पहिरोले थुनिएको कालीगण्डकी अकस्मात फुट्यो
२०७२ जेठ १० गतेकाठमाडौं, १० जेठ । म्याग्दीको उत्तर बैसरीमा पहाड खस्दा आज विहान १ः४५ बजेदेखि थुनिएको कालिगण्डकी नदी साँझ करिव ५ बाट बग्न शुरु गरेको छ ।
चट्टानी पहिरोले थुनिएको कालिगण्डकी अकास्मात फुटेर बग्न शुरु गरेको हो । उक्त नदी अहिले बेनी बजार पार गरिसकेको छ । कालीगण्डकी फुटेर आएपछि बेनी बजार लगाएको ठाउँमा भागदौड मच्चीउको थियो ।
कालीगण्डकी नदी वर्खामा आउँने नदी भन्दा पनि तीन गुणा ठूलो भएको पत्रकार प्रताप वानियाले बताए । विस्तृत विवरण आउन बाँकी रहेको छ ।
स्रोत - दैनिक नेपाल भिडियो हेर्न तलको बाकस थिच्नुहोस


0 comments
Write Down Your Responses