• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
-सर्वेन्द्र खनाल, एसएसपी, अपराध महाशाखा
महिनौ लगाएर एउटा गुन्डालाई प्रहरीले पक्राउ गर्छ । गुन्डाले राजनीतिक, आर्थिक पहुँच लगाएर कानुनसँग लुकामारी गर्दै केही समयमै मुक्त हुन्छ । गुन्डाले नै डिस्को चलाउँछन् । ठेक्कापट्टा कब्जा गर्छन् । चेलिबेटी अफ्रिका, खाडी पुर्याँछन् । व्यापारीसँग हप्ता असुली गर्छन् । काठमाण्डुलाई राज्यले वडामा विभाजन गरे जस्तै गुन्डाहरुले पनि आ–आफ्नो क्षेत्र तोकेका छन् । महाराजगञ्जमा हप्ता उठाउँने एउटा ठमेलको अर्को, बौद्धको अर्को । आफ्नै बाउको बीर्ता जसरी समाज लुट्नेहरु फुलमाला लगाएर हिँडने, १० करोड लुटेर एक लाख बाँडेर समाजसेवी हुने । विशिष्ट मान्छेलाई प्रमुख अतिथी बनाएर लुटको धन, गुन्डाको पहिचान लुकाउन खोज्ने प्रवृत्ति छ ।
करिब एक डेढ महिना अघि सुन्धाराबाट रावण भन्ने गुन्डालाई पक्राउ गर्न जाँदा १० –१२ जना गुन्डा मिलेर प्रहरीमाथि नै आक्रमण गर्न खोजे । गुन्डाको मनोबल त्यहाँसम्म पुगेको छ । हामीले पनि गोली चलायौं र नियन्त्रणमा लियौं । हप्ता असुलीको पैसाको बलमा हुलका हुल मोटरसाइकलमा हिँड्ने र समाजलाई नै आतंकित बनाउने गुन्डाहरुलाई तह लगानै पर्छ । गुन्डाले आफ्नो शान देखाउँने अनि प्रहरी चाहिँ लुरे भएर बस्न सक्दैन । गुन्डालाई पनि तह लगाउने नसक्ने भए प्रहरी किन चाहियो ?
टोल–टोल छुट्याएर हप्ता असुली गर्नेहरुलाई मानिसहरुले डन पनि भन्छन् । तर मेरो भाषामा यी टोले गुन्डा हुन् । आतंक सिर्जना गरेकै भरमा यीनले राजनीतिक संरक्षण पाएका छन् । लुटेकै धनबाट व्यवसाय सुरु गरेर अहिले व्यवसायी भएका छन् । अनि आफु माथि बसेर तल अरु गुन्डा परिचालन गरे यीनीहरुले गुन्डाराज चलाइरहेका छन् । सोझो नजरले हेर्दा यीनीहरुले कानुन मिच्ने काम गरेको देखिदैन । तर परिचालन गर्ने र अन्डरवल्र्ड चलाउनेहरु अझै बाँकी छन् । यस्तालाई हामीले पक्राउ गर्यौं भने भोलिपल्टै छुट्छन् । यस्ता व्यक्तिको गतिविधि प्रहरीले गहिरोसँग अध्ययन गर्छ र कारबाही गर्छ । प्रहरीले गर्ने कारबाही भनेको सधै पक्राउ गरेर मुद्धा दर्ता गर्ने मात्रै हुँदैन । प्रहरीमाथि नै भिड्न खोज्नेलाई प्रहरीले गोली चलाउँछ । त्यो बेला त्यस्ता मारिन पनि सक्छन् ।
त्यस्ता गुन्डा मारिँदा नागरिकको बाँच पाउँने अधिकारहनन् भयो भन्दै संसदमै कोकोहोलो मच्चिन्छ । गुन्डा निश्चित अवस्थामा मारिन्छन् । अरुलाई दुःख दिने सबैलाई प्रहरीले गोली चलाउँदैन । १० वर्ष १२ वर्ष पुराना रहस्यम हत्यामा संलग्नलाई पनि प्रहरीले गिरफ्तार गरेको छ । पाँच जनालाई घाँटी रेटेर हत्या गर्नेलाई समेत हामीले पक्राउ नै गर्यौं । बाँच्न पाउने अधिकारहनन् नै गर्ने भए त्यस्तालाई प्रहरीले किन बाँकी राख्यो ?
केही समय अघि चरी भनिने दिनेश अधिकारी मारियो । अहिले घैंटे भनिने कुमार श्रेष्ठ मारियो । प्रहरीलाई नै आक्रमण गर्ने हदसम्म पुगिसकेका गुन्डाको आक्रमण सहेर प्रहरी अब बस्दैन । अवस्था आउनेबित्तिकै गोली चलाउँछ । यस्ता प्रवृत्ति भएका अरु पनि छन् । उनीहरु कसैले पनि राजनीतिक संरक्षणमा सधै लुटको साम्राज्य चलाएर बस्छु भन्ने नचिताए हुन्छ । राजनीतिक संरक्षणबाट जोगिन सक्ने भए चरी र घैंटे कारबाहीमा नपर्नु पर्ने थियो ।
दूनियाँले दिपक मनांगे भनेर चिनेको व्यक्तिलाई राजीव गुरुङ बनाइयो । अनि मुक्ति दिइयो । कसले दियो, किन दिइयो ? यो पनि अब खोजी हुनु पर्छ । प्रहरीले मात्रै आफ्नो कर्तव्य पूरा गरेर हुँदैन । आफ्नो कर्तव्य पूरा नगर्नेहरुलाई पनि कारबाही हुनु पर्छ । एउटा गुन्डा प्रहरी कारबाहीमा मारिँदा राजनीतिक कम्पायमान हुन्छ । कुनै निर्दोशलाई प्रहरीले पक्राउ गर्यो वा कारबाही गर्यो भने आउन न नेताहरु हामीसँग । हामी ससम्मान उहाँहरुको कुरा सुन्छौ । हामीले गलत गरेका रहेछौं भने तत्काल सच्याउँछौ । तर आमनागरिकका लागि एक बचन नबोल्ने गुन्डाको मानवअधिकारको कुरा मात्रै उचाल्नेहरुलाई हामी पनि वास्ता गर्दैनौं । उहाँहरुको काम बोल्ने हो बोलिरहनुहोस् । प्रहरीको काम कर्तव्य निर्वाह गर्ने हो त्यो प्रहरीेले गरिरहन्छ । नेताज्यूहरु गुन्डाको हैन जनताको नेता भइदिए राम्रो हुने थियो ।
म काठमाण्डुकै बासीन्दा हुँ । तर मैले बारा, पर्सा, रौतहट, धनुषामा पनि काम गरेको छु । अपहरणमा परेका कैयनलाई उद्धार गरेँ । मलाई मधेसको छोरा भन्ने उपमा पनि जनताले दिए । म जहाँ काम गर्छु त्यहा मैले कानून पालना गराउँने हरसम्भव प्रयास गरेको छु । अनि आफ्नै क्षेत्रमा आउँदा चाहिँ यो गुन्डाराज टुलुटुलु हेरिरहन कसरी सक्छु ? काठमाण्डुमा कसको लुटको साम्राज्य कस्तो छ त्यो मलाई सबै थाह छ । यो मान्छे असल, त्यो गुन्डा, त्यो डन भनेर मलाई कसैले नसिकाए पनि हुन्छ । जसलाई जस्तो व्यवहार गर्नु पर्ने हो न्यायोचित ढंगले प्रहरीले गर्छ ।
यसअघि पनि मैले सर्वसाधारणलाई अपिल गरेको थिएँ । फेरि पनि भन्छु, कुनै पनि टोल वडामा कुनै गुन्डाले दुःख दिएको छ भने मलाई सोझै सम्पर्क गर्नुहोस् । तपाईको गुनासो म आफै गोप्य राख्छु । र दुःख दिने गुन्डालाई तह लगाउँछौ । गुन्डालाई तह नलगाएसम्म मेरो कतव्र्य पूरा पनि हुँदैन ।
(ध्रुव रिजालसँग भएको कुराकानीमा आधारित)kathmandutoday.com

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, भदौ ६ । पछिल्लो समय दिनानुदिन बढीरहेको प्याजको थप आकाशिएको छ । नेपालमा आयात र उत्पादन कम भएपछि भाउ ह्वात्तै बढेको कालीमाटी फलफुल तथा तरकारी बजारले जनाएको छ ।

हाल प्याजको भाउ किलोको १ सय रुपैयाँ पुगेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार यो मूल्य यसवर्षको अहिलेसम्मकै उच्च हो ।

प्याज यो वर्षको सुरुमा किलोको ३५ रुपैयाँ भए पनि वर्षको अन्त्यमा एक सय भन्दा माथि पुगेको हो ।


काठमाडौं, ६ भदौ । सिमाङ्कनमा असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएको आदिवासी जनजाति महासंघले आह्वान गरेको नेपाल बन्दले राजधानीसहित मुलुकभरिको जनजीवन प्रभवित भएको छ ।
बन्द सफल बनाउन बिहानै सडकमा उत्रिएका महासंघका तीन दर्जन बढी समर्थकलाई प्रहरीले पक्राउ समेत गरेको छ ।

बन्दका क्रममा शान्ति सुरक्षा बनाइ राख्न सरकारले पनि उच्च सर्तकता अपनाएको छ । सडक, मुख्य चोक आदि स्थानमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।
राजधानीको नयाँ बसपार्क, चाबहिल, सातदोबाटो, कलंकीलगायतका स्थानमा प्रदर्शनकारीलेव शान्तिपूर्ण रुपमा प्रदर्शन गरेको महासंघका अध्यक्ष नगेन्द्रकुमार कुमालले जानकारी दिनुभयो ।
अध्यक्ष कुमालका अनुसार बन्द बेलुका पाँच बजेपछि खुल्नेछ ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
२०७२ भाद्र ६ आईतवार


फोटो :साउदी अबरबाट काठमाडौं ल्याइएका सञ्जय त्रिभुवन विमानस्थलमा । तस्बिर : दिनेश विक्रम शाह
काठमाडौं :  सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बममाथि गोली प्रहार गरी हत्या गर्ने 'सुटर' भगवान् भनिने सञ्जय स्माइली मगरलाई प्रहरीले आइतबार साउदी अरबबाट काठमाडौं ल्याएको छ ।


इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी भइसकेका मगरलार्इ साउदी जेलबाट केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले साउदी दूतावास र प्रहरीसँगको समन्वयमा नेपाल ल्याइएको हो । (न्यायाधीश बमका सुटर लिन प्रहरी साउदीतर्फ)

बुधबार साउदी अरब गएको सीआईबीको टोलीले आइतबार सञ्जयलार्इ लिएर आएको हो । अर्का सुटर जनकपुरका शिव भनिने करण चौधरीलाई सीआईबीले यसअघि नै पक्राउ गरिसकेको छ।

२०६९ जेठ १८ गते बिहान बगलामुखीको दर्शन गरी फर्र्किएका बममाथि ललितपुर शंखमुलस्थित यूएनपार्क नजिकैको प्लटिङमा गाडी रोकेर गोली प्रहार गरी हत्या गरिएको थियो।बमका साथी राम गिरी र अंगरक्षक असई महेश गिरीमाथि पनि गोली प्रहार भएको थियो।

फैसला प्रतिशोधका कारणले बममाथि गोली प्रहार भएको पक्राउ परेकाको बयानले देखाएको छ। चुरेभाबर राष्ट्रिय एकता पार्टीको नेतृत्व लिन उपाध्यक्ष बाबु थापा भनिने मेघबहादुर थापा र केशव मैनालीबीच विवाद बढेका बेला मुद्दा अदालतमा पुगेपछि न्यायाधीश बमकै एकल इजलासले मैनालीको नेतृत्वलाई निरन्तरता दिने फैसला सुनाएको थियो।


फैसलालाई प्रतिशोधको भावनाले हेरेर बाबु थापाले नै मगरसँग मिलेर न्यायाधीश बमको हत्या योजना बनाएका थिए। बम हत्यामा संलग्न मगरबाहेकका अभियुक्तलाई सीआईबीले २०७१ जेठमा पक्राउ गरेको थियो।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं–राजधानीको ठमेल छिर्ने पीपल बोटबाट उत्तरतर्फ पर्ने सामाखुसी चोक र सामाखुसी चोकबाट पीपलबोटतर्फ लाग्ने सहायक सडकको लगभग बीचभागमा पर्छ कपुरधारा । या भनौं भारतीय दूताबासको मुन्तिर छ प्रहरीको इन्काउन्टरमा परि मृत्यु भएको भनिएका कुमार घैटेको घर ।
त्यही कपुरधारमा रहेको भित्रि गल्लीमा कुमार घैंटेको पहेँले कलरको घर अगाडीको खाली जग्गामा उनको इन्काउन्टर भयो ।

प्रहरीका अनुसार घैंटेले प्रहरीमाथि नै आक्रमणको प्रयास भएपछि उनीमाथि इन्काउन्टर भएको थियो । प्रहरी इन्काउन्टरबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोहि घटनामा घैटेको सहयोगी सुरेन्द्र महर्जन र राजु महर्जनसमेत घाइते भएको प्रहरीको भनाई छ । तर, महर्जनद्वय घैटेको सहयागी नभई गोली चलेको आवाज सुनेपछि घटनास्थलमा पुग्दा प्रहरीले उनीहरुमाथि पनि गोली चलाएको आफन्तको दाबी छ ।
महर्जनद्वय कपुरधारामै व्यवसाय गर्दै आएका दाजुभाई भएको घटनापछि टिचिङ पुगेका कांग्रेस नेता धनराज गुरुङले महर्जनद्वयका आमा सरस्वतीको भनाई उदृत गर्दै संवाददातालाई बताए ।
सरस्वतीका अनुसार सादा पोसाकमा रातो कारमा आएका ५–७ जना प्रहरी बिहानैदेखि घैंटेको घर वरिपरि घुमिरहेका थिए । तर, एकाएक घटना घट्नुको केहि मिनेट पहिले वरिपरिका सबै पसलका सटरहरु बन्द निर्देशन दिँदै गोली चलाइएको त्रिवि शिक्षण अस्पतालको आकष्मिक पक्षमा उपचार गराइरहेका छोराहरुसँगै रहेकी सरस्वतीको दाबी छ ।
गुरुङका अनुसार प्रहरीले सुरुमा घैटे घरबाट निस्कनासाथ गोली हानेको र त्यसलगत्तै घैटे ढलेका थिए । उनी ढलिसकेपछि प्रहरीले टाउकोमा थप ३ गोली हानेको उनको दाबी छ । घटनापछि प्रहरी आफैंले घैंटेको हातमा चाइनिज रिभल्वर राखिदिएको पनि प्रत्यक्षदर्शीले आफूलाई बताएको गुरुङले दाबी गरे ।
उनले प्रहरीको बर्दी लगाउँदैमा मनपरी मान्छे मार्न नपाइने भन्दै छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै छानबिन समिति गठन गरि दोषीमाथि कारबाही नभए आन्दोलन गर्ने चेतावनी समेत दिए ।
यसैबीच काठमाडौं क्षेत्र नम्बर ६ का कांग्रेस सभासद भीमसेनदस प्रधानले प्रहरीले मनपरी रुपमा नागरिकको हत्या गरेको भन्दै सत्यतथ्य कुरा बाहिर ल्याइनुपर्नेमा जोड दिए ।
स्रोतका अनुसार केहि पहिलेमात्रै घैंटेले आफूमाथि सुरक्षा खतरा भएपछि कांग्रेस सभासद जगदिश्वर नरसिंह केसीको सल्लाहमा सुरक्षाको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी समेत थिए ।
साभार : रातो पाती
भदौ ६ । भारतीय क्रिकेटर हरभजन सिंहको आगामी अक्टोबरमा विवाह हुने पक्का भएको भारतीय संचारमाध्यमले जनाएका छन्। चर्चित क्रिकेटर हरभजन सिंह र उनकी प्रेमिका गीता बसरा बीच विवाहा हुने पक्का भएको हो ।
उनकि हुनेवाला बेहुली पंजावी हुन् तर उनको जन्म बेलायतमा भएको थियो। भज्जी र गीताको प्रेमको चर्चा पहिलादेखि नै हुँदै आएका थियो । विवाहको लागि हरभजनको शहर जालंधरको फगवाडा रोडमा होटल बुकिङसमेत भइसकेको बताइएको छ ।

पछिल्लो समएमा धेरै भारतीय खेलाडीहरुले विवाहको मिति तय गरेर बसेका छन् । एजेन्सी ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
दाल तरकारी या अन्य अचार मसलामा राखेर धनियाको पात सेवन गर्ने सामान्य चलन छ । तर बजारमा गएर पनि चाट वा अन्य खानेकुरा खाँदा धनियाको पात मागेर खाने बानी छ भने आजै छोड्नुस्

सही तरिकाले नधोएको धनियाको पातबाट खतरनाक किरा (टेपवर्म) पेटमा पुग्ने र पेट हुँदै दिमाग सम्म पुग्ने विज्ञहरुले बताएका छन् ।
टेपवर्म मस्तिस्कमा पुगेमा मानिसको मृत्यु समेत हुन सक्छ । भारतको ब्याङ्लोरस्थित नेशनल इन्स्टीट्यूट आफ मेडिकल हेल्थ एण्ड न्यू साइन्स (निमहाम्स) का चिकित्सकले गरेको शोधमा यस्तो कुरा पत्ता लागेको हो
यो संस्थामा रहेको एक मात्र ब्रेन म्यूजियममा मस्तिष्क सम्बन्धी शोध भैरहेको छ । यसै क्रममा धनियाँको पातमा किरा पत्याङ्ग्राको संख्या बढी हुने र त्यस्ता पात राम्रोसँग नपखाली खाएमा निक्कै खतरनाक हुन सक्ने चिकित्सकहरुले बताएका छन् ।
होटल वा सडकमा राखिएका खानेकुरा खाँदा धनियाको पात भुलेर पनि खान नहुने समेत उनीहरुको भनाइ छ ।

राम्रोसँग नधोएको धनियाको पात सेवन गर्नु हेलमेट नलगाइ बाइक चलाउनु जस्तै खतरनाक रहेको समेत एक शोधकर्ताले टिप्पणी गरे भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौ, भदौ ६ । आदीबासी जनजाती महासंघले आइतबार(आज) नेपाल बन्दको आह्वान गरेको छ ।
संविधानमा पहिचानसहितको संघीय संविधानको माग गर्दै प्रदेशको सिमाङ्कन र नामांकनको बिरोधमा आदीबासी जनजाती महासंघले बन्दको आह्वान गरेको हो ।
बन्दको कारण धादिङ, चितवन, कास्की, तनहुँ, नवलपरासी, रुपन्देही, मोरङ, सुनसरी, झापालगायतका जिल्लाको जनजीवन प्रभावित बनेको छ ।
काठमाडौंमा भने बन्दको आंशिक प्रभाव परेको छ । बन्दलाई संघीय समाजवादी फोरमले पनि समर्थन जनाएको छ ।
बन्द गराउँदै हिडेका केही बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अरुण पूर्णका नौ जिल्ला भने बन्दको दोहोरो मारमा परेका छन् ।
आफूहरुसँगको सहमति कार्यान्वयन नगरी पहिचान बिनाको प्रदेश निर्माण गरिएको भन्दै संघिय लिम्वुवान पार्टी नेपालले पूर्वका नौ जिल्ला बन्दको आह्वान गरेको हो ।
बन्दको दोहोरो मारमा सुनसरी, मोरङ, झापा, इलाम, पांचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम र धनकुटा जिल्ला परेका हुन् । थारु संघर्ष समितिको बन्दका कारण पश्चिमी जिल्ला पनि बन्दको दोहोरो मारमा छन् ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौँ, भदौ ६ । वैशाख १२ गते गएको भुकम्पपछि बालबालीकाहरुमा यौन दुव्यबहार बढेको छ । विशेष गरी बालीका लक्षीत यौन र्दुव्यबहार बढेको सिबिक्सका बाल संरक्षण अधिकृत प्रदिप डंगोलले बताएका छन् । आइतबार रेडीयो कान्तिपुरसँग काुराकानी गर्दै डंगोलले ८२ प्रतिशत बालबालीकाको अवस्था राम्रो रहेको र बाँकी १८ प्रतिशत प्रभावित भएको बताए ।


तर अचानक यसको संख्या भने बढेको उनले बताए । भुकम्पपछि अभिभावक अन्य काममा व्यस्त हुनुपर्दा कुनजरले हेर्ने र दुव्इबहार गर्नेको संखाया बढेको उनले बताए ।

भुकम्पपछि कतिपय बालबालीकाका परिवारका सदस्यको मृत्यु भएकाले आपतकालीन गृहमा बालीकाहरुको संख्या ह्वात्तै बढेको डंगोलले बताए ।

कार्यक्रमको दौडानमा उनले यदी समाजमा कुनै त्यस्तो दुव्बहार भइरहेको भए हटलाइन मार्फत जानकारी दिए त्यस्ता बालबालीको तरुन्तै उद्धार गर्न सकिने बताए । समाजमा त्यस्ता किसिमका दुव्बहार देखेमा जानकारीका लागी १०३ नम्बरमा फोन गरेर जानकारी दिन सकिनेछ । सिबिक्सको १६६००११००० नम्बरमा फोन गर्न सकिने पनि फोन गरेर सुचना दिन सकिनेछ ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
 चितवनको सौराहाका पर्यटन व्यवसायीहरुले पर्यटनमैत्री प्रशासनको माग गरेका छन् । इलाका प्रहरी कार्यालय रत्ननगरमा हालै सरूवा भएर आएका प्रहरी नायव उपरीक्षक (डिएसपी) जयराज सापकोटाको स्वागत तथा भेटघाट कार्यक्रममा व्यवसायीहरुले पर्यटनमैत्री प्रशासनको माग गरेका हुन् ।
रेष्टुरेन्ट एण्ड बार एसोसिएसन, रेवान सौराहाको आयोजनामा भएको कार्यक्रममा रेवान अध्यक्ष लालवहादुर भट्ट राजनले पर्यटनमैत्री प्रशासन नभएसम्म पर्यटन क्षेत्र फष्टाउन नसक्ने बताए । विगतमा विभिन्न तीता अनुभवहरु भएको उल्लेख गर्दै उनले आगामी दिनमा रत्ननगर प्रहरीले यस्ता कुरामा ध्यान दिन आग्रह गरेका थिए ।

त्यस्तै पर्यटन व्यवसायीहरुले सौराहामा शान्ति सुव्यवस्था कायम गर्ने काममा प्रहरीको सक्रियता बढाइ दिन डिएसपी सापकोटासँग आग्रह गरेका थिए । पर्यटकीय क्षेत्र आफैँमा सुरक्षित क्षेत्र भए पनि समय समयमा केही अराजक व्यक्तिहरुले दुःख दिने गरेको भन्दै व्यवसायीहरुले त्यस्ता व्यक्तिहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन आग्रह गरेका थिए ।
स्वागत कार्यक्रममा प्रहरी नायव उपरीक्षक जयराज सापकोटाले संवेदनशील क्षेत्र भएकाले सौराहामा विशेष सुरक्षा व्यवस्था गरेको बताए । पर्यटन व्यवसायलाई नराम्रो असर पर्ने कुनै पनि क्रियाकलाप प्रहरीले नगर्ने बताए । उनले गुण्डा र दादागिरी नियन्त्रणमा प्रहरी कठोर रहेको उल्लेख गर्दै यस्तालाई गोली ठोकेर मार्नेसम्मको आदेश रहेको जानकारी दिए ।
अन्य कुरामा भने व्यवसायीहरुको समस्याबाट प्रहरी टाढा नभएको उनले बताए । व्यवसायिक एकतामा जोड दिँदै सापकोटाले बृहत्तर हितका विषयमा प्रहरीले सहयोग गर्ने बताए ।
व्यवसायीलाई दुःख दिने जोकोहीलाई पनि कानुनको दायरामा ल्याउने उनले बताए । क्षेत्रीय होटल संघका अध्यक्ष ज्ञानेन्द्रकुमार विष्ट, रेवानका संस्थापक बलराम दाहाल, पूर्वअध्यक्ष पुरूषोत्तम श्रेष्ठ, साना पर्यटन व्यवसायी समूहका अध्यक्ष कृष्ण केसी, भूपेन्द्र अधिकारी, दिपेन्द्र खतिवडालगायतले मन्तव्य राख्दै पर्यटन क्षेत्रको विकासका लागि प्रशासन र व्यवसायीको हातेमालो आवश्यक भएको बताए ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, भदौ ६ । बेलायतमा एअर शो गरिरहेको बिमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।
शोरहेममा भएको दुर्घटनामा एक जनाको अवस्था भने गम्भीर रहेको छ । घटनामा १४ जनालाई सामान्य चोट लागेको छ ।

एयर शो गर्दै गरेको विमान नजिकैको राजमार्गमा खस्दा थुप्रैं गाडी निशानामा परेका थिए ।
विमान खस्ने वित्तिकै आगो र धुँवाको मुस्लो देखिएको प्रत्यक्षदर्शीले जनाएका छन् । शोरहेम एयर शोको यो दोस्रो दुर्घटना हो । सन् २००७ मा पनि यस्तै शोका क्रममा दुर्घटना भएको थियो । (एजेन्सी) भिडियो हेर्न तलको बाकस थिच्नुहोस
। प्रेम र त्यसपछिको आनन्दले मृत्युको सङ्घारमा पु¥याउँछ भन्ने थाहा थिएन बुइपा–४ की १५ वर्षीया सुनिता राईलाई ।
महेन्द्रोद्वय उच्च मावि हलेसीस्थित कक्षा ८ मा अध्ययरत सुनिता मङ्गलटार–९ का १९ वर्षीय दीपेन्द्र राईसँग प्रेम बन्धनमा गाँसिएपछि यतिखेर जिल्ला अस्पताल खोटाङको श्ययामा मृत्युसँग लडिरहेकी छन् ।
दीपेन्द्रसँग प्रेम सम्बन्ध बसेपछि सुनिता गर्भवती भइन् । त्यसपछि आफ्नो पेटमा हुर्कदै गरेको करिब तीन महिनाको गर्भ खोल्न प्रेमी दीपेन्द्रले आग्रह गरे । सँगै मर्ने र सँगै बाँच्ने बाचा गरेको प्रेमीको आग्रहलाई अस्वीकार गर्न नसकेर सुनिताले प्रेमीले दिएको गर्भ फाल्ने औषधि खाइन् ।
औषधि खाएपछि अत्यधिक रक्तस्राव भयो र त्यसैले सुनिता मृत्युसँग लडिरहेकी हुन् । गत साउन ३२ गते जिल्ला अस्पताल खोटाङमा भर्ना भएकी सुनिताको अवस्था गम्भीर रहेको अस्पतालका प्रमुख चिकित्सक माधवप्रसाद लम्सालले बताउनुभयो ।
चिकित्सक लम्सालका अनुसार अत्यधिक रक्तस्रावका कारण सुनिताको दुबै मिर्गौलाले काम गर्न छाडेको छ । भर्ना भएको चार दिनपछि अस्पतालले थप उपचारका लागि पठाएपनि उडान अवरुद्ध र परिवारको आर्थिक अवस्था कमजोर भएका कारण सुविधा सम्पन्न ठाउँमा उपचारमा लैजान सकेका छैनन् ।
सुनितालाई माया जालमा फसाएर गर्भ फाल्ने औषधि खुवाउने दीपेन्द्रलाई प्रहरीले पक्राउ गरेको छ । दीपेन्द्रलाई कारबाही गर्नुको साटो सुनिताको उपचारमा भएको सम्पूर्ण खर्च बेहोराउने पक्षमा सुनिताको आफन्त लागिपरेका छन् ।
सुनिताका काका हिमाल राईका अनुसार आर्थिक अवस्था कमजोर भएकाले उपचार खर्च खेपाउनुका साथै सुनितालाई जिम्मा लगाउने तयारी गरिएको छ ।
पक्राउ परेका दीपेन्द्रले सुनिताको उपचार खर्च बेहोर्नुका साथै विवाह गर्ने बताएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो । उहाँले भन्नुभयो, “सुनिताको कम उमेर भएकाले सहमतिमा गर्भपतन गर्ने औषधि खुवाएको दीपेन्द्रले स्वीकारेका छन्, त्यसैले पीडित सुनिताको आफन्तको कुरा बुझेर कारबाही अगाडि बढाइनेछ ।”
त्यसो त जिल्लामा भएको यो प्रतिनिधि घटना मात्र हो । पछिल्लो समय जिल्लामा यस्ता थुप्रै घटना भएका छन् । गाउँमा गर्भपतनका लागि औषधि सेवन गर्ने र पार नलागेपछि जिल्ला अस्पताल आउने गरेको प्रमुख चिकित्सक लम्सालको भनाइ छ ।
“गाउँमा गर्भपतनका लागि जाथाभावी औषधि सेवन गर्ने र पार नलागेपछि अस्पताल आउनेको सङ्ख्या मासिक पाँच/छजना हुन्छ”, लम्सालले भन्नुभयो, “अस्पतालमा वैधानिक तवरले सुरक्षित गर्भपतन गर्ने सुविधा हुँदाहुँदै जथाभावी गर्भपतन गराउनाले ज्यान जोखिममा परेको छ ।” उहाँले थप्नुभयो, “अस्पतालमा गोपनीयता नहुने भन्ने भ्रम छ, त्यो निराधार हो, यसका लागि गाउँगाउँमा सूचना दिनु जरुरी छ ।”
अस्पताल स्रोतका अनुसार पछिल्लो समय सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या वृद्धि भएको पाइएको छ । गत आर्थिक वर्ष २०७१÷७२ मा मात्रै १२९ जनाले सुरक्षित गर्भपतन सेवा लिएको जिल्ला स्वास्थ्य कार्यालयकी पब्लिक हेल्थ नर्स उर्मिला राईले बताउनुभयो । अस्पतालमा भन्दा बाहिरी क्लिनिकमा गर्भपतन गराउनेको सङ्ख्या दोब्बर रहेको स्रोतको दाबी छ । यसमा स्वास्थ्यकर्मीकै मिलेमतोमा अनधिकृत क्लिनिकमा गर्भपतन हुने गरेको जनाइएको छ ।
स्रोतका अनुसार निजी क्लिनिक सञ्चालकले एकपटक गर्भपतन गरिदिएबापत रु ५० हजारसम्ममा लिएको तथ्य खुलेको छ । जिल्लामा १९ वटा निजी क्लिनिक सञ्चालनमा छन् । प्रत्येक क्लिनिकबाट प्रतिदिन पाँच÷छवटा गर्भ रहन नदिने इकोन बिक्री हुने गरेको क्लिनिक सञ्चालकले बताएका छन् । रासस
dainiknepal.com
राम्रो हुन मन छ ? यी यसो गर्नुस्…(तस्विरसहित)

सुन्दर देखिने हरेक मानिसको इच्छा हुन्छ । सुन्दर बन्नका लागि मानिसले धेरै थरिका विधी समेत अपनाउने गर्छन् । मानिसले सुन्दर अनुहार र


छालाको लागि पनि धेरै तरिका तथा विधी प्रयोग गरेका हुन्छन् ।


तर जापानमा प्रयोग गरिने सुन्दर हुने विधी भने गज्जबको छ । जापानमा सुन्दर हुनका लागि अनुहारमा शंखेकिरा हिडाइन्छ । केही शंखेकिरालाई आफ्नो अनुहारमा हिडाइन्छ र सकेसम्म अनुहारको सबै भागमा पुगोस् भनेर ४-५ ओटा शंखेकिरा समेत अनुहारमा राखिन्छ ।

यसरी अनुहारमा शंखेकिरा राख्दा छालामा रहेको मृत कोषहरू हट्छ र छालालाई सुन्दर बनाउँछ ।

यस्तो प्रविधी प्रयोग गर्ने एक बेलायती पत्रकारले आफूलाई यो विधी आफूलाई निकै अनौठो र राम्रो लागेको बताएकी छिन् । उनले आफूले त्यो विधी अपनाउँदा फाइएदा देखेको र निकै अचम्मको अनुभव भएको समेत बताइन् । उनका अनुसार शंखेकिरा अनुहारमा निकै चाडो हिडेको र निकै कडा रूपमा चुस्ने गर्छ । यसले मरेका कोषहरू बाहिर निकाल्छ र छालालाई स्वस्थ्य बनाउँछ । आफुले प्रयोग गरेको उक्त शंखेकिरा आफूहरूले खान प्रयोग गर्ने संखेकिरा जस्तै भएको उनको भनाई थियो ।

हेरौ उनै पत्रकारको अनुहारको छाला कसरी राम्रो बनाइदियो शंखेकिराले… भिडियो हेर्न तलको बाकस थिच्नुहोस
भाद्र ५, २०७२- शिक्षाका लागि केही वर्ष विदेशमा बसेर स्वदेश फर्केकी एक वर्षभित्रै धनाढ्यको सूचीमा परिन्, उनी । तीन दीदीबहिनीमध्ये अब्बल दर्जाकी उनी बुबाको विश्वासपात्र भएकीले सम्पत्तिको हकदार बनिन् ।

चेली/छोरीमाथि विश्वास गर्नु हुन्न भन्ने मान्यता अझै पनि धेरैजसो समाजमा विद्यमान छ । खासगरी हाम्रो जस्तो पितृसत्तात्मक सोच भएको मुलुकमा छोरी भएकै कारण विभेद हुने गरेको छ । अझ छोरीलाई अंश दिनुपर्छ भन्ने कुरा चल्नासाथ धेरै परिवारमा किचलो सुरु हुने गरेको छ ।

तर चीनको ग्वाङडोङका एक जना बुबाले छोरीलाई आफ्नो सम्पूर्ण सम्पत्तिको हकदार बनाएर उदाहरणीय बनेका छन् । यसरी बुबाको सम्पत्ति पाउने भाग्यशाली चेली हुन् याङ हुइयान । यसो त उनीमाथि बुबाले त्यत्तिकै विश्वास भने गरेका होइनन् ।

बुबाले खोलेको कम्पनीमा छोरीले सबै ऊर्जा खर्चिन् र विश्वासपात्र बनिन् । हो, तीनै याङ हुइयान हाल विश्वकै धनाढ्यहरूको सूचीमा परेकी छन् । ३३ वर्षकी उनी चीनको फोसानमा बस्छिन् ।

विवाहित भएर पनि बुबाको उत्तराधिकारीको जिम्मेवारीलाई उनी अत्यन्तै राम्ररी निर्वाह गरिरहेकी छन् ।

फलस्वरूप उनको पिताले खडा गरेको रियल स्टेट कम्पनी ‘दिन दुई गुना रात चौगुना’ उचाइको शिखर चुम्दै आएको छ । अमेरिकास्थित ओहियो स्टेट विश्वविद्यालयबाट कला/विज्ञानमा स्नातक उनको सम्पत्तिको स्रोत अहिले रियल स्टेट बनेको छ ।

फोर्ब्स अखबारका अनुसार सन् २०१५ अगस्ट २१ (रियल टाइम) सम्म याङको कुल सम्पत्ति ४ दशमलव ८ अर्ब अमेरिकी डलर छ ।

चिनियाँ धनाढ्यहरूको सूचीमा अघिल्लो वर्ष उनी १९ औं र यो वर्ष २१ औं स्थानमा रहेकी छन् । सन् २०१४ मा भने उनी विश्वको अर्बपति सूचीमा १९६ औं स्थानमा थिइन् ।

चिनियाँ धनाढ्य महिला र अर्बपति युवाहरूमध्येका उनी अर्बपति बन्नुमा उनको बुबालाई धन्यवाद दिनैपर्छ ।

रियल स्टेट डेभलपर ‘कन्ट्री गार्डेन होल्डिङस’ का संस्थापक बुबा येउङ क्वक केउङबाट उनले सम्पत्ति मात्रै पाइनन्, संघर्ष गर्न समेत सिकिन् । कम्पनीलाई थप उचाइमा पुर्‍याउन उनले आजसम्म पनि भरमग्दुर प्रयास गरिरहेकी छन् ।

याङ अहिले कन्ट्री गार्डेन कम्पनीकी उपाध्यक्ष र बोर्डस गर्भरवेन्स कमिटीका एक सदस्य पनि हुन् । उनी संलग्न कम्पनीले सन् २०१४ मा आफ्नो सेयर बेचेर ४१० मिलियन अमेरिकी डलर उठाउन सफल भयो ।

त्यही वर्ष उनको कम्पनीले सिड्नीमा ६५ मिलियनमा एउटा डेभलपमेन्ट साइट खरिद गर्दै अस्ट्रेलिया प्रवेश गरेको थियो । यसको अर्थ उनी आफ्नो कम्पनीलाई चीनमा मात्रै सीमित राख्न चाहिनन् ।

सन् १९८१ मा चीनको ग्वाङडोङ प्रान्तको सुन्डेमा जन्मेकी उनको सम्पत्तिको स्रोत कन्ट्री गार्डेन होल्डिङसमा प्रमुख लगानी नै हो । हाल उनी चीनकै पाँचौं धनाढ्य महिलाका रूपमा दरिएकी छन् । यति मात्रै होइन एसियाकै सबैभन्दा फुच्ची धनाढ्य महिलाको परिचय पनि पाएकी छन्, याङले ।

धेरैले उनलाई बुबाको सम्पत्तिबाट धनाढ्य बनेकामा खिसी पनि गर्छन् । तर याङको बुबाले अर्बौंको सम्पत्ति कसरी जोडे भन्नेबारे धेरैलाई थाहा नहुन सक्छ अनि छोरीलाई कसरी यत्रो सम्पत्ति हस्तान्तरण गरियो भन्ने चासो पनि धेरैको नहुन सक्छ ।

तर बुबा र छोरीको केमिस्ट्रीले कम्पनी धनी बनेको एउटा यथार्थ हो ।

ग्वाङडोङको बिगुइयुआनमा सन् १९९७ मा खोलेको कम्पनीको ७० प्रतिशत सेयर त्यही केमिस्ट्रीले छोरीको नाममा स्थानान्तरण गरिएको हो ।

त्यसैले त ४० वर्षभन्दा कम उमेर समूहमा अर्बपति बन्ने सूचीमा याङ पनि परेकी हुन् । सिंगापुरमा प्रधान कार्यालय रहेको कन्सटेन्सी ‘बेल्थ–एक्स’ ले गरेको एक सर्वेअनुसार याङसँग हाल ५ दशमलव १ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति रहेको छ ।

उनको बुबाले सम्पत्ति हस्तान्तरण गर्दा ताका उनी २५ वर्ष की थिइन् । यही उमेरमा उनी चीनको सबैभन्दा धनी बनिसकेकी थिइन् । तीन दीदीबहिनीमध्ये उनी दोस्रो हुन् ।

पढाइको सिलसिलामा विदेसिए पनि पछि उनी स्वदेश फर्केर सन् २००५ मा बुबाको कम्पनीमा ‘पर्चेजिङ म्यानेजर’ जिम्मा पाइन्, यसैमा उनी रमाउन थालेकी थिइन ।

तर ओहियो स्टेट विश्वविद्यालयमा मार्केटिङ र लजिस्टिक विषय पढेकी तथा कठोर परिश्रम गर्न कहिले नथाक्ने स्वभावकी याङको कार्यशैलीले कम्पनीमा म्यानेजर बनेको एक वर्षपछि सन् २००६ मा कार्यकारी निर्देशकको जिम्मेवारी पाइन् ।

कलिलै उमेरमा उनी कम्पनीको बोर्ड बैठकमा सहभागिता जनाउन थालेकाले उनले त्यस अवधिमा धेरै अनुभवहरू बटुल्न सफल भइन् । उनको विवाहबारे धेरै चर्चा/परिचर्चा हुने गरेको छ । ती मध्येको एउटा हो, याङले ‘गोप्य’ विवाह गर्नु ।

‘साउदर्न मेट्रोपोलिस न्युज’ का अनुसार याङले सन २००६ मा एक जना वरिष्ट चिनियाँ अधिकारीसँग विवाह गरिन् । उनले आफ्नो पब्लिसिटी कहिले चाहन्छिन्, चाहँदिनन् ।

त्यसैले तामझामका साथ उनले विवाह नगरेको बताइएको छ । तर कसैले उनको वैवाहिक कार्यक्रमको भिडियो इन्टरनेटमार्फत सार्वजनिक गरिदिए ।

त्यो एकाएक चर्चाको विषय बन्न पुग्यो । तर उनी त्यसबाट आत्तिइनन् । एक किसानबाट रियल स्टेट व्यापारको मालिक बने पनि उनको बुबाले आफ्नो धरातल बिर्सेका थिएनन् ।

खेतबाट पर्याप्त आम्दानी नभएकाले बुबाले इँटाभट्टामा पार्ट–टाइम काम कुरोलाई भलै उनले कसरी बिर्सन सक्छिन् ? त्यसैको परिणाम थियो, सादा विवाह समारोह ।

 यति मात्रै होइन बुबाको संघर्षका क्षणहरू उनले नजिकबाट नियाल्ने अवसरसमेत पाएकाले पनि तडकभडकमा उनको विश्वास फिटिक्कै थिएन, छैन ।

बुबाले कसरी केही रकम बचाउँदै ग्वाङडोङ प्रान्तमा पर्ती जग्गाहरू खरिद गरेका थिए, त्यो पनि उनलाई थाहा थियो ।

पछि त्यसैलाई घडेरीका रूपमा विकास गर्दै किनबेच गर्दै जग्गाको ठूलो कारोबारी बनेको कम्पनीको जिम्मेवारीमा रहेको याङको ध्यान अन्यत्र कतै गएन । यही व्यापारबाट उनको परिवार उँभो लागेको हो । कम्पनीलाई उचाइमा पुर्‍याउन सुरुका दिनमा याङले सुझाएको रणनीति महत्त्वपूर्ण बन्न पुग्यो ।

एउटी चेलीले कम उमेरमै कम्पनीलाई शीर्ष स्थानमा पुर्‍याउनु चानचुन विषय पक्कै होइन ।

सन् २००८ मा कम उमेरमै आफू संलग्न कम्पनीलाई छोटो समयमा लोकप्रिय बनाएको र मनग्ये नाफा आर्जन गर्न सफल बनाएकामा उनले ‘चाइना च्यारेटी अवार्ड स्पेसल कन्ट्रिबुसन अवार्ड’ प्राप्त पनि गरिन् ।

विश्वमा धेरै कम महिला होलान्, जसले सानै उमेरमा २० सदस्यीय कम्पनीको बोर्डको नेतृत्व गर्न सक्षम हुन्छन् । तर उनले त्यो पनि गर्न भ्याइन् । त्यसैले त सन् २०१२ मा चीनको सर्वाधिक शक्तिशाली २५ उद्यमीमहिलामा समेत उनी परिन् । फोर्ब्स अखबारका अनुसार याङ सन् २०१५ मा विश्वको अर्बपति सूचीमा ३०९ स्थानमा रहेकी छन् ।
चितवन, ५ भदौ । नेपाल प्रहरीका चर्चित एसएसपी रमेश खरेल समाजसेवामा लाग्नुभएको छ ।
चितवनको गामवेसीमा रहेको चेपाङ संरक्षण केन्द्रमा आश्रित बालबालिकाहरुको दीर्घकालिन भरणपोषणको लागि अक्षय कोष निर्माण गर्ने घोषणा गर्दै एसएसपी खरेलले समाजसेवाको थालनी गर्नुभएको हो ।

उहाँले भन्नुभयो-‘आर्थिक रुपमा कमजोर बालबालिकाहरुका लागि उहाँहरुले गरेको काम मलाई चित्त बुझ्यो, यस्ता कार्यमा मेरो इच्छा पनि छ, उहाँहरुसँग मिलेर चाँडै नै अक्षय कोष खोल्ने तयारीमा छु ।’
हाल मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरका प्रमुख रहेका एसएसपी खरेलले स्थानीय अगुवाहरुको समन्वयमा अक्षय कोष खोल्न लागेको जानकारी दिनुभयो ।
उहाँले महिनाको एकपटक केन्द्रमा आश्रित चेपाङ बालबालिकाहरुलाई मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र लैजाने र विभिन्न खेलकुदका कलाहरु सिकाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
२०७२ भदौ ५ गते
५ भदौ, कैलाली । कैलालीको दुर्गौली-९ तौरहियापुरमा अखण्ड सुदूर पश्चिम र थरुहट पक्षधरबीच झडप भएको छ । झडपमा १७ जना घाइते भएका छन् ।
लम्कीबाट अखण्ड सुदूर पश्चिमको माग गर्दै निकालेको मोटरसाइकल र्‍याली टिकापुरतर्फ जाँदै गर्दा दुर्गौली-९ तौरहियापुरमा थरुहटका प्रदर्शनकारीले रोकेपछि झडप भएको हो । झडप परी ३ जना प्रहरी र १४ जना प्रदर्शनकारी घाइते भएका छन् ।

ढुंगा लागेर घाइते भएका प्रहरी जवान रमेश खड्काको मेडिकल कलेज कोहलपुरमा, आँखामा चोट लागेका प्रहरी जवान पदमबहादुर बोगटीको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको छ भने प्रहरी जवान बिष्णु भण्डारीको खुट्टामा सामान्य चोट लागेको छ । घाइते भएका अखण्ड सुदूर पश्चिम पक्षधर १४ जना प्रदर्शनकारीको टिकापुर अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै टिकापुर नगरपालिका-९ स्थित अस्पताल अगाडि बा.२ ब ७०६ नम्बरको सरकारी मोटरसाइकल र जोशीपुर-४ झबईमा पत्रकार नवराज खनाल से.३ प १२७९ नम्बरको मोटरसाइकलमा थरुहटका प्रदर्शनकारीले शुक्रबार आगजनी गरेका छन् ।
यसैगरी दुर्गौली-९ मा से.२ प ४०१९ र से.४ प १७२५ नम्बरका मोटरसाइकल तथा दुगौंली-२ बस्ने गङ्गा राम सन्ज्यालको घरको कम्पाउण्डभित्र रहेको ट्याक्टरमा थरुहटका कार्यकर्ताले शुक्रबार आगजनी गर्दा मोटरसाइकल र ट्याक्टर पुरै जलेर क्षति भएको छ ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, भदौ ५ । नेपाली चलचित्र क्षेत्रमा विगत डेढ दशकदेखि नायिकाको रुपमा आफ्नो फरक क्षवीलाई स्थापित गर्न सफल नायिका हुन् रेखा थापा । थापाले शनिबार आफ्नो ३२ वर्षे जन्म दिन मनाएकी छिन् । १२ वर्ष अघि नेपाली चलचित्रमा आवद्ध रेखा निरन्तर जसो नै चर्चा र आलोचनाको केन्द्र बिन्दुमा रहीरहिन् । यसैबिच जन्मदिनको अवसरमा उनले आफू थप परिपक्व भएको बताइन् ।

राजधानीमा जन्मदिन मनाउँदै रेखाले आफ्ना शुभेच्छुक, दर्शक, चलचित्रकर्मी, संचारकर्मी लगायत सबैलाई स्मरण गर्न भ्याइन् । उनले आज आफु उभीएको स्थानमा एक्लै नपुगेको र यसमा सबैको साथले मात्र आफु सफल भएको तर्क गरिन् ।

जन्मदिनकै दिन उनका पुर्व पति छवीलाई समेत सम्झिन नछुटाएकी रेखाले बिहे गरे २ बर्ष भित्रमा गर्ने नत्र नर्गने बताइन् । उनले भनिन् बिहे गर्ने कुरा मेरो हात्तमा छैन तर यो आवश्यक कुरा हो तर वशमा छैन ।

सो अवसरमा उनले आफु कसैको प्रेममा नभएको र कसैकी प्रेमिका पनि नभएको रहस्य खोलीन् । उनले भनीन् मैले जीवनमा चुरा, पोत्ते लगाउन पाएको छैन किनकी कुनै केटाको आँखामा हेर्दा मलाई लाज लाग्छ ।

तस्विर सौजन्य : रेखा थापा

www.etajakhabar.com
एजेन्सी । यौन हाम्रो जीवनको अभिन्न भाग हो। हामी आफ्नो यौनचाहना स्वाभाविक रूपमै पूरा गर्ने प्रयास गर्छौं, यो अधिकारको कुरा पनि हो। प्रत्येक समाजले यसलाई महत्त्व दिएको हुन्छ र यसलाई पूरा गर्न सक्ने
बाटो खुला गरिदिएको हुन्छ। विवाह गर्ने परम्परा समाजमा महत्त्वका साथ स्थापित हुनुको पछाडि यही कारण हुनुपर्छ, तर प्रायःजसो छुट्टिएर बस्दा यौनचाहना शान्त पार्न हामी प्राकृतिक रूपमै वैकल्पिक उपाय खोज्न थाल्छौं। अध्ययनहरूले नियमित यौनसम्पर्क गर्ने व्यक्ति आफ्नो नियमित साथीसँग छुट्टएिर लामो समयसम्म बस्दा यौनचाहना पूरा गर्ने वैकल्पिक उपायका रूपमा अर्को व्यक्तीसँग यौनसम्पर्क राख्ने गरेको देखाएका छन्। यो धेरै किसिमले जोखिमपूर्ण हुनसक्छ। अर्को, सजिलो बाटो भनेको हस्तमैथुन नै हो ।
हस्तमैथुनले सन्तान जन्माउनै नसक्ने हो कि ?

तपाईंको मनमा किन यस्तो कुरा आयो, थाहा भएन। हस्तमैथुन प्राकृतिक यौन क्रियाकलाप हो। यौन आनन्द प्राप्त गर्ने उपायहरूमध्ये यौनअङ्गको घर्षण नै प्रमुख उपाय हो। सम्भोग गर्दा
यौनअङ्गहरू एक-आपसमा घर्षण गराइन्छन्। मानिसले आफ्नो यौन अङ्गको घर्षण अरू कसैको यौन अंगमा गराए मात्र यौन आनन्द पाउँछ भन्ने होइन। सिद्वान्ततः सम्भोग गर्दा र हस्तमैथुन गर्दा यौनअङ्गको घर्षणबाट यौन आनन्द पाउने प्रक्रिया उस्तै हो।

 त्यसैले सम्भोग गर्दा हानि नहुने तर हस्तमैथुन गर्दा हानि हुने भन्न  मिलेन। यसलाई प्राकृतिक नमान्नेहरूमध्ये कसैले यसलाई पापसँग जोडेका छन् भने कसैले खराब स्वास्थ्यसँग, त्यसैले समाजमा अनेक मिथ्या धारणा व्याप्त छन्। हस्तमैथुन गरे अनुहारमा दाग आउने, आँखाको दृष्टि कमजोर हुने, नपंुसक हुने, विवाहपश्चात् आफ्नो यौन साथीलाई सन्तुष्टि दिन नसक्ने वा शीघ्र स्खलन हुन्छ भन्ने जस्ता भ्रम व्याप्त छन्। यसले स्मरणशक्तिमा पनि ह्रास हुने होइन। दिनहुँ यौनसम्पर्क गरेर वीर्य स्खलन गर्दा वा हस्तमैथुन गरेर वीर्य स्खलन गर्दा प्रजनन क्षमतामा असर पर्दैन।
बुझ्नुपर्ने मुख्य कुरा, हस्तमैथुनले स्वास्थ्यसम्बन्धी कुनै हानि-नोक्सानी गर्दैन। मेरो विचारमा हस्तमैथुनसँग तपाईंको पैताला पोल्ने कुराको प्रत्यक्ष सम्बन्ध छैन, त्यो विशेष गरेर तपाईंको मानसिक पक्षसँग सम्बन्धित देखिन्छ।
हस्तमैथुनको उपचार के होला ?
माथी नै भनिसकियो, हस्तमैथुन प्राकृतिक यौन क्रियाकलाप हो। त्यसैले यसको उपचार गर्नुपर्ने आवश्यकता छैन। यो स्वाभाविक रूपमै हुने यौन तनाव कम गर्ने महत्त्वपूर्ण उपाय हो। दुःखको कुरा के भने कतिपय स्थानमा यो प्राकृतिक यौन क्रियाकलापको उपचार गर्ने चलन छ र यसमा प्रशस्त खर्च गर्ने गराउने काम पनि हुन्छ, जुन आवश्यक छैन। अनावश्यक रूपमा चिन्ता वा हीनताबोध गरे त्यसको नकारात्मक असर पर्न सक्छ। यसलाई हामीले मनबाट निकाल्न सक्नुपर्छ
यो स्वाभाविक प्रक्रिया एवं शरीरको मागअनुरूप नै हुने भएकाले यसलाई कम गर्नु वा बन्द गर्नु आवश्यक छैन। शारीरिक रूपमा धेरै परिश्रम पर्ने किसिमका काम वा खेलकुदहरू, यौन उत्तेजना नहुने प्रकारको साहित्य पढ्ने वा आफ्नो सौखका अन्य विषयमा प्रशस्त समय दिनेजस्ता क्रियाकलाप गरेर पनि हस्तमैथुनलाई केही हदसम्म कम गर्न सकिन्छ।
श्रीमतीले कसरी यौनआनन्द प्राप्त गर्ने ?
घर फर्किएका बेला पर्याप्त यौनसम्पर्क हुने बुझिन्छ। यसले पक्कै एकहदसम्म तपाईंकी श्रीमतीको यौन सन्तुष्टिका लागि आवश्यक खुराक पुग्न सक्छ।घर जाने समयको दूरी कम गर्न सकिए श्रीमतीले अनि तपाईंले पनि यौन-सम्पर्कबाट यौनआनन्द प्राप्त गर्न सजिलो हुन्छ।

अर्को पक्ष के हो भने जसरी तपाईंले हस्तमैथुन गर्नुहुन्छ त्यसरी नै श्रीमतीले पनि हस्तमैैथुन गर्नुभए उहाँलाई नियमित रूपमा यौन आनन्द प्राप्त हुनसक्छ । हामीलाई थाहा भएकै कुरा हो, हाम्रा कतिपय अङ्ग-प्रत्यङ्ग यौन संवेदनशील हुन्छन्। हाम्रा केही विशेष अङ्गलाई स्पर्श गर्दा एक विशेष किसिमको यौन सुखानुभूति प्राप्त हुन्छ र त्यसलाई निरन्तरता दिन सकिए चरमसुखसम्म प्राप्त गर्न सकिन्छ। वास्तवमा महिलाहरूको कुरा गर्ने हो भने भगांकुर, योनि, भगक्षेत्र तथा स्तन विशेष किसिमले यौन संवेदनशील हुन्छन्। आफूले मन पराएको व्यक्तिले ती अङ्गको स्पर्श गर्दा यौनआनन्द आउने कुरा एकातिर छ भने आफैंले पनि ती अङ्गको स्पर्श गर्दा, घर्षण गर्दा वा भनौं खेलाउँदा यौन आनन्द प्राप्त हुन्छ ।

व्यक्ति-व्यक्तिअनुसार हस्तमैथुन गर्ने तरिका फरक पर्छ नै। महिलाहरूको हस्तमैथुनमा भगांकुरको घर्षण एक प्रमुख क्रियाकलाप हो। यसमा हात प्रयोग मात्र होइन, जाँधले दबाब दिनु वा अन्य वस्तुमा घर्षण गराउनुजस्ता अनेकौं क्रियाकलाप पर्छन्। महिलामा योनिभित्रै औंला वा केही कुरा पसाएर हस्तमैथुन गर्ने चलन पनि छ। हस्तमैथुन गर्दा उल्लेख्य संख्यामा महिलाहरूले स्तन खेलाउने कार्य गर्छन्। विशेष गरी पश्चिमा मुलुकहरूमा अनेकौं किसिमका यौन प्रसाधन पनि प्रयोग गरिन्छ ।
dainiknepal.com
काठमाडौं, भदौ ५ – दुई दिनअघि प्रहरी इन्काउन्टरमा मारिए राजधानीको सामाखुसी क्षेत्रमा आपराधिक गतिविधि गर्दै आएका डन कुमार श्रेष्ठ उर्फ कुमार घैंटे । कांग्रेस निकट उनी मारिनुभन्दा झण्डै १४ महिना पहिले नै मारिएका थिए एमाले निकट डन दिनेश अधिकारी उर्फ चरी । दुवैको आपराधिक पृष्ठभूमि एकै थियो र संयोगवस उनीहरुको मृत्युपछि नेताहरुबाट एकै प्रकारको प्रतिक्रिया आयो, ‘सुध्रिन खोज्दा पनि प्रहरीले शिकार बनायो ।’ प्रहरी इन्काउन्टरमा चरी मारिँदा नेकपा–एमालेका नेताहरुले चरीको पृष्ठिभूमि जे भए पनि अहिले पार्टीको सक्रिय सदस्य रहेको र सुध्रिने बाटोमा रहेको कुरा उठाएका थिए । अहिले घैंटेको इन्काउन्टरपछि नेपाली कांग्रेसका नेताहरुले पनि सोही वाक्य दोहोराएका छन् । के साँचिक्कै सुध्रिन लागेका थिए त ‘डन’ हरु । दुईवटा डनहरु प्रहरीको गोलीबाट मारिँदा के गर्दैछन् त डन भनेर चिनिएका अन्यहरु ।
के गर्दैछन् अरु डनहरु ?


प्रहरीले धमाधम इन्काउन्टर गर्न थालेपछि राजनीतिक संरक्षण पाएका डनहरु पनि हच्किन थालेका छन् । किनकी अहिले इन्काउन्टरमा मारिएका घैंटे कांग्रेस निकटका थिए भने सरकार पनि उनकै थियो । यस्तै १४ महिना पहिले मारिएका चरिले राजनीतिक संरक्षण पाएका थिए भने आफ्नै पार्टीको मान्छे गृहमन्त्री भएको बेलामा पनि ज्यान गुमाउनु पर्यो । यही कारणले अहिले डनहरुबीच खैलाबैला मच्चिएको छ भने कतिपय ज्यान जोगाउने उपाय खोज्न थालेका छन् ।
हुन त चरी मारिएपछि नै कतिपय डनहरु देश छाडेरै भागेका थिए । बिहिबार मारिएका घैंटे पनि देश छाडेर भाग्दै मलेसिया र भारतसम्म पुगेका थिए भने हाल कारागारमा रहेका बाहुन डनपनि भारतबाटै समातिएका थिए ।
प्रहरीले डनहरुमाथि इन्काउण्न्टर थालेपछि अहिले गुण्डागर्दीमा संलग्नहरुबीच थप खैलाबैला मच्चिन थालेको बुझिएको छ । कोहि निश्क्रिय जस्तै भएर बसिरहेका छन् भने कसैले समाजसेवा र राजनीतिमा आफूलाई सक्रिय भएको बहाना बनाउन थालेका छन् ।
पटक–पटक प्रहरीको मस्ट वान्टेड सुचिमा परेका डनहरु अहिले राजनीति र समाजसेवालाई ढाल बनाएर आफूलाई स्वच्छ छबी भएको आम मान्छेको रुपमा देखाउन उद्दत रहेका छन् ।
गणेश लामा
कुनै बेला गुण्डाहरुको भीडमा काभ्रेली समुहका नाईके भनेर चिनिने गणेश लामा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको खेलकुद विभाग प्रमुख बनेर नेपाली खेलकुदमा भित्रिए । हाल उनी पार्टीको केन्द्रीय सदस्य बनेका छन् । रक्तचन्दन तस्करीहरुको सुचिमा उनको नाम अग्रपंतिमा आउने भएपनि आफुलाई राजनीतीक आवरणले छोप्न विशेष प्रयत्न गरिरहेका लामा ठेकेदार,वा गुण्डा भन्दा पनि खेलकुदलाई समेत प्रयोग गरेर एउटा शसक्त राजनीतिक नेताको रुपमा आफुलाई प्रस्तुत गर्न तल्लिन छन् ।

केहि दिन अघि मात्रै उनी मधेसी जनअधिकार फोरमले गरेको पत्रकार सम्मेलनस्थलमा उनी चिया पिइरहेका अवस्थामा भेटिएका थिए । पूर्व गृहमन्त्री समेत रहेका विजय गच्छदारको छत्रछाँयामा राजनीतिक इनिङको तयारीमा लामा रहेका छन् ।
मिलन गुरुङ ‘चक्रे मिलन’
आपराधिक दुनियाँको चर्चित नाम हो चक्रे मिलन । महाराजगञ्ज एरियालाई आफ्नो क्षेत्र बनाउने उनले अवैध असुलीबाट अकुत सम्पत्ती मात्रै कमाएनन् , बारम्बार पक्राउ पनि परिरहे ।
 mangaeतर, राजनीतिक दवावमा छुट्दै आएका उनी हाल भने आफ्नो आपराधिक गतिविधिलाई छायाँमा पार्दै समाजसेवीका रुपमा आफूलाई चिनाउने प्रयासमा लागेका छन् । बैशाख १२ गते गएको विनाशकारी भुकम्पपछि विभिन्न ठाउँमा पुगेर मिलन गुरुङ फाउन्डेसनको नाममा राहत बाँड्दै आएका उनले घैंटे मारिएको दिन कुरिङनटारमा रिफ्रेस हुन आएको भन्दै फेसबुकमा तस्बीर पोष्ट गरेका थिए । यद्यपी अवैध रुपमा ७ करोड ८ लाख रुपैँया कमाएको भन्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उनीमाथि मुद्दा छ ।

दिपक मनाङ्गे
मनाङका समाजसेवीहरुको साझा चौतारी हो मनाङ मस्र्याङ्गदी क्लव । राजधानीको ठमेल एरियाको गुण्डा नाईके भनेर पहिचान बनाएपनि समाजसेवीको आवरणमा मनाङ मस्र्याङ्गदी क्लबमा उनको आबद्धता छ ।
हाल गुण्डागर्दीबाट निश्क्रियजस्तै रहेका मनाङ्गे डन छविलाई पर्यटन ब्यवसायी र समाजसेवीको रुपमा प्रस्तुत गर्ने प्रयासमा छन् । उनले चलचित्रमा समेत लगानी गरेका छन् ।
तेजेन्द्र गुरुङ
मिलन चक्रेको साख्खे भाई हुन तेजेन्द्र । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनीधी श्याम खड्का मार्फत खेलकुद भित्रीएका तेजेन्द्र हाल नेपाल वादोरीयो करा“ते संघको उपाध्यक्ष पदमा छन् । गुण्डागर्दी र जबर्जस्ती रकम असुलीको आरोपमा पक्राउ पर्दै आएका उनी आफ्नो गुण्डाको पहिचान लुकाउने प्रयासमा छन् ।
र, अरु गुण्डा नाइकेहरु
यस्तै गुन्डा नाईकेहरु, पर्शुराम बस्नेत, अभिशेक गिरीहरुपनि अहिले छायाँमा रहेका छन् । गत वर्षमात्रै उनीहरुले विभिन्न गैरकानुनी काम गरि अकुत सम्पत्ती कमाएको भन्दै विशेष अदालतमा मुद्दा दायर भएको थियो।
यसो त गुन्डागर्दी र असुलीमा चरी र घैंटेभन्दा पनि खतरनाक मानिएका नेपाली सेनाको रेन्जर गणका भगुवा रमेश बाहुन अहिले कारागारमा रहेका छन् । केहि पहिले भारतमा पक्राउ गरि नेपाल ल्याइएका उनलाई प्रहरीले नक्क्ली इन्काउन्टर गर्न लागेको खुलासा भएपछि प्रहरीले सार्वजनिक गरेको थियो । उनी जेलबाट निस्किएपछि कसरी अघि बढ्नछन् त्यो भने हेर्न बाँकी नै छ ।
समग्रमा गुण्डाहरु आफ्नो राजनीतिक र समाजसेवाको आडमा आफूलाई सेफ गराउने अभियानमा लागेको देखिएको छ त्यो उनीहरुको सच्चिने प्रयास हो या प्रहरीबाट जोगिने रणनीतिमात्रै हो त्यो भने भविष्यले नै बताउला ।
www.ratopati.com
चलचित्रमा हट बेडसिन दिएपछि एक्कासी चर्चामा आएकी नायिका बिनु खड्कासँग नेपालपाटी डट कमले गरेको कुराकानीः
केमा व्यस्त हुनुहुन्छ ?
केही समय अघिमात्र चलचित्रमा अभिनय सकेँ । आजभोलि तीजको भिडियो सुटिङमा व्यस्त छु । ७÷८ वटा भिडियोमा अभिनय गरेँ । अझै केही अभिनय गर्न बाँकी छन । नेपाली हिन्दु नारीहरुको महान चाड तीजको गीतमा रमाईलो गर्दै अभिनय गरिरहेको छु ।

तपाई धेरै राम्रो नाच्नुहुन्छ, कहाँबाट सिक्नुभयो ?
त्यो त दर्शकको हेर्ने नजर हो । मैले सकेसम्म अभिनयमार्फत दर्शकलाई न्याय गर्ने गरेकी छु । त्यसका लागि धेरै मिहेनत पनि गरेको छु । सुर्खेतमै डान्स क्लास लिएँ । काठमाडौँ आएपछि काम गर्दै जाँदा निखारता ल्याएँ ।

गीतसंगितमा कसरी प्रवेश गर्नुभयो ?
काठमाडौँमा डान्स प्रतिष्पर्धा थियो । त्यसमा म पहिलो भएँ । सवैले तिम्रो डान्स एकदम राम्रो छ भन्नुभयो । मैले तत्कालै काम पनि पाइहालेँ । सुर्खेतको हरि विष्ट दाइको गीतबाट मैले अभिनय यात्रा थालेकी हुँ । अभिनय गर्न थालेको पाँच वर्ष बितिसकेको पत्तै भएन ।

यसबीचमा के–के गर्नुभयो ?
म्युजिक भिडियो र चलचित्रमा अभिनय गरेकी छु । ‘रोल्पा रोग’ बाट मैले चलचित्रमा प्रवेश गरेकी हुँ । अहिले विन्दास–३ मा पनि अभिनय गरेकी छु ।

अभिनयको क्रममा सवैभन्दा गाह्रो कुन बेला लाग्यो ?
बेड सिन दिँदा एकदम गाह्रो भयो । त्यसैले विन्दास–३ चलचित्रको अभिनय गर्दा नै सवैभन्दा गाह्रो भयो भन्नुपर्छ ।

पहिला नै बेड सिन हुन्छ भनिएको थियो कि वीचमा कथाले माग्यो ?
पहिला बेड सिनको कुरा थिएन । नेपालगञ्जमा सुटिङको क्रममा शुभेच्छाजी र तिम्रो वेड सिन राख्नुपर्ने भयो भनेर निर्देशकले भन्नुभयो । बेडसिन दिनुपर्ला भनेर सोचेकी थिइनँ । बेडसिन अहिलेसम्म मैले गरेकी पनि थिइनँ । नसोचेको कुरा एक्कासी गर्नुपर्दा निकै अप्ठ्यारो भयो । त्यो सिन सायद राखिदैन पनि होला ।

सेन्सरले नै काट्ने गरी कस्तो सिन दिनुभयो त ?
निर्देशकले त्यस्तै गर्नुभयो । मैले पहिलो पटक बेड सिन गरेकी हुँ । जे होस, परिवार बसेर हेर्न मिल्छ । मनिष र शुभेच्छा तथा राकेश र मेरो बेडसिन छ । चलचित्र हेरेर प्रतिक्रिया दिन म सम्पूर्ण दर्शकलाई अनुरोध गर्दछु ।

भनेपछि फिल्ममा आउन जे भएपनि ठीकै छ भन्नुभयो हैन ?
त्यस्तो त हैन । फिल्म नै गर्नका लागि मैले बेडसिन दिनुपर्छ भन्ने छैन । राम्रो गरेर नै स्थापित हुनुपर्छ । बेडसिन नै दिएर अगाडि बढ्ने भए, हरेक कलाकार त्यसरी नै अगाडि बढ्थे होला । नकारात्मक भन्दा पनि सकारात्मक रुपमा नै जानुपर्छ । बेड सिनको बारेमा म आफैँ पनि कन्फ्युज भइरहेकी छु । जुन रुपमा मिडियामा प्रचार गरियो, त्यसले नराम्रो पारेको छ ।

अव कसरी अगाडि बढ्ने सोचिरहनुभएको छ त ?
चलचित्रको अफरहरु आइरहेका छन । स्टोरी हेरेर मात्र अव काम गर्छु ।

भनेपछि विन्दास–३ बाट धेरै पाठ सिक्नुभयो ?
हाँस्दै, धेरै कुरा सिकियो ।

नयाँ नायिकालाई तपाईको सुझाव के छ ?
धेरै कुरा बुझेर, सल्लाह, सुझाव लिएर मात्र आउनुहोस भन्न चाहन्छु ।

लभ के हो ?
लभ विना कोही पनि अगाडि बढ्न सक्दैन । तर लभको परिभाषालाई संकुचित रुपमा लिने गरिएको छ । लभलाई उमेर पुगेका केटा र केटीको विषयमा मात्र हेरिन्छ । त्यो गलत हो । लभ त आमा, बुबा, दाजु, भाई, दिदी, बहिनी सवैसँग हुन्छ ।

अन्त्यमा ?
विन्दास–३ मा मेरो नाम नकारात्मक रुपमा आएको छ । जसरी प्रचार गरियो, त्यसरी मैले अभिनय गरेको छैन । तपाईहरुले चलचित्र हेरेर मुल्यांकन गरिदिनुहोला । साथै मेरो विचार राख्ने अवसर दिनुभएकोमा नेपालपाटी डट कमलाई धन्यवाद । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं । महिला पुरुषको सहवासले नै संसारको सिर्जना भएको इतिहासले भनेको कुरा हो । यो कुरा साँच्चै पनि हो । पुरुष र महिलाको सहवासले नै संसारमा नयाँ मान्छेको आगमन हुन्छ ।
हाम्रो समाजमा आफ्नो वंश परम्परा जोगाउन बच्चा जन्माउने गरिन्छ । जसका लागि युवायुवती विवाह बन्धनमा बाधिन्छन् । विवाह बन्धनमा बाधिएपछि वंश परम्परा जोगाउन बच्चा जन्माउने योजना बनाईन्छ ।
बच्चा जन्माउन विवाह भएका दम्पत्ती यौन सम्बन्ध राख्ने गर्छन् । तर, कुन तरिकाको यौनसम्पर्कले बच्चा जन्मिन्छ भन्ने कुरा हाम्रो समाजमा कमैलाई थाहा होला ।
तर, अध्ययनहरूले सन्तान नजन्मिनुमा कतिपय अवस्थामा यौन आसनले पनि यसमा ठुलो भूमिका खेल्ने कुरा देखाएको छ । यहाँ उल्लेखित केही आसनहरूलाइ अनुसरण गरि सेक्स गरेमा महिला गर्भवती हुन सहज हुने कुरा एक अध्ययनले समेत देखाएको छ ।
१) मिसिनेरी पोजिशन : सेक्सको यो तरिकालाइ फेस टु फेस एरेन्जमेन्ट भनिन्छ । यसमा सम्पर्क गर्दा दुबै जनाको शरिरको कन्ट्याक हुन जरुरी रहन्छ । यसरी यौनसम्पर्क गर्दा महिलाको यौनाङ्ग खुल्ने र योनीको मुख केही तलतर्फ झर्ने भएका कारण पुरुषको शुक्रकिट महिलाको पाठेघरसम्म जानलार्इ सजिलो हुन्छ ।
२) डगी पोजिशन : यस पोजिसनमा सेक्स गर्दा महिलाको पछाडि पुरुष रहने गर्दछ । यसरी सम्पर्क गर्दा स्पार्महरू सरभिक्समै छोडिन्छ, जसका कारण महिलाको गर्भ रहने सम्भावना धेरै हुन्छ ।
३) बटरफ्लाई पोजिशन : अर्को आसन बटरफ्लाइ हो । यसमा महिलाले खुट्टा खुम्च्याउनुपर्ने हुन्छ । डिप पेनेट्रेसनको लागि महिलाको खुट्टा पुरुषको काँध माथि रहने गर्दछ । यसले पनि महिलामा गर्भ रहने सम्भावना धेरै नै हुने गर्दछ ।
४) रियर इन्ट्री पोजिशन : रियर इन्ट्री पोजिशनमा महिलाहरू घोप्टो पर्छिन र घुँडा टेकेर बस्दछिन् ।
५) ग्लोइङ ट्रयाङ्गल पोजिशन : त्यसैगरि अर्को आशन ग्लोडङ ट्रयाङ्गल हो । यस आशनमा पुरुषले उठेर महिलालाई काखमा राखेर सन्तान उत्पादनको लागि सहयोग गर्दछ ।
६) स्पुनिङ्ग पोजिशन : त्यस्तै अर्को आशन हो स्पुनिङ्ग । यो आशन दुई तरिकाले गर्न सकिन्छ । यसमा दुई जना नजिकै भएर तथा अलिक टाढा बसेर । खासगरि यसमा पुरुष वा महिला अर्ध उभिएको वा अर्ध बसेको अवस्थामा रहन्छन् ।
यस्ता उपायहरू अवलम्बन गरेमा सन्तानको चाहना दम्पतीले चाँडै पूरा गर्न सक्ने अनुसन्धानकर्ताहरूले जनाएका छन् । यो अनुसन्धान अमेरिकामा गरिएको थियो । एजेन्सीको सहयोगमा
dainiknepal.com
राजधानीको बन्द जेलमा छन् यी डेढ वर्षका अवोध बालक, जान्नुहोस् कारण !
२०७२ भदौ ५ गते
एजेन्सी । डेढ वर्षको बालक भनेको बोल्न खान केही पनि जानेको हुँदैन् । जसलाई यहाँ जेलमा राखिएको छ । उसको दोष पनि केही छैन् तर, पनि उनी कानुनी अड्चनका कारण अवोध अवस्थामै जेलमा बसिरहेका छन् ।

घटना हो भारतको राजधानी नयाँ दिल्लीको । नयाँ दिल्लीको भोपालमा डेढ वर्षका अवोध बालक एक्लै जेलमा बस्न बाध्य छन् । पति विकासको हत्या आरोपमा पुलिसले १० अगस्तमा सरस्वतीलाई गिरफ्तार गरेर जेल पठाएका थिए । जेल पठाएको केही दिनमै सरस्वतीले जेलमा विष सेवन गरिन्, जसकारण उनको उपचारकै क्रममा मृत्यु भयो । त्यसपछि यी डेढ वर्षीय बच्चा आयुषलाई सप्ताह सेजेल जेलमा बन्द कोठामा राखिएको छ । आमासँगै जेलमा राखिएका यी अवोध बालक अहिले बेसाहरा बनेका छन् ।
अहिले यी अवोध बालकका हजुरबा राम प्रसाद अहिरवार र हजुरआमा आनन्दी बाई उनलाई जेलबाट घर लग्नका लागि कसरत गरिरहेका छन् । आयुषका हजुबा–हजुरआमा जब जेल जान्छन् तब उहाँ उनीहरुलाई भनिन्छ कि अदालतको फैसला आउने वित्तिकै आयुषलाई उनका परिवारको जिम्मा लगाइनेछ । छोराको हत्या र बुहारीको आत्महत्यापछि बेसहारा हजुरबा–हजुरआमा अहिले नाती आयुषलाई पाउन दिनदिनै कारागार धाइरहेका छन् ।
बेसाहारा दम्पत्तीका अनुसार उनीहरुलाई थाहा छैन् कि जेलभित्र आयुष कुन अवस्था बसिरहेको छ । कस्ले उनको पालन–पोषण गरिरहेको छ । उनीहरु दिनदिनै जेलरसँग नाती पाउन हारगुहार गरिरहेका छन् ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
२०७२ भदौ ५ गते १४:३१
५ भदौ, भैरहवा । रुपन्देहीको सीमा नाका बेलहियामा लागुऔषध चरेससहित दिदी बहिनी पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा बाग्लुङ्ग निसी ९ की २९ बर्षीया बिमला घर्तीमगर र निसी ७ की ३२ बर्षीया कुमारी घर्ती मगर छिन् । उनीहरु ठुली आमा र सानी आमाकी छोरीहरु हुन् ।

बुटवल बसपार्कबाट पौने दुई किलो चरेस लिएर भारतको चन्डीगढ जाने क्रममा उनीहरुलाई सीमा क्षेत्रमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । मानव बेचविखन बिरुद्ध कार्यरत संस्था केआई नेपालले सोधपुछको क्रममा उनीहरुको झोलाबाट लागुऔषध भेटिएपछि ईलाका प्रहरी कार्यालय बेलहीयालाई बुझाइएको हो ।
भारतको विन-विन कम्पनीमा जागिर गर्न जान लागेको बताउने उनिहरुलाई परामर्श दिने क्रममा लागुऔषध फेला परेपछि प्रहरीलाई खबर गरिएको केआई नेपाल रुपन्देहीकी ईन्चार्ज तारा सापकोटाले जानकारी दिइन ।
आफ्नो मामा विकास धर्ती मगरको आग्रहमा बुटवल बसपार्कबाट मामाको साथीले दिएको चरेस भारताको चण्डीगढमा पुर्ाउने जाने क्रममा पक्राउ परेको बिमला घर्तीमगरले अनलाइनखबरलाई बताइन् ।
पक्राउ परेका दुवै दिदी बहिनीलाई लागुऔषध मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र ढकालले बताए ।
विन-विन कम्पनीले नेटवर्किङ्ग व्यवसाय गर्ने गर्दछ । कम्पनीबाट सयौं नेपाली ठगिएको उजुरी परेपछि प्रहरीले विन-विन कम्पनीमा जान कडाई गरेको छ । कतिपय नेपाली चेलीहरुलाई विन-विन कम्पनीमा रोजगारी दिने भन्दै अन्यत्र लगेर बेचबिखन गर्ने गरीएको आशंका मानव बेचबिखन बिरुद्ध कार्यरत संस्था र प्रशासनको छ ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
छानबिन आयोग नबनेसम्म घैंटेको शव नउठ्ने
केसीले भने– गृहमन्त्री आफैं अपराधी हुन्, उनीसँग के आशा गर्ने ?

काठमाडौं, भदौ ५– प्रहरी ‘इन्काउन्टर’ मा मारिएका कुमार घैंटे प्रकरणमा छानबिन आयोग नबनेसम्म शव नउठ्ने भएको छ । उनको शब अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।


नेपाली कांग्रेसका सभासद तथा नुवाकोट कांग्रेसका सभापाति जनदिश्वर नरसिंह केसीले घटनाको न्यायिक छानबिन आयोग नबनेसम्म घैंटेको शब नउठ्ने बताए ।
‘कुमारले बाँच्न पाउँ भन्दै एक महिनाअघि राष्ट्रिय मानवअअधिकार आयोगमा उजुरी हालेको थियो, एउटा मान्छेले म सुध्रिएर बाँच्न चाहन्छु भनेर भन्दाभन्दै कानुविपरित प्रहरीले मार्न पाउँछ ?’, प्रश्न गर्दै केसीले रातोपाटीसँग भने, ‘घटनाको न्यायिक छानबिन आयोग गठन भएसम्म परिवारले उनको शब बुझ्दैनन् ।
उनले प्रहरी मुठभेटमा नभई कुमारलाई षड्यन्त्रपूर्वक हत्या गरिएको भन्दै यसमा गृहमन्त्री बामदेब गौमतकै हात रहेको आरोप लगाए । ‘कुमारलाई षड्यन्त्रपूर्वक मारिएको छ, स्कुटीलाई स्ट्यान्ड लगाउन पाउँदा–नपाउँदै उसलाई तीनतिरबाट गोली हानिएको छ’। केसीले भने, ‘गृहमन्त्री घटनाको ढापछोपमै व्यस्त रहेका छन्, उनले हिजो संसदमा दिएको जवाफ चित्तबुझ्दो छैन, न्यायिक छानबिन समिति गठन नभएसम्म हामी चुप लाग्दैनौं ।’
उनले गृहमन्त्री नै अपराधी भएको विवादास्पद टिप्पणी गर्दै गृहमन्त्रीले संसदमा दिएको प्रष्टिकरण अपराधको ढाकछोपबाहेक अरु केहि नभएको बताउँदै न्यायिक छानबिन नभए परिवारले अन्तराष्ट्रिय मानवअघिकार आयोगमा उजुरी दिने चेतावनी दिए ।
‘पहिला हामी संसदमा न्यायिक छानबिन समिति गठनका लागि दवाव दिन्छौ, त्यो पनि नभए राष्ट्रिय मानवअधिकार आयोगमा छानबिनका लागि उजुरी दिन्छौं, त्यो पनि नभए आवश्यक सबै कागजातका साथ अन्तराष्ट्रिय मानवअधिकार आयोज जानुको विकल्प रहँदैन’, उनले भने ।
उनले कुमारले अदालतबाट सबै घटनामा सफाइ पाएको दाबी गर्दै उनले एक निर्दोष नागरिक मारिएकोमा आफूले विरोध गरेको बताए । विगतमा एमाले निकट गुण्डा नाइके चरिलाई पनि नक्कली इन्काउन्टरमा मारिएको भन्दै यी दुबै घटना गैरन्यायिक भएको उनले दाबी गरे । घैंटेको गत बिहिबार सामाखुसीस्थित कपुरधारामा प्रहरी इन्काउन्टरमा मृमत्यु भएको थियो ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
सन १९९९ मा महेश मन्जिरेकरले लेखेको र आँफैले निर्देशन गरेको फिल्म “वास्तव” बलिउड फिल्म् उध्धोगमा चर्चित थियो। यो फिल्म रियल क्रायम ड्रामाको रूपमा हिट रहयो। भन्निछ यो फिल्मले मुम्बई अन्डरवल्ड छोटा राजनको जिन्दगीको केहि मात्र प्रातिनिधित्व गर्छ। यो फिल्म भारत लगायत अन्य देशमा चर्चित रहयो। फिल्मका मुख्य नायक थिए सञ्जय दत्त यी नायकले मुम्बईमा कसरी डनहरु जन्मन्छन ? डनलाई कसले हुर्काउछ ? आफु “रघु” पात्र भनेर जीवन्त अभिनय गरेका थिए।


लेखक
मोहन राज बराल” मुन”
आज भन्दा करिब १६ बर्ष अघिको यो फिल्मले त्यो बेलाको भारतको राजनैतिक परिद्रश्यको पनि झल्को प्रस्तुत गरेको छ। बिश्लेषकहरूका अनुसार यो फिल्मको शिर्षकले कथालाई न्याय गरेको थियो।

हाल नेपालमा “वास्तब” फिल्मको रिलको परिदृश्य रियलमा देखिएको छ। लाग्छ अहिलेको हाम्रो राजनिति भनेको पहिलाको भारतको राजनीति जस्तै छ। सिनेमामा देखाउने कथाहरू हाम्रोमा रियल लाईफमा देखिएका छन। उही भारतीय पुरानो राजनीतिको सिको गर्दै यहाँ डन र गुण्डाको जन्म कुण्डली त नेताको हातमा भएको झै लाग्छ । काम पर्यो जन्मायो अनि काम सकियो इन्काउन्टर। पोहोर साल यहि समय चरी उड्यो सदाको लागी।फेरि यसपालि घैँटो फुटेको छ । के इन्काउन्टरको नाममा चरी उड्दैमा र घैँटो फुट्दैमा के अब समाज आतंक रहित हुन्छ त? यहाँ विषरुपी फल दिने रुखको एउटा/दुइटा हाँगा काट्दैमा केही हुनेवाला छैन जस्तो लाग्छ जबसम्म त्यो रुख जरैदेखि उखाल्न सकिँदैन तब केहि हुनेबाला छैन।

फेरि यहाँ के अच्चम छ भने “चरी”,”घैटे” जो राजनैतिक पार्टीहरूका नेताहरूको संरक्षणमा थिए। ती संरक्षणकर्ता नेता हुन्छन। लाग्छ नेता हुने योग्यता यस्तै हो। आफ्नो राजनैतिक स्वार्थको लागी प्रयोग गरिएकाहरू डन र प्रयोग गर्नेहरू नेता। हामीले २०६२/२०६३ मा संसार थर्काउने गरेर आन्दोलन गर्यौ तर नेता हुन र चुनाव जित्न डनको सहारा लिनु पर्ने गलत संस्कृतिको पनि विकास पनि गरिरहेका छौ।लाग्छ हामीले भारतमा देखिएको पुरानो राजनीतिलाई आत्मसाथ गरिरहेका छौ। फेरि हामी त्यहाँको नयाँ राजनीतिक संस्कारबाट धेरै कोश टाढा छौ। जस्तो कि सन १९९३ अप्रिलमा मुम्बईमा भएको बम ब्लास्ट गरेको आरोपी ,इल्लीगल रूपमा ९ यामयाम पेस्तोल र एके४७ राखेको आरोपमा सन २००० कै “वास्तव फिल्मका वेस्ट एक्टर यी “रघु” त्यहाँ मार्च २०१३ देखि जेलमा छन। यिनी यो भन्दा अघि पनि जेल परेका थिए। यिनका पारिवारिक सदस्य पनि त्यहाँको ठुलो दलको नेता छन र भन्ने हो भने त्यहाँका राजनैतिक पाटीसँग पनि सम्बन्ध छ। तर संजय दत्तको रिहा गर्नको लागी भनेर कतैबाट आवाज उठेन उनि अहिले पनि जेलमा छन।

तर हाम्रा पार्टीहरूमा यस्तो संस्कार छैन। लाग्छ हाम्रो पार्टीहरूमा संग्लन हुनु अपराधबाट बच्नु हो। कानुनको खिल्ली उडाउनु हो। गुण्डा मोस्ट वान्टेटमा खोजीको लिष्टमा हुन्छ तर प्रहरीले मंन्त्री सँगै रहदा या नेता सँगै हुँदा देख्दैन। फेरि नायक संजय दत्त जस्तो केश नेपालमा हुने भए यहाँ अनिश्चितकाल बन्द हुने थियो देश। ठुला ठुला आन्दोलन हुने थियो। तर त्यहाँ केहि भएन। किनकि त्यहाँ राजनैतिक संस्कार राम्रो हुदैछ। त्यहाँ भएको जत्तिको संस्कार यहाँ छैन। लाग्छ यहाँ साँच्चीकै डनहरु त राजनैतिक सत्तामा भत्ता खाएर बसेका छन।

यहाँ आफ्नो स्वार्थ पुर्ति नहुदा सम्म नेताहरुले गुण्डाहरुलाई फुलमाला र अबिरजात्रा गराएर हिडाउँछन, जब स्वार्थ पुरा हुन्छ प्रशासन संग षडयन्त्र गरेर कुकुरको जस्तै मौत मराउछन। आज सम्मको इतिहासले यहि सावित गराउदैछ। ए लोकतान्त्रिक सरकार !!! गुण्डा बनाउने र परिचालन गर्ने राजनीतिका डनहरुको पालो कहिले आउँछ ? के कांग्रेस र एमालेको खम्बा मानिने गुण्डा घैटे र चरीलाई मार्ने योजना प्रहरी कै होला र ? लाग्छ प्रहरी प्रशासनमा चरम राजनैतिक हस्तक्षेप हुन्छ। नेताका संरक्षणमा रहेरका गुण्डाहरुलाई १ घण्टा पनि थुन्न सक्दैन।

यसो भए नेताको आदेश बिना राजनैतिक गुण्डालाई १ घण्टा पनि थुन्न नसक्ने नेपालको प्रहरीले बिना आदेश नेताले पालेका गुण्डालाई मार्ने हैसियत बनायो होला र ? फेरि कानुनको राज्यमा जस्लाई मन लाग्यो उस्लाई सिधै गोली ताकेर मार्ने अधिकार पनि छैन । हिजो चरी, आज घैटे लाई मारे पनि अरु सयौ चरी र घैटे जन्माउनेहरु राजनैतिक डनका मसिहाहरु नै हुन।लाग्छ कमजोर प्रशासन र स्वार्थी राजनैतिक षडयन्त्रबाट नै गम्भिर मानव अपराधहरु भैरहेका छन। कस्तो अच्चम छ भने अहिले इन्काउन्टर गरेर मारियो भनिएको छ। फेरि त्यहि जो मोस्ट वान्टेट छ त्यो प्रधानमन्त्री , मन्त्री या त सभासद या नेतागणसँग हुँदा कहिल्यै किन हिरासद मा लिईदैन? के हामी फलानो नेताको साथमै रहेको मोस्ट वान्टेट पक्डिएको खबर सुनेका छौ? के गम्भीर अपराध गरेको मान्छे नेता प्रधानमन्त्री या नेताहरु सँगसँगै हुँदा हिरासदमा लिनु नेपालको कानुन विपरित हो ? के लाग्छ भने हाम्रो गलत राजनैतिक संस्कारले हामीले वास्तव फिल्मका रघुहरू जन्माउने, हुर्काउने र लास्टमा मराउने प्रथाको अभ्यासमा छौ।

हामी जेल पनि बनाउँछौ। लाग्छ खराब आचरण भएको मान्छे जेल बस्न नपाउनु जेलमाथीको अन्याय नै हो। फेरि सत्य के हो भने अपराधीक मानसिकता भएकोहरूलाई उसले गरेको गल्तीको आभाष नदिलाईकन राजनैतिक पाटीको सदस्यताको पुरस्कार प्रदान गरिन्छ। के लाग्छ भने यहाँ रघु बनाउने हैन कि संजय दत्त बनाउने अभ्यास तर्फ लाग्नु पर्छ। हाम्रोमा राजनिति नाफामुखी व्यापार झै भएकोछ।लाग्छ हामीले सम्मानित सदनमा उठाएको मागले सदनको अपमान गरिरहेका छौं। हामी त्यहाँ आफ्नो भर्र्याङ्को मात्रै कुराहरु गरेर आम जनताको हकहितको लागि चुपचाप छौ। जनता भुकम्प पिडित छन, बाढी पिडित छन्। मानौ सदन यी कुरा उठाउने ठाउँ नै हैन जस्तो भएको छ।

हाम्रो राजनैतिक अभ्यासहरू कस्ता कस्ता छन भने बि.स २०६८ साल तिर हुनुपर्छ चितवनमा जेलर शिब पौडेल मरे। लगत्तै आन्दोलन पो भो। चितवन बन्द नै भो। शहीद घोषणाको माग जोडदार उठयो। फेरि गत बर्ष चरिको लागी त झन सदन नै तात्यो। फेरि यो पाली पनि सहिद घोषणा गर्नु पर्छ भनिएको छ। यस्तो आन्दोलनले जग हँसाउने मात्रै काम गर्छ । यसले दालमा कुच काला हे भन्ने कुराहरूलाई छर्लड्ग पार्छ। यो नुनको सोझो गरे झै मात्रै हो। फेरि यो गोहीको आँशु चुहाउनु बाहेक केही हैन। यस्को पनि माग हुन्छ यस्तो पनि आन्दोलन हुन्छ। लाग्छ यो गणतन्त्रमा सहिदको अर्थ गलत हुदैछ। “जेलमा बैरीको झडपमा पर्ने शहिद रे। देशको लागि प्राण त्याग्ने शहिद हुन्छ भन्थे यो गणतन्त्रमा अब अतितमा गुण्डागर्दी गर्ने समाजमा आतंक मच्चाउने पनि शहिद रे।”

यसरी शहिद घोषणाको माग राखेर आन्दोलन गर्दा स्वर्गमा रहेका हाम्रा सहिदहरू गँगालाल , शुक्रराज, धर्मभक्त र दशरथ चन्द्रलाई कति औडाहा चल्दो हो। सदनमा उठेको हंगामा हेर्दा सबैलाई याद दिलाउछ। कवि भुपि शेरचनले सहिदहरूको सम्झना कवितामा लेखेको “धरतीले मुख लाजले छोप्ला,आकाशले धिक्कार्ला”भन्ने पंक्ति। भिडियो हेर्न तलको बाकस थिच्नुहोस
बन्दकर्ताद्वारा दुईवटा ट्रकमा आगजनी, यात्रुबाहक बसमा तोडफोड
राजविराज- पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको भारदह-पोर्ताहा सडक खण्डमा शनिबार बिहान बन्दकर्ताले दुई वटा मालबाहक ट्रकमा आगजनी गरेका छन्। उनीहरुले यात्रुबाहक बसमासमेत तोडफोड गरेका छन्।


बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले पोर्ताहा-५ स्थित सडकमा ना३ख ७३०० नम्बरको मालबाहक ट्रकमा आगो लगाइदिएको संयुक्त आन्दोलन परिचालन समित क्षेत्र नम्बर २ का अध्यक्ष वीरेन्द्र माझीले जानकारी गराए। आगजनीका कारण ट्रक पूर्णरुपमै क्षतिग्रस्त भएको छ। उक्त ट्रक पश्चिमबाट पूर्वतर्फ गइरहेकेा थियो।

त्यस्तै पूर्वतर्फ गइरहेको ना४ख ४२६६ नम्बरको यात्रुबाहक बसमा समेत बन्दकर्ताहरुले अन्धाधुन्ध ढुंगामुढा गरेका छन्। यात्रुसमेत रहेकेा बसमा ढुंगामुढा गर्दा बस अनियन्त्रित भएर भारदह–१ स्थित सडकमा पल्टिएको थियो।

बस पल्टिँदा १४ जना यात्री घाइते भएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी नारायणप्रसाद चिमरियाले जानकारी गराए। घाइतेहरुमध्ये ५ जनालाई उपचारका लागि राजविराज पठाइएको र बाँकी ९ जना प्राथमिक उपचार पश्चात फर्किसकेको उनको भनाइ छ।

यता बन्दका कारण शनिबार छठौं दिन पनि सप्तरीको जनजीवन ठप्प छ। सदरमुकाम राजविराजसहितका बजारहरु पूर्णरुपमा ठप्प हुँदा सर्वसाधारणलाई दैनिक उपभोग्य सामग्रीसमेत खरिद गर्न गाह्रो भइरहेको छ।

यातायात, कलकारखाना, उद्योग व्यवसाय, निजी तथा सरकारी बैंक एवम् वित्तिय संस्था, सरकारी तथा गैरसरकारी कर्यालय, शैक्षिक संस्था पूर्णरुपमा ठप्प हुँदा जनजीवन कष्टकार बन्दै गएको छ। हजारौं बालबालिका पढन पाउने अधिकारवाट वञ्चित भएका छन्।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home