• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौं : बुधबार पनि भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार मध्यान्ह १२.०३  बजे दोलखालाई केन्द्र बनाएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको छ।

वैशाख १२ को विनाशकारी भूकम्पको परकम्पको रुपमा यो भूकम्प गएको छ। यसअघि मंगलबार राति १०.५२ बजे हावाहुरी चलिरहेकै बेला ५ रेक्टरको भूकम्प गएको थियो ।

मंगलबार पाँचपटक र सोमबार तीनपटक भूकम्प गएको छ ।वैशाख १२ गतेको विनाशकारी भूकम्पछि हरेक दिनजसो भूकम्पको धक्का महसुस भएको छ।

चार म्याग्निच्यूडभन्दा तलका परकम्प तथा भूकम्पको रेकर्ड केन्द्रले सार्वजनिक गर्ने गरेको छैन। एक महिनाको अवधिमा चार म्याग्निच्यूडसम्मका २ सय ६५ परकम्प आएका छन्।एक महिनामा आएका अधिकांश भूकम्पले गोरखा, दोलखा, सिन्धुपाल्चोक,रसुवा र आसपासको क्षेत्रलाई केन्द्र बनाएका छन्।
annapurnapost.com
तपाईं हरेक दिन स्वस्थ खाना खानका लागि निकै ध्यान दिनुहुन्छ तर त्यही खानेकुरामा गरिएको सानो गल्तीका कारण तपाईंले चाहे अनुरुपको प्रतिफल पाइराख्न नसक्नु भएको हुनसक्छ ।



जसले गर्दा तौलमा कमी आउने वा तौल व्यवस्थापन गर्न गाह्रो र समयमा सोचे अनुसारको परिणाम नआउन सक्छ ।कहिलेकाहीँ हानिकारक नहुने वा नदेखिने खानाले पनि तपाईंको तौल व्यवस्थापनलाई निकै असर गरिराखेको हुन्छ । जसबारे हामी धेरै अनभिज्ञ हुन्छौं । यी खानाहरु हामीले हरेक दिन खायौं भने यसले हाम्रो तौल व्यवस्थापनमा निकै असर पु¥याउन सक्छ ।
१) दुधः
हुनतः दुध एक स्वस्थवर्धक पेय हो तर यसले पनि तौल व्यवस्थापनमा असर गरिराखेको हुन्छ । यदी तपाईं सुत्न अघि, खाना वा खाजामा हरेक दिन दुध खानुहुन्छ भने यसलाई एक महिनाको लागि रोक्नुहोस् । यसले तपाईंलाई तौल घटाउन र अनुहारमा भएका डण्डीफोर हटाउन मद्दत गर्छ ।
२) खानापछि गुलियो खानेकुराः
धेरै मानिसहरुलाई खानापछि केही गुलियो खानेकुरा खाने बानी हुन्छ । यो अनावश्यक हो । यदी तपाईं हरेक दिन खानापछि पनि गुलियो खानुहुन्छ भने यसलाई तुरुन्तै रोक्नुहोस् । हप्ताको एक दिन आफूलाई उपहार दिए जसरी खानुभयो भने चाँही यसले त्यति असर गर्दैन ।
३) साँझ भारी खाजाः
दिउँसो र रातीको खानाको बीचको समयमा तपाईंलाई कतिको भोक लाग्छ ? हामी मध्ये प्रायः धेरैलाई दिउँसो खाजा मज्जाले खाने बानी छ । समोसा, मोःमोः जस्ता खाजा त हाम्रो प्रिय नै भयो । यसले तपाईंको तौल घटाउन कुनै मद्दत गर्दैन । यसको साटो उच्च प्रोटिन भएका खानेकुरा जस्तै बदामहरु बोक्नुपर्छ जसले गर्दा तपाईं भोकले गर्दा बेहोस् नहुनुहोस् ।
४) आलुः
आलुमा बासो नभए पनि हावार्ड विश्वविद्यालय हालै गरिएको एक अध्ययनले आलुले कालान्तरमा मानिसको तौल बृद्धि गर्ने देखाएको छ । तपाईं घरमा आलु हालेर स्वस्थ तरकारी खानुहुन्छ होला । त्यसमा आलु थपेर अझ स्वादिलो बनाउनुहुन्छ होला । यसले तौल घटाउनेभन्दा तौललाई अझ बढाउने छ ।
५) स्वस्थ स्न्याक:
बजार स्वस्थ स्न्याक भनेर विभिन्न खानेकुरा पाइन्छ । विज्ञापनमा पनि यिनीहरु असली खाना जतिकै पोषिलो हुने बताइन्छ । तर यस्ता प्रशोधित खानाहरुले पनि तपाईंको तौल वृद्धि गरिरहेको हुन्छ । ख्याल राख्नुहोस् । स्रोतः रातोपाटी डटकम भिडियो हेर्न तलको बाकस थिच्नुहोस
१९९० साल माघ २ गते महाभूकम्प जानुअघि एक ज्योतिषी चिन्तामणि योगीले भनेछन्, 'माघ २ गते बिहान पाँच बजेदेखि साँझ पाँच बजेसम्म महाविपत्ति आउँदैछ, सावधान !'

उनी समाजमा स्थापित र प्रतिष्ठित मानिएकाले उनको भनाइ एक कान दुई कान मैदान हुने नै भयो। त्यतिखेर देशका राजा श्री ५ त्रिभुवन र प्रधानमन्त्री श्री ३ जुद्धशमशेर थिए।

राजकाज श्री ३ का हुकुममा चल्थ्यो। चिन्तामणि योगी (शब्दसागर कोषका लेखक वसन्तकुमार शम्र्मा नेपालअनुसार) लाई समाजमा आतंक फैलाएको आरोपमा सरकारले समातेर थुन्दै भन्यो, 'त्यो दिन प्रलय भएन भने तँलाई सीधै सुली चढाइनेछ !'

यो कुराको पनि अत्यन्त प्रचार भयो। थुनामा परेका चिन्तामणिले माघ १ गते नै आत्महत्या गरे। माघ २ गते दिउँसो २.१० मा महाभूकम्प गयो। त्यो महाभूकम्पबाट कति क्षति भयो भन्नेबारेमा ब्रह्मशमशेरको पुस्तकमा वर्णन छ।

यो जानकारी गुरु वसन्तकुमारबाट पाइएको हो। उहाँसँग सोध्न गएको थिएँ, 'गुरु , भुइँचालोको बारेमा पूर्वीय ज्ञान, ध्यान र अध्ययन छैन?' उहाँले भन्नुभयो, 'पूर्वीय अध्ययन पद्धतिमा खगोलशास्त्र, ज्योतिषशास्त्र छ नि ! तर पश्चिमका हरेक कुरामा हामी परनिर्भर भएकाले यतातिर खासै मान्छेको ध्यान जाँदैन। तिमी पत्रकारहरूले त झन् यिनका कुरा के सुन्छौ र?'

खगोलशास्त्र जसलाई अंग्रेजीमा एस्ट्रोनोमी र ज्योतिषशास्त्रलाई एस्ट्रोलोजी भनिन्छ। यी दुवैको सुरुआत र विकास हाम्रै महाद्वीपमा भएको हो। ग्रिकहरूले यहींबाट सिकेका हुन्।

यो गणित र ग्रह-नक्षत्रको गतिविधि र प्रभावको गहन अध्ययन हो। पश्चिमाहरूको यस क्षेत्रको ज्ञानको आधार पनि हाम्रै पुर्खाको ज्ञान हो। त्यसैले कहिले ग्रहण लाग्छ र त्यसको प्रभाव के पर्छदेखि अंकमा शून्यको योगदान पनि यही क्षेत्रका विद्वान्ले गरेका हुन्, पश्चिमकाले होइन।

९० वर्ष काटिसकेका वसन्त सरको कुराले मथिंगल रिंगायो। हाम्रो सभ्यता पनि तगडा रहेछ र विभिन्न विषयका बारेमा अध्ययन पद्धति पनि रहेछ, तर त्यो पश्चिमी र उनीहरूको अध्ययन पद्धतिभन्दा फरक ढंगको रहेछ।

अंग्रेजहरूले जे कुराको खोजी वा समस्याको समाधान जुन तरिकाले खोजेका छन्, त्यसभन्दा हजारौं वर्षअघि नै ती कुराको खोजी तथा समाधान भारतीय उपमहाद्वीपमा भइसकेको पो रहेछ !

पश्चिमाहरूले प्रयोग गरेको पद्धति र औजार हाम्रो प्राचीन पद्धति औजारसँग नमिल्ने भएकाले हामी पश्चिमी जीवन पद्धति अँगालेका आजका पुस्ताका मानिसहरू नै त्यस्तो पद्धतिको विकास भएको, त्यो कुन लिपि र भाषामा रहिरहेका र कसले अँगालिरहेको छ भन्ने खोजीतर्फ समेत वास्ता गर्न छोडेका रहेछौं।

विख्यात भारतीय समाजशास्त्री श्रीनिवासन्को 'वेस्टरनाइजेसन भर्सेस संस्कृताइजेसन' पुस्तक एमए पढ्दा पाठ्यक्रममा रहेको स्मरण भयो। श्रीनिवासन्ले कसरी पूर्वीय जीवनका मूल्य मान्यतालाई विकासका नाउँमा पश्चिमी सभ्यताले गाँजेको मात्र होइन, त्यसलाई पश्चिमी जीवनशैलीमा बदलिरहेको छ भन्ने गहिरो खोजबिन अध्ययन गरेका छन्।

श्रीनिवासन्को चर्चाले आफैंलाई पोलेको घटना पनि सुनाउँछु। केही वर्षअघि पत्रकार भनेर रिपोर्टिङको लागि एउटा कार्यक्रममा निमन्त्रणा आयो। कार्यक्रम थियो, स्वास्थ्य र सरसफाइको।

बिहानै गइयो, खासमा हातमुख धुनुपर्छ र खाना खानुअघि हात यसरी धुनुपर्छ भन्ने सिकाउने अभियानको सुरुआत रहेछ।  त्यसका लागि पर्चा, पोस्टर, स्टिकर र पुस्तिकाको पनि व्यवस्था थियो।

कार्यक्रमपछि खाना खाने मेलो रहेछ। खाना खाएर आफ्नो दैनन्दिनीयमा हिँडियो। साँझ सुत्ने बेलामा दिनभर भएगरिएका कामकुरा स्मरण गर्ने बानी रहेकाले हात धुनेबारे मनमा कुरा खेले। निदाएँ। सपना पनि हात धुने नै देखियो।

एकजना ऋषिजस्ता, तालु खुइलिएका र दारी-कपाल सेतै फुलेका वृद्ध आए। उनी चोरीऔंला ठड्याउँदै भन्न थाले, 'बाबु, म तेरो हजुर बा, पण्डित काशीनाथ उपाध्याय ! तँ न मलाई सम्झन्छस् न चिन्छस् ! किनभने तँ दुई वर्षको नपुग्दै मेरो इहलीला सकियो। तर म तँलाई र तेरा गतिविधि यमलोकबाट हेरिरहेको छु।

आफूले सानैदेखि घर-गाउँको महिमा सुनेका पण्डित हजुर बासँग साक्षात्कार हुन पाउँदा म उद्वेलित बनिरहेको थिएँ। मैले हजुर बालाई ढोग्न खोजें।

उहाँले भो पर्दैन भनेर दुवै हात मेरो थाप्लोमाथि राखिदिँदै भन्नुभयो, 'आज तँ गजबको कार्यक्रममा गएर भात खाएर आइस् हगि? तर तैंले त्यसबारे केही सोचविचार गरिस्?'

मैले भनें, 'हो हजुर बा, के हामी साँच्चै हात पनि धुन नजान्ने, नुहाइधुवाइ, सरसफाइ, चोखोनितो, साझीबासीसमेत गर्ने सभ्यता नभएका मानिस हौं र? तपाईं माथिल्लो डोलको धारोमा सधैं नुहाउन जानु हुन्थ्यो रे !

नुहाइसकेपछि हिजो लगाएका लँगोटी र धोती फेरेर धुनु हुन्थ्यो रे! धोएको लँगोटी र धोती फेरेर अम्खोरामा पानी लिएर पीपलको बोट परिक्रमा गर्दै त्यसमा जल सिँचन गर्नुहुन्थ्यो रे !

त्यसपछि तामाको घल्चामा चोखो जल लिएर घरमा गई शालिग्रामको पूजाअघि तिनलाई पनि नुहाइदिएर पूजाअर्चना गर्नुहुन्थ्यो रे! शालिग्रामको जल तुलसीको मोठमा सेलाउन हुन्थ्यो रे! काग, कुकुरलाई खान दिएपछि मात्र अप्सनी हालेर आफू ढिँडो-भात जे छ खानु हुन्थ्यो रे, हो?'

हजुर बा मुसुक्क हाँसेर भन्न थाल्नुभयो, 'बाबु, म मात्र होइन, मेरा हजुर बा, उहाँको पनि हजुर बा, उहाँको पनि हजुर बाको हजुर बा र उहाँको पनि कुप्रा बा र त्यसभन्दा पनि अघि सयौं पुस्तादेखिको चलन हो यो।

तर तैंले आज हात धोएर खाना खानुपर्छ भन्ने कार्यक्रममा बोलिस् पनि। प्रवचन दिइस्। केहीले ताली पनि बजाए। तँ गमक्क परिस्, मलाई त्यो देख्दा खिन्नता भयो !'

म हजुर बाका कुरा सुनेर हक्क न बक्क भएँ। बूढाले जे भने सही भने। म टोलाएको देखेर हजुर बाले करुण स्वरमा भन्नुभयो, 'मेरा कुराले विचलित नहो बाबु। मैले तँलाई सम्झाउन के मात्र खोजेको हुँ भने, हामी पनि आफ्नो सभ्यता भएका जाति हौं।

हाम्रो पनि धर्म, दर्शन, संस्कृति र मूल्य मान्यता छन्। तिनमा सुधार पनि आवश्यक छ, तर अंग्रेजले आज तँ गएको कार्यक्रमको रिपोर्टमा के लेख्यो, थाहा छ तँलाई?'

उसले लेख्यो, मेरो जबाफै नखोजी उहाँ भन्दै जानुभयो, 'हात धोएर पनि खान नजान्ने, पिछडिएको नेपाली जातिलाई हामीले हात धोएर खानुपर्छ भनेर सिकायौं।

हाम्रो कार्यक्रम सुरु भएपछि अब तीन करोड नेपालीले हात धोएर खानुपर्ने कुरा सिकेका छन्। यसपछि खुला
दिसा गर्दैनौं भन्ने सिक्नेछन्।

 हाम्रो कार्यक्रमले नेपालीलाई सभ्य बन्न सिकाएको कुरा नेपाली समाजका राजनीतिज्ञ, विशेषज्ञ, समाजसेवी, सरकारी कर्मचारी, एनजीओकर्मी र पत्रकारले पनि महत्त्व दिएर यो सभ्यता सिकाउने कार्यक्रम देशभर विस्तार गर्नुपर्छ।

त्यो पत्रकार भनेको तैं होस् बाबु ! मेरो नातिले नै त्यो विदेशी जो आफू आची धुँदैन, पुस्छ, बाट हात धुन सिकेको कुरा सुन्दा मलाई यमलोकमा पनि आत्मग्लानी भयो बाबु !'

हजुर बाका खिन्नताको कुराले मलाई दु:खी बनायो। हात धुने कार्यक्रमको अर्को पाटोबाट म अनभिज्ञ रहेछु। झल्याँस्स भएँ। यताउति हेरें। पानी पिएँ र घडी हेरें, रातको तीन बजेको रहेछ।

त्यसपछि म सुत्न सकिनँ। छेउमा सुतेकी श्रीमतीलाई पनि उठाइनँ। मनमा कुरा खेलिरहे। त्यसपछि नै हो मेरो बुद्धिको घैंटोको बिर्को उघ्रिएको !

जहाँ जाँदा र जे विषयमा लेख्दा वा बोल्दा मैले आफ्नो र अर्काको संस्कृति, परम्परा, रीतिथिति र रैथाने ज्ञानले के भन्छ? त्यसको सन्दर्भबारे बुझ्न थालें। आजको आलेख भुइँचालोको भए पनि त्यसबारे हाम्रो रैथाने ज्ञान र परम्परा, बुद्धिले के भन्छ? त्यसको खोजी मात्र गर्न खोजिएको हो।

०७२ वैशाख १२, १३ र २९ गते गएका ठूला र त्यस उप्रान्त गइरहेका परकम्पबारे हामी सबैलाई थाहा छ। विभिन्न सञ्चारमाध्यमदेखि घरघरमा मात्र होइन, अनेक देशका विद्वान्बीच पनि भूकम्पबारे चर्चा र विश्लेषण चलिरहेछ।

यूएसजीएस ( अमेरिकी भूगर्भ समाज) सबैभन्दा बढी चर्चामा छ। उसले भूकम्प यति नै बेला जान्छ त भन्न सकेको छैन, तर गएपछि यति रेक्टर स्केलको गयो भनेर जनाउ दिइहाल्छ।

उसले के पनि भन्यो भने ठूलो कम्पपछि साना कम्प मात्र आउँछन्। त्यसबाहेक उसले के पनि भन्यो भने तिब्बती र भारतीय प्लेटको घर्षणले भूकम्प गएको हो र यसबाट जति शक्ति गयो त्यसअनुरूप काठमाडौंमा कम्पन भएन। हुनुपथ्र्यो ७०, भयो जम्मा १७ ! त्यसैले नेपालको भूकम्प अनौठो खालको छ।
कर्मकाण्डी ज्योतिषीले भूकम्प जान्छ भन्ने गणना गरेर निकालेको फलले डर-त्रास मच्चियो भने यूएसजीएसले भनेविपरीत पछिल्लो विनाशकारी भुइँचालो आयो, तर कोइराला सरकारले यूएसजीएसलाई पक्राउ गर्न सकेको छैन। ठूलो भुइँचालो आउँछ भन्ने निहत्था ओजराजलाई भने पक्राउ गर्‍यो।
यता नेपालका खगोलशास्त्री भनौं वा ज्योतिषशास्त्री, उनीहरू पूर्वीय विद्याका आधारमा ग्रह, नक्षत्र, पृथ्वी, चन्द्रमाको गति र अवस्थितिको हिसाबमा प्राकृतिक र दैवी विपत्तिको गणना गरिरहेका छन्। फलित र सिद्धान्त ज्योतिषका ग्रन्थका आधारमा व्याख्या-विश्लेषण गरिरहेछन्।

ज्योतिषी ओजराज लोहनीको अन्तर्वार्ता मैले हेर्न पाइनँ, तर डा. रुद्रनाथ अधिकारीसँग इमेज टीभीले १ वैशाख ०७२ मा प्रसारित अन्तर्वार्ता भुइँचालो गइसकेपछि हेर्न पाएँ।

उनले ग्रह, नक्षत्र, कुण्डलीको हिसाब गरेर भनेका कुराले अहिलेको भूकम्प वर्षामा आउने बाढीपहिरोलाई सीधै इंगित गरेका थिए। त्यस्तै संयोग ०५८ सालको बारेमा मलाई परेको छ।

०५७ सालको अन्तिम शुक्रबार प्रकाशित कान्तिपुरको सहप्रकाशन साप्ताहिकमा ज्योषिती ओजराज लोहनीको भविष्यवाणीले जेठ महिनामा राजा वीरेन्द्रमाथि अनिष्ट छ भनेर इंगित गरेको थियो।

राजा वीरेन्द्रको वंशविनाशपछि मैले यही स्तम्भमा कान्तिपुरमा चर्चा पनि गरेको थिएँ। भन्न के खोजिएको मात्र हो भने, पूर्वीय पद्धतिको खगोल वा ज्योतिषशास्त्रमा यूएसजीएसभन्दा बेग्लै प्राकृतिक वा दैवी विपत्तिबारे अध्ययन गर्ने पद्धति छ, जसलाई पश्चिमी पद्धतिले वैज्ञानिक होइन भन्छ।

तर यसको अस्तित्व छ भन्ने उदाहरण १९९०, २०५८, २०७२ साललगायतका घटना र त्यसबारेको भविष्यवाणीले उजागर गरेका छन्। होइन, यी सबै हावाको भरमा गरिएका कुरा मान्ने हो भने कसरी विपत्ति जानु र भविष्यवाणी मिल्नु एकैपटक मिल्न गए?

एकपटक होइन, पटकपटक ! अमेरिकी र नेपाली (पाश्चात्य विज्ञानका अनुयायी) का कुरा बेग्ल्याउनु पनि जरुरी छैन किनभने ती एउटै ज्ञानमा आधारित छन्, जसरी चिन्तामणि, ओजराज वा डा. रुद्रनाथको राशिफल एउटै खगोल र ज्योतिषशास्त्रमा आधारित छ।

ज्योतिषका कुरा भनेर पन्छाउन पनि सकिएन। समयतालिका वैज्ञानिक होला र त मिल्छ ! तर मेथोडोलोजी विदेशीसँगको मिल्दैन। तोयनाथ पन्तको पात्रोमा सय वर्षमा कुन दिन चन्द्र-सूर्य ग्रहण लाग्ने ट्वाक्कै भनिएको छ। यसो भन्न सक्ने ज्योतिषीको भूकम्पबारेको भनाइमा साँच्चै दम नहोला त?

