• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
पृथ्वीमा जस्तै पृथ्वीको उपग्रह चन्द्रमामा पनि भुइँचालो जाने गरेको अनुसन्धानले देखाएको छ । चन्द्रमामा पनि पृथ्वीमा जस्तै भौगर्भिक प्लेटहरु एकअर्कामा ठोक्किने र त्यसक्रममा भुकम्प जाने वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।
चन्द्रमामा अवतरण भएको भारतीय यान चन्द्रायण-१ ले खिचेका तस्वीरहरुको विश्लेषण गरी वैज्ञानिकहरुले चन्द्र सतहमुनि पृथ्वीमा जस्तै भौगर्भिक प्लेट रहने र ती प्लेटहरु नियमित रुपमा एक अर्कामा ठोक्किने गर्दा भुकम्प जाने गरेको अनुसन्धानले देखाएको छ ।

चन्द्रायण-१ मा जडित न्यारो एंगल क्यामरा तथा लुनार रिकनेसेन्स अर्बिटर क्यामराले खिचेका चन्द्र सतहका तस्वीरहरुको विश्लेषण गरिएको थियो । भारतको जवाहारलाल नेहरु विश्वविद्यालयको स्कुल अफ इन्भारोमेन्टल साइन्स अन्तरगत भुगर्भ विज्ञान र रिमोट सेन्सिङका प्राध्यापक सुमित्र मुखर्जी र उनकी विद्यार्थी पि्रयदर्शिनी सिंहले चन्द्र सतहका तस्वीरको विश्लेषण गरेका थिए ।

चन्द्रमाको दक्षिण धु्रविय क्षेत्रबाट संकलित प्रमाणहरुका आधारमा चन्द्रमाको सतहमा पनि पृथ्वीमा जस्तै भुकम्पीय गतिविधि हुने पुष्टि भएको दाबी मुखर्जीले गरेका छन् । उनको अनुसार चन्द्रमाको सतहमुनि पनि तरल पदार्थ रहेको छ । उनी भन्छन्, ‘हामी निष्कर्ष निकाल्न सक्छौँ की चन्द्रमाको पनि भित्री तह (कोर) छ । त्यसैले चन्द्रमाको संरचना पनि पृथ्वीको जस्तै रहने सम्भव छ । त्यसैले पृथ्वीमै जस्तै चन्द्रमामा पनि भुकम्प जाने कुराको तुलनात्मक अध्ययन गर्ने सकिन्छ ।’

चन्द्रमाको भौगर्भिक प्लेटको गतिविधिको अध्ययन तथा भविष्यमा त्यहाँ जाने भुकम्पहरुको अध्ययन गरेर पृथ्वीमा जाने भुकम्पसँग तुलना गरेपछिमात्र चन्द्रमामा जाने भुकम्पको बारेमा केही अनुमान तथा भविष्यवाणी गर्न सकिने उनको भनाइ छ ।
चन्द्रमामा पनि भुकम्प जाने सम्बन्धि यो अनुसन्धान शोध भारतका विभिन्न चर्चित जर्नलहरुमा छापिएको छ
।www.onlinekhabar.com
टिप्स : एजेन्सी । महिनावरीको समयमा तपाई असहज महसुस गर्नुहुन्छ भने तपाईले खाने खानेकुरामा समेत ध्यान पुर्याउनुपर्ने हुन्छ।के तपाइलाई थाहा छ हामीले खाने केहि यस्ता खानेकुरा छन् जसले महिनावारीको समयमा अनावश्यक पिडा दिन सघाई रहेको हुन्छ। महिनावारीको अनियमितता हुनु , दुखाई, थकान, चिडचिडापन आदि हुनुमा खानेकुराको पनि भूमिका हुन्छ भन्ने बिर्सनु हुँदैन ।


यस्ता समस्याहरुको चाहेको बेलामा तत्काल उपचार पनि सम्भव हुँदैन।हरेक महिना झेल्नु पर्ने अनेक समस्याहरुबाट केहि हदसम्म छुटकारा पाउन निम्न ७ खानेकुरा महिनावारी भएको समयमा नखानु फाइदाजनक हुन्छ ।
१ .प्रशोधन गरिएका खानेकुराहरु सजिलो र सुविधाजनक अनि स्वादकै निम्ति भनेर प्याकेटमा राखिएका प्रोशोधित खानेकुरा जस्तै चिप्स, चीजबल्स आदि खानु उपयुक्त हुँदैन ।यस्ता खानेकुरा मध्ये पनि अधिकमात्रामा नुनको प्रयोग भएको छ भने त्यसबाट टाढा रहनु ।सोडियमको मात्रा बढी भएको खाना महिनावारीको समयमा कम खानु उपयुक्त हुन्छ ।
२ .बोसो युक्त मासु महिनावारीको समयमा पोल्ने, चिडचिडापन महसुस हुने समस्या छ भने बोसो युक्त मासु खाँदै न खानु राम्रो हुन्छ। मासु खानै पर्ने अवस्थामा कम बोसो भएका वा माछा जन्य खानेकुरा खानु उत्तम हुन्छ ।
३ .बेकिंग गरिएका खानेकुरा बजारमा पाइने बेकिंग गरिएका खानेकुरा जस्तै केक, पाउरोटी, क्रिम रोल आदि नखादा स्वास्थ्यलाई फाइदा पुग्छ । यी खानेकुराको सट्टामा फाइबरको मात्र बढी भएको रोटि खाने गर्नु उत्तम हुन्छ ।
४ .चिनीजन्य खानेकुरा केक कुकिज क्यान्डी जस्ता चिनीजन्य खानेकुरा कम खानु पर्छ ।गुलियो पदार्थ नै खाने इच्छा भयो भने फलफूल खानु उपयुक्त हुन्छ ।चिनीको मात्र बढी भएका खानेकुराले महिनावारी चक्रमा समेत प्रभाव पर्ने गर्छ ।दुखाई बढ्नुका साथै, लामो समय पिडा दिन सक्ने हुन्छ।
५ .आइसक्रिम, क्रिम र चिज डेरी उत्पादन सबैलाई मन पर्छ ।मन पर्ने कुरा छोड्ने चाहना कसलाई हुन्छ र ? आइसक्रिम, क्रिम र चिज जस्ता डेरी उत्पादनमा हुने चिल्लो पदार्थ महिनावारीको समयमा खादै नखानु वा कम खानु राम्रो हुन्छ ।अधिकमात्रामा चिनी पाइने खानेकुरा फाइदाजनक नहुन सक्छन ।
६ .कफी महिनावारी नियमित नहुने समस्या छ भने कफि नपिउनु राम्रो हुन्छ ।कफिले महिनावारीको नियमित चक्रमा प्रभाव पार्छ ।कफिमा पाइने क्याफिन यसको कारक तत्व हो । कफी सट्टामा तपाई चिया पिउन सक्नुहुन्छ अथवा अरु कुनै इनर्जी ड्रिंक्स ।
७ .अल्कोहल तपाइंको पिरियड जारी छ र अझ अनियमितता समेत छ भने अल्कोहल जन्य पेय पदार्थ बाट टाढा रहनुहोस । अल्कोहलले रगतलाइ पातलो बनाउने हुँदा महिनावारीको समयमा अधिक रगत बग्ने समस्या समेत देखिन सक्छ। स्वास्थ्यलाइ फाइदा पुग्ने अल्कोहल नामिसिएका पेय पदार्थ , फ्रेश जुस आदिको प्रयोग गर्नु उपयुक्त हुन्छ।
काठमाडौं, जेठ ३२ । वैदेशिक रोजगार विभागले तयार पारेको एक तथ्यांकले दुई दशकमा सबैभन्दा बढी नेपाली मलेसिया पुगेको देखाएको छ ।

आइतबार घोराहीमा प्रस्तुत तथ्यांक अनुसार यो अवधिमा साढे आठ लाख नेपाली मलेसियमा पुगेका छन् । तथ्यांकअनुसार आर्थिक वर्ष २०५१–०५२ देखि गत चैतसम्म कानुनी प्रक्रिया पूरा गरी काम गर्न मलेसिया जानेको संख्या ८ लाख ५० हजार २ सय ६९ पुगेको छ । यसमा ८ लाख ३२ हजार ९ सय पुरुष रहेका छन् भने १७ हजार तीन सय २२ महिला छन् ।


 बढी नेपाली जाने दोस्रो मुलुक कतार हो । कतारमा अहिलेसम्म ७ लाख १८ हजार २ सय ६९ जना पुगेका छन् । तेस्रो नम्बरको साउदी अरेबियामा ५ लाख २९ हजार २ सय ६४ नेपाली पुगेको तथ्यांक छ । दुई दशकको अवधिमा युएईमा ३ लाख ४७ हजार ७ सय ४८, कुवेतमा ९१ हजार ३ सय ४२, बहराइनमा ३५ हजार ८ सय ८ जना पुगेका छन् ।

ओमनमा २३ हजार ६ सय ८०, दक्षिण कोरिया २२ हजार २ सय ७२, लेबनान ११ हजार ८ सय ३०, जापान ८ हजार ७ सय २२ पुगेको सरकारी तथ्यांक छ ।

 वैदेशिक रोजगारमा जाने दश जिल्लामा धनुषा, झापा, मोरङ, महोत्तरी,सिरहा, नवलपरासी, सप्तरी, सुनसरी, रुपन्देही र सर्लाही रहेका छन् ।  आजको नागरिक दैनिकमा खबर छ ।
हाँस्य कलाकार जोडी सिताराम कट्टेल ( धुर्मुस) र कुन्जना घिमिरे (सुन्तलि )भुकम्पपीडितलाइ सघाउन अमेरिकाको कार्यक्रम छाडी नेपाल अाइपुगे ।
विभिन्न जिल्लामा राहत लगेर पुगे । सघाए । पुनःनिर्माणमा सघाए । अहिले उनीहरूको घर नै विक्रीमा राखिएको छ । काठमाडौँ धापासीमा रहेको उनीहरूकाे घर विक्रीमा राखिएको हो ।
अखिर किन होला त ? यसबारे हामीले बुझ्दा कारण यस्तो पायाै । खासमा धुर्मुस र सुन्तली अाफ्नो घर बेचेर काभ्रेपलान्चोक जिल्लाको अति विकट आदिबासी पहरी वस्तीमा २० वटा अत्याधुनिक नमुना घर बनाउने योजनामा रहेछन् । त्यसैका लागि  आफ्नो घर बेच्न लागेको उनीहरुले  बताए ।
पाँचखाल-१६ स्थित उक्त आदिवासी वस्तीमा ध्रुर्मुस सुन्तलीले २० वटा भूकम्प प्रतिरोधी घर निर्माण गर्ने धुर्मुसले जानकारी दिए । अाफ्नो घर चाँडै किनिदिने मान्छेको खोजीमा रहेका उनले घरकाे मोल भने खुलाएनन् ।*भिडियो हेर्न तल क्लिक गर्नुहोस :
काठमाडौं । भौतिक योजना निर्माण तथा यातायात मन्त्रालयले १३ वटा मुख्य सडक पहिरोको उच्च जोखिममा परेको जनाएको छ । भूकम्प र त्यसपछिक परकम्पनले ती सडक चिराचिरा परेको भन्दै उच्च जोखिमको सूचीमा राखेको हो ।

सडक विभाग र विशेषज्ञ टोलीले १ महिना लगाएर ती सडकको अध्ययन गरेको हो । सडक विभागका महानिर्देशक माधव कार्कीले वर्षाअघि नै पहिरोको उच्च जोखिम रहेका सडकमा आपतकालीन उद्धार टोली तयारी अवस्थामा राखिने बताए ।

अरनिको राजमार्ग खण्डको दोलालघाट– बाह्रबिसे–कोदी सडक, लामोसाँघु खण्डको मन्थली–खुर्कोट सडक अति जोखिमपूर्ण छन् । प्रतिवेदनअनुसार टोखा –छहरे सडक, पासाङ ल्यामु राजमार्गको बालाजु–ककनी– त्रिशूली सडक–त्रिशूली खण्डको धुन्चे–स्याफ्रुबेसी–रसुवागढी सडक र पृथ्वी राजमार्गको काठमाडौं–मुग्लिङ– डुम्रे सडक पनि भूकम्पले चिरा परेको छ ।

गोर्खाको एघारकिलो–बारपाक सडकसिद्धार्थ राजमार्ग, पोखरा सडक खण्डको बाग्लुङ–बेनी जोमसोम सडक र हेटौंडा सडक खण्डको भीमफेदी–कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडकमा पनि पहिरो जान सक्ने सम्भावना छ । कान्तिपुर दैनिकमा खबर छ ।
३२ जेठ, काठमाडौं ।
यस अघि प्रचण्डलाई कडा ब्यङ्ग्य हान्दै आएका चर्चित कलाकार दिपकराज गिरीले यस पटक भने प्रचण्डको पक्षमा बोलेका छन् । उनले नेपाली राजनीतिमा धेरै गाली खाने मध्ये प्रचण्ड पनि रहेको तर उनी यस पटक सही रहेको बताएका छन् ।

गिरीजाको उदाहरण दिँदै दिपकले प्रचण्ड गाली खाने मध्ये १०० प्रतिशत अंक सहित सबै शीर्ष नेता भन्दा माथि रहेको भएपनि पछिल्लो पटक संविधान निर्माणका लागि गरेको सहमतिमा प्रचण्ड सही रहेको भनेका छन् ।

गिरीजाले गाली खाएपनि मलामी सबैभन्दा बढी पाएको उदाहरण दिँदै उनले गाली खाँदा डराउन हुन्न भनेका छन् । उनले बाबुराम भट्टराईको पनि प्रसंसा गरेका छन् ।



उनले प्रचण्डलाई मार्छु भन्ने आङकाजीहरु समाजमा हुने भन्दै यस्ताहरु कहिले मर्छन थाहा नहुने समेत टिप्पणी गरेका छन् ।www.nepaliheadlines.com
सबै ब्यक्तिमा फरक फरक गुण दोष हुन्छन् । गुणले मानिसलाई समृद्ध बनाउँछ भने दोषले मानिसलाई दुख र झन्झट दिन्छ । हिन्दु धर्मग्रन्थ श्रीरामचरित मानसमा तीन कामको उल्लेख गरिएको छ जुन गर्दा पुरुषको जीवन बरवाद हुन्छ ।


के हुन् पुरुषको जीवन बरवाद गर्ने ३ काम ?


तात तीनि अति प्रबल खल काम क्रोध अरु लोभ।
मुनि बिग्यान धाम मन करहिं निमिष महुँ छोभ।।

यो श्लोकमा भनिएको छ कि काम, क्रोध र लोभ- यी तीन कुरा कुनै पनि पुरुषका प्रमुख शत्रु हुन् । कुनै पनि पुरुष स्त्रीलाई देखेर मन चन्चल पार्न सक्छ किन भने कामदेवले यस्तो शक्ति महिलालाई दिएका छन् । काम बासनाले प्रसिद्ध र ठूला ठूला विद्वान समेत भ्रष्ट भएका छन् । स्त्रीको सुन्दरताकै कारण ठूला ठूला तपस्वीले समेत तपस्या छोडेका छन् । काम बासनामै नियन्त्रण गर्न नसक्दा धेरै मानिसले जीवनमा दुःख पाएका छन् ।

लोभ कें इच्छा दंभ बल काम कें केवल नारि।
क्रोध कें परुष बचन बल मुनिबर कहहिं बिचारि।।

अर्थात लोभ यानी लालच, इच्छा तथा घमण्डको कारण बन्न पुग्छ । हरेक पुरुषमा असिमित इच्छा हुन्छन् । मनमा यस्ता इच्छा हजारौं हुने हुँदा कहिले पनि सन्तुष्टी मिल्दैन । जव धन सम्पति जम्मा हुन्छ तव यसले मानिसलाई घमण्ड र अहंकार पनि दिन थाल्छ । अनि थप सम्पति जोड्ने लालसा बढ्न थाल्छ । लोभले कुनै पनि पुरुषलाई बरवाद पार्न सक्छ ।

क्रोध मनोज लोभ मद माया। छूटहिं सकल राम की दाया।।
सो नर इंद्रजाल नहिं भूला। जा पर होइ सो नट अनुकूला।।

अर्थात रिस वा क्रोध मानिसको जीवनमा सबै भन्दा ठूलो शत्रु हो । कुनै पनि मानिसले क्रोधमा नियन्त्रण गर्न नसक्दा अनेक समस्यामा पर्छन् । रिसाएको मानिसले अपशब्द प्रयोग गर्छ भने यस्ता अपशब्दले अरुको मन दुख्छ । रिसाहा ब्यक्तिका सम्बन्धहरु पनि विग्रन्छन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं । सुगर मानव शरीरमा एक प्रकारको रोग हो । विश्व स्वास्थ्य संगठनका अनुसार सुगर बढु्नु स्वास्थ्यका लागि हानिकारक छ । यसकारण संगठनले गाइडलाइन्स जारी गरेको छ ।
यो गाइडलाइन्स (सुझाव) मा सुगरको मात्रा बढी हुने समयमा देखिने लक्षणका बारेमा देखाइएको छ । सुगरको खास कारण अस्वस्थता पनि हो । तर विश्व स्वास्थ्य संगठनले मिठो जुसहरु, गुडको सिरप, लगायतले सुगर कम गर्छ ।

बच्चाहरुले डब्लुएचओका अनुसार यदी तपाई चिल्लोपदार्थ ६ टेबल स्पून शुगर आफ्नो भोजनबाट कम गर्ने हो भने सुगर आफै घट्नेछ ।
फलफूल, तरकारी र दूधमा धेरै चीनी प्रयोग नगर्न विश्व स्वास्थ्य संगठनले सुझाव दिएको छ । यो तत्वहरुमा सुगर धेरै हुँदैन् । यसमा पोषक तत्वहरु धेरै हुन्छन् ।
दैनिक शरीरमा खपत हुने शक्तिमा १० प्रतिशत फ्री शुगर सेवन कम गरेमा तौल बढी भएको, मोटोपन र दाँतमा लाग्ने रोगबाट कम हुन्छ ।
जूस र दूधमा पनि सुगर हुन्छ । तर त्यसमा पोषण पनि धेरै हुन्छ । जसकारण त्यो स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसबाहेक अन्य खानेकुराहरुमा भएको सुगरले तपाईलाई असर गर्छ ।
सुगर कम गर्न चाहनेले खानामा विशेष ध्यान दिनुपर्छ । सोडा, चकलेट खानु हुदैन् । बजारमा पाइने यस्ता वस्तुहरुमा सुगर धेरै हुन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार मीठा चलकेट धेरै खाने वच्चा तथा युवाहरुलाई मानसिक रुपमा पनि सुगरले असर पार्छ । तसर्थ सुगर घटाउन माथिको तरिका अपनाउ । एजेन्सीको सहयोगमा

सुखमय र स्वस्थ जीवन बाँच्ने ईच्छा सबैको हुन्छ । सुखमय जीवन बाच्नका लागि मानिसको कलेजो स्वस्थ रहुन अति आवश्यक छ । र कलेजो सफा राख्न तापाईले आफ्नो आहारमा माथी उल्लेखित पाँच खानेकुरालाई बिर्सनु हुंदैन । तसर्थ यी पाँच आहारको प्रयोग गर्नुहोस् र आफ्नो कलेजो लगायत शारिरीक तन्दरुस्ति पाउनु होस् ।


मानव शरिरमा भएको कलेजोले प्रत्येक एक मिनटमा १.५ लिटर रगत प्राप्त गर्छ र उक्त रगतलाई शरिमा संचार गर्ने गर्छ । जसको सहायताले मानीस जिवित रहन्छ ।

शरिरमा रहेको रगत सफा पार्ने काममा कलेजोको प्रमुख दायित्व रहन्छ । कलेजोले नै रगतमा भएका हानिकारक पदार्थहरु जस्तै रक्सी वा लागुपदार्थ वा विषाक्त हानिकारक तत्वहरुलाई चाल्नोले चाले जस्तै चाल्ने काम गर्छ ।

कलेजोले भिटामीन, आइरन, ग्लुकोजलाई बचाउने तथा संचय गर्ने काम गर्छ । यसले जम्मा भइरहेको चिनीलाई आवश्यकतामा परिणत गरिदिन्छ र ग्लुकोजको मात्रालाई आफू अनुकुल बनाउँछ । यसले हेमोग्लोविन, इन्सुलिन र हर्मनलाई घोलिदिन्छ र मेटाबोलिज्ममा तेजी ल्याउनुका साथै पुरानो रगतका सेलहरुलाई मार्ने कार्य गर्छ । तर कलेजोलाई बलियो बनाइ राख्न हामीले प्रयोग गर्ने आहारमा भर पर्छ । र माथी उल्लेखित आहारहरुले कलेजोलाई तन्दरुस्त राख्ने काम गर्छ ।


१.  लसुन


लसुनले कलेजोमा जम्मा हुन आउँने विषाक्तलाई एक छिनमै सफा पारिदिन्छ । लसुनमा एक प्रकारको सक्रियहुने क्षमता हुन्छ जसले कलेजोमा भएको इन्जाइमलाई सक्रिय पार्ने काम गर्छ र विषाक्तलाई तुरन्तै बाहिर पठाइ दिन्छ ।


२.  कागती


कागतीमा भीटामिन सी प्रशस्त मात्रामा पाइन्छ । कागतीले शरिरमा भएका विषाक्तबाट छुट्कारा दिलाउँछ । कागतीले कलेजोमा जम्मा हुन आउने कोलस्ट्रोललाई घटाउने काम गर्छ । तसर्थ बिहान एक गिलास पानीमा आधा कागतीको रस घोलेर सेवन गर्नुहोस् । कागतीको प्रयोगले विषाक्तलाई काट्ने काम गर्छ ।


३.  ब्रो-काउली र काउली


ब्रोकाउली र काउली खानाले शरिरमा ग्लुकोसिनोलेटको मात्रा बढ्छ । र यी दुई सब्जीले कलेजोमा भएको विषाक्तलाई बाहिर फाल्ने काम गर्छ ।


४.  बेसार


विषाक्तलाई काट्ने काममा बेसारको प्रयोगले ठूलो भूमिका खेल्छ । घरेलु प्रयोजन (जस्तै औषधी, रङ, मसला र धार्मिक कार्यक्रमहरुमा) को रुपमा बेसारको प्रयोग चार हजार वर्ष पहिले देखी हुँदै आएको छ । यसमा तनाव तथा घवराहट काट्ने शक्ति हुन्छ र यसले कलेजोमा जम्मा हुन आउने विषाक्तलाई काट्नुका साथै अरु धेरै प्रकारको फाइदाहरु दिन्छ ।


५.  हरियो सागसब्जी


हरियो सागसब्जीलाई भान्साको राजा नै मान्ने गरिन्छ । हरियो सागसब्जीमा इन्जाइम, भिटामीन र पोष्क तत्वको मात्रा प्रशस्त मात्रामा पाइन्छ र यसकोे सेवनले संपूर्ण शरिर स्वस्थ रहन मद्धत पुग्छ । यसले शरिर तथा कलेजोमा जम्मा हुन आउने अनावश्यक बोसोलाई पनि पगाल्ने काम गर्छ ।
किड्नीमा हुने पत्थरीबाट छुटकारा पाउने घरेलु उपचार

यदि तपाईले किड्नीमा हुने पत्थरीको अनुभव भोगी सक्नु भएको छ भने तपाईलाई पक्कै पनि यसको पीडाको बारेमा जानकारी हुनुपर्छ ।

जबसम्म किड्नीका यी साना साना पत्थरीहरु तपाईको मुत्रनलीबाट बाहिर निस्किदैन तबसम्म शरीरले भोग्ने पीडा असह्य भैरहन्छ ।


धेरै मानिसहरुका लागि किड्नी पत्थरी एकै पटक मात्र हुने होइन । पत्थरी तथा बालुवा बारम्बर पनि जम्मा हुन सक्छ ।

भाग्यवस, किड्नी पत्थरीबाट छुट्कारा पाउन त्यतिको गाह्रो वा जटिल छैन र केही प्रयास तथा सूचनालाई अपानाएका खण्डमा यो पीडाबाट सदाका लागि छुटकारा पाउन सकिन्छ ।

प्रायजसो पत्थरी क्याल्सियम ओक्सालेट र फासफोरसको मिलनबाट हुने गर्छ । तीनीहरुको आकार चामलको जस्तै हुन्छ ।

किड्नीमा हुने पत्थरीबाट छुटकारा पाउन निम्न तरिका अपनाउनुहोस्

१. प्रशस्त मात्रामा तरल पदार्थ पिउने गर्नुहोस्

प्रशस्त मत्रामा पानी पीउने गर्नाले पत्थरी बन्न सक्ने चिजबिजहरु मुत्रमर्ग भएर बगेर जान्छ र किड्नीमा पत्थरी जम्मा हुन पाउँदैन । तसर्थ दैनिक जसो ८ ग्लास पानी पिउने गर्नुहोस् ।

स्वस्थ मानिसहरुका निम्ती ८ ग्लास पानी प्रशस्त हुन सक्छ तर किड्नीमा पत्थरी हुनेहरुका लागि अझै बढी पानी पिउनुपर्ने हुन्छ ।


किड्नीमा पत्थरी हुन नपाअ‍ोस भन्ने चाहनुहुन्छ भने सुन्तला कागती लगायतका अमिलो खानाले अति लाभदायक हुन्छ किनकि यस्ता अमिलो खाने गर्नाले मुत्रनलीमा जम्मा हुन सक्ने बालुवा तथा अन्य बस्तुहरु सजिलै बगेर बाहिर जान्छ । शरीरमा पानीको मात्रा कम भएको थाहा पाउन आफ्नो पिसावको रङलाई हेर्न सकिन्छ । यदि पिसाव गाढा पहेंलो भएको छ भने तपाईको शरीरले चाहे जति पानी पाएको छैन भन्ने बुझ्न जरुरी छ ।

२. नुनको मात्रा कम गर्नुहोस्

खानामा नुनको मात्रा धेरै प्रयोग गर्नेहरुको किड्नीमा पत्थरी हुने संभावना अत्यधिक रहन्छ । नुनको सेवनले किडनीमा पत्थरी हुनबाट जोगाउने मात्र होइन यसले ब्लड प्रेसर पनि नियन्त्रण गर्छ ।

३. प्रशस्त मात्रामा क्यालसियमको प्रयोग गर्ने गर्नुहोस्

यध्यपि आम धारणा के रहेको छ भने, क्यालसियमले किडनीमा पत्थरी निम्त्याउने काम गर्छ तर सत्यता अर्कै छ ।

अत्यन्तै थोरै अथवा अत्यधिक क्यालसियमले किडनीमा बालुव र पत्थरी उमार्ने काम गर्छ ।
तसर्थ हामीले दैनिक रुपमा एक ग्राम भन्दा बढी वा घटी क्यालसियमको प्रयोग गर्नु हुँदैन । यसका लागि दुध पिउने गर्नु राम्रो हो ।


४. जनावरहरुबाट प्राप्त हुने प्रोटिन धेरै प्रयोग नगरौं

मासु र अण्डाबाट प्राप्त हुने प्राटिन स्वास्थ्यका लागि लाभदायक हुन्छ तर झोल पदार्थको मात्रा कम र जनावरबाट प्राप्त प्रोटीनको मात्रा धेरै भएको खण्डमा किडनीमा पत्थरी हुन सक्छ । तसर्थ मासु तथा अण्डाको प्रयोग धेरै गर्नु स्वस्थ्यका हिसावले राम्रो मानिदैन ।


५. बियर र वाइन पिउने गर्नुहोस्

बियर तथा वाइन पिउने सल्लाह सुन्दा तपाईलाई आश्चर्य लाग्न सक्छ तर दुईवटा अध्ययनहरुले के देखाएको छ भने बियर तथा वाइन पिउनाले किड्नीमा पत्थरी तथा बालुवा जम्मा हुन पाउँदैन ।

अध्ययनले के पनि देखायो भने, वाइन सेवन गर्नाले किडनीमा पत्थरी जम्मा हुन नपाउने संभावना ५९ प्रतिशत, तथा वियर सेवन गर्नाले ४० प्रतिशत र कफि सेवन गर्नाले ९ प्रतिशत कम भएर जान्छ ।
तर यसो भन्दैमा अल्कोहलको मात्रा धेरै सेवन गर्न भनी सल्लाह दिन खोजिएको भने होइन । धेरै अल्कोहल सेवन गर्ने गरेमा अन्य रोगले च्याप्ने संभावना बढेर जान्छ ।

माथी उल्लेखीत सबै सल्लाहहरु किडनीमा जम्मा भएका बालुवा तथा पत्थरीबाट बच्न र भएकालाई सजिलै तरिकाले बाहिर फाल्न उपयोगि छ ।
३१ जेठ, काठमाडौं ।

विनाशकारी भूकम्पको डेढ महिना पुग्न लाग्दा पनि पराकम्पन रोकिएका छैनन् । आज मात्र २ पटक पराकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

पछिल्लो पराकम्प ३ बजेर १ मिनेटमा दोलखा केन्द्र भएर ४ दशमलव १ म्याग्निच्युडको भएको केन्द्रले जनाएको छ ।

यस अघि विहान ५ बजेर ६९ मिनेटमा पनि नुवाकोट केन्द्र भएको ४ दशमलव २ म्याग्नीच्युडको पराकम्प भएको थियो ।

टेबल हे्नुस्

बैशाख १२ को विनाशकारी भूकम्पछि नेपालमा हजारौं पराकम्पन महसुस गरिएको छ । यस्ता धक्का ठूलो भूकम्पपछि महिनौं सम्म गैरहन सक्ने उनीहरुको भनाइ छ ।
काठमाडौं । बैशाख १२ गते गएको विनाशकारी भूकम्पले करिब ९ हजार भन्दा बढिको ज्यान गएको छ भने २२ हजार भन्दा बढि व्यक्तिहरु घाईते भएका छन् ।

यो अवस्थामा धेरैले आफ्ना आफन्त गुमाएका छन् र यहि पिडा भुल्न अहिले बजार धेरै गीत संगीतहरु पनि सार्वजनिक भएका छन् । यसै क्रममा गायक तथा संगीतकार विश्व शान्त राईले भूकम्पमा परि आफ्नी प्रेमीकाले ज्यान गुमाउँदाको पीडा गीतमार्फत पोखेका छन् ।

 ‘तपाईले मात्र आफ्ना आफन्त गुमाउनु भएको छैन म र म जस्ता धेरैले आफ्ना आफन्त गुमाएका छौं’ भन्दै राईले आफ्नो आवाज र संगीतमा सजिएको अलविदा नामक बोलको भिडियो सार्वजनिक गरेका छन् ।

 सार्वजनिक गीतलाई गायक राई आँफैले लेखेका हुन् । म्युजिक हाइलाइटले बजारमा ल्याएको उक्त भिडियोमा ओम प्रसाईँको सम्पादन र छायांकन रहेको छ । भिडियोमा सोनी खड्काले अभिनय गरेकी छिन् ।
माने पनि नमानेपनि मांसाहार नैतिक, ध्यात्मिक र मानवीय दृष्टीले राम्रो कुरा होइन । स्वस्थ्यका लागि पनि मांसाहार हानिकारक छ । हालै अमेरिकामा गरिएको एक अध्यनले मांसाहारकै कारण पछिल्लो समयमा जटिल नटिल रोगहरु आइरहेको पाहिएको छ ।

साकाहारी मानिसलाई क्यान्सर नै लागेपनि त्यसको उपचार सहज हुने शोककर्ता चिकित्सकको भनाइ छ । साकाहारी ब्यक्तिको स्वस्थ्यमा छिटो सुधार आउने र अन्य रोगमा समेत शल्यक्रिया नगरी उपचार गर्न सकिने उनीहरुको भनाइ छ ।




त्यसै गरी बेलायतमा हुने एक अध्यनले शाकाहारी ब्यक्तिमा क्यान्सर र मुटु सम्बन्धी रोगको खतरा मांसाहारी ब्यक्तिको तुलनामा ४० प्रतिशतले कम हुन्छ भने अकाल मृत्युको खतरा २० प्रतिशत कम हुन्छ ।



यो अध्यनका अनुसार मांसाहार पर्यावरण, प्रकृति संतुलन विरुद्ध छ भने यसमा पौष्टिकता हुने दावी समेत गलत भएको शोधकर्ताहरुले जनाएको छ ।
पूर्वीय दर्शनमा जीवनमा सँधै गोप्य राख्नु पर्ने केही कुराको चर्चा गरिएको छ । कतिपय कुराहरु हामीले अरुलाई नभन्नु नै श्रेयस्कार मानिन्छ ।


के हुन् त जीवनमा सँधै गोप्य राख्नु पर्ने ७ कुरा ?
१ रतिक्रिडा

कुनै पनि स्त्री र पुरुषबीचको यौनिक क्रियाकलाप अरुसँग भनेर मजा लिने कुरा होइन । जीवनमा यौन सम्बन्धको विषयमा कसैलाई पनि नभन्नुस् । यदि तपाइँले यौन क्रिडाका कुरा अरुलाई भन्न थाल्नु भो भने कुनै न कुनै दिन नकारात्मक परिणाम ब्यहोर्नु पर्ने हुन्छ ।




२ धन हानी 
जीवनमा तपाइँलाई परेको आर्थिक नोक्शानीको विषयमा कसैलाई पनि नभन्नुस् । मानिसहरुले तपाइँको धन हानी हुँदा तपाइँसँग भएको धनबारे जानकारी पाउने मात्र होइन हानी भएका कारण तपाइँबाट टाढिने समेत खतरा हुन्छ ।

३ घर परिवारको झगडा 
परिवारमा झगडा हुनु सामान्य विषय हो । यस्तो कुरा सबैजसो घरमा हुन्छ । यस्ता विषयमा अरुलाई नभन्नुस् । परिवारका झगडा घरभित्र नै गोप्य रहेमात्र समाजमा सम्मानित हुन सकिन्छ । तपाइँको परिवारको झगडा अरुले थाहा पाएमा गलत फाइदा उठाउन सक्छन् ।

४ मन्त्र

गुरुले दिएको मन्त्रलाई पनि गोप्य राख्न पर्ने विषय मानिन्छ । मन्त्र कसैलाई पनि भन्नु हुँदैन किन भने मन्त्रमा शक्ति हुन्छ । गुरुले दिएको मन्त्र सिद्ध हुन सक्छ ।




५ दान
जीवनमा कसैलाई केही कुरा दिइएको छ भने त्यो विषयमा अरुलाई भन्नु हुँदैन । दान धर्म भनेको अरुलाई भनेर गर्ने चिज होइन । दान धर्मको विषयमा अरुलाई भन्नु भो भने यसको फल प्राप्त हुँदैन ।


६ पद प्रतिष्ठा 
पद प्रतिष्ठा प्राप्त भएपछि मानिसहरु मात्तिने हुन्छन् । तर पद र प्रतिष्ठको विषयमा सके सम्म गोप्यता कायम गर्नुस् । पद पाएर मख्ख पर्ने बानी छ भने आजै देखि छोड्नुस् यसले हित गर्दैन ।


७ अपमान

जीवनमा आफू अपमानित भएको कुरा कसैलाई भन्नु हुँदैन । अपमानित भएको विषय अरुलाई भनियो भने तपाइँको मजाक बनाउन सक्छन् । यी ७ कुरा सँधै गोप्य राख्नुस् ।
तामाको विशेष महत्व छ हिन्दु संस्कारमा । पुजा पाठ देखि हरेक काममा तामाको भाँडाको प्रयोग गरिन्छ । तामालाई पवित्र धातु मानिन्छ । शास्त्रमा सुन, चाँदी र तामालाई पवित्र धातु भनिएको छ भने स्टील वा अल्युमिनियमका भाँडालाई अपवित्र भनिएको छ । पुजामा तामाको भाँडा प्रयोग हुने कारण पनि यही हो । सून चाँदी महंगो भएपनि तामाको मूल्य तुलनात्मकरुपमा सस्तो छ ।


पानि राख्न र पानी पिउन उत्कृष्ठ

तामालाई पानी राख्न र पानी पिउनका लागि तामाको भाँडो उत्कृष्ठ मानिन्छ । तामाको भाँडामा राखेको पानी पिउनु उत्कृष्ठ मानिएको छ ।



रातिमा तामाको भाँडोमा पानि राखेर विहान पिउँदा धेरै नै फाइदा हुने शास्त्रमा उल्लेख छ । तामामा किटाणु नाशक तत्व हुने हुँदा तामाको भाँडामा राखेको पानी सबै भन्दा स्वस्थ मानिन्छ ।



तामाको भाँडोमा राखेको पानीले शरीरमा रहेका विषाक्त तत्व पनि बाहिर निकाल्न मद्दत गर्छ ।



८ घण्टा राख्नुस्

तामको भाँडामा कम्तिमा ८ घण्टा राखेको पनी सबै भन्दा उत्कृष्ठ मानिन्छ । यो पानि स्वस्थ मात्र नभएर लाभदायक पनि हुन्छ । जसलाई चिसो लाग्ने समस्या हुन्छ त्यस्ता ब्यक्तिले तामाको भाँडोमा अलिकति तुलसीको पात राखेर राखेको पानी पिउँदा रोगबाट मुक्ति मिल्छ ।




थाइराइडको नियन्त्रित

थायरेक्सीन हार्मोन असन्तुलित भो भने थायराइडको रोग हुन सक्छ । थायराइडको प्रमुख लक्षण मानिस दुब्लाउँदै जाने हो । अत्याधिक थकान महसुस हुने पनि हुन्छ ।

तर यस्तो समस्या हुनेनलाई तामाको भाँडामा राखेको पानी सेवन गर्दा निको हुने विज्ञहरु बताउँछन् । तामाको भाँडोमा राखेको पानीमा रोगसँग लड्ने क्षमता हुन्छ र यसले शरीरको रोगप्रतिरोधात्मक क्षमतालाई पनि बढाउँछ ।
३१ जेठ, काठमाडौं । रानीबारी हत्याकाण्डको सफल छानविन गर्ने प्रहरी अधिकारीहरु नगदसहित सम्मानित भएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले एक डीआइजी, एक डीएसपी र दुईजना प्रहरी इन्स्पेक्टरलाई नगदसहित सम्मान गरेको हो ।

सम्मानित हुनेमा रानीबारी हत्या अनुसन्धानमा संलग्न डीआइजी हेमन्त मल्ल ठकुरीलाई ३० हजार नगदसहित सम्मान गरेको छ ।

त्यसैगरी डीएसपी भीमबहादुर  दहाल २५ हजार नगदसहित सम्मानित भएका छन् भने प्रहरी निरीक्षकद्वय महेश बस्नेत र दिपेन्द्र अधिकारीलाई २२/२२ हजार रुपैयाँसहित सम्मान गर्ने सरकारले निर्णय गरेको छ ।

विभत्स हत्याको घटना भएको १२ वर्षपछि प्रहरीको टोलीले यो काण्डका दोषीहरुलाई पक्रन सफल भएको थियो ।www.onlinekhabar.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home