• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
 जेठ २०७२
जब समयसँगै उनको व्यवहारमा परिवर्तन आउन थाल्योः
धेरैजसो सम्बन्ध समयसँगै परिवर्तन हुने गर्दछ र त्यसमा दूरी आउन थाल्दछ । प्रेमी प्रेमिकाको सम्बन्ध धेरैजसो समयसँगै परिवर्तन हुने गर्दछ र खुसीको सट्टा त्यसमा झगडाले स्थान पाउने गर्दछ । यदि तपाईंको प्रेमी तपाईं रिसाउँदा पनि मतलब गर्दैनन् र उनको व्यवहार दिन प्रतिदिन सुध्रनुको सट्टा बिग्रने गर्दछ, यस्तो अवस्थामा थाहा पाउनुस् कि तपाईंको सम्बन्ध चाँडै नै अन्त्य हुँदै छ ।
तपाईंको तनावलाई सहजताको रुपमा लिएमाः




यदि तपाईंका प्रेमीले तपाईंको तनावलाई सहजताको रुपमा लिने गर्दछन् भने थाहा पाउनुस् उनी तपाईंप्रति त्यति गम्भीर छैनन् । यदि कोही पुरुषले केही समयको लागि मात्र सम्बन्ध स्थापित गर्न खोजेको छ भने त्यस्तो अवस्थामा उनीहरु आफ्ना कथित प्रेमिकाको बारेमा त्यति गम्भीर भएर सोच्ने गर्दैनन् ।


 तपाईंको सम्बन्धमा पनि यस्तो भइरहेको छ भने यो कुरामा ढुक्क हुनुहोस् कि उनले तपाईंलाई विवाह गर्ने छैनन् । त्यसकारण यस्तो सम्बन्धलाई सकेसम्म चाँडोभन्दा चाँडो अन्त्य गर्नुमा नै भलाई होला ।




तपाईंको रुचीलाई जब नजरअन्दाज गरेः

तपाईं जसरी आफ्ना प्रेमीको सानो कुरालाई पनि ध्यान दिनुहुन्छ, त्यस्तै प्रकारले यदि तपाईंका प्रेमी तपाईंलाई ध्यान दिँदैनन् भने तपाईं सर्तक हुन आवश्यक छ ।
आफ्नो भविष्यको प्लानमा तपाईंलाई समावेश गर्दैनन्ः

कुराकानीको क्रममा यदि तपाईंको प्रेमीले आफ्नो भविष्यको योजनाको बारेमा बताउँछन् र यदि तपाईं उनको भविष्यमा संलग्न हुनुहुन्न भने थाहा पाउनुहोस्, उनले तपाईंको विषयमा आफ्नो भविष्यको प्लान गरेका छैनन् ।
जब उनले तपाईंलाई आफ्नो घरबाट राख्छन् टाढाः
यदि तपाईंका प्रेमी उनको घरसँग जोडिएको कुरा अथवा उनको सदस्यको बारेमा त्यति जानकारी दिँदैनन् भने यो थाहा पाउन सजिलो छ कि उनी तपाईंसँगको विवाहको विषयमा त्यति सिरियस छैनन् ।
आफ्ना साथीहरुसँग तपाईंलाईं चिनाउँदैनन्ः

प्रेम एउटा यस्तो सम्बन्ध हो जसमा एक अर्काको लागि सम्मान हुन अत्यन्त जरुरी छ । प्रेम र विश्वासले सम्बन्धलाई निकै बलियो बनाएको हुन्छ तर यदि सम्बन्धमा सम्मान हुँदैन भने कसैले तपाईंलाई चाँडै नै छोड्दैछ भन्ने कुरा थाहा पाउन निकै सजिलो हुन्छ । यदि तपाईंको प्रेमीमा पनि यस्तै बानी छ र उनी आफ्नो साथीहरुसँग तपाईंलाई परिचय गराउँदैनन् भने उनले तपाईंलाई धोका दिइरहेका छन् भन्ने बुझ्नुहोस् ।
तपाईंको परिवारलाई देखेको नदेखै गर्नुः

तपाईंले जुन प्रकारले आफ्नो प्रेमीको सदस्यलाई सम्मान गर्नुहुन्छ त्यस्तै भाव उनमा नदेख्नु, तपाईंको परिवारको बारेमा कुराकानी हुँदा त्यति ध्यान नदिनु खतराको सूचक हो । यसो गर्ने प्रेमी आफ्नो सम्बन्धमा गम्भीर नभएको देखिन्छ ।
जब उनी तपाईंसँग केही सल्लाह माग्दैनन्ः
तपाईंको आफ्नो सबै साना कुराहरु उनलाई जानकारी दिएर उनीसँग सल्लाह लिनुहुन्छ तर तपाईंका प्रेमी भने तपाईंसँग त्यस्तो केही पनि व्यवहार देखाउँदैनन् भने थाहा पाउनुस् उनले तपाईंको विषयमा आफ्नो भविष्यको प्लानिङ केही पनि गरेका छैनन् ।
तपाईंको कुराबाट भाग्न खोजेः
यदि तपाईंको हरेक सानो कुराबाट भाग्न खोजे उनी तपाईंलाई आफ्नो जीवनसाथी बनाउन नचाहेको कुरा बुझ्नुहोस् ।
सम्बन्धको भार जब तपाईंलाई मात्र आएः
यदि तपाईंको सम्बन्ध केवल तपाईंको कारणले मात्र टिकिरहेको छ भने अब तपाईंले सोच्ने बेला आएको छ ।
/www.khabardabali.com
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
२९ जेठ, काठमाडौं ।

शुक्रबार बिहान १० बजेर १९ मिनेटमा फेरि भूकम्प गएको छ । दोलखा केन्द्र भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो भूकम्पको धक्का आजको दोस्रो हो ।

टेबल हेर्नुस्



यसअघि बिहान १ बजेर २२ मिनेट जाँदा ४.६ रेक्टर स्केलको पहिलो पराकम्प गएको थियो । गोर्खा केन्द्र भएर सो पराकम्प गएको कुरा  केन्द्रले जनाएको छ ।

बैशाख १२ र २९ गतेपछि अहिलेसम्म पनि पराकम्पन जाने क्रम रोकिएको छैन ।
बैशाख १२ को महाभुकम्प र बैशाख २९ को शक्तिशाली भुकम्पपछि पोखरादेखि पूर्व केन्द्रबिन्दु बनाएर ठूला भुकम्प जाने सम्भावना कम भएपनि पोखरादेखि पश्चिम केन्द्र बिन्दु बनाएर भुकम्प जाने सम्भावनाप्रति भुगर्वविदहरुले चासो व्यक्त गरेका छन् ।
बेलायती भुगर्वविद् डाक्टर जोन एलियटले बीबीसीसँग कुराकानी गर्दै नेपालको पश्चिमी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर १५ औं शताब्दीदेखि भुकम्प नगएकाले पोखरादेखि पश्चिमलाई केन्द्र बिन्दु बनाएर ८ रेक्टर स्केल भन्दा माथिको भुकम्प जानसक्ने चिन्ता व्यक्त गरेका छन् । यसैबीच बीबीसीसँग कुरा गर्दै अमेरिकी भुगर्विय सर्वेक्षणका डाक्टर सुसान हगले नेपालमा गएका दुईवटा ठूला भुकम्पपपछि मध्य नेपालको जमिन डेढ मिटर माथि उठेको जानकारी दिएकी छन् । स्रोत – खसोखास

धनगढी, २९ जेठ । कैलाली जिल्लाको मध्य क्षेत्रमा पर्ने मसुरिया गाविसलाई नेपालकै पहिलो सूचनाको हक मैत्री नमुना गाविस घोषणा गरिएको छ ।

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले मसुरिया गाविसमा बिहीबार आयोजित कार्यक्रममा सूचनाको हक मैत्री नमुना गाविस घोषणा गरेका हुन् ।

वर्षभरी गाविसले गरेका सबैखाले कामकारबाही विभिन्न प्रसारणका माध्यमद्वारा गाविसवासीलाई जानकारी गराएकाले नमुनास्वरुप उक्त गाविसलाई सूचनाको हक मैत्री नमुना गाविस घोषणा गरिएको हो ।

आर्थिक वर्ष २०७१÷०७२ को विकास योजनासम्बन्धी सार्वजनिक सुनुवाइ तथा सूचनाको हक मैत्री, नमुना गाविस मसुरिया घोषणासभा कार्यक्रममा प्रमुख आयुक्त बाँस्कोटाले सूचनाको हकको अधिकारमाथि प्रकाश पार्दै नेपालको प्रथम सूचनाको हक मैत्री गाविस बनेकोमा मसुरियावासीलाई बधाई दिए ।

सुदूरपश्चिम मिडिया विकास केन्द्रका अध्यक्ष एवम् सूचनाको हकका अभियन्ता उमिद बागचन्दले विभिन्न गतिविधि सञ्चालनसँगै करिब एक वर्षको प्रयासपछि मसुरिया गाविस प्रथम सूचनाको हक मैत्री गाविस घोषणा हुनु ठूलो उपलब्धि भएको बताए ।

internetkhabar.com
२९ जेठ, काठमाडौं ।

शुक्रबार बिहान १ बजेर २२ मिनेट जाँदा ४.६ रेक्टर स्केलको पराकम्प गएको छ । गोर्खा केन्द्र भएर सो पराकम्प गएको कुरा राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

टेबल हेर्नुस्


बिहिबार राति ९ बजेर ५७ मिनेट जाँदा ५.३ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको छ । यो झण्डै एक महिनापछिको ठूलो पराकम्प हो । यसअघि मे १६ मा ५.५ रेक्टर स्केलको पराकम्प गएको थियो ।

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर गएको केन्द्रले जनाएको छ  ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहिबार राति  शुक्रबार बिहान महसुस भएको कम्पन वैशाख १२ र २९ गतेका पराकम्प हुन् ।
अहिले गर्मीको समय छ । तापक्रम बढेर नयाँ नयाँ किर्तिमान कायम गर्दैछ । गर्मी जति बढेपनि कामकाजी मानिसहरुले गर्मीको बेवास्ता गरेरै काम गर्नुपर्ने हुन्छ । यस्तोमा सरीरमा पानीको कमी हुने अर्थात् डिहाइड्रेसन हुने लगायतका विभिन्न खाले संक्रमण तथा स्वास्थ्य समस्या देखिन सक्छन् । डिहाइड्रेसनको खतरा गर्मी याममा निकै बढि हुने भएकाले आफ्नो खानपिनको आदतमा विशेष ध्यान दिन र जिउको रोगप्रतिरोधी क्षमता बढाइराख्न विशेषज्ञहरुले सल्लाह दिने गरेका छन् ।
पोषण विज्ञहरुका अनुसार गर्मीमा मानव शरीरबाट अत्यधिक पसिना निस्कने कारण इलेक्ट्रोलाइट असन्तुलित बन्दछ । त्यसकारण नियमित खानाको अलावा फलफूल तथा सागसब्जी र प्रसस्त सलाद लिनु जरुरी हुन्छ । गर्मी याममा सरीरमा पानीको पर्याप्त आपूर्तिका लागि प्रसस्त पानीको मात्रा हुने सागसब्जी तथा तरकारीहरु जस्तै फर्सी, करेला, लौका, पालुंगो, हरियो सिमीको भोजन गर्नुपर्छ ।

कामकाजी मानिसहरुका लागि रोगप्रतिरोधी क्षमता उच्च राख्नु अत्यन्त जरुरी हुन्छ । सोही कारण गर्मी याममा खाजाको रुपमा पनि दुध, फलफुल, जुस, टुसा उमारेको गेडागुडी लगायतका परिकार समावेश हुनु आवश्यक हुन्छ । त्यसका साथै बिहानको खानामा दालभात समावेश गर्नु राम्रो हुन्छ ।

बेलुकीको खानामा फाइबरयुक्त सागसब्जी, बन्दा तथा काउली र रोटीको सेवन गर्नु स्वस्थकर हुने र जिउले पचाउन सजिलो हुने बताइन्छ ।
गर्मी याममा डिहाइड्रेसनबाट बच्नका लागि ग्रीन टी अर्थात् कोल्ड कफीको सेवन निकै लाभदायी हुन्छ । गर्मीको समयमा सरीको पाचन प्रणालीमा समेत समस्या आउने भएकाले हल्का खाना खानुपर्छ नत्र अपच हुने जोखिम हुन्छ । लामो समयको अन्तरालमा धेरै खानेकुरा खानुभन्दा छिटो छिटो तर थोरै थोरै खानेकुरा खाएमा पचाउन सजिलो हुन्छ ।
त्यस्तै तरभुजा, खरभुजा, कांक्रो, लिची, स्याउ जस्ता मौसमी फलफुल खानुपर्छ, जसले सरीरमा पानीको पर्याप्त आपूर्ति गर्नुका साथै रोग प्रतिरोधी क्षमता पनि बढाउँछ । बजारमा पाइने चिसो पेय पदार्थको साटो दही, उखुको रस, नरिवल पानी तथा लस्सी पिउनु आवश्यक हुन्छ ।

अपच भएको अर्थात् पेटमा गडबडी भएको महसुस हुने बित्तिकै कागती पानी वा पुदिना पानी पिउनुपर्छ । पानी पर्याप्त मात्रामा पिउनुपर्छ, कम्तिमा पनि दिनको ३-४ लिटर ।
तेलमा तारेका, भुटेका खानेकुराहरु नखानु नै राम्रो हुन्छ । खानेकुरा पकाएर लामो समयसम्म नराख्नुहोस्, छिटै खानुहोस् । बासी खानेकुरा खाँदा रोगको संक्रमण हुने जोखिम हुन्छ ।

गर्मीमा चिया तथा तातो कफीले पनि फाइदा गर्दैन । बढि चिल्लो तथा नुनयुक्त ड्राइफुड्स तथा जंक फुडहरुको सेवन नगर्नु राम्रो हुन्छ । जाँडरक्सी तथा धुम्रपानको सेवन गर्मीयाममा अझ बढि हानिकारक मानिन्छ । -एजेन्सी

गोत्र शब्दको अर्थ हो बंश/कुल । गोत्र प्रणालीको मुख्य उद्देश्य कुनै पनि ब्यक्तिको प्रचीनतम ब्यक्तिसँग सम्बन्ध स्थापित गर्नु हो । उदाहरणको लागि कुनै पनि ब्यक्तिको गोत्र भरद्वाज हो भने त्यस्को अर्थ हो है त्यो ब्यक्तिको बंश वैदिक ऋषि भरद्वाजबाट शुरु भएको हो । अर्थात त्यो ब्यक्तिको जन्म ऋषि भरद्वाजको पीढीमा भएको हो ।तपाइँलाई एकै गोत्रमा विवाह गर्नु हुँदैन भन्ने चलनबारे तपाइँलाई थाहै होला । तर किन हुन्छ त यस्तो विवाद किन हुँदैन एउटै गोत्रमा विवाह गर्न ?

विश्वामित्र, जमदग्नि, भारद्वाज, गौतम, अत्रि, वशिष्ठ, कश्यप सप्त ऋषिको नामले चिनिन्छन् । यसमा आठौं ऋषि अगस्तिका सन्तान ‘गौत्र’ भनेर चिनिन्छन् ।
विवाहमा गोत्रको ठूलो महत्व छ । पुराणमा उल्लेख गरिएको छ कि यदि कुनै कन्या सहगोत्री छिन् भने उनीसँग विवाह गर्ने अनुमति जतिसुकै प्रेम भएपनि दिनु हुँदैन ।
विवाह छिन्ने समयमा गोत्रमात्र नभएर प्रवरको समेत ख्याल गर्नु पर्छ । प्रवर पनि ऋषिको नाम अनुसार फरक फरक हुन्छ । गोत्रको सम्बन्ध रगतले निर्धारण गरेको छ भने प्रवरको सम्बन्ध भने अध्यात्मले ।
मत्यस्य पुराणका अनुसार ब्राह्मणको साथमा सहगोत्रीको विवाह भयो भने अनिष्ठ हुने उल्लेख छ ।
धर्मसूत्रमा भनिएको छ ‘संगौत्राय दुहितरेव प्रयच्छेत्’ अर्थात समान गोत्रका पुरुषलाई कन्या दिनु हुँदैन । असमान गोत्रीयसँग विवाह नगरेमा ब्राम्हण च्युत हुन्छ ।
यस्ता जोडीलाई सन्तान पनि गतिला नजन्मिने हुँदैन । जानी जानी सहगोत्री विवाह गरेमा महापाप लाग्ने र च्युत हुने समेत धर्म शास्त्रमा उल्लेख छ ।
काठमाडौँ, २८ बैशाख । नेपालमा बिहीबार राति फेरि भूकम्पको धक्का महसुस गरिएको छ।
बिहीबार राति करिब १० बजेतिर काठमाडौँ आपसपासमा भूकम्पको धक्का महसुस गरिएको हो । सुत्ने तरखरमा रहेका उपत्यकाबासी भूकम्पको धक्का महसुस भएपछि घरबाहिर निस्केका छन् ।
अमेरिकी भूगर्वविद्को संस्थाले भने ललितपुरको पाटनबाट ४४ किलोमिटर टाढा केन्द्रबिन्दु बनाएर ४.५ रेक्टर स्केलको भूकम्प गएको बताइएको छ ।
थप विवरण आउन बाँकी छ ।

शास्त्र तथा पुराणमा राति र दिनमा गर्ने फरक फरक कामको बारेमा चर्चा गरिएको छ । कतिपय काम दिनमा गरेपनि रातिको समयमा गर्न नहुने शास्त्रमा उल्लेख छ । यस्ता काम रातिमा गर्दा अशुभ हुने र घातक बन्न सक्ने समेत शास्त्रमा उल्लेख छ ।

यहाँ त्यस्ता ५ कामको बारेमा चर्चा गरिएको छ जुन रातिको समयमा गर्न अनुपयुक्त मानिन्छ । शास्त्रमा यी ५ काम रातिको समयमा भुलेर पनि नगर्न भनिएको छ ।

१ कपाल खुला राख्नु हुँदैन

रातिको समयमा कुनै पनि स्त्रीले आफ्नो कपाल खुला राख्नु प्रतिकुल हुने बताइएको छ । खुला कपालका कारण नकारात्मक उर्जा उत्पन्न हुने र यसले परिवार र ब्यक्तिगत जीवनमा नकारात्मक असर गर्ने हुन्छ । सुत्नु अघि कपाल बाँध्नु र ढाक्नु राम्रो मानिएको छ ।


२ चौराहामा जानु हुँदैन

रातिको समयमा चार वटा बाटोको संगम चौबाटोमा जानु नराम्रो मानिएको छ । यस्तो ठाउँमा रातिको समयमा नकारात्मक उर्जा उत्पन्न हुने भएका कारण त्याहाँ जानु खतरनाक पनि हुन सक्छ । चौवाटोमा रातिको समयमा नजानु नै राम्रो ।


३ पर स्त्री र परस्त्री गमन

रातिको समयमा परस्त्री वा परपुरुष गमन नगर्नु भनिएको छ शास्त्रमा । पराइ स्त्री वा पराइ पुरुषसँग भेट्नु परे दिनको समयमा जानु राम्रो हुने र रातिको समयमा अशुभ काम हुने खतरा बढ्ने उल्लेख छ ।


४ मसान घाटमा नजानुस्

बिष्णु पुराणमा रातिको समयमा भुलेर पनि मसान घाटमा जान नहुने उल्लेख छ । रातिको समयमा मसान घाटको छेउँ छाउँ समेत जानु हुँदैन । मसानघाटको वरपर नकारत्मक उर्जा जम्मा हुने भएका कारण यस्तो भनिएको हो । यसले ब्यक्तिगत जीवनमा नोकसानी पुर्‍याउन सक्छ ।



५ पर्फ्युम वा बडी स्प्रे

राति सुत्नु अघि पर्फ्युम वा बडी स्प्रे लगाउनु अशुभ मानिन्छ । यसले नकारात्मक शक्ति पैदा गर्ने भएकाले राति सुत्नु अघि हात खुट्टा सफा सँग धोएर प्रार्थना गरेर सुत्नु राम्रो भनिएको छ ।
काठमाडौँ, २८ जेठ । भूगर्भ एवम् मौसमविद्ले भूकम्पले हल्लिएर कमजोर भएको जमिनमा धेरै पानी परेकाले ताप्लेजुङमा पहिरो गएको बताएका छन् ।
ताप्लेजुङमा विसं २०४५ पछि ठूलो पानी परेकाले पहिरो गएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् समेश श्रेष्ठ आज बिहान ८ः४५ बजे ताप्लेजुुङमा १२९ मिलिलिटर पानी परेको मापन गरिएको बताउनु भयो ।
“ताप्लेजुङमा २७ वर्षपछिकै ठूलो पानी परेको छ, विसं २०४५ मा १३४ मिलिलिटर पानी परेको मापन गरेपछि अहिले १२९ मिलिलिटर पानी मापन गरिएको छ, यो पानीको मात्रा धेरै नभएपनि थोरै पनि होइन, यसैले पहिरोको जोखिम निम्त्यायो”–उहाँले भन्नुभयो ।
ताप्लेजुङको बर्षाद्बाट मनसुन प्रवेश नभएको पनि महाशाखाले जनाएको छ । मनसुन प्रवेश हुन अझै दुई तीन दिन बाँकी भएको मौसमविद् श्रेष्ठ बताउनुहुन्छ । अब मनसुनअघि पूर्वका जिल्लामा १२९ मिलिलिटर भन्दा ठूलो पानी पर्ने सम्भावना रहेको छैन ।
भूगर्भविद् प्राडा मेघराज धिताल १०० मिलिलिटर भन्दा धेरै पानी पर्दा पहिरोको जोखिम बढ्ने गरेको पूर्वअनुभव सुनाउनुहुन्छ । “विसं २०५० मा कुलेखानीमा, त्यसपछि पोखरामा र गतवर्ष दार्चूलामा पनि पानीको मात्राकै कारण पहिरो गएको थियो, ताप्लेजुङमा त्यस्तै भएको हो,” उहाँले भन्नुभयो ।
पहिरोकै विषयमा विद्यावारिधि गर्नुभएका त्रिभुवन विश्वविद्यालय इन्जिनीयरिङ अध्ययन संस्थानका सहप्राध्यापक डा वसन्तराज अधिकारी पानी धेरै परी ताप्लेजुङका भिराला स्थानमा पहिरो गएको बताउनुहुन्छ । रासस
dainiknepal.com
२८ जेठ काठमाडौ । मापदण्डविपरीत बनेका घरहरु जोखिमपूर्ण रहेको र भत्काउनुपर्ने भन्दै काठमाडौ महानगरपालिकाले किनबेचमा रोक लगाएको छ । यसबारे महानगरले बुधबार पालपोत कार्यालयलाई पत्राचार गरेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ—महानगरपालिकामा ५० प्रतिशतभन्दा धेरै घर मापदण्डविपरीत निर्माण भएकाले यो निर्णयबाट हजारौं ब्यक्ति प्रभावित हुनेछन् । कतिपयले नक्सा पास नै नगरेर र कतिपयले नियम मिचेर घरहरु बनाएका छन्। । स्थानीय प्रशासनले निर्माण सम्पन्न प्रमाणपत्र दिएका घरहरुको मात्र अब किनबेच हुने छ । मापदण्डविपरीतका घरहरु बनाउने प्रवृत्तिलाई रोक्न त्यस्ता घरहरु बनाउने प्रवृत्तिलाई रोक्न त्यस्ता घरको किनबेचमा रोक लगाइएको काठमाडौ महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले बताए ।
राजधानीमा ५० प्रतिशतभन्दा धेरै घर मापदण्डविपरीत छन् । प्रशासनले तोकेअनुसार खाली ठाउँ नराख्ने तथा थोरै तलामात्र नक्सापास गरेर धेरै तला बनाइएका छन् । त्यस्ता घरहरु भूकम्पीय दृष्टिकोणले जोखिमपूर्ण हुने भएकाले बिक्री वितरणमा रोक लगाइएको तामाङले बताए । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
सोल:  दक्षिण कोरियामा केही हप्तामात्र यतादेखि देखापरिरहेको मिडल इस्ट रेस्पिरेटोरी सिन्ड्रोम मर्स  को सङ्क्रमणमा कमी आउन सकेको छैन । अधिकारीहरुले यसको सङ्क्रमण बढ्दो मात्रामा रहेको बताएका छन् ।

