• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौं– त्रिवि शिक्षण अस्पतालमा गत भदौ ७ गतेदेखि आमरण अनसनमा बसेका प्राध्यापक डाक्टर गोबिन्द केसी र सरकारबीच ११ बुँदे सहमति भएको छ ।
सहमतिपत्रमा डा. केसी र सरकारका तर्फबाट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोबिन्दराज पोखरेल र मुख्यसचिव सामलाल सुवेदीले हस्ताक्षर गरेका छन् ।
सहमतिअनुअसार प्रा. केदारभक्त माथेमाको संयोजकत्वमा गठित ‘चिकित्सा शिक्षासम्बन्धी नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०७२’ का सुझाव अनुसार यसपश्चात् बस्ने पहिलो मन्त्री परिषद्को बैठकबाट चिकित्सा शिक्षा आयोग गठन गरि चिकित्सा शिक्षा नीति सम्बन्धी गरिएका निर्णयहरुको सहजीकरण र अनुगमन यही आयोगले गर्ने सहमति भएको छ।

यसैगरी उक्त प्रतिवेदनको सुझाव बमोजिम हुने गरी नीतिगत ढाँचामा ‘चिकित्सा शिक्षासम्बन्धी नीति’ तयार पारी सो बमोजिम कानुनको मस्यौदा बनाएर ३ महिनाभित्र संसदमा पेश गर्ने सहमति पनि भएको छ ।
सहमतिमा काठमाडौं उपत्यकाभित्र मेडिकल, डेन्टल र नर्सिङका लागि मनसायपत्र नवीकरण नगर्ने, राष्ट्रिय योजना आयोगले प्रस्तावित चिकित्सा शिक्षा आयोगको संलग्नतामा तयार गर्ने मानव स्रोत विकास रणनीति अनुसार जनशक्ति र स्थानको पहिचान गरी समग्र पक्षको विश्लेषणपछि आवश्यक कारवाही गर्ने , एमबीबीएस कार्यक्रममा सीट तोेकिने र सो अनुसार व्यवस्था गर्न विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिल र प्रतिष्ठानहरुलाई शिक्षा मन्त्रालयमार्फत् निर्देशन दिने उल्लेख गरिएको छ ।

यसैगरी सहमतिमा शुल्कसम्बन्धी व्यवस्था पनि तय गरिएको छ । (शुल्कसम्बन्धी व्यवस्था सहमतिको पूर्णपाठमा हेर्नुहोस् )
यसैगरी जानकी मेडिकल कलेजका विद्यार्थीलाई तत्काल सम्बन्धित निकायले व्यवस्थापन गर्ने तथा सम्बद्ध सञ्चालकहरुलाई कानुनबमोजिम कारवाही गर्ने गर्ने पनि दुई पक्षबीच सहमति भएको छ ।
यसैगरी सरकारी र निजी मेडिकल कलेजको अनुपात क्रमशः १ः३ पु¥याउने व्यवस्था गर्ने पनि सहमति भएको छ । सहमतिसँगै केसीले आज अपरान्ह अनसन तोड्ने भएका छन् ।

मिति २०७२। ५। १९ गते नेपाल सरकार र डा गोविन्द केसीबीच भएको सम्झौता:

१) प्रा. केदार भक्त माथेमाको संयोजकत्वमा गठित ‘ चिकित्सा शिक्षासम्बन्धी नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०७२’ का सुझाव अनुसार यसपश्चात् बस्ने पहिलो मन्त्रिपरिषद्को बैठकबाट चिकित्सा शिक्षा आयोग गठन गर्ने । चिकित्सा शिक्षा नीति सम्बन्धी गरिएका निर्णयहरुको सहजीकरण र अनुगमन यही आयोगले गर्ने ।

क) उक्त प्रतिवेदनको सुझाव बमोजिम हुने गरी नीतिगत ढाँचामा ‘चिकित्सा शिक्षासम्बन्धी नीति’ तयार पारी सो बमोजिम कानुनको मस्यौदा बनाएर ३ महिनाभित्र संसदमा पेश गर्ने ।
ख) उक्त प्रतिवेदनले सुझाएअनुसार काठमाडौं उपत्यकाभित्र मेडिकल, डेन्टल र नर्सिङका लागि मनसायपत्र नवीकरण नगर्ने । र, यो विषयमा राष्ट्रिय योजना आयोगले प्रस्तावित चिकित्सा शिक्षा आयोगको संलग्नतामा तयार गर्ने मानव स्रोत विकास रणनीति अनुसार जनशक्ति र स्थानको पहिचान गरी समग्र पक्षको विश्लेषणपछि आवश्यक कारवाही गर्ने ।

ग) एमबीबीएस कार्यक्रममा अधिकतम वार्षिक सिट निम्नअनुसार निर्धारण हुने, २०७२–२०७३ को शैक्षिक सत्रमा १३५, ०७३÷०७४ मा ११५ सिट र ०७४÷०७५ देखि १०० सिट । सो अनुसार व्यवस्था गर्न विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिल र प्रतिष्ठानहरुलाई शिक्षा मन्त्रालयमार्फत् निर्देशन दिने ।

घ) शुल्कसम्बन्धी व्यवस्थाः १) एमबीबीएस कार्यक्रमको शुल्क निम्नअनुसार हुने, हाललाई अधिकतम रु ३५ लाख हुने व्यवस्था गर्ने । पहिलोचोटि १ वर्षमा र त्यसपछि प्रत्येक २,२ वर्षमा राष्ट्र बैंकद्वारा प्रकाशित मुद्रास्फीतिलाई ध्यानमा राखेर चिकित्सा शिक्षा आयोगले परिवर्तन गर्न सक्ने । २) देशका सबै निजी कलेजमा स्नातकोत्तर तहमा हाल काठमाडौं विश्वविद्यालयले लिने गरेको शुल्कसरह रु २३ लाख तोक्ने । सोबापत सम्बन्धित कलेजले समुचित निर्वाह भत्ता दिनुपर्ने । उपर्युक्त प्रावधानबमोजिम स्नातकोत्तर उत्तीर्ण गरेको चिकित्सकले १ वर्ष अनिवार्य नेपाल सरकारले खटाएको ठाउँमा काम गर्नुपर्ने, कम्तीमा थप एक वर्ष अनिवार्य स्वदेशमै सेवा गर्नुपर्ने व्यवस्था मिलाउने । स्नातक र स्नातकोत्तर दुवै तहका लागि छात्रवृत्ति र सःशुल्क सीटका लागि समेत हाललाई सम्बन्धित विश्वविद्यालयले निकालेको योग्यता सुची र चिकित्सा शिक्षा आयोग बनेपछि उक्त आयोगले तयार पारेको योग्यता सुचीको आधारमा भर्ना गरी सम्बन्धित कलेजमा पठाउने व्यवस्था गर्ने । यसो गर्दा नेपाल सरकारले थप आर्थिक भार व्यहोर्नु नपर्ने ।

ङ ) विदेशी विद्यार्थीको हकमा साझा राष्ट्रिय प्रवेश परीक्षा अथवा क्ब्त् उत्तीर्ण गरेको हुनुपर्ने, साथै चिकित्सा शिक्षाका लागि विदेश जान चाहने नेपाली विद्यार्थीको हकमा साझा राष्ट्रिय परीक्षा उत्तीर्ण गरेपछि मात्र शिक्षा मन्त्रालयले ल्य इदवभअतष्यल ीभततभच र नेपाल मेडिकल काउन्सिलले भ्ष्निष्दष्ष्तिथ अभचतषष्अबतभ प्रदान गर्ने ।

२. मागका बुँदा ३,४,५ र ६ का सम्बन्धमा चिकित्सा क्षेत्रका विज्ञ २, स्वतन्त्र कानुन व्यवसायी १ सहित पूर्व न्यायधीशको संयोजकत्वमा दुई हप्ताभित्र न्यायिक आयोग गठन गर्ने । आयोगको क्षेत्राधिकार निम्नानुसार हुने, विभिन्न विश्वविद्यालयबाट दिइएको सम्बन्धन, भर्ना, नियुक्ति, शुल्क, बिस्तारित कार्यक्रम, सीट घटबढ तथा नेपाल मेडिकल काउन्सिलका सम्पूर्ण गतिविधको छानविन गर्ने । सो आयोगको समायावधि ३ महिना रहने ।
३) विश्वविद्यालय र चिकित्सा सम्बन्धी विभिन्न निकायमा गरिने नियुक्तिका सम्बन्धमा प्रचलित अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम हुने गरी शिक्षा मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कानुनी व्यवस्था गर्ने । पदाधिकारी नियुक्तिका लागि गठन हुने सर्च कमिटीमा राजनीतिक दलको सदस्यता नभएको विज्ञ व्यक्ति संयोजक बनाउने व्यवस्था गर्ने ।

४) पूर्व सहमति बमोजिम सरकारी शिक्षण संस्थामा चिकित्सा शिक्षाको स्नातकोत्तर तहको अध्ययन निःशुल्क गर्ने कार्य अन्तिम चरणमा पुगेकाले तत्काल सो तह निःशुल्क गर्दै समयमै शैक्षिक सत्र शुरु गर्न संस्थानहरुलाई पत्राचार गर्ने ।

५) जानकी मेडिकल कलेजका विद्यार्थीलाई तत्काल सम्बन्धित निकायले व्यवस्थापन गर्ने । सम्बद्ध सञ्चालकहरुलाई कानुनबमोजिम कारवाही गर्ने ।

६) सरकारी शिक्षण संस्थाहरुमा स्वीकृत कार्ययोजना अनुसार चिकित्साको स्नातक तहमा कम्तीमा ५० प्रतिशत सीटहरु निःशुल्क वा पूर्ण छात्रवृत्तिमा हुने र सो संख्या क्रमशः ७५ प्रतिशत पुर्याउने । सो प्रयोजनका लागि सबै सरकारी शिक्षण संस्थाहरुलाई शिक्षा मन्त्रालयमार्फत् निर्देशन दिने ।

७) काठमाडौं विश्वविद्यालयले बिस्तारित कार्यक्रमका नाममा देवदह मेडिकल कलेजलाई दिएको विद्यार्थी भर्ना अनुमतिका सम्बन्धमा कानुनी कारवाही चलिरहेकोमा उस्तै प्रकृतिको स्वीकृति दिइएको विराट मेडिकल कलेजको हकमा समेत नेपाल सरकारले छानविन गरी दोषी पाइएमा भर्ना प्रक्रिया स्थगन गर्ने ।

८) चिकित्सा विश्वविद्यालय निर्माणका लागि प्रक्रिया चलिरहेको समयमा चिकित्सा शिक्षा आयोग बनेको तथा दुवैको कार्यक्षेत्र जुधेकाले चिकित्सा विश्वविद्यालय निर्माण गर्न आवश्यक नदेखिएकाले सो निर्माणको प्रक्रिया अगाडि नबढाउने ।

९) सरकारी र निजी ।रातोपाटी। मेडिकल कलेजको अनुपात क्रमशः १ः३ पु¥याउने व्यवस्था गर्ने ।

१०) काठमाडौं विश्वविद्यायलको सिनेटमा प्राध्यापकहरुको आधिकारिक प्रतिनिधित्वको व्यवस्था गर्न तत्काल पत्राचार गर्ने ।

११) प्रा. केदारभक्त माथेमा संयोजकत्वको चिकित्सा शिक्षासम्बन्धी नीति तर्जुमा उच्चस्तरीय कार्यदलले दिएको प्रतिवेदनका बुँदाहरुमध्ये यसमा उल्लेख भएका बुँदाहरु बारे यसै अनुसार हुने । बाँकी बुँदाहरुमा मन्त्री परिषद्बाट स्वीकृत कार्ययोजना अनुसार हुने ।

सम्झौता कार्यान्वयनका लागि २०७१। १२। १९ को सम्झौताबमोजिम गठित नेपाल सरकारका मुख्य सचिवको संयोजकत्वमा नेपाल चिकित्सक संघका अध्यक्ष र प्रा डा वाइ पी सिंह सम्मिलित अनुगमन समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा मन्त्रालयका सचिवले मासिक रुपमा सम्झौता कार्यान्वयनबारेको कार्य प्रगति पेश गर्ने व्यवस्था मिलाउने ।

प्रा. डा. गोविन्द केसी
त्रिवि शिक्षण अस्पताल

नेपाल सरकारका तर्फबाटः
१) प्रा. डा. गोविन्द राज पोखरेल,
उपाध्यक्ष, राष्ट्रिय योजना आयोग
२) डा. सोमलाल सुवेदी,
मुख्य सचिव, नेपाल सरकार

www.ratopati.com
कहीँ घुमफिर तथा भ्रमणका लागि निस्किनुपर्दा महिलाका लागि सुरक्षाको चिन्ताले सबैभन्दा बढि सताउने गर्छ । सहरमा दिनदहाडै महिलाहरु बलात्कृत भएका, विभिन्न खाले हिंसामा परेका, हत्या तथा अपहरणमा परेका विभिन्न खबरहरु सुनिन्छन् बेलाबखतमा । तर दुनियामा यस्तै केही देश तथा सहरहरु छन् जसले आफुकहाँ सुरक्षाको पूरै बन्दोवस्त गरेका छन् र महिला पर्यटक त्यहाँ निर्धक्क घुम्न सक्छन् सुरक्षाको कुनै परवाह नगरी । इन्टरनेसनल वुमन ट्राभल सेन्टरका अनुसार चाहे दिन होस् वा रात महिलाहरु निस्पिmक्री भएर घुम्न सक्ने दुनियाका सबैभनदा सुरक्षित ५ सहर यी हुन् :
१. रेज्वेक, आइसल्याण्ड

विश्व शान्ति परिसूचकमा महिलामाथि हुने यौन हिंसा तथा दुव्र्यवहारका घटनालाई आधार मानेर गरिएको सूचिकरणमा युरोपेली देश आइसल्याण्डको रेज्वेक सहर विश्वमा महिलाका लागि सबैभन्दा सुरक्षित सहर हो । महिला पर्यटकहरुले यो सहरमा पूर्ण सुरक्षित महसुस गरेर विभिन्न साहसिक पर्यटक तथा पर्यापर्यटनको मज्जा लिन सक्छन् । त्यहाँको रात्री जिवन पनि पूर्ण रुपमा रोमान्चक तथा सुरक्षित रहेको छ ।
२ं टोक्यो, जापान

महिला पर्यटकका लागि सबैभन्दा सुरक्षित दोश्रो सहर हो, टोक्यो । टोक्योमा महिलाको सुरक्षाका अलावा अर्को थप सुविधा पनि छ, त्यो हो क्राइंग रुम अर्थात् रुने कोठा । जहाँ महिलाहरु खुलेर मनको बह पोख्दै रुन सक्छन् । टोक्योमा पर्यटकका लागि मनोरन्जका क्षेत्रहरु निकै धेरै छन् चाहे त्यो सेंसोजी मन्दिर होस् वा घिब्ली म्युजियम, अनि क्यारोओकी होस् वा सुकुजी मार्केट ।
३. टोरन्टो, क्यानडा

खानपिनका लागि शौखिन महिलाका लागि टोरन्टो सबैभन्दा उपयुक्त सुरक्षित गन्तव्य बन्नसक्छ । महिलाका लागि विश्वको तेश्रो सबैभन्दा सुरक्षित सहरमा दरिएको टोरन्टो उत्तर अमेरिकाको सबैभन्दा सुरक्षित ठाउँ पनि हो । यो सहरमा विश्वभरका हरेक परिकारको मज्जा लिन सकिनछ । पर्यटकका लागि टोरन्टोको सिएन टावर तथा रोयल ओन्टारियो म्युजियमका साथै ९० मिनेटको यात्रामा पुग्न सकिने नियग्रा झरना मुख्य छन् ।
४. सियोल, दक्षिण कोरिया

सिओल महिला पर्यटकका लागि दुनियाको सबैभन्दा सुरक्षित चौथो सहरमा दरिएको छ । सायद स्पा उपचार विना कुनै महिलाको विदेश भ्रमणको धोको पूरा नहोला, त्यो इच्छा सियोलमा मेट्न सकिन्छ । सिओल दुनियाका सबैभन्दा सुरक्षित २५ सहरभित्र पनि पर्दछ ।
५. न्युयोर्क, अमेरिका

सेलिब्रेटीहरुको रोजाइमा पर्ने पहिलो सहर पनि हो न्युयोर्क । यो अमेरिकाको सबैभनदा सुरक्षित सहर पनि हो । यो सहर संस्कृतिप्रेमी, खानाप्रेमी वा फेसनप्रेमी सबै खाले महिला पर्यटकका लागि चित्त बुझाउने गरी सेवामा हाजिर छ ।
/www.onlinekhabar.com
एजेन्सी । हरेक मानिसको जिवनमा यौनले ठुलो अर्थ राख्ने गर्छ । यौन आवश्यकता हुँदा हुँदै पनि यौन साथीलई मनाउन नसक्दा पार्टनरले प्राय हैरानी खेप्नुपर्ने हुन्छ । बेलायतमा हालै गरिएको एक अध्ययनका अनुसार बैज्ञानिकहरुले युवतीलाई कसरी यौन सम्पर्कका लागी जी बनाउने उपाय पत्ता लगाएका छन् ।

उक्त अध्ययनले यौन क्रियाकलापलाई सुमधुर वनाउन गरिने कुनै पनि पूर्व क्रियाकलाप जस्तै रमाइलो वातावरणमा गरिने भोजन, प्रेमवार्ता, सृंगाररसयुक्त ठट्टालाई प्राथमीकता दिएको छ । यौनसाथीसँग सिधै हातपात नगरी विस्तारै अन्य पाककिडाका माध्यमहरु नै मुख्य अस्त्र भएको अध्ययन बताउँछ ।

यौन सुख लिने क्रममा तालमेल मिल्दैन । यथोचित प्राक्कक्रिडामा संलग्न हुदा यौन अनन्दलाई यसको चरम विन्दुमा पुर्याउन मद्दत गर्छ । प्राकक्रिडामा संलग्न हुदा एक अर्काको शरीर, उसका संवेदनशिल अंगका वारेमा थाहा हुने मात्र होइन, दम्पतीवीच एक आपसमा कुराकानी हुने र एक अर्कालाई राम्ररी वुझ्ने अवसर पनि मिल्छ ।

आपसी समझदारी वढाउन मद्दत मिल्छ । यहि आपसी समझदारीले नै वैवाहिक जीवन उच्चतम रुपमा सफल हुन्छ । यसका लागि यौनप्रतिक्रिया चक्र र संवेदनशिल अंगका वारेमा थाहा हुनुपर्छ ।
www.etajakhabar.com
काठमाडौँ, भदौ २० । पछिल्लो समय मुलुकभर संविधान निर्माणको विषयलाई लिएर भईरहेका आन्दोलन,बनद हड्ताल र चाडपर्वसँगै लाग्ने मेला,जात्रा लगाएतका समयमा अप्रीय घटना हुन नदिन प्रहरीले नयाँ रणनीति सार्वजनिक गरिरहेको छ ।

यसैबिच अपराधीक घटनाहरु बढ्दै गएपछि ओखलखढुंगा जिल्ला प्रहरीले ग्रामीण गस्तिलाई तिव्र पारेको छ । पछिल्लो समय जिल्लाका केहि स्थानमा अपधारीक घटनाहरु घटेसँगै त्यस्ता घटना निर्मूल पार्दै समाजमा शान्ति सुरक्षा र अपनचयन कायम गर्ने उद्धेश्यले प्रहरीले ग्रामिण गस्तिलाई तिव्र बनाएको जिल्ला प्रहरी कार्यालय ओखलखढुंगाले जनाएको छ ।

जनशक्ती थोरै भएपनि जनताका टोल,टोलमा पुगेर गस्ति गरेर शान्तिसुरक्षाको पूर्ण प्रत्याभुती दिलाउने प्रयास भईरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपेन्द्र शाह बताए ।

www.etajakhabar.com
आजको पञ्चाङ्ग
शुभ प्रभात आज वि.सं. २०७२ भाद्र २० गते आइतबार तदनुसार ई. सं. २०१५ सेप्टेम्बर ०६ तारिख,

भाद्रपद कृष्ण अष्टमी, मृगशिरा नक्षत्र, बृष राशिको चन्द्रमा, वज्र योग, गर करण आजको व्रत/पर्व : श्रीकृष्ण रथयात्रा, हिले जात्रा, पाल्पा तानसेनमा भगवती यात्रा, नारायणी यात्रा, विभिन्न ठाउँमा राधाकृष्ण रथयात्रा भोलिको व्रत/पर्व : गुगा नवमी व्रत

आजको राशिफल


ariesमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

वित्तीय क्षेत्र र व्यापारिक लगानीका सानातिना फुटकर कामका लागि राम्रो समय छ, तर दूरगामी प्रभावको आर्थिक प्रयोजनका लागि अहिलेको समय सकारात्मक देखिंदैन । कृषि, वन र माटोसम्बन्ध व्यवसायीका लागि केही हदमा राम्रो छ । सामाजिक काममा भनेजस्तो जस र सम्मान प्राप्त हुनेछैन । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलोवा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ  ।



taurusबृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

आज मन दोधार नबनाउनु होला, नत्र तपाईंले तिनलाई पूर्ण उपयोग गर्न सक्नुहुन्न । स्वास्थ्यस्थितिमा असर पुग्ने खानपान वा काममा नियन्त्रण गर्नु राम्रो हुन्छ । मित्र, परिवार र सहयोगीले तपाईंको काममा सरसहयोग गर्न सक्दैनन् । यात्राबाट उल्लेखनीय लाभ हुने सम्भावना छैन । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।


gemini

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

मिश्रित प्रभाव भएको दिन छ । आज दिउँसोबाट मनमा उत्साह र उमंगमा सकारात्मकता देखिन सक्छ, तर भनेजस्तो सफलता प्राप्त नहुन सक्छ । असन्तुष्टि बढ्ने छन् तर केही अधुरा काम बन्न सक्छन् । स्वास्थ्यमा सुधार आउने छ । सामाजिक काममा मन जाने छैन । बन्दव्यापारका लागि समय दिन सकिंदैन । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।


cancer

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । इष्टमित्रले प्रदान गरेको सल्लाहलाई पालना गर्दा फाइदा हुने योग छ । देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ । विश्वासको वातावरण बन्नेछ । निर्णयात्मक शक्ति बढ्नेछ । घरायसी वातावरणमा सुधार आउने छ, रमाइलो पारिवारिक जमघट हुनसक्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।


leo

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

मातापिता र अभिभावकवर्गको स्वास्थ्यमा सुधार आउने छ । कर्मचारीले हाकिमबाट महत्वपूर्ण कुरा फुत्काउन सक्छन् । ठूलाबडाको सहयोग र सल्लाहले राम्रो फाइदा लिन सकिने छ । सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ । व्यापार÷व्यवसायमा सोचेजति लाभ पाइने छ । आफ्नो क्षेत्रमा साख रहनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

gemini

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

पारमार्थिक काममा खटिनु पर्ने योग छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी बढ्नसक्छ । झैझगडाबाट टाढै बस्नु उचित हुनेछ । अरुको कामको लागि समय र धनको उपयोग हुनसक्छ । बौद्धिक र प्राज्ञिक उन्नयनका लागि गरिएको प्रयास सफल हुनेछ । आर्थिक पक्ष बलियो देखिन्छ । स्वास्थ्यमा सुधार आउने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।



libra

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

आलस्य र थकानको अनुभूति हुनेछ, उता झर्को लाग्दो यात्राको सम्भावना पनि छ । अरुले तपाईंका आन्तरिक क्रियाकलापको चियोचर्चो गर्नेछन् । काममा ढिलासुस्ती हुने योग छ, त्यसैले सानो कमजोरी वा भूलका कारण अपमानित बन्न सक्नुहुन्छ । नजिकैको मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।


scorpio

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

बन्दव्यापार र व्यवसायबाट राम्रै लाभ हुन सके पनि शैक्षिक र बौद्धिक क्षेत्रमा पनि कमजोरी देखिन्छ । गरेका कार्यहरूमा ढिलोमात्र सफलता मिल्नेछ । दिनभरि पारिवारिक सम्बन्धमा तिक्तताको अनुभूति भए पनि बेलुका घरायसी वातावरणमा केही सुधार आउने छ । प्रणय र रोमान्सका लागि समय निस्कने छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।


sagittarius

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

मानसम्मान र प्रतिष्ठाको प्राप्ति हुनसक्छ । आजको विनियोजन र लगानीले उत्तरोत्तर फाइदा हुनेछ । घरायसी सुखसुविधा बढाउने कुनै महँगो वस्तुको किनमेल गर्न मन लालायित हुनेछ । यात्रा लाभप्रद बन्न सक्छ, तर धेरै टाढा जानु पर्दैन । आर्थिक समस्या निराकरण गर्ने उपाय पत्ता लाग्नेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।



capricorn

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । माया प्रेमको लागि रमाइलो छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । पारिवारिक सहयोग बढ्ने छ । आत्मबल बढ्ने बेला छ । ठूलाबडाले सहयोग गर्नेछन् । व्यापार व्यवसाय मध्यम रहेको छ । ज्ञान र चिन्तन उपयोगी बन्नसक्छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।


aquarius

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

सुरुवातमा मन खिन्न भए पनि आज गरिएको प्रयासमा ढिलो गरी सफलता पाउनु हुनेछ । डुबेको धन उकास्न दौडधूप गर्नुपर्छ । साथीभाइको जमघट वा भोजभतेरमा सहभागी बन्नुपर्ने छ, तर पाचनप्रणालीमा समस्या देखिनसक्छ । घरमा परपाहुनाको आगमन हुने सम्भावना समेत छ । खर्च बृद्धिको योग छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।


pisces

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

आजको दिन सामान्यतया राम्रै दिन छ । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेहरूले अलि बढी सास्ती ब्यहोर्नु पर्छ । सामाजिक काममा खट्नु पर्छ, तर असन्तुष्टि र निराशा बढ्न सक्छ । अरुले गरेका गल्ती र कमजोरीको गुणदोष सबैको जिम्मा लिंदै आफैंले नेतृत्व गरेमा काममा सफलता पाउनु हुनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:३९:४७ उत्तर तथा देशान्तर : ८७:१६:२८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )
भाद्र २०, २०७२- गत सोमबार दिउँसो जिविस पर्साको गेट अगाडि ‘भुजा पकौडी’ नास्ता खाइरहेका थिए दिलीप चौरसिया। चिनी मिल कारखाना अगाडि सञ्चालनमा रहेको वीरगन्ज इन्स्टिच्युट अफ टेक्नोलोजीमा सिभिल इन्जिनियरिङमा डिप्लोमा अध्ययनरत २२ वर्षीय चौरसिया ट्युसन पढेर खाजा खाँदै थिए।

आन्दोलनकारीले सुरक्षाकर्मीमाथि ढुंगा बर्साउन थाले। पसलहरू धमाधम बन्द गरियो। केही समय अघिसम्म शान्त रहेको क्षेत्रमा कर्फ्यु लागेपछि तनावग्रस्त बन्यो।


स्थिति नियन्त्रण गर्न सुरक्षाकर्मीले चलाएको गोली लागेर चौरसिया सडक खण्डमा ढले। उपचारका क्रममा नारायणी उपक्षेत्रीय अस्पतालमा साँझ उनको मृत्यु भएको थियो। वीरगन्ज २५ मनियारी जगरनाथपुरका स्थायी बासिन्दा चौरसिया कलेज नजिक कोठा भाडा लिएर बस्दै आएका थिए।

डिप्लोमा तेस्रो वर्षमा अध्ययनरत उनको लक्ष्य सिभिल इन्जिनियर बन्ने थियो। दिलीपका दाइ पृथ्वीनाथ चौरसिया भन्छन्, ‘थप अध्ययनका लागि भारतको बैंग्लोरमा भर्ना गर्ने योजना थियो।’ शनिबार दिलीपको शवयात्रामा सहभागी उनले भाइको भर्नाका लागि रकमको जोहो र कलेजमा पत्राचार पनि गरिसकिएको सुनाए। परिवारमा सबैभन्दा कान्छो दिलीप अध्ययनशील रहेकाले उनकै चाहनाअनुसार सदरमुकाममा राखेर पढाइरहेका थियौं।

‘भाइको सपना अधुरै रह्यो,’ आँसु झार्दै उनले भने, ‘हामी ५ भाइमध्ये ऊ कान्छो हो।’ पछिल्लोपटक गत शनिबार रक्षाबन्धनका दिन भाइ घर आएको थियो, त्यो नै अन्तिम रहेछ,’ पृथ्वीनाथले सुनाए। सामाजिक सञ्जाल फेसबुकमा गितार बजाएको प्रोफाइल तस्बिर राखेका चौरसिया मिलनसार थिए।

‘उनी अध्ययनमा पनि राम्रो विद्यार्थीका रूपमा परिचित थिए,’ शवयात्रामा सहभागी चौरसियाका समकक्षीले भने। उनीसँगै वीरगन्जमा ज्यान गुमाएका अन्य ४ जनाको पनि शनिबार शवयात्रा निकालिएको थियो। सोमबार र मंगलबार सुरक्षाकर्मीको गोली लागी ५ को मृत्यु भएको थियो।

वीरगन्ज २५ मनियारीका २५ वर्षीय धर्मराज सिंह, बारा प्रसौनी नौतनका दीनानाथ साह, नौतनकै जयप्रकाश साह तेली र वीरगन्ज १९ निवासी सोहन साहको मृत्यु भएको थियो। वीरगन्जको राधेमाई क्षेत्रमा गोली लागी मरेका धर्मराज सिंह सशस्त्र प्रहरी बलका पूर्वजवान हुन्। २ महिना अघिमात्र उनले राजीनामा दिएका थिए। सीमा सुरक्षा बल पर्सामा दरबन्दी हुँदा सिंहले राजीनामा दिएका थिए।

नगवामा मंगलबार अपराह्न गोली लागी ज्यान गुमाएका २४ वर्षीय सोहनले वीरगन्जस्थित आर्मी ब्यारेक पछाडि चिया र नास्ता पसल चलाउँदै आएका थिए। वीरगन्ज १८ लक्ष्मनवा क्षेत्रमा ज्यान गुमाएका बारा नौतनका दीनानाथ र जयप्रकाश मिल्ने साथी थिए। २५ वर्षीय दीनानाथ नारायणी यातायात व्यवस्था कार्यालय अगाडि ड्राइभिङ सेन्टरमा लेखनदासको काम गर्थे।

जयप्रकाश जगदम्बा ग्यासमा कार्यरत थिए। मृतकलाई सहिद घोषणा, आश्रित परिवारलाई उचित क्षतिपूर्ति र घाइतेलाई उपचार गराउन स्थानीय प्रशासनले गृह मन्त्रालयलाई सिफारिस गर्ने जिल्ला शान्ति समितिले शुक्रबार निर्णय गरेपछि ६ दिनपछि शनिबार शव अस्पतालबाट उठेको हो। शवयात्रामा बारा, पर्साका हजारौंको सहभागिता थियो।

यसैबीच, गोली लागी वीरगन्जमा ज्यान गुमाएका ५ जनाको शनिबार सामूहिक अन्त्येष्टि गरिएको छ।

नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जबाट बिहान करिब ११ बजे निस्किेको शवयात्रा यहाँको घन्टाघर, नगवा, बाराको नौतन, पर्साको मनियारी, जगरनाथपुर हुँदै अलौं परिक्रमा गरी विन्दवासनीस्थित तिलावे नदीमा साँझ साढे ७ बजेको समयमा अन्त्येष्टि गरिएको हो। शवयात्रामा महिलासहित हजारौंको सहभागिता रहेको थियो।

