• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
यतिबेला बलिउड सिनेमा क्षेत्रमा सलमान खानको फ्लिम ‘बजरंगी भाइजान’ ले राम्रै संग बजार तताई रहेको छ ।
धेरै दर्शकहरुले सलमानको फ्लिम ‘बजरंगी भाइजान’लाई सलमानको करियर कै सबै भन्दा उत्कृष्ट फ्लिमका रुपमा लिएका छन् । तर बलिउड सम्बन्धि न्युज अपडेट गराउने चर्चित वेभसाइटले गरेको सर्वेक्षणमा भारतीय सिनेमा क्षेत्रका दर्शकहरुले सलमानको ‘बजरंगी भाइजान’ को भूमिका भन्दा बलिउडका बादशाहा भनेर चिनेने अर्का नायक शारुख खानले ‘माइ नेम इज खान’ मा गरेको भूमिका लाई भारतीय दर्शक हरुले अत्याधिक रुपमा मन पर्याएको पाइएको छ । उक्त सर्वेक्षणमा सलमानको ‘बजरंगी भाइजान’ को रोल लाई ३६.१७% भोट मिलिरहदा शारुख खानको ‘माइ नेम इज खान’ को रोल लाई ५३.७६% भोट मिलेको थियो, जुन तपाईहरुले देखाइएको फोटोमा समेत हेर्न सक्नुहुन्छ । आमिर खानले ‘पीके’मा निर्वाहा गरेको रोललाई भने जम्मा १०.०६% भोट मिलेको छ ।
काठमाडौं । १२ वर्षपछि फिल्म निर्माणमा फर्किएकी करिश्मा मानन्धरको चलचित्र ‘फागु द कलर अफ लाईफ’को रिलिज मिति पक्का भएको छ । निर्देशक सम्झना रौनियारले दिएको जानकारी अनुसार फागुन ७ गते यस चलचित्रको सार्वजनिक प्रदर्शन हुने भएको छ ।
मधेस केन्दि्रत कथा भएपनि निर्देशक रौनियार विषय प्रष्ट्याउन चाहन्नन् । फागु र मधेशको सम्बन्धमाथी चलचित्र केन्दि्रत रहेको छ । शिल्पा पोखरेल, सुवास पराजुली, राजेश हमाल, गौरी मल्ल बसन्त भट्ट लगायतका कलाकारले यस चलचित्रमा मुख्य भुमिका निर्वाह गरेका छन् ।
लगानी करिश्माको भएपनि यसमा उनले निकै छोटा भुमिका निर्वाह गरेकी छिन् । १२ वर्षअघि बाबुसाहेब निर्माण गरेकी करिश्माले आगामी दिनमा निर्माणलाई निरन्तरता दिने बताएकी छिन् । उप्रेतिले यस अघि नम्रता श्रेष्ठ र सिद्धार्थ कोईरालालाई लिएर ‘मेघा’ बनाएकी थिईन् ।
www.onlinekhabar.com
काठमाडौं । आफूले अत्याधिक माया गर्ने पत्नी कसैसँग घरमै ‘नाठो’सँग सुतेको देख्दा पतिलाई कस्तो हुन्छ होला ? पतिले के गरे होलान् त्यस बेला । कुरा हो भारतको गुजरात राज्यको । भावनगरमा पति घरमा नभएका बेला चेतना व्यावसले प्रेमीसँग रासलीला गरेकी हुन् ।


पत्नीको चर्तिकला स्वयं पति जिगर व्यासले देखेपछि दुबैलाई गोली प्रहार गरेका थिए ।
भारतीय सेनाका जवानसमेत रहेका जिगरले आफ्नी पत्नी र उनका प्रेमी रणजितलाई आपत्तिजनक अवस्थामा देखेका थिए ।
त्यस्तो अवस्थामा देख्ने वित्तिकै जिगरले साथमा रहेको सेनाको रिभल्वरले दुबैलाई गोली हानेको गुजरात प्रहरीले जनाएको छ ।
गोली लागेपछि प्रेमी रणजितको तत्काल मृत्यु भएको थियो ।
तर गोली लागेर घाइते पत्नी चेतनाको भने मृत्यु नभएको समाचारमा जनाइएको छ ।
प्रहरीका अनुसार जिगर व्यास आफ्नो घर पुगेर ढोका ढकढकाएका थिए ।
तर लामो समयसम्म ढोका नखुलेपछि संकालागेर व्यासले ढोका फोडेर भित्र पस्दा पत्नीलाई परपुरुषसँग नाङ्गै सुतेको पाएका थिए ।
ढोका फोडेर भित्र पसेका व्यासले आफ्नी पत्नी चेतनालाई रणजीत नामक युवकसँग आपत्तिजनक अवस्थामा पाएका थिए । रणजित व्यासका साथी पनि हुन् ।
घटना लगत्तै गोली लागेर गम्भीर घाइते चेतना प्रहरी थानामा पुगेर उजुरी दिएकी थिइन् । यस विषयमा प्रहरीले अनुसन्धान internetkhabar-site.blogspot
काठमाडौँ । लामो जेलजीवनपछि पूर्वयुवराज पारस शाह नेपाल आएका छन् । नेपाल आउनुअघि उनले दरबार हत्याकाण्डबारे नयाँ खुलासा गरेको भन्ने समाचारले अहिले चर्चा पाउदैछ । थाईल्याण्डको लुङ्खाई सुधार गृहबाट मुक्त गरिएका पूर्वयुवराज शाहबाट दरबार हत्याकाण्ड विदेशी शक्ति केन्द्र र केही नेपाली नेताहरुको सहयोगमा घटाइएको समाचारमा उल्लेख छ ।

