• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
हामी सबै मानिसहरुले आफ्नो–आफ्नो भाग्य बोकेर आएका हुन्छौँ । मानिसहरुले पाउने सुख, दुख, सम्पत्ति, विपत्ति सबै भाग्यले नै निर्धारण गर्ने गर्दछ । भनिन्छ, दुख पछि सुख अवश्य आउँछ । त्यसकारण सबै मानिसहरुको भाग्यमा सुख, दुख पक्कै छ । फरक यत्ति हो, मानिसहरुले के लाई सुख सम्झिन्छन् र के लाई दुःख सम्झन्छन् ।

हामी सबै हाम्रो राम्रो दिन कहिले आउँछ भन्ने कुरा थाहा पाउन आतुर हुन्छौँ । हाम्रो राम्रो समय कहिले आउँछ वा हामीसँग कहिले निकै धेरै पैसा हुन्छ आदि इत्यादि । यी यावत् प्रश्नहरुको उत्तर भृगु संहितामा बताईएको हुन्छ । भृगु संहिता एउटा यस्तो ग्रन्थ हो जसमा ज्योतिष सम्बन्धी सम्पूर्ण जानकारीहरु पाइने गर्दछ । यो ग्रन्थमा मानिसहरुको राशी अनुसार भाग्योदयको कहिले हुन्छ भन्ने बारेमा जानकारी दिइएको छ । राशीअनुसार मानिसहरुको भाग्योदय हुने उमेरहरु यस प्रकारका छन्ः
१. मेष राशीः
मेष राशी भएका मानिसहरुको भाग्योदय उनीहरु १६, २२, २८, ३२ वा ३६ वर्षमा हुने गर्दछ ।
२. वृष राशीः
जो मानिसहरु वृष राशीका छन् उनीहरुको भाग्योदय २५, २८, ३६ वा ४२ वर्षमा हुने गर्दछ ।
३. मिथुन राशीः
२२, ३२, २५, २६ वा ४२ वर्षमा मिथुन राशी भएका मानिसहरुको भाग्योदय हुने गर्दछ ।
४. कर्कट राशीः
जो व्यक्तिको राशी कर्कट छ, उनीहरुको भाग्योदय १६, २२, २४, २५, २८ वा ३२ वर्षमा हुने गर्दछ ।
५. सिंह राशीः
सिंह राशी भएका मानिसहरुको भाग्योदय १६, २२, २४, २६, २८ र ३२ वर्षमा हुने गर्दछ ।
६. कन्या राशीः
कन्या राशीका मानिसहरुको भाग्योदय १६, २२, २५, ३२, ३३, ३५, ३६ वर्षमा हुने गर्दछ ।
७. तुला राशीः
२४, २५, ३२, ३३, ३५ वर्षमा तुला राशी भएका मानिसहरुको भाग्योदय हुने गर्दछ ।
८. वृश्चिक राशीः
वृश्चिक राशीका मानिसहरुको २२, २४, २८, ३२ मा भाग्योदय हुने गर्दछ ।
९. धनु राशीः
जुन मानिसहरुको धनु राशी छ उनीहरुको भाग्योदय १६, २२, ३२ वर्षमा हुने गर्दछ ।
१०. मकर राशीः
२५, ३३, ३५, ३६ वर्षको उमेरमा मकर राशी भएका मानिसहरुको भाग्योदय हुने गर्दछ ।
११. कुम्भ राशीः
जो मानिसहरुको राशी कुम्भ हो उनीहरुको २५, २८, ३६ वा ४२ वर्षमा भाग्योदय हुने गर्दछ ।
१२. मीन राशीः
मीन राशी भएका मानिसहरुको भाग्योदय १६, २२, २८, ३३ वर्षको उमेरमा हुने गर्दछ
पूर्वीय दर्शनका नीति शास्त्री चाणक्यले जीवनमा गर्न हुने र नहुने कुरा अर्थात नीतिबारे चर्चा गरेका छन् । नीति पालना गरे जीवनमा सुख प्राप्ती हुने बताइन्छ । चाणक्यले यस्ता ४ कुरा बताएका छन् जुन जीवनमा कसैलाई पनि भन्नु हुँदैन अर्थात सँधै यी ४ कुराको राज आफूसँगै हुनु पर्छ ।


अर्थनाशं मनस्तापं गृहिणीचरितानि च।
नीचवाक्यं चाऽपमानं मतिमान्न प्रकाशयेत्।।

यो श्लोकमा उल्लेख भए अनुसार जीवनमा कसैलाई पनि भन्न नहुने कुरा यस्ता छन्ः


पहिलो कुरा
धन नास भएको कुरा कसैसँग भन्नु हुँदैन । हामी पैसा हराएको वा नाश भएको कुरा अरुलाई भन्दा मान्छेहरु सहयोग गर्नुको साटो उल्टो टाढा भाग्छन् । तपाइँलाई पैसाको समस्या छ वा घाटा भैरहेको छ भने पनि कहिल्यै अरुलाई नभन्नुस् किन भने मानिसहरु तपाइँको आर्थिक अवस्था थाहा पाएपछि सहयोग गर्नुको साटो उल्टो तर्किन थाल्छन् । सके सम्म आर्थिक अवस्थाको राज आफैसँग सीमित राख्नुस् ।

दोश्रो कुरा
चाणक्यले मनको सन्ताप अर्थात आफ्नो मनमा भएको तनावबारे अरुलाई भन्नु हुँदैन भनेका छन् । यदि हामीले हाम्रो दुख बताउन थाल्यौं भने अरुबाट समाधान आउने होइन तपाइँलाई उल्टो अरुको मजाक बन्नु पर्छ । मानिसहरु अरुको दुःखमा उडाउन मजा मान्छन् । अरुले मजाक बनाउँदा तपाइँको दुःख घट्नुको साटो थप बढ्छ ।


तेश्रो कुरा
जीवनमा गोप्य राख्नु पर्ने कुरा हो आफ्नो पति वा पत्नि सम्बन्धि कुरा । यदि तपाइँले आफ्नी पत्नि प्रेमिका वा पति प्रेमीको विषयमा अरुलाई भन्न थाल्नु भो भने अरुले सम्बन्ध विगारिदिन वा अनैतीक हर्कत गर्न सक्छन् । यसले परिवारमा कलह र झगडा बढाउँछ । सके सम्म पति वा पत्निका कुरा कहिल्यै पनि अरुलाई नभन्नुस् ।




चौथो कुरा
जीवनमा आफू अपमानित भएको कुरा कहिल्यै पनि अरुलाई नभन्नुस् । कसैले तपाइँलाई अपमान गरेको छ भने पनि यस्तो कुरा आफैसँग राख्नुस् । यस्तो कुरा अरुलाई भन्दा उल्टै मजाकको पात्र बन्ने खतरा हुन्छ । तपाइँ थप अपमानित हुने खतरा हुन्छ ।
nepaliheadlines.com
कोही मानिससँग भेटघाट हुँदा हात मिलाउनु आम रुपमा चलन चल्तीको शिष्टाचार हो । तर हात मिलाउनु केवल शिष्टाचारमा मात्र सिमित रहेन, यसले तपाइँको मृत्यु तथा स्वास्थ्यको विषयमा जानकारी प्रदान गर्ने एक अनुसन्धानले देखाएको छ ।
ल्यासेन्ट मेडिकल जर्नलमा प्रकाशित शोध अनुसार हात मिलाउँदा मान्छेको शक्ति जति कमजोर हुन्छ उसको स्वास्थ्य सम्बन्धि खतरा उति नै बढि हुन्छ । निकै कमजोर पाराले हात मिलाउने मानिसमा हृदयाघात तथा मस्तिष्कघातको खतरा बढि हुने शोधकर्ताको निष्कर्ष छ । त्यसैले कमजोर तरिकाले हात मिलाउने मानिसमा अकाल मृत्यु तथा गम्भीर बिमारीको पूर्वानुमान लगाउन सकिन्छ ।
शोधकर्ता टोलीका प्रमुख डाक्टर ड्यारेल लियांग भन्छन्, ‘हात मिलाउनु यस्तो प्रक्रिया हो जसको माध्यमबाट कुनैपनि व्यक्तिको मृत्युको खतरा तथा अन्य रोगहरुको बारेमा पनि आँकलन गर्न सकिन्छ । यद्यपि यो मामिलामा अझै अनुसन्धानको खाँचो छ की हातका मांशेपेशी बढाएर दहि्रलो रुपमा हात मिलाउँदा खतरा कम हुन्छ वा हुँदैन ।’
१७ देशका करीब १ लाख ४० हजार मानिसमा ४ वर्षसम्म यो अध्ययन गरिएको थियो, जसको उमेर ३५ देखि ७० वर्षसम्मको थियो । हात मिलाउने समयमा मानिसहरुको शक्तिको मापन गर्नका लागि विशेष खालको उपकरणको प्रयोग गरिएको थियो । तथ्यांक अनुसार हात मिलाउने समयमा समात्दाको बखत लगाउने शक्ति अर्थात् गि्रप स्ट्रेन्थ ५ किलो भन्दा कम भएमा मुटु तथा अन्य समस्याबाट हुने मृत्युको खतरा १७ प्रतिशत सम्म बढ्न सक्छ ।
अध्ययन अनुसार हात मिलाउँदाको बखत निकै अल्छी कमजोर पाराले हात अघि बढाउने मानिसहरुमा हृदयाघात, मस्तिष्क घात, क्यान्सर जस्ता रोगबाट बिरामीको मृत्यु हुने खतरा बढि हुन्छ । आखिर हात मिलाउने लगाउने शक्तिको सम्बन्ध मुटु तथा सरीरको समग्र स्वास्थ्यमा किन रहन्छ ? भन्ने विषयमा भने थप अध्ययनको आवश्यकता रहेको शोधकर्ताहरुको भनाइ छ ।
www.onlinekhabar.com
काठमाण्डौ । फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालको तनावले युवा पुस्ताको यौन जीवन समाप्त गरिरहेको एउटा अध्ययन बाहिर आएको छ । सामाजिक सञ्जालमा समय बिताउने र आर्थिक समस्याबाट उत्पन्न तनावका कारण युवा पुस्ताको यौन क्षमतामा ह्रास ल्याइरहेको अध्ययनले देखाएको हो ।

बीबीसीको रिपोर्टका अनुसार १५ हजार बेलायतबासीमा गरिएको अध्ययनमा १६ देखि ४४ वर्ष उमेर समूहले महिनामा पाँच पटकभन्दा पनि कम सेक्स गर्ने गरेका छन् । अध्ययनमा संलग्न एक अधिकारीका अनुसार आधुनिक जीवनशैलीका जोडीको यौन सम्बन्धमा निकै नकारात्मक प्रभाव परिरहेको छ।

आजभोलिका युवाहरु रोजगारी र पैसाको समस्याका कारण निकै तनावमा रहने र सेक्स क्षमतामा ह्रास आउने अध्ययनले देखाएको छ । युनिभर्सिटी कलेज लण्डनसँग सम्बन्धित डा। कैथ मर्सरका अनुसार सुविधासम्पन्न र आधुनिक प्रविधिका कारण पनि यस्तो स्थिति उत्पन्न भएको हो ।

आजकल मानिसहरु आफ्नो बेडरुममा पनि ट्वाब्लेट वा स्मार्टफोनको माध्यमबाट फेसबुक, ट्वीटरमा लागिरहन्छन् । उनीहरु लगातार आफ्नो इमेलको जवाफ लेखिरहन्छन् । यही बानीका कारण सेक्सप्रति उनीहरुको झुकाव कम हुँदै गएको छ ।

सर्भेका अनुसार यसप्रकारको ट्रेन्डमा १६ देखि ४४ वर्ष उमेर समूहका बढी मानिस सेक्सको विकल्पमा पोर्न फिल्म हेर्न थालेका छन् ।

नेटसेन सोशल रिसर्चले गरेको सर्भेको विश्लेषण युनिभर्सिटी कलेज लण्डन र लण्डन स्कुल अफ हायजीन एन्ड ट्रपिकल मेडिसन रिसर्चले गरेको थियो । एजेन्सी

www.newsabhiyan.com
परासी, १२ जेठ । भगवान् गौतम बुद्धको मावलीस्थल कोलिया राज्यको नवलपरासीको पण्डितपुरमा चौथो चरणको उत्खननका क्रममा फेला परेका प्राचीन बहुमूल्य वस्तु सोमबार एक कार्यक्रमबीच सार्वजनिक गरेको छ ।
नवलपरासीको बन्जरिया–९ स्थित पण्डितपुरलाई प्राचीन महत्व बोकेको कोलिया गणराज्यको राजधानी भएको थप पुष्टिका लागि पुरातत्व विभागको प्राविधिक टोलीले करिब १५ दिन उत्खनन कार्य गरी भेटाइएको प्राचीन वस्तुलाई पत्रकारसम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
हाल पण्डितपुरको ६० बिगाहा जग्गामा फैलिएको कोलियो गणराज्यको उत्खनन गर्दा मौर्यकालीन खाल्टो, मानव मूर्ति, पशु मूर्ति, टेराकोटा (टिसी), टिसी विट, माटोको चरा, कार्ने लियन बिड, स्टोन विड, रेडवे, एनविपी वेयर, ग्रेवयर, रुपटायल, इँटाहरुलगायत प्राचीन वस्तु फेला परेका छन् । मौर्यकालमा बनेको इनारको पनि फेला परेको पुरातत्व विभागका पुरातत्व अधिकृत भास्कर ज्ञवालीले जानकारी दिनुभयो । उत्खननमा फेला परेको वस्तुले यसको सम्बन्ध रामग्राम स्तुपबाट रहेको पुष्टि हुने खालको प्राचीन वस्तुहरु फेला परिसकेको टोलीले जनाएको छ ।
पत्रकार सम्मेलनमा सभासद् वैजनाथ चौधरी, उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य गुणनिधि तिवारी, उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीम बहादुर थापा क्षेत्री, पुरातत्व विद तारानन्द मिश्र, भास्कर ज्ञवाली, गाविस सचिव काशीराम ज्ञवाली, पत्रकार महासङ्घका केन्द्रीय सदस्य बेचु गौडलगायतले पण्डितपुर, देवदह, तिलौराकोट र रामग्राम स्तुपको व्यापक प्रचार प्रसार र संरक्षण हुन आवश्यक भएको बताउनुभयो । रासस
dainiknepal.com
काठमाडौं, जेठ १२ । भूकम्पपीडितलाई सहयोग गर्न बनाएका संयन्त्रमा दलहरुले डनहरुलाई पनि प्राथमिकता दिन थालेका छन् ।

प्रधानमन्त्री सुशील कोइरालाले शनिबार कुमार घैंटे (कुमार श्रेष्ठ) लाई राहत कार्यक्रमका लागि काठमाडौंको उपसंयोजकको जिम्मेवारी दिई बालुवाटारमा बिदाइ गरे ।

कांग्रेसको खेलकुद विभागले बनाएको स्वयंसेवक टोलीमा घैंटेलाई उपसंयोजक बनाइएको छ । जसमा प्रायः गुन्डागर्दी पृष्ठभूमिका व्यक्ति छन् । टोलीको संयोजकमा हात्ती भनेर चिनिने राजु श्रेष्ठ छन् ।


घैंटेसहितको समूहलाई प्रधानमन्त्री आफैंले बिदाइ गरेपछि प्रहरी अधिकारीहरु अचम्ममा परेका छन् ।

उक्त समूहले शनिबार काभ्रेस्थली तथा आइतबार चुनिखेलमा राहत तथा पुनस्र्थापनाको काम गरेको थियो ।

प्रहरीले पक्राउ गर्ने डरले विदेश भागेका घैंटे भूकम्पपछि नेताहरुको संरक्षणमा फर्किएर सक्रिय भएका हुन् ।

गुन्डाहरुलाई दलहरुले प्रश्रय दिन थालेपछि प्रहरी अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
धेरैको साझा समस्या हो । लामो समयसम्म कुर्सीमा बसेर वा निहुरिएर काम गर्नुपर्नेलाई त यसले झनै सताइरहेको हुन्छ ।


मांसपेशी, नशा, हड्डी तथा जोर्नीलगायतमा भएको पीडाका कारण ढाडको दुखाइ महसुस हुन्छ । ढाड दुख्ने समस्याबाट पीडित हुँदा काम गर्न निकै कठिनाइ हुन्छ । काममा मन एकत्रित गर्न पनि सकिँदैन । त्यसैले यसको कारण र समाधानबारे सचेत हुनु आवश्यक छ ।



किन दुख्छ ढाड ?
एउटै काम पटक–पटक दोहोर्‍याएर गर्दा मांसपेशीमा दबाब पर्छ । यसबाट मांसपेशीमा चोट पर्ने वा मांसपेशी थाक्ने हुन्छ । यसबाट पिठ्युँमा दुखाइ महसुस हुन्छ । बढी गह्रौँ वस्तु उठाउँदा पिठ्युँमा बढी जोड पर्छ, जसले गर्दा दबाब परेर पिठ्युँमा पीडा महसुस हुन्छ ।

पिठ्युँमा विभिन्न कारणले दबाब पर्दा मांसपेशी तन्किने, खुम्चिने तथा तनाव आउने हुन्छ । जसका कारण पनि पिठ्युँमा बढी दुखाइ महसुस हुन्छ । पिठ्युँको प्राकृतिक स्वरूपमाथि अत्यधिक दबाब वा बढी निहुरिनेलगायतका काम गर्दा पनि पिठ्युँमा दबाब बढ्न गई पिठ्युँ दुख्ने हुन्छ ।



के गर्ने ?
लामो समयसम्म एउटै काम नगर्नुहोस् वा कुर्सीमा बसिनरहनुहोस् । केही बेर हिँड्ने, पाइला चाल्ने, कम्मर मर्काउनेलगायतका सामान्य व्यायाम वेला–वेलामा गर्नुहोस् । शरीरको उचित मुद्रा कायम गर्नुहोस् । बस्दा बढी कुप्रो परेर नबस्नुहोस् र लामो समयसम्म उभिएर काम गर्नुपर्दा केही बेर बस्नुहोस् र खुट्टालाई आराम दिनुहोस् । बढी गह्रौँ वस्तु नउठाउनुहोस् । उठाउँदा भित्ता अथवा अरू वस्तुको आड लिनुहोस् । अनावश्यक रूपमा झुक्ने, पिठ्युँ वा कम्मर मोड्ने तथा अनावश्यक रूपमा पटक–पटक उठ–बस नगर्नुहोस् ।
काठमाडौं, ११ जेठ । विनाशकारी भूकम्प गएको एक महिनापछि दोलखामा भूकम्पको अहिले सम्मकै ठूलो धक्का महसुस गरिएको छ ।
सोमबार राति १० बजेर १६ मिनेटमा दोलखालाई केन्द्रविन्दु बनाएर ४ दशमलब ४ रेक्टर स्केलको भूकम्पको ठूलो धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
दोलखाका स्थानीय विरबहादुर अधिकारीले रातिको भूकम्पले पुरै हल्लाएको बताए । ठूलो धक्का महसुस भएको उनले बताए । सुत्न ठिक्क परेका स्थानीयमा  ठूलो धक्काले झनै त्रास थपेको छ ।
यसअघि विहान ११ बजे पनि दोलखामै भूकम्पको धक्का महसुस भएको थियो ।
dainiknepal.com
खाना खान कस्लाई मन पर्दैन र ? सबै खानाका सौखिन हुन्छन् । शौखको कुरा मात्र कहाँ हो र, हामीलाई जिउनकै लागि पनि खाना चाहिन्छ । हाम्रो जीवननै खानामा आधारित छ । हामी रूखबाट वा फ्रिजबाट झिकेर स्याउ, आलु बखडा, सुपर मार्केटमा गएर जंगली बदाम सहजै खान्छौं ।



तर, हामीले दैनिक जीवनमा खाने यी खानेकुरा तपाइँले सोंचे भन्दा निकै घातक हुने तथ्य पत्ता लागेको छ । हामीले दैनिक जीवनमा सहजै प्रयोग गर्ने निम्न ५ खानेकुरा जो निकै घातक समेत हुन्छन्ः



आलुबखडा, पैयुँ, अंगुर जस्ता फलः देख्दै खाउँ खाउँ लाग्ने रातो रंगको आलु बखडा वा पैयुँ हामीले फ्रिजबाट झिकेर खाइहाल्छौं । तर, ख्याल गर्नुस् ती मृत्युको कारण पनि बन्न सक्छन् । खासमा फलको गुदी र बाहिरी भाग राम्रो भएपनि यिनको भित्री भागमा हुने बियाँ हाइड्रोजन साइनाइडले भरिएको हुन्छ । यस्ता फलको बियाँ खाँदा टाउको दुख्ने, झुम्म पार्ने, असहज महसुस हुने र वान्ता हुने सम्मका लक्षण देखिन्छन् । त्यसकारण स्वास्थ्यमा हुन सक्ने खतरा कम गर्न यी फलका बियाँ नखानुस् । तपाइँले बियाँ नचपाई निल्नु भो भनेपनि भित्र गएर नपच्ने हुँदा अर्को समस्या हुन सक्छ ।

