• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL

वीरगञ्ज, १ मंसिर । मधेस आन्दोलन र सरकारविरुद्ध पर्साका विद्यार्थीले प्रदर्शन गरेका छन् ।
आन्दोलन गरी विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको भन्दै मंगलबार पर्साका विद्यार्थीहरुले वीरगञ्जमा प्रदर्शन गरेका छन् ।वीरगञ्जका क्याम्पस र विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले दवाबमुलक कार्यक्रम अन्तर्गत विरोध प्रदर्शन गर्दै विद्यार्थीको भविष्यको विषयमा जिम्मेवार बन्न सरकार र आन्दोलनरत मधेसवादी दलहरुलाई आग्रह गरेका छन् ।
स्वतन्त्र विद्यार्थी समूहका अध्यक्ष लोकेश कर्णको नेतृत्वमा विद्यार्थीहरुले प्रदर्शन गर्दै विद्यार्थीको अधिकार नखोस्न दुबै पक्षलाई चेतावनी दिए । समुहका अध्यक्ष कर्णले मधेस आन्दोलन हल गरेर आफूहरुको पढ्ने वातावरण बनाइदिन सरकारसँग आग्रह गरे । उनले अब पनि सरकारले विद्यालय नखुलाए कडा प्रदर्शन गर्ने चेतावनी दिए ।
उनले तीन महिनादेखि बन्द रहेको शिक्षणसंस्थाहरुप्रति संवेदनशील बन्न अन्दोलनरत पक्ष र सरकारलाई आग्रह गरे । २०७२ सालमा एक महिना पनि राम्रोसँग पढाई नभएकोप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष कर्णले आन्दोलन जारी नै राखे पनि शैक्षिक संस्था सञ्चालनमा ल्याउन आन्दोलनरत दलका नेताहरुलाई आग्रह गरे ।
dainiknepal
मंगलबार, १ मंसिर
महोत्तरी । परपुरुषसँग अवैध सम्बन्ध रहेको भन्दै आफ्नै आमाको हत्या गरेको आरोपमा महोत्तरी प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको हतिसर्वा गाविस– ६ बस्ने १८ वर्षीय युवक मोतिराम महरा रहेको जिप्रका महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले बताए ।
युवक महराले मेघनाथ गोरहन्ना गाविस– ७ का विद्या पासवानसँग आफ्नी आमाको अवैध सम्बन्ध रहेको र अवैध क्रियाकलापमा संलग्न रहेकै अवस्थामा उनले आफ्नी आमा ४५ वर्षीया रामकुमारी देवी र परपुरुष विद्या पासवानलाई गत शनिबार राति मेघनाथ गोरहन्ना– ७ स्थित दलित उत्थान क्लबको घरमा कर्तव्य गरी मारेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको प्रहरी उपरीक्षक भट्टराईले बताए ।
सोमबार साँझ आफ्नो गाउँमै लुकिरहेको अवस्थामा प्रहरीले युवक महरालाई पक्राउ गरी जिप्रका महोत्तरीमा ल्याई आवश्यक अनुसन्धान अगाडि बढाएको जिप्रका महोत्तरीले जनाएको छ ।
गत आइतबार बिहान ९ बजेको समयमा प्रहरीले मेघनाथ गोरहन्ना– ७ स्थित दलित उत्थान क्लबको घरमा विद्या पासवान र रामकुमारी देवीको घाँटी र हातखुट्टामा डोरीले बाँधेर मारिएको अवस्थामा शव बरामद गरेको थियो ।
nepalsandesh
सचित देवकोटा

प्रधानमन्त्री केपी ओलीको प्रतिक्षित सम्वोधनको चिरफार हुने क्रम जारी छ। जम्माजम्मी दश पेज र ३६ बुँदा समावेश गरिएको सम्वोधन ‘उत्साह’ जगाउने खालको नभएको प्रतिक्रिया आऊन थालेका छन्।

सम्वोधनमा उही बासी पुराना र राष्ट्रवादी रटान बाहेका ठोस प्रस्ताव केही नआएको र गतिलो होमवर्क समेत नदेखिएको भन्दै सरकार भित्रैका दलहरु असन्तुष्ट रहेको बताइन्छ।


भारत नेपालप्रति कठोर बन्दै गर्दा ओली नेतृत्वको सरकार गम्भिर हुन नसकेको र अपेक्षाकृत तदारुकता र सक्रियता नदेखिएको गुनासो केही समय बढ्दै गएको थियो। यही पृष्ठभुमिमा आएको  प्रधानमन्त्री ओलीको सम्वोधनले खास प्रस्ताव र मार्गचित्र लिएर आउने नसकेको बताइन्छ।

ओलीको सम्वोधन अनावश्यक लामो र कुनै विषयमा केन्द्रियत हुन नसकेको मात्रै होइन भावनात्मक हिसावले पनि कमजोर रहेको थियो। एकै चोटी धेरै विषयलाई समेट्दा कतै सरकारै कुहिरोको काग त बनेको होइन भन्ने आशंका जन्माएको छ।

सरकारको मुख्य प्राथमिकतामा के छ भन्ने कुरा सम्वोधनले स्पष्ट हुन नसकेको र बाह्य र आन्तरिक विषयमा सम्वोधनले कुनै ठुलो फरक नल्याउने करिब निश्चित देखिएको छ। चीनको प्रशंसा गरेर भारतीय मिडियालाई ‘मसला’ बाहेक सम्वोधनबाट गम्भिर सन्देश प्रवाहित हुन सकेको टिप्पणी स्वयम प्रधानमन्त्रीकै पार्टिबाट सुनिएको छ।

प्रधानमन्त्रीले सम्वोधन गर्नुपर्ने एउटा पक्ष मधेशमा आन्दोलनरत दलहरुमाथ माझ सम्वोधनको चर्चा सम्म भएको छैन्। सम्वोधनमा प्रशंसा गरिएको छिमेकी चीनसंग पनि सरकारले ठोस सम्झौता र सहकार्यको पहलकदमी लिन नसेकेको पृष्ठभुमिमा यो सम्वोधन मात्र सम्वोधन मात्र बन्ने खतरा बढेर गएको छ।

प्रतिपक्षमा बसेको कांग्रेसका नेताले ओली सरकार ढाल्न कुनै मेहेनत गर्नु नपर्ने बताइरहेको बेला ओलीबाट सुझबुझपुर्ण र गम्भिर गृहकार्य सहितको ठोस योजना जनताले सुन्न चाहेका थिए। तर त्यसो हुन सकेन।

सरकारमा महत्वपुर्ण घटक एमाओवादीका अध्यक्ष तथा वर्तमान समिकरणका किंग मेकरका रुपमा रहेका एमाओवादी अध्यक्ष प्रचण्ड समेत ओलीको मधेश विरोधी रवैयाका कारण असुन्तुष्ट रहेको समाचार समेत सार्वजनिक भएको थियो। भारतको जारी दबाब, र प्रतिपक्षी दल कांग्रेसको गतिविधी हेर्दा केही नगरी ओलीलाई सत्तामा बसिरहन सजिलो देखिन्न। ओली परफर्मेन्सका आधारमा मात्र सत्तामा टिक्न सक्दछन।

ओलीको बोली मात्र हो र ?
यतिखेरको धरातलिय यथार्थ अनुसार ओलीले काम नगरी प्रचार र बोलीमात्र रहन्छन भने बुझ्नु पर्छ-भित्र अरुनै कुरा पाकी रहेको छ-एमालेलाई नियालीरहेका एक विश्लेषकले बताए। उनको संकेत थियो-ओली अर्के खेलमा छन्,अहिलेको परिस्थितिमा सरकारमा बसेर काम गर्न सजिलो छैन् । ओलीको सोच के हुन सक्दछ भने यति काम गर्न सकिन्न भने राष्ट्रवादी छवि लिएरै बिदा हुने र अर्को पटक अर्थात अर्को चुनावका लागि स्थिती आफ्ना लागि परिपक्व पार्ने।

त्यसैगरि ओलीको रणनीतिनै पर्ख र हेर भएको र ओली जानाजान आक्रामक नभएकोभन्नेहरुको संख्या पनि बढ्दै गएको छ। त्यसैका आधारमा आवश्यक परे ओली आफै ढल्न तयार भएको विश्लेषण गरिएको छ। सम्वोधनमा जारीसंकटका विषयलाई छोडेर विकासे कुरा समेत समावेश गर्नुलाई पनि यसैको पृष्ठभुमिका रुपमा हेरिएको छ। नत्र यतिखेरको सम्वोधनमा विकास निर्माणका कुरा घुसाउन न जरुरी थियो र सान्दर्भिक नै।
nepaliheadlines भिडियो हेर्न तलको बाकस थिच्नुहोस
एजेन्सी । भर्खरै भएको एक अध्यन अनुसार महिनावारी पूरा भएको पाँचौंदेखि सातौं दिनसम्म युवतीहरुमा अत्यधिक यौन चाहना हुने अध्यनले देखाएको छ ।
अध्यन अनुसार यस अवधिमा युवतीहरुमा सहवासमा बढी आनन्द आउने जर्मनीको युनिभर्सिटी अफ बेम्बर्गनका अनुसन्धाताहरुले दाबी गरेका छन् ।
उनहरुले एक हजार युवा र युवतीमा गरेको सर्वेक्षणपछि उपयुक्त निष्कर्षमा पुगेका हुन् ।
यस अनुसन्धानको लागि सहभागीहरूलाई महिलासँग कुन समय यौनसम्बन्ध राख्दा उनीहरूलाई बढी आनन्द अनुभूति हुन्छ भन्नेबारे सोधिएको थियो ।
जसमा धेरै जसोले महिनावारी पूरा भएको पाँचदेखि सात दिनसम्म पुरुष मिलनको रहर तथा यौन इच्छा बढी हुने बताएका थिए ।
अध्यन अनुसार महिनावारी पूरा भएपछि यौनका लागि उत्तेजित गर्ने हार्मोन सक्रिय हुने त्यस अवधिमा युवतीहरूको मस्तिष्कको तरंगमा समेत यौन इच्छा उत्पन्न हुने देखिएको थियो ।
यसैगरी सहभागिहरुले महिनावारीपछिको तीन दिनमा हुने सहवासले बढी रमाइलो अनुभूतिहुने बताएका थिए । अध्यनमा सहभागी महिलाहरुले यस समयमा आफुहरुका यौन चाहाना बढ्ने सम्पर्कको तीव्र इच्छालाग्ने बताएका थिए ।
युवतीहरूले महिनावारीपछिका तीन दिन पूर्ण यौनानन्दको चाहना राख्ने गरेको बताए । उनीहरूका अनुसार, त्यो बेला पाइने यौनानन्द अन्य दिनको दाँजोमा निकै सुखद आह्लादक हुन्छ ।
यसैगरी यसमा समयमा गरिएको यौन सम्पर्कले एक आपसमा माया पनि हुने उनीहरुमा गरिएको अध्यनले देखाएको थियो ।
nepalsandesh
काठमाडौं, १ मंसिर । मधेस आन्दोलनको नेतृत्व गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता राजेन्द्र महतोले भारतको एक चर्चित पत्रिकालाई विवादास्पद अभिव्यक्ति दिएका छन् ।
सदभावना पार्टीका अध्यक्ष समेत रहेका महतोले भारतीय पत्रिका दैनिक जागरणलाई ‘भारतविना नेपालले सांस फेर्न पनि सक्दैन्’ भनेका छन् ।

हालैको एक नेपाली पत्रिकाको अन्तर्वार्तामा आफूसँग नेपालको जन्मसिद्ध नागरिकता र आफू नेपालकै धर्ती पुत्र भएको दाबी गरेका महतोले भारतीय पत्रिकाको प्रश्नमा भने नेपाल भारतकै ‘अधिन’मा रहेको जस्तो सन्देश दिने अभिव्यक्ति दिएका हुन् ।
भारतीय पत्रिका दैनिक जागरणमा लेखिएको छ- ‘मधेसमा अलग राज्यका लागि वारपारको लडाईं हुनेछ । र अहिलेको सरकारले मधेसी जनतामाथि सौतेली व्यवहार गरेको छ ।’ महतोले मधेस आन्दोलनमा भारतको सहयोग अझै नपुगेको समेत बताएका छन् ।
पुरा समाचार यो पत्रिकाको कटिङमा हेर्नुस्ः
dainiknepal
काठमाडौं, १ मंसिर । इश्लामिक स्टेट आइएसले पेरिस हमलापछि अब अमेरिकामा आतंकवादी हमला गर्ने धम्की दिएको छ ।
गत शुक्रबार फ्रान्सको राजधानी पेरिसमा १ सय २९ जनाको ज्यान लिने गरी हमला गरेको मुस्लिम अतिवादी संगठन आईएसले अमेरिकाको वाशिंटन डिसीमा यस्तै हमला गर्ने धम्की दिएको हो ।
सोमबार आइएसले एक भिडियो नै सार्वजनिक गरेको छ । विश्व समाचार एजेन्सी रोयटर्सका अनुसार सोमबार सार्वजनिक भएको भिडियोमा आइएसले अमेरिकाको वासिङटन डिसीमा आक्रमण गर्ने धम्की दिएको छ ।
यसअघि आइएसले भारतमा पनि हमला गर्ने धम्की दिएको थियो । शुक्रबार पेरिसका विभिन्न स्थानमा भएको हमलामा १ सय २९ जनाको मृत्यु भएको थियो । घटनाको जिम्मा आइएसले नै लिएको थियो ।
dainiknepal
गौशाला, १ मंसिर । परपुरुषसँग अवैध सम्बन्ध रहेको भन्दै आफ्नै आमाको हत्या गरेको आरोपमा महोत्तरी प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको हतिसर्वा गाविस– ६ बस्ने १८ वर्षीय युवक मोतिराम महरा रहेको जिप्रका महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले बताउनुभयो ।
युवक महराले मेघनाथ गोरहन्ना गाविस– ७ का विद्या पासवानसँग आफ्नी आमाको अवैध सम्बन्ध रहेको र अवैध क्रियाकलापमा संलग्न रहेकै अवस्थामा उनले आफ्नी आमा ४५ वर्षीया रामकुमारी देवी र परपुरुष विद्या पासवानलाई गत शनिबार राति मेघनाथ गोरहन्ना– ७ स्थित दलित उत्थान क्लबको घरमा कर्तव्य गरी मारेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको प्रहरी उपरीक्षक भट्टराईले बताउनुभयो ।
सोमबार साँझ आफ्नो गाउँमै लुकिरहेको अवस्थामा प्रहरीले युवक महरालाई पक्राउ गरी जिप्रका महोत्तरीमा ल्याई आवश्यक अनुसन्धान अगाडि बढाएको जिप्रका महोत्तरीले जनाएको छ ।
गत आइतबार बिहान ९ बजेको समयमा प्रहरीले मेघनाथ गोरहन्ना– ७ स्थित दलित उत्थान क्लबको घरमा विद्या पासवान र रामकुमारी देवीको घाँटी र हातखुट्टामा डोरीले बाँधेर मारिएको अवस्थामा शव बरामद गरेको थियो ।
dainiknepal
काठमाडौं, १ मंसिर । पूर्वमन्त्री समेत रहनुभएका नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली मधेस र मधेसी जनताप्रति अत्यन्तै कठोर रहेको आरोप लगाउनुभएको छ ।
उहाँले प्रधानमन्त्री ओलीले दिने अभिव्यक्ति मधेस र मधेसी जनताविरुद्ध अत्यन्तै कठोर हुने गरेको टिप्पणी गर्नुभयो ।
‘एमाले तराई मधेसको विषयमा अलि कठोर छ’, आज (मंगलबार) बिहान नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरागर्दै नेता निधीले भन्नुभयो, ‘प्रधानमन्त्री केपी ओलीपनि तराईप्रति कठोर हुनुहुन्छ । उदार हुनुहुन्न् ।’
तराई मधेसमा दुई प्रदेश दिनुपर्ने कांग्रेस नेता निधीको भनाइ छ । उहाँले भन्नुभयो, ‘तराई मधेसमा दुई प्रदेश दिँदा उचित हुन्छ । त्यसले राष्ट्रिय र राष्ट्रियतालाई खतरा हुँदैन ।’
तराईलाई मात्रै छुट्याएर संघीयताको सीमाङ्कन गर्दा मुलुक टुक्रिन्छ भन्ने आरोपको नेता निधीले खण्डन गर्नुभयो । ‘तराई मात्रै संघीय प्रदेश दिँदा देश टुक्रिन्छ भन्नु पहाडी राष्ट्रवाद हो ।’
उहाँले मधेसी जनता पनि नेपाली नै रहेको भन्दै मधेसमा उठेका मागलाई सम्बोधन गर्नु सबैको दायित्व रहेको उल्लेख गर्नुभयो ।
dainiknepal
मंसिर १ । देशभर खाना पकाउने ग्यास अभाव भइरहँदा झापामा मानव मलमूत्र व्यवस्थापन गरी हजारभन्दा बढी परिवारले खाना पकाइरहेका छन्। आफ्नै दिसापिसाब व्यवस्थित गरी त्यसबाटै निकालिएको ग्यासले खाना पकाइरहेका उनीहरूले ग्यास अभाव झेल्नुपरेको छैन। प्राविधिकहरूका अनुसार यस्तो प्रविधि लागू गरिए एलपीग्यासको ५० प्रतिशत माग कम गर्न सकिनेछ। बिर्तामोडको कृषि थोकबजारमा होटल चलाउने विष्णुदेवी पोखरेललाई बजारमा खाना पकाउने ग्यास अभाव भए÷नभएको मतलबै हुन्‍न। छेउमै रहेको सार्वजनिक शौचालयमा विशेष किसिमले बनाइएको बायो ग्यास प्लान्टबाट ग्यासको पाइप ल्याएर उनी खानेकुरा पकाउँछिन्।
११ वर्षअघि मानव मलमूत्रबाट सिर्जित ग्यासले खाना पकाउन सुरु गर्दा उनको होटलमा खाना खान आउनेहरू घिनाउँथे तर अहिले त्यो समस्या छैन। बिर्ता सिटी अस्पतालले पनि सोहीअनुसार ट्वाइलेटका ट्यांकी बनाएर ग्यास उत्पादन गरिरहेको छ। अस्पतालले समेत उपयोग गर्छ अहिले उक्त ग्यास। अस्पतालका अध्यक्ष गोपालकुमार बस्नेत भन्छन्, ‘हामीले औजार स्टेरिलाइज गर्नेलगायतका काम यही ग्यासबाट गरिरहेका छौं।’बिर्तामोडका प्रकाशचन्द्र पकुवालले १० वर्षदेखि आफ्नै घरमा दिसापिसाबबाट खाना पकाउने ग्यास उत्पादन गरिरहेका छन्।
बजारमा खाना पकाउने ग्यास हाहाकार भइरहेका बेला आफ्नै घरमा उत्पादित ग्यासले उनको चुलो बलिरहेको छ। पकुवालले भने, ‘ठाउँ पनि बढी नओगट्ने, बनाउँदा खर्च पनि कम लाग्ने रहेछ।’ घरमा उत्पादित ग्यासका अर्का प्रयोगकर्ता मेघराज कार्की भन्छन्, ‘मेरो परिवारले पनि घरकै ग्यास बालेर खाना खाइरहेका छौं। सबैतिर यो प्रकारको प्लान्ट लगायो भने ग्यास अभावको मार खेप्नु पर्दैन।’ परिवारका सदस्य अथवा उक्त ग्यास प्लान्ट बनाइने भवनमा दिसापिसाब गर्नेहरूको संख्याका आधारमा सानो वा ठूलो किसिमको प्लान्ट लगाउन सकिने बिर्तामोडकै चैतन्यप्रकाश मैनाली बताउँछन्। उनका अनुसार घर बनाउँदै उक्त प्लान्ट लगाउने योजना बनाए राम्रो हुन्छ।
मैनालीले भने, ‘चार घनमिटरको प्लान्टले ६ जनाको परिवारलाई मनग्गे खाना पकाउन ग्यास पुग्छ।’आदर्श सामुदायिक प्रहरी सेवा केन्द्रको पहलमा झापामा एक हजारभन्दा बढी यस्ता मानव मलमूत्र व्यवस्थापन गरी बनाइएका प्लान्टबाट निस्केको ग्यासले मानिसहरूले खाना पकाइरहेका छन्। उक्त केन्द्रले २२ वर्षअघिदेखि सुरु गरेको अभियानले अहिले जिल्लाभर तीव्रता पाएको छ। अभियानमा सक्रिय मैनालीका अनुसार यसरी बनाइएको प्लान्ट किफायती हुने गरेको छ। यस्तो प्लान्ट स्थापना गर्दा धेरै सस्तो पर्छ। अाजकाे अन्नपूर्ण पोस्टमा खबर   रहेकाे छ ।
purbelinews
काठमाडौ । भारतको अघोषित नाकाबन्दीबाट मुलुकको कृषि क्षेत्रमा दैनिक रु ८३ करोड घाटा हुने गरेको छ ।
नाकाबन्दीका कारण इन्धन तथा ग्यासको चरम अभाव हुँदा दैनिकरुपमा सम्पादन गर्नुपर्ने काम गर्न नसक्दा तथा ढुवानीमा परेको कठिनाइले सो घाटा ब्यहोर्नुपरेको कृषि विकास मन्त्रालयका सहसचिव डा सुरज पोखरेलले बताए ।
दुग्धजन्य, मासुजन्य, खाद्यान्न तथा तरकारी बाली एवम् वितरणमा प्रत्यक्ष–परोक्ष प्रभाव पर्दा जीविकोपार्जन गरिरहेको साना किसानलाई तराईको बन्द हडताल र चक्काजामले गम्भीर सङ्कट उत्पन्न गरेको कृषि विभागका महानिर्देशक युवकध्वज बताए ।
नेपाल–भारत सीमामा मधेसी मोर्चाले गरेको लगातारको बन्द, हडताल र चक्काजामको परिस्थितिले कृषि क्षेत्रमा प्रतिकूल प्रभाव परेकाले सर्वसाधारण र किसानको रोजीरोटीमा असर परेको राष्ट्रिय कृषक समूह महासङ्घ नेपालका अध्यक्ष उद्धव अधिकारीले बताए ।
नाकाबन्दी र इन्धन अभावले उत्पादित कृषि वस्तु बिक्री गर्न बजारसम्म ढुवानी गर्न सकिएको छैन । खेतबारीमा नै कृषि उपज कुहिएको, कृषकको दूध सङ्कलन हुन नसकेको, निजी क्षेत्रका दुग्ध उद्योग बन्द भएको, सिँचाइ तथा रासायनिक मल अभावले अन्न उत्पादनमा ह्रास आएकाले कृषि क्षेत्रमा सो नोक्सान पर्न गएको बुझिन्छ ।
कुखुरा, माछा, बङ्गुर, बाख्रालगायत पशुपालन व्यवसाय उत्पादन तथा बजारीकरणको असहजता एवम् फलफूल सङ्कलन र बिक्री वितरणमा समेत प्रतिकूल प्रभाव परेको छ । सोही कारणले नेपालको प्रमुख दुई खाद्यान्न बाली धान र गहुँमा मात्र रु २८ अर्बको नोक्सान हुने मन्त्रालयले प्रारम्भिक अनुमान गरेको छ ।
धानबाली उत्पादन घट्दा कुल गार्हस्थ्य उत्पादनमा असर पुग्छ । मन्त्रालयले यस वर्ष धान उत्पादनमा १२.७ प्रतिशतले उत्पादन घट्ने प्रारम्भिक अनुमान गरेको छ । कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा धानको छ प्रतिशत योगदान छ ।
गत वर्ष ५६ लाख ५२ हजार ६९२ मेट्रिक टन धानको उत्पादन भएकामा यस वर्ष ५० लाख ४७ हजार मेट्रिक टन उत्पादन हुने अनुमान छ ।
नेपालले धानमा करिब १५ अर्ब र गहुँमा १३ अर्बको नोक्सान पर्नेछ । मधेसी, महिला थरुहट र आदिवासीका अधिकारलाई संविधान संशोधनमार्फत राज्यका सबै निकायमा सहभागिता, मधेसमा दुई प्रदेश, जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र कायम तथा सीमाङ्कनको हेरफेरका आधारमा सङ्घीय प्रदेश गठनको माग राखी मधेसी मोर्चाले साउन ३१ गतेबाट आन्दोलन गर्दै आएका छन् ।
अघोषित नाकाबन्दीको आज ९० दिन पुगेको छ । यस अवधिमा करिब रु ७४ अर्ब ७० करोडको घाटा कृषि क्षेत्रले बेहोर्नुपरेको छ ।
nepalsandesh
काठमाडौं, १ मसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले महापर्व छठले सबै नेपालीमा राष्ट्रिय एकता, अखण्डता, मेलमिलाप र सहमति कायम गर्दै संविधानको प्रभावकारी कार्यान्वयनका साथ समृद्ध राष्ट्र निर्माण गर्न हातेमालो गर्दै अगाडि बढ्न प्रेरणा देओस् भन्ने कामना गर्नुभएको छ ।
उहाँले सूर्य देवता र छठीमाताको पूजाआराधना गरी मनाइने छठका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि आपसी सद्भाव, एकता र प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले यस्ता चाडपर्वले सामाजिक र पारिवारिक जमघट गराउने, मनोरञ्जनका माध्यमबाट आपसी तिक्तता मेटाएर सुमधुर आपसी सम्बन्ध र एकता कायम गर्ने तथा खुसी एवम् मनोरञ्जन साटासाट गर्ने अवसर जुटाई राष्ट्रिय एकता र समाजिक सम्मिलनमा समेत महत्वपूर्ण योगदान पु¥याउने पनि उल्लेख गर्नुभएको छ ।
dainiknepal
। फ्रान्सका प्रधानमन्त्री म्यानुएल भल्जले फ्रान्स तथा युरोपेली अन्य मुलुकमा थप आतङ्ककारी हमला हुनसक्ने सम्भावना रहेको बताएका छन् ।
आतङ्ककारीबाट आगामी केही दिनभित्र वा हप्तामा आतंकवादी हमला हुनसक्ने बताउँदै प्रधानमन्त्री भल्जले भने “आतङ्कवादीले गएको हप्ता बर्बरतापूर्वक आक्रमण गरेका छन् र आगामी केही दिन वा हप्ताभित्र फेरी आक्रमण गर्नसक्ने सम्भावना छ । मैले यो कसैलाई तर्साउन भनेको होइन । तर सबै आ–आफ्नो ठाउँमा सतर्क रहनु पर्छ ।”
स्थानीय रेडियो आरटीएलसँग कुराकानी गर्दै भल्जले भने, “हामीलाई थाहा हुन आएअनुसार थप आक्रमणको तयारी भइरहेको छ । आक्रमण फ्रान्सलाई मात्रै लक्षित गरी नभई अन्य युरोपेली राष्ट्रहरूलाई समेत निशाना बनाइने तयारी आतङ्कवादीहरूले बनाएको सूचना हामीले प्राप्त गरेका छौँ । आगामी केही दिन सबैले होसियारी अपनाउनुपर्ने हुन्छ ।”
पेरिस आक्रमणको घटनालाई लिएर फ्रान्स सरकारले रातभर शङ्कास्पद इस्लामिक लडाकूका बासस्थानमा खानतलासी गरेको र यस सिलसिलामा विभिन्न २३ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको उनले बताए ।
खानतलासीका क्रममा इस्लामिक लडाकूका थप आक्रमणका योजना सम्बन्धमा समेत सूचना प्राप्त भएको उहाँले कुराकानीमा बताउनुभएको छ ।
सरकारी सुरक्षाकर्मीले खानतलासीपछि १०४ जनालाई घरभित्रै नजरबन्दमा राखी अनुसन्धानलाई जारी राखेकोसमेत फ्रान्सेली प्रधानमन्त्री भल्जले बताउनुभयो । प्रहरीले पक्राउ परेका लडाकूबाट केही सानो दुरी हान्नसक्ने क्षेप्यास्त्रसहित विभिन्न खालका ३१ वटा हतियार फेला पारेको सरकारको दाबी छ ।
nepalsandesh
काठमाडौँ, १ मंसिर । चिनियाँ कम्पनीले नेपाल आयल निगमलाई इन्धनको खरिदको व्यावसायिक सम्झौता गर्न बोलाएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
खरिदपूर्व सबै प्रक्रिया पूरा गरेको दुई दिनपछि निगमलाई पत्राचार गरी चिनियाँ कम्पनीले व्यावसायिक रुपमा इन्धन दिने समझदारी गरिसकेको छ ।

यसबारेमा मन्त्रालयमा छलफल गरेर एक टोली तत्काल त्यसतर्फ जाने निगमका कार्यकारी निर्देशक गोपाल खड्काले जानकारी दिए । चीन सरकारको स्वामित्वमा रहेको चाइना नेसनल युनाइटेड आयल कर्पोरेसनले निगमलाई पत्राचार गरेको हो ।
etajakhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस
वि.सं. २०७२ साल मंसिर १ गते। मंगलबार। इश्वी सन् २०१५ नोभेम्बर १७ तारिख। नेपाल संवत् ११३६ कछला थ्व। कार्तिक शुक्लपक्ष। तिथि– षष्ठी, २३:०८ बजेउप्रान्त सप्तमी।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ। व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने समय छ। विभिन्न अवसरले पछ्याउनेछन्। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। तत्काल ठूलो फाइदा भने उठाउन नसकिएला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ। धेरैले तपाईंका कामको तारिफ गर्नेछन्। कीर्तिमानी काम गर्ने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सहयोगीहरूले साथ दिनेछन्। आँटेका काम पनि सजिलै बन्नेछन्।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
पहिलेका समस्या दोहोरिन सक्छन्। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। मुख्य काममा बाधा हुने देखिन्छ। सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ। सवारीमा सावधानी अपनाउनुहोला। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। पढाइलेखाइमा पनि समय दिन नसकिएला सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन्, सजग रहनुहोला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
विविध समस्याले केही अधैर्यपना बढ्न सक्छ। तापनि दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। पढाइमा प्रगति हुनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेम र मित्रताको बन्धन कसिने बेला छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हठ गर्ने बानीले दुःख पाइएला। चुनौती चिर्दै काम बनाउन सकिनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
बौद्धिक कार्यबाट धन समेत लाभ हुनेछ। आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। गुरुजनको विशेष सहयोग जुट्नेछ। सुखद समाचारले अझ उत्साह बढ्नेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ। आतिथ्यपूर्ण सम्मान पाइएला। बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ, क्रियाशील रहनुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। नजिकका साथीभाइ टाढिन सक्छन्। पहिलेका निर्णयले काममा चुनौती आउने देखिन्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ मिल्न सक्छ। महत्वाकांक्षी योजना सार्वजनिक गर्न केही समय पर्खनुहोला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। विगतमा गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
विभिन्न अवसरले तपाईंलाई पछ्याउनेछन्। बोलीको प्रभाव पनि बढ्नेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ। तापनि, केही अवसर फुत्कने सम्भावना देखिन्छ, सचेत रहनुहोला। दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमता बढ्नेछ। विशेष सभा–समारोहमा भाग लिने मौका छ। मानसम्मान पाइनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। तपाईंलाई अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन होला। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। नयाँ रचनात्मक काम सुरु गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला। फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ। धेरै लगानीपछि कममात्र फाइदा हुनेछ। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। होसियारीसाथ काम लिनुपर्ने समय छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ। पढाइमा त्यति समय दिन नसकिए पनि नयाँ ज्ञान सिक्ने मौका छ। व्यापारमा सामान्य फाइदै हुनेछ। श्रमको उचित मूल्यांंकन हुनेछ। आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ। तापनि तत्काल ठूलो फाइदा भने उठाउन नसकिएला।

काठमाडौं, १ मंसिर । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार मधेसीमोर्चा र विपक्षी कांग्रेसबीच निर्णायक वार्ता तयारीका लागि संवाद थालेका छन् ।
आइतबारको शीर्ष नेतास्तरीय वार्तामा ठोस गति नलिएपछि उच्चस्तरीय राजनीतिक समन्वय समिति संयोजकसमेत रहेका दाहालले अनौपचारिक भेट तीब्र पारेको कान्तिपुर दैनिकले छापेको छ ।
पछिल्लो समय उनले सीमांकनमा नयाँ प्रस्ताव ल्याएका छन् ।
हालको प्रदेश नम्बर २ अन्गर्तत सप्तरीदेखि पर्सालाई कायम राख्ने, नवलपरासीदेखि बर्दियासम्म थारु बहुल बस्ती छुट्याएर बाँकी पहाडसँग मिलाउने, झापा र कंचनपुर विवादित जिल्ला घोषणा गरी राजनीतिक समितिमार्फत टुंग्याउने र मोरङ र सुनसरी जिल्ला सीमा परिवर्तन गरी पहाडी बहुल क्षेत्रलाई पहाडमा र मधेसी बहुल क्षेत्रलाई मधेसमा मिसाउने उनको प्रस्ताव छ ।
dainiknepal

मधेसी समस्या समाधान
काठमाडौं: वार्ताद्वारा मधेसी आन्दोलनको निकासमा आफू प्रतिबद्ध रहे पनि मुलुकको दीर्घकालीन हितविरुद्ध कुनै सम्झौता हुन नसक्ने अडान प्रधानमन्त्री केपी ओलीले लिएका छन्।


सत्ता सहयात्री एमाओवादी र प्रतिपक्षी कांग्रेससँगको वार्ताका क्रममा उनले आफ्नो स्पष्ट अडान राखेका हुन्।ओलीले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलसँग सोमबार भएको भेटमा त्यस्तो जानकारी गराएका थिए।

बालुवाटारमा भएको भेटमा दाहालले आइतबार अपराह्न मोर्चासँग भएको वार्ताका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। सीमांकनमा सहमति जुटाएर बुधबार आन्दोलनरत संयुक्त मधेसी मोर्चासँग निर्णायक वार्ता गर्ने गृहकार्यमा सत्तासीन दलका नेता लागिपरेका छन्।

यसै विषयमा प्रधानमन्त्री ओलीले एमाओवादी अध्यक्ष एवं उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक दाहाल र कांग्रेस नेता पौडेलसँग गम्भीर छलफल गरेका हुन् । दाहालले पौडेल र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रप्रसाद यादवसँग पनि छुट्टाछुट्टै वार्ता गरेका थिए।

प्रधानमन्त्री ओलीले संयोजक दाहाल र पौडेलसँग २०६२/०६३ को आन्दोलनका शक्तिबीच सीमांकन सम्बन्धमा समान धारणा हुनुपर्ने बताएका थिए। प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार मोर्चासँग थप वार्ता गर्न र मोर्चाका मागलाई प्याकेजमै हल गर्न थप छलफल आवश्यक पर्नेमा नेताहरू सहमत भएका थिए।

कांग्रेस नेता पौडेलले प्रधानमन्त्रीसँग भारतीय नाकाबन्दीका कारण राष्ट्र र जनता जटिल अवस्था बेहोर्न बाध्य भएको भन्दै मुलुकभित्रको समस्या मुलुकका दलबाटै हल गर्नुपर्नेमा जोड दिएका थिए। स्रोतका अनुसार पौडेलले प्रधानमन्त्रीको आइतबारको सम्बोधन मधेसी मोर्चाको आन्दोलनलाई निकास दिने उद्देश्यअनुसार नदेखिएको टिप्पणी गरेका थिए।

भेटपछि पौडेलले अन्नपूर्णसँग भने, 'राष्ट्र र जनता नाकाबन्दीका कारण कठिन र जटिल अवस्थामा पुगेका बेला निकासका लागि सबै पक्षले लचकता अपनाउनुपर्छ।' एमाओवादी अध्यक्ष दाहालसँगको भेटमा मोर्चाका नेता यादवले आइतबार भएको वार्ताविपरीत प्रधानमन्त्रीको सम्बोधन आएको भन्दै यस्तो अवस्थामा बुधबारको वार्ता कसरी निर्णायक हुनसक्छ भनी प्रश्न गरेका थिए।

यादवले बुधबार हुने वार्तामा प्याकेजमै मधेसका समस्या हल गर्ने सहमति दाहालसँग भएको जानकारी दिए।दाहालका स्वकीय सचिव चूडामणि खड्काले ओली, पौडेल र यादवसँगको वार्ता सकारात्मक भएको जानकारी दिए।
annapurnapost
सर्लाही, ३० कात्तिक । २०६४ सालमा सरकारसँग भएको ९ बुँदे सम्झौताअनुसारको चुरे भावर प्रदेशको माग गर्दै चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले सोमबार सर्लाहीमा बृहत बिरोध प्रर्दशन गरेको छ ।
चुरे भावर प्रदेश सुनिश्चित गर, तत्काल नाकाबन्दी खोल, सामाजिक सद्भाव विथोल्ने तत्वमाथि कारवाहीलगायतको माग गर्दै चरे भावरका सैयौँको संख्यामा जम्मा भएका कार्यकर्ताले प्रदर्शन गरेका छन् । उनीहरूले मधेसी मोर्चाले गरेको नाकाबन्दी र आमहड्तालले जनतालाई दुःख भएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

ठूलो संख्यामा सडकमा उत्रिएका कार्यकर्ताले प्रर्दशन र र्‍यालीसहित लालबन्दीमा आधा घण्टा राजमार्ग अवरुद्ध गरेका छन् । सडक अबरोधपछि केही समय सवारी आवागमन प्रभावित भएको थियो । प्रदर्शका क्रममा चुरे भावरका कार्यकर्ताले नाकाबन्दी गर्नेहरूविरुद्ध नारावाजीसमेत गरेका थिए ।
सर्लाही जिल्ला संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता तथा तराई मधेस लोकतान्त्रिक पार्टी महन्त ठाकुर र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको गृह जिल्ला पनि हो । राजेन्द्र महताले वीरगञ्जस्थित दशगजा क्षेत्रमा बिगत दुई महिनादेखि टेन्ट टाँगेर नाका अबरोध गर्दै आउनुभएको छ ।
प्रर्दशनपछिको कोणसभालाई सम्बोधन गर्दै पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले मधेसीसहित सबैको मागअनुसार प्रदेशको सीमाङ्कन फेरबदल गर्ने हो भने चुरे पहाड तलको समथल भू–भागलाई समेटेर चुरे भावर प्रदेश दिनुपर्ने माग गर्नुभयो ।
उहाँले सरकारसँग भएको ९ बुँदे सम्झौताअनुसार चुरे भावर प्रदेश कायम गर्नुपर्ने माग गर्नुभएको थियो । ‘विगतको सम्झौता बेवस्ता गरे त्यसको मूल्य राज्यले चुकाउनु पर्छ’, अध्यक्ष न्यौपानेले चेतावनी दिनुभयो ।
उहाँले नाकाबन्दीले जनजीवन तहसनहस बनाएको र यसले तराईमा समाजिक सद्भाव भड्काउन थालेको भन्दै मधेसवादी दलका नेताहरूलाई सचेत गराउनुभयो ।
‘सामाजिक सद्भाव कायम गर्नेतर्फ मधेस केन्द्रित दलका नेताहरूले ध्यान दिनुपर्छ’, अध्यक्ष न्यौपानले भन्नुभयो, ‘मधेसी मोर्चाले तत्काल नाकाबन्दी फिर्ता लिएर मुलुक र जनतालाई सहजतातर्फ लैजानुपर्छ । अन्यथा त्यसको जनताले कडा प्रतिकार गर्ने छन् ।’
dainiknepal.

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
कार्तिक ३०, २०७२- नाकाबन्दीका कारण उत्पन्न इन्धन संकटलाई मध्यनजर गर्दै साझा यातायातले मन्त्रीहरुलाई साझा बसमा मन्त्रालय लाने लैजान प्रस्ताव गरेको छ । साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखि यस्तो प्रस्ताव गरेका हुन् ।


साझाले मन्त्रीहरूका लागि २ वटा बसहरुले बिहान ८ बजे मन्त्री निवास पुल्चोकबाट सिंहदरबार पुर्‍याउने र साँझ ४ बजे मन्त्री क्वाटर पुर्‍याउन लिन जाने प्रस्ताव गरेको हो ।

‘नेपाल सरकारका माननीय मन्त्रीज्यूहरुले प्रयोगमा ल्याएका सवारी साधन तथा सुरक्षाका लागि सञ्चालित सवारी साधनहरुमा प्रयोग हुने इन्धनको समेत बचतका लागि संस्थाले कदम चालेको हो,’ पत्रमा भनिएको छ । साझाले शनिबार पत्र पठाएको भए पनि सरकारले यसको कुनै जवाफ दिएको छैन ।

kantipur भिडियो हेर्न तलको बाकस थिच्नुहोस
सोमबार, ३० कार्तिक
काठमाडौं । पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले छिमेकी मुलुक भारतले बाराको निजगढमा बन्न लागेको दोस्रो अन्तराष्ट्रिय विमानस्थल बन्न नदिने षड्यन्त्रमा विभिन्न खेल खेलिरहेको आरोप लगाएका छन् ।
सोमबार पर्यटन पत्रकारिता गर्दै आएका केही सञ्चारकर्मीहरुसँगको भेटमा मन्त्री पोखरेलले निजगढ विमानस्थल बन्न नदिनकै लागि भारतले फास्ट ट्राक र विमानस्थल एउटै प्याकेजमा बनाउने बाहनाका विभिन्न प्रस्तावहरु ल्याएको आरोप लगाए ।
उनले भारतले उक्त विमानस्थल बन्न नदिन विभिन्न नाटक गरिरहेपनि नेपालले भारतको भ्रम चिरेर काम गर्ने बताए । मन्त्री पोखरेलले उक्त विमानस्थल दक्षीण एसियाकै महत्वपूर्ण स्थानमा बन्न लागेकाले भारत अत्तालीएको बताए ।
उनले यो विमानस्थलको काम सुरु हुने र यसका विरुद्ध भारत बोल्योभने आश्चर्य नहुने बताए ।
उनले भारतले कहिले के र कहिले के भन्दै प्याकेजको कुरा गरेको तर, आफु त्यस्तो पक्षमा नरहेको बताएकाछन् । उनले नेपालको अहित हुने प्रस्ताव लिएर आउने व्यक्तिलाई मन्त्रालय छिर्न पनि नदिने बताए ।
nepalsandesh
अफगानिस्तान: अफगानिस्तानको पूर्वी प्रान्त कुनारमा सोमबार समयभन्दा अगाडि नै भएको एक बम विस्फोटमा परी तीन आतङ्ककारीको मृत्यु भएको छ ।

नुर्गाल जिल्लाको पान्जसिर नाउ क्षेत्रमा स्थानीय समयाअनुसार सोमबार ६ बजे सो घटना भएको जनाइएको छ । आतङ्ककारीले लिएको टाइम बम समय अगावै विस्फोट भएको बताइएको छ । बम विस्फोटको योजना गरिरहेका तीन आतङ्ककारीको सो घटनामा मृत्यु भएको जनाइएको छ ।


यस आक्रमणको हालसम्म कुनै पनि आतङ्ककारी समूहले जिम्मा लिएको छैन । तर सडककिनारमा बम विस्फोट गराउने यस अघिपनि तालिवान आतङ्ककारी समूहले जिम्मा लिदै आएको हुनाले यस आक्रमणमा पनि यसै समूहको हात रहेको दावी गरिएको छ ।
annapurnapost
काठमाडौँ ३० कात्तिक । गृहमन्त्री शक्तिबहादुर बस्नेतले आन्दोलनको स्वरूप परिवर्तन गरी वार्ता र सहमतिका आधारमा संसद्बाट समाधान खोज्न मधेसकेन्द्रित दललाई आग्रह गरेका छन् ।
नेपाल पत्रकार महासघंद्वारा यहाँ आज आयोजित बेपत्ता पत्रकारसम्बन्धी सञ्चालन गरिएको वेबसाइटको सार्वजनिक गर्दै मन्त्री बस्नेतले बन्द, हडताल र नाकाबन्दीका कारण मुलुकले ठूलो क्षति व्यहोरिरहेको अवस्थामा आन्दोलन स्थगन वा स्वरूप परिवर्तन गरी संवादका माध्यमबाट सबै समस्याको समाधान खोज्नुपर्ने र त्यसका लागि सरकार लचिलो हुने बताए ।
चेतावनी दिँदै उनले भने– तपाईहरुका कारणले सारा नेपाली जनताले दुःख पाएका छन्, अब आन्दोलन फिर्ता लिएर वार्ता बस्नुस्, अन्यथा सरकार कदम चाल्न बाध्य हुनेछ ।’ समस्याको समाधान वार्ताबाटै खोज्नुपर्नेमा मन्त्री बस्नेतको जोड छ ।
dainiknepal
सोमबार, ३० कार्तिक
काठमाडौं । बाबुराम भट्टराइको नयाँ शक्तिमा अगुवाको रुपमा आएर पार्टी कार्यलयमा असहमति पत्र बुझाई एमाओवादी पार्टीपरित्याग गरेका नेता देवेन्द्र पौडेलले प्रचण्डलाई सतर्क रहन सुझाव दिएका छन् ।
उनले आफनो फेसवुकबाट नाम भजाएर आफ्नै सहकर्मीलाई अपमान गर्नेसँग सर्तक रहन प्रचण्डलाई सुझाव दिएका हुन् ।


सरकार परिचालन गर्ने उच्चस्तरिय संयन्त्रको संयोजक भएकाले भन्दै अहिलेको देशलाई निकास दिन प्रचण्डलाई उनले आग्रह समेत गरेका छन् ।
पौडेलले आफनो फेसबुकमा लेखेका छन् “क. प्रचण्ड जी तपाई सरकार परिचालन गर्ने उच्चस्तरिय संयन्त्रको संयोजक हुनु भएकोले अल्झिएको देशलाई निकास दिनु होला ।
हाम्रो पूर्ण सहयोग हुनेछ । हामी जँहा छौ, जे गर्दै छौ र पनि झन्डै तिन दशक तपाईहरुलाई सहयोग नै गरेका हौ र भविष्यमा पनि राम्रो कामको लागी सहयोग नै रहनेछ ।
नँया शक्ति निमार्ण अभियान कसैको ब्यक्तिगत बिरोध एवं आरोप प्रत्यारोपको लागी होईन देशको बिकल्पका लागी हो । बरु एउटा सुझाब छ तपाईको नाम भजाएर आफ्नै सहकर्मीहरु लाई अपमान गर्ने प्रवृतिवाट सर्तक रहनु होला ।”
nepalsandesh
धनगढी–कैलालीमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति गठन भएको छ । प्रचण्ड नेतृत्वको एकीकृत नेकपा माओवादी परित्याग गरी नयाँ शक्तिका संयोजक कृष्णकुमार चौधरीको नेतृत्वमा ४७ सदस्यीय कमिटी गठन भएको आज कैलालीमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

नयाँ शक्तिमा एकीकृत नेकपा माओवादी जिल्ला सदस्य परित्याग गरी नैनबहादुर चौधरी, कमला शाही, गंगा चौधरी, हरिश्रीपाईली, सुकदैया चौधरी, नृप खड्का, कृष्ण बोहरा लगायत ४७ सदस्य रहेको संयोजक चौधरीले जानकारी दिए । पूरानै पार्टी, पुरानै विचार र पूरानै कार्यशैलीले देशको विकास नहुने भएका कारण नयाँ ढंगबाट नयाँ पार्टी विचार, कार्यदिशा, संगठन नेतृत्व र नयाँ कार्यशैली सहितको नयाँ ढंगको पार्टी निर्माण नै नयाँ शत्तिल हो संयोजक चौधरीले बताए । उनले देशको बेरोजगारी, गरिबीको अन्त्य गरी छिटो भन्दा छिटो देशलाई सम्बृद्ध बनाउने र आर्थिक विकास गरी नेपाली जनतालाई आत्मनिर्भर बनाई आर्थिक क्रािन्तको मार्गचित्र कोर्ने नयाँ शक्तिको मुख्य ध्येय भएको बताए । उता, एकीकृत नेकपा माओवादीको आज जिल्ला पदाधिकारीको बैठक बसी कृष्णकुमार चौधरी र नयनबहादुर चौधरीलाई पार्टी सदस्य र जिम्मेवारीबाट निष्काशन गरी कार्वाही गरिएको एनेकपा माओवादीका जिल्ला अध्यक्ष लालबहादुर सोडारीले बताए । नयाँ शक्तिमा माओवादीका अधिकांश पार्टी सदस्यलाई जानकारी नदिई राखेको आरोप उनले लगाए । -ratopati
सोमबार, ३० कार्तिक
नरेन्द्र मोदीको सन्दर्भमा एक हिन्दी उखान सहि सावित हुन थालेको छ –गाँठ भी गुमाना, बेबकुफ भी बनना । अर्थात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गाँठ (पैसा) पनि गुमाए र अन्तमा बेबकुफ पनि बने ।
मोदीले नेपालमाथि नाकाबन्दी गरेर भारतीय सरकारले नेपालको अर्थतन्त्रमाथि महाभूकम्पले भन्दा गम्भीर क्षति पुर्‍याएर दवाव दिए । तर यसको साथै भारतीय सरकारले नेपालवाट कमाइरहेको अरवौं रुपैयाँ पनि गुमाइरहेकोछ । तात्कालीन रुपमा मात्र होइन, अब उत्तरी नाका खोल्न थाले पछि अरु थप भारतीय कमाई वन्द हुँदै जाने पक्का भएको छ ।
केवल पेट्रोल ग्याँसको मात्र होइन, उत्तरी नाका र वाटोहरु राम्रोसंग खुल्दै जाने क्रममा भारतको अरु बस्तुहरुको व्यापारिक हिस्सा पनि कम हुँदै जानेछ । नेपालमा भारतीय लगानी पनि धेरै छ । भारतीय लगानीका ती उद्योग व्यवसायले पनि भारतीय नाकावन्दीको नकारात्मक असर परेकोछ र यसले पनि भारतको कमाउ धन्धामा कमी आउनेछ ।
गाँठ गुमाउनुको साथै नरेन्द्र मोदी बेबकुफ पनि वन्दैछ । मोदी चेपुवामा फंस्दै गएका छन् । एकातिर केही मधेशका नेताहरुले दवाव दिंदैछन् कि उनीहरुको माग पूरा नभए सम्म नाकावन्दी कायम राखियोस् । अर्कोतिर देश भित्र तथा अन्तर्राष्ट्रिय जगतमा पनि ओली एक्लिन थालेका छन् ।
बेलायत बाहेक अरु कुनैपनि देशले मोदीको हँ मा हँ मिलाएका छैनन् । संयुक्त राष्ट्रसंघले पनि मोदी नाकावन्दीको विरोध गरिसकेको छ । आफ्नै देशमा पनि मोदीको आत्मघाती कदमको विरोध शुरु भैसकेकोछ । त्यहाँका स्थापित पत्रिकाहरु र टिभि लगाएतका संचार माध्यमहरुमा मोदीको नेपाल नीतिको विरोध शुरु भैसकेकोछ ।
विहारमा भएको शर्मनाक पराजयले मोदीलाई अझ लाजमर्दो वनाइदिएको छ । विहार चुनावमा विजय पाउनका लागि पनि नेपालमाथिको नाकावन्दीले सहयोग गर्नेछ भन्ने मोदीको रणनीति गलत सावित भएको छ र यसले उल्टै मोदीलाई व्याकफायर गरेकोछ ।
यसले मोदीलाई भारतव्यापी रुपमै आइसोलेशनमा पार्न सुरु गरेकोछ र मोदी क्रेजको पारो निकै घट्न थालेको स्वयंम मोदी कै दलका नेताहरुको विरोधवाट स्पष्ट हुन्छ । मोदी भन्दा धेरै वरिष्ठ विजेपी नेता लालकृष्ण आडवाणीको मोदी प्रतिको विरोध वक्तव्यले यसको संकेत गर्दछ ।
विहार चुनावमा मोदीको हारलाई मोदी घमण्डको हारको संज्ञा दिए जस्तै नेपालको नाकावन्दी काण्डमा पनि मोदी घमण्डको हार भैरहेकोछ । तर उनी त्यतिकै हार मानेर पुच्छर लुकाएर भाग्ने पक्षमा छैनन् भनिन्छ ।
उनमा इगो जागेको छ । मोदी नाकावन्दी काण्डमा फेस सेभ गर्ने गरि सम्झौता गर्ने पक्षमा रहेको श्रोतको दावी छ । नेपाली राजनीतिमा भारतीय सहजकर्ता वा मध्यस्थकर्ताको भूमिका रहेको सन्देश जाने गरि सम्झौता गर्ने पक्षमा मोदी छन् भनिन्छ ।
तर मोदी नराम्रोसंग नेपाली रणमैदानमा फँसेका छन् । मध्यस्थकर्ताको भूमिका भनेको दुई पक्ष माझ विचको वाटोमा सम्झौता गर्ने स्थिति रहेमा मात्र काम लाग्छ । मधेशका केही नेताहरु र सत्तापक्ष विच अहिले विच वाटोमा सम्झौता गर्ने स्थिति कम छ भन्ने पर्यवेक्षकहरुको मूल्यांकन छ ।
उपेन्द्र यादव लगायतका नेताहरु मधेशको मात्र दुई प्रदेशको अडानमा छन् तर सत्तापक्ष यो मान्न कुनै हालतमा तयार छैनन् । सीमांकन हेरफेर गर्न सकिन्छ भन्ने कुरा प्रधानमन्त्रीको वक्तव्यमा आएपनि मधेशको मात्र अलग दुई प्रदेश गर्न सत्तापक्ष कुनै हालतमा तयार हुने छैन भन्ने कुरा विगतले प्रष्ट गरिसकेकोछ ।
असन्तुष्ट पक्षको समेत सहभागितामा आयोग वन्ने सम्ममा विचको वाटो निस्कन सक्दछ तर उपेन्द्र लगायतका नेता कुनै हालतमा यहि वेला सीमांकन नयाँ ढंगले गराइछाड्न चाहन्छन् । तसर्थ मोदीको विचौलिया वन्ने सपना पनि पुरा नहुने देखिन्छ ।
मोदीले फकाउने र थर्काउने दुबै रणनीति पालै पालो वा एकसाथ प्रयोग गरिरहेकोछ । आजभोलि केही नाकाहरु खुकुलो वनाएर फकाउन खोजिरहेकोछ । प्रचण्डलाई प्रधानमन्त्रीको लोभ देखाइएको हल्ला समेत वाहिर आएको छ । तर यसपाली ओली र प्रचण्ड फकिने र थर्किने स्थितिमा नरहेको वताइन्छ । विगतमा यी दुबै नेताहरुले भारतीय एजेण्डा विविध समयमा वोकेको भएपनि अहिले स्थिति कोल्टे फेरेको देखा पर्दैछ ।
अहिले मोदीले आफ्नो पराजयवाट आफ्नो फेस सेभ गर्नका लागि केही नाकाहरु खुकुलो पारेर फकाउन खोजे पनि आफ्नो अभिष्ट पुरा भएन भने फेरी उग्र भएर सबै नाकाहरु वन्द गर्ने वा मुख्य नाका वीरगञ्ज वन्द नै राखेर नाकावन्दी लम्व्याई थप दवाव श्रृजना गर्ने सम्भावना रहेको श्रोतहरुको भनाई रहेको छ ।
यस्तो स्थितिमा सरकारले चीनवाट ग्याँस र अरु इन्धन व्यावसायिक रुपमा ल्याउन सक्यो भने मात्र मोदीको मन्त्र पुरै बेकामे हुने र मोदीको नाकावन्दी युद्ध पराजित हुने पर्यवेक्षकहरु औंल्याउँछन् ।
nepalsandesh

मोरङ । मोरङका विद्यार्थीले हावाबाट चल्ने टेम्पो रिक्सा बनाएका छन् । इन्धनको अभाव भइरहेको बेला इन्धनबिनाको यात्रा सहज बनाउन विद्यार्थीले तीन चक्के टेम्पो रिक्साको सफल परीक्षण गरेका छन् ।
हात्तीमुढास्थित मनमोहन मेमोरियल पोलिटेक्निकका मेकानिकल समूहका पाँचौं ब्याजका विद्यार्थीले हावाबाट चल्ने तीन चक्के रिक्साको सफल परीक्षण गरेका हुन् ।
नेपालमै पहिलो पटक तयार गरिएको रिक्सामा चार स्टोक पेट्रोल इन्जिनलाई मोडिफाइ गरेर हावाको चापबाट चल्ने बनाइएको विद्यार्थी चक्रप्रसाद कोइरालाले बताए । उनले भने – “डिजेल र पेट्रोलबिना नै हावाको चापले चल्छ ।”
विद्यार्थीको तीन महिनाको मेहनतपछि यो टेम्पोको सफल परीक्षण भएको हो । यसको लागत एक लाख २५ हजार रहेको छ ।
मनमोहन मेमोरियल पोलिटेक्निकका प्रिन्सिपल डा सुभास पोखरेलले भने – “राज्यले वैकल्पिक वस्तुलाई प्रयोग गर्न खोजे सो हावाबाट चल्ने रिक्सा प्रयोगमा ल्याउन सकिन्छ ।
nepalsandesh
सिरियामा आईएसको तालिम केन्द्रमा बमबारी
एजेन्सी : पेरिस हमलाको डरलाग्दो जबाफ दिँदै फ्रान्सले आईएस आतंकवादीको सैन्य तालिम केन्द्रमै डरलाग्दो बमबारी गरेको छ ।

फ्रान्सको तर्फबाट यो हमला आर्इएसको अखडा रहेको सिरियाको रक्का शहरमा गरिएको हो ।

रक्का आईएस आतंकवादीको कब्जामा रहेको छ । यूएई र जोर्डनबाट उडान भर्ने फ्रान्सका १० युद्धक विमानले आइतबार केही घन्टामै २० शक्तिशाली बम हानेका हुन् ।

फ्रान्सेली रक्षा मन्त्रालयको तर्फबाट जारी एक विज्ञप्तीमा भनिएअनुसार हवाई हमलाका क्रममा सबैभन्दा पहिले दाएस (अरबीमा आईएसको नाम) को एक कमाण्ड पोस्ट, जिहादीको नियुक्ति केन्द्र र हतियार एवम् युद्धक सामग्रीको डिपो नष्ट गरिएको हो ।

अर्को लक्ष्य आतंकवादीको प्रशिक्षण शिविरकारुपमा रहेको स्थान रहेको थियो । मन्त्रालयले जनाएअनुसार हवाई हमला गर्नका लागि विमान जोर्डन र संयुक्त अरब एमिरेट्सबाट उडेका थिए ।

यो हमला अमेरिकी सैनिकसँग तालमेल गरेर गरिएको हो । यो हमलामा आतंकवादीको तालिम क्याम्प र कमाण्ड पोस्टलार्इ मुख्य निशाना बनाइएको हो । फ्रान्सको रक्षा मन्त्रालयका अनुसार यो हवाई हमलामा सेनाको तर्फबाट आईएसको हतियार गोदामलार्इ पनि लक्षित गरिएको थियो ।

फ्रान्सले कारबाही जारी राख्ने
फ्रान्सको यो कारबाही आर्इएसबाट पेरिसमा भएको हमलाको प्रतिक्रिया मानिएको छ । आईएस आत‌ंकवादीले पेरिसमा गरेको हमलामा १२० जनाको ज्यान गएको थियो ।

त्यो हमलामा ३५० जना गम्भीर घाइते भएका थिए । आर्इएसको आक्रमणपछि फ्रान्स सरकारले आर्इएसविरुद्धको उसको कारबाहीलार्इ अझ कडा बनाउने जनाइसकेको छ ।
 annapurnapost
काठमाडौँ, ३० कात्तिक । संयुक्त राष्ट्रसङ्घीय हवाई सेवा (युएनएचएएस)लाई स्विडेन, स्विट्जरल्यान्ड र संयुक्त अधिराज्यबाट रु
२७ करोडभन्दा बढी रकम सहयोग दिने सहमतिपछि नेपालका भूकम्प प्रभावितका लागि खाद्यान्न र अन्य अत्यावश्यक मानवीय सहायता सामग्रीको हवाई आपूर्तिले निरन्तरता पाउने भएको छ ।
संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रमले व्यवस्थापन गरिरहेको युएनएचएएसका लागि स्विडेनले रु १२ करोड ६० लाख, स्विट्जरल्याडले रु छ करोड ५० लाख र संयुक्त अधिराज्यले रु सात करोड ९० लाख अनुदान दिएको कार्यक्रमले आज जारी विज्ञप्तिमा जनाइएको छ ।
सो सहयोगका फलस्वरुप दुर्गममा रहेका भूकम्प प्रभावित हिमाली समुदायसम्म हेलिकप्टरमार्फत अत्यावश्यक वस्तु पु¥याउने कार्यले पुसको दोस्रो सातासम्म निरन्तरता पाउन सक्नेछ ।
देशमा गत वैशाख १२ गते गएको भूकम्प र त्यसपछि गएको पहिरोका कारण गोरेटोहरू भत्किएपछि धेरै हिमाली समुदाय देशको बाँकी भागबाट अलग हुन पुगेका छन् ।
“स्विडेन, स्विट्जरल्यान्ड र संयुक्त अधिराज्यबाट प्राप्त यो उदार सहयोगका लागि डब्लुएफपी ज्यादै कृतज्ञ छ ।” डब्लुएफपी नेपालकी राष्ट्रिय निर्देशक पिप्पा ब्राडफोर्डले भन्नुभयो । “अन्यथा पुग्न कठिन समुदायका एक लाख ४६ हजार व्यक्तिसम्म आश्रय सामग्री र खाद्यान्न हवाईमार्गमार्फत पु¥याउन उनीहरुलाई आउँदो जाडो मौसमका लागि तयार रहन ज्यादै महत्वपूर्ण छ । यो सहयोगको अभावमा युएनएचएएसका हेलिकप्टर सेवा बन्द हुने थियो र यसले उच्च हिमाली गाउँका लागि गम्भीर परिणाम ल्याउन सक्थ्यो ।” वैशाख १५ गतेयता, युएनएचएएसले १५६ मानवीय संस्थाका तर्फबाट आपतकालीन राहत सामग्री दुर्गम समुदायसम्म आपूर्ति गरेको छ । आजसम्म यसका हेलिकप्टरले तीन हजार ४०० भन्दा बढी मानवीय सहायताकर्मीलाई सेवा दिनुका साथै दुई हजार ३०० मेट्रिक टन मानवीय सहायता सामग्री हिमाली क्षेत्रमा दुवानी गरेका छन् ।
विपद्को समयमा खाद्यान्न सहयोग उपलब्ध गराउँदै समुदायको पोषण र समुत्थानशक्ति निर्माणका लागि काम गर्दै विश्वव्यापी भोकमरीविरुद्ध लड्दै आएको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) विश्वको सबैभन्दा ठूलो मानवीय सहायता एजेन्सी हो । हरेक वर्ष डब्लुएफपीले ८० राष्ट्रमा करिब आठ करोड मानिसलाई सहयोग पु¥याउँछ । रासस
dainiknepal
३० कार्तिक,काठमाडौं । भारतमा दूई देशबीच क्रिकेट खेल्ने भारतीय प्रस्तावलाई पाकिस्तानी क्रिकेट बोर्डले ठाडै अस्विकार गरिदिएको छ। हालै भारतीय क्रिकेट बोर्ड(बिसिसिआई)ले पाकिस्तानलाई यही डिसेम्वरमा भारतमा दुई देशबीच क्रिकेट खेल्न प्रस्ताव गरेको थियो।

तर भारतले अपेक्षा गरे विपरित पाकिस्तानी क्रिकेट बोर्ड(पिसिबी)ले भारतमा क्रिकेट खेल्न प्रस्तावलाई खारेज गरेको हो।

पिसिबीका प्रमुख शहरयार खानले भारत र पाकिस्तानबीचको खेल कि त पाकिस्तान नभए तटस्थ भुमि युएईमा हुने बताएका छन् ।
‘पाकिस्तान दुइ पटक भारतमा खेलिसकेको छ, अब पालो भारतको हो। अब अर्को सिरिज खेलिन्छ भने त्यो या त पाकिस्तानको घरेलु मैदानमा हु्न्छ या त युएईमा’ उनले भने।

पिसिबीले भारतले युएईमा खेल्न नमानेको बताएको छ। पिसिबी प्रमुख खानले सन २०१४ मा आईपिएल युएईमा खेलाउन सक्ने भारतले आफ्नो क्रिकट टिम युएई पठाउन नसक्ने कारण के भन्दै प्रश्न गरेका छन्।
उनले सन २००७ र २०१२ मा पाकिस्तान भारतमा खेलिसकेको र सन २०१४ मा भएको सहमति अनुसार पनि भारत पाकिस्तान वा युएईमा खेल्न तयार हुनु पर्ने बताएका छन्।
nepaliheadlines
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी गुजरातबाट लज्जास्पद पराजित भएसँगै उनीप्रति
भारतीय जनतामा तिब्र वितृषणा बढ्न थालेको छ

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौँ, ३० कात्तिक । वरिष्ठ पत्रकार गोपालप्रसाद थपलियाले नेपाल र भारतको सीमा सुरक्षाका लागि राहदानीको व्यवस्था हुनुपर्ने बताउनुभएको छ ।
दुई देशका जनताबीच लामो र ऐतिहासिक सम्बन्ध रहे पनि भारतीय शासक वर्ग र केही गलत तत्वले बेलाबेलामा जनतालाई लडाउने र भड्काउन प्रयास गरेकाले राहदानीको व्यवस्था हुनुपर्ने उहाँको तर्क छ ।
नसासम्बन्धी ‘म्यास्थेनिया ग्राभिस’ को अमेरिकामा उपचार गरेर हालै फर्कनुभएका ‘प्रेस स्वतन्त्रता सेनानी’ बाट सम्मानित थपलियाले तराई मधेसका आन्दोलनमा केही भारतीय पक्षको पनि संलग्नता पाइनुले दुई देशको सम्बन्ध बिगार्ने र नेपाली जनतालाई कष्ट दिने गिद्धे दृष्टि राख्ने तत्वको स्वार्थ देखिएको बताउनुभयो ।
उहाँले भन्नुभयो- “नेपालको सुरक्षाका लागि भारतीय सीमामा नेपालले बार हाल्नैपर्छ र राहदानीको व्यवस्था हुनुपर्छ । दैनिक आवातजावत र आपसी व्यापारका लागि विशेष व्यवस्था गर्नुपर्छ ।”
उहाँले नयाँ संविधानमा असन्तुष्ट भई मधेसी दलले गरिरहेको आन्दोलनले लोकतन्त्रको हित नगर्ने र यसले नेपाललाई विखण्डनतर्फ धकेल्ने दाबी पनि गर्नुभयो ।
जनआन्दोलनका घाइते रहेका थपलियाले अमेरिकामा रहँदा पनि नेपालको राष्ट्रियता र राष्ट्रिय स्वाधीनताका पक्षमा आवाज उठाउनुभएको थियो । थप उपचारका लागि केही महिनापछि खर्च जुटाई पुनः अमेरिका जाने जानकारी दिनुभयो । रासस
dainiknepal
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home