नायिका रेखा थापाविरुद्ध मुद्दा पर्‍यो, लाख रुपैयाँ ठगी गरेको आरोप
काठमाडौं । चर्चित नायिका रेखा थापाविरुद्ध ठगी गरेको अभियोगमा मुद्दा परेको छ ।
खोटाङको सगरमाथा जनसेवा समाजले पैसा लिएर कार्यक्रममा नआएको भन्दै नायिका थापाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा ठगी अभियोगमा मुद्दा हालेको हो । सांस्कृतिक कार्यक्रमका लागि समाजले थापाको खातामा एक लाख रुपैयाँ पठाएको रसिद समेत फेला परेको छ ।

खोटाङ प्रहरी प्रमुख विद्यानन्द माझीले सगरमाथा जनसेवा समाजले आयोजना गर्ने कार्यक्रममा आउनका लागि रेखालाई दुई महिना अगाडि नै खबर गरिएको र त्यसअनुरुप नै सिद्धार्थ बैंकमा एक लाख रुपैयाँ रेखाको खातामा जम्मा गरिएको भेटिएको जानकारी दिनुभयो । तर, रेखा खोटाङ नगएपछि ठगी गरेको भन्दै उजुरी परेको उहाँले बताउनुभयो ।
यता रेखा थापाले भने पैसा पठाएर आफूलाई प्रकाश पुरी भन्ने व्यक्तिले फसाएको बताउनुभयो । उहाँले भन्नुभयो- ‘त्यो मान्छे फटाहा रहेछ । कार्यक्रममा जाने सम्झौता पनि भएको थिएन । सम्झौता नभई कोही कार्यक्रममा किन जान्छ ? यो सब मलाई बदनाम गर्न गरिँदैछ ।’
कार्यक्रमका लागि सम्झौता गरौं भन्दा पहिला बैंकको खाता नम्बर मागेको र पछि सम्झौता गर्न मान्छे पठाउने कुरा प्रकाशले भनेको रेखाको भनाई छ । ‘पैसा हालिदिएको रहेछ । मलाई थाहा थिएन । पछिमात्रै थाहा पाए,’ उहाँले भन्नुभयो- ‘उसलाई म आउँदिन भन्ने थाहा थियो । कार्यक्रमको एक दिनअघि उसले मलाई फोन गर्दा भाइ म आउन सक्दिनँ भने ।’ उहाँले आफू निर्दोष भएको दाबी गर्नुभयो ।
यस्तो रेखा थापाको नाममा डिपोजिट गरिएको पैसाको बैंक रसिद:
dainiknepal
, ,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses