• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
एजेन्सी : करिब ४२ वर्षअघि बेपत्ता भएका एक हिमआरोहीको शव भेट्टिएको छ । हिमाल आरोहणका क्रममा बेपत्ता भएका न्युजिल्यान्डका हिमआरोही डेभिड एरिक मोएनको शवको पहिचान उनका परिवार र आफन्तले समेत गरेका छन् ।

सेप्टेम्बर १९७३ मा डेभिड १९ वर्षका हुँदा आफ्ना साथीहरुका साथमा साउथ आयल्यान्को माउन्ट कुक नेशनल पार्कको टासमान ग्ल्येसियरको हिमपहिरोमा फसेका थिए ।

उनीसँगै हिमआरोहणमा गएका उनका साथीको शव त्यही बेला फेला परेपनि डेभिड भने फेला परेका थिएनन् । यो सालको फेब्रुअरीमा पनि दुर्इ पर्वतारोहीको शवको अवशेष फेला परेको थियो । उनीहरुको शवको डिएनए परीक्षणबाट पहिचान गर्न सकिएको थियो ।

डेभिडका परिवारले उनलार्इ श्रद्धाञ्जली दिँदै उनीबारे बोल्न आफूसँग कुनै शव्द नरहेको जनाएका छन् । 'हामीलार्इ पुगेको क्षतिको बयान गर्न हामीसँग कुनै शव्द छैन', डेभिडका परिवारले भनेका छन्, 'लामो प्रतिक्षापछि उनी फेला परे, उनी हराएपछि हामी निरन्तर शोक र पींडामा थियौं ।' www.annapurnapost.com
एजेन्सीको सहयोगमा ।

फेसबुक चलाउनेहरुलाई महत्वपूर्ण तथ्य बाहिर आएको छ । ह्याकरहरुले फेसबुक आइडी ह्याक गर्ने नयाँ तरिका निकालेका छन् । भारत र नेपालमा यस्ता ह्याकरहरु सक्रिय हुन थालेको देखिएको छ ।



ह्याकरले फेसबुक जस्तै मिल्दो पेज तयार गर्ने र फेसबुक प्रयोगकर्तालाई झुक्क्याएर लग इन गराउने गर्छन् । फेसबुक जस्तै देखिने यो नक्कली पेजमा पनि फेसबुकमा जस्तै लग इनका लागि युजर आइडी र पासवर्ड मागिन्छ ।



यसमा पासवर्ड र आइडी पाएपछि ह्याकहरुले तपाइँको वास्तविक पेजमा घुसेर तपाइँको जानकारी र गोप्य सूचना लिन्छन् ।

फेसबुक पेज खोल्नु अघि नै तपाइँको मेल वा अन्य माध्यमबाट यो पेज आइपुग्छ । यसमा लग इन गर्ना साथ तपाइँको सबै विवरण ह्याकरको हातमा पुग्छ ।



यसबाट फेसबुकको सूचना प्रयोग गरी अनेक ठगी हुन थालिसकेको बताइन्छ ।
जेठ ८गते
मुम्बई । पूर्व पोर्नस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनीलाई जेल सजायँ हुने भएको छ ।
सेक्स भिडियोले समाजमा अश्लीलता फैलाएको आरोपमा उनीविरुद्ध परेको मुद्दा बोलियो ठानिएकाले कम्पतीमा पनि पाँच वर्षसम्म जेलसजायँ हुन सक्ने भारतीय सञ्चारमाध्यमले टिप्पणी गरेका छन् ।
उनीविरुद्ध दर्ता गरिएको मुद्दामा ठाणे पुलिसले भारतीय दण्ड संहिताको धारा 292, 292 A, 294 34​ महिला अधिनियमको ​अश्लील प्रतिनिधित्वको ​धारा ३ र ४​, र सूचना प्रौद्योगिकी अधिनियम २००० को धारा ६७ लगाएर कारबाही प्रक्रिया अगाडी बढाएको छ ।
​यो मुद्दामा धेरै अगाडी बढिसकेकाले सन्नी लियोनीलाई जेल सजायँ हुने थाणे साइबर सेलका प्रहरी अधिकारी बताउँछन् । यद्यपी फैसला अदालतले गर्ने भएकाले अहिले केही भन्न सकिँदैन् । यदी अश्लीलता फैलाएको घटनामा अदालतले दोषी ठहर गरे सनी लियोनलाई पाँच वर्षको जेल सजायँ हुने बताइएको छ ।
हिट एण्ड रन केशमा यसअघि सलमानलाई पनि अदालतले पाँच वर्षको जेल सजाय सुनाइएको थियो । तर, उनी माथिल्लो अदालतको आदेशमा जमानतमा जेल जानबाट बचेका छन् । एजेन्सी
काठमाडौं, ८ जेठ


ठूलो भूकम्प आउने भविष्यबाणी गर्दा ज्योतिष ओजराज लोहनी प्रहरीको फन्दामा परे ।
भूगर्भविद्हरुले नै भूकम्प आउने नआउने पूर्वानुमान गर्न नसकिने स्वीकार गरिरहेका बेला लोहनीले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा ठूलो भूकम्प आउनसक्ने भविष्याबाणी गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
वैशाख १२ को भूकम्पपछि निरन्तर आइरहेको धक्काका कारण त्रसित सर्वसाधारणमा अफवाह फैलाएर अनाहक थप त्रास बढाएको भन्दै महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेर उनलाई टेकु कार्यालय पुर्‍यायो ।
चार घन्टा प्रहरी नियन्त्रणमा रहेपछि उनले आफ्नो आसय बंग्याएर अरुले नै अफबाह फैलाएको बयान दिएपछि उनी हाजिर जमानीमा रिहा भएका छन् ।
ज्योतिष लोहनी मात्र होइन, भूकम्पसम्बन्धी भविष्याबाणी गरेर सर्वसाधारणमा डरत्रास फैलाउने र सामान्यतर्फ उन्मुख जनजीवन फेरि अस्तव्यस्त बनाउन खोज्नेहरुलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको नागरिक दैनिकले छापेको छ ।
काठमाडौं, ८ जेठ ।


उपत्यकाका असन, पाटनलगायतका व्यापारिक क्षेत्रमा घरको भाडा कति होला ? ५० हजारदेखि १ लाख रुपैयाँसम्म हाम्रो अनुमान यही हुन्छ । चल्तीका दर पनि यही हाराहारीमा छ ।
तर,असन, पाटन लगायतका व्यापारिक क्षेत्रमा गुठी संस्थानको जग्गामा बनेका घरको भाडा मासिक ६ रुपैयाँदेखि २५ रुपैयाँसम्म मात्र छ । पाटन दरबार स्क्वायर क्षेत्रमा गुठी संस्थानका दर्जनभन्दा बढी घर छन् । असन क्षेत्रमा पनि त्यत्तिकै संख्यामा रहेको घरको भाडा मासिक ६ रुपैयाँदेखि २५ रुपैयाँसम्म मात्र रहेको संस्थानका मुख्य प्रशासक नारायण चौधरीले जनाकारी दिए ।
व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव लोकदर्शन रेग्मीले पनि पाटन दरबार स्क्वायर क्षेत्रमा घरको भाडा अहिले पनि २५ रुपैयाँसम्म रहेकाले सम्झाइ बुझाइ गरेर पनि प्रचलित कानुनअनुसार भाडा लिनुपर्ने बताए । आजको नागरिक दैनिकमा खबर छ ।
गोरखाबजार, जेठ ८ । वैशाखमा १२ मा गएको विनाशकारी भूकम्पमा परी गोरखाको विभिन्न भीरमा ज्यान गुमाएकाको शब अझै निकाल्न सकिएको छैन ।

लापु गाविसको हावाडाँडा र सौरपानी गाविसका विभिन्न क्षेत्रमा झरेको पहिरोमा पुरिएकाको शब निकाल्न नसकिएको प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनाले जानकारी दिनुभयो । “पारिबाट हेर्दा भीरमा लाश देखिन्छ” उहाँले भन्नुभयो, “पहिरोबाट शब निकाल्न सेना, प्रहरी परिचालन गरेका छौँ ।


निरन्तर पहिरो खसिरहेको छ । शब निकाल्नै सकिएन ।” ‘भूकम्पमा परी ज्यान गुमाउनेहरूको पहिचान भइसकेको छैन’ उहाँले भन्नुभयो, ‘कुन भीरमा कसको लाश हो भन्नेबारे पनि एकिन भएन ।’ मनास्लु पदमार्गको विभिन्न ठाउँमा खच्चड गोठालो र भरिया पुरिएको हुनसक्ने आँकलन गरिएको छ ।

पदमार्ग खुलाउनका लागि ६० सशस्त्र प्रहरी र ५२ नेपाली सेना परिचालन गरिएको छ । ‘हेलिकोप्टरले ठाउँठाउँमा सेना, प्रहरी झार्नुपर्ने देखिन्छ’ प्रजिअ तिमल्सेनाले भन्नुभयो, ‘५०÷५० जनाको समूह बनाएर मनास्लु पदमार्गमा झरेको पहिरो पन्छाउनुपर्छ ।’ अबरुद्ध बाटो खुलाउँदा पहिरोभित्र पुरिएका लाशहरू झिक्न सकिने उहाँले बताउनुभयो ।
ज्योतिष शास्त्रका अनुसार हाम्रो जीवन ग्रहको आधारमा चल्छ । हाम्रो जीवनमा हुने हरेक घटनामा ग्रहको प्रभाव हुन्छ ।

अफ्ठेरो भनिएको शनि ग्रहको स्थानान्तरणसँगै मानिसको जीवनमा परिवर्तन हुने सम्भावना हुन्छ । शनि अशुभ भएका राशिका ब्यक्तिलाई विभिन्न संकेत देखिने ज्योतिष शास्त्रको भनाइ छ ।



थाहापाइ राख्नुस् शनिका अशुभ संकेतः

१- शनि प्रतिकुल भएपछि मानिसमा नराम्रा कुराप्रति बढी ध्यान जाने हुन्छ, कुसंगति, नशा वा परस्त्री वा परपुरुष गमन तर्फ मात्र मन लाग्यो भनेपनि शनि प्रतिकुल भएको बुझ्नु पर्छ । यस्ता ब्यक्तिको धन र ब्यक्तित्वमा समेत नकारात्मक प्रभाव पर्न सक्छ ।

२- शनि प्रतिकुल भएमा सदैव आलस्य हुने र कुनै काम गर्न जाँगर नलाग्ने हुन्छ । यस्ता ब्कयक्तिको अनुहारमा थकान, तनाव देखिन्छ ।

३- जूते-चप्पल चुँड्ने वा च्यातिने भैराख्नु पनि शनि प्रतिकुल भएको लक्षण हो ।

४- शनि विपरीत भएमा आँखा पोल्ने वा कमजोर हुने, कमर दुख्ने जस्ता लक्षण देखिन्छन् ।

५- यदि कुनै विद्यार्थीको जीवनमा शनि प्रतिकुल भएमा पढाइमा मन नलाग्ने र असफलता हात लाग्छ ।

६- विवाह हुनासाथ ससुरालीको घरमा आर्थिक क्षति भयो भने शनि सकारात्मक छैन भन्ने बुझ्नुस् ।


७- यदि तपाइ घर बनाउँदै हुनुहुन्छ र भनेको जसरी काम नहुने र अनेक अवरोध आउने भएपनि बुझ्नुस् शनि प्रतिकूल छ ।

८- साना साना कुरामा समेत झगडा हुने र तनावको अवस्था पनि शनि प्रतिकुल भएको लक्षण हो ।
मानिस आकर्षक बन्न चाहन्छ । छालाले नै मानिसलाई सबैभन्दा आकर्षक सुन्दर देखाउँछ ।


त्यसपछि सुन्दर देखिनका लागि समग्र स्वास्थ्य शरीर आवश्यक छ । हाम्रो शरीरमा हरेक दिन खपत हुने खाद्य पदार्थले आफ्नो छालाको स्वास्थ्य साथै आफ्नो समग्र स्वास्थ्यमा महत्वपूर्ण भूमिका खेल्छन् । आजकल स्वादिलो र स्वस्थ दुबै गुण भएको खाद्य पदार्थ  चयन गर्न गाह्रो हुन्छ । हामी यहाँ तपाईलाई जानकारी दिँदैछौं  छाला स्वस्थ र जवान राख्न मदत गर्नेछ १० खाद्य पदार्थहरुको बारेमा ।


१. सन बीउ

सन बीउले तपाईको छालामा दाग आउनबाट रोक्छ र आउको दागलाई नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्छ । एक अध्ययनका अनुसार सन बीउको तेल हरेक दिन सेवन गर्दा छालालाई ताजा र नरम बनाउँछ ।

२. बैजनी र निलो फल


बैजनी र निलो फल राम्रो र आकर्षक छाला बनाउनका लागि राम्रो खाद्य पदार्थ मानिन्छ । ब्लू बैरी, ब्ल्याक बेरी र प्लमहरु नियमित सेवन गर्ने मानिसको अनुहार र छाला चम्किलो र आकर्षक हुने गर्छ ।

३. सूर्यमुखी बीउ


सूर्यमुखी बीउमा भिटामिन ई पाइन्छ । यसले दैनिक सूर्य को किरण पाइराखेको हुनाले सुर्यमुखीको बिउले र बिउको तेलले तपाई छालालाई आकर्षक र तेज बनाउँछ ।

४. चकलेट



चकलेट धेरै मानिसले मन पराउछन् । चकलेट तपाईंको छाला को लागि पनि एकदमे राम्रो मानिन्छ । नियमित चकलेट खाने मानिसले राम्रो सँग दाँतको सरसफाइमा ध्यान नदिए दाँतको रोग लाग्न सक्छ यद्यपी चकलेटले नियमित सेवनले तपाई अनुहार चम्किलो बनाउछ ।

५. आलु


आलु पनि छाला आकर्षक बनाउनका लागि राम्रो खाद्य पर्दाथ हो । आलको नियमित सेवनले छालालाई कोमल र चिल्लो राख्छ ।

६. टमाटर


टमाटर हामी तरकारी प्राय प्रयोग गरिरहेका हुन्छौँ । यद्यपी नियमित टमाटरको स्लाद खाँदा अनुहार शरीरको छालामा चाउरीपना आउनबाट जोगाउँछ र छालालाई आकर्ष बनाउँछ ।
७.  दही





नियमित दही प्रयोग गर्नेको छाला पनि आकषृक देखिने गर्छ । नियमित दहीको सेवनले दही छालाई पाेषिलो बनाउँछ ।

८. रातो घण्टी खुर्सानी



रातो घण्टी खुसानीको तरकारी अथवा स्लाद जे खाए पनि छालाका लागि एकदमै फाइदाजनक छ । एउटा रातो घण्टी खुर्सानी नियममित खाँदा दैनिक भिटामिन सीको आवश्यकता परिपुर्ति हुन्छ र तपाई छालालाई सुन्दर बनाउन मदत गर्छ ।

९. सामन


सामन मानिसको छाला लगायत मस्तिष्क, मुटु, हड्डी र पेटलाइृ स्वस्थ्य राख्न मदत गर्छ । यसको नियमित सेवनले पेटको क्यान्सर, हड्डी रोग र हृदय रोगबाट जोगिन सकिन्छ । यसले छालालाइृ जवान राख्न पनि ठुलो मद्दत गर्छ साथै महिलाकोे कपाल झर्ने समस्याबाट जोजिन सक्छ ।


१०. पालुङ्गो


पालुङ्गोलाइ नियमित भोजनमा समाबेश गर्न सके छालालाई राम्रो बनाइराख्न एकदमै ठुलो सहयोग गर्छ । यसले छालामा लाग्ने बिभिन्न किसिमका रागहरुलाई समेत नियन्त्रण गर्ने गर्छ । यसले छालाई सफा समेत राख्ने गर्छ ।


ज्योतिष विज्ञानका अनुसार हप्तामा सात दिनमा प्रत्येक दिन विषेश ग्रहको आफ्नै महत्व छ । हरेक बारसँग जोडिएका विभिन्न परंपरा पनि छन् ।


बार अनुसार आफ्ना आफ्ना महत्व पनि छन् । कुनै दिन केको लागि विशेष मानिन्छ त कुनै दिन के को लागि । यी सबै विशेष बार र त्यसदिन गर्ने काम बैज्ञानिक कारणमा आधारित छन् ।


कारण जे सुकै भएपनि बार अनुसार निश्चित काम गर्दा सफलता र फाइदा हात लाग्ने विश्वास छ । तपाइँ हामी शरीर र कपालमा तेल लगाउन र मसाज गर्न मन पराउँछौ । तर हप्ताका सातै दिन यसो गर्नु उचित होइन ।



आउनुस् थाहा पाउँ कुन बार तेल लगाउँदा के हुन्छ त्यसको फलः

सोमबार तेल लगाउँदा अनुहारमा कान्ति आउने ज्योतिष शास्त्रको दावी छ । कपालमा पनि सोमबार तेल लगाउनु उत्तम मानिन्छ ।

मंगलबार तेल लगाउँदा विरामी पर्ने सम्भावना हुन्छ । मंगलबार भुलेर पनि तेल नलगाउनुस् यसो गर्नु भो भने तपाइँ आफै वा परिवारका सदस्य विरामी पर्न सक्छन् ।



बुधबार तेल लगाउँदा सौभाग्य र सुन्दरता बढ्ने विश्वास ज्योतिष शास्त्रको छ । बुधबार तेल लगाउनका लागि उत्तम दिन हो ।

विहीबार भुलेर पनि तेल नलगाउनुस्
। विहीबार तेल लगाउँदा विपन्नताले घेर्ने विश्वास छ । विहीबार तेल लगाउनेहरु गरीव हुन्छन् ।

शुक्रबार पनि तेल नलगाउनुस् । शुक्रबार तेल लगाउँदा पनि ठूलै नोक्शानी ब्यहोर्नु पर्नै ज्योतिष शास्त्रको विश्वास छ ।

शनिबार तेल लगाउनु साताकै सबैभन्दा उत्तम मानिन्छ । यो दिन तेल लगाउँदा घरमा सुख शान्ति र स्वास्थ्यले बास गर्ने ज्योतिष शास्त्रको दावी छ । सातामा तेल लगाउनका लागि शनिबार सबैभन्दा उत्तम दिन मानिएको छ ।
काठमाडौंः नेपालमा बिहीबार साँझ भूकम्पको धक्का महशुस भएको छ ।  साझँ ७ बजेर ३० मिनेटमा धादिङलाई केन्द्रबिन्दु बनाएर ४ म्‍याग्‍निच्‍यूडको भूकम्पको धक्का महसुसस भएको हो ।

यसअघि आज दिउँसै २ बजेर ११ मिनेट र ५६ मिनेटमा दोलखा र नुवाकोटलाई केन्द्रविन्दु  बनाएर ४.२ र ४ म्‍याग्‍निच्‍यूडको पराकम्‍पन महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।  

मन्थली , जेष्ठ ७ - राज्यले भूकम्पबाट क्षतिग्रस्त घरधुरीको अवस्थाको विवरण संकलन गर्न प्राविधिक सहितको टोली खटाइरहेकोबेला सरकारका एक मन्त्रीले सबै घर ध्वस्त भएको निर्णय गरेर पठाउन निर्देशन दिएका छन् ।

बिहीबार रामेछाप जिल्लामा भूकम्पबाट भएको क्षतिको अवलोकन गर्न आएका उद्योग मन्त्री महेश बस्नेतले ढुंगामाटोले बनेका घर अव बाँकी नरहेकाले लगत लिइरहनुको औचित्य नभएको बताए । 'तीनवटा ठुला भूकम्पका धक्काले धेरै घर लडेका छन्,' बस्नेतले भने, 'नलडेका पनि बस्न योग्य छैनन्, जाँचिरहनु पर्दैन ।'

जिल्ला प्रशासन कार्यालय रामेछापले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा दलहरुका अगुवाको कुरा सुनेपछि मन्त्री बस्नेतले उद्धार र राहतमा सरकार चुकेको स्वीकारे । 'पूर्वानुमान गर्दागर्दै पनि हामीले केहि तयारी गरेनौं,' उनले भने, 'त्यस मानेमा हामी कान समातेर उठवस गर्न तयार छौं ।'

रामेछाप जिल्लामा भूकम्पले पुर्‍याएको क्षति र उद्धार तथा राहत वितरणको अवस्थाकाबारेमा प्रमुख जिल्ला अधिकारी शम्भूप्रसाद मरासिनीले मन्त्री बस्नेतलाई जानकारी गराएका थिए ।www.ekantipur.com

काठमाडौं: नेपालमा ९० सालको भन्दा ३० गुणा शक्तिशाली भूकम्प आउने समाचार लेखेर जनजीवन आतंकित पार्ने पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ ।

भूकम्पबारे भ्रम फैल्याएको भन्दै महानगरी अपराध महाशाखा हनुमान ढोकाको टोलीले एक्सप्रेस खबर डटकमका सञ्चालक ज्ञानेन्द्र भट्टराई र सम्पादक चन्द्रमणि सापकोटालाई पक्राउ गरेको हो ।

उनीहरुले शक्तिशाली भूकम्प आउने विवरण सहितको समाचार फेसबुक, ट्वीर र अन्य सामाजिक सञ्जालमा पठाएर जनजीवन त्रसित बनाएको आरोप प्रहरीले लगाएको छ ।

बिहीबार पक्राउ परेका उनीहरुमाथि स्पष्टिकरण सोधी वेबसाइटमा राखिएको समाचार हटाउन लगाएर पाठकसमक्ष माफी माग्न लगाइएको महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीले बताए ।

अपराध महाशाखाले यसअघि पोखरा पोस्ट र खसोखासका सञ्चालकलार्इ पनि पक्राउ गरेर स्पष्टिकरण सोधिसकेको छ । महाशाखाले भूकम्प आउने भविष्यवाणी गरी जनजीवन त्रसित पारेको भन्दै ज्योतिषी ओजराज उपाध्याय लोहनी र डा।सुनिलमाथि पनि कारबाहि चलाएको छ ।

महाशाखाका अनुसार भूकम्पबारे फेसबुक र एसएमएसमार्फत अफबाह फैल्याउने ११ जनालार्इ पक्राउ गरिसकिएको छ । annapurnapost.com
ज्योतिष शास्त्रमा अंकको ठूलो महत्व छ । अंक अनुसार नै मान्छेको भविष्यबारे बताउँछन् ज्योतिषहरु ।

विवाहका लागि अंकमिलान एकदमै महत्वपूर्ण मानिन्छ । पछिल्लो समयमा सम्बन्धहरु सहजै विग्न थालेपछि यसको महत्व झनै बढेर गएको छ ।

जन्मदिनको मुलाङ्क अनुसार कुन केटा केटीको जोडी बन्ने कि नबन्ने निर्धारण गर्छन् ज्योतिषहरु ।

के हो मुलाङ्क ?


कुनै पनि ब्यक्तिको मुलाङ्क उसको जन्मदिनको गतेको संख्याको कुल हो अर्थात तपाइँको जन्म मिती १० गते हो भने तपाइँको मुलाङ्क १ हो तर ११ गते हो भने १‌‍‍‌+१= २ हुन्छ । १४ गते जन्मदिन हो भने मुलाङ्क १‌‍‍‌+४= ५ हुन्छ ।

९ सम्मको मुलाङ्क भएका केटी राम्रा मानिन्छन् । ९ सम्म मुलाङ्क भएका केटीहरुसँग सम्बन्ध गाँस्दा राम्रो हुने र जीवनमा सुख प्राप्ती हुने ज्योतिषको दावी छ ।


तर १ मुलाङ्क भएका केटालाई २ देखि ८ सम्मका जोर मुलाङ्क भएकी केटी जोडी परेमा यस्तो जोडीको जीवन दुःख र कलहले भरिएको हुन्छ । यिनीहरुको जीवनमा सँधै झगडा हुन्छ ।


यदि केटाको मुलाङ्क २ छभने त्यस्ता केटालाई १ देखि ७ सम्म मुलाङ्क भएका केटी ठिक हुँदैन । अन्य मुलाङ्क भएका केटी खोजेर सम्बन्ध जोड्नु उपयुक्त हुन्छ ।


जुन पुरुषको मुलाङ्क ३ हुन्छ त्यस्ता पुरुष ३, ४ र ५ मुलाङ्क भएकी केटीसँग टाढै बसेको राम्रो । तत्र जीवनभर कलह भोग्नु पर्ने हुन सक्छ ।


जुन पुरुषको मुलाङ्क ४ हुन्छ त्यस्ता पुरुष २, ४ र ५ मुलाङ्क हुने केटीसँग बँचेकै राम्रो ।

जसको मुलाङ्क ५ हुन्छ त्यस्ता पुरुषले १, २, ५, ६ र ८ मुलाङ्क मध्ये जुनसुकै भएकी केटीसँग सम्बन्ध जोड्दा पनि हुन्छ ।

जुन केटाको मुलाङ्क ६ हुन्छ त्यस्ता केटाले १ वा ६ मुलाङ्क भएकी केटीसँग सम्बन्ध राख्नु राम्रो हुन्छ अन्यथा जीवन तनावपूर्ण हुने खतरा हुन्छ ।


मुलाङ्क ७ हुने केटालाई मुलाङ्क २, ४ वा ७ हुने केटी जोडी मिल्छ ।


८ मुलाङ्क हुने केटाका लागि १, ४, ८ या ९ मुलाङ्क भएकी केटी जोडी ठिक हुन्छ ।

जुन पुरुषको मुलाङ्क ९ हो यस्ता पुरुषलाई १, २, ३, ६ वा ९ मुलाङ्क भएकी केटी राम्रो मानिन्छ । तर यो मुलाङ्क हुनेले ४ र ८ मुलाङ्क हुनेसँग भुलेर पनि सम्बन्ध राखुन् हुँदैन ।
काठमाडौं,  जेठ । सालीसँग विवाह गर्न श्रीमतीले रोकेपछि श्रीमानले राम धुलाई गरेका छन् ।
भारतको फरीदकोट सहरको ग्रामिण क्षेत्र कलेरमा मंगलबार राति एक श्रीमानले सालीसँग विवाह गर्न जबरजस्ती गर्दा श्रीमतीले नमानेपछि आक्रमण गरेका हुन् ।
ति व्यक्तिले रिसको आवेगमा आफ्नै श्रीमतीलाई फलामको रडले हानेर घाइते बनाएका छन् । जसकारण पीडित महिलालाई अस्पताल भर्ना गरिएको छ ।
पीडित महिलाका अनुसार मदिराको नशामा ति व्यक्तिले आफ्नो भाईको विवाह सालीसँग जबरजस्ती गरिदिन खोजेका थिए । र श्रीमतीले मनाई गर्दा दिनदिनै कुटपिट गर्थे । त्यती मात्रै होइन् । पीडित महिलाले विवाह गर्न विरोध गर्दा ससुराले पनि कुपिट गर्थे ।
प्रहरी जांंच अधिकारी जसवीर सिंहले महिलाको बयानका आधारमा श्रीमान सासु र देवर विरुद्ध मुद्दा दर्ता गरिएको छ । अन्य थप अनुसन्धान भइरहेको छ । अभियुक्त केही दिन पहिले जेलबाट छुटेर घर आएका थिए । एजेन्सी
दैनिक नेपाल
८ जेठ, काठमाडौं ।

बैशाख १२ को विनाशकारी भूकम्पका पराकम्पनको क्रम कम भएपनि पूर्ण रोकिएको छैन । पराकम्पन जाने क्रम सुस्त बनेको छ । विहीबार विहान पनि सानो धक्का महसुस भएको छ ।

आज विहान ११ बजेको समयमा राजधानीमा सानो भूकम्पीय धक्का महसुस भएको छ । यसको मापन ३ दशमलव ७ रेक्टर स्केलको मात्र भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।



केन्द्रका अनुसार बुधबार दिउसो २ बजेर ४७ मिनटमा भएको ४ रेक्टर स्केलको भूकम्पछि ठूला धक्का भएका छैनन् । केन्द्रले ४ भन्दा साना भुकम्पलाई टेवलमा राख्ने गरेको छैन ।

अव पराकम्पनको क्रम पनि कम हुने विज्ञहरुले बताएका छन् ।
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home