खुसी प्राप्त गर्न पाइन् । ’

प्राचीन किंवदन्ती अनुसार मेहेन्दी, हरियो चुरा र व्रत्र बस्दा विवाहित महिलाका श्रीमानको आयु बढ्छ । यसको वैज्ञानिक तथ्य पनि रहेको छ । विवाहित महिलाले यसरी चुरा मेहेन्दी लगाउँदा उनीहरुको सुन्दरता सामान्य भन्दा बढ्ने गर्छ जसले श्रीमानमा श्रीमतीको आकर्षण कायम राख्छ । श्रीमतीले व्रत्र बस्दा स्वास्थ राम्रो हुनुका साथै श्रीमाती प्रति श्रीमानको सम्बन्ध प्रगाढ हुने गर्दछ ।

साथै चुरा लगाउँदा यसको ध्वनिले मानिसको मस्तिष्कलाई एकाग्रता राख्न मद्दत गर्दछ । चुराको आवाजले मानिसको मस्तिष्कलाई अन्य धेरै नै फाइदा पुर्याउने वैज्ञानिकहरुले पुस्टि पनि गरेका छन् ।

मेहेन्दीले पनि स्वास्थमा फाइदा पुर्याउँछ । मेहेन्दीको शीतलताले तनाव, टाउको दुखाई र ज्वरोबाट राहत प्रदान गर्ने मान्यता रहिआएको छ । नङलाई बढाउनका लागि पनि मेहेन्दी निकै प्रभावकारी मानिन्छ । तर, बजारमा पाइने रसायन युक्त मेहेन्दीले भने यस्ता फाइदा पुर्याउँदैनन् ।
-रिया हुमागाईँले विक्लीनेपाल डटकमका लागि लेख्नु भएको खबर (विक्लीनेपाल डटकम) बाट साभार गरिएको ।

काठमाडौं, १२ साउन । इण्डोनेसियामा मंगलबार शक्तिशाली भूकम्प गएको छ ।
अमेरिकी भौगर्भिक संस्थाका अनुसार पूर्वी इण्डोनेसियाको पपुआलाई केन्द्रविन्दु बनाएर विहान ४ बजेर ४१ मिनेटमा ७.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको हो ।
भूकम्पको केन्द्रविन्दु पापुआबाट ७५ किलोमिटर दुरीसम्म भूकम्पको ठूलो धक्का महसुस गरिएको स्थानीय मौसम विभागका अधिकारीले जनाएको समाचार एजेन्सीले जनाएका छन् । भूकम्प ४९ किलोमिटर गहिराईमा थियो ।
भूकम्पको धक्काले स्थानीयहरु त्रसित भएका छन् । भूकम्पका कारण करोडौंको धनमाल नष्ट भएको समाचार जनाइएको छ । प्रारम्भिक रिपोर्ट अनुसार मानिसको मृत्यु भएको खबर आएको छैन् । यद्यपी सयौंको संख्यामा हताहति भएको हुनसक्ने अनुमान गरिएको छ ।
स्थानीय प्रशासनले भूकम्पपछि उद्दार तथा राहत कार्यलाई तिव्रताका साथ अगाडि बढाएको छ ।

हामीले यसअघि 'नारीका चार चरित्र, को कति सेक्सी ?' प्रकाशित गरेका थियौं । अब पुरुषको पालो । पुरुष कति प्रकारका हुन्छन् ? त्यसो त हेर्ने आँखाले नै यसको निर्धारण गर्ला तर पुरुषको शारीरिक बनावट र बानी व्यवहारले पनि उसको सुन्दरतालाई प्रतिविम्वित गरिरहेको हुन्छ । महिलाहरु शारीरिक रुपमा सुगठित पुरुषहरुप्रति आकर्षित हुन्छन् तर यदि बानी राम्रो भए पनि सुगठित शरीरले मात्र काम गर्दैन ।

कामसूत्रका आचार्य वात्स्यायन ऋषि र अन्य विद्वानहरुले पुरुषहरुका प्रकारबारे आफ्नो अनेक मत दिएका छन् । हेर्नुस्- चारथरी पुरुष:

