नेपालका ९७ प्रतिशत बस्तुमा 'शून्य भन्सार' उपलब्ध गराउने चीनको घोषणा
काठमाडौ: उत्तरी छिमेकी चीनले आगामी दुई साता पछि नेपालबाट आफ्नो मुलुकमा भित्रिने ९७ प्रतिशत बस्तूहरुमा शुन्य भन्सार (जिरो ट्यारिफ) उपलब्ध गराउने घोषणा गरेको छ ।

चिनियाँ मन्त्रिपरिषद् (स्टेट काउन्सिल) अन्तर्गतको कस्टम्स ट्यारिफ कमिसनले डिसेम्बर ७ बाट लागू हुने गरी त्यस्तो ब्यबस्था गर्न लागेको चिनियाँ सरकारी दैनिक पिपुल्स डेलीको अनलाइन संस्करणले समाचारमा जनाएको छ ।

नेपालले बिगतमा चीनलाई पटक पटक शुन्य भन्सारको ब्यबस्था मिलाइदिन अनुरोध गर्दै आएको थियो ।

चिनियाँ पक्ष विगतमा सैद्दान्तिकरुपमा सहमत भएपनि उक्त ब्यबस्थाको कार्यान्वयन हुन सकिरहेको थिएन । यो घोषणाबाट चीनतर्फ निर्यात हुने ९७ प्रतिशत नेपाली बस्तुहरुमा भन्सार लाग्ने छैन ।

यसका कारण नेपाली बस्तुहरु चीनमा सस्तोमा उपलब्ध भई नेपाललाई फाइदा हुनेछ । जसका कारण नेपालको ब्यापार चीनमा बढ्नेछ ।

नेपालको चीनसंगको ब्यापार घाटा घटाउन महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ । नेपालसँगै दक्षिण अफ्रिकाका ७ मुलुकहरु कोमोरोस, मौरिटानिया, टोगो, लाइबेरिया, रुवान्डा, अंगोला र जाम्बियाबाट चीनमा निर्यात हुने ९७ प्रतिशत बस्तुहरुमा समेत चीनले सोही मितिबाट लागू हुने गरी शुन्य भन्सारको घोषणा गरेको पिपुल्स डेलीले जनाएको छ ।

डिसेम्बर २ देखि ५ सम्म दक्षिण अफ्रिकाको जोहानेशबर्गमा हुन लागेको चीन-अफ्रिका कोअपरेशन फोरमको पूर्वसन्ध्यामा चीनले उक्त घोषणा गरेको हो । उक्त फोरमको बैठकमा चिनियाँ राष्ट्रपति सि जिनपिङ् सहभागी हुने भएका छन् । annapurnapost
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses