• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
पोखरा, २० असोज- चर्चित एल जी ग्रुपका नाइके पोखराबाट पक्राउ परेका छन् । पोखरा उपमहानगर पालिका वडा नं १७ विरौटा बस्ने रेजिना गुरुङलाई अपशब्द प्रयोग गरी कुटपिट गरेको आरोपमा प्रहरीले एल जी ग्रुपका
नाइके ललित गुरुङलाई पक्राउ गरेको हो । पाखरा १५ नयाँ गाउँ स्थित सार्वजनिक स्थलमा अपशब्द प्रयोग गरी कुटपिट गरेको भन्ने जाहेरीका आधारमा गुरुङलाई प्रक्राउ गरेको कास्की प्रहरी प्रवक्ता गोविन्द अधिकारीले जानकारी दिए । पक्राउ परेका उनलाई केही सार्वजनिक अपराध मुद्वामा अनुसन्धान थालिएको छ । www.etajakhabar.com
विराटनगर, २० असोज । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले मुलुक अहिले जटिल परिस्थितिमा रहेकाले राष्ट्रिय सहमतिको सरकारको आवश्यकता रहेको बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले सोह्रबुँदे सहमतिअनुरुप तीन दल एकै ठाउँमा नउभिए मुलुकका लागि दुर्भाग्य हुने बताउनुभयो ।
मधेसवादी दल, थारु समुदायका नेता र जनजातिसँग सकारात्मक ढङ्गले वार्ता अगाडि बढिरहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले छिटोभन्दा छिटो समस्याको समाधान गरिनुपर्नेमा जोड दिनुभयो ।
भारतले गरेको अघोषित नाकाबन्दी खुलाउन कूटनीतिक पहलका साथै राजनीतिकस्तरमा पनि संवाद भइरहेको बताउँदै अध्यक्ष दाहालले भारतले छिट्टै आपूर्ति सहज बनाउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले नेपाल भूपरिवेष्ठित राष्ट्र भएकाले पारवाहन अधिकार अविच्छिन्न रहेको चर्चा गर्दै तत्काल अन्य मुलुकबाट हवाई र सडक मार्ग हुँदै अत्यावश्यक सामग्री ल्याउने पहल पनि भइरहेको जानकारी गराउनुभयो ।
पत्रकारको जिज्ञासामा उहाँले नाकाबन्दीका कारण पार्टीहरुबीचको सम्बन्ध अझै बलियो भएको उल्लेख गर्दै चुनौतीपूर्ण यस घडीमा प्रधानमन्त्रीमा केपी ओली वा सुशील कोइराला जो भएपनि सहमतिकै आधारमा हुनुपर्ने बताउनुभयो । रासस
dainiknepal.com
आश्विन २०, २०७२- भारत सरकारको जासुसी निकाय इन्टिलिजेन्स ब्युरो (आईबी)ले नेपालको पछिल्ला राजनीतिक घटनाक्रम र भारतको सिमावर्ती क्षेत्रमा मधेसी मोर्चाको धर्नाजुलुसका कारण नेपालमा भारतविरोधी भावना फैलिएर गएको रिपोर्ट सम्बद्ध नियायहरुलाई दिएको छ ।

आइबीले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र राष्ट्रि सुरक्षा सल्लाहकारलाई मंगलबार पठाएको रिपोर्टमा नेपालको मधेसकेन्द्रित आन्दोलनमा ‘भारतको हात रहेको’ भन्ने आँकलन बढ्दै गएको बारे पनि उल्लेख गरिएको छ ।

 बुधबार मेल टुडे पत्रिकामा प्रकाशित समाचारमा नेपालको मधेसी/थारु समुदायको सिमावर्ती आन्दोलनका कारण असुरक्षा स्थितिमा लागेको नाकाबन्दीलाई नेपालीहरुको एउटा वर्गले ‘भारतले स्वेच्छामा लगाएको नाकाबन्दी’ भन्ने बुझाइ रहेको आइबी रिपोर्टमा लेखिएको छ ।

जारी आन्दोलका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाइएको विषयलाई पनि आइबीको उक्त रिपोर्टमा गम्भिर विषयको रुपमा संकेत गरिएको छ । भारत सिमावर्ती नेपाली भूभागमा जारी आन्दोलनका कारण सिमावर्ती विन्दुहरु थप संवेदनशील बनेका बारे ध्यानाकर्षण गराउँदै रिपोर्टमा यो मामलाले नेपाल–भारत सम्बन्ध थप बिग्रिएर जान सक्ने बारे सजग हुनुपर्ने उल्लेख छ ।

आइबी रिपोर्ट अनुसार अहिले नेपाल ढुवानीका लागि तयार रहेका २ हजार लोडेड ट्रक रक्सौल (वीरगन्ज) नाकामा अड्किएर बसेका छन् । यस्तै, १ हजार ट्रक सुनौली (भैरहवा) र ८ सय ट्रक जोगवनी (विराटनगर) नाकामा ढुवानी ‘क्लियरेन्स’ पर्खिएर बसेका छन् ।kantipur.ekantipur.com
भैरहवा, असोज २० । नेपाल–भारत सीमा नाका वेलहियाबाट भागेर नेपाल आएका चालकहरुले सुरक्षाको माग गर्दै प्रदर्शन गरेका छन् । भारतीय भूमिमा नेपाली चालकहरुमाथि दुर्व्यवहार भएपछि उनीहरु भागेर नेपाल आई प्रदर्शनमा उत्रिएका हुन् ।
प्रदर्शनमा उत्रिएका चालकहरुले सुरक्षाको माग गरेका छन् । मधेसी मोर्चाले वेलहिया नाका ठप्प पारेपछि असुरक्षाको महसुस गर्दै नेपाली चालक मंगलबार आफ्ना गाडीहरु भारतीय भूमिमै वेवारिसे अवस्थामा छाडेर नेपाल आएका हुन् । उनीहरुले मंगलबार पनि प्रदर्शन गरेका थिए ।
गत आइतबार दिउँसोदेखि भारतीय बजारबाट मालवाहक सवारी आउन नदिएका मधेसी मोर्चाका कार्यकर्ताले भारतीय भूमिमा बसेर आन्दोलन चर्काउँदै केही नेपाली नागरिकलाई भारतीय भुमिमै कुटपिट गरेपछि नेपाली चालकहरु आफ्ना गाडी बेवारिसे अवस्थामा छाडेर नेपाल आएका हुन् ।
मोर्चाको आन्दोलनका कारण रुपन्देहीको वेलहिया नाका तीन दिनदेखि ठप्प छ ।imagekhabar.com
बुधबार, २० असोज

मधेसमा आन्दोलनले उग्ररूप लिईरहेको समयमा नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नयाँ संविधान २०७२ जारी त भयो तर भारतले आफ्नो निहित स्वार्थ पुरा गर्ने अभिष्टका साथ मधेशवादी दलहरूको माग प्रति सहानुभूति र समर्थन गर्दै अन्तिम समय सम्म नेपालको नयाँ संविधान जारी गर्न नदिने प्रयत्न पूर्णतया असफल भयपछि त्यसको बदलामा नयाँ संविधान घोषणा भयकोमा शुभकामना दिने हिम्मतसम्म नगरी अन्तराष्ट्रिय नियम मिच्दै अघोषित नाकाबन्दी गरेर छिमेकी राष्ट्र नेपालप्रति हेपाहा प्रवृत्ति देखायो ।
जसका कारण दुई हप्ता देखि नेपालीले सास्ती खेप्नु परेको छ । संविधान आएको खुसीयालीमा दीपावली गरेको नगर्यै जस्तै भयो तैपनि भारतले नेपालमा अघोषित रूपमा जारी गरेको नाकावन्दीलाई सम्पूर्ण नेपालीले एकै स्वरले विरोध गरे साथै विश्व समुदायबाट समेत बिरोध भएपछि
आफ्नो निर्णयबाट भारतपछि हटेको जस्तै गरे पनि नेपालीको जनजीवन सामान्य अवस्थामा फर्कन सकेको छैन । तर घरज्वाईलाई खाना कै पिर भनेझै हाम्रा नेताहरुलाई प्रधानमन्त्रीको लिष्टमा एक अंक थप्ने र त्यो अंकको पछाडि आफ्नो नाम लेख्ने दौडधुपमा छन् ।
नेपालले गर्ने हरेक कार्यमा भारतले हस्तक्षेप गर्दछ भनिन्छ के हुने हो ? को हुने हो ? त्यहासम्म बुझ्ने हैसियत त छैन भन्दा नै आफ्नो ईमान्दारिता देखिएला । तर बर्बराउदै भारतको बिरोध गर्ने नेता देखि भारतको खुलेर प्रशंसा गर्ने नेता समेत प्रधानमन्त्रीका आकांक्षी छन् । कस्ले बाज़ी मार्ने हो प्रधानमन्त्रीहरुको संख्यामा एक संख्या मात्र थपिने हो या नयाँ संविधानसँगै बनेका प्रधानमन्त्रीले जनतामा पनि परिवर्तनको महसुस हुने कार्य गर्ने हुन त्यो त हेर्न बाक़ी नै छ ।
तर अब बन्ने प्रधानमन्त्रीमा निम्न विशेषता नभय प्रधानमन्त्रीको लिष्टमा अंक थपिनु सिवाय अरु केहि परिवर्तन हुने छैन।
१.देश प्रेमी र देशद्रोहीको पहिचान गर्ने क्षमता
अब निर्माण हुने सरकारको प्रधानमन्त्रीको पहिलो कार्य देश प्रेमी र देशद्रोहीको पहिचान हुनु पर्दछ । जबसम्म देश द्रोहीको पहिचान गर्न सकिदैन तबसम्म देशी बिदेसी नेपाल बिरोधी तत्वहरू एकै कित्तामा उभिने छन् र हर समय नेपाललाई समस्यामा पारिरहने छन् साथै संमृद्दिको बाटोमा तगारो बनेर आफ्ना निहित स्वार्थ पुरा गर्न मरिमेट्ने छन् । त्यो भन्दा पनि ठुलो कुरा संबिधान कार्यन्वयन गर्ने कार्यमा समेत बाधक हुनेछन् । आज देशमा गर्न खोजिएका राम्रा परिवर्तन पनि ब्यबहारमा लागु हुन नसक्नु यहि कारण हो ।
२.गरिवी निवारणको दृढ़ अठोट
हामी नेपालीका लागि गरिबी महान शत्रु भयर देखा परिरहेको छ । दिन प्रतिदिन हामी गरिवीको चक्रमा फस्दै गएका छौ । राजनीतिक, सामाजिक,एवं स्वयं व्यक्तिको गलत आचरण र सोचका कारण गरिवीको रेखामुनीका जनताको जीवनस्तर उल्लेख्य रुपमा परिवर्तन हुन सकेको छैन तर प्रत्यक्ष अप्रत्यक्ष रुपमा यसले विकास कार्यलाई समेत प्रभाव त पार्दछ नै गरिबको गरिबीमाथि देशका बैरी खेल्ने मौक़ा पाउदछन् ।
भोंको पेट भयको ब्यक्तिबाट राष्ट्र परिवर्तनमा योगदान खोज्नु मुर्खता सिवाय केहि होईन त्यसैले आगामी सरकारको प्रधानमन्त्रीले नेपालीलाई गरिबीबाट छुटकारा दिलाउन सक्ने व्यवहारिक रणनीति बनाउनु र गरिबी निर्मूल पार्नु अपरिहार्य हुनेछ । तसर्थ आगामी सफल प्रधानमन्त्रीका लागि नभईनहुने बिशेषता गरिबी निवारणको दृढ़ अठोट पनि हो ।
३.भ्रष्टाचार निर्मूलनका लागि पार्टी भन्दा माथि उठ्नु
नेपालमा भ्रष्टाचारले नेटो काटीसकेको छ भन्ने कुराको प्रमाण एसियामै भ्रष्ट मुलुकको रूपमा चिनिनु भन्दा अर्कों कुनै ठुलो प्रमाण हुनै सक्दैन । राज्यका सवै पक्षमा भ्रष्ट्राचार, पक्षपात, नातावाद, कृपावादले जरा गाडेको छ । आन्तरिक तथा वैदेशिक सहयोग वापत प्राप्त रकमको समेत चरम दुरुपयोग भएको छ ।
सत्तामा केन्द्रित केही मुठ्ठी भर व्यक्तिले मुलुकको साधन र श्रोत माथि हैकम जमाएर बसेका छन् । आफु सत्तामा हुदा आफ्ना नातागोता भरौटेहरु भर्ना गर्ने पुरानै रोग हो तर त्यो रोगबाट मुक्त हुदै भ्रष्टाचारलाई कठोरता पूर्वक नियन्त्रण गर्नु अर्को ठूलो चुनौती हो । यो चुनौतिको सामना गर्न नसक्नु भनेको पार्टी र ब्यक्तिगत स्वार्थभन्दा माथि उठ्न नसकेर हो तसर्थ भ्रषटचार निर्मूलनका लागि व्यक्ति र पार्टी भन्दा माथि उठ्नु पनि सफल प्रधानमन्त्रीका लागि नभईनहुने विशेषता नै हो ।
४.दण्डहिनताको अन्त्य
नेपालको सन्दर्भमा संबिधान परिवर्तन भयको हो तर हामी सम्पुर्ण नेपालीको मानसिकता परिबर्तन भएको छैन । जीवन स्तरमा परिवर्तन भएको छैन । बाँच्नको निम्ति होस् या धनीहरुको लिष्टमा आफ्नो नाम लेखाउन होस् अथवा अरुलाई उछिन्दै अघिल्लो पंक्तिमा आफ्नो नाम लेखाउन दिन दिनै अवैधानिक कार्यहरु भएका छन् ।
चोरी, डकैती, घूसख़ोरी आदि पुर्णरुपमा निर्मूल पार्न त के अलिकति कम सम्म गर्न सकियको अवस्था छैन । तसर्थ नातावाद, पैसावाद, जे जे वादले कार्बाहीको दायरामा आएका व्यक्तिपनि दण्डित हुनबाट छुट्कारा पाउने अबस्था छ त्यो सबैको अन्त्य गर्दै नेपालबाट नै दण्डहिनताको अन्त्य गर्नु पर्दछ । सानालाई ऐन ठुलालाई चैन भन्ने उखानलाई पूर्णत नेपालको सन्दर्भमा अनुपयुक्त प्रमाणित गर्नु पर्दछ।
५.बौद्धिकतासंगै मुर्खता
क्षणिक उत्तेजनामा आएर भारत या चीनसंग जोरी खोजी हाल्ने समय हाम्रो होईन तसर्थ नेपालको विकासका लागि पुर्वाधार तयार नहुन्जेल दुबै देशसंग सन्तुलन क़ायम गर्दै अन्तराष्ट्रिय समुदाय संग पनि सुमधुर सम्बन्ध बिस्तार गर्दै बौद्दिकता प्रदर्शन गर्ने नेपाल र नेपालीको भलाई सोच्ने तर देश भित्रका अथवा देशबाहिरका नेपाल र नेपालीको कुभलो चाहने कुनै पनि बैरीहरु माथि अधिक्तम भन्दा अधिक्तम मुर्खता देखाउन सक्ने जसले आफ्नो सेवा सुविधा पदावधि लम्बाउने लगायतका क्षणिक सम्पुर्ण कुरा बिर्सेर कठोर क़दम समेत चाल्न सक्ने साहसी या मूर्खता पुर्ण कार्य समेत गर्न सकोस् ।
चाहे देशमा संकटकाल घोषणा गरेर होस् या देशद्रोहीका छातीमा गोली ठोक्ने आदेश दिएर होस् । स्वयं आफु असफल प्रधानमन्त्री भएपनि देशमा परिवर्तनको महसुस गराउने संबिधानको कार्यन्वयन गराउने हो भने अब नेपालमा बौद्दिकता संगै मुर्खता भयको प्रधानमन्त्रीको खाचो छ।
www.nepalsandesh.com
झापा, २० असोज । पूर्वी नाका काँकडभिट्टा भएर गएराति र आज बिहान गरेर पेट्रोलियम पदार्थ बोकेका ३५ वटा सवारी नेपाल भित्रिएका छन् ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका अनुसार गएराति ३४ र आज बिहान एउटा गरी जम्मा ३५ वटा ट्याङ्कर नेपाल भित्रिएका छन् ।
नेपाल भित्रिएका ट्याङ्करमध्ये पेट्रोल बोकेका १३ वटा, मट्टितेल बोकेका एक र डिजेल बोकेको २१ वटा ट्याङ्कर नेपाल भित्रिएको मेची पेट्रोलियम एसोसिएसन झापाका अध्यक्ष लयप्रसाद भण्डारीले जानकारी दिनुभयो । रासस
dainiknepal.com
वासिंगटन – अमेरिकामा आसन्न राष्ट्रपतिको चुनावको दाबेदारमध्ये एक रेही हिलारी क्लिन्टनमाथि आफ्ना पति तथा पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टनमाथि मारपीटको आरोप लगाइएको छ । अक्टोबर १३ मा प्रकाशित हुन लागेको राजनीतिक रणनीतिकार रजर स्टोनको किताब ‘द क्लिन्टन्स वार अन वुमन’ मा यस्तो दाबी गरिएको हो । यस किताबको केही अंश न्युयोर्क पोष्ट र डेली मेलमा छापिएको थियो ।

उक्त घटना सन् १९९३ को मार्च महिनमा घटेको बताइएको छ, जतिबेला बिल क्लिन्टन अमेरिकाको राष्ट्रपति थिए । त्यसबेला हिलारीको आमा बिरामी भएर उनलाई भेट्न लिटल रक पुगिन् । तर, त्यहाँ पुग्ने बित्तिकै उनले आफ्ना पतिका साथ गायिका बारबरा स्ट्रेसेन्डले ह्वाइट हाउसमा सँगै रात बिताएको खबर पाइन् । यसबाट उनी क्रुद्ध बनेकी उनी अर्को फ्लाइटबाट वासिंगटन पुगिन् ।

अर्को दिन जब बिलले एक पत्रकारलाई भेटे उनको घाँटी र अनुहारमा कसैले चिथारेको जस्ता निसानहरु थिए । पत्रकारले चोटको बारेमा जिज्ञासा राख्दा दाह्री काट्दा यस्तो भएको भन्ने जवाफ दिएका थिए ।

www.ratopati.com
विराटनगर :  एमालेले कांग्रेसबिना नै बहुमतको सरकार बनाउने कसरतमा जुटिरहेका बेला एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको जटिल परिस्थितिमा काँग्रेसबिनाको नयाँ सरकार कल्पनासम्म गर्न नसकिने बताएका छन्।

एमालेको नृतृत्वमा कांग्रेससहितको सरकार बनाउनु पर्ने बताउँदै उनले भने, काँग्रेसबिनाको सरकार कल्पना गर्न सकिन्न, नेतृत्व एमालेको हुनुपर्छ।'नयाँ सरकार गठन गर्न तीन पटकसम्म भद्र सहमति भएको खुलासा गर्दै प्रचण्डले भने,‘सुशील कोइरालाले संविधान जारी भएपछि आफूले छाड्ने र एमालेलाई दिने भनेर तीन पटकसम्म भन्नु भएकै हो ।’


इटहरीमा हुने कार्यकर्ता प्रशिक्षणमा सहभागी हुन त्यसतर्फ जाने क्रममा बुधबार विराटनगर विमानस्थलमा प्रचण्डले भने,‘सरकारमा सबै दल आउनु पर्छ, कोही पनि बाहिर बस्नु हुन्न, अहिलेको राजनीतिक निकासका लागि पनि सर्वदलीय सरकार चाहिन्छ ।’

प्रचण्डले आफ्नो पार्टीले राष्ट्रपति वा प्रधानमन्त्री कुनै पनि पदमा दाबी नगरेको बताउँदै जारी संविधानलाई जनतासम्म लगेर लागू गराउनु प्रमुख चुनौती रहेको स्पष्ट गरे । उनले अहिले भारतले गरिरहेको नाकाबन्दी अन्तर्राष्ट्रिय कानुन विपरीत भएको जनाउँदै भूपरिवेष्ठित मुलुकको पारवहन अधिकारलाई भारतले कुनैपनि हालतमा कटौती गर्न नहुने बताए ।

नाकाबन्दीले जनतालाई निकै कष्ट भएकोले यसलाई समाधान गर्न सरकार गम्भीर हुनुपर्ने र राजनीतिक शक्तिहरुले पनि पहल गर्नुपर्ने बताउँदै प्रचण्डले भने,‘चाडबाड नजिकिएको बेला जनतालाई कसैले पनि दुःख दिने काम गर्नुहुन्न ।’ उनले मधेशी मोर्चासँको जारी वार्तालाई निश्कर्षमा पुर्‍याएर मधेशका मागको सम्बोधन हुने पनि बताए ।
annapurnapost.com
वि.सं. २०७२ साल असोज २० गते। बुधबार। इश्वी सन् २०१५ अक्टोबर ७ तारिख। नेपाल संवत् ११३५ ञला गा। आश्विन कृष्णपक्ष। तिथि– दशमी, १९:५४ बजेउप्रान्त एकादशी।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहने देखिन्छ। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। नजिकका साथीभाइ टाढिन सक्छन्। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
विगतको सफलताले काममा झन् उत्साह बढ्नेछ। उद्योग र व्यापारमा निकै फाइदा हुनेछ। प्रतिस्पर्धीहरूलाई पनि सजिलै पछि पार्न सकिनेछ। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। कृषि तथा व्यावसायिक काममा केही चुनौती देखापर्न सक्छन्। तापनि, नयाँ काममा हात हाल्ने समय छ। प्रशस्त धन आर्जन गर्ने मौका छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्नसक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिनेछन् । लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ। विगतको श्रमबाट भने लाभ हुनेछ। काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ। फाइदा कममात्र हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ। योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने बन्नेछन्। खानपानको अनियमितताले स्वास्थ्यमा समस्या देखिएला। सहयोगीहरू कमै भेटिनेछन् भने फुर्सदिलाहरूले अलमल्याउन सक्छन्। थोरै आर्जनमा चित्त बुझाउनुपर्ला। अध्ययनमा सामान्य विषयको ज्ञान लिन निकै मेहनत गर्नुपर्ने समय छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोस्। प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला। आफन्तबाट समेत टाढिनुपर्ने समय छ। वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ। स्थानान्तरण र टाढाको यात्रा पनि सम्भावना छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
समय उत्साहवर्द्धक रहला। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पितृधन उपयोग गर्दा अझ लाभ हुन सक्छ। नयाँ ज्ञान प्राप्त हुनेछ। कृषि तथा पशुपालनमा भने सोचेको लाभ अलि नहोला। तापनि व्यापारमा प्रशस्त फाइदा हुनेछ। दाम, नाम, इनाम हातपार्ने बेला छ। श्रमको उचित मूल्यांंकन होला। पढाइमा पनि राम्रै प्रगति गर्न सकिनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
प्रतिष्ठित काम गर्ने मौका छ। मातापिताको सहयोग प्राप्त होला। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
श्रमपूर्वक समर्पित हु“दा पनि कामको मूल्य नपाइने परिस्थिति छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। विविध चुनौती सामना गर्नुपर्दा चिन्ता र छटपटी बढ्न सक्छ। बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ। गोपनीयतामा ध्यान दिँदै कर्तव्य पालना गर्नुहोला, बिस्तारै श्रमको उपलब्धि हात पार्न सकिनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ। समस्या थपिन सक्छन्। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ। उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन्। इष्टदेवको पूजा–उपासनाले फाइदा हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। कामको चापबाट पनि फुर्सद पाइनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हठ गर्ने बानीले दुःख पाइएला। सद्विचार लिनेहरूका लागि मात्र समय उत्साहजनक रहनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत पलाउनेछ। संगत र खानपानमा निकै नै सावधान रहनुपर्ने समय छ

काठमाडौं ।

भारतीय रियालिटी टीभी शो डान्स इन्डिया डान्स (डीआईडी) मा नेपालको नुवाकोट, त्रिशूलीबजारका २३ वर्षीय निर्मल तामाङ फाइनल पुग्न सफल भएका छन् ।

निर्णायकहरुको मतका आधारमा छनोट टप १० प्रतिस्पर्धी त्यसपछि भने एसएमएस र अनलाइन भोटिङका आधारमा छनोट हुँदै आएका छन् । निर्मल भने अहिलेसम्म त्यसमा पनि अन्य प्रतिस्पर्धीलाई चुनौती दिइरहेका छन् ।

यतिबेला निर्मलको प्रतिस्पर्धा फाइनलिस्ट आशिष बशिष्ठ, कौशिक मण्डल, प्रनिता स्वर्गियारी र शशि आदनयासँग भइरहेको छ ।

भारतीय जीटीभीबाट प्रसार भइरहेको उक्त शोको शनिबार ग्रान्ड फाइनल हुनेछ ।

पूर्व भारतीय सेनाका कार्यरत शेरबहादुर तामाङका कान्छा छोरा निर्मल बैशाखदेखि डीआइडी प्रतियोगितमा भिड्दै फाइनलसम्मको यात्रा तय गरेको हुन् ।

निर्मलका बाबुले सर्वाधिक भोट पाउन सके छोराले उपाधि जितेर नेपालकै सान राख्ने जिकिर गरेका छन् ।

निर्मल लाइ यहाँ क्लिक गरेर भोट गर्न सकिन्छ ।

newspati.com
कागती भिटामिन सी, पोटासियम तथा फाइबर लगायतका पौष्टिक तत्वहरुको भण्डार हो । यो मानव स्वास्थ्यका लागि निकै लाभदायी छ ।

कागतीलाई विभिन्न स्वरुप र प्रकारमा खाइन्छ । चाहे पानीमा हालेर होस् वा चियामा, अनि तरकारी वा खानामा र अचार बनाएर ।

सरीरको वजन कम गर्ने वा सरीरबाट विषाक्त पदार्थ निष्कासन गर्नमा सहयोग गर्ने हुनाले कागती पानी अर्थात हट लेमन खाने बानी धेरैको हुन्छ । कतिपयले अलिक बढि नै कागती पानी पिउने गरेको पाइन्छ र जति धेरै खायो उति नै फाइदा हुन्छ भन्ने मानसिकता रहेको पनि पाइन्छ । तर धेरै खाएमा गुड पनि तितो हुन्छ भन्ने उखान झैँ कागतीपानीको अत्यधिक सेवन स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । धेरै कागतीपानी खानुका बेफाइदा यस्ता छन् :

१. कागतीमा साइटि्रक एसिड पाइन्छ । धेरै कागतीपानीको सेवनले यो अम्लले दाँतसँग रासायनिक प्रतिक्रिया गरी दाँतलाई कमजोर बनाउने वा खियाउने गर्दछ । त्यसैले कागतीपानी पिउँदा बढि तातो बनाएर नपिउने र मुखमा धेरैबेर नराख्ने अर्थात् सर्लक्कै निल्ने गर्नुपर्छ ।

२. यदि तपाइँमा एसिडिटीको समस्या छ भने कागतीको सेवन एकदमै कम गर्नुहोस् । यसले छाति तथा पेट पोल्ने तथा एसिडिटी बढाउने समस्या पैदा गरिदिन्छ ।

३. कतिपय मानिसहरु खाना खाइसकेपछि खानेकुरा पचाउने भन्दै कागतीको सेवन गर्दछन् । तर भरिएको पेटमा कागती खानाले असर गर्नसक्छ र यसले पाचन क्रियामा गडबडी उत्पन्न गराउन सक्छ । त्यसबाट अपच, झाडापखला जस्ता समस्या हुनसक्छन् । त्यसैले खाइ खाइसकेपछि होइन की खानासँगै कागती खानुपर्छ ।

४. कागतीमा अम्ल हुनुका साथै अक्जालेट तत्व पनि हुन्छ । यसको अत्यधिक सेवनले सरीरमा क्रिस्टल बन्न सक्छ । जुन स्क्रिटल अक्जालेटका कारण मृगौला तथा पित्तथैलीमा पत्थरी पर्नसक्छ ।

५. कागतीपानी पिउँदा पटक पटक पिसाब लाग्दछ । यसका कारण सरीरमा डिहाइड्रेसन अर्थात् जलवियोजनको खतरा पनि हुनसक्छ । त्यसैले कागती पानी सँगै सामान्य पानी पनि पर्याप्त पिउनुपर्छ । यदि दिनमा अरु पानी पर्याप्त पिउन नपाउने अवस्था छ भने कागती पानी नपिउनु राम्रो हुन्छ ।
आन्दोलनकारी र सरकारलाई धिक्कार्दै दिन बिताउँदै
राजविराज : ठेला मजदुर शिवनारायण रजकले मंगलबार एक रुपैयाँ पनि कमाउन सकेनन् । राजविराज–२ रामपुर टोलका रजक बजारको चक्कर लगाउँदा पनि सामान ओसार्ने काम नपाएपछि लखतरान हुँदै खाली हात घर फर्किए ।

’नेताहरुको कुर्सीको लडाइँमा हामी गरिब जनता पिसिन्छौं’, ५२ वर्षीय रजकले भने, ‘सोमबार त चिउराा र मुराइ खाएर सुतियो । मंगलबार साँझ केही पनि खान पाइएला जस्तो छैन ।’

दुई छोरा र दुई छोरीका बुवा रजकका जेठा छोरा ससुरालीमै बस्छन्, अन्य कलिला उमेरका छन् । साना छोराछोरी र श्रीमतिलाई छाडेर वैदेशिक रोजगारमा जान नसकिएको बताउने रजकले ठेला मजदुरी गरेको ३५ वर्ष भयो ।

‘ठेलावालासँग पैसा छैन्, अन्यसँग ऋणकर्जा माग्दा पनि गरिब भएकाले नपत्याएपछि धेरै दिन भोकभोकै बस्नु परेको छ’, उनले आन्दोलनकारीतर्फ संकेत गर्दै भने, ‘चन्दा उठाएर मजदुरको खाने व्यवस्था गर्नुपर्छ ।’

बन्द, हडताल नभएको दिन सरदर पाँच सय रुपैयाँ कमाउने राजविराज–९ का ४० वर्षीय राजेश बोहराले १५ दिनपछि एक सय रुपैयाँ कमाए ।

दुई छोरा र एक छोरीसहितको परिवारको हातमुख जोर्न बन्दको अवधिमा उनले १५ हजार ऋण सापटी लिइसकेको बताए । चाँडोभन्दा चाँडो राजनीतिक समस्या समाधान होस् भनेर प्रार्थना गरिरहेको बताउने बोहराले भने–’काम गरेर खान पाइयोस् ।’

गत साउन ३१ गतेदेखि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको अनिश्चितकालिन बन्दले रजक र बोहराजस्ता ठेला मजदुरहरुले काम पाउन नसक्दा परिवार भोकै छन् ।

सिमेन्ट, छड र अन्य सामान ओसारेर दैनिक पाँच सयदेखि एक हजार रुपैयाँ कमाउँदै आएका अर्का ठेला मजदुर कपलेश्वर यादवले लामो समय आन्दोलन गर्ने बन्दकर्ता र माग सम्बोधन नगर्ने सरकारलाई धिक्कारे ।

गरिब र विपन्न वर्गको हक र अधिकारका लागि भन्दै यती लामो समयसम्म बन्द भएपछि सबैभन्दा बढी समस्या ज्यालादारी मजदुरलाई नै परेको छ । उनले मधेसको जायज माग पुरा गरेर अविलम्व समस्या समाधान गर्नुपर्ने बताए ।
‘गरिब, पछाडि परेकाहरुको पक्षमा बन्द गरिएको भन्छन्’, काम नपाएपछि चोकमा ठेलामै बसेर तास खेलिरहेका मजदुरहरुले भने, ‘तर बन्दमा हामी जस्ता ठेला मजदुर भोकै बस्नुपर्ने हुन्छ, गरिबको मर्का कसैले बुझेनन् ।’

‘एक दिन काम गरिएन भने दुई छाक खान सकिदैन, एकैचोटी लामो बन्द भइरहँदा कसरी थेग्ने ?’ राजविराज–९ का हबिब मन्सुरीले भने, ‘लोकतन्त्र, गणतन्त्र राम्रो भनेर सबैको मुखबाट सुनेको हो तर यही व्यवस्था आएपछि पटक–पटक बन्दले गरिब, कमजोर व्यक्तिहरूलाई समस्यामा पार्दै आएको छ ।’

यातायात बन्दले निर्माण सामग्री आयात हुन नसकेपछि दैनिक मजदुरी र ज्यालादारीमा काम गरेर गुजारा चलाउनेलाई सबैभन्दा बढी मर्का परेको विकास हार्डवेयरका प्रोपाइटर संजय पूर्वेले बताए ।

काम नभेटिएपछि कम पारिश्रमिकमा काम गर्न तयार मजदुरहरु एउटा ग्राहक फेला पर्नासाथ झुम्मिन्छन् र कम मूल्यमा काम गर्न तयार हुन्छन् ।

ठेला मजदुर सुखीलाल मण्डलका अनुसार राजविराजमा ५० र जिल्लामा चार सय ठेलावाला छन् ।

यस्तै जिल्लाका विभिन्न स्थानमा दैनिक चार सय रिक्सा मजदुर, दुई हजार पाँच सय यातायात मजदुर र पाँच हजार भन्दा बढी निर्माण मजदुरले ज्यालादारीमा काम गर्छन् । बन्दका बेला दैनिक मजदुरी गर्ने सबै कामविहीन भएका छन् ।
annapurnapost.com
अफबाह फैलाएर नाकाबन्दी गर्दै भारत
भैरहवा :  मधेस आन्दोनलका क्रममा मधेसी कार्यकर्ता र प्रहरीवीचको झडपमा भारतीय चालकलाई कुटेर मारेको भन्दै फैलिएको सनसनीपूर्ण खबर गलत सावित भएको छ ।

चालक मारिएको भन्दै आक्रोशित मोर्चा र त्यसक्षेत्रका स्थानीय एवम् व्यापारीले नेपालीमाथि दुव्र्यवहार गरेका हुन् ।

मारेको भनिएका भारत लुदियानका विपी ०२ एफ ९७८१ नम्वरका ट्रक चालक ३३ वर्षीय राजीन्दी सिहंलाई नेपाल प्रहरीले मंगलबार सकुशल भारतीय प्रहरीको जिम्मा लगाएको प्रहरी निरीक्षक रेग्मीले जानकारीदिए ।

मारिएका भनिएका चालक सिंहलाई जिउँदै सकुशल नेपाल प्रहरीले भारत सिमा सुरक्षा बलका कमान्डेट एसपी एसके बनकोटीको समन्वयमा सोही ट्रकका मालिक वेलकार सिंह र सुनौली प्रहरी चौकीका सई भरत यादवको जिम्मा लगाएको छ ।

सीमानाकाको दुवैकिनारामा नेपालभारतका सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिती रहेको छ । सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिती देख्दा समेत नागरिकहरु सुरक्षीत ठानेका छैनन् । उनीहरु भयभित बनेका छन् ।

सोमवारको घटनाले सीमावर्ती दुवैदेशका स्थानस्यहरु एकअर्काप्रति त्रसित एवम् शकालु बनेका छन् ।  दिनभर दसपटक सीमावारी पारी गर्ने दुवै देशका स्थानियहरु अहिले सिमानाका काट्न असुरक्षित ठानेका छन् ।

भारतीय नेपाल आउन र यता नेपालका पारी भारत जान डराइरहेको नेपाल भारत मैत्री समाजका अध्यक्ष डा. शान्तकुमार शर्माले जानकारी दिए । ‘एकअर्काप्रति शंका, आक्रोश एवं द्वयश मानसिकतामा देखिएका छन्’, उनले भने, ‘नागरिकहरुमा समेत फाटो ल्याउने काम गरेको छ । यो साह्रै दुःखद र गंभिर सवाल हो ।’

मधेसी मोर्चाको आन्दोलन एवं नाकावन्दीका कारण नेपाली ग्राहक नआएर तीजमा व्यापार सर्लक्कै घटेको थियो । फेरि ठुला चाडको मुखैमा आएको दसैको यसवेलामा व्यापारीले कसैलाई पनि दुव्र्यवहार गरेको कुरा सुनमा आउनु राम्रो नभएको बताए ।

सुनौली नाका निर्वाध रुपमा संचालन हुन सकेको छैन । मधेशी मोर्चाले मंगलवार नाकामा कुनैपनि किसीमको धर्ना एवं कार्यक्रमहरु गरेको छैन ।

तर भारतीय अधिकारीहरुले सोमवार अपरान्हदेखि मंगलवारसाझ ३० घण्टासम्म एउटा पनि इन्धनका टेन्कर, औधोगिक कच्चा पदार्थ एवं खाध्यान्न फलफूलका मालवहाक गाडी तथा कन्टेनर पठाएको
छैन ।

मधेसी मोर्चाको आन्दोलन एवं सुरक्षाको वहानामा भारतीय प्रहरीले सिमापारी नै मालवहाक गाडीहरु रोकिदिएको छ । २५ किलोमिटरसम्म तीनहजार जति गाडीहरु लाईनमा सडकमा रोकिएको भारत नौतुना वजारका एक व्यापारीले अन्नपर्णकर्मीलाई जानकारीदिए ।

अपरान्हमा मधेसी मोर्चा र सुरक्षाकर्मीविच सुनौली नाकामा झडप भएपछि भारतको प्रहरीले सीमा नजिकै आएका गाडीहरु पनि फर्काएर धेरै पछाडी पु¥याईदिएका छन् ।

सामान्य अवस्थामा यसनाकाबाट दैनिक पाच सयबढी मालवहाक सवारी साधन र ६५ वटा इन्धनका गाडीहरु आउने गरेकोमा हाल ठप्प छ । सिमा सुरक्षा बल प्रमुख कमान्डेट एसके वनकोटीले असुरक्षाका कारण गाडीहरु पनि अगाडी नेपालतर्फ जान डराईरहेको जानकारी दिए ।

भैरहवा भन्सार कार्यालयका प्रवक्ता रविन्द्र प्याकुरेलले मधेसी मोर्चाले गरेको आन्दोलनको समयमा ७० प्रतिशत गाडी भित्रिएकोमा नयाँ संविधान घोषणा भएको दिन असोज ३ गतेदेखि मोर्चाको नाकावन्दीले हालसम्म १२प्रतिशत मात्रै गाडीहरु भंसारमा छिरेको बताए ।

भन्सारले दैनिक नौ करोड राजस्व संकलन गर्ने लक्ष्य पुर्णरुपमा असफल भएको छ । ‘भदौ महिनामा राम्रैसँग राजस्व उठेको थियो’, उनलेभने, ‘तर यो असोज महिनामा ठपै छ ।’

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले अनर्गलरुपमा  असुरक्षाको हल्ला गरी गाडी रोक्ने कार्य राम्रो नभएको बताए । न

नेपालमा कुनै पनि सवारी साधन तथा चालकहरु कुटिने तोडफोड हुने कार्य भएको छैन । गलत सन्देश फैलाएर गाडी रोक्ने बहाना बनाउने कार्य कसैलेपनि गर्नुहुँदैन ।’
annapurnapost.com
भैरहवा : नेपालदेखि भारतको सुनौली तथा नौतुनामा किनमेल गर्न गएका गृहणीहरुमाथि त्यसक्षेत्रका केहि व्यापारी एवं मधेसी मोर्चाका कार्यकर्ताहरुले दुव्र्यवहार र कुटपिट गरेका छन् ।

भारतीयपक्षले मंगलवार सुनौलीमा बजार गर्न गएका ५ जना नेपाली गृहणीहरुमाथि दुव्र्यवहार गरेका छन् । यसैगरी मधेसी मोर्चाले भारतीय सेनामा कार्यरत भई घरविदामा नेपाल फर्कँदै गरेका एकजना सेना र ट्रक चालक एकजनालाई पनि सुनौलीमा कुटेका छन् ।

बजार गरेर फर्कर्दै गरेका सालझण्डी निवासी रमकला पौडेल, सोही स्थानकी अनिता शर्मा, बुटवल उपमहानगरपालिका वेलवासकी सम्झना गुरुङ, मणीग्रामकी देवी भुसालले भारतीय व्यापारीले आफूहरुमाथिदुव्र्यवहार गर्नुका साथै नराम्रोसँग गालीगलौज गरेको संचारकर्मीसमक्ष गुनासो गरेका छन् ।

‘इन्डिया सुनौलीमा केहि सस्तो सामान पाइने भनेर आएका थियौँ तर अहिले त भारतीय व्यापारीहरु साह्रै मातिएका रहेछन’, रमकलाले भनिन् ,‘दसैँ पनि आइरहेको छ, चिनी लताकपडो, सावुन सर्फका साथै घरको खिरचीमिरची सामानहरु किनेर ल्याउँ भनेर आएकी थिएँ । महंगो दाम भने अनि कसैलाई मन परेन र लिएन भने त्यसलाई साहै्र नराम्रोसग गालीगलौज गरे ।’

भारतीय सेनामा कार्यरत बुटवल देविनगरका गणेश थापा विदामा घर फर्कने क्रममा सुनौलीमा मोर्चाका कार्यकर्ताले सांघातिक हमला गरी घाइते बनाएका छन् । उनको टाउकोको दायाँ भागमा चोट लागेर काटेको छ । यसैगरी नेपाली एकजना ट्रक चालक पनि सुनौलीमा नै कुटिएका छन् ।

यसैवीच बजार गर्न गएका नेपाली चेलीहरुमाथि सुनौली र नौतुनामा दुव्र्यवहार भएका घटना एवं खवरहरु प्राप्त भएसँगै सिमावर्ती नेपालका सुरक्षा अधिकारीहरुले नेपाली खस, पहाडीमुलका, मंगोलियन अनुहारका गुरुङ मगर समुदायका नागरिकलाई असुरक्षाको वातारवण बढेकाले एकदुईदिन भारततर्फ नजान अनुरोध गर्दै फर्काउने गरेका छन् ।

‘हेर्नुहोस्, वातावरण विग्रेको छ, मान्छे कुटिए, दुव्र्यवहार भयो भन्दै आउन थालेका छन्’, प्रहरी निरीक्षक रामबाबु रेग्मीले भने, ‘यस्तो कुरा सन्दासुन्दै पठाउने कुरा पनि भएन नि, उतापटि केहि भइहाल्यो भने \त्यसको जिम्मा लिन त सकिँदैन नि ।’ annapurnapost.com
१९ काठमाडौं । तीन दिनअघि बालुवाटारमा बसेको प्रमुख तीन दलको बैठकले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नाकाबन्दीबारे सीधै कुरा गर्ने निर्णय गरेको थियो ।
बैठकले मोदीसँग हटलाइन कुरा गर्न प्रधानमन्त्री सुशील कोइरालालाई जिम्मा दिएको थियो । तर, २४ घण्टा बित्दा पनि प्रधानमन्त्री कोइरालाले मोदीसँग सम्वाद गर्न सकेका छैनन् ।
‘हामीले कुराकानी गर्ने प्रयास गरिरहेका छौं, तर भारत सरकारले खासै रेस्पोन्स गरिरहेको छैन’ दिल्लीस्थित नेपाली दूतावास स्रोतले अनलाइनखबरसँग भन्यो- उनीहरु राम्रो हुँदैछ भन्छन्, तर राम्रो भएको भए त व्यवहारमा देखिनुपर्ने हो, नाकाहरु सहजरुपमा खुल्नुपर्ने हो, त्यो हुन सकिरहेको छैन ।’
भारत झनै अनुदार देखियो
नेपालका कूटनीतिक अधिकारीहरुले जति नै प्रयास गर्दा पनि भारतले नाकाबन्दी खोल्नेबारे तदरुकता देखाएको छैन ।
दिल्लीमा रहेको नेपाली राजदूत दीपकुमार उपाध्यायले भारतीय पक्षसँग कुरा गर्ने प्रयास गरिरहका छन् । तर, सुशील कोइराला र भारतीय समकक्षी नरेन्द्र मोदीबीच सम्वाद हुन सकेको छैन ।
कोइराला र मोदीबीच नै कुरा गर्ने तीन दलीय निर्णयबारे अनलाइनखबरले सोध्दा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार दीनेश भट्टराईले अनविज्ञता प्रकट गरे । साथै समस्या समाधानका लागि पहल भइरहेको भन्दै उनले भने-‘देखिने गरी नजिता नआउँदासम्म नगरेको जस्तै देखिन्छ । अहिले त्यस्तै अवस्था छ ।’
अब के गर्ने भन्नेबारे छलफल भइरहेको र इन्धनको अभावका कारण जनताले पाएको दुःखप्रति प्रधानमन्त्री कोइराला चिन्तित रहेको उनले बताए ।
भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले आपूर्ति सहज बनाउने प्रयास भइरहेको बताए । भारतीय अधिकारीहरुले राम्रो हुँदैछ भने पनि व्यवहारमा नदेखिएको उनको गुनासो छ । अनलाइनखबरसँग फोनमा कुराकानी गर्दै राजदूत उपाध्यायले दसैंतिहारमा इन्धन र औषधी आपूर्ति गराउने प्रयास भइरहेका बताए ।
नेपालमा नयाँ संविधान जारी भएदेखि मधेसमा चर्किएको आन्दोलनलाई समर्थन गर्दै भारतले अघोषित नाकाबन्दी लगाएको छ । बोलीमा नाका सहज पारिने बताए पनि व्यवहारतःअहिलेसम्म भारतले नाका खोल्नुको साटो झनै कडा पारेको छ ।
भारतको बिहारमा चुनाव लागेका कारण प्रधानमन्त्री मोदी विहारका विभिन्न चुनाबी सभातिर व्यवस्था भएका छन् । जसले गर्दा उनले नेपालीहरुको पीरमर्काप्रति चासो दिन छाडेको नेपाली अधिकारीहरुको गुनासो छ ।

