• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौं, ३ असार । नौ महिनाकी गर्भिणी २३ वर्षीया सुशीला ठाकुर बुधबार जसोतसो हिँड्दै धनुषा जिल्ला प्रहरी कार्यालय आइपुगिन् ।
चिकित्सकले दुईतीन दिनमै बच्चा हुनसक्छ भने पनि घरमा आराम गर्नुको साटो चर्को घाममा प्रहरीकहाँ आइपुगेकी सुशीलाले आफ्नै आमाबुबालाई लगाएको आरोपले झस्काउँछ ।
आर्थिक लोभका कारण आमाबुबाले छोरासहित आफूलाई अर्कैको हातमा बेचेको भन्दै उनले प्रहरी गुहारेकी हुन् । धनुषा रघुनाथपुर ८ माइत भएकी सुशीलाको आरोप छ, बुबा मिश्री ठाकुर बरही र आमा कुमारी ठाकुरले मसँग सापटी लिएको तीन लाख रुपैयाँ पचाउन उल्टै मलाई नै दुई वर्षको छोरासहित ४० हजारमा बेचे ।
प्रहरीसँग सुशीलाले जे सुनाइन्, त्यसले नेपाली समाजमा गढेको आपराधिक चरित्रको एउटा रूप उजागर गर्छ। धनुषा पटेर्वा ३ का २८ वर्षीय विष्णु ठाकुरसँग पाँच वर्षअघि सुशीलाको बिहे भएको थियो। बिहे भएको दुई वर्षमा विष्णु वैदेशिक रोजगारका लागि साउदी अरेबिया गए। छोरा समर जन्मिसकेका थिए।
विष्णुले साउदी अरेबियाबाट सुशीलालाई पठाउने गरेको रकम सापटी भन्दै उनका बुबाआमा मिश्री र कुमारीले लिन थाले। दुई वर्षमा विष्णुले पठाएको तीन लाख रुपैयाँ छोरी सुशीलालाई फकाउँदै उनका बुबाआमाले चलाइदिए। दुई वर्षमा विष्णु साउदी अरेबियाबाट फर्के र आफूले पठाएको कमाइको हिसाब सुशीलासँग मागे। सुशीलाले पतिलाई भनिन्, ‘आमाबुबाले सापटी लिएका छन्।’
विष्णुले रकम फिर्ता गर्न सासूससुरालाई ताकेता गर्न थाले। सासूससुराले विष्णुलाई आफ्नी अर्की छोरी कोशिलाको घरमा बोलाए, जनकपुर। त्यो रात विष्णुलाई त्यहीं बस्न कोशिलासहित उनका सासूससुराले आग्रह गरे। राति सुतेको बेला विष्णुको सिरानीमा कटुवा पेस्तोल राखेर उनीहरूले प्रहरीलाई खबर गरे। कोशिलाका पतिले भारततिरबाट कटुवा पेस्तोल ल्याएका थिए।
प्रहरीलाई विष्णुलाई समात्यो र हातहतियार तथा खरखजाना ऐनमा समात्यो। उनले जलेश्वर जेलमा डेढ वर्ष काट्नुपर्‍यो। पति जेल परे पनि सुशीलालाई आफ्नै आमाबुबाले षड्यन्त्र गरेर उनलाई जेल पठाएको कल्पनासम्म भएन। पति जेल परेपछि सुशीलालाई घरै चलाउन मुस्किल पर्न थाल्यो। उनले आमाबुबालाई पटकपटक सापटी फिर्ता गर्न अनुरोध गरिन्।

पीडित सुशीला ठाकुरका आमाबुबा ।
बुबाआमाले सुशीलालाई पनि ठेगान लगाउने विचार गरे। आमाबुबाले अघिल्लो वैशाखमा रौतहटको शिवगढी मेला हेर्न जाऊँ भनी छोरा समरसँगै सुशीलालाई फकाएर लगे। त्यहाँ पुगेर रौतहट अजगेवा गाविसका ३५ वर्षीय सौखीलाल राय यादवसँग उनीहरूले छोरीलाई नातिसहित ४० हजारमा बेचे र आफू कुलेलम ठोके। मैले म र मेरो छोरालाई बेचेको त्‍यतिखेर थाहा पाँए जब तीनचारजना पुरुषले मलाई हात समातेर लैजान खोजे।’
‘तिमी र नाति यहाँ बस्दै गर, हामी केहीबेरमा घुमफिर गरेर आउँछौं’ भनेर हिँडेका सुशीलाका आमाबुबा साँझसम्म पनि नफर्केपछि उनी आत्तिइन्। सुशीला भन्छिन्, ‘मैले म र मेरो छोरालाई बेचेको त्यतिखेर थाहा पाएँ जब तीनचारजना पुरुषले मलाई हात समातेर लैजान खोजे।’ आफूलाई आमाबुबा, मेला हेर्न भन्दै सँगै गएका माइतका छिमेकी नेंग्रा यादव, रौतहटको बिर्तागाउँमा बिहे भएकी उनकी छोरी सकुन्ती यादव र आफ्नै जेठी दिदी कोशिला मिलेर बेचेको सुशीला बताउँछिन्। यादवले घरमै थुनेर कुटपिट र यौनशोषण गरेको उनको आरोप छ।
यादवको कब्जाबाट भाग्न खोज्दा उनले निर्घात कुटपिट गर्नुसाथै घुँडामा आगोले पोलिदिएका थिए। सुशीलाले घुँडामा पोलेको घाउसमेत देखाइन्। डेढ वर्षको जेल सजाय भोगेर फागुनमा घर फर्केपछि विष्णुले सुशीला र छोरालाई खोजे। उनीहरू एक वर्षदेखि बेपत्ता भएको थाहा पाएपछि उनले आफ्नै तरिकाले खोजबिन सुरु गरे।
डेढ महिनापछि रौतहटको एक गाउँमा यादव थरका व्यक्तिसँग ४० हजारमा सासूससुराले आफ्नी पत्नी र छोरा बेचेको विष्णुले थाहा पाए। विष्णुले पत्नी र छोरा बेचिएको उजुरी रौतहटको कोपबा प्रहरीचौकीमा दिएपछि उनीहरूको उद्धार भएको थियो।
सुशीलाको उद्धार भएपछि सासूससुराले सापटी पचाउन नै यस्तो षड्यन्त्र रचेको खुलेको विष्णु बताउँछन्। सुशीलाको गर्भमा यादवको बच्चा भएको थाहा पाएपछि तनावमा आएर विष्णुले उनलाई घरमै रा न अस्वीकार गरे। गर्भवती सुशीला प्रहरीमार्फत ओरेक नेपालको स्थानीय कार्यालयस म आइन्। उनलाई डेढ महिनास म जनकपुरस्थित ओरेक नेपालको कार्यालयमा राखेको धनुषा ओरेककी प्रमुख रेखा दत्त बताउँछिन्।
अहिले सुशीलाको बच्चा पाउने बेला हुन लागेको छ। केही दिनअघि ओरेकले आयोजना गरेको एक कार्यक्रममा धनुषाका प्रजिअ कृष्णप्रसाद ढुंगानासहित महिला अधिकारकर्मीहरूले विष्णुलाई गर्भवती सुशीलालाई रा न कर गरे। विष्णुले भने, ‘म यसलाई गाउँ त लैजान सक्दिनँ, बच्चा पाउने अवस्था भएकाले जनकपुरमै डेरा गरेर रा छु।’
धनुषा जिल्ला प्रहरीमा बुधबार भएको छलफलमा सुशीलाका आमाबुबाले आफूहरूले छोरीसँग रकम सापटी नलिएको र नबेचेको दाबी गरे। बुबा मिश्रीले आक्रोशित हुँदै आफ्नी छोरी चरित्रहीन रहेको र पति विदेश भएको मौका छोपी विभिन्न व्यक्तिसँग सम्बन्ध राखेर गर्भ बोकेको आरोप लगाए। आफूहरूले सापटी लिएको हो भने प्रमाण देखाउन सुशीलाकी आमा कुमारीले माग गरिन्। सुशीला भन्छिन्, ‘आमाले मागेपछि तमसुक बनाएर पैसा दिने कुरा भएन। आमाबुबामाथि गरेको विश्वासको यो फल भोग्नुपर्‍यो।’
धनुषा प्रहरी उपरीक्षक गणेशबहादुर थापाले प्रारम्भिक अनुसन्धानमा सुशीलाका आमाबुबाले पैसा लिएजस्तो देखिएको तर बेचेको हो वा होइन भन्ने विषयमा अनुसन्धान अगाडि बढाइएको बताए। सत्यतथ्य पत्ता लगाउन रौतहट प्रहरीलाई पत्र काटेर सुशीलाले आफूलाई किनेको भनी उजुरी दिएका सौखीलाल यादवलाई समेत उपस्थित गर्न अनुरोध गरिसकेको बताए।
‘सौखीलाललाई पक्राउ गरी घटनाको सत्यतथ्य बाहिर ल्याउँछौं र मुद्दा प्रक्रियामा जान्छौं’, प्रहरी उपरीक्षक थापाले बताए। निर्दोष विष्णु नक्कली मुद्दामा डेढ वर्ष जेल परेको विषयमा धनुषा प्रहरीका सई विश्वनाथ महतोले भने, ‘उनले आफूलाई फसाएको प्रमाण जुटाउन सकेनन्। अहिले जेल परेर छुटेपछि बल्ल त्यस्तो कुरा आएको छ।’ आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
dainiknepal.com
गौशाला : छोरा नजन्माएको आरोप लगाउँदै पत्नी हुँदाहुँदै अर्को विवाह गरेका एक युवकलाई प्रहरीले नयाँ ससुरालीबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषा जिल्लाको क्षिरेश्वर नगरपालिका-९ बस्ने ३० वर्षीय मुकेश महतो रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

जेठ ३२ गते राति महोत्तरीको गौशाला-४ बस्ने वीरेन्द्र महतोकी छोरी १८ वर्षीया सीमासँग बहुविवाह गरी उनकै घरमा बसिरहेको मुकेश र सीमालाई आज बिहान प्रहरीले पक्राउ गरेको हो ।

२०६९ मा विवाह बन्धनमा बाँधिएकी मुकेशकी जेठी पत्नी सञ्जु देवीले बुधबार पति मुकेशविरुद्ध जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बहुविवाह मुद्दा दायर गरेकी थिइन् । उनको उजुरीका आधारमा जिप्रकाबाट खटिगएको टोलीले मुकेश र सीमालाई नयाँ ससुराली घरबाटै पक्राउ गरेको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए ।

उनीहरुमाथि बहुविवाह मुद्दा चलाउने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस annapurnapost.com
काठमान्डौ । चरनमा घाँस सकिएपछि बाख्री गोठमै फिर्ता हुन्छ । यस्तै भयो, नायिका पूजना प्रधानको जीवनमा पनि । प्रतिबन्धित नेटवर्क व्यवसाय हर्बो इन्टरनेशनलका एक सञ्चालक रामेछापका पुष्पराज पौडेलसँगको हिमचिमसँगै उनी फिल्मीकी सोलो हिरोइन बनिन्, निर्मात्रीमात्र भइनन्, उनको नाम नै बद्लियो, काम पनि बद्लियो । पुरानो बानेश्वर, राममन्दिर नजिक जय संगत नामक आश्रम खोलिन् ।

संसारमा पुरुष र स्त्री भन्ने दुई जात मात्र छ भन्ने मान्यताका साथ पूजानाले प्रधान लेखिनन्, स्त्री लेखिन् । अनि, पुष्पराजले पनि पौडेल लेखेनन्, पुरुष लेखे । प्रकारान्तरमा प्रतिबन्धित व्यवासयबाट आर्जित पुष्पराजका सम्पूर्ण सम्पत्ति रोक्का भयो । जब पुष्पराज सडकमै पुग्नेगरी सकिए, यसपछि पूजनाको हालत के भयो होला ? कुनै दिन ठमेलको डान्सबारमा नाच्ने, गल्कोपाखाको सुकुम्बासी बस्तीमा बसोबास गर्ने पूजनालाई राम्रोसँग थाहा छ कि, काठमाडौंमा बाँच्नलाई के के गर्नुपर्छ ।

पुष्पराज शून्यमा झरेपछि पूजनाले उनलाई मात्र छाडिनन्, उनको हिमचिमका बेला रचिएका सारा नाटक पनि त्यागिन् । अर्थात्, अब पूजनाले स्त्री हैन, प्रधान नै लेख्न थालिन्् । बच्चा जन्माउनुपर्दैन, अनाथ पाले हुन्छ भन्ने उनले चलाएको आश्रम बन्द छ । दार्जिलिंगबाट जे पाइन्छ त्यही गर्न काठमाडौं छिरेकी उनले लमजुंगका एक गुरुंगलाई पहिला साथी बनाइन्, पछि उनैलाई बुबा बनाएर नेपाली नागरिकता पनि लिइन् । जब पुष्पराज रित्तो भए, तब पूजनाले उनलाई समाइराखिनन् ।

नयाँ नयाँ संगाती खोज्न थालिन् । केही महिनादेखि उनका साथी फेरिएका छन् । यसक्रममा फेला पारिन्, गैँडा भनेर चिनिने मनकारी कलाकार निर्मल शर्मालाई । उनलाई डाइरेक्टर बनाएर चकलेट फिल्म बनाइन् । इज्जत ख्याल गर्ने निर्मलबाट पूजनाले सोचेजस्तो फाइदा नपाएको चर्चा फिल्म बजारमा चल्ने गरेको छ । बरु, ‘मुर्गा हन्टिंग’चाहिँ राम्रैसँग गरिन् ।

पूजना फिल्मस् नामक निर्माण कम्पनीमा केशव तामाङ, प्रीतिमाया गुरुङ र हङकङवासी खेलाडी खुशी गुरुङ पार्टनर हुन् । यो फिल्मको हङकङबाट प्रिमियर हुँदैछ । त्यसका लागि निर्मल र पूजना २६ तारिखमा त्यता जाँदैछन् । अनुमानित भन्दा बढी लागत भएका कारण पूजना र उनका मुर्गाबीच भित्री विवाद चल्दैछ । नागरिकताका लागि बाबु फेर्ने, पैसाका लागि जात र थर नै फेर्न पूजनाले फसाएका मुर्गाबाट कसरी मुक्ति पाउलिन्, हेर्नुको कुरा छ । धमाका बाट साभार सामाग्री ।
काठमान्डौ । १७ बर्ष अमेरिका बसेर नायक सरोज खनाल सधैका लागि भन्दै नेपाल फर्किए । उनी नेपाल फर्किएपछि विभिन्न खालका चर्चा सुरु भएका छन् । सरोज खनालले आफ्नो जवानी विदेशमा बिताएर बुढेसकाल काट्न नेपाललाई रोजेको चर्चा पनि भैरहेको छ ।

आफ्ना सन्तानलाई अमेरिकामा नै स्थापित गरेर सरोज नेपाल आउँदा बालुवाटारमा घर पनि बनाइसकेका छन् । नेपाली चलचित्र क्षेत्रलाई उनको आवश्यकता पर्दा उनी अमेरिकामा रहेको तर अहिले सेलिब्रेटी जीवन जिउनका लागि नेपाल आएको भन्दै आलोचना पनि भएका छन्, सामाजिक संजालमा ।


हुनत, एउटा कलाकार भएकै नाताले उनी नेपाल र्फकदा यस्ता खालका चर्चा हुनु स्वभाविक नै हो । तर, नायक सरोज खनाल भने आफू मर्न नभई केही गर्न नेपाल आएको बताउँछन् । मिडियासँगको कुराकानीमा सरोजले आफू बुढेसकाल बिताउन नेपाल नआएको र केही गर्नको लागि आफ्नै धर्तीमा टेकेको दाबी गरे ।

उनले नेपाली चलचित्र हेर्न छाडेका दर्शकलाई हलसम्म तान्नका लागि आफू नेपाल आएको र त्यो काम गरेरै छाड्ने बताए । आफूलाई बुढेसकाल बिताउन नेपाल आएको भन्नेहरुको मुख थुन्नका लागि आफूले काम गरेर देखाउने सरोजले चुनौती दिएका छन् ।

आफूलाई आफ्ना सन्तान र परिवारको भविष्यको पनि चिन्ता हुनु स्वभाविक भएको उनको भनाई छ । हुनत, सरोज खनाल मात्र नभई नेपाली चलचित्रमा लागेका थुप्रै कलाकार केही समय कलाकारिता गरेर अमेरिका वा अरु कुनै विकसित मुलुकमा हराउने गरेका छन् ।स्रोत/साभार : अनलाइन खबर बाट
काठमाडौं । बिहीबार पनि भूकम्पको झडेका महसुस भएको छ । धादिङ केन्द्रविन्दु बनाएर बिहान ८ः२४ मा ४.१ म्याग्नीच्युटको पराकम्पन गएको हो ।
कम्पनले उपत्यका लगायत आसपासका जिल्ला हल्लाएको थियो ।
बुधबार मात्रै भूकम्पका चार कम्पन भएका थिए ।
बैशाख १२ गते आएको महा भूकम्प पछि पराकम्पन आउने क्रम अझैरोकीएको छैन ।

३ असार, काठमाडौं ।

राजधानीमा उनको गुजारा जेनतेन चल्दै थियो। छापाखानामा पसिना बेचेको कमाइले दैनिक खर्च टर्थ्यो। जीवनयात्रा यसरी नै घसि्रँदै थियो। वैशाख १२ गते अचानक भुइँचालो आयो। भुइँचालोले राजधानी र उनको गृहजिल्ला सिन्धुपाल्चोकका थुप्रै घर भत्काइदियो। भक्तपुरको डेरा भत्किएपछि पालमुनि रात काट्न विवश हरिमाया (नाम परिवर्तन) को त यही भूकम्पले झन्डै जीवन नै भत्काइदिएन।

बिहेको प्रलोभनमा भारत, मेघालय पुर्‍याएकी उनी ५० हजारमा बेचिइसकेकी थिइन्। धन्य ! आफू राखिएको होटल सञ्चालिकाको निगरानीले यौनकोठीको नरक पुग्नबाट उम्किइन् र प्रहरीले उद्धार गरी नेपाल फर्कायो।



उनलाई झैं भारत पुर्याइएका १५ युवती नरकबाट उद्धार गरिए पनि भारतमै एक संस्थाको संरक्षणमा छन्। अझै केही युवतीको अत्तोपत्तो छैन।

महानगरीय प्रहरी परिसर, भक्तपुरमा भेटिएकी हरिमायाले आफू बेचिएको र उम्किएर फर्कन सफल भएको दर्दनाक कथा बाँडिन्।
हरिमाया दाइसँगै भक्तपुरस्थित डेरामा बस्दै आएकी थिइन्।

कारखानामा काम गर्थिन्। भूकम्पले भक्तपुरको डेरा भत्किएसँगै टेन्टको बास सुरु भयो। प्रेसमै चिनजानका सुमन तामाङले उनीसँग बिहेको प्रस्ताव राखे। १८ वर्षीया हरिमाया (नाम परिर्वतन) यो प्रस्तावले दंग भइन्।

भावी जीवनका कैयन् रंगीन सपना उनको मनमा एकसाथ जन्मिए र हल्किए।

उनले धेरै सोचिनन्, सुमनसँग बिहे गर्न राजी भइन्। सुमनको भित्री अनुहार ख्यालै नगरेकी हरिमाया कसैलाई सुइँको नदिई जेठ २० गते उसैसँग भागिन्।

सुमनले हरिमायालाई कहिले कोटेश्वरमा राखे, कहिले चितवन पुर्या ए। बिहे गर्छु भनेर फकाए र बिहेपछिका सबै कर्म भ्याए। उनी ढुक्क थिइन्– बिहे नै गर्छु भनेपछि नाइँनास्ति गरिनन्।

भूकम्पले तहसनहस पारेको नेपालमा बस्न गाह्रो हुने भन्दै उनले हरिमायालाई भारत लगेर खुसीसाथ राख्ने प्रस्ताव राखे। जीवनै सुम्पेको सुमनमाथि शंका गर्नुपर्ने कुनै कारण थिएन। सुमनले जे–जे भने उनले नाइँनास्ति गरिनन्।

नयाँ जीवनका अनेक सपना बुन्दै उनी भारतको मेघालय पुगिन्।
मेघालयमा सुमनले नै दिदी भन्दै चिनाएकी एक युवतीले जब उनलाई ५० हजारमा किनेको सुनाउँदै दिल्ली जान कर गर्न थालिन्, बल्ल उनले भेउ पाइन्, विश्वास गरेर नेपालदेखि सँगै आएको व्यक्ति त चेलीबेटी बिक्री गर्ने दलाल पो रहेछ। आजको नागरिकमा खबर छ ।www.nepaliheadlines.com
खाँदबारी : पहिरोमा पुरिएको २४ घन्टापछि जीवितै उद्धार गरिएका आठ वर्षीय सुवास तामाङको उपचार खर्च अभाव भएको छ।

आमासँगै बसिरहेको अवस्थामा पहिरोले बगाएपछि सेनाको हेलिकोप्टरले उद्धार गरी खाँदबारी अस्पतालमा उपचारका लागि भर्ना भएका उनको स्वास्थ्य अवस्था नाजुक छ।

श्री दल गुल्मका गुल्मपति मेजर विश्वराज थापाको नेतृत्व र जिल्ला प्रहरी प्रमुख डीएसपी कमल थापाको नेतृत्वले बालकलाई उद्धार गरिएको थियो। उनको टाउको, अनुहारलगायत शरीरका विभिन्न स्थानमा चोट लागेको छ।

बालकको उपचार हुन नसकेपछि खाँदबारी अस्पतालले रिफर गरेको छ। हाल उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।
बालकलाई बचाउन भन्दै पाथीभरा गाविसले तत्काल सात हजार रुपैयाँ सहयोग उपलब्ध गराएको छ।

खाँदबारी अस्पतालले नि:शुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ। पाथीभरा गाविसका सचिव बुद्धिबहादुर घिमिरेले उपचार गर्न खर्च जुटाउन सहयोगका लागि सबैलाई आग्रह गरे।

'पहिरोलाई नै जितेको छ सुवासले। उसको ज्यान बचाउन हामी सबैले सहयोग गरौं', उनले भने।

 बुबा शेरबहादुर सदरमुकाम खाँदबारी आएको र ३० वर्षीया आमा सुखमाया र तीन वर्षीय भाइ तेम्बाको साथमा घरमा रहेको अवस्थामा पहिरोले बगाएको जिल्ला प्रहरी प्रमुख डीएसपी कमल थापाले बताए।

पहिरोका कारण आमा सुकमाया र भाइ तेम्बाको मृत्यु भएको छ।

नाजुक परिवारका सुवासको उपचारका लागि रकम अभाव भएको भन्दै तत्काल सहयोग गर्न बुबा शेरबहादुरले आग्रह गरे। परिवारै गुमाएका शेरबहादुरले, सन्तान सकियो घाइते छोरा बचाउन सहयोग गरिदिनुहोस् भन्दै हात जोडे।

पहिरोमा परी नुमको याक्सिन्दाबाट ३२ वर्षीय रोशन,२८ वर्षीया उर्मिला र डेड वर्षकी निता तामाङ बेपत्ता भएका छन्।

पहिरोकै कारण मकालु गाविसका चार वडामा गरी २५ घर जोखिममा परेको र उनीहरूको उद्धार र राहत वितरण सुरु गरिएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षत्रीले बताए।
www.annapurnapost.com
सामान्यतया पुरुषहरु खानाप्रति सचेत हुँदैनन् । महिलाहरुलाई जहिले पनि स्वास्थ्य र खानाको ख्याल रहेपनि अधिकाँश पुरुष वेपर्वाह हुन्छन् । विशेषज्ञहरु पनि पुरुष र महिलाको खाना फरक फरक हुनु पर्ने बताउँछन् ।
 यहाँ पुरुषले स्वास्थ्यका लागि खानै पर्ने ८ खानाको चर्चा गरिएको छ :

गोलभेडा:गोलभेडालाई सुपर फुड अर्थात महाखाना पनि भनिन्छ । गोलभेडामा लाइकोपेन भन्ने तत्व हुन्छ । यसले क्यान्सरबाट बचाउँछ

। त्यसैगरी प्रोष्टेट क्यान्सर हुन बाट पनि जोगाउँछ । गोलभेडाको नियमित सेवनले कोलस्टोरल घटाउँछ भने सामान्य
गहुँ र जौ:गहुँ र जौ जस्ता खाद्यान्नमा भिटामिन र खनिजको मात्रा उच्च हुन्छ । साथै फाइवर पनि हुने हुँदा पाचन प्रणालीमा सहयोग गर्छ । निराशा र दिक्कपन हटाउन पनि यी खाद्दान्न उपयोगी मानिन्छ । त्यसैगरी यी खानाले विर्य स्वस्थ राख्न र कपाल झर्नबाट पनि बचाउने विज्ञहरु बताउँछन् ।रोगसँग लड्ने क्षमतामा पनि वृद्धी गर्छ !


 लसुन:लसुन मुटुको लागि राम्रो मानिन्छ । लसुनको नियमित सेवन गर्ने मान्छेको कोलस्टोरल कम हुन्छ र मुटु स्वस्थ हुन्छ ।

 साल्मोन माछा:साल्मोन माछा प्रोटिनको भरपर्दो श्रोत हो । यसमा फ्याट्टी एसिडको मात्रा उच्च हुन्छ जसले नकारात्मक कोलस्टोरलबाट बचाउँछ । यसले मुटुको रोग, कोलेक्ट्रोल क्यान्सर र प्रोस्टेट क्यान्सर तथा निराशाबाट समेत बचाउँछ ।


 जामुन:जामुनले प्रोष्टेट क्यान्सरबाट बचाउँछ । यसले मुटुको रोगबाट पनि बच्न मद्दत गर्छ । त्यसैगरी मधु मेह र उमेरसँगै हुने विस्मरणलाई पनि यसले कम गर्ने विज्ञहरु बताउँछन् ।


 ब्रोकाउली:ब्रोकाउली बन्दा र काउलीमा सल्फोराफेन नामक कडा रसायन पाहिन्छ जुन क्यान्सरसँग लड्नका लागि महत्वपूर्ण मानिएको छ । यसले पुरुषहरुमा हुने ब्लाडर क्यान्सरबाट पनि जोगाउने विज्ञहरु बताउँछन् । काउली बन्दाको नियमित सेवनले कोलेस्टरल क्यान्सर र प्रोष्टेट क्यान्सरबाट पनि बच्न सकिन्छ ।

 अण्डा:कपाल झरेर हैरान हुनुहुन्छ ? यदि हो भने खानामा अण्डा नछुटाउनुस् । अण्डामा प्रोटिनको उच्च मात्रा
 हुन्छ भने कपाल बढाउन सहयोग गर्छ । त्यसैगरी अण्डामा पाहिने पहेलो भाग आइरनको राम्रो श्रोत हो ।


 अनारको जुस:अनारको जुस निक्कै उच्च पोषक तत्व भएको खाना हो । यसले कोलस्टोरल नियन्त्रण गर्छ भने तनाव घटाउन पनि सहयोग गर्छ । यसमा भिटामिनको मात्रा उच्च हुन्छ । नियमित अनारको जुश सेवन गर्दा प्रोष्टेट क्यान्सरबाट बच्न सकिने विज्ञहरु बताउँछन  भिडियो हेर्न तलको बाकस थिच्नुहोस
विवाह भनेको स्त्री पुरुषका लागि एक भावनात्मक तथा सामाजिक बन्धन पनि हो जो जिवन भर एक दोश्रोको बीचमा रहिरहन्छ ।
 विवाहपछि महिला पुरुष पारिवारिक जिवनमा प्रवेश गर्छन् । तर यौन वैज्ञानिकहरु भने विवाहबाट केवल सामाजिक नियमका आधारमा महिलापुरुष लोग्ने स्वास्नीको रुपमा एक भएका हुन्छन् तर भावनात्मक रुपमा उनीहरुलाई एक बनाउने काम भने यौन सम्बन्धले मात्र गर्छ ।

यौन मनोविज्ञहरुका अनुसार यौनमा असन्तुष्टिले वैवाहिक जिवनलाई तोड्न ठूलो भूमिका खेल्छ । वास्तवमा महिला र पुरुष दुबैको हकमा यौनिक असन्तुष्टी दाम्पत्य जिवन टुंग्याउने मुख्य कारकको रुपमा रहेको मात्र छैन यो विभिन्न खाले अनैतिक तथा नाजायज सम्बन्ध र अपराधको कारक समेत बन्ने गर्छ ।



 एक शोधका अनुसार विश्वका विकशित देशमा परपुरुषसँग नाजायज सम्बन्ध राख्ने महिलाहरु मध्ये ४१ प्रतिशतले यस्तो सम्बन्ध एउटा खुल्ला खेल बनिसकेको र त्यो सामान्य कुरा रहेको ठान्छन् । यस्तो धोखाधडीको मामिलामा पुरुषहरु पनि कम छैनन् ।



आफ्नो जिवनसंगिनीबाट यौन तथा भावनात्मक सन्तुष्टि प्राप्त गर्न नसकेर मात्र होइन नयाँ अनुभव बटुल्नका लागि वा कहिलेकाहीँ परिबन्दमा परेर समेत परस्त्रीगमन गर्ने पुरुषहरुको संख्या धेरै छ । शोधका अनुसार केही स्त्रीहरु यस्ता पनि हुन्छन् जो आफ्नो यौनको इच्छापूर्तिका लागि ऐश आराम तथा धन सम्पत्तिलाई लात मार्दै यस्ता युवकसँग लहसिन्छन् जसले उनको यौनको भोक शान्त पार्न सक्छ ।

 मनोविज्ञहरुका अनुसार आफ्नो श्रीमानबाट यौन सन्तुष्टि मिलेन भने महिलाहरु मानसिक रुपमा निकै प्रताडित बन्छन् जुन पीडामा मलहम लगाउन उनीहरुले परपुरुषसँग अनैतिक सम्बन्धको बाटो लिन्छन् । विवाहपछि सुरु हुने पारिवारिक जिवनमा विभिन्न खाले समस्याहरु पैदा हुनु सामान्य कुरा हो ।

हाम्रो संस्कारमा श्रीमान कामको शिलशिलामा बाहिर हुन्छन भने श्रीमती प्राय घरमै हुन्छन् । जसले गर्दा श्रीमान श्रीमतिको भेट हुनु पनि मुस्किल हुन्छ। भेट हुँदा पनि अफिसको टेन्सन सबै श्रीमतीमाथि थोपर्ने कारणले माया, प्रेमको भावना आउनुको सट्टा रिसाउने गर्दछन।


यसरी तनावमा हुँदा श्रीमतीसँग झगडा गर्न पनि पछि पर्दैन जसले महिलामा तनाव तथा नैराश्यता सिर्जना गर्छ । अन्ततः ती महिलामा आफ्नो श्रीमानसँग सेक्स गर्ने चाहना मर्दै जान्छ । फलस्वरुप त्यस्ता महिलाले अर्को पुरुषको खोजी गर्न थाल्छन् जसले प्रेम र सहानुभुति सँगै यौन सन्तुष्टि पनि प्रदान गर्न सकोस् ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
एजेन्सी । अहिले नेपाल लगायत केही मुलुकहरुमा नियमित जसो भूकम्पका पराकम्पन गैरहेका छन् । यो त सामान्य जस्तै भयो ।
तर, पृथ्वीको उप ग्रहका रुपमा रहेको चन्द्रमाको सतहमा पनि ठुलो भूकम्प गएको बैज्ञानीकहरुले बताएका छन् । चन्द्रमाको भौगर्भीक प्लेटमा आएको गडबडीका कारण त्यहाँ पनि ठुलो भूकम्प गएको उनीहरुको अनुमान छ ।

भारतले पठाएको यानले चिनेको तस्वीरका आधारमा बैज्ञानीकहरुले चन्द्रमामा ठुलो भूकम्प गएर उथल पुथल भएको अनुमान गरेका हुन् ।
उनीहरुले चन्द्रमाको केही स्थानका सतहमा फरक पन आएको हुनसक्ने अनुमान सकेत गरेका छन् ।
चन्द्रमाको केही सतहमा भूकम्पले परिवर्तन ल्याएसँगै चन्द्रमाको गुरुत्वाकर्षणमा पनि केही परिवर्तन भएको बैज्ञानीकहरुको दाबी छ ।
तर, चन्द्रमामा आएको भूकम्पले पृथ्वीमा कुनै असर नगर्ने बैज्ञानीकहरुले बताएका छन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
तपाईलाई आफ्नो कुनै साथीको मानिसको बानीको बारेमा थाहा पाउन चाहानु हुन्छ? यदी चाहानु हुन्छ भने तपाई आफ्नो साथीको रगत समुह पत्ता लगाएर जानकारी थाहा पाउन सक्नुहुन्छ। Japanese institute ले गरेको एक अनुशन्धान अनुसार मानिसहरुको रगत समुह अनुसार उसको चालचलनको बारेमा थाहा पाउन सकिन्छ र रगत समुह फरक भएमा मानिसको विचार र बानी फरक हुने सम्भावना धेरै हुन सक्छ। यहाँ रगत समुह सँग सम्बन्धित केही बानीको बारेमा दिईएको छ।

Group O:-
संसारका सवैभन्दा बढी मानिसमा यो रगत समुह पाइन्छ। o- र o+ गरी करीब ४७ प्रतिशत मानिसमा यो रगत समुह रहेको हुन्छ जसमा ४० प्रतिशत जती ०+ र ७ प्रतिशत जतीमा o- रहेको हुन्छ। यो रगत समुहका मानिसहरु नेतृत्व गर्न चाहना राख्ने तथा क्षमता भएका, आफुले शुरु गरेको काम फत्ते गरी छाड्ने, सत्यतामा


विश्वाश गर्ने, मायालु र आत्म-विश्वाशले भरिएका हुन्छन भने यो रगत समुह भएका मानिसहरुको कमजोरी भनेको डाहा गर्ने बानी र धेरै प्रतिष्पर्धात्मक हुन खोज्ने भएको अनुशन्धानको क्रममा पाईएको थियो।
Group A:-
यो रगत समुह करीब ४० प्रतिशत मानिसहरुमा हुन्छ जसमा ३४ प्रतिशतमा A+र ६ प्रतिशतमा A- पाईन्छ। यो रगत समुह भएका मानिसहरु शान्त र सामाजिक खालका, अरु सँग काम गर्न मनपराउने, sensetive र कमजोरीको रुपमा झुक्न नचाहाने र आराम गर्न नसक्ने वा नचाहाने बानी भएका हुन्छन।
Group B:-
यो समुहको रगत कम मानिसहरुमा मात्र पाईन्छ जसमा करीब ८ प्रतिशतमा B+ र १ प्रतिशतमा मात्र B- हुन्छ। यो रगत समुह भएका मानिसहरु एकलकाँटे, जे पनी एक्लै गर्न चाहाने रचनात्मक खुबी भएका झुक्न सक्ने खुबी भएका हुन्छन जसले गर्दा कहिले काही काम बिग्रन समेत सक्छ।Group AB:-यो मानिसमा पाईने सबैभन्दा कम पाईने रक्त समुह हो। यो ४ प्रतिशतमा मात्र पाईन्छ जसमा ३ प्रतिशत AB+ र १ प्रतिशतमा AB- पाईन्छ। यो रगत समुह भएका मानिसहरु नरम, controlled र ठट्टा रमाईलो गर्ने खालका हुन्छन तर निर्णय गर्ने क्षमताको कमी हुन्छ !
गर्मीमा छालालाई घामबाट जोगाउने घरेलु उपाय:

गर्मी बढेसँगै हामीलाई चर्को घामको कारण बाहिर निस्कन जाँगर लाग्दैन । कारण वास्तवमा के हो भने हामी घामले छाला डढ्ने हो कि भन्ने डराउँछौँ । तर यसो भन्दैमा बाहिरै नस्किएर समस्या समाधान हुँदैन ।

गर्मी समयमा घामबाट जोगिन तपाईहरुले जतिसुकै सनलोसन क्रिम लगाएपनि आफ्नो छालालाई बचाउन सक्नु भएको हुँदैन । तर, कतिपय यस्ता समान्य घरेलु उपाय छन्, जसले गर्दा गर्मी समयमा तपाई आफ्नो छालालाई सजिलै बचाउन सक्नु हुनेछ ।

मेवा र मह
एक कप मेवाको पेस्ट बनाउनुहोस् । त्यसमा दुई चम्चा जौँको धुलो र २ चम्चा मह मिसाउनुहोस । उक्त पेस्टलाई शरिरमा लगाएर ३० मिनेट पछि चिसो पानीले सफा गर्नुहोस् । यसले तपाईको छाला गोरो र नरम देखिनेछ । साथै घामको विकिरणबाट पनि बच्न सकिनेछ ।

कागती र मह


दुई दाना कागतीको रस निकाल्नुहोस् । त्यसमा तीन चम्चा मह मिलाएर २० मिनेटका लागि शरिरमा दल्नुहोस । त्यसपछि चिसो पानीले सफा गर्नुहोस् । जसले तपाईको छालामा कुनै पनि विविरा आउन दिदैन । साथै, छालामा रहेको बेकार बस्तु समेत सफा हुन्छ ।

टमाटर र दही

दुईदेखि तीन दना टमाटरको रस निकाल्नुहोस् । त्यसमा २ चम्मच दही मिलाउनुहोस् । यसलाई घामले पोलेको ठाउँमा लगाएर २० मिनेट पछि सफा चिसो पानीले पखाल्नुहोस् । दिनमा दुई पटक यसो गर्दा १ हप्तामा नै घामबाट डढेको तपाईको छाला पहिलेको जस्तै स्वच्छ र नरम हुनेछ ।
महिलाहरु पुरुषभन्दा कमजोर हुन्छन् भन्ने मान्यता छ । यद्यपि पुरुष भन्दा महिलाहरुको औषत आयु तथा संख्या पनि सामान्य रुपमा बढि नै हुन्छ । महिलालाई कमजोर लिंगी ठानिने तर उनीहरु बढि दीर्घजिवी हुने यो विरोधाभाषको कारण के होला ? वैज्ञानिकहरुले यो विषयमा गहन अध्ययन गरेर गुह्य कुरा पत्ता लगाएका छन् ।
वैज्ञानिकहरुका अनुसार महिलाहरु पुरुषभन्दा कमजोर हुने होइन की पुरुषहरु नै महिला भन्दा कमजोर हुन्छन् ।
अनुवंश वैज्ञानिक निल गेमेलका अनुसार आमाहरुले छोरा जन्माउँदा नै ‘श्राप दिएर’ जन्माएका हुन्छन् । त्यो श्राप भनेको छोराहरुमा असामान्य खालको डिएनए हुन्छ, जुन छोरीहरुमा सामान्य तथा बढि स्वस्थ हुन्छ ।
डिएनले मानिसको सरीरका सबै चिजमा प्रभाव पार्छ, मस्तिष्कदेखि मुटु सम्म, मांशपेशीको शक्तिदेखि प्रजनन क्षमतासम्म । जन्मजात डिएनएमा हुने गडबडीकै कारण पुरुषहरु महिलाभन्दा छिटो मृत्युको मुखमा पुग्ने वैज्ञानिकको भनाइ छ ।
तर सोही डिएनए महिलाका लागि भने हानिकारक हुँदैन र त्यो महिलाको शारीरिक आवश्यकतासँग अनुकुलित हुन्छ । न्युजिल्याण्डको युनिभर्सिटी अफ ओटागोका शोधकर्ता निल गेमेलले यसलाई आमाको श्रापको संज्ञा दिएका छन् ।
प्राध्यापक गेमेलले कोषभित्र हुने माइटोकोन्डि्रयाको डिएनएको संरचनाको आधारमा महिला र पुरुषको लैंगिक क्षमताको भिन्नताका बारेमा नयाँ सिद्धान्त प्रतिपादन गरेका हुन् । माइटोकोन्डि्रया कोषको यस्तो भाग हो जसले सरीरका हरेक अंगलाई चाहिने आवश्यक शक्ति उत्सर्जन गरेर प्रवाहित गर्दछ ।
शोधकर्ता गेमेलका अनुसार माइटोकोन्डि्रयाको डिएनए मैथुनिक प्रजननका क्रममा केवल आमाबाट मात्र सन्तानमा सर्दछ, बुवाबाट सर्दैन । आमाबाट सरेको डिएनए छोराले आफुभन्दा पछिल्लो पुस्तामा सार्न नसक्ने तर छोरीले मात्र आफ्ना सन्तानमा सार्न सक्दछ ।
यसरी केवल आमाबाट मात्र यो डिएनए अर्को पुस्तामा सर्ने भएकाले महिलाका लागि हानिकारक हुने डिनएहरु हट्दछन् तर पुरुषका लागि हानिकारक हुने डिएनए भने कायम रहन्छ । अर्थात् पुरुषको मुटु, मस्तिष्क, मांशपेशीको स्वास्थ्यका लागि उर्जाको तह कायम राख्नमा लाभदायी नहुने डिएनए पुरुषमा आमाबाट सर्दछ जसका कारण पुरुषहरुलाई असर पुग्दछ । त्यसैले पुरुषहरु महिलाभन्दा औषतमा ३-४ वर्ष कम बाँच्ने निष्कर्ष उनले निकालेका छन् ।
शोधकर्ता गेमेलले यसलाई पुरुषप्रतिको क्रमविकाशको अन्याय भनेका छन् । महिलाबाट सरेको अणुले पुरुषको आयुलाई बन्धकीमा राखिदिने तर्क उनको छ । यद्यपि डिएनएको गडबडीका कारण छोटिने आयु केवल २-४ वर्षमात्र हुने र यो समग्र जिवनको तुलनामा निकै कम रहेको हुँदा चिन्ता गरिहाल्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।-डेलीमेलबाट
www.onlinekhabar.com
लक्ष्मण गाम्नागे

प्रिय नेपाली जनता, गुर्र ! अर्थात् धेरै धेरै माया एवं शुभाशिष् ।
गएको १२ वैशाखदेखि निरन्तर तिमीहरूले मेरो आलोचना गर्दै र सराप्दै आएकामा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यद्यपि, म तिमीहरूले जति गाली गरे पनि रिसाएको छैन । मेरो फेसबुकको वालमा र ट्वीटरमा पनि मलाई गालीगलौज गर्ने, सरुवा गरिदिने, स्पष्टीकरण सोध्नेजस्ता ठट्टाहरू आइरहेका छन् । भूकम्पले घरबार लडायो, दरबार लडायो, धरहरा ढाल्यो, मान्छे मार्‍यो इत्यादि भनेर मलाई दोष थोपरिँदै छ । भोजभतेरमा, भेटघाटमा, घाटमा, पालमा, अस्पतालमा, अफिसमा जतासुकै मेरो बदख्वाइँ गरिँदै छ । हाँसउठ्दो कुरा त के छ भने एक आनामा बनेको आठ तले घरका घरबेटीहरू, दलदलेमा बनेको २० तले घरका साहूहरू पनि मलाई नै धारेहात लगाइरहेका छन् । हुँदाहुँदा नगरपालिकाको इन्जिनियर पनि मलाई नै गाली गर्दै रहेछ । उसको घर मैले बांगो पारिदिएँ रे ! आफ्ना गल्ती ढाकछोप गर्न अरूलाई दोष लगाउने तिमीहरूको बानी कहिले जान्छ हँ ?
पत्र प्रस्तुत गर्दै ब्यङ्ग्यकार गाम्नागे 

सोझासाझा, अशिक्षित र दूरदराजका मानिसहरू कुरा नबुझेर मसित रिसाउनु ठीकै हो । म आएर गएपछि तिमीहरू कति घरबारविहीन भयौ । कतिले आफन्त गुमायौ । कतिको पालको बास भयो, कतिको आँसुको गाँस भयो । तर, यसमा मेरो के दोष ? मैले त तिमीहरूलाई, तिमीहरूको कुम्भकर्णे सरकारलाई, नीति निर्माताहरूलाई र नेताहरूलाई चेतावनी मात्र दिएको हुँ । म साँच्चिकै आएको होइन । साँच्चिकै आएको भए यत्रै मात्र आउँथेँ ? म मध्यरातमा आएको भए के के हुन्थ्यो ? तिमीहरूले अनुमान गरेकै छौ त !



