हतियारसहितका सयौं भारतीय नेपाल पसेको खुलासा
मधेसी मोर्चाकै कार्यकर्ता लुटापाटमा संलग्न
इटहरी : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको भन्सार केन्द्रित आन्दोलन विफल बनाउन सुरक्षा संयन्त्र केन्द्रित भएपछि पूर्वी तराईका सीमाक्षेत्रको सुरक्षा व्यवस्था फितलो बनको छ ।

 सीमाक्षेत्रको सुरक्षा फितलो भएको मौका छोपी हतियारसहितका भारतीयहरु नेपाल प्रबेश गरेको सीमाक्षेत्रका स्थानीय वासिन्दाले जानकारी दिएका छन् ।

मधेसी मोर्चाको भन्सार आन्दोलनले सुरक्षा संयन्त्र पनि भन्सारमा केन्द्रित भएपछि अन्य सीमाक्षेत्रमा सुरक्षा व्यबस्था कमजोर भएको छ ।

खुल्ला सीमानामा सुरक्षा व्यवस्था कमजोर भएको मौका छोपी भारतीयहरु धमाधम नेपाल पस्न थालेर्का थालेका छन् ।

पूर्वी तराईका सुनसरी, मोरङ, सप्तरी र सिराहाबाट हतियारसहितका भारतीयहरु नेपाल प्रवेश गर्न थालेको स्थानीयबासीको भनाइ छ ।

नजिकिदै गएको दशै तिहारको तयारीमा जुटेका सर्बसाधारणबाट नगद र सुन लगायतका सामाग्री लुटपाट गर्ने उदेश्यले पनि भारतीय डाँकाहरुको समुह नेपाल प्रबेश गरेका हुन् ।

मोर्चाकै कार्यकर्ताहरु पनि शान्तिपूर्ण आन्दोलनका नाममा लुटपाटमा संलग्न हुन थालेपछि सीमाक्षेत्रको सुरक्षा व्यबस्था कमजोर बन्दै गएको हो ।

मोर्चाका कार्यकर्ताहरुले बुधवार राति धरान–८ का नविन राई र भारतीय सेनामा कार्यरत धरान –१६ कमल जिमी बा ५३ प ६८५४ नम्बरको मोटरसाइकलमा काठमाडौँ जादै गर्दा सुनसरीको भोक्राहा आक्रमण गरेका थिए ।

सो क्रममा मोटरसाइकलमा आगो लगाइ उनीहरुको साथमा रहेको ८३ हजार ६ सय रुपैयाँ र सुनको अाैंठी, मोबाइल फोन र मोवाइलसमेत लुटपाट गरेपछि सर्बसाधारण आतंकित बनेका छन् ।

मधेसी मोर्चाका नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो र महन्थ ठाकुरले विहारका मुख्यमन्त्री नितिश कुमार र विहारका पूर्व मुख्यमन्त्री लालु यादव, र जनतान्त्रीक तराई मुक्ति मोर्चाका अध्यक्ष ज्वाला सिंह, छुट्टा छुट्टै भेटेर मधेश आन्दोलनलाई सहयोग गर्ने सहमत भएपछि भारतीयहरु हतियारसहित नेपाल छिरेका हुन् ।

यादव, महतो र ठाकुरले ज्वाला सिंहलाईसमेत भेटेर मधेस आन्दोलनलाई सहयोग गर्न माग गरेपछि ज्वाला सिंहले हतियारसहितका २ सय ५० कार्यकर्ता नेपाल पठाएको श्रोतले जानकारी दिएको छ ।

भारतका एक पत्रकारले दिएको जानकारी अनुसार ज्वाला सिंहले विहारको पटनामा प्रेस बक्त्वय निकालेर तराईका जिल्लामा फेरि सशस्त्र संर्घषको घोषणा गरेका छन् ।
www.annapurnapost.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses