• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
२०७२ असार ८ गते


काठमाडौं, ८ असार । अन्तर्राष्ट्रिय उडान अन्तर्गत गन्तव्यमा गइरहेका दुई विमान अपहरणमा परेका छन् ।
रसिया क्षेत्रको आकाशमा उडिरहेका दुई वटा विमान अपहरण भएको अन्तरार्ष्ट्रिय सञ्चार संस्था सिन्ह्वाले जनाएको छ ।
अपहरितमध्ये एउटा दुर्घटनाबीच अवतरण भएको र अर्को हराइरहेको रसियाली समाचार एजेन्सी तासलाई उदृत गर्दै सिन्ह्वाको आधिकारिक ट्विटर ह्यान्डलले जनाएको छ । विमान रसियाको त्योमेन क्षेत्रको आकाशबाट अपहरणमा परेका हुन् ।
एउटा जहाज अवतरणमा क्रममा दुर्घटनामा परेको छ । भने, अर्काे जहाज अहिले सम्म फेला परेको छैन् । हराइरहेको विमानको खोजी भइरहेको जनाइएको छ । ती विमानमा ६ सय भन्दा बढी यात्रु सवार रहेको बताइएको छ । एजेन्सी
स्रोत - दैनिक नेपाल
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

काठमाडौं । चलचित्र ‘दिदी’मा दिदीको भुमिकामा थिईन् मिथिला शर्मा र भाईको भुमिकामा थिए सरोज खनाल ।
चलचित्रमा दिदीभाई विच लामो समयसम्म भेट हुन नसकेको प्रसंग पनि थियो । उक्त दृष्यको सुटिङ गर्दै गर्दा मिथिलाले कहिल्यै सोचेकी थिईनन् सिनेमामा भाई बनेका सरोजसँग भेट हुन दुई दशक कुर्नु पर्ला । तर, भयो त्यस्तै ।
क्यान्सरसँग सम्बन्धित गीतको सुटिङमा दिदी भाई बनेर प्रस्तुत भएका सरोज र मिथीला दुबैले हिसाब गरे- रिल लाईफमा दिदी भाई बनेको कति भयो भन्दै ।
‘ठ्याक्कै २२ वर्ष पूरा भएछ मिथिला शर्माले अनलाइनखबरसँग भनिन् । सरोज खनाललाई रियलमा पनि भाईजस्तै मान्ने मिथिलाले लामो समयपछि सँगै काम गर्न पाउँदा माईतीवाट न्यास्रीएकी चेलीले माईतीलाई भेटेजस्तै भएको बताईन् । त्यसो त सरोजले पनि दिदी नै भेटेको अनुभव गरे ।
सरोज अमेरिका गएपछि मिथिला र सरोजले एउटै फ्रेममा काम गर्न पाएका थिएनन् । तर, सरोज नेपाल आएको बेला मिथिलासँग सम्पर्क चाँही गर्थे । ‘सामान्य भेटघाट भए पनि यसरी काम गर्न पाएका थिएनौं ।’ उनले भनिन् ।
‘म मर्न हैन, गर्न आएको’ भन्ने सरोज खनाललाई नेपाल आएको साता नबित्दै विभिन्न म्युजिक भिडियो, विज्ञापन र फिल्मवाट प्रस्ताव आउन सुरु गरेको छ ।
www.onlinekhabar.com
काठमाडौं । अहिले अमेरिकामा रहेकी नायिका रेखा थापाले नेपालमा हुने कुनै पनि फिल्मी अवार्डमा रेखा फिल्म्सवाट निर्मित सिनेमाले भाग लनिने घोषणा गरेकी छिन् ।
आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै उनले भनेकी छिन् ‘नेपालमा चीनजान, आफन्त र सोर्स फोर्समा अवार्ड दिने परम्पार भएकाले त्यस्ता अवार्डको कुनै मुल्य हुँदैन ।’
अवार्ड आयोजकले मनपरी शैलिले अवार्ड प्रदान गरेका कारण वर्षका कतिपय हिट फिल्म अवार्डमा सहभागी नभएको उनको भनाई छ । उनको भनाई अनुसार आयोजकले मनपरी अवार्ड वितरण गर्दा सच्चा कलाकार, निर्माता, निर्देशकको अपमान भएको ठहरिन्छ ।’
निजी र सरकारी अवार्डमा पहुँच पुग्न छाडेपछि रेखा अवार्ड आयोजक संस्था बिरुद्ध क्रुद्ध हुन थालेकी छिन् । गत वर्ष चलचित्र ‘झोला’वाट गरिमा पन्तले अवार्ड पाउँदा पनि रेखाले गरिमालाई अभिनय गर्नै नआउने हिरोईन भन्दै टिप्पणी गरेकी थिईन् ।
www.onlinekhabar.com
भारतमा किनेको भिसा हङकङमा समातियो
काठमाडौं: जीवनभर कमाएको रकम खर्चिएर अमेरिका हिँडेका व्यक्तिको प्रवेशाज्ञा (भिसा) बीच बाटोमा नक्कली ठहरियो भने कसको होस नउड्ला र? यस्तै भयो बागलुङका गोपालप्रसाद सापकोटालाई।

घरपरिवारसँग अमेरिका जान बिदा भएर हिँडेका सापकोटा हङकङ विमानस्थलबाटै फर्कनुपर्‍यो।

हङकङ अध्यागमनले सापकोटाको राहदानीमा लागेको अमेरिकाको भिसा नक्कली भएको भन्दै उनलाई फर्काइदिएको हो। त्यहाँ फर्काइएपछि उनी अध्यागमन विभागको हिरासतमा छन्।

अमेरिका जान २६ लाख रुपैयाँ खर्चिएर लिएको भिसा नक्कली ठहरिएपछि उनी होसहवास उडेजस्तै भएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यामगन अधिकृतले उनको राहदानीमा सक्कली भिसा भन्दै पठाए पनि हङकङ विमानस्थलले भिसा नक्कली ठहर्‍याएको हो।

विगत नौ दिनदेखि अध्यामगन विभागको हिरासतमा रहेका सापकोटा छुट्नका लागि कानुनी लडाइँ लडिरहेका छन्।

अध्यागमन विभागका निर्देशक टेकराज ज्ञवालीले सापकोटाको फाइल अध्ययनकै क्रममा रहेको बताए।

उनले भने, 'कानुन व्यवसायीले फाइल हेर्दैछन्। फाइलको अध्ययन सकिएपछि उचित निर्णय लिन्छौं।

त्रिभुवन विमानस्थल अध्यामगन कार्यालयका कर्मचारीले जुन १२ मा सापकोटाको भिसामा प्रस्थान अनुमति दिएका थिए।

विमानस्थल अध्यागमनमा भिसा नक्कली हो या सक्कली भनेर छुट्ट्याउने यन्त्रसमेत छ।

भिसा रिडेबल मेसिनले विमानस्थलमा सापकोटाको भिसा रिड नगरे पनि अध्यामगनका कर्मचारीले पठाएको स्रोतले बतायो।
घरपरिवारसँग अमेरिका जान बिदा भएर हिँडेका सापकोटा हङकङ विमानस्थलबाटै फर्कनुपर्‍यो। हङकङ अध्यागमनले सापकोटाको राहदानीमा लागेको अमेरिकाको भिसा नक्कली भएको भन्दै उनलाई फर्काइदिएको हो। त्यहाँ फर्काइएपछि उनी अध्यागमन विभागको हिरासतमा छन्।
विमानस्थल अध्यागमनका एक अधिकृतले भने, 'भिसा रिड नगरे पनि सापकोटालाई प्रस्थान अनुमति दिनु शंकास्पद देखिएको छ।

उनी फर्किएपछि पनि हामीले भिसा जाँच गर्दा मेसिनले रिड गरेन।'

सापकोटा फर्किएपछि भने अध्यागमनका अधिकृतले उनको भिसा नक्कली भएकै ठहर्‍याए। उनले भारतीय सेनामा रहँदा कमाएको रकम अमेरिका जान खर्चिएका थिए।

नेपालबाट अमेरिका पठाउने व्यक्ति नपाएपछि भारतको नयाँदिल्ली पुगेका सापकोटाले २६ लाख खर्चिएर अमेरिकाको भिसा लगाएका थिए।

सापकोटाको नयाँदिल्लीमा भारत गोरखपुर घर भएका अनिल कुमारसँग भेट भयो। आपसी सहमतिपछि अनिल कुमारले भिसा पक्का गरे।

अमेरिकाको भिसाका लागि सापकोटाले अनिल कुमारलाई २६ लाख नेपाली रुपैयाँ बुझाए।

भिसा लाग्नुअघि केही रकम 'एडभान्स' दिएका सापकोटाले भिसा लागेपछि थप रकम बुझाएका थिए।

अनिल कुमारले सापकोटाको राहदानीमा गत वैशाख २९ गते ५ वर्षका लागि अमेरिकाको भिसा लगाइदिएका थिए। सापकोटाले परराष्ट्र मन्त्रालयबाट ०७७८०३१९ नम्बरको राहदानी लिएका थिए।
www.annapurnapost.com
क्वालालाम्पुर: रोजगारीका लागी मलेसिया आएका उदयपुरका एक युवाको सुतेकै अवस्थामा मृत्यु भएको छ।

मलेसियाको मल्लका सेन्टरमा कार्यरत उदयपुर कटारी ५ ददारियाका राजु बुढाथोकीको शव आइतबार बिहान उनका साथीले ओछ्यानमा फेला पारेका हुन।

ड्युटी जान लाग्दा समेत राजु नउठेपछी हेर्दा राजुको मृत्यु भइसकेको उनका साथीले जानकारी दिएका छन्।

मृतकका छिमेकी कुमार गौतमका अनुसार उनी दाना बनाउने कम्पनीमा १३ महिनादेखि काम गर्दै आएका थिए।

उनको शवलाई पोसमार्टम गर्न स्थानीय अस्पतालमा राखिएको छ।पोष्टमार्टम रिपोर्ट आएपछि मृतक बुढाथोकीको शव नेपाल पठाउने  उनी कार्यरत  कम्‍पनीले जनाएको छ।
annapurnapost.com
स्यामसुङ् मोबाइल को ब्याट्रीको कभर भित्र को कालो चिप्स
को वास्तबिक कार्य के हो एक पल्ट् बुझ्ने पनि हो कि !!
फोटो मा देखाएको चिप्स नै अहिले सामाजिक सन्जालमा
भाईरल भनेको चिप्स हो ल आउनुहोस् हामी यस्को काम केहो हामी बिस्त्रित रुपमा बुझौ !
यो चिप्स लाई एन एफ सि (NFC) चिप्स भनिन्छ जुन अहिले को नयाँ प्रबिधि युक्त मोबाइल को ब्याट्रि मा राखिएको हुन्छ ! हामीले मोबाइल मा एन एफ सि (NFC)नामक सफ्ट्वेर पनि भेट्न सक्छौ जस्को काम नजिकै भएको मोबाइल बिच सजिलो सँग बिभिन्न डाटा हरु र २ फोन बिच कुनै इन्टर्नेट र अन्य प्रबिधी बिना एक अर्कालाई जोड्ने एउटा नयाँ अनी सरल माध्यम हो जस्को काम यो चिप्सले गरिराखेको हुन्छ ! साथै यो चिप्स मा हामीले चार्जमा हालेको फोन फुल चार्ज भए पछी आँफै
ब्याट्रिलाइ नियन्त्रण गर्ने अनी बिधुतिय अर्थिङ को रुपमा
मोबाइल लाई र ब्याट्रि लाई बचाएर राखेको हुन्छ यदी हामीले कसैको लहै लहै मा लागि एस्ता चिप्स हरु निकाल्दा मोबाइल को ब्याट्रि र कार्य क्षमता मा ह्राश आउन सक्छ जस्ले गर्दा तपाईंले हजारौ खर्च गरेर किनेको मोबाइल वा ब्याट्रि काम नलाग्ने हुन सक्दछ त्यसैले सोसिएल मिडियामा आएका एस्ता हल्ला को पछी लाग्नु पूर्व एक पल्ट् नजिकै को मोबाइल बनाउने दक्ष ब्यक्ती सँग परामर्श लिएर मात्र केही गर्नु होला हामीले सुने झै अनी सोचे झै यदी स्यामसुङ् वा कुनै मोबाइल कम्पनी लाई हाम्रो ब्यक्तिगत विवरण हरु चोरि गर्ने मनासय हुने हो भने मोबाइल भित्र कै कुनै ठाउँ मा त्यस्लाई राख्न सक्छ ब्याट्रिमा राख्नु पर्ने जरुरत रहदैन ! यदी हजुर हरुलाई मेरो कुरामा विश्वाश लागेन भने गुगल मा गएर Where is NFC Chips In Mobile Battery भनेर सर्च गर्न सक्नुहुन्छ ! कृपया बुझ्दै नबुझी धेरै मानिसले मोबाइल बाट यस्ता चिप्स हरु निकालिरहेका छन त्यसैले यो सुचनालाई सक्दो सेयर गरेर आफ्नो साथी भाई अनी आफन्त को वाल सम्म पुराउन सहयोग गर्नु होस् जस्ले गर्दा कसैले ब्याट्रि भित्र को NFC चिप्स लाई जासुसी गर्ने चिप्स सम्झेर हटाउदा मोबाइल को ब्याट्रि लाई गुमाउन नपरोस !
दोलखा, ७ असार । लामाबगर गाविस–३, तल्लोटोलमा नेपाली सेनाको आधार शिविर रहेको स्थानमा सुक्खा पहिरो जाँदा तामाकोसी आयोजनाको सुरुङ बनाउन प्रयोग हुने जिलेटिन विस्फोट भएको छ ।
आज बिहान ११ः३० बजे सुक्खा पहिरो जाँदा कन्टेनरमा भएको जिलेटिन पड्केको हो । पहिराको कारण ब्यारेक पुरिँदा त्यहाँ रहेका नौ नेपाली सैनिक सामान्य घाइते भएका छन् । सो घटनाको सैनिक प्रवक्ता जगदीश पोखरेलले पुष्टि गर्नुभएको छ । विस्फोटको आवाजले नजिकै रहेको प्रहरीको कार्यालय र केही स्थानीयवासीको घरको सिसा फुटेको बताइएको छ ।
विस्फोटबाट नेपाली सेनाको अस्थायी आधार शिविर पूर्ण रुपमा क्षति हुनाका साथै नजिकै रहेको भारतीय ठेकेदारको शिविर पनि पुरिएको छ । कति टन जिलेटिन विस्फोट भएको हो भन्ने यकिन तथ्याङ्क आउन बाँकी रहेको प्रहरीले जनाएको छ । नजिकै रहेको डिभिजन सडक कार्यालयको जिलेटिन भने सुरक्षित स्थानमा सारिएको बताइएको छ ।
पानी परेर जाने पहिरासँगै सुक्खा पहिराको पनि त्यत्तिकै भएको प्रजिअ देवेन्द्र लामिछानेले बताउनुभयो । स्थानीय विकास अधिकारी रेशमलाल कँडेलले तत्काल पुनःस्थापना गर्न सुरु गर्नुपर्नेमा जोड दिनुभयो ।
आजै भीमेश्वर नगरपालिका–१३ साखिने नजिकै पहिरो जाँदा करिब आठ घन्टा सडक अवरुद्ध भएको थियो । डोजर लगाएर अस्थायी रुपमा बाटो खुलाइए पनि सडक जीर्ण भएको स्थानीयवासी हरिबोल बस्नेतले बताउनुभयो । यता डिभिजन सडक कार्यालय दोलखाले वर्षात् समयलाई हेरी सडक पुनः सञ्चालन गर्न ठूला उपकरण ल्याएर कार्यालय परिसरमा राखिएको जनाएको छ । रासस
dainiknepal.com
मानिस नचाहिने कुराको विषयमा जति कम सोंच्छन् र जति कम बोल्छन् जीवनमा त्यति शान्ति हुन्छ । सुखी र शान्त रहन ब्यर्थका सोंच र बोली त्याग्नु पर्ने दार्शनीकहरु बताउँछन् । शास्त्रमा बोलीबाट समेत पाप हुने उल्लेख गरिएको छ । बोलीबाट हुने पाप के के हुन् ? थाहा पाउनुस् ।

१ निद्रा विथोल्नु र चुकली लगाउनु
कुनै पनि ब्यक्ति सुतेको समयमा बोलेर निद्रा विथोल्नु बोलीबाट हुने पाप हो । त्यसैगरी निद्रा विथोल्ने र कसैको विषयमा चुकली लगाउने काम बोलीबाट हुने पापमा पर्ने शास्त्रमा उल्लेख छ । सम्बन्धमा रहँदा नमिठो बोल्नु र कसैलाई बोलीबाट चित्त नदुखाउनु बोलीबाट हुने धर्म भनिएको छ ।


२ रुखो बोली

कतिपय ब्यक्तिको स्वभाव रुखो हुन्छ । रुखो स्वभावका ब्यक्तिको बोली पनि रुखो र नमिठो हुन्छ । कसैलाई पनि आफ्ना रुखो बोलीले चित्त दुखाउनु पाप भएको शास्त्रमा उल्लेख छ । सके सम्म बोल्दा मिठो र मधुर बोली बोल्नुस् ताकि तपाइँको बोलीले कसैको चित्त नदुखोस् । उस्तो कुरलाई समेत मिठो ढंगबाट भन्न सकिन्छ सके सम्म मिठो बोलीको प्रयोग गर्नुस् ।


३ झूटो बोल्नु

झुटो बोल्नु आफैमा पाप हो । झुटो बोलीले शुरुमा सुःख शान्ति दिएपनि त्यसले प्रकारान्तमा दुःख र तनाव मात्र दिन्छ । झुटो बोलेर अरुलाई छल्नु पाप मानिन्छ । यो पनि बोलीबाट हुने पाप हो । एक पटक झुट बोल्दा पटक पटक त्यसलाई ढाक्नका लागि झुट बोल्नु पर्ने हुन्छ तसर्थ झुट नबोल्नुस् ।


४ ब्यर्थका कुरा गर्नु

ब्यर्थका कुरा गर्नु अर्थात बकबास गर्नु पनि पाप मानिएको छ । नचाहिने कुरा गरेर समय बर्बाद गर्ने र अरुको समय समेत बर्बाद गरिदिने क्रियालाई पाप भनिएको छ । नचाहिने कुरा गर्दा अरुलाई कष्ट हुने भएकाले पनि यस्तो गर्नुलाई शास्त्रमा पापको श्रेणीमा राखिन्छ । सँधै ख्याल गर्नुस् आफूले बोलेका कुराले अरुलाई डिस्टर्ब हुने वा दुःख हुने काम नहोस् ।
लण्डन :  ४ सय १२ केजीका एक ब्रिटेन नागरिकको अत्याधिक मोटोपनको कारण ३३ बर्षको उमेरमै मृत्यु भएको छ ।

अनियन्त्रित रुपमा मोटाउदै गएका कार्ल थाँम्पसन नाम गरेका ती पुरुषले दैनिक १० हजार क्यालोरी खानाको माध्यमबाट लिदै आएका थिए ।

मोटोपनका कारण आइतबार अल्पायूमै ज्यान गुमाएका थाँम्पसनको शव घरभित्रबाट निकाल्न प्रहरी, एम्बुलेन्स र दमकलको टोलीलाई घण्टौ लागेको समाचारमा बताइएको छ ।

अत्याधिक खाना खान रुचाउने थाँम्पसनलाई तौल घटाउन परिवारले गरेको आग्रह अस्विकार गर्दा अन्तत उनले ज्यान नै गुमाउनु परेको बताइएको छ ।
annapurnapost.com
मुम्बई । बलिउड अभिनेता सलमान खान सुपरस्टार भएर पनि बेलाबेलामा चर्चा र विवादमा आइरहन्छन् । पछिल्ला केही वर्षदेखि परेका ठूला संकटहरुका कारण उनी हैरानीमा पर्दै आएका छन् ।
सन् २००२ को ‘हिट एण्ड रन केस’ १९९८ को शिकार काण्डका कारण तनावमा पर्दै आएका सलमानलाई फेरि अर्को ठूलो मुद्दा लागेको छ ।
उनीमाथि फिल्म ‘वीर’ का प्रोड्युसर विजय गलानीले २५० करोडको मानहानीको मुद्दा दर्ता गराएका छन् । गलानीका अनुसार सलमानकै सुझावमा बन्न लागेको उक्त फिल्मका लागि उनले सलमानलाई १० करोडमा हस्ताक्षर गराएका थिए ।
उनले आफ्नो करियरमा पहिलो पटक यति ठूलो रकम लिएका थिए । त्यसबेला उनले ७–८ करोडमा काम गर्थे ।
फिल्ममा सलमानले पनि खुसी साथ काम गरेका थिए र फिल्म हिट भएमा सलमानलाई १५ करोड दिने सहमति बनाइएको थियो ।
तर फिल्म फ्लप भएपछि गलानीले मार्च २०१० मा सलमानले आफ्नो अफिसको लेटरप्याडमा सहमति हेर्न माग गर्दै पत्र आयो ।
सलमानले सो समयमा सबै सहमति ‘सिने एण्ड आर्टिस्ट्स एसोसिएशन’ पुर्‍याएर धेरै रकम मागेका थिए तर फैसला गलानीको पक्षमा भयो ।
त्यसपछि सलमानले ‘फेडरेशन अफ वेस्टर्न इण्डिया सिने एसोसिएशन’ को ढोका समेत पुगेपनि गलानीले फिल्ममा नाफा नभएको देखाएका थिए ।
अदालतले सलमानका प्रतिनिधि बोलाएर मुनाफा नभएपनि कुन आधारमा बढी रकम मागेको भन्नेबारेमा समेत सोधेको थियो ।
सोही क्रममा प्रोड्युसर गलानीले मानसिक झमेला झेल्नु परेको भन्दै सलमान विरुद्ध २५० करोडको मानहानीको मुद्दा दर्ता गराएका हुन् ।
www.nepalsandesh.com
“ताराहरूको अवलोकन गर्नेहरूको लागि यो हप्ता रोचक हुनेछ!”

सन् २०१५ जुनको यी अन्तिम दिनहरूमा आकाशमा देखिने दुईवटा चम्किला ग्रहहरूले रोचक प्रदर्शनी गर्नेवालामा छन्। जुन १ देखि वृहस्पति र शुक्र ग्रहहरू एक-आपसको नजिक आइरहेका छन् र जुन ३० को रातिमा दुवै ग्रह एकैठाउँमा देखिनेछन्। सन् २०१६ को अगस्ट सम्ममा जुन ३० को रात यी ग्रहहरू सबैभन्दा नजिक हुनेछन्।

अझै बढी रोचक कुरा त यो हेर्न हामीलाई दुर्बिन तथा टेलिस्कोपको आवश्यकता पर्दैन। यिनीहरू यति चम्किला हुन्छन् कि हाम्रो नाङ्गो आँखाले पनि त्यो मनमोहक दृश्य देख्न सक्नेछौँ। अझै कुनै बेला त दिनको उज्यालोमा पनि देख्न सकिनेछ र यो क्रियाकलाप संसारको जुनसुकै ठाउँबाट पनि हेर्न सकिन्छ। यसको लागि सूर्य अस्ताएपछि पश्चिम तर्फको आकाशमा हेर्नुपर्दछ।

तर यदि तपाईँहरूसँग टेलिस्कोप छ भने उक्त दृश्य अझै मनमोहक देखिने छ। नासाका वैज्ञानिकहरू भन्छन्- “राम्रोसँग नियालो भने वृहस्पतिलाई आफ्नै चन्द्रमाहरूले घेरेको र शुक्रलाई अर्ध चन्द्राकारमा देखिनेछ।”

तलको चल्ने चित्रमा अब आउने रातमा ती दुई ग्रहहरूको चाल देखाएको छ-

याद गर्नुपर्ने कुरा के हो भन्दा यी दुइ ग्रहहरू नजिक आएका भने पक्कै पनि होइनन्, यिनीहरू अझै पनि  ८०० मिलियन किलोमिटरको दुरीमा उपस्थित छन्। तर यिनीहरूलाई पृथ्वीबाट हेर्दा सँगै देखिएको मात्रै हो। वृहस्पति ग्रह शुक्र ग्रह भन्दा सानो देखिन्छ किनभने सूर्यबाट शुक्र ग्रहभन्दा वृहस्पति ग्रह टाढाको दुरीमा रहेको हुन्छ।

