• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
बलिउडकी नायिका तथा गायिका सुलक्षणा पंडित ६१ वर्षकी भइन। मानसिक सन्तुलन ठिक नभएकाले आफ्नै नातेदारहरुलाई पनि उनी चिन्न सक्दिनन। नायक सञ्जीव कुमारलाई निकै मनपराउने गर्थिन यी नायिका। तर सञ्जीवको तर्फबाट सम्बन्ध स्वीकार भएन।

९ वर्षको उमेरबाट गायन सुरु गरेकी सुलक्षणाले सन् १९७६ मा संकल्प फिल्मको ‘तू सागर हे…’ बोलको गितको लागि फिल्मफेयर अवार्ड पाएकी थिइन। उनले फिल्म ‘राज’, ‘हेरी-फेरी’, ‘अपनापन’, ‘खानदान’, ‘चेहरे पे चेहरा’, ‘धरम संकट’, ‘वक्त की दीवार’ सहित कयौं फिल्ममा काम पनि गरिन। उनले जितेंद्र, विनोद खन्ना, राजेश खन्ना, ऋषि कपूर, राकेश रोशन जस्ता नाम चलेका कलाकारहरुसंग संगै फिल्म खेलेकी थिइन।मनमा हेमा मालिनी लिएर बसेका सञ्जीवले सुलक्षणाको प्रेम प्रस्ताव अस्वीकार गरिदिएका थिए। पटक पटक विवाह गर्न मनाइरहेकी सुलक्षणाको विन्ती संञ्जीवले सुनेनन।

संञ्जीव कुमारको अकस्मात मृत्यु पश्चात भने सुलक्षणाको मानसिक सन्तुलत बिग्रियो। सुलक्षणाकै बहिनीले एक इन्टरभ्युमा यो कुरा खुलासा गरेकी थिइन। उनले नै सुलक्षणालाई सन् २००६ मा घर ल्याइन। उनी कोठामै बस्न रुचाउँछिन, कसैसंग बोल्दिनन् अनि चिनेको जस्तो पनि गर्दिनन। बाथरुम जाँदा कम्मरको हड्डी भाँचियो, ४ पटक अपरेशन भइसक्यो। अहिले उनी हिडडुल गर्न नसक्ने अवस्थामा छिन।nepaliheadlines.com
पोखरा, २१ भदौ । भूकम्पपीडतलाई सहयोग गर्न भन्दै नेपाल आएर झन्डै महिनादिनदेखि बेपत्ता एक अमेरिकी युवतीको हत्या भएको खुलेको छ ।
धिताल ३ घर भइ स्थानीय एक प्राथमिक विद्यालयका शिक्षक नारायण पौडेलले २६ वर्षीया पासर्पोट नम्बर ४५१३८३८४७ की डालिया यहीयाको हत्या गरेको प्रहरीको दाबी छ । गत साउन १९ मा पोखरा आएकी यहीया ३ दिनसम्म पौडेलको पोखरा सिम्पनीस्थित कोठामा बसेकी थिईन ।
चौथो दिनदेखि उनी सम्पर्कविहिन थिईन । पौडेलले यहीयासँग रहेको पैसा र आइफोनको लोभले हत्या गरेको प्रहरीले अनुमान गरेको छ । अनुसन्धानका क्रममा विहीबार पक्राउ परेका पौडेलले जिल्ला प्रहरी कार्यालयबाट हामफाल्ने प्रयास समेत गरेका थिए । कान्तिपुर दैनिकमा समाचार छ ।
dainiknepal.com
काठमाडौं, भदौ २१  । सागर इन्फोसिसले मोबाइल, ल्यापटप, ट्याबलेट तथा सामाजिक सञ्जालहरू फेसबुक, ट्विटरमा आउने भाइरस स्पाम हटाउने एन्टिभाइरसको नयाँ संस्करण बजारमा ल्याएको छ। पछिल्लो समय मोबाइलमा सामाजिक सञ्जाल धेरै चलेको यसको सुरक्षाको लागि सेक्युरिटीसहित क्यास्परस्की ल्याबको २०१६ नयाँ संस्करण बजारमा लाएको कम्पनीले जनाएको छ।

कम्पनीले क्यास्परस्की एन्टिभाइरस २०१६, क्यास्परस्की इन्टरनेट सेक्युरिटी २०१६, क्यास्परस्की इन्टरनेट सेक्युरिटी–मल्टी डिभाइस २०१६, क्यास्परस्की टोटल सेक्युरिटी–मल्टी डिभाइस २०१६ को नेपाली बजारमा आधिकारिक बिक्री वितरण सुरु भएको बिहीबार जानकारी गरायो।

सागर इन्फोसिसले यस अवसरमा एन्ड्रोइड मोबाइल सेक्युरिटी १–डिभाइसको मूल्य ८ सय ५० कायम गरेको छ भने बिना सपोर्ट खरीद गर्न चाहने उपभोक्ताका लागि न्यूनतम मूल्य ६०० रुपैयाँमै उपलब्ध हुनेछ। यसैगरी अन्य एन्टिभाइरस र इन्टरनेट सेक्युरिटी प्रडक्टहरुमा ४० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ। यसरी उपभोक्ताहरुले क्यास्परस्की २०१६ को संस्करण क्यास्परस्की ल्याबको आधिकारिक वेबसाइटमा उल्लेखित अन्तर्राष्ट्रिय मूल्यको तुलनामा ६ देखि ८ गुणाभन्दा कम मूल्यमा खरीद गर्न सक्नेछन्। एक–डिभाइस, तीन–डिभाइस र पाँच–डिभाइसको प्याकमा उपलब्ध गरिएको नयाँ प्रडक्टहरु धेरै परिमाणमा एकै पटक खरीद गर्ने स्कुल, कलेज, विद्यार्थी, कर्पोरेट, सरकारी कार्यालय, मिडियारपत्रकार, एनजिओ आइएनजिओ का कर्मचारीहरुका लागि थप छुटको पनि व्यवस्था गरेको छ।

स्मार्टफोनरट्याबलेट जस्ता एन्ड्रोइड डिभाइसहरूको प्रयोग एवं फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालहरुमा सक्रिय रहने प्रयोगकर्ताहरुको संख्या दिनानुदिन बढिरहेको बेला भाइरसको आक्रमण पनि बढिरहेको छ। क्यास्परस्की ल्याबको अनुसन्धान अनुसार विश्वमा दैनिक ३ लाख २५ हजार किसिमका नयाँ भाइरसहरु देखा परिरहेका छन्। नागरिकमा खबर छ ।

www.etajakhabar.com
रुपन्देही, भदौ २१ । रुपन्देहीमा बालीकालाइृ जबरजस्ती करणी गर्न खोजेको आरोपमा रुपन्देहीका २८ वर्षिय बिजयकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।

रुपन्देहीकी सिद्धार्थनगर नगरपालिका वडा नं ६ भैयाटोल निबासी सात बर्षिया बालिकालाई उनले आफ्नो कोठमामा फकाएर लगेर बलात्कारको प्रयास गरेका थिए ।

जब बालीकाको शरीरमा उनले हात के पुर्याउन थालेका थिए बालीकाकी आमाले उक्त घटना देखेपछि घटना एकाएक सार्वजनिक भएको हो ।

पक्राउ परेका गुप्तालाई जबर्जस्ती करणी उद्योगमा मुद्दा चलाइने रुपन्देही प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पछिल्लो समय बालीका बलात्कारका घटना दिनानुदिन बढीरहेकाले अविभावक नै सर्तक हुनुपर्ने बेला आएको छ ।
www.etajakhabar.com
भोलिदेखि संविधानको विधेयकमाथि दफाबार छलफल हुने
काठमाडौँ, भदौ २१ । असोज ४ गते भित्र संविधान जारी गर्ने तयारीमा लागेका शीर्ष दलहरुले संविधानको संसोधन विधेयकमाथि भोलिदेखि दफाबार छलफल हुने बताएका छन् । यसअघि भदौ मसान्त भित्र नै संविधान जारी गरीदै आएपनि कारणवश असोजमा जारी गर्ने बताएका शीष दल नेपाली काँग्रेस, एमाले र एमाओवादीले आन्तरिक कार्यतालिका अनुसार छलफल हुने बताएका छन् ।

यसैबिच संविधानसभाको बैठक पर्सिका लागि बोलाइएको छ । संविधानको विधेयकका लागि ५६ वटा संशोधन प्रस्ताव दर्ता भएको संसद सचिवालयले जनाएको छ । संसद सचिवालयका अनुसार अब संविधानको विधेयकमा परेका संशोधन प्रस्तावहरु सभाध्यक्षले दफावार छलफलका लागि संविधानसभामा पेश गर्ने र त्यसमाथि सभासदहरुले राय राख्ने कार्यतालिका छ ।

सभासदहरुले पाँच मिनेटको समयभित्र आफ्ना विचारहरु राखेपछि सभाध्यक्षले दिएको समयभित्र प्रस्तावकले आफ्नो प्रस्ताव फिर्ता नलिएमा प्रस्ताव निर्णयार्थ पेश गरिनेछ । सभाको दुई तिहाइ ध्वनी मतले स्वीकृत वा अस्वीकृत गर्नेछ । हाल कायम रहेको सदस्य संख्याको दुईतिहाई उपस्थित बैठकको दुई तिहाइले मत समर्थन गरेमा स्विकृत हुनेछ । ध्वनीमत विभाजनबाट संविधान पारित गर्दै छिटोमा भदौ ३१ गते र ढिलोमा असोज ५ गते संविधान जारी गर्ने तयारी भएको स्रोतले जनाएको छ ।
www.etajakhabar.com
सप्तरी , भदौ २१  । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा तराईमा अनिश्चितकालीन बन्द जारी छ । शनिबार साँझसम्म प्रमुख दलले माग सम्बोधन गर्ने विश्वासमा रहेका उनीहरूले काठमाडौंले नसुनेको भन्दै आन्दोलन थप सशक्त बनाउने भएका छन् । आन्दोलनरत दलले २२ दिनको शान्तिपूर्ण आन्दोलनबाट माग सुनुवाइ नभएको निष्कर्ष निकालेका छन् ।

पूर्व–पश्चिम राजमार्गमा रातिको समयमा अवरोध गर्न नसक्दा काठमाडौंलाई दबाब नपुगेको निष्कर्ष उनीहरूको छ । अब रातिको समयमा पनि राजमार्ग अवरुद्ध गर्ने रणनीति उनीहरूले बनाएका छन् । बल प्रयोग भए प्रतिरोध गर्ने तयारीसमेत गरेका छन् । मोर्चाको राजमार्गकेन्द्रित आन्दोलनको तयारीले मधेस अशान्त हुने सम्भावना छ ।

मोर्चाका नेताहरूले अबको आन्दोलन निर्णायक हुने दाबी गरेका छन् । ‘हाम्रो आन्दोलन अब राजमार्ग अवरोध गर्ने हुन्छ, राजमार्गमा टेन्ट टाँगेर रातदिन बस्छाँै,’ मधेसी मोर्चाका एक नेताले भने, ‘हामीलाई थाहा छ, त्यसवेलामा सुरक्षाकर्मीले हामीमाथि दमन गर्नर्ेछन् । हामी त्यसको प्रतिरोध गर्छौँ, त्यसले आन्दोलन नयाँ उचाइमा पुग्नेछ ।’
आइतबार राजविराजमा भेटिएका मोर्चाका एक कार्यकर्ताले पनि राजमार्ग अवरोध नै अन्तिम आन्दोलन हो भन्ने सर्कुलर रहेको जानकारी दिए ।नयाँ पत्रिकामा खबर छ ।

‘हामीमाथि धेरै अन्याय भयो, हाम्रा माग सुनिएन,’ ती कार्यकर्ताले भने, ‘हामीलाई लाठीसहित घरेलु हतियार लिएर सडकमा आउनू भन्ने निर्देशन छ । हामी अब सबै सडकमा हुन्छौँ ।’ मधेसी मोर्चाका नेता तथा कार्यकर्ताले शनिबार राति सप्तरीको रूपनीबजारमा स्कर्टिङमा रहेका सवारीसाधन रोक्ने प्रयास गरेका थिए ।

तर, प्रहरीले सप्तरीमा आन्दोलनको नेतृत्व गरिरहेका संघीय समाजवादीका जिल्ला अध्यक्ष दिनेश यादवसहित १५ जनालाई पक्रेर आइतबार बिहान छाडिदिएको छ । ‘हामी शान्तिपूर्ण आन्दोलनमा थियौँ,’ राजविराजमा भेटिएका दिनेश यादवले भने, ‘हाम्रो आन्दोलनको रूप फेरिन्छ ।

शुभ प्रभात आज वि.सं. २०७२ भाद्र २१ गते सोमबार तदनुसार ई. सं. २०१५ सेप्टेम्बर ०७ तारिख, -भाद्रपद कृष्णपक्षको नवमी तिथि,हेर्नुहोस
आजको राशिफल
 ariesमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

सामाजिक काममा संलग्न हुनुपर्ला । धार्मिक÷सामाजिक काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ । दाजुभाइ वा नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । पेसाव्यवसाय वा रोजगारीका क्षेत्रमा सम्मान र साख जोगाउन सकिने छ, आकाङ्क्षा पूर्ण हुनेछन् । मेवा मिष्ठान्न र परिकार मिल्नेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।



taurus

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

अचल सम्पति बेचबिखन गर्ने वा दीर्घकालिक लगानी गर्नु फाइदाजनक नभए पनि दैनिक कारोबारबाट फाइदा नै हुनेछ । पारिवारिक र घरायसी जीवनमा विभिन्न समस्या देखापरे ता पनि तिनलाई सजिलै समाधान गर्नुहुनेछ । साझेदार वा सहयोगीको साथ पाइने छैन, त्यसैले व्यस्त रहेर दिन व्यतीत हुनेछ । दूरदराजमा रहेको स्थान अथवा विदेशबाट सुखद समाचार आउने छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।



gemini

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

मन उत्ताउलो र चञ्चल भए पनि आजको दिन राम्रो छ । यद्यपि क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ । नियमित तथा दैनिक कामधन्धा र व्यवसायबाट राम्रो फाइदा हुनेछ । गुमेको वा सापटीमा गएको धन फिर्ता आउनेछ । बौद्धिक र प्राज्ञिक क्षेत्रमा समेत राम्रो छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।



cancer

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

अहिलेको समय तपाईंको पक्षमा छैन । सुखी र विलासितापूर्ण जीवन व्यतीत गर्न मन लालायित हुनेछ । भोगविलास र शृङ्गारिक सामाग्री खरिद गर्न धन खर्च हुनेछ । मातापिता र अभिभावक वर्गसँगको सम्बन्धमा तिक्तता आउन सक्छ । घुमघाम र मनोरञ्जनका क्रममा निराशा भोग्नु पर्छ । यात्राको योग छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।



leo

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ । विगतका कमीकमजोरीलाई बेवास्ता गर्दै मन प्रसन्न बनाएर काम गर्नुहोला, सफलता तपाईंको मुट्ठीमा छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । आम्दानीमा कमी आउने छैन । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।



gemini

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

विभिन्न जिम्मेवारी निर्वाह गर्नुका साथै दौडधूप गर्नु पर्नेछ । यात्रा रमाइलो हुनेछ । उपहार प्राप्त हुने सम्भावना छ । स्वास्थ्यमा अचानक सानो समस्या देखिन सक्छ, तर डराइहाल्नु पर्दैन । आफन्तहरूबाट भनेजस्तो सहयोग नपाइएला, तर काममा बाधा हुनेछैन । साथीहरूसित मनोरञ्जनको अवसर जुर्नेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।



libra

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

भाग्यस्थानमा चन्द्रमा रहे पनि धेरै उमङ्ग र उत्साह देखाउनु राम्रो हुँदैन । सामाजिक र आध्यात्मिक गतिविधिमा संलग्न हुनसके शान्तिको अनुभूति हुनेछ । छरछिमेकी र आफन्तका बीचमा सानोतिनो वैरभावको योग छ । पेसाव्यवसाय र रोजगारीका मार्गमा अवरोध हुनेछ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।



scorpio

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ । अनाहकमा अरुले गरेका गल्तीको सजाय आफूले भोग्नु पर्ने अवस्था आउन सक्छ । अनावश्यक यात्रा हुनेछ । आन्तरिक समस्या वा मानसिक खिन्नताले सताउन सक्छ । भनेको कुराले विपरीत अर्थ दिनसक्छ । साथीभाइ टाढिन सक्छन् । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।



sagittarius

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

तपाईं दूरदर्शिताको सर्वत्र चर्चा हुनेछ । मायाप्रेम, रतिराग र भावनात्मक क्रियाकलापमा आजको समय व्यतीत हुनेछ । विपरीतलिङ्गी सहयात्रीबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । सन्तानपक्षको सहयोग मिल्नेछ । समय राम्रो छ, प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । साझेदारीमा फाइदा छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।



capricorn

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

मनमा शान्तिको अनुभूति हुनेछ । सिर्जनात्मकता र व्यवहारिकतातर्फ मन आकर्षित हुनेछ । घरायसी समस्या समाधान गर्न सकिने छ । माया र प्रेमको वातावरण तैयार हुनेछ । तर्क, विवाद र झैझगडा जस्ता क्षेत्रबाट लाभ मिल्नेछ । आज आमा वा मामाको आशीर्वादले काम गर्न सक्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

aquarius

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

विद्यार्थीका लागि आज थोरबहुत सकारात्मक दिन नै रहने छ, तर आफ्नो क्षमतामा घट्दै गएको महसुस हुनेछ । सन्ततिका लागि भौतिक सुविधाको जोहो गर्ने सिलसिलामा केही धनराशि खर्च हुने सम्भावना छ । आजको चिन्तन र उपायले वैराग्य र निराशालाई बढावा दिनेछ, त्यसैले बढी नघोरिनु राम्रो हुन्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।



pisces

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । शरीरमा आलस्य जाग्नेछ । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनसक्छ । तपाईंले चिताएको काममा अप्ठ्यारा र चुनौतीको सामना गर्नुपर्छ । विपरीतलिङ्गी साथीबाट मानसम्मानमा आघात पुग्न सक्छ । मन पापमतिमा आकर्षित हुन बेर लगाउँदैन, संयम हुनुहोला । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:३९:४७ उत्तर तथा देशान्तर : ८७:१६:२८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

डाकर : फ्रान्सका एक बिरामीसहित सात जनालाई लिएर उडेको विमान सेनेगल नजिकै सामुद्रिक तटीय क्षेत्रको जंगलमा अाइतबार दुर्घटनाग्रस्त भएको छ ।

सेनेगल हवाई कम्पनीको बुर्किन फासोबाट उडेको उक्त दुई इन्जिन भएको विमान स्थानीय समयअनुसार शनिबार साँझ ७ बजेपछि सम्पर्कविहीन भएपछि दुर्घटनामा परेको यहाँको उड्डयन कार्यालय स्रोतले जनाएको छ ।

विमान सेनेगलको राजधानी डाकरको १११ किलोमिटर पश्चिमबाट सम्पर्कबाहिर गएको सेनेगलको नागरिक तथा उड्डयन प्राधीकरणले आइतबार जारी गरेको वक्तव्यमा उल्लेख छ ।

सेनेगलको हवाई सेनाले हराइरहेको जहाजको खोजी गरिरहेको वक्तव्यमा भनिएको छ । एजेन्सी www.annapurnapost.com
काठमाडौँ : नेपाल आयल निगमले डिजेल र मट्टितेलको बिक्री मूल्य आज पुनः घटाएको छ । निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा एक-एक रूपैयाँ घटाएको निगमले जनाएको छ ।

निगमका प्रवक्ता दीपक बरालका अनुसार सार्वजनिक यातायातको भाडा कम गर्न सरकारलाई सहयोग होस् भन्ने उद्देश्यले डिजेल र मट्टितेलको मूल्यमा प्रति लिटर एक-एक रूपैयाँ घटाइएको हो ।

उनले अन्तर्राष्ट्रिय बजारमा मूल्य समायोजन नभए पनि सरकारको आग्रहमा बिक्री मूल्य घटाइएको र यसले सम्पूर्ण यात्रुवर्गलाई सहयोग पुग्ने बताए ।

आजदेखि डिजेल र मट्टितेलको मूल्य ८३ रूपैयाँ कायम हुने र पेट्रोल तथा खाना पकाउने ग्यासको मूल्य भने पुरानै कायम हुने जनाएको छ ।

पेट्रोल प्रतिलिटर १०४ रूपैयाँ र खाना पकाउने ग्यास प्रति सिलिण्डर १४०० रूपैयाँ बिक्री मूल्य कायम हुने पनि उनले जानकारी दिए । रासस /annapurnapost.com
 काठमाडौं: अभिनेत्री गौरी मल्ललाई चलचित्र क्षेत्रमा लैंगिक विभेद भएजस्तो लाग्दैन रहेछ। अहिलेभन्दा आफूले अभिनय सुरुआत गर्दाको अवस्थामा महिलालाई चलचित्र क्षेत्रमा प्रवेश गर्न सजिलो भएको अनुभव उनको छ।


राजधानीको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा अनियन फिल्म्स्ले शनिबार आयोजना गरेको 'द मुभी क्लब' कार्यक्रममा आफूले चलचित्र क्षेत्रमा प्रवेश गर्दाको समयलाई उनले सम्झिइन्।करिब ३० वर्षअगाडि गौरी आफ्नी दिदीको जेठाजूको घरमा बस्दा त्यहाँ बसुन्धरा भुसालको आवतजावत हुन्थ्यो।


दिदीको जेठाजूकी छोरी आफ्नै उमेरकी भएकाले दिदीको घरमा भन्दा त्यहाँ उनी बढी बस्थिन्। गायनमा रुचि भएकी गौरीको रेडियो नेपालमा गीत रेकर्ड गराएरै छोड्ने चाहना थियो। तर, एक दिन बसुन्धरा भुसालले उनी बसेको घरमा आएर 'सन्तान' चलचित्रका लागि अभिनेत्रीको खोजी भएको सुनाइन्।


गौरीकी दिदीकी जेठानीले उनलाई देखाउँदै 'यहीँ छ नि कलाकार, लैजा न' भनिन्। वसुन्धरा भुसालले यो कुरा निर्देशक प्रकाश थापासँग भनिन्।गौरीले कहिल्यै अभिनेत्री बन्ने विषयमा सोचेकी थिइनन्। त्यसैले 'नाइँ' भनिन्।

तर पनि परिवारका सबैले अभिनय गर्न दिएको दबाबका कारण उनले फोटो खिचाएर निर्देशककहाँ पठाइन्। निर्देशकले आफ्नो परिवार, प्रोडक्सन हाउस जता देखाए पनि गौरीको तस्बिर कसैले मन पराएन। मान्छे नै हेर्न भनेर उनलाई प्रोडक्सन हाउसमै बोलाइयो।


तर सबैले उनलाई देखेर नाक खुम्च्याए। त्यही बेला प्रोडक्सन हाउसमा करिश्मा कुनै कामले आएकी थिइन्। करिश्मालाई देखेर गौरी 'ट्वाँ' परिन्। उनले भनिन्, ‘भगवान्ले यति राम्रो चीज पनि बनाउँछजस्तो लाग्यो, करिश्मा जताबाट हेर्दा पनि साह्रै राम्री।'

कसैले गौरीलाई मन नपराए पनि उनलाई 'रिजेक्ट' गर्न मिल्ने अवस्था थिएन। उनका भिनाजु र भिनाजुका दाजु सुरक्षा निकायका उच्च अधिकारी। पञ्चायतकालमा सुरक्षा निकायका कर्मचारीको परिवारका सदस्यलाई 'रिजेक्ट' गर्ने आँट कमैमा हुन्थ्यो। उनलाई स्क्रिन टेस्टका लागि बेलाइयो।

अरू सबैलाई छोटो र सजिलो डायलग दिइयो। गौरीलाई सीधै 'नो' भन्न नमिलेपछि उनलाई लामो डायलग बोल्न लगाइयो। तर उनले 'वन टेक'मै अभिनयसहित डायलग बोलेपछि निर्देशकले उनलाई नै रोजे।
पहिलो चलचित्रमा हस्ताक्षर गर्ने बेलासम्‍म पनि गौरीलाई आप्‍नो भूमिका थाहा थिएन। हस्ताक्षर गरेपछि विश्‍वासै लागेन, पसिना आयो। त्‍यसपछि उनलाई चकित बनायो, उनले पाउने आठ हजार रुपैँयाँ पारिश्रमिकले। त्‍यति धेरै पैसा के गर्ने होला भनेर आत्तिइन्।
चलचित्रमा हस्ताक्षर गर्ने बेलासम्म पनि गौरीलाई आफ्नो भूमिका थाहा थिएन। उनले भनिन्, 'प्रथम अभिनेत्री भनेर देखेपछि त विश्वासै लागेन, पसिना आयो।' त्यसपछि उनलाई चकित बनायो, उनले पाउने पारि श्रमिकले। त्यति बेला उनलाई आठ हजार रुपैयाँ पारि श्रमिक दिइएको थियो। उनी त्यति धेरै पैसा के गर्ने होला भनेर पो आत्तिइन्।

पहिलो चलचित्र 'सन्तान'बाट नेपाली चलचित्र उद्योगमा प्रवेश गरे पनि उनलाई यस क्षेत्रमा स्थापितचाहिँ चलचित्र 'कन्यादान'ले बनायो। सरस्वती, वसन्तीजस्ता चलचित्रमा मुख्य पात्रका रूपमा काम गरेकी उनी वास्तविक जीवनमा समेत कुनै आरक्षणमा विश्वास गर्दिनन्।

चलचित्र क्षेत्रमा महिला अगाडि आउन नसक्नुमा आफैं कमजोर भएको उनको भनाइ छ। भनिन्, 'म प्रतिशतमा अधिकार माग्ने मान्छे होइन।' लामो समय यस क्षेत्रबाट ओझेल परेकी उनी टेलिचलचित्र 'सिंहदरबार'बाट कमब्याक गर्दैछिन्।

आफ्नै प्रोडक्सन हाउस खोलिसकेकी गौरीलाई टेलिचलचित्र निर्देशन गर्ने चाहना छ। कृष्णजन्माष्टमीका दिन राधाकृष्णको तस्बिर अंकित पोसाक, गलामा माला लगाएर प्रस्तुत भएकी गौरीले करिब एक घन्टाको अवधिमा आफ्नो चलचित्रयात्राको बेलिविस्तार लगाएकी थिइन्।
काठमाडौं  : काठमाडौंको जोरपाटीमा आइतबार साँझ गोली चलेको छ। जोरपाटीमा साँझ सकडमै गोली चलाउने तेन्जिङ शेर्पालाई प्रहरीले चाइनिज पेस्तोलसहित पक्राउ गरेको छ।

गोली लागेर एकजना सामान्य घाइते भएको जानकारी प्रहरीले दिएको छ। गोली किन चल्यो भन्नेबारेमा  प्रहरीले अनुसन्धान गरिरहेको छ।
घटनाबारे जानकारी पाएपछि तत्काल प्रहरीको टोली परिचालित भइसकेको महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी उत्तम कार्कीले अन्नपूर्ण पोस्ट्लाई बताए ।

लेनदेनको व्यक्तिगत विवादमा गोली चलेको हुनसक्ने आशंका गरिएको छ। ‘गोली चलेको जानकारी आएको छ’, एसएसपी कार्कीले भने, ‘प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान थालेकाले विस्तृत विवरणा आउन केही समय लाग्छ ।' www.annapurnapost.com
२० भदौ, काठमाडौं । रोजगारीका लागि साउदी अरब गएका एक नेपालीको मृत्यु भएको छ । मैनाघाट ३ नवलपरासीका ४७ वर्षीय उर्जरबहादुर सोमैको गत शुक्रबार मृत्यु भएको हो ।

साउदीमै रहेका उर्जरबहादुरका साथी पुर्मलले फोन गरेर मृत्युको जानकारी दिएको परिवारका सदस्यहरुले बताएका छन् । उर्जरबहादुरका छोरा खुमबहादुरले एक हप्ता अगाडि बिरामी छु भनेर घरमा सम्पर्क गरेको र गत शुक्रबार मृत्युको खबर पाएको जानकारी दिए ।
परिवारका सदस्यले शव नेपाल झिकाइदिन आग्रहसहित आइतबार सुरक्षित आप्रवासन परामर्श तथा सूचना केन्द्र कावासोतीमा निवेदन दिएका छन् ।
उर्जरबहादुर गत वैशाख महिनामा साउदी अरब गएका थिए । उनका श्रीमती, ३ छोरी र १ छोरा छन् ।
www.onlinekhabar.com
एजेन्सी । फ्रान्सका एक प्रेमी जोडीको इंग्लिस टेलिभिजन च्यानलमा देखाइएको आशन अनुसार शोजी द्वीपको पर्खालमा सेक्स गर्ने क्रममा खसेर मृत्यु भएको छ ।
मिडिया रपटको जानकारी अनुसार गएको हप्ता वबान किल्लाको पर्खाल नजिकै प्रेमी जोडीको शव नाङ्गो अवस्थामा भेटिएको हो ।
पुलिसका अनुसार दुबै जना उक्त किल्लाको पर्खालमा बसेर निवस्त्र सेक्स गरिरहेका थिए, त्यही क्रममा भुलबस चिप्लेर भुईमा खसे । उनीहरुको कपडा किल्लाको पर्खालमा भेटियो ।
प्रेमी जोडीको उमेर ३० वर्ष थियो । उनीहरु फ्रान्सको नरमैंडी क्षेत्रमा बस्थे ।
dainiknepal.com
२० भदौ, काठमाडौं । नेपाली विषयका शिक्षकको त्रुटीपूर्ण अध्यापनबारे विद्यालयलाई अवगत गराउँदा एक अभिभावकले उल्टै खप्की खानुपरेको छ । ललितपुरस्थित स्टेपिङ स्टोन इन्टरनेसनल प्रि-स्कुलका प्रिन्सिपलले गल्ति महसुस गर्नुको सट्टा चेतावनीयुक्त जवाफ दिएका हुन् ।

विद्यार्थीले गरेको गल्तीलार्इ पनि शिक्षिकाले सहि गरेकी छन् । जुन रातो घेरामा देखाइएको छ ।
सो विद्यालयमा तीन वर्षदेखि छोरालाई पढाइरहेकी लुमन्ती चित्रकारले अध्यापनका क्रममा शिक्षिकाहरुको लापरवाहीबारे पटक-पटक औंला उठाउँदै आएकी थिइन् ।
तर, प्रिन्सिपल मुना श्रेष्ठले ‘राम्रो स्कुलहरु अरु नि छन्’ भन्दै चेतावनी दिएको उनले बताइन् । सो प्रिस्कुलका शिक्षिकाले बच्चाले लेखेको गलत जवाफलाई सही भन्दै ठीक लगाएको प्रमाण समेत चित्रकारले उपलब्ध गराएकी छिन् ।
‘नेपाली शिक्षिकाले, मेरो छोराले गल्ती लेखेकोमा ‘राम्रो छ’ भनी रिमार्क गरेपछि प्रधानाध्यापिकासँग कुरा गरेँ । उहाँले एकदमै हल्का रुपले लिएर ‘यो नेपाली शिक्षिका उपस्थित नभएको दिनको हो’ भन्ने जवाफ दिनुभयो ।’
त्यसपछि उनलेे भाइबरमा सो प्रिस्कुलले खोलेको २० जनाको एक सानो कक्षा समुहमा आफ्नो कुरा र शिक्षिकाको गल्तीलाई राखिदिएकी थिइन् । यसपछि उक्त स्कुलबाट आफूलाई चेतावनीयुक्त पत्र पठाइएको चित्रकारले बताइन् ।
‘सामाजिक सञ्जालबाट स्कुलकोे अपमान गरेको भन्दै या लिखित माफी माग, या बच्चालाई स्कुलबाट निकाल’ भन्ने आशयको पत्र छ,’ उनले भनिन्, ‘मेरो छोरालाई पनि मानसिक तनाब दिने काम भएको छ । जसको कारण मेरो छोरा स्कुल जान मान्दैन ।’
यस विषयमा जिल्ला शिक्षा कार्यालय र अभिभावक संघमा याचनापत्र दायर गर्दा आजको मितिसम्म पनि सो प्रिस्कुल दर्ता नै नभएको पाइएको उनको भनाइ छ ।
यस विषयमा बुझ्न खोज्दा प्रिस्कुलकी प्रिन्सीपल मुना श्रेष्ठले फोन रिसिभ गरिनन् ।
www.onlinekhabar.com
काठमाडौँ , भदौ २० । अज्ञात रोगका पूर्वमा ७ जनाको मृत्यु भएको छ । परिचय खुली नसकेको रोगका कारण पूर्वका भोजपूर, सिराहा, धनकुटा र संखुवासभामा उपचार गराइरहेका करिब १ दर्जन विरामीमध्ये ७ जनाको मृत्यु भएको हो ।

अन्य केहीको अवस्था अझै गम्भीर छ । उनीहरुको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उनीहरुलाई हान्टा भाइरस लागेको अनुमान गरिएको छ ।

यद्ययपी नेपालमा परीक्षण संभव नभएपछि यसको नमुना बैकक पठाइएको महाशाखाका निर्देशक डा बावुराम मरासिनीले बताए । दक्षिण कोरियाको हान्टा नदीको किनाराका मानिसमा पहिलो पटक देखिएको यो रोग यसरी अचानक नेपालमा देखिएको पहिलो पटक हो ।
www.etajakhabar.com
काठमाडौँ, २० भदौ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७१ साल माघ÷फागुन महिनामा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) दोस्रो वर्ष (२०७०) को राजनीति शास्त्र विषयको (सोधपत्र बाहेक) परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।

त्यस्तै, २०७१ साल माघ÷फागुन महिनामा सञ्चालित शिक्षा शास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमएड) दोस्रो वर्षको २०७० सालको मौका परीक्षासहित शोधपत्रबाहेकको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशन गरिएको छ ।

परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.net.np र www.educationkhabar.com मा पनि हेर्न सकिने छ भने नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशनअनुसार थाहा पाउन सकिने छ । साथै ४९४९ मा एसएमएस गरेर पनि परीक्षाफल थाहा पाउन सकिनेछ । रासस

बलिउडका तीन खानले कति पढेका छन् ? को हो सबैभन्दा विद्वान खान

एजेन्सी ।

बलिउडका सुपरस्टार तीन खानबीच अनेक प्रतिस्पर्धाका कुरा हुन्छन् । उनीहरुबीच फेसबुक, ट्वीटर लाइक र कमाइ सम्मका चर्चा चलिरहन्छन् । खासमा तीन खान शाहरुख, सलमान र आमिर खान मध्ये को सबैभन्दा बढी सुपरस्टार भन्ने विषयमा पनि सँधै विवाद र बहस हुन्छन् ।

यी तीन खानको शैक्षिक योग्यता चाँहि के छ त ? शाहरुख खान, आमिर खान र सलमान खानले कति सम्म पढेका छन् ?

शाहरुख खान फेरी बने नम्बर १ खान

शाहरुख खानः

हंसराज कलेज पढेका शाहरुख खान ने मास कम्यूनिकेशनमा मास्टर्स डिग्री सम्म पढेका कलाकार हुन् । उनले दिल्लीको जामिया मिलियामा भर्ना भएपनि कोर्स पुरा गरेनन् । शाहरुख खान तीन खान मध्ये सबैभन्दा बढी ट्वीटर फलोअर भएका खान हुन् ।

सलमान खानः

संसारकै सबैभन्दा बढी कमाउने कलाकारको सुचीमा रहेका सलमान खानले ग्वालियरको सिन्धिया स्कुलमा पढेका थिए । त्यसपछि उनी मुम्बइको सेन्ट स्टानिसलाङ हाइस्कुल गए । उनी बान्द्रा नेशनल कलेजका ड्रपआउट विद्यार्थी हुन् ।

आमिर खानः

बलिउडमा मिष्टर पर्फेक्सनिष्ट भनिने आमिर खान कक्षा १२ सम्म मात्र पढेका विद्यार्थी हुन् । कक्षा १२ पछि उनी अभिनयमा लागे । त्यसपछि उनले पढाइ अघि बढाएनन् ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
भक्तपुर, भदौ २० । अन्नत १४ दिनपछिको निरन्तर खबरदारी र आमरणअनशनबाट केसीले आज बिदा लिएका छन् । गएराती सरकारसँग ११ बुँदे सहमति कायम भएसँगै डाक्टर गोविन्द केसीले अनशन तोड्ने संकेत गरे । तर आज एक दिन देशमा शान्ति र सहिष्णुताका लागी भनेर उनले फेरी आमरण अनशनलाई नै निरन्तरता दिए ।

अनशन तोडीएको संकेत गर्दै डा केसीले शिक्षण अस्पतालमा उपचारका लागि आएका बिरामी १८ महिनाकी सुहानी उप्रेती र डोल्पाकी फोर्बु शेर्पाको हातबाट जुस पिएर अनशन तोडे । यसअघि पनि उनले अस्पतालमा उपचाररत बिरामीहरुबाट नै आशन तोड्दै आएका थिए ।

सरकार र डा केसी पक्षबीच माथेमा प्रतिवेदन लागू गर्ने, सम्बन्धन, भर्ना नियुक्ति लगायत छानबिनका लागि न्यायिक आयोग गठन गर्ने, लगायत ११ बुँदे सहमति भएको हो । सरकारका तर्फबाट मुख्य सचिव सोमलाल सुवेदी र स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठको उपस्थिति रहेको थियो ।
बेंसीशहर : लमजुङको सोतीपसलस्थित रिस्ती भ्याली विकास बोर्डिङका प्रिन्सिपल हरिकृष्ण ओझाले आफ्नै विद्यालयकी सात वर्षीया छात्रालाई बलात्कार गरेका छन् ।

तनहुँको क्यामिन गाउँ विकास समिति–६ स्थायी घर भएका प्रिन्सिपल ओझाले ती छात्रालाई चक्लेट दिएर बलात्कार गरको बालिकाका दाजुले बताएका छन् ।

कक्षा १ मा पढ्दै गरेकी बालिकालाई बलात्कार गरेर ‘कसैलाई नभन्नु’ भनेको बालिकालाई उधृत गर्दै उनका दाजुले जानकारी दिए ।

बालिकालाई बलात्कार गरेपछि स्थानीयले विद्यालय घेराउ गरी नाराबाजी गर्न थालेपछि प्रिन्सिपल ओझालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा पठाइएको इलाका प्रहरी कार्यालय सोतीपसलका सई गणेश साउदले बताए ।

बालिकालाई पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार गराएपछि स्वास्थ्य रिपोर्टका आधारमा प्रिन्सीपलविरुद्व मुद्वा दर्ता गरी कारवाही अगाडि बढाइएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।

बयानका क्रममा प्रिन्सीपल ओझाले बालिका बलात्कारको घटना स्वीकारेको उनले जानकारी दिए । annapurnapost.com

एजेन्सी । एक बालिकाले आफ्नो मृत्यु देखेर नै अन्तिम इच्छा परिवारलाई सुनाएकी छिन् । तर, नभन्दै ती ७ वर्षकी नाबालिकाको टाइफाइडका कारण ज्यान गयो ।
मर्नुभन्दा पहिला यी बालिकाले दुई जनाको अध्यारो जि़न्दगीमा खुसी ल्याएकी थिईन् । खबर अनुसार कृष्णबाग कलोनी निवासी सांईनाथ वाडेकरकी छोरी भाव्यालाई टाइफाइड रोग लाग्यो ।

भाव्याको उपचार थुप्रै अस्पतालमा गरियो तर कुनै फरक आएन् । अन्ततः टाइफाइडका कारण शुक्रबार भाव्याको मृत्यु भयो ।
पत्रकारहरुसँग कुराकानी गर्दै बालिकाका पिता सांईनाथ वाडेकरले भाव्यालाई टाइफाइड भएको भएको बताए । उपचारका लागि उनलाई भवन अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा केही सुधार आएपछि दुई दिन पहिला बुधबार उनलाई अस्पतालले छुट्टी दिएको थियो । एक दिन बेलुका अचानक भाव्याको स्वास्थ्य अवस्था विग्रियो । त्यसपछि दोस्रो पटक जब भाव्यालाई उपचारका लागि अस्पताल लगियो ।
1उपचारका लागि अस्पताल जाँदै गर्दा बाटोमा उनले आफ्ना बुवालाई भनेकी थिईन-‘बाबा यदि म यो संसारमा रहिन भने मेरा आँखा दान गरिदिनु ।’ उनले आफ्ना बाबुलाई आफ्नो यो सपना अनिवार्य पूरा गर्न आग्रह गरिन् । बावु वाडेकरले छोरीको कुरा सुनेर आँसु थाम्न सकेनन् । र छोरीलाई अंगालो हाल्दै त्यस्तो कुरा नगर भन्दै सम्झाए ।
वाडेकरका अनुसार भाव्यालाई जब अस्पतालमा लगेर उपचार थालियो तब डाक्टरले धेरै कोशिश गरे तर, उनलाई बचाउन सकिएन् । वाडेकरलाई छोरीको मृत्यु खबर डाक्टरले सुनाएपछि उनले तुरुन्त उनको आँखा कुनै अन्धो मान्छेलाई दान गर्ने फैसला गरे । भाव्याको आँखा अब दुई जना अन्धा मानिसलाई दिने तयारी अस्पतालले गरेको छ । सोमबार भाव्याका आँखा दुई जनालाई दान गर्न अप्रेशन गरिँदैछ । मरेर पनि अब भाव्याले आफ्ना आँखाबाट संसार देख्न पाउनेछिन् ।
dainiknepal.com
आन्दोलनमा दश सुरक्षाकर्मीसहित २९ जना मारिए
काठमाडौँ : सीमाङ्कनप्रति विरोध जनाउँदै तरार्इ-मधेसमा भएका हिंसात्मक घटनामा १० सुरक्षाकर्मीसहित २९ जनाको मृत्यु भएको सरकारले जनाएको छ ।

व्यवस्थापिका–संसद्को आइतबारको बैठकमा मुलुकको शान्ति सुरक्षा र तराई–मधेसको स्थितिबारे सदनलाई जानकारी गराउँदै उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले सुरक्षा कारबाहीमा १७ र बाटो हिँडेका दुई आन्दोलनकारी आक्रमणमा मारिएका बताए।

'दुईवर्षे दूधे बालकलाई गोली हानेर मार्नेदेखि सुरक्षाकर्मीलाई ज्यूँदै आगो लगाएर मार्नेसम्मका नेपालको इतिहासमा नभएका बर्बर एवम् अमानवीय आक्रमणका घटना भए', गौतमले भने, 'त्यस्ता ब्रबर घटनाको जति निन्दा गरे पनि कम हुन्छ ।'

सुदूरपश्चिम, मध्यपश्चिम, मध्यमाञ्चल र पूर्वाञ्चलका तराई क्षेत्र तथा जुम्ला, कैलालीको टीकापुर, बर्दिया, रौतहट, बारा, पर्सा र सप्तरीमा आन्दोलन शान्तिपूर्ण भए पनि केही स्थानमा अराजक र हिंसात्मक घटना भएको उनले बताए ।

उनले सरकारी तथा सार्वजनिक सम्पत्ति तोडफोड, प्रहरी चौकीमा आक्रमण, सरकारी कार्यालय, व्यक्ति र संस्थाका सवारी साधनमा आगजनीलगायत हिंसात्मक गतिविधि हुन नदिन सुरक्षाकर्मीले बारम्बारको प्रयास असफल भएपछि बाध्य भई गोली चलाउनुपरेको स्पष्ट पारे ।

'आन्दोलनकारीले निषेधाज्ञा तोड्ने, प्रहरीलाई गोली हान्नेजस्ता गतिविधि गरे', गौतमले भने, 'शान्ति, सुव्यवस्था कायम गर्न प्रहरीले बाध्यात्मक परिस्थितिमा आत्मरक्षा तथा जनताको जीउधनको सुरक्षाका लागि कारबाही गर्नुपरेको हो ।'

आन्दोलन अत्यन्त अराजक र हिंसात्मक बन्दै गएपछि त्यस्ता गतिविधि हुन नदिन सरकार दृढ रहेको बताउँदै उनले शान्तिपूर्ण आन्दोलनबाट विमुख नहुन अनुरोध गरे ।

'अहिलेको समस्या राजनीतिक भएकाले त्यसको समाधान पनि राजनीतिक रुपमै गर्नुपर्छ', उनले भने, 'सङ्घीयताका नाममा मुलुक दलदलमा फस्न लागेको हो कि भन्ने चिन्ता जनतामा पर्न थालेको छ ।' रासस
www.annapurnapost.com
हेटौंडा : एक वर्षअघि रौतहटको चन्द्रनिगाहापुरस्थित एसबीआई बैंकबाट २० लाख रुपैयाँ लुटेर फरार मकवानपुरको हाँडीखोला गाविस–४ का कौशल भन्ने सन्तकुमार थिङ पक्राउ परेका छन् ।

२०७१ मंसिर २ गते चन्द्रनिगाहपुरस्थित एसबीआई बैंकबाट २० लाख रुपैयाँ निकालेर आईडी बैंकले लैजान लागेको अवस्थामा हतियारधारी समूहले लुटेको थियो ।

चन्द्रनिगाहापुरस्थित एसबीआई बैंकबाट ईन्फास्ट्रक्चर डेभलपमेन्ट बैंक लिमिटेडका वरिष्ठ सहायक उज्ज्वल रिजालले २० लाख रुपैयाँ नगद झिकेर लैजाने क्रममा थिङले गोली प्रहार गरी लुटेका थिए ।

