नाकाबन्दीबारे मन्त्री सुनिलले दिल्लीमा उच्च नेतृत्वसँग वार्ता गर्ने
काठमाडौँ : वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाले नयाँ संविधान जारी भएपछि भारतले लगाएको अघोषित नाकाबन्दीबारे दिल्लीमा भारतीय अधिकारीसमक्ष कुरा राख्‍ने भएका छन्।

नेपाल–भारत वाणिज्य मन्त्रीस्तरीय बैठकमा भाग लिन सोमबार थापा नयाँ दिल्ली पुगेका छन्। प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री थापाले  भारतीय सीमा क्षेत्रमा देखापरेका अवरोधलाई संवादका माध्यमबाट हल गर्न सकिने र त्यसबारेमा भारतीय समकक्षी एवम् अन्य उच्च राजनीतिक नेतृत्वसँग वार्ता गर्ने  बताए।


तीनदिने सो बैठकमा दुई मुलुकको वाणिज्य तथा आपूर्तिका विविध विषयमा छलफल हुनेछ । थापाले संविधानसभामार्फत जारी भएको नेपालको नयाँ संविधानबारे भारतीय उच्च राजनीतिक नेतृत्वसँग छलफल हुने बताए।


दिल्ली जानुअघि मन्त्री सुनिलले प्रधानमन्त्री तथा तीन दलका नेताहरुसँग पनि छलफल गरेका थिए।
annapurnapost.com
, ,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses