• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौं, असोज १८ ।  प्रमुख तीन दलले भारतले लगाउँदै आएको अघोषित नाकाबन्दीका विषयमा भारतीय उच्च नेतृत्वसँग छलफल गर्ने निर्णय गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीका शीर्ष नेताहरुको बैठकले भारतीय नाकाबन्दीका कारण नेपाली जनता निकै पीडामा परेको ठहर गर्दै नाकाबन्दी खुलाउन भारतीय उच्च नेतृत्वसँग छलफल गर्ने निर्णय गरेको हो ।
त्यसैगरी बैठकमा आन्दोलनरत मधेसी दलसँग अहिलेसम्म भएका वार्ताका विषयमा पनि छलफल भएको थियो ।
बैठकमा तीन दलीय वार्ता टोलीका सदस्यहरुले मधेसी दलले राखेका मागका बारेमा शीर्ष नेतृत्वलाई जानकारी दिँदै थप वार्ताका लागि अग्रसरता लिन आग्रह गरेका छन् ।
बैठकमा सहमतीय सरकार गठनका विषयमा पनि सामान्य छलफल भएको थियो । सहमतीय सरकार गठनका विषयमा थप छलफल गरिने नेताहरुले बताएका छन्  imagekhabar.com
काठमाडौं, १८ असोज । नयाँ सरकार गठनबारे सोमबार विहानै प्रमुख तीन दलको बैठक बसेको छ ।
बैठकमा राष्ट्रिय सरकार गठन र नेतृत्वका विषयमा कुरा नमिलेको खुलासा भएको छ । विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा राष्ट्रिय सरकारको नेतृत्व कस्ले लिने विषयमा विवाद भएको स्रोतले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले अबको राष्ट्रिय सरकारको नेतृत्व कांग्रेसले नै लिने अडान राखेपछि विवाद भएको हो । प्रधानमन्त्रीको अडानपछि एमाले अध्यक्ष तथा प्रधानमन्त्रीका दाबेदार केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बैठक छाडेर हिडेको स्रोतले जनायो ।
‘सहमति गरौं भनेर ओली र प्रचण्ड बैठकमा आएका थिए, कोइरालाले आफै नेतृत्व लिने शर्त राखेपछि वार्ता भाँडियो’ स्रोतले भन्यो । बालुवाटारबाट रातो पिरो भेषमा निस्किएका एमाले अध्यक्ष ओली र एमाओवादी अध्यक्ष प्रचण्डले बैठकमा राष्ट्रिय सरकारको विषयमा छलफल भएको मात्र बताए ।
पूर्व सहमति अनुसार एमाले अध्यक्ष ओली नै प्रधानमन्त्री बन्नुपर्ने भएपनि पछिल्लो समय कांग्रेसले बोली फेर्दै आफै नेतृत्व लिन कसरत गरिरहेको छ । यता एमाले अध्यक्ष ओलीलाई पार्टी औपचारिक रुपमै प्रधानमन्त्रीको उम्मेदवार बनाइसकेको छ ।
राष्ट्रपति रामवरण यादवबाट सात दिनभित्र नयाँ सरकार गठनका लागि आव्हान भएको आज चौथो दिन नेतृत्व लिने विषयमा तीन दलको बैठक बसेको हो । यसअघि विहान सर्वदलीय बैठक आव्हान गरिएको थियो । अब सर्वदलीय बैठक दिउँसो २ बजे बस्ने छ ।
dainiknepal.com
भारतलाईं धेरै चिढ्याउँनु हुँदैन
परासी : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एक महिनाभित्र नेपालमा नयाँ शक्तिको घोषणा हुने बताएका छ्न ।

नयाँ शक्ति निर्माणका लागि आफुले केन्द्रदेखि जिल्लाका विभिन्न पार्टीका नेताहरु, उद्योगी, व्यवसायी र नयाँ सोच तथा विचार बोकेका व्यक्तिहरुसँगको भेटलाई तीव्रता दिएको भट्टराईले बताएका छन् ।

पार्टीमा राजीनामा दिएपछि आफ्ना समर्थकहरुलाई भेट्ने क्रममा पूर्वबाट पश्चिम दौडाहामा निस्केका भट्टराईले सोमबार नवलपरासीको सुनवलमा नेपाल पत्रकार महासंघ जिल्ला शाखाले गरेको पत्रकार भेटघाट कार्यक्रममा नयाँ शक्ति निर्माणको नेतृत्व आफुले नलिने स्पष्ट पारे ।

‘अहिले हामीले  विभिन्न जिल्लामा अभियान र विचारको बहस चलाएका छौं,’ भट्टराईले भने, ‘सबैको अवधारणा आएपछि त्यसलाई एकीकृत गरेर आर्थिक विकास र समृद्धिलाई केन्द्रमा राखी राष्ट्रिय संकल्पसहित एक महिनाभित्र नयाँ शक्ति घोषणा गर्छौँ ।’

नेपालले भारतलाई धेरै चिढाउन नहुने भन्दै भट्टराईले दुई देशको तरुलको रुपमा रहेको हाम्रो देशले अब भारत र चीनलाई जोड्नका लागि सेतु पुलको काम गर्नुपर्नेमा जोड दिए ।

पत्रकार भेटघाट भट्टराईले एमाओवादीका जिल्लास्तरिय नेता र सुनवल नगरपालिका क्षेत्रमा रहेका नगर र वडास्तरका इन्चार्जलाई भेटघाट गरेका थिए ।

‘हाम्रो पार्टीसँग आवद्ध साथीहरु’ भनेर उनीहरुलाई सम्बोधन गर्न खोजेका भट्टराईले आफ्नो अभिव्यक्ति सच्चाउँदै भने, ‘अझ पनि मलाई पार्टीको माया छ, त्यसैले हाम्रो पार्टी नै भन्न रुचाउँछु ।’

पार्टीमा भएका विकृति र विसंगतिबारे दैनिक रुपमा प्रचण्डसँग टेलिफोनमा कुराकानी हुने गरेको बताउँदै भट्टराईले सो क्रममा आफू अब नयाँ विचार लिएर अघि बढेको भन्दै पुरानो घरमा नफर्कने बताउने गरेको स्पष्ट पारे ।

भट्टराईले जिल्लास्थित सुरक्षा निकायका प्रमुखसँग पनि भेटघाट गरेर जिल्लाको सुरक्षा अवस्था र बन्दले पारेको प्रभावबारे जानकारी लिएका थिए ।

आठ सातादेखि सदरमुकाम परासीसहित दक्षिणभेग ठप्प छ । नवलपरासी पछि सोमबार भट्टराई रुपन्देहीहुँदै पाल्पा जाने र त्यसपछि काठमाण्डौं फर्कने कार्यक्रम रहेको  छ ।
nnapurnapost.com
काठमाडौं, १८ असोज । वीरगंज नाका नखोल्नुमा भारतले सीमावर्ती असुरक्षा यथावत् रहेको कारण देखाए पनि खास कारण भने राजनीतिक नै रहेको दिल्लीस्थित कूटनीतिक स्रोतले बताएको छ ।
नेपालसँग जोडिएका प्रमुख ६ नाकामध्ये सबैभन्दा बढी ७० प्रतिशत भन्दा ज्यादा इन्धन भित्रने यो नाका सुचारु नगरी दिल्लीले अझै दबाब जारी राख्ने नियत राखेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
त्यहाँबाट तत्काल ढुवानी नहुदाँ संविधान संशोधन प्रक्रियालाई डेडलाइन तोकेरै फास्ट ट्रयाकमा लैजान नेपाल सरकारमाथि दबाब पर्ने भारतीय अधिकारीको बुझाइ रहेको स्रोतले बतायो ।
dainiknepal.com
काठमाडौं — भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले भारतले पेट्रोलियम लगायत अन्य आवश्यकीय वस्तुहरुको आपुर्तिमा बाधा उत्पन्न गर्न जारी राखे नेपाल चीनसँग विवश भएर सहयोग माग्ने चेतावनी दिएका छन् । पीटीआईसँगको अन्तरवार्तामा उनले सो कुरा बताएका हुन् ।
भारतले चाँडै अघोषित नाकाबन्दी खुल्ने आश्वास दिएको बताउँदै राजदूत उपाध्यायले भने, ‘भारतले अब स्पष्ट रुपमा भन्नुपर्छ नाका खुल्न कति लाग्छ । कति घण्टा, हप्ता वा महिना ?’ ‘यदी भारतले यसरी नेपाललाई विवश गर्ने हो भने हामी पनि अन्य देशहरुसँग सम्पर्क गर्न बाध्य हुनेछौं,’ उनले भने, ‘हामीसँग कुनै विकल्प भएन भने हामी चीनलगायत अन्य देशसँग सम्पर्क गर्नेछौं ।’ उनले नेपालले भोग्नु परेको आपुर्ती समस्या बारे भारतीय उच्च तहमा अवगत गराइसकेको जानकारी दिँदै यो समस्या चाँडै समाधान हुने आशा व्यक्त गरे । नेपालमा दशैं र तिहार नजिकँदै जाँदा भारतले चाँडै समस्या समाधान गर्ने आशा व्यक्त गरेका हुन् ।

‘भूकम्पको बेला भारतले गरेको सहयोगको सबैले प्रशंसा गरेको थियो तर तर आपुर्तीमा बाधा जारी राख्ने हो जनताले भारतविरोधी प्रदर्शन गर्नेछन्,’ उनले भने । भारतले भने नेपालमा जारी प्रदर्शन नै आपुर्ती समस्याको मुख्य कारण रहेको बताउँदै अघोषित नाकाबन्दी नगरेको बताउँदै आएको छ । यस विषयमा राजदूत उपाध्यायले नेपाल प्रवेश गर्ने हरेक गाडीलाई सुरक्षा दिने प्रतिबद्धता व्यक्त गरे । उनले अब पूरानो तिक्तता मेटाउँदै सकारात्मक तरिकाले अघि बढ्ने समय भएको समेत बताए । उनले नेपाल आयल निगम र इन्डियन ओयल कर्पोरेसनबीच भएको सम्झौता उल्लंघन गर्दै इन्धन उपलब्ध नगराएकोमा पनि आक्रोश व्यक्त गरे । www.ratopati.com
काठमाडौं, १८ असोज । सत्तारुढ भारतीय जनता पार्टीका वरिष्ठ नेता एवम् विदेश विभाग प्रमुख विजय जोलीले भारतविरुद्ध नेपालमा झुठो प्रचारवाजी गरेर प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ल जलाएको आरोप लगाएका छन् ।
पत्रकार ऋषि धमलासँग नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान कुरा गर्दै भाजपा नेता जोलीले नेपालमा नरेन्द्र मोदीको पुत्ला जलाएर भारतविरुद्ध प्रचारवाजी गरेको भन्दै नेपालीहरूसँग आक्रोश व्यक्त गरे । ‘हाम्रा प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउने ।

भारतविरुद्ध प्रदर्शन गर्ने’, उनले भने, ‘अनि हामीलाई नाकाबन्दी गर्‍यो भन्ने ? झठ्ठा प्रचार गर्ने । अनि हामीसँगै सबै माग्ने । यो कार्य हामीलाई सैह्य छैन ।’
‘नेपालमा भूकम्प आउँदा सबैभन्दा पहिला भारतले सहयोग गर्‍यो । नरेन्द्र मोदीले नेपाललाई दश हजार करोड ऋण दिएका छन् । नेपालमा रोकिएका संरचना बनाउन सहयोग गर्‍यौँ’, भाजपा नेता जोलीले आक्रोशित हुँदै भने, ‘यति धेरै सहयोग गर्दा पनि मोदी र भारतविरुद्ध नेपालमा झुठो प्रचार गर्ने ? यो सब बन्द गर्नुस् ।’
उनले यति धेरै सहयोग गर्दा पनि नेपालीले भारतविरुद्ध प्रदर्शन गरेको भन्दै आफ्ना प्रधानमन्त्री मोदीको पुत्ला नजलाउन चेतावनी दिएका छन् । उनले नेपालमा आफूहरूले नाकाबन्दी नगरेको भन्दै मधेसका नेपालीहरूले नाकाबन्दी गरेको बताए ।
‘पहिला मोदीको पुत्ला जलाउने कार्य बन्द गर्नु पर्‍यो’, उनले भने, ‘नेपालीहरू गुराहमा बसेर नेपाल र भारतबीचको ‘रोटीबेटी’को सम्बन्ध विगार्न केही तत्व लागेका छन् ।’
‘भारतका नरेन्द्र मोदी नेपालमा विकास र सुःख शान्ति चाहन्छन्’, जोलीले भने, ‘पुत्ला जलाउँने हो भने नेपाल र भारतको सम्बन्ध सुध्रिदैन । राम्रो हुँदैन ।’
विजय जोली
विजय जोली
भारतले नेपालको संविधानको विरोध नगरेको दावी गरेका भाजपा वरिष्ठ नेता जोलीले भने, ‘मधेसी नेपालीहरूको माग सम्बोधन गर । आमसहमतिमा संविधान बन्नुपर्छ भन्दा किन भारतको विरोध ?’
उनले मधेसी मुलुका नेपालीहरूको अधिकारको आन्दोलनमा आफूहरूको साथ र समर्थन रहेको बताए । ‘पहाडी नेपालीको जति अधिकार छ, त्यति अधिकार मधेसी नेपालीको पनि छ’, उनले भने, ‘चालीस जना मधेसी नेपालीको मृत्यु हुँदा नेपाली शासकहरू चुपलागेर बसेका छन् । उनीहरूलाई सँगै लगेर जाउभन्दा एन्टीभारत भइहाल्ने ? सामाजिक सञ्जालमा भारत विरोधी गतिविधि गर्ने ?’
आफू अनुकुल हुँदा भारतको समर्थन लिने नेपाली नेताहरूले अहिले आफू अनुकुल नहुँदा भारतको विरोधी गरेको भाजपा नेता जोलीको भनाइ थियो । उनले नेपालको नयाँ प्रधानमन्त्री पनि आमहसमतिका आधारमा हुनुपर्ने बताएका छन् ।
dainiknepal.com
विराटनगर, १८ असोज । विराटनगरस्थित भन्सार नाका सडकखण्डमा धर्ना बसेका संघीय समाजवादी फोरमका दुई केन्द्रीय सदस्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रमोद खरेलका अनुसार आइतबार राति धर्नास्थलबाट हटाउन खोज्दा प्रहरीलाई उल्टै पेट्रोल बम प्रहार गरेपछि समाजवादी फोरमका केन्द्रीय सदस्य रामविलास यादव र भुराज राईलाई नियन्त्रणमा लिइएको हो ।
धर्नामा बसेका आन्दोलनकारीलाई तितरवितर गर्न प्रहरीले तीन सेल अश्रृग्याससमेत प्रहार गरेपछि उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।
त्यसपछि चारसयभन्दा बढी सवारी साधन गन्तव्यतर्फ पठाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
dainiknepal.com
आजको पञ्चाङ्ग
वि.सं. २०७२ आश्विन १८ गते सोमबार तदनुसार ई. सं. २०१५ अक्टोबर ०५ तारिख,
किलक नामक संवत्सर, शाके :— १९३७, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :— ११३५, (ञलागा)
इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५० बजे र सूर्यास्त : साँझ ०५:३७ बजे
काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:५८ बजे र सूर्यास्त : साँझ ०५:४४ बजे
पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:०३ बजे र सूर्यास्त : साँझ ०५:४९ बजे
आश्विन कृष्णपक्षको अष्टमी तिथि, साँझ ०७:०४ बजेसम्म, त्यसपछि नवमी तिथि,
आद्र्रा नक्षत्र, दिउँसो ०१:१० बजेसम्म, त्यसपछि पुनर्वसु नक्षत्र, चन्द्रमा मिथुन राशिमा (अहोरात्र व्याप्त),
परिघ योग, मध्यरात्रीपछि १२:०३ बजेसम्म, त्यसपछि शिव योग,
तैतिल करण, साँझ ०७:०४ बजेसम्म त्यसपछि गर करण,
आनन्दादि योग : कालदण्ड, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : ईशान, वारशूल : पूर्व,
आजको व्रत÷पर्व : सोह्रश्राद्धअन्तर्गत अष्टमी श्राद्ध, अष्टमी व्रत, गोरखकाली पूजा, महालक्ष्मी व्रतको समापन, जीवत्पुत्रिका व्रत, जितिया पर्व
आगामी ३ दिनभित्र पर्ने व्रत÷पर्व तथा शुभ मूहुर्त :
भोलिको व्रत÷पर्व : सोह्रश्राद्धअन्तर्गत नवमी श्राद्ध, मातृनवमी श्राद्ध
२० गते : सोह्रश्राद्धअन्तर्गत दशमी श्राद्ध, अन्नप्राशन(पास्नी),
२१ गते : सोह्रश्राद्धअन्तर्गत एकादशी श्राद्ध, इन्दिरा एकादशी व्रत,
आजको राशिफल
 ariesमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना छ । धार्मिक र सामाजिक काममा समय बित्नेछ । दिनदुःखीलाई दिएको सानो सहयोगले रोकिएको काम बन्न सक्छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
taurus
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
कामको दायित्व क्रमशः बढ्दै जानेछ । छरछिमेकी वा इष्टमित्रको जिम्मेबारी वहन गर्नु पर्नेछ । नयाँ काममा हात हाल्नु उति राम्रो छैन, तर गरिआएका काममा फाइदा नै हुनेछ । बोलीमा प्रभाव रहने छैन, त्यसैले विवाद र झगडामा पछि हट्नु राम्रो हुनेछ । पछिसम्म काम लाग्ने वस्तुको खरिदमा फाइदा हुँदैन । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
gemini
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आत्मनिर्णयको क्षमतामा बृद्धि हुनेछ । नयाँ जोस र जाँगर पलाउने छ । अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने योग छ । नोकरी र बन्दव्यापारबाट सन्तोष लिन सकिनेछ । उपहार पुरस्कार आदि मिल्नेछ । नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने अनुकूल समय आएको छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
cancer
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
यात्रामा झमेला आउनसक्छ, त्यसैले सवारी साधन चलाउँदा वा बाटो काट्दा होस राख्नुहोला । स्वास्थ्य खराब हुनसक्छ, खानपानमा नियन्त्रण गर्नु बेस हुनेछ । काममा बाधा हुनाले र धनको अभावमा मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । शरीरमा स्फूर्ति र उमंगको कमी हुनेछ । खर्च बढ्ने सम्भावना छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
leo
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । परोपकारी काममा रुचि बढ्ने योग छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । पठनपाठनमा प्रगति हुनेछ । अरुबाट तपार्इंका कामको उच्च मूल्याङ्कन हुने सङ्केत छ । बोलीको कदर हुनेछ । प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । स्वास्थ्य सबल छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
gemini
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
पितृधनबाट फाइदा उठाउन सकिनेछ । प्रशस्त आम्दानी हुने सङ्केत छ, तर आम्दानी गरिएको धन मनोरञ्जनात्मक क्षेत्रमा खर्च हुनसक्छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । विगतमा गरिएको श्रमको समुचित मूल्याङ्कन हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर जुर्नेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
libra
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
शीघ्र निर्णय गर्ने क्षमतामा ह्रास भएको महसुस हुनेछ, तर नवम भावमा रहेको चन्द्रमाले सरल ढंगले दैनिकी सञ्चालनमा सघाउ पुर्याउने छ । सामाजिक कामबाट धेरथोर फाइदा नै हुनेछ । अभिभावकको स्वास्थ्य र मानसिकतामा सामान्य प्रभाव पर्न सक्छ । कताकता र्वराग्यका भावना मँडारिन सक्छन् । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
scorpio
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आठौं चन्द्रमाका बाबजुद शुभग्रहको दृष्टि रहेकाले आज शरीर स्वस्थ रहने छ । चोटपटकको सम्भावना छ, तर डराउनु पर्दैन । गोप्य योजना सफल हुन्छन् र लामो समयदेखिको उल्झन सुल्झाउने अवसर मिल्नेछ । बोलीको कदर हुनेछ । प्रतिकूल एवं विपरीत परिस्थिति भए पनि ेसचेतता अपनाउनु राम्रो हुन्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
sagittarius
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
परिवारमा रमाइलो वातावरण सिर्जना हुनेछ, साथीभाइ र आत्मीयजनसँग भेटघाट हुनेछ । मनोरञ्जनमा रमाउन पाउनु हुनेछ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । साथीभाइबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । पेसाव्यवसाय वा बन्दव्यापारबाट लाभ मिल्नेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
capricorn
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आज गरिएका जुनसुकै काममा सफलता प्राप्त हुनेछ । शत्रुले तपाईंको छवि बिगार्ने प्रयास गरे पनि तिनको क्रियाकलापले उल्टै उनीहरूकै हानि हुनेछ । व्यवसायिक स्थितिमा सुधार आउने छ । स्वास्थ्य सबल रहने छ । हडबड र शीघ्रताले काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नु राम्रो हुन्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
aquarius
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
साहित्यिक, बौद्धिक तथा प्राज्ञिक गतिविधिमा संलग्न हुने समय छ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । गरेका कामको प्रशंसा हुनेछ । प्राप्त गरेको ज्ञान अरुलाई बाँड्ने बेला पनि यही हो । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
pisces
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । छरछिमेकमा कसैसँग व्यर्थमा वादविवाद गर्नुपर्ला । प्रेमसम्बन्ध र रतिरागका कारण निराशा भोग्नु पर्ने छ । सन्तानपक्षको मायामा कमी आउने छ । वैवाहिक जीवन र प्रणय तथा प्रेमसम्बन्धमा धमिलोपन आउन सक्छ । मनोरञ्जन र खेलवाडले बेफाइदा हुनसक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:३९:४७ उत्तर तथा देशान्तर : ८७:१६:२८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

काठमाडौ, १७ असोज । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका प्रभावशाली नेता विजय जोली भारतीय जनता पार्टी एमाले अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा नभएको स्पष्ट पार्दै नेपालमा कस्को नेतृत्वमा सरकार बनाउने भन्ने कुरा नेपालका राजनीतिक दलहरुको विषय भएको बताए ।
नयाँ दिल्लीमा रहेका रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलासँगको कुराकानीमा उनले भने– ओलीजी लोकतान्त्रिक नेता हुनुहुन्छ । उहाँले लोकतन्त्रको लागि धेरै त्याग र दुःख भोग्नु भएको छ । उहाँ नेपालको प्रधानमन्त्री हुँदा हामीलाई कुनै आपत्ति छैन । भारतीय जनता पार्टीले ओलीजीको विरोध गर्ने कुरा नसोच्नुस । म उहाँलाई शुभकामना दिन चाहन्छु ।

जोलीले आफ्नो नेपाल भ्रमणको क्रममा ओलीसँग डेढ घण्टा कुरा गरेको स्मरण गर्दै ओली नेपाल भारत सम्बन्ध बढाउने विषयमा प्रष्ट रहेको पाएको बताए । उनले भने– नेपालमा सरकारको नेतृत्व जसले गरे पनि हुन्छ । बर्तमान प्रधानमन्त्री सुशील कोइराला, बरिष्ठ नेता शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, एमाओवादी अध्यक्ष प्रचण्ड र बाबुराम भट्टराई जसले गरेपनि हुन्छ । हामीलाई त्यसमा कुनै आपत्ति छैन ।
जोलीले नेपालमा भारत विरोधी कुनै पनि गतिविधी नगर्न सचेत गराउँदै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला र भारतको झण्डा जलाउँदा आफूहरु दुःखी भएको बताए ।  उनले नेपाल र भारतबीचको सम्बन्धमा कुनै समस्या नहुने र अगाडि बढ्ने विश्वास ब्यक्त गर्दै भारत विरोधी गतिविधी हुन नदिने र सम्बन्ध विगार्ने तत्वबाट होसियार हुनुपर्ने धारणा राखे ।
काग्रेस आईका प्रवक्ता शक्ति सिंह गोहिलले नेपालमा संविधानसभाले जारी गरेको संविधानमा आफ्नो पार्टीको सर्मथन रहेको स्पष्ट पारेका छन ।  नयाँ दिल्लीमा रहेका रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलासँगको कुराकानीमा उनले भने–संविधान नेपालको लागि बनाएको हो । त्यसमा हाम्रो सहयोग र समर्थन रहनेछ ।




एमाले अध्यक्ष ओली र भाजपा नेता जोली
सिंहले नेपालको आन्तरिक मामिलामा हाम्रो हस्तक्षेपको नीति नभएको भन्दै भारत सरकारले के गर्यो त्यो उसैले भन्ने कुरा भएकोले आफूहरुको धारणा नेपाललाई सहयोग गर्र्नुपर्छ भन्ने मात्रै रहेको बताए ।
नेपालमा पछिल्लो समयमा विकसित घटना क्रमप्रति चिन्ता ब्यक्त गर्दै उनले परिस्थितिलाई सहज बनाएर दुई मुलुकवीच रहँदै आएको ऐतिहासिक सम्बन्धलाई अझै प्रगाढ बनाउनु पर्ने धारणा राखे ।
जनता दल यूनाईटेडका अध्यक्ष सरद यादवले आफूहरुले पहिलादेखि नै नेपालमा छिटो संविधान आउनुपर्छ भनि भन्दै आएकोले त्यसमा आफूहरुको समर्थन रहेको स्पष्ट पार्दै असन्तुष्ट मधेसी दलहरुको कुरा पनि संविधानमा समेट्नु पर्ने सुझाव दिए ।
उनले दुई मुलुकको सम्बन्धमा पछिल्लो समयमा आएको अवरोध कसैको पनि हितमा नभएको भन्दै त्यसलाई मिलाएर सम्बन्धलाईअझै प्रगाढ बनाउनु पर्ने सुझाव दिए ।
dainiknepal.com
नेपाली राजनीतिमा केही गर्न सक्नेलाई कसरी विदेशी शक्तिले लोभ देखाउँछ र पाखा लगाइदिन्छ भन्ने उदाहरण देखेर केही दिन यता गम खाइरहेको छु ।
एक
नेपाली कम्युनिस्ट राजनीतिमा अशोक राई पूर्वी नेपालका खम्बा थिए । फराकिलो भिजन भएका जनजाति पृष्ठभूमि भएका र देश बनाउन सक्छु भन्ने आँट भएका उनी एमालेको अध्यक्ष बन्ने सम्भावनामा पुगिसकेका थिए ।
गएको वर्ष केपी ओली र माधव नेपाल अध्यक्ष बन्ने प्रतिस्पर्धामा उनी तेस्रो थिए । अशोक भएका भए यी दुई मध्ये एकजनाले अशोकलाई समर्थन गर्न कर लाग्थ्यो । एमाले अध्यक्षमा अशोक चयन हुने वित्तिकै आज उनी सजिलै देशको प्रधानमन्त्री हुन्थे ।
यो कुरा विदेशी शक्तिले धेरै अघि नै बुझिसकेका थिए । कुनै जनजाति नेता यो देशको प्रधानमन्त्री भयो भने यहाँ वर्षौदेखि तयारी गरिएको धर्मनिरपेक्षता र जातिवादी राजनीति लाद्न सकिदैन भन्ने कुरा उनीहरुले बुझिहाले । विचरा सोझो राईले यो कुरा बुझ्न सकेनन् ।
उनको वरपर विदेशी शक्तिले यस्ता व्यक्ति जम्मा गरिदिए, जसले जनजाति भएकै कारण तिमीलाई यी बाहुनहरुले पछाडि पारे भनेर कान फुकिरहे । नभन्दै उनले पार्टी छाडे । उनी अध्यक्ष भएर खोलेको नयाँ पार्टी संघीय समाजवादी दलले गएको संविधानसभामा प्रत्यक्षतर्फ एक सिट पनि जित्न सकेन । अहिले फोरम नेपालसँग एकीकरण गरेपछि उनी शून्यमा विलाएका छन् ।
अशोकको कान फुक्नेहरु, तिमीहरुले आफ्नो स्वार्थका लागि अशोक राई जस्तो देशको राजनीति बुझेको परिपक्व नेतालाई किन भनेनौ, यहाँ अरु धेरै बाहुनहरु एमालेमा पछाडि परेका छन् । उनीहरुलाई किन विदेशीहरुले नयाँ पार्टी खोल्न पैसा दिएनन् ? तिमीलाई पछाडिबाट हात थाप्नेहरुलाई तिम्रो स्वार्थ के हो र मलाई यत्रो सहयोग गर्छु किन भनिरहेका छौ ?
यो प्रश्न गर्ने मानिस कोही भएनन् । किनभने अशोकलाई एमालेबाट नहाटाइ उनीहरुको राजनीतिक अभिष्ट पुरा हुँदैनथ्यो ।
दुई
नेपाली कांग्रेसभित्र तीन मधेसीहरु निकै अघि बढेका थिए, महन्थ ठाकुर, डा. रामबरण यादव र विजय गच्छेदार । यी मध्ये कांग्रेसभित्र मधेस थाम्ने एकमात्र नेता थिए महन्थ ठाकुर । मधेसमा अचानक शक्ति बढेका उपेन्द्र यादवको कम्युनिस्ट छविबाट आत्तिएको पश्चिमा शक्तिले विजय गच्छेदार र महन्थ ठाकुरलाई कांंग्रेसबाट अलग गरिदियो ।
विजय गच्छेदार निकै बाठा नेता भएकाले उनले मधेसमा पनि आफ्नो स्पेस बनाएर छाडे तर महन्थ ठाकुरले निर्वाचन मात्रै हारेनन्, मधेसका लागि पनि खासै केही दिन सकेनन् । उनी कांग्रेसमा भएका भए अहिले रामबरणको ठाउँमा राष्ट्रपति हुन्थे । नत्र अहिलेको परिस्थितिमा उनी प्रधानमन्त्रीको दावेदार मध्ये एक हुन्थे । वास्तवमा महन्त ठाकुर कुनै बेला देशकै निर्विवाद नेता थिए । असल छवि भएका कारण उनलाई सबैले स्वीकार गर्ने परिस्थिति थियो ।
अहिले उनकै दलका कारण भारतले नाकाबन्दी गरेपछि उनको छवि धुलिसात् भएको छ । उनको राष्ट्रिय नेताको छवि खुम्चिएर तराईका केही जिल्लामा सीमित भएको छ । तराईलाई आफ्नो हातमा लिन भारतले असल छवि भएका एक नेताको सम्पूर्ण राजनीतिक संघर्षलाई खरानी बनाएको छ ।
मधेसका महिसा भनिनेहरु, देशकै नेता बन्ने हैसियत बनाएको एउटा मधेसीलाई किन तिमीहरुले घुम्च्याएर लिलिपुट बनायौं ? आफ्नो स्वार्थका लागि एउटा असल व्यक्तिको बद्नाम किन गर्‍यौ ?
तीन
भनिरहनु पर्दैन, यी तेस्रा व्यक्ति डा.बाबुराम भट्टराई हुन् । धेरै जनताले विश्वास गरेका, पढेलेखेका, अध्ययनशील डा.बाबुराम भट्टराई अचानक खलनायक भएका छन् । यो खलनायक छवि उनी आफैले बनाएका हुन् । अहिले उनी अरुलाई दोष दिदै हिड्छन् । खासमा उनी अशोक राई र महन्थ ठाकुरको पथमा छन् ।
माओवादीमा उनीसँगै काम गर्ने समकालीन साथी, कार्यकर्ता देखि लिएर पत्रकारहरु समेतलाई उनको विगतमा भारतीय खुफिया एजेन्सीसँगको साँठगाँठ र अहिले त्यही एजेन्सीको दबाब थेग्न नसकेर पार्टी छाड्नु परेको स्पष्ट भैसकेको छ । उनलाई तराई राजनीतिमा अझै गहिरो गरी खेल्न अर्को हतियार बनाउन एजेन्सीहरु लागिपरेका छन् ।
तै पनि नेपाली जनताको कमाल हेर्नुस्, जसले जे सुकै बाहानामा आफ्नो पार्टी छाडे, उनीहरुलाई जनताले लोप्पा खुवाइदिए । बाबुरामजी, हेर्दै गर्नुहोला, तपाईंको नयाँ शक्तिको हालत पनि अशोक राई र महन्थ ठाकुर जस्तै हुनेछ ।
–अश्विनी काेइरालाकाे फेसबुकबाट साभार
www.nepalsandesh.com
काठमाडौं । नेपाल र भारतबीच जुन किसिमको सम्बन्ध छ त्यो शायदै विश्वको अन्य भूभागका मुलुकहरुबीच देखिएला।एकअर्कासंग १७ सय किलोमिटर खुला सीमा रहेका यी दुई मुलुकबीच गहिरो ऐतिहासिक, सांस्कृतिक, धार्मिक र राजनीतिक सम्बन्ध मात्रै होइन सीमावारपार वैवाहिक तथा पारिवारिक सम्बन्ध पनि प्रचुर मात्रामा छ।

तर त्यो सम्बन्ध सधै यस्तै निकट रहेको इतिहासले देखाउंदैन। पटकपटक यी दुई मुलुकबीचको सम्बन्धमा तनाव उत्पन्न भएका छन् जसबाट पुन: निकटता र आपसी विश्वासको सम्बन्धमा फर्कन निकै मिहिनेत गर्नुपरेको दृष्टान्त छन्। पछिल्लोपटक नेपालमा संविधान घोषणा र त्यसप्रति भारतले जनाएको असन्तुष्टिसंगै दुई मुलुकुबीच त्यस्तै तनाव सिर्जना भएको देखिन्छ।

भारतले संविधानप्रति तराई केन्द्रित असन्तुष्ट पक्षको खुलेरै समर्थन गरेको छ। त्यसबाट खुशी नदेखिएका सरकार र प्रमुख दलले पछिल्लो पटक सीमा नाकाहरुमा देखिएको अवरोधलाई छिमेकीको अघोषित नाकाबन्दीका रुपमा अर्थ्याउंदै आएका छन्।

सानो अर्थतन्त्र भएको भूपरिवेष्ठित नेपाल आफ्नो आपूर्तिका रुपमा लगभग पूर्ण रुपमै भारतमा निर्भर छ। नुनदेखि लिएर कारसम्म, इन्धनदेखि लिएर अस्पतालमा चाहिने आपतकालीन सामाग्रीसम्म नेपाल भारतमै निर्भर छ।

नेपालमा विभिन्न कालखण्डमा नेपालको लोकतान्त्रिक परिवर्तनमा भारत जति महत्वपूर्ण सहयोगी मानिन्छ, त्यतिनै सरकार परिवर्तन र व्यक्ति विशेषको सत्तारोहण र सत्ताबहिर्गमनमा हस्तक्षेप गरेको भन्दै आलोचित पनि छ। निकै गहिरो सम्बन्ध भइकन पनि भारतका के-के कुरा अधिकांश नेपालीलाई मन पर्दैन त ? केही बुंदा हेरौं।

१.‘ठूल्दाइ’ प्रवृत्ति

अधिकांश नेपालीमा भारतबारे यो धारणा निकै व्यापक पाइन्छ। आफ्नो स्वार्थ पूरा गर्नका लागि भारतले आफ्नो कूटनीतिक ताकत प्रयोग गर्ने गरेको धेरै नेपाली ठान्छन्। पछिल्लो ‘अघोषित नाकाबन्दी’ प्रकरणलाई धेरैले यसको एउटा उदाहरण मान्छन्।

२.‘असमान’ सन्धि

नेपाली पक्षले असमान ठानेका सन्धि तथा सम्झौताहरुको लामो सूची छ। सूचीमा बहुचर्चित सन् १९५० को नेपाल भारत शान्ति तथा मैत्री सन्धि देखि लिएर गण्डक, कोशी र महाकाली सन्धि लगायत छन्। जलस्रोतसम्बन्धी ती सन्धिसम्झौतामा त नेपालले आफ्नो हिस्साको पानी नपाएको प्रशस्तै टिप्पणी नेपालतिर हुने गर्छ। यस्ता सम्झौताहरु गर्दा भारतीय स्वार्थसामु झुकेको भन्दै नेपाली राजनीतिज्ञप्रति पनि आक्रोश पोखिने गरेका छन्।

३. सार्वभौमसत्ताप्रति ‘सम्मान छैन’

भारतले महत्वपूर्ण मुद्दाहरुमा नेपालले आफूसंग सधैं छलफल गरोस् भन्ने चाहेको धेरैले ठान्ने गर्छन्। घरेलु विषयमा पनि त्यस्तो भारतीय चाहना रहेको कतिको बुझाइ छ। झण्डै ९० प्रतिशत जनप्रतिनिधिले अनुमोदन गरेको संविधानप्रति भारतले असन्तुष्टि जनाएको विषयप्रति धेरै नेपाली खुशी देखिदैंनन्।

४.सीमामा दुव्यर्वहार

भारतमा काम गरेर फर्कने क्रममा धेरै नेपाली कामदारहरुले प्रवेश विन्दुहरुमा भारतीय सीमा सुरक्षा बल एसएसबीको दुव्यर्वहार खेप्नुपरेको प्रशस्तै गुनासो आउने गर्छन्। गत वर्ष नेपाल भ्रमणमा आउंदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त्यस्ता गुनासा सम्बोधन गर्नेतर्फ काम गर्ने बताएपनि समस्या ज्यूंका त्यूं देखिन्छ।

५.सीमा ‘अतिक्रमण’

नेपाली सीमा क्षेत्रमा भारतीय ‘अतिक्रमण’को विषय पटकपटक तनावको कारण बन्ने गरेको छ। केही सीमावर्ती क्षेत्रमा मात्रै अतिक्रमणसम्बन्धी विवाद रहेपनि त्यो दुईपक्षीय सम्बन्धमा समस्या सिर्जना गर्न पर्याप्त देखिन्छ। रणनीतिक रुपमा महत्वपूर्ण कालापानी र लिपुलेकको विवाद चर्को छ। ती भूभाग नेपालको भएको नेपाली पक्षको भनाइ रहंदै आएको छ।

६.‘असंवेदनशील’ भारतीय सञ्चारमाध्यम

भारतीय सञ्चारमाध्यमहरु खासगरी टेलिभिजनहरुलाई सनसनी र अतिराष्ट्रवाद फैलाउने माध्यमका रुपमा नेपालमा धेरैले चित्रित गर्छन्। भारतीय सञ्चारमाध्यमले ‘छिमेकी मुलुकहरुसंग सम्बन्धित तथ्यहरु सही ढंगले प्रस्तुत गर्दैनन्’ र ‘उनीहरुको चासो वास्ता गर्दैनन्’ भन्ने धेरैको धारणा पाइन्छ। त्यसमाथि साना छिमेकी देशहरुको भावनाप्रति असंवेदनशील रहेको उनीहरु ठान्छन्। उदाहरणका लागि, वैशाखको भूकम्पपछि सबैभन्दा पहिले सहयोग गर्न पुग्नेमा भारत नै थियो जसका लागि धेरै नेपाली भारत सरकारप्रति अनुगृहित देखिन्छन्। तर उक्त कामलाई बढाइचढाइ गरेको तथा भूकम्पसम्बन्धी रिपोर्टहरु गर्दा संवेदनशीलता नदेखाएको टिप्पणी भारतीय सञ्चारमाध्यमबारे भए। ट्वीटरमा त्यो असन्तुष्टि #GohomeIndianmedia ह्यासट्यागमा निकै चर्चाको विषय अर्थात ट्रेडिंग भयो।

७. प्रेम र घृणाको सम्बन्ध

नेपालीहरु भारतका धेरै कुरा रुचाउंछन्। भारतीय चलचित्र, संगीतदेखि लिएर खाना नेपालीहरु रुचाउंछन्। भारतमा नेपालीहरुले पवित्र मान्ने गरेका धेरै तीर्थस्थल पनि छन्। थुप्रै नेपाली विद्यार्थी भारतमा पढ्न जान्छन्। तर नेपालकोबारेमा कसैले नकरात्मक टिप्पणी गरे वा नेपाललाई होच्याए त्यसले धैरै नेपालीको भावनामा चोट पुर्याउंछ। जस्तै १५ वर्षअगाडि भारतीय अभिनेता ऋतिक रोशनले ‘नेपाल मन पर्दैन’ भनेर टिप्पणी गरेको हल्ला फैलिएपछि त्यसले नेपालमा हिंसाको रुप लियो। तर पछि रोशनले आफूले त्यस्तो कहिल्यै नबताएको जनाए।

८. नेपालमा चिनियां सक्रियताबारे भारतको ‘आशंका’

नेपालमा चीनको ‘बढ्दो प्रभाव’बारे भारतको आशंका आवश्यकताभन्दा बढी भएको धेरै ठान्छन्। थुप्रै समानताहरु भएको भारतसंग जस्तो नेपालको अन्य मुलुकसंग घनिष्ठ सम्बन्ध अन्यसंग हुनै नसक्ने धेरै मान्छन्। तर जटील भूराजनीतिक अवस्थामा रहेको नेपालजस्तो सानो मुलुकले कूटनीतिक सन्तुलन मिलाउन भोग्नुपर्ने अप्ठ्यारा दिल्लीले बुझ्ने नगरेको भन्दै धेरै जना असन्तुष्ट देखिन्छन्।

www.etajakhabar.com
कुनैबेला दैनिक हजारदेखि १० हजारसम्म कमाउने कमला यतिखेर रक्सीको सहारामा बाँचेकी छिन् । उमेरले ४० पुगेकी कमलाका अगाडि जीवनको कुनै आशा बाँकी छैन । तनावमा डुबेकी कमलालाई डाक्टरले डिप्रेसनको सल्लाह दिएका छन् । राजधानी र अन्य सहरका अधिकांश यौनकर्मीहरू ३०, ३५ उमेर कटेपछि यस्तै समस्यामा परिरहेका छन् । जवानी छउन्जेल भने जति पैसा पाउने यौनकर्मीको मोल उमेर ढल्कँदै गएपछि ओरालो लाग्न थाल्छ र उनीहरूमा सुरु हुन्छ डिप्रेसन ।
राजधानीमा मात्र अहिले कम्तीमा पनि २५ हजार यौनकर्मी रहेको अध्ययनले देखाएको छ । उनीहरूमध्ये ३५ काटेका यौनकर्मीमध्ये आधाभन्दा बढीमा डिप्रेसनको समस्या रहेको यौनकर्मीहरूको क्षमता अभिवृद्धिलगायतका काममा कार्यरत संस्थाहरूको दाबी छ ।
अधिकांश यौनकर्मी २५ वर्षसम्मको उमेरसम्म मोटो रकम कमाउँछन् तर जुन बाटोबाट आउँछ ठीक त्यसैगरी खर्च गर्छन् । “माहोल नै यस्तो हुन्छ कि जवानी ढलेपछि कमाइ घट्ने भन्ने हेक्का नै हुँदैन ।” कमलाले भनिन् ।
खासगरी उमेरको चढावसँगै उनीहरूको ठाउँमा कम उमेरका महिलाहरू भित्रिने, पहिलाजस्तो आम्दानी नहुने र सजिलो पैसामा बाँच्ने बानी विकास भएको हुँदा जीवनप्रति निराशा बढन गएर रक्सी र केहीले लागूऔषधको समेत सहारा लिने गरेको उनीहरू बताउँछन् ।
यौनकर्मी महिलाको क्षमता अभिवृद्धिलगायतमा कार्यरत यौनकर्मी महिलाहरूको संस्था जागृति महिला महासंघका अनुसार, अहिले ठूलो संख्यामा यौनकर्मी डिप्रेसनको सिकार भएका छन् ।
चिकित्सकहरूका अनुसार यौन पेसामा लाग्ने महिलाहरूमा उमेर ढल्किँदै गएपछि निद्रा नलाग्ने, एकान्तमा बस्न मन पराउने, नसालु पदार्थ सेवन गरेर लठ्ठ पर्नेजस्ता लक्षण देखिने गर्छन् ।
यो तनावले गर्दा उमेर ढल्कँदै गएका यौनकर्मी महिलाले ग्राहक नपाउने र पैसाका लागि बिना कन्डम पनि यौनसम्पर्क राख्न बाध्य हुनुपर्ने हुँदा एचआईभीको बढी जोखिममा पर्ने सम्भावना समेत हुन्छ ।
ग्राहकले बिनाकण्डम यौनसम्पर्क राख्न दिएमात्र पैसा तिर्ने सर्त राख्ने भएकोले उनीहरू पेटका लागि बाध्य हुने गरेको ।
विडम्बनाको कुरा, सुरक्षित यौनका क्षेत्रमा बग्रेल्ती संस्थाहरूले कुरा गरे पनि नियतिले ठगिएका यौनकर्मीहरूका यी समस्याका बारेमा उनीहरू केही संस्थाहरूबाहेक अरू कसैले चासो लिएका छैनन् ।
साना बालबालिका बोकर लैजानुपर्ने बाध्यता
यौनकर्मी महिलाहरूलाई व्यवसायमा जाँदा सानासाना बालकसँगै बोकेर लैजाने बाध्यता अर्कोतर्फ रहेको छ । बालबालिका आफूसँगै लैजाँदा त्यसको असर उनीहरूको बाल मस्तिष्कमा पर्ने भएकाले बालबालिका अन्तै राखेर व्यवसायमा जान चाहे पनि राख्ने उचित स्थानको अभाव रहेको हुन्छ ।
फलस्वरूप, आमाले गर्ने व्यवहार नै बालबालिकाले सिक्ने डर उनीहरूलाई लागिरहन्छ । यौनकर्मी महिलाको क्षमता अभिवृद्धिलगायतमा कार्यरत यौनकर्मी महिलाको संस्था जागृति महिला महासंघका अनुसार काठमाडौंमा मात्र बच्चा बोकेर यौन व्यवसाय गर्ने महिलाको संख्या एक हजारभन्दा बढी छ ।
उनीहरूमध्ये अधिकांशका दुईदेखि तीन वच्चा छन् । यसरी हेर्दा दुईदेखि अढाइ हजार बच्चाले हरेक दिन आमासँगै यौनकार्यमा जानु परेको छ । जागृतिकी कार्यक्रम अधिकृत शान्ति तिवारीका अनुसार यौनकार्यमा लागेकामध्ये ८० प्रतिशतभन्दा बढी विवाहित छन् । २४ वर्षमुनिका ७५ प्रतिशत छन् ।
यौनकर्मीका बालबालिका पनि भविष्यका कर्णाधार हुन् । उनीहरूले पनि पढ्न, लेख्न पाउनुपर्छ । अधिकांश यौनकर्मीसगँ नागरिकता छैन । नागरिकता नहुँदा बच्चा स्कुल भर्ना हुन पाएका छैनन् । यौन व्यवसायमा बच्चा बोकेर जाँदा उनीहरूले पनि त्यही पेसा सिक्ने सम्भावना छ । त्यसैले ती बालबालिका लागि कम्तीमा पनि पाँच वर्षमुनिका बच्चा राख्ने ठाउँ व्यवस्था भए हुन्थ्यो ।
बच्चाले राम्रो वातावरणमा बस्न र पढ्न पाउनुपर्छ । पाँच वर्षमुनिका बच्चाले जे देख्यो त्यही सिक्छ ।”
– हेल्थटुडेबाट

काठमाडौँ, १७ असोज : चितवनमा दुई महिला हराएपछि उनीहरुका परिवारले खोजी गरिदिन आग्रह गरेका छन् । चितवनकी पश्चिम क्षेत्रमा पर्ने सुन्दरवस्तीकी पविता सुवेदी (दवाडी) असोज ४ गतेदेखि सम्पर्कविहिन हुनभएको छ । असोज ४ गते विहान ८ बजे घरवाट बजार जान भनेर निस्किएकी २७ वर्षकी पविता अझैसम्म सम्पर्कमा नआएको उहाँकी नन्द सरु दवाडीले बताउनुभयो ।
 वेपत्ता भएकी पविताका श्रीमान विगत आठ महिनादेखि कतारमा कार्यरत हुनुहुन्छ । घरमा ६ वर्षकी छोरी र ३ वर्षका छोरा छन् । पविता वेपत्ता भएकै दिन देखि परिवारले खोजीकार्यलाई तीब्र पारेपनि भेट्न सकेका छैनन् । यसैगरी चितवनको रत्ननगर नगरपालिका वडा नं. –१७ लौखानीकी सिता ढकाल पनि असोज ६ गतेदेखि सम्पर्क विहिन हुनुभएको छ । रत्ननगरको माधवपुर माईती घर जान्छु भनेर असोज ६ गते विहान ९ बजे घरबाट निस्कनुभएको ढकालको परिवारले जानकारी दिएका छन् । घरबाट माइत जान हिँडेकी उनी तीन चार दिनसम्म पनि घर नर्फकेपछि सबैतिर खोज्दा पनि पत्ता नलागेको उहाँको बु्वा टंकप्रसाद ढकालले बताउनुभयो ।
हराएका दुवैको खोजी गरिदिन परिवारले प्रहरी,नागरिक समाज,अधिकारकर्मी तथा पत्रकारहरुलाई आग्रह गरेका छन । परिवारको सम्पर्क भन्दा वाहिर रहेका दुवै महिलाको खोजी कार्य तिव्र पारिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
आज भैरहवामा आयोजित विरोधसभालाई सम्बोधन गर्दै बाबुराम भट्टराई । तस्बीरः राधेश्याम विश्वकर्मा

धनगढी–एनेकपा (माओवादी) पार्टी छाडेका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलाई थरुहट–थारुवानको कैलाली जिल्लामा हुन लागेको भनिएको सभामा सहभागी हुन जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालयद्वारा आज जारी विज्ञप्तिमा कैलालीको धनगढीमा थरुहट/थारुवानले यही असोज २० गते गर्ने भनिएको विरोध सभामा डा बाबुराम भट्टराईले सम्बोधन गर्ने कार्यक्रमको जानकारी आएको परिपे्रक्ष्यमा जिल्लाको शान्तिसुरक्षाको अवस्था चुनौतीपूर्ण रहेको वर्तमान अवस्थामा डा भट्टराईलाई कुनै पनि कार्यक्रममा सहभागी नहुन र नआउन गृह मन्त्रालयमार्फत जानकारी गराउने निर्णय गरेको जनाइएको छ ।

अखण्ड पक्षधर र थरुहट÷थारुवान संयुक्त सङ्घर्ष समितिबीच आपसी सद्भाव र मेलमिलाप कायम भइनसकेको र दुवै पक्षबीचको सम्बन्धमा अझै सुधार हुन नसकेको हुँदा जुनसुकै समयमा जस्तोसुकै घटना घट्नसक्ने अवस्था रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

टीकापुरमा गत भदौ ७ गते थरुहटको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा परी आठ प्रहरी र एक बालकको ज्यान गएपछि स्थानीय प्रशासनले सदरमुकाम धनगढीलाई निषेधित क्षेत्र घोषणा गरेको भए पनि थरुहट÷थारुवान पक्षधरले असोज २० गते विरोधसभा र प्रदर्शन गर्ने कार्यक्रम तय गरेका छन् ।

यद्यपि असोज २० गतेसम्म धनगढीमा निषेधित क्षेत्र हटाउने वा कायम राख्ने भन्ने विषयमा आजसम्म स्थानीय प्रशासनले केही निर्णय गरेको छैन ।www.ratopati.com
काठमाण्डौ। आइरबार दिउँसो २ बजेदेखी नै काठमाडौंको अनामनगरस्थित मण्डला थ्रिएटरमा निकै चहलपहल सुरु भएको थियो । सबैको प्रतिक्षा एक व्यक्ति थिए, किनकी मण्डला थ्रिएटरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदै थिए ।

सानो हलमा सबैले मोदीको प्रतिक्षा गर्दै गर्दा दिउँसोको ३ बज्यो र मण्डला थ्रिएटरको हल भित्र पसे नरेन्द्र मोदी तर मोदी भने नक्कली थिए । हाँस्य कलाकार मनोज गजुरेल नक्कली मोदी बन्दै दुई औला उठाउँदै मण्डला थ्रिएटरमा उपस्थित व्यक्तिहरुलाई अभिनन्द गर्दै भित्र पसे । उनको साथमा नेपालका जितबहादुर पनि थिए । आइतबार मण्डला थ्रिएटरमा गजुरेललाई मोदी बनाउँदै सिस्नोपानी नेपालले ‘मोदीसँग मनका कुरा’ कार्यक्रमको आयोजना गरेको थियो । सोहि कार्यक्रममा मनोज मोदी बनेका थिए र सोहि कार्यक्रमको सुरुवातमा नेपालीहरुका तर्फबाट साहित्यकारहरुले आफ्नो श्रृजनामार्फत प्रश्न सोध्न सुरु गरे ।

कार्यक्रमको सुरुवात गर्दै सिस्नोपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नांगेले मोदीलाई नेपाली र हिन्दीमा लेखिएको पत्र पढेर सुनाए । त्यस्तै साहित्यकार रामप्रसाद ज्ञवालीले ‘अभिषापका विरुद्ध’ कविता बाचन गरे भने साहित्यकार राजेन्द्र सलभले मोदीलाई ‘आज भाइको घरमा सल्काएको आगोले भोली तिमीलाई पनि पोल्ला’ भन्दै कविताममार्फत मोदीलाई चेतावनी दिने काम गरे ।
त्यहि क्रममा जनवादी गायक जीवन शर्माले ‘मधेसी पहाडी हिमालका हिमाली, सयौ जाती जनजाती हामी सबै नेपाली’ बोलको गीत गाउँदा सबैले तालि बजाएर साथ दिए । त्यसपछि सिस्नोपानी नेपालका महासचिव टंक आचार्यले कविता प्रस्तुत गर्दै भारतको दादागिरी नसहन्ने भन्दै चेतावनी दिदै गर्दा कवि अर्जुन पराजुलीले पनि ‘नाकाबन्दी’को बिषयमा कविता वाचन गरे । त्यसपछि सबै साहित्यकारहरुको साहित्य प्रश्नलाई मनोज गजुरेलले मोदीले बोल्ने भाषामा बोल्न सुरु गरे । मनोज गजुरेलले नक्कली मोदी बन्दै दर्शकहरुलाई राम्रै हँसाउन सफल भए ।

मनोजले विशेषत नाकाबन्दीको विषयलाई लिएर आफ्नो मोदी शैली प्रस्तुत गरेका थिए । कार्यक्रममा मोदीलाई उपस्थित दर्शकहरुले प्रश्नपनि सोधेका थिए । कार्यक्रममा नेपाल सरकारका विशिष्ट व्यक्तिहरुको पनि उपस्थिती रहेको थियो ।

www.etajakhabar.com
काठमाडौं, १७ असोज । दक्षिण पेरुमा भर्खरै भूकम्पको कडा कम्पन गएको छ । नेपाली समय अनुसार साँझ
८:३७ बजेको समयमा ५.७ म्याग्निच्यूडको धक्का गएको भूकम्प मापन गर्ने इएमएसले जनाएको छ । भर्खरै गएको भूकम्पको क्षती विवरण भने प्राप्त भएको छैन ।

– विवेक विश्वकर्मा
रुपन्देही, १७ असोज । बिखण्डनबादी र भारत परस्तको आलोचना खेप्दै आएका पूर्बप्रधानमन्त्री डा बाबुराम भट्टराईले पाखण्ड राष्ट्रबाद भन्दा प्रगतिशील राष्ट्रबादको आवश्यकता रहेको बताएका छन् ।
रुपन्देहीको धकधईमा संयुक्त संघीय मधेशी थरुहट संघर्ष समितिद्वारा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै भट्टराईले थारु, मधेशी, महिला, आदिबासी, जनजाति लगायत उत्पीडित बर्ग तथा सामुदायलाई अधिकारबाट बन्चित गरि टुकी र साईकलको खोक्रा राष्ट्रबादको राग अलाप्नु गलत भएको बताए ।
उनले आफ्नै देशलाई आधुनिक कृषिकरण र औद्योगिकरण मार्फत नेपाललाई प्रगतिशील राष्ट्रबादतिर उन्मुख गराई युवाहरुलाई बिदेश पलायनबाट रोक्न देशमै उत्पादन गरेको बस्तु प्रयोग गर्नु सच्चा राष्ट्रबाद रहेको प्रष्ट पारे ।
नेता भट्टराईले अंग्रेजसँग लडेर सीमा जोगाउने मधेसी समुदायलाई अराष्ट्रबादी भन्ने खस पहाडी उच्च अहंकारवादी नेताहरुले नै सुगौली लगायत असमान सन्धि सम्झौतामा हस्ताक्षर गरि राष्ट्रघात गरेको जगजाहेर हुँदाहुँदै पनि तिनै शाषकवर्गका हिमायतीहरु पचपन्न दिनदेखि अधिकारका लागि आन्दोलनरत मधेशी जनतालाई भारतीय भनेर अधिकारबाट बन्चित गर्नु दुर्योधन झै पाण्डवहरुलाई महाभारत निम्त्याउनु सरह भएकोले मधेसी समुदायको जीत सुनिश्चत रहेकोले संघर्ष अझै सशक्त र निरन्तर जारी राख्नुपर्ने जिकर गरे ।
उनले भने- आफू महाभारतको भीष्म जस्तै दुर्योधन जस्ता अन्यायी कौरवहरु गद्दीमा बसेको कारण सत्य र न्यायकोपक्षमा वाणको शैयामा लडिरहेको स्मरण गराउँदै उत्पीडनबिरुद्ध लड्दालड्दै ३५ बर्षको पार्टी र सभासद पद परित्याग गरी रणभूमिमा उत्रेपछि अन्तिम साँस रहेसम्म उत्पीडित बर्ग तथा समुदायकै मुक्तिका खातिर संघर्ष जारी राख्ने भीष्म प्रतिज्ञा समेत गरेका छन ।
नेता भट्टराईले काग्रेस र एमालेको त कुरै छोडौ तिनीहरुको भित्री ईच्छा संबिधानसभा र संघीयता नहुँदा नहुदै पनि जनताले यहाँ सम्म लतारेर ल्याएको एमाओबादी पार्टी भित्र पनि रेड स्टिकर टाँसिएपछि भूकम्पमा परि भत्किएको घर नयाँ घर बनाए जस्तै आफूले पनि भत्किएको एमाओबादी पार्टी परित्याग गरि संघीय लोकतान्त्रिक गणतन्त्र, पूजीबाद र समाजबादी नया ब्यवस्थामार्फत सम्बृद्ध नेपाल बनाउनका लागि नयाँशक्ति निर्माण गर्न देशब्यापी रुपमा जनता सँग सरसल्लाह गरि रहेको खुलासा समेत गरेका छन ।
भट्टराईले आफू प्रगतीशील राष्ट्रबादका निम्ति पार्टी र सभासद पद त्याग गर्दा आफूलाई भारतीय एजेन्ट भन्ने नेताहरु प्रधानमन्त्री पदका लागि मर्यादा बिर्सेर दुनियाँ सामु भारतबादी बन्ने होडबाजी र फोहोरी खेल खेलिरहेको जनताले मुल्याँकन गर्ने बेला आएको जिकिर गरेका छन ।
dainiknepal.com

मधेसले हारेमा भारतले पनि हार्ने भनाइ
काठमाडौं : आधा गइसक्यो । तर रक्सौल अझै जागै छ । नेपालतर्फको सडक मधेसी दलले अवरोध गरेका छन् । नेपालका प्रदर्शनकारीका लागि महेशकुमार अग्रवालको घर अगाडि एउटा टेन्टमुनि क्यान्टिन चलाइएको छ ।

उनकै घर अगाडि एउटा भीड किन जम्मा भएको होला ? त्यहाँ बनाइएको क्यान्टिन रातभर खानाको बन्दोबस्त गर्दै जागा रहन्छ ।

महिमा निर्यातका सञ्चालक अग्रवाल नेपाल-भारत सीमावर्ती क्षेत्रका एक प्रसिद्ध व्यापारी हुन् । उनी यहाँ व्यापारीसँगै भारतीय जनता पार्टीका एक सक्रिया कार्यकर्ताकारुपमा पनि परिचित छन् ।

महेशको घर अगाडि चम्किरहेको बिजुलीको उज्यालोमुनि एकसाथ दुर्इ कुरामा गर्मागरम बहस भइरहेको छ । एकातिर नेपालमा संविधानविरुद्ध आन्दोलन चलिरहेको छ भने अर्कातिर बिहारमा चुनाव आइरहेको छ । यहाँ नेपालमा संविधानविरुद्ध जारी मधेस आन्दोलनलार्इ बिहारको चुनावमा कसरी उपयोग गर्ने भन्नेबारेमा दुर्इपक्षबीच छलफल भइरहेको छ ।

नेपालको मधेसमा जारी आन्दोलनको प्रभाव बिहारको चुनावमा पनि देखिने भएकाले यहाँ यी दुर्इपक्षबीच नेपालको मधेस आन्दोलन र बिहारको चुनावमा एकसाथ जितको खोजी हुँदैछ

'म यहाँ सडक अवरुद्ध गरेर मितेरी पुलमा धर्ना बस्नु भएका मधेसी दाजुभाइलार्इ खाना खुवाउने बन्दोबस्त गरिएको क्यान्टिनको रेखदेख गरिरहेको छु', अग्रवालले भने, 'उहाँहरु जायज मुद्धासहित आन्दोलित हुनुभएको छ । हामीले उहाँहरुलार्इ सहयोग गर्दा सामाजिक र राष्ट्रिय दुबै हित हेरेका छौं ।'

अग्रवालले त्यो क्यान्टिनमा मधेसका ६ हजार देखि ७ हजार दाजुभाइलार्इ खाना खुवाइरहेको बताए । 'हामी चौबीसै घन्टा ६ हजारदेखि ७ हजार मानिसलार्इ हरदिन खाना खुवाइरहेका छौं', उनले भने, 'उहाँहरुलार्इ सहयोग नगरे अरु कसले गर्छ ?'

अग्रवालले आफूहरुले यसो गर्नुमा राजनीतिक कारणसँगै मधेसीसँग रोटी-बेटीको सम्बन्ध रहेको पनि ब्याख्या गर्न पछि परेनन् । उनले मधेस आन्दोलनलार्इ प्रयोग गरेर बिहारको चुनावलार्इ राम्ररी प्रभावित पार्न सकिने कुरा पनि राम्ररी बुझेका छन् ।

उनले भारतले नेपालको मुद्धालार्इ उठाउने क्रममा त्यसबाट बिहारको चुनाव प्रभावित हुनसक्ने बुझैरै यो अभियानमा लागेका हुन् ।

'भाजपा सरकारले केन्द्रमा यदि गलत कदम चालेमा बिहारको चुनाव प्रभावित हुन सक्छ । तर यदि सही कदम लियो भने त्यसले हामीलार्इ राम्रो फाइदा दिनेछ', उनी भन्छन्, 'सीमाबाट ५० किलोमिटरको दुरीमा रहेको मधेस र बिहारबीच सदियौंदेखि व्यापारको मात्र सम्बन्ध छैन, बेटी-रोटीको गहिरो नाता छ । यो सीमाना हामी दुबै देशको पुल हो । यसले हामीलार्इ अलग गर्न सक्दैन ।'

उनका अनुसार बिहारको विधानसभा निर्वाचन क्षेत्रबाट ४० प्रतिशत मानिस मधेसीसँग प्रत्यक्ष जोडिएका छन् । त्यसैले यहाँको मुद्धा र चुनाब तथा मधेस र बिहारको सम्बन्धलार्इ कसरी हेर्छ भन्ने महत्वपूर्ण कुरा हो ।

'अहिलेसम्म भारत सरकारले बलियो अडान लिएर मधेस आन्दोलनलार्इ समर्थन गरेकोमा हामी खुसी छौं', उनले सुनाए, 'हाम्रो आफ्नो भूमिमा पहाडियालार्इ तह लगाएर मधेसीहरु अघि बढ्नैपर्छ । हामी उनीहरुका लागि यति धेरै गरिरहेका छौं, तर उनीहरु के गरिरहेका छन् ? हाम्रो झण्डा र प्रधानमन्त्रीको पुत्ला जलाइयो ।'
।

नेपाल सरकारले आफूहरुमाथि लामो समयदेखि ब्ल्याकमेलिङ गरिरहेको आरोप उनले लगाए । 'उनीहरु लामो समयदेखि हामीलार्इ ब्ल्याकमेलिङ गरिरहेका छन् । उनीहरु चीनको सहयोग कसरी लिँदा रहेछन् हामी पनि हेर्छौं', उनी भन्छन्, '६७ प्रतिशत बढी नेपालको ब्यापार हाम्रै सीमानासँग जोडिएर हुन्छ । अधिकांश पेट्रोलियम पदार्थ हामीले नै दिइरहेका छौं । अहिलेको नाकाबन्दी र मधेस आन्दोलनले उनीहरुको हैसियत उजगार भएको छ ।'

बिहारमा मधेस आन्दोलनकारीलार्इ सघाइरहेकै बेला सांसद सञ्जय जायसवाल र विधायक डा. अजयकुमार सिंहसहित भने आफ्नो राजनीतिक कारण देखाउँदै प्रत्यक्ष सहयोग गरिरहेका छन् । उनीहरुले मधेसीका लागि शिविर सञ्चालनमा पनि सहयोग नगरेको जनाएका छन् ।

गत बिहीबार अग्रवालको घरमा खाना खानका लागि विशेष अतिथिकारुपमा राजेन्द्र महतो उपस्थित थिए । नेपालमा नाकाबन्दी गराउन सक्रियरूपमा लागेका उनी नेपाल सद्भावना पार्टी  अध्यक्ष पनि हुन् ।

अग्रवालको घरमा खाना खाँदै उनले मधेसी र भारतीयको पक्षमा बोल्दै नेपालीबारे नकारात्मक टिप्पणी गर्न भ्याए ।

'भारतले जे सही भन्छ मधेसका लागि त्यही सही हुन्छ', उनले भने, 'नेपाली भाषाका मानिसका लागि राष्ट्रवाद भनेको भारतलार्इ गाली गर्नु हो । केबल हामी संगठित मधेसीले मात्रै नेपालमा भारतविरोधी भावनालार्इ कम्जोर बनाउन सक्छौं ।'

आफ्नो आन्दोलनबारे बोल्दै महतोले सीमाका धर्ना भारतको नभइ आफ्नो भएको जिकिर गरे । 'यो भारतको धर्ना होइन, हाम्रो धर्ना हो', उनले भने, 'उनीहरुले समान अधिकारसहितका हाम्रा जायज मागलार्इ नयाँ संविधानमा सम्बोधन गरेको एक सेकेन्टमै सीमानाको नाकाबन्दी हट्नेछ ।'

महतोले मधेस आन्दोलन चलिरहेकै बेला काठमाडौंमा नयाँ संविधान जारी भएपछि १६ सेप्टेम्बरदेखि भारतले आफूहरुको आन्दोलनमा समर्थन गरेकोमा आभार व्यक्त गर्न भ्याए ।

'यदि मधेस आन्दोलन असफल भयो भने हाम्रा लागि दासको जस्तै जीवन हुनेछ', उनले भने, 'यो आन्दोलन यदि कम्जोर भयो भने त्यससँगै भारत पनि असफल हुनेछ ।'

भारतीय प्रशासनले अहिलेसम्म  मधेसी आन्दोलनकारीहरुलार्इ सहानुभूति जनाइरहेको देखिएको छ । अहिले नाकामा शान्ति भएको देख्न सकिन्छ । यदि सीमानाका दुबै किनारमा शान्तिको वातावरण कायम भएमा भारत नाकाबन्दी हटाउन बाध्य हुने अवस्था छ ।

'नेपाल सरकार मधेसी नागरिकलार्इ दासका रुपमा राख्न चाहन्छ,' नाका रोड रक्सौलमा बस्दै आएका सुरेश कुमार गुप्ता भन्छन्, 'यदि भारत सरकारले नाकाबन्दी हटाएर हाम्रा मधेसी दाजुभाइ दिदीबहिनीको साथ छाड्यो भने उनीहरुको अधिकारका लागि लड्न हामी मधेस जान्छौं ।' उनले यति कुरा भनिरहँदा उनको समर्थनमा वरिपरि बसेकाहरुले मुन्टो हल्लाइरहेका थिए ।

गुप्ताकी पत्नी वीरगञ्जबाट १५ किलोमिटर टाढाको डाकेला भवेरीकी हुन् । उनले आफ्नी बहिनीलार्इ पनि बिहे गरेर वीरगञ्जमा दिएका छन् । 'यदि भारत सरकार कम्जोर भएर पछि हट्यो भने हामी मधेसी दाजुभाइ दिदी बहिनीका लागि लड्नेछौं', उनले भने, 'हामी नहरको पुल तोड्छौं, उनीहरुले के गर्न सक्छन् गरुन् ।'

पुरुषहरुको एउटा समूह बाहिर गल्लीमा जय मधेस भन्दै नारा लगाउँदै पुलतिर दौडियो । यहाँ जम्मा भएका अनुहार छुट्याउनै मुस्किल छ, को मधेसी हुन् को भारतीय हुन् ।

एकैठाउँ बसेका बेला यहाँ कसैलार्इ पनि दुर्इ देशका नागरिकका रुपमा छुट्याउनै सकिन्न । यहाँ नेपालीलार्इ चिन्ने एउटैमात्र विधि छ । त्यो हो, मोटरसाइकलको नम्बर प्लेटको रंग : नेपाली नागरिकको मोटरसाइकलको नम्बर प्लेटको रंग रातो छ ।
यो समाचार भारतीय अनलाइन इन्डियन एक्सप्रेसले प्रकाशित गरेको छ
annapurnapost.com

जनसेनाको नजरबन्दमा जिउँदै पुर्न खोजियो
परासी : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले द्वन्द्वकालमा राजतन्त्र नजिक रहेका पार्टीकै नेताहरुले आफूलाई मार्ने योजना बनाएको खुलासा गरेका छन् ।

पार्टीभित्र संविधानसभा र गणतन्त्रका कुरा गर्दा नजरबन्दमा पर्नुपरेको भन्दै भट्टराईले ज्ञानेन्द्रले शासन हातमा लिएका बेला सरकारमा सामेल हुन बोलाउने नेताहरुले नै आफूलाई सिद्याउन खोजेको आरोप लगाए ।

पार्टी परित्याग गरेपछि आफ्ना समर्थकलाई भेट्ने क्रममा आइतबार नवलपरासी पुगेका भट्टराईले दुम्कौलीस्थित चौधरी ग्राम उद्योगमा रहेका मजदुरहरुसँगको भेटघाट कार्यक्रममा उक्त कुरा बताएका हुन् ।

नेपाल औद्योगिक स्वतन्त्र मजदुर युनियनद्धारा आयोजित अन्तरक्रिया कार्यक्रममा कसैको  नाम नलिइ उनले भूमिगतकालमा आफ्नै सेनाको नजरबन्दमा राखी  सिद्याउन खोजेको आरोप लगाए ।

‘त्यसबेला केही नेताहरुको राजतन्त्रसँग साँठगाँठ थियो’ भट्टराईको भनाई उद्दृत गर्दै कार्यक्रममा सहभागी एक मजदुर नेताले भने, ‘त्यसको विरोध गर्दा मलाई जिउँदै खाल्डोमा हालेर मार्ने योजना बनाइयो ।’

संविधानसभाबाट संविधान आफ्नो एजेण्डा भएको बताउँदै भट्टराईले अहिले आएर आफूलाई त्यसको विरोधीकारुपमा उभ्याउँदै विभिन्न व्यक्तिले आरोप लगाउन थालेको बताए ।

दलित, जनजाति र मधेसीहरुको माग पुरा नभएकाले आफुले ‘नोट अफ डिसेण्ट’ लेखेको बताउँदै उनले भ्रष्टचारको दलदलमा फसेका एमाओवादीका केही नेताहरु त्यसबाट जोगिन अहिले सरकारमा जान लागेको आरोप लगाए ।

दुम्कौलीको कार्यक्रम पश्चात उनले बर्दघाट र सुनवलका समर्थक र एमालेका जिल्लास्तरका केही नेताहरुसँग पनि भेट गरेका थिए ।

आइतबारै उनले संयुक्त संघीय मधेसी थरुहट संघर्ष समिति क्षेत्र नं. १ रुपन्देहीले धकधईमा गरेको क्षेत्रीयस्तरको विरोध सभालाई पनि सम्बोधन गरेका थिए ।
annapurnapost.com
काठमाडौँ, १७ असोज । प्रमुख तीन दलीय वार्ता टोली र आन्दोलनरत सङ्घीय लोकतान्त्रिक मोर्चाबीच भएको वार्ता सकारात्मक रहेको वार्तामा सहभागीहरुले बताएका छन् ।
दुवै पक्षबीच आज मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) को केन्द्रीय कार्यालयमा भएको वार्ता सकारात्मक भएको तीन दलीय वार्ता टोलीका सदस्य एवम् वन तथा भू–संरक्षण मन्त्री महेश आचार्यले जानकारी दिनुभयो ।
मन्त्री आचार्यले छलफल राम्रो भएको र राजनीतिक कार्यसूचीलाई सबैका लागि कसरी स्वीकार्य हुन सक्दछ भन्नेमा दुवै पक्ष पुगेको बताउनुभयो । उहाँले वार्ताको वातावरण बनाउन सरकारले गरेका विभिन्न निर्णय तल्लो स्तरसम्म कार्यान्वयन गर्न देखिएका प्रशासनिक ढिलाइलाई सरकारले तत्काल सम्बोधन गर्ने विषयमा मोर्चालाई आश्वस्त पारेको जानकारी दिनुभयो ।
यसबाहेक दुवै पक्ष मुलुकको वर्तमान समस्या चाँडै सम्बोधन गर्नुपर्दछ भन्नेमा सहमत भएको र आन्दोलनका कतिपय माग संविधान संशोधनबाट सम्बोधन हुनेमा सहमत देखिएका छन् ।
छलफल सकारात्मक रुपमा अघि बढेको र मोर्चाले अघि सरेको कतिपय माग संविधान संशोधन तथा राजनीतिक तहमा छलफल गरेर टुङ्गो लगाउनुपर्नेमा सहमति भएको तीन दलीय वार्ता टोलीका अर्का सदस्य एवम् नेकपा (एमाले) का प्रमुख सचेतक अग्नि खरेलले जानकारी दिनुभयो ।
मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का उपाध्यक्ष जितेन्द्र देवले छलफल सौहाद्र वातावरणमा विषयवस्तुमाथि केन्द्रित रहेर भएको बताउनुभयो । मुलुकको समसामयिक विषयमा सकारात्मक कुराकानी भएको र चाँडोभन्दा चाँडो निष्कर्षमा पुग्नुपर्नेमा दुवै पक्षबीच सहमति भएको उहाँले बताउभयो ।
मोर्चाले वार्ता वातावरण बनाउन आन्दोलनमा मृत्यु भएका परिवारलाई राहत, मुद्दा लागेको निर्दाेषलाई रिहा, घाइते भएकाको उपचारको व्यवस्था तत्काल हुनुपर्ने माग गरेको थियो । मोर्चाका सो मागलाई सरकारले गम्भीर रुपमा लिएको बताउँदै तत्काल सम्बोधन हुने आश्वासन दिएको छ ।
यसबाहेक छलफलमा सङ्घीयताको सीमानामा नमिलेका विषयमा समेत मोर्चाले सरकारलाई ठोस प्रस्ताव ल्याउन सुझाएको उपाध्यक्ष जितेन्द्र देवले जानकारी दिनुभयो । छलफलमा मोर्चाले समानुपातिक समावेशी प्रतिनिधित्व, निर्वाचन निर्धारण पुनरावकलोकन, नागरिकतालगायत विषयमा पनि सत्तापक्षलाई भोलिसम्ममा मस्यौदा ल्याउन र त्यसमा छलफल गरेर टुङ्ग्याउने सहमति भएको उहाँले बताउनुभयो ।
छलफलमा मन्त्री आचार्य, प्रमुख सचेतक खरेल, उपाध्यक्ष देव, फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार र मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) का अध्यक्ष राजकिशोर यादव सहभागी हुनुहुन्थ्यो । रासस
dainiknepal.com
काभ्रे, १७ असोज । ‘पहरोमा उम्रेको पिपलमा होइन्, चौतारी भएको पिपलको छाहारी खोज्दै एमालेमा आएको हुँ’ उखान टुक्कामा माहिर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका अगाडि भन्दै थिए, नेकपा माओवादीका काभ्रे जिल्ला सह–इन्चार्ज विसेश्वर बञ्जारा । उनले ओलीलाई थुप्रै उखान एमालेको सभामा सुनाए ।
दश वर्षे सशस्त्र द्वन्द्वबाट आएको पार्टीका नेताले कम्युनिष्ट अनि त्यसमा एमालेको जबज र एमालेका कार्यकर्ताको व्यवहारबाट भएका कामलाई उनले लयबद्ध गीतमा प्रस्तुत गर्दै ओलीलाई चकित बनाए ।
शनिबार काभ्रेको बनेपामा नेकपा एमाले काभ्रेले आयोजना गरेको संविधान स्वागत तथा वृहत कार्यकर्ता भेलालाइ सम्बोधन गर्न आएका अध्यक्ष ओलीले विभिन्न दल छाडेर एमालेमा समाहित हुनेहरुलाई टिका लगाएर स्वागत गरे ।

यसरी ओलीको हातबाट टिका लगाउँदै प्रवेश गर्नेहरुमा नेकपा माओवादीका जिल्ला सह–इन्चार्ज विसेश्वर बञ्जार, नेकपा माओवादीका जिल्ला कमिटी सचिवालय सदस्य दिनेश घिमिरे (डिजी सर्वहारा), माओवादी जिल्ला सदस्य दुतलाल तामाङ, एमाओवादी राज्य कमिटी सदस्य तथा काभ्रे काठमाडौ गणतान्त्रिक मञ्चका सचिव मुरलीप्रसाद हुमागाई, नेकपा माओवादी भातृ संगठन युवा सुरक्षा बल जिल्ला अध्यक्ष ईश्वर बञ्जारा, युवा सुरक्षा बल पनौती नगरपालिका अध्यक्ष राधेश्याम खत्री, नेकपा माओवादी २ नं क्षेत्रीय सदस्य अमृत केसी, नेपाली कांग्रेस कुशादेवी गाविस इकाइ सदस्य भवनाथ तिमल्सिना, नेपाली कांग्रेस पनौतीकी प्रभावशाली नेतृ सुर्यमाया मिजार, नेपाली कांग्रेसकै पनौती नगर इकाइ सदस्य दलबहादुर मिजार, सविन बञ्जारा लगायत नेपाली काग्रेस, एमाओवादी, माओवादी परित्याग गरि दुई सय भन्दा बढी पार्टीमा प्रवेश गरेको एमाले जिल्ला कार्यालय सचिव बसुन्धरा हुमागाईले जानकारी दिए ।
3पार्टी प्रवेश गरेका नवप्रवेशीहरुले ओली प्रधानमन्त्रीका लागि अग्रिम बधाई दिँदै राष्ट्र निर्माणमा उदाहरणीय काम गर्न सुझाव दिएका थिए ।
संविधान निर्माणपछि काभ्रेमा एमाले पार्टीप्रति आकर्षण बढ्दै गएकाले प्रवेशको लहर चलेको जिल्ला सदस्य निर्मल त्रिपाठीले बताए ।
असारमा गर्ने भनिएको एमाले काभ्रेको जिल्ला अधिवेशन भूकम्पका कारण हुन सकेको छैन् । एमालेको ९ औँ महाधिवेशन पछि गुटका कारण जिल्ला नेताहरुबीच तिक्कता रहेपनि एकताको सन्देश अध्यक्ष ओली सहभागी कार्यक्रममा नेताहरुले दिएका छन् ।
dainiknepal.com

काठमाडौ : भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपालमा नाकाबन्दी लगाउने भन्ने कुरा भारतले सोच्न पनि नसक्ने बताएका छन्।

गृहमन्त्रीको सरकारी निवास अकवर रोड १७ मा रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलासँग कुरा गर्दै उनले भने, 'भारत सरकार, जनता कुनै पनि बहानामा नेपालमाथि नाकाबन्दी लगाउने कुरा सोच्न समेत सक्दैन । हामी त नेपालको विकासमा सहयोग गर्न चाहन्छौ । नाकाबन्दी भन्ने शब्दको उच्चरण नै नगर्नुस, भारतले यस्तो कुरा सोच्न पनि सक्दैन र कहिल्यै गर्दा पनि गर्दैन। यो कल्पना भन्दा बाहिरको कुरा हो, यस्तो कुरा गरेर सम्बन्धमा चिसोपन ल्याउने कुरा कसैले पनि नगरौ।'

उनले नेपाललाई दुख सुखमा साथ दिदै आएको र भविष्यमा पनि साथ दिदै जाने स्पष्ट पार्दै नेपालमा समस्या परेको बेलामा भारतले जस्तो सुकै सहयोग पनि गर्ने  प्रतिबद्धता ब्यक्त गरे।गृहमन्त्री सिंहले भने,  अहिले आपूर्ति ब्यवस्था आएको असहजता प्रति हामी सजग छौ । नेपालकै आन्तरिक कारणले यो अवस्था सृजना भएको हो । त्यसलाई सकेसम्म हाम्रो तर्फबाट छिटो भन्दा छिटो समस्या समाधान गर्नको लागि हामी पहल गरिरहेका छौ । नेपालीलाई हामी कुनै पनि अभाव नहोस भन्नेमा सचेत छौ । नेपालीलाई दुख हुँदा सबैभन्दा बढी चिन्तित हामी हुन्छौ यसमा हाम्रँे सरकार सजग छ ।

उनले गतल सन्देश प्रभावित गरेर दुई देशको सम्बन्धलाई प्रभावित पार्ने प्रयास गरिएको दावी गर्दै नेपालमा भारत विरोधी गतिविधी बढेको मा आफू एक दमै दुखि भएको बताए ।उनले भने–नेपालसँगको सम्बन्ध अझै प्रगाढ बढाउन प्रधानमन्त्री नरेन्द्र मोदी दुई पटक नेपाल जानु भयो । म पनि नेपाल भ्रमणमा गए । हामी दुई मुलुकका सम्बन्ध सुमधुर बनाउन लागेको बेला यस्तो गलत सन्देश फैलाईनु उचित होईन ।

गृहमन्त्री सिंहले नेपाललाई भुकम्पको बेला सबै भन्दा छिटो सहयोग गर्ने भारत भएको उल्लेख गर्दै नेपाली जनताले दुख पाउन नहुने स्पष्ट पारे ।गृहमन्त्री सिंहले नेपालमा बनेको नयाँ संविधानमा आफुहरुको कुनै पनि किसिमको आपत्ति र असन्तुष्टी नभएको स्पष्ट पार्दै संविधानसभाबाट सहमतिमा छिटो भन्दा छिटो नेपालमा संविधान बन्नु पथ्र्यो भन्ने सुरु देखिकै आफूहरुको बटमलाईन रहँदै आएको स्मरण गराए।

उनले भने– नेपालमा जारी भएको संविधानमा हामीले असहमति राख्नु पर्ने अवस्था छैन तर संविधानमा सबैको अपनत्व होस र सहमतिका साथ संविधान जारी होस भन्ने हाम्रो दृष्टिकोण थियो । संविधान जारी भएपछि मधेसी, थारु, जनजाति असन्तुष्टी ब्यक्त गरिरहेको अवस्थामा उनीहरुको भावना संविधानमा समेटियोस भन्ने हाम्रो चाहना हो । कस्तो संविधान बनाउने भन्ने नेपालका राजनीतिक दलले तय गर्ने विषय हो । हामीले त सुझाव दिने मात्रै हो ।

सिंहले नेपालमा जारी सरकार निर्माण प्रति चासो राखे पनि नेपालमा कस्तो र कस्को नेतृत्वमा सरकार बनाउने भन्ने कुरा नेपालका राजनीतिक दलहरुले निर्णय गर्ने कुरा भएकोले त्यसमा आफूहरुको कुनै चासो र हस्तक्षेप नभएको बताए ।उनले सो क्रममा आफूले पछिल्लो उत्पन्न असमझदारीको विषयमा नेपालका प्रधानमन्त्री सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग टेलिफोनमा कुराकानी गरेको समेत जानकारी दिए ।
annapurnapost.com
काठमाडौं : भारतीय विदेश मन्त्रालयले नाकाबन्दी खुलाउन निर्देशन दिएपछि विराटनगरको जोगवनी नाकास्थित भन्सारका दुवै तर्फका अधिकारीहरुको संयुक्त बैठक बसेर आपूर्ति सुचारु गर्न चार बुँदे सहमति भएको छ।

विराटनगरस्थि रानी भन्सार कार्यलयका प्रमुख कृष्ण बस्नेत र भारतीय भन्सारका प्रमुख प्रनेश गुप्ताको नेतृत्वमा बसेको दुवै पक्षका अधिकारी तथा कर्मचारीको बैठकले भन्सार जाँच तथा अन्य प्रक्रियालाई सहज बनाउने सहमति भएको हो। आजैदेखि नाका सुचारु हुने भएको छ।

चारबुँदे सहमतिमा औषधी, तेल, ग्यास, खाद्यन्नका समानलाई प्राथमिकता दिएर सहज रुपमा आपूर्ति गर्ने, नेपालतर्फ आउने मालबाहक गाडीहरुलाई स्कर्टिङसहित सुरक्षा प्रदान गर्ने,  भन्सारमा उद्योग बाणिज्य संघको हेल्प डेस्क राख्ने उल्लेख छ।

रानी भन्सार कार्यलयका प्रमुख बस्नेतले भारतीय पक्षसँग चार बुँदे सहमति भएकोले अब आपूर्ति सहज हुने र भन्सार जाँपासमा समस्या नहुने बताए।   annapurnapost.com
काठमाडौँ, १७ असोज । नेकपा एमालेले औपचारिक रुपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेको छ ।
नेकपा एमाले संसदीय दलको आइतबारको बैठकले संसदीय दलका नेता समेत रहेका ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो । ओलीलाई सहमतिय आधारमा प्रधानमन्त्री बनाउन पहल गर्न एमालेले शीर्ष नेता सम्मिलित पाँच सदस्ययीय कार्यदल पनि बनाएको छ ।
कार्यदलमा अध्यक्ष ओलीसहित बरिष्ठ नेता झलनाथ खनाल, शीर्ष नेता माधवकुमार नेपाल, उपाध्यक्षहरु वामदेव गौतम र विद्या भण्डारी रहेको एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । कार्यदलले काँग्रेस, एमाओवादीसहित साना दलको समर्थन जुटाउन वार्ता र छलफल गर्ने बताइएको छ ।

राष्ट्रपति डा रामवरण यादवले ७ दिनभित्र सहमतिको आधारमा नयाँ सरकार गठन गर्न गत शुक्रबार एक साताको समयसीमा दिनुभएको थियो । एक साता भित्र सहमति नजुटे बहुमतीय आधारमा प्रधानमन्त्री चयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सहमतिय आधारमा प्रधानमन्त्री चयन हुने सम्भावना अति नै न्यून देखिएको छ । पहिलो चरणमा प्रधानमन्त्री चयन नभए स्वतः बहुमतीय आधारमा प्रधानमन्त्री चयनका लागि प्रक्रिया आरम्भ हुनेछ ।
dainiknepal.com
काठमाडौं– नेकपा एमालेले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने निर्णय गर्दै त्यसका लागि पहल गर्ने निर्णय गरेको छ ।
पार्टीको स्थायी समितिको आज बसेको बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेद्धार बनाउने निर्णय गर्दै अन्य दलसँग वार्ता गर्न शीर्ष नेताहरु सम्मिलित ५ सदस्यीय समिति गठन गरिएको पार्टी सचिव प्रदीप ज्ञवालीले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार वार्ता टोलीको संयोजकमा अध्यक्ष केपी ओली रहेका छन् भने माधव नेपाल , झलनाथ खनाल, वामदेब गौतम र विद्याभण्डारी सदस्य रहेका छन् । उनीहरुलाई ओलीको नेतृत्वमा सरकार गठन गर्न अन्य पार्टीलाई सहमतिमा ल्याउने जिम्मेवारी दिइएको छ । विगतमा भएको १६ बुँदे सहमति अनुसार ओलीलाई प्रधानमन्त्री बनाउने सहमति भएको र सोकै आधारमा एमालेले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको ज्ञवालीको भनाई छ । www.ratopati.com
काठमाडौं, १७ असोज । संविधानमा असन्तुष्टि जनाउँदै आएको भारतले विगतदेखि ११ दिनदेखि नेपालसँग जोडिएका नाकामा अघोषित नाकाबन्दी लगाइरहेको छ ।
नाकाबन्दीले राजधानी काठमाडौं लगायत देशैभरीको हाहाकार मच्चिएको छ । शनिबार रातिदेखि नाकाबन्दी हटाएको जनाएपछि सीमा नाकामा भारतको अवरोध कायमै छ । नाकाबन्दीको बीचमै अर्काे छिमेकी देश चीनसँग जोडिएका नाका खोलेर व्यापार विस्तार गर्न आवाज पनि उठिरहेका छन् । सरकारको असयोगका बाबजुद पनि उत्तरी क्षेत्रको चीनसँग जोडिएको तातोपानी नाका खुलेको छ । तर, सरकारले चीनबाट आपूर्ति गर्न पहल गरिरहेको छैन् ।

तातोपानी तैनाथ चिनियाँ अधिकारी र सुरक्षाकर्मीहरुले आफूहरु नेपाल आपूर्ति गर्न तयारी अवस्थामा रहेको तर त्यसका लागि नेपाल सरकारले चिनियाँ सरकारसँग पहल गर्नुपर्ने बताइरहेका छन् । यद्यपी पहिरोले अवरुद्ध तातोपानीदेखि काठमाडौंसम्म जोड्ने कोदारी सडक भने शुक्रबार राति देखि नै खुलेको थियो ।
तातोपानी नाका जोड्ने सडक सूचारु भएपछि नेपालले चीनसँग व्यापार बढाउने डरले भारतले शनिबार राति नै नाकाबन्दी हटाउन मातहतका अधिकारीलाई निर्देशन दियो । साथै नेपाललाई चीनबाट कुनै वस्तु नल्याउन दबाब दिएको स्रोतको दाबी छ । तर, भारतले आपूर्ति गर्न नाकामा आनाकानी गरिरहेको छ ।
त्यस्तै, चीन सरकारले पेट्रोलियम पदार्थ समेत नेपाल पठाउन सकिने र त्यसका लागि नेपालबाट भरपर्दाे प्रस्ताव आउनुपर्ने बताइरहेको छ । छिमेकीलाई जस्तोसुकै सहयोग गर्न चीन तयार रहेको चिनियाँ राष्ट्रपति सि जिनपिङले जनाइसकेका छन् ।
नेपालका लागि चिनियाँ राजदूत वु छुन्ताईले पनि आफूहरुलाई नेपाललाई जस्तोसुकै सहयोग गर्न तयार रहेको तर, त्यसका लागि नेपालले ठास पहल गर्नुपर्छ भन्दै आएका छन् । चीनको यस्तो प्रस्ताव आएपछि नेपाल आयल निगमले सरकारलाई पहल गर्न आग्रह गरेपनि अस्वीकार गरेको खुलासा भएको छ ।

नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्काले छिमेकी चीनबाट इन्धन ल्याउन अनुमति माग्दा सरकारले नदिँएको खुलासा गर्नुभएको हो । उहाँले सहज रूपमा व्यापार हुने ठाउँबाट पेट्रोलियम पदार्थ ल्याउनुपर्नेमा समेत जोड दिनुभयो ।
सरकारले छिमेकी देश चीनबाट इन्धन ल्याउन अनुमति नदिँदा अहिले असहज अवस्था आएको उहाँको विश्लेषण छ । उहाँले भन्नुभयो- ‘अघोषित नाकाबन्दीलगत्तै चीनबाट इन्धन आयात गर्नुपर्ने प्रस्ताव सरकारले मानेन । भारतको मात्रै भर पर्दा आपूर्ति असहज हुने भएकाले चीनबाट ल्याउन पटकपटक अनुमति माग्दा पनि सरकारले दिएन ।’
निगमले दशकौंदेखि भारतीय आयल कर्पोरेसनसँग कारोबार गर्दै आएपनि बारम्बार असहज अवस्था सिर्जना हुँदै आएको प्रबन्ध निर्देशक खड्काको गुनासो थियो । इन्धन आयातमा तत्कालै विकल्प खोज्नुपर्ने अन्यथा झन भयाभव अवस्था सिर्जना हुने उहाँको भनाई थियो ।
dainiknepal.com
मुगु, १७ असोज । मुगुमा एक पुरुषले काका र श्रीमतीको हत्या गरेका छन् ।
आफ्नी श्रीमतीले काकासँग शारीरिक सम्बन्ध राखेको थाहा पाएपछि मुगुको कार्कीबाडा गाविसस्थित ताल्चा गाउँमा शनिबार राति कार्कीबाडा–४ निवासी २० वर्षीय धर्मराज बिकले पत्नी र काकाको हत्या गरेको प्रहरीले जनाएको छ ।
विकले २० वर्षीय पत्नी पुतली र सोही गाविसका नातामा काका पर्ने २७ वर्षीय गजेन्द्र विकको हत्या गरेको मुगुका प्रहरी प्रमुख डीएसपी सोम थापाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो-‘गजेन्द्रले आफ्नो पत्नीसंग शारिरीक सम्बन्ध राखेको थाहा पाएपछि धर्मराजले रिसको आवेगमा दुबै जनाको हत्या गरेको बयान दिएका छन, घटनाको थप अनुसन्धान हुँदैछ ।’
काका र श्रीमतीको हत्या गरेलगत्तै धर्मराज दुई बच्चा बोकेर ताल्चा एयरपोटको सुरक्षा पोष्टमा आत्मसमपर्ण गर्न गएका थिए ।
dainiknepal.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home