• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौं, १९ जेठ । मंगलबार ३० घण्टापछि गोरखा भूकम्पको पराकम्पन गएको छ । सोमबार बिहान ४ बजेर ३५ मिनेटमा पराकम्पन गएको ३० घण्टापछि मंगलबार बिहान १० बजेर ४८ मिनेटमा दोलखा केन्द्र भएर ४ म्याग्नेच्युडको भूकम्पको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि सोमबार बिहान ४ बजेर ३५ मिनेटमा सिन्धुपाल्चोक केन्द्र भएर ४ म्याग्नेच्युडकै पराकम्पन गएको थियो । गत बैशाख १२ गते गोरखाको बारपाक केन्द्र भएर गएको ७.६ म्याग्नेच्युडको शक्तिशाली भूकम्पको पराकम्पन जाने क्रम मंगलबार सम्म जारी रहेको हो ।
केही दिन यता पराकम्पन कमै मात्रामा जान थालेपछि राजधानीसहितको जनजीवन सामान्य बन्दै गएको छ । शक्तिशाली भूकम्प गएपछि पराकम्पन जाने भएकाले नआत्तिन तर सचेत रहन भने विज्ञहरुले सुझाव दिएका छन् ।medianp.com

प्रेमी प्रेमिका तथा दम्पतिहरुबीच अधिक मात्रामा यौन सम्बन्ध कायम हुदाँ त्यसले सम्बन्धमा खुसी थप्ने नभै असन्तुष्टि सिर्जना गर्ने जोखिम रहने एक अध्ययनले देखाएको छ ।
अत्यधिक यौन सम्बन्धले पार्टनरहरुमा यौनप्रति अरुची पैदा हुने र यौनआनन्दमा समेत कमी आउन थाल्ने शोधकर्ताहरुले बताएका छन् । अमेरिकाको पेन्सिल्भेनियास्थित कर्नेज मेलन विश्वविद्यालयका शोधकर्ताहरुले यस्तो तथ्य पत्ता लगाएका हुन् ।
पहिलोपटक यौन सम्पर्क गर्दा प्राप्त हुने आनन्द तथा कामेच्छा त्यसपछिका यौन सम्पर्कहरुमा घट्दै जान्छ । अर्थात् पार्टनरसँग यौन सम्पर्कको दर बढ्दै जाँदा आनन्द र इच्छामा गिरावट हुँदै जान्छ । त्यसैले सनातनी प्रकारको संसर्गले दम्पति तथा प्रेमजोडीमा शारीरिक सम्बन्धमै अरुची पैदा गरिदिने भएकाले यौन इच्छा जगाउने तथा सहवासलाई बढि आनन्ददायी बनाउने माहोल सिर्जना गर्ने कोसिस गर्नुपर्ने शोधकर्ताहरुले सल्लाह दिएका छन् ।
सहवासको दर तथा खुसीबीच रहेको सम्बन्धको जाँच गर्ने उद्धेश्यले शोधकर्ताहरुले १ सय २८ दम्पतिलाई अध्ययनमा सहभागी गराए । उनीहरुलाई सामान्य अवस्थामा भन्दा बढि सहवास गर्न लगाइयो । ३ महिनापछि सामान्य भन्दा बढि सहवास गरेका ती १ सय २८ दम्पतीका साथै सामान्य दरमा यौन सम्पर्क गर्ने अन्य दम्पतीहरुबीचमा तुलना गरियो । त्यसक्रममा के पाइयो भने बढि यौन सम्पर्क गर्न लगाइएका १ सय २८ दम्पतिहरुमा अन्य दम्पतीमा भन्दा यौन सम्पर्कमा इच्छा, खुसी तथा आनन्दको स्तर थोरै कम भएको पाइयो ।
शोधकर्ता तमर कृष्णमूर्तिका अनुसार यौन आनन्द, यौन इच्छा तथा खुसीमा आएको गिरावटको एकमात्र कारण अत्यधिक सहवास नै हो भनेर ठोकुवा गरिहाल्न नसकिने भएपनि अत्यधिक सहवासले युगल सम्बन्धमा प्रभाव पार्ने निष्कर्ष भने निकाल्न सकिने बताए । त्यसैले दम्पतिबीच निरन्तरको यौन सम्पर्कका कारण यौन तथा पारिवारिक जिवनमा निरस तथा बेखुस नबनोस् भन्नका लागि सहवासमा पुनर्ताजगी तथा नयाँपन ल्याउनुका साथै सकेसम्म आनन्ददायी बनाउनुपर्ने उनको सल्लाह छ ।-एजेन्सी
www.onlinekhabar.com
वि.सं.२०७२ साल जेठ १९ गते। मंगलबार। इश्वी सन् २०१५ जुन २ तारिख। शकसंवत् १९३७। कीलक संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेपाल संवत् ११३५ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। तिथि– पूर्णिमा, बेलुकी ९:३९ बजेउप्रान्त आषाढ कृष्णपक्ष प्रतिपदा। नक्षत्र– अनुराधा, साँझ ८:०४ बजेउप्रान्त ज्येष्ठा। योग– शिव, बिहान ७:०९ बजेदेखि सिद्ध। करण– भद्रा, बिहान ९:३९ बजेदेखि वव, बेलुकी ९:३९ बजेउप्रान्त वालव। आनन्दादिमा वज्र योग। चन्द्रराशि– वृश्चिक। काठमाडौंमा सूर्योदय– ५:१० बजे, सूर्यास्त– ६:५४ बजे र दिनमान ३४ घडी १९ पला। पर्व– पूर्णिमा व्रत, मन्वादि, गैंडुपूजा, पनौतीमा स्नान, पनौतीस्थित भैरव–भद्रकाली–इन्द्रेश्वर रथयात्रा, मष्ट्रा पूर्णिमा, ज्यापुन्हि। - तदअनुसार तपाईंको राशी यस प्रकार छ ! 

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) प्रयासमै समय मात्र बित्नेछ। आजको समस्या तत्काल समाधान नहुन सक्छ। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्यगत कमजोरीले पनि सताउला। उपचारमा खर्च हुने योग छ। विद्यामा समय दिन नसकिएला। व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन्। इष्टदेवको पूजा–उपासना गर्नाले तपाईंलाई फाइदा हुनेछ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) व्यापार–व्यवसायमा लाभ हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा पनि हुनेछ। सोख पूर्तिका लागि खर्च बढ्ला। दाम्पत्यमा रमाउने समय छ। प्रेमको बन्धन कसिनुका साथै दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। पठनपाठनमा पनि राम्रै प्रगति हुनेछ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) केही अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला। चुनौतीहरू देखिनेछन्। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। गरी आएका काम र व्यापार–व्यवसायमा फाइदा उठाउन नसकिएला। शत्रुहरू बढ्नाले समस्या थपिएलान्। आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। फजुल खर्च पनि बढ्नेछ। चोरी वा ठगीमा परिने योग भएकाले होसियार रहनुपर्ने समय छ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। गुरुजनको विशेष सहयोग जुट्नेछ। प्रयत्न गरेका काम ढिलै भए पनि सम्पादन हुनेछन्। र, उपलब्धि राम्रै पाइनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक कार्यबाट धनलाभ हुनेछ। पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला। व्यावसायिक काममा फाइदा हुनेछ। सन्तानका माध्यमबाट काम बन्ने देखिन्छ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) परिवारजनको सहयोगले फाइदा लिन सकिनेछ। तर अनावश्यक शंका जाग्ने र शंकाकै कारण आत्मीय सम्बन्धमा कमी आउने योग छ, सचेत रहनुहोला। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ। महत्वाकांक्षी योजना फलीभूत होलान्। काममा मातापिताको सहयोग प्राप्त होला। कृषि–चौपायाबाट राम्रै लाभ उठाउन सकिनेछ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) काममा चुनौती देखिए पनि प्रतिस्पर्धापछि लाभ मिल्नेछ। उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ। सहयोगीहरूले साथ दिनेछन् र उत्साह पनि बढ्नेछ। आंशिक लाभ होला। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। नयाँ काममा हात हाल्ने समय छ। पुरानो समस्याले केही झमेला आइलाग्ला। दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्न सक्छ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) विभिन्न अवसर आए पनि प्रतिस्पर्धा गर्नुपर्ने समय छ। योजनाअनुसार बेलैमा काम सम्पादन गर्न नसकिएला। समयमा निर्णय नलिनाले पनि अवसर फुत्कन सक्छ। सहयोगी वा हितैसी जनले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्नेछन्। अलि द्विविधामा परिएला। निर्णायक क्षमता कमजोर बन्नेछ। धैर्यसाथ निरन्तरको प्रयत्नले मात्र फाइदा हुनेछ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) पारिवारिक भेटघाटको समय छ। विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला। ठूलै फाइदाको आश्वासन पनि पाइनेछ। तर, यथार्थमा लाभ भने कमै मिल्नेछ। उपहारका नाउँमा बिग्रेको वस्तु हातलागी होला। स्वादिष्ट भोजनको अवसर मिल्नेछ। तर, पेटको खराबीले सताउन सक्छ। सहयोगीहरूबाट पनि अलि धोका पाइने सम्भावना छ, सचेत रहनुहोला।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) केही मात्रामा खर्च बढ्ने योग छ। काममा लगानी बढाउने समय छ। शोख परिपूर्ति गर्नमा पनि खर्च बढ्नेछ। तर, आफ्नै प्रयत्नमा नसोचेको काम बन्न तत्काल सक्छ। दिगो फाइदा हुने काममा लगानी गरिनेछ। पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। अनुकूल स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। नयाँ जिम्मेवारी पाइएला। लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ। पारिवारिक आवश्यकता पूर्ति होला। श्रमको उचित मूल्यांकन हुनेछ। पितृधनबाट विशेष फाइदा होला। सोचेभन्दा बढी नै लाभ हुने योग छ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) काम गर्ने अवसर मिले पनि प्रतिफल हात पार्न नसकिएला। प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन्। शासक वर्गबाट पनि धोका हुन सक्छ, सचेत रहनुहोस्। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ। आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। पढाइलेखाइमा समय दिन नसकिएला। थोरै फाइदा हुनेछ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन्। व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ। भाग्योन्नतिको समय छ।
१९ जेठ, वाशिङटन डीसी । नेपाली मूलकी विद्यार्थी समानता श्रेष्ठका हत्यारालाई अमेरिकी अदालतले ८५ बर्षको जेल सजायँ सुनाएको छ ।

सोमबार भएको दिनभरिको सुनुवाइमा मुख्य हत्याराको अभियोगमा पक्राउ परी मोन्टगेमरी काउन्टी कारागारमा राखिएकी भर्जिनिया टेक्निकलकी विद्यार्थी २२ बर्षीया जेसिका मिशेल विङ्गलाई अदालतले यस्तो सजायँ सुनाइएको हो ।
मोन्टगेमरी काउन्टी सर्कुट अदालत भर्जिनिया, ब्ल्याक्सबर्गले हत्याको अभियोगमा ८० बर्ष र प्रमाण लुकाउन प्रयास गरेकोमा थप ५ वर्ष गरी ८५ बर्षको सजायँ तोकेको हो ।
गत वर्ष फेब्रुअरीमा अमेरिकामा समानताको हत्या भएको थियो । जेसिका मुख्य हत्याराका रूपमा पक्राउ परेकी थिइन् भने पूर्वविद्यार्थी केइफर क्याल ब्राउन प्रमाण लुकाउन खोजेको अभियोगमा समातिएका थिए ।
अदालतमा सोमबार  बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सुनुवाइ चलेको थियो । वादी र प्रतिवादीका वकिलहरुले लामो समय बहस गरेका थिए ।
न्यायाधीशले मुख्य अभियुक्त जेसिका मिशेल विङ्गले ४५ बर्षसम्म सजायँ काटेपछि उनको आचरण, ब्यबहार र अनुशासन राम्रो ठहर भएमा मात्र उनले अदालतमा अपिल गर्न पाउने फैसला गरेका छन् ।
उक्त सुनुवाइमा डीसी महानगर क्षेत्रका विभिन्न संघ तथा संस्थाका प्रतिनिधि ,पत्रकार ,समाजसेवी तथा नेपाली समुदायको बिहानदेखि घुइँचो लागेको थियो । खचाखच भिड भएकाले मानिसहरु बाहिर पनि बस्नु परेको जानकारी अमेरिका नेपाल महिला संघकी पूर्वअध्यक्ष तथा महिला सामाजिक कार्यकर्ता बिष्णुकुमारी थापाले जानकारी गराइन् । यस्तो प्रभावकारी बहस आफुले जीवनमा पहिलोपटक अमेरिकामा देखेको थापाले बताइन् ।
गत बर्ष नेपाली मूलकी बिद्यार्थी समानता श्रेष्ठको हत्याराको अभियोगमा भर्जिनिया टेक्निकलका दुई बिद्यार्थीलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको थियो । हत्याका अभियुक्त भर्जिनिया टेक्निकलका बिद्यार्थी भएको र उनीहरु भर्जिनियास्थित ब्ल्याक्सबर्गका स्थानीय बासिन्दा भएको अमेरिकी प्रहरीले जनाएको छ ।

अमेरिकाको चर्चित मानिने भर्जिनिया टेक्निकल विश्व विद्यालयमा धेरै नेपाली विद्यार्थीहरु अध्ययन गर्छन् l हत्यामा मुख्य अभियुक्त मानिएकी जेसिका मिशेल विङ्ग उक्त विश्व विद्यालयमा अध्यनरत थिइन् । समानता सोही विश्वविद्यालयमा पढ्थिन् । उनले उत्तरी भर्जिनियाको जेम्श मेडिशन माध्यमिक बिद्यालयबाट उच्च माध्यमिक शिक्षा सम्पन्न गरेकी थिइन् ।
हत्या गरिएकी समानता श्रेष्ठ अन्तरराष्ट्रिय मुद्रा कोषमा कार्यरत माणिकलाल श्रेष्ठकी कान्छी छोरी हुन् । नेपालमा मोटरसाइकल दुर्घटनामा परी दिदीको निधन भएको केही वर्षपछि  अमेरिकामा समानताको हत्या भएको थियो । समानताकी आमा राजश्री श्रेष्ठ द राइजिङ नेपालकी पूर्व सञ्चारकर्मी हुन् । दुबै सन्तान गुमाएका श्रेष्ठ दम्पतीले सोमबार अदालतबाट न्याय पाएका छन् ।
www.onlinekhabar.com
काठमाडौं । नेपाल सरकारले विभिन्न २१ वटा शिप जानेका व्यक्तिहरुलाई दक्ष जनशक्तिका रुपमा क्यानडा लैजान सिफारीस गरेको छ ।
क्यनेडीयन श्रम मन्त्री केल्ली लेइचसले नेपाली कामदार क्यानडा लैजान इच्छुक भएको बताएपछि नेपाल सरकारले क्यानेडीयन सरकारलाई २१ वटा भिन्ना भिन्नै क्षेत्रमा काम गर्ने दक्ष जनशक्ति पठाउने बताएको हो ।
श्रम तथा रोजगार मन्त्रालयले ती २१ क्षेत्रमा कामदार पठाउन सकिने जानकारी गराएको थियो ।
जस अनुसार मेडिकल ल्याब प्राविधिक, तालिमप्राप्त मजदुर, कृषि विज्ञ, अकाउन्टेन्ट, जीवविज्ञानविज्ञ, इन्जिनियर, दन्त चिकित्सक, शिक्षक, नर्स, अनमी, अकाउन्टेन्ट, सूचना प्रविधिसम्बन्धी विज्ञ, मेकानिक, सुरक्षा गार्ड, इलेक्ट्रिसियन, प्लम्बर, कृषि विज्ञ, रसायनशास्त्री, तालिमप्राप्त मजदुर रहेका छन् ।
क्यानडालाई पछिल्लो समय सुरक्षीत रोजगारको गन्तब्य मान्ने गरिन्छ । क्यानडामा जनशक्तिको अभाव रहेको छ । क्यानडा सरकारले छिट्टै यस बारेमा निर्णय गर्ने बताइएको छ ।
www.nepalsandesh.com
ब्रेकफास्ट अर्थात बिहानको खाजा तपाइको शरीरको लागि महत्वपुर्ण मानिन्छ। तपाइलाइ यो थाह नहोला कि बिहान को ब्रेकफास्ट छुटायो भने तपाइको तौलमा नराम्रो असर पर्दछ। यदि ब्रेकफास्ट खाने बानी गर्नुभएको छैन भने सुरु गर्नुहोस अाउदो बिहानी बाटै। पश्चिमी समाजमा सामान्य मानिने ब्रेकफास्ट हाम्रो लागि मात्र चिया खाने भनि बुझिन सक्छ।

चियालाइ मात्र ब्रेकफास्ट मानेर बिहान उठेर नियमित खानुपर्ने कुराहरु  छुटाउने गर्ने नगरौं। के के गल्तिहरु हुन सक्छन त ब्रेकफास्टको तयारीको लागि?

फलफुलको जुस बनाएर नखाऔं

ब्रेकफास्ट खादाँ को गल्ति १

जब फलफुललाइ जुस बनाएर खाइन्छ तब यो प्रक्रियामा फलफुलको धेरै जस्तो भिटामिन र मिनरल्सहरु हराउछन। बरु फलफुल र पानी खाने गर्नुहोस, जुस बनाउन तिर लागेर शक्ति खर्च नगर्नुहोस।



क्याफिनको मात्रा याद गरौं

ब्रेकफास्ट खादाँ को गल्ति २



१ कप कफि वा चियाले तपाइको मुड फ्रेस बनाउन सक्छ, तर यसो भन्दैमा धेरै कप चिया वा कफि नखानुहोस। यसो गरेमा निद्रामा गडवडी हुने हुन्छ।

अस्वश्थकर ब्रेकफास्ट

ब्रेकफास्ट खादाँ को गल्ति ३

चिल्लो बढी भएको, वा कार्बोहाइड्रेड मात्र पाइने वा धेरै चकलेटहरु एकै चोटी खाने नगरौं। बरु सबैलाइ मिलाएर खाने गरेमा शरिरमा चाहिने सबैखाले भिटामिन तथा मिनरल्सहरुको परिपुर्ति हुन्छ।
महको प्रयोग विभिन्न रोगका औषधीका लागी समेत गरिन्छ । महलाई निकै गुणी खाद्यवस्तुका रूपमा लिइन्छ । तर मह खाने तरिकाले पनि स्वास्थ्यलाई राम्रो गर्ने या नराम्रो गर्ने भन्ने कुरा फरक पर्छ ।



मह खाँदा विचार पुर्याउन नसके स्वास्थ्यलाई फाइदा भने गर्दैन । मह र घ्यू यदी बराबर खाए ज्यान समेत जान सक्ने खतरा हुन्छ ।



यस्तै अन्य केही तरिका जुन मह खाँदा विचार गर्नुपर्छ ती यस्ता छन्:
१. मह र घ्यू बराबर खाए विष जस्तै खराब गर्छ र यसले ज्यान समेत लिन सक्छ ।

२. तातो पानी, चिया र दूधमा मह हालेर खाए रोग लाग्न सक्छ ।

३. मूला, कटहर महसित खानू हानिकारक हुन्छ ।

४. माछा, मासू र मकैसित मह खाए ठूलै हानी हुनसक्दछ ।

५. चर्को घाममा हिँडेर पसिना आएको बखत औषधी खाएर तुरून्त मह नखानू ।

६. मह तताएर कहिल्यै नखानू ।

७. कुनै शरिरमा गर्मी बढाउने वस्तुसित मह नखानू, यसले पनि स्वास्थ्य प्रतिकुल असर गर्छ ।

८. शुद्ध मह कागजमा बोकेर लैजान सकिन्छ ।

९. शुद्द मह कुकुरले खाँदैन ।
चाउचाउ नेपालमा सबैभन्दा लोकप्रिय स्न्याक्समा पर्छ । छिटोछरितो र स्वादिलो हुने हुँदा हामी मध्ये धेरैले चाउचाउ सेवन गरिरहन्छौं ।

बच्चालाई मात्र होइन जवान र बृद्धहरुसम्म पनि चाउचाउ मन पराउँछन् । तर यही लोकप्रिय खाजा चाउचाउ स्वास्थ्यका लागि भने राम्रो हुँदैन भन्ने कुरा थाहा नहुन सक्छ ।



वुमन्स हेल्थमा प्रकाशित शोधका अनुसार चाउचाउको नियमित सेवनले हामीलाई विभिन्न प्रकारका रोग निम्तिने खतरा हुन्छ ।

यो शोधका अनुसन्धानकर्ताहरुले चाउचाउले मानिसहरुका मधुमेह, मुटु सम्बन्धी रोग र मस्तिस्क घात जस्ता खतरा हुने बताएका छन् ।

चाउचाउले कार्डियोमेटाबोलिक सिन्ड्रोम नामक अवस्था पैदा हुने र यसले मुटुमा विभिन्न समस्या पैदा गर्ने शोधकर्ताहरुको भनाइ छ ।

चाउचाउका कारण पाचनप्रणालीमा समेत समस्या हुने समेत बताइएको छ ।



हप्तामा २ पटक चाउचाउ सेवन गर्नेलाई पाचन प्रणालीमा समस्या आउने खतरा ६८ प्रतिशत हुन्छ ।

भेलोर विश्वविद्यालयका शोधकर्ताहरुले सन् सन् २००७ देखि २००९ सम्म महिलाहरुमाथि यो अध्यन गरेका थिए ।

चाउचाउमा हुने क्यालोरी, रिफाइण्ड कार्बोहाइड्रेट्, स्यचुरेटेड फ्याट् र सोडियमको उच्च मात्राले महिलाहरुलाई धेरै नै घाटा गर्ने उल्लेख छ ।
चिया कफी हाम्रो दैनिकीको अभिन्न अंग नै हो भन्दा पनि हुन्छ । अधिकाँश मानिसलाई चिया कफीको लत नै लागेको हुन्छ । चिया कफी पिउँदा हुने राम्रा र नराम्रा पक्षको विषयमा धेरै अघी देखि नै चर्चा हुँदै आएको छ । तर यसबाट बढी फाइदा हुन्छ कि घाटा भन्ने चाँहि अहिले सम्म निष्कर्ष निस्कन सकेको छैन ।