शवलाई प्रत्येक मृतकको गाउँ/घर हुँदै परिक्रममा गराइएको थियो। शवयात्राका लागि स्थानीय प्रशासनले बिहान ९ बजेदेखि अपराह्न २ बजेसम्म कर्फ्यु हटाएको थियो। गत सोमबार ४ बजेदेखि वीरगन्जमा अनिश्चित कर्फ्यु लगाइएको छkantipur.ekantipur.com
बेंसीशहर : लमजुङको सुन्दरबजार नगरपालिका–१३ कुन्छास्थित शान्ति उच्च माध्यामिक विद्यालयमा शुक्रबार मध्यरातमा आगो लगाइएको छ ।

अज्ञात समुहले शुक्रबार राति १२ बजे बिद्यालयमा आगजनी गरेको हो । ‘    दिउँसो विद्यालयको प्रथम चौमासिक परीक्षा चलेको थियो’, विद्यालयका प्राचार्य नारायण गिरीले भने, ‘राति एक्कासी आवाज आएपछि हेर्न जाँदा विद्यालय आगोले बलिरहेको थियो । ’

विद्युत सर्ट भएर आगो लागेको अनुमान गरिएपनि विहान प्रहरीको टोलीले निरीक्षण गर्दा कक्षा ९ को झ्यालको रड काटेर आगो लगाएको भेटिएको प्रहरी निरीक्षक हेमन्त थापाले जानकारी दिए ।

आगजनीबाट विद्यालयको प्रशासन, किचन, लाईब्रेरीसहित चारवटा कोठा पूर्णरुपमा जलेका छन् ।

घटनाको तीन घण्टापछि स्थानीयबासीले निभाएर विद्यालय थप क्षति हुनबाट जोगाएका थिए । आगजनीबाट विद्यालयका २० थान कम्प्युटर, टेबल, दराज र कुर्सी लगायत सामाग्री नष्ट भएको प्रचार्य गिरीले  बताए ।

आगजनीबाट बिद्यालयमा एक करोड २० लाखको क्षति भएको उनले जानकारी दिए । घटनाको अनुसन्धान थालिएपनि हालसम्म कोही पक्राउ नपरेको प्रहरी निरीक्षक थापाले बताए ।    

लमजुङको पुरानो सदरमुकाम कुन्छास्थित शान्ति उमावि २००९ सालदेखि सञ्चालनमा आएको थियो । सो विद्यालयमा पाँच सय बढी विद्यार्थी अध्ययनरत छन्  । www.annapurnapost.com
काठमाडौँ । के तपाई कुराहरु भुल्ने गर्नुहुन्छ ? के कहिलेकाँही यस्तो पनि हुन्छ तपाई महत्वपूर्ण कुरा नै बिर्सनु हुन्छ । जुन मानिसहरूमा भुल्ने बानी हुन्छ, केही समयपछि उनीहरूले यस्तो महत्वपूर्ण कुरा कसरी भुल भन्ने सोच्ने गर्छन् । यस्तोमा खानपानलाई पनि ध्यान दिन सके मष्तिष्कले राम्रोसँग काम गर्ने विज्ञहरू बताउँछन् । केही यस्ता खानेकुराहरू छन् जसले भुल्ने बानीलाई केही कम गर्न मद्धत गर्छ । थाहा पाऔ यस्ता खानेकुराहरू
चकलेटः चकलेट वा कफी खानाले मष्तिष्कलाई प्रत्यक्ष प्रभाव पार्छ । कफी पिउनाले दिमागले तिव्र गतिमा काम गर्ने विज्ञहरूले अनुसन्धानमार्फत पत्ता लगाएका छन् । जाडोमा कोकोयुक्त खानेकुरा खानु लाभदायक मानिन्छ ।
तुलसीः तुलसीलाई हिन्दू धर्ममा देवीको रूप मानिन्छ । यसको उपयोग मसालाको रूपमा गरिनुका साथै विभिन्न रोगमा औषधीको लागि समेत प्रयोग गरिन्छ । दैनिक तुलसीको २(४ पत्ता खानाले बारम्बार भुल्ने समस्या हट्न मद्धत गर्छ ।
गोलभेँडाः गोलभेँडामा प्रोटिन, भिटामिन आदी पाईन्छ । यसमा कार्बोहाइड्रेट्सको मात्रा कजम हुन्छ । गोलभेँडामा लाइकोपिन हुने गर्छ । यसले शरिरको फ्रि रेडिकल्सलाई रक्षा गर्ने गर्छ । साथै यो ब्रेनको सेल्सलाई जोगाउँछ ।
दहीः दहीमा प्रोटिन, कार्बोहाइड्रेट, खनिज, नुन, क्याल्सियम र फस्फोरस जस्ता तत्वहरू पर्याप्त मात्रामा पाईन्छ । दहीको नियमित प्रयोगले शरिरमा फाईदा पुर्याउने जीवाणुहरू बढाउने काम गर्छ र हानिकारक जीवाणु नष्ट गर्ने गर्छ । यसमा अमिनो एसिड पाइन्छ, जसले तनाव कम गर्छ र सम्झने क्षमतामा बृद्धी गर्छ ।
जाईफलः जाईफललाई विषेश स्वाद र सुगन्धका लागि चिनिन्छ । यसमा यस्ता तत्व हुन्छन्, जसले दिमालाई स्वस्थ राख्न मद्धत गर्छ । साथै, सम्झने क्षमतामा बृद्धी गर्न मद्धत गर्छ ।
दालचिनीः अल्जाइमर रोगीहरुका लागि दालचीनी राम्रो औषधी हो । दालचीनीको नियमित सेवनले सम्झने क्षमतामा बृद्धी हुन्छ र मष्तिष्क स्वस्थ रहन्छ ।
ओखरः दैनिक ओखर खानाले पोषक तत्वहरूको कमी हट्छ । ओखरमा ओमेगा ३, फ्याक्टी एसिड, प्रोटिन, फाइबर र एण्टी(अक्सिडेन्ट पनि पर्याप्त मात्रामा पाइन्छ । थोरै ओखर दैनिक खानाले मष्तिष्कको क्षमतामा बृद्धी हुन्छ ।
जैतुनः जैतुन तपाईको स्वास्थ्यको लागि मात्र नभइ अनुहारको चमकताका लागि पनि लाभदायक छ । जैतुनमा निकै धेरै फ्याट पाईन्छ । यसले सम्झने शक्ति बढाउने काम पनि गर्छ ।
चियाः चियामा पाइने पोलिफिनोलले मष्तिष्कलाई सन्तुलित राख्न मद्धत गर्छ । यसले मष्तिष्कलाई शान्त र एकाग्र बनाउन समेत मद्धत गर्छ । ग्रिन टिमा पाइने एण्टी(अक्सिडेन्टले पनि मष्तिष्कलाई तेजिलो बनाउन मद्धत गर्छ ।
बेसारः बेसार मष्तिष्कका लागि निकै राम्रो औषधी हो । यो मात्र स्वाद र रंगका लागि मात्र नभई मष्तिष्कलाई पनि स्वस्थ राख्न मद्धत गर्छ । यसको नियमित सेवनले अल्जाइमर रोगबाट छुटकारा पाउन सकिन्छ । साथै यो मष्तिष्कको क्षतिग्रस्त कोषहरूलाई पुनजाग्रित गर्ने काम गर्छ ।
स्ट्रबेरीः स्ट्रबेरी आफ्नो मनमोहक सुगन्धका कारण विश्वमा नै निकै लोकप्रिय छ । यसको नाम सुन्ने बित्तिकै मुखमा पानी समेत आउने गर्छ । स्ट्रबेरी मिल्क शेक, आइसक्रिम आदीको स्वाद मिठो बनाउनका लागि पनि प्रयोग गरिन्छ । यसमा भरपूर मात्रामा एण्टी(अक्सिडेन्ट पाइन्छ ।

