• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
श्रावण ३२, काठमाडौ । क्यानाडाको पिआर बनाएका महेश केसी (नाम परिवर्तन)ले एक बर्ष अघि पोखराकी रञ्जु थापासंग बिहे गरे । आफू भन्दा १७ बर्ष कम उमेरकी ति किशोरीसंग बिहे गरेका उनले थापालाई श्रीमतीको दर्जा दिएर क्यानाडा लिएर गए । त्यसको एक महिना नबित्दै केसी छाँगाबाट खसे । जब उनकी श्रीमती उनलाई छाडेर अन्तै भागिदिइन् । ४५ वर्षीय उनले आफनी श्रीमतीको खोजी गरिदिन नेपाल प्रहरीको इन्टरपोल शाखालाई अनुरोध गरेका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

उनकी श्रीमती रञ्जु उनलाई छाडेर क्यानाडा नजिकैको क्यारेबियन मुलूक एन्टिगुआ बरमुडामा गएको बताएका छन् । ‘ति युवती माथी आफ्नो लगानी भएको भन्दै दिन बिराएर फो गर्ने गरेका छन्’ इन्टरपोल शाखाकी डीएसपी बसुन्धरा खडाले भनिन् ‘एन्टिगुआमा ति युवती छन्, छैनन् इन्टरपोल मार्फत बुझिरहेका छौ ।’ केसीले इन्टरपोललाई पठाएको इमेल अनुसार रञ्जु क्यारेबियन मुलूककी आफ्नै साथीसंग भागेकी हुन् । उनले त्यहाँका केहि मानिस आतंककारी गतिवीधीमा समेत लाग्ने भएको जनाउँदै आफ्नी श्रीमती त्यता लागेको हुनसक्ने जनाएका छन् ।

अचेल प्रहरीमा विदेश लिएर गएकी श्रीमती त्यहाँ पुगेर भागेको र कमाउन विदेश गएका श्रीमान सम्पर्कमा नआएका उजुरीहरु पर्ने गरेका छन् । विदेशी मुलूकमा रहेका प्रहरीसंग समन्वय गर्ने काम इन्टरपोलले गर्ने भएका कारण यस्ता उजुरीहरु पर्ने गरेका हुन् । युरोपियन र अमेरिकी मुलूकमा पैसा कमाउन जाने नेपाली युवतीहरुले त्यस्ता ब्यक्तिलाई माध्यमको रुपमा मात्र प्रयोग गर्ने गरेको पाइएको छ । ‘त्यस्ता मुलूकमा गएर पैसा कमाउन लालयित हुन्छन्’ डीएसपी खडाले भनिन् ‘त्यहाँ पुगेपछि आफूलाई ल्याउने ब्यक्तिलाई छाडेर भाग्ने गरेको पाइएको छ ।’

बिदेशी मुलूकमा बिहे दर्ता गरेपछि सम्बन्ध प्रमाणीत गर्न नसक्दा त्यहाँको कानुनले सम्बन्धीत ब्यक्तिलाई समस्यामा पार्ने गरेको छ । जीवन बिमा, स्वास्थ्य बिमा लगायत अन्य सेवा सुविधाबाट बञ्चित हुने गरेका छन् । ‘श्रीमती हो भनौं, साथमा छैन, होइन, भन्दा बिहे दर्ता छ’ खडाले भनिन् ‘त्यसरी बिहे गर्ने पुरुषको जिन्दगी त यता न उताको हुने गरेको छ ।’ अर्को बिहे गर्न समेत उनीहरुलाई समस्या हुने गरेको छ । अझ कतिपय नेपाली युवतीले ति मुलूकमा पुग्न मात्र नेपाली पुरुषलाई प्रयोग गर्ने नभई त्यहाँ पुगेर बिहे दर्ता गरेपछि सम्बन्ध बिच्छेदको नाममा आधा सम्पत्ति समेत हडप्ने गरेका छन् ।

यस्तै डेनमार्कमा २० बर्ष देखी बस्दै गरेका कृष्णबहादुर थिङले बौद्ध बस्ने एक नेपाली युवतीलाई फेसबुकमा चिने । फेसबुकको सामिप्यताकै आधारमा थिङले ति गुरुङ युवतीलाई डेनमार्क आउने सबै कागजपत्र र पैसा पठाइदिए । ति युवती डेनमार्क पुगिन् । थिङले गुरुङसंग बिहे समेत गरे । बिहे गरेको एक महिना बित्न नपाउँदै गुरुङ युवती भागिन् ।

६ महिना अघि महानगरीय प्रहरी बृत बौद्धमा एक युवती हराएको उजुरी पर्‍यो । युवती बेचिएको वा कसैले प्रलोभनमा पारेर कतै लगेको हुनसक्ने अनुमान गरेको प्रहरी छक्क पर्‍यो । जब ति युवती नेपाल नभई डेनमार्कमा हराएको तथ्य खुल्यो । श्रीमती हराएपछि थिङले नेपाल स्थित युवतीका आफन्तलाई सम्पर्क गरेर उनी हराएको सुचना दिएका रहेछन् । त्यसपछि सम्बन्धीत मुलूकका प्रहरीलाई अनुरोध गरेर हराएकी युवतीलाई खोजिदिन अनुरोध गरेका हुन् । आफुले लाखौं रुपैंया खर्च गरेर पुर्‍याएकी श्रीमती एक महिना नबित्दै भागेपछि थिङले आपैंm खोजी गरेका थिए ।

श्रीमती बेल्जियममा भारतिय मुलका ब्यक्तिको घरमा काम गरेर बसेको पत्तो पाए । उनी लिन पुग्दा युवती भागीसकेकी थिइन् । श्रीमती हराउने मात्र होइन, प्रहरीमा श्रीमान हराएको उजुरीहरु समेत पर्ने गरेका छन् । खासगरी, दुबई, मकाउ, लगायतका मुलूकमा गएका युवाहरुले नेपालमा श्रीमती र परिवारलाई सम्पर्क नगर्ने गरेको गुनासो प्रहरीमा आउने गरेको छ । खोटाङकी सीता राई मकाउमा सेक्युरीटी गार्डमा जागि खान पुगेका श्रीमान फिर्ता नआएको भन्दै खोजी गरिमाग्दै थिइन् ।

www.etajakhabar.com
महिलाको दिमागमा के चलिरहेको छ भन्ने कुरा थाहा पाउन मुस्किल छ भन्ने आम मानिसहरुको बुझाइ छ तर के पुरुषको दिमागमा चलिरहेको कुरा थाहा पाउनसजिलो छ त ? पक्कै पनि सजिलो छैन । पुरुषहरुले पनि आफ्नो मनमा त्यस्ता कुराहरु राख्ने गर्दछन् जसलाई जो कोहिले थाहा पाउन सक्दैनँ । यद्यपी आफूले केहि

नभनी आफ्नी महिलाले मनको कुरा बुझुन् भन्ने इच्छा हरेक पुरुषको हुने गर्दछ । यदि तपाईंको जीवनमा कोही पुरुष छन् र उनलाई बुझ्न निकै कठिन भइरहेको अवस्था छ भने अब ढुक्क हुनुहोस् । हामी तपाईंलाई यस्तो कुराको जानकारी दिँदैछौँ जसलाई पुरुषहरुले कहिले तपाईंलाई बताउँदैनन् तर तपाईंलाई थाहा होस् भन्ने चाहन्छन् ।
  १. पुरुषलाई धेरै ठेस लाग्ने गर्दछः पुरुषहरु आफैँलाई निकै कुल र कुनै कुराको टेन्सन नभएको जस्तो देखाउन चाहन्छन् । साधारणतया पुरुषहरुलाई जब कुनै कुराले दुखी बनाएको हुन्छ उनीहरु त्यसको बारेमा सोचेर नबसी त्यसलाई छोडेर अगाडि बढ्ने गर्दछन् । तर यसको अर्थ यो होइन कि उनीहरुलाई उक्त कुराले तनावमा पारेको हुँदैन । दुखी हुँदा उनीहरु भित्र–भित्रै रुने गर्दछन् तर त्यसलाई आफ्नो अनुहारको हाउभाउमा व्यक्त हुन दिँदैनन् । आफ्नो पिडा र दुःख उनीहरु आफूमा मात्र सिमित राख्न चाहन्छन् ।

   २. पुरुषहरु पनि हुन्छन् भावुकः पुरुषहरु पनि निकै भावुक हुने गर्दछन् । उनीहरु आफ्नो आँसु लुकाउनमा निकै सिपालु हुने भएका कारण उनीहरु कहिले पनि कसैको अगाडि रुँदैनन् विशेषगरि उनीहरु महिलाको अगाडि रुन चाँहदैनन् । तर यदि उनीहरु कहिलेकाँही निकै भावुक भएर रोएको खण्डमा त्यसलाई कहिले पनि हाँसोमा नउडाउनुहोला । तपाईंले उनको आँसुलाई हाँसोमा उडाउँदा एकछिन् उनीपनि तपाईंसँगै हाँस्नुहोला तर उनीहरु कहिले पनि आफ्नो आँसु मजाक भएको हेर्न चाहँदैनन् जसका कारण उनीहरुको मनमा तपाईंप्रति नकारात्मक भावना पैदा हुनसक्छ ।

  ३. महिलाहरुमाथि नियन्त्रणः पुरुषहरु चाहन्छन् कि महिलाहरु उनीहरुको हरेक कुरा मानुन् । उनीहरुले चाहेको जस्तै व्यवहार गरुन् । उनीहरुलाई मनपर्ने –मननपर्ने कुराको बारेमा जानकार रहुन् । सबै मिलाएर भन्ने हो भने पुरुषहरु महिलालाई आफ्नो गिरफ्तमा राख्न चाहन्छन् चाहे त्यो बेडमा होस् वा अन्य कुनै व्यवहारिक जीवनमा ।  
 ४. भविष्यको चिन्ताः पुरुषहरुलाई आफ्नो भविष्यको केहि पनि चिन्ता नभएको जस्तो देखिएता पनि उनीहरु आफ्नो भविष्यको बारेमा निकै चिन्तित हुने गर्दछन् । उनीहरु भित्र–भित्रै आफ्ना भावी योजनाहरुको बारेमा बिचार–बिमर्स गर्ने गर्दछन् । हुनसक्छ तपाईंको साथी पनि तपाईंलाई उनको भविष्यको सपनाको बारेमा केहि कुरा भन्दैनन् किनभने उनी तपाईंसँग कसम खान डराउने गर्दछन् । कतै आफ्नो सपना पूरा हुने हो कि होइन भन्ने विषयमा पुरुषहरु निकै डराउने गर्दछन् ।  

  ५. पुरुषलाई चाहिन्छ स्पेसः पुरुषलाई आफ्नो स्वतन्त्रता निकै मनपर्छ । उनीहरु केहि समय आफैँसँग बिताउन चाहन्छन् । आफ्नो पार्टनर एक्लै अर्को कोठामा बसिरहेका छन् भने अन्यथा नसोची उनीहरुलाई केहि बेरको लागि एक्लै छोडिदिनुहोस् । यसो गर्नाले दिनभरी थाकेका उनी आफै थकानमुक्त हुने गर्दछन् ।

    ६. गिफ्ट दिन कच्चाः कहिलेकाँही पुरुषहरुले महिलालाई जुन गिफ्ट दिन्छन् त्यो निकै बोरिङ हुने गर्दछ । यस्तो लाग्छ कि उनले केहि बिचारै नगरी यसलाई किनेका छन् तर यसको मतलब यो होइन कि उनले तपाईंलाई कम माया गर्छन् । गिफ्टको बारेमा निर्णय लिन महिलाहरु पुरुषभन्दा निकै राम्रा हुन्छन् । पुरुषहरु गिफ्टको बारेमा धेरै नसोची आफूलाई जे ठिक लाग्छ त्यहि किन्ने गर्दछन् । (एजेन्सी) /www.ratopati.com
यौन जीवनको निक्कै महत्वपूर्ण पाटो हो । खासगरी बैबाहिक जीवनमा यौन सन्तुष्टीको भूमिका महत्वपूर्ण मानिन्छ । यौनिकरुपमा सन्तुष्ट हुने जोडीहरु जीवनमा बढी खुसी र सफल हुने पछिल्ला शोधहरुले देखाएको छ ।
तर केही यस्ता कारण छन् जसले यौन जीवनमा नकारात्मक भूमिका खेल्न सक्छ । के हुन् त यस्त कारण ?
१ ओच्छ्यानमा खाने बानीः

राति ढिला र ओच्छ्यानमा बसेर खाने बानि छ भने यो बानी आजै देखि छोड्नुस् । यसले पनि यौन जीवनमा नकारात्मक भूमिका खेल्ने शोधकर्ताहरुले बताएका छन् ।
२ सँधै नशामा रहनुः
यदि तपाइँ सँधै नशामा ओच्छ्यानमा जानु हुन्छ भने यसले तपाइँको यौन जीवनमा राम्रो गर्दैन । सेक्सुअल मेडिसिन जर्नलमा प्रकाशित शोंधमा नियमितरुपमा मदिरा वा सिगरेट जस्ता नशा लिँदा यौन जीवनमा नकारात्मक भूमिका खेल्ने उल्लेख छ । ५००० हजार मानिसमा गरिएको अध्यनमा नियमित नशा सेवन गर्ने मानिसमा उत्तेजना नहुने, शीघ्र स्खलन हुने वा चाहाना नै नहुने जस्ता समस्या देखियो ।
३ बेडरुममा टिभीः
यदी तपाइँको सुत्ने कोठामा टिभी छ भने त्यसले पनि तपाइँको यौन जीवनमा नकारात्मक प्रभाव पार्छ । सुत्नु अघि अबेर सम्म टिभी हेर्दा निद्रामा समस्या हुने र यौन प्रति चाहाना नहुने अध्यनले देखाएको छ ।
४ फोनको प्रयोगः
यदि तपाइँ ओच्छ्यानमा पनि फोन साथमै राख्नु हुन्छ भने त्यो पनि तपाइँको यौन जीवनका लागि घातक हुन सक्छ । यसले सामाजिक जीवनमा राम्रो भूमिका खेले पनि निजी जीवनमा राम्रो गर्दैन । स्वस्थ यौन जीवनका लागि सुत्ने बेला फोन साथमा नराख्नुस् ।
५ राति अवेर सम्म कामः
कार्यालय वा घरमा राति राति सम्म काम गर्नु हुन्छ भने तपाइँको यौन जीवन बरवाद हुँदैछ । शोधमा अवेर सम्म ओच्छ्यानमा ल्यापटप वा अन्य उपकरण चलाउने र राति सम्म काम गर्नेहरुको यौन जीवन पनि राम्रो नहुने देखिएको छ । राति अवेर सम्म काम गर्दा यौन चाहाना कम हुँदै जाने अध्यनको निष्कर्ष छ ।
यि कुरामा केही समय ध्यान दिनुस् तपाइँको यौन जीवन अहिले भन्दा पनि राम्रो हुनेछ ।
nepaliheadlines.com

मानिसहरु स्वस्थ रहन उसको आहारले निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । कुनै खानेकुराले मानिसको स्वास्थमा नकारात्मक असर पुर्‍याउँछ भने कुनै खानेकुराले फाइदा । यस्तै एउटा गुणकारी फल छ, मेवा । मेवा, पृथ्वीले मानिसको शरिरलाई दिएको एउटा अनुपम उपहार हो । आफ्नो दैनिक आहारामा छुटाउँनै नहुने मेवाको विशेषताहरु यहाँ उल्लेख गरिएका छन् :

– थोरै क्यालोरी, धेरै पौष्टिक तत्व भएको यो गुनिलो फललाई मोटोपन घटाउन प्रयास गरिरहनु भएका मानिसहरुले आहाराको रुपमा लिन सक्नुहुन्छ ।
– टुक्रा पारिएको मेवाले छालाको घाउ र चोटपटक लागेको ठाउँमा लगाएमा निको पार्छ ।
– यसको नियमित प्रयोगले क्यानसर हुनबाट समेत जोगाउँछ ।
– मेवाले कपाल बढाउनमा समेत मद्दत गर्छ ।
– यदि मेवा सहि मात्रामा खाने गरेमा यसले मानिस शरिरको रोगविषहरुबाट छुटकारा दिन्छ ।
– कब्जियत र अपच भएको बेला मेवाको सेवन गर्नाले राहत मिल्छ ।
स्रोतः रातोपाटी
तस्वीरः गुगल इमेज

सेक्सको बारेमा प्रत्येक देशको आआफ्नै परम्परा र धारणा रहेका छन । कुनै देशमा सेक्सका बारेमा कडा नियम कानुनहरु रहेका छन भने कुनै देशमा उदारता पाउन सकिन्छ । कुनै कुनै देशमा सेक्सको बारेमा यस्तो विचीत्रको नियम छ जसलाइ सुनेर तपाईलाई पत्यार गर्न अप्ठेरो लाग्दछ । हेरौ दुनियाकासेक्समा विचीत्र नियमहरु:
 १.कोलम्वियाको काली भन्ने ठाउमा बिवाह पश्चात आफ्नो आमाको अगाडि मात्र श्रीमतीसंग सेक्स सम्वन्ध राख्न पाइन्छ ।
 २.अमेरिकाको वेस्टर्न पेसिफीक ओसियनको केटाहरुको पूर्णकालीन काम नै गाउमा घुमेर कुमारी केटीहरुको कुमारित्व भङ्ग गर्ने हुन्छ कारण त्यहा कुमारी केटीहरुको विवाह हुदैन ।
 ३. वासिङ्गटानको एउटा राज्यमा कुनै पनि परिस्थीतिमा भर्जिन केटिको साथमा सेक्स गरेमा त्यसलाइ गैरकानुनी मानिन्छ । सुहागरातमा समेत यो नियम लागु हुन्छ ।
 ४.इन्डोनेशियामा यदि हस्तमैथुन गरिरहेको भेटिएमा टाउको काटेर शरिरबाट छुट्याउने सजायको प्रावधान छ  ५. बहरिन भन्ने ठाउमा चिकीत्सकहरुले चेक अपको क्रममा प्रजनन अंग हेर्ने अधिकार त छ तर उनीहरु महिलाको प्रजनन अंग सिधै हेर्न सक्दैनन ऐनाको माध्यमबाट प्रतिविम्वमा मात्र हेर्न सक्दछन । ६.मिनियापोलसको अलेक्जेनिड्रया भन्ने ठाउमा सार्डेन माछाको अगाडि महिला पुरुषलाइ सेक्स गर्न बर्जित गरिएको छ
 ७.लेबनानमा कुनै पुरुषले भाले जनावरसंग सेक्स गरेको भेटिएमा उसलाइ मृत्युदन्डकै सजाय हुन्छ तर यसको अलावा पोथी जनावरलाइ सेक्स गरेको खन्डमा भने कुनै कानुनी सजायको व्यवस्था छैन ।
 ८.पm्लोरिडामा काँडा भएका अर्थात दुम्सी जस्ता खालका जनावरसंग सेक्स वर्जित गरिएको छ । ९.सङ्गटानमा जनावरहरु संगको सेक्सलाई मान्यता दिइएको छ । तर त्यसका लागि जनावरको ओजन ४० पाउन्ड भन्दा माथि हुनुपर्दछ ।
 १०.बेलिवियाको सान्ताक्रुज भन्ने ठाउमा एकै साथ आमा र छोरीसंग सेक्स सम्वन्ध राख्न गैरकानुनी मानिएको छ ।
 ११.मोन्टानाको बोजमेन भन्ने ठाउमा सूर्यास्त पश्चात घरको आगनमा सबै किसीमको सेक्स कृयाकलाप बर्जित गरिएको छ ।
 १२.नेबादा भन्ने ठाउमा बिना कण्डमको सेक्सलाइ गैरकानुनी मानिन्छ ।
 १३.भर्जिनिया भन्ने ठाउमा बत्ति बालेर सेक्स गर्न बर्जित गरिएको छ ।
 १४.एरिजोन सहित अठार देशमा ओरल सेक्स बर्जित गरिएको छ
 १५.केहि मध्यपुर्वी देशहरुमा यस्तो पनि कानुन छ जहा भेडासंग सेक्स गरेमा भेडाको मासु सजायको रुपमा ख्वाइन्छ ।
 १६.ओहियोको अक्सफोर्ड प्रान्तमा कुनै पनि महिलाले पुरुषको तस्विर अगाडि कपडा खोलेमा गैर कानुनी मानिन्छ ।
 १७.अमेरिकाको एरिजोना प्रान्तमा एउटा घरमा दुइवटा सेक्सट्वाय राख्ने अनुमति दिइएको छैन जवकी टेक्सासमा ६ वटा सम्म राख्न पाइन्छ ।
 १८.अमेरिकाको जर्जिया प्रान्तमा सबै किसीमको सेक्सट्वाय प्रतिवन्धीत छ । तर तपाइलाइ यो जानेर अचम्म लाग्न सक्दछ नेपालको काठमान्डुमा स्विट सेक्रेट नामको सेक्सट्वायज पसल खोलिएको छ जहाबाट तपाइले आफुलाइ मन परेको सेक्स ट्वायज किन्न सक्नुहुन्छ ।
एजेन्सी । सविज प्राणी जून तरिकाले प्रकृतिसँग खेलवाड गरिरहेको त्यसको फल सबैले भोग्नु परिरहेको छ ।
जो प्लास्टिक र कूड़ा-कर्कट हामी पानीमा फाल्छौं त्यसले समुद्री जीवनमा भयानक असर परेको छ । यसको एउटा नमूना हालै पाइएको छ ।

यद्यपी, जून कछुवाको तस्वीर माथि देखिएको छ त्यसको नाकमा १२ सेन्टीमीटर लामो प्लास्टिक अट्किएको थियो जसका कारण यो कछुवा मरेर बाच्यो ।
एक रिसर्च टीमले यसलाई बचाएको हो, नत्र यसको मृत्यु हुन सक्थ्यो । रिसर्च टीमलाई पहिला त लाग्यो कि कछुवाको नाकमा कुनै किरा घुसेको होला तर, चेकजाँच गर्दा उनीहरुलाई थाहा भयो कि प्लास्टिकको टुक्रा हो ।
मानिसहरु जून तरिकाले फोहोरको डंगुर फैलाइरहेका छन् त्यसले कैयौं समुद्री जनावरहरु र माटोमा बस्दै आएका सजिवहरुको आफ्नो ज्यान गुमाएका छन् । समुद्री जनावरको मृत्युले पृथ्वीको चक्र नै परिवर्तन हुँदा मानिसको जीवन पनि संकटमा पर्दै गइरहेको छ ।
dainiknepal.com
भट्टराई र देउवावीच भनाभन, पूर्णबहादुरले पनि गाली खाए
२०७२ साउन ३१ गते २०:५१
३१ साउन, काठमाडौं । सीमांकनमा थारु समुदायको असन्तुष्टी सम्बोधन गर्ने प्रयासमा भएको छलफल नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाका कारण भाँडिएको छ ।
थारु र मधेसीका मागलाई समेट्ने बताइरहेका प्रमुख दलहरु सहमतिको नजिक पुग्नुको साटो थप विवाद र भनाभनमा उत्रिएका छन् ।

सम्वाद समितिअन्तरगतको उच्चस्तरीय समितिमा आइतबार ६ प्रदेशको सीमांकनमा देखिएको असन्तुष्टिबारे छलफल भएको थियो ।
तर, कांग्रेस नेता देउवाले कैलाली कञ्चनपुरको रौं पनि छोडि्दँन भनेपछि सहमति हुन सकेन । स्रोतका अनुसार बैठकमा देउवा र सम्वाद समितिका सभापति डा. बाबुराम भट्टराईबीच चर्काचर्की परेको थियो । कैलालीको रौं पनि छोडि्दन भनेपछि एमाओवादी नेतासमेत रहेका डा. भट्टराईले देउवालाई ‘तपाईलाई मैले नै ४० बुँदे माग राखेर जनयुद्ध गरेको होइन ?’ भन्ने प्रश्न गरेका थिए ।
बैठकपछि नेताहरुले सकारात्मक छलफल भएको र सहमति नजिक रहेको बताए पनि बैठकमा ‘कैलाली तपाईको ठेक्का हो ?’ भन्दै देउवासँग चर्काचर्की परेपछि सहमति हुन नसकेको एक सहभागी नेताले अनलाइनखबरलाई बताए ।
चार दलले गरेको ६ प्रदेशको सीमांकनमा एमाओवादी र फोरम लोकतान्त्रिकले कैलाली र कञ्चनपुरबारे फरक मत राखेका छन् ।
कैलालीलाई प्रदेश नम्बर ६ मा राख्दा थारु समुदायमाथि अन्याय भएको भन्दै एमाओवादीले सच्याउन माग गरेको छ ।
थारु समुदायले आन्दोलन गरिहेका छन् । मधेस केन्द्रीय चार दलले पनि थारु समुदायलाई नै अघि सारेर सीमांकनको विरोधमा आन्दोलन गरिरहेका छन् ।
तर, थारुहरुको आवाजलाई समेट्ने चारदलको प्रयास आइतबार सहमतिको नजिक पुग्नुको साटो झनै भाँडिएको छ ।
स्रोतका अनुसार शीर्षनेताहरुको बैठकमा कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्का लचिलो भएर प्रस्तुत भएका थिए । तर, देउवाले आफू पक्षीय नेता खड्कालाई समेत नकराउनोस् भन्दै म रौं पनि छाडि्दँन भनेर भनेर हप्काएका थिए ।
थारुहरुको माग सम्बोधन गर्नेबारे भएको छलफलमा एमाले नेतृत्वले पनि सकारात्मक भूमिका नखेलेको एमाओवादीका एक नेताले बतााएका छन् ।
धर्म निरपेक्षता यथावत
बैठकमा धर्म निरपेक्षताको विकल्पबारे पनि छलफल भएको थियो । तर, यसमा कुनै सहमति हुन सकेन । कांग्रेस र एमाले धार्मिक स्वतन्त्रता लेख्नु पर्ने पक्षमा छन् भने एमाओवादीले धर्म निरपेक्षता हटाउन नहुने अडानमा छ । तर, धर्म निरपेक्षताबारे संविधानमा स्पष्टीकरण लेखेर स्पष्ट पार्न एमाओवादी नेताहरु सहमत देखिएका छन् ।
आइतबारको बैठकमा बाग्लुङ र रुकुम लगायतका जिल्ला नटुक्र्याउनेबारे कुनै सहमति भएन । आइतबार नै बाग्लुङको बुर्तीबाङबासीले एमाओवादी नेता डा. भट्टराईलाई भेटेर जिल्ला टुक्र्याएकोमा आफूहरुलाई सुविधा पुगेको भन्दै खुशी व्यक्त गरेका थिए । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
भक्तपुर, ३१ साउन । बिरामी भएर आज बिहान ३ बजे अस्पताल भर्ना हुनुभएका उद्योग मन्त्री महेश बस्नेतको एपेन्डिक्सको शल्यक्रिया गरिएको छ ।

भक्तपुरको गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पतालमा उहाँको अस्पतालका प्रोफेसर डाक्टर राकेश बर्मा, डा रामभक्त कोजुलगायतका चिकित्सकको टोलीले शल्यक्रिया गरेको हो ।

क्रोनिक एपेन्डिसाइड भएका कारण इन्फेक्सन हुने भन्दै आज साँझसम्म कसैलाई भेट्न नदिएको अस्पतालका निर्देशक गोपी न्यौपानेले जानकारी दिनुभयो । पोस्ट अपरेटिभ वार्डमा राखिएका मन्त्री बस्नेतलाई पूर्णरुपमा निको हुन कम्तीमा चार दिन लाग्ने उहाँले बताउनुभयो ।

शनिबार रातिदेखि पेट दुख्न थालेपछि बस्नेतलाई आज बिहान ३ बजे अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो । अस्पतालका निर्देशक नवीनचन्द्र श्रेष्ठका अनुसार, चिकित्सकले मन्त्री बस्नेतलाई क्रोनिक एपेन्डिसाइड भएको प्रारम्भिक स्वास्थ्य परीक्षणमा पत्ता लगाएपछि बिहान १० बजेदेखि एक घन्टा लगाएर शल्यक्रिया गरिएको हो ।

मन्त्री बस्नेतले शुक्रबार साँझदेखि पेट दुख्न सुरु भएको र शनिबार बेलुकीदेखि पेट दुख्ने तथा बान्ता भएको बताउनुभयो ।

शल्यक्रियामा संलग्न डा वर्माले अस्पताल ल्याउन ढिला हुँदा एपेन्डिसाइड बिग्रिसकेकाले केही सचेत हुनुपर्ने बताउँदै शल्यक्रियापछि मन्त्री बस्नेतको अवस्था भने सामान्य रहेको बताउनुभयो ।

एमाले अध्यक्ष केपी शर्मा ओली, स्वास्थ्यमन्त्री खगराज अधिकारी, युवा सङ्घका अध्यक्ष निरु पाल लगायतले अस्पतालमा पुगेर मन्त्री बस्नेतलाई भेटगरी उहाँको अवस्थाको बारेमा जानकारी लिनुभएको थियो ।

अष्ट्रेलिया-बैज्ञानिकहरुले अष्ट्रेलियामा क्यान्सर रोगका विरुद्ध अत्यन्तै हितकारी फल पत्ता लगाएका छन् । ब्रिस्बेन शहरस्थित ‘क्युआइएमआर’ बर्घोफर मेडिकल रिसर्च इन्स्टिच्युटका ग्लेन बोय्लेले नेतृत्व गरेका अनुसन्धानकर्ताहरुले यो कुरा पत्ता लगाएका हुन् । उनीहरुले यो फलका बारेमा भर्खरै ८ वर्ष लामो अध्ययन पुरा गरेका हुन् । शुदुर उत्तरी क्विन्स्ल्याण्डमा यो फल फल्ने गर्दछ ।

यसको प्रयोगले घाँटी, अनुहारको ट्युमर र छालाको क्यान्सरलाई पुरै नष्ट पार्दछ । ‘ब्लुसउड’ रुखमा यो फल फल्ने गर्दछ । यसको बैज्ञानिक नाम ‘हिल्याण्डीया डकरिली’ हो । यसलाई यहाँका स्थानिय जनजातीहरुले ‘एकदमै छिटो काम गर्ने औषधी’को रुपमा चिन्ने गर्दछन् ।

 यो फलमा प्राप्त भएको तत्वलाई निकालेर अहिले औषधी बनाइएको छ । र यो औषधि बिरालो, कुकुर र घोडा लगायतका ३०० प्रकारका जनावरहरुमा प्रयोग गरिसकिएको छ ।

यी जनावरहरु सतही खालका क्यान्सरबाट पिडीत थिए । जेसिका भोन्डेरेनका अनुसार ३०० मध्ये ७५ प्रतिशत जनावरहरुको ट्युमर हरायो । बैज्ञानिकहरुका अनुसार यो औषधि जनावरहरुका लागि त एकदमै प्रभावकारी र छिटो पनि छ। पाँच मिनेटमै यसले प्रभावकारी असर देखाउन थाल्छ ।

एक हप्तादेखी १५ दिनसम्ममा ट्युमर पुरै निको भएको देखियो । तर दुखको कुरो यो बेरी जस्तो पायो मौषम र स्थानमा नफल्ने देखिएको छ । रिसर्च टिमका प्रमुख बोय्लेका अनुासर अब छिटै मानवका लागि पनि यो औषधी निर्माण गरिँदै छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
२०७२ साउन ३१ गते १७:०१

अनलाइनखबरको ‘मनोरञ्जन भिडियो समाचार’मा आज हामी चर्चित हाँस्य कलाकार दीपाश्री निरौलालाई एक चलचित्रमा बोक्न भन्दा किन मानेनन् ‘माग्ने बुढा’ले ? यो प्रसंगलाई प्रस्तुत गर्नेछौ ।

दीपाको तौले खुलाउँदै ‘माग्ने बुढा’ले के भने, यो प्रसंग भने आजको ‘मनोरञ्जन भिडियो समाचार’मा प्रस्तुत छ ।
लोक गायिका ज्योती मगरलाई छोटो पहिरन लगाएर अश्लिलता नफैलाउन कसले गरायो सचेत ? साथमा सैफअली खानका २ श्रीमतीको कुरा र ऋतिक रोशनले चलचित्र ‘आशिकी ३’ खेल्नु बिषय ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
हङकङ पुगेकी ज्योतिलाई केकी जस्तै बन्न सुझाव

साउन, काठमाण्डौँ । ज्योति मगरको चर्चा सामाजिक सञ्जालमा अझै सेलाएको छैन । उनको आलोचना र सर्मथनमा बहसहरु चलिरहेकै छन् । चर्चा चर्काएका गायक रामप्रसाद खनालले फेरी करिब १५ मिनेटको भिडियोमा माफि माग्नुका साथै दर्शक र ज्योति मगरलाई शालीन आग्रह गरिसकेका छन् ।


यि सबै कुरालाई सामान्य रुपमा लिँदै ज्योति मगर शनिबार हङकङ पुगेकी छिन् । उनले हङकङ पुग्ने बित्तिकै दुईवटा सेल्फी तस्वीर शुभेच्छुकमाझ फेसबुकमार्फत सार्वजनिक गरेकी थिईन । सार्वजनिक तस्वीर यस्ता छन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
जर्कार्ता, साउन ३१ – (एजेन्सी) इन्डोनेशियामा ५४ जनासहितको यात्रूवहाक जहाज हराएपछि त्यसको खोजी तिव्र पारिएको छ ।

उक्त जहाज ग्रमिण पूर्व क्षेत्र पपुवामा हराएको अनुमान लगाइएको छ । जहाजमा ४४ वयस्क, ५ जना कर्मचारी र ५ जना बालबालिकाले यात्रा गरिरहेका थिए । ट्रिगाना एयरको यो जहाज ओकेसिविलका लागि उडेको इन्डोनेशियाको राष्ट्रिय खोजी तथा उद्धार एजेन्सीले जनाएको छ । यस जहाज इन्डोनेशियाको राजधानी जयापुरास्थित सेन्टानी विमानस्थलबाट उडेको थियो ।
यस विमान आफ्नो उडान भरेको ३३ मिनेटपछि सम्पर्क विच्छेद भएको थियो । सेन्टानी र ओकेसिविलबीचको हवाई दुरी ४५ मिनेट रहेको छ । इन्डोनेशियाको यातायत मन्त्रालयका प्रवक्ताले विमान सम्पर्क विहिन अवस्थामा रहेको पुष्टि गर्दै भनेका छन्, ‘के हो भन्ने थाहा छैन् । हामी अझै स्थानिय अधिकारीसँग सहकार्य गरेर खोजीमा छौँ ।’ गत डिसेम्बरमा इन्डोनेशियामै एयर एशियाको विमान दुर्घटना हुदाँ १ सय ६२ जनाको ज्यान गएको थियो । www.ratopati.com
काठमाडौं, ३१ साउन । काठमाडौँमा आज (आइतबार) भूकम्पको धक्का महसुस भएको छ । दिउस करिब ३ बजेर ४० मिनेट जादा भूकम्पको धक्का महसुस भएको हो ।
काठमाडौंको टेकु नजिकै केन्द्रबिन्दु भएको ३.८ म्याग्निच्यूडको भूकम्प गएको हो । शनिबार राति ११ बजेर ५६ मिनेट जाँदा पनि दोलखाको सुस्पा क्षमावती केन्द्रविन्दु भएको ४.८ म्याग्निच्यूडको परकम्प गएको थियो।
गोपाल रेग्मी
रुकुम, साउन ३१– बाह्र लाख रुपैयासहित श्रीमती अर्कैसंग फरार भएपछि रुकुमको विजयश्वरी गाविस वडा नं ४ नाखिराका धनिराम गिरी अहिले तनावमा रहेका छन् ।
 वालवच्चाको उज्वल भविष्य बनाउने सपना बोकेर वैदेशिक रोजगारीको शिलसिलामा कतार पुगेका उनी अहिले श्रीमती सम्पत्तीसमेत लिएर अर्कैसँग हिँडेपछि तनावमा परेका हुन् । दम्पत्तीबीच सहमतिमै गिरी कतार गएपनि त्यसको वर्ष दिन पुग्न नपाउदै श्रीमती चन्द्रकला ५ वर्षे छोरा र ६ वर्षकी छोरी लाई मध्यराती घरमा सुतेको अवस्थामा छाडेर अर्कैसँग भागेको छिमेकीले वताएका छन् । आमा अर्कैसंग विहे गरेर गएपछि अलपत्र परेका वालवच्चा मामली घरमा वस्दै आएका छन् । १२ वर्ष पहिले विहे गरेका धनिरामले खच्चड विक्रि गरेको नगद जिन्सी र हाल सम्म कमाएको जम्मा १२ लाख रुपैया लिएर उनी भागेको बताइएको छ । कतारमा सेक्युरीटी गार्डमा काम गर्ने गिरी घरमा आउन चाहेको भएपनि कम्पनिले २ वर्ष नपुगे सम्म जान नदिने भएपछि झन् चिन्तित वनेका छन् । चन्द्रकला भागेर गएको केटाको नाम र ठेगाना खुल्न सकेको छैन ।
www.ratopati.com
राशि अनुसार प्रेमका लागि विभिन्न बार अनुकुल हुने ज्योतिषशास्त्रीहरु बताउँछन् । यहाँ विभिन्न राशिलाई आइतबार प्रेम प्रसंग कस्तो हुन्छ भनेर चर्चा गरिएको छ ।
मेष राशि
आइतबार मेष राशिका ब्यक्तिलाई प्रेमको दृष्टिकोणबाट राम्रो मानिँदैन । आइतबार मेश राशिका ब्यक्तिको प्रेममा झगडाको योग छ । आइतबार प्रेम प्रसंग अघि बढाउँदा सम्बन्ध जोडिने भन्दा टुट्ने सम्भावना बढी हुन्छ ।

वृष राशि
वृष राशिका ब्यक्तिका लागि आइतबार सामान्य मानिन्छ । प्रेम प्रसंगमा पनि मध्यम नै हुन्छ । तपाइँको कुरा प्रेमि वा प्रेमिकालाई बुझाउन कठिन हुन्छ । मनलाई शान्त राखेको राम्रो ।

मिथुन राशि
आइतबार मिथुन राशि भएकाहरुलाई प्रेमको दृष्टिले राम्रो मानिँदैन । प्रेम प्रसंग आइतबार भन्दा अन्यबार नै गर्नुस् । आइतबारको दिन प्रेमी प्रेमिकाबीच उल्टो मनमुटावको योग देखिन्छ ।

कर्कट राशि
प्रेमको दृष्टिले कर्कट राशिका लागि राम्रो छ आइतबार । तपाइँका प्रेमि वा प्रमिका भाग्यशाली सावित हुन सक्छन् । प्रेमी प्रेमिकाले आइतबारलाई मधुर बनाउन सक्छन् । सके सम्म प्रेम ब्यक्त गर्नुस् ।

सिंह राशि
सिंह राशिलाई प्रेमको दृष्टिले आइतबार सबै भन्दा उत्तम हुन्छ । यो राशिका ब्यक्तिले प्रेम नै प्रेमको अनुभव गर्न सक्छन् । आफ्नो तरिकाले प्रेम ब्यक्त गर्नुस् महौल तपाइँको पक्षमा छ । प्रेम जीवनको आनन्द लिनुस् ।

कन्या राशि
कन्या राशिका लागि प्रेमको दृष्टिले आइतबार राम्रो छैन । आइतबार प्रेम प्रसंग गर्नु भो भने तपाइँको विछोड हुन पनि सक्छ । खासगरी आइतबार प्रेम भन्दा पनि विवाहेत्तरको सम्बन्ध भएकाहरु समस्यामा पर्न सक्छन् ।

तुला राशि
आइतबार तुला राशिका लागि प्रेमको दृष्टिले मध्यम छ । तपाइँहरुको बीचमा मतभेद आउन सक्छ । आइतबारको दिन प्रेम ब्यक्त गर्नका लागि सही छैन । विचार पुर्‍याएर मात्र गर्नुस् ।

वृश्चिक राशि
प्रेम देखाउने बस्तु होइन भन्ने कुरा विचार गर्नुस् । दिलको कुरा बुझ्ने कोशिस गर्नुस् । यदि तपाइँलाई प्रेम देखाउने चिज हो भन्ने लाग्छ भने मात्र ब्यक्त गर्नुस् । अन्यथा अघि नबढ्नुस् । प्रेमलाई भोग गर्ने बस्तु पनि नठान्नुस् ।

धनु राशि
धनु राशिका लागि पनि प्रेमको दृष्टिमा आइतबार प्रतिकुल छ । तपाइँले समयलाई आफ्नो पक्षमा राम्रो बनाउन नसक्ने पनि हुन सक्छ । तपाइँको जिद्धी स्वभाव घातक हुन सक्छ । अरुका कुरा सुन्नुस् ।

मकर राशि
प्रेम जीवनमा पारदर्शी बन्नुस् । साथीत्वलाई बढी जोड दिनुस् । आफ्नो कुरा भन्नुस् आइतबार तपाइँका लागि शुभ हुन सक्छ । विग्रिएका सम्बन्ध पनि बन्न सक्छन् ।

कुम्भ राशि
आइतबार कुम्भ राशिलाई खासै उत्साहजनक मानिँदैन । प्रेम ब्यक्त गर्नका लागि तपाइँको बोली कठोर बन्न सक्छ । तसर्थ सके सम्म कम बोल्नु राम्रो ।
बोल्नै परे अलि संयमित भएर बोल्नुस् ।

मीन राशि
मीन राशिका लागि प्रेम ब्यक्त गर्न आइतबार नराम्रो मानिँदैन । यद्यपी प्रेममा एक्कासी अघी बढ्न खोज्नु भो भने आँधी पनि आउन सक्छ । केही समय लिएर प्रेममा अघि बढ्नुस् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
२०७२ साउन ३१ गते १३:५२

बलिउडका चर्चित नायक सैफ अली खान आज आफ्नो ४५ औं जन्मदिन मनाउँदैछन् । सैफले पत्नी करिनासँग जन्मदिन मनाउँदैछन् । सैफ अली खान आफ्नो चलचित्र करिअरसँगै विहे प्रसंगले पनि चर्चामा छन् । उनले नायिका अमृता सिंहसँग बिहे गरे ।

आफू भन्दा १२ बर्ष जेठी अमृताबाट २ सन्तान पनि भयो । तर, सैफले उनीसँग सन् २००४ मा सम्बन्ध बिच्छेद गरेका थिए । यसपछि सैफ बलिउडकी सुन्दरी करिना कपुरसँग रिलेशनमा रहे । उनीहरुले सन् २०१२ मा बिहे गरे । रमाइलो कुरा त के छ भने सैफले पहिलो बिहे आफू भन्दा १२ बर्ष जेठी नायिकासँग गरे भने दोश्रो बिहे आफू भन्दा १० बर्ष कान्छी नायिकासँग गरे ।
सैफ अली खानले सन् १९९२ मा चलचित्र ‘परम्परा’बाट बलिउडमा आफ्नो पाइला राखेका थिए । चलचित्र ‘आशिक आवार’ले उनलाई सन् १९९३ मा फिल्मफेयर अवार्डमा उत्कृष्ट नायकको अवार्ड दिलायो । निर्देशक फरहान अख्तरको चलचित्र ‘दिल चाहता हे’बाट सैफको करिअरमा नयाँ फड्को आएको थियो । ३ साथीको कथावस्तुमा बनेको यो चलचित्रले खुबै चर्चा पायो ।
उनलाई चलचित्र ‘हम तुम’ले सोलो नायकमा पनि सैफ हिट हुन सक्छन् भन्ने चर्चा दियो । यही चलचित्रबाट उनले फेरि ‘फिल्म फेयर’ अवार्ड प्राप्त गरे ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
झन्डै पाँच बर्षदेखि नेपाली कामदार लैजान बन्द गरेको इजरायलले हाल आएर पहिलो चरणमा ६० जना महिला कामदार लिन सहमती जनाएको छ । कुैन बेला ६ लाख देखि १० लाख सम्म रकम एजेन्टलाई बुझाएर नेपाली कामदारहरु इजरायल जाने गरेकोमा अब इजरायल र नेपाल बिच भएको श्रम सम्झौताको कारण करिब ६५ हजारमै इजरायलमा रोजगारीको लागी पुग्न सकिने भएको छ ।

अन्य देशको तुलनामा राम्रो कमाइ हुने इजरायल नेपालीहरुको लागी राम्रो र सुरक्षित गन्तब्यको रुपमा परिचित छ ।




बिशेष गरेर महिलाहरुको लागी उपयुक्त देश इजरायलको काम र यहाँको विविध कुराहरुको बारेमा मेरो करिब ७ बर्षको ईजरायल बसाइको अनुभब म बताउन चाहन्छु।

लेखक
राम ढुंगाना ( अल्पमत )

मध्यपुर्बमा रहेको एक विकसित राष्ट्र इजरायल जुन यहुदिहरुको देश भनेर विश्वमा चिनिन्छ । इजरायलमा पनि यहुदिहरु बिच दुइ किसिमका मानिसहरु छन् । एउटा धर्म प्रति अति कट्टर धार्मिक समुदायहरु जसलाइ इजरायली भाषामा ( दत्ति ) भनिन्छ ।

अर्को समुदाय भनेको आधुनिक जिबन शैली अपनाउने समुदाय जसले स्वतन्त्रताको अत्याधिक उपभोग गरिरहेका छन् ।

इजरायलको कुल जनसंख्याको करिब बीस प्रतिशत मुश्लिम समुदाय रहेका छन् ।

खास गरेर इजरायलले खेती ( एग्रिकल्चर ) र सुसारे ( केयर गिभर ) को क्षेत्रमा बिदेशी कामदारहरु भित्रायाउने गरेको छ । यहाँ सुसारे कामदारहरुको संख्या ज्यादा छ र नेपालीहरु पनि धेरै जसो ‘सुसारेको’ रुपमा धेरै भित्रिएका छन् । र केहि न्युन संख्यामा ( खेतीमा ) काम गर्नेहरु पनि छन् ।

नेपाल लगाएत , फिलिपिन्स , श्रीलंका , भारत , रोमानिया , जस्ता देशका कामदारहरु यहाँ सुसारेको रुपमा काम गर्छ्न् ।

अपांग , अशक्त , मानसिक बिरामी र बृद्द- बुद्दाको हेरबिचार नै ‘सुसारेको ‘मुख्य काम हो ।

एकल परिवारमा बस्ने हुनाले र घर- परिवारका अन्य सदस्यहरु काममा ब्यस्त हुने र इजरायलीहरु सुसारेको काम गर्न नरुचाउने हुनाले नै यहाँको सरकारले आवश्यक पर्ने ब्यक्तिहरुको अबस्था हेरेर बिदेशी कामदार राख्न र तोकिएका देशहरु बाट कामदार झिकाउन अनुमती दिन्छ ।

नेपालीहरु काम गर्न जाने गरेको मुलुकहरु युएई, कतार, मलेशिया, दक्षिण कोरिया जस्ता देशहरुको जस्तो ‘सुसारेको’ काम आठ- दश घण्टा ड्युटि मात्र गरेर पुग्दैन। आफ्नो तोकिएको काम सकेर कोठामा फर्किन यहाँ पाइदैन । जुन घरमा काम छ त्यहि घरमा खाने, बस्ने ,सुत्ने ब्यबस्था हुन्छ ।

केयर गिभरको काम एक- किसिमले भन्नु पर्दा अस्पतालको नर्सहरुको जस्तै हो ।

यहाँ आफुले हेरबिचार गर्नुपर्ने ब्यक्तिको अबस्था अनुसार काम फरक हुन्छ । कोहीकोही बृद्द- बृद्दाहरु एक्लै बस्दा डराउने, आफै हिडडुल गर्न सक्ने तर कमजोर शारिरीक अबस्थाको कारणले साथीको लागी मात्र भएपनि काम गर्ने कामदार राख्छन् । यस्तोमा काम अलि सजिलो हुन्छ ।

कसैको भने सम्पुर्ण रेखदेख आफैले गर्नुपर्ने हुन्छ । उदाहरणको लागी कसैले मधुमेह ( सुगरको रोगी ), उच्च रक्तचाप ( ब्लड प्रेसरको ) बिरामी हेरबिचार गरिरहेका छन्।  बिरामीलाई कस्तो किसिमको खाना दिने ? कतिबेला सुताउने – उठाइदिने , बेला- बेलामा उसको रगतमा सुगरको मात्रा नाप्ने र ब्लड प्रेसरको अबस्था थाहा पाउने ।

र बिरामीको अबस्थामा उतारचढाब भएमा एम्बुलेन्स बोलाएर अस्पताल लैजान पर्ने हुन्छ । त्यसैले यस्ता ब्यक्तिहरुको हेरबिचार चनाखो भएर गर्नु पर्छ ।

घरको सरसफाइ गर्ने , खाना बनाउने , आफुले हेरबिचार गरिरहेको ब्यक्तिहरुलाई बिहान बेलुका घर बाहिर घुमाउन लैजाने यी सामान्य कुराहरु केयर गिभरले गर्न पर्ने कामहरु हुन् ।

केयर गिभरलाई स्थानीय इजरायली भाषामा केटा- केटिलाइ, मेतापेल / मेतापेलेत भनिन्छ । जस्को अर्थ हुन्छ काम गर्ने मान्छे ।

इजरायलीहरु मिजासीला र सहयोगी भावनाका हुन्छन् । आफुलाइ काममा चित्त नबुझेको कुरा स्पस्ट भन्न पाइन्छ । र आफुलाइ अन्याय भएको छ, हेपाइ र पेलाइमा परिएको छ भने अदालतको ढोका ढक्ढक्याउन पाइन्छ ।

चित्त नबुझेमा काम छोडेर अर्के काम फेर्न मिल्छ ।

साउदी, कुबेत, लेबनान जस्ता देशहरुमा नेपाली चेलीहरुले दुँख पाएका , शाररिक , मानसिक शोषण यौनजन्य हिंसा हुने र सुनुवाइ पनि कतै नहुने भन्ने समाचारहरुमा देखिए पनि इजरायलमा त्यस्ता घटनाहरु हाल सम्म सुनिएका छैनन्।

ईजरायलीहरु प्राय : सबै शिक्षित , आधुनिक बिचारधारा बोकेका र कडा कानुन भएकोले यस्ता कुनै पनि घटनाहरु र महिला हिंसाको बारेमा नराम्रा कुराहरु सुनिदैन ।

इजरायलमा धेरै बर्ष काम गरेको मेरो अनुभवले यहाँ बिदेशी कामदार भनेर हेपिदैन । कसैले पनि दोस्रो दर्जाको नागरिकको ब्यबहार गर्दैनन् । एउटै घरमा काम गर्दा पनि परिवारका सदस्यहरु जस्तै राम्रो ब्यबहार गर्छन् । माया गर्छन् ।

ईजरायल आउने सबै कामदारहरुलाइ सजिलो काम पर्छ । सबैले राम्रो पैसा कमाँउछन् र यहाँ सबै कुराहरु सय प्रतिशत नै राम्रो छन् भन्ने पनि हैन । यहाँ पनि काममा विविध समस्याहरु र दुख हैरानीहरु छन् ।

१) चौबीसै घण्टा घरमा बसिरहनु पर्ने दिक्दारी ।
२) भनेको समयमा छुट्टि नमिल्ने ।
३) दिमाखी हालत ठिक नभएकाहरु संग संगत र उनीहरुको हेरबिचार गरिरहनु पर्दा आफैलाइ डिप्रेसन हुने समस्या ।
४) राम्रो संग काम गर्दा पनि ईम्प्लोएरले कामको जस नदिने ।
५) भाषाको समस्या ।
६) महिलाहरुको तुलनामा पुरुषहरु लाई काम पाउन गार्हो ।

प्रत्येक हप्ता कामदारहरुले २६ घण्टा छुट्टि पाउँछन् । तर काममा आफ्नो आवश्यकता भएको खण्डमा छुट्टि नपाउन पनि सकिन्छ । यदि शुक्रबार र शनिबार बिदाको दिनमा पनि काम गर्न परेमा ‘ओभरटाइमको ‘ पैसा पाइन्छ । साथै अतिरिक्त खर्चको लागी भनेर प्रत्येक हप्ता करिब २५ डलर दिइन्छ ।

न्युनतम तलबको कुरा गर्नुपर्दा अहिलेको अबस्थामा सामान्यत : एक लाख भन्दा माथी नै हुन्छ । यदि शुक्रबार,  शनिबार अतिरिक्त काम गर्ने हो भने २०/३० हजार थप हुन्छ।

आजभन्दा पाँच /छ बर्ष अगाडि करीब बिस हजारको संख्यामा रहेका नेपाली कामदारहरु अहिले करिब चार/पाँच हजारको संख्यामा मात्र रहेका छन् । धेरै जसो यतैबाट युरोप , अमेरिका , क्यानडा जस्ता देशहरुमा पुगेका छन् भने समय सक्किएपछि आफ्नै देश फर्किरहेका पनि थुप्रै छन् ।

प्राय : महिनाको दश तारेख तलब बुझेपछि नेपालीहरु छुट्टिमा निस्कन्छन् । तेलअभिब, जेरुसलेम, हाइफा, नारीया, तिबेरिया, जस्ता मुख्य शहरहरुमा छुट्टि निस्केको बेलामा साथीभाइहरु संग रमाँइलो गर्न समय कटाउन अपार्टमेन्टहरु लिएका छन् । प्राय : सबैको त्यहि ठाउँहरुमा भेट हुन्छ ।

छुट्टिको बेलामा , रमणिय ठाउँहरु घुम्न ( टुर ) जाने नेपाली चाडपर्बहरु मनाउँने , समय-समयमा नेपालबाट कलाकारहरु मगाएर सांस्कृतिक कार्यक्रम गरिने गरिएको छ।

यहाँ काम गर्न पाइने अबधी भनेको चार बर्ष तीन महिना मात्र हो । त्यो भन्दा माथी बस्नको लागी आफ्नो भाग्यमा पनि भर पर्छ । चार बर्ष तिन महिना भन्दा बढि समय कटिसकेपछि आफुले हेरबिचार गर्दै आइरहेको ब्यक्ति बाचुन्जेल र इम्प्लोएरले आफुलाइ मन पराएर राखुन्जेल जति समय पनि बस्न पाइन्छ ।

समग्रमा भन्नु पर्दा पुरुषहरुको तुलनामा महिलाहरुको लागी एकदमै राम्रो र भरपर्दो गन्तब्य हो इजरायल । थुप्रै नेपाली- चेलिबेटिहरुले इजरायलमा दुख गरेर आफ्नो र आफ्नो घर- परिवारको भबिस्य राम्रो बनाइ सक्नुभएको छ । त्यसैले हाल खुलेको ६० जनाको कोटा एकदमै थोरै हो । सकेसम्म नेपाल सरकारले राम्रो पहल गरेर इजरायलमा बढि भन्दा बढि नेपाली दिदिबहिनीहरु पठाउन सकेमा उनीहरुको आर्थिक स्तर र नेपालको अर्थतन्त्रलाई समेत फाइदा पुग्छ ।

सरकारले बढि भन्दा बढि नेपाली कामदार इजरायल पठाउने बिषयमा अझै बढि पहल गरोस् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
नेपालगञ्ज ,साउन ३१ । तराई दोहोरो बन्दको मारमा परेको छ । पाँच दिनदेखि लगातार थारुहरुको बन्द भोग्दै आएको तराईमा आजदेखि फेरि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र मोहन बैद्य नेतृत्वको नेकपा माओवादीको बन्द थपिंदा बाँकेसहित यस क्षेत्रको जनजीवन थप कष्टकर र अस्तव्यस्त बनेको छ ।
गत बुधबारदेखि थरुहट प्रदेशको माग गर्दै थारुहरुले गरेको बन्दका कारण सुचारु हुन नसकेका बाँकेका विद्यालयहरु आजदेखि सञ्चालन हुन दिने भनिएपनि बन्दकै बीच अर्को बन्द थपिंदा पठनपाठन आज पनि हुन सकेन । बिद्यार्थीको पठन पाठनलाई मध्यनजर गर्दै थरुहटले आजबाट बाँकेका सबै शिक्षण संस्था खोल्न आह्वान गरेको थियो । थरुहट संयुक्त संघर्ष समिति बाँकेका संयोजक चन्द्रबहादुर चौधरीले विज्ञप्ति मार्फत आह्वान गरेपछि आज बिहानै शिक्षण संस्था सञ्चालनमा आएका थिए । तर, खुलेको आधा घण्टामै मधेसी मोर्चाका कार्यकर्ता पुगेर शिक्षण संस्था बन्द गराए । थरुहटले गरेको निर्णय विपरीत मोर्चाले शिक्षण संस्था बन्द गराएपछि बिद्यार्थी र शिक्षकहरु निराश भएर घर फर्किए । खुलेका शिक्षण संस्था अचानक बन्द गराउँदा शिक्षक र बिद्यार्थी यतिबेला अन्योलमा परेका छन् । बन्दमा हुने सक्ने अराजक गतिविधि रोक्न बाँके प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ । बिहानैदेखि नेपालगंज र कोहलपुरका चोक चोकमा प्रहरी परिचालन गरिएको छ । यसैबीच बन्दमा पूर्व पश्चिम राजमार्गमा अलपत्र परेका सवारीका साधनलाई प्रहरीले स्कटिङ गरेर विहान नेपालगञ्ज ल्याएको छ । यस्तै अखण्ड मध्यपश्चिम, एकीकृत राप्ती र स्वायत्त कर्णाली माग्दै एक सातादेखि गरिएका बन्दले सुर्खेत, कर्णाली, जाजरकोट, दैलेख, सल्यान, रुकुम आज पनि ठप्प छन् । निरन्तरको बन्दले ती क्षेत्रमा दैनिक उपभोग्य बस्तुको हाहाकार हुन थालको छ ् । बन्दले दैनिक करोडौंको कारोबार प्रभावित भएको छ । सबैभन्दा बढी मार यातायात क्षेत्रमा परेको छ । दिनभरी काम गरेर साँझ विहानको छाक जोहो गर्ने मजदुरहरुको विचल्ली नै भएको छ www.etajakhabar.com
परासी : नवलपरासीको बासाबसहीमा बन्दकर्ताहरुले आज बिहान तीनवटा गाडी जलाएका छन् ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट–सुनवल सडकखण्डको तिलकपुरको तुलसीनगरमा बन्दकर्ताले दुईवटा ट्रक र एक पिकअप भ्यान जलाएका हुन् ।

बन्दकर्ताले ना३ख ६९२६ नं को ट्रक र बा१०च ३३१३ नंको पिकअप भ्यान र नम्बर नखुलेको एक ट्रकसहित तीनवटा गाडी जलाएका छन् । त्यसैगरी बन्दकै क्रममा गाडी पल्टिँदा नम्बर नखुलेको ट्रकका चालक रविलाल गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।



नवलपरासीमा लगातार एक सातादेखि थरुहट मधेसी संयुक्त सङ्घर्ष समितिले बन्द आह्वान गरेका छन् ।
annapurnapost.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home