यसका १४ जना नयाँ सङ्क्रमित बिहीबारमात्र थपिएका छन् । तर बिहीबार यसका कारण कसैको पनि मृत्यु भने भएको छैन । यस सङ्क्रमणका कारण दक्षिण कोरियाली राष्ट्रपतिले अमेरिकको भ्रमण स्थगित गर्नुभएको समाचार बुधबार मात्र आएको थियो ।

यसको सङ््क्रमित भई दक्षिण कोरियामा आजसम्ममा कम्तीमा पनि नौ जनाको ज्यान गइसकेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । बिहीबार थप एकजना गर्भवती महिलामा यसको सङ्क्रमण भेटिएको अधिकारीहरुले जनाएका छन् ।

केही हप्तामात्र पहिलादेखि सुरु भएको यस सङ्क्रमणबाट कोरियामा मृत्यु हुने व्यक्तिको सङ्ख्या नौ पुगेको र यसको सङ्क्रमण प्रतिदिन जारी नै रहँदा हालसम्म यसका सङ्क्रमित बिरामीको सङ्ख्या १२२ जना पुगेको छ ।

दक्षिण कोरियामा मिडल इस्ट रेस्पिरेटोरी सिन्ड्रोम नामको एक भाइरसको सङ्क्रमणबाट कैयांैको ज्यान गएको छ । दुई हप्ता यतामात्र देखिएको सो सङ्क्रमणका कारण त्यहाँको जनजीवनलाई निकै नै प्रभावित तुल्याइसकेको बताइएको छ ।

यस सङ्क्रमणको त्रास फैलिएपछि दक्षिण कोरियाले कयौँ विद्यालय बन्द गरेको छ भने सयौँ स्वास्थ्यकर्मीलाई देश भित्रिने नाकाहरूमा स्वास्थ्य जाँचका लागि राखिएको छ ।

त्यसैगरी बिहबार प्राप्त अर्को एक समाचारमा त्यहाँका आर्थिक तथा वित्तीय क्रियाकलापहरुमा पनि कमी आएको छ । पछिल्लो समयमा आएर यस सङ्क्रमणबाट कोरियाको आर्थिक क्षेत्रमा पनि असर पर्न थालेका समाचारहरू पनि आइरहेका छन् ।

जसका कारण दक्षिण कोरियाको केन्द्रीय बैंकले ब्याजदरमा पनि कटौती गरेको जनाइएको छ । त्रासका कारण आर्थिक क्रियाकलापमा पनि कमी आएकोले ब्याजदरमा कटौती गर्नुपरेको बताइएको छ ।

हङ्कङ्कमा सङ्क्रमण छैन 

यसैबीच प्राप्त अर्को एक समाचारअनुसार हङ्कङ्मा भने यस सङ्क्रमणको प्रभाव नरहेको पाइएको छ । हङ्कङ्का स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार त्यहाँ यसको सङ्क्रमण भेटिएको छैन ।

दक्षिण कोरियाको निकट देश हङ्कङ्मा पनि यसको सङ्क्रमण फैलिएको समाचार आएपछि त्यसको परीक्षण भएको थियो । त्यहाँका ३३ जना आशङ्का गरिएका व्यक्तिमा यसको परीक्षण भएको र उनीहरुमा यसको कुनै सङ्क्रमण नभेटिएको पाइएको समाचारमा जनाइएको छ ।

स्वास्थ्य अधिकारीहरुले देशमा यसको सङ्क्रमण भित्रिन नदिन यस्तो सतर्कता अपनाएको र हालसम्ममा यसको कुनैपनि सङ्क्रमण नदेखिएको अधिकारीहरुले जनाएका छन् ।
annapurnapost.com
२८ जेठ, एजेन्सी।

अमेरिकाको टेक्सासमा एक नेपाली महिलाको गोली हानी हत्या भएको छ। टेक्सासको द कोलनीमा आफ्नै स्टोरमा बसिरहेका बेला उनको गोली हानि हत्या भएको हो।



मारिने महिला समिरा सिवाकोटी हुन। ३१ वर्षिया सिवाकोटी र उनका श्रीमानले ४ वर्षदेखी सो स्टोर चलाउँदै आएका थिए। -यापिडको कन्भिनियन्स स्टोर नामक को स्टरोमाको ढोका नजिकै रहेको सर्भेलियन्स क्यामेराले खिचेका दृश्यमा एक कालो वर्षका मानिस स्टोरमा छिरेर २ मिनेटमै निक्लिएको देखिएको छ।

