• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
सोसल मिडियाको बिगबिगी रहेको अहिलेको युगमा कुनै सेलिब्रेटी, ब्राण्ड वा कम्पनीको फेसबुक पेजमा हुने ‘लाइक’ को संख्याले त्यसको लोकपि्रयताको मापन गर्ने चलन छ । यसो हुँदा आफुलाई बढि लोकपि्रय तथा चर्चित देखाउनका लागि कतिपयले आफ्नो पेजमा नक्कली लाइक (फेक लाइक) थुपार्ने समेत गरेपछि फेसबुकको विश्वसनीयता माथि नै प्रश्न उठ्न थाल्यो ।
आफ्नो लाइक फिचरकै दुरुपयोग गर्नेगरी विश्वभर नै फेसबुक लाइकको व्यवसाय नै हुन थालेपछि फेसबुकले त्यस्तो गलत कार्य विरुद्ध कारवाही नै संचालन गर्नुपर्यो । पछिल्ला दिनहरुमा फेक लाइकको व्यवसाय गर्नेहरु विरुद्ध आफ्नो कारवाही जारी गरेको र यसले सफलता पनि प्राप्त गर्दै गइरहेको फेसबुकको दाबी छ । फेसबुकका अनुसार यस्तो रणनीतिमा खराब कार्य गर्दै व्यवसाय स्थापना गर्नेहरुले आफ्नो ‘पसल’ बन्द गरिरहेका छन् ।
शंकास्पद तथा नक्कली लाइकको पहिचान गर्ने प्रविधिको विकाश र विस्तारपछि फेसबुकलाई यस्तो गलत कार्य गर्ने विरुद्ध कारवाही गर्न सहज बनेको हो । नक्कली अकाउण्ड सिर्जना गरेर, भाइरसजन्य सफ्टवेयरको प्रयोग गरेर तथा लाइक बटन थिच्ने खेतिपातीका लागि तलब दिएरै कर्मचारी नै भर्ति गरेर हुने गरेको नक्कली लाइकको क्रियाकलाप पहिचान गरी बन्देज लगाउनका लागि फेसबुकलाई आधुनिक प्रविधिले सहज बनाइदिएको छ ।
फेसबुकका सेक्युरिटी इन्जिनियर एच केरेम सेवाहिरले आफ्नो ब्लग पोष्टमा लेखेका छन्, ‘नक्कली लाइकलाई रोकथाम गर्नका लागि हामीले प्रयोग गर्दै आएका विधिहरुलाई सुधार तथा अनुकुलन गर्ने कामलाई हामीले निरन्तरा दिएका छौँ । नक्कली लाइकको काम गर्नेहरुले हाम्रो स्पाम नियन्त्रण प्रणालीलाई निस्तेज पार्नेगरी नयाँ नयाँ पद्धतिको प्रयोग गर्ने हुनाले हामीले हाम्रो प्रणालीमा निरन्तर सुधार गरिरहनुपर्छ ।’
यसबाट नक्कली लाइक बिक्रि गर्ने काम रोकिँदै गएको उनको तर्क छ । उनका अनुसार पछिल्लो ६ महिनामा फेसबुकले कुनैपनि पेजमा गरिने लाइकको प्रमाणिकता परीक्षण गरी नक्कली ठहरिएमा त्यसलाई पेजमै पुग्न नदिई रोक्ने कामलाई तेब्बर दरमा बढाएको छ ।
आफ्नो अभियानका कारण अनधिकृत लाइकको व्यवसाय गर्नेहरु धेरैले त्यसलाई त्यागेको फेसबुकको दाबी छ । फेसबुकले कुनैपनि पेजमा रहेका नक्कली लाइकलाई हटाएर सो को जानकारी फेसबुकपेज वालालार्य दिने गरेको छ ।
नक्कली अकाउण्ट तथा गलत नियत भएका मानिसहरुले सिर्जना गरेका लाइकहरु फेसबुक प्रयोगकर्ता, विज्ञापनदाता र फेसबुककै लागि समेत खराब रहेको फेसबुकले उल्लेख गरेको छ ।

बुधबार, बैशाख ९,







पृथ्वी राजमार्ग अन्तरगत धादिङको झ्याप्ले खोलामा पर्यटक बस दुर्घटनाहुँदा  मृतकको संख्या १२ पुगेको छ ।  महिला ७ र पुरुस ५ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट हिंडेको जे जेड १४ एफ ९९०० नम्बरको बस नागढुंगाबाट केही पर दुर्घटनामा पर्दा झण्डै तीन दर्जन घाईते भएका छन् । सडकको मोडबाट बस झण्डै तीन सय मिटर तल खसेको बताइएको छ ।

चलानी अनुसार बसमा ४५ जना यात्रु सवार थिए । मृतकहरुको सनाखत हुन सकेको छैन । उद्धारमा करिव २ सय जना खटिएको प्रहरीले जनाएको छ । घाइने २७ जनालाई उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको छ । केहीलाई काठमाडौँ पठाइएको छ ।
एजेन्सी ।

हालै गरिएको एक अध्यनले अनौठो तथ्य बाहिर ल्याएको छ । उक्त अध्यनले यौन सम्बन्ध राख्दा डगी स्टाइल अर्थात पुरुषले पछाडीबाट गर्ने र महिला माथि चढ्ने उमन टप पोजिसन घातक हुन सक्ने देखाएको हो ।

एडभान्सेज इन युजर्ली मा प्रकाशित यो अध्यनका अनुसार ‘उमन अन टप’ अर्थात स्त्री पुरुषको माथि चढ्ने आसन र ‘काउगर्ल’ अर्थात डगी पछाडीबाट पुरषले गर्ने यौन सम्ब्ध खतरनाक हुन सक्ने देखाएको हो ।



यो शोधलाई मान्ने हो भने संसारमा पुरुषलाई सबै भन्दा बढी हुने यौन संक्रमण उमन अन टप अर्थात स्त्री माथिचढ्ने आसनका कारण हुने गरेको छ । त्यस्तै डगी स्टाइल पनि पुरुषका लागि घातक हुने देखिएको छ । पुरुषको यौनाङ्गमा फ्याक्चर गराउन यो पोजिसनको सबैभन्दा बढी भूमिका रहने अध्यनको दावी छ ।

तर मसिनरी अर्थात पुरुषमाथि चढ्ने आसन सबै भन्दा सुरक्षित हुनु पर्छ भन्ने भ्रममा पनि नपर्नुस् । यसका कारण पनि पुरुष यौनाङ्गमा फ्याक्चर हुन सक्ने अध्यनको निष्कर्ष छ ।


१३ वर्ष लामो अध्यन पछि यो निष्कर्ष निकालिएको हो । यो अनुसन्धानमा संलग्न चिकित्सकहरुले ब्राजिलका ३ अस्पतालमा विभिन्न यौनअंग सम्बन्धी समस्या लिएर आएका विरामीमाथि अनुसन्धान गरेका थिए
तपाईको औँलाको लम्वाइले तपाईको व्यक्तित्व झलकाउँछ ।

सायद थाहा थिएन होला कि तपाईको औँलाको लम्वाइले तपाईको व्यक्तित्व झल्काउँछ ? चोर औँला र औँठी लाउने आँँलाको लम्वाई तुलना गर्नुहोस् र आफ्नो स्वभाव मेल खान्छ कि खाँदैन हेर्नुहोस् ।

उल्लेखित औँलाको आकृतिमा तीन प्रकारका औँलाहरुको लम्वाईका बारेमा जानकारी गराइएको छ । अव आफ्नो औलाको परिक्षण गर्नुहोस् र अर्थ तथा स्वभाव पत्ता लगाउँनुहोस् ।

A.  चोर औला भन्दा औँठी लाउने औँला ठूलो भएका मानिसहरु हेर्दा अति सुन्दर देखिने हुन्छन् । यस्ता मानिसहरुको सुन्दरता प्रति जोकोही पनि आकर्शित हुने गर्छन् । त्यस्ता मानिसहरु आक्रमक स्वभावका हुने गर्छन् र यिनीहरु रिस्क मोल्न पनि पछि पर्दैनन् । यस्ता मानिसहरु सेना, सिपाही, इन्जिनियर, चेस खेलाडी र क्रसवर्ड समस्या समाधानगर्न पनि सिपालु हुन्छन् । बैज्ञानिकहरका अनुसार, औँठी लगाउने औँला ठूलो हुने मानिसहरुको आर्थिक आर्जन औँठी लगाउने औँला स्यानो हुनेहरुको भन्दा बढी हुन्छ ।

B.  चोर औँला भन्दा औँठी लाउने औँला सानो हुने मानिसहरुमा आत्मविश्वास बलियो हुन्छ र उनीहरु आफूमा केन्द्रीत हुन्छन र आक्रमक पनि हुन्छन् । उनीहरु एक्लै बस्न मन पराउँछन् र उनीहरुको फुर्सदको समयमा अरुले बाधा नपुर्याओस भन्ने चाहना हुन्छ । नातासंबन्ध कायम गरि राख्नुपर्छ भन्ने अवस्था आएको खण्डमा उनीहरु अगाडी बढी हाल्दैनन् । तर आफूलाई भने अरुले प्रसंसा, सम्मान र आदर गरोस भन्ने चाहना उनीहरुमा हुन्छ ।

C.  चोर औँला र औठी लाउने औँला बराबर हुने मानिसहरु शान्त स्वभावका हुन्छन् र उनीहरुलाई शान्त वातावरण मनपर्छ । झैझगडा तथा बिबाद सामना गर्नुपर्यो भने यस्ता मानिसहरु आफू असुरक्षित महशुस गर्छन् । यस्ता मानिसहरु पूर्ण संगठित हुन्छन् र अरहरुपनि त्यस्तै होस भन्ने चाहना राख्दछन् । यस्ता मानिसहरु आफ्ना श्रीमान वा श्रीमति प्रति बफादार तथा विश्वासिला हुन्छन् र संबन्ध कायम राख्न कटिबद्ध हुन्छन् ।
काठमाडौं । आफ्नै प्रेमिका जियालाई भूवनले भने ‘भल्गर’ नायक भूवन केसी र नायिका जिया केसीको सम्बन्धको चर्चाले नेपाली मिडियामा चर्चा पाएको लामै समय भैसकेको छ । भूवन र जिया लिभिङ टूगेदरमा रहेको खबर पनि बारम्बार समाचारमा छाइरहन्छ ।

 भूवन र जिया धेरै पटक एकसाथ देखिएकाले पनि यस्तो चर्चा चलेको हो । भूवनको घरमा जानेहरुले जियालाई उनको घरमा धेरै पटक देखेको बताउँछन् । तर, नायक भूवन केसीले भने जिया आफ्नो मिल्ने साथी मात्र भएको बताएका छन् । जिया आफ्नो शुभचिन्तक भएको भूवनको भनाई छ ।


तर, भूवन र जियाले एकअर्काको सम्बन्ध लुकाउन खोजेपनि छिपेको छैन । उनै भूवन केसी अहिले आफ्नो नयाँ चलचित्र ‘ड्रिम्स’को छायांकनका लागि मुस्ताङ पुगेका छन् । छोरा अनमोल केसीलाई मुख्य नायकको रुपमा खेलाउँदै भूवनले यो चलचित्रको छायांकन सुरु गरेका हुन् । यो चलचित्रमा भूवनले नायिकाको रुपमा २ यूवतीलाई छानेका छन् । यही चलचित्रबाट भूवन निर्देशकको रुपमा देखिदैछन् ।

उनले कलाकारितामा जस्तै निर्देशकमा पनि सफल हुने विश्वास व्यक्त गरेका छन् । नेपाल समचारपत्रको पेज थ्रीसँग कुरा गर्दै भूवनले जियालाई यो चलचित्रमा नायिकाको रुपमा नखेलाउनुको कारण पनि खुलाएका छन् । भूवनले भनेका छन्-‘जियालाई लिनलाई मैले त्यस्तो भल्गर चलचित्र बनाउन लागेको होइन । यो विशुद्ध टिनेज लभस्टोरी बिषयमा छ ।’

आफ्नो प्रेमिकाको रुपमा चर्चा पाएकी जियालाई भूवन आफैले ‘भल्गर’ भनिदिएका छन् । चलचित्र क्षेत्रमा अत्याधिक अंगप्रदर्शन गरेकै कारण कुनै समय चर्चामा रहेकी जिया अहिले गुमनाम जस्तै छिन् । चलचित्रबाट हराएपछि जिया भूवन केसीसँग बस्दै आएको चर्चा चल्ने गरेको छ ।
मुम्बई । बलिउड नायिका ऐश्वर्या रायको नाम संसारकै सफल विश्व सुन्दरीको सूचीमा पर्छ । तर उनले आफ्नो फिल्मी करियरमा निकै उताडचढावको सामना गर्नुपर्‍यो ।


ऐश्वर्याले केही यस्ता गलत निर्णयहरु गरिन् जसले गर्दा उनको करियरलाई नोक्सान पुर्‍यायो । उनका केही गल्तीहरु यस्ता छन् ।

१.सन् १९९६ मा रिलिज भएको फिल्म ‘राजा हिन्दुस्तानी’ मा मुख्य भूमिकाका लागि ऐश्वर्या पहिलो रोजाईमा थिइन् । तर ऐश्वर्याले यो अवसर छोडेपनि करिश्मा कपुरले यो रोल पाईन र फिल्म पनि सुपरहिट भयो ।

२.सन् १९९८ को सुपरहिट फिल्म ‘कुछ कुछ होता है’ मा रानी मुखर्जीलाई दिनपहिले ऐश्वर्यालाई दिइएको थियो । तर उनले अस्वीकार गरिन् ।

३. फिल्म ‘अशोका’ मा करिनाको भूमिकालाई धेरै मन पराएका थिए । तर सबैभन्दा पहिले यो भूमिकाको लागि पनि ऐश्वर्यालाई छानिएको थियो ।

४. २००३ मा रिलिज भएको फिल्म ‘मुन्नाभाई’ मा शाहरुख खान र ऐश्वर्यालाई रोजिएपनि उनीहरुले फिल्म खेलेनन् । तर यो फिल्मले बलियडमा ‘बेस्ट कमेडी’ फिल्मको रुपमा स्थान बनायो ।

५. सन् २००६ मा रिलिज भएको फिल्म ‘कर्पोरेट’ का लागि मुख्य भूमिकामा साईन गर्ने चर्चा थियो । तर पछि यो भूमिकामा बिपासालाई ल्याइएको थियो ।

६. फिल्म ‘भुल भुलैया’ मा विद्या बालनको स्थानमा ऐश्वर्या निर्देशकको पहिलो रोजाईमा थिइन् । तर ऐश्वर्याले यो भूमिकालाई अस्वीकार गरिन् ।

 ७. फिल्म ‘बदलपुर’ का लागि ऐश्वर्यालाई अफर गरिएको थियो । ऐश्वर्यालाई पनि यो फिल्मको स्क्रिप्ट मन परेको थियो । तर उनले यस फिल्मलाई छोडेर संजय गुप्ताको ‘जब्बा’ मा काम गरिन् ।
काठमाडौं, ८ चैत । राप्रपा नेपालको भातृ संगठन प्रवासी नेपाली संगठन जापानले राजधानीको बसन्तपुर एसिड घटना पीडितलाई उपचार रकम सहयोग गरेको छ ।

गत फागुन १० गते बसन्तपुर स्थित ट्युसन सेन्टरमा भएको एसिड आक्रमणबाट सख्त घाईते भएकी संगीता पुलामी मगर र सिमा बस्नेतलाई प्रवासी नेपाली संगठन जापानले उपचारका लागि आर्थिक सहयोग गरेको हो ।

जापानमा संकलन गरिएको ५० हजार सहयोग रकम मंगलबार राप्रपा नेपालका अध्यक्ष कमल थापाले पीडित संगीता पुलामी मगरकी आमा र पीडित सिमा बस्नेतलाई पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा प्रदान गर्नुभयो ।

प्रवासी नेपाली संगठन जापानका अध्यक्ष रघुदिप खड्का र अर्पणराज खरेल लगायतले जापानमा संकलित रकम पार्टीको प्रवासी नेपाली समन्वय विभाग मार्फत नेपाल पठाएका हुन् । आर्थिक सहयोग प्रदान गर्दै अध्यक्ष थापाले यस घटनाले आफुलाई अत्यन्त दुःखी बनाएको भन्दै पीडितहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरे ।

पीडित सिमा बस्नेतले राप्रपा नेपालले आफुहरुप्रति देखाएको सद्भावको निमित्त धन्यवाद व्यक्त गरिन् । विभागका प्रमुख श्याम केसी र सदस्य सचिव विजय खड्काले पीडाको घाउमा यो थोरै मलम लगाउने प्रयास मात्र भएको बताए ।
एजेन्सी ।

सोयाबिनबाट बनेका खाना खाँदा विभिन्न प्रकारकार क्यान्सर र स्तन क्यान्सरको खतरा कम हुने तथ्य सार्वजनिक भएको छ । हालै गरिएको एक अध्यनले सोया फुडले शरीरमा क्यान्सर विरुद्धको शक्ति पैदा गर्ने र स्तनको क्यान्सको खतरा न्यून पारिदिने पत्ता लगाएको हो ।



जर्जटाउन लम्बार्डी कम्प्रिहेन्सिभ क्यान्सर सेन्टरका शोधकर्ताहरुले गरेको अध्यनका क्रममा ब्रेष्ट ट्यूमरको विरुद्ध इम्युन सिष्टम बलियो पार्न निक्कै राम्रो भनेका छन् ।

सामान्यतया सोयाबिन बाट बनेका खानेकुराहरुले क्यान्सरका कोशिका बढाउने गलत धारणा रहिआएको छ । तर यो कुरा सत्य नभएको शोधले देखाएको हो ।



नियमित सोयाफुड खानेहरुलाई क्यान्सरको खतरा निक्कै कम हुने शोधकर्ताहरुको दावी छ ।
१. कपडा लगाउने तरिका
सामान्यतया महिलाले पूरुषको कपडा लाउने तरिकाको ख्याल राख्ने गर्दछन् । उसले कस्तो त कुन पेन्टमा कस्तो टिर्सट कस्तो टिर्सटमा मा कुन पेन्ट आदी कुराहरुमा निकै ख्याल राख्ने गर्दछन् ।त्यसैले पुरुष मित्रहरुले कपडा लाउदा विचार पुराउनुहोला ।


२.तपाईको मुस्कान
महिलाको एउटै मुस्कान पनि कुनै पुरुषलाई आर्कषक गर्न काफी हुन्छ ।र पुरुषको मुस्कानले गर्दा महिलाको सोचाई र हेर्ने नजर पनि सकारात्मक हुन्छ । साथै पूरुषको अनुहारमा मुस्कान छ भने महिलालाई पनि सहज महशुस हुने हुदाँ पुरुष महिलाको अगाडी मुस्कुराउनु आवश्यक हुन्छ ।
३.आखाँ
महिलाले पुरुषको ख्याल गर्ने भनेको अर्काे कुरा हो आखाँ पनि भनिन्छ , आखाँबाट नै कति पय धेरै कुराहरु थाहा पाउन सकिन्छ । आखाँ देखेर नै साचो र झुठो कुराहरु पत्ता लगाउन सकिन्छ । एक अनुशन्धानको अनुसार लगभक ७० प्रतिशत महिलाहरु पुरुषको आखाँमा ध्यान दिने गर्दछन् ।
४.कपाल
पक्कै पनि महिलाको लामो र बाक्लो कपाल पुुरुषलाई निकै मन पर्छ । र सर्वप्रथम कपालबाट नै पुरुष महिला तर्फ आकर्षित हुने गर्दछन् । तर महिलाले चाही पूरुषको लामो कपाल मन पराउदैनन् ।त्यसैले यदि कपाल पालीहाले पनि आफनो अनुहारलाई सुहाउने किसिमले पाल्नुहोस् किन कि हजुरको कपाललाई पनि महिला मित्रले निकै नै ख्याल राख्ने गर्दन् ।
५.वजन
महिलाले पुरुषको वजनमा पनि धेरै नै चासो राख्ने गर्दछन् । धेरै पातलो पनि हैन र धेरै मोटो पनि हैन उनिहरु पुरुष ठिक्क किसिमको जे लगाउदा पनि फिट हुने खालको शरिर भएको पुरुषलाई मन पराउछन् । र वजमा पनि विशेष ख्याल राख्ने गर्दछन् ।
मन्दिरमा नरिवल किन फोडिन्छ?

मन्दिरमा धेरै चडाइने वस्तुहरु मध्येमा सबैभन्दा बढी नरिवल प्रयोग गरिन्छ। नरिवललाइ संस्कृतमा नारिकेल भनिन्छ। श्रीफला पनि भनिन्छ नरिवललाइ जसको अर्थ हुन्छ ‘शुभ फल’। भगवानलाइ चढाउनको लागि राम्रो अनि उच्च फल मानिन्छ त्यसैले त महाफला पनि भनिन्छ यो फललाइ।

उत्पति कसरी भयो?




वैदिक कथाहरुमा यसको उत्पतिको बारेमा राम्रोसंग उल्लेख गरेको पाइदैन। तर पुराण अनि महाकाव्यहरुमा भने यसको बारेमा उल्लेख गरेको पाइन्छ। यो फल इन्डोनेशियामा पाइन्थ्यो अनि पहिलो शताब्दी पछिको समयमा उत्तरी एशियातिर भित्र्याइएको जनाइन्छ।

कहिले प्रयोग गरिन्छ

नरिवललाइ धेरै जस्तो शुभकार्यको अगाडी प्रयोग गरिन्छ। तोरण झै घरको ढोकामा कुनै शुभकार्य पुर्व नरिवल फोडिन्छ। नरिवललाइ उर्वरताको प्रतिक मानिन्छ। त्यसैले धार्मिक विश्वास अनुसार, यदि कोही स्त्रीलाइ सन्तानको इच्छा भएमा नरिवलको रुख रोपेमा सन्तान प्राप्ति हुनेछ।

नरिवललाइ विवाह, कुनै चाडपर्व, नयाँ सवारी साधनको प्रयोग गर्दा, बाटो तथा पुल निर्माण गर्दा, घरको जग हाल्दा आदी कार्यमा पनि प्रयोग गरिन्छ। कुनै कार्यको शुभारम्भ पुर्वनै सबै काम राम्रोसंग होस् भनि नरिवल प्रयोग गरिने धार्मिक मान्यता छ।

कसरी प्रयोग गरिन्छ?

पानीले भरिएको जगको माथी नरिवल र आँपको पात राखेर महत्वपुर्ण कार्य अगाडी वा कोहीलाइ स्वागत गर्दा नरिवलको पुजा गरिन्छ। नरिवललाइ दुइ टुक्रा बनाइ भगवानलाइ चढाइन्छ र पछि प्रसादको रुपमा बाँडिन्छ। नरिवलको रुखलाइ पनि फल जतिकै शुभ मानिन्छ। चलिआएको विश्वास अनुसार नरिवलको रुख विनाश गर्नेको पनि विनाश हुने बताइन्छ।

भगवानलाइ किन चढाइन्छ नरिवल?

शुभकार्यको अगाडी भगवानको मुर्ती अगाडी नरिवल चढाइन्छ। यो प्रथाको पछाडी भयानक अर्को प्रथा लुकेको छ।
परापुर्वककालमा मानिसको बलिदान गरिन्थ्यो। पुजाआजा गर्दा कुनै महत्वपुर्ण कार्यको अगाडी मानिसलाइ नै चढाउने चलन थियो। पछि यो कार्यमा कुरा उठ्न थालेपछि मानिसको ठाँउमा नरिवलले काम चलाउन थालियो।

तर नरिवल नै किन छानियो?



मानिस को सट्टा नरिवल नै किन प्रयोग गरियो त? मानिसको टाउकोको प्रतिनिधित्वको लागि नरिवल प्रयोग गरिएको हो रे। नरिवलमा हुने दागहरुले मानिसको टाउको जस्तै भान गराउने हुनाले नरिवलनै छानिएको भनि भनिन्छ। पछि नरिवल चढाउने चलन प्रख्यात भयो अनि मानिसहरुले किन र कसरी भन्ने बिर्सन पनि थाले।

सांकेतिक अर्थ

नरिवल फुटाउदा सांकेतिक रुपमा व्यक्तिको अहंकारपनि टुट्ने बुझिन्छ। अहंकारलाइ व्यक्तिगत अनि आध्यात्मिक बिकासको लागि सबैभन्दा ठुलो शत्रु मानिन्छ।

हिन्दु ग्रन्थ अनुसार नरिवल फलनै ऋषि विश्वामित्रले बनाएका थिए। राजा सत्यवर्त मानिसकै रुपमा स्वर्गलोक जान चाहन्थे तर स्वर्गका देवताहरुले आउन नदिएको कारणले सहयोगार्थ विश्वामित्रले नरिवलको उत्पति गराएका थिए। सत्यवर्त सूर्यवंशका चर्चित अनि धर्मात्मा राजा थिए। सत्यवर्तको एउटै इच्छा थियो, आफ्नो शरिर समेत नै स्वर्गलोक हुने।

अन्य प्रयोग

भित्री फलबाहेक नरिवलको अन्य भागहरु पनि प्रयोगमा ल्याइन्छ। बाहिरको कडा भाग फर्निचरहरुमा विभिन्न कामको लागि प्रयोगमा ल्याइन्छ। भित्री फलह त्यतिकै खान तथा अन्य परिकारहरुमा मिसाएर खाइन्छ। भित्री फलबाट तेलपनि निकाल्न सकिन्छ। यो तेल पकाउने कामको साथै सौन्दर्य सम्बन्धि विभिन्न प्रयोजनमा प्रयोग गरिन्छ। नरिवलको तेलले कपाल कालो बनाउने अनि चाडै फुल्नबाट रोक्ने गर्दछ।

नरिवलको पानी स्वास्थ्यको लागि राम्रो मानिन्छ। गर्मी क्षेत्रमा पाइने नरिवलले जमिनको नुनिलो पानी सोसेर मिठो पानी उत्पादन गर्छ। पेट, आन्द्रा तथा किड्नीको लागि नरिवल पानीले राम्रो गर्दछ। किड्नीमा पथ्थरी छ भने नरिवल पानीले घुलाउने काम पनि गर्छ।
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home