तर उदेकलाग्दो कुरा के भयो भने १९९० सालमा श्री ३ प्राइममिनिस्टर जुद्धशमशेरको शासनमा जे भएको थियो, संघीय लोकतान्त्रिक गणतन्त्रका प्राइममिनिस्टर सुशील कोइरालाको शासनकालमा ज्योतिषीमाथि एउटै व्यवहार गरियो। भिन्नता के मात्र रह्यो भने योगीले आत्महत्या गरे, लोहनीले गरेनन्।

कर्मकाण्डी ज्योतिषीले भूकम्प जान्छ भन्ने गणना गरेर निकालेको फलले डर-त्रास मच्चियो भने यूएसजीएसले भनेविपरीत पछिल्लो विनाशकारी भुइँचालो आयो, तर कोइराला सरकारले यूएसजीएसलाई पक्राउ गर्न सकेको छैन। ठूलो भुइँचालो आउँछ भन्ने निहत्था ओजराजलाई भने पक्राउ गर्‍यो।

जबकि तिनै लोहनीको भनाइ मानेर हातका औंलाभन्दा बढी मुगा, पन्ना, माणिकजस्ता रत्नको औंठी लगाउने शेरबहादुर देउवा भावी प्रधानमन्त्रीको दाबा गरेर राष्ट्रिय सरकारको वकालत गरिरहेछन्।

अर्का त्यत्तिकै औंठी लगाउने पूर्वमन्त्री हृदयेश त्रिपाठी पनि राष्ट्रिय सरकारको पक्षमा छन्। कोइराला सरकार भने बारा जिल्ला कि वृद्धा गायत्री घिमिरेले भने झैं 'निजामतीले पालेको बिरालो' मात्र साबित भइरहेछ !
www.annapurnapost.comf
मलेसिया: रोजगारीका लागि एक दशकअघि आएका खोटाङको बुइँपा–४ का अम्बर राई मलेसियाबाटै वेपत्ता भएका छन् ।

मलेसिया आएको केही वर्ष घरपरिवारसँग सम्पर्कमा रहेका अम्बरको अहिले अत्तोपत्तो नभएपछि उनको परिवारमा रुवाबासी चलेको छ।

मलेसियाको सेलेङ्गर राज्यमा रोजगारी गरिरहेका अम्बर केही वर्षदेखि सम्पर्कमा नआएको भन्दै उनका आफन्तले खोजी गरिदिन आग्रह गरेका छन्।

परिवारको सम्पर्कमा नभएपछि अम्बरको खोजीका लागि नेपाल र मलेसिया दुबैतिर हारगुहार गरिएको उनका आफन्त बाल राईले बताए।

रोजगारी गर्न नेपालीमध्ये केही मलेसियामै वेपत्ता हुने गरेका छन्। केहीले यतै घरजम गरेर बसेका छन्। केही नेपाली भने सोचेजति कमाइ हुन नसकेपछि जानाजान परिवारको सम्पर्कबाहिर जाने गरेका छन्।

अम्बर वेपत्ता भएपछि उनका परिवार  चिन्तित भएका बालले बताए । उनी काम गरेको आसापासका सबै क्षेत्रमा खोजी गर्दा पनि अवस्था पत्ता नलागेको बालले बताए।
annapurnapost.com
एजेन्सी । केटा केटि जो सुकै होस् एक अर्कालाई बुझ्न गाह्रो छ । सबैको बानि उस्तै नभएपनि धेरै बानीहरु मिल्द जुल्दा हुने गर्दछन हामीले यहाँ केहि बानिहरुको चर्चा गरेका छौ ।बिशेषगरि युवा पुस्ताका केटा र केटीहरुबीच एक अर्कालाई बुझ्न निक्कै कठिन भैरहेको हुन्छ भने केटीहरुलाई बुझ्न केटाहरु सँधै नै असफल भएका पाइन्छन् ।



त्यसैले यी १० ओटा कुराले तपाइलाई आफ्ना गल्ति कमजोरीलाई बेलैमा सच्याउनको लागि धेरै महत्वपूर्ण हुन सक्छन । यदि तपाइँलाई पनि यस्तै समस्या भैरहेको त छैन ? छ भने यहाँ कुनै पनि केटीलाई केटाको मन नपर्ने १० बानीको चर्चा गरेका छौं ।

१- दुर्गन्ध= कुनै पनि केटो नजिक पर्दा उसको शरीरबाट तीव्र गन्ध आउँछ भने त्यस्तो अवस्था केटीहरुलाई पटकक्कै मन पर्दैन । पसिना त हो नि भनेर केटीको नजिक जाने भूल कहिल्यै पनि नगर्नुस् ।

२- अस्थिर= केही न केही चलाउने र शर्टको टाँक भए पनि खोलिरहने केटा केटीलाई मन पर्दैन । अस्थिर स्वभावका कारण केटीहरु टाढा हुन्छन् । अझ पाखुरा देखाउने केटा त केटीलाई मन नै पर्दैन । केटाहरुले केटीको आगाडी अंग प्रदर्शन नगरेकै राम्रो ।

३- कन्याउने= कन्याउँदै केटीको नजिक जाने केटालाई केटीहरुलाई मन पराउँदैनन् । चिलाएकै छ भने पनि केटीको नजिक जाने समयमा नकन्याउनुस् ।

४- अश्लिलता= खुल्लमखुल्ला अश्लिलता प्रदर्शन गर्ने केटाहरु पनि मन पर्दैन केटीहरुलाई । केटीहरुलाई अश्लिल साइट वा चलचित्र हेर्न जवर्जस्ती गर्ने बानी छ भने आजै देखि छोडिदिनुस् ।

५- संवेदनशील अंगमा नजर= केटीहरुले केटाहरुले आफूलाई कहाँ हेरिरहेका छन् भन्ने कुरा खुव ख्याल गर्छन् । आफूले सृंगार गरेका कुरामा ध्यान दिने र आफ्नो ओंठ, बक्षस्थल, आइब्रो र पाखुरामा मात्र हेर्ने गरेको पटक्कै मन पराउँदैनन् ।

६- ब्रेकअपमा खेल्ने= कुनै पनि केटीको सम्बन्ध भर्खरै टुटेको छ र केटाहरुले प्रेम प्रस्ताव राख्दै आउँछन् भने त्यस्ता केटा कहिल्यै पनि मन पराउँदैनन् । कुनै पनि केटीको ब्रेकअप भयो भन्दैमा तपाइँ दाउ हाल्न नजानुस् ।

७- खुला ठाउँमा पिसाव= केटीहरुले लाजै नमानी खुला ठाउँमा पिसाव गर्ने केटाको बानी पटक्कै मन पराउँदैनन् । अधिकाँश केटामा हुने यो बानी मन पर्दैन केटीलाई । केटीको साथमा भएको समयमा खुल्ला ठाउँमा पिसाव फेर्ने भुल नगर्नुस् ।

८- चरित्रका कुरा= केटीहरु बोल्ड हुँदै गएका छन् । आधुनिक केटीहरुलाई खाली चरित्रका कुरा गर्ने र केटीहरु केही खुल्ने वित्तिकै अनेक प्रश्न उठाउने केटाहरुसँग रिस नै उठछ् । बोल्डनेस र चरित्र फरक कुरा हुन् भन्ने मान्यता हुन्छ आधुनिक केटीको ।

९ डकार= केटीहरुलाई आफ्नै अगाडी डकार्ने केटाहरुको बानी मन पर्दैन । बरु लसुन वा पुदिना खाएर जानुस् तर केटीहरुको अगाडी डकार कहिल्यै पनि नगर्नुस् ।

१०- घुरेर हेर्ने= केटीहरुलाई घुरेर हेर्ने केटा मन पर्दैन । उनीहरुलाई मायालु नजर मन पर्छ । केटाहरुले घुरेर हेरे भने असहज लाग्छ ।-एजेन्सीको सहयोगमाwww.ehamrosansar
१३ जेठ, काठमाडौंः