'शश' पुरुष:
शश जातिका पुरुषको ठूलो निधार, सफा लुगा लगाउने, विशाल नेत्र, पंक्ति मिलेका सफा दाँत, नरम कपाल, कोमल बाहु, हातपाउ तिघ्रा अलि पातला हुने, चराझैं थोरै भोजन गर्ने र सहवासमा बढी इच्छा नराख्ने, स्वच्छता र पवित्रता मन पराउने, प्रशस्त धनी, सम्मान पाउने, वीर्यमा एक प्रकारको मीठो बास्ना हुने, सदैव प्रसन्न मद्रामा रहने, शरीरमा उत्तम लक्षणहरु भएको, सत्यवक्ता, ब्राम्हण र गुरुको सेवा गर्ने, परोपकारमा चित्त लगाउने, परस्त्रीलाई मातासमान ठान्ने र मनमा कुनै प्रकारको पनि पापी विचार नभएका हुन्छन् ।

मृग पुरुषः
मृग जातिको पुरुषको कमलझैं विशाल नेत्र, बुद्धि चंचल, राम्रो शरीर, छिटो-छिटो, मृगको जस्तै चंचल नेत्र भएको, बढी भोगेच्छा भएको, उत्तम बस्त्र धारण गर्ने, कोमल अंग भएको, बलियो शरीर र प्रसन्न मुद्रामा रहने, कुलदेवता वा गुरुमा श्रद्धा राख्ने, धार्मिक चर्चा वा कथा पुराण सुन्न मनपराउने अतिथि सेवामा तत्पर रहने तथा परोपकारी एवं दयालु स्वभाव भएको इत्यादि मृग पुरुषका लक्षणहरु मानिएका छन् ।

बृष पुरुष:
बृष जातिका पुरुषको ठूलो शिर, शरीर, हृष्ठपुष्ट, बलवान, घाँटी कान मोटो, निधारमा बढी रैां भएको, लाम्चो र ठूल-ठूला नेत्र, विशाल बाहु, कमलझैं नेत्र, सत्वगुण प्रधान, स-साना खुट्टा, बढी लाज नमान्ने, सिंहजस्तै हिँडाइ, मीठो र कोमल वाणी, अनेक कष्ट सहन सक्ने, स्त्रीलाई देख्नासाथ प्रसन्न भएर रतिरागमा नडराउने, अल्छी, बढी सुतिरहने, त्यति भोक लाग्ने, शील र गुण सम्पन्न बृष जातिका पुरुष हुन्छन् । बृष जातिका पुरुष त्यागी, दाता, लाज नमान्न स्वभावका हुन्छन् । यो जातिको व्यक्ति युवा र बूढो उमेरमा सुखी हुनेछ । यसको अंगमा बढी बोसो हुन्छ । स्त्रीहरुले बढी नै रुचाउने बृष जातिका पुरुषको लिंग नौ अंगुल लामो हुन्छ भन्ने कतिपय आचार्यको मत छ ।
अश्र पुरुष:
अश्र जातिका पुरुषको लामो कान, मोटो ओठ, कालो र अग्लो देह, डराउने र सदैव नजाति काम मात्र गरिरहने, लामो घाँटी मास्तिर जुरुक्क उठेका कपाल, लामा र मोटा बाहु , बाटुलो तिघ्रा, राम्रा औंला र नङ, अरुको निन्दा गर्ने, हीनबुद्धि, अधर्मी, चञ्चल नेत्र, अल्छी, निकै गम्भीर अर्थ भएको वाक्य बोल्ने, दिनरात स्त्रीप्रति बढी रुचि भएको, वीर्यमा एकप्रकारको अनौठो गन्ध हुने । स्त्री पाएमा छिन-छिनमा भोग गरिरहने । जति भोग गरे पनि तृप्त नहुने । बृष जातिका पुरुषको नाक, कान, ओठ, घाँटी, दाँत आदि बाङ्गा र ठूला हुन्छन् । यिनीहरु प्रौढा स्त्रीको बढी इच्छा गर्ने स्वभावका हुन्छन् । अश्र जातिका पुरुषहरु छिटो-छिटो हिँड्ने र मीठो एवं नम्र वाणी बोल्ने अनि मोटो तिघ्रा र ठूलो पेट निस्केका हुन्छन् । यिनीहरुको सम्भोगका बेला निस्कने पानी शीतल, बाक्लो र नुनिलो हुन्छ । टम्म मिलेको अग्लो छाती हुने अश्रजातिका पुरुषको लिंग १२ अंगुल लामो हुन्छ भन्ने कामशास्त्रका ज्ञाताको मत छ ।
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home