रिजालले आईडी बैंकका सुरक्षा गार्ड तेजबहादुर कार्कीलाई झोलामा नगद बोकाएर बैंकबाट निस्कन लागेको अवस्थामा उनीहरुमाथि गोली प्रहार भएको थियो ।

थिङलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले शनिबार बसामाडीबाट पक्राउ गरेको मकवानपुरका प्रहरी प्रबक्ता डीएस्पी शिशु शर्माले जानकारी दिएका छन् ।

मकवानपुर प्रहरीले आवश्यक अनुसन्धानका लागि थिङलाई आइतबार ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुर पठाइएको प्रवक्ता शर्माले बताए । www.annapurnapost.comf
भदौ, २० कोहलपुर । शुक्रबार दिउँसो मधेसी मोर्चाका आन्दोलनकारीले ढुंगा प्रहार गर्दा मृत्यु भएका नौबस्ताका करण सिंहको शव शनिबार मध्यराती शव नेपालगन्ज ल्याइएको छ ।

शनिबार दिनभर कोहलपुरमा हत्याको विरोधमा प्रर्दशन भएपछि मध्यराती शंव पोष्टमार्टमका लागि नेपालगन्ज ल्याइएको हो । हत्याको विरोधमा भएको प्रदर्शन नेपालगन्ज आउन थालेपछि प्रहरीलाई रोक्न हम्मेहम्मे परेको थियो ।

ठूलो मात्रामा प्रहरी, सशस्त्र प्रहरी परिचालन गरेर हत्याका विरोधमा उत्रिएका सर्वसाधारणलाई नेपालगन्ज आउन दिइएको थिएन । नेपालगन्जको विभिन्न क्षेत्रलाई प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । निषेधित क्षेत्रमा समूहमा भेला हुन, सभा प्रदर्शन गर्न पूर्ण रुपमा रोक लगाइएको छ ।

सुरक्षालाई मध्यनजर गर्दै करणको शव मध्यराती पोष्टमार्टमको लागि भेरी अञ्चल अस्पताल नेपालगन्ज ल्याइएको हो ।
www.etajakhabar.com
भक्तपुर, भदौ २० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विखण्डनकारी शक्तिले मुलुकलाई चोइटाउने खेल खेलीरहेको दावी गरेका छन् ।

आइतबार भक्तपुरमा वास्तुटोल सुधार समितिको पाँचौ साधारणसभामा बोल्दै नेता ओलीले मुलुकलाई आमा भएको इगींत गर्दै आमालाई मार्छु, टुक्राउँछु भन्ने कुनै पनि षडयन्त्रकारीको सपना आफुले पुरा हुन नदिने उनको तर्क थियो ।

भदौ मसान्त भित्र संविधान जारी हुने बताउँदै ओलीले संविधान जारी गर्ने मिति फेरी पनि पर सारेर देशमा उपद्रो मच्चाउने षडयन्त्र भईरहेको दाबी गरे ।

भोली भोली भन्दा भन्दै हाम्रो संबिधान बनाउने डेडलाइन ८ बर्ष सम्म धकेलिएकाले अब पनि ढिला गर्न नहुने उनको तर्क थियो ।

ओलीले ‘अहिले संविधान जारी हुन नदिन ठुलै चलखेल भइरहेको भन्दै त्यस्तालाइृ आफुहरुले जनाताको संविधान दिएर गतिलो झापड दिने समेत बताए ।
www.etajakhabar.com
गोरखा, भदौ २० । भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक गाउँका विद्यार्थी बिरामी भएका छन् । यहाँ एकपछि अर्को विद्यार्थी बिरामी परेको हिमालय उच्च माध्यमिक विद्यालयका शिक्षक रामकुमार घलेले जानकारी दिनुभयो । हिमालय उमाविमा अध्ययनरत १५ जनाभन्दा बढी विद्यार्थी बिरामी भएका हुन् ।

विगत एक सातादेखि विद्यार्थी बिरामी हुने समस्या देखिएको शिक्षकको भनाइ छ । पढिरहेको अवस्थामा विद्यार्थी बेहोस हुने समस्या देखापरेको हो । छात्रामा बेहोस हुने समस्या देखापरेको र एकै विद्यार्थी पटकपटक बेहोस हुने गरेको शिक्षक घलेले बताउनुभयो । अहिलेसम्म कक्षा १० मा पढिरहेकी दिलकुमारी गुरुङ, कोपिला गुरुङ, कक्षा १२ मा पढिरहेकी अञ्जु गुरुङलगायत विद्यार्थीमा बेहोस हुने समस्या देखापरेको छ ।

“गत आइतबार पहिलोपटक विद्यार्थी बेहोस भएका थिए,” उहाँले भन्नुभयो – “त्यसपछि लगातार विद्यार्थी बेहोस हुने क्रम बढ्यो ।” भूकम्पपछि बढेको मानसिक तनावले गर्दा बेहोस हुने बिरामी बढेको हुनसक्ने अनुमान गरिएको छ ।

बिरामी विद्यार्थीलाई स्थानीय स्वास्थ्य चौकीमा उपचार गरी घर लगिएको छ । अर्का शिक्षक जनी घलेका अनुसार सन्तुलित भोजनको अभावले गर्दा महिला तथा विद्यार्थी छात्रामा शारीरिक समस्या देखिएको हो ।

उहाँले भन्नुभयो – “पालमुनिको बास छ । पोषणयुक्त खाना खान पाएका छैनन् । भूकम्पपछि दुई छाक खाना खान नपाएका विद्यार्थी पनि छन् ।”

विद्यार्थी लगातार एकदेखि दुई घन्टासम्म बेहोस हुने गर्छन् । “धेरै विद्यार्थीको आँखामा आँसु देखिन्छ,” उहाँले भन्नुभयो, “भूकम्पअघि हँसिला विद्यार्थी अहिले उदास र निराश देखिन्छन् ।” भूकम्पले घर भत्किएको, परिवार, आफन्तजनको निधन भएको, किताबकापी पुरिएको जस्ता अनेकखालका तनावका कारण पनि विद्यार्थीको आत्मबल कमजोर भएको हुनसक्ने शिक्षक अनुमान गर्छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाका प्रमुख महेन्द्रध्वज अधिकारीले समस्या समाधानका लागि चिकित्सकको टोली परिचालन गरिएको बताउनुभयो । मानसिक समस्याका कारणले गर्दा बेहोस हुने समस्या देखिएको भन्दै अधिकारीले मनोपरामर्शदाता खटाएको जानकारी दिनुभयो । यसअघि बारपाकमा फैलिएको कमलपित्त रोग नियन्त्रणमा आएको बताइएको छ ।
www.etajakhabar.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home