चीन भ्रमणको इच्छा पूरा गर्न पहिले भारतको भ्रमणमा जान व्यग्र चाहनामा रहनुभएका प्रधानमन्त्री सुशील कोइरालाले प्रधानमन्त्रीका रुपमा भारत र चीन दुवै मुलुकको भूमण गर्ने सम्भावना क्षीण हुँदै गएको छ । सुशील कोइरालालाई विस्थापित गर्नुपर्ने आवाज देशव्यापी रुपमा उठिरहेको सन्दर्भमा राजनीतिक दलहरुको उच्च तहसमेत सरकारको नेतृत्व परिवतर्नमा केन्द्रित हुन थालेपछि कोइरालाको छिमेकी मुलुकहरुको भ्रमण गर्ने इच्छा पूरा नहुने सम्भावना बढेको हो ।

सुजाता कोइराला र आफ्ना परराष्ट्र मामिलासम्बन्धी सल्लाहाकारमार्फत चीन भ्रमण गर्ने इच्छा चिनियाँ कूटनीतिकहरुसमक्ष प्रकट गरेपछि चीनले तत्काल सकारात्मक जवाफ दिएको बताइन्छ । तर पहिले भारतको भ्रमणमा गएर मात्र चीन जानु उपयुक्त हुनसक्न भन्ने विज्ञहरुको सुझाव भएकाले कोइराला यसै महिना (जेठंं) भित्र भारतको भ्रमण गर्ने व्यग्रतापूर्ण पर्खाइमा रहेका छन् । बालुवाटारनिकट स्रोतलाई उद्धृत गर्दै लेखिएको छ, जेठभित्रै प्रधानमन्त्रीको भ्रमण गराउन भारत सकारात्मक भएको छ र त्यसनिम्ति औपचारिक प्रक्रियासमेत सुरु भइसकेको छ । जेठको अन्तिम साताको अन्त्यतिर कोइरालाको भ्रमण हुने.छ । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले कोइरालाकै सरकारलाई निरन्तरता दिन लबिङ गरिरहे पनि नेपालमा सरकार परिवर्तनका लागि भइरहेको आन्तरिक तयारीले व्यवधान पैदा गर्ने निश्चित हुँदै गएको छ ।

सुशील कोइरालालाई विदा गर्न देश यति हतार गर्दै छ कि जेठ महिनाका आगमी कुनै पनि दिन उहाँका लागि अनिष्टको हुनेछ । कोइरालाप्रति सत्तासाझेदार एमाले, प्रमुख विपक्षी एमाओवादी , मधेसकेन्द्रित समूहहरु र कांग्रेसभित्रको ठूलो हिस्सा मात्र होइन, नेपाल सेना, प्रहरी तथा प्रशासनिक निकाय समेत असन्तुष्ट बनेका छन् । कुनै अनेपेक्षित एवं अप्रत्यासित मोड नआएमा सुशील कोइराला सरकारलाई एमाले अध्यक्ष केपी ओलीले विस्थापित गर्नेछन् । ओलीको पक्षमा अन्तर्राष्ट्रिय समूदाय सकारात्मक बन्दै गएको, एमाओवादी तथा मधेसी मोर्चा संवद्द दलहरु पनि ओलीको नेतृत्व स्वीकार गर्ने मानसिकता बनाएको तथा कांग्रेसभित्र समेत सुशीलले भन्दा अरु जो कसैले राम्रोसँग चलाउन सक्छन् भन्ने मत सुदृढ बन्दै गएकाले सुशीलको सरकार ढल्ने र ओलीको नेतृत्वमा नयाँ सहमतीय सरकार बन्ने सम्भावना बढेर गएको छ । घटना र विचार साप्ताहिकमा खबर छापिएको छ।www.nepaliheadlines.com
च्छो रोल्पा आसपासको जमिन भूकम्‍पपछि भासियो 
काठमाडौं: सगरमाथा क्षेत्रको एउटा हिमपोखरी सोमबार राति विस्फोट हुँदा केही पुल र बाटो बगाएको छ। यसअघि कहिल्यै अनुगमन नगरिएको छु रावा (स्थानीय नाम) हिमपोखरी विस्फोटपछि खोलामा आएको बाढीको असर पाङ्बोचेसम्म परेको छ। ल्होत्से र आइल्यान्ड पिकको बीचमा रहेको यो पोखरीबारे सरकारी तथा हिमतालबारे काम गर्ने कुनै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग जानकारी छैन।

ठूला ढुंगासहित गड्गडाउँदै इ जा खोला बगेपछि खतराको सूचीमा रहेको इम्जा हिमताल विस्फोट भएको हल्ला रातभरि चलिरह्यो। सरकार तथा स्थानीय बासिन्दाले समेत कुन ताल फुट्यो भन्ने मंगलबार बिहानसम्म पत्ता लगाउन सकेनन्।

ठूला ढुंगा बगाउँदै चर्को आवाजसहित बाढी आएपछि इम्जा नै फुटेको निष्कर्ष निकाल्दै खु बु क्षेत्रको पाङ्बोचे र दिङ्बोचेका बासिन्दा मध्यरातमा टर्चलाइट बालेर बस्तीभन्दा माथि डाँडामा चढेका थिए।

पोखरी फुटेर बाढी आएपछि पाङ्बोचेसम्म खोलामा पानीको सतह तीन मिटर बढेको स्थानीय बासिन्दाले अन्नपूर्णलाई बताए। बाढीको त्रासले रातभर नसुतेका स्थानीय बासिन्दाले बिहान मात्रै इम्जा हिमताल नभएर नजिकैको अर्को पोखरी विस्फोट भएको थाहा पाए।

स्थानीय बासिन्दा तथा सगरमाथा मध्यवर्ती क्षेत्रको उपभोक्ता समूहका अध्यक्ष आङछिरी शेर्पासहितको समूहले हेलिकोप्टरबाट इम्जाको अनुगमन गर्ने क्रममा छु रावा पोखरी फुटेको पत्ता लगाएको थियो। 'इम्जा फुटेको छैन।

यसको अवस्था जस्ताको तस्तै छ। नजिकैको अर्को पोखरी फुटेको हो', इम्जा हिमताल हेरेर फर्किएका शेर्पाले दिङ्बोचेबाट अन्नपूर्णसँंग टेलिफोनमा भने। मंगलबार रातिसम्म कोही सरकारी अधिकारी इम्जा क्षेत्र पुगेका छैनन्।

इम्जा हिमताल एक सय ३० हेक्टर क्षेत्रफलमा फैलिएको छ। यसको ल बाइ दुई किलोमिटर, चौडाइ ६ सय ५० मिटर र गहिराइ ४२ मिटर छ। हिउँ पग्लिएर बनेको यो ताल हरेक वर्ष ३५ मिटरका दरले बढिरहेको विभिन्न अध्ययनले देखाएको छ।

हिमतालबारे अध्ययन गरिरहेका विज्ञहरूले मंगलबार दिनभर छलफल गर्दा पनि फुटेको पोखरी पत्ता लगाउन सकेनन्। यसअघि कहिल्यै जानकारीमै नभएको यो पोखरीबारे कतै जानकारी छैन।

'कुन पोखरी कसरी फुट्यो, कति पानी थियो भन्नेबारे कुनै जानकारी छैन', छलफलमा सहभागी जलवायु तथा मौसम विज्ञान विभागका मौसमविद् विक्रम श्रेष्ठले भने।

इम्जाको अवस्था बुझ्न मंगलबार दिनभर हिमाली क्षेत्रको विशेषज्ञता भएको एकीकृत पर्वतीय विकास तथा अनुसन्धान केन्द्र (इसिमोड) कार्यालयमा सरकारी प्रतिनिधि र विज्ञहरूबीच छलफल भएको थियो।

छलफलमा सहभागी एक विज्ञका अनुसार नासाले उपलब्ध गराउने तस्बिरका आधारमा दिनभर अध्ययन गर्दासमेत ताल विस्फोट भएको ठाउँ र अवस्थाबारे कुनै जानकारी प्राप्त भएन।

विभागको हिमशाखामा कार्यरत श्रेष्ठले अन्नपूर्णसँग भने, 'अबचाहिँ यस्ता साना पोखरी पनि अनुगमनमा राख्नुपर्ने भयो।' इसिमोडसँग भएका तस्बिरमा साना पोखरी स्पष्ट देख्न सकिँदैन।

इसिमोड अध्ययन ठूला र बढी खतरा भएका हिमतालबारे मात्रै केन्द्रित छ। इम्जामा पानीको बहाव बढेको पूर्वसूचना दिने कुनै यन्त्रसमेत राखिएको छैन।

यूएनडीपीको सहयोगमा सरकारले यन्त्र जडान गर्ने भने पनि अहिलेसम्म काम अघि बढेको छैन। हेलिकोप्टरबाट निरीक्षण गरेर फर्किएका स्थानीय शेर्पाका अनुसार इ जामा तत्काल डराइहाल्नुपर्ने अवस्था देखिँदैन। 'बाक्लो आइसले ढाकेका कारण इम्जाको पानी धेरै छचल्किएको छैन', उनले भने।

यसैबीच च्छो रोल्पा हिमताल आसपासको जमिन भूकम्पपछि धसिएको छ। केही वर्षअघि हिमतालमा सतह बढेपछि पानी बाहिर पठाउने क्रममा तालको बायाँपट्टि पुरिएको क्षेत्र अहिले धसिएको हो।

फाइल फोटो: च्छो रोल्‍पा ताल
इसिमोडसहितका विज्ञहरूसँगको छलफल र भूउपग्रह तस्बिरका आधारमा हिमतालवरिपरिको क्षेत्र चिरिएको (रप्चर) देखिन्छ। 'बायाँ किनारमा पहिले फिलिङ गरेको भाग छुट्टिएर डेढ मिटर तलसम्म झरेको छ', अध्ययनमा संलग्न एक अधिकारीले भने, 'डराइहाल्नुपर्ने अवस्था देखिँदैन तर तत्काल अध्ययन आवश्यक देखियो।'

तालमा जम्मा भएको पानीको सतहमा भने कुनै परिवर्तन आएको छैन। माथिल्लो भागमा बाक्लो आइसले ढाकेका कारण भूकम्पका बेलासमेत पानी धेरै हल्लिन पाएन। गत साता सरकारी अधिकारीसहितले गरेको हेलिकोप्टर अनुगमनका क्रममा पनि तालको दायाँबायाँ पहिरो देखिएको थियो।
www.annapurnapost.com
एजेन्सी । धेरैलाई यो थाहा छ की रेड वाइन, ब्युबेरी तथा डार्क चक्लेट खाँदा स्मरण शक्तिमा केही फाइदा पुग्छ ।यती नै फाईदा बियर खाँदा पनि हुने तथ्य वैज्ञानिकहरुले पत्ता लगाएका छन् । थोरै मानिसमा गरिएको एक प्रयोगपछि वैज्ञानिकहरुले यस्तो निष्कर्ष निकालेका हुन् ।

बियरमा पाइने जैथोहुमल नामक तत्वले मानिसको सृजनशील शक्तिको विकास गर्ने बताइएको छ । तर, बियरको यो फाइदा अर्धबैसे र बृद्धहरुमा लागु हुँदैन ।
अनुसन्धानकर्ताले भनेका छन् की रेड वाइन, वा ब्ल्याकबेरी चक्लेटमा पाइने तत्व र बियरमा पाइने तत्वको गहिराइमा पुगेर अध्ययन अनुसन्धान गर्नुपर्ने भएको छ ।
वैज्ञानिकहरुले थोरै थोरै बियरको प्रयोगले दिमागलाई तेज बनाउने भएपनि बियर पिउन सल्लाह भने कसैलाई पनि नदिने बताएका छन् । अंग्रेजी जर्नल विहेवियर ब्रेन रिसर्च नामक पत्रिकाका लागि वैज्ञानकिहरुले उक्त अध्ययन गरेका थिए ।
www.nepalsandesh.com भिडियो तल छ
विवाहपछि महिला पुरुष पारिवारिक जिवनमा प्रवेश गर्छन् । तर यौन वैज्ञानिकहरु भने विवाहबाट केवल सामाजिक नियमका आधारमा महिलापुरुष लोग्ने स्वास्नीको रुपमा एक भएका हुन्छन् तर भावनात्मक रुपमा उनीहरुलाई एक बनाउने काम भने यौन सम्बन्धले मात्र गर्छ ।


विवाह भनेको स्त्री पुरुषका लागि एक भावनात्मक तथा सामाजिक बन्धन पनि हो जो जिवन भर एक दोश्रोको बीचमा रहिरहन्छ ।


मनोविज्ञहरुका अनुसार यौनमा असन्तुष्टिले वैवाहिक जिवनलाई तोड्न ठूलो भूमिका खेल्छ । वास्तवमा महिला र पुरुष दुबैको हकमा यौनिक असन्तुष्टी दाम्पत्य जिवन टुंग्याउने मुख्य कारकको रुपमा रहेको मात्र छैन यो विभिन्न खाले अनैतिक तथा नाजायज सम्बन्ध र अपराधको कारक समेत बन्ने गर्छ ।

एक शोधका अनुसार विश्वका विकशित देशमा परपुरुषसँग नाजायज सम्बन्ध राख्ने महिलाहरु मध्ये ४१ प्रतिशतले यस्तो सम्बन्ध एउटा खुल्ला खेल बनिसकेको र त्यो सामान्य कुरा रहेको ठान्छन् । यस्तो धोखाधडीको मामिलामा पुरुषहरु पनि कम छैनन् ।

आफ्नो जिवनसंगिनीबाट यौन तथा भावनात्मक सन्तुष्टि प्राप्त गर्न नसकेर मात्र होइन नयाँ अनुभव बटुल्नका लागि वा कहिलेकाहीँ परिबन्दमा परेर समेत परस्त्रीगमन गर्ने पुरुषहरुको संख्या धेरै छ । शोधका अनुसार केही स्त्रीहरु यस्ता पनि हुन्छन् जो आफ्नो यौनको इच्छापूर्तिका लागि ऐश आराम तथा धन सम्पत्तिलाई लात मार्दै यस्ता युवकसँग लहसिन्छन् जसले उनको यौनको भोक शान्त पार्न सक्छ ।

 मनोविज्ञहरुका अनुसार आफ्नो श्रीमानबाट यौन सन्तुष्टि मिलेन भने महिलाहरु मानसिक रुपमा निकै प्रताडित बन्छन् जुन पीडामा मलहम लगाउन उनीहरुले परपुरुषसँग अनैतिक सम्बन्धको बाटो लिन्छन् । विवाहपछि सुरु हुने पारिवारिक जिवनमा विभिन्न खाले समस्याहरु पैदा हुनु सामान्य कुरा हो ।
हाम्रो संस्कारमा श्रीमान कामको शिलशिलामा बाहिर हुन्छन भने श्रीमती प्राय घरमै हुन्छन् । जसले गर्दा श्रीमान श्रीमतिको भेट हुनु पनि मुस्किल हुन्छ। भेट हुँदा पनि अफिसको टेन्सन सबै श्रीमतीमाथि थोपर्ने कारणले माया, प्रेमको भावना आउनुको सट्टा रिसाउने गर्दछन।

फलस्वरुप त्यस्ता महिलाले अर्को पुरुषको खोजी गर्न थाल्छन् जसले प्रेम र सहानुभुति सँगै यौन सन्तुष्टि पनि प्रदान गर्न सकोस् ।यसरी तनावमा हुँदा श्रीमतीसँग झगडा गर्न पनि पछि पर्दैन जसले महिलामा तनाव तथा नैराश्यता सिर्जना गर्छ । अन्ततः ती महिलामा आफ्नो श्रीमानसँग सेक्स गर्ने चाहना मर्दै जान्छ ।
source:tajakhabar
हामीले समाजमा हेर्‍यौं भने अधिकाँश जोडीको उमेर ज्यादै फरक हुन्छ । केही अपपाद छोडेर सबैजसो जोडीमा पुरुषको तुलनामा महिलाहरु कम उमेरका नै हुन्छन् । यस्तो किन हुन्छ होला । खासमा पुरुषले आफू भन्दा कम उमेरकी महिला खोजेर यस्तो भएको होइन बरु महिलाहरु नै आफू भन्दा पाको उमेरको पुरुषसँग सम्बन्ध राख्न चाहन्छन् । यहाँ महिलाले पाको उमेरको पुरुष खोज्ने ६ कारणको चर्चा गरिएको छ ।



१ सुरक्षित
केटीहरुले आफू भन्दा पाको उमेरका पुरुष खोज्नुका धेरै कारण छन् । खासमा पाको उमेरका पुरुषसँग उनीहरुलाई सुरक्षित महसुस हुन्छ । पाको उमेरका पुरुषहरु आर्थिकरुपले पनि बलिया हुन्छन् भन्ने विश्वास हुन्छ । उनीहरुमा जीवनको अनुभव पनि धेरै हुन्छ । पाको उमेरका पुरुषसँग महिलाले सुरक्षित महसुस गर्छन् ।

२ समझदारी
महिलाका भावनात्मक कुरा पाको उमेरका पुरुषले बढी बुझ्छन् भन्ने बुझाइ महिलामा हुन्छ । महिलाहरुको भावना बुझ्न कम उमेरकाले नसक्ने र उनीहरुलाई तारिफ पनि पाका उमेरका पुरुषले गर्ने हुँदा उनीहरुलाई पाका उमेरका पुरुष चाहिन्छ । आफ्नै उमेरका वा कम उमेरका पुरुषबाट यी कुरा नपाइने हुँदा महिला पाका उमेरका पुरुष छान्छन् ।



३ दुनियाँको ज्ञान
पाको उमेरका पुरुक्षमा बाहिरी दुनियाँको ज्ञान बढि हुन्छ । आफ्नो प्रेमी वा पतिले आफूलाई दुनियाँका विभिन्न कुराबारे जानकारी दिएको महिलाहरुलाई मन पर्छ । यस्ता पुरुषमा सही या गलत छुट्टाउन क्षमता हुने पनि महिला ठान्छन् । खासमा महिलाहरु हरेक प्रश्नको जवाफ पति वा प्रेमीले नै देओस भन्ने चाहन्छन् ।

४ शान्ति महसुस्
महिलाहरु छिटो आत्तिने र रिसाइरहने हुन्छन् । साना साना कुरामा पनि आत्तिनु र रिसाइ हाल्ने महिलाको बानी हो । त्यसकारण यस्तो कुरा बुझ्नका लागि र सम्हाल्नका लागि पाका उमेरका पुरुषको खोजीमा महिलाहरु हुन्छन् । आफूलाई मानसिकरुपमा सम्हाल्न सक्ने र ढाडस दिन सक्ने पुरुषलाई पति वा प्रेमी बनाउन महिलाहरु उद्दत हुन्छन् ।

५ धोका नदिने
कम उमेरका पुरुषको तुलनामा पाका उमेरका पुरुषले धोका दिने खतरा कम देख्छन् महिलाहरु । खासगरी कम उमेरका पुरुषहरु चंचल हुने र भेटे सम्म अन्य केटीहरुलाई हेरि हाल्ने डर महिलामा हुन्छ । उनीहरु चाहन्छन् आफ्नो पति वा प्रेमीले अन्य महिलालाई नहेरोस् । त्यसकारण पाको उमेरका पुरुष छान्छन् महिलाहरु ।

६ अनुभवी
महिलाहरुलाई यस्ता पुरुष चाहिन्छ जो अनुभवी हुन् । जीवनका अनेक अनुभव भएका पुरुष उनीहरुलाई मन पर्छ । उनीहरु चाहन्छन् आफ्नो पार्टनर यस्तो होस् जसमाथि हरेक कुरामा भर गर्न सकियोस् । महिलाहरुलाई आफ्नो प्रेमीलाई शहरका सबै रेष्टुराँ र फिल्महलको समेत जानकारी होस् भन्ने चाहन्छन् ।
nepaliheadlines.com
१२ जेठ, काठमाडौं ।

मँगलबार साँझ ८ बजे फेरि अर्को ठूलै धक्का महसुस गरिएको छ । ललितपुर र काभ्रे केन्द्र भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले पुष्टि गरेको छ ।

महाभूकम्पको महिना दिनमा ललितपुर केन्द्र भएर अर्को भूकम्प गएको छ । उपत्यका भित्रै केन्द्रविन्दु भएकोले झट्का ठूलै महसुस गरएको थियो ।

साँझ ६ बजेर ३९ मिनेटमा भूकम्पको अर्को धक्का गएको छ । आज यो सहित चौथो धक्का हो । दोलखा केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि दिउँसो ५ बजेर ४८ मिनेट जाँदा दोलखा नै केन्द्र भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको छ ।