स्याउः स्याउ पनि त्यस्तो खानेकुरा हो जसको प्रयोग हामी दैनिकरूपमै अत्याधिक गर्छौं तर उत्तिकै घातक छ । एउटा मात्र स्याउको बियाँ अर्थात बिऊ खाँदा त खास असर पर्दैन तर यसको मात्रा पनि धेरै भयो भने तपाइँलाई असहज हुन थाल्छ । यो फलको बिऊमा पनि साइनाड हुन्छ । जब हाम्रो शरीरले स्याउको बियाँ पचाउने कोशिस गर्छ त्यतिबेला हाइड्रोजन साइनाइडको उत्पादन अत्याधिक हुन्छ । थोरै मात्रामा यसलाई शरीरले पचाउन सकेपनि मात्रा बढी भयो भने घातक हुन सक्छ ।

जंगली बदामः हामीले खाने मिठा बदाम पनि तपाइँका लागि खतराको कारक बन्न सक्छ । खासगरी जगंली बदाममा ४ देखि ९ एमजी सम्मको हाइड्रोजन साइनाइड हुन्छ । जसको मात्रा बढी हुने बित्तीकै मान्छे मर्नका लागि पर्याप्त हुन्छ । थोरै मात्राले पनि तपाइँको स्वास्थ्यमा असर गर्छ ।

गोलभेँडाः नआत्तिनुस् गोलभेँडा पनि विषाक्त भनेर मासुमा टोमेटो सस नै मिलाउन छोड्नु पर्दैन । गोलभेँडा आफैमा राम्रो चिज हो । तर गोलभेँडाको बोटसँग भने तपाइँ डराउनै पर्ने हुन्छ । गोलभेँडाको पातमा टोमेटाइन भन्ने विष हुन्छ । तपाइँले कहिल्यै यसको पात चाख्नु भएको छ भने थाहा पाउनु भएको होला यसले मुखको पछिल्लो भागमा पुरै आगोले जस्तो पोल्न शुरू गर्छ । त्यसैले गोलभेँडाको बोट र पातबाट सचेत रहनु पर्छ ।

सागपातजन्य खानेकुराः हामीले नियमित खाने पातमा आधारित सागपातजन्य तरकारीहरू पनि डरलाग्दा हुन्छन् । खासगरी निक्कै मिठो हुने र काँचै पनि खान मिल्ने कतिपय तरकारीका पातमा ओक्सालिक एसिड भन्ने विष जमेको हुन सक्छ । दोश्रो विश्वयुद्धपछि यस्ता तरकारीका पात खाएर थुप्रै मान्छेले ज्यान गुमाएका थिए ।

तसर्थ दैनिक जीवनमा प्रयोग हुने यी खाना खाँदा ध्यान पुर्याउनु जरुरी छ ।
किडनी अर्थात मृगौला शरीरको निक्कै महत्वपूर्ण अंग मध्ये एक हो । यसले शरीरमा रगत सफा गर्ने देखि, हार्मोन बनाउने, खनिज सोक्ने, मुत्र उत्पादन गर्ने, टक्सिन अर्थात खराव पदार्थहरुलाई शरीरबाट निकाल्ने तथा एसिडको सन्तुलन बनाउने जस्ता काम गर्छ ।

यहाँ हामीले दैनिक जीवनमा गर्ने १० गल्तीको चर्चा गरिएको छ जसले मृगौलालाई हानी पुर्‍याउँछ ।

१ पानी कम पिउने

यदि तपाइँ नियमित पानी पिउने गर्नु हुन्न भने यसको सबै भन्दा पहिलो र खराव प्रभाव मृगौलामा पर्छ । पानीको अभावले गर्दा मृगौलाले रगत सफा गरेर फोहोर फ्याँक्न कठिन हुन्छ । यसले उल्टो परिणाम दिन्छ शरीरमा टक्सिन जम्मा हुन्छ ।


२ नून बढी

खानामा चर्को नून खाने बानी छ भने यसले रक्त चाप बढाउँछ । यसले मृगौलामा दवाव पैदा गर्छ । तपाँइले दिनमा ५ ग्राम भन्दा बढी नून खानु हानिकारक छ ।





३ पिसाव रोक्ने

यदि पिसाव आउँदा पनि पछि जाउँला भनेर बस्ने बानी छ भने आजै देखि बानी सुधार्नुस् । पिसाव रोक्ने बानीले मृगौलामा पत्थरी हुने र मृगौला फेल नै हुने खतरा समेत पैदा गर्छ ।





४ गुलियो खाने बानी

   

यदि गुलिया खानेकुरा धेरै बानी छ भने आजै देखि छोड्नुस् । गुलियो बढी खाँदा यसले शरीरमा प्रोटीनको मात्रा बढी भएर मृगौलामा समस्या हुन्छ ।



५ पोषणको अभाव

शरीरमा पोषक तत्वको अभाव भो भने मृगौला खराव हुन्छ । भिटामिन-6 र म्याग्नेशियम भरपुर खानाले मृगौलामा पत्थरी हुन दिँदैन ।





६ मासु बढी खाने

मासुको पारखी हुनुहुन्छ र बढी नै मासु खाने बानी छ भने पनि तपाइँको मृगौला समस्यामा छ । मांसाहारले शरीरको पाचन प्रक्रियालाई प्रभावित पार्छ जसले मृगौलामा सोझै असर गर्छ ।



७ अनिद्रा

रातिमा निद्रा नलाग्ने वा धेरै जागा बस्ने बानी पनि मृगौलाका लागि घातक छ । यसले मृगौला सम्बन्धि विभिन्न रोग ल्याउन सक्छ । निद्राले मृगौलालाई स्वस्थ राख्न सघाउँछ ।



८ चिया कफी बढी सेवन

चिया कफी अत्याधिक मात्रामा पिउँदा पनि मृगौलामा समस्या हुन्छ । चिया कफीले शरीरमा क्याफिनको मात्रा बढाउँछ जसले मृगौलामा भार पर्छ ।



९ पेनकिलर सेवन

टाउको दुख्ने वित्तिकै वा सामान्य दुखाइ कम गर्न पनि गोली खाने बानी छ भने आजै देखि छोड्नुस् । धेरै पेनकिलरको सेवनले तपाइँको मृगौलामा प्रभाव पार्छ ।

१० जाँड रक्सी

अल्कोहल अर्थात जाँड रक्सीको अत्याधिक सेवनले पनि मृगौला समस्यामा पर्छ । यसले मृगौला फेल हुने अत्याधिक सम्भावना हुन्छ ।



यी १० कुरा सँधै ख्याल गर्नुस्
काठमाडौं, ११ जेठ । भाडावाला सरोकार समाज नेपालले महाभुकम्पबाट प्रभावित भाडावालहरुको माग सम्बोधन नगरे संघर्षमा उत्रने चेतावनी दिएको छ ।
सोमबार  पत्रकार सम्मेलन गर्दै समाजले गत बैशाख १२ र २९ गते आएको महाभुकमम्पबाट भाडावालाहरु मारमा परेको भन्दै आफ्ना जायज माग तत्काल सम्बोधन नगरे चरणवद्ध संघर्षमा उत्रने चेतावनी दिएको हो ।
समाजले महाभुकम्पबाट प्रभावित भाडावालहरुको लगत लिई भुकम्प पीडित परिचयपत्र पुर्नस्थापना गर्नुपर्ने, भत्किएका घरहरुमा भाडावालका सामानहरु नष्ट भएकाले उचित क्षतिपुर्तिको व्यवस्था राज्यले गर्नुपर्ने, तीन महिनाको भाडा छुट गर्र्नुपर्ने, डेरा कोठाको भाडादर वैज्ञानिक रुपले निर्धारण गर्नुपर्ने, प्रभावितहरुको लागि अस्थायी बसोबासको व्यवस्था गर्नुपर्ने, कालोबजारी महँगी नियन्त्रण गर्नुपर्ने लगायतका माँगहरु अघि सारेको छ ।
समाजका अध्यक्ष विष्णुजंग बस्नेतले काठमाडौं पछिल्लो समय काम गरि खाने श्रमजिवी व्यवसायी तथा उच्च अध्ययनका लागि आउने विधार्थीहरुको बसाईथलो भएको भन्दै हालै आएको महाभुकम्पबाट अधिकांश यीनै व्यक्तिहरु प्रभावित भएकाले आफ्ना जायज माँग तत्काल सम्बोधन गर्नुपर्ने माग गरेका हुन् ।
कार्यक्रममा समाजका केन्द्रीय सदस्य नरेश कटुवालले पेशा व्यवसाय गरेर बस्ने भाडावालहरु हाल अति प्रताडित भएको भन्दै राज्यले तत्काल यसबारेमा सम्बोधन गर्नुपर्ने बताए ।www.nepaliheadlines.com
२०७२ जेठ ११ गते


काठमाडौं, ६ जेठ । नेपालमा आएका शक्तिशाली भूकम्पपछि जनजीवन समान्य बन्दै गइरहेका बेला स–सना धक्काले मनमा अझै त्रास कायमै छ ।
जनजीवन सामान्य बन्दै गइरहेका बेला अझै पनि कतिपय नागरिक घरबाहिर बसिरहेका छन् । शक्तिशाली भूकम्पपछि स–सना धक्काहरु आउने क्रम अझै रोकिएको छैन् । जसका कारण फेरि ठूलो भूकम्प आउँछकी भन्ने डर पनि सर्वसाधारणको मनमा छन् ।
यसविषयमा भूकम्पविद्हरुले आफ्नो धारण राखेका छन् । उनीहरुले अब शक्तिशाली भूकम्प आउने सम्भावना नभएकाले आम नागरिकलाई घर फर्किन सुझाव दिएका छन् ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख तथा भूकम्पविद् लोकविजय अधिकारीले भूकम्प कम्पन हुने क्रम कम हुँदै गएकाले अब ठूलो भूकम्प आउने कुनै सम्भावना नरहेको बताउनुभयो । ‘जमिनमुनिका प्लेट तल माथि तल माथि भएर ४ रेक्टर स्केलका साना भूकम्प केही समय आइरहन्छन्’ उहाँले भन्नुभयो, ‘त्यसले केही असर गर्दैन् । अब ठूलो भूकम्प आउने सम्भावना छैन् ।’
भूकम्पबाट घरटहरा नचर्किएको भए घरमा बस्न कुनै समस्या नहुने उहाँको भनाई छ । ‘घर सुरक्षित छ भने फर्किए हुन्छ । भूकम्प आउनै बन्द भएको होइन् । तर शक्तिशाली भूकम्प आउँदैन् भन्ने हाम्रो विश्लेषण हो ।’ स–साना भूकम्प आइरहँदा कुनै असर नगर्ने भएकाले घरभित्रै बस्न उहाँले सर्वसाधारणलाई सुझाव दिनुभयो ।
‘कति दिन बाहिर बस्ने ? स–साना भूकम्प आइरहन्छ, त्यसले केही असर गर्दैन् । घरमै बसे हुन्छ । तर सचेत हुनुप¥यो । हामी पनि घरमै बसेका छौं । उहाँले भन्नुभयो । आफ्नो घर परिवार हेरेर सुरक्षित ठाउँमा बस्न समेत सुझाव दिनुभयो । ‘घर चर्केको हुन सक्छ, त्यस्तो घरमा नबसौं, त्यहाँ झनै खतरा हुन्छ ।’
भूकम्प आउने पूर्वसूचना कसैलाई थाहा नहुने भन्दै फेरि आउन पनि सक्ने भन्दै चनाखो भएर बस्न उहाँले आग्रह गर्नुभयो । ‘अहिले कम्पनहरु घट्दै गएका छन् । फेरि ठूलो नआउला भन्न सकिन्छ । अब नआउला भन्ने हाम्रो अनुमान मात्रै हो ।’
भूकम्पविद् मुकुन्द भट्टराईले भूकम्प आउने कुरा कसैलाई पनि थाहा नहुने भएकाले अर्काको हल्लापछि नलाग्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो–‘अर्काको हल्लाले सर्वसाधारणको मनमा झन ठूलो भूकम्प जान्छ ।’ भूकम्प रोक्न कुनै उपाय नभएको भन्दै उहाँले सुरक्षित स्थान र सजक रहनुपर्नेमा जोड दिनुभयो । ‘भूकम्प कतिबेला थाहा हुँदैन्, त्यसकारण हामी सबै चनाखो भएर बस्नुपर्छ ।’
नेपालमा गत वैशाख १२ र २९ गते आएको शक्तिशाली भूकम्पबाट ८ हजार ६५० जनाको मृत्यु भइसकेको छ । हजारौं संचरना ध्वस्त भएका छन् । त्यसपछि पनि स–सना भूकम्प आउने क्रम जारी छ । भूकम्पविद्का अनुसार ठूलो भूकम्प आउने सम्भावना नभएपनि सुरक्षित स्थानमा बस्नुपर्छ । यदी ठूलो भूकम्प आइहाले बच्न सकिन्छ ।
स्रोत - दैनिक नेपाल भिडियो हेर्न तलको बाकस थिच्नुहोस
कलियुगका लागि भागवत पुराणमा बिभिन्न आश्चर्यजनक भबिष्यवाणीहरु गरिएकाछन्। संसारमा प्रलय आउने छ भनि बिभिन्न समयमा आउने हल्लाखल्ला हामीले नसुनेका छैनौं।


कालान्तरमा कुनै दिन हामी वरिपरिको वस्तुहरु रहने छैनन्, पृथ्वी वञ्जर हुनेछ। जीवको लागि आवश्यक पानी सुकेर जानेछ र पृथ्वी केवल ढुङ्गा र माटोको पिण्ड रहनेछ। तर सत्य के हो, त्यो कतै लेखिएको छैन न त कुनै भबिष्यवाणीले नै मान्न सकिने गरि सत्य बताएको छ।

वैज्ञानिक तवरमा हेर्ने हो भने, अधिकांश बिकसित देशहरु भने दिनानु दिन पृथ्वीको विनाश तर्फ उन्मुख छन्।

हिन्दु ग्रन्थहरुमा पृथ्वीको बिनास कलियुगमा हुनेछ भनि बिभिन्न अवस्थामा उल्लेख गरेको पाइन्छ। भागवत पुराणको अन्तिम श्लोकले पृथ्वीको भबिष्यको ठुलो रहस्य बताएको भने छ। करिब ५००० वर्ष अघि वेदव्यासले पृथ्वीको बारेमा बिभिन्न भबिष्यवाणी उल्लेख गरेका छन्।



भागवत पुराणमा गरिएका १५ भविष्यवाणी जुन पुरा पनि भइरहेका छन।


भबिष्यवाणी १

धर्म, सत्यता, स्वच्छता, सहिष्णुता, दया, उमेर, शारीरिक बल तथा सम्झने शक्ति दिनानु दिन कलिको प्रभावले घट्दै जानेछ।

श्रीमद् भागवत् १२-२-१।

भबिष्यवाणी २

कलियुगमा केवल 'धन' मात्र मानिसको राम्रो जन्म, उचित व्यवहार र असल गुणको आधार मानिनेछ। कानुन र न्याय मानिसको शक्तिको आधारमा लागु हुनेछ।

श्रीमद् भागवत् १२-२-२।

भबिष्यवाणी ३

पुरष र महिला केबल सतही आकर्षणको कारणले गर्दा मात्र मिलेर बस्नेछन। व्यापार र सफलता केवल छलमा निर्भर हुनेछ। पुरुषत्व केवल शारीरिक सम्पर्कको अनुभवको आधारमा मापन गरिनेछ र मानिस एउटा डोरो बाधेको आधारमा ब्राह्मण कहलिनेछ।

श्रीमद् भागवत् १२-२-३।

भबिष्यवाणी ४

व्यक्तिको आध्यात्मिक स्थिति बाहिरी चिज तथा वस्तुहरुमै निर्भर हुनेछ र यहि आधारमै व्यक्तिको आध्यात्म परिवर्तन हुनेछ। जीविकोपार्जन राम्रो गर्न सकेन भने व्यक्तिको मर्यादामा प्रश्न उठ्नेछ। जो धेरै शब्दहरुमा खेल्न सक्छ र गफ हाँक्न सक्छ, उ नै सबैभन्दा विद्वान ठहरिनेछ।

श्रीमद् भागवत् १२-२-४।

भबिष्यवाणी ५

कुनै व्यक्तिसंग धन छैन भने उ अधर्मी मानिनेछ। छल र कपटलाइ सद्गुण मानिनेछ। केवल मौखिक सहमतिले विवाह गरिनेछ, र कसैले स्नान मात्र गरेको छ भने सोच्ने छ कि उ सार्वजनिक रुपमा अरुको अगाडी आउन लायक छ।

श्रीमद् भागवत् १२-२-५।

भबिष्यवाणी ६

एक पवित्र स्थान केवल टाढा रहेको पानीको कुण्डमा सिमित हुनेछ र सौन्दर्य कसैको कपालमा छ भन्ने सोचिनेछ। भुडि भर्ने जीवको लक्ष हुनेछ र जो कठोर छ उ नै सत्यवादी कहलिनेछ। जसले परिवार पाल्न सक्छ उ विशेषज्ञ मानिनेछ र धर्मका सिद्धान्त प्रतिष्ठा जोगाउनको लागि मात्र पालना गरिनेछ।

श्रीमद् भागवत् १२-२-६।

भबिष्यवाणी ७

जब पृथ्वी यसरी भ्रष्ट मानिसहरुले भरिन्छ तब ती व्यक्तिहरु मध्य जसले आफुलाइ शक्तिशाली देखाउन सक्छ उसले राजनैतिक शक्ति पाउने छ।

श्रीमद् भागवत् १२-२-७।

भबिष्यवाणी ८

अनिकाल र अत्याधिक करको कारण मानिसहरु पात, जरा, मासु, जंगली मह, फल, फूल र बीउ खान बाध्य हुनेछन्। खडेरीले गर्दा सबैकुरा बर्बाद हुनेछ।

श्रीमद् भागवत् १२-२-९।

भबिष्यवाणी ९

मानिसहरु चिसो, हावाहुरी, तापक्रमको बृद्धी, बर्षा तथा हिउँबाट प्रभावित हुनेछन्। यसको साथै आपसी झगडा, भोक, प्यास, रोग तथा चिन्ता तथा थकाइको सिकार हुनेछन।

श्रीमद् भागवत् १२-२-१०।

भबिष्यवाणी १०

कलियुगको लागि मानिसको उच्चतम उमेर ५० बर्ष हुनेछ।

श्रीमद् भागवत् १२-२-११।


भबिष्यवाणी ११

मानिसहरुले अब आफ्ना वृद्ध आमाबुबाको रक्षा गर्ने छैनन।

श्रीमद् भागवत् १२-२-१२।

भबिष्यवाणी १२
कलियुगमा मानिसहरुले केहि सिक्काको लागि मात्र पनि क्रोध पैदा गर्नेछन। सबै मित्रवत् सम्बन्धलाइ त्याग्नेछन् र आफ्नो र अरुको ज्यान लिनको लागि तयार हुनेछन्।

श्रीमद् भागवत् १२-३-४१।

भबिष्यवाणी १३

संकार नभएका मानिसहरुले भगवानको लागि भनि दान स्वीकार गर्नेछन् जसलाइ धर्म र संस्कृतिको बारेमा ज्ञान हुदैन उनै सबैभन्दा अग्लो कुर्सीमा बसेर धार्मिक प्रवचन दिनेछ।

श्रीमद् भागवत् १२-३-३८।

भबिष्यवाणी १४

सेवकहरुले उसको मालिकको धन सकिए पछि छाड्नेछन् चाहे त्यो मालिक सन्त र उदाहरणीय व्यक्ति नै किन नहोस्। मालिकले परिवारमा पुस्तौबाट रहदैआएका सेवकहरु अशक्त भएमा परित्याग गर्नेछन। जब दुध दिन छोड्दछन् तब गाइहरु वेवारिसे छिडिनेछन वा मारिनेछन्।

श्रीमद् भागवत् १२-३-३६।

भबिष्यवाणी १५

सहरहरु चोर तथा फटाहहरुले लिनेछन। वेद नास्तिकहरुको गलत व्याख्याले भरिनेछ। राजनैतिक नेताहरुले विस्तारै जनता भस्म पार्नेछन्। पंण्डित तथा बुद्धिजीवीहरु पेट तथा जनेन्द्रियका भक्त हुनेछन।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
यदि तपाइँ जतिबेला पनि मोबाइलमा कुरा गरिरहनु हुन्छ या मोबाइल चलाइरहनु हुन्छ भने सावधान रहनुस् । किन भने मोबाइल तपाइँका लागि मन्द विष बनिरहेको पनि हुन सक्छ ।