पातलो शरीर छिनेको कम्मर भएकी युुवतीले जो कोहि युवालाई पनि सजिलै आकर्षित गर्न सक्दछिन् । सामान्यतया मोटो शरीर भन्दा सरलक्क ज्यानमा भएकी युवती नै युवाहरुको रोजाइमा पर्ने गरेको विभिन्न अध्ययन अनुसन्धानहरुले पनि पुष्टि गरिसकेको छ । “इभोलुुसनरी फिटनेस” नामक एक उपन्यासमा पुरुषहरुले जिवनसाथी रोज्दा किन पातलो शरीरमा बढि ध्यान दिन्छन् भनि लेखिएको पनि छ ।
पुरुषहरुले पातली युवती बढि राम्री र स्वस्थ हुने पूर्वधारणा बनाएका हुन्छन् र केहि हदसम्म यो साँचो पनि हो । विभिन्न देशहरुमा हुने आकर्षक युवती प्रतियोगितमा युवतीको पातलो शरीरलाइ पहिलो प्राथमिकता दिएर मुल्याङन गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय स्तरमै हेर्ने हो भने युवतीहरुको शरीर इन्डेक्स १९ हुँदा असाध्यै आकर्षक हुने रेट गरिएको छ । आदर्श र मोडल हुनको लागि भने बडी माक्स इन्डेक्स २४ देखि २४.८ हुनुपर्ने बताइएको छ । मसिनो शरीरले वास्तविक भन्दा कम उमेर देखाउने भएकाले पनि यस्ता केटीहरु पुरुषहरुलाइ साह्रै मन पर्छन् ।
इन्स्टिच्युट अफ जेनेटिक्स एण्ड डेभलमेन्टल बायोलोजीका अगुवा अनुसन्धानकर्ता जोन स्पिकमेनका अनुसार २० वर्ष उमेर पुगेका केटीहरुमा १७ देखि २० बडी माक्स इन्डेक्स मेन्टेन गर्ने हो भने उनिहरुलाइ प्रजनन सम्बन्धी रोग लाग्ने कम सम्भावना हुन्छ । युरोपियन, अफ्रिकन र एसियन राष्ट्रका युवतीहरुमा परिक्षण गरि हेर्दा यो सत्य साबित भएको छ । मोटी केटीहरु कम आकर्षित देखिनुका साथै पुरुषहरुको तुलनामा उनीहरुमा मधुमेह, हृदयधात तथा प्रजनन सम्बन्धी रोगहरु लाग्ने खतरा हुने स्पिकम्यान बताउँछन् । आर्कषक देखिने लोभमा अत्ति पातलो शरीर बनाउनुभने प्राणघातक हुन सक्ने विज्ञहरु बताउँछन् ।www.ratopati.com
काठमाडौं, १९ भदौ । आज भन्दा करिब २० वर्ष पहिले सुनिता दौनवर नाम की महिलाले करिब पाँच महिनासम्म जून क्रूरता भोग्नुपर्‍यो त्यो संसारमै अकल्पनीय छ ।
देह व्यापारको धन्धा गर्दै आएका केही मानिसले उनलाई एक दिनमा ३०/३० जना पुरुषसँग शारीरिक सम्पर्क राख्न बाध्य पारेका थिए । तर, आज सुनिता यस्ता कैयौ विवश युवतीका लागि आशाको किरण बनेकी छिन् ।
सुनिता जब मात्र १४ वर्षकी थिईन तब उनलाई जागिरको प्रलोभनमा दलालहरुले नेपालबाट भारत पु¥याएका थिए तर, जब उनी भारत पुगिन तब उनलाई एउटा सानो अध्यारो कोठामा बन्द गरेर राखे । किनकी उनी अब दलालहरुको हातबाट वेश्यालयमा पुगिसकेकी थिईन् ।

मुम्बई एक कोठाीमा बेचिएकी उनलाई पाँच महिनासम्म सुत्न समेत नदिएर दिनरात ग्राहकको यौन प्यास मेटाउन बाध्य पारियो । रातमा उनलाई सुतेको भएपनि व्युझाएर ग्राहकसँग जबरजस्ती शारीरिक सम्बन्ध राख्न लगाइन्थ्यो । उनले रातमा पनि राम्रोसँग सुत्न पाउँदैनथी ।
त्यही बीचमा केही समयपछि उनलाई त्यहाँको पीडा असह्य भयो । २४सैं घण्टा ग्राहकको यौन प्यास मेटाउदा उनी थाकिसकेकी थिईन् । त्यही बेला भाग्यले त्यो नर्कबाट बाहिर निस्कने एउटा बाटो देखायो त्यो उनको लागि गर्व र सम्मान बाटो सावित भयो । खबर अनुसार सुनिताले एक दिन वेश्यालयबाट भाग्ने योजना बनाईन् जसमा उनी सफल भइन् ।
डेली मेलमा छापिएको समाचार अनुसार, सुनिताले जून दिन आफूलाई यो नर्कबाट निकालिन त्यही दिन उनले कसम खाइन कि आफूजस्तै बाध्य भएर यस्तो नर्कमा फसेका महिलाहरुको सहारा बन्ने र उनको जीवनलाई सुधार्ने ।
अहिले नेपालका भूकम्प पीडित महिला तथा युवतीको जीवन बचाउँदै
नेपालमा भूकम्प आएदेखि देह व्यापारमा लागेका दलालहरु पुनः सक्रिय भएका छन् । यो समयमा दलालहरु भूकम्प पीडित परिवारका महिला तथा युवतीहरुलाई जागिरको प्रलोभन दिएर उनीहरुलाई भारतको वेश्यालयमा पु¥याउन कसरत गरिरहेका छन् । तर, डरलाग्दो यातना भोगिसकेकी नेपाली चेली सुनिता यी पीडित परिवारका छोरीहरुका लागि एक आशाकी किरण बनेर काम गरिरहेकी छिन् ।

सुनिता नेपालका ती युवती र महिलाहरुलाई वेश्यावृत्तिको दलदलबाट निकाल्न मद्दत गरिरहेकी छिन्, जसलाई कुनै न कुनै प्रलोभन देखाएर उनीहरुको यौन शोषण गरिँदैछ । जून युवतीहरुका परिवारजनले केही पैसाको लोभमा उनीहरुलाई देह व्यापारका लागि बेचेका छन् सुनिता त्यस्ता युवतीहरुको पूरानो सम्मानजनक जिन्दगी फिर्ता गरिदिने प्रयासमा जुटेकी छिन् ।
यस्तो काम गर्ने सोच सुनितालाई कसरी आयो ? उनी भन्छिन्–‘मेरो बारेमा जब एक बौद्ध भिक्षिकालाई थाहा भयो तब उनले धेरै प्रयास गरेर मलाई मुम्बईको वेश्यालयबाट मुक्त गराए, त्यसपछि मलाई नेपाल ल्याएर मेरा परिवारसँग भेटाइदिए । त्यसपछि मलाई लाग्यो बौद्ध भिक्षिका जस्तै मैले पनि अन्य युवतीहरुको जिन्दगी बचाउनुपर्छ ।’
सुनिताले अहिले एक शक्ति समूह नामको एनजीओ चलाइरहेकी छिन् । जसको माध्यमबाट उनी नेपाली चेलीहरुलाई वेश्यावृत्तिमा फस्नबाट बचाउने प्रयास गरिरहेकी छिन् । अहिलेसम्म उनले सयभन्दा बढी नेपाली चेलीहरुलाई वेश्यालयबाट घर फर्काएकी छिन् ।
– एजेन्सीको सहयोगमा
dainiknepal.com
वीरगन्ज : वीरगन्जको नगवामा रहेको इलाका प्रहरी कार्यालयमा शनिवार दिउँसो स्थानीयवासीको एक समुहले आगजनी गरेको छ।

करिब २०/२५ जनाको संख्यामा रहेका स्थानीयवासीको समुहले इलाका प्रहरी कार्यालयमा आगजनी गरेका हुन्। आगजनीबाट प्रहरी कार्यालयमा रहेका भवन , फर्निचर , कागजपत्रका साथै कार्यालय परिसरमा रहेको प्रतिक्षलय जलेर ध्वस्त भएको छ।


