• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौं : प्रधानमन्त्री सुशील कोइरालाले विश्वमा सबैभन्दा होचा व्यक्तिको रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा कीर्तिमान कायम गरेका चन्द्रबहादुर डाँगीको उपचारको क्रममा अमेरिकामा निधन भएको खबरले म मर्माहत भएको बताएका छन्।

डाँगीको निधनमा शोक वक्तव्य जारी गर्दै प्रधानमन्त्रीले  दिवंगत आत्माको चीर शान्तिको कामना गरेका छन्। उनले होचो शारीरिक कदको अग्लो विश्व कीर्तिमान लिएर स्व. डाँगीले नेपालको झण्डा विश्वमा फराउदै फैलाएको नेपालको यश चीर कालसम्म रहने विश्वास व्यक्त गरेका छन्।


डाँगीको यस कीर्तिमानले अस्वभाविक शारीरिक कद,अपाङ्गता र अन्य समस्या रहेका सहित सबै नेपालीलाई उच्च मनोबल,नैतिकता,इमान्दारी,साहस र धैर्यका साथ कर्ममा समर्पित भएमा सबैले आफ्नो व्यक्तित्व विकास गरी राष्ट्रको कीर्ति फैलाएर मुलुकका लागि योगदान पुर्‍याउन सकिने रहेछ भन्ने सन्देश दिएको कोइरालाले बताएका छन् ।
annapurnapost.com
बलिउडका संगीतकार तथा गायक आदेश श्रीवास्तवको ५१ वर्षको उमेरमा निधन भएको छ । क्यान्सरबाट पीडित ५१ वर्षिय आदेशले राती १२ः३० बजे आफ्नो देह त्याग गरेका हुन् ।

चालिस दिनदेखि क्यान्सरको उपचारका लागि अन्देरी, मुम्बईको कोकिलाबेन धीरूभाइ अम्बानी अस्पतालमा भर्ना भए उनको सन् १९६५ मा सेप्टेम्बर ४ मा जन्मेका थिए । आफ्नो जन्मदिन नै उनको निधन भएको हो । २०१० मा पहिलोपटक उनलाई क्यान्सर भएको पत्ता लागेको थियो । अमेरिकामा उपचार गराएर फर्केका आदेशलाई गत महिनाको अन्त्यमा तेस्रो पटक पनि क्यान्सर भएको पुष्टि गरिएको थियो ।

भारतको जबलपुरमा जन्मेका आदेशले करिब १०० बढी चलचित्रमा संगीत भरेका छन्। ‘शस्त्र’ चलचित्रको ‘क्या अदा क्या जलवे तेरे पारो’ गीतले अत्याधिक चर्चा कमाएको थियो । उनले ‘चलते चलते’, ‘बाबुल’, ‘कभि खुशी कभी गम’, ‘राजनीति’ लगायतका चलचित्रमा संगीत दिएका छन् ।
www.etajakhabar.com
दिपायल, भदौ १९ ।  मुलुकमा पछिल्लो समय देखिएको हिंसात्मक आन्दोलन रोक्न सरकारले विभिन्न उपायहरु अपनाइरहेको छ । यसैबिच भिडभाड नियन्त्रणका लागि सुदूरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपायलले एक भिड नियन्त्रण दस्ता तयार गरेको छ ।

कुनै ठाउमा आन्दोलन भए नियन्त्रण गर्नका लागि हातमा ढुंगा छेक्ने बोर्ड र कटबासको भाटा बोकेको एक रिकरुट टोली तयारी अवस्थामा पुगिहाल्ने स्थानीय प्रशासनले जनाएको छ ।

त्यस्ता खालका उत्तेजनात्मक भिड लाई नियन्त्रण गर्ने लक्षका साथ डोटीको दिपायलमा तिन सय ३२ तथा डोटीकै बुडर तालिम केन्द्रमा एक सय ४४ जना गरि कुल चार सय ७६ जना रिकरुट अर्थात तालिमे सिपाहीको भिड नियन्त्रण टोली भिनी टोली तयार गरिएको छ ।

www.etajakhabar.com
तिलोत्तमा (रुपन्देही), १९ भदौ । रुपन्देहीको सैनामैनामा नगरपालिका सर्पले डसेर एक किशोरीको मृत्यु भएको छ ।

सैनामैना नगरपालिका–४ रामनगरमा बस्ने २१ वर्षीया छोरी गीता गौतमलाई सर्पले डसेपछि बुटवल लुम्बिनी अञ्चल अस्पतालमा पु¥याएको र त्यहाँ उपचारका क्रममा शुक्रबार साँझ मृत्युभएको अस्पतालले जनाएको छ । गीतालाई बिहीबार राति सुतिरहेको बेलामा टाउकोमा सर्पले टोकेपछि शुक्रबार बिहान अस्पताल ल्याएको थियो । रासस

काठमाडौँ, भदौ १९ । पछिल्लो समयको परिवर्तीत राजनीतिक गतिविधि तथा तराइ मधेसमा दन्केको आन्दोलनका विषयमा ठोस निकास निकाल्न भन्दै शीर्ष दलको बैठक आज बस्दैछ । केही बेरमा प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले असन्तुष्ट थरुहट तथा मधेसी समुदायको माग सम्बोधन गर्ने गरी संविधानको विधेयकमा संशोधन प्रस्ताव हाल्ने विषयमा पनि छलफल हुने वालुवाटार निकट स्रोतले जनाएको छ । यस विषयमा हिजो बेलुका पनि दलहरुले छलफल गरेका थिए ।

तर ठोस निर्णय भइनसकेकाले अहिले फेरि बैठक बसेर निर्णय गर्ने दलहरुको भनाइ छ । हिजोको बैठकमा असन्तुष्टका माग सम्बोधनका लागि विषयमा थारु, आदिवासी जनजाति, मुस्लिम आयोग गठन गर्ने तथा थारु बाहुल्य क्षेत्रलाई विशेष स्वायत्त क्षेत्र घोषणा गर्ने विषयमा छलफल भए पनि सहमति भने भइसकेको छैन ।

दुई तिहाइ विधेयकमार्फत असन्तुष्ट पक्षको माग पुरा गर्न प्रमुख दलहरुले साझा संशोधन प्रस्ताव दर्ता गराउने तयारी गरेका छन् । असन्तुष्ट दलहरुसँग वार्ता र छलफल भए पनि ठोस सहमति भइनसकेकाले दलहरु उनीहरुको माग सम्बोधन हुने गरी संशोधन प्रस्ताव दर्ता गराउने तयारीमा लागेका हुन् । ७ प्रदेशसहितको संविधानको विधेयक संविधानसभामा पेश भएर प्रक्रिया अघि बढेसँगै थरुहट तथा मधेसी मोर्चाहरु आन्दोलनमा छन् ।

www.etajakhabar.com
काठमाडौँ, भदौ १९ । गृह मन्त्रालयले संयमता अपनाउँदा आन्दोलन थप हिंसात्मक बन्दै गएको निष्कर्ष निकालेको छ । आपराधिक समूहको घुसपैठ बढ्दै गएको निष्कर्षसहित गृहले हतियारसहित आन्दोलनमा उत्रनेलाई गोली हान्न निर्देशन दिएको छ ।आन्दोलनकारीमा घरेलु हतियार मात्र होइन, पेस्तोल र बन्दुक बोक्ने प्रवृत्ति बढ्दै गएको निष्कर्ष गृहको छ । शुक्रबार पनि बर्दियामा ड्युटीमा खटिएका प्रहरीको गोली हानेर हत्या भएको थियो ।

‘लुकेर प्रहरीलाई गोली हान्नेहरू आन्दोलनकारी नभई अपराधीहरू हुन्,’ गृहका एक अधिकारीले भने, ‘यस्तो अवस्थामा प्रहरी संयम हुने अवस्था छैन, हतियार बोकेर आन्दोलनमा आउनेलाई अपराधीको रूपमा व्यवहार गर्न निर्देशन दिएका छौँ ।’ आन्दोलनमा आपराधिक गतिविधि बढ्दै गएको भन्दै गृहले कडा नीति लिन लागेको खबर नयाँ पत्रिकाले छापेको छ । ‘धेरै घटनामा आन्दोलनकारीले गोली हानेका छन्,’ प्रहरी प्रवक्ता डिआइजी कमलसिंह बमले भने, ‘त्यस्तो अवस्थामा प्रहरीले आपराधिक व्यक्तिहरूमाथि गर्ने रणनीति अपनाउनेछ ।’

गत मंगलबार वीरगन्जमा आन्दोलनकारीले ठाउँठाउँमा गोली चलाएको पर्सा प्रहरी प्रमुख एसपी दिवेश लोहनीले दाबी गरे । तराईका अन्य जिल्लामा पनि आन्दोलनकारीले प्रहरी बिट तथा सरकारी कार्यालय जलाउने गरेको प्रहरीले जनाएको छ । तराईको एक सशस्त्र समूहले विज्ञप्ति निकालेर प्रहरीविरुद्ध हतियारसहित आक्रमण गर्ने निर्देशन दिएको थियो । तराईका नेताहरूले सशस्त्र समूहसँग आन्दोलनमा सहकार्यका लागि वार्तासमेत गरेको प्रहरीले जनाएको छ ।

पश्चिम र मध्यतराईमा आन्दोलन थप हिंसात्मक बनाउने सूचनाका आधारमा सुरक्षा निकायले कडा नीति लिन लागेको हो । संघीयताको सीमांकनको विषयमा विगत २६ दिनदेखि भइरहेको आन्दोलनमा नौ प्रहरी, १५ आन्दोलनकारी, एक नाबालक र एक सर्वसाधारण गरी २६ जनाको मृत्यु भइसकेको छ । २१ दिनदेखि तराईका जिल्ला बन्द छन् ।
तराईका जिल्लामा थप प्रहरी
प्रहरी प्रधान कार्यालयले तराईका जिल्लामा प्रहरी संख्या बढाउन थालेको छ । प्रहरी मुख्यालयमा कार्यरत करिब तीन सय प्रहरीलाई शुक्रबार तराईका जिल्लामा खटाइएको छ । थप पाँच सय प्रहरीलाई तराईमा पठाउन तयारी अवस्थामा राखिएको छ ।
प्रहरी प्रधान कार्यालय तथा उपत्यकाका गणमा कार्यरत तीन सय प्रहरीलाई मध्यक्षेत्रीय प्रहरी कार्यालयमा पठाइएको प्रहरी प्रवक्ता डिआइजी कमलसिंह बमले बताए । आवश्यकताअनुसार क्षेत्रले ती प्रहरीलाई विभिन्न जिल्लामा खटाउने मुख्यालयले जनाएको छ ।
तीन सातायता तराईका जिल्ला बन्द छन् । केही दिनयता हिंसात्मक आन्दोलन भएका छन् । शान्तिसुरक्षामा प्रहरीको संख्या कम भएपछि मुख्यालयमा कार्यरत प्रहरीलाई खटाइएको छ । सबै क्षेत्रमा अञ्चल तथा क्षेत्रीय प्रहरी कार्यालयमा कार्यरत प्रहरीलाई समेत आन्दोलनरत क्षेत्रमा खटाउन लागिएको छ । पहाडी जिल्लाबाट क्षेत्रीय प्रहरी कार्यालयले तराईमा प्रहरी खटाउँदै आएका छन् । खासगरी सेना नखटिएका जिल्लामा नेपाल प्रहरीले संख्या थप्न लागेको हो ।
www.etajakhabar.com
शुभप्रभात
आज वि.सं. २०७२ भाद्र १९ गते शनिबार तदनुसार ई. सं. २०१५ सेप्टेम्बर ०५ तारिख भाद्रपद कृष्ण सप्तमी, कृतिका नक्षत्र, बृष राशिको चन्द्रमा, हर्षण योग, कौलव करण

आजको व्रत/पर्व : अष्टमी व्रत, श्री कृष्णजन्माष्टमी व्रत, दुर्वाष्टमी व्रत, सुदुर पश्चिममा गौरा पर्व, मोह रात्री, गोरखकाली पूजा, मन्वादि, त्रिपुष्कर योगको समाप्ति बिहान ६ बजेर २१ मिनेटमा, अगस्त्योदय बिहान ०९ बजेर २९ मिनेटमा

भोलिको व्रत/पर्व : श्रीकृष्ण रथयात्रा, हिले जात्रा, पाल्पा तानसेनमा भगवती यात्रा, नारायणी यात्रा, विभिन्न ठाउँमा राधाकृष्ण रथयात्रा

आजको राशिफल

Aries Rashifal मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आम्दानीमा कमी आउने छैन तर निरर्थक र प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानीको सम्भावना छ, त्यसैले सचेत रहनु होला । कृषि, पशुपालन र झिनामसिना घरायसी काममा समय खर्च हुनेछ । गरेका कामबाट ठूलो उपलब्धी लिन सकिंदैन र श्रमको समुचित मूल्याङ्कन नहुनाले दिक्क लाग्नेछ । पढाइलेखाइमा समय दिन सकिंदैन । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Taurus Rashifal बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
नयाँ योजना कार्यान्वयन गर्न र दीर्घकालीन योजना बनाउन आजको दिन अनुकूल हुँदैन । लामो दूरीको यात्रा वा वैदेशिक यात्रा गर्ने योजनामा हुनुहुन्छ भने केही दिनका लागि स्थगित गर्नु बेस हुनेछ । सामान्यतया लाभ हुने नै दिन छ, तर कृषिजन्य पेसा वा व्यवसायबाट सोचेजस्तो लाभ लिन सकिंदैन । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Gemini Rashifal मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
प्रतिकूल समय चल्दैछ । नचाहेको क्षेत्रमा खर्चको मात्रा ह्वात्तै बढ्नसक्छ । प्रशासनिक झैझमेला वा आरोप व्यहोर्नु पर्ने हुनसक्छ । प्रेम सम्बन्धमा तिक्तता आउने योग छ । तपार्इंले भने जस्तो काम सम्पन्न हुन कठिन छ । आफूले ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । यात्राबाट फाइदा छैन । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Cancer Rashifal कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । आर्थिक रूपमा सबल हुनुहुनेछ, कारोबारमा गतिशीलता आउने छ र व्यवसायबाट पनि राम्रै लाभ हुनेछ । मायाप्रेमका लागि समय जुट्ने छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Leo Rashifal सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
प्रयाससाध्य समय छ धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । प्राविधिक काममा सफलता प्राप्त हुने छ । आत्मविश्वास जाग्नेछ । अभिभावकको आशीर्वादले काम गर्नसक्छ । श्रममूलक काममा मन जानेछ । स्वास्थ्य सबल रहने छ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउने छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Virgo Rashifal कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नु पर्ने दिन हो, जसबाट शुभ कुराको सङ्केत प्राप्त हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । मनोरञ्जनमा भुलिने समय छ । सामाजिक यश, सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Libra Rashifal तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना छ । चोटपटकको भय पनि छ, बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दा सचेत हुनुपर्छ । बेकारको विवादमा फँस्न सकिन्छ, बोलीमा अङ्कुश लगाएकै बेस हुनेछ । तपार्इंको व्यक्तिगत दृष्टिकोण उल्टो हुने देखिन्छ, आज कुनै पनि नयाँ काम नथाल्नु होला । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Scorpio Rashifal बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
प्रणयसम्बन्ध र रतिराग बढाउने समय हो, तर जीवनसाथी वा प्रेमी/प्रेमिकाले समय नदिनाले दिक्क लाग्न सक्छ । बन्दव्यापारमा राम्रै छ, कृषिक्षेत्रमा भने असन्तुष्टि नै रहने छ । घरपरिवारका झिनामसिना काममा गरिएको मिहिनेत काम लाग्दैन, परिश्रम निरर्थक हुनसक्छ । बेलुका रमाइलोतिर झुकाव बढ्न सक्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Sagittarius Rashifal धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । ऋणसापटी लिनदिन आजको दिन अनुकूल छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Capricorn Rashifal मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सन्ततिपक्षबाट खुसीको समाचार प्राप्त हुने छ । आफन्तले तपाईंको प्रशंसा गर्नेछन् । मन प्रफुल्ल र उत्साही बन्ने छ । घरपरिवारमा रमाइलो जमघट हुने छ । तपाईंले गर्न लागेको काममा सबैले साथ दिनेछन् र साँझमा दिनभरिका क्रियाकलापको लेखाजोखा गर्न मन लाग्नेछ । बुद्धिपक्ष र प्राज्ञिक क्षेत्रमा राम्रो छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Aquarius Rashifal कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
परिवारजनमा असमझदारी बढ्नेछ, मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन् । घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुन्छ । महत्वाकाङ्क्षी योजनामा हात हाल्नु राम्रो हुँदैन । कृषि–चौपायाबाट हानि पुग्नसक्छ, बन्दव्यापारमा घाटा देखिन्छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Pisces Rashifal मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

मानप्रतिष्ठा र सामाजिक मर्यादा स्थापनाका लागि सङ्घर्ष गरिने छ । विगतमा भएका नराम्रा घटनाको स्मरण हुनाले मन खिन्न बन्नेछ, दार्शनिक र आध्यात्मिक विषयवस्तुप्रति मन आकर्षित बन्न सक्छ । हाँसखेल र आनन्दमा कमी आउनेछ । बन्दव्यापारमा सोचेजस्तै भए पनि आम्दानीको मार्गमा बाधा छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

काठमाण्डौं । मेक्सिकोको ५२ वर्षिया रोबर्टो इस्किेभल काब्रेराको लागि आफ्नो जिंग अभिशाप भएको छ । संसारकै सबैभन्दा लामो लिंग भएका उनी यही ‘कीर्तिमान’ का कारण दुःखी छन् ।

रोबर्टोको लिंग १९ इन्चको छ र उनको लिंगको टुप्पोको परिधि १० इन्चको छ । अहिलेसम्म यति लामो लिंग भएको दोस्रो व्यक्ति फेला परेको छैन् । यही लामो लिंगको कारण आफूले जीवनमा अनेक सास्ती भोग्नुपरेको रोबर्टोको गुनासो छ ।
लिंगले पीडिामात्र दिएको छ,’उनले भने, ‘महिलाहरु मेरो छेउ पर्नै चाहँदैनन् । प्रेम गर्नु त परको कुरो ’ उनको लिंगको मेडिकल इमेजिङ फोटो अहिले सामाजिक सञ्जालतिर भाइरल भइरहेको छ । लिंग यति ठूलो हुनुको कारण पत्ता लगाई निदानको उपाय खोज्न डाक्टरहरुले प्रयास गरिरहेको रोबर्टोले जानकारी दिएका छन् । (एजेन्सीको सहयोगमा)
www.etajakhabar.com
काठमाडौँ, १८ भदौ । महानगरीय अपराध महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले कुनै पनि प्रकारको आपराधिक गतिविधिलाई निर्मूल पार्नेतर्फ प्रहरी सक्रिय रहेको बताउनुभएको छ ।

नेवाः भोलन्टियर्सद्वारा आज यहाँ आयोजित ‘फेस टु फेस’ कार्यक्रममा उहाँले आपराधिक कार्यमा संलग्न व्यक्ति देश विदेशमा समेत सञ्जाल बनाएर गतिविधि सञ्चालन गर्ने गरेको समेत सुराकी पाएको र त्यस्ता गतिविधिलाई निमिट्यान्न पार्न प्रहरी लागिपरेको छ, भन्नुभयो ।

उहाँले गुण्डागर्दीको सञ्जाललाई तोड्न सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्दै सिलसिलाबद्ध रुपमा गुण्डागर्दी तथा आपराधिक गतिविधिलाई निर्मूल पार्ने दाबी गर्नुभयो ।

नेवाः भोलन्टियर्सका अध्यक्ष मनोज नेवाःले नागरिकलाई अमनचयनसहित, सुरक्षा गरी राख्ने राज्यको पहिलो निकाय प्रहरी भएको बताउँदै नागरिक र प्रहरीबीच समाजमा शान्ति, सुरक्षा अमनचयन बनाइराख्न समन्वयको अति आवश्यक रहेको बताउनुभयो । रासस

www.etajakhabar.com
१८ भदौ, एजेन्सी ।

टर्कीको समुन्द्री किनारमा फेला परेको एक तीन वर्षीय सिरियाली बालकको शवले यतिबेला संसारभरी चर्चा र बहस जन्माएको छ । आफ्ना पिताको हातबाट खसेका ती बालकको समुन्द्री किनारमा भएको मृत्युले युरोपेली देशमा जान चाहने अरव देशका आप्रबासीको अवस्था नराम्रोसँग उजागर गरेको छ ।

आफ्ना पिताको हातबाट खसेका ती मृत बालकको तस्विरले अहिले संसार हल्लाएको छ । बालकका पिता अब्दुल्लाहले ३ वर्षका छोरा आयलान, ४ वर्षका अर्का छोरा घालेब र पत्नि रिहानालाई त्रासदी पूर्ण दुर्घटनामा गुमाउन पुगे । आप्रबासी चढेको डुङ्गा दुर्घटना हुँदा समुन्द्रमा खस्न पुगेका ती वालकको शव समुन्द्री किनारमा भेटिएको थियो ।

टर्कीको एक समाचार संस्थाले सार्वजनिक गरेको तस्वीर समुद्रतटमा बगेको मानवता ह्यासट्यागमार्फत संसारभर पुगेपछि व्यापक आलोचना भएको हो । रातो टिसर्ट लगाएका देखिने ती ३ वर्षीय बालक अनुहार घोप्टो परेको अवस्थामा बोड्रम भन्ने स्थान नजिकैको तटमा भेटिएका थिए

शरणका लागि टर्कीबाट ग्रीसतर्फ गइरहेका बेला आयलान नाम गरेका तीन वर्षीय बालक आफ्ना पांच वर्षे दाजु र आमासंगै डुंगा पल्टेर डुबेका थिए ।

पिता अब्दुल्लाहलाई इस्लामिक स्टेट समूहले कोबाने सहर नियन्त्रणमा लिँदा अपहरण गरेर यातना दिएको थियो । त्यहि यातना सहन नसकेर आप्रवासीका रुपमा युरोप जाने क्रममा ज्यान गुमाएका बालकको शव एकजना स्थानीय माझीले फेला पारेका थिए ।

अष्ट्रेलिया र युरोप छिर्न चाहने हजारौं आप्रबासी वर्षेनी यस्ता दुर्घटनामा मारिने गरेका छन् ।
वीरगन्ज: मधेश आन्दोलनका क्रममा वीरगन्जमा प्रहरीको गोली लागेर ज्यान गुमाएका पाँच जनाको शनिवार सामुहिक अन्त्येष्टि गरिने भएको छ ।

 सोमबार र मंगलवार भएको आन्दोलनमा प्रहरीको गोली लागेर वीरगन्जको जगरनाथपुर मनियारीका दिलिप चौरसिया, भवानीपुरका धर्मराज सिंह, नगवाका सोहन साह कलवार , बाराको प्रसौनी ८ नौतन बहुअरीका भोला प्रसाद तेली र दिनानाथ साह गोढको मृत्यु भएको थियो ।


 पाँचै जनाको शव नारायणी उपक्षेत्रीय अस्पतालको आकस्मिक उपचारकक्षमा राखिएको छ ।  स्थानीय प्रशासनले मृतकहरुलाई शहिद घोषणका लागि गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेपछि शवको अन्त्येष्टि गर्न मृतकका आफन्त र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरु सहमत भएका हुन् ।


  शुक्रबार जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी केवशराज घिमिरेको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले मृतक सबैलाइ शहिद घोषणा ,परिवारलाइ उचित क्षतिपुर्ति र घाइतेहरुको उपचार खर्चका लागि गृहमन्त्रालयमा सिफारिस गर्ने निर्णय हो ।

 शुक्रबार नै नारायणी उपक्षेत्रीय अस्पतालमा पाँचै जनाको शवको पोष्टमार्टम पनि गरिएको मधेशी मोर्चाका नेता एंव संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले जानकारी दिए ।


 मोर्चाले शनिवार बिहान वीरगन्जमा शव यात्रा निकाल्ने तयारी पनि गरेको छ । शनिबार बिहान  १० बजे नारायणी उपक्षेत्रीय अस्पतालबाट शव यात्रा निकालेर मृतकहरुको गाँउ नगवा , नौतन बहुअरी , जगरनाथपुर मनियारी हुदै विन्दवासीनीमा अवस्थित तिलावे नदिमा पुगेर सामुहिक अन्त्येष्टि गरिने फोरम नेपालका अध्यक्ष यादवले जानकारी दिए ।

 मृतकका आफन्त र मधेशी मोर्चाले राज्यले शहिद घोषणा नगरे सम्म शव नबुझने अडान लिएका थिए ।
annapurnapost.com
एजेन्सी । एक विवाहित महिलाले घुम्नका लागि श्रीमानले एक सय रुपैया कम दिँदा आफ्नो जीवन लीलालाई नै समाप्त गरेकी छिन् । जयपुरको कानोता थाना इलाकामा संतोष नगर, विजयपुरा रोड निवासी भूमेश जो मजदूरी गर्छन् उनकी पत्नी नीलमले घुम्नका लागि चौथको बरवाडा जान पतिसँग खर्च मागिन् ।
आफ्ना आमा बुवा र बहिनीसँग चौथको बरवाडा घुम्नका लागि पतिले पत्नीलाई तीन सय रुपैयाँ दिए । तर, नीलमले चार सय रुपैयाँ मागेकी थिईन्, जहाँ पतिले रुपैयाँ नभएको भन्दै श्रीमतीलाई सय रुपैयाँ कम दिए ।
यही विषयमा विवाद भएपछि नीलम रिसाएर आफ्नो माइत जान तम्सिइन् । पतिले सम्झाउँदा पनि उनले मानिन् । त्यसपछि पति भूमेशले नीलमका भाईमार्फत उनलाई सम्झाँउन लगाए । भाईले सम्झाएपछि नीलमले भाइको कुरा मानिन् र आफ्नो कोठामा आएर सुतिन । त्यही क्रममा विहान तीन बजे जब भूमेश व्युझिए तब नीलमलाई कोठामा भेटेनन्, यताउती खोज्न थाले ।
दोस्रो कोठा पुग्दा ढोका भित्रबाट बन्द थियो । भूमेशले आफ्ना भाई र अन्य छिमेकीलाई बोलाएर कोठाको ढोका फोड्न लगाए । भित्र हेर्दा सबैको होश उड्यो । नीलमले आफ्ने साड़ीको पासो पंखामा झुण्ड्याएर आत्महत्या गरेकी थिईन् । घटनाको सूचना पाउनेवित्तिकै पुलिसले घटनास्थल पुगेर शव पोस्टमार्टमका लागि अस्पताल पठाएको छ । पुलिसले यो घटनाको थप अनुसन्धान सुरु गरेको छ ।
dainiknepal.com
कुनै पनि देशको आ–आफ्नो देशको पहिचान हुन्छ । जसले उसलाई त्यस देशको नागरिक भएको पहिचान दिलाउँछ । नेपालीको पनि यस्तै पहिचान बोकेका केही कुराहरु छन् जसले उसलाई नेपाली भनेर चिनाउँछ । देशमा होस् या विदेशमा नेपालीको पहिचान बोकेका यस्ता चिजहरु सबैका लागि आत्मिय र प्यारा छन् । विशेषगरी त विदेशमा बस्ने नेपालीहरु आफ्नो पहिचान आफूसँगै राख्न चाहन्छन् सधैभरी । हामी यहाँ त्यस्ता चिजहरुको कुरा गर्दै छौँ जुन विदेशमा बस्ने नेपालीको कोठा–कोठा र घर–घरमा पाईने गर्छन् । हेरौँ के गरेछन् त ति चिजहरु ।

१. गौतम बुद्धः भगवान गौतम बुद्ध विश्वमा नै चर्चा कमाएको नाम हो । मार्गीहरु जसको जन्म नेपालमा भएको थियो । उनलाई शान्तिका प्रतिकका रुपमा लिईन्छ । विदेशमा बस्ने प्राय नेपालीले गौतम बुद्धलाई आफ्नो कोठामा स्थान दिने गर्छन् ।

२. नेपालको झण्डाः अर्को विदेशमा बस्ने नेपालीको घरमा पाईने कुरा भनेको नेपालको झण्डा हो । नेपालको झण्डाले नेपालीको पहिचान समेटेको हुने हुनाले पनि आफू जहाँ रहेता पनि नेपालीपन सधै साथ रहने यो एउटा अर्को उपाए हो ।

३. नेपाली पात्रोः नेपाली पात्रो अर्को विदेशमा बस्ने नेपालीको घरमा पाईने कुरा हो । उनीहरुलाई नेपाली चाडपर्व, समय लगाएतका बारेमा थाहा पाउन पात्रो अनिवार्य हुनछ । त्यसैले पनि विदेशमा बस्ने प्रत्येक नेपालीले आफ्नो कोठामा पात्रो अनिवार्य राख्छन् ।

४. पूजा गर्ने ठाउँः अर्को विदेशमा रहने नेपालीको घरमा पाउने भनेको पूजा गर्ने ठाउँ हो । नेपालीले सानो भएता पनि आफ्नो घरमा भगवानको फोटो वा पूजा कक्ष राख्ने गर्छन् । हिन्दु धर्ममा आस्था नराख्नेहरुमा यो कुरा लागु नहुन पनि सकछ ।

५. मःम पकाउने भाडोः मःम नेपालीलाई असाध्यै मन पर्ने खाने कुरा हो । अझ विदेशमा रहँदा त नेपालको याद दिलाउने यो एउटा महत्वपूर्ण चिज बनेको छ । त्यसैले साइृज अनुसारको मःम पकाउने भाडो प्राय विदेशमा बस्ने नेपालीको कोठामा पाईन्छ।

६. हिमालको फोटोः नेपालीले आफ्नो विदेश बसाईमा आफ्नो कोठामा राख्ने अर्को महत्वपूर्ण कुरा भनेको हिमालको फोटो हो । विशवको सर्वोच्च शिखर सगरमाथाले नेपालको पहिचान बोक्ने भएकाले पनि नेपालीलाई यो प्रारो लाग्छ । उनीहरुले सगरमाथा लगाएतका नेपालका अन्य सुन्दर र लोभलाग्दा हिमालहरको फोटो आफ्नो कोठामा राख्ने गर्छन् ।

७. तामा, गुन्दु्रकः तामा, गुन्दु्रक प्रत्येक नेपालीलाई मन पर्ने चिज हो । नेपालबाट कोही त्यहाँ जाँदा होस् या आफै पनि नेपाल छाडेर जाँदा नेपालीले तामा, गुन्दु्रक लान भुल्दैनन् । त्यसैले पनि विदेशमा बस्ने धेरै नेपालीको घरमा तामा, गुन्द्रुक पाईन्छ ।
kathmandutoday.com
काठमाडौं : विश्वकै होचो मानिसका रुपमा गिनिज बुक वर्ल्ड रेकर्डमा नाम लेखाएका नेपाली नागरिक चन्द्रबहादुर डाँगीको निधन भएको छ ।

कार्यक्रमका क्रममा अमेरिकामा रहेका डाँगी अचानक अस्वस्थ भएपछि उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो ।

दाङ घर भएका उनको उपचारकै क्रममा अस्पतालमा शुक्रबार निधन भएको हो ।annapurnapost.com
अजरबैजान : अजरबैजानको दक्षिणपश्चिमी भागमा शुक्रबार बिहान ७ रिक्टर स्केलको भूकम्प गएको छ । यस भूकम्पबाट हालसम्म मानवीय हताहत र क्षतिको कुनै विवरण भने प्राप्त नभएको जनाइएको छ ।

सो भूकम्प स्थानीय समयअनुसार शुक्रबार बिहान ९ः४५ गएको बताइएको छ । सो भूकम्पबाट राजधानी बाकूबाट ३२५ किलोमिटर टाढा रहेको सिकी क्षेत्र बढी प्रभावित भएको बताइएको छ ।

यस भूकम्पको केन्द्रविन्दु सिकी सहरबाट २९ किलोमिटर टाढा १३ किलोमिटर गहिराइमा रहेको जनाइएको छ । सो भूकम्पको कम्पन देशको दोस्रो ठूलो सहर गन्जामा समेत महसुश गरिएको जनाइएको छ ।
annapurnapost.com
बर्दिया : बर्दियामा शुक्रबार बिहान भएको झडपमा गोली हानेर प्रहरी हवल्दार देवबहादुर पाण्डेको ज्यान लिने अभियोगमा तीनजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामनरेश चौधरी,अविनाश थारु र रामहर्ष चौधरी छन्।

घरमा बसिरहेको अवस्थामा प्रहरीले आफना कार्याकर्ता पक्राउ गरेको थरुहट थारुवान संयुक्त संर्घष समितिका अध्यक्ष गोविन्द थारुले जानकारी  दिए । उनले प्रशासनले आफुहरुको आन्दोलनमा दमन गर्ने नीति लिएको बताउँदै पक्राउ गरेका आफना कार्यकर्ता बिना शर्त रिहा नगरे आफुहरु अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

आन्दोलनकारीले कब्जा लिनका लागेका दुईवटा बसलाई छुटाउने क्रममा शुक्रबार बिहान मैनापोखरीमा भएको झडपमा गोली लागेर घाइते भएका उनको उपचारकै क्रममा मृत्यु भएको हो।


मैनापोखरमा भएको झडपमा आन्दोलनकारीबाट गोली चलाइएको थियो।  उनीहरुले घरेलु हतियारसमेत प्रहरीमाथि प्रहार गरेका थिए। बस छुटाइसकेपछि आन्दोलनकारीले हवल्दारमाथि आक्रमण गरेका थिए।
annapurnapost.com
काठमाडौं – आफ्नी प्रेमिकालाई आँखा लगाएको भन्दै साहुको छोरा हत्या गर्ने रन्जित शर्मा पक्राउ परेका छन् । राजधानीको बौद्ध–६ टुसाल स्थित बिएम फर्निचरमा काम रङ लगाउँदै आएकी प्रेमिकासँगै हिँडेको झोकमा शर्माले साहुको छोराको हत्या गरेका हुन् ।

भारत मोतिहारी थाना कल्याणपुर स्थायि घर भएका उमेश शर्माले संचालन गरेको फर्निचरमा काम गर्दै आएका रन्जित शर्माले साहुका छोरा २० बर्षीय मन्टु शर्मालाई आफ्नी प्रेमीका सँग हिमचीम बढाएको आरोपमा हत्या गरेको प्रहरीले जनाएको छ । गएको बिहीबार राती साँढे ११ बजे मन्टुको लाश सोही फर्निचर पसलमा भेटिएको थियो ।

२०७० सालदेखि बिएम फर्निचरमा हेड मिस्त्रीको रुपमा काम गर्दै आएका रन्जित शर्माले ०७१ मंसिरमा कारखाना नजिकै कोठा सरेर आएकी एक महिलालाई बिएम फर्निचरमै रङरोगन गर्ने काम मिलाईदिएका थिए । काम गर्दै जाँदा निज महिलासँग प्रेम सम्वन्ध रहन गरेको र बेला बेला शारिरीक सम्पर्क समेत हुने गरेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

फर्निचर मालिक नातामा अभियुक्त रन्जित शर्माको हजुरबुवा पर्छन् । हजुरबुवा नाता पर्ने फर्निचर संचालक उमेश भारत गएको बेला आफ्नी प्रेमिका र मृतक मन्टु शर्मा सँगै हिँडेको देखेपछी उनीहरु दुईबिच खटपट परेको थियो । रन्जितको प्रेमीकाको विषयमा दुई बिच भनाभन समेत भएको थियो ।

भनाभन भएकै मध्यरात अर्थात् भदौ १७ गते बिहीबार मन्टु सुतिरहेका बेला रन्जितले काठको काम गर्ने धारिलो राँबो (बटारी) प्रयोग गरी घाँटीमा रोपेर हत्या गरेको बताईएको छ ।

पक्राउ पछी निज रन्जित शर्मालाई कानुनी कारवाहीका लागी महानगरीय प्रहरी वृत बौद्ध पाठाईएको अपराध महाशाखाले जनाएको छ ।www.ratopati.com
चाहेर पनि नेपालमा जातीय राज्य बन्दैन
रामेछाप : कांग्रेसका युवा नेता गगन थापाले सीमाङ्कनमा देखिएको विवाद टुङ्ग्याउन सात प्रदेशको सीमाङ्कनलाई थाती राखेर भए पनि संविधान घोषणा गर्नुपर्ने बताएका छन् ।

संसद्को कृषि समितिका सभापतिसमेत रहेका थापाले सीमाङ्कनको कामलाई बाँकी राखेर संविधान घोषणा गरेर सीमाङ्कनका लागि आयोग बनाउनुपर्ने प्रस्ताव गरे ।

कांग्रेस बेथान गाउँ कार्यसमितिले बिहीबार रामेछापको बेथानमा गरेको कार्यक्रममा बोल्दै नेता थापाले संविधानसभाले संविधान जारी गरी तीन महिनाभित्र प्रदेशको सीमाङ्कन टुङ्ग्याएर संविधानसभा विघटन गर्नुपर्ने बताए । अर्को प्रसङ्गमा उनले नेपालमा कसैले चाहेर पनि जातीय राज्य नबन्ने दाबी गरे ।

नेपालको जातीय विविधताका कारण जातीय राज्य सम्भव नहुने उनको तर्क छ । यो संविधानसभाले पनि संविधान जारी गर्न नसके नेपालमा लोकतन्त्र र गणतन्त्र कसैले जोगाउन नसक्ने पनि उनले बताए ।

कार्यक्रममा बोल्दै कांग्रेस रामेछापका सभापति रामचन्द्र खड्काले अबको अभियान गरिबी, पछौटेपन र अशिक्षाको विरुद्ध हुनुपर्ने बताए  ।

यसैगरी, गगन थापाकै समन्वयमा निर्माण गरिएको बेथानको कुशेश्वर उच्च माविको नवनिर्मित भूकम्प प्रतिरोधात्मक भवनको साँचोसमेत सोही अवसरमा विद्यालयलाई हस्तान्तरण गरिएको थियो । रासस
www.annapurnapost.com


बर्दिया: बर्दियाको गुलरिया नगरपालिका-२ बैरियाघाटस्थित बबई नदीमा बेवारिसे एक युवतीको शव बिहीबार फेला परेको छ।

अन्दाजी २३ वर्षीया युवतीको शव अनुहारलगायत शरीरको छाला खुइलिएर दुर्गन्धसमेत आएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ।


स्थानीयले शव देखेर जानकारी दिएपछि प्रहरी उक्त स्थान पुगेको थियो। शव परीक्षणका लागि जिल्ला अस्पताल बर्दियामा पठाइएको छ । शवको सनाखत अहिलेसम्म हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराम परियारले बताए। रासस
www.annapurnapost.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home