कतिपय ब्राण्डका बजारमा सर्वत्र पाइने फोनले रेडियो विकिरणको उत्पादन यति धेरै गर्छन् कि तपाइँलाई घातक पनि हुन सक्छ । निचिनिएका र भर्खरै बजारमा आएका ब्राण्डमा यस्तो समस्या हुन्छ ।




तपाइँले आफ्नो मोबाइलमा कति धेरै रेडियो विकरण छ भन्ने थाहा पाउन कठिन छैन । मोबाइलमा *#07# डायल गर्नु भयो भने यसमा रेडिएशन भ्यालु देखिन्छ । अनर्राष्ट्रिय मानक अनुसार मोबाइल फोनमा रेडिएशन लेवल 1.6 वाट/किलोग्राम भन्दा बढी हुनु हुँदैन । तर प्रतिस्पर्धाका कारण अधिकाँश मोबाइल कम्पनीले यस्तो कुरामा ध्यान दिँदैनन् ।

रेडिएसनका कारण मानिसहरुलाई विभिन्न रोग लाग्ने खतरा हुन्छ । कतिपयले प्रत्यक्ष मस्तिष्कमै असर पुर्‍याउने चिकित्सकहरु बताउँछन् ।



विशेषज्ञको सुझाव
– लगातार एकै कानमा फोन राखेर कुरा नगर्नुस्
– चार्ज गरेको समयमा फोन प्रयोग नगर्नुस् । चार्ज गरेको समयमा फोन प्रयोग गर्दा विकिरण १० गुणा बढी हुन्छ ।
– सिग्नल कमजोर भएको समयमा र ब्याट्रि कम भएको समयमा पनि कुरा नगर्नु राम्रो । सके सम्म हेडफोनमा कुरा गर्नुस् ।
काठमाडौं । काठमाडौं जिल्ला अदालतले एक महिलालाई अपरिचत ब्यक्तिसँग सम्बन्ध बिच्छेद गराएको छ । काठमाडौं पेप्पसीकोला निवासी कार्की थरकी एक महिलाले आफ्ना पतिसँग सम्बन्धबिच्छेदका लागि जिल्ला अदालतमा मुद्दा दिएकी थिइन । गत मंसिरमा दायर मुद्दामाथी जिल्ला अदालतले ९ बैशाखमा फैसला दियो । तर फैसलामा अर्केका पतिसँग सम्बन्धबिच्छेद गराइदिएको छ ।
पेप्सीकोलाकी कार्की थरकी महिलाले पति अम्वरबहादुर कार्कीसँग सम्बन्ध बिच्छेदका लागि मुद्दा दायर गरेकी थिइन । तर अदालतले चन्द्रबहादुर पुनसँग सम्बन्ध बिच्छेद गराई दिएको छ । ‘चन्द्रबहादुर पुन मेरो पति होइनन् र मैले उनीसँग सम्बन्ध बिच्छेदका लागि मुद्दा पनि हालेकी थिइन, तर उनीसँग सम्बन्धबिच्छेद कसरी भयो ?’ कार्की थरकी ति महिलाले एसकाठमाडौं डटकमसँग भनिन् ‘मैले सम्बन्धबिच्छेद गर्न खोजेको अम्वरबहादुरसँग हो चन्द्रबहादुरलाई म चिन्दिँन ।’
काठमाडौ जिल्ला अदालतका न्यायाधीश इन्द्रबहादुर कार्कीको इजलासले अर्कैका पतिसँग सम्बन्धबिच्छेदको फैसला दिएको छ । अपरिचित ब्यक्तिसँग सम्बन्धबिच्छेदको फैसला पाएपछि महिला तनावमा परेकी छिन् । फैसला संशोधनको फेरी निवेदन दर्ता गराउकोे बताइन । उमेरले ८० पुगेका अविन्द्र कुमार उप्रेती उनका कानुन ब्यवसायी हुन् । संशोधनको निवेदन दर्ता गराउन कानुन ब्यवसायीसँग जिल्ला अदालत पुगेकी ति महिलाले कर्मचारीलाई भनिन् ‘म अर्केका पोइसँग किन सम्बन्धबिच्छेद गर्दिन, मेरो निवेदन लिनुहोस ।
कानुनी प्रावधान अनुसार उनको मुद्दा फेरी इजलासमै पेश गर्नु पर्ने हुन्छ  । तर उनको मुद्दा फैसला गर्ने न्यायाधीश इन्द्रबहादुर रसुवा जिल्ला अदालतमा सरुवा भइसकेका छन् । झण्डै डेढ हप्ताअघि रमाना लिई उनी रसुवा पुगिसकेका छन् ।
काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार श्रीप्रसाद संजेलले प्राविधिक त्रृटि भएको हुन सक्ने बताए । ‘मलाई अहिलेसम्म जानकारी छैन, तर फैसला उतार गर्दा नाम फरक पर्न गएको हुनसक्छ ।’yeskathmandu.com
(नारायणप्रसाद न्यौपाने)
११ जेठ, गोल्चे (सिन्धुपाल्चोक) ।

“अब अलि रोक्छ कि, अलि रोक्छ कि भनेर बस्याको, रोगले एकछिन पनि खाली हुँदैन, दिनको दिन भूकम्प र पहिरो चलेको चलै हुने, त्यसैले अब लौ सबैले यहाँ नबसौँ भन्यो, एक दिन हामी पनि मट्टी हुन्छ जाऔँ भन्यो, अनि काठमाडौँ आयौँ ।”

सिन्धुपाल्चोकको दुर्गम गाविस मार्मिङका ६५ वर्षीय धनबहादुर तामाङले त्रिभुवन विमानस्थालको हेलिप्याड नजिकै आफ्नो मौलिक लबजमा भन्नुभयो¬– “भूकम्पपछि आएको पहिरोले च्यापेर टोलका चार जना त्यही दिन मर्‍यो, गाउँ खत्तम भएको छ, गाउँघरमा बस्ने अवस्था छैन पहिरो चलेको चलै छ ।”


भूकम्पको झन्डै एक महिनासम्म गाउँमै बस्न सकिन्छ कि भनेर त्यहीँ रहेका धनबहादुरसहित दुर्ई बालबालिका, चार वृद्धा र एक नौ महिनाकी गर्भवतीलाई नेपाली सेनाले गोच्ले गाउँबाट उद्धार गरेर आइतबार काठमाडाँै ल्याएको हो । अहिले उनीहरुको त्यो पुख्र्यौली थलो मानवविहीन बन्न भएको छ । ज्यान जोगाउने क्रममा पहिरोबाट जोगिएको सम्पत्ति र चौपायासमेत उनीहरुले गाउँमै छोडिदिएका छन् ।

“खै केहो, केहो…. पहिरोबाट बचेखुचेको जौ खोज्न छोरो लेकमा गएको छ, सबैले काठमाडौँ जानुभन्यो, छोराले बाँच्यो भने दसैँतिर मात्र लिन आउँछु भनेको छ, पहिरोले गाउँ छोपेकै छोपै, नकुल गाउँमै छाडेर आएँ” – उहाँले भन्नुभयो ।