घुमाएर ‘रअ’तिर संकेत
समाचारमा उनले नेपाली राजनीतिज्ञ र विदेशी शक्तिको बारेमा स्पष्ट पार्न नचाहेको र घुमाउरो शैलीमा भारतीय गुप्तचर संस्था ‘रअ’तर्फ लक्षित गर्दै उनको परिवार भिक्टिम (शिकार) मात्र भएको जिकिर गरिएको छ ।’ श्रोत भन्छ ‘उनको परिवारलाई आरोप लगाउनेलाई पाप लाग्छ ।’ दरबार हत्याकाण्डबारे उनको परिवारलाई लगाइने आरोपबारे उनले दुःख व्यक्त गरेका छन् ।

हिमानीले भेटेकी थिइन् पारसलाई
केही समयअघि थाइल्याण्ड गएकी हिमानी शाहले पारसलाई भेटेको बारेमा विभिन्न अड्कलबाजीहरु गरिए । तर लुङ्खाईमा महिलालाई बुधबार मात्र भेट्न दिइने भएकोले हिमानीले बुधबार नै समय मिलाएर पारसलाई भेटेको समाचारमा दावी गरिएको छ । चाङमाईबाट लुङ्घाईसम्म हिमानीलाई पुर्‍याउन सहयोग गरेका उनका सहयोगी हरुले भने, ‘नेपाली मिडियाहरु हचुवाको भरमा समाचार बनाउँछन् ।’
मन परेको छैन पूर्वराजाको कार्यशैली
पूर्वयुवराज पारसले थाइल्याण्डमा आफ्ना निकटस्थसँगको भेटघाटमा आफूले परिवारको सहयोग नपाएको गुनासो गर्ने गरेका छन् । परिवारले सहयोग गरेको भए आफ्नो यो अवस्था नहुने उनको दुःखेसो रहने गरेको छ । उनले खुलेरै भन्ने गरेका छन्, ‘बुवा महाराजको कार्यशैलीले नै हामीलाई यहाँसम्म ल्याइपुर्‍यायो।’
सम्बन्ध छैन थाई प्रेमिकासँग

थाई प्रेमिकासँग सम्बन्ध बाक्लिएपछि हिमानीसँग सम्बन्ध पातलिएको विगत अब विगत मात्रै बनेको छ । अहिले आफ्नो थाई प्रेमिकासँग कुनै सम्बन्ध नरहेको पारस स्वयमले स्वीकार्ने गरेका छन् । यद्यपि आक्कलझुक्कल उनी आफ्नी पूर्व प्रेमिकालाई भेट्न जाने गरेको उनका निकटस्थहरु दावी गर्दछन् ।
फेरिएका छन् सहयोगीहरु
थाइल्याण्डमा व्यावसाय गरिरहेका सुनिल खड्का र सुमन अधिकारीले विगतमा सक्दो सहयोग गरेका थिए पारसलाई । रकम जुटाउनेदेखि खबर आदानप्रदान गर्ने कामसम्म उनीहरुले गरेका थिए । उनका निकटस्थहरुले भन्छन्, ‘तर अहिले उनीहरुको सहयोग पातलिएको छ । यो स्वभाविक पनि हो ।’ स्रोत भन्छ,, ‘अहिले थाइल्याण्ड सिंगापुरबाट कोरिया र जापानसम्म गार्मेन्टका सामान सप्लाई गर्ने एकजना पूर्वी नेपालका घले दाइले पारसलाई राम्रो सहयोग गरिरहेका छन् ।’
साझा पोस्ट लगायत केहि अनलाइनहरुले विभिन्न श्रोतको हवाला दिदै अगाडी लेख्छन उनि  युवासँग मिलेर देश बनाउने सपना पारसले सुधारगृहभित्रैबाट आफ्नो सपना सुनाएक थिए, उनि  नेपाली युवाहरुसँग सहकार्य गरेर अगाडि बढ्न चाहन्छन  ।’ उनले युवाहरुसँग टिम बनाएर राष्ट्रको लागि केही गर्ने योजना बुन्न थालेका छन् । नेपाल फर्कनासाथ यो कामलाई अगाडि बढाइहाल्ने उनको योजना छ ।  ‘देश बनाउन नयाँ पुस्ता अगाडि आउनुपर्छ । देशको उन्नतिको लागि मिलेर अगाडि बढ्दा केही गर्न पक्कै सकिएला भन्ने उनको बिस्वास छ source taja khabar।
आज वि.सं. २०७२ श्रावण १५ गते शुक्रबार तदनुसार ई. सं. २०१५ जुलाई ३१ तारिख
आषाढ शुक्ल पूर्णिमा , उत्तराषाढा नक्षत्र, मकर राशिको चन्द्रमा, प्रीति योग, बालब करण
आजको व्रत/पर्व : गुरु पूर्णिमा, गुरु व्यास पूजा, दक्षिणामूर्ति पूजा, मन्वादि, नेवारी पर्व दिल्ला पुन्हि, खीर खाने दिन,
आजको मूहुर्त : वास्तुमुहूर्त, दैलो राख्ने,
भोलिको व्रत/पर्व : द्विपुष्कर योग दिनको २ बजेर ४८ मिनेटपछि,
भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), वास्तुमुहूर्त, द्रव्यप्रयोग वा लगानी,

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
श्रममूलक काम वा कृषिक्षेत्रका काममा मन जानेछ । प्रयाससाध्य समय छ, संयम भई पूर्ण गर्नुहोला । प्राविधिक कामबाट ढिलो भए पनि सोचेजस्तो सफलता हात पर्नेछ । अध्ययन र चिन्तनमा ध्यान केन्द्रित हुन सक्दैन । नतिजाको पर्खाइमा हुनुहुन्छ भने निराश हुनुपर्छ, तर बन्दव्यापारमा फाइदा नै छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
भाग्यस्थानमा चन्द्रमा रहे पनि धेरै उमङ्ग र उत्साह देखाउनु राम्रो हुँदैन । सामाजिक र आध्यात्मिक गतिविधिमा संलग्न हुनसके शान्तिको अनुभूति हुनेछ । छरछिमेकी र आफन्तका बीचमा सानोतिनो वैरभावको योग छ । पेसाव्यवसाय र रोजगारीका मार्गमा अवरोध हुनेछ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ । अनाहकमा अरुले गरेका गल्तीको सजाय आफूले भोग्नु पर्ने अवस्था आउन सक्छ । अनावश्यक यात्रा हुनेछ । आन्तरिक समस्या वा मानसिक खिन्नताले सताउन सक्छ । भनेको कुराले विपरीत अर्थ दिनसक्छ । साथीभाइ टाढिन सक्छन् । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सोचेजस्तै सफलता प्राप्त गर्न निक्कै खट्नु पर्नेछ । बन्दव्यापारमा समय नदिनाले लाभ प्राप्त हुन सक्दैन । दाम्पत्य जीवनमा चिसोपन बढ्नसक्छ । फकाउने र फुस्ल्याउने काममा समय खर्च हुनसक्छ । आज पार्टनरसीपमा कुनै काम गर्ने योजना बनाउनु भएको छ भने त्यसलाई स्थगित गर्नु होला । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
प्रतिस्पर्धीहरूले औंला ठड्याउने अवसर पाउने छन् । अनपेक्षित वादविवाद पनि हुनसक्छ, संयमता अपनाउनु बेस हुनेछ । भोगविलासमा आकर्षण बढ्न सक्छ, तर मनले चाहेजस्तो परिणाम प्राप्त गर्न गाह्रो छ । मनोरञ्जनात्मक क्षेत्रमा समय र धन खर्च हुनसक्छ । बन्दव्यापारमा चुनौतीको सामना गर्नुपर्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
अध्ययन, अध्यापन र लेखनकार्यमा उच्च सफलता प्राप्त हुनेछ । व्यावहारिक र प्राविधिक काममा विशेष सफलता प्राप्त हुनेछ । बौद्धिक क्रियाकलापप्रति झुकाव बढ्ने छ । भाइबहिनी र छोराछोरीले सहयोग गर्नेछन् । पठनपाठन र बौद्धिक गतिविधिका कारण मानसम्मान र प्रतिष्ठामा बढोत्तरी हुनेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । शरीरमा आलस्य जाग्नेछ । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनसक्छ । तपाईंले चिताएको काममा अप्ठ्यारा र चुनौतीको सामना गर्नुपर्छ । विपरीतलिङ्गी साथीबाट मानसम्मानमा आघात पुग्न सक्छ । मन पापमतिमा आकर्षित हुन बेर लगाउँदैन, संयम हुनुहोला । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
समाजमा कुरा काट्नेको सङ्ख्या बढे पनि दाजुभाइ र सँगीसाथीले राम्रो सहयोग गर्नेछन् । धार्मिक र सामाजिक काममा समय र धन लगानी गर्ने समय आएको छ । झैझगडा र मुद्दामामिलाबाट टाढिनु नै जाति हुन्छ । आकस्मिक रूपमा कुनै वस्तुको खरिद गर्दा अनायासै आर्थिक तनाव बढ्न सक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । साझेदार वा सहयोगीको सङ्गतले फाइदा हुने काम गरिने छ । व्यस्त दिनचर्या कायम हुनेछ । दूरदराजमा रहेको स्थान अथवा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । पुराना साथीभाइसित भेटघाट र रामरमाइलो गरिने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आफन्त, मित्र र सहयोगीको साथ नदिए पनि मन उत्सुक र आशावादी बन्नेछ । महत्वाकाङ्क्षा र इच्छा जाग्नेछन्, तर इच्छा पूर्ण हुन सक्दैनन् । झिनामसिना र बेकामे वस्तुको किनमेलमा धनखर्च हुनेछ । नरमाइलो दिक्कलाग्दो यात्राको सम्भावना छ । कताकता कुनै कुराको कमी भएको महसुस हुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
अहिलेको समय तपाईंको पक्षमा छैन । सुखी र विलासितापूर्ण जीवन व्यतीत गर्न मन लालायित हुनेछ । भोगविलास र शृङ्गारिक सामाग्री खरिद गर्न धन खर्च हुनेछ । मातापिता र अभिभावक वर्गसँगको सम्बन्धमा तिक्तता आउन सक्छ । घुमघाम र मनोरञ्जनका क्रममा निराशा भोग्नु पर्छ । यात्राको योग छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ । विगतका कमीकमजोरीलाई बेवास्ता गर्दै मन प्रसन्न बनाएर काम गर्नुहोला, सफलता तपाईंको मुट्ठीमा छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । आम्दानीमा कमी आउने छैन । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मध्यम बर्गका जोडीले राख्छन् बढी यौन सम्बन्ध  जीवन मन्त्र
एजेन्सी ।
हालै गरिएको एक अध्यनले अनौठो तथ्य बाहिर ल्याएको छ । समाजमा सबै भन्दा बढी यौन सम्पर्क मध्यम वर्गका मानिसले गर्ने यो अध्यनले देखाएको हो । बेलायतको क्याम्ब्रिज विश्वविद्यालयका डेडिड स्पाइगेहाल्टरले प्रकाशित गरेको पुस्तकामा यो सनसनीपूर्ण दावी गरिएको छ ।

‘सेक्स बाइ नम्बर्स’ भन्ने पुस्तकमा बेलायतमा गरिएको अध्यन सार्वजनिक गरेका हुन् । समग्रमा मानिसहरुले सेक्स कम गर्न थालेको समेत यो अध्यनको दावी छ ।

 मानिसहरु अश्लिल सामग्रीको उपलब्धता र खुला बन्दै गएको समाजका कारण पनि सेक्सप्रति मानिसको आकर्षण पहिले जस्तो नरहेको यो पुस्तको दावी छ ।
मध्यम वर्गका जोडीहरुले सबै भन्दा नियमित सेक्स गर्ने दावी गरेको पुस्तकमा धेरै उच्च घराना र निम्न वर्षमा सेक्सको आकर्षण कम हुने समेत भनिएको छ ।

अधिकाँश पुरुषले आफूले कम्तिमा १४ जना महिलासँग यौन सम्बन्ध राखेको स्वीकार गर्ने यो पुस्तकमा उल्लेख छ भने महिलाहरुले त्यस भन्दा पनि बढीसँग सम्पर्क राख्ने उल्लेख छ ।

पुरुषले परस्त्रीसँगको सम्बन्ध साथीभाइलाई समेत भन्ने तर महिलाले भएका सम्बन्ध र क्रियाकलापबारे समेत झुटो बोल्ने दावी पनि उनले पुस्तकमा गरेका छन् ।
जसरी स्वास्थ्य उपचारका लागि सुविधाहरु बढिरहेका छन् । त्यसरी नै नयाँ नयाँ रोगहरु पनि बढ्दै गएका छन् । हृदयघात पछिल्लो समयमा धेरै मानिसलाई हुने रोग बनेको छ । जीवन शैली बदलिएका कारण हाम्रा आहार विहारको परिणाम धेरै मानिस मुटुका रोगी भएका छन् ।

कतिपय मानिसलाई लाग्छ यो केवल बुढेसकालमा मात्र लाग्ने रोग हो । तर यस्तो होइन । एकदम जवान र फिट फाट देखिने मानिस पनि यसको शिकार हुन सक्छ । पछिल्लो तथ्याङ्कले हृदयघातको समयमा युवाहरुमा बढेको देखिन्छ

कस्ता बानी हुनेलाई यस्तो खतरा ?

लक्षणलाई वेवास्ता गर्ने
युवाहरुलाई रोग लाग्ने चिन्ता हुँदैन । उनीहरुले सामान्य समस्या देखिँदा हेलचेक्र्याइँ गर्छन् । उनीहरुले हृदयघातका लक्षण समेत बेवास्ता गर्ने गरेको तथ्याङ्कले जनाएको छ ।
छातीमा पीडा हुने । घाँटी दुख्ने । कम्मर दुख्ने जस्ता समस्यालाई युवाहरुले गम्भिरतापूर्व लिँदैनन् । यसकै कारण गम्भिर रोग र परिणामको शिकार बन्ने गरेको तथ्याङ्कले देखाएको छ । यस्ता लक्षण देखिनासाथ चिकित्सकको सल्लाह लिनु राम्रो हुन्छ ।

जंक फूड मुख्य कारक

पछिल्लो समयमा मुटुको बढी समस्या देखिनुको मुख्य कारण जंकफुडलाई मानिएको छ । वर्गर, पिज्जा, कोल्ड ड्रिङ्क्स जस्ता बाहिरी खाना खानेहरुलाई यस्तो समस्या बढी हुने देखिएको छ ।

यस्ता खानामा नून र क्यालोरी बढी हुन्छ । यसले मुटुलाई समस्यामा पारिदिन्छ । यति मात्र होइन यसकै कारण मोटोपन पनि बढ्न सक्छ ।

सिगरेट विष बराबर

पछिल्लो पुस्तामा चुरोट खाने चलन फेसन जस्तै छ । तर मुटुका लागि चुरोट विष समान मानिन्छ । चुरोट खाने बानी छ भने आजै देखि छोड्नुस् । कम उमेरमा गरेको चुरोट सेवन मुटुको लागि निक्कै घातक मानिएको छ

के गर्ने ?

हृदयघातको खतरा कम गर्नका लागि विभिन्न कुरामा ध्यान दिनु पर्छ । निम्न कुरामा ध्यान दिएमा हृदयघातको खतराबाट बँच्न सकिन्छ ।

१ धुम्रपान नगर्नुस् ।
२ शारीरिक वजनलाई ठिक्क कायम गर्नुस् ।
३ नियमित ब्यायाम गर्नुस् ।
४ शारीरिक परीश्रमका कामबाट नपन्छिनुस् ।
५ दिनमा १ घण्टा भन्दा बढी टिभी नहेरेको राम्रो हुन्छ ।
६ पौष्टिक आहारमा ध्यान दिनुस् ।
२ वर्ष अघि वेपत्ता भएको मलेसियन एयरलाइन्सको विमान समुन्द्रमा भेटिएको दावी अधिकारीहरुले गरेका छन् । हिन्द महासागरको रियुनियन टापुमा फेला परेको अवशेष सोही जहाजको भएको उनीहरुले बताएका छन् । जहाज हराएको १७ महिनापछि समुन्द्रमा यस्तो अवशेष फेला परेपछि यस विषयमा छानविन थालिएको छ ।

विमान भेटिएको टापु फ्रान्सेली नियन्त्रणमा छ । २ सय ३९ जना यात्रु र चालकदल सहितको जहाज सन् २०१३को मार्च महिनामा हराएको थियो । विमान नभेटिएपछि यस विषयमा अनेक टिप्पणी भएका थिए । एकथरी अनुसन्धानकर्ताले यो विमानलाई अमेरिकी सेनाले गोली हानेर खसालेको पनि भनेका थिए ।
एजेन्सी, १४ साउन–मुम्बइमा भएको शृंखलावद्ध बम बिस्फोटका आरोपी याकुब मेमनको दिइएको फाँसी भारतको इतिहासमै सबैभनदा महँगो फाँसी भएको छ ।
नागपुरको केनद्रीय कारगारमा याकुबलाई फाँसी दिइउको थियो । उनको फाँसीका लागि २३ लाख खर्च गरिउको बताइएको छ । यो भारतको इतिहासमा सबैभन्दा बढी खर्च गरेर दिइउको पहिलो फाँसी बन्न पुगेको छ । उनको फाँसीका लगा बनाइएको एक मुकुण्डो र झुणउने सेटका लागि नै २३ लाख खर्च गरिएको हो ।
घटनका जानकारका अनुसार महाराष्ट्र सरकारले नागपुरको केनद्रयि कारगारलाई यसका लागि २३ लाख रुपैयाँ दिउको थियो । यसबाट फाँसीका लागि बलियो झुण्डाउने सेट तयार पारीएको थियो । उनलाई झुण्डाउनका लागि यस्तो सेट तयार पारिएको थियो जसलाई छिनालन कसैको तागते पनि भ्याउने थिएन ।
१९७० मा पूर्णको एरवडा जेलबाट अन्तर्राष्ट्रिय लागुऔषधको तस्कर हेली वानकाट हेलिकोप्टर मगाएर भाग्ने तयारी गरेका थिए । सरकारले कोही पनि कैदीले यस्तो गर्न नपाउन भनेर कडा निर्देशन दिएको थियो । यसै कारण याकुबको फाँसीको लागि महँगो सेट तयार पारिएको बताइएको छ ।


भिडियो हेर्न तलको बाकस थिच्नुहोस
मेरठको काशीराम नगरस्थित आफ्नो घरमा बसिरहेका पवन जल्लादले फाँसी दिने बेला आफ्नो दिमागमा के कुरा चल्छ भन्ने बारे बीबीसीसँग साझा गरेका छन् । उनी भन्छन्, ‘जब फाँसीको तयारी गर्नुपर्ने हुन्छ तब मानसिक तनाव यति धेरै हुन्छ कि सबैकुरा छिटो छिटो सिद्धाएर चाँडै नै तनावमुक्त हुन पाइयोस् भन्ने सोचिन्छ ।’
मानसिक दबाब त्यतिबेला सुरु हुन्छ जब जेल प्रशासनले जल्लादलाई कसैको फाँसीका लाग सम्पर्क गर्दछन् ।
पवन जल्लादलाई निठारी काण्डका दोषी सुरेन्द्र कोलीको फाँसीको लागि सम्पर्क गरिएको थियो । यद्यपी अदालतले पछि उनको फाँसीमा रोक लगाएको थियो । जेल प्रशासनले सम्पर्क गरेलगत्तै उनको दिनचर्यामा धेरै परिवर्तन आएको उनले बताए ।
पूर्वाभ्यासः
जल्लादले फाँसीको सम्पूर्ण कामको जिम्मा लिनुपर्ने हुन्छ । फाँसी दिइने डोरीको जाँचदेखि डोरी बाट्नेसम्मको सबै कामको पूर्वाभ्यास गर्नुपर्छ । उनीहरुले फाँसीको दिनमा सिधै गएर झुण्डाउने काम गर्न सक्दैनन् ।
पवनले फाँसीमा झुण्ड्याइने व्यक्तिको तौलको आधारमा सबै तयारी गरिने बताएका छन् । उनले भने, ‘यदि झुण्डाइने व्यक्तिको तौल ७० किलो छ भने त्यति नै तौलको बालुवाले भरिएको बोरालाई झुण्डाएर अभ्यास गनुपर्ने हुन्छ ।’
कसैको जीवन समाप्त गर्नुको मानसिक र मनोवैज्ञानिक दबाब जल्लादका साथै जेलका अरु व्यक्तिलाई पनि हुने गर्दछ र उक्त तनाव प्रशासन, कैदी सबैलाई महसुस हुने गर्दछ । पवन भन्छन्, ‘सबैभन्दा तनाव जल्लादलाई नै हुने गर्दछ ।’
जेल प्रशासनको लिभरदेखि डोरी झुण्डाउने ठाउँसम्मको मर्मत गर्नुपर्ने पवन बताउँछन् । ‘यी सबैको प्रयोग फाँसी दिने बेला हुने भएका कारण सबैले ठिकठाक रुपमा काम गर्न अत्यावश्यक छ,’ उनी भन्छन् ।
परिवारको पेटः
पवनले हजुरबुवासँग मिलेर पाँचजना अपराधीहरुलाई फाँसी दिएको दाबी गरेका छन् । आठ कक्षा पास गरेका पवनको जल्लादको जागिर उनको पक्की जागिर होइन । उनी जेल प्रशासनसँग मात्र एक अनुबन्धमा छन् जसका कारण उनले महिनामा तीन हजार भारतीय रुपैयाँ तलब स्वरुप पाउँछन् ।
बाँकी अरु दिन उनी कपडा बेचेर आफ्नो परिवारको पेट पाल्ने गर्दछन् । उनले आफ्ना बच्चाहरुलाई निकै पढाउने सोचेका छन् । उनको एक छोरा दिल्लीमा ग्रयाजुएसनको पढाइ गरिरहेका छन् ।
निन्द्रा लाग्दैनः
उनले आफ्नो छोरालाई अहिलेसम्म पनि जल्लादको प्रशिक्षण नदिएको बताएका छन् जबकी यो उनीहरुके पुख्र्यौली पेशा हो ।
उनको छोराले याकूबलाई फाँसी दिने बेला आफ्नो बुवासँग जाने इच्छा पनि देखाएका थिए तर यसले उनको दिमागमा खराब असर पार्ने भन्दै उनलाई आफूसँग आउन दिएनन् ।
‘दिमागमा असर त पर्छ नै । म चाहन्न कि उसको पढाईमा यसले असर गरोस् । कसैलाई मरिरहेको देख्दाको असर मन मस्तिष्मा सधैं रहने गर्दछ । के तपाईं कोही मरिरहेको देख्न सक्नुहुन्छ ?’ उनले प्रतिप्रश्न गरे ।
‘मेरो कुरा त अर्कै छ । मैले यसको प्रशिक्षण आफ्नो बुवा र हजुरबुवासँग लिएको हुँ । तर यसले मेरो दिमागलाई पनि असर पुर्याउने गर्दछ । कसैलाई मृत्युदण्ड दिएको दिन मलाई खाना खान मनलाग्दैन । मलाई निन्द्रा पनि लाग्दैन, ’ उनले आफ्नो अनुभव सुनाए ।
साभारः बीबीसी