वीरगन्जमा गत सोमबार र मंगलवार भएको झडपपछि असुरक्षाका कारण इलाका प्रहरी कार्यालय नगवाबाट प्रहरीहरुलाई चार दिन पहिले नै जिल्ला प्रहरी कार्यालय पर्सामा फिर्ता बोलाइएको थियो।


आगजनीका कारण प्रहरी कार्यालय जलेर ध्वस्त भएपनि पर्साका प्रहरी उपरीक्षक दिवेश लोहनीले भने प्रहरी कार्यालयमा आगजनी नभएको बताएका छन् ।
 केहि व्याक्तिले आगो लगाउने प्रयास गरेपनि प्रहरीले उनीहरुलाइ धपाएको प्रहरी उपरिक्षक लोहनीले बताए ।

 यस्तै वीरगन्जको पावर हाउस चोकमा रहेको नेपाल प्रहरी र ट्राफिक प्रहरीको बिट पनि शनिवार दिउँसो स्थानीय युवाहरुको समुहले तोडफोड गरेर भत्काइ दिएको छ ।
annapurnapost.com
एजेन्सी । रक्षा धागो बाध्न आएका एक युवकले बहिनीको सिउँदोमा सिन्दुर हालेका छन् ।
रक्षा धागो बाध्ने वहानामा थाना क्षेत्रको एक इन्टर कलेजमा विद्यालय समयको प्रेममा पागल भएका पुराना छात्रले विद्यालयमा १० कक्षामा पढ्दै आएकी एक छात्राको सिउँदोमा सिन्दूर भरिदिएका छन् । र छात्रालाई पत्नी बनाउने धम्की दिँदै कलेजबाट फरार भएका छन् ।
रक्षा बन्धनका दिन आरोपीले छात्रालाई बहिनीको साइनो लगाउँदै उनीबाट राखी बाध्ने बहाना बनाएर कलेजभित्र छिरेका थिए । विद्यार्थी र शिक्षकहरुले आरोपीलाई समात्ने प्रयास गरेपनि सफलता मिलेन् । आरोपीविरुद्ध कारवाहीको मांग गर्दै पीडित छात्राका परिवार र प्रधानाध्यापकले पुलिस चौकीमा मुद्दा हालेका छन् ।
गाउँ मुरलीवालाका एक छात्र गएको वर्ष सम्बन्धित कलेजमा ११ कक्षमा पढ्थे । परीक्षामा फेल भएपछि उनले कलेज छाडिदिए । जब त्यहाँ पढ्थे, तब उनको प्रेमसम्बन्ध छिमेकी गाउँकी तल्लो कलासकी छात्रासँग भयो ।
पूरानो प्रेम उनी परीक्षामा फेल भएपनि टुट्यो । आरोप छ कि शुक्रवार दिउँसो चौकीदारलाई बहिनीलाई रक्षा धागो लगाइमाग्न जान लागेको भन्दै छात्राको कक्षाभित्र प्रवेश गरे । त्यती बेला कलास चलिरहेको थियो ।
त्यसैबेला उनले छात्राको सिउँदोमा सिन्दूर भरिदिए । आरोपी छात्रले आफूसँगै राखी पनि बोकेर ल्याएका थिए ताकि कोही पनि उनीमाथि शंका नगरोस् । प्रहरीका एसपी सत्पाल सिंहले घटनाको अनुसन्धान गरेर कारवाही प्रक्रिया अगाडि बढाइने बताए ।
dainiknepal.com
रामचन्द्र नेपाल
क्वालालम्पुर । जिम्मेवार निकायमा वस्नेहरुले गरेका सानो गल्तीका कारण विदेशमा वस्ने धेरै नेपालीहरुले दुःख पाईरहेका छन् । कमाउन भनेर हिडेकाहरुको रोजरोटी नै खोसिने होकि भन्ने अवस्था आएको छ । के सरकारी कर्मचारीले गरेका लार्पवाही आम नागरिकले भोग्नु नै पर्ने हो त ? या पीडितहरुलाई क्षतिपूर्तिको ब्यवस्था हुनुपर्ने हो यसकोबारेमा गहिरिएर सोच्नुपर्ने भएको छ ।
सरकारी कर्मचारीले गरेको सानो गल्तीका कारण मलेसियामा सल्यान कि लक्ष्मी वुढाथोकी र पाल्पाका डुमवहादुर दर्लामीले निकै दुःख पाए । परराष्ट्र मन्त्रालयको पासपोर्ट शाखाले गरेको सानो गल्तीले गर्दा मलेसियामा उनीहरुलाई निकै दुःख भएको छ । दुवैजनाको पासपोर्टमा देखिएको एक शब्दको गल्तीले मलेसियामा उनीहरुको नोकरी नै टुट्ने हो कि भन्ने अवस्था आएको छ ।
पढालेखा नभए कि लक्ष्मी बुढाथोकीलाई यतिवेला मलेसियामा निकै समस्या भएको छ । काभ्रा घर भएकी लक्ष्मीले वैदेशिक रोजगारीका जानको लागि गएको डिसेम्वर महिनामा पासपोर्ट वनाइन् । गएको साउन २२ गते इपोमा रहेको चोङ सेङ सी फुड कम्पनीमा उनी मलेसिया आईन् । लक्ष्मी त मलेसिया आईन् तर नेपालमा रहेका संम्वन्धित निकायहरुको अवस्था हेर्दा कतिसम्म निरिह छन् जस्तो लाग्छ । देश यसरी पनि चलिरहेको छ भन्ने भान हुन्छ ।
रोजगारीमा आउनु अगाडि धेरै प्रक्रिया पुरा गर्नुपर्छ । मेनपावरदेखि स्वास्थ्य संस्था इन्सोरेन्सदेखि, अभिमुखीकरण तालिम, श्रम स्विकृतिदेखि अध्यागमन विभागसम्म । तर लक्ष्मी स्वयं र उनको पासपोर्ट हेर्ने विभिन्न निकायहरु कसैले पनि ध्यान नदिदा उनी सजिलै मलेसिया आइन् । आफू महिला भएर पनि पासपोर्टको आधारमा पुरुष बनेर उनी सजिलै मलेसिया आईन् । पासपोर्टमा लेखिनु पर्ने शब्द -एफ) थियो तर पासपोर्टमा (एम) भए पनि सजिलै मलेसिया आईन् । यतिवेला भने यहि शक्दले गर्दा उनले रोजगारी गुम्ने अवस्थाको सृजना भएको छ ।
मलेसियामा कम्पनीको भिसा लगाउनको लागि मेडिकल गर्न कम्पनी साहुले मेडिकल गर्न लैजादा आफनो पासपोर्टमा गल्ती देखिएकोले समस्या भएको उनले वनाईन् । सवैको मेडिकल भयो मेरो पासपोर्टमा गल्ती देखियो भनेर गरेको छैन । अरुको भिसा लाग्नेबेला भयो मेरो अझै केहि भएको छैन । निकै निरास मुद्रामा रहेकी लक्ष्मीले भनिन्, ‘यत्तिकै घर फर्कुँ भने त्यत्रो ऋण गरेर आएकी छु, मेरो त विजोगै हुनेभो ।’
नेपाली दूतावास मलेसियाले एमआरपी पासपोर्टमा सच्याउन नमिल्ने भन्दै अर्काे नयाँ पासपोर्ट वनाउन अनुरोध गरेअनुसार उनले नयाँ पासपोर्टको लागि र्फम भरेकी छिन् । दूतावास श्रोत भन्छ कहिले काँही गल्ती हुन्छ अर्काे पासपोर्ट नआउदा सम्मको यहि पासपोर्टलाई आधार वनाएर अगाडि वढ्ने प्रक्रियाको लागि पत्र लेख्न मिल्छ ।
पाल्पा सिद्धेश्वरका डुमवहादुर दर्लामको पनि समस्या उस्तै छ । तर लक्ष्मीको जस्तो जटिल हैन । दर्लामी मलेसिया आएको सात वर्ष पुरा भयो । क्वालालम्पुर नजिकै रहेको सिमोनियाको एक कम्पनीमा फेक्ट्री वर्करको रुपमा कार्यरत छन् उनी । कमाई पनि राम्रै छ । आउँदो सेक्टेम्वर २९ मा उनको भिसाको म्याद सकिदैछ । ‘अव २४ दिन मात्रै छ, नोकरी रहला कि नरहला भन्नेे चिन्ताले सताएको छ’, उनले भने  ।
पाल्पा जिल्लावाट २००८मा लिएको राहदानीमा डुमवहादुर दलार्मी उल्लेख छ भने हाल २०१४ मा वनाएको मेशिनरी पासपोर्टमा पोमबहादुर दर्लामी छ । नामको अगाडिको एउटा मात्र शब्द पुरानेामा (डी) र नयाँ वनेको पासपोर्टमा (पी) मात्रैको फरकले गर्दा उनले निकै दुःख पाईरहेका छन् ।
‘कम्पनी साहुले मेरो पासपोर्टमा भिसा लगाउन लग्यो तेरो नाम नै फरक परेको छ जा वनाएर ल्याइज भनेर पासपोर्ट हातमा दिएर पठायो मत जिल्लै परेँ’ दूतावासमा भेटिएका उनले भने, ‘पत्र वनाईदिन्छु भनेर भन्नुभएको छ सायद हुन्छ कि ?’ मलेसियामा कमाएको पैसा जति श्रीमतीको उपचारमा खर्च भएको दुखेसो पोख्दै उनले फेरि अर्को समस्याले सताएको बताए ।
लक्ष्मी र डुम र प्रतिनिधि पात्र मात्र हुन् । सरकारी निकायको सानो लापर्वाही र आफूले पनि राम्ररी पासपोर्ट नहेर्दा धेरै नेपालीहरुले यसरी नै दुःख पाइरहेका छन् । यसको दोष सरकारी निकायले लिने कि नागरिकले ?
www.onlinekhabar.com
पर्वत : जिल्ला टुक्राएको विरोधमा १४ दिनदेखि आन्दोलनमा उत्रिएका बागलुङबासीले शनिबार सडकमै सुतेर विरोध जनाएका छन् ।

बागलुङ टुक्राएको विरोधमा नागरिकहरु सडकमा सुतेर विरोध प्रर्दशन गरेका हन् ।  बागलुङलाई दुई प्रदेशमा राखेको विरोधमा अनिशिचतकालीन बन्दसहित आन्दोनलका कार्यक्रम गर्दै आएका छन् ।

बागलुङ उद्योग बाणिज्य संघको नेतृत्वमा महिला र पुरुष बागलुङ बजारको सडकमा सुतेका थिए । लोकतान्त्रिक चोकदेखि धौलागिरी चोक हुँदै जीपपार्क चोकसम्म सडकमा सुतेका हुन् ।

‘समग्र बागलुङ’ लाई प्रदेश नं. ४ मा राख्न माग गर्दै कांग्रेस, एमाले, एमाओवादी, राष्ट्रिय जनमोर्चा, राप्रपा र अखण्ड पार्टी लगायतका दलले नेतृत्व गरेको आन्दोलनमा उद्योग बाणिज्य संघ, गैर सरकारी संस्था महासंघ, नेपाल शिक्षक महासंघ, नेपाल बार एसोसिएसन र पत्रकार महासंघ लगायतका संस्थाले ऐक्यवद्धता जनाउँदै आएका छन् ।

‘बागलुङ टुक्राउन पाइँदैन, दाङ हामी गइँदैन, शीर्ष नेतृत्व होसियार,’ लेखेका प्लेकार्ड टाँसेर उनीहरु पल्टिएका थिए ।

निरन्तरको बन्दले बागलुङ जिल्लाको जनजीवन प्रभावित भएको छ । बन्दले सवारी साधन संचालन भएका छैनन् । बागलुङ बजार, गल्कोट हटिया, कुश्मिशेरा, बरेङ, खरवाङ, भिमगिठे र बुर्तिवाङ लगायतका बजार बन्द छन् ।


बन्दले शैक्षिक संस्था, उद्योग र कलकारखाना पनि ठप्प छन् । दुई साता भन्दा बढी शैक्षिक संस्थाहरु ठप्प हुँदा विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।

उता टुक्राउने निर्णय सच्चाउन माग गर्दै बागलुङसहित धौलागिरीका १७ जना सभासदले पनि दबाब दिँदै आएका छन् । यसअघि आन्दोलनकारीले शुक्रवार अर्धनग्न जुलुस र बिहीबार साङ्ले जुलुस लगायतका बिरोधका कार्यक्रम गर्दै आएका छन् ।
www.annapurnapost.com
मन्थली:  रामेछापमा एन्फ्ल्युन्जा ‘ए’ (एचवानएनवान) भाइरसबाट संक्रमित दुईजना विरामी भेटिएका छन् । स्थानीय अस्पतालहरुमा स्वास्थ्य जाँचका लागि आएकामध्ये दुर्इजना स्वाइन फ्लूबाट संक्रमित भएको पाइएको हो ।

उच्च ज्वरोबाट ग्रस्त भएर उपचार गराउन जिल्ला अस्पताल मन्थली आइपुगेका विरामीमा स्वाई फ्लूको लक्षण देखापरेको हो ।

उपचारका लागि जिल्ला अस्पताल मन्थली आएकामध्ये आठजनाको रगत काठमाडौंस्थित  टेकु अस्पतालमा परीक्षण गराउँदा दुईजनामा स्वाइन फ्लूको संक्रमण पोजेटिभ भएको प्रमाणित भएको हो ।

एक सातादेखि ज्वरोको महामारी भएपछि उनीहरुको रगत परीक्षण थालिएको जिल्ला अस्पताल मन्थलीले जनाएको छ ।

अस्तालमा भर्ना हुन आएका विमारीको रगत, खकार दिशा र पिसाव जाँच गर्दापनि रोगको वास्तविक लक्षण पत्ता नलागेपछि उनीहरुको रगत परीक्षणका लागि टेकु अस्पताल पठाइएको थियो ।

टेकु अस्पतालमा रगत परीक्षण गर्दा स्वाइन फ्लूको संक्रमण पोजेटिभ पाइएको मन्थली अस्पताल तथा विश्व स्वास्थ्य संगठनका डा. सुवास न्यौपानेले बताए ।

उनका अनुसार मन्थली अस्पताल तामाकोसी सहकारी अस्पताल र अन्य प्राथमिक स्वास्थ्य चौकीमा उपचार गराइरहेकामा यस्तो संक्रमण पाइएको हो ।

स्वाइन फ्लूको परीक्षण र नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठनकै अर्का डाक्टर सुवास पाठकसहितको टोली जुटेको छ ।

चिकित्सकहरुले स्वाईन फ्लू संक्रमितहरुको कडा निगरानी गरी विशेष अनुसन्धान थालेका छन् ।

विमारीहरुमा कडा ज्वरो आउने, खोकी लाग्ने र थरथर काम्नेजस्ता लक्षणहरु देखापरेका छन् । यस्तो लक्षण देखापरेका विमारीहरुको जिल्ला अस्पलातमा विशेष निगरानीमा उपचार थालिएको छ ।

जिल्लामा अनौठो र कडा किसिमको ज्वरोसँगै एचवानएनवान एन्फुल्एन्जाको संक्रमण देखापरेपछि सर्वसाधरण त्रसित भएका छन् । उनीहरुले एचवानएनवान एन्फुल्एन्जा स्वाइनफुलु भएको आशंका गरेका छन् ।

लगातारको वर्षासँगै भुकम्प पीडितहरु दुषित पानी पिउने, चिसो ठाउँमा बस्ने र अस्वस्थ खानेकुरा खानुपर्ने बाध्यताका कारण ज्वरोको माहमारी फैलँदै गएको छ । annapurnapost.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home