यहाँ चियाँ कफी खानुका फाइदा र घाटाबारे चर्चा गरिएको छ ।

डाइटीशियनहरुका अनुसार चिया र कफी दुवैमा क्याफिनको मात्रा अत्याधिक हुन्छ ।

क्याफिनका फाइदा यस्ताः

१ मस्तिष्कलाई सक्रिय राख्छ र फ्रेस अनुभव भैरहन्छ

२ केही समयको लागि थकान समेत मेटाउँछ

३ सामान्य टाउको दुखाइमा समेत चिया कफी पिउनु राम्रो मानिन्छ

४ दम हुने विरामीले पनि चिया कफी खाँदा फाइदा हुन्छ

५ चियामा हुने ट्यानिन भाइरसलाई मार्न उपयोगी हुन्छ

६ चियाले शरीरमा हुने कोलेस्ट्रोललाई कम गर्छ

७ ब्ल्याक वा ग्रिन टी क्यान्सरबाट बचाउँन उपयोगी मानिन्छ

८ यसले मुखबाट निस्किने दुर्गन्ध पनि कम गर्छ

९ कफी पिउँदा अल्जाइमर, कलेजोको समस्या, पार्किन्सन र टाइप-2 डाइबिटीजको जोखिम समेत कम हुन्छ ।


क्याफिनका घाटाः

१ कफिनले शरीरमा उर्जको मात्रामा प्रभाव पर्छ । शुरुमा उर्जा दिएको जस्तो लागेपनि दीर्घकालमा यसले उर्जामा नकारात्मक असर गर्छ । र थकान महसुस हुन्छ ।

२ बढी क्याफिनको मात्र भयो भने शरीरमा कोलेष्ट्रोलको मात्रा बढ्छ । चार कप कफी पिउँदा शरीरमा कोलेष्ट्रोलको मात्रा ५ प्रतिशत सम्म बढ्छ ।

३ चाहिने भन्दा बढी क्याफिन सेवनले आन्द्रामा एक प्रकारको सतह जम्मा हुन्छ यसले पाँचन प्रणालीमा नकारात्मक असर पर्छ । बढी चिया कफी पिउने ब्यक्तिलाई कब्जियतको समस्या हुन्छ ।

४ चिया कफिको अत्याधिक सेवनले शरीरलाई कमजोर बनाउँछ र रक्तचाप समेत बढ्ने खतरा हुन्छ ।

५ चिया कफी बढी भयो भने एसिडिटी बढ्छ र निद्रा नलाग्ने समस्या हुन्छ । खासमा शरीरमा चिया कफी बढी भो भने मस्तिष्कमै समस्या हुन्छ जसले निद्रा लाग्न दिँदैन ।

६ चिया कफीमा हुने क्याफिनले टाउको दुख्ने र चिट्चिटेपन पैदा गर्छ ।

यति पढेपछि चिया कफीको सेवन गर्दा कति फाइदा वा कति घाटा हुन्छ भन्ने कुरा तपाइँ नै निर्क्यौल गर्नुस् ।
गर्मी मौषममा विभिन्न स्वास्थ्य समस्या देखिन्छन् । मानिसहरु विरामी पर्नासाथ एन्टिबायोटिक सेवन गर्छन् । यस्ता एन्टिबायोटिकले हाम्रो शरीरमा रहेको उर्जा कम गर्ने मात्र होइन नराम्रो असर नै गर्छन् ।

सामान्यतया ब्याक्टेरियाको संक्रमण रोक्नका लागि एन्टिबायोटिकको उपभोग गरिन्छ । एन्टिबायोटिकले यसलाई रोक्न मद्दत गर्छ । तर एन्टिबायोटिकको सट्टा केही सामान्य घरेलु चिज सेवन गर्दा यस्ता एन्टिबायोटिक खानु पर्ने अवस्था नै नआउने विज्ञहरु बताउँछन् ।

एन्टिबायोटिकबाट टाढै राख्ने ५ खानेकुरा के के ?


१ लसुन

लसुन प्राकृतिक एन्टिबायोटिक मानिन्छ । यसले एन्टिफंगल र एन्टिभायरलको काम गर्छ । १९९९ मा अध्यनका क्रममा लसुनमा भिटामिन, न्यूट्रिसस र खनिजले भरिपूर्ण रहेको पत्ता लागेको थियो । लहसुन खाली पेटमा सेवन गर्दा निक्कै फाइदा हुन्छ ।

२ मह


महलाई पनि प्राकृतिक एन्टिबायोटिक मानिन्छ । यसमा एन्टिसेप्टिक, सुक्ष्मजीव विरोधी र प्रज्वलनरोधी तत्व हुन्छ । २०१४ मा गरिएको एक अध्यनका क्रममा महलाई उच्च स्तरको एन्टिबायोटिकमा सूचीकृत गरिएको थियो । यसले शरीरमा रोगसँग लड्ने क्षमता बढाउँछ ।



३ बेसार

काँचो बेसार अर्थात हल्दीमा पनि राम्रो मात्रामा एन्टिबायोटिक हुन्छ । हल्दीलाई चीनमा औषधीकोरुपमा नै प्रयोग गरिन्छ । ब्याक्टेरिया नष्ट गर्न हल्दीको प्रयोग गरिन्छ । यसले शरीरमा हुने अनेक समस्या पनि निर्मुल गरिदिन्छ । एक चम्चा हल्दी ५ देखि ६ चम्चा मह मिसाएर एयरटाइट जारमा राखेर दैनिक आधा चम्मा सेवन गर्दा निक्कै राम्रो हुन्छ ।



४ अदुवा


ब्याक्टेरियाबाट हुने स्वास्थ्य समस्याका लागि अदुवा प्राकृतिक एन्टिबायोटिक मानिन्छ । यसले सामान्य स्वास्थ्य समस्या सजिलै समाधान गरिदिन्छ । अदुवा चियामामा राखेर सेवन गर्दा वा पानीमा उमालेर सेवन गर्दा निक्कै राम्रो हुन्छ ।



५ निम 


निमलाई पनि प्राकृतिकरुपमा एन्टीबायोटिक मानिएको छ । यसले अनुहारमा डन्डीफोर आउने लगायतका समस्या समाधान गर्छ भने मुखमा हुने अन्य समस्या पनि निम सेवनबाट निदान गर्न सकिन्छ । यसले छालाका सबै जसो समस्या समाधान गर्ने आयुर्वेद विज्ञहरु बताउँछन् ।
(एजेन्सी)– महिनावारी भएको बेला महिलाहरु सानो सानो कुरामा रिसाउने गर्दछन् र पुरषहरुलाई उनीहरु किन रिसाउने गर्दछन् भन्ने कुराको जानकारी हुँदैन । यस्तै परे उनीहरु महिलाभन्दा बढि रिसाउने गर्दछन् । तर, श्रीमानहरुले के बुझ्न जरुरी छ भने, कहिलेकाँही मात्र रिसाउने श्रीमतीलाई आखिर के भएको छ त ? तपाईंकी श्रीमती महिनावारी भएको बेलामा पनि रिसाउने गर्दछिन् । महिनावारी भएको बेलामा महिलाहरुको हर्मोनमा परिवर्तन आउने गर्दछ जसले गर्दा उनीहरुलाई थकान, चिढचिढापन, कमजोरी र ज्वरो पनि आउने गर्दछ । तपाईं आफैँ सोच्नुहोस् कि यस्तो बेलामा उनले घरको सबै काम कसरी एक्लै गर्न सक्छिन् ? आफ्नी श्रीमती महिनावारी भएको बेलामा उनीप्रति थोरै संवेदना देखाएर उनलाई मद्दत गर्न सक्नुहुनेछ । आउनुहोस्, श्रीमतीको मासिक धर्मको बेलामा उनलाई कसरी सहयोग गर्न सकिन्छ त्यो कुराको जानकारी लिऔँ ।


१. सम्झनुस् उनी कुनै समस्यासँग जुधिरहेकी छिन्ः
सम्झनुहोस् कि उनलाई यो समय कति पिडा हुन्छ । पेट दुखाई, ढाड दुखाई, टाउको दुखाई– यी सबै पिडाहरु कसरी एकैपटक सहन गरिरहेकी होलिन् । कतिपय अवस्थामा त महिलालाई ज्वरो पनि आउने गर्दछ । यतिबेला उनको आवश्यकताहरुलाई थाहा पाउनुस् ।

२. उनलाई राम्रो महसुस गराउनुहोस्ः
यस्तो बेलामा उनलाई भित्रबाट नै निकै नरमाइलो लाग्ने गर्दछ त्यसकारण तपाईंले उनलाई केहि कुराको बारेमा राम्रो महसुस गराउनुहोस् । उनलाई बताउनुस् कि उनी कति राम्री छिन् र आजकाल कति राम्री देखिन्छिन् । यसबाट उनको आत्मविश्वासमा वृद्धि हुने गर्दछ ।

३. घरको काममा सहयोग गर्नुहोस्ः
महिनावारी भएको बेलामा श्रीमतीलाई घरको काममा मद्दत गर्नुहोस् । यसो गर्नाले उनको मानसिक तनावमा कमी आउने गर्दछ ।

४. मसाज गर्नुहोस्ः
उनलाई तनावमा भएको थाहा पाउनेबित्तिकै मज्जाले मसाज गरिदिनुहोस् । यसले उनको पिडालाई निकै राहत प्रदान गर्दछ ।
शास्त्रमा शुभ र अशुभ संकेतहरुको चर्चा गरिएको छ । विभिन्न संकेतबाट शुभ हँदैछ कि अशुभ भन्ने थाहा पाउन सकिन्छ । यस्ता संकेतले भविष्यमा हुने घटनाले तपाइँलाई राम्रो गर्छन् कि नराम्रो भन्ने थाहा दिन्छन् । धन प्राप्तीका लागि कस्ता संकेत शुभ ?


१ यदि तपाइँको दायाँ हातको हत्केला चिलायो भने बुझ्नुस् तपाइँलाई धन हात पर्दैछ । बैंक जाने समयमा बाटोमा गाइ देख्नु भो भने तपाइँको काम पुरा हुन्छ ।
 २ विहीबारको दिन कुमारी कन्या पहेंलो बस्त्रमा देख्नु भो भने तपाइँलाई धन लाभ हु
न सक्छ ।
३ यदि कतै जाँदा सुन्दर स्त्री बाटोमा देख्नु भो भने पनि धनलाभ हुने सम्भावना हुन्छ । यदी पैसा हातबाट खस्यो भने तपाइँलाई धनलाभ हुन सक्छ ।
४ सपनामा कुनै निर्दोष ब्यक्तिले मुद्धाबाट सफाइ पाएको देख्नु भो भने धन प्राप्त हुन सक्छ । सपनामा तपाइँको छातीमा कसैले चलाएको वा कन्याएको देख्नु भो भने पनि धन हात लाग्ने संकेत हो ।


 ५ यदि सपनामा मोती, मुङ्गा, हार जस्ता गहना देख्नु भो भने घरमा लक्ष्मीको बास हुन्छ ।
६ पैसाको कारोवार गर्न जान लाग्दा कपडा लगाउने समयमा खल्तीबाट पैसा खस्यो भने पनि राम्रो संकेत हो ।
७ विहान उठ्ने वित्तिकै ढोकामा भिखारी माग्न आएको छ भने तपाइँको माग्नु पर्ने पैसा नमागी उठ्छ ।
८ सपनामा कट्टु लगाएर कपडामा टाँक लगाएको देख्नु भो भने धन मात्र होइन सम्मान समेत मिल्न सक्छ ।
 ९ कतै जाँदा लोखर्केले बाटो काट्यो भने पैसा हात पर्न सक्छ ।


 १० सपनामा फूल नास गरेको देख्नु भो भने यसले पनि धन प्राप्तिको संकेत गर्छ ।
 ११ सपनामा मुत्र, वीर्य, वा दिशा सेवन गरेको देख्छ उसलाई पनि धन प्राप्ति हुन सक्छ ।
१२ सपनामा उँट देख्नु भो भने यसबाट पनि धन प्राप्त हुने संकेत मिल्छ ।
के तपाइँले निकै कसिलो पेन्टी लगाउनुहुन्छ ? चाउमिन खाँदा सोयाको सस बढि नै खानुहुन्छ अनि काखमा ल्यापटप राखेर लामै समय चलाउनुहुन्छ ? खबरदार, यदि यसो गरिरहनुभएको छ भने तपाइँले थाहा नपाइकनै आफ्नो पुरुषत्व कमजोर बनाइरहनु भएको छ । किनकी यी वस्तुहरुले तपाइँको शुक्रकिट नष्ट गरिरहेका हुन्छन् ।
एक अध्ययन अनुसार विश्वमा हरेक ५ मा एक जना पुरुषमा विर्यमा शुक्रकिटको मात्रा कम हुने समस्या देखिन थालेको छ । एक मिलिमिटर विर्यमा डेढ करोड भन्दा कम शुक्रकिट हुनुलाई शुक्रकिटको कमी अर्थात् लो स्पर्म काउन्ट भनिन्छ । त्यस्तै हरेक ६ मध्ये एक जना दम्पत्तिमा चाहेको बेला गर्भाधारण नै नहुने समस्या देखिन थालेको छ, जसको मुख्य कारण पर्याप्त शुक्रकिटको अभाव तथा शुक्रकिटको गुणस्तर पनि कमजोर हुनु रहेको शोधकर्ताहरुले बताउँछन् ।
सुपरड्रगले विभिन्न चिकित्सा अध्ययनहरुको आधारमा तयार पारेको इन्फोग्राफिकले पुरुषको विर्यमा शुक्रकिटको गिरावट हुने कारणहरुको बारेमा देखाइएको छ ।
अध्ययन अनुसार विकिरण, नार्कोटिक ड्रग तथा तनावका कारण पनि शुक्रकिटमा गिरावट आउँदछ । त्यस्तै बढि गर्मी वातावरणका साथै आवश्यकता भन्दा बढि व्यायाम र बढि मोटोपना हुने पुरुषमा पनि शुक्रकिटको संख्या कम हुने समस्या देखा पर्ने गरेको छ ।
अध्ययन अनुसार बढि कसिलो अण्डरवेयर लगाउने पुरुषमा शुक्रकिटको उत्पादन निकै कम हुने गरेको पाइएको छ । अध्ययनका क्रममा १ सय २० दिनसम्म अत्यन्तै कसिलो पेन्टी लगाउने पुरुषमा शुक्रकिटको संख्या शत प्रतिशत सम्म घटेको पाइएको छ । बढि कसिलो पेन्टीले अण्डकोषको तापक्रम बढाउने र त्यसबाट शुक्रकिटको उत्पादन घट्ने बताइउको छ । यसलाई टेस्टीकुलर हाइपरथर्मिया भनिन्छ ।
मोटोपना बढ्दै जाँदा शुक्रकिटको संख्या घट्दै जाने देखिएको छ । मोटोपनाको मापक मानिने बडी मास इन्डेक्स २४ भन्दा बढि हुँदा २२ प्रतिशत शुक्रकिटको संख्यामा गिरावट आउँछ । बढि दुब्लो हुनुपनि पुरुषत्वको हिसाबले राम्रो होइन । बिएमआइ १८.६ भन्दा कम हुनेहरुमा विर्य तथा शुक्रकिटकै उत्पादन ८.६ प्रतिशत कम हुने अध्ययनले देखाएको छ । बढि दुव्लो मानिसको अण्डकोषले उत्पादन गर्ने शुक्रकिटको गति तथा गुणस्तर समेत कमजोर हुने पाइएको छ ।
धुमपान तथा मध्यपान पनि शुक्रकिटका लागि हानिकारक हुने देखिएको छ । चुरोट सेवनले शुक्रकिटको डिएनएमा असर गर्ने र डिएनए मा उत्परिवर्तन भएर बच्चा नै विकृत हुने जोखिम हुन्छ । अल्कोहल सेवनले पनि शुक्रकिटको संख्या घटाउनुका साथै स्वस्थ तथा सामान्य सुक्रकिटको प्रतिशतमा गिरावट ल्याइदिन्छ ।
पानी तर्किने तथा अन्य चिज समेत नटाँसिने परफ्लुरो केमिकल्स मिसाइएका ताप्के, प्यान तथा कराइ जस्ता घरायासी सामानको प्रयोगका कारण पनि शुक्रकिटमा असर पर्ने देखिएको छ ।
घामबाट छालालाई बचाउन दलिने सनस्क्रिन क्रिम पनि शुक्रकिटको सत्रु हुने देखिएको छ । सनस्त्रिmनको प्रयोगले सुक्रकिटको संख्यामा ३३ प्रतिशत सम्म कमी आउने देखिएको छ । सनस्त्रिmनमा हुने अक्टिनोक्जेट रसायनले हर्मोनको मात्रामा गडबडी ल्याइदिन्छ भने अक्जीबेन्जोनले शुक्रकिटको उत्पादनलाई सुस्त बनाइदिन्छ ।
लामो समयसम्म सम्भोग नगर्नु वा हस्तमैथुन नगर्नु पनि पुरुषत्वको लागि हानिकारक नै देखिएको छ । बच्चा जन्माउने योजना बनाइरहेका दम्पतीहरुले राम्रो शुक्रकिट जम्मा गर्न भन्दै लामो समयसम्म सम्भोग नै नगर्ने र केही समयपछि मात्र सम्भोग गरेर राम्रो र ठूलो परिमाणको विर्यमार्फत गर्भाधारण गर्ने सोँच बनाएका हुन्छन् र सोही बमोजिम काम पनि गर्छन् । तर यसो गर्नु राम्रो मानिँदैन । लामो समयसम्म सम्भोग नगर्नु वा स्खलित नहुनु पुरुषको शुक्रकिटको संख्या र गुणस्तर वृद्धिको हिसाबले नकारात्मक ठहर्छ ।
स्वस्थ पुरुषमा ११ देखि १४ दिनसम्म सम्भोग नगर्दा राम्रो गतिका शुक्रकिटको संख्या ११.७ प्रतिशतले गिरावट आउँछ भने सामान्य शुक्रकिटको संख्यामा २४.७ प्रतिशतले गिरावट आउँछ । त्यसैले गर्भाधारण गर्ने तयारी गरिरहेका दम्पतीहरुले नियमित रुपमै सम्भोग गर्नुपर्छ र १० दिनभन्दा बढि समयसम्म सम्भोग रोकेर एकैचोटी सम्भोग गरेर गर्भाधारण गर्नु स्वस्थकर हुँदैन ।
पाइन्टको गोजीमा मोबाइल फोन बोक्नाले मोबाइल विकिरणको कारणबाट शुक्रकिटमा असर पर्दछ । तापका साथै इलेक्ट्रोम्याग्नेटिक विकिरणका कारणले शुक्रकिटको गतिमा ८.१ र बाँच्ने सम्भावनामा ९.१ प्रतिशतले गिरावट आउँछ ।
त्यस्तै साउना, जाकुजी जस्ता तातो बाफ लिने क्रियाकलाप, इलेक्टि्रक ब्लान्केटका साथै जिउ बढि तताउने उपकरणको नियमित प्रयोगले पनि शुक्रकिटको संख्यामा गिरावट ल्याउँदछ । ससेज जस्तो प्रोसेस्ड मिटका साथै बढि भटमास मिश्रति साकाहारी भोजन पनि शुक्रकिटका लागि हानिकारक मानिन्छ ।
एक्सरे, केमोथेरापी तथा कतिपय एन्टीबायोटिक, काखमा ल्यापटप राखेर चलाउनु, बढि व्यायाम गर्नु, ज्वरो, अण्डकोषको नशा मोटो हुनु, यौनरोग, तथा कतिपय औद्योगिक रसायन, धातुजन्य पदार्थ र विषादीले पनि पुरुषमा शुक्रकिटको मात्रा तथा गुणस्तरमा कमी ल्याउने र बाँझोपन निम्त्याउने जोखिम रहेको अध्ययनले देखाएको छ ।
www.onlinekhabar.com
आजको दिनमा कुन राशिका ब्यक्तिलाई प्रेम योग कस्तो छ भनेर यहाँ प्रस्तुत गरिएको छः
मेष राशि
प्रेम वा सम्बन्धका विषयमा अचम्मित तुल्याउने कुरा हुन सक्ने छ । हुन त प्रेम यस्तो कुरा रमाइलो हुनेछ तर सोंच्दै नसोंचेको कुरा हुँदा भने अनौठो लाग्ने छ ।

वृष राशि
यो राशिका ब्यक्तिलाई अचानक प्रेम प्रस्ताव आउन सक्छ । यस्ता प्रेप प्रस्तावलाई स्वीकार गर्ने कि नगर्ने भन्ने द्विदा हुनसक्छ । आफ्नो मनको आवाज सुन्नुस् ।


मिथुन राशि
आज यो राशिका ब्यक्तिका लागि प्रेम प्रसंग अनुकुल छैन । आज मानसिक तनाव हुन सक्छ । मुड खराव हुने हुँदा नयाँ काम वा नयाँ सम्बन्धमा हात नहालेको राम्रो ।
कर्कट राशि
यदि विवाहको कुरा चलेको छ भने प्रेमको कुरा खुलस्त भन्दिनुस् । आज भन्नु भएन भने तपाइँको प्रेम खतरामा पर्न सक्छ । बोलेर मात्र समाधान हुने हुँदा सके सम्म कुरा लुकाएर नराख्नुस ।
सिंह राशि
तपाइँले आरुको कुरामा लागेर कुनै कदम चाल्नु भो भने परिणाम गम्भिर पनि आउन सक्छ । सके सम्म मनलाई काबुमा राख्नुस् । मन चन्चल हुँदा गरिएका कदमले समस्यामा पार्न सक्छ ।
कन्या राशि
आजको दिन यो राशिका ब्यक्तिलाई प्रेम सम्बन्धका लागि राम्रो छ । आजको दिनले जीवन नै रंगिन बनाउन सक्छ । रोमान्टिक बन्नुस् मनको कुरा भन्नुस् ।

तुला राशि
आज तपाइको मन अलि तनावमा रहने छ । तपाइँको जीवनमा कुनै आफू भन्दा मान्यजन महिलाको हस्तक्षेप हुन सक्छ । यस्तो कुराले तपाइलाई निराश बनाउन सक्छ । परिवारका लागि प्रेम छोड्नु पर्ने धर्म संकट आइलाग्छ ।

वृश्चिक राशि
तपाइँ कसैको दवावमा बस्न सक्नु हुन्न । प्रेमि वा प्रेमिका नै भएपनि यसो गर्न नसक्ने बानीले हानी पुग्न सक्छ । आज अलिकति बानी परिवर्तन गर्नुस ।

धनु राशि
आज तपाइँ घरमै ब्यस्त रहने योग छ । पाहुनाको सत्कार वा अन्य कसैलाई समय दिनु पर्ने हुन सक्छ । प्रेम वा रोमान्टिक सम्बन्ध आजका लागि अनुकुल छैन ।

मकर राशि
तपाइँले जति नै कोशिस गर्दा पनि प्रेमि वा प्रेमीकाको मुड सुधार्न सक्नु हुन्न । तपाइँलाई आज प्रेमिकाको उदाश अनुहार हेर्नु पर्ने छ ।

कुम्भ राशि
आज प्रेमिल बन्न खोज्दा समस्यामा पर्ने योग छ । तपाइँलाई आफ्नो प्रेम झुठो भएको महसुस हुन पनि सक्छ । अविश्वासको वातावरण बन्ने योग छ ।
मीन राशि
तपाइँले आज प्रेम ब्यक्त गर्न सक्नु हुनेछैन । जति गर्दा पनि प्रेमिल शब्दको अभाव हुने देखिन्छ । आज रोमान्टिक हुनबाट टाढै बसेको राम्रो । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
१८ जेठ, काठमाडौं । काठमाडौंको डल्लुमा भूकम्पबाट क्षति पुगेका घरहरु पन्छाउने क्रममा एमाओवादी नेतृ हिसिला यमी सहित ४ जना घाइते भएका छन् ।
क्षेत्र नं. ८ मा पर्ने काठमाडौं १५ डल्लुमा बाटोछेउको सानु शाक्यको भूकम्पले क्षति पुर्‍याएको घर भत्काउँदै गर्दा यमी सहित निर्मल विक, ताराबहादुर रानाभाट र जीतबहादुर तामाङ घाइते भएका हुन् ।
स्वयंसेवा अभियान अन्तरगत सोमबार काठमाडौं निर्वाचन क्षेत्र नं. ७ र ८ को स्वयंसेवक टोलीले सहरका भित्री भागका १० वटा घरहरु पन्छाउने र बाटो खुलाउने काम गरेको छ ।
एमाओवादीले स्वयंसेवा अभियान अन्तरगत काठमाडौं निर्वाचन क्षेत्र नं. ७ र ८ को इन्चार्जमा हिसिला यमीलाई जिम्मेवारी दिएको छ ।
www.onlinekhabar.com
मान्छे आफ्नो बानीको दास नै हुन्छ। लागेको बानी सपार्न सकिन्छ तर छोड्न सारै गार्हो हुन्छ। संसार परिवर्तन गर्छु भन्ने मान्छे आफ्नो सानो तिनो कमजोरी परिवर्तन गर्न सक्दैन। संसारका सबै मानिसहरुको एउटा साझा चाहना हुन्छ। उनीहरु खुसीको खोजीमा हुन्छन्। खुसीबारे यहाँ निश्चित धारणा छैन, त्यसैले मानिसहरु खुसीको खोजीमा फरकफरक दिशामा दौडधुप गरिरहेका हुन्छन्।

प्रत्येक मानिससँग खुसीको बारेमा फरक-फरक दृष्टिकोण र धारणा रहेको पाइन्छ। संसारका सबै मानिसहरुसँग फरक-फरक आनीबानीहरु छन्, जसले उनीहरुलाई खुसी हुन सहयोग गरिरहेको हुन्छ, साथसाथै सपना गुमाउन पनि। दुर्भाग्यवश, मानिससँग त्यस्ता धेरै बानीहरु हुन्छन्, जसले तपाईको खुसी हरेर लग्छ, साथै तपाईंलाई दुःखी अनुभूत गराइरहन्छ। यदि तपाईले यस्ता नराम्रा बानीहरु सच्याउन कुनै प्रयत्न गर्नुभएन भने यस्ता हानिकारक बानीहरुले तपाईंको भावनात्मक हितलाई सजिलैसँग प्रभावित बनाउन सक्छ।

तपाईंको हरेक दिनको खुसीमाथि आक्रमण गर्ने बानीहरु थाहा पाउनुहोस्!

उपयुक्त अवसरको प्रतिक्षा:
केवल तपाईंले मात्रै आफ्नो जीवन परिवर्तन गर्न सक्नुहुन्छ। सही समयको लागि भनेर प्रतिक्षा नगर्नुहोस्। बरु हरेक क्षणहरुलाई सही समयमा रुपान्तरण गर्नुहोस्। आफूले चाहेको काम गर्न उपयुक्त अवसर र सर्वोत्तम क्षण पर्खिरहेका धेरै मानिसहरु सामान्यतया केही नगरी समाप्त हुन्छन्। जीवन छोटो छ, त्यसैले तपाईं र तपाईंको असाध्यै नजिकका र असाध्यै प्रिय मानिसहरुको जीवन भरपूर सफल बनाउन तत्काल आफ्नो सम्पूर्ण शक्ति लगाइहाल्नुहोस्।

चाहना र रुचि बिनाको काम:
तलवी मानसिकताभन्दा माथि नउठेर केही नगर्नको लागि काम गर्नु, उद्देश्य बिनाको काम गर्नु भनेको एकप्रकारको कैदमा बन्दी हुनु हो। दुर्भाग्यवश, आजकल धेरै मानिसहरु जब आर्थिक अभावबाट गुज्रन्छन्, तब आफूलाई मन नपर्ने काम गर्न जान्छन्। रुचि र आवेगबिना तपाईंले आफ्नो सपना र कामको बलिदानी नदिनुस्। यो तपाईंको जीवन हो र यो तपाईंको चाहनाले परिभाषित गरे अनुसारको कामको लागि हो। कन्फ्युसियसले एकपटक अद्भूत कुरा भनेका छन्, तिमीलाई मन पर्ने काम रोज, त्यसपछि तिमीले जिन्दगीमा एक दिन पनि काम गर्नु पर्दैन।

अरुको सफलतामा ध्यान दिने: 
हाम्रा वरिपरी धेरै खुसी मान्छेहरु छन्। तपाईंले प्रायः तिनीहरु मुस्कुराईरहेको, हाँसो ठट्टा गरिरहेको र हरेक कुरामा सफलता हासिल गरिरहेको भेट्नुहन्छ। फलस्वरुप, तपाईं अरुको जीवनम ध्यान दिन थाल्नुहुन्छ र तपाईंको सफलता उनीहरुको लक्ष्यसँग तुलना गर्नहुन्छ। यस्ता विनाशकारी विचारहरुले आफ्नो स्पिरिट रोक्न नदिनुहोस्। आफ्नो सफलतालाई आफैं परिभाषित गर्नुहोस् र सपनालाई पछ्याइरहनुहोस्। तपाईंको भाग्य लेख्ने एकजना मात्र कोही छ भने त्यो तपाई आफैं मात्र हो। तपाईं कस्तो जीवन बाँच्न चाहनुहुन्छ? त्यस्तो जीवन कसरी प्राप्त गर्न सक्नुहुन्छ, जब तपाईंले यो निर्णय गर्नुहुन्छ, तब तपाईं जीवनमा अविश्वस्नीय परिवर्तन हासिल गर्नुहुनेछ।

चिन्ता र डरसँग बाँच्नु:
डर र चिन्ता भनेका गलत भावनाहरु हुन्, जसले तपाईंलाई राम्रो बन्न सक्ने धेरै अवसरहरु अथवा विगतमा तपाईंले कहिल्यै गर्न नसकेका राम्रा कामहरु गर्न बाट बञ्चित गर्नसक्छ। ती सबै डर र नकरात्मकता आफ्नो जीवनमा नलिनुहोस्। जब तपाईं महसुस गर्नुहुन्छ कि तपाईंले असंख्य आनन्द र खुसीका पलहरु गुमाउनुभएको छ, तिनीहरुले सामान्यतया तपाईंलाई सधैं हतोत्साहित गराउँछन्। यस्ता डरसँग मुकाबिला गर्न र यसलाई अवसरको रुपमा ग्रहण गर्दै बाँकी जीवन बिताउन सकेसम्म तपाईंले आफूलाई पर्याप्त मात्रामा सामथ्र्यवान बनेको नै राम्रो। चिन्ता नगर्नुहोस्, खुसी हुनुहोस्।

मनमा अन्तरनिहित घृणा:
माया एङ्गेलोउ भन्छन्, घृणा, यसले विश्वमा प्रशस्त समस्या जन्माएको छ, तर अहिलेसम्म कुनै पनि समाधान गरेको छैन। यदि तपाईंले नकरात्मक भावना आउने बाटो खुल्ला गर्नुभयो भयने यस्तो खराब बानीले साँच्चै तपाईंको मानसिक हितमा नकरात्मक असर गर्दछ। घृणा एउटा यस्तो शक्तिशाली भावना मध्ये एक हो, जसले तपाईंको आनन्द र जीवनलाई नै नष्ट गर्न सक्छ। तपाईंले घृणाको पहिचान गर्दै यसलाई जान दिनुपर्छ। विभिन्न नकरात्मक विचार गुमाउँदै आफूसँग भएको वस्तुमा आनन्दित हुँदा अझ धेरै रमाइलो हुन्छ। तपार्इ‌को मनको लागि, घृणा टाढा भगाउने एउटा मात्र औजार कुनै छ भने त्यो प्रेम नै हो। प्रेमले जीवन र उज्यालो फैलाउँछ तर घृणाले विनाश र अराजकता।

सबै कुरा एकैपटक परिवर्तन गर्ने प्रयास गर्नु:
सबैकुरा एकैचोटि परिवर्तन गर्ने कुरा असम्भव नै छ। मलाई लाग्छ, केही कुरा मौलिक तरिकाले परिवर्तन गर्नु उत्तम हुन्छ। यो कुरा वैज्ञानिकरुपमा पुष्टि भइसकेको छ कि विचारणीय परिवर्तनको प्रक्रिया मानव मष्तिष्कका लागि अत्यन्तै तनावपूर्ण हुन्छ। हरेक कुरा क्रमिकरुपमा परिवर्तन गर्ने प्रयत्न गर्नुहोस्। यदि तपाई संसारमा केही नयाँ काम गर्न चाहनुहुन्छ भने तपाई वरिपरिको संसारलाई परिवर्तन गर्न शुरु गर्नुहोस्। जब तपाईं आफ्नै मन र मुड सामना गर्नुहुन्छ, तपाईंले अझ धेरै आनन्द महसुस गर्न सक्नुहुन्छ।

कठिनाईहरुको बढाइचढाइ:
धेरै झिंगाहरु मध्ये एउटालाई हात्ती बनाउनु नै एउटा खराब दिनको कारण होइन। तपाईंले कठिनाईहरुलाई एउटा अवसरको रुपमा महसुस गर्नुपर्छ, व्यवहार गर्नुपर्छ न कि तपाईंको जीवनको समस्या। विभिन्न प्रकृतिका अप्ठ्याराहरु सामना गर्ने साहस र प्रतिबद्धता प्रदर्शन गर्न सक्ने मानिसको प्रतिबद्धताको स्तर र जीवनको सर्वश्रेष्ठ पुरस्कारका लागि जीवनले निरन्तर परीक्षा लिइरहेको हुन्छ। माओत्सेतुङले एकपटक उत्साहबर्द्धक वाक्य भनेका छन्, ’कठिनाईहरुको समयमा हामीले हाम्रा उपलब्धिहरु उपलब्धिहरु बिर्सनु हुँदैन।’ आफूले आफैंलाई विश्वास गर्नैपर्दछ र तपाईसँग सधै एक विकल्प छ र उपायहरु छ भन्ने महसुस गर्नुपर्दछ।

क्षणिक सन्तुष्टि:
हाम्रो वरिपरि यति धेरै सुन्दर र आकर्षक कुराहरु छन्। सन्तुष्टिलाई चिन्नु र यसका प्रकारहरुका अन्तरलाई छुट्याउनु महत्वपूर्ण कुरा हुन्छ। हाम्रो जीवनमा दुई किसिमका सन्तुष्टिहरु हुन्छन्। मानिसहरु क्षणिक खुसी वा स्थायी सन्तुष्टि खोज्न सक्छन्। क्षणिक प्रकारको खुसी भनेको एक प्रकारको भौतिक सुविधा हो, जहाँ स्थायी प्रकारको सन्तुष्टि भनेको मन र मष्तिष्कको क्रमिक वृद्धि हो। स्थायी सन्तुष्टिले तपाईलाई आनन्द र विश्वास दिन्छ, जब क्षणिक आनन्दले तपाईंलाई अल्पकालीन प्रकृतिको आनन्द प्रदान गर्छ। यहाँ एउटाबाट अर्कोमा रुपान्तरण गर्न परिपक्वता र बुद्धिको आवश्यकता पर्दछ।

शारीरिक आकर्षणको महत्वलाई बढाइचढाइ गर्नु:
वस्तु र मानिसलाई उनीहरुको स्वरुप र शारीरिक आकर्षणद्वारा नबुझौं। तपाईंले केही कुरालाई पनि त्यसको आकार र रंगको आधारमा छनौट गर्नुहुँदैन। किनकी स्वरुप भ्रमपूर्ण हुन्छ। निश्चय पनि, शारीरिक आकर्षण पनि धेरै महत्वपूर्ण हुन्छ, तर तपाईंले त्यसको भित्री गुणहरुलाई विचार गर्नुपर्छ, विशेषरुपमा जब मान्छेहरुबीचको नाता सम्बन्धको रुपमा यो आउँछ।

दुःख दिनेहरुलाई बोक्ने बानी:
कहिलेकाँही तपाईंलाई चोट दिने मानिसहरुबाट जोगिन आवश्यक छ। यदि तिनीहरु तपाईंको नकारात्मक भावना र दुःखको स्थायी स्रोत हो भने तपाईंले प्रेम र आदर गर्नेले तपाईंलाई मित्रवत व्यवहार गर्दैन भनेर तपाईंले स्वीकार गर्नुपर्दछ। उनीहरुलाई प्रभावित पार्न र केही प्रमाणित गर्न तपाईंको मूल्यवान समय खेर नफाल्नुहोस्। तपाईं अझ सुखी जीवन बाँच्नु चाहनुहुन्छ भने सबै बिषाक्त मानिसहरुलाई जान दिनुहोस्। जब कोही तपाईसँग रहँदा आफूलाई भाग्यमानी अनुभव गर्दैन भने उसलाई गुमाउन कति पनि नडराउनुहोस्। रोबर्ट टेउले एकपटक भनेका छन्, नकरात्मक र बिषाक्त मानिसहरुलाई आफ्नो टाउकोको ठाउँ भाडामा नदेऊ। भाडा बढाउ र तिनीहरुलाई लात मारेर निकाल।

आनन्द तपाईंको हातमा पहिलादेखि नै छ तर, तपाईले यसलाई हेर्न र स्वीकार्न आफ्नो आँखा खोल्नुपर्छ। तपाईंको सपना धमिल्याउने र आनन्द चोर्ने खराब बानीहरुबाट छुट्कारा पाउने प्रयास गर्नुहोस् तब मात्र तपाईं राम्रो र आनन्दित हुनसक्नुहुनेछ।

जेनिफर हाउस्टन
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home