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
मलेसिया : दोलखाको चरिकोटका चक्रबहादुर खत्रीको डेङ्गुको उपचारका क्रममा मलेसियाको जोहोरस्थित अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको हो ।

भत्तजपुर घर भएका उनका साथी समिर काङ्बाङका अनुसार केही दिनअघिबाट संक्रमित भएपछि खत्री उपचारका लागि अस्पताल भर्ना भएका थिए । जोहरबारुको दङगाबेस्थित स्पेन्डिड टाक्टिक सेक्युरिटी कम्पनीमा कार्यरत उनी रोजगारीका सिलसिलामा ६ महिना अघि मलेसिया आएका थिए ।

लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुबाट मलेसियमा रहेका नेपाली पनि संक्रमित हुँदै आएका छ्न । खुल्ला ठाउमा काम गर्ने श्रमिक बढी पीडित हुने गरेका चिकित्सकहरु जानकारी दिएका छन् ।

अत्याधिक ज्वारो आउने, खाना नरुच्ने र जिउ दुख्ने डेङ्गुका लक्षण रहेका चिकित्सकहरुको भनाइ छ । सुरुवातमै उपचार गरे निको हुने भए पनि हेलच्याक्राइँका कारण ज्यान जाने चिकित्सकहरु बताउँछ्न । मृतकको शब पोष्टमार्टमका लागि हस्पिटलमा राखिएको छ ।www.annapurnapost.com
महिलाहरु विभिन्न तरिकाले चरम सन्तुष्टि (अर्गाज्म) लिन सक्षम हुन्छन् । सबैमध्ये भंगाकुरको अर्गाज्म सबैभन्दा शक्तिशाली हुन्छ र महिलाले यसैबाट बढी सन्तुष्टि अनुभव गर्छन् । त्यसपछि अर्को हो, भ्यागिनल (योनि) को अर्गाज्म । तेस्रोमा जब महिलाको योनि र भंगाकुरले एकसाथ सन्तुष्टिको अनुभव दिन्छन्, त्यसलाई ब्लेन्डेड अर्गाज्म भनिन्छ । यस्तै, चुम्बन, निप्पल र खुट्टामाथि दबाब दिदा पनि महिलाहरू अर्गाज्म महसुस गर्छन् ।

महिलाहरु पनि पुरुषजस्तै स्खलित हुन्छन् र त्यो पुरुषको वीर्य बन्ने रसायनबाटै बनेको हुन्छ ।
महिलामा अर्गाज्म महसुस गराउने योनिभित्र रहेको स्थानको नाम ‘जी–स्पट’ डा. अर्नेष्ट ग्राफेनवर्गको नाममा राखिएको हो । उनले महिलाको योनिभित्र उत्तेजना दिने स्थान हुन्छ भन्ने पत्ता लगाएका थिए ।  त्यसैले एकपटक महिला स्खलित हुँदा एक चम्चाजति स्त्रीरस स्खलन हुन्छ ।

यस्ता छन अनौठा कुरा
१. कुनै देशमा नवविवाहिता दुलहीले पहिलोपटकको सम्भोगअघि कुखुराको चल्लाको रगतले  भरिएको सानो ब्याग योनिमा राख्छन् । केही देशमा भने भेडाको जमेको रगत योनिमा राख्ने चलन छ ।

२. धेरै अनुसन्धानकर्ताहरू छाला सबैभन्दा ठुलो सेक्स अंग र दिमाग सबैभन्दा शक्तिशाली ठान्छन् ।

३. किन्स्ले इन्सिच्युटका अनुसार वीर्य स्खलन हुँदाको गति २८ माइल प्रतिघण्टा हुन्छ ।

४. महिलाको चरम आनन्द (अर्गाज्म) को रेकर्ड एक घण्टामा १ सय ३४ पटकको छ ।

५. १० देखि १२ प्रतिशत महिलाले कहिल्यै चरम आनन्दको अनुभव गरेका हुँदैंनन् । सेक्स सिम्बोलको रुपमा अन्तर्राष्ट्रिय रूपमै लोकप्रिय अभिनेतृ मार्लिन मूनरोले कहिल्यै अर्गाज्मको अनुभव नगरेको बताइन्छ ।

६.योनिमा रक्तसन्चार बढी हुने भएकाले रजस्वला भएको समयमा महिलाले बढी अर्गाज्म अनुभव गर्छन् ।

७. नियमित सेक्सले मानिसमा रोगप्रतिरोधि क्षमताको विकास हुन्छ भने क्यालोरी खर्च हुने, महिलामा मासिक धर्म नियमित हुने र शारीरिक पीडामा प्राकृतिक औषधिको काम गर्छ ।

८. आफ्नो यौनांगप्रति सकारात्मक सोच राख्ने महिला सेक्समा सन्तुष्ट नै हुन्छन् ।

९. ठुलो र सानो स्तनबीच यौनिक हिसाबले कुनै अन्तर हुँदैंन ।

१०.महिलामा अर्गाज्म महसुस गराउने योनिभित्र रहेको स्थानको नाम ‘जी–स्पट’ डा. अर्नेष्ट ग्राफेनवर्गको नाममा राखिएको हो । उनले महिलाको योनिभित्र उत्तेजना दिने स्थान हुन्छ भन्ने पत्ता लगाएका थिए ।

११.एक पुरुषले आफ्नो जीवनभर ०.५० खर्ब वीर्य स्खलन गर्न सक्छन् ।

१२एक स्वस्थ पुरुषले जीवनभर १४ ग्यालेन वीर्य स्खलन गर्न सक्छ ।

१३ .३ करोड वर्षअघि ‘फुलिसिया डोरोथिया’ नामको जनावरले पहिलोपटक सेक्स गरेको भनेर धेरै वैज्ञानिकहरू विश्वास गर्छन् ।

१४. पोल्याण्डका समाजशास्त्री ब्रोनिस्ल मालिनोस्कीका अनुसार दक्षिण प्रशान्तका आदिवासीहरुले सेक्स गर्दाको पोजिसनको नाम ‘मिसनरी पोजिसन’ राखेका थिए । त्यहाँ भर्खर पुगेका क्रिश्चियन मिसनरीहरु आदिवासीहरू थुप्रै पोजिसनमा सेक्स गर्छन् भन्ने सुनेर छक्कै परेका थिए ।

१५. आफ्नी श्रीमतीलाई घरेलुकाममा सघाउने पुरुषहरु बढी सेक्स चाहन्छन्् ।

१६. पुरुषको लिंग र महिलाको योनिको वरिपरीको मांसपेशीलाई ‘प्युबोकोसाइजिल मसल’ भनिन्छ । यो मांशपेशीको नियमित अभ्यासले महिला तथा पुरुषमा अर्गाज्म दिन्छ ।

१७.कण्डम उत्पादक कम्पनी ड्युरेक्सले सन् २००७÷२००८ मा गरेको अनुसन्धानअनुसार सबैभन्दा धेरै सेक्स गर्नेमा ग्रिसका मानिस पर्छन् । उनीहरुले वर्षमा १६५ पटक सेक्स गर्छन् । त्यसपछि ब्राजिलका मानिसले १४५ पटक गर्छन् । विश्वभरका मानिसले वर्षमा सरदर १०३ पटक सेक्स गर्छन् ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home