काठमाडौं । भारतले अघोषित नाकाबन्दी लगाएपछि मारमा परेको नेपाललाई चिनियाँ सरकारले तेल किन्दा बाटो बनाइदिने प्रस्ताव ल्याएको छ । विना सर्त नेतापलाई सहयोग गर्दै आइरहेको चीनले नेपालको आपुर्ति समस्या समाधान गर्नकालागि दिगो समाधानकालागि सहयोग गर्ने प्रस्ताव गरेको हो ।
भारतले नाकाबन्दी लगाएपछि चीन तर्फको केरुङ–रसुवागडी नाका र तातोपानी नाका खुलाएर तेल आपुर्ति गराउन चीन तयार बनेको हो । र यसकालागि नेपालले कुटनीतिक प्रयास समेत थालेको स्रोतले बताएको छ ।
तर, अर्थ मन्त्री यो विषयमा अनुदार भएपछि केही समस्या भएको स्रोत बताउँछ । भूकम्पले क्षत विक्षत पारेको दुवै नाका खुलेका थिएनन् । अहिले दुवै नाका खुलाउन प्रयास भैरहेको छ ।
चीनले दिर्घकालीन रुपमा समस्या समाधानकालागि दिएको विकल्पका बारेमा छलफल भैरहेको तर निश्कर्ष भने नआएको स्रोतको दाबी छ ।
आम सर्वसाधारणको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने इन्धन, औषधि जस्ता अत्यावश्यक बस्तु रोकेर दादागिरी गरेको भारतसँग नै पहल गरेर तत्काल इन्धन ल्याउने र दिर्घकालिन रुपमा भने चीनसँगको व्यापार बढाउने विषयमा छलफल भए पनि केही उच्च व्यक्तिहरुले नै चीनसँगको व्यापारको विरोध गरेको बताइएको छ ।
उनीहरुले जसरीपनि भारतसँगै व्यापार गर्नुपर्ने र भारतलाई मनाउन जे पनि गर्नुपर्छ भन्ने कुरा गरिरहेको स्रोतको दाबी छ । भारतीय सरकार र कर्मचारी प्रशासनको मिलेमतोमा नेपालीलाई नियतबस दुःख दिइएकाले अब चीन तर्फको व्यापार बढाउनुपर्नेमा भने सबै एइकमत देखिएका छन् ।
यस्तोमा चीनले तातोपानी र रसुवागढी नाकाको बाटो मर्मत गर्ने र रसुवागढीको बाटोलाई तीन लेनको बनाइदिने प्रस्ताव गरेको छ ।
चीनले काडमाठौंमा खपन हुने इन्धनको दुई तिहाई किन्ने सहमति गरे केरुङ नाकादेखि काठमाडौं सम्मको सडक चौडा पारिदिने र तत्कालकालागि पनि सहयोग गर्ने प्रस्ताव गरेको छ । तर, अर्थमन्त्री महतले भने यो विषयमा अनविज्ञता प्रकट गर्दै भारतसँगै वार्ता गरेर समस्या समाधान गर्नुपर्ने बताएका छन् ।
www.nepalsandesh.com
काठमाडौँ, १९ असोज । निरन्तरको बन्द र भारतले गरेको अघोषित नाकाबन्दी कारण मुलुकको अर्थतन्त्र र दैनिक जीवन चौपट भएको भन्दै निजी क्षेत्रले शीघ्र समस्याको समाधान खोज्न आग्रह गरेको छ ।
निजी क्षेत्रको टोलीले आज प्रधानमन्त्री निवास बालुवाटार पुगी प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर इन्धनको आपूर्ति ठप्प हुँदा जारी नाकाबन्दी र बन्द अरु केहीदिन लम्बिएमा त्यसबाट मुलुकभित्र भयावह स्थिति सिर्जना हुने निजी क्षेत्रको निष्कर्षसहित समाधानको बाटो खोज्न अनुरोध गरेको हो ।
सो अवसरमा प्रधानमन्त्री कोइरालाले नाकाबन्दीबाट नेपाल र भारतलाई घाटा हुने भएकाले त्यसको चाँडो समाधान हुनुपर्ने बताउनुभएको नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।
सरकारले समस्याको समाधान गर्न कूटनीतिक एवम् राजनीतिक रुपमा पहल गरेकाले छिट्टै समस्याको समाधान हुने प्रधानमन्त्रीले विश्वास दिलाउनुभएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
सो अवसरमा उद्योग वाणिज्य महासङ्घ, उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष क्रमशः अध्यक्ष पशुपति मुरारका, नरेन्द्र बस्न्यात र श्रेष्ठको उपस्थिति रहेको थियो ।
प्रधानमन्त्री कोइरालासमक्ष ज्ञापनपत्र प्रस्तुत गर्दै महासङ्का अध्यक्ष मुरारकाले भन्नुभयो, “इन्धनको अभावबाट सिङ्गो मुलुकनै आक्रान्त भएको छ, सम्पूर्ण क्षेत्र ठप्प छ ।”
अध्यक्ष मुरारकाले मुलुकभित्र संविधानको घोषणासँगै, शान्ति बहाली भई आम जनताको जीउधनको सुरक्षा, कार्यक्षेत्रको रक्षा एवम् उद्योग व्यवसायको निर्वाध सञ्चालनमा सुनिश्चितताको प्रत्याभूति हुने विश्वास निजी क्षेत्रलगायत आम जनताले गरेतापनि त्यसो हुन नसकेको गुनासो गर्नुभयो ।
ज्ञापनपत्रमा संविधानसभाबाट पहिलो पटक जनताका जनप्रतिनिधिमार्फत लेखिएको नयाँ संविधानमा बिमती राखेका तराई केन्द्रित राजनीतिक दलहरुबाट आह्वान गरिएको आन्दोलन लगभग दुई महिनादेखि जारी रहेको र आन्दोलनका कारण सबै प्रमुख भन्सार नाका ठप्प पार्नेसम्मको गतिविधि भएको उल्लेख गर्दै हजारौँको सङ्ख्यामा मालबाहक गाडी भारततिर रोकिन जाँदा खर्बाैँको नोक्सानी व्यहोर्न निजी क्षेत्र बाध्य छ ।
मुलकनै गम्भीर दुर्घटनातर्फ उन्मुख भएको परिस्थितिमा सरकार र आन्दोलनकारी दलमा देखिएको संवेदनहीनता प्रति निजी क्षेत्र चिन्तित एवम् मर्माहित भएको र एक साताभित्रै नेपालीको महान चाड वडादशै र लगत्तै तिहार तथा छठ पर्व आउँदै गरेको अवस्थामा समस्याको चाडो समाधान हुनुपर्नेमा जोड दिइएको छ । रासस
dainiknepal.com
काठमाडौँ, १९ असोज । भारतले नेपालमा लगाएको नाकाबन्दीको अन्तर्राष्ट्रिय समुदायले विरोध गरेका छन् ।
साथै नेपालस्थित विकासका स्थानीय साझेदारहरु रहेका उनी(देश)हरुले मानवीय आवश्यकताका सामग्रीको आपूर्ति एवम् वितरणको व्यवस्था मिलाउन नेपालले भारतसँग गरेका प्रयासको समर्थन गरेका छन् ।

युरोपेली सङ्घ, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, संयुक्त अधिराज्य, नर्वे र स्विट्जरल्यान्डका नेपालस्थित काठमाडौंमा रहेका नियोगका प्रमुृखहरूले आज संयुक्त रुपमा एक वक्तव्य जारी गरी अहिलेको असहज अवस्थाबाट तराई र अन्य क्षेत्रका अत्यन्त निर्धन वर्ग प्रभावित भएका बताउनुभएको छ ।
अस्थायी आवासको जोहो र सन्निकटको शिशिर याममा आफूलाई अनुकूलन तुल्याउन सर्वसाधारणलाई अत्यावश्यक सामग्रीको आवश्यक परेको भन्दै वक्तव्यमा उहाँहरूले अहिलेको असहज परिस्थितिको शीघ्र अन्त्य हुने आशा व्यक्त गर्नुभएको छ ।
उत्तरदायित्व र सहमतिको भावनाका साथ थालिएको वार्तालाई परिणाममुखी तुल्याउन उहाँहरूले सम्बद्ध सबैलाई प्रोत्साहन गर्नुभएको छ । रासस
dainiknepal.com
यमनको दक्षिणी सहर आदेनमा रहेको एक होटलमा बस्नुभएका यमनी प्रधानमन्त्रीलाई लक्ष्यगरी मङ्गलबार रकेट आक्रमण गरिएको समाचार छ ।

सो आक्रमणबाट प्रधानमन्त्री खालिद बहाभने सकुशल रहनुभएको बताइएको छ । त्यसमा परी कैयौँ व्यक्ति मारिएको आशङ्का गरिएको छ । सो होटलमा भएको आक्रमणमा परी केही व्यक्ति मारिएको र अरु केही घाइते भएको प्राप्त समाचारमा जनाइएको छ ।

प्रत्यक्षदर्शीहरुले सो आक्रमण अत्यन्तै शक्तिशाली भएको भन्दै यसबाट मारिएका व्यक्तिको शव होटलमा देखिएको बताएका छन् । तर प्रहरीले भने सो होटललाई सुरक्षा घेरामा राखेर अनुसन्धान थालिएको र मारिने र घाइते हुने व्यक्तिको अवस्थाको बारेमा हालसम्म पूर्ण जानकारी नआएको बताएको छ ।

सुरक्षा अधिकारीहरुले उक्त भवनमा तीनवटा शक्तिशाली रकेट हमला भएको जानकारी दिएका छन् । यसको जिम्मेवारी अहिलेसम्म कुनै समूहले लिएको छैन ।केही दिनयतादेखि प्रधानमन्त्री बहा र उहाँका केही मन्त्रीहरु यमनको सो सहरमा बस्नुभएको छ । त्यहाँ जारी रहेको हुथी विद्रोहीहरुको आक्रमणबाट तुलनात्मक रुपमा सो सहरलाई सुरक्षित ठानेर उनीहरुलाई त्यहाँ राखिएको बताइएको छ ।

यमनमा पछिल्लो समयमा हुथी विद्रोहीहरुको विद्रोहका कारण समस्या उत्पन्न भएको छ । सो विद्रोहपछि यमनी राष्ट्रपति नै भागेर साउदी अरेबिया पुग्नुभएको थियो ।

तर अहिले भने उहाँ स्वदेश नै फर्किनुभएको छ । हाल उक्त विद्रोह केही मत्थर भएको भन्दै साउदी अरेबियाको नेतृत्वको सैनिक कारबाही पनि रोकिएको छ ।

www.nepaljapan.com
दाङ, १९ असोज । एमाओवादी छाडेर देश दौडाहमा रहेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले संविधान संशोधन गर्न पुरानै प्रस्ताव अघि सारेका छन् ।
मंगलबार थारु समुदायको मागमा ऐक्यबद्धता जनाउँदै उनीहरु सम्बोधन गर्न दाङ पुगेको बाबुरामले थारु र मधेसीको माग पुरा गर्न तत्काल संविधान संशोधन हुनुपर्ने बताए ।
उनले आफ्नो पुरानो प्रस्तावमा पहिचानको पाँच र सामाथ्र्यको चार आधार सबैले स्वीकार गरेकोले हिजोको प्रतिबद्धता संविधान सभाको निर्णय कार्यान्वयन गरिनुपर्ने बताए । उनको यो प्रस्ताव अनुसार नेपाल संघीयतामा जान ९ वटा प्रदेश निर्माण गरिनुपर्दछ ।
dainiknepal.com
काभ्रे, १९ असोज । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले कुनै समय नेपालले पनि भारतलाई नाका बन्दी लगाउने दिन आउने बताउनु भएको छ ।
काभ्रेको बनेपामा काभ्रे उद्योग वाणिज्य संघको ३८ औं साधारणसभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष मुरारकाले राजनीतिक अस्थिरताबाट एउटा निकासमा आउदै गरेको देशमाथि नाकाबन्दी लगाइ भारतले ठूलो गल्ति गरेको बताउनुभयो । राजनीतिक अस्थिरता समाप्त हुने समय नेपालमा नजिकिएसंगै केहि समयमा नेपालले जलविद्युतमा विकास गर्ने दाबी गर्नुभयो ।
उहाँले जलविद्युतको विकाससंगै नेपालले अरु देशलाई विद्युत बेच्ने अवस्था आउने र भारतले निहुँ खोजे तह लगाइने स्पष्ट पार्नुभयो । तराइको आन्दोलन र भारतीय नाका बन्दीले देशको आर्थिक क्षेत्र धरासायी बनेको भन्दै तत्काल समाधान खोज्न सरकारसंग आग्रह गर्नुभयो
उहाँले विद्युतीय, कृषि र पर्यटनका क्षेत्रमा विकास गर्न सके भारतलाइ नै नाकाबन्दी लगाउने दिन आउन सक्ने बताउनुभयो ।
देशको आर्थिक क्रान्तिले मात्र देशमा अरुको नाका बन्दीले केहि असर नपर्ने भएकाले अबको बाटो आर्थिक क्रान्तिको हुनु पर्नेमा अध्यक्ष मुरारकाले जोड दिनुभयो ।
dainiknepal.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home