प्रहरीले घट्नानको छानविन गरिरहेको छ। प्रहरीका अनुसार महिलाको अनुसारमा गोली प्रहार भएको थियो। उनको ९ महिना र २ वर्षका दुई छोरी छन्। हेर्नुस सर्भेलियन्स क्यामेराको भीडियो सहित फक्स टेलिभिजनको कवरेज..www.nepaliheadlines.com
काठमाडौँ, २८ जेठ । गत वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण बुधबार काठमाडौंमा थप एक जनाको मृत्यु भएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षले दिएको जानकारी अनुसार वैशाख १२को विनाशकारी भूकम्पमा परी गम्भीर घाइते ललितपुरका प्रदिप लिम्बुको बुधबार काठमाडौंमा उपचारका क्रममा ज्यान गएको हो ।
भूकम्पमा गम्भीर घाइते भएका ललितपुर उपमहानगरपालिका–१४ तिखिदेवल बस्ने तेह्रथुम थाम्चुङ–८ घर भएका ५५ बर्षीय प्रदिप लिम्बुको बी एण्ड बी अस्पतालमा उपचारकै क्रममा बुधबार मृत्यु भएको छ ।
प्रहरीले आवश्यक प्रक्रिया पुरा गरी उनको शवलाई परिवारको जिम्मा लगाइएको छ ।
dainiknepal.com
एजेन्सी–नायिका स्नेहा उलाल सलमानसँग छुटेको धेरै भयो ।  १० वर्षभन्दा अधि सलमानसँग ‘लक्की’ फिल्ममा एकसाथ काम गरेर बलिउड छिरेकी यी नायिका त्यसपछि गुमनाम जस्तै भएकी थिइन् । त्च्यतिबेला यिनको सलमानसँग अफेयर चलेको हल्ला बलिउड सिने उद्योगमा व्यापक बनेको थियो ।
१० वर्षपछि आएर यिनी ‘बेजुवान इश्क’मा अभिनय गर्न पुगेकी छन् ।  आफ्नो पुनारागमनलाई लिएर उनी भन्छिन्, ‘लामो समयपछि बलिउडमा फर्केकी छु । धेरै कम मान्छे मात्रै एकपटक हराएपछि पुनः फर्कछन् किनभने बलिउडल कसैलाई दोस्रो मौका दिँदैन ।’
पहिलो फिल्म नै असफल भएपछि उनी साउथ फिल्ममा पाइला चाल्न पुगेकी थिइन् । त्यहाँ पनि उनी खासै सफल भइनन् ।

स्नेहा फेरि हिन्दी फिल्ममा फर्कनुको आफ्नै कारण छ । उनी भन्छिन्, ‘जब म १५÷१६ वर्षकी  थिएँ त्यतिबेला सलमानसँग फिल्म खेल्ने आफर आयो मैले स्वीकार गरे । त्यहो समय मैले खासै मेहनत गरिनँ ।’
स्नेहा उलाल र जरिन खाना जस्ता अभिनेतृलाई सलमान खानले फिल्म उद्योगमा भित्राएका थिए तर उनीहरु जम्न सकेनन् । के सलमानसँग करिअर सुरु गर्न हिरोइनको करिअर डग्मगाउछ भन्ने प्रश्नमा उलाल भन्छिन्, ‘मेरो मान्यता छकि कसैको करिअर भाग्य, प्रस्तुति र रुचिलमा निर्भर हुन्छ । यो सबै व्यक्तिमा निर्भर हुन्छ सलमान खानमा होइन् । जो अभिनेतृ अगाडि बढ्न पाएनन् जस्तो कि म, यसमा गल्ती हाम्रो हो सलमानको होइन् ।’
.
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
पहेलो दांत हुनु हिजो आज धेरै को समस्या भएको छ | सहि तरिकाले दांत को हेरचाह नगर्नु, पराग, सुर्ती दात पहेलो हुँदा आफ्नो अनुहारको सुन्दरतामा दाग आउने मात्र होइन, धेरैको आत्मा बिश्वाश पनि घटेको देखिएको छ | आज हामि तपाइलाई दातको पहेलोपन हटाउने सजिलो तरिका हरु बताउने छौ |




 १ तुलसीमा दांतको पहेलोपन हटाउने एक अद्भुत शक्ति रहेको छ | यसले दाँतमा रहेको पहेलोपन हटाउने मात्र होइन मुख र दात सम्बन्धि अन्य रोगबाट बचाउने काम पनि गर्दछ | तुलसीको पात लाइ घाममा सुकाउने र सुकेपछि यसको पाउडर बनाइ टुथपेस्ट संग मिलाएर ब्रस गर्ने गर्दा दांत को पहेलोपना हटेर चमक आउन थाल्छ |
  २. हाम्रो गाउघर तिर नुन र तेल ले दांत सफा गर्ने चलन अझै पनि छ, नुन मा २-४ थोपा शुद्ध तोरीको तेल मिलाएर दांत सफा गर्ने गर्नाले केहि दिनमै दाँतको पहेलोपना हटेर जान्छ |

३. सुन्तलाको बोक्रा र तुलसीको पात लाइ घाममा सुकाएर त्यसको पाउडर बनाउनु होस् | दांत ब्रश गरिसकेपछि उक्त पाउडरले दातमा हल्का मसाज गर्नुहोस| सुन्तलाको बोक्राबाट प्राप्त हुने भिटामिन सी र क्याल्सियम कारण दात चम्किलो हुन्छ |

४. खाना खाइ सकेपछि दिनहु गाजर खाने गर्नाले पनि दाँतको पहोलो पन हट्छ | गाजरमा रहेको रेसाहरुले दांतलाइ राम्रो संग सफा गर्न मद्त गर्दछ |

५. नीमको उपयोग धेरै पहिले देखी नै दांतको सफाई गर्न गरिदै आएको छ | यसमा दांत सेतो बनाउने र दाँतमा लाग्ने कीराहरूलाई नष्ट गर्ने सक्ति रहेको छ | यो प्राकृतिक एंटी-बयाक्टीरियल और एंटी-सेप्टिक हो | दिनहु निम(नीमको काठ, निमको सानो हाँगा)ले दात सफा गर्ने गर्नाले दांतमा कुनै किसिमको रोग लाग्दैन र पहेलो भएको भए पनि हट्छ |

६. एक कागतीको रस निकालेर त्यसमा जति रस छ त्यतिनै मात्रामा पानि मिसाउनु होस् र खाना खाइ सकेपछि यहि कागती पानीले दिनहु कुल्ला गर्ने गर्नुहोस |यसो गर्दा दाँतको पहेलोपना त हट्छ नै सास गनाउने समस्यामा पनि यो रामबाण सिद्ध छ |

 ७. स्ट्रबेरी दांत चम्किलो बनाउने सबै भन्दा मिठो र सजिलो उपाए हो| यसमा पाइने मालिक एसिड (Malic acid)ले दांत लाइ सेतो र चम्किलो बनाउछ |

 ८. केरालाइ पिसेर यसको पेष्ट बनाउनु होस् |यसको पेष्टले दांतलाइ दिनहु एक मिनेट मसाज गर्नुहोस, मसाज पछि दांत ब्रश गर्नुहोस | यो उपाए दिनहु गर्नाले दाँतको पहेलोपन हटेर जान्छ | चुरोटको सेबन गर्ने गर्नाले पनि दांत पहेलो हुन्छ भने कुनै खानेकुरा लगातार खानाले, उमेर बढ्दै जाँदा अनि धेरै औषधिको सेवन गर्नेहरुको पनि दात पहेलो हुन्छ | भिडियो हेर्न तलको बाकस थिच्नुहोस
थुप्रै मानिसहरुको विश्वास छ कि जन्मेको महिना, गते, समय अथवा पलले मानिसको जीवनमा प्रभाव पार्ने गर्दछ । यसका साथसाथै दिनको असर पनि जीवन र व्यक्तित्वमाथि हुने गर्दछ त्यसकारण त आजकालका मानिसहरु आफ्ना बच्चाको जन्म यो दिनमा होइन, यो दिनमा गराउनुस् भनेर डाक्टरहरुलाई आग्रह गर्ने गर्दछन् ।

भारतीय अंक ज्योतिष श्रीमती ज्योतिमा शर्माले बिहिबार जन्मेका व्यक्तिहरुको निम्नलिखित गुणहरु बताएकी छिन्ः
१. बिहिबार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र निकै समझदार हुने गर्दछन् ।
२. तपाईं मानिसहरुलाई निकै इज्जत गर्नुहुन्छ त्यसकारण मानिसहरुका लागि आदर्श पनि हुनुहुन्छ ।
३. तपाईं सफा र स्वच्छ बिचारधाराका मालिक हुनुहुन्छ ।
४. तपाईंको भित्र नेतृत्व गर्ने गुण हुन्छ त्यसकारण तपाईं जुन क्षेत्रमा काम गर्नुहुन्छ त्यहाँको उच्च पद अवश्य हाँसिल गर्नुहुन्छ ।


५. तपाईं निकै मेहनत गर्नुहुन्छ र आफ्ना सामानहरु आफूले भनेकै ठाउँमा होस् भन्ने चाहनुहुन्छ ।
६. स्वतन्त्रता तपाईंलाई मनपर्ने भएका कारण बन्धनमा बस्न चाहनुहुन्न ।
७. तपाईं चाँडै नै मानिसहरुलाई विश्वास गर्नुहुन्छ जसको प्रतिफल तपाईंले भोग्न पर्छ ।
८. तपाईंको धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम ।
९. तपाईं स्ट्रेट फरवार्ड हुनुहुन्छ र सुन्दरताको प्रिय हुुनुहुन्छ ।
१०. बिहिबार जन्मेका व्यक्ति आकर्षक र अन्टेन्सन प्रिय हुने भएका कारण धेरैजसो यिनिहरु प्रेम विवाह गर्छन् । उनीहरुको वैवाहिक जीवन सुखमय हुने गर्दछ ।
११. स्वास्थ्यको दृष्टिकोणले बिहिबार जन्मेका व्यक्तिहरु धेरैजसो सानो–तिनो रोगको शिकार हुने गर्दछन् जस्तै ज्वरो, पेट दुखाई अथवा टाउको दुखाई ।
१२. बिहिबार जन्मेका व्यक्तिहरु धेरै पैसा कमाउने गर्दछन् र मन खोलेर खर्च पनि गर्छन् । (एजेन्सी) भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home