हे नेपाली जनताहरू ! खाँटी कुरो के हो भने तिमीहरूले मेरो अपमान नगरेको भए मैले तिमीहरूको एउटा रौँ पनि झार्न सक्ने थिइनँ । १९९० सालमा तिमीहरूलाई मैले सचेत गराएँ, ०४५ सालमा सम्झाएँ, बीचबीचमा पटकपटक झस्काएँ । तिमीहरू कानमा तेल हालेर घर नामको धराप थापेर त्यसैमा बस्ने अनि मलाई गाली गर्ने ? नपरी नचेत्ने र चेते पनि तुरुन्तै बिर्सने तिमीहरूको नानीदेखिको बानीले गर्दा तिमीहरूले दु:ख पाएका हौ, मैले बदनामी सहनु परेको हो ।

ल हेर त, कमिलो जत्रो जमिनमा जिराफ जत्रो घर ठड्याउने अनि मैले यसो कान्छी औँलो हल्लाउँदा भूकम्पले ढाल्यो भनेर मैतिर औँलो ठड्याउने ? मुसाका ढाडमा हात्ती अड्याएर चटक देखाउने अनि मैले लामो सास फेर्दा हात्ती लड्यो भनेर मलाई गाली गर्ने ?

कुरा बुझ, म तिमीहरूलाई मार्न होइन, सातो झार्न मात्र आएको हुँ । घरबाट भगाउन होइन, भित्रैदेखि जगाउन आएको हुँ । भूगर्भमा नमिलेका प्लेट मात्र होइन, तिमीहरूको मन र पेट पनि मिलाउन आएको हुँ । त्यसैले मलाई गाली गर्न छाडेर देशको पुन:निर्माणमा लाग ।

विपत्तिलाई सम्पत्तिमा परिणत गर । राहतका सामग्री झ्याप पारेर सम्पत्ति बनाऊ भनेको चाहिँ होइन नि फेरि !

म पुन: सचेत गराउँछु, आइन्दा घूस खाएर वा खुवाएर आफ्नै काल निम्त्याउने घर कसैले नबनाउनू । जिजुबाजेका पालामा ढुंगा र माटो थुपारेर बनाएको धमिराले नै लडाउन लागेको घरमा बसेर नघुर्नू । आयु पुगेको घर आफैँ भत्काउनू । मैले भन्द्या छु, मेचीदेखि कालीसम्मका नेपाली हो, आफ्नो थैलीको मुख आजैदेखि बाँध्न थाल, पछि मलाई दोष नलगाउनू । गुर्र ! अर्थात् धन्यवादwww.nepaliheadlines.com
काठमाडौँ, २ असार ।
कुन बेला अर्को भूकम्प आउँछ भन्ने त्रासमा रहनेका लागि खुशीको खबर छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)ले भूकम्पको पूर्वजानकारी दिने प्रविधि(सेन्सर) जडान गर्ने योजना अघि बढाएको छ । चीनको इन्स्टिच्यूट अफ केयर फाइफसँगको सहकार्यमा नास्ष्टले देशभर भूकम्पको अग्रिम जानकारी दिने सेन्सर जडान गर्न लागेको हो ।
प्रविधि जडान गर्ने विषयमा नास्ट र चिनियाँ संस्थाबीच सहमतिपत्रमा हस्ताक्ष भईसकेको नाष्टका उपकुलपति प्रा.डा. जीवराज पोखरेलले जानकारी दिए । गोरखापत्रमा समाचार छ ।  बढीमा २२ सेकेन्डअघि नै सर्वसाधारणले भूकम्पको जानकारी पाउन सक्नेछन् ।epahiilodainik.blogspot.co.i

भिडियो हेर्न तल क्लिक गर्नुहोस :
२ असार, एजेन्सी ।

चीनको चोङकिङमा मंगलबार एक गगनचुम्बी भवनलाई अधिकारीहरुले भत्काएका छन् । वर्षौं पुरानो यो भवन जीर्ण बनेको भन्दै अधिकारीहरुले भत्काएका हुन् ।



जोखिम हुन सक्ने भन्दै प्रशासनले यो भवन भत्काउने निर्णय गरेको थियो । भवन भत्काउन पुगेका अधिकारीहरुले करिव ५ सेकेण्डमा भवनलाई धुलो बनाएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् ।
एजेन्सी ।

करिना कपुर र शाहिद कपुर कुनैबेला बलिउडमा चर्चित प्रेमी जोडि मानिन्थे । सन् २००७ मा ब्रेक अप भएपछि भने उनीहरुको अफेयरको कथा टुङ्गियो । त्यसपछि उनीहरुले एक अर्काको विषयमा खुलेर कुरा गर्दैनन् ।

तर हालै शाहिद कपुरको विवाह छिनिएपछि पूर्व प्रेमिका करिनाले मुख खोलेकी छिन् । करिनाले शाहिदको मीरा राजपुतसँग विवाह हुँदा आफूलाई निक्कै खुसी लाग्ने बताएकी छिन् ।


मिसमालिनी डटकमका अनुसार शाहिदको विवाह हुन लागेको विषयमा करिनाले पहिलो पटक प्रतिक्रिया दिँदै आफू खुशी रहेको बताएकी हुन् ।

करिनाले आफूहरुबीच कुरा हुँदा शाहिदले मीरालाई विवाह गर्न लागेको जानकारी दिएको खुलासा गर्दै उनीहरुको विवाह राम्रोसँग हुने समेत बताएकी छिन् ।


शाहिद कपुरले मीरा राजपुतसँग जुलाइको पहिलो साता विवाह गर्ने तयारी गरिरहेका छन् ।
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home