• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
१ जेठ, काठमाडौं ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालमा उत्पन्न प्राकृतिक प्रकोपको प्रभावको स्थितिमा राहत र पुनःस्थापनाका लागि आवश्यक सहयोग गर्न तयार रहेको सन्देश दिएका छन् ।


मध्य तथा दक्षिण एसियाका लागि अमेरिकी सहायकमन्त्री निशा विश्वाल देसाइँले आज प्रधानमन्त्री सुशील कोइरालासँग भेटी सो सन्देश सुनाएका हुन् ।

भेटपछि प्रधानन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा दिनेश भट्टराईले पत्रकारहरुलाई सहायकमन्त्री देसाइँले दुःखको अवस्थामा नेपालको प्राथमिकतामा रहेर राहत, पुनःस्थापना र पुनःनिर्माणका लागि सहयोग गर्न तयार रहेको बताउनुभएको जानकारी दिए ।



देसाइँले अबको निर्माणलाई कसरी बलियो बनाउने भन्नेबारेमा आफूसँग भएका अनुभवका आधारमा सहयोग गर्ने र यस काममा नेपाललाई सफलता मिलोस् भनी कामना गरेका थिए ।

सो अवसरमा तीन दिनदेखि हराइरहेको अमेरिकी हेलिकोप्टरको खोजीका विषयमा पनि कुराकानी भएको र खोजीका लागि भएका सबै प्रयासका बारेमा अवगत गराइएको थियो । भेटमा नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लु बोडी पनि उपस्थित थिए । राससwww.nepaliheadlines.com
१ जेठ, काठमाडौं । काभ्रे जिल्लाको सिमथली- ८ निवासी विष्णुमाया भण्डारी १०४ वर्ष पुगेकी थिइन् । शताब्दीसम्मको जीवन बिताएकी विष्णुमायाको इहलीला वैशाख १२ गतेको भूकम्पले समाप्त पारिदियो ।
त्यस्तै गोरखा मुच्चोक-२ निवासी हरिमाया देवकोटा पनि १०४ वर्ष पुगेकी थिइन् । भूइँचालोले उनलाई पनि यो भन्दा बढी बाँच्न दिएन ।
काभ्रेको चण्डेनी मण्डन गाविसका गुठी माझी १०२ वर्ष पुगेका थिए, उनको पनि बैशाख १२ गतेको भूकम्पमा परेर निधन भयो ।

विष्णुमाया, हरिमाया र गुढी माझीहरु त १ सय वर्ष कटिसकेका थिए, तर महाभूकम्पमा परेर नवजात शिशु र कलिला बालवालिहरुले जीवनको रहस्य नै बुझ्न नपाई ज्यान गुमाएका छन् ।
गोरखा थुृमी ५ का दलबहादुर ढकालका छोराको उमेर ३ महिनामात्रै भएको थियो, भूकम्पले यी शिशुलाई पनि लगी छाड्यो ।
गोरखा सौरपानी ९ की रितू गुरुङको न्वारान भएको धेरै भएसकेको थिएन । जन्मेको १ महिनामै वैशाख १२ गतेको भूकम्पले उनलाई किच्यायो । गोरखाकै आरुचनौटेका दिवश श्रेष्ठले ५ महिनाको उमेरमै ज्यान गुमाए ।
भूकम्पमा परेर ज्यान गुमाउने बालबालिका, युवा र ज्येष्ठ नागरिकहरुको उमेरका आधारमा वर्गीकरण हुन बाँकी छ । तर, अहिलेसम्म प्राप्त नामावली र उमेर समूहका आधारमा हेर्दा १० वर्षभन्दा मुनिका एक हाजरभन्दा बढी बालबालिकाले भूकम्पमा परेर ज्यान गुमाएका छन् । यसमा काखे बच्चाहरुको संख्या पनि प्रशस्तै छ ।
पुरुषभन्दा महिला बढी
हालसम्म भूकम्पमा परेर ८ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । यीमध्ये ३ हजार ७ सय ४६ जनाको सूची नेपाल प्रहरीले उमेर तालिकासहित सार्वजनिक गरेको छ ।
करिब ३७ सय मृतकमाथि गरिएको विश्लेषणमा महिलाको संख्या २१ सय र पुरुषहरुको संख्या १६ सयको हाराहारीमा देखिएको छ, यसमा महिला र बालबालिकाको संख्या दुर्इतिहाइ छ
प्रहरीले सार्वजनिक गरेको सूचीका आधारमा विश्लेषण गर्दा भूकम्पमा परी ज्यान गुमाउनेहरुमा पुरुषभन्दा महिला बढी देखिएका छन् । गाउँका महिलाहरु घरधन्दामा व्यस्त रहने भएकाले भूकम्पमा परेको हुन सक्ने अनुमान गरिएको छ । वालवालिकालाई घरभित्र हेरचाह गर्नेमा पनि महिलाहरु नै थिए । प्रायः पुरुषहरु बाहिर काममा निस्कने बेलामा भूकम्प आएको थियो ।
करिब ३७ सय मृतकमाथि गरिएको विश्लेषणमा महिलाको संख्या २१ सय र पुरुषहरुको संख्या १६ सयको हाराहारीमा देखिएको छ । सबै मृतकहरुको सूची आइसकेपछि ठोस विश्लेषण गर्न सकिने भए पनि अहिलेको तथ्यका आधारमा हेर्दा पुरुषको संख्या ४३ प्रतिशत र महिलाको संख्या ५७ प्रतिशतको हाराहारमिा देखिएको छ ।
करिब आधा मृतकहरुमाथि गरिएको अध्ययन अनुसार मृतकमध्ये महिला र बालबालिकाको संख्या जोड्दा दुईतिहाइभन्दा बढी देखिन्छ । ३७ सय मृतकमा महिला र बालबालिकाको संख्या करिब २८ सय छ ।
सात सय बालबालिका, अढाइ सय ज्येष्ठ नागरिक
मृतकहरुको करिब आधा संख्यामाथि गरिएको विश्लेषणअनुसार भूकम्पमा परी मुत्यु हुने १० वर्षभन्दा मुनिका बालबालिको संख्या करिब ७ सय ३५ देखिएको छ ।
भूकम्पमा मृत्यु हुनेहरुको सूचीमा आदिवासी जनजातिको संख्या बढी छ । गोरखा, सिन्धुपाल्चोक, धादिङ, रसुवालगायतका जिल्लाहरुमा भूकम्पको प्रभाव बढी परेकाले आदिवासी जनजातिहरु बढी परेका हुन्
करिब ३७ सय मृतकहरुको सूचीमा ७ सय बढी बालवालिकाको मृत्यु भएको देखिनुले ८ हजारको संख्यामा यो सूची निश्चतरुपमा बढी हुनेछ ।
साथै १० वर्षभन्दा माथि र १४ वर्षमुनिको उमेर समूहलाई पनि जोड्ने हो भने मृत्यु हुने बालवालिकाको संख्या हजारभन्दा बढी हुने देखिन्छ ।
तर, यसलाई संयोग नै मान्नुपर्ने हुन्छ कि वैशाख १२ को भूकम्प शनिबार परेकाले वालवालिकाहरु विद्यालय गएका थिएनन् र उनीहरु सामुहिकरुपमा मृत्युको मुखमा पर्नबाट जोगिए । वैशाख २९ को भूकम्पका बेलामा पनि शैक्षिक संस्थाहरु खुलेका थिएनन् ।
विद्यालय लागेको समयमा भूकम्प गएको भए हामीले ठूलो संख्यामा हाम्रा भावी सन्तती गुमाउने थियौं ।
कति गुमे हजुरबा हजुरआमा ?
उमेरले ८० कटिसकेका वृद्धवृद्धाहरुको पनि सैयौंको संख्यामा कति भूकम्पमा परेर निधन भएको छ । ३७ सय मृतकको नामावलीमाथि गरिएको विश्लेषणमा ८० वर्षदेखि १०४ वर्षसम्ममा २ सय ७४ वृद्धवृद्धाको निधन भएको छ । कूल मृतकको संख्यामा यो उमेर समूहको संख्या अरु बढी हुन सक्छ ।
साथै ७० वर्षभन्दा माथिको मृतकको संख्यामाथि यस्तो विश्लेषण गर्ने हो भने वृद्धवृद्धाको.संख्या हजारभन्दा बढी देखिन्छ ।
गरीखाने उमेरका धेरै
भूकम्पमा परेर गरिखाने उमेरका मानिसहरुको ठूलो संख्यामा मृत्यु भएको छ । ८ हजार मृतकमध्ये वालवालिका र वृद्धवृद्धाको संख्यालाई करीब ३ हजार मान्ने हो भने पनि पाँच हजारको संख्यामा युवा र प्रौढ उमेरका मानिसहरु हामीले गुमाएको स्पष्ट हुन्छ ।
जनजाति समुदायमा बढी क्षति
भूकम्पमा मृत्यु हुनेहरुको सूचीमा आदिवासी जनजातिको संख्या बढी छ । गोरखा, सिन्धुपाल्चोक, धादिङ, रसुवालगायतका जिल्लाहरुमा भूकम्पको प्रभाव बढी परेकाले आदिवासी जनजातिहरु बढी परेका हुन् ।
हाङयुग अज्ञात

मृतकको जातीय वर्गीकरण गर्दै कवि हाङयुग अज्ञातले फेसबुकमा लेखेका छन्-‘जनजातिहरु धेरै मरेका रहेछन्, जनजातिमा पनि तामाङ, नेवार र गुरुङ प्रमुख छन् ।’
भूकम्पपछि एकीकृत वस्ती विकासको कुरा उठिरहेका बेला अज्ञातले भने जनजातिहरु झुरुप्प बस्तीमा बसेका कारण धेरै क्षति भएको हुन सक्ने विश्लेषण गरेका छन् ।
‘जनजातिहरु यसरी ठूलो संख्यामा मर्नुको कारण जनजातिहरु निश्चित ठाउँमा वा बस्तीमा गुजुप्प भएर बस्ने भएकाले हुन सक्छ,’ उनी अगाडि लेख्छन्, ‘छरिएर बस्ने संस्कृति जनजातिमा हुँदो हो त यति ठूलो मानवीय क्षति हुने थिएन ।’
www.onlinekhabar.com
काठमाडौं, जेठ १ – नेपाली कांग्रेसका युवा नेता गगन थापाले युवा स्वयंसेवीसहित मिलेर नुवाकोटको कुमारीमा अस्थायी घर निर्माण गर्ने भएका छन् ।
थापाले दिएको जानकारी अनुसार कुमारीमा ४५ वटा घर निर्माण गर्ने र थप २० घरका लागि जस्ता र बाँस उपलब्ध गराउने योजना बनाइएको छ । अस्थायी घर निर्माण गर्नका लागि थापासहितको टोली आजै त्यस स्थानतर्फ प्रस्थान गर्नेछ । ईन्जीनियरहरुले प्रारम्भिक अध्ययन गरेपश्चात आज ४५ जनाको टोली कुमरीमा जान लागेको हो भने भोली ४० जना युवाहरू थप त्यहाँ पुग्नेछन् । ‘यसका लागि चाहिने जस्ता र वाँस एवं अन्य सामाग्री केहि हामीले जुटाएका छौं भने केहि देशका विभिन्न ठाँउवाट पार्टीका साथीहरूले उपलव्ध गराउनु भएको छ । स्थानीयवासीले काठ उपलव्ध गराउनुभएको छ । स्थानीयवासी र यूवा साथीहरूको संयुक्त स्वयंसेवी श्रमदानमा हामी घर निर्माण गर्ने छौं,’ थापाले आज एक विज्ञप्ति जारी गर्दै भनेका छन् । ‘हामी घर निर्माण गरेर मात्र कुमरीवाट फर्कने छौं । यो पार्टीका साथीहरूको स्वयंसेवी अभियान हो,’ थापाले भनेका छन्, ‘ देशको अन्य क्षेत्रमा यसरी नै भूकम्प प्रभावित जिल्लाका लागि अन्य जिल्लावाट स्वयंसेवी रुपमा एउटा गाँउ निर्माण गर्ने अभियान थाल्ने हो भने अस्थायी ओत निर्माण गर्न सहज हुनसक्छ भन्ने मेरो वुझाई हो ।’www.ratopati.com
काठमाडौं : मंगलबारदेखि हराइरहेको अमेरिकी सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा पलाञ्चोक डाँडामा शुक्रबार फेला परेको छ । एघार हजार फिट उचाइको उक्त डाँडामा हराएको जहाजका केही टुक्रा र तीन शव देखेपछि स्थानीय एक शेर्पाले सेनालाई खबर गरेका थिए। सेनाको हेलिकोप्टर त्यसतर्फ उडिसकेको छ।

उक्त हेलिकोप्टरमा दुई नेपाली सेना र ६ जना अमेरिकी नागरिक थिए।बुधबार र बिहीबार दिनभर आकाश र जमिनमा विशेष अप्रशेन गर्दा पनि विमानको अवस्थाबारे केहीसंकेत फेला परेको थिएन। बिहीबार हेलिकोप्टर सर्चसँगै जमिनमा पनि  पैदल टोलीहरु खटाएर विमानको खोजी गरिएको थियो ।

नेपाली सेना, भारतीय वायुसेना र अमेरिकी सेनाका हेलिकोप्टरले पटकपटक दोलखा  र आसपासको क्षेत्रमा परिक्रमा गर्दा पनि अहिलेसम्म हेलिकोप्टरको इमरजेन्सी लोकेटर ट्रान्समिटर इएलटी सिग्नल पनि पत्ता लागेको थिएन ।

तीन दिनसम्म पनि कुनै सिग्नल फेला नपरेपछि हेलिकोप्टर सुरक्षित भेटिने आस अब लगभग सकिएको ब्रिफिङ सर्च अप्रेशनमा सहभागी टोलीले बिहीबार बेलुका दिएको थियो। वैशाख २९ गतेको शक्तिशाली भूकम्पछि घाइतेको उद्धार गर्न दोलखा जाने क्रममा अमेरिकी सेनाको हेलिकोप्टर सम्पर्कबिहिन भएको थियो ।
annapurnapost.com
१ जेठ, काठमाडौं ।

बैशाख १२ को विनाशकारी भूकम्पका पराकम्पन जाने क्रम २० दिन वितिसक्दा पनि जारी छ ।


आज विहान मात्र अहिले बिहान ७ बजेर २८ मिनेट जाँदा धादिङ केन्द्रविन्दु भएर ५.५ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।

यसअघि बिहान ४ बजेर ६ मिनेज जाँदा दोलखा केन्द्र भएर ४.३ रेक्टरको भूकम्प गएको छ । त्यस्तै दोलखा नै केन्द्र भएर ३ बजेर ३८ मिनेट जाँदा अर्को भूकम्प गएको छ ।
सिन्धुपाल्चोक, जेठ १ । लगातार गएको भूकम्पले सिन्धुपाल्चोकको तातोपानी र लिपिङ बजारको अस्तित्वमै संकट पैदा गरेको छ । पहिरोका कारण दुवै बजार खाली गरिएको छ । हिमाली र पहाडी भेगका दर्जनौं बस्तीहरू उठिबास हुने खतरा बढेको छ । पहिरोको चपेटामा पर्दा यो भेग नै बसोबासविहीन हुने खतरा बढेको छ ।

 तातोपानीका बासिन्दा स्थानीय मानसरोवर इङ्लिस स्कुलमा आश्रय लिएर बसेका छन् । लिपिङका बासिन्दा भने सुरक्षित ठाउँ खोज्दै कोदारीको चौकीडाँडा गएर बसेका छन् । तातोपानीस्थित सीमा प्रहरी कार्यालय बाह्रबिसेमा सारिसकिएको छ । तातोपानीबाट सुरक्षाकर्मीको टोली पनि बाह्रबिसे फर्काइसकेको छ । तातोपानी भन्सार ठप्प छ। भन्सार कार्यालयको पनि भत्केको छ। तातोपानी बजारका अधिकांश घर सद्दे छैनन् ।


तातोपानी बजारमा तलतिर पहिरो गइरहेको र डाँडाबाट पनि ढुंगा खसिरहेकाले स्थानीय बासिन्दाले असुरक्षित महसुस गरेका हुन् । तल भोटेकोसी नदीको बहाव र माथिबाट पहिरो बस्ती खतरामा परेर स्थानीय अलपत्र परेको स्थानीय विष्णुबहादुर श्रेष्ठले बताए । मंगलबारको भूकम्पपछि तातोपानीमा अलपत्र परेका श्रेष्ठसहित ६ जनालाई हेलिकोप्टरबाट उद्धार गरी बाह्रबिसेसम्म ल्याइएको छ ।

 उनीहरू घर हैन, राजधानी काठमाण्डुतर्फ लागेका छन् । पहिरोका कारण सडक अवरुद्ध हुँदा भूकम्पका कारण विस्थापितलाई सदरमुकामबाट राहत सामग्री पठाउनसमेत समस्या परेको छ । पछिल्लोपटक मंगलबार गएको ६.८ रेक्टर स्केलको धक्कापछि अरनिको राजमार्गको बाह्रबिसे–कोदारी खण्डमा ठाउँठाउँमा गएको पहिरोका कारण राजमार्ग अवरुद्ध छ ।

 अवरोध खुलाउने प्रयास जारी भए पनि चाकु, लार्चालगायत ठाउँमा पहिरो नरोकिएकाले यो प्रयास सफल हुन नसकेको प्रमुख सेनानी सुरेशकुमार कार्कीले जानकारी दिए । अन्नपूर्ण पोष्टबाट
काठमाडौं, जेठ १ एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाओवादी संसदीय दलको बैठकमा बोल्दै अमेरिकी सेनाको हेलिकोप्टर हराएको वा लुकाइएको हो ? बुझ्न नसकेको बताएका छन् ।


 ‘हेलिकोप्टर हराएको हो कि लुकाएको हो, यो विषय निकै गम्भीर छ, कमजोर सरकारको बढी आलोचना गरेर झन विदेशीलाई खेल्न दिनुहुँदैन ।’ प्रचण्डको भनाइ उदधृत गर्दै एक सभासदले भने ।

उद्धारका लागि आएको अमेरिकी हेलिकोप्टर सम्पर्कविहीन भएकोमा सरकार संवेदनशील नभएको बताउँदै प्रचण्डले तीन दिन बितिसक्दा पनि सरकारले यथार्थ जानकारी दिन नसक्नु संवेदनशील विषय भएको बताए ।

बैठकमा प्रचण्ड भूकम्पप्रभावित क्षेत्र जानु पर्ने भएकोले आफ्नो धारणा राखे लगत्तै बाहिरीएका थिए ।

 – नेपाल समाचारपत्र दैनिकबाट
१ जेठ, दक्षिण कोरिया ।

साना तथा मझौला कम्पनीमा कार्यरत भूकम्पपीडित नेपाली कामदारलाई बिदा दिने व्यवस्था गर्न कोरियाको श्रम विभागले कम्पनीहरुलाई पत्राचार गरेको छ ।

कोरियास्थित नेपाली दूतावासको आग्रहपछि विदेश मन्त्रालयले उद्योग मन्त्रालयलाई परिपत्र गरेको थियो ।
श्रम विभागले मंगलबारदेखि कम्पनीहरुलाई पत्र पठाउन थालेको हो । श्रम विभागद्वारा प्रेषित पत्रमा नेपालमा ठूलो भूकम्प गएकाले परिवारमा मृतक भए अन्त्येष्टि, घाइते भए उपचार र हराएको भए खोजबिनका लागि बिदा मिलाइदिन उल्लेख गरिएको छ ।



कम्पनीहरुलाई प्राप्त पत्रमा नेपालमा गएको विनाशकारी भूकम्पमा सक्दो सहकार्य गर्न भनिएको छ । २८ हजारको संख्यामा रहेका नेपाली कामदारमा भूकम्पबाट बढी प्रभावित जिल्लाका उल्लेख छन् ।

कामका लागि कोरियामा रहेका गोरखा घ्याल्चोकका प्रज्ञान कार्कीले नेपालीको पीडामा यहाँको सरकारको सहानुभूतिले ठूलो सहयोग भएको बताए । कम्पनी मालिकले बिदा दिएको तर आफ्नो व्यक्तिगत कारणले नेपाल फर्कन नसकेको उनले बताए । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।www.nepaliheadlines.com
काठमाडौं, जेठ १ । राजधानीको थलीमा राहतको पाल प्रहरीले व्यापारीलाई बिक्री गर्न दिएको भन्दै स्थानीय वासिन्दाले प्रहरी चौकी थलीमा ढुंगामुढा गरेका छन्।

 स्थानीय जैसवाल ईन्टरपाईजेजका व्यापारी गणेश जैसवालले महँगोमा पाल बिक्री गरेपछि स्थानीयले कालोबजारी गरेको भन्दै कुटपीट गर्न खोजेपछि प्रहरीले पक्राउ गरेको थियो। जैसवाललाई बुधबार पक्राउ गरेर महानगरीय प्रहरी वृत्त बौद्धमा लैजाने क्रममा स्थानीयले प्रहरीमाथि नै जाईलागेका थिए।


 प्रहरी चौकी थलीका तत्कालीन ईन्चार्ज प्रहरी नायब निरिक्षक मधु अर्यालले राहतको पाल जैसवाललाई बिक्री गर्न दिएको आरोप स्थानीयको छ। स्थानीयले केरकार गरेपछि जैसवालले जोरपाटीबाट प्रहरीले दिएको स्वीकार गरेको जानकारी थलीका शिव वस्नेतले दिए। तर, प्रहरीले भने स्थानीयको आरोप झुटो भएको दावी गरेको छ।

महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डिएसपी नरहरी रेग्मीले पाल नपाएको आवेगमा प्रहरीमाथि झुटो लान्छना लगाएको दावी गरे। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । तस्बिर : अन्नपूर्ण
१ जेठ, काठमाडौं ।

अहिले बिहान ७ बजेर २८ मिनेट जाँदा अर्को भूकम्पको ठूलै झट्का महसुस भएको छ । धादिङ केन्द्रविन्दु भएर ५.५ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्प आए लगत्तै मानिसहरु सडकका निस्किएका छन ।

यसअघि दोलखा केन्दविन्दु भएर शुक्रबार बिहानै दुई वटा भुकम्पका पराकम्पन गईसकेका छन ।


बिहान ४ बजेर ६ मिनेज जाँदा दोलखा केन्द्र भएर ४.३ रेक्टरको भूकम्प गएको छ । त्यस्तै दोलखा नै केन्द्र भएर ३ बजेर ३८ मिनेट जाँदा अर्को भूकम्प गएको छ ।

भूकम्पले यो पटक दोलखामा धेरै क्षति पुर्याएको छ । बिहिबार गएका धेरै जसो भूकम्प पनि दोलखा केन्द्र भएर गएका छन ।
वैशाख ३१ गते
गत १२ गते शनिबारको दिन नेपालमा गएको महाभूकम्पबाट तर्सित जनसमुदायलाई झन् आतंकित बनाउन बिभिन्न क्षेत्रबाट बिभिन्न निराधार हल्लाहरु फिजाएको देखिन आएको छ। काठमाडौंमा सबैभन्दा वढी आतंक फैलाएको ‘चन्द्रमा उल्टो देखिएको’ भन्ने हल्ला छ। वास्तवमा चन्द्रमा उल्टो देखिएको होइन।
हामी कहाँ ज्योतिषहरुको भन्दा पन्डितहरुले जनसंख्या बढी हुन गएकोले हो। वास्तवमा चन्द्रमा र सूर्य एकै अंशमा पर्दा चन्द्रमा अस्त हुन्छ, जसलाई हामी औँसी भन्दछौँ। अनि सूर्य र चन्द्रमा परस्पर विपरित दिशामा हुँदा चन्द्रमा बाटुलो र चम्किलो देखिन्छ, जसलाई हामी पुर्णिमा भन्दछौँ।

डा. सुनिल सिटौला

औँशीको पर्सीपल्ट चन्द्रमा पश्चिममा उदाउँछ र क्रमशः पूर्वतर्फ दैनिक १ कलाले बढ्दै जाने हुन्छ। जसलाई हामी शुक्ल पक्ष भन्दछौँ। शुक्ल पक्षमा चन्द्रमाको पश्चिम पट्टिको भाग उज्ज्यालो र पूर्वपट्टिको भाग अँध्यारो देखिन्छ। अनि पूर्णिमाको भोली पर्सीपल्ट देखि चन्द्रमा पूर्वतिर उज्जालो र पश्चिमतिर अँध्यारो देखिन्छ। त्यसलाई हामी कृष्ण पक्ष भन्दछौँ। अहिले शुक्ल पक्ष चलिरहेको छ। त्यस कारण चन्द्रमाको पश्चिमी भाग उज्जालो हुनु र पुर्वी भाग अँध्यारो हुनुलाई चन्द्रमा उल्टो देखिएको भन्ने हल्ला अबुझहरुले चलाएका हुन। त्यसैले यस्तो हल्लाको पछाडि नलाग्न अनुरोध छ। र यो जानकारी सबै सामाजिक सन्जालमा शेयर गरी दिनु हुन पनि अनुरोध गर्दछौ।
(डा. सुनिलको व्यक्तिगत वेभसाइट jyotishmagazine.com बाट) भिडियो हेर्न तलको बाकस थिच्नुहोस

एजेन्सी– भारतको एक क्याम्पसमा परीक्षा दिन आएकी एक अविवाहित छात्राले क्याम्पसको शौचालयमा एक बच्चा जनमाएकी छिन् ।
अलीगढको वार्ष्णेय डिग्री क्याम्पसमा बीए तेस्रो वर्ष अध्ययनरत ति छात्र परीक्षा दिन आएकी थिइन ।
यसघटनाले अहिले भारतमा सनसनी मच्चाएको छ । उनको परिवारले अब उनलाई अपनाउन तयार नभएको भारतीयसंचार माध्यमले जनाएका छन् ।
kathmandutoday.com
काठमाडौ, वैशाख ३१ - छिमेकी भारतले भूकम्प पीडितहरुको लागि सञ्चालनमा ल्याएको अस्थायी फिल्ड अस्पतालमा भक्तपुर दुवाकोटकी भावना सापकोटा (पुडासैनी)ले बच्चा जन्माएकी छन् ।

भारतीय र नेपाली चिकित्सकले भावनाको शल्यक्रिया गरेर बच्चा निकालेका थिए । वैशाख १२ को भूकम्पमा परेकी उनलाई त्यसको दुई दिनपछि प्रसव–व्यथा लागेपछि बैशाख १४ मा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

उनी भूकम्प पीडित रहेको जानकारी आए लगत्तै उनलाई भारतीय ‘६० पारा फिल्ड अस्पताल’मा सारिएको थियो । उनको श्रीमान् मदन पुडासैनी र अन्य पारिवारका सदस्यले स्वस्थ्य बच्ची र आमालाई देखे लगत्तै छोरीको नाम ‘भारती’ पुडासैनी राखेको दूतावासले जनाएको छ । बच्ची २.८ किलोग्रामको छिन् ।

भारतीय वरिष्ठ चिकित्सका साथै काठमाडौं मेडिकल कलेजका स्त्रिरोग विशेषज्ञ डा. अनु बज्राचार्य र डा. रोजिना बज्राचार्यको टोलीले भावनाको शल्यक्रिया गरेको थियो ।

भारतीय सेनाले लगनखेल र सिनामंगलमा यस्तो अस्पताल राखेर भूकम्प पीडितलाई सेवा दिइरहेको छ । घाइतेदेखि गम्भीर अवस्थाको विरामीलाई आईसीयुसम्मको सेवा दिइरहको छ ।

यसअघि पाकिस्तान सहयोगमा सञ्चालनमा रहेको भक्तपुरस्थित फिल्ड अस्पतालमा जन्मिएको एक बच्चाको नाम पाकिस्तानको पुरानो सहरको नामबाट ‘लाहोर’ र अर्को बच्चाको नाम ‘पाकिस्तान’ राखिएको अन्तराष्ट्रिय सञ्चारमाध्यममा उल्लेख गरेको थियो ।www.ekantipur.com
काठमाण्डु, ३१ वैशाख– वैशाख १२ गते गएको विनासकारी भूकम्पपछि नेपालमा राहत र उद्धारका लागि सैनिक पठाउन ठूलो उत्साह देखाएको भारतले २९ गते गएको भूकम्पछि भने खासै उत्साह देखाएन ।
यसको प्रमुख कारण उद्धारमा आएको भारतीय सेना र समचार संकलनमा आएका पत्रकारका विरुद्धमा मिलेको नकरात्मक प्रतिक्रिया भएको उसले बताएको छ ।
वैशाख १२ गते आएको भूकम्पपछि भारतीय विमानले एयरपोर्ट भरिएको आरोप नेपालले लगाएको उसले बताएको छ । त्यही कारण केही विमानलाई नेपालमा अवतरणको अनुमति पनि नदिएका कारण फकर्नु परेको बताइएको छ ।
नेपालको केही स्थानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला पनि जलाइएको थियो ।
यस विषयमा बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री सुशील कोइरालासँग कुराकानी गरेका थिए । तर यसपटक मोदी र सुशीलबीचमा भएको वार्ता भूकम्पपछि दुई देशका बीचमा हुने गरेका कुराकानी भन्दा फरक थियो । कुराकानीपछि मोदीले आफ्नो ट्वीटरमा लेखेका छन्, ‘प्रधानमन्त्री सुशील कोइरालासँग मैले फोनमा कुरा गरे । फोनको झड्कापछि देखिएको परिस्थितिको हामीले समीक्षा ग¥यौ ।
वैशाख १२ को भूकम्पलगत्तैको ट्वीटमा मोदीको भाषा अकै थियो । उनले लेखेका थिए, ‘प्रधानमन्त्री सुशील कोइरालासँग कुरा भयो । उनी बैंककबाट काठमाण्डु आउँदै थिए । यस आपतकालीन समयमा मैले उनलाई हरसम्भव मद्दत गर्ने भरोसा दिलाएँ ।’
त्यसँगै मोदीले यो पनि बताए कि भूकम्पको बारेमा कोइरालालाई उनीबाटै थाहा भएको थियो । त्यसपछि एक घण्टाभित्रै समीक्षाका लागि भारत सरकारको बैठक बसेको थियो र मोरारी बाबुले नेपालका लागि ५१ लाख रुपैयाँ मद्दत गरेको बारेमा मोदीले नै ट्वीट गरेका थिए । यसपछि केही दिनसम्म उनी लगातार निजी तरिकाले नेपालका बारेमा समीक्षा गरिरहेका थिए ।
यसपटक विदेश मन्त्रालय नै पर्याप्त भयो । भारतमा नेपालीकी प्रयासका केही ट्वीटका अलवा अरु केही पनि चासो देखाएनन् ।
kathmandutoday.com
३१ बैशाख, नयाँ दिल्ली ।

एकजना भारतीय छात्रा र उनका प्रेमीलाई छात्राका आफन्तले कुटेर मारेको समाचार छ ।

उनका आफन्तहरूले ती दुई जनालाई कुटीकुटी मारेका र पछि शव पनि तिनै आफन्तहरूले आगो लगाई जलाएका बताइएको छ ।

पूर्वी भारतमा यस्तो क्रुर घटना भएको एक समाचारमा जनाइएको छ । यसलाई उनीहरूले प्रतिष्ठाका लागि गरिएको हत्याको परिभाषा दिएका छन् ।

एकजना १५ वर्षीया ती छात्राको २५ वर्षीय पुरुषसँग रहेको भनिएको प्रेमप्रसँग जोडेर ती छात्राका आफन्तले यस्तो क्रुर हत्या गरेका छन् ।

पन्ध्र वर्षीया युवती पार्वती देवी र २५ वर्षीय पुरुष जयराम माझीको सम्बन्धको कारण देखाएर यो हत्या भएको प्रहरीले जानकारी दिएको छ ।



ती पुरुषको पहिले नै अर्कै महिलासँग विवाह भएको भन्दै ती छात्रालाई उक्त पुरुषले जबर्जस्ती भगाएर लगेको र जसका कारण समाजमा बेइज्जत गरेको भन्दै हत्या गरेका बताइएको छ ।

बिहारमा सो क्रुर घटना भएको हो । युवतीका आफन्तहरूले लौरो, ढुङ्गा र इट्टाले उनीहरूको हत्या गरेका गयाका प्रहरी प्रमुख मनु महाराजले जानकारी दिएका छन् ।

आफ्नो गाउँबाट ती युवती उक्त युवकसँग पोइला गएको पाइएपछि ती युवतीका आफन्तहरूले उक्त दम्पत्तिलाई समाजका बुढापाकाहरूको एक समूहसामु उपस्थित गराएका थिए ।

पछि ती युवतीलाई कारबाहीस्वरूप मार्ने भनी कारबाही सुनाएपछि उनलाई ढुङ्गा, इट्टा र लौरोले हानेर हत्या गरिएको थियो ।

प्रहरी प्रमुख महाराजका अनुसार सो हत्यामा उक्त गाउँका कम्तीमा पनि १०० जना गाउँले रहेका थिए । हत्या पछि ती सबैजना गाउँलेले उक्त दम्पत्तिलाई अर्कै गाउँमा लगी जलाएर अन्त्येष्टि गरेका थिए ।

प्रहरीका अनुसार सो हत्यामा सम्लग्न रहेका ती छात्राका आफन्तलाई पक्राउ गरिएको छ । पक्राउ पछि उनीहरूलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको र उनीहरूले नै उक्त दम्पत्तिलाई मारेको स्वीकारेका छन् ।

यो क्रुर हत्यामा कम्तीमा पनि १५ जनाको प्रत्यक्ष रूपमा सम्लग्नता रहेको छ । उनीहरूसँग आवश्यक छानबिन गरिएको छ र दोषी के कति पाइन्छन् उनीहरूलाई समेत कानुनी दायरामा ल्याइने छ– उनले भने ।

भारतमा त्यहाँका ग्रामीण क्षेत्रहरूमा यस्तो हत्याका घटनाहरू निकै नै हुने गर्छन् । जसका कारण लामो समयदेखि नै प्रहरीले यसका विरुद्धमा सशक्त अभियान चलाएको छ ।

तर सो अभियानमा प्रहरी सफल भने हुन सकिरहेको छैन । यस्ता हत्याका शृङ्खलाहरू त्यहाँ बारम्बार हुने गरेका छन् । रासस/एएफपीwww.nepaliheadlines.com
दाेलखा, वैशाख ३१ - – अरुण खड्का, चिलंखा–८

म चरिकोटमा बसोबास गर्छु । मंगलबार चिलंखास्थित पुख्र्याैली घर जाँदै थिएँ । चरिकोटबाट सिंगटीसम्म बसमा गएँ । बाटो बिग्रएको भन्दै गाडी नचल्ने भएपछि हिँड्नुपर्ने भयो । स्काभेटरले भत्किएको बाटो बनाइरहेको थियो । झोरङ भन्ने ठाउँ पुग्दा जमिन हल्लिन थाल्यो
 । भीरबाट ढुंगा खस्यो । भूकम्प आएको जस्तो लागेर खोला किनारको खाली ठाउँमा उभिए । घर जान नसक्ने भएपछि म सिंगटीतिरै फर्कन थालें । पहिरोले बाटो भत्किसकेको रहेछ । बाटो बनाउँदै गरेको दुइटा डोजर पुरिइसकेको रहेछ । स्काभेटर चलाउनेमध्ये एक जनाचाहिँ हराएको भन्ने थाहा भयो । यही बाटो हुँदै चिलंखातर्फ राहत लिएर गएको बा२ख ८२६२ नम्बरको ट्रक पहिरोले पुरिएको देखें । ट्रकमा राहतका सामानसहित करिब ३५ जना पनि रहेछन् ।
 यसमध्ये सबैजसो पुरिएका थिए । पुरिएका व्यक्तिको हात, खुट्टा देखिन्थ्यो । केही त चिच्याइरहेका थिए । पानी भन्दै कराइरहेको पनि सुनिन्थ्यो । केही बेरमा नेपाली सेनाको टोली आइपुग्यो । त्यसपछि पहिरो छल्दै खोलाको तिरैतिर फर्कंदै थिएँ । बाटोभर डोका, जुत्ता यत्रतत्र छरिएका थिए । सिंगटी आएर बुझ्दा लादुक ६ बोलबोलेमा बलेरो गाडी पुरिएको भन्ने सुनें । छल्दैछल्दै सिंगटी आइपुगें । यहाँ त झन् सबै घर ढलेको देखें । बजारभन्दा माथिको भीर नै खसेको रहेछ । पुरिएका व्यक्तिको खोजी भइरहेको थियो । आफन्त पुरिएपछि कोही चिच्याइरहेका थिए । यहाँ पनि कतै बस्ने ठाउँ नपाएपछि चरिकोटबाट मोटरसाइकल मगाएर फर्किएँ । चरिकोट आउने बाटो पनि धेरै ठाउँमा बिग्रिएको थियो ।
३१ बैशाख, काठमाडौं ।

सरकारले भुकम्पपछि आउने बैदेशिक सहयोगलाई दुरुपयोग हुन नदिन विपद् पछिको सुचना व्यवस्थापन योजना बनाउने तयारी गरेको छ । राष्ट्रिय योजना आयोगले अहिले विदेशी दाताहरुको सहयोग रकमलाई सदुपयोग गर्न विशेष योजना बनिरहेको जनाएको छ ।


आयोगका सदस्यहरु आफैले भुकम्पका कारण क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माण र खलबिलिएको सामाजिक परिबेशलाई पुर्नस्थापित गर्न विशेष योजना तथा कार्यबिधि तयार गरिरहेको आयोगका प्रवक्ता पुरुषेत्तम घिमिरेले जानकारी दिए ।

भुकम्पपछि सहयोग गर्न तयार भएका दातृ संस्था र विभिन्न जिम्मेवार सरकारी निकायलाई कुन–कुन र कस्ता–कस्ता जिम्मेवारी दिने भन्नेबारेमा आयोगले कार्यबिधि बनाईरहेको घिमिरेको भनाई छ ।



यस्तै पुर्ननिर्माण तथा पुर्नस्थापनाका लागि कस्ता बिधि र प्रक्रियाहरु अबलम्बन गर्ने भन्ने विषय पनि कार्यबिधिमै उल्लेख गरिनेछ । नेपाललाई सहयोग गर्ने ईच्छा देखाएका विश्व बैंक, एडिबी, जाईका, कोईका, युरोपियन युनियन, युएस–एड, संयुक्त राष्ट्रसंघीय भातृ संस्थाहरु लगायतका दातृ निकायहरुलाई कुन–कुन क्षेत्रमा कसरी जिम्मेवारी दिने भन्ने विषयमा केही दिन भित्रै टुंगो लाग्ने आयोगले जनाएको छ ।

एउटै क्षेत्रमा दोहोरो लगानी हुन नदिन र संस्थाका विषय विज्ञतालाई उपयोग गर्न यस्तो कार्यबिधि तयार गर्न लागिएको घिमिरले बताए ।www.nepaliheadlines.com
काठमाडौं, बैशाख ३१ । भूकम्पीय इतिहासअनुसार नेपालमा हरेक ७० देखि एक सय वर्षमा एक महाभूकम्प र हरेक ५० वर्षमा मध्यमखालको भूकम्प जाने गरेको पाइन्छ। असअघि नेपालमा विसं १२८०, १३१२, १४०१, १७७१, १८३४, १८६५, १८८२, १८९०, १८९१, १९१४, १९२३, १९३८, १९९० र २०४५,२०७२ सालमा ठूला भूकम्प गएको इतिहास छ ।

२ माघ १९९०मा संखुवासभा जिल्लाको चैनपुर केन्द्र भएर गएको भूकम्प आठ दशमलव चार रेक्टर स्केलको थियो। हालसम्म सबैभन्दा विनाशकारी भनेर २ माघ १९९० सालको महाभूकम्पलाई लिइन्छ ।

आठ दशमलव चार रेक्टर स्केल क्षमताको सो भूकम्पमा परी नेपालमा मात्र तीन हजार आठ सय ५० पुरुष र चार हजार ६ सय ६९ महिला गरी जम्मा आठ हजार पाँच सय १९ जनाको ज्यान गएको थियो भने घर, विद्यालय, देवालय र पाटीपौवा तथा सार्वजनिक भवनसमेत दुई लाख सात हजार ४० वटा संरचना भत्किएको अभिलेख छ ।

भदौ ५, २०४५को बिहान पौने पाच बजे ६.६ रेक्टर स्केलको भुइचालो गएको थियो. पूर्वी र मध्ये नेपालमा धेरै क्षति भएको थियो. उदयपुर जिल्लामा केन्द्र भएर गएको ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पबाट सात सय २१ जनाको मृत्यु भएको थियो भने ६५ हजार घर भत्केका थिए ।

२०७१ बैशाख १२ गते गोरखाको बारपाकलाइ केन्द्रविन्दु बनाएर गएको ७.६ रेक्टर स्केलको भुकम्प उत्तिकै विनासकारी सावित भयो । यो भुकम्पपछी धेरै दिनसम्म सानासाना पराकम्प गए।npnewsline.blogspot.com
३१ वैशाख, काठमाडौं।
सार्क शिखर सम्मेलनमा राजधानीको तीनकुनेमा सरकारले पार्क बनाउने तयारी गरेपनि स्थानीयबासीको मुअब्जा विवादले पार्क निर्माण गर्ने सफल हुन सकेन। सार्क सम्मेलनको क्रममा राजधानी काठमाडौं चटक्कै सिङगारियो । तर तीनकुनेमा खाली चौर देखाउनु भन्दा सरकारले जस्तापाताले बेरबार गर्ने काम ग¥यो । सार्क शिखर सम्मेलन सम्पन्न भएको छ महिना वितिसक्दा पनि सरकारले जस्ताको बार हटाएको छैन् ।



वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण तीनकुनेको चौरभरी मानिसहरु बसेका थिए । तर यो बीचमा तीन कुनेमा लगाइएको जस्तापाता चोरी हुन थालेको छ । तीनकुनै प्रहरी कार्यालय अगाडि रहेपछि भूकम्पको प्रभावित भएकाहरको उद्दार र राहतको लागि परिचालन हुँदा त्यही मौका छोपेर जस्तो चोरी गर्ने क्रम सुरु भएको स्थानीयले बताएका छन् ।www.nepaliheadlines.com
बच्चा जन्माउने बेलाको पीडा कस्तो हुन्छ ? केवल आमालाई मात्र थाहा हुन्छ । प्रशव पीडाको अनुभुति पुरुषलाई हुने कुरै भएन । तर चीनमा भने एक पुरुषले प्रशव पीडाको अनुभव गर्ने कोसिस गरे । तत् पश्चात उनले प्रशव पीडाको विषयमा सवाल जवाफ पनि गरे । प्रशव पीडाको अनुभवका विषयमा ती युवकलाई सोध्ने काम महिलाहरुले गरेका थिए ।
महिलाहरुको त्याग तथा समर्पणलाई सम्मान दिने उद्धेश्यका साथ चीनमा २० जना पुरुषले एक लाइभ टेलिभिजन शो मा भाग लिएका थिए । उनीहरुले टेलिभिजन शो कै क्रममा गर्भावस्था तथा सुत्केरी हुने बेलामा महिलाहरुले कत्तिको पीडा सहनुपर्छ भन्ने कुरा जान्ने कोसिस गरेका थिए ।
उक्त कार्यक्रममा भाग लिने २० जना पुरुषका श्रीमती वास्तवमा गर्भवती भएका रहेछन् अर्थात् ती पुरुषहरु निकट भविष्यमा बाउ बन्नेवाला हुन् ।
ती पुरुषहरुलाई बच्चा जन्माउने व्यथा लागिसकेपछिको पीडाको अवस्थामा पूराउनका लागि सिम्युलेटिङ लेवर विधिको प्रयोग गरिएकेा थियो र बच्चा जन्माउँदाको अवस्थाको महसुस गराइयो ।
मध्य चीनको जियांझी प्रान्तको नानचेंगमा यस्तो प्रशव पीडा कार्यक्रमको आयोजना भएको हो ।
कृत्रिम विधिद्वारा पुरुषमा बच्चा जन्माउँदाकै अवस्थामा जस्तो पीडा दिइएको थियो । उक्त पीडाको ८० औँ तहसम्मको दुखाई सहेर चुनौति पूरा गर्न सफल एक युवकलाई विजेता घोषित गरिएको थियो ।
यो शो को उद्धेश्य आमाको महानताको बारेमा सबैलाई बुझाउनु तथा महिलालाई अधिकतम सम्मान प्रदान गर्नु रहेको बताइएको छ ।
www.onlinekhabar.com
दोलखा । दोलखामा सशस्त्र प्रहरीको टोलीले भत्किएको संरचनाबाट ६  जनाको जीवितै उद्धार गरेको छ । यही वैशाख २९ गते दोलखामा गएको ६.८ रिक्टर स्केलको पराकम्पनमा दोलखाको सिङ्गटी बजारमा रहेको पाँचतले घर भत्किएर पुरिएका १६ वर्षीया सविता गुरुङ, दुई किशोरी र तीन किशोरलाई जीवितै उद्धार गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक अजय छतकुलीद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

 भत्किएको सो घरमा मासु पसल, किराना पसल, चिया पसल, टिभी पसल, मोबाइल पसललगायतका पसल रहेका थिए । भूकम्पबाट उक्त घर भत्किएर पूर्णरुपमा क्षति हुँदा पुरिएका सबै छ जनालाई नै सशस्त्र प्रहरी बलको टोलीले जीवितै उद्धार गरेको हो ।


 जीवित उद्धार गरिएकी सविता गुरुङ पूरै च्यापिएको अवस्थामा रहेकी थिइन् । उनको गोडा पूरै च्यापिएको थियो । उनको उद्धार गर्दा कपालसमेत काट्नुपरेको थियो । उनलाई सशस्त्र प्रहरी नायब निरीक्षक विष्णु दराईंको नेतृत्वमा खटिएको टोलीले उद्धार गरेको हो ।

६ जनालाई नै हेलिकप्टरबाट उपचारका लागि काठमाडौँ ल्याइएको छ । त्यसैगरी सशस्त्र प्रहरी बलको टोलीले हिजै दोलखा जिल्लाको सिङ्गटी बजारबाट अन्य पाँच जनालाई जीवितै उद्धार गरेको थियो । सोही बजारबाटै अन्य २८ जनालाई संयुक्त रुपमा मङ्गलबार बेलुका नै जीवितै उद्धार गरेको थियो ।

 टोलीले दोलखाको सिङ्गटी आसपास इलाकाहरु चिल्खा, लामीडाँडा, लादुक, सुनखानी, सुरी गाविसका विभिन्न ठाउँबाट १५ जनाको शवसमेत निकालेको थियो । यही वैशाख २९ गते आएको भूकम्पमा परी दोलखामा ६१ जनाको मृत्यु भएकाको सनाखत भइसकेको छ ।
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home