• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
ज्योतिष शास्त्रमा अंकको ठूलो महत्व छ । अंक अनुसार नै मान्छेको भविष्यबारे बताउँछन् ज्योतिषहरु ।

विवाहका लागि अंकमिलान एकदमै महत्वपूर्ण मानिन्छ । पछिल्लो समयमा सम्बन्धहरु सहजै विग्न थालेपछि यसको महत्व झनै बढेर गएको छ ।


जन्मदिनको मुलाङ्क अनुसार कुन केटा केटीको जोडी बन्ने कि नबन्ने निर्धारण गर्छन् ज्योतिषहरु ।

के हो मुलाङ्क ?

कुनै पनि ब्यक्तिको मुलाङ्क उसको जन्मदिनको गतेको संख्याको कुल हो अर्थात तपाइँको जन्म मिती १० गते हो भने तपाइँको मुलाङ्क १ हो तर ११ गते हो भने १‌‍‍‌+१= २ हुन्छ । १४ गते जन्मदिन हो भने मुलाङ्क १‌‍‍‌+४= ५ हुन्छ ।

९ सम्मको मुलाङ्क भएका केटी राम्रा मानिन्छन् । ९ सम्म मुलाङ्क भएका केटीहरुसँग सम्बन्ध गाँस्दा राम्रो हुने र जीवनमा सुख प्राप्ती हुने ज्योतिषको दावी छ ।

तर १ मुलाङ्क भएका केटालाई २ देखि ८ सम्मका जोर मुलाङ्क भएकी केटी जोडी परेमा यस्तो जोडीको जीवन दुःख र कलहले भरिएको हुन्छ । यिनीहरुको जीवनमा सँधै झगडा हुन्छ ।

यदि केटाको मुलाङ्क २ छभने त्यस्ता केटालाई १ देखि ७ सम्म मुलाङ्क भएका केटी ठिक हुँदैन । अन्य मुलाङ्क भएका केटी खोजेर सम्बन्ध जोड्नु उपयुक्त हुन्छ ।

जुन पुरुषको मुलाङ्क ३ हुन्छ त्यस्ता पुरुष ३, ४ र ५ मुलाङ्क भएकी केटीसँग टाढै बसेको राम्रो । तत्र जीवनभर कलह भोग्नु पर्ने हुन सक्छ ।

जुन पुरुषको मुलाङ्क ४ हुन्छ त्यस्ता पुरुष २, ४ र ५ मुलाङ्क हुने केटीसँग बँचेकै राम्रो ।

जसको मुलाङ्क ५ हुन्छ त्यस्ता पुरुषले १, २, ५, ६ र ८ मुलाङ्क मध्ये जुनसुकै भएकी केटीसँग सम्बन्ध जोड्दा पनि हुन्छ ।

जुन केटाको मुलाङ्क ६ हुन्छ त्यस्ता केटाले १ वा ६ मुलाङ्क भएकी केटीसँग सम्बन्ध राख्नु राम्रो हुन्छ अन्यथा जीवन तनावपूर्ण हुने खतरा हुन्छ ।

मुलाङ्क ७ हुने केटालाई मुलाङ्क २, ४ वा ७ हुने केटी जोडी मिल्छ ।

८ मुलाङ्क हुने केटाका लागि १, ४, ८ या ९ मुलाङ्क भएकी केटी जोडी ठिक हुन्छ ।

जुन पुरुषको मुलाङ्क ९ हो यस्ता पुरुषलाई १, २, ३, ६ वा ९ मुलाङ्क भएकी केटी राम्रो मानिन्छ । तर यो मुलाङ्क हुनेले ४ र ८ मुलाङ्क हुनेसँग भुलेर पनि सम्बन्ध राखुन् हुँदैन ।source nepaliheadlines
काठमाडौं, साउन २९ – मुलपानीमा रोपाईं गर्न गएका बेला स्थानीय महिलाहरुमाथि अश्लिल हर्कत गरेर राजीनामा दिन बाध्य भएका कृषिमन्त्री हरी प्रसाद पराजुलीलाई कृषि सचिव उत्तम कुमार भट्टराईले फुलमाला लगाएर विदाई गरेका छन् ।


विहीबार मध्यान्ह मन्त्रालमा एक कार्यक्रमको आयोजना गर्दै सचिव भट्टराईले राजीनामा दिएको डेढ महिनापछि पराजुलीलाई विदाई गरेको मन्त्रालय स्रोतले जनाएको छ ।

विवादित पूर्वमन्त्रीलाई विदाइ गर्ने कार्यक्रममा केही कर्मचारीहरुले उपस्थित नहुने मनशाय व्यक्त गरेपनि भट्टराई सबैलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको एक अधिकृतले रातोपाटीलाई बताए ।

मन्त्रालयको हलमा अयोजित कार्यक्रमको पुष्टि गर्दै मन्त्रालयका प्रवक्ता टिकाराम शर्माले भने, ‘विदाइ कार्यक्रम भएको हो, तर मेरो अन्यत्र कार्यक्रम भएकाले धेरै समय बस्न पाइँन ।’
कृषि सचिव उत्तम कुमार भट्टराई

कृषि सचिव उत्तम कुमार भट्टराई

असामाजिक हर्कत गरेर चर्को आलोचना खेपेका मन्त्रीलाई यत्ति लामो समयपछि विदाई गरेकोबारे जिज्ञासा राख्न पटक–पटक सम्पर्क गर्दा पनि कृषि सचिव भट्टराईको फोन उठेन

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं: काम गर्ने भिसामा थाइल्यान्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले स्युचाटारमा डिवेस्ट एजुकेसन कन्सल्टेन्सी सञ्चालन गर्दै आएकी गायत्री वाग्लेलाई पक्राउ गरेको छ।

नवलपरासी घर भएकी वाग्लेले थाइल्यान्ड पठाइदिन्छु भन्दै बूढानीलकण्ठका गोकुल क्षेत्रीसँग तीन लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप छ। उनलाई महानगरीय प्रहरी अपराध महाशाखाले बुधबार पक्राउ गरेको हो।



प्रहरीका अनुसार आइडिएल कन्सल्टेन्सी एन्ड क्यारियर डेभलपमेन्टका नाममा एक दैनिक पत्रिकामा विज्ञापन छपाएकी वाग्लेलाई क्षेत्रीले फोन गरेका थिए। फोनमा साढे तीन लाख रुपैयाँ लाग्छ र तलब नेपाली ६० हजार रुपैयाँ हुन्छ भनेपछि क्षेत्रीले वाग्लेलाई भेटेका थिए।

वाग्लेले एक लाख रुपैयाँ लिई ‘थाइल्यान्ड पुगेपछि मेरा दाजु भिमेश डोटेलले काममा लगाइन्छिन्' भनेपछि क्षेत्री थाइल्यान्ड गएका थिए।क्षेत्रीले थाइल्यान्ड पुगेर डोटेललाई भेटी थप दुई लाख ५० हजार रुपैयाँ बुझाएका थिए।

कामको व्यवस्थाका लागि भन्दै क्षेत्रीलाई एक थाई नागरिकको जिम्मा लगाएपछि डोटेल सम्पर्कविहीन भएका थिए। क्षेत्रीले प्रहरीमा उजुरी दिएअनुसार उनी २० दिन थाइल्यान्डमा बस्दा पनि काम नपाएपछि नेपाल फर्किएर पुनः वाग्लेलाई भेटेका थिए।

'रकम फिर्ता गर्न मिल्दैन बरु फेरि जाऊ, कामको व्यवस्था मिलाइदिन्छु' भनेर वाग्लेले क्षेत्रीलाई दोस्रोपटक थाइल्यान्ड पठाएकी थिइन्। दोस्रोपटक जाँदा पनि काम नपाएपछि फेरि उनी नेपाल आए। यहाँ आएर पैसा फिर्ता माग्दा वाग्लेले दिन नमिल्ने बताएपछि क्षेत्रीले महाशाखामा उजुरी दिएका थिए।


प्रहरीले अनुसन्धान गर्दा डिवेस्ट एजुकेसन कन्सल्टेन्सीकी सञ्चालक वाग्लेले कन्सल्टेन्सी सञ्चालनका लागि शिक्षा मन्त्रालयबाट अनुमति नलिएको पत्ता लागेको छ। भिडियो हेर्न तलको बाकस थिच्नुहोस

२९ साउन । चिकित्सकले चरम लारपरवाही गरी पत्थरीको अप्रेसनका क्रममा बिरामीको पेटभित्र दुईवटा पाइप
छाडेका छन् ।
दुख्न नछाडेपछि बिरामीले पटकपटक धाउँदासमेत शल्यक्रिया गर्ने चिकित्सक र उपचार गराएको अस्पतालले वास्ता नगरेकाले अन्तै भिडियो एक्सरे गराउँदा पेटभित्र पाइप देखिएको हो । भरतपुर १८ की ४० वर्षीया गोमा भण्डारीले मिर्गौलामा पत्थरी भएपछि नारायणी सामुदायिक अस्पतालमा शल्यक्रिया गराइएकी थिईन् । अप्रेसन डाक्टर ज्ञान पोखरेलले गरेका थिए । कान्तिपुर दैनिकमा समाचार छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
हत्‍यामा संलग्‍न राजु राणाभाट पक्राउ
कास्की: नेपाली कांग्रेसका स्थानीय नेता रामजी पौडेल 'बादल'को हत्या भएको छ। लेखनाथ-१ पावरहाउस घर भएका उनको शव पृथ्वीराजमार्ग नजिकैको भीर तल भेटिएको स्थानीयले बताएका छन्।


उनको हात, घाँटीमा चोट देखिएकोले आफन्तहरुले हत्या भएको भन्दै घटनाको छानबीन माग गरेका छन्।हत्‍याको विरोधमा उनीहरुले पृथ्वीराजमार्गमा चक्काजाम गरेका छन।   आक्रोसित भीडले बा १२ च ३२८० नम्वरको निजी मारुती सुजुकी गाडी जलाई दिएका छन। पौडेल देउवा पक्षका कार्यकर्ता हुन्।
 

बादलको हत्‍यामा संलग्‍न राजु राणाभाट पक्राउ परेका छन्। हत्‍यामा संलग्‍न तीन जनाको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।
/annapurnapost.com
यस्तो किन हुन्छ त्यसैले आज थोरै लेख्दै छु मन परे शेयर वा कपी गरेर पेजमा बा वाल मा लेखि दिनु होला।।*प्रदेशीहरु मात्र किन यति धेरै चोट र पिडाहरु भोग्नु पर्छ ?


~जब एउटा प्रदेशी मिठो सपना बोकेर प्रदेश पसेको हुन्छ।आफ्नो प्राणभन्दा प्यारी प्रेमीका वा श्रीमती साथ मा बा-आमा र छोरा छोरीलाई छोडेरप्रदेशको भुमीमा आफ्नो पसिना र रगत संग लड्दैभविष्यको मिठो कल्पना गर्दै प्रदेशी दिनहरु बिताउँछन ।रात दिन त्यहि आफ्नो प्रेमीका वा प्राण भन्दा प्यारी श्रीमती संगबिताएका पलहरु कल्पना गरी पर्देशी भुमीमा आफ्ना दु:ख सबै भुलि दिन्छन।प्रदेशीले हरेक दिन आफ्नो पसिना रगत संग लुकामारी गरी पैसा कमाउँछन ।

बिचरा प्रदेशी मन मा चाहाँना हुदाहुदै पनि भविश्य सोची एक पैसा खर्चनगरी कमाएको हुन्छ तर आज कल कस्तो जमाना खै कसरी भनु म संसार नैस्वार्थी र जाली भए पछि।आज भोली बढि पर्देशीका प्रेमीहरु वा श्रीमतीहरुबढि अर्कै संग जान्छन किन ?त्यसैले आज चिच्याई चिच्याई भन्न मन लागेको छ मलाई।प्रेदेशीको पनि एउटा चाहाँना हुन्छ सपना हुन्छ ।

उसको पनि एउटा छुट्टै संसारबनाउँने सपना हुन्छ।तर सपना सपना मै सिमित रहन्छ केवलप्रेमीका वा श्रीमतीहरुले गर्दा।हे भगवान किन सोच्दैनन प्रदेश मा पसिना र रगत संग खेल्दै पैसा कमाउँनु भएको छ।हाम्रै लागी त होनि प्रदेश जानु भएको भनेर ?किन सोच्दैनन प्रदेशी जिन्दगी संग खेलवाड गर्दा उसको मन दुख्ला भनेर ?कति धेरै सपना बुनेको हुन्छ धेरै पैसा कमाएर राम्रो संग बसुला भनेर तरसोचेको भन्दा ठिक उल्टो भई दिन्छ बिचरा प्रदेशी दु:ख गरेरकमाएको पैसा उता घर मा अर्कै संग मोज मस्ती गरेर अर्कै संग पोईला जान्छनत्यो पल कसरी सहन सकेको होला त्यो पर्देशीले किन सोच्दैन किन ?

मन भरी संगालेका मिठा सपनाहरु भताभंग पारेर जिउँदो लाश सरी फेरी आफ्नैजन्म भुमी ठाउँ र बा-आमा र छोरा छोरी सम्झेर घर फर्केको हुन्छ।
मैले पनि आज मेरी उनीलाई भन्दैछु मेरो जिन्दगी तिम्रै हात मा चाँहे बगार
चाँहे सपार तिम्रो जिम्मा। भिडियो हेर्न तलको बाकस थिच्नुहोस
लेखनाथ : लेखनाथ नगरपालिका–१ स्थित पट्नेरीमा रहेको सेतीको पुल नजिकैबाट नदीमा खसेको ट्र्याक्टर हराएको छ ।

ग १ त ११६१ नम्वरको बालुवा बोकेको ट्र्याक्टर बागमारा पशुपती घाटबाट बालुवा लिएर आउने क्रममा आज चिरगादी पुलछेउबाट तल खसेको हो । ट्र्याक्टरमा रहेका चालक र सहचालकसहित अन्य दुई जना सामान्य घाइते रहेका छन् ।



ट्र्याक्टरको खोजीकार्य जारी रहेको इलाका प्रहरी कार्यालय गगनगौँडाका प्रमुख उज्ज्वल पौडेलले जानकारी दिए ।
annapurnapost.com
हरेक दिन बिहान उठ्ने बितिकै खाली पेटमा पानि पिउने बानी जापानमा लोकप्रिय छ। यस बाहेक बैज्ञानिक परिक्षणले पनि पुष्टि गरेको छ कि नियमित निम्न तरिकाले पानी पिउने हो भने केहि त्यस्ता नया पुराना रोगहरु टाउको दुख्ने, शरीर दुख्नु, हृदय प्रणाली, तेज धड्कन, मिर्गी, अत्यधिक मोटोपन, आस्थामा, क्षयरोग, मेनिनजाइटिस, मिर्गौला र मूत्र रोग, उल्टी, ग्यास्ट्रिक,  मधुमेह, कब्जियत,आँखा रोग, कान, नाक र घाँटी रोग आदि नलाग्न, निको पार्न, अथवा बढ्न नदिन पानीले ठुलो मदत पुर्याउछ।


पानि पिउने विधि
१. बिहान उठ्ने बित्तिकै ब्रस गर्नु अघि खाली पेटमा ४ गिलास*१६० मिलिलिटर पानि पिउनुहोस।
२. अब ब्रस गर्नुहोस र अन्य दैनिकी नित्यकर्म गर्नुहोस तर पानि पिएको ४५ मिनेट फेरी केहि पेय पदार्थ नपिउनुहोस र केहि खाना पनि नखानुहोस।
३. ४५ मिनेट पछी तपाइले नियमित झैं नास्ता या खानपिन गर्न सक्नुहुन्छ।
४. नास्ता या अन्य बिहान बेलुकाको भोजन गरेको १५ मेनेट पछी २ घण्टा सम्म फेरी केहि खानपिन नगर्नुहोस।
५.  जापानिज र चाइनिजहरु आफ्नो भोजन संग तातो चिया वा तातो सुप पिउने गर्छन। हामी पनि नक्कल गर्ने कि? हुनत खाना संग एक गिलास चिसो पेय सबैलाई मन पर्छ। तर भोजनमा भएको चिल्लो पदार्थ पचाउन तातो पेयले मदत गर्छ भने चिसो पेयले जमाउछ।
६. रोगि वा बिरामीले यदि सुरुमा ४ गिलास पानि पिउन कठिन हुन्छ भने जति सकिन्छ त्यति बाट सुरु गर्नुहोस र बिस्तारै बढाउदै ४ गिलासमा पुर्याउनुहोस्।
निम्न रोगहरु लाग्न नदिन, कम गर्न, निको पार्न माथिको पानि पिउने विधिले मदत गर्दछ।
उच्च रक्तचाप – ३० दिन
गैस्ट्रिक – १० दिन
मधुमेह – ३० दिन
क्यान्सर – १८० दिन
क्षयरोग – ९० दिन
माथिको विधि अनुसार पानि पिउदा साइड इफेक्ट केहि हुदैन निश्चिन्त हुनुहोस तर केहि बेर लगातार पिसाब लाग्ने छ। यो विधिलाई सबैले आफ्नो दैनिकी बनाउने हो भने स्वस्थ रहन मदत पुग्ने छ।
दैनिक कति मात्रामा पानि पिउने भन्ने प्रस्नको उत्तर फरक फरक हुन सक्छ। स्वास्थ्य स्थिति, वातावरण र सारीरिक क्रियाकलाप अनुसार पिउने पानीको मात्रा फरक होला तर सामान्य अवस्थामा स्वस्थ मानिसलाइ दैनिक ३ देखि ४ लिटर तरल पदार्थको आवस्यक्ता पर्दछ। केहि मात्रामा तरल पदार्थ फलफुल र खानाको माध्यम बाट पनि आपूर्ति हुन्छ। मानव सरिरका प्राय सबै प्रणालीलाई पानी चाहिन्छ। पानीले नै हो सरिरमा भएका बिकारलाई पसिना र पिसाबको माध्यमबाट बाहिर निकाल्छ, हरेक कोषहरूमा पौष्टिक आहार पुर्याउन्छ, नाक कान् र घांटीमा ओसिलो पन राख्छ। त्यसैले माथिको विधि अनुसार दैनिक पानि पिउन सुरु गरौ स्वस्थ रहौ।
गर्मीको महिना र सारीरिक ब्यायम गर्दा साबिकको भन्दा बेसी पानि पिउने बानी बसालौ। भिडियो हेर्न तलको बाकस थिच्नुहोस
मृत्युसंग डरलाग्नु स्वभाविक हो। अधिंकास मानिस मृत्युसंग डराउँछन्। दिउँसो भन्दा राती बढी डर लाग्छ, किन? जुन कुराको यथार्थ थाह हुदैन, जुन देख्न सकिदैन, त्यसबाट डर पैदा हुनु सामान्य हो। तर साच्चैँ मृत्यु के हो?
मृत्युसंग किन डर लाग्छ?

मृत्यु शब्द सुन्ने बित्तिकै सबैभन्दा पहिले ‘सबैकुराको अन्त्य हुने’ सोच आउँछ। ‘सबैकुराको अन्त्य’ हुने सोच नै डरको कारण बन्न जान्छ। जे हुदैछ त्यसको अन्त्य होस्, हामी चाहदैनौ। तैपनि दुःखको अन्त्य होस भनि कामना गर्ने गर्छौ।

मृत्युले राम्रा वा नराम्रो दुवैमा परिवर्तन ल्याउँछ। मृत्यु पश्चात आत्मा एउटा शरिरबाट अर्को भौतिक शरिरको खोजीमा निस्कन्छ। अर्थात आत्मा एक नयाँ जीवनको खोजीमा बुढो शरिरलाई छोडिदिन्छ।

डरको सबैभन्दा ठुलो कारण मोह हो। यो जीवनको मोह, जीवनसंग जोडिएका मानिस अनि वस्तुको मोह। त्यसैले मृत्युसँग डर लाग्छ। मोहको कारण। केही मानिस यस्ता भेटिन्छन् जो मृत्युसंग डर मान्दैनन। मृत्युसंग डर नमान्नेले साँच्चैको जीवन जिएका हुन्छन्, जीवन जिउने कला जानेका हुन्छन्।

संसारको वास्तविकता जानेर पनि हामीलाई होस हुदैन, जीवन छ भने मृत्यु पनि हुनै पर्छ। किनकी संसार क्षणभरको छ, परिवर्तनशील छ। परिवर्तन संसारको रित हो। जसले परिवर्तन बुझेको हुन्छ उसले जीवनको यथार्थ बुझ्नसक्छ। यो लेख पढ्नसुरु गर्नु भएको तपाइ र यो वाक्य पढ्दै गरेको तपाई एउटै हुनुहुन्न। तपाइको शरिर परिवर्तनशील छ, कोष मर्ने अनि नयाँ बन्ने प्रक्रिया प्रत्येक पल भइरहेको छ। हाम्रो सोच भने फरक हुन्छ, जे भइरहेछ सधै रहन्छ झै व्यवहार गर्छौ।

यस्ता व्यवहारको पछाडी केही कारण छन्। हामीलाई जीवनको उद्धेश्य थाह नहुनाले यस्तो सोचिन्छ। जीवनको उद्धेश्य थाह पाउन हामीलाई कुनै चाख छैन। किनकी आफै बाटो बनाउन कठिन छ, त्यसैले त हामी त सदियौं देखि अन्यले देखाएको बाटो हिड्दैछौ।

मृत्यु पछि के हुन्छ?

मृत्युपछि के हुन्छ, यो बहसको मात्र विषय हो। मृत्यु पछिको सत्यता जीवन छदै थाह पाउन सकिदैन। थाह नभएको विषय भएकाले नै मृत्युको डर लाग्ने गर्छ। मृत्यु पछिको सन्दर्भमा ‘स्वर्ग’ र ‘नर्क’ निकै प्रचलनमा रहेको विषय हो। तर ‘स्वर्ग’ र ‘नर्क’ जीवन छदै अनुभव गरिन्छ, जसको लागि मृत्यु नै पर्खनु पर्दैन। बालककाल देखि नै मृत्यु अनि स्वर्ग र नर्कको बारेमा धेरै विषय थाह भइसकेको भए पनि कुनै पनि तथ्य वा विचार भरपर्दा छैनन, झुक्याउनलाई भनिए जस्तै।
पुर्वजन्म र पुर्नजन्म

स्वर्ग’ र ‘नर्क’ मान्ने हो भने पुर्वजन्म र पुर्नजन्म पनि सम्भव देखिन्छ। पुर्वजन्म र पुर्नजन्म हुनु पछाडी धेरै कारण हुने गर्छन। जब सिद्धार्थ गौतम बुद्धले बुद्धत्व प्राप्त गरे उनले आफ्नो पुर्वजन्म नहुने बताएका थिए। बुद्धत्व प्राप्त हुनासाथ पुर्वजन्म अनि पुरै सृष्टीको बारेमा ज्ञान पाएका बुद्धले आफ्नो जीवनको लक्ष्य भेटेको र अब कुनै पुर्नजन्मको आवश्यकता नपर्ने हुनाले अर्को जन्म नहुने बताएका थिए। बर्षौंको ध्यानले उनले जीवनको यथार्थ जानेका थिए। बुद्धको अनुसार मृत्यु जीवको अन्त्य होइन। एउटा भौतिक शरिरले जीवनको सत्यको लागि गरेको प्रयत्न अनुसार अर्को जन्म निश्चित हुन्छ। उदाहरणको लागि तपाइले केही कुरा जान्न खोज्दै हुनुहुन्छ, एक दिन किताब खोज्न बिताउनुहोला, अर्को दिन एउटा किताब पढेरसक्नु होला, तेस्रो दिन सोही बिषयमा अन्यसंग छलफल गर्नुहोला, अर्को दिन सो विषयमा तपाइ ठुलो जानकार भइसक्नुहुनेछ। त्यसपछिका दिनमा तपाइले सो विषय खोजिरहनु पर्दैन। त्यसरीनै हाम्रो जन्म हुने गर्छ। प्रत्येक जन्ममा केही न केही सिकिन्छ जसले अर्को जन्ममा सहयोग गर्छ।

यो सन्दर्भ हिन्दु धर्मसंग पनि मेल खान्छ। लाखौ योनी हुदै मानव शरिरमा आत्माको जन्महुने धेरै पुराणमा सुनिदै आएको हो। साथै आत्मा अमर हुने विषय संसारका सबैजस्तो धर्म सम्प्रदायले बताउँछन्। शरिरको उमेर भएझै आत्माको पनि उमेर हुन्छ (आत्माको उमेरको बारेमा विस्तृतमा पढ्नुहोस्)। प्रत्येक जन्ममा सिकेका कुराले आत्माको उमेर तय गर्छ। जति आत्माको उमेर बढ्दै गयो त्यति नै जीवनको यथार्थको नजिक पुगिन्छ, बुद्धत्व प्राप्तिको बाटोमा अघि बढिन्छ। आखिर मृत्यु पनि जीवनको सत्यताको लागि आत्माले खोज्ने नयाँ शरिर हो, नयाँ बाटो हो,नयाँ अनुभव हो ।
एजेन्सी । भनिन्छ प्रेम अन्धो हुन्छ तर, यहाँ एक महिला आफ्ना भान्जाको प्रेममा यति अन्धी बनिन कि उनले आम मानवीय सम्बन्धलाई थोरै पनि ख्याल गरिनन् । जून पुरुषसँग उनले जन्मौं जन्मसम्म जिउने मर्ने कसम आएकी थिईन् उसैलाई मृत्युको चितामा पुर्‍याएकी छिन् ।
घटना भारतको राजस्‍‌थान प्रदेशको राजधानी जयपुर स्थित बरकत नगरको हो । ३५ वर्षीय महिलाले कथित आफ्ना प्रेमी भान्जासँग मिलेर आफ्नै पति राकेश सैनीको हत्या गरेकी छिन् ।
घटनाको जानकारी पाएपछि पुलिसले आरोपी महिला र उनका प्रेमीलाई गिरफ्तार गरेको छ । आरोपी महिलाको उनका भान्जाबीच प्रेम सम्बन्ध चलिरहेको थियो यति मात्रै होइन् प्रेमको उत्कर्षमा पुगेर महिलाले आफ्ना प्रेमीसँग अवैध शारीरिक सम्बन्ध पनि राखिन् । महिलाका पति राकेशलाई आफ्नी पत्‍नी र भान्जाबीच बढिरहेको सम्बन्धका बारेमा थाहा थियो । उनलाई प‌त्‍नीले अवैध शारीरिक सम्बन्ध राखेको कुरा पनि थाहा थियो ।
टाइम्स अफ इंडियाका अनुसार, आरोपी महिलाका पति राकेशलाई जब उनीहरुको सम्बन्धका बारेमा थाहा भयो तब पत्निलाई कुटपिट गर्न थाले जसबाट आजित भएर ती महिलाले आफ्ना प्रेमीसँग मिलेर राकेशलाई मार्ने योजना बनाए । र त्यसपछि उनको हत्या गरिदिए ।
पुलिसका अनुसार, हत्यापछि महिलाले पुलिसलाई फोन गरिन र भनिन् कि- मेरा पतिलाई अज्ञात समुहले हमला गरी हत्या गरेका छन् । महिलाको सूचना केही बेरमा पुलिस घटनास्थल पुग्यो । त्यसपछि प्रहरीको विशेष जांच दलले हत्‍या भएको ठाउँको तलासी लियो ।
जयपुरका डिप्टी पुलिस कमिश्नर राष्ट्रदीप कंवरका अनुसार फोनमा पति-पत्नीमाथि हमला भएको भनिएको थियो तर, महिलाको शरीरमा कुनै चोट देखिएन् । त्यसपछि प्रहरीले घटनामा थप रहस्य लुकेको भन्दै गहिरो अनुसन्धान थाल्यो ।
गहिरो अनुसन्धानको सुरुवात प्रहरीले महिलालाई केही प्रश्न सोधेर गर्‍यो । तर, महिलाले स्पष्टसँग जवाफ दिन सकिनन् । त्यसपछि प्रहरीलाई झनै शंका भयो । त्यसपछि पुलिसले महिलाको घरको तलाशी लियो । तलासीका क्रममा थाहा भयो की जुन कोठामा राकेशको हत्या गरिएको थियो त्यहाँ केही रगतका धब्बाहरु थिए । जसलाई पोछा लगाएर सफा गरिएको थियो ।
त्यसपछि महिलासँग प्रहरीले कडा सोधपुछ गरेपछि उनले घटनाको सबै पोल खोलिन । महिलाले बताएअनुसार उनले आफ्ना भान्जासँग मिलेर पति राकेशको घाटी रेटेकी थिईन् जसकारण खूनका छीटा दुबैको शरीरमा लागेको थियो तर, उनीहरुले हत्यापछि आफ्नो शरीरलाई धोएर रगत पखालेका थिए ।
त्यसपछि महिलाले आफ्ना भान्जालाई घर छोडेर भाग्न पठाइन् । महिलाबाट पाएको जानकारीका अधारमा पुलिसले छापा मारेर उनका प्रेमी पवनलाई पनि गिरफ्तार गर्‍यो । अब माइजू र भाञ्जालाई ज्यान मार्ने उद्योगमा कम्पतीमा २० वर्ष जेल सजाय हुन सक्ने प्रहरी अधिकारी बताउँछन् ।
dainiknepal.com
करिब ६ वर्षदेखि नेपाली कामदार लैजान रोकेको इजरायल सरकारले अब महिला कामदार ल्याउने भएको छ। श्रम तथा रोजगार मन्त्रालयको लामो पहलपछि इजरायली सरकार नेपाली महिला कामदार ल्याउन सहमत भएको हो। महिला कामदार इजरायल ल्याउने  सम्झौतामा हालै श्रम तथा रोजगार मन्त्रालयमा दुई देशका अधिकारीबीच कामदार ल्याउने विषयमा हस्ताक्षर भयो |


अहिले नेपालमा, इजरायल आउनको लागि ठूलै मान्छेको सोर्स लगाइरहेको पनि भेटिएको छ| हिजोको दिनमा कुन देश गएकी तिमी, इजरायल ? भन्दै नाक खुम्च्याउने दिदी बहिनीहरू आज हामी पनि इजरायल आउन पर्यो त्यताबाट मिलाइ दिनुपर्यो, लौ न भन्दै दिनकै ४,५ कल फोन यो पंक्तिकारलाई गर्छन्|

ती दिदी बहिनीहरुलाई लाग्न सक्छ, इजरायल आउनेबित्तिकै डलरको ओइरो लाग्छ| तर कुरा त्यसो होइन। सरकारले भने अनुसार १ लाख २५ हजार कमाउन कामदार दिदी बहिनीहरूले धेरै आँशु बगाउनु पर्छ | त्यो आँशुको मूल्य लाख त के करोडौं रूपैयाँले पनि चुकाउन सक्दैन।

हालै नेपाल सरकार र इजरायल सरकारले गरेको कामदारसम्बन्धी सम्झौतामा सुसारे कामदारको लागि विवाहित, आमा बनिसकेकालाई प्राथमिकता दिने भनिएको छ।  अविवाहित केटीहरु आए भने इजरायल मै बिहे गरेर बस्छन् नेपाल फर्कदैनन् भन्ने कुरामा इजरायल चनाखो भएको देखिन्छ। उता नेपाल सरकार भने कामदार पठाउन इजरायलसँग भिक मागिरहेको शैली देखाइरहेको छ।

इजरायलमा पैसा कमाइ त हुन्छ तर त्यो पैसाले किन्न नपाउने आफ्नो पन इजरायल लगायत अन्य देशमा विदेशिने महिलाहरूले कहिल्यै पाउँदैनन् भन्ने कुरा हेक्का राखेको देखिदैँन्। दुध खुवाउँदै गरेको बच्चा परिवारको काखमा फालिदिएर, अघिल्लो रातसम्म अँगालोमा बाँधिएर सुतेको श्रीमा्न एर्पोट पुर्याउन आउँदा हात छोड्न नसकेको त्यो मर्मस्पर्शी क्षण! फेरि त्यतिबेला जति भक्कनिए पनि लामो समयको बिछोडले उत्पन्न हुने शंका उपशंका र असमझादारीबाट कतिपयको त धन कमाउने लहलहैमा  पारिवारिक माया सधैँको लागि बिदा भएको कारूणिक स्थिति हाम्रा आँखाले धेरै देखिसकेका छन्।  


इजरायलमा रहेका नेपाली  कामदारमध्ये झण्डै ८५% महिला छन्। घर भित्र रहेर केयर गिभरका रूपमा बुढाबुढीको स्याहारमा व्यस्त हुनुपर्ने उनीहरूको काम हो। जसरी बाहिरबाट हाँसीखुसी  इन्टरनेट चलाएर, लेख रचना गरेर वा राम्राराम्रा फोटाहरु अपलोड गरेको देखेर धेरै पैसा कमाएको देखिन्छ तर यहाँको यथार्थ बेग्लै छ| कहिँकतै सजिला काम भए पनि धेरैजसो अल्जैमर रोगी हेर्नुपर्छ| अरु सबैखाले बिरामीभन्दा यो रोगका बिरामी देख्दा सजिलो भए पनि मानसिक रुपमा धेरै तनाब बेहोर्नुपर्छ|  बिरामीहरू बेलाबेलामा झर्किने/रिसाउने हुन्छन्| त्यसबेला आफू संयमित भएर हाँसीहाँसी उनीहरुलाई सामान्य अवस्थामा ल्याउनु पर्छ| बिरामीको अवस्था हेरेर आफू २४ घण्टा ड्युटी गर्न तयार भएर बस्नुपर्छ |कुनै बिरामी सजिला हुन्छन, कामदारलाई पनि बुझ्ने हुन्छन् भने  कुनैले काम गर्ने मेसिन सरह सोच्छन् र केवल काममा मात्र दलाइरहन्छन्।

इजरायलको काममा झट्ट हेर्दा खानपिन बसाईं लगायत स्वास्थ्य उपचार फ्री भएको जस्तो देखिन्छ तर यो बिल्कुल  सत्य होइन।   मालिकहरुले एक कौडी पैसा खर्च गरेका हुँदैनन् न त हामीलाई दया नै गर्छन्|  कामदारले पाउनु पर्ने तलबबाट कटाएर नै यस्तो सुविधा दिएइको हो । त्यसमाथि पनि  भाषा जानेकालाई छुट्टै व्यवहार हुन्छ भने नजानेकाले आफूले पाउनु पर्ने सुबिधाबाट बन्चित हुनुपर्छ|

कामदारको रूपमा यी यावत् हेपाई सहनु पर्दा आफ्नै देश, परिवार झल्झली सम्झेर तरक्क आँशु झर्छ| इजरायलको कामलाई जति राम्रो भनिए पनि आखिर यो परदेश हो| यहाँ जरो आउँदा टाउको समाई दिने आफन्त छैनन् |धेरै बिरामी परे हस्पिटलको शैयामा एक्लै लडिरहनु पर्छ| त्यतिबेला आकाश झरेर च्यापे जस्तो महसुस हुन्छ| यो पीडा सम्पूर्ण परदेशिएका नेपालीहरुको हो|

अन्तमा, सरकार आफ्ना देशका नागरिकलाई काम गर्न विदेश पठाएको कुरामा खुसी हुने वातावरण रोकिनु पर्छ। उनीहरूलाई त देश निर्माण गर्न लगाउने र देशप्रतिको दायित्व निर्वाह गर्न उत्प्रेरित गर्न पहल गराएमा सर्वोत्तम हुने थियो । यदि त्यो संभव छैन र देशको अवस्थालाई ध्यानमा राखेर युवा शक्ति विदेश श्रम गर्न पठाउनै पर्ने भयो भने पनि पठाउनुभन्दा पहिला  यथोचित तालिम दिनुपर्छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं,साउन २८–प्रहरी महानिरीक्षकको  छोराबाटै असुरक्षा बढेको भन्दै स्वास्थ्य मन्त्रालयका सह–सचिव डा. गरिबादास ठाकुरले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएका छन् ।
बुधवार ठाकुरले दर्ता गराएको उजूरीमा विभिन्न परिस्थीतीको सिर्जना गरी आफु र आफ्नो परिवारलाई मानसिक तथा समाजिक दबाव सिर्जना गरिरहेको उल्लेख गरिएको छ । गएको असार १९ गते आफ्नो छोरा डा. अनिमेश ठाकुरलाई आईजिपी अर्यालका छोराले कर्तब्य गरि हत्या गरेको भन्दै त्यसबारे कानुनी उपचारमा लाग्दा आफुमाथी खतरा बढेको उनले दाबी गरेका छन् ।   उजुरी पत्रमा भनिएको छ, ‘हामिलाई निज अभियुक्त र उनका सहयोगीबाट असुरक्षाको महसुस र वातावरण सिर्जना भैरहेको छ, यस्तो अवस्थामा हामीलाई सुरक्षाको ब्यवस्था मिलाएर पिडाको घडीमा दुर्घटनाबाट जोगाईदिनु हुन अनुरोध गर्दछु ।’ /www.ratopati.com
काठमाडौं: हास्यकलाकार जोडी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले काभ्रेपलाञ्चोकको पहरी बस्तीमा बनाएको एकीकृत नमुना बस्ती स्थानीयलाई हस्तान्तरण गरेका छन्।

सहरी विकास मन्त्री डा. नारायण खड्का बुधबार नमुना बस्तीमा बनेका २० घरको चाबी परिवारका मुलीलाई हस्तान्तरण गरे।भूकम्पले पहरी समुदायका अधिकांशको घर भत्किएको थियो। घर हस्तान्तरण गर्दै मन्त्री डा. खड्काले सरकारले एकीकृत बस्ती विकासको लागि योजना बनाइरहँदा कलाकारले निर्माण गरेको एकीकृत बस्तीको कामले फाइदा पुगेको बताए।


कलाकार हरिवंश आचार्यले कलाकारमा मानवीय संवेदनाको रूप हुने उदाहरण धुर्मुस र सुन्तलीले प्रस्तुत गरेको बताए। कलाकार मदनकृष्ण श्रेष्ठले धुर्मुस सुन्तलीले सामाजिक कार्यको आनन्द लिइरहेको बताए।

कार्यक्रममा धुर्मुसले भूकम्पपछि अमेरिकाको कार्यक्रमलाई रद्द गरेर नेपाल फर्किएपछिको अवस्थाको स्मरण गर्दै विभिन्न ठाउँको खोजी पछि पहरी बस्तीमा आइपुगेको बताए। उनले भने, 'लगातार झन्डै ७५ दिन बारीको पाटामा सुत्दै घर बनाएर अहिले समुदायलाई जिम्मा दिँदाको खुसीको म वर्णन गर्न सक्दिनँ।'

यो जोडीसँगै मेरी बास्सै, भद्रगोल र सगुन डटकमको सहकार्यमा बस्तीका घरहरू निर्माण गरिएका हुन्। कार्यक्रममा बस्ती निर्माणमा जन श्रमदानदेखि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने व्यक्तिलाई कदरपत्र प्रदान गरिएको थियो।


बस्तीमा बनेका प्रत्येक घरमा तीनवटा कोठा र एक ट्वाइलेट बाथरुम छ भने सबै घरमा डिस जोडिएको छ। प्रत्येक घरको अगाडि एक-एकवटा धारा जडान गरिएका छन् भने ट्वाइलेटको मलमूत्रलाई सीधै बायोग्यासमा जोडेर ग्यास उत्पादन गरिएको छ। त्यहाँ घुम्न आउने पाहुनाका लागि पाहुना घरको समेत निर्माण गरिएको छ।
www.annapurnapost.com
ज्योती मगर,
साच्चि तपाईको निकै चर्चा हुने गर्छ । नाम पनि निकै सुनिन्छ । साथीभाईसँग बस्दा होस् या त कही कतै चिया पसल यात सार्वजनिक स्थल तपाईकै कुरा हुनछ आजभोली । हुन त पहिले पनि आक्कलझुक्कल हुन्थ्यो तर
आजभोली अलि बढी भइरहेको जस्तो लाग्छ मलाई ।
कुरा त हुन्छ तर, राम्रा कुरा भने कहिल्यै हुँदैन । आज म तिमीलाई तपाईकै बारेमा केही कुरा भन्न गइरहेको छु
। ज्योती, ब्यक्तिगत रुपमा तिमीलाई जे मन लाग्छ गर, त्यो तिम्रो स्वतन्त्रता र अधिकार हो । तर, यसामाजिक रुपमा आफ्नो उत्तउलोपन आफैसँग राख्दा राम्रो होला । तिमीले केही समय यता लोकगीत दोहोरी गीत क्षेत्रको नराम्रोसँग बेइज्जत गरिरहेकी छौँ । धेरै पटक तिम्रा उत्ताउला र सीमा नाघेका गीत भिडियो सुनेपछि हेरेपछि मन अमिलो भएर आउँछ । केही दिनदेखि उनको बारेमा अनलाइनहरु फेसबुक र ट्विटर अनी यु ट्युबमा आइरहेका प्रतिकृया हेरेपछि मेरो मन थाम्न सकेन र केही कुरा लेख्न मन लाग्यो ।

मलाई लाग्छ लोक गीत र दोहोरी गीत, तीज गीत भनेको हरेक नेपालीको मन हो, मुटु हो । जसको सम्बन्ध हाम्रो पूर्खासँग पनि रहेको छ र नेपाली संस्कृतिको एउटा रुप पनि यही हो । ज्योति तिमी यो क्षेत्रको लागि अनुपयुक्त छौ ? तिमी आफैलाई सोध । यो पवित्र क्षेत्रलाई तिम्रो नग्नता र उत्ताउलोपनले दुषित पार्ने धृष्टता नगर । चर्चा कमाउनकै लागि हो भने, देखाएकै भरमा हिट हुने भूत चढेको हो भने, तिमीलाई अरु बाटो रोज, मोडलिङमा जाउ तर नेपाली लोक क्षेत्रमा बसेर यस्तो तमासा नगर । लोक क्षेत्रमा आएर शरीर देखाउने काम नगर र लोक गितको जुन पुरानो पहिचान छ त्यसलाई बिगार्न नखोज । यस्ता गतिबिधि गर्ने अरु बाटा छन् त्यतै जाऊ तिमी ।
हेर, लोक दोहोरी क्षेत्र ज्योतीको ‘देखाउने’ क्षेत्र होइन । ज्योति तिमी लोक दोहोरीको नाम लिएर यसलाई बिटुल्याउने काम नगर । तिम्रा बाबुआमा दाजुभार्इ दिदी बहिनी वा कोही आफन्तजन सँगसँगै बस, तिम्रै उत्ताउलोपना हेर, देखाउm अनी वहाँहरुलाई सोध, तिम्रो अन्तरमनलाई सोध, के तिमी ठीक गर्दैछौं ? तिम्रो काम, क्षेत्र र तिम्रो व्यवहार फरक भयो । एकपटक सोच अनि आफ्नो नाम गलत पहिचान र बाटोबाट होइन राम्रो बटोबाट कमाऊ ।
kathmandutoday.com
शैक्षिक योग्यता खोज्नेलाई ओलीको प्रश्‍न
काठमाडौं: एमाले अध्यक्ष केपी ओली सधैंभन्दा भिन्न मुढमा थिए। बुधबार दिउँसो उनी मुस्कुराउँदै प्रज्ञाभवन कामलादी प्रवेश गरे। कार्यक्रम सञ्चालन भइरहेका बेला उनी आसनमा बसे। केही वक्ताको भाषणसमेत रोचक मुडमा सुने उनले। कार्यक्रम थियो उद्योग मन्त्री महेश बस्नेतको ‘म महेश’ पुस्तक बिमोचन।

कार्यक्रमको अन्तिममा ओलीले ४५ मिनेट भाषण गरे। तर त्यो राजनीतिक भाषण थिएन। उनले ऋषिमुनी, जडीबुटीका, तपोभूमिका र बुद्धका बारेमा प्रबचन दिए झैं सुनाए। ‘संविधानको मस्यौदामा नेताहरु यति पढेको र उति पढेको भन्ने पनि चर्चा आयो, म प्रश्न गर्छु-बुद्धले कति कक्षा पास गरेका थिए? ‘ ओली आफैले जवाफ पनि दिए, ‘उनी साक्षर पनि थिएनन् तर उनका नाममा आज कतिले पीएचडी गरेका छन्?’

ओलीले नेपाल ज्ञान र तपोवनको खानी भएको पनि बताए। ‘ऋषिहरु काशीबाट, गयाजीबाट, बंगालको खाडीबाट नेपाल आउँथे अनि ज्ञान प्राप्त गरेर फर्किन्थे,’ ओलीले भने। नेपाल ज्ञानभूमि र तपोभूमि रहेको स्पष्ट पार्दै उनले नेपाली माटो नै बिशेष भएको बताए।

‘अरु देशमा चार लाइन कविता लेख्ने आँशुकवि हुन्छ, हाम्रोमा त गाई हेर्न जाने गोठला दोहोरी खेलेर सधै आँशुकवि हुन्छन्,’ ओलीले भने, ‘यहाँ लेखे कथा बन्छ, भने कविता बन्छ, बोले गीत बन्छ।’ मञ्चमा रहेका उपप्रधान एवं गृहमन्त्री बामदेव गौतमतर्फ लक्षित गर्दै ओली भने, ‘तपाईं पनि महेश बस्नेतको किताब बिमोचनमा आएर ताली मात्र बजाउने होइन भरेदेखि कलम कापी लिएर लेख्न बस्नुस्।’

ओलीले नेपाली गुगल ब्वाई भनेर चिनिने आदित्य दाहाल र झलनाथ खनालको सन्दर्भ पनि यसरी निकाले, ‘आदित्यको कुरा सुनेर झलनाथजी पनि त्यहाँ जानु भएछ, अनि उसलाई सोध्नु भएछ-मेरी हजुरआमाको नाम के हो? आदित्यले नाम लेखिदिएपछि झलननाथ तीनचित पर्नु भएछ, उहाँलाई पनि हजुरआमाको नाम थाहा रहेनछ अनि घरमा फोन गरेर सोध्दा त उही नाम रहेछ।’ ओलीले थपे, ‘शिवजी डमरु बजाएर आएका हुन कि के हो ? जे भए पनि उनले पनि नेपाल नै रोजे।’

ओलीले नेपालीहरु सूचना प्रविधिमा समेत अगाडि रहेको बताए। ‘मोबाइल सेट आइपुगिसकेको हुँदैन यहाँ चलाउन जान्ने धेरै हुन्छन्।’ फेरी गौतमतर्फ लक्षित गर्दै उनले भने, ‘मोबाइल सेट बामदेवजीको खल्तीमा हुन्छ, उहाँको नातिनीसँग हुँदैन तर एक छिन फेला पारे उहाँलाई सिकाइदिन्छिन्।’


उनले उद्योग मन्त्री महेशको समेत तारिफ गरे। उनले भने, ‘युथफोर्स गठन गरेर परेड खेल्दा अलिअलि बुटको आवाज आयो भनेर गुनासो पनि गरे। परेड खेल्दा त बुटको आवाज आइहाल्छ नि, त्यो त क्याटवाक गरेको होइन नि।’

‘आगो लागेको ठाउँमा दमकल बन’
काठमाडौं: एमाले अध्यक्ष केपी ओलीले ६ प्रदेशसहितको संघीय राज्य र सीमांकन उपयुक्त रहेको जिकिर गरेका छन्।

संविधानसभा भवनमा एमालेका मध्य तथा पूर्वीजिल्लाका सभासद्सँगको बैठकमा ओलीले संविधान सहमतिको दस्ताबेज भएकाले त्यसलाई सहज रूपमा ग्रहण गर्न सुझाव दिए। उनले भने, ‘६ प्रदेशसहितको संघीय राज्य अहिलेको अवस्थामा जायज छ। यो एमालेको मात्र होइन संविधानसभामा प्रतिनिधित्व गर्ने र नगर्ने सबै दलको साझा दस्ताबेज पनि हो।’

संविधानका विषयमा उठको जायज मुद्दा सम्बोधन गर्न एमाले तयार रहेको ओलीले बताए।परिमार्जित मस्यौदा सहमतिको दस्ताबेज भए पनि तर्कपूर्ण र औचित्यपूर्ण माग समेट्न प्रयास गरिने जानकारी ओलीले सभासद्लाई गराएका थिए।

आवेग र उत्तेजनामा अहिले भइरहेका आन्दोलन ठीक नभएको दाबी गर्दै उनले भने, ‘प्रदेशलाई लिएर जसरी आगो बाल्न खोजिएको छ, त्यसका लागि एमाले शान्तिपूर्ण दमकल बन्न तयार हुनुपर्छ। आगो चर्काउन खोजको ठाउँमा तपाईंहरूले लेप लाउनुपर्छ।’

क्षेत्रीय र जातीय रूपमा नभई दलहरूले विकास र न्यायका लागि ६ प्रदेशको खाका तयार पारेको ओलीको भनाइ थियो । परिमार्जन गर्न सकिने भए पनि सबैको माग सम्बोधन हुन नसक्ने उनले बताए।

‘खेत रोप्नुपरेको छ। कसैले पानी पारिदेऊ भन्छन्। खेत रोप्न त्यो माग जायज नै हो, बिस्कुन सुकाउनेले घाम लगाइदेऊ भन्छन् त्यो माग पनि जायज नै हो तर त्यसलाई कसरी मिलाउने भन्ने अहिलेको चुनौती हो’, उनले भने।

मुलुकभर विभिन्‍न पक्षबाट असन्तुष्टि व्यक्त हुनु स्वाभाविकै रहेको उनले बताए।एमालेका थारू र मधेसी सभासद्ले ओलीप्रति खनिँदै भने, ‘अल्पसंख्यक जाति तथा समुदायलाई अधिकार नदिइएको, सीमा निर्धारणमासमेत ध्यान नगएको, आफूहरू र मतदाताबीच द्वन्द्व हुँदा मध्यपश्चिममा आगो बाल्ने काम भयो।’


ओलीले तत्कालै ती सभासद्को भनाइप्रति आपत्ति जनाउँदै भने, ‘आगो बाल्छौं भन्‍नेबीच दमकल लिएर जानुपर्‍यो।चर्काउँछु भन्नेलाई लेपन लगाएर टाल्नुपर्‍यो।’
 at: annapurnapost

सर्लाही, २८ साउन । सर्लाहीमा एक बालिका आफ्नै साथीबाट बलात्कृत भएकी छिन् ।
७ वर्षीय बालिकालाई छिमेकी तथा मिल्ने साथी १२ वर्षीय विजय पासवानले बलात्कार गरेका हुन् । घरमा खेल्न बोलाएर उनले बालिकालाई फकाएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।
खेल्ने क्रममा लुगा फुकालेर फकाई फुल्याई उनले बालिकाकै घरमा बलात्कार गरेका थिए । बलात्कारपछि बालिकाको यौनीबाट रगत बग्न थालेपछि अभिभावकले थाहा पाएर प्रहरीमा उजुरी दिएका थिए ।
आफ्नै साथी ७ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हरिवन नगरपालिका­१० बस्ने ननी पासवानका छोरा विजयलाई बुधबार नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
dainiknepal.com
काठमाडौं, २८ साउन । प्रधानमन्त्री सुशील कोइरालाले नेपालका लागि संघीयता नौलो भएकाले कठिनाइ भएको बताउनुभएको छ ।
संसदको आजको बैठकमा बोल्दै प्रधानमन्त्री कोइरालाले सबै मिलेर संघीयताको नौलो विषयलाई टुङ्गो लगानुपर्ने बताउनुभयो । उहाँले संघीयताको विषयलाई अन्यथा नलिन आग्रह गर्नुभयो ।
सुर्खेत, जुम्लासहितका जिल्लामा विभिन्न माग राखेर आन्दोलन भइरहेको बताउनुभएका प्रधानमन्त्री कोइरालाले सबैका हकअधिकार स्थापिन हुन थालेका बेला आन्दोलन आवश्यक नरहेको बताउनुभयो ।
उहाँले आफ्ना अधिकारलाई संस्थागत गर्नका लागि लाग्नुपर्ने बताउनुभयो ।
उहाँले विश्वास गरेर अधिकारका लागि सम्वादमा लाग्न आग्रह गर्नुभयो ।
मधेशका साथीहरूलाई संघीयताप्रति अविश्वास नगर्न आग्रह गर्नुभएका प्रधानमन्त्री कोइरालाले भन्नुभयो, ‘मधेशका साथीहरूलाई संघीयता आउँछ भने विश्वास नै थिएन ।’
कोइरालाले मुलुकमा सहमतिका साथ संविधान ल्याउने तयारीमा लागेको भन्दै सम्वाद र सहमतिलाई पनि निरन्तरता दिइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मुलुक धेरै ठूलो परिवर्तनमा जाँदैछ । प्रवेश गरिसकेको छ । नयाँ संविधान जनताले निर्माण गरिरहेका छन् ।’
प्रधानमन्त्री कोइरालाले आन्दोलनकारीहरूलाई आफ्ना आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गर्नुभयो ।
उहाँले संविधान जारी हुने अन्तिम चरणमा रहेको भन्दै आन्दोलन आवश्यक नरहेको बताउनुभयो ।
उहाँले आन्दोलन अराजक बन्दै गएपछि सरकार चुप लागेर नबस्ने बताउनुभयो ।
प्रधानमन्त्री कोइरालाले हिंसा बढेपछि सुरक्षा निकायले आफ्नो काम गर्ने बताउनुभयो ।
dainiknepal.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home