फेसबुकको नयाँ फिचर, व्यक्तिगत सूचना दिनु नपर्ने
सोशल नेटवर्किङ साइट फेसबुकले आफ्ना युजर्सको लागि अर्को एक नयाँ फिचरको घोषणा गरेको छ। नयाँ फिचरको माध्यमबाट फेसबुक युजर्सले नाम बिना पनि (एनोनिमस लग इन) को प्रयोग गर्न सक्नेछन।फेसबुकमा व्यक्तिगत सूचना बिना नै यो एप्लिकेशन प्रयोग गर्न सकिनेछ । कुनै पनि एप्लिकेशनमा फेसबुकको माध्यमबाट बिना कुनै जानकारी लग ईन गरी चलाउन सकिनेछ।
बितेका केही वर्षदेखि फेसबुकले एपलिकेशन बनाउने तेस्रो पक्षलाई प्रोत्साहित गर्दै आइरहेको छ जसले आफ्नो परिचय बिना नै एप्लिकेशनलाई एक्सेस गर्ने अनुमती दिने गर्छ।
फेसबुकले दिएको जानकारी अनुसार फेसबुक युजर्स ‘लग इन विद फेसबुक’ बटनबाट अहिले पनि कयौं एप्स प्रयोग गर्न सक्छन तर यी एप्सलाई फेसबुक युजर्सको परिचय र जानकारी दिनु पर्ने हुन्छ।
यसरी बिना जानकारी लग इन गर्दा युजर्सको जानकारी फेसबुकसँग त रहन्छ तर प्रयोग गरिएको एप्ससँग चाहि हुने छैन।


0 comments
Write Down Your Responses