जब यी दुई ग्रहहरू पृथ्वीको आकाशमा एक-आपसबाट गुज्रिँदै जान्छ तर तिनीहरू एउटा ठूलो ताराजस्तो देखिन्छ। यो प्रक्रिया अमेरिकी क्षेत्र र पश्चिमी भागमा जुन ३० को रातमा हुनेछ भने अस्ट्रेलिया र पुर्वेली भागमा जुलाइ १ मा देखिनेछ। यो रातमा ती दुई ग्रहलाई हाम्रो कान्छी औँलामा नै सँगाल्न सक्नेछौँ।www.nepaliheadlines.com
काठमाण्डु, ७ जेठ– पूर्वयुवराज पारस साहले थाई पे्रमिका कन्निकाले आफ्नोबारे दिएको अभिव्यक्ति गलत भएको बताएका छन् । सामाजिक सञ्जाल फेसकुबमार्फत पारसले आफ्नो वैवाहिक स्थितिबारे कन्निकाले अनभिज्ञता जनाउनुलाई आश्चर्यका रुपमा लिएका हुन् ।
कन्निकाले पारस नेपालका पूर्वयुवराज भएको र उनी विवाहित भएकोबारे थाहा नपाएको बताएपछि पारसको यस्तो भनाइ बाहिर आएको हो । कन्निकाले पारसबारे केही थाहा नपाउँदा गल्ती भएको भन्दै नेपालीसँग क्षमायाचना गरेकी थिइन् । पारसलेराजनीतिक र चरित्र हत्या गर्ने उद्देश्यका साथ समाचार आएको दाबी गरेका छन् । ‘सञ्चारमाध्यममामेरोबारे बारम्बार समाचारआउँदार४वर्षसँगैबिताउँदा परिवारबारेथाहाथिएन भन्नु सत्य होइन’, पारसले भनेका छन् । पारसले लागुऔषध मुद्धामा फसाएको आरोप लगाएपछि प्रेमिकासँगको सम्बन्ध बिग्रिएको थियो । पारस कन्निकालाई थाइल्याण्डमै छाडेर केही महिनाअघि नेपाल आएका थिए । kathmandutoday.com
काठमाडौं : सोमबार दिउँसो दोलखा केन्द्रबिन्दु भएको भूकम्प गएको छ । सोमबार दिउँसो १ बजेर १९ मिनेटमा ४ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
भूकम्पको धक्का दोलखा, सिन्धुपाल्चोक, नुवाकोट र रसुवासहितका जिल्लामा महसुस भएको थियो । बैशाख १२ को शक्तिशाली भूकम्पयता निरन्तर साना ठूला परकम्पन गइरहेका छन् । यसअघि आइतबार राति ७ बजेर २६ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएको ४.३ म्याग्निच्यूडको भूकम्प गएको थियो ।
छालाको सुरक्षाकालागि मौसम अनुसार फरक फरक क्रिम तथा प्रशाधनको प्रयोग गर्नु राम्रो मानिन्छ । जाडोमा छाला बढी सुख्खा हुने हँुदा छालालाई फाइदा गर्ने गुणस्तरीय सामग्रीको प्रयोग गर्नुपर्छ ।


सोझै पसलमा गएर आफैं जथाभावी किन्नुभन्दा छाला तथा सौन्दर्यविदको सल्लाह लिनु उपयुक्त हुन्छ । यस्ता प्रशाधन समय समयमा लगाइरहनु पर्छ । यसले छालालाई सुख्खापनबाट बँचाएर कोमल र  मुलायम राख्छ । चिसो पानीमा काम गरेपछि यस्ता चिजको प्रयोग गरेमा हात खुट्टा फुट्ने समस्याबाट छुटकारा पाइन्छ । यसले हाम्रो छालालाई स्वस्थ र  आकर्षक देखाउन मद्दत गर्छ । त्यस्तै छालाको सुरक्षाकालागि साबुनको प्रयोग कम गर्नु पनि राम्रो मानिन्छ । साबुनको प्रयोगले छाला सुख्खा हुने, चाउरी पर्ने तथा फुट्ने हुन्छ । साबुनको सट्टा फेसवास, बडिवास, स्याम्पो र सावर जेल उपयुक्त हुन्छ ।

ओठको छाला ज्यादै पातलो, नरम र संवेदनशील हुने हँुदा जाडो मौसममा फुटिरहेको हुन्छ । यसबाट छुटकारा पाउन मुलायम पार्ने लिपक्रिमको प्रयोग गर्नुपर्छ । विज्ञहरूका अनुसार नुहाएको दुई÷तीन मिनेटपछि मोश्चराइजर लगाउनुपर्छ । त्यसलै नुहाउनु अगाडि कपालको सुन्दरताकालागि तेलले मालिस गरे झैं नुहाएपछि बडिआयल लगाउन भुल्नु हँुदैन । यसले हाम्रो छालालाई मुलायम र  आर्कषक राख्न मद्दत गर्छ  । मानिसको सुन्दरता झल्काउने छालाकोे उचित स्याहार र हेरचाहमा लापरवाही गर्नुहँुदैन ।
जनचेतनाका लागि स्वास्थ्य खबरपत्रिका बाट साभार गरियको भिडियो हेर्न तलको बाकस थिच्नुहोस
विनाशकारी भूकम्पले हजारौको ज्यान लियो, हजारौ घाइते भए र लाखौ घरबार बिहिन भए , महाभूकम्पको मारमा परेकाहरुलाई कैयन देशी -बिदेशी हरुले सहयोग गरे र गर्दैछन । यस्तैमा नेपाली कलाकारहरुले पनि सक्दो सहयोग जुटाएका तथा आफैले पनि सहयोग गरेका छन्। तर यो हप्ता एक जना चर्चित नेपाली चलचित्रका हिरोइनलाई भने भुकम्प पिडितको नाममा उठाइएको रकम बाट कार किनेको आरोप लागेको छ ।