बारीमा पाटा थपिए, गरा पनि बढे

भूकम्पका कारण खेतमा धाँजा फाटेर एउटा गरो तीन वटा गरामा परिणत भएको छ भने एउटै बारीको पाटो पनि चिरा परेर माथिल्लो, बीचको र तल्लो पाटोमा छुट्टिएको छ । त्यस्ता खेतबारीमा गएर काम गर्न र बाली लगाउउन जोखिम बनेको छ ।



सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी कृष्ण ज्ञवालीले पहिरोबाट १० गाविस जोखिममा रहेकाले ती गाविसका जनतालाई कहाँ पुनर्वास गराउने भन्नेबारेमा छलफल भइरहेको जानकारी दिनुभयो ।



उहाँले भन्नुभयो – “तातोपानी क्षेत्रमा सुक्खा पहिरो अहोरात्र खसेको खसै देखिन्छ, त्यस क्षेत्रमा हेलिकप्टर अवतरण गर्ने ठाउँ छैन जमिन नजिक हेलिकप्टर पुग्दा र धुलो उडेर कुइरीमन्डल हुन्छ, यस्तै अवस्था रहेमा वर्षायाम सुरु भएपछि डाँडाका डाँडा खस्छन् जस्तो छ ।”

“वर्षायाममा पहिरो जाँदा भोटेकोसी थुनिएर तटीय क्षेत्रमा विनास पुर्‍याउने हो कि भन्ने जोखिम देखिएको, अर्कातर्फ भूगर्भशास्त्रीको रायअनुसार जोखिममा परेका बस्ती सार्नुपर्ने अवस्था छ, बस्ती कुन ठाउँमा स्थानान्तरण गर्दा उपयुक्त हुन्छ भनेर नजिकको ठाउँ हेर्ने र अनुगमन गर्ने काममा जुटिरहेका छाँ” – प्रमुख जिल्ला अधिकारी ज्ञवालीले भन्नुभयो ।

पहिरो खसेर भोटेकोसीको नियमित बहावलाई प्रभावित तुल्याउँदा तातोपानी क्षेत्र स–साना ताल बनेको छ, तर त्यसबाट आत्तिनुपर्ने अवस्था नरहेको उहाँको भनाइ थियो ।

सिन्धुपाल्चोक जिल्लाका सबै बस्तीमा ओत लाग्नका लागि त्रिपाल र राहतस्वरुप धेरथोर जति भए पनि एक पटक खाद्यान्न पु¥याइसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

भूकम्पसँगै उत्पन्न भएको पहिरोबाट मानव बस्तीमा पार्न सक्ने जोखिम र धरातलीय अवस्थाका बारेमा यथाशीघ्र जानकारी लिन र प्रतिवेदन पेस गर्न सिन्धुपाल्चोक जिल्लामा चार वटा भूगर्भशास्त्रीको टोली खटाएको छ ।

तातोपानी क्षेत्रको अनुगमन गरेर जिल्ला सदरमुकाम चौतारा फर्कनुभएका राष्ट्रिय भूगर्भ विभागका विज्ञ गणेश त्रिपाठीले तातोपानी, मार्मिङ, गोल्चे र फुल्पिङकट्टी गाउँ विकास समितिमा गरिएको स्थलगत अध्ययनले त्यहाँका धेरै बस्ती असुरक्षित भएका जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – “भूकम्पपछिको त्यहाँको भौगर्भिक अवस्था अत्यन्तै अस्थिर देखियो, चट्टान झरिरहेका छन् , केही स्थानका मानिस आफैँ बस्ती छोडेर बाहिरिइसकेका छन् ।

अर्का विज्ञ सौरभ भण्डारीले फुल्पिङ्कट्टी क्षेत्रमा जमिन धेरै चिरा पर्नुका साथै कतिपय स्थानमा एक किलोमिटर लामो र धेरै गहिरो रुपमै चिरा परेको भेटिएको बताउनुभयो ।

उहाँले भन्नुभयो – “धेरै नै बस्ती जोखिममा छन्, पहिरो गएको छ, जमिनमा धाँजा फाटेको छ, त्यहाँको थामी र चाबुबस्ती तत्कालै सुरक्षित ठाउँमा सार्नुपर्ने भएको छ ।

भूकम्पपछि खासगरी अरनिको राजमार्गका वारिपारिको क्षेत्रमा पहिरोले निकै जोखिम तुल्याएको, भूकम्पले त्यस क्षेत्रका जमिनलाई हल्लाएर कम्जोर तुल्याएकाले वर्षायाम सुरु हुनासाथ त्यसले थप त्रास बढाउने छ ।

दिनरातको पहिरोको पिरलोले गोल्चे वडा नं २ स्थित आठ धुरीका तामाङ परिवार केही दिनअघि नै आफ्नो थातथालो छाडेर अन्यत्र गएका त्यस क्षेत्रका स्थायी बासिन्दा नेपाली सेनाका एक जवानले बताए ।

भूगर्भशास्त्रीहरुले पहिरोबाट बढी जोखिम देखिएका गाविसमा पुगेर गरेको अध्ययन, विश्लेषण र निचोडका आधारमा सबै दृष्टिकोणबाट उपयुक्त ठहर भएको स्थानमा जोखिममा रहेका बस्तीलाई स्थानान्तरण गरिने भएकाले त्यस क्षेत्रका जनतालाई नआत्तिन, संयमित हुन र धैर्य गर्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । राससwww.nepaliheadlines.com
काठमाडौं : दिउँसोको चर्को घाम बेलुकीपख शीतलतामा बदलिँदै थियो। आइतबार ४ बजे महानायक राजेश हमाल लैनचौरस्थित आफ्नै निवासमा टहलिरहेका थिए।

विनाशकारी भूकम्प गएका बेला विदेशमा रहेका हमाल नेपाल फर्कनासाथ राहतमा सक्रियताका साथ जुटे। भूकम्पकै कारण विवाहको पहिलो वर्षगाँठ धुमधामका साथ मनाउने उनको योजना पनि भताभुंग भएको हो।

आजभन्दा ठीक एक वर्षअगाडि महानायक हमाल हनिमुन मनाउन काभ्रेको धुलिखेल रिसोर्ट पुगेका थिए। २०७१ जेठ १० गते दरबारमार्गस्थित होटेल अन्नपूर्णमा आयोजित विशेष समारोहबाट वैवाहिक सम्बन्धमा बाँधिएका हमाल भोलिपल्टै पत्‍नी मधु भट्टराईले लिएर रिसोर्ट गएका थिए।

नेपालका विभिन्न स्थान हुँदै हनिमुन मनाउने क्रममा गत फेब्रुअरीमा अमेरिका पुगेका उनले विवाह उत्सव मनाउनकै लागि त्यहीँबाट सेमपेनसमेत ल्याएका थिए। 'मैले नजिकका केही साथीहरूलाई खबर पनि गरेको थिएँ। तर भूकम्पले निम्त्याएको महाविपत्तिका कारण विवाह उत्सव मनाउने योजना स्थगित गरेँ।'
annapurnapost.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home