त्यस्तै दिउँसो २ बजेर ११ मिनेटमा ४.३ रेक्टर स्केलको भूकम्प दोलखा नै केन्द्र भएर गएको छ ।www.nepaliheadlines.com
जेष्ठ । स्थानीय केबुल टेलिभिजनमा अन्तर्वार्ता दिइरहेका बेला इटहरीबाट सीके रावत पक्राउ परेका छन् । अन्तर्वार्ताका क्रममा राज्य विरुद्ध अभिव्यक्ति दिएको आरोपमा प्रहरीले पक्रउ गरेको छ । विनाशकारी भूकम्पपछि नेपाली नारीलाई बेश्यासम्मको संज्ञा सामाजिक सञ्चालमा दिँदै हिँडेका सीके राउत मंगलबार इटहरीमा पक्राउ परेका छन् । पक्राउ गरिएका सीकेलाई प्रहरी हिरासतमा राखिएको छ । प्रहरीले उनीबिरुद्ध फेरी राज्य विप्लवको मुद्दा चलाउने तयारी गरेको छ ।
पछिल्लो समय राज्यबिरुद्ध कठा अभिब्यक्ति दिदै हिडेका सीकेलाई गृहमन्त्री बामदेव गौतमको निर्देशनमा पक्राउ गरिएको स्रोतले बताएको छ । भूकम्प पीडितलाई मधेशमा पुनस्थापना गर्न नहुँने र नेपाली नारीलाई बेश्याको संज्ञा दिएपछि उनलाई पक्राउ गर्न चौतफी दवाव परेको थियो । गृहमन्त्रीको निर्देशनमा पक्राउ गरिएका रावतविरुद्ध राज्यबिप्लवको मुद्दा चलाउने तयारी गरेको प्रहरी नायव उपरीक्षक विनोद शर्माले बताए ।
यसअघि पनि सीकेबिरुद्ध राज्यबिप्लवको मुद्दा बिशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको थियो ।  राज्यबिप्लवको गरेको प्रसस्त प्रमाण हुँदा हुँदै पनि अदालतले प्रमाण नपुगेको जनाउँदै उनलाई उन्मुक्ति दिएको थियो ।yeskathmandu.com
जुन सुकै स्वास्थ्य समस्या आएपनि चिकित्सकले पानी पिउने सल्लाह दिन्छन् । दिनमा कम्तिमा ८ गिलास पानी पिउनु पर्ने सल्लाह पनि चल्तिको सल्लाह हो । तर शरीरमा पानीका फाइदा र बेफाइदा दुवै छन् । यहाँ पानी पिउनुका १० फाइदा र १० घाटाको चर्चा गरिएको छ ।


पानी पिउनुका १० फाइदा

१ विहान उठ्ने वित्तिकै एक गिलास पानी पिउनु उत्तम हुन्छ । यसलाई बानी नै बनाए पनि हुन्छ । यसले पेट सफा गर्छ र पानी पिउँदा त्वचाको रुखो पनि पनि हट्छ ।

२ विहान उठ्ने वित्तिकै मन तातो मानीमा कागती हालेर पिउँदा शरीरमा रहेका विषाक्त तत्व विनष्ट हुन्छन् । यसले रोगसँग लड्ने क्षमता पनि बढाउँछ ।

३ केही मानिस बढी नै चिसो पानी पिउन मन पराउँछन् । यसले खराव गर्छ । यसैले बढी चिसो पानी पिउनु हुँदैन ।

४ चिया कफि पिउने बानी छ भने ग्रीन टी पिउनुस् । यसले शक्ति प्रदान गर्छ ।

५ हल्का पेय पदार्थ भन्दा मनतातो पानीमा कागती हालेर पिउँदा हितकर हुन्छ । यसले शक्ति बढाउँछ र पाचन शक्ति पनि राम्रो पार्छ ।

६ तौल कम गर्न पनि चिसो पानीको सट्टा मन तातो पानी पिउनु फाइदाजनक हुन्छ ।

७ पानी पिउँदा एसिडटी हटछ किन भने पानीले पेट सफा राख्छ ।

८ हाम्रो दिमाग ९० प्रतिशत पानीले बनेको हुन्छ । पानी नपिउँदा टाउको दुख्ने समस्या समेत हुन्छ ।

९ पानीले जोर्नीहरुलाई तरल राख्छ र जोर्नीको दुखाइ पनि कम गर्न मद्दत गर्छ ।

१० हाम्रो शरीरका मांसपेसीमा ८० प्रतिशत पानी हुन्छ । यसले पानीको सेवन जति बढी गर्‍यो त्यति नै मांसपेसीको अरठ्ठिलो पन कम हुन्छ ।


पानी पिउँदा हुने १० घाटा

१ आवश्यक भन्दा बढी पानी पिउँदा मृगौलामा दवाव पर्छ र मृगौलामा समस्या देखिन थाल्छ ।

२ पानीको ओभरडोज भयो भने शरीरका तन्तुहरु पनि विनष्ट हुन्छन् ।

३ जुन ब्यक्तिको बाइपास सर्जरी गरेको छ त्यस्ता ब्यक्तिलाई पानी अड्कलेर मात्र पिउनु पर्छ । चिकित्सकले पनि पानी अडकलेर मात्र पिउन भन्छन् ।
४ शरीरमा आवश्यकता भन्दा बढी पानी भयो भने पाचन रस उत्पादन हुन बन्द हुन्छ र खाना पच्न अहसजता पैदा हुन्छ ।
५ विशेषज्ञका अनुसार खाना खाएपछि चिसो पानी पिउँदा घाटा हुन्छ । तातो खाना खाए लगत्तै चिसो पानी खाँदा तैलीय पदार्थ जम्न थाल्छ यसले पाचन प्रणाली प्रभावित हुन्छ । खाना खाएपछि तातो पानी पिउनु राम्रो हो ।
६ घामबाट घर आउने वित्तिकै पानी पिउनु खतरनाक हुन्छ ।
७ खाली पेटमा पानी पिउँदा चिसो लाग्ने र अन्य विरामी हुने खतरा हुन्छ ।
८ खाना पछि तत्काल पानी पिउँदा शरीरमा तैलीय पदार्थ बढ्छ ।
९ अत्याधिक पानी सेवनले आलस्य बढाउँछ ।
१० खरभुजा वा काँक्रो खाए लगत्तै पानी पिउँदा रुगा खोकी शुरु हुने खतरा हुन्छ ।
नयाँदिल्ली, १२ जेठ । फोटो खिच्न सिकाउने एक फोटोग्राफरले दुई बालिकामाथि बलात्कार गरेका छन् ।
मुम्बईमा फोटोग्राफी सिकाउँदै आएका ७९ वर्षका बुजुर्ग नरसी कटीराले सिकारु दुई बालिकालाई बलात्कार गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । ति दुई बालिका दिदी-बहिनी हुन् ।
पीडित बालिकाले बताएअनुसार बुजुर्गले फोटो खिच्न सिकाउने बेला दिनदिनै दुबै दिदी-बहिनीको सँगै बलात्कार गर्ने गरेका थिए । यती मात्रै होइन उनले दिदीबहिनीसँग गरेको बलात्कारको भिडियो समेत खिच्दै आएका थिए । उक्त भिडियोबाट उनले पोर्न फिल्म बनाउने गर्थे ।
यो कुरा बालिकाले महिनादिनपछि बाहिर ल्याएका हुन् । बालिकालाई धम्काएर बुजुर्गले बलात्कार गर्दै आएका थिए । एकदिन अर्काे शिक्षकले उक्त कुरा थाहा पाएर प्रहरीमा खबर गरेका थिए ।
प्रहरीले बुजुर्गको फ्ल्याटमा छापा मार्दा केही पोर्न सामग्रीहरु समेत फेला पारेको थियो । प्रहरीले बुजुर्गलाई पक्राउ गरी अदालतको जिम्मा लगाएको थियो । अनुसन्धानका क्रममा बुजुर्गले पोर्न भिडियो बनाउन दिदीबहिनीलाई सँगै बलात्कार गरेको बयान दिएका छन् ।
अनुसन्धानपछि मुम्बईको विशेष अदालतले दोषी ठहर गर्दै उनलाई १० वर्षको जेल सजायँ सुनाएको छ । विशेष न्यायाधीश व्रुशाली जोशीको एकल इजलासले बुजुर्गलाई अश्‍लीलता फैलाएको आरोपमा पनि दोषी ठहर गरेका छन् । अदालतले बुजुर्गलाई पीडित दुबै दिदीबहिनीलाई २५/२५ हजार दिनेगरी जरिवाना समेत सुनाएको छ । एजेन्सी
dainiknepal.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home