हिन्दुवादी मोदीलाई सोनियाले भनिन्- भारत धर्म निरपेक्ष राष्ट्र हो
१० मंसिर, एजेन्सी ।

भारतीय विपक्षी दल भारतीय कांग्रेसकी नेतृ सोनिया गान्धीले नरेन्द्र मोदी सरकार आएपछि भारतमा असहिष्णुताको भावना बढेर गएको भन्दै चिन्ता ब्यक्त गरेकी छिन् ।

भारतको संविधान दिवसको अवसरमा आयोजित संसदीय विशेष बहसमा सोनियाले भारतको संविधानमा धर्म निरपेक्ष राष्ट्र नभनिएपनि धर्म निरपेक्ष राष्ट्र भएको उल्लेख गर्दै केही समय यता भारतमा भैरहेका गतिविधी संविधानको मूल्य र मान्यता विपरित रहेको बताइन् ।


भारतीय संसद लोकसभामा चलिरहेको विशेष बहसका शिलशिलामा विपक्षी नेतृ सोनिया गान्धीले मोदीको हिन्दुवादी ब्यवहारप्रति कटाक्ष गरेकी हुन् ।

भारतीय कांग्रेसले भन्यो- ‘मोदी नीति नेपालमा असफल’

कांग्रेस पार्टीले भारतको संविधान ल्याउनका लागि लडेको भन्दै सोनियाले अहिले संविधानका आधारभूत विषय नै धरापमा परेको समेत दावी गरेकी छिन् ।

भारतमा पछिल्लो समयमा असहिष्णुता बढेको बहस चलिरहेको छ । बलिउडका चर्चित कलाकार समेत यो विषयमा विवाद र चर्चामा आएका छन् । nepaliheadlines
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses