• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
६ जेठ, काठमाडौं ।

बैशाख १२ को विनाशकारी भूकम्पका पराकम्पनको क्रम कम भएपनि पूर्ण रोकिएको छैन । पराकम्पन जाने क्रम सुस्त बनेको छ । बुधबार विहान पनि ११ बजेर १० मिनेटमा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प भएको छ ।



यो पराकम्पनको केन्द्र दोलखा रहेको भुकम्प मापन केन्द्रले जनाएको छ ।

राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार यो पराकम्पनको धक्का हो । सोमबार र मंगलबार ३-३ वटा पराकम्पन भएका थिए ।

अव पराकम्पनको क्रम पनि कम हुने विज्ञहरुले बताएका छन् ।
काठमाडौं, जेठ ६– गत बैशाख १२ गते आएको शक्तिशाली भुकम्प र त्यसपछि निरन्तर ठूला तथा साना पराकम्पनहरु आइरहँदा सर्वसाधारणहरु त्रसित भइरहेको सन्दर्भमा तीनदिनयता पराकम्पन हुने क्रम ह्वात्तै घटेको छ ।
विभिन्न गतल हल्ला र पराकम्पन आउने क्रम पनि नरोकिएपछि त्रसित भएका सर्वसाधारण अहिले भने बिस्तारै सामान्य अवस्थामा फर्किन सुरु गरेका छन् । गत बैशाख २९ गतेको शक्तिशाली पराकम्पनपछि घर भएर पनि खुल्ला स्थानमा पाल टाँगेर बसेका सर्वसाधारण धक्का कम भएसँगै आ–आफ्नो घर फर्कन थालेका हुन् । राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार मंगलबार ४ रेक्टरमाथिमा ३ ओटामात्रै पराकम्पन भए भने सोमबारपनि तीन ओटा मात्रै पराकम्पन भए । यसैगरी आइतबार पनि तीन ओटामात्रै धक्का महशुस हुँदा शनिबार भने ९ ओटा पराकम्पन भएका थिए । यसैबीच गएराती कुनै पनि भुकम्पको धक्का महसुश भएन । काठमाडौं केन्द्रबिन्दु भएर राती धक्का महसुश भएपनि त्यो चार रेक्टरस्केल भन्दा कम भएको केन्द्रले जनाएको छ । विज्ञहरुका अनुसार ससाना पराकम्पनबाट आत्तिनु नपर्ने भएपनि सर्तक भने रहनुपर्नेछ । ठूला भुकम्पपछि महिनौंसम्म पनि ससाना धक्काहरु जानसक्ने उनीहरुको भनाई छ । झण्डै साँढे आठ हजारको ज्यान लिने गरी गएको १२ गतेको भुकम्पपछि ४ रेक्टर स्केल माथिका २ सय ४८ वटा पराकम्प गइसकेको छ ।
अभिनेता राजेश हमालको पहलमा भूकम्पपीडितका लागि नेदरल्यान्ड्समा एक अर्ब रुपैयाँ संकलन भयो भन्ने हल्ला चल्यो । तर, यस्तो खबर असत्य भएको भन्दै नेदरल्यान्ड्स निवासी नेपालीहरुले समाचारको खण्डन गरे ।

नेपालमा भूकम्प जाँदा हमाल नेदरल्यान्ड्स थिए । त्यहीबेला गिरो ५५५ नामक संस्थामार्फत ९० लाखभन्दा बढी युरो संकलन गरेपछि नेपालका मिडियामा हमालको सक्रियतामा रकम उठेको भन्दै समाचार संप्रेसित भएको थियो । पछि यसको खण्डन भयो । हमालले पनि पैसा गिरो ५५५ ले नै उठाएको स्पष्ट पारिसकेका छन् ।
बलिउड अभिनेता सलमान खानका नेपाली फ्यानहरु यतिबेला फुरुंग बने, जतिबेल सलमानको परोपकारी संस्था ‘बिइङ ह्युमन’ले नेपालका भूकम्पपीडितका लागि १० करोड भारु सहयोग गर्ने समाचार भारतीय सञ्चारमाध्यमहरुले प्रकाशन प्रसारण गरे ।

यस्तो हल्ला चलेको केही दिनपछि सलमानले भारतीय सञ्चारमाध्यममार्फत फैलिएको यस्तो हल्ला निराधार भएको बताएका थिए ।
भारतीय सञ्चारमाध्यमले अक्षयकुमारले समेत नेपालका भूकम्पपीडितलाई सहयोग गर्ने अर्को हल्ला चलाए । उनले आफ्नो नयाँ फिल्म गब्बर इज ब्याकको पहिलो दिनको सबै कलेक्सन नेपालका भूकम्पपीडितलाई दिने घोषणा गरेको समाचार भारतीय सञ्चारमाध्यममार्फत सुनेपछि उनका नेपाली फ्यान खुसी भए । तर अक्षयकुमारले पछि यसको खण्डन गर्दै यस्तो नभएको स्पष्ट पारे ।
क्रिस्टियानो रोनाल्डोले नेपालका भूकम्पपीडितका लागि सेभ द चिल्ड्रेनमार्फत करिब ८० करोड रुपैयाँ सहयोग गर्ने चर्चा खुब चल्यो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचारमाध्यममा यससम्बन्धी समाचार प्रकाशित भएपछि सेभ द चिल्ड्रेनले बक्तव्य जारी गरेर रोनाल्डोले आफूहरुमार्फत नेपालका भूकम्पपीडितका लागि सहयोग गरे भन्ना हल्ला निराधार रहेको प्रष्ट पार्यो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
www.ratopati.com
६ जेठ, एजेन्सी ।
साउदी अरवको सरकारले अनौठो विज्ञापन निकालेको छ । त्यहाँ हत्याका दोषीलाई शिर काटेर प्राण दण्ड दिनका लागि मान्छे काट्ने ब्यक्तिको विज्ञापन प्रकाशित भएपछि संसारभरी हेडलाइन बनेको छ ।

साउदी अरबमा हत्या, बलात्तकार र लागु औषध तस्करी गर्नेलाई शिर छिनाएर प्राण दण्ड दिने गरिन्छ । चोरी गर्नेलाई भने हात र खुट्टा काटिदिने गरिन्छ ।

फाइनन्सियल रिभ्यु नामक अखवारले जनाए अनुसार साउदी सरकारले अनलाइन विज्ञापन निकालेर शिरछेदन गर्ने ब्यक्तिको माग गरेको हो ।
साउदी सरकारलाई शिर काट्ने ८ ब्यक्ति आवश्यक रहेको उक्त विज्ञापनमा उल्लेख रहेको अखवारले जनाएको छ । यस्तो जागिर खानका लागि साउदी अरेवियाका नागरिक हुनु पर्ने र कुनै शैक्षिक योग्यता आवश्यक नपर्ने समेत जनाइएको छ ।
६ जेठ, काठमाडौं ।

प्रभावित क्षेत्रका जनताको पुनर्वासका लागि पुरानो ठाउँको जग्गा सट्टा गरिदिने र असार मसान्तभित्र सुरक्षित स्थानको पहिचान गरेर उपलब्ध गराइने योजनासहित ४० बुँदे राहतका कार्यक्रम सरकारले पारित गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भूकम्पपीडित जनतालाई असार मसान्तभित्रै राहत, आर्थिक सहायता तथा भवन निर्माणसम्बन्धी काम गर्ने गरी बनाएको योजना सोमबार साँझको मन्त्रिपरिषद् बैठकमा पेस गरेको थियो।

पारित योजनामा भनिएको छ, ‘प्रभावित क्षेत्रका जनताको पुनर्वासका लागि सुरक्षित स्थानको पहिचान जेठ मसान्तभित्र सहरी विकास मन्त्रालयले गर्ने गरी योजना बनाउने र तीन महिनाभित्र जग्गा सट्टा भर्ना दिने तथा एकीकरण (ल्यान्ड पुलिङ) गरिनेछ।’ यो कार्यमा भूमिसुधार मन्त्रालय र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सहयोग गर्नेछन्।

घर बनाउन आवश्यक पर्ने काठ पनि सहुलियत दरमा दिने निर्णय सरकारले गरेको छ। निर्णयमा सस्तो दर कति हो भन्नेचाहिँ खुलाइएको छैन।

भूकम्पोत्तर प्रतिकार्य तथा पुनर्लाभ एकीकृत पारित योजना २०७२ नाम दिइएको सरकारको योजनामा पीडितहरूको वर्गीकरण गरी सोअनुसार त्रिपाल, जस्तापाता, भाँडाकुँडासहितका राहत सामग्री जेठ मसान्तभित्रै वितरण गरिने उल्लेख छ।

सरकारले अभिभावक गुमाएका बालबालिकालाई तत्काल आश्रय उपलब्ध गराई १५ दिनभित्र योजना बनाएर असार मसान्तभित्र सबैलाई नि:शुल्क शिक्षाको व्यवस्था गर्ने भएको छ। प्रभावित क्षेत्रका कृषक पहिचान गरी १५ दिनभित्रै मालपोत मिनाहा गरिने भएको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।/www.nepaliheadlines.com
बाइकसहित दुवैजना पहिरोमा पुरिए

दमौली : पृथ्वी राजमार्गमा गएको पहिरोका कारण मंगलबार रातिभर सडक अवरुद्ध भएको छ। पहिरोको केही भाग हटाएर बिहान ३ बजेबाट सडकलाई एकातर्फी रुपमा खुलाइए पनि यातयात अझै सहज हुन सकेको छैन ।

मंगलबार साँझ गएको पहिरोले सडक पुरिएपछि राति एघार बजेदेखि नै दुवैतर्फको यातयात ठप्प भएको थियो। ठूलो संख्यामा यात्रुहरु अलपत्र परेका थिए। गाडी नचलेपछि यात्रुहरुले राती सडकमै विताएका थिए। प्रहरी तथा सडक विभागको टोलीले पहिरोमा पुरिएका शव र पहिरोको केही भाग हटाएपछि बिहानदेखि यातयात चलाइएको जानकारी प्रहरले दिएको छ ।

राजमार्ग माथिबाट खसेको पहिरोमा ना १८ प २९५५नम्बरको मोटरसाइकलमा सवार स्थानीय १५ वर्षका गणेश थापा र भक्तबहादुर थापा पुरिएका थिए। उनीहरुको शव बिहानपख मात्र निकालिएको थियो ।

यसैगरी चट्याङमा परी तनहुँमा तीनजनाको मृत्यु भएको छ । चट्ङयाङमा परी घरमै सुतिरहेका कोटदरबार ६ ढापस्वाँरा निवासी ३७ वर्षका हस्तबहादुर थापा र उनकी भाउजु ४१ वर्षिया झरिमाया थापाको मृत्यु भएको हो ।बन्दीपुरका मिनबहादुर गुरुङको पनि चट्ङयाङमा परी मृत्यु भएको छ ।
annapurnapost.com
१. आयुर्वेदका अनुसार तामाको भाँडामा पानी खानाले तीनैवटा दोष (वात, कफ र पित्त) लाई सन्तुलित पार्ने क्षमता हुन्छ । तामाको भाँडामा राखिएको पानीलाई ‘ताम्रजल’ भनिन्छ । यसका लागि तामाको भाँडामा कम्तीमा ८ घण्टा राख्नुपर्छ ।

२. तामाको भाँडामा पानी राख्नाले तामा बिस्तारै पानीमा मिसिएर सकारात्मक गुण प्रदान गर्छ । यसको सबैभन्दा राम्रो पक्ष भनेको यसमा राखिएको पानी कहिल्यै पनि बेस्वादको हुँदैंन । त्यसैले लामो समयसम्म तामाको भाँडामा पानी राख्न सकिन्छ ।

३. तामामा प्राकृतिक रुपमा ओलीगोडिनेमिकको रुपमा (ब्याक्टेरियामा धातुलाई स्टेरलाइज्ड) मानिन्छ । यसमा राखिएको पानीको सेवनले पेटमा भएको ब्याक्टेरिया सजिलै नष्ट गर्न सक्छ । यस्तै, पानीजन्य रोग डाइरिया, कमलपित्तजस्ता रोग रोक्न पनि उपयोगी मानिन्छ ।

४. थाइरेक्सिन नामक हर्मोनको असन्तुलनका कारण थाइराइडको रोग लाग्छ । तामाको भाँडामा राखिएको पानी पिउनाले शरीरमा थाइरेक्सिन हर्मोन नियन्त्रित हुन्छ र यो हर्मोन निकाल्ने ग्रन्थीको कार्यप्रणालीलाई पनि नियन्त्रित गर्छ ।

५. तामामा मष्तिष्कलाई उत्तेजित गर्ने गुण हुन्छ । यो गुणको उपस्थितिमा मष्तिष्कले तीब्रता र कुशलतापूर्वक काम गर्न मद्दत गर्छ ।

६. जोर्नी दुख्ने समस्या छ भने तामाको भाँडामा राखिएको पानी नियमित पिउनाले फाइदा हुन्छ । यसमा एन्टी इन्फ्लेमेटरी गुण हुन्छ ।

७. यदि छाला स्वस्थ र सुन्दर बनाउन चाहनुहुन्छ भने रातभर तामाको भाँडामा राखिएको पानी बिहान पिउनुहोस् । तामाले शरीरमा नयाँ कोशिकाहरुको उत्पादनमा मद्दत गर्छ । नियमित रुपमा यस्तोपानी पिउनाले छाला स्वस्थ र चम्किलो हुन्छ ।

८. एसिडिटी, कब्जियतजस्ता पेटका समस्या भएका मानिसका लागि तामाको भाँडामा राखिएको पानी अमृतसमान हुन्छ । आयुर्वेदका अनुसार यदि शरीरमा भएको विषाक्त पदार्थ बाहिर निकाल्न चाहने हो भने तामाको भाँडामा कम्तीमा ८ घण्टा राखिएको पानी पिउनुहोस् । यसबाट पेट फुल्ने समस्या र पाचनप्रणालीका समस्या हट्छन् ।

९. तामाको भाँडामा राखिएको पानी पिउनाले चाउरी पर्ने प्रक्रियालाई पनि ढिलो गराइदिन्छ । यसले नयाँ र स्वस्थ छालाको कोशिकाको उत्पादनमा पनि मद्दत गर्छ ।

१०. यसले रगतको विकार र कमी हुने समस्या हट्छ । पोषक तत्वलाई शोषेर रक्तवाहिनी नलीहरुमा यसलाई नियन्त्रित गर्छ ।
swasthyakhabar.com
गर्भमा रहेका शिशु छोरा हो कि छोरी भन्ने कुरा अब सुँघेर नै थाहा पाउने एक अध्ययनले बताएको छ । युनिभर्सिटी अफ क्यालिफोर्निया तथा ड्युक युनिभर्सिटीले यो तथ्य फेला पारेका हुन् ।


उक्त नयाँ अनुसन्धानका अनुसार यदि गर्भवती महिलाको पेटमा छोरा छ भने उनको शरिरबाट एउटा भिन्न प्रकारको गन्ध आउने गर्दछ जबकि छोरी भएको अवस्थामा भिन्न प्रकारको गन्ध आउने गर्दछ ।

 यो गन्धको आधारमा गर्भवती महिलाले छोराको जन्म दिँदैछिन् कि छोरीको जन्म दिँदैछिन् भन्ने थाहा हुन्छ । लीमर प्रजातिको बाँदरमा गरिएको थियो परिक्षणः युनिभर्सिटी अफ क्यालिफोर्निया तथा ड्युक युनिभर्सिटीका वैज्ञानिकहरुले जेरेमी क्राउफोर्ड तथा क्रिस्टाइन डेराले यो कुराको परिक्षण लीमर प्रजातिको बाँदरमा गरेका छन् ।

 यी दुबै वैज्ञानिकहरुले यो शोध रोयल सोसाइटी जर्नल बायोलोजी लेटर्समा छापेका छन् ।
ब्लड हर्मोनमा हुँदैछ परिवर्तनः गर्भावस्थाको दौरान महिलाहरुको हर्मोनमा थुप्रै प्रकारको परिवर्तन हुने वैज्ञानिकहरुले आफ्नो शोधमा पाएका छन् ।

 यदि गर्भमा छोरा छन् भने यसको परिवर्तनमा अझ बढि मात्रामा हुने गर्दछ । छोरा छ भने तेज गन्धः गर्भवती लीमरको पेटमा छोरा भएको बेलामा अर्कै प्रकारको निकै तेज गन्ध निस्किएको र छोरी हुँदा हल्का गन्ध आएको अनुसन्धानको क्रममा पत्ता लागेको छ ।


मानिसहरुमा पनि यस्तै सम्भवः लीमर बाँदरमाथि गरिएको यो सफल परिक्षणका अनुसन्धानकर्ताद्वयले यस्तै मानिसहरुमा पनि सम्भव हुने बताएका छन् । यद्यपी गर्भवती महिलाको शरिरबाट निस्किएको गन्धको आधारमा छोरा÷छोरी पहिचान गर्नको लागि अहिलेसम्म कुनै पनि अनुसन्धान गरिएको छैन । स्रोतः डेली मेल
काठमाडौं, जेठ ५–पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले ज्योतिषशास्त्रले भूकम्पको भविष्यवाणी नगर्ने बताउदै ज्योतिषीहरूको हवाला दिदै भूकम्प सम्बन्धमा फैलाइएका भ्रमको पछि नलाग्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।
उृनले ज्योतिषशास्त्रले केवल आकाशीय ग्रह र तिनले पार्ने असरका सम्बन्धमा मात्र व्याख्या गर्ने बताए । “ज्योतिषशास्त्रले आकाशीय ग्रह गति तथा तिनले पार्ने असर सम्बन्धमा मात्रै अध्ययन गर्छ । भूकम्प सम्बन्धमा व्याख्या गर्ने भूगर्भविद्हरूले हो । ज्योतिषशास्त्रलाई जोडेर भूकम्पको भविष्यवाणी गर्न मिल्दैन ,” आकाशीय ग्रह गति अनुसार यो वर्ष शनि ग्रह राजाको स्थानमा र मङ्गल ग्रह मन्त्रीको स्थानमा रहेको उनले जानकारी दिँदै उनले भने । शनि ग्रहको शत्रु मङ्गल ग्रह भएकाले यो वर्ष यी दुई ग्रह एउटा राजा र अर्को मन्त्रीको स्थानमा रहेकाले राज्यको अपेक्षित सुख शान्तिमा भने नकारात्मक प्रभाव पार्ने दृष्टिगोचर भएको उनले बताए ।
विश्वका सबैजस्ता धर्म सम्प्रदायले आत्मा एक अनि अमर हुन्छन् भनि बताउछन्। एउटा भौतिक शरिरको मृत्यु भएपछि आत्मा अर्को शरिरको खोजीमा रहन्छ। समयको बहाबसंगै एउटा आत्माले अर्को शरिरमा जन्म लिन्छ भनि विभिन्न प्रयोग  गरेर हेरिएको पनि छ। यसबारेमा धेरै सिद्दान्तहरु चलिआएको भएतापनि यस्तो किन हुन्छ भन्नेबारेमा अहिलेसम्म कुनै ठोस प्रमाण भने भेटिएको छैन। आधार के छ, के आत्मा पुर्नजन्म हुन्छ त?



पृथ्वीमा मानिसको जन्मलाइ प्रेम, ईमानदारी, खुशी, विनम्रता, जस्ता गुणहरु आर्जनको लागि हो भनि बयान गर्न सकिन्छ। सांसारिक दुनियामा शरिरको मृत्यु भएपछि आत्माले परमात्मामा हुनुपर्ने गुण आर्जन गरेनगरेको लेखाजोखा हुन्छ। यदि आत्मामा त्यस्ता गुण छैनन भने फेरी सांसारिक दुनियामै भौतिक शरिरको खोजिमा निस्कन्छ आत्मा।

मानव शरिर त केवल आत्मा परमात्मा हुनको लागि पार गर्नुपर्ने बाटो हो। जसले बुझ्छ, उसलाइ बुझाउनु पर्दैन। आफुलाइ बुझ्ने चेष्टागर्नुनै सच्चा अध्यात्म हो। आफुलाइ चिन्नुहोस् अनि अन्यलाइ पनि चिन्न सजिलो हुन्छ।

के तपाईको आत्माको जन्म पहिले पनि भएको थियो?

धेरै तरिकाबाट तपाई पृथ्वीमा पहिले पनि जन्मनुभएको थियो भनि थाहा पाउन सकिन्छ । ‘हिप्नोथेरापिस्ट’कोमा गएर पुरानो जन्मको अनुभव गराउन सक्नुहुन्छ। ध्यान गरेर अनुभुत गर्नसक्नुहुन्छ कि तपाई पहिले जन्मनुभएको थियो। यहाँ केहि संकेतको बारेमा चर्चा गरिएको छ, जसले ‘तपाईको यो पहिलो जन्म हैन‘ भनि भन्छ,

हरेक रात एउटै सपना

सपना तपाईले जीवनमा भोगेका कुराहरुको प्रतिबिम्ब हो। के तपाईले एउटैखालको सपना धेरै पटक देख्नुभएको छ? के ती सपनामा देखिएका ठाँउ अथवा मानिसहरु अलि पुरानो समयका त हैनन? के ती सपनामा तपाईको मृत्यु भएको छ? तपाईको आत्माले पुराना दबेका यादहरु सम्झाउन खोजेको हुन सक्छ। तैपनि यसबाट पुर्वजन्म भएकै थियो भनेर ठ्याक्कै भन्न भने सकिन्न।

अंतर्ज्ञान

तपाईले जीवनमा अनुभुत गरेका कुरा अनि सङ्गालेका अनुभवले तपाईमा बौद्धिकता बढ्छ, जीवन के हो भन्ने बुझ्नुहुन्छ, बाँच्नुको सार्थकता प्रस्ट हुन्छ। अंतर्ज्ञान,  तपाईले आर्जेको ज्ञान अनि क्षमता भन्दा परको हो। कुनै काम वा निर्णय गर्नुपुर्व सहि बाटो छान्न लागि ज्ञानको आवश्यक पर्छ, सहि र गलत छुट्याउने बोद्धिकताको खाँचो हुन्छ। जीवनका अनुभवहरुबाट सिकेका अनि जानेका शिक्षा नै ती कामहरु सम्पन्न गर्नमा काम आँउछन्, तर सधै यस्तो हुदैन।

जति तपाई आध्यात्मिक हुनुहुन्छ त्यति तपाईको आत्मा उसको वास्तविक स्वरुप (निर्वाणा) तिर लम्कन्छ। जसले हामीमा बौद्धिकता थप्छ, अंतर्ज्ञान बढ्छ। तपाईको सबैजन्मका अनुभवहरु एकत्रित हुन्छन्, आत्मा एक हुनेछ। आध्यामिक हुनुको अर्थ कुनै संम्प्रदायमा लिन हुनुहोस् भन्ने पटक्कै हैन। साच्चैको धर्मलोप हुदैछ, तपाईले बुझ्ने धर्म त केवल कुनै सम्प्रदायको हो। धर्म त प्राकृतिक हुन्छ, प्रकृतिको नियम नै धर्म हो। रिस गर्नुहोस्, तपाईलाइ कष्ट हुन्छ, खुसी हुनुहोस् अन्यलाइ पनि खुसी मिल्छ। धर्म त केवल तपाईको आत्माको लागि चाहिने आहार हो। यदि अंतर्ज्ञान को अनुभुति हुन्छ भने जान्नुहोस् तपाईको आत्मा पुर्ण हुदैछ, अनि तपाईमा बौद्धिकता बढ्दैछ। तपाईले आफु ५ बर्ष उमेरको हुँदा माघ महिनाको बिहान के गर्नुभएको थियो? याद छ तपाईलाइ? पुर्वजन्म तपाईले याद गर्ननसक्नु भएको जीवन हो। तपाईले बिर्सिएको समय हो। त्यो याद गर्नुनै सायद अंतर्ज्ञान होला।

अनौठा यादहरु

कयौं पटक बच्चाहरुले अनौठा यादहरु सम्झेका घटनाहरु पाइएको छ। सामान्यरुपमा बच्चाहरु पुराना समयका घटनाहरु बढि याद गर्ने सक्ने हुन्छन। सुन्दा काल्पनिक लाग्ने त्यस्ता स्मृतिहरु बिस्तारमा सुन्दा सत्यनै सावित भएका छन्। बालकपनको बेला पुर्वजन्मका यादहरु बढी ताजा हुने गर्दछ। जति धेरै पुर्वजन्म थिए, त्यति नै त्यस्ता यादहरु बढी सम्झन्न खोज्छ मस्तिष्कले। तर दिमागले यस्ता कुराहरु कल्पना गरेको पनि हुन सक्छ। त्यसैले केवल अनौठा यादहरु आउनाले मात्र पुर्वजन्मको संकेत गरेको भनेर भन्न सकिन्न।

‘देजा भु’

‘देजा भु’ भन्नाले त्यस्तो अनौठो अनुभव हो जुन तत्काल अनुभुत भइरहेका घटना, तत्कालको परिस्थिती, वा भर्खरै घटेका घटना पहिले कतै भएको भान हुन्छ। कुनै गन्ध, आवाज, दृश्य, स्वाद वा अन्यकुनै अवस्थाले ‘देजा भु’ हुने गर्छ। कुनै कुरा कतै देखेको झै लाग्छ, भर्खरै बोलेको कुरा पहिल्यै बोलेको जस्तो लाग्छ, कसैलाइ भेटदाको अवस्था पहिल्यै अनुभव भएको जस्तो भान हुन्छ भने त्यो देजा भु भएको हो। न्युरोनहरुको काममा गडबढी भएर यस्तो अनुभवहुने पनि बताइन्छ। कुनै अर्कै दुनिया (प्यारलल युनिभर्स) को अस्तित्वको कारणले पनि यस्तो अनुभव हुन्छ भन्छन् एकथरि। केहि भने पुर्वजन्मको घटनाहरुको धमिलो याद भनि पनि भन्छन्।

अन्यको बढी ख्यालगर्ने

आत्मा जति परिपक्व हुन्छ त्यति नै संवेदनाहरु ख्याल गर्न सक्छ, महसुस गर्ने क्षमता बढ्छ। केही अवस्थामा त शारीरिक दुखाइ वा अन्य तवरले पनि विभिन्न संवेदनाहरु महसुस गराउन सक्छ परिपक्व भएको आत्माले। अरुको भावना अनि अवस्था अनुभुत गर्ने गर्छ यस्तो आत्माले। आफ्नो वरिपरि भएका अन्य मानिसको अवस्था ख्याल गर्ने, अनि आफुले नै ति मानिसहरुको अनुभुतिहरु अनुभव गर्ने गुणको विकास हुन जान्छ। यस्ता गुणहरु विकास भएको छ भने, ठुलो हुल वा भिडभाडमा गाह्रो अनुभव हुने पनि हुन्छ। यस्तो आत्माको जन्म पहिले पनि भएको र आफु भन्दा पनि वरिपरिका अन्य आत्माको अवस्थाप्रति सहानुभुती गर्ने बानीको बिकास भएको हुन सक्छ।

शान्त अनि धैर्यवान

आत्मा यदि जवान छ भने,  अर्थात आत्माको जन्म केही पटक मात्र भएको छ भने त्यस्तो आत्मा बढी चन्चल हुने गर्छ। जन्मदेखि नै शान्त अनि धैर्यवान छ भने त्यो मानिसको आत्माले परिपक्वता हासिल गर्दैछ भन्ने बुझ्न सकिन्छ। मानिसको व्यक्तित्व नै आत्मा हो। तपाई नै आत्मा हो। तपाईको आफ्नो भन्नु नै आत्मा हो। अर्थात, तपाई अनि तपाईको व्यक्तित्व नै आत्मा हो। व्यक्तित्व निखारिएको छ भने आत्मा पुरानो छ, धेरै अनुभवी छ, नयाँ शरीरमा जन्मदा नै पुराना सिकेका कुराहरु पनि ल्याएको छ, पुरानो जन्मको ज्ञान व्यक्तित्वको रुपमा आएको छ अनि पुर्वजन्ममा सिक्न नसकेका कुरा अब सिक्नुपर्नेछ।

इतिहासको प्रेम

इतिहासका कुनै कालखण्डमा तपाईको चासो बढी जान्छ वा इतिहासका कुनै व्यक्तिहरुको बारेमा जानकारी राख्न मन लाग्छ भने संभवत तपाईको पुर्वजन्म सोही कालखण्डमा पनि भएको थियो भनि भन्न सकिन्छ। मानिसलाइ जहिल्यै आफ्नो कुरा बढी चासो लाग्छ, बढी ख्याल राखिन्छ आफुसंग सम्बन्धित कुराहरु।

बिना कारणको डर

यो सत्य हो या हैन तर धेरै मानिसहरुको भनाइमा, पुर्वजन्मका दुख, आघात वा दुर्घटनाका यादहरु यो जन्ममा डरको रुपमा प्रकट हुन्छन्। अग्लो ठाँउदेखि लाग्ने डर, आगो देखि लाग्ने डर, नदी को डर, अध्यारो देखि लाग्ने, कुनै जनावरसंगको डर, कुनै सङ्ख्या, रंग वा ठाँउको डर आदी डरहरु पुरानो जन्ममा भएको कुनै दुर्घटना वा भोगेका दुखहरुको प्रतिबिम्ब हुन सक्छन्।

हेरेर मानिस चिन्ने

कसैको व्यवहार केही मिनेटमा नै थाह पाउन सक्नुहुन्छ? कोही नयाँ व्यक्तिसंग केही बेर कुरा गरेरै त्यो व्यक्तिको व्यक्तित्व थाह पाउन सक्नुभयो भने जान्नुहोस् त्यस्तै व्यक्तित्व भएको व्यक्तिलाइ तपाईले पुर्वजन्ममा पनि भेट्नुभएको थियो। तपाईको मस्तिष्कमा त्यस्तो व्यक्तिको बारेमा पहिल्यै अनुभवहरु दबेर रहेका छन्। अनि कोही व्यक्ति नजिक आउदा ती दबेका अनुभवहरु याद आउछन्,  अनि त्यो मानिस कस्तो भनि थाह पाएझै लाग्छ।

एकान्त मनपर्छ

जब तपाई यो संसारिक दुनियाको खेल खेल्नको लागि जन्मनुहुन्छ तब यहि खेलमै तपाई डुब्नुहुन्छ। खेलको नियम सिक्न तिर लाग्नुहुन्छ। खेल कसरी सजिलो बनाउने तिर लाग्नुहुन्छ। तर यदि धेरै पटक तपाईको आत्माको जन्म भएको छ भने तपाइको व्यक्तित्वमा एकान्त मन पराउने गुण थपिन्छ। तपाइले सिकिसक्नु भएको हुन्छ कि यो खेल हो। र तपाईलाइ यो खेलमा कुनै चासो हुदैन। धेरै पटक खेलेको खेल अल्छि लाग्दो हुन्छ। तपाईले यो खेलको रहस्य बुझिसक्नु भएको हुनेछ।

आनन्दको अनुभव

तपाईले केही जन्म पारगरिसक्नु भएको छ भने तपाईले थाह हुन्छ धैर्य, इमान्दारिता अनि प्रेमको महत्व। साथै जीवनमा आइपर्ने समस्याहरु चाडै समाधान गर्न सक्नुहुन्छ। जीवनले तपाईलाइ के दिन खोज्दै छ भनि धेर्यता पुर्वक हेर्ने अनि सुन्ने  खुबी बढ्छ। तपाईमा बिस्तारै सन्तोषी भावनाको विकास हुन्छ। कुन कुरा सत्य हो अनि कुन सत्य बनाइएका हुन भनि छुट्याउन सक्नुहुन्छ।

तपाईको अस्तित्व कसैसंग जोडिएको छैन

तपाई, सामाजिक स्तर, पैसा अनि सुविधा सम्पन्न जीवनको हिस्सा हैन। यी तपाईलाइ भुलाउने खेल हुन। तपाईको विकास केवल आध्यात्मिक मात्र हुनसक्छ। तपाईको भन्नु केवल आत्मा हो। ध्यान त्यसमा दिनुहोस् जुन सदैव तपाईकै हुन्छ। जब तपाईले साच्चै महसुस गर्नुहुन्छ कि तपाईको वसमा केवल तपाईको आत्मा छ, वा आत्माको वसमा तपाई मात्र हुनुहुन्छ अनि बल्ल जीवन बुझ्नुहुन्छ, जन्म किन भएको थाह हुन आँउछ।

जन्मको महत्व जब थाहपाउनु हुन्छ तब अरु आत्माहरुप्रति पनि सहानुभुती बढ्छ। अरुलाइ जीवन बुझ्न मद्धत गर्नुहुन्छ। याद
गर्नुहोस्, तपाईले कसैलाइ दिएको १००० को नोटले भन्दा कसैलाइ दिएको राम्रो सल्लाहले उसको जीवन बढी सुखी हुन्छ। पैसा अनि प्रविधिका कुरा त केवल सजिलोको लागि प्रयोगमा आएका हुन। ती वस्तुहरुको प्राप्ती त केवल आत्मालाइ बोक्ने शरिरको स्याहारसुसारको लागि मात्र हो। नबिर्सनुहोस्, तपाईको शरिरमा आत्मा पनि छ, त्यसको विकासको लागि तपाईले काम गर्न छोड्नु हुदैन।

तपाईलाइ मुर्ख बनाउन सकिदैन

तपाई यहाँ धेरै पटक आउनुभएको छ, तपाईले मानिस चिन्नु हुन्छ। तपाईले मानिसको मनस्थिति बुझ्नुहुन्छ, किनकी तपाईसंग अनुभव छ धेरै जीवनको। तपाईले सहि र गलत बुझ्नुभएको छ। तपाईलाइ कसैले कुरा गरेर मुर्ख बनाउन सक्दैन, किनकि तपाईले मुर्खता र अज्ञानतालाइ बुझ्नु भएको छ। तपाईमा यस्तो व्यक्तित्व छ भने ख्याल गर्नुहोस् त यस्तो समझ अनि यो ज्ञान यो जीवनका अनुभवले मात्र सिकेको नहुनसक्छ।

तपाई विद्रोही स्वभावको हुनुहुन्छ

तपाई नियम, कानुन या कुनै मानिसप्रति किन विद्रोह गर्नुहुन्छ? किनकी तपाईलाग्छ कि ती सत्य छैनन्, केवल सत्य झै बनाइएका छन्। तपाईको आत्माले ध्रुवसत्य के हो भनि चिन्छ। यो ब्रहमाण्ड सत्य हो, तपाईको जन्म सत्य हो, अनि तपाईको दुख सत्य हो। ‘मरिलानु केही छैन’ को अर्थ के हो? मरेर कता गइन्छ र! केही लिएर जानलाइ? मरेर तपाऐले अनुभव लिएर जानुहुन्छ। जुन तपाईको अर्को जन्मलाइ सहायक हुन्छ। सिकेर लगेका कुराले अर्को जन्मको भविष्य निर्धारण गर्छ। अहिलेको तपाईमात्र आफु हैन, पहिले पनि तपाई हुनुहुन्थ्यो, पछि पनि तपाईको जन्म हुनेछ, ती सबै एक हुन। तपाईको जीवन त केवल एउटा परिक्षा हो, एउटा जीवनको समाप्ती पछि परिक्षाफल आउछ अनि फेल भएको खण्डमा अर्को जीवनमा सुधर्ने मौका पाइन्छ। तपाईले जानेको कुरा सत्य छ अनि धेरैले असत्य बाटो रोजेका छन भने तपाईमा विद्रोहि विचार विकास हुन्छ। विद्रोह बिना जीवन परिवर्तन हुदैन तर विद्रोह असत्य कुरामा अडिएको छ भने तपाईले ठुलो भुल गर्दैहुनुहुन्छ।

जन्मनु भयो, पढ्नु भयो, काम गर्नु भयो, परिवारिक जीवन व्यतित गर्नुभयो, सन्तानको सुख हेर्नुभयो, बुढेसकालको दुख भोग्नुभयो अनि अन्तमा संसार छोडिन्छ, शरिरले साथ नदिएर। के गर्नुभएको त उल्लेखनिय, के गर्नु भयो आफ्नो लागि अनि के छोडेर जानुहुन्छ अन्यको लागि? मानव जीवनको उद्धेश्य केवल खानपिन अनि रमाइलो मात्र होला त? शारिरीक सुखमात्रले तपाईको जीवनको सार्थकता पुरा भयो होला त? शरिरमात्र महत्वपुर्ण हुने भए मरेको शरिरमा किन जीवन हुदैन। तपाई त भित्र हुनुहुन्थ्यो, शरिर त केवल भाँडो मात्र हो। बुझ्न जरुरी छ।
चितवन, ५ जेठ– चितवनमा भोजाडका एक पुरुषको मृत्यु प्रकरणमा उनकी श्रीमतीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भरतपुर–११ भोजाडका ओमप्रकाश रेग्मीको रहस्यमय मृत्यु प्रकरणमा प्रहरीले श्रीमती इन्द्रा रेग्मीसहित विजय रेग्मी र डेरा गरी बस्दै आएका महेन्द्रनगरका गोकर्णदेव भट्टलाई पक्राउ गरिएको चितवनका प्रहरी निरीक्षक टेकबहादुर कार्कीले आज जानकारी दिए ।
उनीहरुलाई किटानी जाहेरीको आधारमा पक्राउ गरी अनुसन्धान थालिएको उनले बताए।
स्थानीयले उनीहरुको संलग्नतामा ओमप्रकाशको हत्या गरेको आरोप लगाएका छन् । स्थानीयले मृतक रेग्मीकी श्रीमती इन्द्रा रेग्मी र भट्टबीच अनैतिक सम्बन्ध रहेको आरोपसमेत लगाएका छन् ।
सो घटना श्रीमानले थाहा पाएपछि हत्या गरेको दाबी गरिएको भए पनि प्रहरीले भने अनुसन्धानपछि मात्रै एकिन हुने जनाएको छ ।
रोजगारीको सिलसिलामा भारतमा रहेका ओमप्रकाश रेग्मी भर्खरै घर आएका थिए । उनलाई जेठ १ गते मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । रासस
kathmandutoday.com
५ जेठ, काठमाडौं ।

बैशाख १२ को विनाशकारी भूकम्पका पराकम्पनको क्रम कम भएपनि पूर्ण रोकिएको छैन । पराकम्पन जाने क्रम सुस्त बनेको छ । मंगलबार ५ बजे सम्ममा ३ पटक पराकम्पन भएको छ ।



मंगलबार दिउसो ४ बजेर ४४ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्र विन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको पराकम्पन भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यस अघि ११ बजेर २९ मिनेटमा पनि सिन्धुपाल्चोकमै केन्द्र भएको ४ रेक्टर स्केलको पराकम्पन भएको थियो ।

यस अघि मंगलबार विहानै पनि ४ बजेर ४ बजेर ३४ मिनटमा ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प भएको थियो ।

राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार यो पराकम्पनको धक्का हो । सोमबार दिनभरीमा केवल ३ वटा पराकम्पन भएका थिए ।

अव पराकम्पनको क्रम पनि कम हुने विज्ञहरुले बताएका छन् ।

कालो चिया अर्थात् ब्ल्याक टी संसारभर नै उपभोग हुन्छ। कुनै देशमा चिनीजस्ता गुलियो पदार्थ हालेर पिउने चलन छ भने कुनै देशमा केही पनि नहाली सादा रुपमै पिइन्छ। चिनियाहरुले गुलियो पार्ने पदार्थ, मसला, चकलेट तथा जडिबुटी हालेर चिया पकाउछन् भने भारत, नेपाललगायतका देशमा चिनी राखिन्छ। केही मानिसले भने अदुवा, कागती, तुल्सी राखेर चिया पिउछन्।

कालो चियामा पोलिफेनाइल नामक एन्टिअक्सिडेन्ट बढीमात्रा पाइन्छ भने सोडियम, प्रोटिन र कार्बोहाइड्रेट पनि न्यून मात्रामा पाइन्छ। बोस्टन स्कुल अफ मेडिसिनका अनुसार ब्ल्याक टीले रक्तनलीमा हुने अवरोधलाई सामान्य बनाउछ, जसका कारण स्ट्रोक हुने खतरा पनि कम हुन्छ। ब्ल्याक टीको उपयोगिताका बारेमा जानीराखौँ :

-मुटु जोगाउँछ
मुटु रोगीहरुले नियमित रुपमा कालो चिया पिउनाले कोरोनरी आर्टरीमा भएको समस्या हटाउन मद्दत गर्छ। यसले गर्दा कालो चिया सेवन गर्नेहरुमा कार्डियोभास्कुलर डिजिज लाग्ने सम्भावना कम हुन्छ।

-डाइरिया रोक्छ
कालो चियामा भएको क्षारीय गुणका कारण पेटसम्बन्धी समस्या समाधान गर्न मद्दत गर्छ। त्यसैले डाइरियापीडितहरुलाई सकेसम्म कालो चिया खाने सल्लाह दिइन्छ।

-दम
तातो झोलपदार्थले प्रायजसो दमका रोगीहरुलाई आराम दिन्छ। यसले दमका रोगीहरुलाई श्वासप्रश्वास राम्रोसंग गर्न सहयोग गर्छ।

-पाचन समस्या हटाउँछ
यसमा पाइने विभिन्न रसायनहरुले पाचन प्रणालीमा सकारात्मक असर गर्छन्। यसले पाचन प्रणालीमा भएका समस्या हटाउँन मद्दत गर्छन्।

-कोलेस्टेरोल घटाउँन मद्दत गर्छ
अमेरिकन हर्ट एशोसियसनले गरेको अनुसन्धानमा जसले नियमित रुपमा कालो चिया सेवन गर्छ, उसमा खराब कोलेस्टेरोल घटेको पाइएको थियो। यो खराब कोलेस्टेरोल हृदयाघातको मुख्य कारण मानिन्छ।

-स्तन क्यान्सर हुन दिँदैंन
ब्ल्याक या र ग्रिन जुन खालको चिया सेवन गरेपनि त्यसले स्तन क्यान्सर हुनबाट बचाउँछ। चियाले महिलाको महिनावारीको चक्रभर ग्लोबुलिन हर्मोनको स्तर वृद्धि गर्छ। यस्तै, कालो चियामा भएको थेप्लाभिनले शरीरमा हुने कोषको असामान्य वृद्धिलाई नष्ट गर्छ।
काठमाडौं । अर्घाखाचीमा जन्मेर पाल्पा र बुटवलमा उच्च शिक्षा हासिल गरेकी नेपाली सिने नगरीमा ’इन्द्रेणी’ चलचित्रबाट आफ्नो रंगिन यात्रा सुरु गरेकी नायिका नन्दिता केसी नर्स बन्ने योजनामा थिइन् । नर्स बन्ने इच्छा छाडेर सिने क्षेत्रमा लागेको बताउने नायिका नन्दिता आज भोलि सिने नगरीमा त्यति देखा परेकी छैनन् । आफू साधारण विचारधाराको रहेकी बताउने नन्दिता पछिल्लो समय चलचित्र ‘बाबरी’ को काममा व्यस्त छिन् । उनै नायिका नन्दिता केसीसँग सहकर्मी मनिष दाहालले गर्नुभएको कुराकानी :


तपाई पछिल्लो समय फिल्मक्षेत्रबाट हराउँदैं जानुभएको हो ?
कसले भन्यो म फिल्म क्षेत्रबाट टाढा भएको छु भनेर,मेरो हरेक नशा नशामा चलचित्र छ । केहि कारणले म केहि महिना फिल्महरुमा देखा परिन तर अब अझै पनि केहि फिल्महरुको छायांकनमा व्यस्त छु ।
तपाईले अभिनय गरेका पछिल्ला चलचित्रहरु त फ्ल्प हुदैं गएनी हैं ?
हो केहि चलचित्र भए तर सबै त्यस्त छन् भन्न मिल्दैन । फ्ल्प भएका चलचित्रहरुको कथा वस्तु निकै बलियो छ व्यापारको हिसाबले फ्ल्प भएपनि चलचित्रको कथावस्तुको हिसाबले मैले अभिनय गरेको प्राय चलचित्रहरु सफल छन् ।
तपाईको मासिक आम्दानी कति हुन्छ ?
हैन नभनौ ।
तपाईको कस्मेटिकमा महिनाको कति सम्म खर्च हुन्छ ?
त्यही ४/५ हजार हुन्छ होला ।
तपाईले कति हजार वा लाख सम्ममा चलचित्र या म्युजिक भिडियो खेल्नु हुन्छ ?
यसबारेमा केहि नभनौ क्यारे ।
तपाई स्कुटी चड्नु हुन्छ कि गाडी ?
स्कुटी ।
फिल्मी क्षेत्रमा काम गर्नु भएको यतिका बर्ष भयो गाडी चड्ने हैसियत किन बनाउनु भएन ?
फिल्म क्षेत्रमा लाग्ने भन्ने वितिकै गाडी नै चड्नु पर्छ भन्ने छैन ।
फिल्म र मोडलिङ क्षेत्रमा निर्माताले नायिका या मोडल सग के अपेक्षा गरेको हुन्छ ?
तपाईले कुरा घुमाएर भन्नु भयो त्यस्तो केही पनि चाहेका हुदैनन् एउटा राम्रो अभिनयको खोजी गरेका हुन्छन् । र आज सम्म म बाट पनि यहि नै अपेक्षा गरेका थिए र छन् ।
मनोरञ्जन क्षेत्रमा सेक्सुअल क्रियाकलाप बढी मात्रामा हुन्छन् भनिन्छ त्यो कतिको साचो हो ?
अरु क्षेत्रमा पनि हुन्छन् तर यस क्षेत्रमा सबैको नजर पर्ने भएकाले होला तर त्यो आफूमा भर पर्ने कुरा हो ।
तपाई सेक्सलाई कसरी हेर्नुहुन्छ ?
सेक्स प्रकृतिको देन हो । यसलाई सहि प्रयोग गर्नुपर्छ ।
तपाई नढाटी भनिदिनुहोस न, तपाईले सेक्स गर्नुभयो ?
अह, छैन ।
तपाईलाई सेक्सको अफर आयो कि आएन ?
मेरो अहिलेसम्मका अभिनयबाट म संग कसैले त्यस्तो अपेक्षा गरेका छैनन् ।
तपाई आफ्ना दर्शकलाई के भन्न चाहानु हुन्छ ?
मलाई आज सम्म माया गरिरहनु भएको छ सधै यसरी नै माया गर्दै जानु होला । फेरी एउटा कलाकारले दर्शकहरुबाट गर्ने अपेक्षा सायद यही नै हो । म पनि यही भन्न चाहन्छु । म केही समय तपाईहरुबाट टाढा हुन पुगेपनि अब तपाईहरुकै साथमा रहने छु । Source from - rastriyakhaba
सोल : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने औपचारिक भ्रमणका लागि सोमबार दक्षिण कोरिया पुगेका छन्।विशेषगरी आर्थिक लगानीको खोजीमा उनको भ्रमण केन्द्रित भएको अधिकारीहरूले जनाएका छन् दक्षिण कोरिया एसियाको चौथो ठूलो अर्थतन्त्र हो।

भारतीय प्रधानमन्त्री गत वर्ष मे महिनामा भारतको प्रधानमन्त्री बनेपछि उनले दक्षिण कोरियाको यो पहिलोपटक भ्रमण गरेका हुन्। यस भ्रमणका क्रममा उनले दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्युन हायसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। वार्ताका क्रममा उनीहरूबीच आर्थिक एवं द्विपक्षीय कूटनीतिक सम्बन्धका बारेमा कुराकानी हुने बताइएको छ।

उनी यतिखेर पूर्वी एसियाको ६ दिन लामो भ्रमणका क्रममा छन्। त्यसै क्रममा उनले गर्न लागेको यस कोरियाली भ्रमण पनि लगानीका बारेमा विशेष केन्द्रित हुने छ।

उनले यस भ्रमणका क्रममा दक्षिण कोरियाका व्यापारी, ठूला बहुराष्ट्रिय कम्पनीका लगानीकर्ताहरूका साथै उद्योगीहरूसँग पनि लगानीसम्बन्धी वार्ता गर्ने जनाइएको छ।

कोरियाली प्रख्यात बहुराष्ट्रिय कम्पनीहरू हुन्डाई, सामसुङ र एलजीका प्रमुखहरूसँग पनि प्रधानमन्त्री मोदीले कुराकानी गर्नुहुने छ। ती कम्पनीका उत्पादन भारतमा निकै लोकप्रिय छन्।

ती कम्पनीहरूसँग पनि प्रधानमन्त्री मोदीले भारतमा थप लगानीका लागि आग्रह गर्नेछन्। सोलमा रहेको भारतीय अर्थतन्त्र अनुसन्धान केन्द्रका अध्यक्ष ओ हा सुकले भने, 'अन्य एसियाली ठूला अर्थतन्त्रहरू जस्तै चीन र जापानको तुलनामा दक्षिण कोरियाको लगानी भारतमा कम रहेको छ।'

उनले भारतमा आर्थिक विकासका क्षेत्रमा निकै धेरै सम्भावना रहेको बताएका छन्। उनले भने, 'भारतको जनसंख्या पनि विशाल छ। त्यहाँ आर्थिक विकासका सम्भावना प्रशस्त छन्, तर अन्य देशको तुलनामा भारतमा कोरियाको लगानी कम रहेको छ।'

प्रधानमन्त्री मोदीले भारतमा पूर्वाधार विकासका क्षेत्रमा कम्तीमा पनि दस अर्ब अमेरिकी डलरबराबरको सहयोगको अपेक्षा गरेको अनुमान गरिएको समाचारमा उल्लेख छ।

भारतमा विशेषगरी सडक, रेलमार्ग तथा अन्य यातायातका पूर्वाधारहरूमा निकै पुरानो र कमजोर संरचना रहेकाले त्यसको फेरबदल र पुनर्संरचनाका लागि प्रधानमन्त्री मोदीले दक्षिण कोरियाबाट कम ब्याजमा ऋण चाहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। -रासस/एएफपी
www.annapurnapost.com
३० भन्दा बढी घाइते अस्पतालमा 
धनगढी : डडेल्धुराको मेलखर्कमा भएको बस दुर्घटनामा मृतकको संख्या ९ पुगेको छ।३० भन्दा बढी घाइते अस्पतालमा उपचार गराइरहेका छन्।

कञ्चनपुरको महेन्द्रनगरबाट सोमबार विहान ११ बजे दार्चुलाका लागि छुटेको ना ५ ख १६८५ नम्बरको यात्रुबाहक बस सोमबार साँझ डडेल्धुरामा पर्ने भीमदत्त पन्त राजमार्गको मेलखर्क भन्ने स्थानमा दुर्घटना भएको थियो ।

दुर्घटनामा ३३ जना घाईते भएका छन । दुर्घटनामा ७ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा पद्मा अस्पताल अत्तरियामा ज्यान गएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी र्काालयले जनाएको छ।

घाइतेहरुको अवस्था बुझ्न अस्पतालमा भेला भएका आफन्तहरु

प्रहरीले डडेलुधराको गांखेत गाविस ८ का डम्बर कामी, परसुराम नगरपालिका १२ की रेखा धामी, बैतडी श्रीकोट गाविसका महादेव भट्ट, सोही ठाउँका निरज जोशी र दार्चुलाको अपी नगरपालिका ६ की परुलीदेबी धामीको मृत्यु भएको जनाएको छ ।यस्तै उपचारका क्रममा डडेल्ुधराको अमरगढी नगरपालिका घर भई जिल्ला प्रसासन कार्यालय डडेल्धुरामा कार्यरत जगन्नाथ दमौली र अमरगढी नगरपालिका ३ डडेल्धुराकी सरस्वती पल्लेको उपचारका क्रममा पद्मा अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीले गम्भीर घाइते, बैतडी खोडपेका यूबराज पन्त, डोटी सुजिलेकका सुजन पल्ली, डोटी बाझककनी गाविसका मोहन खडका, बैतडी खोचलेकका लक्ष्मण बिष्ट, थर र ठेगाना नखुलेका राम बहादुर, महेन्द्रनगरका धौलेराम सार्की, प्रकाश भटट र हरिष भटटलाई थप उपचारका लागि भारत लगिएको जनाएको छ ।

दार्चुला पिपलचौरीका महेश भटट, सोही स्थानकी मन्जु भटट, डडेल्धुरा जोगबुडाकी देबा ठगुन्ना, कंचनपुर महेन्द्रनगरका केशब कार्की, दार्चुला सुनसेराका सागर धामी, सोही स्थानकी बिनिता धामी, डडेल्धुरा देबल दिब्यपुरका नन्दराम नेपाली, डडेल्धुरा असिग्रामकी रत्ना खडका, सानु खडका, दिपेश खडका, दार्चुला छतिबनका मदन सिंह धामी, सिन्धु धामी, उनकी २ महिनाकी छोरी तारा धामी, बैतडी सिदेश्बरका दिब्यदेब कलौनी, डडेलधुरा  आलितालका गोबिन्दसिह धामी र बैतडी श्रीकेदारका प्रेमराज जोशीको पदमा अस्पताल अत्तरियामा उपचार भइरहेको छ ।

यस्तै दार्चुलाका मनोज भटट, सुनसेरा दार्चुलाकी सिर्जना धामी, बैतडी खोचलेकका सुरज भटट, ठेगाना नखुलेका नबलसिह मल्ल, बैतडी खोचलेकका दिनेश कार्की, सोही स्थानकी संगिता जोशी, बैतडी न्वाली गाविसका रतन सिंह कार्की, डडेल्धुराका सुरेश भण्डारी, दार्चुला छापरीका हरिषराम बिक र दाचुला खलंगाका मोहन सिंह महराको सामुदायीक अस्पताल अत्तरियामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
annapurnapost.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home