भूकम्पलाई चौका ठानेका डन सगुन आज समातिए
काटमाडौं । बैशाख १२ गतेको भूकम्पमा सिन्धुपाल्चोक कारागारबाट भागेका कैदिहरु पक्रिन थालेका छन् । भूकम्प आएको समयमा चौका ठानेकाहरु समातिने क्रममा डन सगुन श्रेष्ठ एक महिनापछि पक्राउ परेका हुन् । अपहरण मुद्दामा थुनामा रहेका उनी जेल भत्किएपछि भागेका थिए ।


 इमाडोलबाट महानगरीय अपराध महाशाखाले उनलाई आइतबार पक्राउ गरेको छ । सिन्धुपाल्चोकका व्यवसायी जीवन श्रेष्ठको अपहरण मुद्दामा उनी पक्राउ परेका छन् ।

अपराध महाशाखाले नै ८ महिनाअघि उनलाई पक्राउ गरेको थियो । श्रेष्ठलाई आर्थिक प्रभावमा पारी उनी अदालतमा आफुविरुद्धको मुद्दा कमजोर बनाई छुट्ने योजनामा बनाएका थिए ।

उनीसँगै जेलबाट भागेका अर्का कैदी पुष्पराम श्रेष्ठ पनि पक्राउ परेका छन् । भूकम्पबाट जेल भत्किएपछि सिन्धुपाल्चोकका २ सय १६ जना कैदी भागेका थिए ।

केही सम्पर्कमा आएकाछन् । त्यसै गरि जेल भत्किएपछि भागेका भारतीय नागरिकलाई दिल्ली प्रहरीले भारतमै पक्राउ गरीसकेको छ । - See more at: http://www.newsabhiyan.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses