• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
साउदी कूटनीतिज्ञ यौनहिंसा प्रकरण
काठमाडौं: बागलुङका सन्त परियार (नाम परिवर्तन) लाई पत्नीले विदेशबाट पैसा कमाएर ल्याएपछि घरपरिवार राम्रोसँग चलाउन सकिएला भन्ने आशा थियो। उनी सुखी जीवनको सपना देख्न थालेका थिए। तर परिस्थिति सोचेभन्दा उल्टो भइदियो।


पैसा त परै जाओस्, पत्नीसमेत पीडामा छट्पटाउँदै आइपुगेपछि सन्तलाई पर्नु पिर परेको छ।भारतस्थित साउदी दूतावासका कूटनीतिज्ञ र उनका आफन्तबाट तीन महिनासम्म लगातार यौनहिंसाको सिकार भएर उनकी पत्नी फर्किएपछि सन्तले समेत गाउँमा आलोचना खेप्नुपरेको छ।


यससम्बन्धी समाचार सार्वजनिक भएसँगै गाउँमा 'तेरी पत्‍नी यस्ती र उस्ती' भनेर कुरा काट्न थालेको गुनासो सन्तले पोखेका छन्।यही कारण गाउँमा पत्नीलाई लैजानसक्ने वातावरण नभएको भन्दै उनी बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पुगे।

'म पत्नीलाई गाउँ लैजान सक्दिनँ। उनलाई गाउँ लगें भने झन् पीडाको जीवन जिउनुपर्छ। त्यो म चाहन्‍नँ। बरु काठमाडौंमै बस्छौं', भावविह्वल हुँदै सन्तले सीआईबीका प्रहरी अधिकृतसँग यस्तो भनिरहँदा उनकी पत्नी डाँको छाडेर रोइन्।

आर्थिक अवस्था कमजोर भएका सन्तलाई अब दुई सन्तानलाई कसरी पालनपोषण गर्ने भन्ने चिन्ता पनि थपिएको छ।'पत्नीको उपचारको जिम्मा कुनै सामाजिक संस्थाले लिए म काठमाडौंमै ज्यालामजदुरी गरेर भए पनि बच्चाको पालनपोषणमा लाग्न सक्थें', सन्तले भने।


आफ्नै बुहारी कल्पनाले गरेको सेटिङबाट भारत पुगेकी मोरङकी अर्की ५० वर्षीया महिला र सन्तकी पत्नीले भारतस्थित साउदी दूतावासका कूटनीतिज्ञ र उनका आफन्तबाट तीन महिनासम्म यौनहिंसा खेप्नुपरेको थियो। भारतीय प्रहरीले उद्धार गरी नेपाल फर्काएका उनीहरूमध्ये ५० वर्षीया महिलाको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको प्रहरीले जनाएको छ।

सीआईबीकी प्रवक्ता एसपी किरण बज्राचार्यका अनुसार उनी राति बर्बराउने र डराउने गर्छिन्। राम्रो उपचारबिना ती महिलाको स्वास्थ्य अवस्था सामान्य हुने सम्भावना कम छ। प्रहरीले उनीहरूलाई बिक्री गर्ने कल्पनासँगै उनका दाजु जितबहादुर दर्जीलाई नियन्त्रणमा लिएको छ।

बज्राचार्यका अनुसार सन्तले प्रहरीसमक्ष भनेका छन्, ‘पैसा कमाएर ल्याउँछिन् र घर चलाउँला भन्ने थियो। उनले जति पीडा भोगिन्, त्यो चाहेर होइन, बन्धनमा परेर हो। म पत्नीलाई स्वीकार्न सक्छु तर गाउँलेले स्वीकार गर्दैनन्।' सीआईबीले दुवै महिलालाई केही समयका लागि एक सामाजिक संस्थाको जिम्मा लगाएको छ।

भारतीय प्रहरीले भदौ २१ गते भारतस्थित साउदी दूतावासका कूटनीतिज्ञको गुडगाउँस्थित अपार्टमेन्टबाट दुई महिलाको उद्धार गरी भदौ २४ गते नेपाल फर्काएको थियो। नेपाली युवतीलाई यौनशोषण गरेका साउदी अरेबियाका ती कूटनीतिज्ञ मजिद असुरले बुधबार भारत छाडेका छन्।
annapurnapost.com
आज मिति वि.सं. २०७२ साल असोज १ गते शुक्रबार तदानुसार इश्वी सन् २०१५ सेप्टेम्बर १८ तारिख – असोज सङ्क्रान्ति,ऋषिपञ्चमी व्रत,विश्वकर्मा पूजा
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। व्यावसाय विस्तारका लागि यात्रा पनि हुनेछ। सोख पूर्तिका लागि खर्च बढ्ला। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। साँझपछि भने सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्यगत समस्याले पनि सताउन सक्छ। उपचारमा खर्च हुनेछ। स्वास्थ्य, महत्वपूर्ण काम र आर्थिक गतिविधिमा सचेत रहनुहोला।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नपर्ला। तापनि, प्रयत्न गर्दा शत्रुहरूलाई तह लगाउन सकिनेछ। रोकिएका काम बन्नुका साथै धेरै योजना फलीभूत हुनेछन्। साँझदेखि व्यापारमा लाभ मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। आतिथ्यपूर्ण सम्मान पाइने समय छ। आम्दानी बढ्ने र फाइदा उठाउने समय छ। रमाइला ठाउँको भ्रमण गर्ने अवसर जुट्नेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
अप्रिय समाचारले मन खिन्न रहला। अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। पठनपाठनमा भने राम्रै प्रगति हुनेछ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। ठूलो फाइदा उठाउन नसकिए पनि गरी आएका कामबाट आर्थिक लाभ हुनेछ। केही फजुल खर्च पनि बढ्न सक्छ। साँझदेखि परिस्थिति उत्साहजनक बन्नेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सामाजिक काममा फाइदा होला। घर–गृहस्थीमा भने समस्या आउनाले काममा समेत बाधा पुग्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि साँझदेखि स्थितिमा सुधार आउनेछ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत दिलाउनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिस्पर्धी परास्त होलान्। आम्दानी राम्रैगरी बढ्नेछ। सहयोगीहरूले पनि साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। पराक्रम र उत्साह बढ्नेछ। नयाँ, रचनात्मक काममा हात हाल्ने समय छ। साँझपछि भने विश्वासपात्रले धोका दिन सक्छन्। घरपरिवारमा असमझदारी बढ्ने र काम रोकिने सम्भावना छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
विचारले धेरैलाई प्रभावित बनाउन सकिनेछ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ। साँझतिर नयाँ काम सुरु हुन सक्छ। सहयोगीहरूको साथले आँटेका काममा उत्साह पनि थपिनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
कामा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन होला। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। नयाँ रचनात्मक काम सुरु गर्ने समय छ। रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुटे पनि साँझदेखि आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ, सजग रहनुहोला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। खर्च गरेर पनि फाइदा उठाउन मुस्किल पर्नेछ। सत्कर्ममा जुट्नेहरूलाई भने फाइदै हुनेछ। प्रतिस्पर्धाबाट लाभ उठाउन सकिनेछ। प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्न सक्छ। साँझतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला। प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ। लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ। सरसापटमा धन खर्च हुने समय छ। श्रमको उचित मूल्य नमिल्न सक्छ। लगानीको तुलनामा कम देखिए पनि प्रयत्न गर्दा दिगो फाइदा उठाउन सकिनेछ। साँझदेखि खर्चको मात्रा बढ्नेछ। परिस्थितिले निष्क्रिय बनाउन सक्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ हुन सक्छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ। साँझदेखि सरसापटमा धन खर्च हुन सक्छ। आम्दानी बिगार्नेहरू सक्रिय हुनेछन्।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले फसाउन सक्छन्। अवसरका लागि जोखिमपूर्ण वा तत्काल लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। विशेष योजना गोप्य राख्नुहोला। साँझदेखि स्थितिमा सुधार आउनाले विभिन्न अवसर पाइनेछ। कीर्तिमानी काम गर्ने समय छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
समस्या दोहोरिन सक्छन्। सानातिना घरेलु काममै अल्झनुपर्ला। सवारीमा समेत सावधानी अपनाउनुपर्नेछ। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद हुने सम्भावना छ। प्रयत्न गर्दा साँझदेखि स्थिति अनुकूल बन्नेछ। सहयोगीहरूले साथ दिनेछन् भने आँटेका काम बन्नेछन्। धेरैलाई फाइदा पुग्ने काम सम्पादन गर्न सकिनेछ।

महिलाहरूमा महिनावारी हुनु एउटा सामान्य प्रक्रिया हो। तर, महिनावारीको समयमा खपिनसक्नु दुखाइ हुनु भनेको समस्या हो। महिनावारीको समयमा महिलामा सामान्य ढाड दुख्ने तथा थकानको महसुस हुने हुन्छ। चिकित्सकीय हिसाबमा केही क्षण वा समयको हल्का दुखाइ सामान्य अवस्था नै हो।

तर, महिनावारी हु"दा धेरैलाई खपिनसक्नु पेट दुख्ने, वाकवाकी लाग्ने, ढाड र कम्मर जोडले दुख्ने, खान मन नलाग्ने र नियमित दैनिक कामसमेत गर्न गाह्रो हुन्छ भने त्यो एक किसिमको समस्या हो। उमेर पुगेका पाका वा विवाहित महिलामा भन्दा यस्तो समस्या भर्खरै महिनावारी सुरु भएका युवतीमा, अविवाहितमा धेरै देखिने गर्दछ। चिकित्सकीय भाषामा महिनावारीको समयमा हुने पीडालाई डिस्मेनोरिया भनिन्छ।

वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालका अनुसार यो समस्या विवाहित र अविवाहित दुवै महिलामा देखिन्छ। तर, अविवाहितमा विवाहितको तुलनामा धेरै पाइन्छ। उनका अनुसार महिनावारीमा हुने यस्तो समस्या प्रामरी र सेकेन्डरी गरी दुई किसिमका छन्। प्राइमरी डिस्मेनोरिया प्रायः अविवाहित तथा वयस्क महिलालाई हुने गर्छ। सेकेन्डरी डिस्मेनोरिया भने २० वर्È माथिको उमेर समूहका महिलालाई हुने गर्छ। यो प्रायः विवाहित महिलामा देखिने समस्या हो।

डिस्मेनोरियाले सताएका महिलाहरूलाई लामो समयसम्म दुखाइले सताइरहन्छ। कतिपय अवस्थामा त दुखाइ लगातार ८/१० घण्टासम्म पनि हुन सक्छ। दुखाइ अत्यधिक हुँदा महिलाले पेन किलरको सेवन गर्छन्। निश्चित मात्रामा पेन किलर सेवन गर्नु उचित भए पनि जथाभावी पेन किलर सेवन गर्नु झन् घातक हुने चिकित्सकहरू बताउँछन्। त्यसकारण दुखाइ बढी हुने महिलाले चिकित्सकको सल्लाहमा औषधि सेवन गर्नुपर्ने डा रिजालको सुझाव छ।

स्त्रीरोग विशेषज्ञहरूका अनुसार प्राइमरी डिस्मेनोरियामा महिनावारीको बेलामा तल्लो पेट, कम्मर र ढाड दुख्छ। बिस्तारै महिलामा दुखाइ बढ्दै गएर खुट्टा र टाउको दुख्ने, वाकवाकी लाग्ने समस्या देखिने गर्दछ। केही महिलालाई भने पखालासमेत लाग्न सक्ने चिकित्सक बताउँछन्। चिकित्सकहरूका अनुसार कम उमेरमा महिनावारी हुनु, इस्ट्रोजन र प्रोजेस्टेरोन हर्मोनको असन्तुलन हुँदा महिलामा यस्तो समस्या देखिने गर्छ। साथै, महिनावारी हु"दा पाठेघर खुम्चने र तन्किने हुनाले पनि तल्लो पेट जोडले दुख्ने स्त्रीरोग विशेषज्ञ डा. विमल थापा बताउँछन्।

'महिनावारीमा यौनांगमा कुनै बाधा आयो अथवा रगत बग्ने यौन नली सा"घुरो भयो भने पनि प्राइमरी डिस्मेनोरियामा हुन सक्छ,' उनले भने, 'यो समस्या केहीमा वंशाणुगत कारणले पनि देखिन्छ।' उनका अनुसार यस्तो समस्या अत्यधिक मोटा र सुखमय जीवनशैली बिताउने युवतीलाई बढी हुने गर्दछ। विवाहपश्चात् बच्चाको सामान्य जन्म भएपछि निराकरण हुने यस्तो समस्या ठ्याक्कै के कारणले हुन्छ भन्ने स्पष्ट नभए पनि अनियमित प्रकारको पाठेघरको खुम्चाई र पाठेघरमा अक्सिजनको कमीका कारणले हुने बताइन्छ।

चिकित्सकका अनुसार सेकेन्डरी डिस्मेनोरिया २० वर्ष माथिको उमेर समूहका महिलालाई बढी हुने गर्छ। यो प्रायः विवाहित महिलामा देखिने समस्या हो। यस्तो समस्या भएका महिलामा महिनावारी समयमा नहुने र ह"ुदा रगत धेरै बग्नु, यौनसम्पर्क गर्दा यौनांग दुख्नु, बाँझोपना र अत्यधिक सेतो पानी बग्ने हुन्छ। यस्तो अवस्थामा औÈधिको सेवन गर्दा पनि दुखाइ कम नहुन सक्छ। प्रजनन् रोग, अण्डाशय वा अण्डवाहिनी नलीमा समस्या देखिनु, लामो समयसम्म आईयूसीडी तथा कपर–टी को प्रयोग, अनियमित औÈधिको प्रयोगका कारण पनि यस्तो समस्या आउ"छ। यस्तो डिस्मेनोरिया आफैँमा रोग नभई अन्य रोगको लक्षण भएकाले समयमा नै रोगको पहिचान गरी पीडाबाट छुटकारा पाउन सकिने चिकित्सकहरू बताउँछन्।

डा. थापाका अनुसार डिस्मेनोरियाको दुखाइबाट छुटकारा पाउन चिकित्सकको सल्लाहमा पेन किलर खानुसँगै घरमै समेत उपचार गर्न सकिन्छ। विशेषगरी महिलाले तल्लो पेटमा हलुका मालिस गर्ने, पेटमा रबरको थैली वा बोतलमा तातोपानी राखेर वा बाक्लो कपडा तातोपानीमा भिजाएर सेक्ने गर्दा धेरै राहत पाउन सकिन्छ। यस्तै ढाड र खुट्टासमेत सेकाउन सकिन्छ। अदुवा पानी तताएर खाने, गेडागुडीको तातो झोलको सेवन गर्दा पनि दुखाइबाट छुटकारा पाउन सकिन्छ। यस्तै आफूलाई केही व्यस्त राख्दासमेत राहत हुनेछ।
काठमाडौँः  लामो रस्साकस्सीपछि दोस्रो संविधानसभाले नयाँ संविधान पारित गरेको खुसीमा एमालेले अाफ्ना सभासद्हरूलार्इ लड्डु बाँडेको  छ ।

 पार्टीभित्रको सफलता या देशको एमालेले पछिल्लो समय लड्डु खुवाउने चलनलार्इ संस्कारकै रूपमा विकास गर्न थालेको छ ।

मुख्यालय बल्खुमा एमाले नेता तथा समामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले लड्डू बाँडेको डेढ महिनापछि अध्यक्ष केपी शर्मा ओलीले बिहीबार अाफ्ना सभासद् तथा नेताहरूलार्इ लड्डु बाँडे ।

एमाले संसदीय दलका नेतासमेत रहेका अध्यक्ष ओलीले सिंहदरबारस्थित संसदीय दलको कार्यालय लड्डू बाँड्दा त्यहाँको माहोल विशेष थियो । ७० वर्षदेखिको  संविधान बनाउने नेपाली जनताको चाहना पूरा भएको अवसरमा खुसी बाँड्न अध्यक्ष अाेलीले लड्डु बाँडेका हुन् ।

माधवले अाेलीलार्इ लड्डु खुवाएर खुसी बाँडे
एमाले संसदीय दलको कार्यालयमा बिहीबारको फरक किसिमको  रौनक थियो । दलको कार्यालय प्राङ्गणमा पाल टाँगेर पत्रकार, कर्मचारी र अन्य पाहुनालार्इ स्वागत गरिएको थियो ।

बिहीबारको कार्यक्रममा नेताहरूले कम बोलेपछि कार्यक्रमका सहभागी पनि खुसी भए । एमाले प्रमुख सचेतक अग्नी खरेलले संविधान बनेको खुशीयालीमा अध्यक्षको हातबाट लड्डु खाने कार्यक्रम रहेको जानकारी दिए ।

त्यसपछि बोलेका नेताहरूले पाँच मिनेटभन्दा लामो भाषण गरेनन् ।  अरू बेला एक अर्काको कुरा काट्न नचुक्ने माधव नेपाल र अाेली खुसी मुद्रामा देखिए । खुसीको माहोलबीचमा नेता  नेपालले अध्यक्ष अाेलीलार्इ लड्डु खुवाउँदा माहोल नै अर्को बनेको थियो ।

कार्यक्रममा नेता नेपालले ठट्टा गर्दै ओलीलाई लड्डू खुवाउँदा त्यहाँ उपस्थित शुभेच्छुक र सर्वसाधरणले ताली बजाएका थिए । दुर् नेताबीचको अात्मीयतालार्इ पनि विशेषरूपमा हेरिएको छ । annapurnapost.com
सुर्खेत : एघार वर्षअघि माओवादीबाट हत्या गरिएका दैलेखका पत्रकार डेकेन्द्र थापाको मुद्दामा पुनरावेदन अदालत सुर्खेतले जिल्ला अदालत दैलेखको फैसलालाई सदर गरेको छ ।

यसअघि जिल्ला अदालत दैलेखले अभियुक्तहरुलाई अधिकतम दुई वर्षसम्म कैद सजाय सुनाउने फैसलालाई नै पुनरावेदन अदालतले सदर गरिदिएको हो ।

दुवैपक्षले पुनरावेदन गरेको यो मुद्दामा सुनुवाई गर्दै न्यायाधीशद्वय रमेशराज भण्डारी र राजेन्द्र पोखरेलको संयुक्त इजलासले यसअघि जिल्ला अदालत दैलेखले गरको फैसलालाई सदर गरेको हो ।

२०७१ वर्ष मंसिर २१ गते जिल्ला अदालत दैलेखले डेकेन्द्रको हत्यामा संलग्न रहेको ठहर गर्दै पाँच जना माओवादी कार्यकर्तालाई कैद सजाय सुनाएको थियो ।

जिल्ला अदालतको फैसलामा अभियुक्तहरु हरिलाल पुन, निरकबहादुर घर्ती र जयबहादुर शाहीलाई दुई–दुई वर्ष कैद सजाय तोकिएको थियो ।

यस्तै माओवादी कार्यकर्ताहरु लक्षिराम घर्तीलाई एक वर्ष ६ महिना र वीरबहादुर केसीलाई एक वर्षको कैद सजाय हुने जिल्ला अदालतले फैसला गरेको थियो ।

सोही फैसलालाई पुनरावेदन अदालतले समेत सदर गरेको छ । उनीहरु सबैलाई सर्वश्वसहित जन्मकैदको माग गरिएको थियो । अहिले पनि घटनाका मुख्य आरोपीहरु फरार नै रहेका छन् ।

दैलेखका केशव खड्का, बमबहादुर खड्का, मुक्ति भन्ने बमबहादुर खड्का र बाँकेका भक्तिराम लामिछाने हालसम्म फरार नै रहेका छन् । उनीहरूको हकमा भने सम्पत्ती रोक्का गर्दै मुद्दा मुल्तबीमा राखिएको छ ।

जिल्ला अदालतले कैद सजायको फैसला गरेको भएपनि पुर्पक्षका क्रममा थुनामा रहेका बेला वीरबहादुर केसी र लक्षिराम घर्तीले उनीहरूलाई तोकिएको कैद भुक्तान गरिसकेकाले जिल्ला अदालतकै फैसला अनुसार उनीहरू थुनामुक्त भएका थिए ।

दुई वर्षको कैद सजाय तोकिएका निरक घर्ती पनि कैद भुक्तान गरेर छुटिसकेका छन् । तत्कालिन विद्रोही नेकपा (माओवादी) का कार्यकर्ताहरुले २०६१ साउन २७ गते दैलेखको द्धारी गाविस–१ मा पत्रकार थापाको हत्या गरेका थिए ।

हत्या भएको चार वर्षपछि मात्र पत्रकार थापाको शव भेटिएको थियो । सदरमुकाममा माओवादीले खानेपानीको आपूर्ती वन्द गरेपछि त्यसको समाधानका लागि सक्रिय बनेका पत्रकार थापालाई माओवादीले अपहरण गरेर हत्या गरेका थिए ।

हत्या भएको ४ वर्षपछि २०६५ भदौ १२ गते डेकेन्द्रकी पत्नी लक्ष्मीले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् । पुनरावेदन अदालत सुर्खेतको आदेशपछि २०६९ पुसमा प्रहरीले पाँच जना अभियुक्तलाई पक्राउ गरेको थियो । www.annapurnapost.com
१. यौनाङ्गको सफाई : महिलाहरु तयार राख्नुहोस् । कुनै पनि पुरुष यौन सम्पर्कको बेला चार कोषे झाडीको अवरोध सहन चाहँदैनन् । जति सुन्दर फुलबारी त्यति माहुरीको भीड ।
 २. अँध्यारोमा यौन : पुरुषहरु उज्यालो मन पराउने प्राणी हुन् । तपाईं साँच्चै पुरुषबाट पर्याप्त आनन्दको लागि उसलाई सधैं तयार राख्न चाहनुहुन्छ भने उज्यालोमै रमाउन तयार रहनुहोस् । झिलीमिली नै नभएपनि कमसेकम मैन बत्ती त बाल्नुहोस् ।
 ३. जन्म नियन्त्रण : गर्भाधानको टेन्सन पुरुषलाई पनि हुन्छ नि । यदि उसले मान्दैन भने तपाईंको भविष्यप्रति चिन्तित नहुनेसँग किन यौनको लागि तयार हुनुहुन्छ ? पेन्गुइनलाई हिउँमा लगाउने जुत्ता चाहिन्छनर ? कन्डोमको व्यवस्था तपाईं आफैं मिलाउनुहोस् ।
 ४. सेक्सको सुनलाई प्रेमको बासना : लामो सयमसम्मको यौन सम्पर्क भनेको स्थायी प्रेम होइन । यौन सम्पर्क गर्नुअघि केही समय उसलाई समय दिनुहोस् । ताकि प्रेममय यात्रा होस् न ! भनिन्छ नि प्रेमरहित यौनसम्पर्क भनेको वेश्यावृद्धि हो ।
 ५. खुट्टाको झाडी : रौंले भरिएका खुट्टाहरुबाट पनि आनन्द लिन सकिन्छ । त्यसलाई सधैं मुलायम र रेशमी बनाइराख्नुहोस् । त्यसो त, यो कुरा तपाईको पार्टनरसँग पनि भर पर्न सक्छ ।
 ६. आनन्दसँग पौडिनुहोस् : टाँस्सिएर मात्रै नबस्नुस् र उसलाई सबै काम गर्न दिनुहोस् । तपाईं कस्ती देखिनुभएको छ, त्यो ठूलो कुरा होइन, तपाईंले कस्तो गति (मुभ) दिनुहुन्छ, यौन आनन्दको लागि त्यो ठूलो कुरा हुन्छ । काममै समर्पित राख्नुहोस् । भनिन्छ नि, मेहनतको फल मिठो हुन्छ ।
 ७. यौन सामग्री हेर्नमात्रै : यौन सामग्री प्रकाशित पत्रपत्रिका मात्र आनन्दका लागि हुन् । यसलाई पछ्याउन थाल्नुभयो भने यसले तपाईंहरुको सम्बन्ध ध्वस्त पार्न सक्छ । धर्मग्रन्थ भनेको थाहा छ्रैन, पढ्ने हो तर आफ्नै तरिकाले चल्ने हो ।
 ८. अंगालोमा लुटुपुटिने अपेक्षा : कहिलेकाँही पुरुषहरु यौन सम्पर्कपछि एक्लै बस्न रुचाउँछन् । उसको शरीर पुरै बन्द जस्तो हुन्छ, सेलाएको हुन्छ । यो तपाईंको विरुद्धमा होइन । उसको विशेषता हो । यसलाई त्यसरी नै बुझ्नुहोस् ।
 ९. तपाईंको चरम यौन उत्तेजनाको लागि पुरुषमा भर पर्नु : आफ्नो यौन उत्तेजना उत्कर्षमा ल्याउन उसलाई सहयोग नगरी, उसँगै यात्रा नगरी वा उसलाई बाटो नदेखाई गरिने पर्यत्न व्यर्थ हुन्छ । तपाईंलाई थाहा छ नि पुरुषहरु निर्देशन माग्दैनन्, उसलाई संकेत गर्नुहोस् । तपाईांलाई कसरी आनन्द हुन्छ, त्यही गर्न भन्नुहोस् ।
१०. त्यति सजिलो खेल होइनन नि यो : पुरुषहरु आखिर मेसिन होइनन् । तपाईंले आदेश दिनासाथ सबै काम गर्न सक्दैनन् । धैर्य गर्नुहोस्, उसले तपाईंकै लागि मेहनत गर्दैछ । भिडियो हेर्नको लागि यहाँ तलको लिंक या बक्समा क्लिक गर्नुहोस >>
काठमाडौँ : प्रमुख तीन दल र थरुहट-थारुवान सङ्घर्ष समितिबीच बिहीबार साँझ भएको वार्ता मङ्गलबार पुनः बस्ने गरी सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ भएको वार्तामा प्रमुख दलसमक्ष आफूहरुको मागबारे जानकारी गराइएको सङ्घर्ष समितिका संयोजक धनीराम चौधरीले बताए ।

आफूहरुले आन्दोलनका क्रममा मारिएकालाई सहिद घोषणा गर्नुपर्ने, घाइतेलाई निःशुल्क उपचार गर्नुपर्ने र पक्राउ परेकालाई रिहाइ गर्नुपर्नेमा माग राखेको उनले बताए ।।

उनले मागबारे शीर्ष नेता सकारात्मक भए मङ्गलबार पुनः वार्ता गरिने जानकारी दिए ।

वार्ताका लागि थप वातावरण बनाउन आग्रह गरेको जानकारी उनले दिए । अहिले बालुवाटारमा प्रमुख चार दलको बैठक पनि जारी छ । रासस annapurnapost.com
२०७२ भाद्र ३१ बिहीवार, काठमाडौं : गणतन्त्र नेपालको संविधान पारित भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना दूत बनाएर शुक्रबार विदेश सचिवलाई नेपाल पठाउँदैछन् ।

मोदीले विदेश सचिव सुभ्रमन्यम जयशंकरलाई दूत बनाएर नेपाल पठाउन लागेका हुन् । मोदीका विशेष दूत बनेर जयशंकर शुक्रबार बिहान ९ बजे काठमाडौं उत्रँदैछन् ।

उनले शुक्रबारै राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला र सबै दलका नेताहरुलाई भेट्ने कार्यक्रम रहेको छ । उनले शुक्रबार बिहान ११ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीलार्इ बालकोटमा भेट्ने भएका छन्।


उनले कांग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई छुट्टा छुट्टै भेट्ने भएका छन् ।

जयशंकरले मधेसवादी दलहरुसँग पनि बेग्लै भेट्ने कार्यतालिका छ । संविधान जारी हुनु दुई दिनअघि विदेश सचिव जयशंकर नेपाल आउनुमा विशेष अर्थ रहेको विश्लेषकहरुको भनाइ छ ।

मोदीले विशेष दूत बनाएर नेपाल आउन लागेका उनी संविधान जारी गर्ने विशेष कार्यक्रममा सहभागी नहुने भएका छन्।

शुक्रबार दिनभरी नेपालका दलहरुसँग भेटवार्ता गरेपछि उनी शनिबारै भारत फर्कने छन् । संविधानसभाबाट पारित संविधान आइतबार साँझ ५ बजे बस्ने बैठकले जारी गर्ने कार्यतालिका छ ।
=annapurna post
हाम्रा पाँच ज्ञानेन्द्रीय आँखा, कान, नाक, जिब्रो, छालाले अनुभव गरेका विषयलाई हाम्रो मस्तिष्कले जोडेर भावनात्मक, संवेदनात्मक तथा नयाँ ज्ञान सिकाइसम्बन्धी अर्थ लगाउन खोजिरहेको एक प्रक्रिया हो, सपना । ज्ञानेन्द्रीयहरूको अनुभवभन्दा बाहिर गएर सपना देख्न सकिन्न ।

जन्मजात आँखा नदेख्ने व्यक्तिले रंगसँग सम्बन्धित सपना देख्दैन भने पनि हुन्छ, किनकि उनीहरूलाई रंग भन्ने वस्तु कस्तो हुन्छ थाहा नै हुँदैन । तर, पछि दृष्टि गुमाएका व्यक्तिले भने रंगसँग सम्बन्धित सपना पनि देख्छन् ।

हाम्रा ज्ञानेन्द्रीयले पूर्वअनुभवबिना कुनै पनि नयाँ कुराको सुरुमै पूर्ण अर्थ लगाउन सक्दैनन् । ज्ञानेन्द्रीयका सबै अनुभव हाम्रो मस्तिष्कले संगालेको हुन्छ भने, मस्तिष्कको संयन्त्रले नयाँ वातावरणका र थाहा नभएका नयाँ कुरालाई पुराना अनुभवसँग दाँजेर, जोडेर, तल–माथि पारेर विपनामा पनि सपनामा पनि अर्थ लगाउने कोसिस गरिरहेको हुन्छ । अर्थात्, कुनै पनि पजलरूपी नयाँ समस्यालाई समाधान गर्ने कोसिस गरिरहेको हुन्छ । कोसिस गर्दैमा अर्थ लाग्छ भन्ने हुँदैन, नलाग्न पनि सक्छ, लाग्ला–लाग्लाजस्तो हुन पनि सक्छ, अर्ध अर्थ लाग्न पनि सक्छ, पूर्ण अर्थ लाग्न पनि सक्छ । अनि, धेरै प्रकारका रक्सी मिसाएर नयाँ स्वादको कक्टेल रक्सी बनेझैं, कुनै खानामा कुनै विभिन्न मसलाले फरक स्वाद थपेझैँ मीठो सपना अथवा नयाँ विचार वा नयाँ अन्वेषण पनि हुन सक्छ ।


सुतेका बेला मात्र होइन, मूर्छा वा मेडिकल भाषामा भन्दा कोमामा भएका बेला पनि यस्तै काम गरिरहेको हुन्छ, हाम्रो मस्तिष्कले । भलै त्यो सीमित मात्रामा किन नहोस् ।

जीवशास्त्र सिद्धान्तअनुसार फल प्राप्त हुने प्रसंगमा सपनाको कुनै अर्थ हुँदैन । सपना कुनै बोट होइन, फुल्दैन र फल्दैन । सपना देख्नु स्मरणमा भएका अनुभवमध्ये केही वा धेरै नै संवेग, चित्र अथवा अनुभव आदि आरइएमको अवस्थामा पनि सक्रिय मस्तिष्कले टिप्नु र अर्थ लगाउन खोजेको वा खोजिरहेको एक जैविक प्रक्रिया हो । सपनाको ठ्याक्कै अर्थ हुन्छ भन्नु अन्धविश्वास हो । र्यापिड आई मुभमेन्ट अर्थात् आरइएमको अवस्था भनेको निद्राको चौथो अवस्था हो, जुन बेला दिमाग सक्रिय हुन्छ, यसबारे अघिल्लो शृंखलामा व्याख्या गरिएको छ ।

देखिएको कुनै अमुक सपनाका कारण जीवनमा सकारात्मक वा नकारात्मक परिणाम देखिँदैन । यस्तो हुन त विपनाका प्रयत्नको उपज, संवेगको असर अथवा एउटा संयोग मात्र हो । सपनामा नदेखेका लाखौँ राम्रा–नराम्रा चेतना पनि त घट्छन्, हाम्रो जीवनमा !

राम्रो सपना देखेकै भोलिपल्ट पनि दुर्घटनामा पर्न सकिन्छ ।

बिनाप्रमाण र परीक्षणका काल्पनिक कुरामाथिको विश्वास नै अन्धविश्वास हो । यसै भएकाले राम्रो सपना देखेका बेला पनि केही नराम्रो भयो भने अथवा नराम्रो सपना देखेको बेलामा कुनै राम्रो घटना भयो भने सपनाको अर्थ नै उल्टो भयो भनेको पनि सुन्न पाइन्छ । कुनै सपनापछि पनि सामान्य जीवन चल्यो भने सपनाको अर्थ खोजिँदैन ।

फेरि पनि सपनाबारे केही यथार्थ थाहा पाउन सकिन्छ । के–कस्ता कारणले कस्तो सपना देखिन्छ भन्नेबारे सपना देख्ने व्यक्तिको विद्यमान परिस्थिति र दिनचर्यालाई ख्याल गर्यो भने लगभग थाहा पाउन सकिन्छ ।

हाम्रा संवेगहरू, शरीरका अंग तथा मस्तिष्कको सञ्चार संयन्त्र कस्तो हुन्छ भन्नेबारे हेरौं । मानौं, अँधेरी रातमा तपाईंले एक्लै कोठामा टिभी हेरिरहनुभएको छ, कोठाको खुला झ्याल अकस्मात जोडले बन्द भयो भने तपाईं डराउनुहुन्छ । मुटु ढुक्क फुल्छ, जिरिंग हुन्छ, रौँ ठडिन्छन् । डराउनेबित्तिकै तपाईंको श्वासप्रश्वास र मुटुको चाल पनि तुरुन्तै बढ्छ । ऐच्छिक मांसपेशीहरू तुरुन्तै कसिला बन्छन् । तर, तुरुन्तै तपाईंलाई थाहा भयो, त्यो सब हावाका कारण भएको हो । त्यसपछि सबै अवस्था नर्मल हुन्छ ।

यति छोटो समयमा विभिन्न शारीरिक, संवेगात्मक र मानसिक प्रक्रिया भइसक्छन् । डरले मस्तिष्कमा शृंखलाबद्ध रूपमा विभिन्न प्रतिक्रिया गराउँछ, यस्तो अवस्थामा मस्तिष्क एकदम तनावको स्थितिमा हुन्छ । तनाव महसुस हुनेबित्तिकै मस्तिष्कले तुरुन्तै एक प्रकारको रसायन उत्पादन गर्छ । मस्तिष्कमा यस्तो रसायन उत्पादन हुनेबित्तिकै उक्त रसायनका कारण मुटुको धड्कन र श्वासप्रश्वास बढिहाल्छ ।

यस प्रकार हाम्रा दैनिक जीवनका राम्रा–नराम्रा, सफल–असफल, पूर्ण–अपूर्ण, स्वीकार्य–अस्वीकार्य, पीडादायी–रमाइला, दुःखपूर्ण–सुखपूर्ण आदि शारीरिक, मानसिक, संवेगात्मक, भावनात्मक कुराहरूको प्रभावको परिणामस्वरूप हाम्रो मस्तिष्कले विविध प्रकारका प्रतिक्रिया गर्दा हामीले विभिन्न प्रकारका सपना देख्छौं ।

कस्तो अवस्थामा लगभग कस्ता प्रकारका सपना देखिने सम्भावना हुन्छ ?
१) केही कुरा लुकाउन खोजिरहेको अवस्थामा र आफूले गर्नुपर्ने कुनै काम छ, तर पूर्ण तयारी नपुगेको आफूलाई महसुस भइरहेको छ भने अरुको अगाडि नांगिएको प्रकृतिको सपना देख्ने सम्भावना हुन्छ । तर, तयारी नहुँदानहुँदै पनि आफूलाई खासै चिन्ता छैन भने, नांगिए पनि कसैले नदेखेको किसिमको सपना देखिन सक्छ ।

२) आफूलाई चिन्ता परेको छ, असुरक्षित महसुस भइरहेको छ, परिस्थिति आफ्नो वशमा छैन, जाँचको तयारी राम्रो छैन भने, आफू कतै खसिरहेको, लडेको, पछारिएको, ओरालै–ओरालो झरेकोजस्तो प्रकृतिको सपना देखिने सम्भावना हुन्छ ।

३) समस्यालाई डटेर सामना गर्नुको सट्टा पन्छिन खोजिरहेको अवस्थामा, अथवा छिमेकमा खटपट पारिरहेको अवस्थामा, परिणामको निश्चय नहुँदानहुँदै धेरै क्षेत्रमा हात हालिरहेको अवस्थामा, लागेको कुनै लत छाड्न गाह्रो भइरहेको अवस्थामा कसैले लखेटेको वा जति दौडे पनि उही ठाउँमा भएको, खोलो तर्न नसकेको, खुट्टा लुला भएको प्रकृतिको सपना देख्ने सम्भावना रहन्छ ।

४) यदि ध्यान पुर्याउनुपर्ने कुरामा ध्यान पुगिरहेको छैन, कुनै समस्या समाधान गर्ने कोसिस भइरहेको छ, कसैले आफूलाई जाँचिरहेको भान भइरहेको छ भने यस्तो अवस्थामा जाँच दिएको, पेनले नलेखेको, उत्तर लेखेर नसकिएको, लेखिसकेपछि उत्तर उल्टो भएको थाहा पाएको, उत्तर कपी हराएको, जाँच भएको कुरा अचानक याद आई कोठातिर दौडिरहेको प्रकृतिको सपना देखिने बढी सम्भावना हुन्छ ।

५) आफूले महसुस गरे पनि नगरे पनि हरेक दृष्टिकोणले परिस्थिति आफ्नो अनुकूल भइरहेको छ, हालसालै कुनै नाप्न तथा देख्न सकिने सफलता मिलेको छ भने यस्तो अवस्थामा उडेको, पहाड चढेको, नदी तरेको, एक्लैले धेरैलाई जितेको आदि प्रकृतिको सपना देखिने सम्भावना हुन्छ । तर, समस्या यद्यपि रहेको भान भइरहेको छ भने चढ्ने वा तर्ने गतिमा अथवा क्रममा कतै न कतै बाधा परेको सपना देखिन सक्छ ।

६) यदि काममा व्यवधान आएको छ, जसकारण चिन्ता बढिरहेको छ । अथवा, आफ्नो भनाइको प्रभाव नपरिरहेको अनुभव भइरहेको छ भने दाँत हल्लेको, रगत आएको, दाँत झरेको, कीराले घेरेको, माकुराले जेलेको प्रकृतिका सपना देखिन सक्छ ।

७) जीवनमा कुनै कुराले गहिरो आघात पारेको छ । अर्थात् आफूलाई अन्यायमा पार्नेप्रति बदलाको भावना छ भने, उक्त व्यक्तिसँग सम्बन्धित सपना पनि पटक–पटक दोहोरिरहने सम्भावना रहन्छ ।

८) आफूले विपरीत लिंगीका हिसाबले अति नै मन पराएको व्यक्तिसँग परिस्थितिवश सम्बन्धमा सधैँका लागि पूर्णविराम लाएको छ, अथवा वर्तमान साथी वा जीवनसाथीसँग कुनै न कुनै रूपले सन्तुष्टि मिलेको छैन भने, उसैसँग सहवास भइरहेको सपना देख्ने सम्भावना रहन्छ । त्यस्तै, यौनसम्बन्धी अत्यधिक चाहना बढेका बेला कुनै माथिल्लो स्तरको व्यक्तिसँग संसर्ग भएको प्रकृतिको सपना देखिन सक्छ ।

प्रायः सपना किन बिर्सिन पुगिन्छ ?
कुनै पनि कुरा लामो समय स्मरणमा रहनका लागि उक्त कुरालाई उद्देश्यपूर्वक पूर्ण शक्तिले स्मरण गर्नुपर्ने हुन्छ । तर, सपनामा उद्देश्य शून्य हुने भएकाले सपनाको कुरा याद हुन सक्दैन । त्यस्तै, कुनै पनि कुरा स्मरणमा दिगो रहनका लागि दृश्य प्रस्ट हुनुपर्छ, गन्ध एकदमै मन पर्ने वा मन नपर्ने हुनुपर्छ, उक्त कुराले संवेगमा गहिरो प्रभाव पारेको हुनुपर्छ, उक्त कुरा दोहोर्याउन मिल्ने हुनुपर्छ । तर, सपनाका कुरामा यस्तो कुनै सम्भावना हुँदैन, त्यसैले तुरुन्तै बिर्सन्छौँ ।

यदि सपनामा एकदमै सुझपूर्ण कुरा देखियो, अथवा संसारका सबै हिसाब नै समाधान गर्न मिल्नेजस्तो, तर तुरुन्तै याद हुनेजस्तो सूत्र देखियो भने पनि सपना बिर्सन पुगिन्छ । किनभने, विपनामा पनि देखिएका कतिपय कुरा हामीले बिर्संदै जान्छौँ ।

सपना कसरी याद गर्ने ?
लुसिड ड्रिमिङमा अनुसार अभ्यासको माध्यमले चाहेजस्तो सपना देख्न पनि र सपना सम्झिने बानी पार्न पनि सकिन्छ । नियतवश नै यस्तो सपना देख्न चाहन्छु, देख्छु–देख्छु भन्दै सुत्ने गर्यो भने बिस्तारै त्यस्तै सपना देख्ने बानी पर्न सक्छ । यस्तो बानी पार्न सकेमा एकातर्फ व्यक्तिमा आत्मविश्वास बढ्दै जान्छ भने, नराम्रो सपना देख्ने प्रवृत्ति घट्दै गएर सकारात्मक भावना पैदा हुन्छ । यो तरिका अपनाउँदा शारीरिक दुर्बलताले गर्दा वास्तविक जीवनमा अनुभव गर्न असम्भव भएका कुरा पनि अनुभव गर्न सम्भव हुन्छ ।

यहाँसम्म कि लुसिड ड्रिमिङमा अभ्यस्त व्यक्ति साँच्चैको हृदयघातबाट पनि ब्युँझने धेरै सम्भावना हुने कुरा वैज्ञानिकले विश्वास गरेका छन् । आरइएमको अवस्था बढीमा ९० मिनेटको हुने हुनाले सुतेको करिब दुई घन्टाभित्र अलार्म लगाई उठेमा पनि सपना याद गर्न सकिन्छ । आरइएमबाहेकको अन्य कुनै अवस्थामा ब्युँझे पनि सपना याद हुन सक्दैन ।-रातोपाटीबाट साभार
काठमाडौं, ३१ भदौ । सामान्य नागरिकदेखि उच्च ओहदामा बसेकासम्मले अहिलेको आधुनिक युगमा अमेरिका जाने चाहना राखेका हुन्छन् ।

तर, अमेरिका जाने चाहना पूरा हुन निकै कठिन छ । अमेरिकाले आफ्नो देश आउन चाहने धेरैलाई भिसा नै दिँदैन् । पाउनेहरूले पनि निकै समय कुर्नुपर्छ ।
अब भने अमेरिकाले सहजै भिसा दिन थालेको छ । विशेषगरी नेपाली युवाहरुलाई लक्षित गरी अमेरिकाले भिसा प्रक्रियालाई केही खुकुलो बनाएको हो ।
नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार आवश्यक प्रमाण पुगेका नेपाली नागरिकले अब एक हप्ताभित्रै अमेरिका प्रवेशको भिसा पाउन थालेका छन् ।



तर, त्यो भिसा ‘स्टुडेन्स भिसा’ हो । अमेरिकामा पढ्न तथा रोजगारी गर्न चाहने नेपाली युवालाई आवश्यक प्रक्रिया पुराए तत्कालै ‘स्टुडेन्ट भिसा’ दिने गरेको दूतावासले जनाएको छ ।
नेपालबाट ‘स्टुडेन्ट भिसा’मा विद्यार्थीलाई अमेरिका पठाउँदै आएका निजी शैक्षिक संस्थाहरूले पनि आवश्यक प्रक्रिया पूरा गरे अमेरिकाको भिसा एक हप्ताभित्रै प्राप्त गर्न सकिने जनाएका छन् ।
उनीहरूका अनुसार अंग्रेजी भाषा परीक्षाहरू (टोफेल, आइल्स, जी–म्याट, जीआरई, स्याट–१, स्याट–२) मध्ये कुनै एक उत्तीर्ण गरे नेपाली विद्यार्थीले सजिलै अमेरिकी भिसा पाउँछन् ।

‘स्टुडेन्स भिसा’मा अमेरिका छिर्ने नेपालीलाई कलेजले नै अनिवार्य रोजगारी दिने गर्दछ । ३ देखि ५ वर्षसम्मका लागि पाइने यो भिसा पश्चात आवश्यक प्रक्रिया पुराए अमेरिकाले ग्रीन कार्डसमेत दिन्छ ।
पछिल्लो समय नेपालीहरू ‘स्टुडन्स भिसा’मार्फत अमेरिकाका न्यूयोर्क, वाशिंटन, टक्सास, आइबा, कोलोराइडलगायतका सहरमा पढ्न र रोजगारी गर्न जाने गरेका छन् ।
विशेषगरी भाषागत ज्ञान भएका नेपालीका लागि ‘स्टुडेन्ट भिसा’मार्फत अमेरिका छिर्न सजिलो भएको निजी शैक्षिक संस्थाका सञ्चालकहरू बताउँछन् ।

यसैविषयमा अन्तर्राष्ट्रिय जगतमा नेपाली विद्यार्थीलाई ‘स्टुडेन्ट भिसा’मार्फत पढ्न र रोजगारी गर्न पठाउँदै आएको नेपालको एक निजी शैक्षिक संस्था अनुपम एजुकेशनका म्यानेजिङ डाइरेक्टर रवि अग्रहरीसँग गरिएको कुराकानी जस्ताको तस्तै :
– रवि अग्रहरी, म्यानेजिङ डाइरेक्टर, अनुपम एजुकेशन
पहिलो कुराः अमेरिका जान चाहेका तर, भिसा नपाएका नेपालीले अब ‘स्टुडेन्ट भिसा’ मार्फत सहजै जान सक्नेछन् । दोस्रो कुराः अमेरिकामै पढ्न चाहेका तर, भिसा नपाएका नेपाली विद्यार्थी झन् सजिलो भएको छ । उनीहरूको त योग्यता हुन्छ, प्रक्रिया पुराए एक हप्तामै भिसा पाउँछन् । यहाँ स्टुडेन्ट भिसा भएकाले एजुकेशनको क्वालिटीको कुरा आउँछ । सबै प्रक्रिया पुगेको छ र विद्यार्थीमा क्वालिटी छ भने उसले शतप्रतिशत छात्रवृति पनि पाउँछ । अहिले अमेरिकाले नेपाली विद्यार्थीलाई विशेष प्राथमिकता समेत दिएको छ ।
अमेरिका जाने नेपाली विद्यार्थीको रोजाई भनेको रोजगारी हुन्छ । रोजगारी त कलेजले आफैँ दिन्छ । जसबाट विद्यार्थीले आफ्नो पढाई खर्च, खानबस्नलगायत सबै खर्च मेन्टेन गर्न सक्छ । अर्काे कुरा अधिकांश नेपाली विद्यार्थी त्यहाँ(अमेरिका) पुगेर म्यानेजमेन्ट, इन्जिनियरिङ विषय पढ्छन् । यी विषयहरू पढ्नु भनेको पढाइ पश्चात अमेरिकामै राम्रो कम्पनीमा जागिरको बाटो खुल्ला गर्नु हो । पढाइ सकिएपछि वर्किङ भिसा हुँदै ग्रीन कार्ड पाउने बाटो पनि खुल्ला हुन्छ । तर, यो बीचमा केही शर्तहरू हुन्छन् । ती शर्तलाई पूरा गर्नुपर्ने हुन्छ ।
विद्यार्थी भएर अमेरिका छिर्न चाहिने भनेको भाषागत ज्ञान नै हो । जति बढी भाषामा ज्ञान हुन्छ त्यती नै सहुलियत हुन्छ । सामान्यता ‘स्टुडेन्ट भिसा’मार्फत अमेरिका छिर्न १० हजार डलर लाग्ने गरेको छ । त्योभन्दा बढी खर्च कलेज र सहरअनुसार हुन्छ । विभिन्न तथ्याङ्क अनुसार बर्सेनि १० हजार नेपालीले अमेरिकाको भिसा पाउँछन् । समग्रमा भन्दा अमेरिकाले नेपालीलाई अहिले ठूलो अवसर दिएको छ । भिसामा प्रोत्साहन गरेको छ । अरु देशभन्दा सजिलो बनाइदिएको छ ।
- dainik nepal
तलको बाकसको बीचमा थिच्नुसः
बग्दाद ३१ भदौ । इराकको राजधानी बग्दादमा बिहीबार भएको बम विस्फोटहरुमा परी कम्तीमा १४ व्यक्तिको मृत्यु भएको समाचार छ । विस्फोटनमा अन्य ५५ जना घाइते भएका चिकित्सक र सुरक्षा स्रोतले जानकारी दिएको छ । सो विस्फोटनहरु मध्य बग्दादको वाथबा स्क्वायर र तएरान स्क्वायरनजिकै भएको जनाइएको छ ।

यस आक्रमणहरुको हालसम्म कुनै पनि समूहले जिम्मा भने लिएको छैन । तर गत बर्षको जुनदेखि इराकमा भएका कयौै आक्रमणहरुमा इस्लामिक स्टेट ९आइएस० आतङ्ककारी समूहको हात रहेको छ ।

अमेरिकासँग आवद्ध संयुक्त सेना र इरानको पनि सहयोगमा इराकी सुरक्षा बलले आएएसविरुद्ध जारी राखेको कारबाहीमा उत्तरी बग्दादका कयौं भागहरु सरकारले आइएसको नियन्त्रणबाट पुनः कब्जा लिएको छ ।

तर पश्चिम इराकको कयौ भाग अझै पनि सरकारी नियन्त्रणदेखि बााहिर आइएसको नियन्त्रणमा रहेको छ ।

रासस /एएफपीwww.etajakhabar.com
काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले रुपन्देहीको बेथरीमा प्रहरीको जथाभाबी गोली प्रहारबाट दुई अबोध बालबालिका मारिएको बताएको छ ।
आयोगले एक विज्ञप्ती जारी गर्दै गत साउन २९ गते बेथरीमा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच भएको झडपका क्रममा प्रहरीले गोली चलाउँदा आन्दोलनमा कुनै संलग्नता नभएका अबोध दुई बालबालिकासहित लगायत चार जनाको मृत्यु भएको भन्दै उनीहरुको बाच्न पाउने अधिकार हनन् हुन पुगेको जनाएको छ ।
लुम्बिनी करिडोरका उद्योगबाट लोड भई आएका ट्रकलाई प्रहरीले स्कटिङ्ग गरेर ल्याउने क्रममा बेथरी चोकमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ता र सुरक्षाकर्मीबीच भएको भीडन्तमा सुरक्षाकर्मीले गोली चलाउँदा चार वर्षिय बालक सहित चार जनाको मृत्यु भएको अनुगमनका क्रममा पाइएको आयोगले जनाएको छ ।

घटनालाई नियन्त्रणमा लिने उपायहरुको बारेमा आयोगले पटक, पटक ध्यानाकर्षण गराउँदा समेत सोको पालना नगरी पुनरावृत्ति हुनुले मानव अधिकारको संवेदनशिलताप्रति सुरक्षा निकाय संवेदनशील हुन नसकेको जनाउँदै आयोगले हाटबजार लागेको सार्वजनिक स्थलमा प्रहरीको गोलीबाट अबोध बालबालिका समेतको मृत्यु हुनु अत्यन्त दुखद रहेको बताएको छ ।
विज्ञप्तीमा उक्त घटना मानव अधिकारको विश्वव्यापी घोषणा १९४८, तथा नेपाल पक्ष राष्ट्र भएको नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी महासन्धी १९६६, तथा बाल अधिकार सम्बन्धी महासन्धी, १९८९ को मर्म र भावना विपरीत रहेको पनि जनाइएको छ ।

घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानून बमोजिम कारबाही गर्न तथा मृतकका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति प्रदान गर्न, घटनामा घाइते भएका सर्वसाधारण तथा प्रहरीहरुको नि.शुल्क प्रभावकारी उपचारको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरिएको आयोगकी प्रवक्ता मोहना अन्सारीले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

बेथरीमा प्रहरीले चलाएको गोली लागेर चार वर्षीय चन्दनकुमार पटेल र १३ वर्षीया बालिका रन्जना क्षेत्री सहित विनोदकुमार लाकौल र राजकुमार बरहीको मृत्यु भएको थियो ।www.ratopati.com
ओबामादेखि जुकर्बर्गसम्म अहमदलार्इ भेट्न आतुर
एजेन्सी : अमेरिकी राज्य टेक्ससमा डिजिटल घडी बनाएको आरोपमा एक मुसलमान छात्रलार्इ उनको स्कुल प्रशासनले प्रहरी बोलार्इ हतकडी लगाएर हिरासतमा बस्न बाध्य बनाएको छ ।

उनको स्कुलमा शिक्षकले ती छात्रले बम बनाए गलत खबर पाएको आधारमा उनलार्इ प्रहरी हिरासतसम्म पुर्‍याइएको खबरले अहिले अमेरिकामा नयाँ तरंग ल्याएको छ ।

१४ वर्षीय अहमद मोहम्मदको गिरफ्तारीको खबर सार्वजनिक भएपछि अमेरिकामा सामाजिक बहस नै छेडिएको छ ।

डिजिटल घडी बनाउने बालक बम बनाएको अभियोगमा पक्राउ परेपछि राष्ट्रपति बाराका ओबामा, राष्ट्रपतिकी उम्मेद्वार हिलारी क्लिन्टन र फेसबुकका मालिक मार्क जुकरबर्गसहित हजारौं मानिस ट्विटरमार्फत उनको समर्थन उत्रेका छन् ।


राष्ट्रपति ओबामाले ट्विटमार्फत ती बालकलार्इ व्हाइट हाउस आउने निम्ता नै दिए । उनले आफ्नो ट्वीटमा भनेका छन्, 'धेरै राम्रो घडी बनायौं अहम, के त्यसलार्इ व्हाइट हाउसमा लिएर आउन चाहान्छौ ? अरु बच्चलार्इ पनि तिमी जस्तै विज्ञानमा रूचि बढाउनका लागि प्रेरित गर्न चाहन्छौं । यस्तै कुराले त अमेरिका महान बनिरहेको छ ।'

यो घटनालार्इ जातीय विभेद र इस्लामलार्इ लिएर स्कुल तथा अन्य मानिसले धेरै नकारात्मक भएर हेरिरहेका छन् । कयौं मानिस यी बालकलार्इ उनी मुसलमान र उनको नाम अहमत भएकै कारण बम बनाएको भन्दै नचाहिँदो शंका गरिरहेका छन् ।

टेक्ससको पुलिसले एक पत्रकार सम्मेलन गरेर अहमदमाथि कुनै किसिमको आरोप नलगाइएको दाबी गरेको छ ।

पुलिस प्रमुखले भने, 'हामीलार्इ त्यस्तो कुनै सबुत मिलेको छैन, अहमदले बम बनाएको अफबाह फैल्याइएको बारे अनुसन्धान गरिरहेका छौं । तर अहिलेसम्म अहमदले बम बनाएको कुरा सरासर गलत हो ।'

उता आफ्नै घरमा पत्रकारहरुलार्इ बोलाएर गरिएको सानो पत्रकार सम्मेलनमा बोल्दै नौ कक्षाका छात्र अहमदले घडी बनाउँदा अफ्ठेरोमा परेको ब्यक्ति आफैं भएको स्पष्टिकरण दिए । 'म नै हुँ त्यो मान्छे, जो घडी बनाएर अफ्ठेरोमा परेँ', अहमदले मुस्काउँदै भने ।

अहमद म्याकार्थर हाई स्कुलमा केही दिनअघिबाट हाजिर हुन थालेका थिए । विज्ञान प्रविधिमा उनको खास रुची र चासो छ । उनले स्कुलमै एक सर्किट बोर्डको सहयोगमा एक डिजिटल घडी बनाएका थिए । उनले त्यो घडी एक पेन्सिल बक्समा जडान गरेर त्यसलार्इ इन्जिनियरिङ्गका शिक्षकलार्इ देखाए ।


स्थानीय सञ्चारमाध्यममा आएको अहमदको भनाइ अनुसार शिक्षकले उनको प्रशंसा गरेका थिए तर यो घडी अरु कसैलार्इ नदेखाउन पनि निर्देशन दिए ।

तर त्यही दिनको अघिल्लो कक्षामा घडीको घन्टी बज्न पुग्यो र उनले त्यो घडी अर्का शिक्षकलार्इ पनि देखाउनुपर्‍यो । ती शिक्षकले उनलार्इ यो घडी बम जस्तै देखिएको भन्दै अहमदबाट लिएर आफूले राखे ।

केही बेरमै उनलार्इ एक कोठामा लगियो । अहमदका अनुसार जहाँ पाँच-छजना पुलिस थिए । ती पुलिसले उनको झोला र शरीरमा रहेका सबै सामानको खानतलासी गरे । पुरा चेकजाँच गरेपछि उनलार्इ प्रहरीले सोधे, 'ए तिमी बम बनाउने कोशिश गरिरहेका थियौ ?'

उनले ती पुलिससँग आफूले बम बनाएको कुरा तत्कालै अस्वीकार गरे । बम बनाएको नकारेपछि उनलार्इ हतकडी लगाएर प्रहरी कार्यालयमा लगी उनको औंलाको निशान लिइयो ।

यो खबर सञ्चारमाध्यममा आएपछि पूरै देशभर उनको समर्थनमा चर्को आवाज उठ्यो । ट्वीटरमा (म अहमदको साथमा छु) को आवाज देशभर फैलिन थाल्यो ।

'केही नयाँ गर्न खोज्ने क्षमता र आकांक्षा राख्नेलार्इ सजाय दिने होइन, प्रशंसा र प्रोत्सहान गर्नपुर्छ', फेसबुककमा मालिक मार्क जुकरबर्गले फेसबुकमा लेखे,'भविष्य अहमद जस्तै मानिसको छ । यदि तिमी फेसबुकमा आउन चाह्ययौ भने तिमीसँग भेट्दा धेरै खुसी मिल्नेछ । यस्तै आविष्कार गर्दै जाउ ।'

अहमदले विश्वभरीबाट स्याबासी पाइहेका बेला मुसलमान संगठनले यो पुरा घटनाको छानविन गर्न माग गरिरहेका छन् ।

सुडान पुर्ख्यौली घर भएका अहमदका बाबुले आफ्नो छोरालार्इ मुसलमान भएकाकारण ११ सेप्टेम्बरको घटनाकै आधारमा निशाना बनाइएको आरोप लगाएका छन् ।

स्कुलको तर्फबाट निकालिएको विज्ञप्तीमा भनिएको छ, 'हामी आफ्ना बच्चा र शिक्षकलार्इ सदैव भन्दै आएका छौं कि कुनै शंकास्पद बस्तु देखे पुलिसलार्इ खबर गर्नु । अहमदको साथमा शंकास्पद बस्तु देखेपछि प्रहरीलार्इ खबर गरिएको हो।'

'एक मुसलमान बच्चालार्इ पुरा अमेरिकामा हिरो बनाइयो', एक अमेरिकन पत्रिकाले लेखेको छ, 'एक मुसलमानले बम विस्फोट गराउनै सक्दैन भन्के कुरा टेक्ससका यो इलकाका मानिस  मान्न तयार छैनन् ।'
annapurnapost.com
लहान, ३१ भदौ । संविधान घोषणा हुने मिति तय भएसँगै भारतबाट हतियार बोकेर युवाहरु नेपाल प्रवेश गर्ने क्रम बढेको छ ।

विशेषगरी तराई मधेसका जिल्लाबाट धमाधम हतियार भित्र्याउन खोजिएको छ । यही क्रममा मोटरसाइकल चढेर सिरहातर्फ आउँदै गरेको अवस्थामा सिरहाको दक्षिणी सीमावर्ती क्षेत्रमा पर्ने माडरबाट सशस्त्र प्रहरीले स्वचालित पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ ।

सीमावर्ती भारतीय बजार जयनगरबाट मोटरसाइकल चढेर सिरहा आउँदै गरेको अवस्थामा बुधबार राति ९ बजेतिर सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट माडर खैरटोकामा रोकेर जाँच गर्दा स्वचालित पेस्तोलसहित भेटिएकाले युवकलाई पक्राउ गरिएको हो ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सिरहाका प्रहरी उपरीक्षक महेश श्रेष्ठले जाँचको क्रममा सिरहाको इटारी प्रसाही गाविस–४ का २८ वर्षीय लेखनाथप्रसाद यादवलाई पक्राउ गरिएको बताउनुभयो ।
प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार पक्राउ परेका यादवको साथबाट ९ एमएमको स्वचालित पेस्तोल एक थान, त्यसमा लोड गरिएको ७ राउण्ड गोली समेत बरामद गरिएको छ ।

पक्राउ गरिएका यादवको साथबाट सशस्त्र प्रहरीले एचटिसी कम्पनीको मोबाइल एक थान, रु दुई हजार २४०, स २ प २५२६ नम्बरको पल्सर मोटरसाइकल र सिडिएमए सेटको एक थान ब्याट्रीसमेत बरामद गरिएको जनाइएको छ ।

पक्राउ परेका यादवलाई नेपाल प्रहरीलाई बुझाई थप अनुसन्धान गरिने जनाइएको छ ।
त्यसअघि नेपाल प्रहरीले सिरहाको पूर्वी दक्षिणी नाका इनर्वाबाट मङ्गलबार बिहान कटुवा पेस्तोल र त्यसमा लाग्ने चार राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको थियो । रासस
-dainik nepal
Video हेर्न तलको बाकसको बीचमा थिच्नुहोसः
डिसी नेपाल संवाददाता - अभिनेत्री श्वेता खड्गालाई फेरि अर्को चोट थपिएको छ। उनका श्रीमान् अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएको एक बर्ष पुग्दै गर्दा उनकी सासु आमाको पनि निधन भएको छ। ८८ वर्षिय उनकी सासु जगत कुमारी श्रेष्ठको बुधवार निधन भएको हो।


छोराको निधनपछि अत्यन्तै चिन्तित अवस्थामा रहेकी जगत कुमारीलाई नियमित उपचारका लागि मंगलबार चावहिलको ओम अस्पताल पुर्‍याइएको थियो। उपचारका क्रममा उनको अस्पतामा निधन भएको स्रोतले बताएको छ।

यति बेला उनको पार्थिव शरिरलाई अन्तिम दाह संस्कारको लागि पशुपति आर्यघाट पुर्‍याइएको छ। अहिले आर्यघाटमा श्रीकृष्ण श्रेष्ठकी धर्मपत्नी तथा अभिनेत्री स्वेता खड्कासँगै जगत कुमारीका छोराहरू तथा आफन्तहरू र केहि फिल्मकर्मी मलामीको रूपमा उपस्थिती छन्।
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home