कुरा हो नायिका प्रियंका कार्कीको, झोले, नाइँ नभन्नु ल २ र नाइँ नभन्नु ल ३ जस्ता सफल चलचित्र बाट छोटै समयमा स्थापित नायिकाको रुपमा उभ्याउन सफल यी नायिका अहिले भने भर्खरै किनेको नया कारको कारण जघन्य आरोप खेपिरहेकी छिन । प्रियंका कार्की भूकम्प पश्चात भूकम्प पिडित हरुको सहयोगार्थ यु के मा आयोजित बिभिन्न नेपाली कार्यक्रमहरुमा सरिक भएकी थिइन्। यू के बाट फर्के पछि केहि संचार माध्यममा प्रियंका ले आफ्नै कमाइले नया कार किनेको सकारात्मक समाचारहरु आएका थिए ।

प्रियंका स्वयमले भने जून १९ तारिखमा फेसबुक मार्फत शेयर गरेकी थिइन् यस पश्चात बिभिन्न व्यक्तिहरुले प्रियंकाले यू के मा भूकम्प पिडित को लागि कति उठाइयो र कहाँ खर्च गरियो कि त्यहि पैसाले आफ्नो लागि नया कार किनेको त हैन ? भनि प्रश्न तेर्स्याएका छन । , जून एक चर्चित नायिकाको लागि एक दमै गम्भीर आरोप हो । तर प्रियंकाले भने आफ्नो फेसबुक स्ट्याटस सच्याएर उक्त कार भूकम्पको २ दिन अघिनै किनेको बताएकी छिन । के थाहा प्रियंकाले आफ्नो सच्चाइ प्रमाणित गर्न कार किनेको मिति देखिने बिल समेत देखाउनु पर्ने हो कि ?यो समाचार हामीले जूमनप डटकम बाट लियका हौ  ।
पोखरा । हिन्दुत्व संरक्षण तथा धर्म परिवर्तन बिरुद्ध को महाअभियान मा संलग्न हिन्दु जागरण नेपालले धर्म परिवर्तन मुक्त नेपाल को परिकल्पना गर्दै गाँउ गाँउमा कमिटि गठन गर्दै आएको जानकारी प्राप्त भएको छ । पछिल्लो पटक हिन्दु जागरण नेपालले कास्की जिल्ला कमिटीले आफ्नो कार्ययोजना अन्तर्गत गाउँको वडा कमिटी गठन गरेको हो ।
कास्कीको लुम्ले गा।बि।स। को लान्द्रुक को ९ मा हिन्दु जागरण नेपाल लान्द्रुक वडा कमिटी गठन गरेको छ । कमीटिमा अध्यक्ष नारायण दत्त त्रिपाठी , उपाध्यक्ष मेनका पौडेल , सचिब नजरमान गुरुङ , सह(सचिव बिन्दु तिवारी ,कोषाध्यक्ष पिताम्बर पौडेल र सदस्य हरुमा पुर्ण बहादुर बि।क। रत्न बहादुर क्षेत्री , सङ्गीता परियार , जूना पौडेल , जल प्रसाद भुसाल , नारायण प्रसाद पौडेल , घनश्याम चापागाईं र चुन माया थापा रहनुभएको छ । साथै उक्त कार्यक्रम मा त्याहा स्थित एउटा प्रा। बि।
का करिब ४५ जना बिध्यार्थीहरुलार्इ कपि र कलम समेत बाडिँएको थियो । उक्त कार्यक्रममा हिन्दु जागरण नेपाल कास्कीका अध्यक्ष धनपती शर्मा , सूर्य प्रसाद सुवेदी र हरि चापागाईंको उपस्थिती रहेको थियो ।
काठमाडौँ, ७ असार ।


प्रधानमन्त्री सुशील कोइरालाले नेपाली सेनाका लागि खरिद गरेर ल्याइएको एमआई १७ हेलिकप्टरको पहिलो उडान सेवाको सोमबार शुभारम्भ गरेका छन् । मन्त्रिपरिषद्को १४ फागुन ०६९ को बैठकले नेपाली सेनालाई सुरक्षा र प्रतिरक्षाका लागि दुईवटा हेलिकप्टर खरिद गर्न स्वीकृति प्रदान गरेको थियो ।

सेवा शुभारम्भको घोषणा गरेसँगै मन्त्रिपरिषद्का केही सदस्यका साथ प्रधानमन्त्री कोइराला भूकम्पपीडितलाई राहत सामग्री वितरणका लागि हेलिकप्टर चढेर धादिङको झारलाङतर्फ प्रस्थान गरे । नेपाली सेनाले ती दुवै अत्याधुनिक एमआइभी–५ हेलिकप्टर तीन अर्ब १८ करोड मूल्यमा रुसबाट खरिद गरेर ल्याएको हो ।

नेपाली सेनाको हवाई सुरक्षा महानिर्देशनालय मातहतमा सञ्चालनमा रहने ती हेलिकप्टर सैनिक तालिम, प्राकृतिक विपद्मा खोज, उद्धार तथा राहत वितरणलगायत देश र जनताको कल्याणका काममा प्रयोग हुने छन् । नेपाली सेनको हवाई क्षमता अभिवृद्धि गर्ने हेतुले ती हेलिकप्टर खरिद गरिएको नेपाली सेनाले जनाएको छ । दुवै हेलिकप्टरको कल साइन एनए ०५६ र ०५७ राखिएको छ ।

२६ जेठमा काठमाडौँ ल्याइपु¥याइएका ती दुवै हेलिकप्टरको नेपाली सेना र नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोलीले असार ४ गते परीक्षण उडान गरिसकेको जनाइएको छ । क्यामोफलाइज रङका सात हजार केजी तौलका ती हेलिकप्टरमा दुईवटा इन्जिन जडान गरिएको छ ।

विशिष्ट, कार्गो, पाराजम्म र सामान ओसारपसारलगायत बहुआयामिक रुपमा प्रयोगमा ल्याउन सकिने ती हेलिकप्टरले छ हजार मिटरसम्मको उचाइमा सजिलैसँगै उडान भर्ने क्षमता राख्दछन् । चार हजार केजी तौल वा २६ जना यात्रुलाई सजिलै बोक्न सक्ने ती हेलिकप्टरबाट लामो कार्गोका सामान पनि एक स्थानबाट अर्को स्थानमा पु¥याउन सकिनेछ ।
सामान्य अवस्थामा लगभग २५ वर्षको आयु रहने उक्त हेलिकप्टरलाई कम्पनीले एक वर्षसम्म निःशुल्क रुपमा मर्मतसम्भार गर्ने छ ।नेपाली सेनासँग हाल साना ठूला तथा नयाँ पुराना गरी १७ वटा हेलिकप्टर र चारवटा हवाइजहाज रहेका छन् ।
तीमध्ये १४ वटा हवाई साधनले मात्र उडान भर्न सक्ने बताइएको छ । नेपाली सेनाले केही वर्षअघि तयार गरेको १० वर्षे दीर्घकालीन रणनीतिमा सङ्गठनलाई ३० हवाई साधन आवश्यक पर्ने उल्लेख गरिएको छ ।

ती हेलिकप्टरको प्रथम उडान कार्यमा सहभागी हुन उपप्रधानमन्त्रीद्वय वामदेव गौतम र प्रकाशमान सिंह, अर्थमन्त्री डा रामशरण महत, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजाल, पर्यटन मन्त्री कृपाशुर शेर्पा, प्रधानसेनापति गौरवशम्शेर राणा तथा नेपालका लागि रसियाका राजदूत सर्गेई भासिलिभिच भेलिलिस्किन विमानस्थाल पुगेका थिए ।
काठमाडौं, असार ७– लामो थाईल्याण्ड बसाईपछि नेपाल फर्किएका पूर्व यूवराज पारस शाहले थाई प्रेमिका भनिएकी कन्निका चाइयर्सनले पारसको परिवार छ भन्ने समेत थाहा नभएको बताएपछि त्यसको खण्डन गरेका छन् ।
थाईल्याण्डबाट स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पारस । गोकर्ण लामिछाने/ फाइल फोटो
थाईल्याण्डबाट स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पारस । गोकर्ण लामिछाने/ फाइल फोटो
उनले सोमबार सामाजिक सञ्जालमार्फत भनेका छन,‘ विदेशी संचारमाध्यममा मेरा बारेमा पटक पटक समाचार आउँदा र ४ वर्ष सँगै बस्दा परिवारको बारेमा थाहा छैन भन्नुमा कुनै सत्यता छैन् ।’
कन्निकाले पारस साह विवाहित हुन्न् भन्ने आफूलाई थाहा नभएको दाबी गर्दै भनेकी थिइन्, ‘नेपालमा कोहि पनि चिनजानका मान्छेहरु नहुँदा पारस पूर्व युवराज र विवाहित हुन् भन्ने थाहा भएन, त्यसका लागि म सबैसँग माफी माग्न चाहन्छु ।’

हाल आएर सबै कुरा थाहा भएको र नेपाली जनतासँग माफी मागेको उनको भनाई थियो ।
कन्निकाले घुमाउरो शैलीमा सबै कुरा थाहा पाएपछि पारसलाई छाडेको समेत बताउँदै उनले आफू कसैको मजाकको मात्र नभई सिधा केटी भएको बताएकी थिइन् ।
तर पारसले भने आफूविरुद्ध राजनीतिक पूर्वाग्रह राखेर चरित्र हत्या गर्ने उद्देश्यले समाचार आएको दाबी गरेका छन् । उनले भनेका छन्, ‘यो सबै राजनीतिक पूर्वाग्रह राखेर मेरो चरित्र हत्या गर्ने उद्देश्यमात्रै हो ।
www.ratopati.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home